पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२
लालमोहर र प्रकाशन मिति २०२२।५।१४
संशोधन गर्ने ऐन १. पेटेण्ट, डिजायन र ट्रेडमार्क (पहिलो संशोधन) ऐन, २०४४ २०४४।७।१ २. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६
प्रमाणीकरण र प्रकाशन मिति ३. निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३* २०६३।८।८ ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६♦ २०६६।१०।७ ५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०२२ सालको ऐन नं. १५
पेटेण्ट डिजायन र ट्रेडमार्कको दर्ता गर्न व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा तथा आर्थिक हितको निम्मित पेटेण्ट डिजायन र ट्रेडमार्कका सम्बन्धमा समायोजित कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ ।
परिच्छेद–१ प्रारम्भिक कथन
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२” रहेकोछ ।
(२) यो ऐन नेपाल $\times$............. भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “पेटेण्ट” भन्नाले कुनै पदार्थका वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरीका सम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनु पर्छ ।
(ख) “डिजायन” भन्नाले कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रूप वा आकार सम्झनु पर्छ ।
(ग) “ट्रेडमार्क” भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरुको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिन्ह वा चित्र वा शब्द, चिन्ह र चित्र भिन्नै कुराको संयोग सम्झनु पर्छ ।
(घ) “विभाग” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको विभाग सम्झनु पर्छ र त्यस्तो नतोकिएसम्म उद्योग विभागलाई सम्झनु पर्छ ।
(ङ) “अनुसूची” भन्नाले यस ऐनको अनुसूची सम्झनु पर्छ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खिइएको ।
(च) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गतको नियम वा आदेशमा तोकिएको वा तोकिएबमोजिमको सम्झनु पर्छ ।
परिच्छेद–२ पेटेण्ट
३. पेटेण्ट उपर अधिकार प्राप्त गर्नेः (१) कुनै पेटेण्ट उपर अधिकार प्राप्त गर्न चाहने व्यक्तिले सो पेटेण्ट यस ऐन बमोजिम आफ्नो नाममा दर्ता गराउनु पर्छ ।
(२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको पेटेण्ट अरु कसैले नक्कल गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।
(३) ☒ ............
४. पेटेण्ट उपर अधिकार प्राप्त गर्न दरखास्त दिनु पर्नेः (१) कुनै पेटेण्ट आफ्नो नाममा दर्ता गराउन चाहने व्यक्तिले आफ्नो भएसम्मको सबूत प्रमाण सहित निम्न्लिखित कुराहरू खुलाई अनुसूची-१(क) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्छः–
(क) सो पेटेण्ट आविष्कार गर्ने व्यक्तिको नाम, ठेगाना र पेशा,
(ख) दरखास्तवाला आफैले सो पेटेण्ट आविष्कार गरेको नभएमा सो आविष्कार गर्ने व्यक्तिबाट दरखास्तवालाले के र कुन हर्डसमबाट कस्तो हक प्राप्त गरेको हो,
(ग) सो पेटेण्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरिका,
(घ) सो पेटेण्ट कुनै खास सिद्धान्त वा फर्मुलामा आधारित भए सो सिद्धान्त वा फर्मुला ।
$\text{※}$ पहिलो संशोधनद्वारा थप । $\text{▽}$ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\text{☒}$ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज ।
(२) उपदफा (१) बमोजिमको दरखास्तका साथ दरखास्तवालाले सो पेटेण्टको *विवरण सहितको नक्सा तथा रेखाङ्कन र अनुसूची-३(१) को (क) मा तोकिएको दरखास्त दस्तुर समेत दाखिल गर्नुपर्छ ।
५. विभागबाट जाँचबुझः (१) दफा ४ बमोजिमको दरखास्त दाखिल भएपछि विभागले आवश्यक देखेमा विशेषज्ञहरुको सल्लाह समेत लिई दरखास्तमा लेखिएको पेटेण्ट नयाँ आविष्कार भएको हो होइन र सर्वसाधारणलाई उपयोगी छ छैन भन्ने कुराको जाँचबुझ र अध्ययन गरी सो पेटेण्ट दर्ता गर्न हुने वा नहुने कुराको यकिन गर्नेछ ।
(२) दफा ६ बमोजिम कुनै पेटेण्ट दर्ता गर्न नहुने देखेमा विभागले दरखास्तवालालाई निजको दरखास्त बमोजिम पेटेण्ट दर्ता हुन नसक्ने कुराको सूचना दिनुपर्छ ।
(३) x...................................................................................................................
