ब्रेटन उड्स सम्झौता ऐन, २०१८ लालमोहर र प्रकाशन मिति २०१८।४।५
संशोधन गर्ने ऐन १. नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ २०१९।१२।३० २. ब्रेटन उड्स सम्झौता (पहिलो संशोधन) ऐन, २०२७ २०२७।१२।३० ३. ब्रेटन उड्स सम्झौता (दोस्रो संशोधन) ऐन, २०३४ २०३४।९।१८
प्रमाणीकरण र प्रकाशन मिति ४. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७ ५. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९ ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०१८ सालको ऐन नं. १०
अन्तर्राष्ट्रिय द्रव्यकोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको स्थापना र सञ्चालन सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताहरू स्वीकार गरी नेपालले उक्त कोष र बैङ्कको सदस्य हुन पाउने गनिको निमित्त बनेको ऐन
प्रस्तावना: जुलाई १९४४ मा संयुक्त राज्य अमेरिकाको न्यू हेम्पशायर, ब्रेटन उड्समा भएको संयुक्त राष्ट्र द्रव्य र आर्थिक सम्मेलनमा गरिएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्क स्थापित भएको र, अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कले यस ऐनको अनुसूची १ र २ मा उल्लेख भएका शर्तहरूमा नेपाललाई अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको सदस्य बनाउन सकिने भनी शर्तहरू तोकेको र,
— यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको। — गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
माथि लेखिएबमोजिमका शर्तहरू पूरा गर्नका लागि यसपमि लेखिएका कुराहरूको व्यवस्था गर्नु आवश्यक भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “ब्रेटन उड्स सम्झौता ऐन, २०१८” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “कोष” भन्नाले अन्तर्राष्ट्रिय द्रव्य कोष सम्झनु पर्छ। (ख) “बैङ्क” भन्नाले अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्क सम्झनु पर्छ। (ग) “कोष सम्झौता” भन्नाले कोषको सम्झौताका धाराहरू सम्झनु पर्छ र सो शब्दहरूले कोषको सम्झौतामा हुने संशोधनहरूलाई समेत बुझाउँछ। (घ) “बैङ्क सम्झौता” भन्नाले बैङ्कको सम्झौताका धाराहरू सम्झनु पर्छ। (ङ) “विशेष रकम झिक्ने अधिकार” भन्नाले कोषले अन्तर्राष्ट्रिय तरलताको खाँचो पूर्ति गर्न भागिदारहरूमा बाँडफाँड गरिने कोषमा रहेको विशेष खाताबाट रकम झिक्ने अधिकारलाई जनाउँछ।
३. सम्झौताहरू गर्ने र स्वीकृतिका लिखतहरू दाखिल गर्ने अधिकार: नेपाल सरकारको अर्थ मन्त्रीले आफ्नो हस्ताक्षरको लिखत गरी सो लिखतमा तोकेको व्यक्तिलाई नेपाल सरकारको तर्फबाट देहाय बमोजिमको काम गर्ने अधिकार दिन सक्नेछ:– (क) अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताका धाराहरूमा र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको सम्झौताका धाराहरूमा हस्ताक्षर गर्ने। (ख) नेपाल सरकारले नेपाल कानून बमोजिम सम्बन्धित सम्झौताहरू र त्यसमा तोकेको शर्तहरू, जुन शर्तहरूमा नेपाललाई अन्तर्राष्ट्रिय द्रव्य कोष र अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको सदस्यता
प्रदान गरिनेछ, स्वीकार गरेको छ भन्ने बेहोरा जनाई कोष सम्झौता र बैङ्क सम्झौताको स्वीकृतिको लिखित संयुक्त राज्य अमेरिकाको सरकारमा दाखिल गर्ने।
(ग) कोष सम्झौताको पहिलो संशोधन स्वीकार गर्ने र सो संशोधनद्वारा व्यवस्था गरिएको विशेष रकम झिक्ने अधिकारमा नेपाललाई भागीदार बनाउन मञ्जुरीको लिखित दाखिल गर्ने।
(घ) कोष सम्झौताको दोस्रो संशोधन स्वीकार गर्ने र सो संशोधनमा उल्लेख गरिएको दायित्वहरू स्वीकार गरी मञ्जुरीको लिखित दाखिल गर्ने र कोष तथा बैङ्कमा नेपालको कोटा र शेयरमा हुने वृद्धिलाई स्वीकार गर्ने।
४. कोष र बैङ्कलाई रकमहरू भुक्तानी गर्ने अधिकार: अनुसूची ............... मा लेखिएका शर्तहरू र कोष सम्झौता र बैङ्क सम्झौता अनुसार नेपाल सरकारको तर्फबाट समय समयमा सो कोष र बैङ्कलाई भुक्तानी गर्नु पर्ने हुन आएको रकमहरू संघीय सञ्चित कोषबाट भुक्तानी गर्ने अधिकार अर्थ मन्त्रीलाई हुनेछ।
४क. मुद्रा प्रदान गर्ने दायित्व: नेपाल सरकारको अर्थ मन्त्रीले नेपाल सरकारको तर्फबाट कोष सम्झौताको अनुसूची १३ बमोजिमको धारा १९ को दफा ४ मा लेखिएबमोजिम कोषले तोकेको अवस्थामा विशेष रकम झिक्ने अधिकारहरू प्रयोग गर्ने भागीदारलाई माग भएमा स्वतन्त्र रूपले प्रयोग गर्न सकिने मुद्रा प्रदान गर्नेछ र त्यततो मुद्राको भुक्तानी संघीय सञ्चित कोषबाट गरिनेछ।
४ख. प्रयोग गरिएको विशेष रकम झिक्ने अधिकारहरूको पुनः स्थापना गर्ने दायित्व: नेपाल सरकारको अर्थ मन्त्रीले नेपाल सरकारको तर्फबाट कोष सम्झौताको अनुसूची १३ बमोजिमको धारा १९ को दफा ६ (ए) मा लेखिएबमोजिमको विशेष रकम झिक्ने
