विनिमेय अधिकारपत्र ऐन, २०३४
लालमोहर र प्रकाशन मिति २०३४।०९।१८
संशोधन गर्ने ऐन १. अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन ऐन, २०३९ २०३९।०७।०३ प्रमाणीकरण र प्रकाशन मिति २. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६* २०६६।१०।०७ ३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ ४. बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२ २०८२।०१।२४
२०३४ सालको ऐन नं. २६ $\propto$ विनिमेय अधिकारपत्र सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना: बैंकिङ्ग कारोबारलाई सुव्यवस्थित गर्नको लागि विनिमेय अधिकारपत्रको परिभाषा गर्न र तत्सम्बन्धी अन्य व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेंद्र बीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईबक्सेको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “विनिमेय अधिकारपत्र ऐन, २०३४” रहेको छ। (२) यस ऐनको विस्तार नेपाल $\propto$................ भर हुनेछ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ।$\times$
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “बैङ्क” भन्नाले प्रचलित कानूनबमोजिम स्थापना भएको बैङ्क सम्झनु पर्छ। (ख) “बैङ्कर” भन्नाले बैङ्किङ्ग व्यवसाय गर्ने संस्था सम्झनुपर्छ र सो शब्दले बचत बैङ्कको काम गर्ने हुलाक अड्डालाई समेत जनाउँछ। (ग) “सुरक्षण” भन्नाले कर्जाह लिँदा दिँदा प्रचलित कानूनबमोजिम निहित राखिएको वा राखिने सम्पत्ति वा तसम्बन्धी लिखित सम्झनु पर्छ। (घ) “विनिमेय (नेगोसिएसन)” भन्नाले पाउने कुनै व्यक्तिलाई धारक बन्न सक्ने गरी विनिमेय अधिकारपत्र हस्तान्तरण गर्ने कामलाई सम्झनु पर्छ। (ङ) “विनिमेय अधिकारपत्र” भन्नाले प्रतिज्ञापत्र र विनिमेयपत्र सम्झनु पर्छ। (च) “प्रतिज्ञापत्र” भन्नाले सरकारी वा बैङ्क नोट बाहेक कुनै निश्चित मिति वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह्राएकोलाई वा सो पत्र लिई आउनेवाला बिना शर्त यति रुपैयाँ दिन्छु भनी कबुल गरी दस्तखत गरी दिएको लिखित सम्झनुपर्छ। तर सो शब्दले 'मुलुकी देवानी (संहिता) ऐन २०७४' को भाग ४ को परिच्छेद-१५ बमोजिम भएको लिखितलाई जनाउने छैन। (छ) “विनिमेयपत्र” भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेका बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अह्राएकोलाई वा सो पत्र लिई आउनेलाई र यति रुपैयाँ दिनु भनी एकले अर्कोलाई बिना शर्त निर्देश गरी दस्तखत गरिएको लिखित सम्झनु पर्छ।
$\times$ यो ऐन २०३९ असाढ १४ गते देखि प्रारम्भ भएको । (नेपाल राजपत्र मिति २०३९।३।१४) $^\text{y}$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
(ज) “चेक” भन्नाले मागनासाथ भुक्तानी दिनु भनी कुनै बैंक उपर खिचेको विनिमेयपत्र सम्झनु पर्छ। (झ) “ड्राफ्ट” भन्नाले कुनै बैंकले आफ्नो एक कार्यालयबाट अर्को कार्यालय उपर कुनै खास व्यक्तिले वा निजले अह्राएकोले मागनासाथ भुक्तानी पाउने गरी खिचेको विनिमेयपत्र सम्झनु पर्छ। (ञ) “भुक्तानी पाउने व्यक्ति” भन्नाले विनिमेय अधिकारपत्रमा जसले वा जसले अह्राएकोले भुक्तानी पाउने भनी उल्लेख गरिएको व्यक्ति सम्झनु पर्छ। (ट) “धारका” भन्नाले आफ्नो नाउँको विनिमेय अधिकारपत्र प्राप्त गरी सो अधिकारपत्रमा उल्लेख भएबमोजिमको रकमको भुक्तानी पाउने हक भएको व्यक्ति सम्झनु पर्छ। (ठ) “ड्रअर” भन्नाले विनिमेयपत्र लेख्ने वा खिच्ने व्यक्ति सम्झनु पर्छ। (ड) “ड्रयी” भन्नाले विनिमेयपत्रको भुक्तानी दिन निर्देश गरिएको व्यक्ति सम्झनु पर्छ। (ढ) “वैकल्पिक ड्रयी” भन्नाले ड्रयीले विनिमेयपत्र स्वीकार नगरेमा वा भुक्तानी नदिएमा सम्पर्क राख्नुपर्ने भनी विनिमेयपत्रमा उल्लेख गरिएको वा दरपीठ गरिएको व्यक्ति सम्झनु पर्छ। (ण) “रीप्युज थकको धारक” भन्नाले लिई आउनेले भुक्तानी पाउने विनिमेय अधिकारपत्रको हकमा सो अधिकारपत्रमा कानूनबमोजिम हक हुन आएको व्यक्ति सम्झनु पर्छ। अह्राएकोले भुक्तानी पाउने विनिमेय अधिकारपत्रको हकमा भुक्तानी पाउने व्यक्ति वा निजले दरपीठ गरी दिएको व्यक्ति सम्झनु पर्छ।
तर जसबाट सो हक प्राप्त भएको छ, सो व्यक्तिको सो विनिमेय अधिकारपत्रमा हक नभएको भन्ने विश्वास गर्ने पर्याप्त कारण नभई सो विनिमेय अधिकारपत्रको भुक्तानी मिति नपुग्दै त्यस्तो हक प्राप्त गरेको वा दरपीठ भएको हुनु पर्छ।
(त) “रीतपूर्वकको भुक्तानी” भन्नाले विनिमेय अधिकारपत्र लिई आउने व्यक्तिलाई बिना लापरवाही र असल नियतले सो अधिकारपत्रमा उल्लिखित रकम भुक्तानी दिने कामलाई सम्झनु पर्छ। (थ) “दरपीठ” भन्नाले कुनै विनिमेय अधिकारपत्रको अगाडि वा पछाडि वा त्यससँग संलग्न कुनै लिखत वा कागजमा सो विनिमेय अधिकारपत्र विनिमेय गर्ने उद्देश्यले دستखत गर्ने कामलाई सम्झनु पर्छ। (द) “साधारण दरपीठ” भन्नाले दरपीठ गर्नेले आफ्नो دستखत मात्र गरेको दरपीठलाई सम्झनु पर्छ। (ध) “विशेष दरपीठ” भन्नाले कुनै खास व्यक्ति वा निजले अह्राएकोलाई भुक्तानी दिनुपर्ने गरी गरेको दरपीठलाई सम्झनु पर्छ। (न) “मागानुसार भुक्तानी पाउने विनिमेयपत्र” भन्नाले मागानुसार वा देख्नुसाथ वा प्रस्तुत गर्दासाथ भुक्तानी हुने विनिमेयपत्र सम्झनु पर्छ। (प) “भुक्तानी मिति” भन्नाले विनिमेय अधिकारपत्रमा भुक्तानी पाउने भनी लेखिएको मितिलाई सम्झनु पर्छ। (फ) “सार्वजनिक विदा” भन्नाले नेपाल सरकारले सार्वजनिक विदा भनी घोषणा गरेको दिनलाई सम्झनुपर्छ र सो शब्दले बैंकिङ्ग कारोबार नहुने दिनलाई समेत जनाउँछ। (ब) “नोटरी पब्लिक” भन्नाले दफा १०६ बमोजिम नियुक्त भएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ। (भ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन वा ऐन अन्तर्गत बनेको नियममा “तोकिएको” वा “तोकिएबमोजिम” सम्झनु पर्छ।
