प्रमाणीकरण र प्रकाशन मिति २०७५।३।२०
संशोधन गर्ने ऐन केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
सम्वत् २०७५ सालको ऐन नं. १
प्रस्तावना : राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धमा कानूनी व्यवस्था गर्नु आवश्यक भएकोले, संघीय संसदेले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,– (क) “अदालत” भन्नाले संविधानको धारा १३७ को उपधारा (१) बमोजिमको सर्वोच्च अदालतको संवैधानिक इलस सम्झनु पर्छ। (ख) “अल्पसङ्ख्यक समुदाय” भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधीनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ। (ग) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ। (घ) “उम्मेदवार” भन्नाले दफा १६ बमोजिम राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवारको रुपमा मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ। (ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(च) “दल” भन्नाले निर्वाचनको प्रयोजनको लागि आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले एकल चुनाव चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलहरुको समुहलाई समेत जनाउँछ । (छ) “निर्वाचक मण्डल” भन्नाले दफा ४ बमोजिमको निर्वाचक मण्डल सम्झनु पर्छ। (ज) “निर्वाचन” भन्नाले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम राष्ट्रिय सभा सदस्यको लागि हुने निर्वाचन सम्झनु पर्छ र सो शब्दले निर्वाचित भएको सदस्यको पद रिक्त भएको अवस्थामा गरिने उपनिर्वाचनलाई समेत जनाउँछ। (झ) “निर्वाचन अधिकृत” भन्नाले दफा ७ बमोजिम नियुक्त निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ। (ञ) “निर्वाचन प्रतिनिधि” भन्नाले दफा २९ बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधि सम्झनु पर्छ। (ट) “मतदाता” भन्नाले दफा ४ बमोजिमको निर्वाचक मण्डलमा नाम रहेका प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्झनु पर्छ । (ठ) “मतदान अधिकृत” भन्नाले दफा १० बमोजिम नियुक्त मतदान अधिकृत सम्झनु पर्छ। (ड) “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नका लागि व्यवस्था गरिएको मतपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो विद्युतीय उपकरणमा प्रयोग हुने मतपत्र वा त्यस्तो उपकरणमा डिजिटल मतपत्रलाई समेत जनाउँछ। (ढ) “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नको लागि आयोगले व्यवस्था गरेको मतपेटिका सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई अभिलेख गर्ने विद्युतीय उपकरणलाई समेत जनाउँछ। (ण) “राष्ट्रिय सभा” भन्नाले संविधानको धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय सभा सम्झनु पर्छ। (त) “सदस्य” भन्नाले राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ। (थ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ।
परिच्छेद-२ सदस्यको निर्वाचन तथा निर्वाचन कार्यक्रम
३. सदस्यको निर्वाचन : $\text{§}$(१) संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन हुने निर्वाचक मण्डलले गोप्य मतदानद्वारा प्रत्येक प्रदेशबाट देहाय बमोजिम आठ जना सदस्य निर्वाचित गर्नेछ :– (क) महिला समूहबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने तीन जना, (ख) दलित समूहबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने एक जना, (ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यको लागि दिइने एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने एक जना, (घ) खण्ड (क), (ख) र (ग) बाहेकका अन्य सदस्यको लागि दिइने एक एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने तीन जना। $\text{§}$ (२) उपदफा (१) को उपखण्ड (क) र (घ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो खण्ड बमोजिम निर्वाचित कुनै सदस्यको पद जुनसुकै कारणले रिक्त भई उपनिर्वाचन हुँदा या संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कायम भएको पदावधि समाप्त भई कुनै समूहको एक जना सदस्यको लागि मात्र निर्वाचन गर्नु पर्ने अवस्थामा जुन समूह र तरीकाबाट निर्वाचित भएको हो सोही समूह र तरीकाबाट मतदाताले दिने एक मतको आधारमा सबैभन्दा बढी मत ल्याउने एक जना निर्वाचित हुनेछ।
४. निर्वाचक मण्डल : (१) प्रत्येक प्रदेशमा देहायका मतदाता रहेको एक निर्वाचक मण्डल रहनेछ :– (क) सम्बन्धित प्रदेश सभाका सदस्य, (ख) सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख।
$\text{§}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा प।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि प्रदेश सभाको कुनै सदस्य, कुनै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष वा नगरपालिकाको प्रमुख र उपप्रमुखको निर्वाचन हुन नसकेको या अन्य कुनै कारणले पद रिक्त भएको कारणले मात्र निर्वाचक मण्डल गठन गर्न बाधा पुग्ने छैन । (३) उपदफा (१) को प्रयोजनको लागि आयोगले निर्वाचक मण्डलमा तत्काल कायम रहेको मतदाताको नाम समावेश गरी तोकिएको बमोजिम मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ ।
५. निर्वाचनको मिति तोक्ने : (१) नेपाल सरकारले निर्वाचनको मिति तोक्नेछ । तर निर्वाचनको मिति तोक्नु भन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनु पर्नेछ । $\text{§}$ (१क) उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्दा संविधानको धारा ८६ को उपधारा (३) बमोजिम कार्यकाल समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचनको मिति सो पद रिक्त हुनु भन्दा पैँतीस दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नु पर्नेछ । सो बाहेक अन्य कुनै कारणले पद रिक्त भई उपनिर्वाचन गराउनुपर्ने अवस्थामा पद रिक्त भएको मितिले पैँतीस दिन भित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्नु पर्नेछ । (२) $\text{❖}$ यस दफा बमोजिम निर्वाचनको मिति तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
६. निर्वाचन कार्यक्रमको सूचना : (१) दफा ५ बमोजिम निर्वाचनको मितिको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नेछ । (२) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थान समेत उल्लेख गर्नु पर्नेछ । (३) यस दफा बमोजिमको निर्वाचन कार्यक्रम आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
$\text{§}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा प्रस्थापित । $\text{❖}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(४) उपदफा (१) बमोजिम आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिमको सूचना सम्बन्धमा निर्वाचन अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
परिच्छेद–३ निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी
७. निर्वाचन अधिकृतको नियुक्ति : संविधान, यस ऐन तथा संघीय कानून बमोजिम निर्वाचनमा सम्पादन गर्नु पर्ने काम गर्न वा गराउनका लागि प्रत्येक प्रदेशमा आयोगले न्याय परिषद्को परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।
८. निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार : (१) आयोगको निर्देशनको अधिनमा रही आफुलाई तोकिएको प्रदेशमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गर्नु, गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ । (२) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटिएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ । तर मतपत्र जाँच्ने, मतपत्र सदर वा बदर गर्ने र मतगणनाको अन्तिम परिणाम घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन । (३) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई निर्वाचन सम्बन्धी कुनै काममा खटाउन वा लगाउन सक्नेछ । (४) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
९. सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीको नियुक्ति : (१) निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको संख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरु नियुक्त गर्न सक्नेछ । (२) निर्वाचन अधिकृतको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही निर्वाचन सम्बन्धी काम गर्नु सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारीहरुको कर्तव्य हुनेछ ।
१०. मतदान अधिकृतको नियुक्ति : (१) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतदान अधिकृतमा नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृतले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु पर्नेछ । (३) मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
परिच्छेद द–४ उम्मेदवार तथा मनोनयनपत्र
११. उम्मेदवारको योग्यता : निर्वाचनमा उम्मेदवार हुन कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेको हुनु पर्नेछ :– (क) नेपालको नागरिक, (ख) पैँतीस वर्ष उमेर पूरा भएको, (ग) कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, (घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको, (ङ) कुनै लाभको पदमा बहाल नरहेको । स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।
१२. उम्मेदवारको अयोग्यता : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ :– (क) दफा ११ बमोजिमको योग्यता नभएको, (ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको, (ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
$\text{**}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर र या नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद, बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, (ङ) संगठित अपराध सम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, (च) जातीय भेदभाव तथा छुवाछूत, बोक्सा बोक्सी वा भुतचुङरिया सम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको, (छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसुर बाहेक अन्य कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, (ज) प्रचलित कानुन बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर, (झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर, (ञ) मानसिक सन्तुलन ठीक नभएको।
१३. उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने : (१) सदस्यको लागि उम्मेदवारीको मनोनयन दस्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवार अयोग्य छ वा हुन गएको छ भनी कसैलाई लागेमा सो विषयमा स्पष्ट प्रमाण सहित सम्बन्धित निर्वाचन अधिकृत मार्फत आयोग समक्ष उजुरी दिन सकिनेछ। (२) उपदफा (१) बमोजिम उजुरी प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई सात दिनको म्याद दिई त्यस सम्बन्धमा स्पष्टीकरण माग गर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम स्पष्टीकरण प्राप्त भएपछि वा म्यादभित्र स्पष्टीकरण प्राप्त नभएमा सोही यवैयाहोरा उल्लेख गरी निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम परेको उजुरी र तत्सम्बन्धी कागजात यथाशीघ्र आयोगमा पठाउनु पर्नेछ। (४) उपदफा (३) बमोजिम उजुरी सहितका कागजात प्राप्त भएपछि आयोगले चाहेमा सो विषयमा सम्बन्धित उम्मेदवार वा अन्य निकाय वा अधिकारीसँग बुझ्न वा थप प्रमाण माग गर्न सक्नेछ।
(५) आयोगले उपदफा (३) बमोजिम निर्वाचन अधिकृतबाट प्राप्त उजुरी सहितका कागजात जाँचबुझ गरी उजुरी प्राप्त भएको मितिले सात दिनभित्र उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ। (६) उपदफा (५) बमोजिम उम्मेदवारको अयोग्यता सम्बन्धमा निर्णय गर्दा अपनाउनु पर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ। (७) यस दफामा अभिप्रेत जुनसुकै कुरा ले लेखिएको भएपनि आयोगले कुनै उम्मेदवारको अयोग्यताका सम्बन्धमा यस दफा बमोजिम निर्णय गरी नसकेको कारणबाट मात्र त्यस्तो निर्वाचनको काम कारबाहीमा कुनै असर पर्ने छैन।
१४. पद मुक्त हुने : (१) सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १२ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ। (२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ। (३) कुनै सदस्यको पदमा निर्वाचित व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजुरी दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । (४) उपदफा (१) बमोजिम सदस्य पदमुक्त भएको सूचना आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
१५. उम्मेदवारको उमेरको गणना : निर्वाचनमा उम्मेदवार हुनुका लागि उम्मेदवारको उमेरको गणना गर्दा मनोनयनपत्र दर्ता गर्ने मितिसम्म पैँतीस वर्ष उमेर पूरा गरेको हुनु पर्नेछ।
१६. उम्मेदवारको मनोनयन : (१) दफा १२ बमोजिम अयोग्यता नभएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई उम्मेदवार मनोनयन गर्न सकिनेछ। (२) उपदफा (१) बमोजिम उम्मेदवारी दाखिला र मनोनयन गर्दा एकजना प्रस्तावक र एकजना समर्थक हुनु पर्नेछ। त्यस्तो प्रस्तावक र समर्थक दफा ४ को उपदफा (३) बमोजिमको मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति हुनु पर्नेछ। (३) उपदफा (२) बमोजिम कुनै व्यक्तिलाई उम्मेदवारको रुपमा प्रस्ताव गरिएको अवस्थामा त्यस्तो उम्मेदवारले मनोनयन पत्रमा आफ्नो मञ्जुरी लेखी सहीछाप समेत गर्नु पर्नेछ।
(४) दलले खडा गरेको उम्मेदवारको सम्बन्धमा त्यस्तो दलको तर्फबाट दफा १७ को उपदफा (१) बमोजिमको अधिकारीले दिएको औपचारिक पत्र मनोनयनपत्र साथ पेश गर्नु पर्नेछ। (५) उपदफा (४) बमोजिमको अधिकारीले उम्मेदवारलाई दिएको त्यस्तो औपचारिक पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्नेछ। (६) उपदफा (४) बमोजिमको रीत नपुर्याई मनोनयनपत्र दाखिला भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता दिइने छैन। (७) कुनै व्यक्तिलाई निर्वाचनको लागिt अधिकतम दुई वटा मनोनयनपत्रद्वारा मनोनयन गर्न सकिनेछ।