६. पेटेण्ट दर्ता हुन नसक्नेः (१) देहायका अवस्थामा विभागले यस ऐन बमोजिम पेटेण्ट दर्ता गर्ने हुँदैनः–
(क) पहिले नै अरू कसैको नाममा दर्ता भइसकेको रहे छ, वा (ख) दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक प्राप्ति नगरेको रहे छ, वा (ग) दर्ता गराउन चाहेको पेटेण्टबाट सर्वसाधारण जनताको स्वास्थ्य, सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा कुनै प्रतिकूल असर पर्नु रहे छ, वा (घ) कुनै प्रचलित नेपाल कानूनको बखिलाफ हुने रहे छ भने ।
तर खण्ड (क) मा लेखिएको कुनै कुराले दफा ९ बमोजिम पेटेण्टको दर्ता दाखिल खारिज गर्न बाधा पुर्याएको मानिने छैन ।
(२) उपदफा (१) मा लेखिएको अवस्थामा विभागले दर्ता भइसकेको कुनै पेटेण्टको दर्ता बदर गर्न सक्नेछ ।
तर सो बमोजिम कुनै पेटेण्टको दर्ता बदर गर्नु भन्दा अगावै पेटेण्टवालालाई सो पेटेण्टको दर्ता बदर हुन नपर्ने कुनै कारण भए देखाउन मनासिब मौकाको मौका दिनुपर्छ ।
७. पेटेण्टको दर्ताः (१) दफा ६ बमोजिम दर्ता गर्न नहुने अवस्थामा बाहेक पेटेण्ट दर्ता गराउन दफा ४ बमोजिम दरखास्त दाखिल भएपछि विभागले दफा ५ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई अनुसूची-२(क) बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त दरखास्तवालाले विभागलाई अनुसूची-३(१) को (ख) मा तोकिए बमोजिमको दर्ता दस्तुर बुझाउनु पर्छ ।
*७क. दर्ता भएको पेटेण्ट प्रकाशन गर्नेः (१) यस ऐन बमोजिम दर्ता भएको पेटेण्टमध्ये राष्ट्रिय हितको लागि गोप्य राख्नु पर्ने बाहेक अन्य पेटेण्टहरू विभागले सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशित गर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशित पेटेण्टको विवरण, नक्सा वा रेखाङ्कन कसैले हेर्न वा त्यसको नक्कल लिन चाहेमा विभागबाट तोकिएको दस्तुर बुझाई त्यस्तो पेटेण्ट हेर्न वा त्यसको नक्कल लिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम पेटेण्ट हेरेको वा त्यसको नक्कल लिएको मितिले पैँतीस दिनभित्र त्यस्तो पेटेण्ट उपर कसैको कुनै विरोध भएमा विभागमा उजुर गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम उजुर परेपछि आएमा विभागले जाँचबुझ गरी आवश्यक कारबाही गर्नु पर्नेछ ।
*८. पेटेण्टको अवधिः (१) दफा २३ ख. बमोजिम नवीकरण गराएको अवस्थामा बाहेक दफा ७ बमोजिम दर्ता भएको पेटेण्टमा दर्ता भएको मितिले सात वर्षसम्म मात्र पेटेण्टवालाको हक कायम हुनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनु भन्दा अघि दर्ता भएको पेटेण्टको अवधिको हकमा सो पेटेण्ट दर्ता हुँदाका बखत कायम रहेको व्यवस्था बमोजिम नै अवधि कायम हुनेछ । सो अवधि भुक्तान भएपछि दफा २३ ख. बमोजिम नवीकरण गराउनु पर्नेछ ।
९. ☒ ....................
