संविधान सभा सदस्य निर्वाचन अध्यादेश, २०७० नेपाल राजपत्रमा प्रकाशित मिति २०७०।२।३१
प्रस्तावना : सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनताले आफ्नो लागि आफैँ ले नयाँ संविधानको निर्माण गर्ने प्रयोजनका लागि संविधान सभाको गठन गर्न संविधान सभा सदस्यको निर्वाचन तथा निर्वाचन प्रणाली र निर्वाचन प्रक्रियाका सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न आवश्यक भएको र हाल व्यवस्थापिका–संसद नभएको ले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस अध्यादेशको नाम “संविधान सभा सदस्य निर्वाचन अध्यादेश, २०७०” रहेको छ । (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस अध्यादेशमा,– (क) “अदालत” भन्नाले संविधानको धारा ११८ बमोजिम गठन भएको संविधान सभा अदालत सम्झनु पर्छ । (ख) “आयोग” भन्नाले संविधानको धारा १२८ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ । (ग) “उम्मेदवार” भन्नाले दफा २१ बमोजिम संविधान सभाको सदस्यमा उम्मेदवार हुन मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि राजनीतिक दलले दफा ७ बमोजिम आयोग समक्ष पेश गरेको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति समेतलाई जनाउँछ । (घ) “उम्मेदवारको बन्दसूची” भन्नाले सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने
निर्वाचनका निमित महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी, खस आर्य तथा अन्य समूह समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिने प्रयोजनका लागि राजनीतिक दलले उम्मेदवारको नाम समावेश गरी दफा ७ बमोजिम आयोग समक्ष पेश गरेको सूची सम्झनु पर्छ ।
(ङ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियममा वा आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) "निर्वाचन" भन्नाले यस अध्यादेश बमोजिम हुने संविधानसभाका सदस्यको निर्वाचन सम्झनु पर्छ र सो शब्दले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित भई आएको सदस्यको पद रिक्त भएको अवस्थामा गरिने उपनिर्वाचन समेतलाई जनाउँछ ।
(छ) "निर्वाचन अधिकृत" भन्नाले आयोगबाट नियुक्त भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।
(ज) "निर्वाचन क्षेत्र" भन्नाले दफा ३ बमोजिमको निर्वाचन क्षेत्र सम्झनु पर्छ ।
(झ) "पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली" भन्नाले दफा ५ बमोजिमको निर्वाचन प्रणाली सम्झनु पर्छ ।
(ञ) "मतदाता" भन्नाले निर्वाचनका लागि प्रचलित कानून बमोजिम मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति सम्झनु पर्छ ।
(ट) "मतपत्र" भन्नाले निर्वाचनमा मतदान गर्नका लागि व्यवस्था गरिएको दफा ३५ बमोजिमको मतपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो मतदानमा प्रयोग हुने विद्युतीय उपकरण र प्रदान गरेको मत संकेत समेतलाई जनाउँछ ।
(ठ) "मतदान अधिकृत" भन्नाले दफा १५ बमोजिम नियुक्त भएको मतदान अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक मतदान अधिकृत समेतलाई जनाउँछ ।
(ड) "मिश्रित निर्वाचन प्रणाली" भन्नाले दफा ४ बमोजिमको निर्वाचन प्रणाली सम्झनु पर्छ ।
(ङ) “राजनीतिक दल” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ । (च) “सदस्य” भन्नाले यस अध्यादेश बमोजिम निर्वाचित भएको संविधान सभाको सदस्य सम्झनु पर्छ । (छ) “समानुपातिक निर्वाचन प्रणाली” भन्नाले दफा ६ बमोजिमको निर्वाचन प्रणाली सम्झनु पर्छ । (ज) “संविधान” भन्नाले नेपालको अन्तरिम संविधान, २०६३ सम्झनुपर्छ । (झ) “संविधान सभा” भन्नाले संविधानको धारा ६३ बमोजिम गठन हुने संविधान सभा सम्झनु पर्छ ।
परिच्छेद–२ निर्वाचन क्षेत्र तथा निर्वाचन प्रणाली
३. निर्वाचन क्षेत्र र सदस्य संख्याः संविधान सभा सदस्यको निर्वाचनको लागि देहायको निर्वाचन क्षेत्र र सदस्य संख्या रहनेछन् म– (क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि दुई सय चालिस निर्वाचन क्षेत्रबाट निर्वाचित दुईसय चालिस जना सदस्य, (ख) राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी कायम गरिएको निर्वाचन क्षेत्रबाट निर्वाचित दुईसय चालिस जना सदस्य, (ग) राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिहरू र खण्ड (क) र (ख) बमोजिमका निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातिहरू मध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने एउटा जना सदस्य ।
४. मिश्रित निर्वाचन प्रणालीः संविधान सभा सदस्यको निर्वाचनको लागि देहाय बमोजिमको मिश्रित निर्वाचन प्रणाली अपनाउनु पर्नेछ म– (क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली, र (ख) राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली ।
५. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत दफा ३ को खण्ड (क) बमोजिम निर्धारित निर्वाचन क्षेत्रका लागि एक निर्वाचन क्षेत्र एक पदको आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार संविधान सभाको सदस्यमा निर्वाचित हुनेछ ।
(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा एक व्यक्तिले बढीमा दुई निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दिन सक्नेछ । यसरी दुई निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दिएको व्यक्ति दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित भएमा निर्वाचन परिणाम घोषणा भएको मितिदेखि तीस दिनभित्र कुनै एक निर्वाचन क्षेत्रको सदस्यता कायम राखी निज निर्वाचित भएको अन्य निर्वाचन क्षेत्रको सदस्यता त्याग गर्ने गरी लिखित रूपमा संविधान सभाको अध्यक्ष समक्ष resignation पेश गर्नुपर्नेछ । यसरी रिक्त हुन आएको संविधान सभाको सदस्यको स्थान निर्वाचन आयोगले तत्काल उपनिर्वाचनद्वारा पूर्ति गर्नेछ ।
(३) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा समावेशी सिद्धान्तलाई ध्यानदिनु पर्नेछ ।
६. समानुपातिक निर्वाचन प्रणाली: (१) सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली अनुसार भएको निर्वाचनमा कुनै राजनीतिक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा सो राजनीतिक दलका तर्फबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधित्व गर्ने संविधान सभाका सदस्यहरू निर्वाचित हुनेछन् ।
(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार उम्मेदवार हुने व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली अनुसारको सूचीमा समावेश गर्न पाइने छैन ।
७. उम्मेदवारको बन्दसूची: (१) समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि त्यस्तो निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आफ्नो दलका तर्फबाट उठाइने उम्मेदवारको बन्दसूची तयार गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्दसूची तयार गर्दा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा दश प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी त्यस्तो बन्दसूची तयार गर्नु पर्नेछ ।
(३) राजनीतिक दलले उम्मेदवार सूचीकृत गर्दा अनुसूची-१ मा उल्लेख भए बमोजिम महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी, क्षत्री तथा अन्य समूह समेतको जनसंख्या प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी अनुसूची-२ बमोजिम उम्मेदवारको बन्दसूची तयार गर्नु पर्नेछ । यसरी महिलाको उम्मेदवारी सूचीकृत गर्दा दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी, क्षत्री तथा अन्य समूह समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त अनुरूप गर्नु पर्नेछ । मधेशीबाट उम्मेदवारी चयन गर्दा दलित, आदिवासी जनजाति र अन्य समूह समेतको जनसंख्या प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारको सूची तयार गर्नु पर्नेछ । त्यसरी तयार गरेको उम्मेदवारको बन्दसूची आयोगले तोकेको समयावधि भित्र सम्बन्धित राजनीतिक दलले अनुसूची-२ बमोजिमको ढाँचामा आयोग समक्ष पेश गर्नु पर्नेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि "जनसंख्या प्रतिशतको आधार" भन्नाले संविधान सभाको निर्वाचन हुनुभन्दा अघिको राष्ट्रिय जनगणना बमोजिमको जनसंख्या प्रतिशतको आधार सम्झनु पर्छ ।
(४) उपदफा (३) बमोजिम राजनीतिक दलले उम्मेदवार सूचीकृत गर्दा उत्पीडित समूह, गरिब किसान, मजदुर र अपाङ्ग समेतका व्यक्तिको प्रतिनिधित्वलाई समुचित ध्यान पुर्याउनु पर्नेछ ।
(५) समानुपातिक निर्वाचन प्रणाली बमोजिम दिइने महिला उम्मेदवारको संख्यामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार दिइने महिला उम्मेदवारको संख्या जोडेर कुल संख्यामा न्यूनतम एक तिहाइ महिला उम्मेदवार हुनु पर्नेछ ।
(६) उपदफा (३) बमोजिम दलबाट प्राप्त उम्मेदवारको बन्दसूची आयोग समक्ष पेश भएपछि समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व भए नभएको यकिन गरी सम्बन्धित राजनीतिक दललाई सात दिनभित्र सच्याउन आयोगले सूचित गर्नेछ । त्यसरी सूचित गरेपछि सम्बन्धित दलले उम्मेदवारको बन्दसूचीलाई संशोधन गरी सात दिनभित्र पठाउनु पर्नेछ र यसरी प्राप्त उम्मेदवारको बन्दसूची नै अंतिम सूचीको रूपमा कायम हुनेछ ।
(७) राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली अनुसार भएको निर्वाचनमा जित मत प्राप्त गरेको छ सोही अनुपातमा उपदफा (३) बमोजिम आयोगमा पेश गरेको उम्मेदवारको बन्दसूचीमा नाम सूचीकृत भएका उम्मेदवारमध्ये सोही उपदफा बमोजिम