१७. मनोनयनको औपचारिकपत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था : (१) दलले आफ्नो तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नु पर्नेछ। (२) उपदफा (१) बमोजिमको पदाधिकारीको नाम, घर, पद र निजको दस्तखतको नमूना त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको सो समितिको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगाडि आयोगले तोकेको अवधिभित्र आयोगलाई उपलब्ध गराउनु पर्नेछ। (३) आयोगले उपदफा (२) बमोजिमको दस्तखत नमूना सहितको विवरण मनोनयनपत्र दर्ता गर्ने तोकिएको मिति अगाडि सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाई सक्नु पर्नेछ।
१८. उम्मेदवारको मनोनयन दर्ता : (१) उम्मेदवारको मनोनयनपत्र उम्मेदवार आफैंले वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकले सम्बन्धित निर्वाचन अधिकृत समक्ष पेश गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम पेश भएको मनोनयनपत्र सम्बन्धित निर्वाचन अधिकृतले यस ऐन बमोजिम रीतपूर्वकको हो नहोको जाँचबुझ गरी रीतपूर्वकको हो भए दर्ता गरी सोको निस्सा मनोनयनपत्र दर्ता गर्ने ल्याउने व्यक्तिलाई दिनु पर्नेछ। (३) कसैले प्रस्तावक वा समर्थक नभएको, प्रस्तावक वा समर्थक दोहोरिएको, दफा ६३ बमोजिमको धरौटी राखेको निस्सा नभएको, प्रस्तावक वा समर्थक वा उम्मेदवार हुने व्यक्तिको सहीछाप नभएको वा अन्य रीत नपुगेको मनोनयनपत्र दर्ता गर्न ल्याएमा निर्वाचन
अधिकारीले रीत नपुगेको जति कुरा सच्याउन लगाई त्यस्तो मनोनयनपत्र दर्ता गराउनु पर्नेछ। कसैले यसरी रीत नपुगेको कुरा नसच्याई मनोनयनपत्र दर्ता गराउन चाहेमा निर्वाचन अधिकारीले सोही व्यहोरा मनोनयनपत्रमा जनाई त्यसको सूचना मनोनयनपत्र दर्ता गराउने व्यक्तिलाई दिनु पर्नेछ। (४) मनोनयनपत्र साप पेश गर्नु पर्ने अन्य कागजातको तोकिएबमोजिम हुनेछ। (५) निर्वाचन अधिकारीले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्नेछ।
१९. दाबी विरोध गर्न सक्ने : दफा १८ बमोजिम मनोनयनपत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहे उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजुरी दिन सक्नेछ।
२०. मनोनयनपत्रको जाँच : (१) दफा १८ बमोजिम दर्ता भएको मनोनयनपत्र जाँच गर्दा निर्वाचन कार्यक्रमको सूचनामा तोकिएको मिति, समय र स्थानमा उम्मेदवार, निजको प्रतिनिधि, प्रस्तावक र या समर्थक उपस्थित हुनु पर्नेछ। (२) उपदफा (१) मा उल्लेख गरिएका व्यक्तिको उपस्थितिमा निर्वाचन अधिकारीले सम्पूर्ण उम्मेदवारको मनोनयनपत्र जाँच गर्नु पर्नेछ। तर त्यसरी उपस्थित हुनु पर्ने कुनै उम्मेदवार, निजको प्रस्तावक, समर्थक वा प्रतिनिधि उपस्थित नभएमा पनि मनोनयनपत्र जाँच गर्ने र सो विषयमा कानुनी बमोजिम निर्णय गर्न यस उपदफाले बाधा पुर्याएको मानिने छैन। (३) निर्वाचन अधिकारीले देहायको कुनै अवस्थामा मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गर्न सक्नेछ र यसरी मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित गरेमा त्यसको जानकारी आयोगलाई दिनु पर्नेछ :– (क) मनोनयनपत्र जाँच गर्ने समयमा सो स्थानमा हुलदङ्गा लगायत अन्य असासामान्य परिस्थिति उत्पन्न भएमा, (ख) प्राकृतिक विपदको कारणले काबू बाहिरको परिस्थिति उत्पन्न भएमा।
(४) उपदफा (३) बमोजिम मनोनयनपत्रको जाँच सम्बन्धी कारबाही स्थगित भएमा आयोगको कुनै निदेशन भए सो समेतका आधारमा निर्वाचन अधिकृतले समय र स्थान तोकी यथासम्भब छिटो मनोनयनपत्रको जाँच गर्नु पर्नेछ। (५) मनोनयनपत्रको जाँच सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
२१. मनोनयनपत्र बदर हुने अवस्था : देहायको कुनै अवस्थामा मनोनयनपत्र बदर हुनेछ :- (क) संविधान र यस ऐन बमोजिम उम्मेदवारको योग्यता नभएमा, (ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा र निज वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा, (ग) दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा, (घ) दफा १६, १७ र १८ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा, (ङ) दफा ६३ बमोजिम धरौटी दाखिला नगरेमा, (च) यस ऐन बमोजिम अन्य रीति नपुगेको भएमा।
२२. उम्मेदवारको नामावली : निर्वाचन अधिकृतले मनोनयनपत्र जाँच गरिसकेपछि कानून बमोजिम रीति पुगेका मनोनयनपत्र बमोजिमका उम्मेदवारको नामावली तयार गरी सोको एक प्रति आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ।
२३. नाम फिर्ता लिने : (१) कुनै उम्मेदवारले उम्मेदवारको नामावलीबाट आफ्नो नाम फिर्ता लिन चाहेमा दफा ६ को उपदफा (२) बमोजिम नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृतलाई लिखित सूचना दिई नाम फिर्ता लिन सक्नेछ। (२) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको प्रतिनिधिले दाखिला गर्नु पर्नेछ। (३) उपदफा (१) बमोजिम नाम फिर्ता लिएको सूचना निर्वाचन अधिकृत समक्ष दाखिला भइसकेपनि त्यस्तो सूचना बदर गर्न वा फिर्ता लिन पाइने छैन। (४) कुनै दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न दफा १७ को उपदफा (१) बमोजिम तोकिएको पदाधिकारीले त्यस्तो दलको तर्फबाट उम्मेदवारी दिएको कुनै उम्मेदवारको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई दफा ६ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र लेखी पठाउन सक्नेछ।
(५) उपदफा (१), (२) वा (४) बमोजिम दाखिला भएको सूचनाको बारेमा निर्वाचन अधिकृत विस्वत भएमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको नामावलीबाट हटाउनु पर्नेछ । यसरी नाम हटाइएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
२४. उम्मेदवारको अन्तिम नामावली : (१) दफा ६ को उपदफा (२) बमोजिम नाम दर्ताका लागि तोकिएको समय समाप्त भएपछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तयार गरी एक प्रति तुरुन्त आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ र त्यसको एक प्रति आयोगमा पठाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको नामावलीमा उम्मेदवारको नाम नेपाली वर्णानुक्रम अनुसार लेख्नेछ र कुनै उम्मेदवार दलको तर्फबाट मनोनित भएकोमा निजको ठेगानामा त्यस्तो दलको नाम समेत उल्लेख गर्नु पर्नेछ ।
२५. निरविरोध निर्वाचन : दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा दफा ३ बमोजिम निर्वाचन गर्नु पर्ने कुनै पदका लागि जना निर्वाचन हुने हो त्यनै वा सो भन्दा कम उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवार तोकिएको बमोजिम निरविरोध निर्वाचित भएको घोषणा गर्नेछ ।
२६. निर्वाचन चिह्न : (१) निर्वाचनका लागि उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिह्न आयोगले निर्धारण गर्नेछ । (२) उपदफा (१) बमोजिम निर्धारण गरिएको निर्वाचन चिह्न उम्मेदवारलाई तोकिएको बमोजिम प्रदान गरिनेछ । (३) उपदफा (२) बमोजिम प्रदान गरिएको निर्वाचन चिह्न त्यस्तो उम्मेदवार बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन । (४) यस दफा बमोजिम उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा दलको उम्मेदवारलाई आयोगबाट निर्वाचनको प्रयोजनका लागि त्यस्तो दलको लागि निर्धारण गरिएको निर्वाचन चिह्न प्रदान गर्नु पर्नेछ । त्यसरी निर्वाचन चिह्न प्रदान गर्दा कुनै गल्ती भएको वा फरक परेको भन्ने आयोगलाई लागेमा आयोगले त्यस्तो चिह्न परिवर्तन गर्न सक्नेछ । (५) आयोगले दलको उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा निजलाई प्रदान गरिएको