१ पहिलो संशोधनद्वारा थप। २ दोस्रो संशोधनद्वारा संशोधित। ३ दोस्रो संशोधनद्वारा झिकिएको। ४ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित। ५ पहिलो संशोधनद्वारा थप। ६ दोस्रो संशोधनद्वारा संशोधित।
अधिकारहरूको प्रयोग गरेमा प्रयोग गरिए जमति पुनः सस्थापन गराउने र सो गराउँदा गर्नु पर्ने सबै भुक्तानी ⁵ संघीय सञ्चित कोषबाट गरिनेछ।
⁴ग. स्वतन्त्र रूपले प्रयोग गर्न सकिने मुद्रा प्रदान गर्ने दायित्व: कोष सम्झौता अनुरूप स्वतन्त्र रूपले प्रयोग गर्न सकिने मुद्राको माग भएमा ⁶ नेपाल सरकारको अर्थमन्त्रीले नेपाल सरकारको तर्फबाट त्यथता मुद्राहरू प्रदान गर्न सक्नेछ।
५. प्रोमिसरी नोटहरू मन्काशन गर्ने अधिकार: ⁶ नेपाल सरकारको अर्थमन्त्रीले नेपाल सरकारको तर्फबाट कोष सम्झौताको अनुसूची ३ बमोजिमको धारा ३ को दफा ४ र बैंक सम्झौताको अनुसूची ४ बमोजिमको धारा ५ को दफा १२ मा लेखिए बमोजिमको निर्ब्याजजी र बेचबिखन गर्न नहुने अर्थपत्र वा ऋणपत्र, आफूले उचित ठानेको ढाँचामा सिर्जना गर्न र कोष वा बैंकका नाउँमा जारी गर्न सक्नेछ र त्यसरी सिर्जना गरिएको र जारी गरिएको अर्थपत्र वा ऋणपत्रको भुक्तानी ⁵ संघीय सञ्चित कोषबाट गरिनेछ।
६. ऋण लिने अधिकार: ⁶ नेपाल सरकारको अर्थमन्त्रीले नेपाल सरकारको तर्फबाट यस ऐनबमोजिम ⁵ संघीय सञ्चित कोषबाट भुक्तान गर्नु पर्ने रकमको व्यवस्था गर्निको निमित्त निर्ब्याजजी र बेचबिखन गर्न नहुने अर्थपत्र वा ऋणपत्र आफूले उचित ठानेको ढाँचामा सिर्जना गरी र नेपाल राष्ट्र बैंकका नाउँमा जारी गरी ऋणहरू उठाउन सक्नेछ।
(२) नेपाल राष्ट्र बैंक ऐन, २०५८ ⁷.................. मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राष्ट्र बैंकले उपदफा (१) मा गरिएको व्यवस्थाबमोजिम सिर्जना र जारी गरिएको अर्थपत्र वा ऋणपत्रका आधारमा अर्थमन्त्रीलाई ऋण दिन सक्नेछ र त्यसरी लिइएको ऋणको रकम ऋण लिइएको मितिले पाँच वर्षभित्र फिर्ता गरिनेछ।
(३) उपदफा (१) अन्तर्गत सिर्जना गरी नेपाल राष्ट्र बैंकका नाउँमा जारी गरिएको अर्थपत्र वा ऋणपत्रको भुक्तानी गर्निका लागि चाहिने रकम संघीय सञ्चित कोषबाट भुक्तानी गरिनेछ।
७. नेपाल राष्ट्र बैंक फिस्कल एजेन्सी र डिपोजिटरी मनोनित हुने: (१) नेपाल राष्ट्र बैंकलाई कोष सम्झौताको अनुसूची ५ बमोजिमको धारा ५ को दफा १ को प्रयोजनको लागि फिस्कल
⁵ दोस्रो संशोधनद्वारा थप। ⁶ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित। ⁷ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा स्खिएको।
एजेन्सी र कोष सम्झौताको अनुसूची ६ बमोजिमको धारा १३ को दफा २ को प्रयोजनको लागि डिपोस्जटरी मनोनित गरिएकोछ। (२) नेपाल राष्ट्र बैंकलाई बैंक सम्झौताको अनुसूची ७ बमोजिमको धारा ५ को दफा ११ को प्रयोजनको लागि डिपोस्जटरी मनोनित गरिएको छ। ४(३) नेपाल सरकारको तर्फबाट विशेष रकम झिक्ने अधिकार प्राप्त गने, प्रयोग गने, हस्तान्तरण गनेसम्बन्धी सबै काम तथा कोषसँग गरिने अन्य विनिमय कारोबारहरू नेपाल राष्ट्र बैंकले गनेछ। √८. कोष र बैंकको स्थिति, त्यसलाई छुट र विशेषाधिकारहरू: (१) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोष र बैंकलाई कोष सम्झौताको अनुसूची ८ बमोजिमको धारा ९ र बैंक सम्झौताको अनुसूची ९ बमोजिमको धारा ७ मा लेखिएबमोजिमको स्थिति छुट र विशेषाधिकारहरू प्राप्त हुनेछ। (२) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोष सम्झौताको अनुसूची १२ बमोजिमको “धारा २१ (बी) मा लेखिए बमोजिम विशेष रकम झिक्ने अधिकारहरूमा वा त्यसको कारबाही र व्यवहारमा कोष सम्झौताको धारा ९ बमोजिमको स्थिति छुट र विशेषाधिकारहरू प्राप्त हुनको साथै सबै प्रकारको कर छुट हुनेछ। ९. विनिमयसम्बन्धी करारनामा लागू नहुने: प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएका भए तापनि विनिमयसम्बन्धी करारनामा लागू नहुने बारे कोष सम्झौताको अनुसूची १० बमोजिमको धारा ८ को दफा २ (ख) मा लेखिएका कुराहरू नेपाल ∞........... भर कानून सरह पूर्णरूपले लागू हुने छन्। १०. अनुसूचीमा संशोधन गर्ने अधिकार: कोष सम्झौता र बैंक सम्झौताको यो ऐनको अनुसूचीबमोजिमको कुनै कुरामा कुनै संशोधन गरिएमा सोहीबमोजिम नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो ऐनको अनुसूचीमा संशोधन गर्न सक्नेछ।
४ दोस्रो संशोधनद्वारा थप। √ पहिलो संशोधनद्वारा संशोधित। “ दोस्रो संशोधनद्वारा संशोधित। ∞ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।
११. नियमहरू बनाउने अधिकार: यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ। १२. $\Rightarrow$ ....................................