परिच्छेद-२ विनिमेय अधिकारपत्र, त्यसका पक्ष र निजको हक र दायित्व
३. अस्पष्ट विनिमेय अधिकारपत्र: कुनै विनिमेय अधिकारपत्र, प्रतिज्ञापत्र वा विनिमेयपत्र के हो छुट्याउन अप्ठ्यारो भएमा त्यस्तो अधिकारपत्रलाई धारकले आफ्नो इच्छाअनुसार प्रतिज्ञापत्र वा विनिमेयपत्र मान्न सक्नेछ। ४. धारकको अधिकार: धारकले विनिमेय अधिकारपत्र हस्तान्तरण गर्न सक्नेछ।
५. भुक्तानी मिति नलेखिएको विनिमेय अधिकारपत्र: भुक्तानी मिति नलेखिएको विनिमेय अधिकारपत्रको भुक्तानी मागनासाथ दिनुपर्नेछ। ६. अङ्क तथा अक्षरमा फरक: विनिमेय अधिकारपत्रमा भुक्तानी दिनुपर्ने रकमको अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिए अनुसारको रकमलाई मान्यता दिइनेछ। ७. रुप म्याद: मागनासाथ वा देख्नासाथ वा प्रस्तुत गरासाथ भुक्तानी दिनुपर्नेछ भनी नलेखिएको विनिमेय अधिकारपत्रको भुक्तानी, भुक्तानी मितिले चौथो दिनमा हुनेछ। ८. निश्चित अवधि पछिको भुक्तानी: कुनै निश्चित दिन वा प्रस्तुत गरेको खास अवधिपछि वा कुनै अवश्यम्भावी घटना घटेपछि वा त्यस्तो घटना घटेको खास अवधिपछि भुक्तानी हुने विनिमेय अधिकारपत्रको भुक्तानी उक्त अधिकारपत्रमा उल्लेख भएबमोजिम हुनेछ। ९. भुक्तानी मितिको हिसाब: कुनै अवधिपछि भुक्तानी हुने विनिमेय अधिकारपत्रको भुक्तानी मितिको हिसाब गर्दा उक्त अधिकारपत्रमा लेखिएको दिन वा स्वीकृतिको लागि प्रस्तुत गरेको दिन बाहेक गरी हिसाब गरिनेछ। १०. भुक्तानी मिति सार्वजनिक बिदाको दिन परेमा: विनिमेय अधिकारपत्रको भुक्तानी मिति सार्वजनिक बिदाको दिनमा परेमा त्यसको भोलिपल्ट भुक्तानी मिति पुगेको मानिनेछ। ११. पक्षको योग्यता: प्रचलित कानून अन्तर्गत करार गर्न सक्ने व्यक्तिले विनिमेय अधिकारपत्र लेख्ने, खिच्ने, स्वीकार गर्ने, दरपीठ गर्ने, विनिमेय गर्ने आदि सम्पूर्ण काम गर्न सक्नेछ र त्यसको निमित्त सबै पक्ष उत्तरदायी हुनेछन्। तर त्यस्तो काम नाबालकले गरेको भए निज बाहेक अरू सबै पक्षहरु उत्तरदायी हुनेछन्। १२. अभिकर्ता: अभिकर्ताले गरेको कामको निमित्त निजलाई त्यस्तो काम गर्न अख्तियारी प्रदान गर्ने मुख्य व्यक्ति उत्तरदायी हुनेछ। १३. अभिकर्ताको दायित्व: अभिकर्ताले विनिमेय अधिकारपत्रमा आफूले अभिकर्ताको हैसियतले दस्तखत गरेको कुरा खुलाएको छैन वा व्यक्तिगतरूपले आफू उत्तरदायी नहुने व्यहोरा उल्लेख नगरी दस्तखत गरेको छ भने त्यस्तो विनिमेय अधिकारपत्रको लागि व्यक्तिगत रूपले अभिकर्ता पनि उत्तरदायी हुनेछ। १४. हकवालाको दायित्व: मृत व्यक्तिको हकवालाको हैसियतले विनिमेय अधिकारपत्रमा दस्तखत गर्ने व्यक्तिले आफूले पाएको सम्पत्तिको हदसम्म मात्र उत्तरदायी हुने व्यहोरा उल्लेख नगरी
दस्तखत गरेको छ भने निज सो विनिमेय अधिकारपत्रको लागि पूर्णतया व्यक्तिगत रूपले उत्तरदायी हुनेछ।
१५. ड्रअरको दायित्व: स्वीकार गर्ने व्यक्ति वा ड्रयीबाट विनिमेयपत्र अनादर भएको वा स्वीकार नगरिएको कुरा ड्रअरलाई रीतिपूर्वक सूचित गरिएमा धारकलाई क्षतिपूर्ति गरिदिनु ड्रअरको कर्तव्य हुनेछ।
१६. चेक भुक्तानी दिने बैंकको दायित्व: ड्रअरको पर्याप्त निक्षेप भएको अवस्थामा प्रस्तुत भएको चेक रीतिपूर्वक थकको छ भने त्यस्तो चेकको भुक्तानी बैंकले दिनुपर्नेछ। त्यस्तो चेकको भुक्तानी नदिएबाट ड्रअर वा रीतिपूर्वक थकको धारकलाई कुनै हानि नोक्सानी भएमा बैंकले त्यसको क्षतिपूर्ति समेत यो ऐनबमोजिम दिनुपर्नेछ।
१७. प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिको दायित्व: प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिले भुक्तानी मिति पुगेपछि रीतिपूर्वक भुक्तानीको लागि पेश हुन आएको विनिमेय अधिकारपत्रको भुक्तानी दिनुपर्नेछ। त्यस्तो विनिमेय अधिकारपत्रको भुक्तानी नदिएबाट भुक्तानी पाउने पक्षलाई कुनै हानि नोक्सानी भएमा प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिले त्यसको क्षतिपूर्ति समेत यो ऐनबमोजिम दिनुपर्नेछ।
१८. विनिमेयपत्र स्वीकार गर्न सक्ने व्यक्ति: (१) ड्रयी वा वैकल्पिक ड्रयीले मात्र आफू उत्तरदायी हुने गरी विनिमेयपत्र स्वीकार गर्न सक्नेछ। (२) विनिमेयपत्रमा एकभन्दा बढी ड्रयी भएमा कुनै एक ड्रयीले आफ्नो निमित्त मात्र विनिमेयपत्र स्वीकार गर्न सक्नेछ। तर त्यस्तो ड्रयीहरू साझेदार भएमा वा अख्तियारी दिएकोमा एकले अर्कोको लागि विनिमेयपत्र स्वीकार गर्न सक्नेछ।
१९. दरपीठ गर्ने व्यक्तिको दायित्व: आफ्नो दायित्व सीमित हुने वा दायित्व नै नहुने कुरा नलेखी विनिमेय अधिकारपत्र दरपीठ गरी हस्तान्तरण गर्ने व्यक्ति अन्यथा करार भएमा बाहेक पछिका प्रत्येक धारक प्रति उत्तरदायी हुनेछ।
२०. रीतिपूर्वक थकको धारक प्रति पूर्व थकपर्छहरूको दायित्व: विनिमेय अधिकारपत्रको रीतिपूर्वक थकको भुक्तानी नभएसम्म प्रत्येक पूर्वथक रीतिपूर्वक थकको धारक प्रति उत्तरदायी हुनेछ।
२१. मुख्य ऋणी सरह हुने: अन्यथा करार भएकोमा बाहेक विनिमेय अधिकारपत्र स्वीकार हुनुभन्दा अगाडि सो लेख्ने, खिच्ने व्यक्तिको दायित्व र स्वीकार गरिसकेपछि स्वीकार गर्ने पक्षको दायित्व मुख्य ऋणी सरहको र त्यसमा अन्य पक्षको दायित्व जमानी सरहको हुनेछ।
२२. प्रत्येक पछिल्लो पक्षको निमित्त पूर्वपक्ष मुख्य ऋणी सरह हुने: अन्यथा करार भएकोमा बाहेक जमानीको रूपमा उत्तरदायी हुने पक्षहरूमध्ये प्रत्येक पछिल्लो पक्षको निमित्त प्रत्येक पूर्वपक्ष मुख्य ऋणी सरह उत्तरदायी हुनेछ।
२३. जमानीको दायित्व: प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकारपत्रमा जमानी हुने व्यक्तिले मुख्य ऋणीको सम्पत्तिबाट असुलउपर हुन नसकेमा मात्र निजको सम्पत्तिबाट उपर गरी लिन पाउने भन्ने कुराको स्वीकार गराउन पाउने छैन, जमानी हुनेबाट सोझै असुलउपर गर्न सकिनेछ।
