सुरक्षित कारोबार ऐन, २०६३
प्रमाणीकरण र प्रकाशन मिति २०६३।०७।३०
संशोधन गर्ने ऐन १. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७६।०१।०२ २. सुरक्षित कारोबार (पहिलो संशोधन) ऐन, २०८१ २०८१।१२।०३
२०६३ सालको ऐन न. १९ सुरक्षित कारोबारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः देशको आर्थिक विकासका लागि आर्थिक क्रियाकलापको अधिकतम प्रवर्द्धन गर्न चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी त्यस्तो चल सम्पत्ति उपरको दायित्व परिपालन गर्ने गराउने व्यवस्था तत्काल गर्न वाञ्छनीय भएकोले,
प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको छ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “सुरक्षित कारोबार ऐन, २०६३” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “अदालत” भन्नाले नेपाल सरकारले न्याय परिषद्को परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालतको वाणिज्य इजलास सम्झनु पर्छ। (ख) “अधिकारपत्र (इन्स्ट्रुमेन्ट)” भन्नाले प्रतिज्ञापत्र, विनिमयपत्र वा अन्य विनिमय अधिकारपत्र सम्झनु पर्छ।
(ग) $\ast$
(घ) “अभिलेख” भन्नाले आवश्यकतानुसार हेर्न, देख्न, खोल्न वा प्राप्त गर्न सकिने किसिमले कुनै लिखत वा विद्युतीय वा अन्य माध्यमद्वारा सञ्चित गरी राखिएको जानकारी सम्झनु पर्छ र सो शब्दले यस ऐन बमोजिमको सूचना समेतलाई जनाउँछ।
(ङ) “उपभोग्य वस्तु” भन्नाले व्यक्तिगत, पारिवारिक वा घरायसी प्रयोजनका लागि उपयोग गरिने जुनसुकै मालसामान सम्झनु पर्छ।
तर सो शब्दले क्रमसंख्या अङ्कित सवारी साधनलाई जनाउने छैन।
(च) “उपकरण” (इक्वीपमेन्ट) भन्नाले कृषिजन्य उत्पादन, मौज्दातमा रहेको मालसामान वा उपभोग्य वस्तु बाहेकका अन्य मालसामान सम्झनु पर्छ।
(छ) “क्रमसंख्या अङ्कित सवारी साधन” भन्नाले धितो दिने व्यक्तिको मौज्दातमा रहेको बाहेकका अन्य सवारी साधन, सवारी साधनको ट्रेलर, हवाईजहाज वा यन्त्र जमिन जुङ्गा सम्झनु पर्छ।
(ज) “कृषिजन्य उत्पादन” भन्नाले कृषि व्यवसायमा संलग्न धितो दिने व्यक्तिको कटान नगरिएका रुखबाहेकका देहायका मालसामान सम्झनु पर्छ:-
(१) हुकेको, हुकंदै गरेको वा पछि हुक्ने बालीनाली, (२) पानीमा उत्पादित जलचर, (३) घरपालुवा पशुपक्षी (भविष्यमा जन्मने समेत), (४) खेतीपातीको सिलसिलामा प्रयोग भएको वा सोबाट उत्पादन भएका मालसामानहरु, (५) बालीनाली वा घरपालुवा पशुबाट उत्पादित तयारी अवस्थामा नपुगेका उत्पादनहरु।
$\ast$ पहिलो संशोधनद्वारा झिकिएको।
(झ) “खरिद मूल्य सम्बन्धी धितोको हक (पर्चेज मनी सेक्युरिटी इन्ट्रेस्ट)” भन्नाले देहायको हदसम्मको कुनै वस्तुमा रहेको वा कुनै बौद्धिक सम्पत्ति वा बौद्धिक सम्पत्तिको इजाजतपत्र अन्तर्गत इजाजतवालाको अधिकारमा रहेको कुनै धितोको हक सम्झनु पर्छ:-
(१) सम्पत्तिको पूरा वा आंशिक मूल्य सुरक्षित गर्न सोको बिक्रेताले सो हक लिएको वा आफूसँग निहित राखेको, वा
(२) बिक्रेता बाहेक अन्य व्यक्तिले धितो लिने व्यक्तिलाई सम्पत्ति वा सोको प्रयोग उपर हक प्राप्त गराउन मूल्य वा प्रतिफल दिई निजले सो सम्पत्ति उपर धितोको हक लिएको र त्यस्तो मूल्य वा प्रतिफल जुन प्रयोजनको लागि लिएको हो, सो बापत नै प्रयोग गरेको।
(झ१) “चल सम्पत्ति” भन्नाले अचल सम्पत्ति बाहेक जडित सामान, उत्खननको लागि अनुमतिप्राप्त खनिज पदार्थ, कटान गरिने रुख लगायत व्यक्तिको कुनै पनि प्रकृतिको मूर्त वा अमूर्त सम्पत्ति सम्झनु पर्छ र सो शब्दले भविष्यमा सिर्जना हुने सम्पत्ति, बहीखाता, मालसामान, बैंक खाता, धितोको सम्पत्तिबाट प्राप्त लाभ वा मुलुकबाहिर रहेको चल सम्पत्ति लगायत प्रचलित कानून बमोजिमको चल सम्पत्तिलाई समेत जनाउँछ।
(ञ) “जडित सामान” (फिक्स्चर) भन्नाले प्रचलित कानून बमोजिम सम्पत्ति सम्बन्धी अधिकार सिर्जना हुने अचल सम्पत्तिमा जडान गरिएको वा जडान गर्ने अभिप्रायले राखिएका मालसामान सम्झनु पर्छ।
तर सो शब्दले सजिलै हटाउन वा झिक्न सकिने कारखानाको मेसिन, कार्यालय मेसिन वा घरेलु उपयोगका मालसामानहरु जडित सामानमा पर्दैनन्।
(ट) “जमानत” भन्नाले भुक्तानीको दायित्व वा प्रतित्तपत्र अन्तर्गत जारी गर्ने व्यक्तिको भुक्तानीको दायित्व जस्ता सहायक दायित्व सम्झनु पर्छ र सो शब्दले बहीखाता,
सुरक्षित बिक्री करार, लिखत, अधिकारपत्र वा अन्य चल सम्पत्तिका सम्बन्धमा भुक्तानी गराउन सहयोग पुर्याउने दायित्व समेतलाई जनाउँछ।
(ट१) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ट२) “दत्त अभिलेख” भन्नाले दफा ५ को उपदफा (१) को खण्ड (क) बमोजिम खडा गरिएको दत्त अभिलेख सम्झनु पर्छ।
(ठ) “दत्त कार्यालय” भन्नाले दफा ४ बमोजिम स्थापना भएको सुरक्षित कारोबार दत्त कार्यालय सम्झनु पर्छ।
(ठ१) "दायित्व परिपालना नभएको अवस्था” भन्नाले दायित्व वहन गर्ने व्यक्तिले पूरा गर्नु पर्ने दायित्व पूरा गर्न नसकेको अवस्था सम्झनु पर्छ र सो शब्दले धितो दिने र धितो लिने व्यक्तिबीच भएको सम्झौताको सर्त अन्तर्गत दायित्व परिपालना गर्न नसकेको मानिने कुनै अन्य अवस्थालाई समेत जनाउँछ।
(ड) “दायित्व वहन गर्ने व्यक्ति” भन्नाले बिक्रीखाता, सुरक्षित बिक्री करार वा अन्य चल सम्पत्तिका सम्बन्धमा दायित्व पूरा गर्नु पर्ने व्यक्ति सम्झनु पर्छ।
(ढ) “धितो लिने व्यक्ति” भन्नाले धितोको सम्झौताबमोजिम धितोको हक प्राप्त गर्ने ऋण वा उधारो दिने व्यक्ति वा विक्रेता वा अन्य व्यक्ति सम्झनु पर्छ र सो शब्दले बिक्रीखाता वा सुरक्षित बिक्री करार खरिद गर्ने व्यक्ति र मालसामान पट्टामा दिने व्यक्तिसमेतलाई जनाउँछ।
(ण) “धितो दिने व्यक्ति” भन्नाले आफ्नो वा अन्य कुनै व्यक्तिको दायित्व सुनिश्चित गर्न धितोको हक सिर्जना गर्ने गरी धितो दिने व्यक्ति सम्झनु पर्छ र सो शब्दले बिक्रीखाता धितो दिने व्यक्तिलाई समेत जनाउँछ।
(त) “धितोको सम्पत्ति” भन्नाले धितोको हक सिर्जना गर्न सक्ने चल सम्पत्ति सम्झनु पर्छ।
✦ पहिलो संशोधनद्वारा संशोधित। ≈ पहिलो संशोधनद्वारा थप।
(थ) “धितो सम्बन्धी सम्झौता” भन्नाले धितोको हकको सृजना गर्ने वा सोको व्यवस्था गर्ने सम्झौता सम्झनु पर्छ।
•(द) “धितोको हक (सेक्युरिटी इन्ट्रेस्ट)" भन्नाले धितो दिने व्यक्तिले धितो दिएको चल सम्पत्ति उपर सम्झौता बमोजिम संजित नत धितो लिने व्यक्तिको अधिकार (इन्ट्रेस्ट) सम्झनु पर्छ र सो शब्दले बहीखाता हस्तान्तरण गरी लिने व्यक्तिको अधिकार (इन्ट्रेस्ट) लाई समेत जनाउँछ।
(ध) $\times$
(न) $\times$
(प) “खरिदकर्ता” (पर्चेजर) भन्नाले कुनै पनि किसिमले कुनै सम्पत्ति प्राप्त गर्ने वा त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ।
(फ) “बहीखाता” (एकाउन्ट) भन्नाले अधिकारपत्र वा सुरक्षित बिक्री करारबाट प्रमाणित नभएको, बिक्री गरिएको वा पट्टामा दिएको मालसामान वा प्रदान गरिएको सेवाबापत भुक्तानी पाउने अधिकार सृजना गर्ने खाता सम्झनु पर्छ।
(ब) “मौज्दातमा रहेको मालसामान” भन्नाले कुनै व्यापार, व्यवसायमा बिक्री वा पट्टामा दिनका लागि राखिएका मालसामान सम्झनु पर्छ र सो शब्दले कुनै उद्यम वा व्यवसायमा प्रयोग हुने कच्चा पदार्थ, अर्ध-तयारी, तयारी वा त्यस्ता उद्यम वा व्यवसायमा प्रयोग गरिएका वा उपभोग गरिएका मालसामानसमेतलाई जनाउँछ।
(भ) “मूल्य” भन्नाले सम्झौताबमोजिम दिइएको वा दिइने प्रतिफल सम्झनु पर्छ।
(म) “मालसामान” भन्नाले धितोको हक आबर्द्धुँदाका बखत चलरूपमा रहेको सबै प्रकारका वस्तुहरु सम्झनु पर्छ र सो शब्दले जमित सामान, बिक्री गर्ने प्रयोजनका लागि कटान गरिने रुख तथा कृषिजन्य उत्पादनसमेतलाई जनाउँछ।
$\bullet$ पहिलो संशोधनद्वारा संशोधित। $\times$ पहिलो संशोधनद्वारा झिकिएको।
तर सो शब्दले बहीखाता, सुरक्षित बिक्री करार, मुद्रा, लिखत वा अधिकारपत्रलाई जनाउने छैन।
(य) “मालसामानको पट्टा” भन्नाले देहायको मालसामानको पट्टा सम्झनु पर्छ:-
(१) एक वर्षभन्दा बढी समयको लागि गरिएको मालसामानको पट्टा,
(२) अनिश्चित अवधिको लागि दिइएको मालसामानको पट्टा,