समानुपातिक प्रतिनिधित्व हुने गरी सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट छनौट भएको उम्मेदवारको नामावलीको सूची आयोगले तोकेको समयभित्र आयोग समक्ष पेश गर्नुपर्नेछ । यसरी आयोग समक्ष प्राप्त हुन आएको उम्मेदवारको नामावलीको सूचीमा नाम समावेश भएका उम्मेदवारहरू निर्वाचित भएको घोषणा आयोगले गर्नेछ ।
(८) राजनीतिक दलद्वारा उपदफा (७) बमोजिम पेश गर्ने निर्वाचित उम्मेदवारको नामावलीमा सम्बन्धित समूहको संख्या पूर्ण नहीं भएर घटाई रहेको अवस्थामा सम्बन्धित राजनीतिक दलले आपुले निर्वाचित घोषणा गर्न पाउने सीटमा नबढ्ने गरी त्यस्तो घटाई संख्याभन्दा ठीक मुनिको पूर्ण वा ठीक माथिको पूर्ण संख्यामा समूहमा नाम राखी पठाएको उम्मेदवारको नामावलीलाई निर्वाचन आयोगले मान्यता दिनेछ ।
(९) उपदफा (७) बमोजिम छनौट भई आयोग समक्ष पेश भएको उम्मेदवारको नामावली उपदफा (३) बमोजिम समानुपातिक प्रतिनिधित्व भए वा नभएको सम्बन्धमा आयोगले छानबिन गर्नेछ ।
तर उम्मेदवारको छानबिन गर्दा प्रत्येक वर्गको कुल संख्याको दश प्रतिशतसम्मको घटबढ भएकोमा त्यसलाई आयोगले स्वीकार गर्नेछ ।
(१०) उपदफा (९) बमोजिम आयोगले छानबिन गर्दा सम्बन्धित राजनीतिक दलले छनौट गरी पेश गरेको उम्मेदवारको नामावली उपदफा (३) बमोजिम समानुपातिक प्रतिनिधित्व भएको नभएमा आयोगले सम्बन्धित राजनीतिक दललाई सो बमोजिम सच्याई नामावली पेश गर्न लेखी पठाउनेछ ।
(११) उपदफा (१०) बमोजिम आयोगले लेखी पठाएको तीन दिनभित्र सम्बन्धित राजनीतिक दलले उपदफा (७) को प्रयोजनका लागि संशोधित नामावलीको सूची आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(१२) उपदफा (११) बमोजिम आयोग समक्ष पेश भएको उम्मेदवारको संशोधित नामावलीमा पनि उपदफा (३) बमोजिम समानुपातिक प्रतिनिधित्व भएको नपाइएमा जुन समूहको जति संख्याको उम्मेदवारको नामावली उपदफा (३) बमोजिम प्रतिनिधित्व हुने गरी उपलब्ध भएको छ समानुपातिक रूपले त्यति प्रतिशत स्थानमा सम्बन्धित राजनीतिक दलको उम्मेदवार निर्वाचित भएको घोषणा आयोगले गर्नेछ ।
तर निर्वाचित उम्मेदवारको घोषणा गर्दा प्रत्येक वर्गको कुल संख्याको दश प्रतिशत सम्मको घटबढी भएकोमा त्यसलाई आयोगले स्वीकार गर्नेछ ।
(१३) यस दफा बमोजिम उम्मेदवारहरू निर्वाचित भएको सूचना आयोगले सार्वजनिक गरी सोको जानकारी सम्बन्धित राजनीतिक दललाई समेत दिनु पर्नेछ ।
(१४) यस अध्यादेश बमोजिम तयार गरी आयोगसमक्ष पेश गरिने उम्मेदवारको बन्दसूचीमा समानुपातिक निर्वाचन प्रणालीका लागि निर्धारित कुल सदस्य संख्याभन्दा बढी हुने गरी उम्मेदवारको नाम सूचीकृत गर्न पाइने छैन ।
(१५) यस दफामा अन्यत जुकुँसकै कुरा लेखिएको भएतापनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन प्रयोजनका लागि उपदफा (३) बमोजिम उम्मेदवारको बन्दसूची तयार गर्दा र उपदफा (७) बमोजिम निर्वाचित हुने उम्मेदवारको छनौट गर्दा त्यस्तो निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने कुल सदस्य संख्याको तीस प्रतिशत भन्दा कम मात्र उम्मेदवार सूचीकृत गर्ने राजनीतिक दलले अनुसूची-१ अन्तर्गत निर्धारित प्रतिशतमा महिला र पुरुषको संख्या बराबर हुने गरी दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी, मुस्लिम, क्षयरोगी तथा अन्य समूहको यथाशक्त प्रतिनिधित्व गराई प्रतिशत घटबढी भएकोलाई र एकजना मात्र उम्मेदवार निर्वाचित हुने राजनीतिक दलको हकमा सम्बन्धित राजनीतिक दलले उम्मेदवारको बन्दसूचीमा सूचीकृत गरेको मध्ये कुनै उम्मेदवारलाई छनौट गरेकोमा निर्वाचन आयोगले मान्यता प्रदान गर्नु पर्नेछ ।
८. उम्मेदवारको बन्दसूची संविधान सभाको कार्यकाल भर मान्य हुने: (१) राजनीतिक दलले दफा ७ बमोजिम आयोग समक्ष पेश गरेको उम्मेदवारको बन्दसूची संविधान सभाको कार्यकाल भर मान्य हुनेछ ।
(२) समानुपातिक निर्वाचन प्रणाली अनुसार निर्वाचित संविधानसभाको कुनै सदस्यको मृत्यु भई वा राजीनामा दिई वा दल त्याग गरी वा अन्य कारणले पद रिक्त भएमा उम्मेदवारको बन्दसूचीमा सूचीकृतहरू मध्येबाट सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले दफा ७ को उपदफा (३) बमोजिम प्रतिनिधित्व हुने गरी छनौट गरेको उम्मेदवार निर्वाचित भएको मानिनेछ ।
९. उम्मेदवारी रद्द हुने: समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचन प्रयोजनका लागि कुनै राजनीतिक दलले उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवार निर्वाचन
पुरा नहुँदै संविधानको धारा ६५ अनुसार अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा तत्सम्बन्धमा आवश्यक छानबिन गरी आयोगले अयोग्य भएको ठहर गरेमा त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द हुनेछ । तर आयोगले निर्णय गर्नु अघि सम्बन्धित उम्मेदवारलाई आफ्नो भनाइ पेश गर्ने मनासिब मौका उपलब्ध गराउनु पर्नेछ ।
परिच्छेद–३ निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी
१०. निर्वाचन अधिकृतको नियुक्तिः (१) निर्वाचनको प्रयोजनको लागि संविधान, यो अध्यादेश तथा प्रचलित कानून बमोजिम निर्वाचन क्षेत्रमा सम्पादन गर्नु पर्ने कामहरु गर्न गराउनका लागि आयोगले आवश्यकता अनुसार निर्वाचन अधिकृत नियुक्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम निर्वाचन अधिकृत नियुक्त गर्दा आयोगले संविधानको धारा ११० को उपधारा (१) को प्रतिबन्धतात्मक व्यवस्था बमोजिम न्याय परिषदको स्वीकृति लिई न्यायाधीशलाई र न्याय सेवा आयोगको परामर्श लिई नेपाल न्याय सेवाका कम्तीमा राजपत्रित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई नियुक्त गर्न सक्नेछ ।
११. मुख्य निर्वाचन अधिकृतको मुख्य काम, कर्तव्य र अधिकारः (१) आयोगको निर्देशनको अधिनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचनक्षेत्र हरुको निर्वाचन सम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिनु मुख्य निर्वाचन अधिकृतको कर्तव्य हुनेछ । (२) मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोग र पालन समेत गर्नेछ ।
१२. निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारः (१) आयोगको निर्देशनको अधिनमा रही आफू खटिएको निर्वाचन क्षेत्रमा यस अध्यादेश बमोजिम निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारबाही स्वतन्त्र र निष्पक्ष रुपमा गर्नु गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ । (२) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार आयोगले जारी गरेको आदेश, निर्देशन र निर्देशिकामा उल्लेख भएबमोजिम हुनेछ ।
(३) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाइएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ । (४) उपदफा (३) बमोजिम अधिकार प्रत्यायोजन गर्दा मनोनयनपत्र जाँच्ने, सदर वा बदर गर्ने वा खारेज गर्ने, मतपत्र सदर बदर गर्ने र मतगणना परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन ।
१३. सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीको नियुक्ति: (१) निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको संख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरू नियुक्त गर्न सक्नेछ । (२) निर्वाचन अधिकृतले नेपाल सरकारको वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था वा स्थानीय निकायको कर्मचारी वा सामुदायिक विद्यालयको शिक्षकलाई आवश्यकता अनुसार निर्वाचनको काममा खटाउन सक्नेछ ।
१४. मतदान अधिकृतको नियुक्ति: (१) निर्वाचन अधिकृतले सम्बन्धित निर्वाचन क्षेत्रका लागि आवश्यक संख्यामा नेपाल सरकारको वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्था वा स्थानीय निकायको कर्मचारी वा सामुदायिक विद्यालयको शिक्षकलाई मतदान अधिकृत वा सहायक मतदान अधिकृत नियुक्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृत र सहायक मतदान अधिकृतले यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियमावली आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी सम्पूर्ण कार्य स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउनु पर्नेछ । (३) मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको अन्यकाम, कर्तव्य र अधिकार आयोगले जारी गरेको आदेश, निर्देशन र निर्देशिकामा उल्लेख भए बमोजिम हुनेछ ।
परिच्छेद–४ निविर्वाचनको सूचना
१५. निर्वाचन गराउने: आयोगले यस अधिदेश बमोजिम हुने संविधानसभाका सदस्यको निर्वाचन संविधानको धारा ६३ को उपधारा (२) बमोजिम नेपाल सरकारले तोकेको मितिमा गराउनेछ ।
१६. निर्वाचनको सूचना: (१) संविधान सभाको सदस्यको निर्वाचनका लागि नेपाल सरकारले संविधानको धारा ६३ को उपधारा (२) बमोजिम तोकेको मितिमा मतदान सम्पन्न गर्न आयोगले समय तोकी सोको सूचना जारी गर्नेछ र त्यस्तो सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने छ । (२) नेपाल सरकारले भौगोलिक अवस्था, मौसम तथा अन्य परिस्थिति समेत विचार गरी एक वा एकभन्दा बढी निर्वाचन क्षेत्रमा निर्वाचनका लागि मतदान गर्न एउटै वा अलग–अलग मिति तोक्न सक्ने छ र यसरी नेपाल सरकारले तोके बमोजिम एउटै वा अलग–अलग मितिमा निर्वाचन कार्यक्रम अनुसार भएको निर्वाचन एक्सेप्टक भएको मानिनेछ ।
१७. निर्वाचन कार्यक्रमको सूचना: (१) दफा १६ बमोजिम निर्वाचनको सूचना प्रकाशित भएपछि सम्बन्धित निर्वाचन अधिकृतले आयोगले निर्धारण गरेको कार्यक्रम अनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारीको दाबी विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने मिति, समय र स्थान तोकी निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्ने छ । (२) दफा १६ बमोजिम निर्वाचनको सूचना प्रकाशित भएपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्ने, सो उपर दाबी विरोध गर्ने र अन्तिम उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने समेतका कार्यक्रम आयोगले प्रकाशन गर्नेछ ।