१०. पेटेण्टको नक्सा वा नमूना सरकारी म्यूजियममा दाखिल गर्नेः यस ऐन बमोजिम दर्ता भएको पेटेण्ट अनुसार हुने वस्तुको एक प्रति नक्सा वा नमूना पेटेण्टवालाले *राष्ट्रिय अभिलेखालय समेतलाई दिनु पर्छ ।
∇११. दफा ३ को उल्लंघन गरेमा हुने सजायः जसले देहायका कुनै काम गरेमा विभागको आदेशले कसूरको मात्रा अनुसार देहाय बमोजिमको जरिबाना हुनेछ र सो कसूरसाँग सम्बन्धित चीज वस्तु जफत हुनेछः–
(क) दफा ३ को उपदफा (२) मा लेखिएको कुनै कसूर गरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना ।
(ख) दफा ३ को उपदफा (२) मा लेखिएको कुनै काम गर्ने उद्योग गरेमा वा सो काम गर्ने दुरुत्साहन दिएमा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना ।
परिच्छेद–३ डिजायन
१२. डिजायनमा हक प्राप्त गर्नेः (१) जसले आफुले बनाएको वा बनाउन लगाएको कुनै वस्तुको डिजायन दफा १४ बमोजिम विभागमा दर्ता गराई सो डिजायन उपर यस ऐन बमोजिमको हक प्राप्त गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजायन अरु जसले नक्कल गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।
१३. डिजायनको दर्ताको निमित्त दरखास्तः (१) आफूले बनाएको वा बनाउन लाएको कुनै चीज दफा १४ बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो डिजायनको विवरण सहितको नक्शा तथा रेखाङ्कन र चार प्रति नमूना सहित अनुसूची-१(ख) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले आफ्नो दरखास्तको साथै अनुसूची-३ (२) को (क) मा तोकिए बमोजिमको दरखास्त दस्तुर विभागमा बुझाउनु पर्छ ।
$\nabla$ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\bullet$ पहिलो संशोधनद्वारा थप ।
१४. डिजायनको दर्ता: (१) दफा १३ बमोजिम कसैको दरखास्त पर्मा विभागले सो डिजायन दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची-२(ख) बमोजिमको प्रमाणपत्र दिनुपर्छ ।
तर त्यस्तो डिजायनबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पुग्ने वा सर्वसाधारण जनताको सदाचार वा नैतिकतामा नराम्रो प्रभाव पर्ने वा राष्ट्रिय हितको प्रतिकूल हुने रहे छ वा सो डिजायन अघि नै अरू कसैको नाममा दर्ता भइसकेको रहेछ भने यस उपदफा बमोजिम दर्ता गरिने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त दरखास्तवालाले अनुसूची-३ (२) को (ख) मा तोकिए बमोजिमको डिजायनको दर्ता दस्तुर विभागमा दाखिल गर्नुपर्छ ।
(३) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुनै अवस्था छ भन्ने लागेमा विभागले कुनै डिजायनको दर्ता बदर गर्न सक्नेछ ।
तर सो बमोजिम कुनै डिजायनको दर्ता बदर गर्नु भन्दा अगावै विभागले सो डिजायनवालालाई सो डिजायनको दर्ता बदर हुनु नपर्ने कुनै कारण भए देखाउन मनासिब माफिकको मौका दिनुपर्छ ।
१४क. डिजायनको अवधि: दफा २३ख. बमोजिम नवीकरण गराएको अवस्थामा बाहेक दफा १४ बमोजिम दर्ता भएको डिजायनमा दर्ता भएको मितिले पाँच वर्षसम्म डिजायनवालाको हक कायम हुनेछ ।
१५. दफा १२ उल्लंघन गर्ने व्यक्तिलाई हुने सजाय: कसैले दफा १२ को उपदफा (२) उल्लंघन गरेमा वा दफा १४ को उपदफा (३) बमोजिम विभागले बदर गरेको डिजायन चलाएमा विभागको आदेशले कसुरको मात्रा अनुसार पचास हजार
रूपैयाँसम्म जरिवाना हुन सक्नेछ र सो कसुरसँग सम्बन्धित सबै चीज वस्तु जफत हुनेछ ।
परिच्छेद–४ ट्रेडमार्क