(३) सुरुमा एक वर्ष वा सोभन्दा कम अवधिको लागि मालसामानको पट्टा दिइएकोमा पट्टा दिने व्यक्तिको सहमतिबमोजिम पट्टा लिने व्यक्तिले मालसामानमा कब्जा प्राप्त गरेको समयबाट एक वर्षभन्दा बढी अवधिसम्म अविच्छिन्नरूपमा त्यस्तो मालसामान कब्जामा लिएको भएमा,
तर पट्टामा लिने व्यक्तिले त्यस्तो पट्टामा लिएको मालसामान एक वर्षभन्दा बढी अवधिको लागि आफ्नो कब्जामा राखेको छैन भने त्यस्तो मालसामान एक वर्षभन्दा बढी अवधिको लागि पट्टामा दिएको मानिने छैन।
(४) कुनै मालसामान एक वर्ष वा सोभन्दा कम अवधिको लागि पट्टामा दिएको भए तापनि एक वर्षभन्दा बढी अवधिको लागि नवीकरण गर्न सकिने प्रावधान त्यस्तो पट्टामा गरिएको भएमा।
(र) “रजिष्ट्रार” भन्नाले दफा ४ को उपदफा (३) बमोजिम नियुक्त वा तोकिएको व्यक्ति सम्झनु पर्छ।
(ल) “लियन होल्डर” भन्नाले देहायका व्यक्तिहरु सम्झनु पर्छ:-
(१) अदालत, प्रचलित कानूनबमोजिम अधिकार प्राप्त अधिकारी वा दामासाही सम्बन्धी प्रचलित कानून बमोजिम दामासाही सम्बन्धी व्यवसायीको आदेशबाट धितो लिने व्यक्तिको धितोको सम्पत्तिमा हक प्राप्त गर्ने वा त्यस्तो धितोको सम्पत्ति कब्जा गर्न पाउने अधिकार प्राप्त व्यक्ति,
(२) कुनै धितोको सम्पत्तिमा नियन्त्रण राख्ने व्यक्तिबाहक कानूनको कार्यान्वयनको सिलसिलामा धितो लिने व्यक्तिको धितोको सम्पत्तिमा अधिकार प्राप्त गर्ने अन्य व्यक्ति।
(व) “लिखत” भन्नाले मालसामानको ढुवानी वा भण्डारणको व्यवसाय गर्ने व्यक्तिले जारी गरेको बाहकपत्र (बिल अफ लेडिङ्ग), गोदामघर, दाखिला रसिद जस्ता हकको लिखत वा भरपाई सम्झनु पर्छ।
(श) “लाभ” (प्रोसिड्स) भन्नाले देहाय बमोजिमको काम कारबाहीबाट प्राप्त भएको वा हुने लाभ सम्झनु पर्छः-
(१) धितोको सम्पत्तिको बिक्री, पट्टा, इजाजतपत्र, विनिमय वा अन्य कुनै किसिमले हुने हक हस्तान्तरणबाट भएको कुनै पनि किसिमको प्राप्ति
(२) धितोको सम्पत्तिका सम्बन्धमा सङ्कलन वा वितरणबाट भएको कुनै पनि प्राप्ति
(३) धितोको सम्पत्तिबाट सृजित अधिकार,
(४) धितो सम्पत्तिको मूल्यको हदसम्म धितोमा हुन गएको हानि नोक्सानी, त्रुटि वा धितोको सम्पत्तिको शर्तको उल्लंघनबाट उत्पन्न भएको हानि नोक्सानी बापतको दाबी,
(५) धितोको सम्पत्तिको मूल्यको हदसम्म तथा धितो दिने व्यक्ति वा धितो लिने व्यक्तिलाई भुक्तानी गर्नु पर्ने हदसम्म धितोमा हुन गएको हानि नोक्सानी वा त्रुटिको कारणबाट वा धितोको सम्पत्तिको शर्तको उल्लंघन भएको कारणबाट प्राप्त हुने भुक्तानी योग्य बीमा रकम।
(ष) “नगद लाभ” भन्नाले मुद्रा, चेक वा मनिअर्डर जस्ता लाभ सम्झनु पर्छ र सो शब्दले यस्तै प्रकारका अन्य नगद लाभसमेतलाई जनाउँछ।
(स) “सङ्केत चिन्ह” भन्नाले हस्ताक्षर गर्ने पक्षको पहिचान गर्ने वा अभिलेखको अधिकारिता ग्रहण वा स्थापित गर्ने उद्देश्यले कुनै पनि माध्यमबाट नाम वा सङ्केत ग्रहण वा कार्यान्वयन गर्ने काम सम्झनु पर्छ।
तर सो शब्दले हातले नै हस्ताक्षर गर्नु पर्ने बाध्यतालाई जनाउने छैन ।
(ह) “सम्पत्ति प्राप्त गर्ने कार्य” भन्नाले खरिदकर्ता, दान प्राप्त गर्ने, धितो लिने वा बन्धकी लिने व्यक्तिका रुपमा सुरक्षण प्राप्त गर्ने व्यक्तिले सम्पत्ति लिने वा अन्य कुनै स्वेच्छिक कारोबारबाट सम्पत्ति उपर हक सृजना गर्ने कार्य सम्झनु पर्छ ।
(क्ष) “सूचना” भन्नाले दर्ता कार्यालयमा दर्ता गरिएको वा दर्ताको लागि पेश गरिएको अभिलेख सम्झनु पर्छ र सो शब्दले दर्ता गरिएको वा दर्ताको लागि पेश गरिएको संशोधन, निरन्तरताको विवरण र समाप्तिको विवरण समेतलाई जनाउँछ ।
(त्र) “सुरक्षित बिक्री करार” भन्नाले मालसामान वा पट्टामा लिएको मालसामान उपर ऋण दायित्व तथा धितोको हक सृजना गर्ने अभिलेख सम्झनु पर्छ ।
(ज्ञ) “हस्तान्तरण” भन्नाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पूर्ण वा आंशिक रुपमा हस्तान्तरण हुने बिक्रीखाता, सुरक्षित बिक्री करार, अधिकारपत्र, लिखतमा रहेको भुक्तानीको अधिकार वा भुक्तानी पाउने अन्य अधिकार सम्झनु पर्छ ।
*(कक) “हस्तान्तरण गरी दिने व्यक्ति” भन्नाले बिक्रीखाता धितोको रूपमा हस्तान्तरण गरी दिने व्यक्ति सम्झनु पर्छ ।
*(कख) “हस्तान्तरण गरी लिने व्यक्ति” भन्नाले बिक्रीखाता धितोको रूपमा हस्तान्तरण गरी लिने व्यक्ति सम्झनु पर्छ ।
३. यो ऐन लागू हुनेः (१) देहायका कारोबारका सम्बन्धमा यो ऐन लागू हुनेछः-
(क) धरौटी (प्लेज), बन्धकी (हाइपोथिकेशन) तथा हायर पर्चेज लगायत धितोको सम्पत्तिबाट दायित्व सुरक्षित गर्ने प्रयोजनका लागि गरिने सम्पूर्ण कारोबार,
"स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि "बन्धकी (हाइपोथिकेशन)" भन्नाले चल सम्पत्तिको बन्धकी सम्झनु पर्छ।
♦(ख) दायित्वको सुरक्षा गर्ने वा नगर्ने जुनसुकै उद्देश्यले गरिने बहीखाताको बेचबिखन, र
♦(ग) दायित्व सुरक्षित गर्ने वा नगर्ने जुनसुकै उद्देश्यले गरिने मालसामानको पट्टा।
*(१क) देहाय बमोजिमको धितोको सम्बन्धमा यो ऐन लागू हुनेछ:-
(क) धितोको हक सिर्जना हुँदाका बखत धितोको सम्पत्तिको रूपमा रहेको अधिकारपत्र लगायतका चल सम्पत्ति नेपालमा रहेको भएमा,
(ख) नेपालमा रहने आधार देखिएको चल सम्पत्ति वा त्यस्तो सम्पत्ति सामान्यतया एकभन्दा बढी मुलुकमा प्रयोगमा आउने गरेको र सो सम्पत्ति धितो दिने व्यक्ति नेपालमा बसोबास गरी त्यस्तो धितो नेपालमा रहेको भएमा, वा
(ग) धितोको सम्पत्तिको रूपमा रहेको बहीखाता लगायतका चल सम्पत्ति र त्यस्तो धितोको सम्पत्ति नेपालमा रहेको भएमा।
(२) पक्षहरुका बीचमा भएको सम्झौतामा जुनसुकै कुरा लेखिएको भए तापनि वा धितोको सम्पत्तिमा स्वामित्वको अधिकार धितो लिने वा धितो दिने व्यक्ति जोसँग रहेको भए तापनि ♦उपदफा (१) र (१क) मा उल्लिखित कारोबार र धितोको सम्बन्धमा यो ऐन लागू हुनेछ।
(३) ♦उपदफा (१), (१क) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कारोबारका सम्बन्धमा यो ऐन लागू हुने छैन:-
(क) कर्मचारीको क्षतिपुर्तिको दाबीको हस्तान्तरण।
※ पहिलो संशोधनद्वारा थप। ♦ पहिलो संशोधनद्वारा संशोधित।
(ख) कुनै व्यवसायको बिक्रीको सिलसिलामा सो व्यवसायसँग सम्बन्धित बहीखाता वा सुरक्षित बिक्री करारको बिक्री भएको रहेछ भने त्यस्तो बिक्री सम्बन्धमा।
(ग) सिलनको प्रयोजनको लागि हस्तान्तरण गरिएको बहीखाता, सुरक्षित बिक्री करार वा अधिकारपत्र सम्बन्धमा, र
(घ) कुनै करार अन्तर्गत परिपालन गर्नु पर्ने समेत दायित्व भएको हस्तान्तरण गरी लिने व्यक्तिले सोही करार अन्तर्गत भुक्तानी पाउने अधिकारको हस्तान्तरण सम्बन्धमा।
परिच्छेद-२ सुरक्षित कारोबारसम्बन्धी दर्ता कार्यालयको स्थापना र सञ्चालन
४. दर्ता कार्यालयको स्थापनाः (१) यस ऐनबमोजिमको सूचनाहरु दर्ता गर्नको लागि नेपाल सरकारले सुरक्षित कारोबार दर्ता कार्यालय नाम गरेको एउटा दर्ता कार्यालयको स्थापना गर्नेछ।
(२) उपदफा (१) बमोजिम दर्ता कार्यालयको स्थापना नभएसम्मको लागि नेपाल सरकारले यस ऐन बमोजिम सूचनाहरु दर्ता गर्ने काम गर्नको लागि कुनै कार्यालयलाई तोक्न सक्नेछ।
(३) दर्ता कार्यालयको काम कारबाहीलाई व्यवस्थित गर्न नेपाल सरकारले कम्तीमा राजपट्टि द्वितीय श्रेणी वा सोसरिहको कर्मचारीलाई रजिष्ट्रारको रुपमा नियुक्ति गर्न वा तोक्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम नियुक्त वा तोकिएको रजिष्ट्रारले यस ऐन बमोजिम तोकिएका काम तथा कर्तव्य पूरा गर्नु पर्नेछ।
५. दर्ता कार्यालयको काम, कर्तव्य र अधिकारः (१) दर्ता कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) सूचना वा सूचनासँग सम्बन्धित कुनै संशोधन, सूचनाको निरन्तरता सम्बन्धी विवरण, सूचनाको समाप्ति सम्बन्धी विवरण, त्रुटि सच्याउने विवरण तथा लियन होल्डरको हक सम्बन्धी सूचनाहरु दर्ता गर्नका
लागि विद्युतीय प्रविधिद्वारा सञ्चालन हुने गरी दर्ता अभिलेख खडा गर्ने र सोको सञ्चालन तथा सम्भार गर्ने।
(ख) कुनै पनि व्यक्तिले अनुरोध गरेमा निजलाई यस ऐनमा व्यवस्था भए बमोजिम दर्ता कार्यालयको अभिलेखबाट जानकारी उपलब्ध गराउने।
(ग) प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफूले गरेको कामको वार्षिक प्रतिवेदन प्रकाशन गर्ने।