परिच्छेद-५ उम्मेदवार तथा मनोनयनपत्र
१८. उम्मेदवारको योग्यता: निर्वाचनमा उम्मेदवार हुन कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेको हुनु पर्नेछ :- (क) नेपाली नागरिक, (ख) कम्तीमा पच्चीस वर्ष उमेर पूरा गरेको, (ग) नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, (घ) कुनै लाभको पद धारण नगरेको । स्पष्टीकरण: खण्ड (घ) को प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा अन्य कुनै आर्थिक सुविधा पाउने अन्य कुनै पदलाई जनाउनेछ ।
१९. उम्मेदवारको अयोग्यत: यस अध्यायमा अन्य जुकुँसै कुरा लेखिएको भएतापनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ :- (क) मतदाता नामावलीमा नाम समावेश नभएको, (ख) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको, (ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई सो सजाय पाएको मितिले दुई वर्ष भुक्तान नगरेको, (घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिकन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी पैठारी, सम्पत्ति शुद्धीकरण वा राजकीय दुरुपयोग सम्बन्धी कसुरमा अदालतको अन्तिम फैसलाबाट सजाय पाएको, (ङ) ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्व सहित जन्मकैद वा जन्मकैदको सजाय पाएको, (च) वैद तथा वित्तीय संस्थाको ऋण नियतवश नतिरी प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको, (छ) मगज विरोगीको ।
२०. उम्मेदवारको उमेरको गणना: निर्वाचनमा उम्मेदवार हुनको लागि उम्मेदवारको उमेरको गणना गर्दा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको हकमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र समानुपातिक निर्वाचन प्रणालीको हकमा आयोगमा उम्मेदवारको बन्दसूची पेश गर्ने मितिसम्ममा पच्चीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ ।
२१. उम्मेदवारको मनोनयन: (१) संविधान र यस अध्यादेश बमोजिम उम्मेदवार हुन योग्यता पुगेको र कुनै निर्वाचन क्षेत्रको मतदाता नामावलीमा मतदाताको रूपमा नाम दर्ता भएको कुनै व्यक्तिलाई यस अध्यादेश बमोजिम हुने निर्वाचनमा तोकिए बमोजिम उम्मेदवार मनोनयन गर्न सकिनेछ । (२) उपदफा (१) बमोजिम कुनै निर्वाचन क्षेत्रको लागि उम्मेदवार मनोनयन गर्दा एकजना प्रस्तावक र एकजना समर्थक हुनुपर्नेछ । त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाता हुनु पर्नेछ । (३) निर्वाचन प्रयोजनको लागि दर्ता भएको राजनीतिक दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा सो दलले निजलाई औपचारिक पत्र समेत दिएको हुनु पर्नेछ र त्यस्तो औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सो दलको पदाधिकारीले त्यस्तो पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ । (४) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई प्रस्ताव गरिएको अवस्थामा निजले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहिछाप समेत गर्नु पर्नेछ । (५) कुनै व्यक्तिलाई एउटै निर्वाचन क्षेत्रको निर्वाचनको लागि बढीमा तीन मनोनयन पत्रद्वारा मनोनयन गर्न सकिनेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि समानुपातिक निर्वाचन प्रणाली अनुसार उम्मेदवार मनोनयन गर्दा राजनीतिक दलले यस अध्यादेश बमोजिम योग्यता पुगेको उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीमा समावेश गरी त्यस्तो बन्दसूची आयोग समक्ष पेश गरेमा उम्मेदवारको मनोनयन गरेको मानिनेछ । मनोनयन गरिएका प्रत्येक उम्मेदवारको कुन ठाउँको मतदाता नामावलीमा नाम समावेश भएको छ सो र निजको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं ठेगाना समेत उल्लेख भएको हुनु पर्नेछ ।
२२. मनोनयन प्रमाणित गर्ने अधिकारी सम्बन्धी व्यवस्था: (१) निर्वाचनप्रयोजनको लागि आयोगमा दर्ता भएको राजनीतिक दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र
प्रदान गर्न अधिकार पाएको राजनीतिक दलको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना सो राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तीमा सात दिन अगावै आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको रीत नपुर्याई मनोनयनपत्र दाखिल भएको अवस्थामा त्यस्तो राजनीतिक दलको उम्मेदवारलाई सो राजनीतिक दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन ।
२३. मनोनयनपत्रको दर्ता: (१) उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैँले वा निजको प्रतिनिधिले वा प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले इस अध्यायबमोजिम रीतपूर्वकको छ वा छैन हेरी रीतपूर्वकको भए दर्ता गरी तोकिए बमोजिमको निसान मनोनयनपत्र दर्ता गर्न ल्याउने व्यक्तिलाई दिनु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले प्रस्तावक वा समर्थक नभएको वा प्रस्तावक वा समर्थक दोहोरिएको वा इस अध्यायबमोजिमको धोरٹि राखेको निसान नभएको वा प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहिछाप नभएको वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा रीत नपुगेको हालत सच्याउन लगाई सो मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । यसरी रीत नपुगेको कुरा सच्याउनु पर्ने व्यहोरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा सोही व्यहोरा मनोनयनपत्रमा जनाई सोको सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु पर्नेछ ।
(४) मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने छ ।
(५) उपदफा (४) बमोजिम प्रकाशित सूचीमा उल्लिखित कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा उजुरी दिन चाहने उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजुरी दिन सक्नेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि दफा २१ को उपदफा (६) बमोजिम राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने प्रयोजनको लागि पेश गरेको उम्मेदवारको बनसूची बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिनेछ ।
२४. मनोनयनपत्रको जाँच: (१) पहिलो हुने निर्वाचनतर्फ हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि दर्ता भएको मनोनयनपत्र जाँच गर्न निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा प्रस्तावक, समर्थक वा उम्मेदवार स्वयं वा निजले लिखित रूपमा अधिकार दिएको एकजना प्रतिनिधि उपस्थित हुनु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) मा उल्लेख गरिएका व्यक्तिहरू समक्ष त्यस्ता सम्पूर्ण उम्मेदवारहरूको मनोनयनपत्र जाँच गर्नेछ । तर त्यसरी उपस्थित हुनु पर्ने कुनै प्रस्तावक, समर्थक वा उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभए पनि मनोनयनपत्र जाँच गर्न र सो सम्बन्धमा कानून बमोजिम निर्णय गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन ।
(३) निर्वाचन अधिकृतले उपदफा (२) बमोजिम उम्मेदवारहरूको मनोनयनपत्र जाँच गर्दा दफा २३ को उपदफा (५) बमोजिम कुनै उम्मेदवारको विरुद्धमा उजुरी परेको रहेछ भने सो सम्बन्धमा समेत आवश्यक जाँचबुझ गरी निर्णय गर्नु पर्नेछ । यसरी जाँचबुझ गर्दा प्रस्तावक र समर्थक दोहोर्याइएको पाइएमा सम्बन्धित उम्मेदवारलाई सच्याउने मौका दिनु पर्नेछ र मनोनयनपत्रमा रहेको सानातिनो भुलचुकको कारणले मात्र सो मनोनयनपत्र बदर गरिने छैन ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “सानातिनो भुलचुक” भन्नाले मतदाता नामावलीमा वा मनोनयनपत्रमा उम्मेदवार, प्रस्तावक वा निजहरूसँग सम्बन्धित व्यक्तिको नाम, थर, वतन वा क्रमसंख्याको लेखाई वा छपाई सम्बन्धी प्राविधिक वा अक्षर, मात्रा वा इङ्कको त्रुटि भएमा र सो त्रुटिले कुनै तात्त्विक फरक नपार्ने भएमा त्यस्तो त्रुटिलाई जनाउँनेछ ।
(४) देहायका अवस्थामा निर्वाचन अधिकृतले यस दफा बमोजिम गर्नु पर्ने मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गर्न सक्नेछ :- (क) मनोनयनपत्र जाँच गर्ने स्थानमा सो जाँच गर्ने समयमा हुलदङ्ग लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भएमा, वा
(ख) प्राकृतिक विपत्तिको कारणले काबू बाहिरको परिस्थिति उत्पन्न भएमा ।
(५) उपदफा (४) बमोजिम मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएमा निर्वाचन अधिकृतले समय र स्थान तोकी यथासम्भव छिटो मनोनयनपत्रको जाँच गर्नु पर्नेछ ।
२५. मनोनयनपत्र बदर हुने अवस्था: देहायको अवस्थामा मनोनयनपत्र बदर हुनेछ :- (क) संविधान र यस अध्यादेश बमोजिम उम्मेदवारको योग्यता नभएमा, (ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निजकोवा निजको उम्मेदवार मनोनयन गर्ने प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा किर्ते सहीछाप भएमा, (ग) दफा ६७ बमोजिम दाखिला गर्नु पर्ने धरौटी नराखेमा, (घ) दफा १७ बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा, (ङ) दफा २२ र २३ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा, (च) यस अध्यादेश बमोजिम अन्य रीत नपुगेको भएमा ।
२६. उम्मेदवारको नामावली: निर्वाचन अधिकृतले मनोनयनपत्रहरूको जाँच गरिसकेपछि कानून बमोजिम रीत पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारहरूको तोकिए बमोजिम नामावली तयार गर्नु पर्नेछ र सो नामावलीको एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ । तर समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा रहेका नामावली आयोगले सार्वजनिक गर्नु पर्नेछ ।
