Nepal Kanun
Toggle Sidebar
New chat
Delete all
कानूनहरू
निर्णयहरू
History
Loading...
निर्णयहरू
126 निर्णय — 21 कार्यालय/मन्त्रालय
सबै कार्यालय
अर्थ मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
खानेपानी मन्त्रालय
गृह मन्त्रालय
परराष्ट्र मन्त्रालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
रक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
शहरी विकास मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सहरी विकास मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
आफ्नो निर्णय जाँच्नुहोस्
२०८३ साल वैशाख ३० गते
म.प.बै.सं. ९/०८३ · 14 निर्णय
1.
संरचनाहरूको खारेजी, एकीकरण तथा पुनर्संरचना सम्बन्धी प्रतिवेदन (भाग-१) कार्यान्वयन गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
2.
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
3.
ई-गभर्नेन्स बोर्ड (गठन तथा सञ्चालन) (दोस्रो संशोधन) आदेश, २०८३ स्वीकृत गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
4.
सरकारी लगानी व्यवस्थापन समितिका सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का, बागलुङ र माननीय योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने।
अर्थ मन्त्रालय
1 विश्लेषण
5.
प्रसौनी विरगञ्ज १३२ के.भी. भूमिगत विद्युत प्रसारणलाइन आयोजनाका लागि बारा जिल्लाको परवानीपुर गाउँपालिकामा करिव १४ धुर निजी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
1 विश्लेषण
6.
नेपाल विद्युत प्राधिकरण, उदयपुर वितरण केन्द्रको कार्यालय निर्माण गर्न उदयपुर जिल्ला, त्रियुगा नगरपालिकामा करिव ७ कट्ठा र अनारमनी वितरण केन्द्रको प्रशाखा कार्यालय निर्माण गर्ने झापा जिल्ला, कन्काई नगरपालिकामा करिव ५ कट्ठा निजी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
1 विश्लेषण
7.
नेपाल विद्युत प्राधिकरण, बझाङ वितरण केन्द्रको भवन निर्माण गर्न बझाङ जिल्ला, जयपृथ्वी नगरपालिकामा करिब १३०० वर्गमिटर निजी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
1 विश्लेषण
8.
पूर्वाधार न्यायाधिकरणको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
1 विश्लेषण
9.
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को अनुसूची संशोधन गर्ने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
बाँकी
10.
नेपाली सेना, सैनिक साधारण सेवाका दुईजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने।
रक्षा मन्त्रालय
बाँकी
11.
नेपाली सेना, सैनिक साधारण सेवा, सैनिक हवाई सेवा तथा सैनिक प्राविधिक सेवाका आठ जना महासेनानीहरूको सरुवा गर्ने।
रक्षा मन्त्रालय
बाँकी
12.
माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनालाई बढीमा ७ वर्षसम्म अस्थायी रूपमा प्रयोग गर्न स्वीकृति प्रदान गरीएको रसुवा जिल्लाको कालिका गाउँपालिका-१ मा रहेको राष्ट्रिय वनको २.८० हेक्टर जग्गा पूर्वसम्झौताका सर्तबमोजिम हुने गरी २०८५ असोज २२ गतेसम्म प्रयोग गर्न दिने गरी म्याद थप गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
13.
जनवादी गणतन्त्र चीनको हाइझाउ सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न ललितपुर महानगरपालिकालाई पूर्वस्वीकृति प्रदान गर्ने।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
बाँकी
14.
नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुरूप हुने गरी सङ्घीय मन्त्रालयका सचिवहरूको दरबन्दी र सङ्ख्या मिलान गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्न नेपाल सरकारका मुख्यसचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गर्ने।
मन्त्रिपरिषद्
बाँकी
२०८३ साल वैशाख २८ गते
म.प.बै.सं. ८/०८३ · 5 निर्णय
1.
नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न सिफारिस गर्ने प्रयोजनको लागि गठित समिति पुनर्गठन गर्ने।
अर्थ मन्त्रालय
1 विश्लेषण
2.
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा अर्को व्यवस्था नभएसम्मको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्री मदन भुजेललाई काम गर्न तोक्ने।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
1 विश्लेषण
3.
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची-३ र ४ मा हेरफेर तथा थपघट गर्ने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
1 विश्लेषण
4.
सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन हुने सम्बोधन स्वीकृत गर्ने।
मन्त्रिपरिषद्
1 विश्लेषण
5.
पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा उठेका विषयहरूमा अध्ययन तथा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश श्री अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने।
मन्त्रिपरिषद्
1 विश्लेषण
२०८३ साल वैशाख २५ गते
म.प.बै.सं. ७/०८३ · 11 निर्णय
1.
भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) स्वीकृत गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्, विधेयक समितिमा छलफल गरी पेश गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
2.
सुशासन (व्यवस्थापन तथा सञ्चालन) (चौथौ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
3.
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको प्रतिवेदन लिई अभियोजनलगायतका कार्य गर्न विशेष सरकारी वकील कार्यालय, काठमाडौँलाई तोक्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
4.
विदेशस्थित एघार नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने।
परराष्ट्र मन्त्रालय
1 विश्लेषण
5.