(२) दर्ता कार्यालयले गर्ने कुनै वा सबै काम कारबाही गर्नका लागि नेपाल सरकारले कुनै निजी निकायसँग सम्झौता गरी त्यस्तो निकाय मार्फत दर्ता कार्यालयले गर्नुपर्ने काम कारबाही पूरा गर्न आवश्यकता अनुसार सहयोग लिन सक्नेछ। दर्ता कार्यालयले त्यस्तो निकायसँग सम्झौता गर्नु अघि त्यस्तो निकाय देहाय बमोजिम सक्षम भए नभएको कुरामा ध्यान दिनुपर्नेछ:-
(क) सूचना दर्तासम्बन्धी काममा दर्ता कार्यालयलाई सघाउ पुर्याउन त्यस्तो निकायसँग आवश्यक साधन, जनशक्ति, आर्थिक तथा प्राविधिक साधन पर्याप्त भए नभएको,
(ख) दर्ता कार्यालयले राखेको विद्युतीय रजिष्ट्रीमा उपयुक्त व्यावसायिक प्रचलन अनुरूप पहुँच राख्न सक्ने क्षमता भए नभएको।
६. कार्यालयको सूचनामा पहुँचको अधिकारः (१) यस ऐनबमोजिम दर्ता भएको सूचनासँग सम्बन्धित जानकारी सार्वजनिक अभिलेखको रुपमा रहनेछ।
(२) दर्ता कार्यालयले सूचनाका सम्बन्धमा कुनै ढाँचा वा माध्यमद्वारा तयार पारेको सूचिपत्रहरु तथा अन्य अभिलेखहरुसमेत सार्वजनिक अभिलेखको रुपमा रहनेछ।
(३) प्रत्येक व्यक्तिलाई दर्ता कार्यालयमा रहेको उपदफा (१) वा (२) बमोजिमका अभिलेख हेर्ने र सोको आवश्यक प्रतिलिपि प्राप्त गर्ने अधिकार हुनेछ।
७. प्रारम्भिक सूचनाका विषयवस्तुहरुः (१) प्रारम्भिक सूचनामा कम्तीमा देहायका विवरण उल्लेख भएको हुनु पर्नेछ:-
(क) धितो दिने व्यक्तिको नाम, ठेगाना र अन्य विवरण,
(ख) धितो लिने व्यक्ति वा निजको प्रतिनिधिको नाम, ठेगाना र अन्य विवरण,
(ग) धितोको सम्पत्तिसँग सम्बन्धित विवरण,
तर त्यस्तो प्रारम्भिक सूचना उत्खननको लागि अनुमतिप्राप्त खनिज पदार्थ, कटान गरिने रुख वा धितोको सम्पत्तिमा जामित सामानसँग सम्बन्धित भएमा सम्बन्धित अचल सम्पत्तिको विवरण समेत उल्लेख गर्नु पर्नेछ। क्रमसंख्या अंकित सवारी साधनलाई सोको क्रमसंख्याको आधारमा वा सामान्य तरिकाले उल्लेख गर्न सकिनेछ।
(घ) तोकिए बमोजिमका अन्य विवरण।
(२) धितो लिने व्यक्ति वा निजले अख्तियारी दिएको व्यक्तिले निजको तर्फबाट यस ऐन बमोजिम प्रारम्भिक सूचना दर्ता कार्यालयमा दर्ता गर्न सक्नेछ।
(३) धितो दिने व्यक्तिले धितो सम्बन्धी सम्झौता सम्पन्न गरेको अवस्थामा त्यस्तो सम्झौतामा उल्लेखित धितोको सम्पत्ति र त्यस्तो धितोको सम्पत्तिबाट प्राप्त लाभका सम्बन्धमा सो सम्झौतामा स्पष्ट व्यवस्था भएको वा नभएको जेसुकै भए तापनि त्यस्तो धितोको सम्पत्ति वा सोबाट प्राप्त लाभसँग सम्बन्धित प्रारम्भिक सूचना वा संशोधन दर्ता समेतको काम गर्न पाउने गरी अख्तियारी प्रदान गरेको मानिनेछ।
(४) यस दफा बमोजिम प्रारम्भिक सूचना धितोसम्बन्धी सम्झौता सम्पन्न हुनु अगावै वा धितोको हक आबद्ध हुनु अगावै दर्ता गर्न सकिनेछ।
(५) प्रारम्भिक सूचनामा भएको जानकारी दर्ता अभिलेखमा राखिएको मिति र समयपछि मान्य हुनेछ।
८. सूचना अमान्य नहुने वा असर नपर्ने: (१) धितो दिने व्यक्तिको यथार्थ विवरणको प्रयोग गरी दर्ता अभिलेखमा खोजी गर्दा सूचनामा भएको जानकारी प्राप्त गर्न सकिने भएमा धितो दिने
व्यक्तिको विवरणमा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भए तापनि त्यस्तो सूचना मान्य हुनेछ।
(२) धितो दिने व्यक्तिको पहिचान सम्बन्धमा सूचनामा भएको कुनै सामान्य त्रुटिले सही पहिचान उल्लेख भएको अन्य धितो दिने व्यक्तिको हकमा सूचना प्रभावकारी हुने कुरामा असर पर्ने छैन।
(३) धितो दिने व्यक्तिको पहिचानको त्रुटि बाहेक दफा ७ को उपदफा (१) बमोजिम सूचनामा उल्लेख गर्नु पर्ने कुनै जानकारीमा भएको सामान्य त्रुटिले दर्ता अभिलेखमा मनासिब रूपमा खोजी गर्ने व्यक्तिलाई भ्रममा पार्ने स्थिति नभएसम्म त्यस्तो सूचनाको प्रभावकारितामा कुनै असर पर्ने छैन।
(४) धितोको सम्पत्तिको विवरणमा कुनै त्रुटि भई त्यस्तो सम्पत्तिको सम्बन्धमा सूचना प्रभावकारी नभएको कारणले सूचनामा पर्याप्त रूपमा उल्लेख भएको अन्य धितोको सम्पत्तिको हकमा सूचना प्रभावकारी हुने कुरामा असर पर्ने छैन।
९. सूचनाको परिवर्तनबाट उत्पन्न असरः (१) धितोको सम्पत्ति बिक्री, विनिमय गरिएको, पट्टा वा इजाजतमा दिइएको वा कुनै पनि किसिमले हस्तान्तरण गरिएको भएमा धितो लिने व्यक्तिले त्यसरी हस्तान्तरण भएको कुरा थाहा पाएको वा सो हस्तान्तरण गर्नमा मन्जूरी दिएको भए तापनि सो धितोको सम्पत्तिको सम्बन्धमा दर्ता गरिएको सूचना त्यस्तो हस्तान्तरणपछि पनि मान्य रहिरहनेछ।
(२) यस ऐन बमोजिम दर्ता गरिएको सूचना गम्भीर रूपमा भ्रमपूर्ण न हुने गरी धितो दिने व्यक्तिले आफ्नो नाम परिवर्तन गरेमा पनि त्यस्तो नाम परिवर्तन गरेको मितिभन्दा अगाडि वा सो मितिले चार महिनाको अवधिभित्र धितो दिने व्यक्तिले प्राप्त गरेको सम्पत्तिको सम्बन्धमा धितोको हक परिपक्व गराउन दर्ता गरेको त्यस्तो सूचना मान्य रहनेछ। नाम सच्याउने प्रयोजनका लागि नाम परिवर्तन गरिएको चार महिनाभित्र त्यस्तो संशोधन पेश गरी सो नाम सच्याएमा मात्र नाम परिवर्तन गरिएको चार महिनापछि धितो दिने व्यक्तिले प्राप्त गरेको धितोको सम्पत्तिमा धितोको हक परिपक्व गर्न त्यस्तो सूचना मान्य रहनेको मानिनेछ।
(३) उपदफा (२) बमोजिम धितो दिने व्यक्तिको नाम परिवर्तन गर्ने सम्बन्धमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कुनै सूचना दर्ता गरिसकेपछिको परिस्थितिमा भएको परिवर्तनले सो सूचनालाई गम्भीररूपमा भ्रमपूर्ण न बनाएको अवस्थामा समेत सो सूचना मान्य रही रहनेछ।
१०. सूचनाको अवधि र सोको समाप्तिबाट पर्न असरः (१) यस ऐन बमोजिम दर्ता गरिएको सूचना दर्ता गरेको मितिले पाँच वर्षको अवधिसम्म बहाल रहनेछ। यसरी दर्ता गरिएको सूचनाको अवधि समाप्त हुनु अगावै निरन्तरताको विवरण दर्ता नगरीएमा त्यस्तो सूचना पाँच वर्षको अवधि समाप्त भएपछि मान्य हुने छैन।
(२) दर्ताबिना नै धितोको हक परिपक्व भएकोमा बाहेक सूचना बहाल रहने समयावधि समाप्त भएपछि सूचना अमान्य हुनेछ र सो सूचनाबाट परिपक्व गराइएको धितोको हक अपरिपक्व हुनेछ।
(३) सूचना बहाल रहने समयावधि समाप्त भएको कारणले कुनै धितोको हक अपरिपक्व भएमा त्यस्तो सूचना सूचनाको अवधि समाप्त भएपछि मूल्य मतरी धितोको सम्पत्ति प्राप्त गर्ने व्यक्तिका विरुद्ध धितोको हक कुनै पनि अवस्थामा परिपक्व भएको मानिने छैन।
११. सूचनामा उल्लिखित धितो लिने व्यक्तिको नामः (१) यस ऐन बमोजिम दर्ता गरिएको प्रारम्भिक सूचना वा संशोधनको सूचनामा जसको नाम धितो लिने व्यक्ति वा निजको प्रतिनिधि भनी जनाइएको छ त्यस्तो व्यक्तिलाई सो सूचनामा उल्लिखित धितो लिने व्यक्ति भनिनेछ।
(२) संशोधनको सूचनाद्वारा उपदफा (१) बमोजिमको धितो लिने व्यक्तिलाई नाम संशोधन गरी नटाएसम्म त्यस्तो व्यक्ति नै धितो लिने व्यक्तिको रूपमा कायम रही रहनेछ।
१२. सूचनामा संशोधनः (१) प्रारम्भिक सूचना एक वा एकभन्दा बढी संशोधनहरूबाट संशोधित हुन सक्नेछ। प्रारम्भिक सूचनाको संशोधनको सूचनामा देहायका कुराहरू समावेश भएको हुनु पर्नेछः-
(क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान गरिएको हुनु पर्ने,
(ख) संशोधनको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान गरिएको हुनु पर्ने,
(ग) सूचनालाई संशोधन गर्न खोजिएको कुरा स्पष्ट रुपमा खुलाइएको हुनुपर्ने,
(घ) सूचनाको संशोधन भएको कुरा देखाउने गरी सूचनालाई पूर्ण रुपमा पुनर्लेखन गरी प्रारम्भिक सूचनामा खुलाउनु पर्ने सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्ने।
*(२) सूचनाले समेटेको धितोको सम्पत्तिमा थप हुने गरी वा कुनै धितो दिने व्यक्तिलाई सूचनामा समावेश गर्ने गरी सूचनामा गरिएको संशोधन त्यस्तो संशोधनबाट असर पर्ने धितो दिने व्यक्तिले अख्तियारी दिएको भएमा मात्र मान्य हुनेछ।
*(२क) धितोको लाभका सम्बन्धमा सम्झौता गरिसकेपछि सो सम्झौतामा उल्लिखित धितोको सम्पत्ति तथा सोबाट प्राप्त लाभलाई समेट्ने गरी संशोधन दर्ता गर्न पाउने गरी धितो दिने व्यक्तिले अख्तियारी दिएको मानिनेछ।
(३) $\times$.............
(४) $\times$.............
(५) $\times$.............