२४. दरपीठ गर्ने व्यक्ति दायित्वबाट मुक्त हुने: दरपीठ गर्ने व्यक्तिको पूर्वपक्षहरूबाट भराई लिन पाउने हक धारकले निज दरपीठ गर्ने व्यक्तिको स्वीकृति बिना हनन् गर्नु हुँदैन। त्यसरी हक हनन् गरिदिएमा दरपीठ गर्ने व्यक्ति धारकप्रतिको दायित्वबाट मुक्त हुनेछ।
२५. उत्तरदायी हुन कर लाग्ने: कीर्ते हो भन्ने थाहा भएको वा कीर्ते हो भन्ने थाहा पाउन सक्ने अवस्थाको विनिमयपत्र स्वीकार गर्ने व्यक्तिले विनिमयपत्र कीर्ते भएको आधारमा आफ्नो उत्तरदायित्वबाट मुक्त हुन पाउनेछैन।
२६. प्रतिफल बिनाको विनिमय अधिकारपत्र: प्रचलित कानुन विरुद्ध लेखिएको, स्वीकार गरिएको, दरपीठ गरिएको वा हस्तान्तरण गरिएको विनिमय अधिकारपत्रले त्यस्तो काम गर्ने पक्षहरूको बीचमा भुक्तानी गर्नुपर्ने दायित्व सृजना गर्दैन। त्यस्तो विनिमय अधिकारपत्र कसैले धारकलाई दरपीठ गरी वा नगरी हस्तान्तरण गरेमा त्यसरी प्राप्त गर्ने धारकले त्यस्तो विनिमय अधिकारपत्रको रकम हस्तान्तरण गर्ने व्यक्ति वा अन्य कुनै पूर्वपक्षबाट फिर्ता लिन सक्नेछ।
२७. अको प्रति दिनुपर्ने: विनिमय अधिकारपत्र हराउने धारकले अनुरोध गरेमा ड्रअरले वा प्रतिज्ञापत्र लेखिदिने व्यक्तिले आवश्यक जमानत र प्रतिलिपि तयार गर्न लागेको खर्च लिई अको प्रति दिनुपर्नेछ।
पच्छे द-३ विनिमेय तथा दरपीठ
२८. हस्तान्तरण: हस्तान्तरण भएपछि मात्र विनिमय अधिकारपत्र लेखेको, स्वीकार गरेको वा दरपीठ गरेको कार्य पूरा भएको मानिन्छ।
२९. हस्तान्तरणद्वारा विनिमय: लिई आउनेले भुक्तानी पाउने विनिमय अधिकारपत्र हस्तान्तरणद्वारा विनिमय गर्न सकिनेछ। अधिकारपत्रमा लेखिएको वा निजले अह्राएको व्यक्तिले भुक्तानी
पाउने विनिमेय अधिकारपत्र भएमा सो अधिकारपत्रको धारकबाट दरपीठ समेत भएको हुनुपर्छ।
३०. दरपीठको असर: विनिमेय अधिकारपत्र दरपीठ गरी हस्तान्तरण गरेपछि हक हस्तान्तरण हुनेछ। धारकले सो अधिकारपत्र अरू कसैलाई दरपीठ गरी दिने वा स्वयं भुक्तानी लिन सक्नेछ।
३१. दरपीठ परिवर्तन: कुनै साधारण दरपीठ भएको विनिमेय अधिकारपत्रको धारकले साधारण दरपीठलाई विशेष दरपीठमा बदल्न सक्नेछ।
३२. दरपीठ गर्न प्रतिबन्ध लगाउन सकिने: विनिमेय अधिकारपत्र दरपीठ गर्दा सो अधिकारपत्र पुनः दरपीठ गर्न नसकिने गरी वा दरपीठमा उल्लेख गरेबमोजिम मात्र गर्ने गरी धारकको दरपीठ गर्ने हकमा प्रतिबन्ध लगाउन सकिनेछ। तर लिई आउनेले भुक्तानी पाउने विनिमेय अधिकारपत्रको हकमा उक्त प्रतिबन्ध लगाउन सकिने छैन।
३३. रीतपुर्वकको धारकबाट हक प्राप्त गर्ने धारक: रीतपुर्वकको धारकबाट विनिमेय अधिकारपत्रमा हक प्राप्त गर्ने धारकको हक रीतपुर्वकको धारक सरह नै हुनेछ।
३४. दरपीठ वा विनिमेय गर्न सकिने: दफा ३२ बमोजिम प्रतिबन्ध लगाएकोमा बाहेक विनिमेय अधिकारपत्रको प्रत्येक धनीले सो अधिकारपत्र दरपीठ वा विनिमेय गर्न सक्नेछ।
३५. दायित्व नहुने गरी दरपीठ गर्न सक्ने: दरपीठ गर्ने व्यक्तिले विनिमेय अधिकारपत्रमा आफ्नो दायित्व नहुने कुरा स्पष्ट गरी दरपीठ गर्न सक्नेछ।
३६. आंशिक रकमको दरपीठ: आंशिक रकम मात्र पाउने गरी दरपीठ भएको विनिमेय अधिकारपत्र विनिमेय गर्न सकिने छैन।
३७. हकवालाद्वारा विनिमेय: अह्राएकोले भुक्तानी पाउने विनिमेय अधिकारपत्रमा दरपीठ गर्ने व्यक्तिले अधिकारपत्र हस्तान्तरण लगदै मरेमा सो मरेका हकवालाले पनि दरपीठ नगरी अधिकारपत्र हस्तान्तरण मात्र गरी विनिमेय गर्न सक्नेछैन।
३८. गैरकानूनी तरबाट प्राप्त विनिमेय अधिकारपत्र: कुनै अपराध गरी वा जालसाजी गरी वा गैरकानूनी तरबाट विनिमेय अधिकारपत्र प्राप्त गर्ने व्यक्ति वा हराएको विनिमेय अधिकारपत्र पाउने व्यक्तिले त्यस्तो विनिमेय अधिकारपत्र खिन्ने, स्वीकार गर्ने व्यक्ति वा धारकसँग सो अधिकारपत्रमा उल्लिखित रकम उपर दाबी गर्न पाउने छैन।
३९ भुक्तानी मिति नाघेको वा अनादर गरिएको विनिमेय अधिकारपत्र: स्वीकार नगरी वा भुक्तानी गर्न इन्कार गरी अनादर गरेको विनिमेय अधिकारपत्र जानाजान लिने वा भुक्तानी मिति नाघेको विनिमेय अधिकारपत्र लिने धारकको अधिकार सो अधिकारपत्र हस्तान्तरण गर्ने व्यक्तिको भन्दा बढी हुने छैन ।
परिच्छेद-४ प्रस्तुतीकरण
४०. स्वीकृतिको लागि प्रस्तुतीकरण: प्रस्तुत गर्नुपर्ने भुक्तानी पाउने विनिमेयपत्र स्वीकृतिको लागि ड्रयी समक्ष कारोबारको दिनमा कारोबार गर्ने समयभित्र प्रस्तुत गर्नुपर्नेछ । प्रस्तुत गर्नुपर्ने दिन तथा स्थानुले зіकेकोमा स्वीकृति माग गर्ने अधिकार भएको व्यक्तिले मनासब समयभित्र ड्रयीको उचित खोजलास गरी निज समक्ष कारोबारको दिनमा कारोबार गर्ने समयभित्र प्रस्तुत गर्नुपर्नेछ । सो बमोजिम प्रस्तुत नगरेमा त्यस्तो नगर्ने व्यक्तिप्रति अन्य कुनै पक्ष उत्तरदायी हुने छैन । तर ड्रयीले उचित खोजलास गर्दा पनि फेला नपरेमा विनिमेयपत्र अनादर गरेको मानिनेछ ।
४१. ड्रयीले समय पाउने: स्वीकृतिको लागि प्रस्तुत गरिएको विनिमेयपत्र स्वीकार गर्ने वा नगर्ने विचार गर्नको लागि ड्रयीले समय मागेमा धारकले सार्वजनिक बिदा बाहेक दुई दिनको म्याद दिनुपर्नेछ ।
४२. प्रतिज्ञापत्रको प्रस्तुतीकरण: देखाएको निश्चित अवधिपछि भुक्तानी हुने प्रतिज्ञापत्र भुक्तानी पाउने अधिकार भएको व्यक्तिले प्रतिज्ञापत्र ले संकेतित व्यक्ति समक्ष प्रतिज्ञा गरिएको मनासब समयभित्र कारोबारको दिनमा कारोबार गर्ने समयभित्र देखाउनुको लागि प्रस्तुत गर्नुपर्नेछ । सो बमोजिम नगरेमा त्यस्तो नगर्ने व्यक्तिप्रति अन्य कुनै पक्ष उत्तरदायी हुनेछैन ।