$\Rightarrow$ नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ द्वारा झिकिएको।
अनुसूची–१ अन्तरराष्ट्रिय पुनर्निर्माण एवं विकास बैंक १८१८ एच. स्ट्रीट, एन.डब्लू. वाशिंगटन २५, डी.सी. प्रस्ताव नं. १४४ नेपाललाई बैंकको सदस्यता
बैँकको सम्झौताको धारा २ को दफा १ (ख) बमोजिम नेपाल सरकार, नेपालले अन्तरराष्ट्रिय पुनर्निर्माण एवं विकास बैंकको सदस्यताको लागि निवेदनपत्र दिएको, र बैँकको बाइलजको दफा २० बमोजिम कार्यकारी सञ्चालकहरूले नेपालका प्रतिनिधिहरूसँग परामर्श गरी यस निवेदनपत्र बारे गभर्नरहरूको बोर्डमा सिफारिस पेश गरेकोले, गभर्नरहरूको बोर्डिले देहायको शर्त र अवस्थाहरूमा नेपाललाई बैँकको सदस्यतामा प्रवेश गराउने प्रस्ताव गरेको छ:–
१. परिभाषा: यो प्रस्तावमा प्रयोग गरिएबमोजिमको,– (क) “बैँक” भन्नाले अन्तरराष्ट्रिय पुनर्निर्माण एवं विकास बैंक सम्झनु पर्छ। (ख) “धाराहरू” भन्नाले बैँक सम्झौताका धाराहरू सम्झनु पर्छ। (ग) “डलरहरू” भन्नाले सन १९४४, जुलाई १ मा चालू भएको तौल र नाप (फाइनेन्स) को संयुक्त राज्य डलरहरू सम्झनु पर्छ। (घ) “चन्दा” भन्नाले सदस्यले चन्दा दिएको बैँकको मूल धन (क्यापिटल स्टक) सम्झनु पर्छ। (ङ) “सदस्य” भन्नाले बैँकको सदस्य सम्झनु पर्छ।
२. चन्दा: बैँकको सदस्यता स्वीकार गरी नेपालले बैँकको मूल धनको प्रत्येक शेयरको १००,००० डलरको सममूल्य (पार भ्यालु) को १०० शेयरको निमित्त चाहिने रकम चन्दा बुझाउनु पर्छ।
बैँकले तोकिदिएका समयहरूमा तोकिदिएका शर्तहरू बमोजिम कोषको अरू सदस्यहरूको निमित्त सदस्यता खुला रहनेछ।
३. कोषको सदस्यता: बैङ्कको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले अन्तर्राष्ट्रिय द्रव्य कोषको सदस्यता स्वीकार गरी सो कोषको सदस्य बन्नुपर्छ।
४. चन्दाको भुक्तानी: (क) बैङ्कको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले ती शेयरहरूका १/२ भागको बुझाउनु पर्ने चन्दाको रकम बापत देहायबमोजिम बैङ्कलाई बुझाउनु पर्छ:– (१) सो रकमको २ प्रतिशत सुन वा संयुक्त राज्य डलरहरू, र (२) सो रकमको १८ प्रतिशतको प्रचलित विनिमय दरबमोजिम हुन आएको आफ्नो मुलुकको मुद्रा। (ख) ती शेयरहरूको अर्को १/२ भागको बुझाउनु पर्ने चन्दाको रकम बापत सुन वा संयुक्त राज्य डलरहरूमा बुझाउनु पर्ने २ प्रतिशत भाग र सदस्यताको मुद्रामा बुझाउनु पर्ने १८ प्रतिशत भागलाई गभर्नरहरूको बोर्डको प्रस्ताव नं. १२८ बमोजिमको चन्दाको रकमको २ प्रतिशत र १८ प्रतिशत भागको सम्बन्धमा गरिएको आधारमा, प्रस्ताव नं. १२९ मा लेखिएबमोजिम असुल नगरी बाँकी राख्नेछ।
५. जाहेरी र सूचना पठाउने: बैङ्कको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले स्वीकृतिको लिखतलाई हस्ताक्षर गरी दाखिल गरि र यस प्रस्तावको प्रकरण ६ (घ) र (ङ) मा लेखिएबमोजिमको धाराहरूमा हस्ताक्षर गर्न आवश्यक सबै काम कारबाही गरी सकेको छ भन्ने कुराको जाहेरी बैङ्कलाई पठाउनु पर्छ र बैङ्कले ती काम कारबाहीका सम्बन्धमा अनुरोध गरेबमोजिमको सूचना नेपालले बैङ्कलाई पठाउनु पर्छ।
६. सदस्यता स्वीकार गर्ने: नेपालले निम्नलिखित आवश्यकताहरू पूरा गरेको मितिमा यो प्रस्तावको प्रकरण २ मा लेखिएबमोजिमको चन्दादाताको रूपमा बैङ्कको एक सदस्य हुनेछ:– (क) अन्तर्राष्ट्रिय द्रव्य कोषको सदस्य भई, (ख) यो प्रस्तावको प्रकरण ४ बमोजिम भुक्तानी मागिएको रकम भुक्तानी गरी, (ग) यो प्रस्तावको प्रकरण ५ बमोजिम मागिएको जाहेरी र सूचना पठाई, (घ) नेपालले आफ्नो कानून अनुसार यो प्रस्तावमा लेखिएबमोजिमका सबै शर्त र अवस्थाहरू र धाराहरू स्वीकार गरेको र धाराहरू र यो
प्रस्ताव अन्तर्गत आफ्नो सबै दायित्वहरू पूरा गर्नको निमित्त नेपालले आवश्यक सबै कदमहरू उठाई सकेको भन्ने जाहेरीको लिखत संयुक्त राज्य अमेरिकाको सरकारमा दाखिल गरी, (ङ) संयुक्त राज्य अमेरिकाको सरकारको अभिलेख गृह (आर्काइभ्स) मा रहेको धाराहरूको मूल प्रतिलिपिमा हस्ताक्षर गरी।
७. सदस्यता स्वीकार गर्ने हद अवधि: नेपालले सन् १९६१, मार्च ३१ सम्ममा यो प्रस्तावबमोजिम बैंकको सदस्यता स्वीकार गर्न सक्नेछ, तर असाधारण परिस्थितिले गर्दा यो प्रस्तावबमोजिम नेपालले सदस्यता स्वीकार गर्न सक्ने हद अवधि बढाउन पर्ने भनी कार्यकारी सञ्चालकहरूले देखेमा सो अवधिलाई बढाउन सक्नेछ।
अनुसूची – २ नेपालको सदस्यता बारेको प्रस्ताव
कोष सम्झौताको धाराहरूको धारा २ को दफा २ बमोजिम अन्तर्राष्ट्रिय द्रव्य कोषको सदस्यताको लागि नेपाल सरकार, नेपालले सन् १९६० अप्रेल १३ मा निवेदनपत्र दिएको, र कोषको बाइलजको दफा २१ बमोजिम कार्यकारी सञ्चालकहरूले सो सरकारको प्रतिनिधिहरूसँग परामर्श गरी कार्यकारी सञ्चालकहरूको रायमा नेपाललाई कोषको सदस्यतामा प्रवेश गराउन गभर्नरहरूको बोर्डद्वारा तोकिन सक्ने शर्तहरू मञ्जुर गरेकोले, गभर्नरहरूको बोर्डिले, कार्यकारी सञ्चालकहरूको सिफारिस उपर विचार गरी नेपाललाई देहायका शर्त र अवस्थाहरूमा कोषको सदस्यतामा प्रवेश गराउने प्रस्ताव गरेको:–