१६. ट्रेडमार्कमा हक प्राप्त गर्नेः (१) कसैले आफ्नो बन्द व्यापार वा कारोबारको ट्रेडमार्क दफा १८ बमोजिम विभागमा दर्ता गराई सो ट्रेडमार्क उपर यस ऐन बमोजिमको हक प्राप्त गर्न सक्नेछ । (२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।
१७. ट्रेडमार्क दर्ताको निमित्त दरखास्तः (१) आफ्नो बन्द व्यापार वा कारोबारको ट्रेडमार्क दफा १८ बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो ट्रेडमार्कको ४ प्रति नमूना सहित अनुसूची– १(ग) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनुपर्छ । (२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले आफ्नो दरखास्तका साथै अनुसूची–३(३) को (क) मा तोकिए बमोजिमको दरखास्त दस्तुर विभागमा बुझाउनु पर्छ ।
१८. ट्रेडमार्कको दर्ताः (१) दफा १७ बमोजिम ट्रेडमार्कको दर्ताको निमित्त कसैको दरखास्त परेमा सो ट्रेडमार्कका सम्बन्धमा आवश्यक जाँचबुझ गरी कसैको दावी विरोध भए त्यस्तो दावी विरोध गर्न मनासिब मौका दिई कसैको दावी विरोध पर्ने
आएमा सो उपर समेत छानबिन गरी दर्ता गर्न उपयुक्त ठहरिएमा सो ट्रेडमार्क दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची-२(ग) बमोजिमको प्रमाणपत्र दिनुपर्छ ।
तर, त्यस्तो ट्रेडमार्कबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्नु वा सर्वसाधारण जनताको सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्नु वा अरू कसैको ट्रेडमार्कको ख्यातिमा धक्का पर्नु सम्भावना छ भन्ने लागेमा वा सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भइसकेको देखिएमा सो ट्रेडमार्क दर्ता गरिने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त ट्रेडमार्कको दर्ता दस्तुर बापत दरखास्तवालाले अनुसूची-३(३) को (ख) मा तोकिए बमोजिमको दर्ता दस्तुर विभागमा बुझाउनु पर्छ ।
(३) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुनै अवस्था छ भन्ने लागेमा विभागले दर्ता भएको कुनै ट्रेडमार्कको दर्ता बदर गर्न सक्नेछ ।
तर सो बमोजिम कुनै ट्रेडमार्क बदर गर्नु भन्दा अगावै विभागले सो ट्रेडमार्कवालालाई सो ट्रेडमार्क बदर हुनु नपर्ने कुनै कारण भए देखाउन मनासिब मौका दिनु पर्छ ।
१८क. ट्रेडमार्कको प्रयोजनको लागि मालसामान र सेवाको वर्गीकरणः (१) कुनै मालसामान वा कुनै प्रकारको सेवासंग सम्बन्धित ट्रेडमार्क दर्ता गर्ने प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्तो मालसामान वा सेवाको वर्गीकरण गर्न सक्नेछ ।
(२) प्रत्येक वर्गमा परेका मालसामान वा सेवाको ट्रेडमार्क दर्ता गर्न छुट्टा छुट्टै दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम एक वर्गमा परेका मालसामान वा सेवाको लागि दर्ता भएको ट्रेडमार्क कुनै अर्को वर्गमा परेको मालसामान वा सेवाको लागि पनि दर्ता गर्न सकिनेछ ।
१८ङ. ट्रेडमार्क प्रयोग गर्न नपाइनेः विभागमा दर्ता नगराई कुनै ट्रेडमार्क पनि रजिष्टर्ड ट्रेडमार्कको रूपमा प्रयोग गर्न पाइने छैन ।
१८ग. ट्रेडमार्क प्रयोग गर्ने म्यादः विभागमा दर्ता भएको ट्रेडमार्क दर्ता भएको मितिले एक वर्षसम्ममा प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सक्नेछ ।
१८घ. ट्रेडमार्कको अवधिः दफा २३ख. बमोजिम नविकरण गरिएको अवस्थामा बाहेक दफा १८ बमोजिम दर्ता भएको ट्रेडमार्कमा दर्ता भएको मितिले सात वर्षसम्म ट्रेडमार्कवालाको हक कायम हुनेछ ।
१९. गैर कानूनी तवरले ट्रेडमार्क प्रयोग गरेमा हुने सजायः कसैले दफा १६ को उपदफा (२) उल्लंघन गरेमा वा दफा १८ को उपदफा (३) बमोजिम बदर भएको ट्रेडमार्क चलाएमा वा दफा १८ङ. उल्लंघन गरेमा विभागको आदेशले कसुरको मात्रा अनुसार एक लाख रूपैयाँसम्म जरिवाना हुन सक्नेछ र सो कसुरसंग सम्बन्धित सबै मालसामान जफत हुनेछ ।