२७. नाम फिर्ता लिने: (१) कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट हटाउनको लागि नाम फिर्ता लिन चाहेमा दफा १७ कोउपदफा (१) बमोजिम तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछ । (२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैँले वा निजको प्रतिनिधिकले दाखिल गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला भइसकेपछि सो सूचना बदर गर्न वा फिर्ता लिनपाउने छैन ।
(४) उपदफा (१) बमोजिम दाखिला भएको सूचनाको सत्यतामा निर्वाचन अधिकृत सन्तुष्ट भएमा नाम फिर्ता लिने उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ र नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्ने छ ।
(५) कुनै राजनीतिक दलले खडा गरेको कुनै उम्मेदवारको सम्बन्धमा सो दलको अधिकार प्राप्त व्यक्तिले निजको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई दफा १७ को उपदफा (१) बमोजिमतोकिएको समयभित्र लेखी पठाएमा निजलाई उम्मेदवारको रूपमा कायम राखिने छैन ।
(६) उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले दफा १७ को उपदफा (१) मा तोकिएको समयभित्र आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट हटाउन चाहने भए आयोग समक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन परेमा आयोगले त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीबाट हटाई सोको जानकारी सम्बन्धित राजनीतिक दललाई दिनुपर्नेछ ।
२८. उम्मेदवारको अन्तिम नामावली- (१) दफा १७ को उपदफा (१) बमोजिम उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारहरूको नामावली तोकिए बमोजिम तयार गर्नु पर्नेछ र सो नामावलीको एक प्रति आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गरी सोको एक प्रति आयोगमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम वर्णानुक्रम अनुसार लेखिनेछ र कुनै राजनीतिक दलबाट मनोनित उम्मेदवार भएमा निजहरूको मनोनयनपत्रमा लेखिएको ठेगाना समेत सोदलको नाम समेत उल्लेख गरिनेछ ।
२९. समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको दाबी विरोधसम्बन्धी व्यवस्था: (१) दफा ७ बमोजिम प्राप्त उम्मेदवारको बन्दसूचीपर आवश्यक जाँचबुझ गरी आयोगले सो सूची सार्वजनिक गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम उम्मेदवारको बन्दसूची प्रकाशन गर्दा आयोगले त्यस्तो सूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको संविधान र यस अध्यादेश बमोजिमको
योग्यता नपुगेको भए सो सम्बन्धमा दाबी विरोध गर्न सात दिनभित्र निवेदन दिन आउनु भन्ने व्यहोराको सूचना समेत प्रकाशन गर्नु पर्नेछ ।
(३) आयोगले उपदफा (१) र (२) बमोजिम उम्मेदवारको बन्दसूची र दाबी विरोध गर्न आउनु भनी सूचना प्रकाशन गरेको व्यहोरा आवश्यकता अनुसार राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट समेत प्रकाशन र प्रसारण गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिम प्रकाशित उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको संविधान वा यस अध्यादेश बमोजिम योग्यता नपुगेको भनी कुनै राजनीतिक दल वा उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको कुनै व्यक्तिले आयोगले निर्धारण गरेको समयभित्र प्रमाण सहित आयोग समक्ष दाबी विरोध गर्न सक्नेछ ।
(५) उपदफा (१) बमोजिम दाबी विरोधको निवेदन प्राप्त भएमा सो सम्बन्धमा आयोगले आवश्यक जाँचबुझ गर्न सक्ने छ र जाँचबुझबाट उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति संविधान र यस अध्यादेश बमोजिमको योग्यता पुगेको नदेखिएमा आयोगले सोही व्यहोराले जनाई त्यस्तो उम्मेदवारको नाम त्यस्तो सूचीबाट हटाउनु पर्नेछ ।
(६) यस अध्यादेश बमोजिम दाबी विरोधको काम समाप्त भएपछि आयोगले आफ्नो कार्यालयमा अन्तिम उम्मेदवारको बन्दसूची प्रकाशन गर्नेछ ।
(७) यस अध्यादेश बमोजिम दाबी विरोधको काम समाप्त भएपछि आयोगले अन्तिम उम्मेदवारको बन्दसूची प्रमाणित गरी सम्बन्धित राजनीतिक दललाई पठाउनु पर्नेछ ।
३०. निरविरोध निर्वाचित भएको मानिने: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कुनै निर्वाचन क्षेत्रमा एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो निर्वाचन क्षेत्रबाट त्यस्तो उम्मेदवार निरविरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्नेछ ।
३१. निर्वाचन चिन्ह: (१) यस अध्यादेश बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि चिन्ह: उम्मेदवार तथा राजनीतिक दललाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिन्ह राजनीतिक दल तथा उम्मेदवारलाई तोकिए बमोजिम प्रदान गरिनेछ ।
(३) उपदफा (२) बमोजिम निर्वाचन चिन्ह प्रदान गर्दा आयोगले यस अध्यादेश बमोजिम दाना भएको प्रत्येक राजनीतिक दललाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको निर्वाचन क्षेत्रमा सम्बन्धित राजनीतिक दलले खडा गरेका प्रत्येक उम्मेदवारले प्रयोग गर्न पाउने गरी र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि राजनीतिक दलले प्रयोग गर्न पाउने गरी एकै प्रकारको निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्रदान गरिएको निर्वाचन चिन्ह सो राजनीतिक दलका उम्मेदवार वा राजनीतिक दल बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन ।
(५) उम्मेदवारले निर्वाचन चिन्ह प्राप्त गरिसकेपछि निजले सो राजनीतिक दल त्याग गरे पनि वा अर्को दलमा प्रवेश गरे तापनि सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन । सो उम्मेदवार निर्वाचित भएमा चिन्ह प्रदान गर्ने दलले प्रमाण सहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुनेछ ।
(६) यस दफा बमोजिम निर्वाचन चिन्ह वितरण गर्दा संवत् २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनबाट संविधानसभामा प्रतिनिधित्व भएका राजनीतिक दल र त्यस्तो राजनीतिक दलबाट विभाजन भई यो अध्यादेश प्रारम्भ हुनुभएका बखत आयोगमा दर्ता कायम रहेका सो राजनीतिक दललाई आयोगबाट त्यस्तो निर्वाचनको प्रयोजनका लागि वितरण गरिएको निर्वाचन चिन्ह नै वितरण गर्नु पर्नेछ । यसरी निर्वाचन चिन्ह वितरण गर्दा कुनै गल्ती भएको वा फरक पर्न गएको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिन्ह परिवर्तन गर्न सक्नेछ ।
(७) स्वतन्त्र उम्मेदवारको निमित्त छुट्याइएको निर्वाचन चिन्हको समूहबाट स्वतन्त्र रूपले खडा भएका उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिन्ह तोकिए बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले प्रदान गर्ने छ ।
३२. उम्मेदवारको मृत्यु भएमा: (१) दफा २८ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनुभन्दा अघि राजनीतिक दलबाट मनोनयन भएको उम्मेदवारको मनोनयनपत्र रीतपूर्वकको ठहरिसेकेको र आफ्नो नाम फिर्ता नलिएको कुनै उम्मेदवारको मृत्यु भएमा र त्यस्तो मृत्यु भएको लिखित सूचना निज उम्मेदवारको निर्वाचन प्रतिनिधि वा सम्बन्धित राजनीतिक दलबाट प्राप्त भएमा निर्वाचन अधिकृतले सो निर्वाचन क्षेत्रको अन्य कार्यक्रम तुरुन्त स्थगित गर्नु पर्नेछ र त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ । त्यसरी कार्यक्रम
स्वागत भएको सूचना अन्यउम्मेदवारहरु समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टँस्नु पर्नेछ । तर समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको मृत्यु भएमा निर्वाचन कार्यक्रम स्थगित हुने छैन । (२) दफा २८ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि कुनै राजनीतिक दलबाट मनोनयन भएको उम्मेदवारको मृत्यु भएमा र त्यस्तो मृत्यु भएको लिखित सूचना निज उम्मेदवारको निर्वाचन प्रतिनिधि वा सम्बन्धित राजनीतिक दलबाट प्राप्त भएमा निर्वाचन अधिकृतले सो निर्वाचन क्षेत्रको अन्य कार्यक्रम तुरन्त स्थगित गर्नु पर्नेछ र त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ । त्यसरी कार्यक्रम स्थगित भएको सूचना अन्य उम्मेदवारहरु समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टँस्नु पर्नेछ । तर समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको कुनै उम्मेदवारको मृत्यु भएमा निर्वाचन कार्यक्रम स्थगित हुने छैन । (३) आयोगले उपदफा (१) बमोजिमको जानकारी प्राप्त गरेपछि सो निर्वाचन क्षेत्रमा मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम यथाशक्य छिटो पूरा गर्न अर्को कार्यक्रम निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ । यसरी कार्यक्रम निर्धारण गर्दा जुन राजनीतिक दलको उम्मेदवारको मृत्यु भएकोहो सोही राजनीतिक दलले मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिने गरी कार्यक्रम निर्धारण गर्नु पर्नेछ । (४) आयोगले उपदफा (२) बमोजिमको जानकारी प्राप्त गरेपछि सो निर्वाचन क्षेत्रमा मतदान गर्ने मिति लगायत निर्वाचनको लागि यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुनः निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ । (५) दफा २८ बमोजिम प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा नाम रहेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिल गर्नु पर्ने छैन र जुन राजनीतिक दलको उम्मेदवारको मृत्यु भएको हो सो राजनीतिक दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ । (६) यस दफामा अन्यत्र जुन सुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित गर्नु पर्दा निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको
काम सम्पन्न गर्नु पर्ने अवधि पन्ध्र दिनभन्दा बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन, सोही कार्यक्रमको समयावधि भित्र नै मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी मिलाउनुपर्नेछ ।
३३. उम्मेदवारको परिचयपत्र: यस परिच्छेद बमोजिम अन्तिम नामावलीमा कायम रहेका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरूलाई निर्वाचन अधिकृतले तोकिए बमोजिमको परिचयपत्र समेत दिनेछ ।
परिच्छेद–६ मतदान केन्द्र, मतपत्र र मतपेटिका
३४. मतदान केन्द्र: (१) आयोगले निर्वाचन क्षेत्रमा आवश्यक संख्यामा मतदान केन्द्र तथा उपकेन्द्रहरू तोक्ने र त्यसको सूची तोकिए बमोजिम प्रकाशन गर्नेछ । (२) मतदान केन्द्र तोक्ने आधार, प्रक्रिया र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । (३) निर्वाचन अधिकृतले आवश्यक भएमा आयोगको पूर्वसहमति लिई मतदान केन्द्रको संख्यामा थपघट गर्न वा सुविधाजनक वा व्यावहारिक दृष्टिबाट उपयुक्त हुने ठाउँमा मतदान केन्द्र थप्न, घटाउन वा सार्न सक्नेछ । (४) एउटा मतदान केन्द्रको क्षेत्रभित्र आवश्यकता अनुसार एक वा एकभन्दा बढी मतदान केन्द्र वा उपकेन्द्रहरू वा मतदान कक्षहरू रहन सक्नेछन् ।
३५. मतपत्र: (१) आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि छुट्टाछुट्टै रङ्गको मतपत्रको व्यवस्था गर्नु पर्नेछ । (२) मतपत्र सम्बन्धी अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।
३६. मतपेटिका: आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अनुरूप हुने निर्वाचन मतदानको लागि प्रयोग हुने छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गर्नु पर्नेछ ।
परिच्छेद–७ मतदान
३७. मतदानको समय: मतदान हुने मितिमा मतदान गर्ने समय दफा १६ को उपदफा (१) बमोजिमको सूचनामा तोके बमोजिम हुनेछ ।
३८. मतदान: (१) कुनै निर्वाचन क्षेत्रको कुनै गाउँ विकास समिति वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले सोही निर्वाचन क्षेत्रको सोही गाउँ विकास समिति वा नगरपालिकाको सोही वडामा मात्र मतदान गर्न पाउनेछ । तर अस्थायी मतदातालाई यो बन्देज लागु हुने छैन । (२) मतदाताले मतदाता नामावली अनुसार आफुलाई तोकिएको मतदान केन्द्रमा मात्र मतदान गर्न पाउनेछ । (३) मतदाताले आफुले मतदान गर्न तोकिएको मतदान केन्द्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको मतपेटिकामा मतदान गरिसकेपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको मतपेटिकामा मतदान गर्नु पर्नेछ । तर अस्थायी मतदाताले तोकिए बमोजिम समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि मात्र मतदान गर्न सक्नेछ । (४) मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताको नामबाट सो मतदाता बाहेक अन्य कुनै व्यक्तिले मतदान गर्न पाउने छैन । (५) यस अध्यादेश बमोजिम मतदान गर्न योग्यता नपुगेको व्यक्तिले निर्वाचनमा मतदान गर्न पाउने छैन । (६) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रमा वा एकै निर्वाचन क्षेत्रको एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने छैन । (७) कुनै पनि मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा बाहेक कुनै निर्वाचन क्षेत्रमा एकभन्दा बढी पटक मतदान गर्न पाउने छैन ।
३९. मतदानको तरिका: (१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई तोकिएको मतपत्र दिनेछ । (२) मतदातालाई मतपत्र दिनु अघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको व्यहोरा जाँची तोकिए बमोजिम मतपत्र दिनेछ । (३) मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ । (४) मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको हकमा मतपत्रमा आफूले रोजेको कुनै एकजना امیدوارको कोठामा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको हकमा राजनीतिक दलको कोठामा उपदफा (३) बमोजिमको छाप वा चिन्ह लगाई तोकिए बमोजिम मतपेटिकामा खसाली मतदान गर्नु पर्नेछ । (५) यस अध्यायदेशमा अन्यत जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विद्युतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।
४०. विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने: (१) कुनै मतदान केन्द्रमा हलुङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा प्राकृतिक विपत्ति वा आफ्नो काबू बाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा सो मतदान केन्द्रमा नियुक्त मतदान अधिकृत वा सो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृत विश्वस्त भएमा निजले सो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गर्न सक्नेछ र सोको सूचना सोही स्थानमा प्रकाशन गर्नेछ । मतदान अधिकृतले सो मतदान स्थगित गरेको रहेछ भने निजले सोको सूचना तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम मतदान स्थगित भएको व्यहोराको जानकारी निर्वाचन अधिकृतले तुरुन्त आयोगलाई र अन्य सम्बन्धित अधिकारीलाई समेत दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले सो मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय तोकी सूचना प्रकाशित गरी पुनःमतदान गराउनेछ ।
४१. मतदान केन्द्रको अनधिकृत कब्जा: (१) देहायका अवस्थामा मतदान केन्द्रको अनधिकृत कब्जा भएको मानिनेछ :-
(क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतदान केन्द्र वा मतदान गर्न निश्चित गरिएको स्थान वा विद्युतीय उपकरण आफ्नो कब्जामा लिई मतदानको कार्यमा प्रभाव पारेमा वा कुनै उम्मेदवारको समर्थक मतदाताहरूलाई मात्र मतदान गर्न दिएमा वा अन्य मतदाताहरूलाई मतदान गर्न नदिएमा,
(ख) कसैले बल प्रयोग गरी वा नगरी मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न वा नगर्न डर त्रास देखाएमा वा धम्की दिएमा वा मतदान गर्नका लागि मतदान केन्द्र वा मतदान गर्ने स्थानमा जान वा प्रवेश गर्न नदिएमा,
(ग) कसैले बल प्रयोग गरी वा नगरी मतदान कार्य सञ्चालन गर्न खटिएका अधिकारीलाई आफ्नो कर्तव्य पालन गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका, मतदान गर्न राखिएको विद्युतीय उपकरण वा मतदान सम्बन्धी सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतदानको कार्य निष्पक्ष तथा स्वतन्त्र रूपमा सामान्य ढंगले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा ।
(२) उपदफा (१) बमोजिमको कुनै अवस्था परेमा त्यसको रिन सहितको प्रतिवेदन मतदान अधिकृतले निर्वाचन अधिकृतलाई र निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि आयोगले सो स्थानमा जाँचबुझ गर्न अनुगमन टोली खटाउन सक्ने छ र त्यसरी अनुगमन टोली खटाइएकोमा सो टोलीले दिएको प्रतिवेदन र अन्य वस्तुस्थिति समेतको आधारमा आयोगले सो मतदान केन्द्रको मतदान रद्द गर्न सक्नेछ र यसरी रद्द गरिएको सो मतदान केन्द्रमा आयोगको निर्देशनमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समयतोक्नेछ ।
(४) उपदफा (२) बमोजिमको प्रतिवेदन र अन्य वस्तुस्थितिबाट मतदान केन्द्रहरूमा अनधिकृत कब्जा भएको कारणले निर्वाचनको परिणाममा प्रभाव पर्ने सम्भावना देखिएमा आयोगले सो निर्वाचन क्षेत्रको निर्वाचन रद्द गर्न सक्नेछ र सो निर्वाचन क्षेत्रमा आयोगको निर्देशनमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोक्ने छ ।
४२. मतपेटिका, विद्युतीय उपकरण नोक्सान भएमा विद्युतीय वा तोडफोड गरिएमा: (१) कुनै मतदान केन्द्रमा मतदानको लागि प्रयोग भएको मतपेटिका वा मतदान गर्न राखिएको विद्युतीय उपकरण दुर्घटनासहित नोक्सान भएमा वा जानाजान तोडफोड गरी नोक्सान गरिएमा मतदान अधिकृतले सो मतदान केन्द्र रहेको निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतलाई र निर्वाचन अधिकृतले आयोगलाई त्यसको प्रतिवेदन तुरुन्त दिनु पर्नेछ ।
(२) मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाइसकेको मतदानको लागि प्रयोग भएको मतपेटिका वा विद्युतीय उपकरण कुनै किसिमले चोरी भएमा वा दुर्घटनासहित नोक्सान भएमा वा जानाजान तोडफोड गरी नोक्सान गरिएमा निर्वाचन अधिकृतले आयोगलाई त्यसको राय सहितको प्रतिवेदन तुरुन्त दिनु पर्नेछ ।
(३) आयोगले उपदफा (१) वा (२) बमोजिमको राय सहितको प्रतिवेदन प्राप्त गरेपछि सो सम्बन्धमा सबै घटना र परिस्थितिको जाँचबुझ गर्न अनुगमन टोली खटाउन सक्नेछ र त्यसरी अनुगमन टोली खटाएकोमा सो टोलीको प्रतिवेदन समेतको अध्ययन गरी सो मतदान केन्द्रको मतदान रद्द गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा आयोगको निर्देशनमा सम्बन्धित निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोक्नेछ र त्यसको सूचना प्रकाशन गर्नेछ ।
४३. नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने: (१) कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नामले मतदान गर्नको लागि मतपत्र लिन आएमा राजनीतिक दल वा उम्मेदवार वा तिनको प्रतिनिधिले तोकिएबमोजिमको रकम धरौटी राखी मतदान अधिकृत समक्ष तोकिए बमोजिम विरोध गर्न सक्ने छ ।
(२) उपदफा (१) बमोजिम विरोध भएमा मतदान अधिकृतले सो सम्बन्धमा ठाडो बुझाई तत्काल निर्णय गर्नु पर्नेछ र यसरी परेको विरोध र सोको निर्णय तोकिए बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम विरोध टीक ठहरेमा मतदान अधिकृतले सो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ । विरोध टीक नठहरेमा सो धरौटी रकम जफत हुनेछ ।