(६) धितोको सम्पत्ति थप गर्ने संशोधन दर्ता गरिएको मिति र समयदेखि थप गरिएको धितोको सम्पत्तिको हकमा सो संशोधन मान्य हुनेछ ।
(७) धितो दिने व्यक्ति थप गर्नका लागि संशोधन दर्ता गरिएको भए सो संशोधन दर्ता गरिएको मिति र समयदेखि थप गरिएको धितो दिने व्यक्तिको हकमा सो संशोधन मान्य हुनेछ।
(८) उपदफा (७) बमोजिमको संशोधन बाहेकको अन्य संशोधनको सूचनामा उल्लिखित प्रत्येक धितो दिने व्यक्तिले त्यस्तो संशोधन दर्ता गर्न अख्तियारी दिएको अवस्थामा मात्र निजको हकमा सो संशोधन मान्य हुनेछ।
$\ast$ पहिलो संशोधनद्वारा संशोधित। $\approx$ पहिलो संशोधनद्वारा थप। $\times$ पहिलो संशोधनद्वारा झिकिएको।
(९) सूचनामा उल्लिखित धितो लिने सबै व्यक्तिहरूलाई सो सूचनाबाट बाहेक गर्ने वा त्यसरी बाहेक गरिएका धितो लिने व्यक्तिहरूको सट्टा नयाँ धितो लिने व्यक्तिको नाम सूचनामा उल्लेख नगर्ने वा त्यस्तो सूचनामा उल्लिखित धितो दिने सबै व्यक्तिहरूको नाम हटाउने वा त्यसरी हटाइएका धितो दिने व्यक्तिको नाम सट्टा नयाँ धितो दिने व्यक्तिको नाम $\diamond$ सूचनामा उल्लेख नगर्ने गरी भएको संशोधन अमान्य हुनेछ।
(१०) संशोधनको दर्ताले कुनै पनि सूचनाको बहाली अवधिलाई विस्तार गर्ने छैन।
१३. सूचनाको निरन्तरता: $\diamond$(१) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान हुने विवरण उल्लेख गरी दर्ता भएको निरन्तरताको विवरणले सूचनाको बहाली अवधि विस्तार गर्न सकिनेछ।
$\diamond$(२) सूचनाको अवधि समाप्त हुन भन्दा छ महिना अगावै यस ऐन बमोजिम सूचना बहाल रहने अवधि थप गर्न निरन्तरताको विवरण दर्ता गर्न सकिनेछ।
(३) उपदफा (२) बमोजिम म्यादभित्रै निरन्तरताको विवरण दर्ता गरिएमा त्यस्तो विवरण दर्ता नगरिएको भए सो सूचना जुन मितिमा समाप्त हुने थियो सोही मितिदेखि पाँच वर्षको अवधिसम्म त्यस्तो सूचना बहाल रहनेछ।
(४) $\times$................
(५) $\times$................
१४. सूचनाको समाप्ति: (१) देहायका कुराहरू खुलाई समाप्तिको विवरण दर्ता गरी सूचनाको प्रभावकारिता अन्त्य गर्न सकिनेछ:-
(क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान गरिएको,
(ख) $\times$ ...............
(ग) दर्ता गर्ने अख्तियारी दिने धितो लिने व्यक्तिको हकमा सो सूचना प्रभावकारी नभएको भन्ने कुरा खुलाइएको।
$\diamond$ पहिलो संशोधनद्वारा संशोधित। $\times$ पहिलो संशोधनद्वारा झिकिएको।
(२) देहायका अवस्था पूरा भएमा धितो दिने व्यक्तिले धितो लिने व्यक्तिसँग लिखित माग गरेमा त्यस्तो माग प्राप्त गरेको बीस दिनभित्र धितो लिने भनी सूचनामा जमिनिएको व्यक्तिले समाप्तिको विवरण दर्ता गर्नु पर्नेछ:-
(क) कुनै पनि सुरक्षित दायित्व तिर्न बाँकी नरिहेको र पेश्की दिने, दायित्व बहन गर्ने वा कुनै किस्मको मूल्य चुक्ता गर्ने प्रतिबद्धता नगरेको, वा
(ख) धितो दिने व्यक्तिले प्रारम्भिक सूचना दर्ता गर्न अख्तियारी नदिएको, वा
(ग) सूचनामा समाविष्ट बिक्री गरिसकेको बहीखाता वा सुरक्षित बिक्री करारका सम्बन्धमा रकम भुक्तानी गर्नु पर्ने दायित्व भएको व्यक्ति वा त्यस्तो दायित्व पूरा गर्नु पर्ने अन्य व्यक्तिले त्यस्तो दायित्व पूरा गरिसकेको र थप बहीखाता बिक्री सम्बन्धी कुनै प्रतिबद्धता बाँकी नरिहेको।
*(३) समाप्तिको विवरणको दर्ता त्यस्तो विवरणको जानकारी दर्ता अभिलेखमा राखिएको मिति र समयपछि मान्य हुनेछ।
१५. सूचनाको प्रभावकारिताः (१) रजिष्ट्रारले देहायको अवस्था भएमा दर्ता अभिलेखमा दर्ता गर्न खोजिएको कुनै सूचना दर्ता गर्नु पर्नेछ:-
(क) दर्ताका लागि कुनै शुल्क बुझाउनु पर्ने भएमा सोको भुक्तानी गरेको वा दफा १९ को उपदफा (४) बमोजिम भुक्तानीको प्रक्रिया अवलम्बन गरेको,
(ख) दर्ताका लागि यस ऐन बमोजिम प्रविष्ट गर्नु पर्ने प्रत्येक सूचना दर्ता अभिलेखमा प्रविष्ट गरेको, वा
(ग) दर्ता कार्यालयले तोकेका अन्य सूचना दर्ता अभिलेखमा प्रविष्ट गरेको।
= पहिलो संशोधनद्वारा थप।
(२) उपदफा (१) बमोजिम दर्ता गर्न खोजिएको कुनै सूचना दर्ता अभिलेखमा दर्ता हुन नसकेमा सो कुराको जानकारी सूचना दर्ता गर्न खोज्ने व्यक्तिलाई विद्युतीय माध्यमबाट तत्काल दिने व्यवस्था गर्नु पर्नेछ।
(३) यस ऐन बमोजिम दर्ता गरेको सूचनाको हदसम्म मात्र त्यसरी दर्ता गरिएको सूचना प्रभावकारी हुनेछ।
(४) दर्ता अभिलेखमा सूचना दर्ता भएपछि धितो लिने व्यक्ति भनी सूचनामा पहिचान गरिएको व्यक्तिलाई देहायका विवरण खुलाई सोको जानकारी तत्काल पठाउने व्यवस्था गर्नु पर्नेछ:-
(क) सूचनाको विवरण, (ख) दर्ता अभिलेखमा सूचना दर्ता भएको मिति र समय, र (ग) प्रारम्भिक सूचनाको हकमा सूचनाको दर्ता नम्बर।
१६. गलत ढङ्गले दर्ता गरिएको सूचनासम्बन्धी दाबीः (१) कुनै व्यक्तिलाई आफ्नो नाममा दर्ता कार्यालय समक्ष दर्ता भएको कुनै सूचना यथार्थमा आधारित नभएको वा गलत ढङ्गले दर्ता गरिएको भन्ने लागेमा त्यस्तो व्यक्तिले त्यस्तो सूचना सच्याउनको लागि दर्ता कार्यालयमा देहायका कुरा खुलाई सच्चाउने विवरण दर्ता गर्न सक्नेछ:-
(क) प्रारम्भिक सूचनाको दर्ता नम्बरबाट सो विवरणसँग सम्बन्धित अभिलेखको पहिचान भएको कुरा, (ख) सो विवरण सच्याउने विवरण भएको कुरा, र (ग) कुन आधारमा सो व्यक्तिलाई सो अभिलेख अयथार्थ हो भन्ने लागेको हो त्यस्तो आधार र सो व्यक्तिलाई अयथार्थता हटाउन सो अभिलेखमा कसरी संशोधन गर्नु पर्छ भन्ने लागेको छ सो कुरा वा कुन आधारमा सो व्यक्तिलाई सो अभिलेख गलत ढङ्गले दर्ता गरिएको हो भन्ने लागेको हो सोको आधार।
(२) यस दफा बमोजिम दर्ता भएको सच्याउने विवरणको दर्ताले सूचनाको प्रभावकारितामा कुनै असर पर्ने छैन।
१७. दर्ता कार्यालयको दायित्व: (१) दर्ता कार्यालयले दर्ता अभिलेखमा दर्ता भएको प्रत्येक सूचनाका सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) दर्ता गरिएका प्रत्येक अभिलेखलाई छुट्टाछुट्टै दर्ता नम्बर दिनु पर्ने।
(ख) प्रत्येक अभिलेखलाई दिएको दर्ता नम्बर, दर्ताको मिति र समय समेत खुलेको अभिलेख खडा गरी राख्नु पर्ने।
(ग) दर्ता अभिलेखको सूचना खोजी गर्नेको लागि पहुँचयुक्त बनाउने।
(२) दर्ता कार्यालयले दर्ता अभिलेखमा प्रारम्भिक सूचनालाई धितो दिने व्यक्तिको नामबाट दर्ता गरी राख्नु पर्नेछ।
(३) दर्ता कार्यालयले दर्ता अभिलेखमा प्रारम्भिक सूचना तथा सोसँग सम्बन्धित सबै अभिलेखहरूलाई एक आपसमा आबद्ध हुने किसिमबाट दर्ता गरी राख्नु पर्नेछ।
(४) दर्ता कार्यालयले दर्ता अभिलेखमा क्रमसंख्या अंकित सवारी साधनको क्रमसंख्या उल्लेखित सूचनाको सम्बन्धमा क्रमसंख्या अंकित सूची खडा गरी राख्नु पर्नेछ।
(५) दर्ता कार्यालयले दर्ता अभिलेखमा म्याद व्यतित भएको सूचनाहरूको अभिलेख म्याद व्यतित भएको मितिले दश वर्षसम्म सुरक्षित राख्नु पर्नेछ।
(६) रजिष्ट्रारले दफा १५ को उपदफा (१) बमोजिम भएमा दर्ता गर्न खोजिएको सूचना दर्ता अभिलेखले स्वीकार गर्ने र यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक दर्ता गरिएको कुनै सूचना संशोधन नगर्ने वा दर्ता अभिलेखबाट नहटाइने व्यवस्था गर्नु पर्नेछ।
१८. दर्ता अभिलेखबाट सूचना प्राप्त गर्न सकिने: (१) सूचना खोजी गर्ने व्यक्तिले दर्ता अभिलेखको सूचना देहायका आधारमा प्राप्त गर्न सक्नेछ:-
(क) धितो दिने व्यक्तिको पहिचानबाट,
(ख) क्रमसंख्या अंकित सवारी साधनको क्रमसंख्याबाट, वा
(ग) प्रारम्भिक सूचनाको दर्ता नम्बरबाट।
(२) यस दफा बमोजिमको सूचनाको जानकारी प्राप्त गर्न तोकिए बमोजिमको शुल्क लाग्नेछ।
(३) दर्ता कार्यालयले उपयुक्त माध्यमबाट सूचना वा जानकारी सम्प्रेषण गर्न सक्नेछ।
(४) सूचनाको प्राप्ति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१९. दर्ता शुल्कसम्बन्धी व्यवस्थाः (१) प्रारम्भिक सूचना, संशोधनको सूचना, निरन्तरताको विवरण वा समाप्तिको विवरण दर्ताको लागि तोकिए बमोजिमको शुल्क लाग्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ............ विद्युतीय प्रविधिको उपयोग गरी अभिलेख खोजी गरे बापत कुनै पनि शुल्क लाग्ने छैन।
(३) यस ऐन बमोजिम उपलब्ध गराइएका अन्य सेवाहरुका लागि कुनै पनि शुल्क लाग्ने छैन।