१. परिभाषा: यो प्रस्तावमा प्रयोग गरिएबमोजिमको– (क) “कोष” भन्नाले अन्तर्राष्ट्रिय द्रव्य कोष सम्झनु पर्छ। (ख) “धाराहरू” भन्नाले अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरू सम्झनु पर्छ। (ग) “डलर” भन्नाले सन् १९४४ जुलाई १ मा चालू भएको तौल र नाप (फाइनेन्स) को संयुक्त राज्य डलरहरू सम्झनु पर्छ।
२. कोटा: नेपालको कोटा ७५,००,००० पचहत्तर लाख डलर हुनेछ।
३. चन्दा: नेपालको चन्दा यसको कोटाको बराबर हुनेछ र चन्दाको घटीमा ३ १/२ प्रतिशत सुनमा र बाँकी नेपाली मुद्रामा भुक्तानी गरिनेछ।
४. चन्दाको भुक्तानी: सुनमा भुक्तानी गर्नु पर्ने चन्दाको अंश नेपालको तर्फबाट धाराहरूमा दस्तखत भएको दिनसम्ममा भुक्तानी दिनु पर्नेछ। केही गरी नेपालले कोषको सदस्यता प्राप्त नगरेमा यसरी भुक्तानी दिएको सुन कोषले नेपाललाई फिकाइ दिनेछ। सुनमा भुक्तानी नभएको चन्दाको बाँकी अंश तल दिइएको प्रकरण ५ अनुसार नेपाली मुद्रामा प्रारम्भिक सममूल्य (पार भ्यालु) मञ्जुर गरिएको तीसौं दिनभन्दा अगावै भुक्तानी दिइनेछ।
५. सममूल्य (पार भ्यालु) को निर्धारण: कोषले यसरी अनुरोध गरेको ३० दिनभित्र नेपालले आफ्नो मुद्राको प्रस्तावित सममूल्य (पार भ्यालु) को सूचना कोषलाई दिनेछ र उक्त प्रस्तावित सममूल्य (पार भ्यालु) को सूचना कोषले प्राप्त गरेको ६० दिनभित्र नेपाल र कोषको बीचमा मुद्राको प्रारम्भिक सममूल्य (पार भ्यालु) उपर मञ्जुरी गरिनेछ, तर कोषको उक्त ६० दिनको अवधिलाई बढाउन सक्नेछ र सममूल्य (पार भ्यालु) बारे मञ्जुर हुन नपाउँदै उक्त बढाइएको म्याद समाप्त भएमा नेपालले कोषबाट आफूलाई अलग गरेको मानिनेछ। नेपालले सदस्यता स्वीकार गरेको समयमा प्रचलित भई राखेको विनिमय दरलाई सदस्यता स्वीकार गर्ने र यो प्रकरणबमोजिम प्रारम्भिक सममूल्य (पार भ्यालु) निर्धारण गर्ने बीचको अवधिमा कोषसँग अगावै परामर्श गरी परिवर्तन गर्नु हुँदैन।
६. कोषसितको विनिमय कारोबार: नेपालले– (क) माथि उल्लेखित प्रकरण ५ बमोजिम आफ्नो मुद्राको सममूल्य (पार भ्यालु) मा मञ्जुरी भएको तीसौं दिनभन्दा अघि, र (ख) आफ्नो चन्दा पूरा पूरा भुक्तानी गर्नुभन्दा अघि, कोषसँग विनिमय कारोबार गर्न पाउने छैन।
७. जाहेरी र सूचना: कोषको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले स्वीकृतिको लिखतलाई हस्ताक्षर गरी दाखिल गर्नु र यस प्रस्तावको प्रकरण ८(क) र (ख) मा लेखिएबमोजिमको धाराहरूमा हस्ताक्षर गर्न आवश्यक सबै काम कारबाही गरिसकेको छ भन्ने कुराको जाहेरी कोषलाई पठाउनु पर्ने र कोषले ती काम कारबाहीको सम्बन्धमा अनुरोध गरे बमोजिमको सूचना नेपालले कोषलाई पठाउनु पर्ने।
८. सदस्यता स्वीकार गर्ने: यो प्रस्तावको प्रकरण ७ मा दिइएको शर्तहरू नेपालले पूरा गरेको छ भनी कोषले संयुक्त राज्य अमेरिकाको सरकारलाई सूचना गरेपछि देहायका कुराहरू पूरा गरेको मितिमा नेपाल कोषको सदस्य बन्नेछ :– (क) नेपालले आफ्नो कानून अनुसार यो प्रस्तावमा उल्लेख गरिएको सबै शर्त र अवस्थाहरू र धाराहरू स्वीकार गरेको छ र धाराहरू र यो प्रस्ताव अन्तर्गतका आफ्नो सबै दायित्वहरू पूरा गर्नको निमित्त नेपालले आवश्यक सबै कदमहरू उठाइसकेको छ भन्ने जाहेरीको लिखित संयुक्त राज्य अमेरिकाको सरकारमा नेपालले दाखिल गर्नु पर्दछ, र (ख) संयुक्त राज्य अमेरिकाको सरकारको अभिलेख गृह (आर्काइभ्स) मा रहेको धाराहरूको मूल प्रतिलिपिमा नेपालले दस्तखत गर्नुपर्दछ।
९. सदस्यता स्वीकार गर्ने हद अवधि: नेपालले यो प्रस्ताव लागू हुने निमित्तले जुन मिति गभिनहरूको बोर्डिले यसलाई स्वीकार गरेको मिति हुनेछ ६ महिनाभित्र यो प्रस्तावबमोजिम कोषको सदस्यता स्वीकार गरि सक्नेछ, तर असाधारण परिस्थितिमा गर्दा यो प्रस्तावबमोजिम नेपालले सदस्यता स्वीकार गरि सक्ने हद अवधि बढाउनु पर्ने भनी कार्यकारी सञ्चालकहरूले देखेमा सो अवधिलाई बढाई पिल्लो कुनै हद अवधि तोक्न सक्नेछ।
अनुसूची – ३ अन्तररा्ष्ट्रिय द्रव्य कोषको सम्झौताका धाराहरूको धारा ३ को दफा ४
दफा–४ मुद्राको सट्टा ऋणपत्रहरू स्वीकार गर्ने: कोषले कुनै पनि सदस्यबाट कोषको साधारण खातामा रहेको सदस्यको मुद्रामध्ये कोषको कारोबार (ट्रान्ज्याक्सन) र सञ्चालन (अपरेसन) का लागि नचाहिने भनी निर्णय गरे अनुसारको कुनै पनि अंशको सट्टा सदस्यले वा धारा १३ को दफा २ अन्तर्गत सदस्यले मनोनित गरेको डिपोजिटरीले जारी गरेको अविनिमेय, निर्ब्याजजी र कोषले मागेको बखत मनोनित गरेको डिपोजिटरी कहाँ खोलिएको कोषको खातामा जम्मा गरी अंकित मूल्य (फेस भ्यालु) मा भुक्तानी दिनुपर्ने नोट वा यस्तै अरू ऋणपत्रहरू स्वीकार गर्नेछ। यो दफा कोषले सदस्यहरूबाट चन्दाको रूपमा प्राप्त गरेको मुद्राको हकमा मात्र लागू हुने नभई
*दोस्रो संशोधनद्वारा संशोधित।
कोषलाई अरू प्रकारबाट तिर्नु पर्ने वा कोषले प्राप्त गरी साधारण खातामा रहने जुनसुकै मुद्राको हकमा लागू हुनेछ।
अनुसूची–४ अन्तरराष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको सम्झौताको धाराहरूको धारा ५, दफा १२