४४. मतदान केन्द्रमा प्रवेश: (१) मतदान अधिकृतले मतदान केन्द्रमा देहायका व्यक्तिहरू बाहेक अरू कसैलाई प्रवेश गर्न दिने छैन :- (क) मतदाताहरू, (ख) राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार वा निजको एकजना प्रतिनिधि, (ग) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षकहरू, (घ) आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्तिहरू । (२) मतदानको समय समाप्त भएपछि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाता बाहेक अन्य मतदाताले मतदान केन्द्रमा प्रवेश गर्नपाउने छैन ।
४५. मतदान अधिकृतले निरीक्षण गर्ने: कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समय भन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ ।
४६. अशक्त मतदाता: (१) कुनै मतदाताले शारीरिक अशक्तता वा अरू कुनै कारणवश आफूमा मतदान गर्न नसक्ने भई आफ्नो तर्फको कुनै व्यक्तिलाई साथ लैजान अनुमति मागेमा र मतदान अधिकृतले सो उपयुक्त सम्झिएमा त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत सङ्केत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिनेछ । (२) कुनै मतदाता स्वयं मतदान गर्न असमर्थ भई मतदान अधिकृतलाई मतपत्रमा आफूले रोजेको चिन्ह रहेको कोठामा मत सङ्केत गरिदिन अनुरोध गरेमा वा निजले निजको तर्फबाट अन्य कुनै व्यक्तिलाई आफूले रोजेको चिन्ह रहेको कोठामा मत सङ्केत गरिदिनका लागि मतदान अधिकृत समक्ष अनुरोध गरेमा सो मतदान अधिकृतले वा सो मतदाताको इच्छा अनुसार निजको तर्फ निजले रोजेको व्यक्तिलाई मतसङ्केत गर्ने काममा सहयोग पुऱ्याउने व्यवस्था गर्नु पर्नेछ ।
(३) यस अध्यायदेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दृष्टिबिहीन, अपाङ्ग, वृद्ध, गर्भवती महिला वा यस्तै प्रकारको कुनै शारीरिक अशक्तता भएको मतदाताको लागि आयोगले मतदान गर्ने विशेष व्यवस्था गर्न सक्नेछ ।
परिच्छेद–८ मतगणना र निर्वाचन परिणाम
४७. निर्वाचन अधिकृतले मतगणना गर्नु गराउनु पर्ने: निर्वाचन अधिकृतले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचनको मतगणना गर्ने काम आफ्नो प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्नु गराउनु पर्नेछ ।
४८. मतगणनाको सूचना: निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रको मतदान भएका सबै मतपेटिकाहरू मतदान अधिकृतबाट प्राप्त गरेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समयको सूचना राजनीतिक दलता उम्मेदवारहरूको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ । यसरी मतगणनाको समय तोक्दा सम्भव भएसम्म दुवै निर्वाचन प्रणाली अन्तर्गतको मतगणना एकै समयमा हुने गरी तोक्नु पर्नेछ र त्यसरी एकै समयमा मतगणना गर्न सम्भव नभएमा पहिला हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणनालाई प्राथमिकता दिनु पर्नेछ ।
४९. मतगणना: (१) निर्वाचन अधिकृतले दफा ४८ बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा सम्भव भएसम्म दुवै निर्वाचन प्रणाली अन्तर्गतको मतगणना एकै समयमा प्रारम्भ गर्नु पर्नेछ र एकै समयमा प्रारम्भ गर्न नसकिएमा पहिले हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको मतको तोकिए बमोजिम मतगणना प्रारम्भ गर्नु पर्नेछ र सो मतगणनाको काम समाप्त भएपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनमा राजनीतिक दलले प्राप्त गरेको मतको तोकिए बमोजिम मतगणना गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा राजनीतिक दल, उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधि र आवश्यकता अनुसार मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन् । (३) यस अध्यादेश बमोजिम कुनै निर्वाचन क्षेत्रको कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नु पर्ने भएमा त्यस्तो मतदान केन्द्रको मतदानको कार्य समाप्त नभएसम्म सो निर्वाचन क्षेत्रको अन्य मतदान केन्द्रको मतगणना प्रारम्भ गरिने छैन ।
५०. मतगणना गर्ने स्थानमा प्रवेश: (१) निर्वाचन अधिकृतले राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि तथा मतगणना प्रतिनिधि, मतगणनाको काममा खटिएका व्यक्तिहरू, पर्यवेक्षण तथा अनुगमनका लागि खटिएका व्यक्तिहरू, सुरक्षाको लागि
खटिएका कर्मचारीहरू तथा आयोगले खटाएको व्यक्तिलाई मतगणना गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन सक्नेछ ।
(२) मतगणना गर्ने काममा बाधा पुर्याउने कुनै पनि व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ र त्यस्तो आदेश पाएको व्यक्तिले मतगणना गर्ने स्थानबाट बाहिर जानु पर्नेछ । सो आदेश पालन नगरी अटेर गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतको आदेशले सुरक्षाकर्मीले सो स्थानबाट बाहिर पठाउनेछ ।
५१. मतगणना लगातार गर्ने: (१) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म सो मतगणनाको काम लगातार गर्नु पर्नेछ ।
(२) काबू बाहिरको परिस्थिति परी मतगणनाको काम बीचमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्रहरू, मतगणना अभिलेखहरू, मतगणना गर्न बाँकी रहेका मतपत्रहरू र मतगणना गर्नबाँकी मतपेटिकाहरूको गट समेत अलग-अलग खाम, थैलो वा बोरामाबन्धन गरी आफ्नो लाछापाँक लगाउनु पर्नेछ । राजनीतिक दल वा उम्मेदवार वा तिनको मतगणना प्रतिनिधि वा निर्वाचन प्रतिनिधिले समेत त्यस्तो खाम, थैलो वा बोरामा आफ्नो लाछापाँक लगाउन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य पुनः प्रारम्भ गर्नु पर्नेछ । यस उपदफा बमोजिम मतगणनापुनः प्रारम्भ हुने सूचना सो स्थानमा उपस्थित राजनीतिक दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिनु पर्नेछ र मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै राजनीतिक दल वा उम्मेदवार वा तिनका प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन ।
५२. मतगणना पूरा हुनु अघि मतपत्र नोक्सान भएमा: (१) मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका वा मतदानको लागि राखिएको विद्युतीय उपकरण निर्वाचन अधिकृतको नियन्त्रणबाहिर गैरकानूनी तरिकाले अन्यत्र लगिएमा वा चोरी भएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी सो कुराको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्नेछ ।
५३. मतगणना स्थलको अनधिकृत कब्जा: (१) देहायका अवस्थामा मतगणना स्थलको अनधिकृत कब्जा भएको मानिनेछ :– (क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाई वा धम्की दिई मतगणना स्थललाई आफ्नो कब्जामा लिएमा वा मतगणनाको कार्यमा संलग्न रहेका अधिकारी वा कर्मचारीबाट मतपत्र वा त्यस्तो मतपत्र रहेका मतपेटिका वा मतदान गर्नका लागि राखिएको विद्युतीय उपकरण आफ्नो कब्जामा लिएमा वा यस्तै अन्य कार्य गरी मतगणनाको कार्यमा दखल दिएमा बलप्रयोग पारित पारेमा, वा (ख) मतगणनाको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले खण्ड (क) बमोजिमको कार्य गरेमा वा सो कार्य गर्न सहयोग पुर्याएमा वा अनुमति दिएमा । (२) उपदफा (१) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले सो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहऱ्याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ । (४) उपदफा (२) बमोजिमको प्रतिवेदनको आधारमा वा उपदफा (३) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा सो मतगणना स्थल उपदफा (१) बमोजिम अनधिकृत तवरले कब्जा भएको भन्ने ठहऱ्याएमा सो कब्जाबाट असर परेको मतदान केन्द्रहरूको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्न सक्नेछ ।
(५) आयोगबाट उपदफा (४) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्नेछ ।
५४. मतपत्र बदर हुने अवस्थाः देहायका अवस्थामा मतपत्र बदर हुनेछ :- (क) सम्बन्धित मतदान अधिकृतको सही नभएको, (ख) तोकिए बमोजिम मत सङ्केत नगरी अन्य कुनै किसिमले मत सङ्केत गरिएको वा अन्य कुनै चिन्ह लेखिएको, (ग) मत सङ्केतको चिन्ह नबुझिने गरी प्रयोग गरिएको, (घ) उम्मेदवार वा राजनीतिक दलको चिन्ह रहेको कोठामा तोकिए बमोजिम मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, (ङ) मत नदिने निश्चय गरी मतदान अधिकृतलाई फिर्ता दिएको, (च) कुनै उम्मेदवार वा राजनीतिक दलको लागि मत दिएको हो सो नछुट्टिने गरी मत सङ्केत गरिएको, (छ) एकभन्दा बढी उम्मेदवारको कोठाहरूमा कुन उम्मेदवारलाई मत सङ्केत गरिएको भन्ने छुट्याउन नसकिने गरी मत सङ्केत गरेको, (ज) सम्बन्धित मतदान केन्द्रको लागि निर्धारित गरिएको मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, (झ) आयोगले जारी गरेको मतपत्र बाहेक अन्य मतपत्र प्रयोग गरिएको, (ञ) सम्बन्धित निर्वाचन क्षेत्रको लागि प्रयोग गर्नु पर्ने मतपत्र अन्य निर्वाचन क्षेत्रको लागि प्रयोग गरेको ।
५५. पुनः मतगणनाः(१) कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनुभन्दा पहिले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणनाको सम्बन्धमा कुनै राजनीतिक दलको प्रतिनिधि र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणनाको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको केही वा सबै मतपत्र दोहोर्याई गन्ती गराई पाऊँ भनी तत्काल निर्वाचन अधिकृत समक्ष कारण सहित लिखित निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा निर्वाचन अधिकृतले सो निवेदन तत्काल दर्ता गरी दोहोर्याई मतगणना गर्नु पर्ने देखिएमा दोहोर्याई मतगणना गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम निर्वाचन अधिकृतले दोहोर्याई मतगणना गर्नु नपर्ने भएमा सोही व्यहोराको निर्णय गरी सो स्थानमा उपस्थित रहेका निज उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई निर्वाचन परिणामको घोषणा गर्नुभन्दा पहिले सो निर्णय को सूचना दिनु पर्नेछ ।