४३. भुक्तानीको लागि प्रस्तुतीकरण: प्रतिज्ञापत्र, विनिमेयपत्र र चेक भुक्तानीको लागि क्रमशः लेखिदिने, स्वीकार गर्ने र ड्रयी समक्ष धारकले वा निजले अह्राएकोले कारोबार गर्ने समयभित्र प्रस्तुत गर्नुपर्नेछ । यसरी प्रस्तुत नगरेमा सो अधिकारपत्रमा उल्लेख भएका अरू पक्षहरू त्यस्ता धारकप्रति उत्तरदायी हुने छैनन् ।
४४. निर्दिष्ट स्थानमा भुक्तानी हुने विनिमेय अधिकारपत्र: कुनै निर्दिष्ट स्थानमा भुक्तानी दिने भनिएको विनिमेय अधिकारपत्र सोही स्थानमा भुक्तानीको लागि प्रस्तुत गर्नुपर्नेछ ।
४५. भुक्तानी दिने स्थान नलेखिएको विनिमय अधिकारपत्र: भुक्तानीको लागि प्रस्तुत गर्नुपर्ने स्थान नलेखिएको प्रतिज्ञापत्र सो लेखिदिने व्यक्ति समझ र विनिमयपत्र सो स्वीकार गर्ने व्यक्ति वा ड्रयी समझ निजको कारोबार गर्ने वा बसोबास गर्ने स्थानमा भुक्तानीको लागि प्रस्तुत गर्नुपर्नेछ।
४६. बसोबास गर्ने वा कारोबार गर्ने स्थान निश्चित नभएमा: भुक्तानीको लागि प्रस्तुत गर्नुपर्ने स्थान नलेखिएको विनिमय अधिकारपत्र ले लेखिदिने वा स्वीकार गर्ने व्यक्ति वा ड्रयीको बसोबास गर्ने वा कारोबार गर्ने स्थान निश्चित नभएकोमा सो अधिकारपत्र भुक्तानी स्वीकृतिको लागि निजलाई फेला परेको स्थानमा प्रस्तुत गर्नुपर्नेछ।
४७. ड्रअरमान्दा दाबी गर्नुभन्दा चेक प्रस्तुत गर्नुपर्ने: (१) जुन बैंक उपर चेक लेखिएको छ, सो बैंकमा चेक प्रस्तुत नगरी कसैले पनि ड्रअर उपर दाबी गर्न पाउँदैन। (२) मनासब समयभित्र चेक प्रस्तुत नगरेको कारणबाट कसैलाई कुनै नोक्सानी हुन गएमा सो नोक्सानीको रकम ड्रअरसँग दाबी गर्न सकिँदैन।
४८. प्रस्तुतीकरणमा ढिलाइ भएको मानिने: धारकको आफ्नो बदनियत, लापरबाही वा गल्तीबाट ढिला भएकोमा बाहेक निजको आफ्नो काबू बाहिरको परिस्थितिले गर्दातः स्वीकृति वा भुक्तानीको लागि प्रस्तुत गर्दा ढिला हुन गएकोमा ढिलो भएको मानिँदैन। तर सो परिस्थिति समाप्त भएपछि मनासब समयभित्र विनिमय अधिकारपत्र स्वीकृति वा भुक्तानीको लागि प्रस्तुत गर्नुपर्नेछ।
४९. मनासब समयमा प्रस्तुत गर्नुपर्ने: मागनाशार् भुक्तानी पाउने विनिमय अधिकारपत्रको धारकले सो अधिकारपत्र मनासब समयभित्र भुक्तानीको निमित्त प्रस्तुत गर्नुपर्नेछ।
५०. अभिकर्ता वा हकवाला समक्ष प्रस्तुत गर्न सकिने: प्रतिज्ञापत्र, विनिमयपत्र र चेक स्वीकृति वा भुक्तानीको लागि क्रमशः ले लेखिदिने, स्वीकार गर्ने र ड्रयीको अभिकर्ता समक्ष प्रस्तुत गर्न सकिनेछ। तर त्यस्तो लेखिदिने वा स्वीकार गर्ने व्यक्ति वा ड्रयीको मृत्यु भइसकेको भए सो अधिकारपत्र निजको हकवाला समक्ष प्रस्तुत गर्नुपर्नेछ।
५१. भुक्तानीको लागि प्रस्तुत नगरे पनि हुने अवस्था: देहायको अवस्थामा विनिमय अधिकार पत्र अनादर गरिएको मानिनेछ र त्यसको भुक्तानीको लागि प्रस्तुत गर्नु आवश्यक हुने छैन:- (क) लेख्ने वा स्वीकार गर्ने व्यक्ति वा ड्रयीले जानाजान विनिमय अधिकारपत्रको प्रस्तुतीकरण बाधा दिएमा, वा
(ख) भुक्तानीको लागि निर्दिष्ट स्थानमा प्रस्तुत गर्नुपर्ने भनी उल्लेख भएकोमा कारोबार गर्ने दिन तथा कारोबार गर्ने समयमा भुक्तानी दिनुपर्ने व्यक्ति वा निजको अभिकर्ता उल्लिखित स्थानमा उपस्थित नभएमा, वा (ग) भुक्तानी दिनुपर्ने व्यक्तिले कारोबार गर्ने दिन कारोबार गर्ने समयभित्र कार्यालय बन्द गरेमा, वा (घ) कुनै निर्दिष्ट स्थान प्रस्तुत गर्नुपर्ने भनी नलिखेको विनिमय अधिकारपत्र प्रस्तुत गरेको लागि भरमग्दुर कोशिश गर्दा पनि सम्बन्धित पक्ष फेला नपरेमा।
५२. लापरवाही वा गल्ती भएमा क्षतिपूर्ति दिनुपर्ने: कुनै खास बैंकबाट भुक्तानी हुने गरी स्वीकार भएको विनिमयपत्र भुक्तानीको लागि रीतपूर्वक प्रस्तुत भएकोमा बैंकको लापरवाही वा गल्तीको कारणबाट धारकलाई हानी नोक्सानी हुने गरी अनादर भएमा सो बैंकले धारकलाई यस ऐन बमोजिम क्षतिपूर्ति दिनुपर्नेछ।
परिच्छेद-५ भुक्तानी व्याज र दायित्वबाट मुक्ति
५३. भुक्तानी: दफा ५६ को अधीनमा रही विनिमय अधिकारपत्रको भुक्तानी धारकलाई दिनुपर्नेछ। तर कुनै बैंक उपर खिचिएको चेक वा ड्राफ्ट खिचिएको मितिले ६ महिनाभित्र भुक्तानीको लागि बैंक समक्ष प्रस्तुत नगरिएमा त्यसको भुक्तानी दिन बैंक बाध्य हुने छैन।
५४. व्याज: प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विनिमय अधिकारपत्रमा व्याज दर लेखिएकोमा सोही बमोजिम हुनेछ। तर क्षतिपूर्ति वा हानी नोक्सानी भराइको लागि व्याज कायम गर्दा वाणिज्य बैंकले कजातमा लिने अधिकतम व्याजदरबाट हिसाब गरिनेछ।
५५. भुक्तानी पाएपछि विनिमय अधिकारपत्र हस्तान्तरण गर्नुपर्ने: भुक्तानी दिने व्यक्तिले भुक्तानी दिनुभन्दा अघि विनिमय अधिकारपत्र हेर सक्नेछ र भुक्तानी दिएपछि सो अधिकारपत्र खिची लिन सक्नेछ।
५६. दायित्वबाट मुक्त हुने अवस्था: देहायको अवस्थामा विनिमय अधिकारपत्र किन्ने, स्वीकार गर्ने वा दरपीठ गर्ने पछि आफ्नो दायित्वबाट मुक्त हुनेछ:-
(क) स्वीकार गर्ने वा दरपीठ गर्ने पक्षलाई दायित्वबाट मुक्तिदिने विचारबाट कुनै धारकले निजको नाम काटी दिएमा त्यस्तो नाम काटिएका पक्ष धारकप्रति वा निजबाट हक प्राप्त गर्ने वा खिच्ने पक्ष प्रतिको दायित्वबाट, (ख) कुनै धारकले स्वीकार गर्ने वा दरपीठ गर्ने वा खिच्ने पक्षलाई दायित्वबाट मुक्त गरेको सूचना पठाएमा स्वीकार गर्ने, दरपीठ गर्ने सबै पक्ष त्यस्तो सूचना पठाउने धारक वा निजबाट हक प्राप्त गर्ने पक्षहरूप्रतिको दायित्वबाट, (ग) लिई आउनेलाई भुक्तानी दिने वा साधारण दरपीठ गरिएको विनिमय अधिकारपत्र भएमा त्यस्तो अधिकारपत्र खिच्ने, स्वीकार गर्ने वा दरपीठ गर्ने पक्षले दिनुपर्ने रकमको रीतपूर्वक थकको भुक्तानी दिएमा निज त्यस्तो विनिमय अधिकारपत्रसँग सम्बन्धित सबै पक्षहरूप्रतिको दायित्वबाट।