(४) रजिष्ट्रारले दर्ता कार्यालयबाट उपलब्ध गराइने सेवा उपभोग गर्ने व्यक्तिहरुको खाता खोलि त्यस्तो सेवाबापत लगाइएको शुल्क आवधिकरूपमा भुक्तानी गर्नेसम्बन्धी कार्यविधि तय गर्न सक्नेछ।
परिच्छेद-३ धितोको हकसम्बन्धी व्यवस्था
२०. धितोको हकः (१) उपदफा (२) को अधीनमा रही यस ऐनबमोजिम कुनै पनि व्यक्तिले धितोको हक दिन र लिन सकिनेछ। यसरी धितोको हक दिँदा लिँदा कुनै धितोको सम्पत्तिमाथि एकभन्दा बढी व्यक्तिको धितोको हकसमेत सृजना हुने गरी धितोको हक दिन र लिन सकिनेछ।
(२) धितो दिने व्यक्तिसँग रहेको उपभोग्य वस्तुमाथि खरिद मूल्य सम्बन्धी धितोको हक (पर्चेज मनी सेक्युरिटी इन्ट्रेस्ट) बाहेकका अन्य धितोको हक सृजना गर्न सकिने छैन।
पहिलो संशोधनद्वारा संशोधित। पहिलो संशोधनद्वारा झिकेको।
(३) धितोको सम्पत्ति प्रयोग गर्ने, भोग गर्ने बिक्री गर्ने, विनिमय गर्ने मिश्रित गर्ने वा अन्य कुनै पनि किसिमले हक हस्तान्तरण गर्ने अधिकार धितो दिने व्यक्तिसँग रहेको कारणले मात्र धितोको हक अमान्य भएको मानिने छैन ।
२१. सुरक्षित दायित्वः (१) दफा २० बमोजिम सृजना भएको धितोको हकले धितो सम्बन्धी सम्झौतामा उल्लिखित अधिकतम रकम र एक वा एकभन्दा बढी सामान्य वा विशेष रुपमा उल्लेख गरिएका दायित्वहरु सुरक्षित गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको सुरक्षित दायित्व मौद्रिक वा गैर मौद्रिक हुन सक्नेछ।
(३) धितोको हकले भावी दायित्व पनि सुरक्षित गर्न सक्नेछ। त्यस्तो दायित्व बाध्यतात्मक, शर्त सहितको वा स्वेच्छिक हुन सक्नेछ।
(४) धितोको हकले पहिले नै कायम रहेका दायित्वहरुलाई समेत सुरक्षित गर्न सक्नेछ।
२२. धितोको सम्पत्तिको विवरणः दफा ७ को उपदफा (१) को खण्ड (ग) बमोजिम पहिचान हुने गरी उपभोग्य वस्तु बाहेक अन्य कुनै धितोको सम्पत्तिको विवरण दिएमा त्यस्तो विवरणलाई पर्याप्त मानिनेछ।
तर उपभोग्य वस्तुको धितो सम्बन्धी सम्झौताको हकमा त्यस्तो वस्तुको मूल विवरण अनिवार्य रुपमा उल्लेख गरेको हुनु पर्नेछ।
२३. धितोसम्बन्धी सम्झौताको प्रभावकारिताः (१) धितो सम्बन्धी सम्झौता अभिलखको रुपमा रहनेछ। धितो सम्बन्धी सम्झौता एक वा एकभन्दा बढी अभिलखको रुपमा राख्न सकिनेछ।
(२) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितो सम्बन्धी सम्झौताका शर्तहरु अनुरुप सो सम्झौताका पक्षहरु, धितोको सम्पत्ति प्राप्तकर्ता, साहु तथा लियन होल्डर समेतका हकमा लागू हुनेछ।
(३) धितो सम्बन्धी सम्झौता एक वा एकभन्दा बढी धितोको हकसँग सम्बन्धित हुन सक्नेछ।
$\approx$ पहिलो संशोधनद्वारा थप। $\blacklozenge$ पहिलो संशोधनद्वारा संशोधित।
२४. धितो लिने व्यक्तिको कब्जामा रहेको धितोको सम्पत्तिः (१) धितो लिने व्यक्तिले आफ्नो जिम्मा र संरक्षणमा रहेको धितोको सम्पत्तिउपर मनासिब रेखदेख पुर्याउनु पर्नेछ।
(२) धितोको सम्पत्ति धितो लिने व्यक्तिको जिम्मामा रहेको अवस्थामा अन्यथा सहमति भएकोमा बाहेक देहायका कुरामा देहाय बमोजिम हुनेछः-
(क) धितोको सम्पत्तिको बीमाबापतको खर्च र सो सम्पत्तिसँग सम्बन्धित कर वा शुल्क लगायत मनासिब माफिकको खर्चको भुक्तानी गर्ने दायित्व धितो दिने व्यक्तिको हुने र त्यस्तो खर्चहरू उल्लेखित धितोको सम्पत्तिबाट असूल उपर गर्नु पर्ने,
(ख) कुनै दुर्घटनाबाट धितोको सम्पत्तिमा हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी बापत बीमा रकमले नखामेको हदसम्मको जोखिम धितो दिने व्यक्तिले व्यहोर्नु पर्ने, र
(ग) धितोको सम्पत्तिबाट प्राप्त रकमबाहेकको कुनै पनि वृहद्लाई धितो लिने व्यक्तिले अतिरिक्त सुरक्षणको रुपमा राख्नु पर्ने र धितो दिने व्यक्तिलाई रकम शोधभनान गरिएकोमा बाहेक निजले सुरक्षित दायित्व कम गराउन त्यस्तो रकम उपयोग गर्न सक्ने।
२५. धितोको सम्पत्तिमा धितोको हकको आबद्ताः (१) देहायको अवस्थामा मात्र धितोको सम्पत्तिमा धितोको हक आबद् भई सो सम्पत्तिका सम्बन्धमा धितो दिने व्यक्ति र तेस्रो पक्षहरुविरुद्ध त्यस्तो हक चलन चलाउन सकिनेछः-
(क) धितोको सम्पत्तिको विवरण उल्लेख गरी धितो सम्बन्धी सम्झौता भएकोमा,
(ख) धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई मूल्य दिएकोमा, र
(ग) धितो दिने व्यक्तिसँग धितोको सम्पत्ति उपर अधिकार रहेको को वा निजमा त्यस्तो धितोको सम्पत्ति धितो लिने व्यक्तिलाई हस्तान्तरण गर्न सक्ने अधिकार रहेकोमा।
(२) अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिमा रहेको धितोको हकको आवेदकले यस ऐन बमोजिम धितो लिने व्यक्तिलाई त्यस्तो धितोको सम्पत्तिबाट लाभ प्राप्त गर्ने धितोको हक प्रदान गर्नेछ।
परिच्छेद-४
धितोको हकको परिपक्वता र प्राथमिकता
२६. धितोको हकको परिपक्वताः (१) कुनै धितोमा धितोको हक आबद्ध भई यस दफा बमोजिमका शर्तहरु पूरा भएमा त्यस्तो धितोको हक परिपक्व भएको मानिनेछ।
(२) यस दफामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोको हक परिपक्व गराउनको लागि ♦दत्तन अभिलेखमा सूचना दर्ता गराउनु पर्नेछ।
(३) खरिद मूल्यसम्बन्धी धितोको हक कुनै उपभोग्य वस्तुमा आबद्ध भइसकेपछि मात्र त्यस्तो उपभोग्य वस्तुमा सृजना भएको खरिद मूल्य सम्बन्धी धितोको हक परिपक्व हुनेछ। सो को सूचना दत्तन गराई राख्नु पर्ने छैन।
(४) ♦ मालसामान, अधिकारपत्र, लिखत वा मुद्रामाथि रहेको धितोको हक धितो लिने व्यक्तिले त्यस्तो धितो आफ्नो कब्जामा लिएर पनि परिपक्व हुन सक्नेछ। सोको लागि सूचना दत्तन गराइरहनु पर्ने छैन। त्यस्तो मालसामान, अधिकारपत्र, लिखत वा मुद्रा कब्जामा लिएका बखतदेखि नै त्यसमाथि रहेको धितोको हक परिपक्व हुनेछ र सो कब्जा कायम रहे सम्म हक कायम रहनेछ।
(५) ✖..................
(६) ✖..................
(७) ✖..................
(८) ♦ नासोमा लिने व्यक्तिको जिम्मामा मालसामान रहेका बखत निजले सो मालसामानलाई समेट्ने गरी लिखत जारी गरेको रहेछ भने त्यस्तो लिखत उपर धितोको हक
♦ पहिलो संशोधनद्वारा संशोधित। ✖ पहिलो संशोधनद्वारा झिकेको।
परिपक्व गराएर पनि त्यस्तो मालसामानमाथि रहेको धितोको हकलाई परिपक्वता प्रदान गर्न सकिनेछ।
(९) धितोको सम्पत्तिउपर रहेको धितोको हकको परिपक्वताले धितोको सुरक्षण दिएको जमानत उपर रहेको धितोको हक लिखतमा परिपक्व बनाउनेछ। जमानतउपर रहेको धितोको हक परिपक्व गराउन सूचना दर्ता गराउन आवश्यक हुने छैन।
(१०) कुनै बहीखाता, अधिकारपत्र वा अन्य भुक्तानीको अधिकारमा धितोको हक रहेको धितो लिने व्यक्तिसँग हस्तान्तरणको प्रक्रियाबिना नै त्यस्तो भुक्तानीलाई सुरक्षित गर्ने वा समर्थन गर्ने व्यक्तिगत वा साम्पत्तिक अधिकारको सुविधा हुनेछ। त्यसरी सुविधा हस्तान्तरण हुने भएमा धितो प्रदान गरिएको व्यक्तिलाई प्रचलित कानून बमोजिम हस्तान्तरण गर्नु धितो दिने व्यक्तिको कर्तव्य हुनेछ।
२७. परिपक्वताको निरन्तरताः (१) धितोको हकको परिपक्वताको निरन्तरता नटुट्ने गरी धितो सम्बन्धी हक पहिले कुनै एक तवरमा परिपक्व बनाइएको र पछि अर्को तवरमा परिपक्व बनाइएकोमा सो हक निरन्तररूपमा परिपक्व भइरहेको मानिनेछ।
(२) धितो लिने व्यक्तिले परिपक्व बनाइएको धितोको हक हस्तान्तरण गरेमा त्यस्तो धितो लिने व्यक्तिबाट हस्तान्तरण गरी लिने व्यक्तिले त्यस्तो धितोको हकको परिपक्वतालाई निरन्तरता दिनको लागि यस ऐन बमोजिम सूचना दर्ता गराइरहनु पर्ने छैन।
२८. एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकताः (१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एउटै धितोको सम्पत्तिमा रहेको प्रतिस्पर्धी धितोको हकको प्राथमिकता देहाय बमोजिम हुनेछ:-
(क) परिपक्व भएको धितोको हकमध्ये जुन धितोको हकको प्राथमिकताको समय अगाडि छ सोही धितोको हक,
(ख) परिपक्व भएको तथा परिपक्व नभएको धितोको हकमध्ये परिपक्व भएको धितोको हक, र
(ग) परिपक्व नभएको धितोको हकमध्ये धितोको सम्पत्तिकसँग पहिले आबद्ध हुने धितोको हक।
तर परिपक्व नभएको धितोको हक एकै समयमा धितोको सम्पत्तिकसँग आबद्ध भएको भए पहिले भएको धितो सम्झौताबाट कायम भएको धितोको हकले प्राथमिकता पाउनेछ।
(२) धितोको हक पछिल्लो समयसम्म आबद्ध नभई निरन्तर रूपमा परिपक्व भएको खण्डमा पहिले दर्ताद्वारा परिपक्व भएको धितोको हकमा त्यसरी दर्ता गरेको समय नै प्राथमिकताको समय हुनेछ।
(३) निरन्तर रूपमा परिपक्व भएको खण्डमा पहिले कब्जामा लिई परिपक्व भएको धितोको हकमा त्यसरी परिपक्व भएको समय नै प्राथमिकताको समय हुनेछ।