निर्वाचन चिन्ह परिवर्तन हुने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाण सहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुनेछ । (६) स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको निर्वाचन चिन्हको समुहबाट तोकिएको बमोजिमको तरिका अनुसार निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
२७. उम्मेदवारको मृत्यु भएमा : (१) दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनु अघि वा प्रकाशन भई सकेपछि दलबाट मनोनयन भएको कुनै उम्मेदवारको मृत्यु भई सोको लिखित सूचना निर्वाचन प्रतिनिधि, सम्बन्धित दल वा अन्य कुनै व्यक्तिबाट प्राप्त भएमा र सो कुरामा निर्वाचन अधिकृत सन्तुष्ट भएमा निर्वाचन अधिकृतले त्यस्तो निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रम तुरुन्त स्थगित गरी सोको जानकारी आयोगलाई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम निर्वाचन सम्बन्धी कार्यक्रम स्थगित भएको सूचना अन्य उम्मेदवार समेतको जानकारीको लागि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा टाँस्नु पर्नेछ । (३) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारको मृत्यु भएकोमा त्यस्तो निर्वाचनको मतदानको कार्यक्रममा असर नपर्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी कार्यक्रम र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भईपछि मृत्यु भएकोमा मतदान गर्न नमिल्ने लगायत यस परिच्छेद बमोजिमको अन्य कार्यक्रम पुनः निर्धारण गरी निर्वाचन अधिकृतलाई पठाउनु पर्नेछ । (४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उम्मेदवारको मृत्यु भई निर्वाचनको कार्यक्रम स्थगित भएकोमा दफा ६ को उपदफा (२) बमोजिमको निर्वाचन कार्यक्रममा लेखिए बमोजिमको काम सम्पन्न गर्नु पर्ने अवधि पनिमा दिन बढी भएमा पुनः अर्को कार्यक्रम प्रकाशन गर्नु पर्ने छैन र सोही कार्यक्रमको समयावधिभित्र मतदानको काममा बाधा नपुग्ने गरी उम्मेदवारको मनोनयन सम्बन्धी काम पूरा गर्नु पर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गर्नु पर्नेछ । (५) उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम स्थगित भएकोमा पहिले मनोनयनपत्र पेश गरेको उम्मेदवारले पुनः मनोनयनपत्र दाखिला गर्नु पर्ने छैन र जुन दलको उम्मेदवारको मृत्यु भएको हो त्यस्तो दलको तर्फबाट मात्र पुनः उम्मेदवार मनोनयन गर्न सकिनेछ ।
२८. उम्मेदवारको परिचयपत्र : दफा २४ बमोजिम अन्तिम नामावलीमा कायम रहेको उम्मेदवारलाई निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको परिचयपत्र दिनेछ।
परिच्छेद-५ उम्मेदवारको प्रतिनिधि
२९. निर्वाचन प्रतिनिधि : (१) उम्मेदवारले कुनै व्यक्तिलाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गर्दामा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (२) उपदफा (१) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवारले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना सम्बन्धित निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ। (३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा निर्वाचन प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख गरे बमोजिमको काम गर्नु उपदफा (१) बमोजिम नियुक्त निर्वाचन प्रतिनिधिको कर्तव्य हुनेछ। (४) निर्वाचन प्रतिनिधिको योग्यता तोकिएको बमोजिम हुनेछ।
३०. मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि : (१) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले प्रत्येक मतदान केन्द्रको लागि तोकिएको बमोजिम मतदान प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी मतदान प्रतिनिधि नियुक्त गरेको लिखित सूचना मतदान अधिकृत र निर्वाचन अधिकृतलाई दिनु पर्नेछ। (२) उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणना स्थलमा उपस्थित रहन तोकिएको बमोजिम मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी मतगणना प्रतिनिधि नियुक्त गरेको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ। (३) उपदफा (१) वा (२) बमोजिम नियुक्त भएको मतदान प्रतिनिधिलाई उम्मेदवार वा निर्वाचन प्रतिनिधिले जुनसुकै बखत बदर गरी अर्को मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ। (४) उपदफा (३) बमोजिम अर्को मतदान प्रतिनिधि नियुक्त गरिएकोमा मतदान अधिकृतलाई र अर्को मतगणना प्रतिनिधि नियुक्त गरिएकोमा निर्वाचन अधिकृतलाई तुरुन्त जानकारी दिनु पर्नेछ।
(५) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख भएका काम गर्नु उपदफा (१) वा (२) बमोजिम नियुक्त मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य हुनेछ। (६) मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको सङ्ख्या र योग्यता तोकिए बमोजिम हुनेछ।
३१. उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा : यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधि नियुक्त नभएमा वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि उपस्थित रहनु पर्ने अवस्थामा उपस्थित नरहेमा वा निजहरुमध्ये कसैले गर्नु पर्ने काम नगरेमा सोही कारणले मात्र मतदान, मतगणना वा निर्वाचनको परिणामको घोषणाको काम रोकिने छैन र त्यस्तो काम कानुनी बमोजिम भएको मानिनेछ।
परिच्छेद द–६ मतदान केन्द्र तथा मतदान
३२. मतदान केन्द्र : (१) निर्वाचनका लागि आयोगले तोकेको स्थानमा मतदान केन्द्र रहनेछ। (२) मतदान केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
३३. मतपत्र : (१) आयोगले निर्वाचनका लागि उम्मेदवारको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा देहायको क्रममा समावेश गर्नु पर्नेछ :– (क) निर्वाचन हुनु भन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्राप्त गरेको मत सङ्ख्याको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिह्न, (ख) खण्ड (क) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिह्न,
(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो उम्मेदवारको निर्वाचन चिन्ह।
(३) प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलहरु एकीकरण भएको वा गाभिएकोमा उपदफा (२) को खण्ड (क) को प्रयोजनको लागि त्यसरी एकीकरण हुनु वा गाभिनुअनुसार त्यस्ता दलहरुले प्राप्त गरेको कुल मत सङ्ख्यालाई हाल कायम भएको दलले प्राप्त गरेको मत सङ्ख्या मानिनेछ।
(४) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
३४. मतपेटिका तथा अन्य निर्वाचन सामग्री : (१) मतदानको लागि आयोगले तोके बमोजिमको मतपेटिका तथा निर्वाचन सामग्री प्रयोग गरिनेछ।
(२) मतपेटिका तथा अन्य निर्वाचन सामग्री व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
३५. मतदानको समय : मतदान हुने मिति र मतदान गर्ने समय दफा ६ को उपदफा (२) बमोजिमको सूचनामा तोके बमोजिम हुनेछ।
३६. मतदान : (१) मतदाताले आफुलाई तोकिएको मतदान केन्द्रमा गोप्य मतदानद्वारा मतदान गर्नु पर्छ।
(२) मतदाताले मतदान गर्दा तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको मतपेटिकामा मतदान गर्नु पर्छ।