५७. भुक्तानी दिनेलाई पर्याप्त समय दिएमा दायित्वबाट मुक्ति: कुनै धारकले विनिमयपत्रको भुक्तानी दिने पक्षलाई सो स्वीकार गरिथ सार्वजनिक बिदाको दिन बाहेक दुई दिनभन्दा बढी समय दिएमा त्यसको समर्थन नगर्ने पूर्वपक्षहरू त्यस्ता धारकप्रतिको दायित्वबाट मुक्त हुनेछन्।
५८. “लिई आउने वा अह्राएको” व्यक्तिलाई भुक्तानी दिनुपर्ने चेकको दायित्वबाट मुक्ति: “लिई आउने” लाई भुक्तानी दिनुपर्ने चेकको हकमा चेकको पछाडि जस्तोसुकै दरपीठ गरिएको भएतापनि लिई आउनेलाई रीतपूर्वक थकको भुक्तानी दिएपछि र “अह्राएको”लाई भुक्तानी दिनुपर्ने चेकको हकमा भुक्तानी पाउने वा निजले दरपीठ गरिरहेको व्यक्तिलाई रीतपूर्वक थकको भुक्तानी भएपछि ड्राईभ आफ्नो दायित्वबाट मुक्त हुनेछ।
५९. ड्राफ्ट भुक्तानी गरे दायित्वबाट मुक्ति: कुनै बैंकको एक कार्यालयको सोही बैंकको अर्को कार्यालयबाट मागसाख अह्राएकोलाई भुक्तानी पाउने गरी खिचेको ड्राफ्टमा भुक्तानी पाउने वा निजले दरपीठ गरिरहेको व्यक्तिलाई रीतपूर्वक थकको भुक्तानी भएपछि भुक्तानी दिने बैंक दायित्वबाट मुक्त हुनेछ।
६०. शर्त सहितको स्वीकृति: विनिमयपत्रको धारकले शर्त सहित स्वीकार गरेकोलाई मान्यता दिएमा त्यस्तो शर्तलाई मान्यता दिन सहमति दिने पक्ष बाहेक अरू सबै पूर्वपक्षहरू दायित्वबाट मुक्त हुनेछन्।
६१. विनिमेय अधिकारपत्रमा थपघट वा केरमेट: विनिमेय अधिकारपत्रमा मुख्य पक्षहरूको एउटै मनसायले थपघट वा केरमेट गरिएकोमा बाहेक सो अधिकारपत्रको मूलभूत कुरामा थपघट वा केरमेट गरिएकोमा थपघट वा केरमेट गर्ने वा सो गर्ने सहमति दिने पक्ष बाहेक अरू सबै पूर्वपक्षहरू दायित्वबाट मुक्त हुनेछन्। स्पष्टीकरण: “मूलभूत कुरामा थपघट वा केरमेट गरेको” भन्नाले विनिमेय अधिकारपत्रमा अर्कै अर्थ लाग्ने गरी वा विनिमेय अधिकारपत्रको रूप नै बदल्ने गरी वा सम्बन्धित पक्षहरूको दायित्वमा नै परिवर्तन आउने गरी थपघट वा केरमेट गर्ने कामलाई सम्झनुपर्छ।
६२. केरमेट वा थपघट देखिने विनिमेय अधिकारपत्रको भुक्तानी: मूलभूत कुरामा केरमेट वा थपघट भएको तर सरसररी हेर्दा सो कुरा देखिने विनिमेय अधिकारपत्र वा सरसररी हेर्दा रेखाङ्कित चिन्ह देखिने रेखाङ्कित चेकको रीतपूर्वक थकको भुक्तानी दिने व्यक्ति वा बैंक आफ्नो दायित्वबाट मुक्त हुनेछ।
६३. सबै पक्ष दायित्वबाट मुक्त हुने: भुक्तानी वा सन्तुष्टि अवधि पूरा भएको विनिमेयपत्र रीतपूर्वक थकको भुक्तानी वा सन्तुष्टि भई स्वीकार गर्ने व्यक्तिको अधिकारमा आएपछि त्यस पत्रसँग सम्बन्धित दायित्वबाट अरू सबै पक्षहरू मुक्त हुनेछन्।
परिच्छेद-६ अनादरको सूचना
६४. अस्वीकृतिद्वारा अनादर: (१) स्वीकृतिको लागि प्रस्तुत गरिएको विनिमेयपत्र स्वीकृत गर्नुपर्ने ड्रयीले स्वीकार नगरेमा वा साझेदारीमा रहेका धेरै ड्रयीमध्ये कुनै एक ड्रयीले स्वीकार नगरेमा विनिमेयपत्र अस्वीकृत गरी अनादर गरेको मानिनेछ। (२) कुनै शर्तमा मात्र स्वीकार गर्न मञ्जुर गरेमा ड्रयी करार गर्न अयोग्य भएमा विनिमेयपत्र अनादर गरेको मानिनेछ।
६५. भुक्तानी दिन इन्कार गरी गरिएको अनादर: प्रनिज्ञापत्र लेखिदिने व्यक्तिले वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिले वा चेकको ड्रयीले भुक्तानी दिनुपर्ने रकमको भुक्तानी नदिएमा सो प्रनिज्ञापत्र, विनिमेयपत्र वा चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिनेछ।
६६. अनादरको सूचना: विनिमेय अधिकारपत्र अस्वीकृतिद्वारा वा भुक्तानी दिन इन्कार गरी अनादर गरिएकोमा सो कुराको सूचना धारक वा त्यसप्रति उत्तरदायी हुने कुनै पक्षले सो अधिकारपत्रसँग सम्बन्धित सबै पक्षलाई दिनुपर्नेछ र यीमध्ये कुनै पक्षलाई यस्तो कुरा सूचित नगरिएको भए त्यस्तो पक्ष सो अधिकारपत्रप्रति उत्तरदायी हुनेछैन।
तर यस दफामा लेखिएको कुनै कुराले प्रतिज्ञापत्र लेखिदिने व्यक्ति विनिमेयपत्र स्वीकार गर्ने व्यक्ति वा ड्रयीलाई अनादर भएको सूचना गर्न आवश्यक हुने छैन।
६७. अनादरको सूचना दिने तरिका: अनादरको सूचना जुन व्यक्तिलाई दिनुपर्ने हो, निजलाई वा निजको अधिकार प्राप्त अभिकर्तालाई वा निजको मृत्यु भएमा निजको हकवालालाई मौखिक वा लिखित रूपमा दिन सकिनेछ। लिखित रूपमा सूचना दिँदा हुलाकद्वारा रजिष्टरी गरी जुनसुकै ढाँचामा दिन सकिनेछ। यस्तो सूचना विनिमेय अधिकारपत्र अनादर भएको कुराको अतिरिक्त सूचित गरिएको व्यक्ति कुन रूपमा उत्तरदायी हुने हो सो कुरा समेत स्पष्ट खुलाई मनासिब समयभित्र निजको कारोबार गर्ने वा बसोबास गर्ने स्थानमा दिनुपर्छ। हुलाकद्वारा रसिदपुष्ट थक पठाएको सूचना कुनै कारणवश सम्बन्धित व्यक्ति कहाँ नपुगेमा सूचना पठाएको भन्ने मानिने छैन।
६८. अभिकर्ताले अनादरको सूचना गर्था पाउने समय: विनिमेय अधिकारपत्र प्रस्तुतीकरणको लागि कुनै अभिकर्ता मार्फत प्रस्तुत भएमा त्यस्तो अभिकर्ताले सम्बन्धित मुख्य पक्षलाई अनादरको सूचना गर्था जारीकले पाए सरहको समय पाउनेछ।
६९. सूचित गरिएको व्यक्तिको मृत्यु भएमा: विनिमेय अधिकारपत्र अनादर भएको सूचना गरिएको व्यक्तिको मृत्यु भएको रहेछ र सो कुराको जानकारी अनादरको सूचना दिने व्यक्तिलाई थाहा नभएमा निजले दिएको त्यस्तो सूचना अमान्य हुने छैन।
७०. अनादरको सूचना दिनुपर्ने अवस्था: देहायको कुनै अवस्थामा अनादरको सूचना दिनु पर्ने छैन:- (क) सूचना पाउनुपर्ने पक्षले आफ्नो व्यवहारद्वारा सूचना दिनु पर्ने गरेमा, (ख) ड्रअरले भुक्तानी रोक्का गरेमा, (ग) सूचना नगरेको कारणबाट पक्षलाई कुनै नोक्सानी हुने भएमा, (घ) स्वीकार गर्ने व्यक्ति आफै ड्रअर भएमा, (ङ) विनिमेय गर्थ सकिने प्रतिज्ञापत्र भएमा, (च) सूचना पाउनुपर्ने पक्षले भरमग्दुर खोज्दा पनि फेला नपरेमा वा सूचना दिनुपर्ने व्यक्तिले आफ्नो गल्तीले बाहेक अन्य कुनै कारणवश सूचना दिन नसक्ने भएमा, (छ) सूचना पाउनुपर्ने पक्षले अनादर भएको कुरा थाहा पाउँदा पाउँदै विनिमेय अधिकारपत्रको रकम बिना शर्त भुक्तानी दिन कबुल गरेमा।