दफा–१२ मुद्राको मौज्दातको आकृति: बैङ्कले कुनै पनि सदस्यबाट धारा २, दफा ७(१) अन्तर्गत बैङ्कलाई भुक्तानी गरेको सो सदस्यको मुद्राको कुनै अंशको सट्टा वा यस्ता मुद्रामा दिइएको सापटी चुक्ता गर्दा भुक्तानी बेहोर्न त्यस्तो मुद्राको कुनै अंशको सट्टा र आफ्नो कार्य सञ्चालनमा बैङ्कलाई नचाहिएको त्यस्तो मुद्राको कुनै अंशको सट्टा सदस्यको सरकारले वा सदस्यले मनोनित गरेको डिपोजिटरीले निकालेको बेच बिक्री गर्न नहुने, बिनब्याज र मागेको बखत मनोनित डिपोजिटरीमा बैङ्कको नाउँमा जम्मा गरी सममूल्य (पार भ्यालु) मा भुक्तानी दिनु पर्ने नोट वा यस्तै अरु ऋणपत्रहरू स्वीकार गर्नेछ ।
अनुसूची–५ अन्तरराष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरूको धारा ५, दफा १
धारा ५, दफा १ कोषसित व्यवहार गर्ने एजेन्सीहरू: प्रत्येक सदस्यले कोषसित व्यवहार गर्दा आफ्नो खजाना, सेन्ट्रल बैङ्क, स्थिरता ल्याउने कोष (स्टेबिलाइजेसन फण्ड) वा यस्तै फिस्कल एजेन्सीद्वारा गर्नेछ र कोषले यस्तै एजेन्सीहरूसित वा द्वारा मात्र व्यवहार गर्नेछ ।
अनुसूची–६ अन्तरराष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा १३, दफा २
धारा १३ दफा २ डिपोजिटरीहरु: (क) प्रत्येक सदस्य मुलुक कोषसित रहेको आफ्नो मुद्राको मौज्दातको निमित्त आफ्नो केन्द्रीय बैङ्कलाई डिपोजिटरी मनोनित गर्नेछन् वा सो मुलुकको आफ्नो केन्द्रीय बैङ्क नभएमा कोषलाई मञ्जुर हुने यस्तै अरु संस्थालाई मनोनित गर्नेछन्।
(ख) कोषले सबैभन्दा बढी कोटा हुने पाँच सदस्यहरुले मनोनित गरेको डिपोजिटरीहरुमा र कोषले छान्ने यस्तै अरु मनोनित डिपोजिटरीहरुमा सुन सहित अरु सम्पत्ति आफ्नो भोग चलनमा राख्न सक्नेछ। प्रारम्भिक तवरले
⁴ धारा २ को दफा ७ (१) यो धाराको दफा ५(१) अन्तर्गत प्रत्येक शेयरको मोलको दुई प्रतिशत सुनमा वा संयुक्त राज्य डलरमा भुक्तानी दिनु पर्नेछ र भुक्तानी गर्ने सूचना आएमा, बाँकी अठार प्रतिशत सदस्यको आफ्नो मुद्रामा भुक्तानी दिनु पर्नेछ।
कोषको मौज्दातको कमसेकम आधा आफ्नो प्रादेशिक क्षेत्रभित्र कोषको प्रधान कार्यालय भएको सदस्यले मनोनीत गरेको डिपोजिटरीमा राख्नेछ र कमसेकम चालीस प्रतिशत माथि उल्लेखित बाँकी चार सदस्यहरुले मनोनीत गरेको डिपोजिटरीहरुमा राख्नेछ। तर पनि, कोषद्वारा हुने सुनको सबै हस्तान्तरण, ढुवानी खर्च र कोषलाई आवश्यक पर्न आउने भनी अंजाम गरिएको खर्चलाई ध्यानमा राखी गरिनेछ। असाधारण अवस्थामा कार्यकारी सञ्चालकहरुले कोषमित रहेको सबै वा केही अंश सुनको मौज्दात उचित तवरले सुरक्षित हुन सक्ने स्थानमा सार्न सक्नेछ।
अनुसूची–७ अन्तरराष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको सम्झौताको धाराहरुको धारा ५, दफा ११
दफा ११ डिपोजिटरीहरु: (क) प्रत्येक सदस्य मुलुकले बैङ्कमसित रहेको आफ्नो मुद्राको मौज्दातको निमित्त आफ्नो केन्द्रीय बैङ्कलाई डिपोजिटरी मनोनीत गर्नेछन् वा सो मुलुकको आफ्नो केन्द्रीय बैङ्क नभएमा बैङ्कलाई मञ्जुर हुने यथतै अरु संस्थालाई मनोनीत गर्नेछन्।
(ख) बैङ्कले सबभन्दा बढी संख्यामा शेयर हुने पाँच सदस्यहरुले मनोनीत गरेको डिपोजिटरीहरुमा र बैङ्कले छान्ने यथतै अरु मनोनीत डिपोजिटरीहरुमा सुन सहित अरु सम्पत्ति आफ्नो भोग चलनमा राख्न सक्नेछ। प्रारम्भिक तवरले बैङ्कको मौज्दातको कमसेकम आधा आफ्नो प्रादेशिक क्षेत्रभित्र बैङ्कको प्रधान कार्यालय भएको सदस्यले मनोनीत गरेको डिपोजिटरीमा राख्नेछ र कमसेकम चालीस प्रतिशत माथि उल्लेखित बाँकी चार सदस्यहरुले मनोनीत गरेको डिपोजिटरीहरुमा राख्नेछ। यथता डिपोजिटरीहरु मध्ये प्रत्येकले प्रारम्भिक तवरले यसरी मनोनीत गने सदस्यको शेयरहरुमा भुक्तानी गरेको सुनको रकमभन्दा कम नहुने गरी आफूमसित राख्न पाउनेछ। तर पनि बैङ्कद्वारा हुने सुनको सबै हस्तान्तरण, ढुवानी खर्च र बैङ्कलाई जरुरत पर्न आउने भनी अंजाम गरिएको खर्चलाई ध्यानमा राखी गरिनेछ। असाधारण अवस्थामा कार्यकारी सञ्चालकहरुले बैङ्कमसित मौज्दात रहेको सुनको जम्मै वा केही अंश उचित तवरले सुरक्षित हुन सक्ने ठाउँमा सार्न सक्नेछ।
अनुसूची–८
अन्तरराष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा ९ स्थिति, छुट र विशेषाधिकारहरु
धारा ९ दफा १– धाराको उद्देश्य: कोषलाई सुम्पेका काम पूरा गर्न कोषलाई सामर्थ्य बनाउन यो धारामा दिइएको स्थिति, छुट र विशेषाधिकारहरु प्रत्येक सदस्यको प्रादेशिक क्षेत्रमा कोषलाई दिइनेछ।
दफा २ कोष स्थिति: कोष कानूनी मान्यता प्राप्त व्यक्तित्व हुनेछ र कोषलाई विशेषतः देहायको काम गर्ने अधिकार हुनेछ:– I. ठेक्का लिने, दिने, II. चल र अचल सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने, III. कानूनी कारबाही गर्ने।
दफा ३– अदालती कारबाहीबाट छुट: कोष, कोषको सम्पत्ति र जायज्यतालाई जुनसुकै ठाउँमा भए पनि र जोसँग रहेको भए पनि कुनै कानूनी कारबाहीको प्रयोजनको निमित्त वा कुनै ठेक्काको शर्त मुताबिक कोषले स्पष्ट रुपमा प्रकट गरी छुट त्याग गरेमा सो गरे जमती बाहेक सबै किसिमको अदालती कारबाहीबाट छुट पाइनेछ।