(४) कुनै बैंकमा रहेको बैंक खातामा सो बैंकको परिपक्व भएको धितोको हक रहेको भए त्यस्तो धितोको हक सो बैंक खातामा रहेको परिपक्व भए वा नभएको अन्य कुनै धितोको हकभन्दा प्राथमिकतामा रहनेछ।
(५) धितोको सम्पत्तिको सम्बन्धमा कायम भएको दर्ता वा परिपक्वताको मिति नै सो धितोको सम्पत्तिबाट प्राप्त लाभको हकमा पनि सोही दर्ता वा परिपक्वताको मिति कायम भएको मानिनेछ।
२९. लियनको अधिकार उपर धितोको हकको प्राथमिकता: कुनै लियन सम्बन्धी सूचना दर्ता अभिलेखमा दर्ता भएमा त्यस्तो लियन पछिल्लो प्राथमिकताको समय भएको कुनै धितोको हक तथा अन्य कुनै परिपक्व नभएको धितोको हकभन्दा प्राथमिकतामा रहनेछ। परिपक्व गरिएको धितोको हक दर्ता अभिलेखमा कुनै सूचना दर्ता नभएको जुनसुकै लियनभन्दा अघिल्लो प्राथमिकताको क्रममा रहनेछ।
तर त्यस्तो लियन अघिल्लो प्राथमिकताको समय भएको कुनै परिपक्व धितोको हकभन्दा पछिल्लो प्राथमिकताको क्रममा रहनेछ।
२९क. असुरक्षित दाबी उपर धितोको हकको प्राथमिकता: कुनै परिपक्व भएको धितोको हक कर्मचारी तथा कामदारलाई भुक्तान गर्ने बाँकी रकम, बक्यौता कर लगायत नेपाल सरकारलाई भुक्तान गर्ने बाँकी रकम जस्ता प्राथमिकतामा पर्ने दाबी लगायत कुनै पनि असुरक्षित दाबीभन्दा प्राथमिकतामा रहनेछ।
३०. धितोको सम्पत्ति खरिद गर्दाको असर: (१) धितोको हक रहेको कुराको जानकारीबिना र त्यस्तो हक परिपक्व हुनुअगावै कुनै खरिदकर्ताले सो धितोको सम्पत्ति बापत मूल्य मात्रै खरिद गरेको भए त्यस्तो खरिदकर्ताले त्यस्तो धितोको सम्पत्ति कुनै पनि धितोको हकिबिना प्राप्त गर्नेछ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कुरामा देहाय बमोजिम हुनेछ:-
(क) कुनै व्यक्तिले नियमित व्यावसायिक कारोबारको सिलसिलामा बिक्री गर्ने बिक्रेताबाट कुनै मालसामान खरिद गर्दा धितोको हकको उल्लङ्घन हुन्छ भन्ने कुराको जानकारीबिना खरिद गरेको भएमा निजले धितोको हकिबिना नै त्यस्तो मालसामान प्राप्त गरेको मानिनेछ।
(ख) उपभोग्य वस्तु खरिद गर्ने व्यक्तिले धितो सम्बन्धी हकको जानकारीबिना र उपभोग्य वस्तु समावेश गर्ने सूचना दर्ता गर्नुअगावै त्यस्तो उपभोग्य वस्तु खरिद गरेमा त्यस्तो वस्तुमा रहेको धितोको हक परिपक्व भए वा नभए पनि सो व्यक्तिले त्यस्तो वस्तु धितोको हकिबिना नै प्राप्त गर्नेछ।
(ग) क्रमसंख्या अंकित सवारी साधन खरिद गर्ने व्यक्तिले सो सवारी साधनमा रहेको धितोको हकको जानकारीबिना वा दर्ता गरिएको सूचनामा सो सवारी साधनको क्रमसंख्या विवरण उल्लेख नगरेको वा गलत ढङ्गले उल्लेख गरेको भएमा त्यस्तो व्यक्तिले त्यस्तो क्रमसंख्या अंकित सवारी साधन धितोको हकिबिना नै प्राप्त गर्नेछ।
३१. इजाजत वा पट्टाको हकमा असर नपर्ने: (१) कुनै व्यक्तिले धितोको सम्पत्तिमा निहित धितोको हकको जानकारीबिना त्यस्तो धितोको हक परिपक्व हुनुअगावै सो सम्पत्ति इजाजत वा पट्टामा
लिएकोमा त्यस्तो धितोको सम्पत्तिमा रहेको धितोको हकले निजको सो धितोको सम्पत्तिमा रहेको इजाजत वा सो उपरको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
(२) नियमित व्यावसायिक कारोबारको सिलसिलामा कुनै किसिमको धितोको सम्पत्तिको इजाजत वा पट्टामा दिने व्यक्तिबाट त्यस्तो धितोको सम्पत्तिको इजाजत वा पट्टा लिँदा धितोको हकको उल्लङ्घन हुन्छ भन्ने कुराको जानकारीबिना कुनै व्यक्तिले त्यस्तो धितोको सम्पत्तिको इजाजत वा सो सम्पत्ति पट्टामा लिएकोमा त्यस्तो धितोको सम्पत्ति उपर धितोको हक परिपक्व भए तापनि धितोको सम्पत्तिमा पाएको इजाजत वा सो सम्पत्तिको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
(३) कम्पनीसंख्या अंकित सवारी साधन पट्टामा लिने व्यक्तिले सो सवारी साधनमा रहेको धितोको हकको जानकारीबिना पट्टामा लिएको भएमा वा दर्ता गरिएको सूचनामा सोको कम्पनीसंख्या विवरण उल्लेख नगरेको वा त्यस्तो विवरण गलत ढङ्गले उल्लेख गरेको भएमा त्यस्तो कम्पनीसंख्या अंकित सवारी साधनमा रहेको धितोको हकले निजको पट्टाको हकमा कुनै असर पार्ने छैन ।
३२. खरिद मूल्य सम्बन्धी धितोको हकको सूचनाः धितो दिने व्यक्तिले मालसामान बुझिलिएको पाँच दिनभित्र कुनै व्यक्तिले त्यस्तो मालसामानको खरिद मूल्य सम्बन्धी धितोको हकको सम्बन्धमा सूचना दर्ता गराएमा धितोको हक आबर्द्ध भएको र सूचना दर्ता भएको समयको बीचमा त्यस्ता मालसामानउपर सृजना भएको खरिदकर्ता, पट्टा लिने व्यक्ति वा लियन होल्डरको अधिकार उपर त्यस्तो धितोको हकले प्राथमिकता पाउनेछ ।
३३. धितोको सम्पत्तिको बेचबिखन र त्यसबाट प्राप्त लाभः (१) यस ऐनमा अन्यथा व्यवस्था भएको वा पक्षहरु बीच अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिको बिक्री, पट्टा, इजाजत, विनिमय, बेचबिखन वा अन्य किसिमले हस्तान्तरण गरिएको भए तापनि सो धितोको सम्पत्ति उपर रहेको धितोको हक निरन्तर रही रहनेछ ।
(२) यस ऐनमा अन्यथा व्यवस्था भएको वा पक्षहरु बीच अन्यथा सहमति भएकोमा बाहेक धितोको सम्पत्तिको बेचबिखन पछि सोबाट प्राप्त लाभमा धितोको हक आबर्द्ध हुनेछ ।
(३) मूल धितोको सम्पत्तिमा धितोको हक परिपक्व भएकोमा त्यस्तो मूल धितोबाट प्राप्त लाभ उपर पनि धितोको हक परिपक्व हुनेछ।
तर देहायको अवस्थामा बाहेक धितो दिने व्यक्तिले प्राप्त गरेको लाभ सो लाभ प्राप्त गरेको मितिदेखि एक्काइसौँ दिनदेखि सो लाभमा रहेको धितोको हक परिपक्व हुने छैन:- (क) दर्ता गरिएको सूचनाले सुरुको धितोको सम्पत्ति समेटेमा र त्यस्तो सुरुको धितोको सम्पत्तिबाट प्राप्त भएको लाभ नगद लाभ भएमा वा सुरुको सूचनामा जुन प्रकृतिको लाभ उल्लेख गरिएको थियो, सोही प्रकृतिको लाभ प्राप्त भएमा, वा (ख) बीस दिनको समयावधि समाप्त हुनुअगावै जुनसुकै तरिकाले त्यस्तो लाभ उपर धितोको हक परिपक्व गराइएको भएमा।
३४. उपकरण खरिद मूल्यमा धितोको हकको प्राथमिकताः खरिद मूल्य सम्बन्धी धितोको हक धितो दिने व्यक्तिले उपकरणमा कब्जा प्राप्त गर्दाका बखत वा सो प्राप्त गरेको पाँच दिनभित्र परिपक्व गराइएको भए त्यस्तो खरिद मूल्य सम्बन्धी धितोको हकले सोही सम्पत्ति उपर रहेको विवादित धितोको हक उपर तथा सो सम्पत्तिबाट प्राप्त लाभमा रहेको धितोको हक उपर समेत प्राथमिकता पाउनेछ।
३५. मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा रहेको खरिद सम्बन्धी धितोको हकको प्राथमिकताः देहायका अवस्थामा मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षीमा परिपक्व भएको खरिद मूल्य सम्बन्धी धितोको हकले त्यस्ता मालसामान वा पशुपक्षी उपर रहेको अन्य विवादित धितोको हक उपर प्राथमिकता पाउनेछ:- (क) धितो दिने व्यक्तिले मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षी उपर कब्जा लिई खरिद मूल्य सम्बन्धी धितोको हक परिपक्व भएमा, र (ख) खरिद मूल्य सम्बन्धी धितोको हक लिने व्यक्तिले सूचना दर्ता गराउनुअगावै अर्को कुनै व्यक्तिले मौज्दातमा रहेको मालसामान वा घरपालुवा पशुपक्षी उपर धितोको हक लिई सूचना दर्ता गराएको भए तापनि खरिद मूल्य सम्बन्धी धितोको हक लिने व्यक्तिले लिखित रूपमा त्यस्तो मालसामान वा घरपालुवा
पशुपतिको विवरण सहित निजको खरिद मूल्य सम्बन्धी हक रहेको जानकारी गराएमा।
३६. मालसामान नियन्त्रण (रिटेन्शन) मा लिने अधिकारको प्राथमिकताः कानूनको कार्यान्वयनबाट मालसामान नियन्त्रण लिने अधिकारको सृजना भई त्यस्तो मालसामान कब्जामा लिएको अवस्थामा सो मालसामानमा धितोको हक परिपक्व भए तापनि त्यस्तो मालसामान उपर देहायका अवस्थामा नियन्त्रणमा लिने अधिकारले प्राथमिकता प्राप्त गर्नेछः-
(क) त्यस्तो मालसामानका सम्बन्धमा सामग्री वा सेवा बापतको भुक्तानी सुरक्षित गर्न त्यस्ता मालसामान कब्जा लिने व्यक्तिको पक्षमा सो नियन्त्रण लिने अधिकार सृजना भएको भएमा, र
(ख) त्यस्तो सामग्री वा सेवा नियमित व्यावसायिक कारोबारको सिलसिलामा उपलब्ध गराइएको भएमा।
३७. जडित सामानः (१) धितोको हक जडित सामानमा सृजना गर्न सकिनेछ। धितोको हक सृजित मालसामान पछि जडित हुने सामान भएमा सोमा धितोको हक निरन्तर रही रहनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य निर्माण सामग्रीहरूमा रहेको धितोको हक त्यस्ता सामग्रीहरू अचल सम्पत्तिमा समाविष्ट हुँदाका बखत समाप्त हुनेछ।