परिच्छेद–५ विविध
२०. वारिस मुकर गर्न पाउनेः यस ऐन बमोजिम आफूले गर्नुपर्ने कुनै काम कारबाही गर्नको निमित्त कुनै व्यक्तिले आफ्नो वारिस वा कानून व्यवसायी मुकर गर्न
$\circledast$ पहिलो संशोधनद्वारा थप । $\star$ पहिलो संशोधनद्वारा संशोधित । $\subset$ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\supset$ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित ।
सक्नेछ र सो *वारिस वा कानून व्यवसायीद्वारा भएको सबै काम कारबाही निजले नै गरेको मानिनेछ ।
२१. ☒
◉ ²१क. दर्ता भएको डिजायन र ट्रेडमार्क प्रकाशन गर्नेः (१) दफा १४ बमोजिम दर्ता भएको डिजायन र दफा १८ बमोजिम दर्ता भएको ट्रेडमार्क, त्यसको विवरण तथा दर्ता वदरसम्बन्धी विवरण विभागले सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशित विवरण उपर कसैको विरोध भएमा त्यस्तो व्यक्तिले उक्त विवरण प्रकाशित भएको मितिले पैँतीस दिनभित्र विभागमा उजुरी दिन सक्नेछ । त्यसरी परेको उजुरी उपर विभागले जाँचबुझ गरी आवश्यक कारबाही गर्नु पर्नेछ ।
◉ ²१ख. नेपालमा दर्ता नगरी हक कायम नहुनेः विदेशमा दर्ता गरिएको ट्रेडमार्क, डिजायन र ट्रेडमार्क सम्बन्धित व्यक्तिले नेपालमा दर्ता नगराई त्यस्तो पेटेण्ट, डिजायन र ट्रेडमार्कमा निजको नेपालमा हक कायम हुने छैन ।
◉ ²१ग. विदेशी पेटेण्ट, डिजायन र ट्रेडमार्कको दर्ताः विदेशमा दर्ता भएको पेटेण्ट, डिजायन र ट्रेडमार्कको प्रमाणपत्र साथै राजी दर्ताको लागि विभागमा निवेदन दिएमा विभागले त्यस्तो पेटेण्ट, डिजायन र ट्रेडमार्क सम्बन्धमा जाँचबुझ नगरीनै पनि दर्ता गर्न सक्नेछ र त्यस्तो दर्तावालालाई विभागले औद्योगिक सम्पत्तिको संरक्षण गर्ने
सम्बन्धमा सन् १८८३ मा सम्पन्न भएको पेरिस महासन्धि अनुसार ग्राह्यता मितिको सहुलियत प्रदान गर्नेछ ।
२१घ. पेटेण्ट, डिजायन वा ट्रेडमार्कको हक हस्तान्तरण वा प्रयोगको अनुमति सम्बन्धी व्यवस्थाः (१) आफ्नो नाममा दर्ता रहेको पेटेण्ट, डिजायन वा ट्रेडमार्क अरु कसैको नाममा हस्तान्तरण गरी दिन वा प्रयोग गर्न पाउने गरी लिखित रुपमा अनुमति दिन हुन्छ ।
(२) उपदफा (१) बमोजिम हस्तान्तरण गर्न वा प्रयोग गर्न दिन चाहेमा तोकिए बमोजिमको दस्तुर सहित त्यस्तो पेटेण्ट, डिजायन वा ट्रेडमार्कवाला र त्यसरी पेटेण्ट, डिजायन वा ट्रेडमार्क हस्तान्तरण गरी लिन वा प्रयोग गर्न चाहने दुवै व्यक्तिले सो कुरा खुलाई संयुक्त रुपमा विभागमा दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम दरखास्त पर्न आएमा विभागले त्यस्तो पेटेण्ट, डिजायन वा ट्रेडमार्क हस्तान्तरण गर्ने वा प्रयोग गर्ने अनुमति दिन सक्नेछ ।
(४) विभागले उपदफा (३) बमोजिम हस्तान्तरण गर्ने अनुमति दिएमा हस्तान्तरण गरी लिने व्यक्तिको नाममा सो पेटेण्ट, डिजायन वा ट्रेडमार्क नामसारी गरिदिनु पर्नेछ ।
(५) विभागले उपदफा (३) बमोजिम प्रयोग गर्ने अनुमति दिएमा सो को व्यहोरा विभागमा रहेको दर्ता किताब र प्रमाणपत्रमा समेत जनाई प्रयोग गर्न अनुमति पाउने व्यक्तिलाई सो को निस्सा दिनु पर्नेछ ।
२२. विभागले दर्ता किताब खडा गर्नेः यस ऐन बमोजिम दर्ता भएको र दर्ता बदर भएको समेत देखिने गरी विभागले पेटेण्ट, डिजायन र ट्रेडमार्कका सम्बन्धमा छुट्टा छुट्टै किताब खडा गर्नुपर्छ ।
२३. ☒ ................