(३) मतदाताले आफ्नो नामबात बाहेक अन्य कुनै व्यक्तिको नामबात मतदान गर्न पाउने छैन।
(४) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एकभन्दा बढी पटक या एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने छैन।
(५) कुनै पनि मतदाताले मतदानको अवधिभर आफुले कसलाई मतदान गरेको हो भन्ने व्यहोरा कुनै पनि माध्यमबाट कसैलाई पनि प्रकट गर्नु हुँदैन।
३७. मतदानको प्रक्रिया : (१) मतदान केन्द्रमा मतदानको लागि उपस्थित मतदातालाई मतदान अधिकृतले तोकिए बमोजिमको रीत पुर्याई तोकिएको मतपत्र दिनेछ।
(२) मतदातालाई मतपत्र दिनु अघि मतदान अधिकृतले मतदाता नामावलीमा तोकिए बमोजिमको व्यहोरा जनाई तोकिए बमोजिम मतपत्र दिनेछ।
(३) मतदाताले मतपत्रमा तोकिएको बमोजिमको छाप वा चिन्ह गोप्य तरिकाले लगाई मतदान गर्नु पर्नेछ । (४) मतदाताले यस ऐन बमोजिम मतदान गर्दा जित्नेवाला उम्मेदवार छनोट गर्नु पर्ने हो, त्यति सङ्ख्यामा आफिले रोपेको उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा उपदफा (३) बमोजिमको छाप वा चिन्ह लगाई तोकिएको बमोजिम मतपेटिकामा खसाली मतदान गर्नु पर्नेछ । (५) यस ऐनमा अधिनुगत जुनसुकै कुरा ले लेखिएको भए पनि मतदान गर्न प्रयोजनको लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिएको बमोजिम विद्युतीय उपकरणद्वारा मतदान गर्नु पर्नेछ ।
३८. नाम ढाँटी मतदान गर्दा आएमा विरोध गर्ने : (१) कुनै मतदाता वा व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नका लागि मतपत्र लिन आएमा उम्मेदवार, निजको प्रतिनिधि वा सोही मतदान केन्द्रको कुनै मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष विरोध गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम विरोध गरेमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक कुरा बुझी तत्काल निर्णय गर्नु पर्नेछ र यसरी आएको विरोध र त्यसको निर्णय आयोगले तोके बमोजिमको निर्णय किताबमा तुरुन्तै जनाउनु पर्नेछ । (३) उपदफा (१) बमोजिम विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तो धरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखेमा त्यस्तो धरौटी रकम जफत हुनेछ । (४) उपदफा (१) बमोजिमको विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसुर तथा सजाय सम्बन्धी सङ्घीय कानुन बमोजिम जरिवाना गर्नेछ ।
३९. विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने : (१) मतदान केन्द्रमा कुनै असाधारण परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपत्ति वा आफ्नो कर्मचारीहरूको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा सो मतदान केन्द्रमा नियुक्त मतदान अधिकृत विश्वस्त भएमा निजले सो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गर्न सक्नेछ । (२) मतदान अधिकृतले उपदफा (१) बमोजिम मतदान स्थगित गरेमा सोको सूचना सोही स्थानमा प्रकाशित गरी त्यसको जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मतदान स्थगित भएको व्यहोराको जानकारी निर्वाचन अधिकृतले तुरुन्त आयोगलाई दिनु पर्नेछ । (४) उपदफा (३) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले पुनः मतदान हुने मिति र समय तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछ ।
४०. मतदान केन्द्रमा प्रवेश : (१) मतदान अधिकृतले मतदान केन्द्रमा देहायका व्यक्तिहरु बाहेक अरु कसैलाई प्रवेश गर्न दिनु छैन :– (क) मतदाता, (ख) उम्मेदवार वा निजको तोकिएको निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, (ग) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, (घ) आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, (ङ) मतदाताको साथमा रहेको उमेरमा पाँच वर्षको बालक, (च) दृष्टिहीिन वा शारीरिक रुपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको तोकिएको परिवारको सदस्य । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि मतदान केन्द्रको सुरक्षा वा क्षेत्रको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु छैन । (३) मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदान गर्न जाँकी मतदाता बाहेक मतदानको समय समाप्त भएपछि अन्य मतदाताले मतदान केन्द्रमा प्रवेश गर्न वा त्यहाँ रहन पाउने छैन ।
४१. अशक्त मतदाता : दृष्टिहीिन, शारीरिक अशक्तता वा अरु कुनै कारणवश कुनै मतदाता आफैंले मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्ने काममा सहयोग पुर्याउन आफ्नो तोकिएको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत सङ्केत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा परिचय खुल्ने प्रमाणको आधारमा परिवारको त्यस्तो सदस्यलाई मतदाताको साथमा मत सङ्केत गर्ने स्थानमा प्रवेश गर्न अनुमति दिन वा मतदान अधिकृतले मतदाताको इच्छा अनुसार निजको मतपत्रमा मत सङ्केत गरिदिन सक्नेछ ।
४२. निरीक्षण गर्न सक्ने : कुनै मतदान मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकारीलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ ।
४३. मतदान केन्द्रको अनधिकृत कब्बजा : (१) देहायको कुनै अवस्थामा मतदान केन्द्रको अनधिकृत कब्बजा भएको मानिनेछ :– (क) कसैले बल प्रयोग गरी, डर त्रास देखाई वा धम्की दिई मतदान केन्द्र वा मतदान गर्न निर्धारित गरिएको स्थान आफ्नो कब्बजामा लिई मतदानको कार्यमा प्रभाव पारेमा, कुनै उम्मेदवारको समर्थक मतदातालाई मात्र मतदान गर्न दिएमा वा अन्य मतदातालाई मतदान गर्न नदिएमा, (ख) कसैले मतदातालाई कुनै उम्मेदवारको पक्षमा मतदान गर्न वा नगर्न डर त्रास देखाएमा, धम्की दिएमा, मतदान गर्नको लागि बाटो वा गौँगा छेकी रोकेमा, मतदान केन्द्र वा मतदान गर्ने स्थानमा जान वा प्रवेश गर्न नदिएमा, (ग) कसैले मतदान कार्य सञ्चालन गर्न खटिएको मतदान अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा, निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका वा मतदान सम्बन्धी सामग्री खोसेमा वा अन्य त्यस्तै कार्य गरी मतदानको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा । (२) उपदफा (१) मा उल्लिखित कुनै प्रकारले मतदान केन्द्रको अनधिकृत कब्बजा भएमा मतदान अधिकृतले तत्काल मतदान स्थगित गरी त्यसको प्रतिवेदन निर्वाचन अधिकृतलाई र निर्वाचन अधिकृतले आयोगलाई तुरुन्त दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले र या आयोगबाट कुनै निर्देशन प्राप्त भएमा निर्वाचन अधिकृतले आयोगको निर्देशन बमोजिम उपदफा (१) बमोजिमको घटनाको जाँच गर्न सक्नेछ र त्यस्तो जाँचको प्रतिवेदनको आधारमा आयोगले या आयोगको निर्देशन अनुसार निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान रद्द गर्न सक्नेछ । (४) उपदफा (३) बमोजिम मतदान रद्द भएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा समेत तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।