५६. मत बराबर भएमा: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनमा मतगणनाको काम पूरा भइसकेपछि दुई वा दुई भन्दा बढी उम्मेदवारको मत बराबर भएमा निर्वाचन अधिकृतले मत बराबर पाउने उम्मेदवारहरू बीच गोला हाली निर्णय गर्नेछ ।
५७. पहिलो हुने निर्वाचित हुने निर्वाचन परिणामको प्रकाशन: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कुनै निर्वाचन क्षेत्रमा मतदान भएको सबै मतदान केन्द्रहरूको मतगणनाको कार्य पूरा भइसकेपछि निर्वाचन अधिकृतले तोकिए बमोजिम मतगणनाको तालिका तयार गरी तोकिए बमोजिम निर्वाचन परिणाम प्रकाशन गर्नेछ र सो परिणाम तालिकाको एक प्रति tuttै आयोगमा पठाउनु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम निर्वाचनको परिणाम प्रकाशित गर्दा सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गर्नु पर्नेछ र तोकिए बमोजिम निर्वाचित भएको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) निर्वाचनको परिणाम प्रकाशित गरिसकेपछि निर्वाचन अधिकृतले निर्वाचन सम्बन्धी तोकिए बमोजिम विवरणहरू समेत भएको आफ्नो प्रतिवेदन तयार गरी आयोगमा यथाशीघ्र पठाउनु पर्नेछ ।
(४) आयोगले उपदफा (१) बमोजिम निर्वाचन परिणाम तालिका प्राप्त गरेपछि निर्वाचित सदस्यहरूको नामावली तयार गरी त्यस्तो नामावलीको एक प्रति राष्ट्रपति समक्ष पठाउनेछ र आयोगले सो नामावली नेपाल राजपत्रमा समेत प्रकाशन गर्नेछ ।
५८. समानुपातिक निर्वाचनको परिणामको घोषणा: (१) निर्वाचन अधिकृतले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि खसेको मतपत्रको गणना गरी प्रत्येक
राजनीतिक दलले प्राप्त गरेको कुल सदरमत संख्या तोकिए बमोजिम तालिकामा खुलाई आयोग समक्ष तुरन्त पठाउनु पर्नेछ ।
(२) सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानी निर्वाचन भएको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको कुल सदरमत संख्याको विवरण मुलुकभरबाट प्राप्त गरिसकेपछि प्रत्येक राजनीतिक दलले प्राप्त गरेको कुल सदरमत संख्याको अनुपातमा सो राजनीतिक दलले आयोग समक्ष पेश गरेको उम्मेदवारको बन्दसूचीमा सूचीबद्ध उम्मेदवारहरूमध्ये दफा ७ को उपदफा (७) बमोजिम राजनीतिक दलको केन्द्रीय कार्यार्यान्वयन समिति वा सो सरहको समितिको निर्णयले छनोट गरी आयोग समक्ष पेश भएका उम्मेदवारहरू निर्वाचित भएको घोषणा आयोगले गर्नेछ । यसरी निर्वाचित भएको उम्मेदवारको नाम आयोगले राष्ट्रपति समक्ष पठाउनु पर्नेछ र आयोगले सो नामावली नेपाल राजपत्रमा समेत प्रकाशन गर्ने छ ।
(३) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनमा राजनीतिक दलले प्राप्त गरेको कुल सदरमत संख्याको अनुपातमा सो राजनीतिक दलले प्राप्त गर्ने सीट संख्याको निर्धारण गर्ने प्रयोजनका लागि आयोगको अनुसूची-३ मा उल्लेख भए बमोजिमको मत परिणाम विभाजक सूत्र अनुसार सो राजनीतिक दलले प्राप्त गर्ने सीट संख्याको निर्धारण गरिनेछ ।
(४) उपदफा (३) मा लेखिए अनुसार मत परिणाम विभाजक सूत्र अनुसार राजनीतिक दलहरूले प्राप्त गरेको कुल सदरमतलाई भाग गरी दलले प्राप्त गर्ने सीट संख्या बाँडफाँड गर्दा कुनै सीटका सम्बन्धमा एकभन्दा बढी राजनीतिक दलको बराबर भागफल रहेको पाइएमा गोला हाली उक्त सीट कुन राजनीतिक दलले प्राप्त गर्ने भन्ने कुराको निर्धारण गरिनेछ ।
५९. निर्वाचित मिति: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको सम्बन्धमा निर्वाचन अधिकृतले दफा ५७ बमोजिम निर्वाचनको परिणाम प्रकाशन गरेको मितिलाई सम्बन्धित उम्मेदवार निर्वाचित भएको मिति मानिनेछ ।
(२) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनको सम्बन्धमा आयोगले दफा ५८ बमोजिम उम्मेदवारको बन्दसूचीमा नाम रहेका राजनीतिक दलको उम्मेदवार विजयी भएको घोषणा गरेको मितिलाई त्यस्ता उम्मेदवार निर्वाचित भएको मिति मानिनेछ ।
परिच्छेद–९ उम्मेदवारको प्रतिनिधि
६०. निर्वाचन प्रतिनिधि: (१) कुनै उम्मेदवारले कुनै व्यक्तिलाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गरेमा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (२) समानुपातिक निर्वाचन प्रणालीको निर्वाचनको सम्पूर्ण कामकाजबाहिरमा राजनीतिक दलले तोकिए बमोजिम आफ्नो निर्वाचन प्रतिनिधिको नियुक्ति गर्न सक्नेछ । (३) उपदफा (१) र (२) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवार वा राजनीतिक दलले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसको सूचना निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ । (४) निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।
६१. निर्वाचन प्रतिनिधिको कर्तव्य: दफा ६० बमोजिम नियुक्त निर्वाचन प्रतिनिधिले यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियममा निर्वाचन प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख गरे बमोजिमको काम गर्नु निजको कर्तव्य हुनेछ ।
६२. मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि: (१) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि राजनीतिक दल वा दलको प्रतिनिधिको प्रत्येक मतदान केन्द्रको लागि तोकिए बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसको लिखित सूचना मतदान अधिकृत र निर्वाचन अधिकृतलाई दिनुपर्नेछ । (२) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा राजनीतिक दल वा दलको प्रतिनिधिको मतगणना स्थलमा उपस्थित रहन तोकिए बमोजिम मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ र त्यसको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम नियुक्त भएको मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई उम्मेदवार वा निर्वाचन प्रतिनिधिले जुनसुकै बखत बदर गरी अर्को मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ र मतदान प्रतिनिधि नियुक्त गरिएकोमा मतदान अधिकृतलाई र मतगणना प्रतिनिधि नियुक्त गरिएकोमा निर्वाचन अधिकृतलाई तुरुन्त जानकारी दिनु पर्नेछ । (४) मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको योग्यता तोकिएबमोजिम हुनेछ ।
६३. मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य : (१) यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियम बमोजिम मतदान प्रतिनिधिले मतदान केन्द्रमा गर्नु पर्ने सबै काम गर्नु निजको कर्तव्य हुनेछ । (२) यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियम बमोजिम मतगणना प्रतिनिधिको गर्नु पर्ने सबै काम गर्नु निजको कर्तव्य हुनेछ ।
६४. उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा : यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियम बमोजिम निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरमध्ये कसैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदानको वा मतगणनाको काम रोकिने छैन र यस्तो काम अवैध मानिने छैन ।
परिच्छेद–१० विविध
६५. उपनिर्वाचन : पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित संविधान सभा सदस्यको पद संविधान सभाको अवधि छ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गर्ने छ ।
६६. निविदा मतपत्र सम्बन्धी व्यवस्था : (१) कसैले अर्को मतदाताको नामबाट मतपत्र लिइ सकेको वा मतदान गरिसकेको र पछिबाट मतदान गर्न आउने व्यक्ति नै वास्तविक मतदाता हो भन्ने कुरा निजले पेश गरेको प्रमाणबाट देखिएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई निविदा मतपत्र दिनेछ । त्यस्तो निविदा मतपत्र दिएकोमा सो मतपत्रमा मतदाताले आफ्नो मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र मतपेटिकामा नहाली सो प्रयोजनको लागि राखिएको छुट्टै खाममा राख्नु पर्ने छ । (२) उपदफा (१) बमोजिम निविदा मतपत्र दिने, राख्ने र त्यस सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ । (३) यस अध्यादेश बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्रहरू सो समयमा गणना गरिने छैनन् । निर्वाचन सम्बन्धी उजुरी पर्न आई सो उजुरीको निर्णय गर्नको लागि आवश्यक भनी अदालतले ठहर गरेमा सो अदालतले त्यस्तो निविदा मतपत्रहरू समेत गणना गर्न सक्नेछ ।
६७. धरौटी राख्नु पर्ने: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनको लागि तीन हजार रुपैयाँ र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा आयोग समक्ष उम्मेदवारको बन्सूची पेश गर्ने राजनीतिक दलले दश हजार रुपैयाँ धरौटी राख्नु पर्नेछ ।
(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारको निमित्त एकभन्दा बढी मनोनयनपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनको लागि मात्र धरौटी राख्नु पर्नेछ ।
(३) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्दा निर्वाचन अधिकृतको कार्यालयमा नगद धरौटी राखेको बैंक रसिद संलग्न बनाई मनोनयनपत्र साथ संलग्न गर्नु पर्नेछ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारको बन्सूची पेश गर्दा आयोगमा नगद धरौटी राखेको रसिद वा आयोगको नाममा बैंक रसिद त्यस्तो बन्सूची साथ संलग्न गरी पेश गर्नु पर्नेछ ।
६८. धरौटी जफत हुने: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।
तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागु हुने छैन ।
(२) समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले मतदान भएको कुल सदर मतमध्ये कम्तीमा एक सीट प्राप्त नगरेमा राजनीतिक दलले राखेको धरौटी जफत हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएको व्यक्तिले राखेको धरौटी सो निर्वाचन परिणाम घोषणा भएको मितिले तीन महिनाभित्र सम्बन्धित व्यक्तिले फिर्ता लिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र धरौटी फिर्ता नलिएमा सो धरौटीको रकम सञ्चित कोषमा दाखिला हुनेछ ।