(३) सजिलै हटाउन वा झिक्न सकिने कारखानाको मेसिन, कार्यालय मेसिन वा घरेलु उपयोगका मालसामानहरूको प्राथमिकता यस दफा बमोजिम निर्धारण गरिने छैन।
(४) यस दफामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक जडित सामान उपरको धितोको हक अचल सम्पत्तिमा रहेका अन्य सबै वास्तविक अधिकारहरूको अधीनस्थ हुनेछ।
(५) अचल सम्पत्तिको स्वामी वा बन्धकी लिने व्यक्तिको हक प्रचलित कानून बमोजिम दर्ता हुनु अगावै सूचना दर्ता गरिएमा जडित सामानमा रहेको परिपक्व धितोको हकले त्यस्तो अचल सम्पत्तिको स्वामीको हक वा बन्धकी लिखतमा जुनसुकै व्यवस्था गरिएको भए तापनि बन्धकी लिने व्यक्तिको हक उपर प्राथमिकता पाउनेछ।
(६) यस ऐन बमोजिम दर्ता गराउनु पर्ने लियनको सम्बन्धमा सूचना दर्ता गराउनुअगावै जधित सामानमा रहेको धितोको हक परिपक्व गराउन सूचना दर्ता गरिएमा जधित सामानमाथिको परिपक्व धितोको हकले लियन उपर प्राथमिकता पाउनेछ।
(७) कुनै मालसामान जधित सामान हुनुअगावै धितो दिने व्यक्तिले दिएको धितोको हक खरिद मूल्य सम्बन्धी धितोको हक भएमा र त्यस्ता मालसामान जधित सामान हुनुभन्दा अगावै वा जधित समान भइसकेको मितिले पाँच दिनभित्र धितोको हक परिपक्व गराउन सूचना दर्ता गरिएमा जधित सामानमा रहेको परिपक्व धितोको हकले अचल सम्पत्तिको स्वामीको, लियनहोल्डरको वा बन्धकी लिखतमा जुनसुकै व्यवस्था गरिएको भए तापनि बन्धकी लिने व्यक्तिको हक उपर प्राथमिकता पाउनेछ।
तर यसरी निर्धारण गरिएको प्राथमिकता निर्माण सम्बन्धी बन्धकी हकमा लागू हुने छैन।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “निर्माण सम्बन्धी बन्धकी” भन्नाले अचल सम्पत्तिमा गरिने निर्माण सुधार बापत भुक्तानी दिने कुनै पनि दायित्व सुरक्षित गर्ने गरी प्रचलित कानून बमोजिम दर्ता गरिएको बन्धकी सम्झनु पर्छ।
(८) सुरक्षित दायित्व परिपालन नभएमा यस दफा बमोजिमको प्राथमिकता प्राप्त गर्ने धितो लिने व्यक्तिले देहाय कुरामा देहाय बमोजिम हुने गरी अचल सम्पत्तिबाट जधित सामान छुट्याई लैजान सक्नेछ-
(क) जधित सामान छुट्याई लैजाने धितो लिने व्यक्तिले अचल सम्पत्तिमा पुग्न गएको हानि नोक्सानीको मर्मत गर्न लाग्ने खर्च धितो दिने व्यक्ति बाहेकका अन्य बन्धकी लिने व्यक्तिलाई अहिलम्ब शोधभनान गर्नु पर्ने,
(ख) धितो लिने व्यक्तिले छुट्याई लैजाने जधित सामानको अभावले वा त्यस्ता सामान विस्थापित गर्नु पर्ने आवश्यकताको कारणले त्यस्तो अचल सम्पत्तिको मूल्यमा हुन गएको कमी बापत त्यस्तो बन्धकी लिने व्यक्ति वा मालिकलाई रकम शोधभनान गर्नु पर्ने, र
(ग) धितो लिने व्यक्तिले शोधभर्ना गर्ने दायित्व पूरा गर्ने पर्याप्त मात्रामा विश्वास दिलाउन नसकेसम्म शोधभर्ना प्राप्त गर्ने व्यक्तिले त्यस्तो जमित सामान छुट्टै लैजाने अनुमति दिन इन्कार गर्न सक्ने।
३८. कृषिजन्य उत्पादन: धितो दिने व्यक्तिको कब्जामा रहेको अचल सम्पत्ति वा त्यस्तो अचल सम्पत्ति उपर रहेको निजको हकलाई प्रचलित कानून बमोजिम दर्ता गरी राखेको अवस्थामा त्यस्तो अचल सम्पत्तिमा रहेको कृषिजन्य उत्पादन उपरको परिपक्व धितोको हकले त्यस्तो सम्पत्तिको धनी वा बन्धकी लिने व्यक्तिको हक उपर प्राथमिकता पाउनेछ।
३९. सम्मिस्रण: (१) मालसामानको मौलिक पहिचान नष्ट नहुने गरी अन्य मूल मालसामानसँग भौतिक रुपमा एकीकृत भएमा त्यस्तो मालसामान त्यस्तो मूल मालसामानमा सम्मिस्रित भएको मानिनेछ।
(२) सम्मिस्रण हुने मालसामानमा पनि धितोको हक सृजना गर्न सकिनेछ र त्यस्तो धितोको हक सम्मिस्रण हुने धितोको सम्पत्तिमा पनि निरन्तर रही रहनेछ। धितोको सम्पत्ति सम्मिस्रण हुँदाका बखत त्यस्तो सम्पत्तिउपर धितोको हक परिपक्व भइ सकेको भए त्यस्तो धितोको हक सम्मिस्रण भएको मालसामानको हकमा समेत परिपक्व भएको मानिनेछ।
(३) $\times$ .......... दायित्व परिपालना नभएमा सम्मिस्रित मालसामान उपरको धितोको हकले समग्र मालसामानमा हक रहेका प्रत्येक व्यक्तिका दाबीहरु उपर प्राथमिकता पाउने भएमा धितो लिने व्यक्तिले अन्य मालसामानबाट त्यस्ता सम्मिस्रित मालसामान हटाउन सक्नेछ।
(४) सम्मिस्रित मालसामान हटाउने धितो लिने व्यक्तिले समग्र वा अन्य मालसामानमा कुनै हक निहित भएको धितो दिने व्यक्तिबाहेकको अन्य व्यक्तिलाई समग्र मालसामानमा हुन गएको भौतिक हानि नोक्सानीबापत देहाय बमोजिम शोधभर्ना गर्नु पर्नेछ र यसरी शोधभर्ना गर्दा धितो लिने व्यक्तिको हक त्यस्तो व्यक्तिको हकको अधीनस्थ हुनु पर्नेछः-
(क) सम्मिस्रित मालसामान हटाउने धितो लिने व्यक्तिले अचल सम्पत्तिमा पुग्न गएको हानि नोक्सानीको मर्मत गर्न लाग्ने खर्च धितो दिने व्यक्ति
बौहकका अन्य बन्धकी लिने व्यक्तिलाई अविलम्ब शोधभर्ना गर्नु पर्नेछ।
(ख) धितो लिने व्यक्तिले हटाएको मालसामानको अभावले वा त्यस्ता मालसामान विस्थापित गर्नु पर्ने आवश्यकताको कारणले त्यस्तो अचल सम्पत्तिको मूल्यमा हुन गएको कमीबापत धितो दिने व्यक्ति वा अन्य धितो लिने व्यक्तिलाई रकम शोधभर्ना गर्नु पर्नेछ।
(ग) धितो लिने व्यक्तिले शोधभर्ना गर्ने दायित्व पूरा गर्ने पर्याप्त मात्रामा विश्वास दिलाउन नसकेसम्म शोधभर्ना प्राप्त गर्ने व्यक्तिले त्यस्तो मालसामान छुट्टाई लैजान अनुमति दिन इन्कार गर्न सक्नेछ।
४०. मिश्रित सामानहरूः (१) उत्पादनमा वा सोको समूहमा आफ्नो पहिचान गुमाउने गरी अन्य मालसामानमा भौतिकरूपमा एकीकृत गरिएको मालसामान मिश्रित सामान हुनेछ।
(२) मिश्रित सामान उपर धितोको हक सृजना हुन नसक्नेछ।
तर त्यस्तो मालसामान मिश्रित सामान भई त्यसबाट सृजित उत्पादन वा समूहमा भने धितोको हक सृजना हुन सक्नेछ।
(३) धितोको सम्पत्ति मिश्रित सामान भएमा सोको उत्पादन वा समूहमा धितोको हक आबद्ध हुनेछ।
(४) धितोको सम्पत्ति मिश्रित सामान हुनु भन्दा अगावै दर्ताबाट सो धितोको सम्पत्तिमा रहेको धितोको हक परिपक्व भएको भए उत्पादन वा समूहसँग आबद्ध रहेको धितोको हकमा मिश्रित सामान उल्लेख भएको वा नभएको भए तापनि सूचना दर्ता निरन्तर परिपक्व हुनेछ। उत्पादन वा सोको समूह उपरको धितोको हकको प्राथमिकता मिश्रित भएको धितोको सम्पत्ति उपर रहेको धितोको हकको प्राथमिकताको समयदेखि गणना गरिनेछ।
(५) मिश्रित सामानको उत्पादन वा सोको समूह उपर एकभन्दा बढी धितोको हक आबद्ध भएको अवस्थामा देहाय बमोजिम प्राथमिकताको निर्धारण गरिनेछः-
(क) धितोको सम्पत्ति मिश्रित सामान हुँदाका बखत परिपक्व भएको धितोको हकले सोबखत अपरिपक्व रहेको धितोको हकउपर प्राथमिकता पाउनेछ,
(ख) उत्पादन वा सोको समूहमा आबद्ध भएको पहिलो धितोको हकले अपरिपक्व धितोको हकउपर प्राथमिकता पाउनेछ, र
(ग) एकभन्दा बढी धितोको हक परिपक्व भएमा धितोको सम्पत्ति मिश्रित सामान हुँदाका बखत सो सम्पत्तिको मूल्यको अनुपातमा धितोको हक समान स्थितिमा रहनेछ।
४१. सुरक्षित बिक्री करार र अधिकारपत्रहरूको खरीदः देहायका अवस्थामा सुरक्षित बिक्री करार वा अधिकारपत्रको खरीदिकर्ताले सुरक्षित बिक्री करार वा अधिकारपत्र उपरका विवादयुक्त धितोको हक र सोबाट प्राप्त लाभउपर समेत प्राथमिकता प्राप्त गर्नेछः-
(क) प्राप्तिकर्ताको नियमित व्यावसायिक कारोबारको सिलसिलामा प्राप्तिकर्ताले नयाँ मूल्य दिई सुरक्षित बिक्री करार वा अधिकारपत्र आफ्नो कब्जामा लिएको भएमा, र
(ख) सुरक्षित बिक्री करार वा अधिकारपत्रमा विवादयुक्त धितोको हक राख्ने व्यक्तिलाई सोको हस्तान्तरण गरिएको कुरा उल्लेख नगरेको भएमा।
४२. हस्तान्तरणः (१) कुनै व्यक्तिले बिक्रीखातामा रहेको आफ्नो केही वा सबै अधिकार हस्तान्तरण गर्न सक्नेछ।
(२) दायित्व वहन गर्ने व्यक्ति र हस्तान्तरण गरि दिने व्यक्ति बीच सम्पन्न सम्झौताका शर्तहरू हस्तान्तरण गरी लिने व्यक्तिका हकमा समेत लागू हुनेछ।
(३) यस दफामा अन्यथा व्यवस्था भएकोमा बाहेक हस्तान्तरणबाट उत्पन्न धितोको हकको आबद्धता, परिपक्वता वा कार्यान्वयनको सम्बन्धमा दायित्व वहन गर्ने व्यक्तिलाई कुनै जानकारी दिन आवश्यक हुने छैन।
*(३क) बहीखाता हस्तान्तरण गरी दिने व्यक्तिको अधिकार कुनै पनि प्रकारले सीमित गर्ने गरी दायित्व वहन गर्ने व्यक्ति वा अन्य कुनै व्यक्तिसँग भएको सम्झौतामा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो बहीखाता हस्तान्तरण प्रभावकारी हुनेछ।