७१. अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा जनाउन लगाउन (नोट गराउन) सकिने: विनिमेय अधिकारपत्र भुक्तानी दिन इन्कार गरी वा स्वीकार नगरी अनादर भएमा धारकले सो कुरा मनासिब समयभित्र नोटरी पब्लिक समक्ष उजूर गरी सो पत्र वा त्यससाथ संलग्न कागजमा अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा जनाउन लगाउन (नोट गराउन) सक्नेछ। यसरी जनाउन लगाउँदा अनादर भएको दिन र अनादर भएको कारण उल्लेख गर्नुपर्नेछ र विनिमेय अधिकारपत्र स्पष्ट रूपमा अनादर गरिएको भई धारकले अनादर भएको मान्नाको कारण भएमा सो समेत स्पष्ट उल्लेख हुनुपर्नेछ।
७२. अनादर भएको व्यहोरा प्रमाणित गराई लिन सकिने: दफा ७१ बमोजिम जनाई सकेपछि धारकले नोटरी पब्लिकबाट अनादर भएको व्यहोरा प्रमाणित गराई लिन सक्नेछ।
७३. थप सुरक्षण मागेको व्यहोरा प्रमाणित गराई लिन सकिने: विनिमेयपत्रको भुक्तानी अवधि पूरा हुनु अगावै विनिमेयपत्र स्वीकार गर्ने व्यक्ति ऋण निथार्न नसकी साहू को दामासाही परेमा धारकले मनासिब समयभित्र नोटरी पब्लिक समक्ष उजूर गरी निजबाट थप सुरक्षण माग्न लगाउन सक्नेछ। यसरी थप सुरक्षण माग्दा दिनिएमा मनासिब समयभित्र नोटरी पब्लिकबाट सो कुरा प्रमाणित गराई लिनुपर्नेछ।
७४. प्रमाणित गराउँदा समावेश हुनुपर्ने कुराहरू: अनादर भएको वा थप सुरक्षण दिन इन्कार गरेको व्यहोरा प्रमाणित गराई लिँदा देहायको विवरण समावेश हुनुपर्नेछ:- (क) विनिमेय अधिकारपत्र वा त्यसको प्रतिलिपि र त्यसमा लिखित वा मुद्रित सबै कुराहरू, (ख) पक्ष वा विपक्षको नाम, (ग) नोटरी पब्लिकले त्यस्ता व्यक्तिनिस् व्यक्ति-स्वतः स्वीकृतिका वा भुक्तानी वा थप सुरक्षण मागेको विवरण, सो व्यक्तिले उत्तर दिएको भए त्यसको विवरण र उत्तर दिएको भए सो दिएको व्यहोरा खोजतलास गर्दा पनि फेला परेको भए सोही विवरण, (घ) विनिमेय अधिकारपत्र अनादर गरिएको भए अनादर गरिएको स्थान र समय र थप सुरक्षण दिन इन्कार गरेको स्थान र समय।
७५. प्रमाणित गराइएको सूचना: कुनै विनिमेय अधिकारपत्र अनादर भएको व्यहोरा कुनै प्रचलित कानून अनुसार प्रमाणित गराउनुपर्ने भएमा अनादरको सूचना पठाउनुको सट्टा नोटरी
पब्लिकद्वारा प्रमाणित गराई लिएको सूचना पठाउनु पर्नेछ। त्यस्तो सूचना प्रमाणित गर्ने नोटरी पब्लिकले पनि पठाउन सक्नेछ।
७६. अस्वीकार गरी अनादर गरेमा भुक्तानी दिनेको भनी प्रमाणित गराई लिन सक्ने: ड्रयीको बसोबास गर्ने भनी उल्लेख गरिएको स्थान बाहेक अन्य कुनै स्थानमा भुक्तानी हुने गरी लेखिएको सबै विनिमयपत्रहरू ड्रयीले अस्वीकार गरी अनादर गरेको भएमा ड्रयी समक्ष पुनः प्रस्तुत नगरीकै भुक्तानी दिएको भनी भुक्तानी दिनुपर्ने स्थानमा प्रमाणित गराई लिन सकिनेछ।
७७. विदेशी विनिमयपत्र प्रमाणित गराई लिनुपर्ने: कुनै विदेशी विनिमयपत्र निष्कासन गरेको मुलुकको कानून अनुसार अनादर भएको व्यहोरा प्रमाणित गराई लिनुपर्ने भएमा त्यस्तो विदेशी विनिमयपत्रको पनि अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा प्रमाणित गराई लिनु पर्नेछ।
परिच्छेद-७ मनासिब समय सम्बन्धमा
७८. मनासिब समयको निर्धारण: कुनै विनिमय अधिकारपत्रको स्वीकृति वा भुक्तानीको निमित्त प्रस्तुत गर्ने, अनादरको सूचना दिने र अनादर भएको जानुइ लगाउने सम्बन्धमा मनासिब समयको निर्धारण गर्नु पर्दा सो अधिकारपत्रको प्रकृति र त्यस्तो प्रकारको विनिमय अधिकारपत्र सम्बन्धमा साधारणतया अपनाई आएको व्यवहारलाई ध्यानमा राखी निर्धारण गर्नु पर्नेछ। सो समयको हिसाब गर्दा सार्वजनिक बिदाको दिनलाई गणना गरिने छैन।
७९. अनादरको सूचनाको हकमा मनासिब समयको निर्धारण: धारक र अनादरको सूचना पाउने पक्ष भिन्नभिन्न स्थानमा कारोबार गर्ने वा बसोबास गर्ने भएमा सो अनादर भएको भोलिपल्ट सो अनादरको सूचना हुलाकद्वारा रजिष्टरी गरी वा अन्य माध्यमद्वारा ती व्यक्तिहरूलाई पठाएमा त्यस्तो सूचना मनासिब समयभित्र पठाएको मानिनेछ। दुवै पक्ष एकै स्थानमा कारोबार गर्ने वा बसोबास गर्ने भएमा सो अनादर भएको भोलिपल्ट नै सो स्थानमा पुग्ने गरी सो अनादरको सूचना पठाएमा त्यस्तो सूचना मनासिब समयभित्र पठाएको मानिनेछ।
८०. पूर्व पक्षलाई उत्तरदायी बनाउन सूचना दिनुपर्ने मनासिब समय: अनादरको सूचना पाउने पक्षले पूर्व पक्षलाई आफूप्रति उत्तरदायी बनाउन चाहेमा त्यस्तो सूचना प्राप्त गरेपछि आफू धारक भएको भए जति समयभित्र सूचना पठाउनुपर्ने थियो, त्यतिकाै समयभित्र पठाएको सूचनालाई मनासिब समयभित्र पठाएको मानिनेछ।
परिच्छेद-८ रेखाङ्कित चेक
८१. साधारण रेखाङ्कित चेक: चेकको अग्र भागमा दुई समानान्तर रेखाभित्र “र कम्पनी” (एण्ड कम्पनी) वा त्यसको संक्षिप्त शब्दहरू लेखिएको वा दुई समानान्तर रेखा मात्र कोरिएका भए त्यसमा “विनिमेय गर्न नसकिने” (नट नेगोसिएबल) भन्ने शब्दहरू लेखिएको वा नलेखिएको जे भए तापनि त्यस्तो चेकलाई साधारण रेखाङ्कित चेक मानिनेछ।
८२. विशेष रेखाङ्कित चेक: चेकको अग्र भागमा बैङ्कको नाम लेखिएको भए त्यसमा “विनिमेय गर्न नसकिने” (नट नेगोसिएबल) भन्ने शब्दहरू लेखिएको वा नलेखिएको जे भए तापनि त्यस्तो चेकलाई विशेष रेखाङ्कित चेक मानिनेछ।
८३. निष्कासन पछिको रेखाङ्कन: (१) रेखाङ्कित नगरिएको चेकलाई जारीकले साधारण वा विशेष रेखाङ्कित चेक बनाउन सक्नेछ। (२) साधारण रेखाङ्कित चेकलाई जारीकले विशेष रेखाङ्कित चेक बनाउन सक्नेछ। (३) साधारण वा विशेष रेखाङ्कित चेकमा जारीकले “विनिमेय गर्न नसकिने” (नट नेगोसिएबल) भन्ने शब्दहरू थप्न सक्नेछ। (४) कुनै बैङ्कको नाममा रेखाङ्कित गरिएको विशेष रेखाङ्कित चेकलाई सो बैङ्कले सटिङको लागि पठाउँदा अर्को बैङ्क वा आफ्नो अभिकर्ताको नाममा पुनः विशेष रेखाङ्कन गर्न सक्नेछ। (५) रेखाङ्कित गरिएको चेकको ड्रअरले सो चेकको रेखाङ्कन रद्द गर्न सक्नेछ।