४४. मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमा : (१) कुनै मतदान केन्द्रमा मतदानको लागि प्रयोग भएको मतपेटिका दुर्घटनावश नोक्सान भएमा वा जानाजान तोडफोड गरी नोक्सान गरिएमा मतदान अधिकृतले सम्बन्धित निर्वाचन अधिकारीलाई त्यस घटनाको प्रतिवेदन तुरुन्त दिनु पर्छ । (२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा वा मतदान अधिकृतले निर्वाचन अधिकारीलाई बुझाई सकेको मतदानको लागि प्रयोग भएको मतपेटिका कुनै व्यक्तिले चोरीसोमा, जानाजान तोडफोड गरी नोक्सान गरिएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रको मतदान तुरुन्त रद्द गरी त्यसको प्रतिवेदन आयोगमा दिनु पर्छ । (३) उपदफा (२) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान गर्ने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्छ ।
४५. मतपेटिका बन्द गर्ने : मतदान समाप्त भएपछि मतदान अधिकृतले मतदान गरिएको मतपत्र राखेको मतपेटिका आयोगले तोके बमोजिमको रीति पुर्याई बन्द गर्नु पर्छ ।
४६. मतपेटिका निर्वाचन अधिकारीलाई हस्तान्तरण गर्ने : मतदान अधिकृतले मतदानको लागि प्रयोग गरिएको मतपेटिका सुरक्षित रुपमा निर्वाचन अधिकारीलाई हस्तान्तरण गर्नु पर्छ ।
परिच्छेद द–७ मतगणना र निर्वाचन परिणाम
४७. निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने : निर्वाचन अधिकृतले निर्वाचनको मतगणना गर्ने काम आफ्नो प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्नु, गराउनु पर्छ ।
४८. मतगणनाको सूचना : निर्वाचन अधिकृतले सम्बन्धित प्रदेशका सबै मतदान केन्द्रबाट मतपत्र रहेका मतपेटिका प्राप्त गरेपछि मतगणना गर्ने स्थान, मिति र समयको सूचना उम्मेदवारहरुको जानकारीको लागि प्रकाशन गर्नु पर्छ ।
४९. मतगणना : (१) निर्वाचन अधिकृतले दफा ४८ बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना प्रारम्भ गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन् । (३) मतगणना गर्दा प्रदेश सभाका सदस्यले दिएको मत र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखले दिएको मत छुट्टाछुट्टै गणना गर्नु पर्नेछ ।
५०. मतगणना गर्ने स्थानमा प्रवेश : (१) निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा देहायका व्यक्ति बाहेक अरु कसैलाई प्रवेश गर्न दिने छैन :– (क) उम्मेदवार वा निजको एकजना निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, (ख) मतगणनाको काममा खटिएका कर्मचारी, (ग) आयोगबाट अनुगमन वा अन्य प्रयोजनको लागि खटिएका पदाधिकारी वा कर्मचारी, (घ) आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, (ङ) सुरक्षाको लागि खटिएका कर्मचारी, (च) आयोग र वा निर्वाचन अधिकृतबाट अनुमति पाएका व्यक्ति । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि मतगणना स्थलको सुरक्षा वा खटिएको सुरक्षाकर्मी बाहेक कुनै प्रकारको हतियार साथ लिएको व्यक्ति वा मादक पदार्थ सेवन गरेको व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा प्रवेश गर्न दिने छैन । (३) मतगणना गर्ने काममा बाधा पुऱ्याउने जुनसुकै व्यक्तिलाई निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानबाट बाहिर जान आदेश दिन सक्नेछ र त्यस्तो आदेश पाएको व्यक्तिले मतगणना गर्ने स्थानबाट बाहिर जानु पर्नेछ । त्यस्तो आदेश पालना नगरी अटेर गर्ने व्यक्तिलाई निर्वाचन अधिकृतको आदेश बमोजिम सुरक्षाकर्मीले त्यस्तो स्थानबाट बाहिर पठाउनेछ ।
५१. मतगणना लगातार गर्ने : (१) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरे पनी मतगणना समाप्त नभोसम्म सो मतगणनाको काम लगातार गर्नु पर्नेछ । (२) काबुबाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्र, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्र र मतगणना गर्न बाँकी मतपेटिकाको लगत्त समेत अलग–अलग खाम, थेलो वा बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्नेछ । उम्मेदवार, मतगणना प्रतिनिधि वा
निर्वाचन प्रतिनिधिले समेत त्यस्तो खाम, थैलो वा बोरामा आफ्नो लाहाठाप लगाउन सक्नेछ। (३) निर्वाचन अधिकृतले उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य पुनः प्रारम्भ गराउनु पर्नेछ। यसरी मतगणना पुनः प्रारम्भ हुने सूचना सो स्थानमा उपस्थित उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिनु पर्नेछ र मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ। कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन।
५२. मतगणना पुरा हुनु अघि मतपत्र नोक्सान भएमा : (१) मतगणना पुरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका र या मतदानको लागि राखिएको विद्युतीय उपकरण निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तरिकाले अनधिकृत रूपमा लिएको, खोपलिएको, नोक्सान गरेको या तोडफोड गरेको, हराएको या दुर्घटनाबाट नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी सो कुराको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ। (२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहर्याएमा आयोगको आयुक्त या अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ। (३) आयोगले उपदफा (१) बमोजिमको प्रतिवेदन या उपदफा (२) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त या अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतपत्र या मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी रूपमा अनधिकृत रूपमा लिएको, खोपलिएको, नोक्सान गरेको, तोडफोड गरेको, हराएको या दुर्घटनाबाट नोक्सान भएको र सोको कारण मतगणना सुचारु गर्न नसकिने ठहर्याएमा त्यस्तो कार्यबाट असर परेका मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गर्नेछ। (४) आयोगबाट उपदफा (३) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ।
५३. मतगणना स्थलको अनधिकृत कब्जा : (१) देहायको कुनै अवस्थामा मतगणना स्थलको अनधिकृत कब्जा भएको मानिनेछ :–
(क) कसैले बल प्रयोग गरी, डर त्रास देखाई र्ा धम्की दिई मतगणना स्थललाई आफ्नो कब्जामा लिई मतगणनाको कार्यमा प्रभाव पारेमा, (ख) कसैले बल प्रयोग गरी र्ा नगरी मतगणना कार्यमा खटिएको निर्वाचन अधिकारी र्ा कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिएमा, निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका, मतदानको लागि प्रयोग भएको विद्युतीय उपकरण र्ा मतगणना सम्बन्धी अन्य सामग्री खोसेमा र्ा अन्य त्यस्तै कार्य गरी मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढङ्गले सञ्चालित हुने र्ा हुन सक्ने गरी प्रभावित गरेमा, (ग) मतगणनाको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले खण्ड (क) र्ा (ख) बमोजिमको कार्य गरेमा, त्यस्तो कार्य गर्न सहयोग पुर्याएमा र्ा अनुमति दिएमा। (२) उपदफा (१) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएमा निर्वाचन अधिकारीले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ। (३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा जाँचबुझ गर्नु पर्ने ठहर्याएमा आयोगको आयुक्त र्ा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ। (४) आयोगले उपदफा (२) बमोजिमको प्रतिवेदनको आधारमा र्ा उपदफा (३) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त र्ा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतगणना स्थल उपदफा (१) बमोजिम अनधिकृत तरिकाले कब्जा भएको ठहर्याएमा त्यसरी कब्जाबाट असर परेको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्नेछ। (५) आयोगबाट उपदफा (४) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकारीले पुनः मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना तुरुन्त मतदान केन्द्रमा प्रकाशन गर्नु पर्नेछ।