ᐯ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । ☒ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज ।
२३क. ¤
२३ख. पेटेण्ट, डिजायन र ट्रेडिाक नवीकरण गराउने कार्यविधिः (१) दफा ८, दफा १४क, र दफा १८घ बमोजिम पेटेण्टवाला, डिजायनवाला र ट्रेडिाकवालाले पेटेण्ट, डिजायन र ट्रेडिाक प्रयोग गर्न पाउने अवधि समाप्त भएको मितिले पैँतीस दिनभित्र क्रमशः अनुसूची-२(घ), २(ङ) र २(च) बमोजिमको ढाँचामा दरखास्त दिई अनुसूची-३ बमोजिमको दस्तुर तिरी त्यसो नवीकरण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नवीकरण गराउने म्याद नाघेको मितिले ६ महिनासम्म ∇एक हजार रूपैयाँ जरिवाना तिरी नवीकरण गराउन सकिनेछ । सो म्यादभित्र पनि नवीकरण नगराइएमा पेटेण्ट, डिजायन र ट्रेडिाकको दर्ता स्वतःखारेज हुनेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै त्रुटि लेखिएको भए तापनि पेटेण्टको हकमा सात-सात वर्षको पटक कायम गरी दुई पटकसम्म, डिजायनको हकमा पाँच-पाँच वर्षको पटक कायम गरी दुई पटकसम्म र ट्रेडिाकको हकमा सात-सात वर्षको पटक कायम गरी जति पटक पनि नवीकरण गराउन सकिनेछ ।
२४. प्रमाणपत्रको नक्कलः पेटेण्ट, डिजायन वा ट्रेडिाकको दर्ताको प्रमाणपत्र हराएमा ¤तोकिए बमोजिमको रूपैयाँ दस्तुर तिरी विभागबाट प्रमाणपत्रको नक्कल लिन पाइनेछ ।
२५. हर्जानाः यस ऐन बमोजिम दर्ता भएको कुनै पेटेण्ट, डिजायन वा ट्रेडिाकको सम्बन्धमा कसैले यस ऐनको उल्लंघन गरेबाट पेटेण्ट, डिजायन वा ट्रेडिाकको दर्तावालाले वास्तविक रूपमा सहनु परेको नोक्सानीको उचित रकम सो उल्लंघन गर्ने व्यक्तिबाट दर्तावालालाई विभागले हर्जानाको रूपमा भराई दिन सक्नेछ ।
¤ पहिलो संशोधनद्वारा थप । ∇ निकासी पैठारी तथा बौद्धिक सम्पत्ति सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । ¤ पहिलो संशोधनद्वारा संशोधित ।
२६. यसै ऐन अन्तर्गत दर्ता भएको मानिनेः यो ऐन लागू हुनु अघि १९९३ सालमा जारी भएको पेटेण्ट, डिजायन र ट्रेडमार्क कानून बमोजिम दर्ता भएको पेटेण्ट, डिजायन र ट्रेडमार्कहरु यो ऐन लागू भएको मितिदेखि यसै ऐन बमोजिम दर्ता भएको मानिनेछन् ।
२६क. दस्तुरमा हेरफेर गर्न सकिनेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची–३ मा तोकिएको दस्तुरमा हेरफेर गर्न सक्नेछ ।
२७. पुनरावेदन लाग्न सक्नेः यस ऐनबमोजिम विभागको आदेशमा चित्त नबुझ्ने व्यक्तिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
२८. खारेजीः सम्बत् १९९३ सालमा जारी भएको पेटेण्ट, डिजायन र ट्रेडमार्क कानून खारेज गरिएकोछ ।
*अनुसूची–१ (क)
पेटेण्ट दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
श्री....................... .........................
म / हामी ............................................................. को आविष्कारक भएकोले सो वस्तु सम्बन्धी सिद्धान्त, फर्मुला र सम्पूर्ण विवरण सहितको नक्शा तथा रेखाङ्कन र दरखास्त दस्तुर संलग्न राखी पेटेण्ट दर्ताको लागि दरखास्त दिएको छु / दिएका छौं । मेरो / हाम्रो नाममा पेटेण्ट दर्ता गरी सोको प्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
साक्षी:– १......................... दरखास्तवालाको सही ............... २......................... ठेगाना:– मिति:–
*अनुसूची–१ (ख)
डिजायन दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
श्री..................... .........................