६९. निर्वाचन खर्च: (१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा राजनीतिक दलले
खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ । (२) राजनीतिक दल, उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिए बमोजिम राख्नु पर्नेछ । स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “निर्वाचनको अवधि” भन्नाले कुनै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन पत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची दर्ता भएको मिति देखि त्यस्तो निर्वाचनको परिणाम घोषणा भएको मितिसम्मको अवधि सम्झनु पर्छ । (३) कुनै राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च उपदफा (१) बमोजिम तोकिएको खर्चको रकमको हदभन्दा बढी हुनु हुँदैन । (४) उपदफा (२) बमोजिमको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचनको हकमा राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र आयोग समक्ष र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा भाग लिने उम्मेदवारका हकमा त्यस्ता उम्मेदवार वा निजका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैंतीस दिनभित्र जिल्ला निर्वाचन कार्यालय समक्ष पेश गर्नु पर्नेछ । यसरी प्राप्त भएको खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयले आयोगमा पठाउनु पर्नेछ ।
७०. निर्वाचन सम्बन्धी कागजातको गोपनीयता: (१) निर्वाचनमा प्रयोग भएको कागजातमध्ये मतगणनाको प्रयोजनको लागि आवश्यकता अनुसार खोली हेरी मतगणनाको काम समाप्त भएपछि सिलबन्दी गरी जिल्ला निर्वाचन अधिकारीको जिम्मामा राखिनेछ । (२) उपदफा (१) बमोजिम सिलबन्दी भइरहेको मतपत्रको अर्धकूपी, मतबक्समा प्रयोग गरिएको मतबट्टा नामावली र सदर तथाबदर भएको मतपत्रहरू राखिएको सिलबन्दी बक्स, थैलो वा बोरा प्रचलित कानून बमोजिम परेको उजुरीको सिलसिलामा अदालतले मात्र खोल्न रहने सक्छ । (३) उपदफा (२) बमोजिम अदालतको आदेशले खोली हेरिसकेपछि सो अदालतले ती कागजात यथातथमा सिलबन्दी गरी राख्नुपर्नेछ । अदालत बाहेक अन्य कुनै अधिकारी वा निकायलाई त्यस्तो बन्दीभण्डार, थैलो वा बोरा खोली हेर्ने अधिकार हुने छैन ।
(४) यस दफामा उल्लेखित कागझुर मुद्धा परेकोमा मुद्दाको अन्तिम टुङ्गो लागेको मितिले र मुद्धा नपरेकोमा उजुरी गर्ने म्याद भुक्तान भएको मितिले तीन महिनासम्म सुरक्षित राख्नु पर्नेछ ।
७१. गोप्यता भङ्ग गर्न नहुने: (१) कानून बमोजिम अधिकार पाएको बाहेक निर्वाचन सम्बन्धी काम गर्न खटिएको कुनै पनि कर्मचारी वा उम्मेदवारवा निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि वा मतगन्ना प्रतिनिधि बाहेक कुनै व्यक्तिले मतपत्रमा मतदाताले संकेत गरेको मत वा तत्सम्बन्धमा आफुलाई जानकारी रहेको वा हुन आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न वा कुनै किसिमले प्रकाश समेत गर्नु हुँदैन । (२) यो अध्यादेश वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस अध्यादेश अन्तर्गत चलेको कानूनी कारबाहीमा कुनै पनि साक्षी वा कुनै व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मतदिएको हो भनी वा कसले कसलाई मत दिएको हो भनी प्रश्न गरिने छैन ।
७२. आदेश जारी गर्ने र निर्देशन दिने: (१) यो अध्यादेश र यस अध्यादेश अन्तर्गत बनेको नियममा लेखिएको कुराका अतिरिक्त निर्वाचनको सम्बन्धमा आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक आदेश जारी गर्न सक्नेछ । (२) आयोगले निर्वाचन सञ्चालनको लागि निर्वाचनको काममा खटिएका कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ । (३) यस बकमा बमोजिम आयोगले जारी गरेको आदेश र निर्देशन पालन गर्नु नेपाल सरकार, सरकारी कार्यालय तथा निकाय, सरकारी, अर्धसरकारी तथा गैर सरकारी संस्था तथा निकाय, राजनीतिक दल, उम्मेदवार, निजको प्रतिनिधि, निर्वाचन सम्बन्धी काम कारबाहीको प्रचार प्रसार गर्ने व्यक्तिहरू तथा निर्वाचनको काममा खटिएका कर्मचारीहरू समेतको कर्तव्य हुनेछ ।
७३. मदत लिन सकिने: (१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा आयोगले निर्वाचनको काममा खटाएको अनुगमन टोली, पर्यवेक्षक बाहेक कुनै अधिकृतले निर्वाचनको कामको सिलसिलामा स्थानीय तहमा रहेका प्रहरी लगायतका कुनै पनि सरकारी वा सुरक्षा सम्बन्धी अन्य निकायको मदत लिन सक्नेछ । (२) उपदफा (१) बमोजिम मदत मागिएमा आवश्यक मदत पुर्याउनु सम्बन्धित प्रहरी लगायतका सरकारी तथा सुरक्षा सम्बन्धी अन्य निकायको कर्तव्य हुनेछ ।
७४. नियम बनाउने अधिकार: यो अध्यादेश कार्यान्वयन गर्न आयोगले आवश्यक नियमहरू बनाउन सक्नेछ।
७५. निर्देशिका बनाई लागू गर्न सक्ने: आयोगले यो अध्यादेश वा यस अध्यादेश अन्तर्गत बनेको नियमहरूको अधीनमा रही यो अध्यादेशकार्यान्वयन गर्न आवश्यक निर्देशिकाहरू बनाई लागू गर्न सक्नेछ।
७६. कार्यविधि बनाउन सक्ने: यो अध्यादेश तथा यस अध्यादेश अन्तर्गत बनेका नियमको कार्यान्वयनका सम्बन्धमा आयोगले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ।
७७. बाधा अड्काउ फुकाउने: यो अध्यादेश तथा यस अध्यादेश अन्तर्गत जारी भएको नियम, निर्देशिका तथा आदेशको कार्यान्वयन गर्दा कुनै बाधा आइपरेमा आयोगले आवश्यक आदेश जारी गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।
अनुसूची-१ (दफा ७ को उपदफा (३) सँग सम्बन्धित) उम्मेदवारको बन्दसूचीको लागि उम्मेदवारको प्रतिशत
स्पष्टीकरण : कतिपय उम्मेदवारले एकभन्दा बढी समूहको प्रतिनिधित्व गर्ने भएकाले सबै समूहको उम्मेदवार प्रतिशतको जोड सय भन्दा बढी प्रतिशत देखिन आएको छ ।
द्रष्टव्य: $^1$ "पिछडिएको क्षेत्र" भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लालाई सम्झनु पर्छ । $^2$ "खस आर्य तथा अन्य" भन्नाले ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी सन्यासी तथा यस अनुसूचीमा स्पष्ट उल्लेख नभएका अन्य समूहहरूलाई सम्झनु पर्छ ।
राजनैतिक दल उम्मेदवारको बन्दसूची
| क्र.स. | उम्मेदवारको नाम | मधेशी | उत्पीडित जाति/ आदिवासी जनजाति | दलित | पिछडिएको क्षेत्र | खस आर्य तथा अन्य | | :--- | :--- | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | :---: | | | | महिला | पुरुष | महिला | पुरुष | महिला | पुरुष | महिला | पुरुष | महिला | पुरुष | | १ | .................... | | | | | | | | | | | | २ | .................... | | | | | | | | | | | | ३ | .................... | | | | | | | | | | | | ४ | .................... | | | | | | | | | | | | ५ | .................... | | | | | | | | | | | | ६ | .................... | | | | | | | | | | | | ७ | .................... | | | | | | | | | | | | ८ | .................... | | | | | | | | | | | | ९ | .................... | | | | | | | | | | | | १० | .................... | | | | | | | | | | |
अधिकार प्राप्त व्यक्तिको, राजनीतिक दलको छाप $\quad$ सही : ======================================== $\quad \quad \quad \quad \quad \quad \quad \quad$ नाम : ======================================== $\quad \quad \quad \quad \quad \quad \quad \quad$ राजनीतिक दलको नाम : ================= $\quad \quad \quad \quad \quad \quad \quad \quad$ मिति : =======================================
द्रष्टव्य: राजनीतिक दलहरूले यस अनुसूचीमा उल्लिखित तालिकामा लेखिएबमोजिम उम्मेदवारको नाम र उम्मेदवारले प्रतिनिधित्व गर्ने समूहहरू स्पष्ट खुलाएर निर्वाचन आयोग समक्ष पेश गर्नु पर्नेछ । उम्मेदवारहरूले एकभन्दा बढी समूहको प्रतिनिधित्व गर्न सक्नेछन् ।
उदाहरण: कुनै उम्मेदवारले महिला, मधेशी, दलित लगायतका समूहको प्रतिनिधित्व गर्न सक्नेछ । "खस आर्य तथा अन्य" भन्नाले ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी सन्यासी तथा अन्य समूहलाई सम्झनु पर्छ । कुनै पनि समूहका लागि तोकिएको प्रतिशत बमोजिम भए नभएको ठूलो गर्ने प्रयोजनका लागि अनुसूची-१ बमोजिमको तालिकामा उम्मेदवारको नाम र सो उम्मेदवारले प्रतिनिधित्व गर्ने सबै समूहको कोष्टमा १-१ ले लेख्ने र जम्मा हरफमा सम्बन्धित समूहको कोलममा भएको सबै संख्या जोडेर राख्नु पर्नेछ । साथै प्रतिशत लेखिएको हरफमा जम्मा हरफमा भएको संख्या कुल उम्मेदवार संख्याको प्रतिशतमा गणना गरी राख्नु पर्नेछ ।
अनुसूची–३ (दफा ९८ को उपदफा (३) सँग सम्बन्धित) मत परिणाम विभाजक सूत्र
मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक राजनीतिक दलको लागि खसेको मतलाई भाग गर्ने पद्धतिले श्रृंखलाबद्ध रूपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दल्ले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरूले भाग गरिन्छ (उदाहरण : १.४, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतीजाहरूलाई दलको भागफलम् (कोटे सेन्ट) भनिन्छ । भागफलम् प्राप्त भएपछि सीट संख्याहरू ठूलो भागफलबाट सानोलाई बाँडफाँड गर्दै सीट नसकिउन्जेलसम्म बाँडफाँड गरिनेछ । यसरी बाँडफाँड गर्दा कुनै राजनीतिक दलले जतिसुकै मत प्राप्त गरेको भएतपनि त्यस्तो राजनीतिक दलले सूचीमा सूचीकृत गरेको अधिकतम संख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँड गरिनेछ ।
उदाहरण : तेह्रटा सीट संख्या पाँच वटा राजनीतिक दललाई बाँडफाँड गर्नु परेमा त्यस्ता दलले प्राप्त गरेको मत परिणामको आधारमा देहाय बमोजिम बाँडफाँड गर्नु पर्नेछ :-