५४. मतपत्र बदर हुने अवस्था : देहायको कुनै अवस्थामा मतपत्र बदर हुनेछ :- (क) सम्बन्धित मतदान अधिकारीको दस्तखत नभएको, (ख) औँठाछाप लगाई र्ा दफा ३७ को उपदफा (३) बमोजिमको छाप र्ा चिन्ह बाहेक अन्य चिन्ह र्ा छाप लगाई मत संकेत गरिएको,
(ग) मत सङ्केत चिन्ह नबुझिने गरी लिपिपतिको वा च्यातिएको, (घ) उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको, (ङ) निर्वाचित गर्नु पर्ने सङ्ख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको, (च) एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केतको चिन्ह पर्ने गरी मत सङ्केत गरिएको, (छ) मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिएको, (ज) कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरिएको, (झ) आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, (ञ) मतपेटिका भन्दा बाहिर राखिएको, (ट) जाली मतपत्र, वा (ठ) आयोगले बदर हुने भनी तोकेको मतपत्र।
५५. दोहोर्याई मतगन्ना गर्ने : (१) मतदान केन्द्रको मतगन्ना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र नसल्झिइ हुनुभन्दा पहिले कुनै उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगन्ना प्रतिनिधिले केही वा सबै मतपत्र दोहोर्याई मतगन्ना गराई पाऊँ भनी कारण सहित तत्काल निर्वाचन अधिकृत समक्ष लिखित निवेदन दिन सक्नेछी। (२) उपदफा (१) बमोजिम निवेदन पर्दा آमा निर्वाचन अधिकृतले सो निवेदन तत्कालै दिया गरी दोहोर्याई मतगन्ना गर्नु पर्ने देखेमा दोहोर्याई मतगन्ना गर्न सक्नेछी। (३) उपदफा (२) बमोजिम दोहोर्याई मतगन्ना गर्नु नपर्ने देखेमा निर्वाचन अधिकृतले सोही व्यवहारको निर्णय गरी सो स्थानमा उपस्थित रहेका निज उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगन्ना प्रतिनिधिलाई निर्वाचन परिणामको घोषणा गर्नुभन्दा पहिले सो निर्णयको सूचना दिनु पर्नेछी।
५६. मतभार : निर्वाचन मण्डलमा रहने सदस्यको मतभार अनुसूची–१ बमोजिम हुनेछी।
५७. निर्वाचन परिणामको घोषणा : (१) निर्वाचन अधिकृतले प्रदेश सभाका सदस्यले दिएको मत र गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखले दिएको
मत छुट्टाछुट्टै गणना गरी प्रत्येक उम्मेदवारले प्राप्त गरेको कुल सदर मत सङ्ख्या निर्धारण गर्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम प्रत्येक उम्मेदवारले प्राप्त गरेको प्रदेश सभाका सदस्यको मत र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतलाई दफा ५६ बमोजिम कायम भएको मतभारले गुणन गरी आएको सङ्ख्यालाई प्रत्येक उम्मेदवारले पाएको कुल मत मानिनेछ। (३) उपदफा (२) बमोजिम कायम हुन आएको कुल मतको आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई दफा ३ बमोजिम निर्वाचन अधिकृतले विजयी भएको घोषणा गरी निर्वाचन परिणाम प्रकाशन गर्नु पर्नेछ।
५८. मत बराबर भएमा गोला हाली निर्णय गर्ने : यस ऐन बमोजिम मतगणनाको काम पूरा भइसकेपनि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको मत बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवारबीच गोला हाली निर्णय गर्नु पर्नेछ। त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ।
५९. निर्वाचित मिति : निर्वाचन अधिकृतले दफा ५७ बमोजिम निर्वाचनको परिणाम प्रकाशन गरेको मितिलाई सम्बन्धित उम्मेदवार निर्वाचित भएको मिति मानिनेछ।
६०. निर्वाचन परिणाम पेश गर्ने : आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र सो निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गरी निर्वाचित उम्मेदवारको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
परिच्छेद द-८ विविध
६१. उपनिर्वाचनः कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैँतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ।
** केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
६२. निविदा मतपत्र सम्बन्धी व्यवस्था : (१) कसैले अर्को मतदाताको नामबाट मतपत्र लिइसकेको या मतदान गरिसकेको र पनिबाट मतदान गर्न आउने व्यक्ति नै वास्तविक मतदाता हो भनिने कुरा निजले पेश गरेको प्रमाणबाट देखिइमा मतदान अधिकृतले त्यस्तो मतदातालाई निविदा मतपत्र दिनेछ । यसरी निविदा मतपत्र दिएकोमा त्यस्तो मतपत्रमा मतदाताले आफ्नो मत संकेत गरिसकेपनि त्यस्तो मतपत्र मतपेटिकामा नहाली त्यसको प्रयोगको लागि राखिएको छुट्टै खाममा राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम निविदा मतपत्र दिने, राख्ने र तत्सम्बन्धी अन्य कार्यविधि तोकिएको बमोजिम हुनेछ । (३) यस ऐन बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्र त्यस समयमा गणना गरिने छैन । निर्वाचन सम्बन्धी उजुरी परेमा आई त्यस्तो उजुरीको निर्णय गर्नको लागि निविदा मतपत्र आवश्यक पर्ने भनी ठहर गरेमा अदालतिले त्यस्तो निविदा मतपत्र समेत गणना गर्न सक्नेछ ।
६३. धरौटी राख्नु पर्ने : (१) उम्मेदवारले निर्वाचनमा उम्मेदवार हुनुको लागि दश हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि तपिन महिला, दलित या अल्पसंख्यक समुदाय या आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ । स्पष्टीकरण : यस उपदफाको प्रयोजनका लागि “आर्थिक रुपले विपन्न” भन्नाले वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको व्यक्ति सम्झनु पर्नेछ । (३) निर्वाचनमा एउटै उम्मेदवारको निमित्त एकभन्दा बढी मनोनयनपत्र दाखिला भएको अवस्थामा एउटा मनोनयनको लागि मात्र धरौटी राखे पुग्नेछ । (४) उपदफा (१) बमोजिम धरौटी राख्दा उम्मेदवार या दलले नगद रुपमा दाखिला गर्नु या बैंकमा नगद धरौटी राखेको रसिद पेश गर्न सक्नेछ ।
६४. धरौटी जफत हुने : (१) निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर दश प्रतिशत भन्दा कम सदर मत प्राप्त गरी निर्वाचित उम्मेदवारको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी त्यस्तो निर्वाचन परिणाम घोषणा भएको मितिले नव्वे दिनभित्र सम्बन्धित व्यक्तिले फिर्ता लिनु पर्नेछ। (३) उपदफा (२) बमोजिमको म्यादभित्र धरौटी फिर्ता नलिएमा त्यस्तो धरौटीको रकम सञ्चित कोषमा दाखिला हुनेछ ।
६५. निर्वाचन प्रचार प्रसार खर्च : (१) निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बमोजिम हुनेछ । (२) उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिएको बमोजिम राख्नु पर्नेछ । स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “निर्वाचनको अवधि” भन्नाले उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि त्यस्तो निर्वाचनको परिणाम घोषणा भएको मितिसम्मको अवधि सम्झनु पर्छ। (३) कुनै उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च उपदफा (१) बमोजिम तोकिएको खर्चको रकमको हद भन्दा बढी हुनु हुँदैन। (४) उपदफा (२) बमोजिमको निर्वाचन खर्चको विवरण उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्नेछ। यसरी प्राप्त भएको खर्चको विवरण सम्बन्धित कार्यालयले आयोगमा पठाउनु पर्नेछ। (५) यस दफा बमोजिम निर्वाचन प्रचार प्रसार खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने उम्मेदवारलाई आयोगले निर्वाचन आयोग सम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम जरिवाना गर्नेछ।