८४. रेखाङ्कित चेकको भुक्तानी: (१) साधारण रेखाङ्कित चेकको भुक्तानी बैङ्क बाहेक अरूलाई दिइने छैन। (२) विशेष रेखाङ्कित चेकको भुक्तानी जुन बैङ्कको नाउँमा रेखाङ्कित गरिएको छ सो बैङ्क वा त्यसको अभिकर्ता बाहेक अरूलाई दिइने छैन।
८५. खातामा मात्र (एकाउण्ट पेयी) भन्ने उल्लेख भएको चेकको भुक्तानी: “खातामा मात्र” (एकाउण्ट पेयी) भन्ने शब्दहरू लेखिएको रेखाङ्कित चेकको भुक्तानी बैङ्कले जसको नाममा चेक लेखिएको छ सोही व्यक्तिको खातामा जम्मा गरी मात्र भुक्तानी दिनेछ।
८६. एक पटकभन्दा बढी विशेष रेखाङ्कन भएको चेकको भुक्तानी: कुनै चेक एकभन्दा बढी बैङ्कको नाउँमा विशेष रेखाङ्कित गरिएको भए सटिङको निमित्त अभिकर्ताको नाममा विशेष रेखाङ्कित गरिएकोमा बाहेक त्यस्तो चेकको भुक्तानी दिइने छैन।
८७. रेखाङ्कित चेकको रीतपूर्वक थकको भुक्तानी: कुनै बैङ्कले आफू उपर खिचिएको रेखाङ्कित चेकको रीतपूर्वक थकको भुक्तानी दिएको छ भने सो भुक्तानी दिने बैङ्क र ड्रअरको हक तथा दायित्व त्यस्तो चेकको खास धनीलाई भुक्तानी दिएको अवस्थामा हुने हक र दायित्व सरह हुनेछ।
८८. रेखाङ्कित चेकको बेरीतपूर्वक थकको भुक्तानी: कुनै बैङ्कले दफा ८४ र ८५ को रीत नपुर्याई रेखाङ्कित चेकको भुक्तानी दिएमा त्यस्तो भुक्तानी दिएको कारणबाट चेकको खास धनीलाई कुनै हानि नोक्सानी हुन गएमा भुक्तानी दिने बैङ्क उत्तरदायी हुनेछ।
८९. “विनिमय गर्न नसकिने” (नट नेगोसिएबल) भन्ने उल्लेख भएको चेक: विनिमय गर्न नसकिने (नट नेगोसिएबल) भन्ने शब्दहरू लेखिएको साधारण वा विशेष रेखाङ्कित चेक प्राप्त गर्ने व्यक्तिले जसबाट चेक प्राप्त गरेको हो निजको त्यस चेकमा भएको भन्दा बढी हक प्राप्त गर्न वा सो भन्दा बढी हक प्रदान गर्न सक्दैन।
९०. चेकको भुक्तानी प्राप्त गरिदिने बैङ्क उत्तरदायी नहुने: लापरवाही नगरी असल नियतले बैङ्कले ग्राहकको लागि कुनै रेखाङ्कित चेकको भुक्तानी लिई दिएमा पनि त्यस्तो चेकमा ग्राहकको हक भएको भन्ने प्रमाणित हुन आए तापनि भुक्तानी लिई दिएको कारणले मात्र बैङ्क सो चेकको खास धनीप्रति उत्तरदायी हुने छैन।
९१. यो परिच्छेदको व्यवस्था ड्राफ्टको हकमा पनि लागू हुने: यस परिच्छेदका कुराहरू ड्राफ्टको हकमा पनि चेक सरह लागू हुनेछन्।
परिरच्छेद-९ विविध
९२. सम्मानको خاطر स्वीकृति: विनिमयपत्र स्वीकार गर्न इन्कार गरेको वा रुप सुरक्षण दिन इन्कार गरिएको कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराएकोमा सो विनिमयपत्र प्रति उत्तरदायी नभएको कुनै व्यक्तिले जारीकको स्वीकृति लिई विनिमयपत्रका कुनैपिकको सम्मानको خاطر त्यस्तो विनिमयपत्र आफूले स्वीकार गर्न सक्दछ।
९३. सम्मानको خاطر स्वीकार गर्ने तरिका: सम्मानको خاطر स्वीकार गर्न चाहने व्यक्तिले आफ्नो हस्ताक्षरले ड्रअर वा फलाका दरपीठ गर्ने व्यक्तिको सम्मानको خاطر स्वीकार गरेको भनी सम्बन्धित विनिमयपत्रमै लेखी सहीछाप गर्नुपर्नेछ। त्यस्तो नाम उल्लेख नभएकोमा ड्रअरको सम्मानको خاطر स्वीकार गरेको मानिनेछ।
९४. सम्मानको خاطر स्वीकार गरेको दायित्व: (१) ड्रयीले विनिमयपत्रको भुक्तानी नदिएमा सम्मानको خاطر स्वीकार गर्नेले जसको सम्मानको خاطر स्वीकार गरेको हो सोभन्दा
पछिका सबै पक्षहरूप्रति उत्तरदायी हुनुपर्नेछ। यसरी सम्मानको खातिर स्वीकार गर्नेले व्यहोर्नु परेको खर्च वा तत्सम्बन्धमा निजलाई हुन गएको हानी नोक्सानी जसको सम्मानको खातिर स्वीकार गरिएको हो, त्यस्ता पक्ष वा सोभन्दा अघिका पक्षहरूबाट भराई लिन पाउनेछ। तर सम्मानको खातिर स्वीकार गर्ने व्यक्ति समक्ष विनिमयपत्र प्रस्तुत नगरिएमा निज सो विनिमयपत्रको लागि उत्तरदायी हुनेछैन। (२) विनिमयपत्रको भुक्तानी मिति पूरा भएपछि द्वितीय समक्ष भुक्तानीको लागि प्रस्तुत गर्दा निजले भुक्तानी दिन इन्कार गरेमा र सो कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएकोमा मात्र सम्मानको खातिर स्वीकार गर्ने पक्ष उत्तरदायी हुनेछ।
९५. सम्मानको खातिर भुक्तानी दिन सकिने: (१) विनिमयपत्रको भुक्तानी दिनेको कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएकोमा भुक्तानी दिनुपर्ने व्यक्तिको सम्मानको खातिर अन्य कुनै व्यक्तिले त्यसको भुक्तानी दिन सक्नेछ। तर यसरी भुक्तानी दिनुभन्दा अगाडि निज वा निजको अभिकर्ताले फलानाको सम्मानको खातिर भुक्तानी दिएको भन्ने व्यहोरा नोटरी पब्लिकको अभिलेखमा जमा लगाउनु पर्नेछ। (२) उपदफा (१) बमोजिम भुक्तानी दिँदा भुक्तानी दिने पक्षले धारकको सम्पूर्ण अधिकार प्राप्त गर्नेछ र निजले जसको सम्मानको खातिर भुक्तानी गरेको हो उसबाट भुक्तानी दिएको रकम, त्यसको ब्याज र त्यस सम्बन्धमा भएको सबै खर्च समेत भराई लिन पाउनेछ।
९६. वैकल्पिक ड्रयीले अनादर नगरेसम्म अनादर नमानिने: विनिमयपत्रमा वा त्यसको दरपीठमा वैकल्पिक ड्रयीको नाम उल्लेख गरिएकोमा निजले अनादर नगरेसम्म विनिमयपत्र अनादर गरिएको मानिने छैन।
९७. प्रमाणित नगराइएको भएपनि स्वीकृति र भुक्तानी हुन सकिने: नोटरी पब्लिकद्वारा अगावै प्रमाणित नगराइएको भए तापनि वैकल्पिक ड्रयीले विनिमयपत्र स्वीकार गर्न र भुक्तानी दिन सक्नेछ।
९८. विनिमयपत्र विभिन्न प्रतिहरूमा लेख्न सकिने: एउटै विनिमयपत्र विभिन्न प्रति बनाई लेख्न सकिनेछ। प्रत्येक प्रतिमा सङ्ख्या र अर्को प्रतिमा भुक्तानी नभएसम्म मात्र त्यसको भुक्तानी पाउने भन्ने सर्त सहितको वाक्यांश राख्नु पर्नेछ। सबै प्रति मिलेर विनिमयपत्रको एक सेट