दफा ४– अरु कारबाहीबाट छुट: कोषको सम्पत्ति र जायज्यतालाई जुनसुकै ठाउँमा रहे पनि र जोसित रहे पनि कार्याकारणी वा कानूनी कारबाहीद्वारा खोज तलासी, अधिग्रहण, निस्वामीकरण वा अरु कुनै किसिमको पक्राउबाट छुट पाइनेछ।
दफा ५– अभिलेख गृह (आर्काइभ्स) सम्बन्धी छुट: कोषको अभिलेख गृह (आर्काइभ्स) भित्र दखल गर्ने सकिने छैन।
दफा ६– जायज्यतामा प्रतिबन्ध नलाग्ने: यस सम्झौताले दिएको कार्य सञ्चालन गर्न आवश्यक भएको हदसम्म कोषको सबै सम्पत्ति र जायज्यतामा कुनै किसिमको प्रतिबन्ध, नियम, नियन्त्रण र मोराटोरिया लाग्ने छैन।
दफा ७– लेखापढी गर्ने विशेषाधिकार: सदस्यहरुले कोषको अफिसियल लेखापढीलाई अरु सदस्यहरुको अफिसियल लेखापढीलाई सरह नै व्यवहार गर्नेछन्।
दफा ८– अधिकृत र कर्मचारीहरुको निमित्त छुट र विशेषाधिकार: कोषको सबै गभर्नरहरु, कार्यकारी सञ्चालकहरु, अल्टरनेटहरु, समितिन्का सदस्यहरु सम्झौताको धारा १२ दफा ३ (जे)
$^{5}$ दोस्रो संशोधनद्वारा थप।
अनुसार नियुक्त भएका प्रतिनिधि र माथि उल्लेख गरिएको कुनै पनि व्यक्तिका सल्लाहकारहरू, अधिकृतहरू र कर्मचारीहरूले :–
I. कोषले छुट त्याग गरेमा बाहेक अफिसियल हैसियतले गरेको काम कार्यहरूमा कानूनी कारबाहीबाट छुट पाउनेछ। II. स्थानीय नागरिक नभएमा, देशान्त्तरवाससम्बन्धी प्रतिबन्धहरू, विदेशीहरूको रजिष्ट्रेशनसम्बन्धी आवश्यकताहरू, राष्ट्रिय सेवासम्बन्धी दायित्वहरूबाट छुट र विनिमय प्रतिबन्धसम्बन्धी सुविधाहरू सदस्यहरूले अरु सदस्यहरूको सोही समान दर्जाका प्रतिनिधिहरू, अधिकारीवर्गहरू र कर्मचारीहरूलाई दिए सरहनै पाउने छन्। III. सदस्यहरूले अरु सदस्यहरूको लागि सोही समान दर्जाको प्रतिनिधिहरू, अधिकारीवर्गहरू र कर्मचारीहरूलाई दिए सरहनै भ्रमण सुविधा पाउने छन्।
दफा ९– करबाट छुट: (क) कोष, यसको जायज्यता सम्पत्ति, आम्दानी र यो सम्झौताद्वारा अधिकृत यसको सञ्चालन र कारोबारहरूलाई सबै किसिमको कर सबै किसिमको भन्सार महसूलबाट छुट पाइनेछ। कर वा महसूल भुक्तानी वा असूल गर्ने दायित्वबाट पनि कोषले छुट पाउनेछ। (ख) स्थानीय नागरिक, स्थानीय प्रजा वा अरु स्थानीय राष्ट्रिय नभएका कोषका कार्यकारी सञ्चालकहरू, अल्टरनेटहरू, अधिकारीहरू वा कर्मचारीहरूलाई कोषले दिने तलब र परिलब्धमा कुनै पनि कर लगाइने छैन। (ग) कोषले निकालेको दायित्व वा सिक्योरिटी र त्यस उपरको लाभाँश वा ब्याज लगायतमा 조성 रहेको भए पनि कुनै किसिमको कर लगाइने छैन:– (१) यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई मात्र त्यसको सिर्जनाको कारणले फरक व्यवहार गरेको छ भने, वा (२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार सो दायित्व वा सक्योरिटी निकालिएको, भुक्तानी गर्नु पर्ने नगरिएको वा भुक्तानी गरिएको ठाउँ वा मुद्रा वा कोषले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा,
दफा १०– धाराको प्रयोग: प्रत्येक सदस्यले यो धारामा दिइएको सिद्धान्तहरुलाई आफ्नो कानून मुताबिक लागू गराउने उद्देश्यको निमित्त आफ्नो प्रादेशिक क्षेत्रमा आवश्यकता अनुसारको कार्य गर्ने र आफूले गरेको कामको पूरा विवरणको सूचना कोषलाई दिइनेछ।
अनुसूची–९ अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैङ्कको सम्झौताको धाराहरुको धारा ७ स्थिति, छुट र विशेषअधिकारहरु
धारा ७ दफा १– धाराको उद्देश्य: बैङ्कलाई सुम्पेको काम पूरा गर्न बैङ्कलाई सामर्थ्य बनाउन यो धारामा दिइएको स्थिति, छुट र विशेषअधिकारहरु प्रत्येक सदस्यको प्रादेशिक क्षेत्रमा बैङ्कलाई दिइनेछ।
दफा २–बैङ्कको स्थिति: बैङ्क कानूनी मान्यता प्राप्त व्यक्तित्व हुनेछ र बैङ्कलाई विशेषतः देहायको काम गर्ने अधिकार हुनेछ:– (१) ठेक्का लिने, (२) चल र अचल सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने, (३) कानूनी कारबाही गर्ने।
दफा–३ अदालती कारबाहीको सम्बन्धमा बैङ्कको स्थान: बैङ्कले आफ्नो कार्यालय भएका वा सेवा वा सूचना स्वीकार गर्निका लागि बैङ्कले एजेण्ट नियुक्त गरेको वा सेक्युरिटीहरु निकालेको वा ग्यारेण्टी गरेको कुनै सदस्यको प्रादेशिक क्षेत्रमा कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मात्र बैङ्कको विरुद्ध कारबाही चलाउन सकिनेछ। सदस्यहरुले वा सदस्यहरुको निमित्त काम गर्ने व्यक्तिहरुले वा सदस्यहरुबाट दाबी लिने व्यक्तिहरुले कुनै कारबाही चलाउन सक्ने छैन। बैङ्कको सम्पत्ति र जायज्यालालाई जहाँसुकै रहेको जोम्सत रहेको भए पनि बैङ्कको विरुद्ध अन्तिम फैसला हुनुभन्दा अघि पक्राउ, कब्जा वा कुहकिबाट छुट दिइनेछ।
दफा ४– जायज्याला पक्राउ हुनुबाट छुट: बैङ्कको सम्पत्ति र जायज्यालालाई जहाँसुकै रहेको र जोम्सत रहेको भए पनि कार्यकारिणी वा कानूनी कारबाहीद्वारा खोज तलासी, अधिग्रहण, अपहरण, निस्तवामीकरण वा अरु कुनै हकसमको पक्राउबाट छुट पाइनेछ।
दफा ५– अभिलेख गृह (आर्काइभ्स) सम्बन्धी छुट: बैङ्कको अभिलेख गृह (आर्काइभ्स) भित्र दखल गर्न सकिने छैन।