६६. निर्वाचन सम्बन्धी कागजात वा अभिलेखको गोपनीयता : (१) निर्वाचनमा प्रयोग भएको कागजात वा विद्युतीय उपकरणबाट मतदान भएकोमा त्यस्तो अभिलेख मध्ये मतगणनाको प्रयोजनको लागि आवश्यकता अनुसार खोली हेरी मतगणनाको काम समाप्त भएपछि सिलबन्दी गरी तोकिएको अधिकारीको जिम्मामा राखिनेछ। (२) उपदफा (१) बमोजिम सिलबन्दी भई रहेको मतपत्रको अधकट्टी, मतदानमा प्रयोग गरिएको मतदाता नामावली र सदर वा बदर भएको मतपत्र राखिएको सिलबन्दी
खाम, थैलो, बोरा वा अभिलेख प्रचलित कानुन बमोजिम परेको उजुरीको सिलसिलामा अदालतले मात्र खोल्न र हेर्न सक्नेछ। (३) उपदफा (२) बमोजिम अदालतको आदेशले खोली हेरिसकेपनि अदालतले ती कागजात वा अभिलेख यथारूपमा सिलबन्दी गरी राख्नु पर्नेछ। अदालत बाहेक अन्य कुनै अधिकारी वा निकायलाई त्यस्तो बन्दी खाम, थैलो वा बोरा खोली हेर्ने अधिकार हुने छैन। (४) यस दफामा उल्लिखित कागजात वा अभिलेख मुद्दा परेकोमा मुद्दाको अन्तिम टुङ्गो लागेको मितिले र मुद्दा नपरेकोमा उजुरी गर्ने म्याद भुइँयाइ भएको मितिले तीन महिनासम्म सुरक्षित राख्नु पर्नेछ।
६७. गोपनीयता भङ्ग गर्न नहुने : (१) कानुन बमोजिम अधिकार पाएकोमा बाहेक निर्वाचन सम्बन्धी काम गर्न खटिएको कुनै पनि कर्मचारी, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतपत्रमा मतदानले संकेत गरेको मत वा तत्सम्बन्धमा आफूलाई जानकारी रहेको वा हुनु आएको अन्य कुनै कुरा कसैलाई भन्न, लेख्न वा कुनै किसिमले प्रकट गर्न वा प्रकाशन गर्न समेत हुँदैन। (२) यो ऐन वा अन्य प्रचलित कानुनमा जुनसुकै कुरा ले लेखिएको भएपनि यस ऐन अन्तर्गत चलेको कानूनी कारबाहीको सिलसिलामा कुनै साक्षी वा व्यक्तिलाई निर्वाचनमा निजले कसलाई मत दिएको हो भनी वा कसले कसलाई मत दिएको हो भनी प्रश्न गरिने छैन।
६८. शपथ : (१) सदस्यले राष्ट्रिय सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनु अघि राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष अनुसूची–२ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ। तर संविधानको धारा ९२ को उपधारा (५) बमोजिमको सदस्यले राष्ट्रपति समक्ष शपथ लिनु पर्नेछ। (२) कुनै सदस्यले नेपालमा बोल्ने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले उपदफा (१) बमोजिमको शपथको यवयहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति राष्ट्रिय सभा वा त्यसको कुनै समितिको पहिलो बैठकमा भाग लिनु भन्दा तीन दिन अगावै सङ्घीय संसद सचिवालयलाई उपलब्ध गराउनु पर्नेछ।
(३) यस दफा बमोजिम सदस्यले शपथ लिएपछि आफुले लिएको शपथको प्रतिमा हस्ताक्षर गरी राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ। (४) कुनै सदस्यले नेपालमा बोल्ने आफ्नो मातृभाषामा शपथ लिएकोमा सरकारी कामकाजको नेपाली भाषा र अन्य नेपाली मातृभाषाको शपथको प्रतिहरुमा हस्ताक्षर गरी राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्ति समक्ष पेश गर्नु पर्नेछ। (५) यस दफा बमोजिम सदस्यले शपथको अभिलेख संघीय संसद सचिवालयले राख्नेछ।
६९. आदेश जारी गर्ने र निर्देशन दिने : (१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुराका अतिरिक्त निर्वाचनको सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आयोगले आवश्यक आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेश नेपाल राजपत्रमा प्रकाशन गराउनु पर्नेछ। (२) आयोगले निर्वाचन सञ्चालनको लागि निर्वाचनको काममा खटिएका कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ। (३) यस दफा बमोजिम आयोगले जारी गरेको आदेश र निर्देशन पालना गर्नु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी कार्यालय तथा निकाय, सरकारी, अर्धसरकारी तथा गैरसरकारी संस्था तथा निकाय, दल, उम्मेदवार, निजको प्रतिनिधि, निर्वाचन सम्बन्धी काम कारबाहीको प्रचार प्रसार गर्ने व्यक्ति तथा निर्वाचनको काममा खटिएका कर्मचारी समेतको कर्तव्य हुनेछ।
७०. मदद लिन सक्ने : (१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा आयोगले निर्वाचनको काममा खटाएको अनुगमन टोली, पर्यवेक्षक वा अन्य कुनै अधिकृतले निर्वाचनको कामको सिलसिलामा कुनै पनि सरकारी वा सुरक्षा निकायको मदद लिन सक्नेछ। (२) उपदफा (१) बमोजिम मदद मागेमा आवश्यक मदद पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
७१. कारबाही गर्न सक्ने : कुनै निर्वाचन अधिकृतले संविधान, कानून, निर्देशिका, कार्यविधि र आयोगले दिएको निर्देशन विपरीत कार्य गरेमा आयोगले त्यस्तो निर्वाचन अधिकृतको नियुक्ति बदर गरी अर्को निर्वाचन अधिकृत नियुक्त गर्न वा विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
७२. नियम बनाउने अधिकार : आयोगले यो ऐन कार्यान्वयनको लागि आवश्यक नियम बनाउन सक्नेछ।
७३. निर्देशिका वा कार्यविधि बनाई लागु गर्न सक्ने : आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागु गर्न सक्नेछ।
७४. खारेजी र बचाउ : (१) राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ खारेज गरिएको छ। (२) राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ।
अनुसूची–१ (दफा ५६ सँग सम्बन्धित)
प्रदेश सभाका सदस्य र गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार
१. प्रदेश सभाका सदस्यको मतभार :-
$\frac{\text{कुल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार)}}{\text{प्रदेश सभा सदस्यको कुल सङ्ख्या}} \times १०००$
उदाहरणार्थ : संवत् २०६८ सालको जनगणना अनुसारको कुल जनसङ्ख्याको आधारमा
$\frac{२,६४,९४,५०४}{५५०} \times १०००$
कायम हुने मतभार : ४८
२. गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाको प्रमुख तथा उपप्रमुखको मतभार :-
$\frac{\text{कुल जनसङ्ख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार)} \times १०००}{\text{जम्मा गाउँपालिका र नगरपालिकाको सङ्ख्या} \times २}$
उदाहरणार्थ : संवत् २०६८ सालको जनगणना अनुसारको कुल जनसङ्ख्या र हाल कायम रहेको गाउँपालिका र नगरपालिकाको सङ्ख्याको आधारमा
$\frac{२,६४,९४,५०४ \times १०००}{७५३ \times २}$
कायम हुने मतभार : १८
$\text{«}$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।
अनुसूची–२ (दफा ६८ को उपदफा (१) सँग सम्बन्धित)
शपथको ढाँचा
म (सम्बन्धित सदस्यको पूरा नाम) .................................. मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै राष्ट्रिय सभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिठाई, कसैको डर नबनानी पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमान्दारीका साथ गर्नेछु ।
मिति :- दस्तखत :- नाम, थर :-