नेपाल रेल्वे कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक पदमा श्री परिवेश पराजुली, मोरङलाई नियुक्त गर्ने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
1 विश्लेषण
6.
भारतमा सञ्चालन हुने तालिम अभ्यास (FTX-2026) को निरीक्षणको लागि २०८३ जेठ १५ देखि १७ गतेसम्म हुने High Level Delegation visit मा रथी श्री प्रदीप जंग के.सी.लाई सहभागी हुन स्वीकृति दिने।
रक्षा मन्त्रालय
1 विश्लेषण
7.
२०८३ जेठ ४ देखि ८ गतेसम्म अमेरिकाको वासिङ्गटन डि.सी. मा आयोजना हुने सेमिनारमा उपरथी श्री नकुल बहादुर रायमाझीलाई सहभागी हुन स्वीकृति दिने।
रक्षा मन्त्रालय
बाँकी
8.
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी, २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बाँकी
9.
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ लाई अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
बाँकी
10.
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा डा. आनन्द सिंह भाट, वैतडीलाई नियुक्त गर्ने।
सहरी विकास मन्त्रालय
बाँकी
11.
सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन १६:०० बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने।
मन्त्रिपरिषद्
बाँकी
२०८३ साल वैशाख २२ गते
म.प.बै.सं. ६/०८३ · 6 निर्णय
1.
सम्माननीय प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश प्रसाद अग्रवाल, काठमाडौँलाई नियुक्ति गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
1 विश्लेषण
2.
मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायहरूको दिगो जीविकोपार्जन परियोजनाको लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने बाह्र लाख बहत्तर हजार छ सय तीस अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
अर्थ मन्त्रालय
1 विश्लेषण
3.
नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत श्री बाल मुकुन्द श्रेष्ठको राजीनामा स्वीकृत गर्ने।
खानेपानी मन्त्रालय
1 विश्लेषण
4.
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सशस्त्र प्रहरी बल, नेपालतर्फ केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयहरूको निर्वाचन सेलमा रहेका कर्मचारीलाई दोहोरो नपर्ने गरी निर्वाचन भत्ता उपलब्ध गराउने।
गृह मन्त्रालय
1 विश्लेषण
5.
नेपाल मेडिकल काउन्सिल (छैठौँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
1 विश्लेषण
6.
संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन १४:०० बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
मन्त्रिपरिषद्
बाँकी
२०८३ साल वैशाख २१ गते
म.प.बै.सं. ५/०८३ · 14 निर्णय
1.
परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने बाउन्न मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
अर्थ मन्त्रालय
1 विश्लेषण
2.
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने विषयको प्रस्ताव मन्त्रिपरिषद्, विधेयक समितिमा छलफल गरी पेश गर्ने।
अर्थ मन्त्रालय
1 विश्लेषण
3.
निजी क्षेत्रको संरक्षण र प्रवर्धन रणनीति तर्जुमा गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेश गर्ने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
1 विश्लेषण
4.
प्रत्यायन नियमावली, २०८२ स्वीकृत गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्, विधेयक समितिमा छलफल गरी पेश गर्ने।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
1 विश्लेषण
5.
भारतबाट G to G माध्यमबाट ६० हजार मे. टन यूरिया र २० हजार मे. टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
1 विश्लेषण
6.
नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (पहिलो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
1 विश्लेषण
7.
सैनिक सेवा (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्, विधेयक समितिमा छलफल गरी पेश गर्ने।
रक्षा मन्त्रालय
बाँकी
8.
माथिल्लो साँगु खोला साना जलविद्युत आयोजना निर्माणका लागि दोलखा जिल्लाको ४.८२ हेक्टर जग्गा राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
9.
रानी जमरा कुलरीया सिँचाइ आयोजना, कैलालीबाट प्रस्तावित पथरिया-कान्द्रा विस्तार नहर निर्माणको लागि कैलाली जिल्लाको राष्ट्रिय वन क्षेत्रको ३५.९५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
10.
राउजे खोला जलविद्युत आयोजना निर्माणका लागि सोलुखुम्बु जिल्लाको राष्ट्रिय वन क्षेत्रको ४.३७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
11.
तादी घ्यांगफेदी जलविद्युत आयोजना निर्माणका लागि नुवाकोट जिल्लाको राष्ट्रिय वन क्षेत्रको १.८९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
12.
माथिल्लो सार्दीखोला जलविद्युत आयोजना निर्माणका लागि कास्की जिल्लाको राष्ट्रिय वन क्षेत्रको ४.१३३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
13.
दोभान खोला जलविद्युत आयोजना निर्माणको लागि गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको ४.६८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
वन तथा वातावरण मन्त्रालय
बाँकी
14.
नेपालस्थित एकजना कुटनीतिज्ञलाई सन् २०२६ को Spring season मा सगरमाथा आरोहण गर्दा लाग्ने सलामी दस्तुर अमेरिकी डलर १५०००/- एक पटकको लागि छुट दिने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
बाँकी
1–50 / 126
← अघिल्लो
1 / 3
अर्को →