मैले / हामीले यसैसाथ संलग्न नमूना बमोजिमको ............................ बनाएकोले / बनाउन लगाएकोले डिजायनको सम्पूर्ण विवरण सहितको नक्सा तथा रेखाङ्कन र चार प्रति नमूना र दरखास्त दस्तुर संलग्न राखी डिजायन दर्ताको लागि दरखास्त दिएको छु / दिएका छौं । मेरो / हाम्रो नाममा डिजायन दर्ता गरी सोको प्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
साक्षी:– १......................... दरखास्तवालाको सही .............
*अनुसूची–१ (ग)
ट्रेडमार्क दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
श्री..................... ...........................
मैले / हामीले यसैसाथ संलग्न नमूनाको ट्रेडमार्क............................मा लगाउने भएकले। लगाई राखेकले सो को चार प्रति र दरखास्त दस्तुर संलग्न राखी ट्रेडमार्क दर्ताको लागि दरखास्त दिएको छु / दिएका छौं । मेरो / हाम्रो नाममा ट्रेडमार्क दर्ता गरी सोको प्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
साक्षी:– १......................... दरखास्तवालाको सही ..............
*अनुसूची–२(क)
पेटेण्ट दर्ताको प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
....................मन्त्रालय
....................भाग
प्रमाणपत्र संख्या:– मिति:–
पेटेण्ट दर्ताको प्रमाण-पत्र
पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा ७ बमोजिम ............................................ ले आविष्कार गरेको ........................ को पेटेण्ट दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
.................... महा-निदेशक
(खाली पृष्ठ)
*अनुसूची–२ (ख)
डिजायन दर्ताको प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
................... मन्त्रालय .................... विभाग
प्रमाणपत्र संख्याः– मितिः–
डिजायन दर्ताको प्रमाण-पत्र
पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १४ बमोजिम .......................................... ले बनाएको ÷ बनाउन लगाएको ........................ को डिजायन दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
.................... महा–निदेशक
*अनुसूची–२ (ग)
पेटेण्ट दर्ताको प्रमाणपत्रको ढाँचा
नेपाल सरकार ......................... मन्त्रालय ..................... विभाग
प्रमाणपत्र संख्या:– मिति:–
ट्रेडमार्क दर्ताको प्रमाण-पत्र
पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम ............................................ ले ........................ मा लगाई राखेको । लगाउने भएको ट्रेडमार्क दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
................... महा–निदेशक
अनुसूची–२ (घ)
पेटेण्ट नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
श्री......................... ................................
मैले / हामीले मिति ................................. मा दर्ता गरेको ...................................... को पेटेण्टको दर्ता अवधि समाप्त भएकोले नवीकरण वापत लाग्ने दस्तुर संलग्न छ । नवीकरण गरी दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
दरखास्तवालाको सही ............... ठेगाना:– मिति:–
® पहिलो संशोधनद्वारा थप ।
®अनुसूची–२ (ङ)
डिजायन नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
श्री.........................................
मैले / हामीले मिति .................................... मा दर्ता गरेको ....................................को डिजायनको दर्ता अवधि समाप्त भएकोले नवीकरण वापत लाग्ने दस्तुर संलग्न छ । नवीकरण गरी दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
दरखास्तवालाको सही .................... ठेगाना:— मिति:—
अनुसूची–२ (च)
ट्रेडमार्क नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा
श्री.......................................... ..........................................
मैले / हामीले मिति ........................................ मा दर्ता गरी .........................................मा लगाई राखेको ट्रेडमार्कको दर्ता अवधि समाप्त भएकाले नवीकरण बापत लाग्ने दस्तुर संलग्न छ । नवीकरण गरी दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
दरखास्तवालाको सही .................... ठेगाना:— मिति:—
अनुसूची–३
पेटेण्ट, डिजायन र ट्रेडमार्कको दरखास्त, दर्ता र नवीकरण दस्तुर
$^+$ मिति २०६२।६।१ देखि लागु हुने गरी मिति २०६२।५।१३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाबाट हेरफेर भएको ।
पटक भए पनि वार्षिक दर - रु. ५००।–
२......................... ठेगाना:– मिति:– २......................... ठेगाना:– मिति:–