दफा–६ जायज्यथामा प्रतिबन्ध नलाग्ने: यस सम्झौताले दिएको कार्य सञ्चालन गर्न आवश्यक भएको हदसम्म यस सम्झौताको दफाहरुको अधीनमा रही, बैङ्कको सबै सम्पत्ति र जायज्यथामा कुनै किसिमको प्रतिबन्ध, नियम, नियन्त्रण र मोराटोरियो लाग्ने छैन ।
दफा ७– लेखापढी गर्ने विशेषाधिकार: सदस्यहरुले बैङ्कको अफिसियल लेखापढीलाई अरु सदस्यहरुको अफिसियल लेखापढीलाई सरह नै व्यवहार गर्नेछन् ।
दफा ८– अधिकृत र कर्मचारीहरुको निमित्त छुट र विशेषाधिकारहरु: बैङ्कको सबै गभर्नरहरु, कार्यकारी सञ्चालकहरु, अल्टरनेटहरु, अधिकृतहरु र कर्मचारीहरुले:– (१) बैङ्कले छुट त्याग गरेमा बाहेक अफिसियल हैसियतले गरेको काम कार्यहरुमा कानूनी कारबाहीबाट छुट पाउनेछन् । (२) स्थानीय नागरिक नभएमा देशान्त्तरबाससम्बन्धी प्रतिबन्धहरु, विदेशीहरुको रजिष्ट्रेशनसम्बन्धी आवश्यकताहरु, राष्ट्रिय सेवासम्बन्धी दायित्वहरुबाट छुट र विनिमय प्रतिबन्धसम्बन्धी सुविधाहरु सदस्यहरुले अरु सदस्यहरुको सोही समान दर्जाका प्रतिनिधिहरु, अधिकारीवर्गहरु र कर्मचारीहरुलाई दिए सरह नै पाउनेछन् । (३) सदस्यहरुले अरु सदस्यहरुको सोही समान दर्जाको प्रतिनिधिहरु, अधिकारीवर्गहरु र कर्मचारीहरुलाई दिए सरह नै भ्रमण सुविधा पाउनेछन् ।
दफा ९– करबाट छुट: (क) बैङ्क, यसको जायज्यथा, सम्पत्ति, आम्दानी र यो सम्झौताद्वारा अधिकृत यसको सञ्चालन र कारोबारहरुलाई सबै कर र सबै भन्सार महसूलबाट छुट पाइनेछ । कुनै कर वा महसुल वा असुल भुक्तानी गर्ने दायित्वबाट पनि बैङ्कले छुट पाउनेछ । (ख) स्थानीय नागरिक, स्थानीय प्रजा वा अरु स्थानीय राष्ट्रिय नभएका बैङ्कका कार्यकारी सञ्चालकहरु, अल्टरनेटहरु, अधिकारीवर्गहरु वा कर्मचारीहरुलाई बैङ्कले दिने तलब र परिलाभमा कुनै पनि कर लिइने छैन । (ग) बैङ्कले निकालेको दायित्व र सिक्युरिटी (त्यस उपरको लाभांश वा ब्याज) लगायतमा 조성 रहेको भए पनि कुनै किसिमको कर लिइने छैन:– (१) यदि त्यसले सो दायित्व वा सिक्युरिटीलाई मात्र त्यसको सिर्जनाको कारणले फरक व्यवहार गरेको छ भने, वा (२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार सो दायित्व वा सिक्युरिटी निकाल्िएको, वा भुक्तानी गर्नु पर्ने गरिएको
वा भुक्तानी गरिएको ठाउँ वा मुद्रा वा बैङ्कले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा।
(घ) बैङ्कले ग्यारेन्टी दिएको कुनै दायित्व वा सिक्युरिटी (त्यसको लाभांश वा ब्याज) लगायतमा 조성 रहेको भए पनि कुनै किसिमको कर लिइने छैन:– (१) यदि त्यसले सो दायित्व वा सिक्युरिटीलाई बैङ्कले ग्यारेन्टी गरेको कारणले फरक व्यवहार गरेको भए, वा (२) यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार बैङ्कले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा।
दफा १०–धाराको प्रयोग: प्रत्येक सदस्यले यो धारामा दिइएको सिद्धान्तहरु आफ्नो कानून मुताबिक लागू गराउने उद्देश्यको निमित्त आफ्नो प्रादेशिक क्षेत्रभर आवश्यकता अनुसारको कार्य गर्ने र आफूले गरेको कामको पूरा विवरणको सूचना बैङ्कलाई दिनेछ।
अनुसूची–१०
अन्तरराष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा ८ दफा २(ख) धारा ८ दफा २ (ख) : यस सम्झौता अनुकूल कायम गरिएको वा लगाइएको कुनै सदस्यको मुद्रा संलग्न हुने र सो सदस्यको विनिमय नियन्त्रण नियमहरुको प्रतिकूल भएको विनिमयसम्बन्धी ठेक्काहरु कुनै सदस्यको प्रादेशिक क्षेत्रभर लागू हुने छैन । त्यतको अतिरिक्त सदस्यहरुले आपसी कुराकानीद्वारा कुनै एक सदस्यको विनिमय नियन्त्रण नियमहरुलाई बढी मात्रामा कार्यान्वयन गर्ने उद्देश्यले बनेको साधनहरुमा सहयोग गर्न सक्ने छन् तर त्यस्तो साधन र नियमहरु यस सम्झौता अनुकूल हुनुपर्छ।
अनुसूची–११ कोष सम्झौताको धारा १५ धारा १५ दफा १. विशेष रकम झिक्ने अधिकारलाई बाँडफाँट गर्ने अधिकार: कायम रहेको संचित सम्पत्तिको पूरकको आवश्यकता भएमा सो पूर्ति गर्न विशेष रकम झिक्ने खातामा भागिदार भएका सदस्यहरुलाई विशेष रकम झिक्ने अधिकारको बाँडफाँट गर्न कोषलाई अधिकार हुनेछ।
➔ पहिलो संशोधनद्वारा हटाई भई दोस्रो संशोधनद्वारा संशोधित।
धारा १५ दफा २. विशेष रकम झिक्ने अधिकारको मूल्याङ्कन: विशेष रकम झिक्ने अधिकारहरुको मूल्याङ्कन गर्ने पद्धति कोषले आफ्नो कूल मतदान शक्तिको ७० प्रतिशतको बहुमतले निर्णय गर्नेछ तर मूल्याङ्कन गर्ने प्रचलित पद्धतिमा सैद्धान्तिक वा मौलिक परिवर्तन गर्नु परेमा कोषको आफ्नो कूल मतदान शक्तिको ८५ प्रतिशतको बहुमतको आवश्यकता पर्नेछ।
कोष सम्झौताको धारा १६ दफा ३ धारा १६ दफा ३. अभिलेखन र सूचना: विशेष रकम झिक्ने अधिकारहरुको (मौज्दात होल्डिङ्ग्स) मा हुने सबै हेरफेर कोषले विशेष रकम झिक्ने खातामा अभिलेखन गरेपछि मात्र लागू हुनेछ। भागीदारहरुले विशेष रकम झिक्ने अधिकारहरुको प्रयोग यस सम्झौताको जुन उपबन्ध्याको अन्तर्गत गरिएको हो त्यथको सूचना कोषलाई दिनेछन्। कोषले आफ्नो काम कारबाहीको लागि आवश्यक सम्झौताको सूचनाहरु भागीदारहरुबाट पेश गराउन सक्नेछ।