बन्नेछ र सम्पूर्ण सेटलाई एउटै विनिमेयपत्र मानिनेछ। त्यस्तो सेटको कुनै प्रनिको स्वीकृति वा भुक्तानी भइसकेपनि बाँकी प्रनिको पनि स्वीकृति वा भुक्तानी भै सकेको मानिनेछ।
९९. विदेशी विनिमेय अधिकारपत्र सम्बन्धी व्यवस्था: अन्यथा करार गरिएकोमा बाहेक कुनै विदेशी विनिमेय अधिकारपत्र निष्कासन गर्ने वा खिच्ने व्यक्तिको दायित्व सो विनिमेय अधिकारपत्र निष्कासन गर्ने वा खिच्ने व्यक्तिको दायित्व सो विनिमेय अधिकारपत्र निष्कासन गरिएको वा खिच्चिएको मुलुकको कानून अनुसार हुनेछ, त्यसै स्वीकार गर्ने र दरपीठ गर्ने व्यक्तिको दायित्व पनि सो अधिकारपत्र भुक्तानी हुने मुलुकको कानून अनुसार हुनेछ।
१००. भुक्तानी हुने मुलुकको कानून बमोजिम हुने अवस्था: विनिमेय अधिकारपत्र खिच्चिएको मुलुक, दरपीठ गरिएको मुलुक र भुक्तानी हुने मुलुक बेग्लाबेग्लै भएमा के कुरा गदाथ अनादर हुने र कुन अवस्थामा अनादरको सूचना गरिएको पर्याप्त हुने भन्ने कुरा भुक्तानी हुने मुलुकको कानूनले व्यवस्था गरे बमोजिम हुनेछ।
१०१. विदेशमा (लेखिएको वा खिच्चिएको) विनिमेय अधिकारपत्रको वैधानता: विदेशमा लेखिएको, खिच्चिएको, स्वीकार गरिएको, दरपीठ गरिएको वा जारी गरिएको तर नेपाल कानून अनुसार रीति पुगेको विनिमेय अधिकारपत्र सम्बन्धि विदेशी कानून अनुसार अवैध हुने किसिमको सम्झौता भएको प्रमाण भएमा पनि नेपाल ........... भित्र त्यस्तो अधिकारपत्रमा पछि गरिएको स्वीकृति वा दरपीठ वैध मानिनेछ।
१०२. विदेशी कानून नेपाल कानून सरह मान्य हुने अवस्था: नेपाल कानूननसित बाझिने भनी प्रमाणित नभएसम्म विनिमेय अधिकारपत्र सम्बन्धी विदेशी कानून प्रचलित नेपाल कानून सरह मानिनेछ।
१०३. प्रमाणसम्बन्धी विशेष व्यवस्था: अन्यथा प्रमाणित भएमा बाहेक देहायमा लेखिएका काम कुरा भए गरेको मानिनेछ :- (क) विनिमेय अधिकारपत्र लेखिएको, खिचेको, स्वीकार गरेको, दरपीठ गरेको, विनिमेय गरेको वा हस्तान्तरण गरेकोमा प्रचलित कानून बमोजिम सो भए गरेको मानिनेछ। (ख) विनिमेय अधिकारपत्रमा मिति लेखिएको भए सोही मितिमा सो खिच्चिएको वा निष्कासन गरिएको मानिनेछ।
(ग) विनिमेय अधिकारपत्र हस्तान्तरण भएकोमा भुक्तानी अवधि पूरा हुनु अगावै सो हस्तान्तरण भएको मानिनेछ। (घ) विनिमेयपत्र स्वीकार गरिएकोमा मनासब समयभित्रै र भुक्तानी अवधि पूरा हुनु अगावै सो स्वीकार गरिएको मानिनेछ। (ङ) विनिमेय अधिकारपत्रमा दरपीठ गरिएकोमा जुन रूपमा दरपीठ गरिएको छ, सोही मुताबिक दरपीठ गरिएको मानिनेछ। (च) विनिमेय अधिकारपत्रको धारकलाई रीतपूर्वक ढकको धारक मानिनेछ। तर देहायको अवस्थामा रीतपूर्वक ढकको धारक हुँदैन भन्ने कुरा प्रमाणित गर्ने भार धारक माथि नै हुनेछ:- (१) प्रचलित कानून अनुसार स्वामित्व भएको वा राखेको व्यक्तिबाट कुनै अपराध गरी वा जालसाजी गरी विनिमेय अधिकारपत्र प्राप्त गरेको भएमा, (२) लेख्ने वा स्विच्ने वा स्वीकार गर्ने व्यक्तिबाट कुनै अपराध गरी वा जालसाजी गरी वा गैरकानूनी तरबाट विनिमेय अधिकारपत्र प्राप्त गरेको भएमा। (छ) अनादर गरिएको विनिमेय अधिकारपत्र सम्बन्धी मुद्दामा अनादर गरेको कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएको भए, त्यस्तो कुरालाई अनादर गरेको हो भने अदालतले मान्नेछ।
१०४. रीतपूर्वक ढकको धिन भनी भन्न नपाउने अवस्था: विनिमेय अधिकारपत्र लेख्ने वा स्विच्ने व्यक्तिले वा ड्रअरले र ड्रअरको सम्मतिको लागि स्वीकार गर्ने व्यक्तिले रीतपूर्वक ढकको धारकद्वारा चलाइएको मुद्दामा त्यस्तो विनिमेय अधिकारपत्र शुरुमा नै रीतपूर्वक स्विच्निएको वा निष्कासन गरिएको धिन भनी भन्न पाउने छैन।
१०५. सहीछाप वा करार गर्ने योग्य धिन भनी भन्न नपाउने अवस्था: विनिमेय अधिकारपत्रमा दरपीठ गर्ने व्यक्तिले पछिल्लो धारकद्वारा चलाएको मुद्दामा विनिमेय अधिकारपत्रमा उल्लिखित पूर्व पक्षहरूको सहीछाप वा निजहरू करार गर्ने योग्य धिन भनी भन्न पाउने छैनन्।
१०६. नोटरी पब्लिकको नियुक्ति: नोटरी पब्लिकले गर्नुपर्ने काम गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नोटरी पब्लिक नियुक्ति गर्न वा सो काम गर्न कुनै अधिकारीलाई तोक्न सक्नेछ।
१०६क. नोटरी पब्लिक सम्बन्धी व्यवस्था: नोटरी पब्लिकको योग्यता, प्रमाणपत्र, आचरण, दस्तुर र नोटरी पब्लिक सम्बन्धी अन्य कार्यविधि तोकिएबमोजिम हुनेछन्।
१०६ख. नोटरी पब्लिकलाई हटाउने: नोटरी पब्लिकलाई तोकिएको अवस्थामा नेपाल सरकारले हटाउन सक्नेछ।
१०७. क्षतिपूर्ति निर्धारण: विनिमेय अधिकारपत्र अनादर गरेको अवस्थामा धारक वा दरपीठ गरिएको व्यक्तिप्रति उत्तरदायी हुने पर्नु पर्ने व्यहोराको क्षतिपूर्तिको रकम निर्धारण गर्दा देहायबमोजिम गरी निर्धारण गरिनेछ:- (क) विनिमेय अधिकारपत्रमा उल्लिखित रकमको अतिरिक्त सो अधिकारपत्र प्रस्तुत गर्दा, जनाउइ लगाउँदा र प्रमाणित गराउँदा लागेको खर्च धारकले भराई लिन पाउनेछ। (ख) उत्तरदायी भएका दरपीठ गर्ने व्यक्तिले विनिमेय अधिकारपत्रको रकम भुक्तानी दिएमा सो रकम र त्यसको शोधभर्ना गरिने दिनसम्मको ब्याज समेत सो दरपीठ गर्ने व्यक्तिले भराई लिन पाउनेछ।
१०७क. ................................
१०८. हदम्याद: विनिमेय अधिकारपत्र सम्बन्धी मुद्दा सो गर्नुपर्ने कारण परेको मितिले पाँच वर्षभित्र दायर नगरेमा लाग्ने छैन।
१०९. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ।
$\alpha$ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन ऐन, २०३९ द्वारा यप । $\beta$ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन ऐन, २०३९ द्वारा यप भई बैलिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२ द्वारा खारेज गरिएको।
द्रष्टव्य:- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्द:- “श्री ५ को सरकार“ को सट्टा “नेपाल सरकार”।*