कोष सम्झौताको धारा १७ दफा १ धारा १७ दफा १. भागीदारहरु: आफ्नो कानून अनुसार विशेष रकम झिक्ने खाताको भागीदारको सबै दायित्व वहन गर्न मञ्जुरीको उल्लेख गरिएको लिखित कोषमा दाखिल गर्ने प्रत्येक सदस्य, लिखित दाखिला गरेको मितिदेखि सो खाताको भागीदार हुनेछ तर विशेष रकम झिक्ने अधिकारसम्बन्धी सबै धाराहरु लागू नभएसम्म र सम्पूर्ण कोटाको कमसेकम ७५ प्रतिशत भएका सदस्यहरुले यस दफा अन्तर्गत लिखित दाखिला नगरे सम्म कुनै सदस्य त्यस्तो भागीदार बन्ने छैन।
कोष सम्झौताको धारा २२ धारा २२ भागीदारहरुको सामान्य दायित्व: यस सम्झौताका अरु धाराहरु अन्तर्गत विशेष रकम झिक्ने अधिकारको सम्बन्धमा ग्रहण गरिएको दायित्वको अतिरिक्त विशेष रकम झिक्ने अधिकारको प्रभावकारी सञ्चालनलाई सुगम पार्न, यस सम्झौता अनुसार विशेष रकम झिक्ने अधिकारहरुको समुचित प्रयोग गर्न तथा विशेष रकम झिक्ने अधिकारलाई अन्तर्राष्ट्रिय मौद्रिक
पद्धतमा प्रमुख सञ्चित सम्पत्ति बनाउन प्रत्येक भागीदारको कोष र अरु भागीदारहरुसँग सहयोग गर्ने स्वीकार गर्दछु।
“अनुसूची–१२ कोष सम्झौताको धारा २१ (बी)
धारा २१(बी) यस सम्झौताको धारा ९ अन्तर्गत प्रदान गरिएको विशेषाधिकार स्थिति र छुटहरुका अतिरिक्त विशेष रकम झिक्ने अधिकारहरुमा वा त्यसको काम कारबाही र व्यवहारमा कुनै कर लगाइने छैन।
“अनुसूची–१३ कोष सम्झौताको धारा १९ को दफा ४
धारा १९ को दफा ४. मुद्रा प्रदान गर्ने दायित्व: यस धाराको दफा ५ अन्तर्गत कोषले तोकेको भागीदारले यस धाराको दफा २(ए) अन्तर्गत विशेष रकम झिक्ने अधिकारहरु प्रयोग गर्ने भागीदारलाई माग भएमा स्वतन्त्र रुपले प्रयोग गर्ने सहि मुद्रा प्रदान गर्नेछ। भागीदारको मुद्रा प्रदान गर्ने दायित्व उसको खुद सञ्चित मागभन्दा बढी भएको विशेष रकम झिक्ने अधिकार त्यो देशको खुद सञ्चित मागभन्दा दोब्बर बढी भएसम्म वा कोष र भागीदारको बीचमा मञ्जुरी भएबमोजिमको माथिल्लो हदसम्म मात्र सीमित रहनेछ। कुनै भागीदारले दिन अनिवार्य भएको वा मञ्जुरी भएबमोजिम माथिल्लो हदभन्दा बढी मुद्रा प्रदान गर्न सक्नेछ।
धारा १९ को दफा ५. मुद्रा प्रदान गर्ने भागीदार तोक्ने: (ए) कोषले यस धाराको २(ए) र ४ को प्रयोजनको लागि विशेष रकम झिक्ने अधिकारहरुको निश्चित रकमको मुद्रा प्रदान गर्ने भागीदारहरुलाई तोकी भागीदारहरुले आफ्नो विशेष रकम झिक्ने अधिकारहरु प्रयोग गर्न पाउने निश्चित गर्नेछ। निम्नलिखित सामान्य सिद्धान्तहरु र कोषले समय समयमा मानेका सिद्धान्तहरुको आधारमा तोक्ने काम हुनेछ :-
$^1$ दोस्रो संशोधनद्वारा संशोधित। $^2$ पहिलो संशोधनद्वारा थप। $^3$ दोस्रो संशोधनद्वारा संशोधित। $^4$ दोस्रो संशोधनद्वारा संशोधित।
(१) भुक्तानी सन्तुलन र सम्पूर्ण सञ्चयको स्थिति पर्याप्त बलियो भएको भागीदारलाई तोक्न सकिनेछ। तर यसले बलियो सम्पूर्ण सञ्चय स्थिति भएको कुनै भागीदारलाई यसको भुक्तानी सन्तुलनमा साधारण घाटा भए पनि तोक्नमा कुनै बाधा छैन। भागीदारहरुलाई यस तरीकाले तोकिनेछ जसले उनीहरुमा पछि विशेष रकम झिक्ने अधिकारिहरुको सन्तुलित विभाग विभाजन बढाउनेछ।
(२) यस धाराको ६ (ए) अन्तर्गत पुनः स्थापन बढाउनलाई विशेष रकम झिक्ने अधिकारहरुको मौज्दातमा नकारात्मक सन्तुलन घटाउन र यस धाराको दफा ३ (ए) मा गरिएको आज्ञा पूर्तिको असफलताको प्रभावलाई हटाउन भागीदारहरु तोक्न सकिनेछ।
(३) कोषले भागीदारहरुलाई तोक्दा साधारणतः (२) अन्तर्गत तोक्ने उद्देश्यको पूर्तिको लागि विशेष रकम झिक्ने अधिकारहरु प्राप्त गर्न आवश्यकता भएकालाई अग्रअधिकार दिनेछ।
(बी) कोषले (ए) (१) अन्तर्गत भागीदारहरुमा पछि विशेष रकम झिक्ने अधिकारहरुको सन्तुलित विभाजन बढाउने उद्देश्य राखी अनुसूची “एफ” वा तल (सी) अन्तर्गत जारी गरिएको तोक्ने सम्बन्धमा नियमहरु लागू गर्नेछ।
(सी) तोक्ने सम्बन्धमा नियमहरु उपर प्रथम तथा त्यसपछिको प्रत्येक मूल्य अवधिको अन्तिममा पुनः विचार हुनेछ र पुनः विचारको परिणाम स्वरूप कोषले नयाँ नियमहरु जारी गर्न सक्नेछ। नयाँ नियमहरु लागू नभएमा पुनः विचार गर्दाको समय लागू भएका नियम लागू भइरहनेछ।
धारा १९ दफा २. (ए) भागीदारहरुको बीचको व्यवहार: कुनै भागीदारले यस धाराको दफा ५ अन्तर्गत तोकिएका कुनै भागीदारबाट बराबर रकमको मुद्रा प्राप्त गर्न आफ्नो विशेष रकम झिक्ने अधिकारहरुको प्रयोग गर्न सक्नेछ।
अनुसूची–१४
कोषको सम्झौताको धारा १९ “को दफा ६(ए)
धारा १९ “दफा ६. (ए) पुनः संस्थापन: आफ्नो विशेष रकम झिक्ने अधिकारहरु प्रयोग गर्ने भागीदारहरुले त्यसको आफ्नो मौज्दातको पुनः संस्थापनको अनुसूची “जी” वा तल (बी) अन्तर्गत जारी गरिएको पुनः संस्थापनसम्बन्धी नियमहरु बमोजिम गर्नु पर्छ।
२ पहिलो संशोधनद्वारा भप । द्रष्टव्य:- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। (२) गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा रूपान्त्तर भएका शब्दहरूः– “श्री ५ को अर्थ मन्त्री” को सट्टा “अर्थ मन्त्री”।*