(३ख) बहीखाता हस्तान्तरण गरी दिने व्यक्तिले गरेको सम्झौताको उल्लङ्घनका सम्बन्धमा हस्तान्तरण गरी दिने वा लिने व्यक्ति बाहेक अन्य कुनै व्यक्ति उत्तरदायी हुने छैन र हस्तान्तरण सम्झौताको अर्को पक्षले सम्झौताको उल्लङ्घन गरेको आधारमा मात्र बहीखाता वा बहीखाता हस्तान्तरणको सम्झौताबाट सिझिएन त दायित्वबाट उन्मुक्ति पाउने छैन।
(४) हस्तान्तरणको जानकारी दायित्व वहन गर्ने व्यक्तिलाई दिनुपर्ने भएमा त्यस्तो जानकारी लिखितरूपमा दिनु पर्नेछ र सो जानकारीमा हस्तान्तरण गरिएको अधिकारको पहिचान गरी हस्तान्तरण गरि दिने वा हस्तान्तरण गरि लिने व्यक्तिले सही गर्नु पर्नेछ।
(५) हस्तान्तरणको जानकारी प्राप्त गरेपछि दायित्व वहन गर्ने व्यक्तिले हस्तान्तरण गरि दिने व्यक्तिलाई भुक्तानी नदिई हस्तान्तरण गरि लिने व्यक्तिलाई भुक्तानी दिएर आफ्नो दायित्व परिपालन गर्नेछ । दायित्व वहन गर्ने व्यक्तिले अनुरोध गरेमा हस्तान्तरण गरि लिने व्यक्तिले हस्तान्तरण गरिएको कुराको पर्याप्त प्रमाण यथासमयमै उपलब्ध गराउनु पर्नेछ। हस्तान्तरण गरि लिने व्यक्तिले हस्तान्तरण गरेको कुराको पर्याप्त प्रमाण उपलब्ध गराउन नसकेमा हस्तान्तरणको सूचना पाइसकेको भए तापनि दायित्व वहन गर्ने व्यक्तिले हस्तान्तरण गर्ने व्यक्तिलाई भुक्तानी गरेर आफ्नो दायित्व पूरा गर्न सक्नेछ।
४२क. बहीखाता सङ्कलन गर्न सक्ने: बहीखाताको पूर्ण हस्तान्तरण अन्तर्गत हस्तान्तरण गरी लिने व्यक्तिले हस्तान्तरण वा सङ्कलनको अधिकार प्रयोग गर्ने सम्बन्धमा यस ऐनमा गरिएको व्यवस्थाको अधीनमा रही निजले भुक्तानी बाँकी भएपछि जुनसुकै समयमा अदालती कारबाहीबिना नै सिधै सो बहीखाता सङ्कलन गर्ने कारबाही चलाउन सक्नेछ।
४३. बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्ध: धितो लिने व्यक्ति र धितो दिने व्यक्ति बीचको सम्झौताले बहीखाता, पट्टा वा सुरक्षित बिक्री करारको बिक्री वा हस्तान्तरणमा रोक वा प्रतिबन्ध लगाएमा त्यस्तो सम्झौता कार्यान्वयन हुने छैन।
४४. भावी पेश्की: परिपक्व धितोको हकले धितो लिने व्यक्तिले भविष्यमा दिनु पर्ने ऋण दायित्व सुरक्षित गर्ने भएमा धितो लिने व्यक्तिले $\diamond$लियनको सम्बन्धमा वास्तविक रुपमा थाहा पाएपछि वा $\diamond$लियनको सूचना दर्ता अभिलेखमा दर्ता गरेको मितिले एक्काइस दिन पछिको अवधिमध्ये जुन अघिल्लो हुन्छ त्यसपछि दिइने पेश्कीको हदसम्म लियनहोल्डरको अधिकारले धितोको हकउपर प्राथमिकता पाउनेछ।
४५. प्राथमिकतामा फेरबदल: यस ऐनअन्तर्गत प्राथमिकता पाउने हक भएको व्यक्तिले त्यस्तो प्राथमिकता परिवर्तन गर्न वा परित्याग गर्न मन्जूर गर्न सक्नेछ । यस्तो सम्झौताको सम्बन्धमा सूचना दर्ता गरिरहनु पर्ने छैन।
$\approx$४५क. सूचनामा प्राथमिक अधिकार: धितोमा अधिकार प्रयोग गर्नुअघि धितो लिने व्यक्तिले सो धितोमा प्राथमिक अधिकार रहेको अन्य धितो लिने व्यक्तिलाई सूचना दिनु पर्नेछ। पहिलो प्राथमिकतामा रहेको धितो लिने व्यक्तिले कार्यान्वयन प्रक्रिया सम्पन्न गर्नुअघि जुनसुकै बखत सो कार्यान्वयन प्रक्रियालाई स्वीकार गरी अगाडि बढाउन सक्नेछ।
परिच्छेद-५ धितोको हकको कार्यान्वयन
४६. दायित्वको परिपालन सम्बन्धी व्यवस्थाहरु: (१) धितो सम्बन्धी सम्झौताका पक्षहरुले आपसी सहमतिद्वारा दायित्व परिपालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछन्।
(२) दायित्व परिपालन नभएमा धितो लिने व्यक्तिलाई देहाय बमोजिमको अधिकार हुनेछ:-
(क) धितो सम्बन्धी सम्झौतामा कब्जा वा नियन्त्रणका बारेमा कुनै पनि व्यवस्था नभएको भए तापनि धितो लिने व्यक्तिले आफ्नो इच्छा अनुसार धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्ने,
(ख) धितोको सम्पत्ति बेचबिखन गर्ने,
(ग) यस ऐनमा व्यवस्था गरिएका अन्य अधिकार तथा उपचार प्रयोग गर्ने,
$\diamond$ पहिलो संशोधनद्वारा संशोधित। $\approx$ पहिलो संशोधनद्वारा थप।
(घ) धितोसम्बन्धी सम्झौतामा व्यवस्था गरिएका अन्य अधिकार तथा उपचार प्रयोग गर्ने, र
(ङ) अन्य प्रचलित कानून अन्तर्गत उपलब्ध अधिकार तथा उपचार प्रयोग गर्ने।
(३) धितो लिने व्यक्तिले आफूलाई उपलब्ध कुनै वा सबै अधिकारहरु एकसाथ प्रयोग गर्न सक्नेछ।
(४) दायित्व परिपालन नभएको अवस्थामा धितोको सम्पत्ति, बहीखाता वा अन्य भुक्तानीको अधिकार भएमा धितो लिने व्यक्तिले हस्तान्तरण वा सिलनसम्बन्धी अधिकारको प्रयोग गर्ने सम्बन्धमा यस ऐनमा गरिएका व्यवस्थाको अधीनमा रही न्यायिक कारबाहीबिना सिधै त्यस्ता बहीखाता वा अन्य भुक्तानीको अधिकार सम्बन्धमा आफैले आवश्यक कारबाही चलाउन सक्नेछ।
(५) दायित्व परिपालन नभएको अवस्थामा धितोको सम्पत्ति लिखित भएमा धितो लिने व्यक्तिले त्यस्तो लिखित तथा सो लिखितबाट समेटिएका मालसामानका सम्बन्धमा आवश्यक कारबाही चलाउन सक्नेछ।
(६) धितो लिने व्यक्तिले कब्जा गर्न पाउने आदेश प्राप्त गरेमा सूचना दर्ता गरेको मिति वा धितोको हक परिपक्व भएको मितिमध्ये जुन पहिले हुन्छ सो मिति देखि धितोको सम्पत्ति उपरको प्राथमिकताको गणना गरिनेछ।
(७) अधिकार प्राप्त अधिकारीको आदेशबमोजिम वा सार्वजनिक लिलामको माध्यमबाट धितोको सम्पत्ति बिक्री गर्दा धितो लिने व्यक्तिले त्यस्तो धितोको सम्पत्ति खरीद गरी लिन सक्नेछ।
४७. धितो लिने व्यक्तिको प्राप्त गर्ने अधिकार: (१) दायित्व परिपालन नभएमा धितो लिने व्यक्तिले बहीखाता, सुरक्षित बिक्री करार वा भुक्तानी पाउने अन्य अधिकारका सम्बन्धमा खातामा दायित्व बहन गर्ने भनी जानेको व्यक्ति वा भुक्तानीको दायित्व बहन गर्ने अन्य व्यक्तिलाई भुक्तानी गर्न सूचित गर्न र त्यस पछिका कुनै लाभ आफ्नो नियन्त्रणमा लिन समेत पाउनेछ।
(२) धितोको हकले ऋण सुरक्षित गरेको भएमा धितो लिने व्यक्तिले सुरक्षित ऋणको रकम र यस परिच्छेद अन्तर्गत कटाउन पाउने खर्च रकमभन्दा बढी रकम सङ्कलित हुन आएमा त्यसरी बढी भए जमत रकम धितो दिने व्यक्तिलाई भुक्तानी दिनेछ। अन्यथा सहमति भएकोमा बाहेक यसरी सङ्कलित रकममा कुनै कमी हुन गएमा सुरक्षित ऋण तथा यस परिच्छेद अन्तर्गतको कट्टा गर्न पाउने खर्चसमेत र सङ्कलित रकम बीचको भिन्नता धितो दिने व्यक्तिले धितो लिने व्यक्तिलाई तिर्नु बुझाउनु पर्नेछ।
(३) खाता वा सुरक्षित बिक्री करारको बिक्रीसँग सम्बन्धित कारोबारको हकमा धितोसम्बन्धी सम्झौतामा व्यवस्था गरिएको भएमा मात्र धितो दिने व्यक्तिलाई बढी हुन आएको रकमको भुक्तानी पाउने अधिकार हुनेछ र घटी हुन गएको रकमको लागि निज जिम्मेवार हुनेछ।
(४) $\ast$.............
४८. धितो लिने व्यक्तिको धितोको सम्पत्ति कब्जामा लिने अधिकारः (१) धितो दिने व्यक्तिले $\diamond$दायित्वको परिपालन नगरेको अवस्थामा कानूनी कारबाही बिना नै धितो लिने व्यक्तिले धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्नेछ।
(२) $\ast$.............
(३) $\ast$.............
(४) धितो सम्बन्धी सम्झौताको अधीनमा रही धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई धितोको सम्पत्ति एकत्रीत गर्न र धितो लिने व्यक्तिले तोकेको दुवै पक्षलाई मनासिब रुपमा उपयुक्त हुने स्थानमा त्यस्तो सम्पत्ति धितो लिने व्यक्तिलाई उपलब्ध गराउन लगाउन सक्नेछ।
(५) धितो लिने व्यक्तिले कुनै पनि उपकरण रहेको स्थानबाट सो उपकरण नहटाई त्यसलाई प्रयोग गर्न नमिल्ने किसिमको बनाउन र धितोको सम्पत्तिलाई धितो दिने व्यक्तिको व्यवसायको स्थान, आवास वा धितोको सम्पत्ति रहेको वा भेटिएको अन्य कुनै पनि स्थानमा बेचबिखन गर्न सक्नेछ ।
$\ast$ पहिलो संशोधनद्वारा झिकिएको। $\diamond$ पहिलो संशोधनद्वारा संशोधित।
४९. धितोको हकको कार्यान्वयनमा बाधा विरोध गरेमा प्राप्त अधिकारः (१) यस ऐन, धितो सम्बन्धी सम्झौता वा प्रचलित कानून प्रतिकूल हुने गरी धितो दिने व्यक्तिले धितोको हकको कार्यान्वयन गर्ने, धितो बेचबिखन गर्ने वा अन्य तरिकाबाट चलन चलाउने कार्यमा रोक लगाएमा वा बाधा विरोध गरेमा धितो लिने व्यक्तिले धितोको सम्पत्तिको सुरक्षा गर्नको लागि देहायका अवस्थामा अदालतमा निवेदन दिन सक्नेछः-
(क) धितोको सम्पत्तिमा हानि नोक्सानी पुर्याएको वा पुर्याउन सक्ने सम्भावना रहेको वा गलत ढङ्गले हस्तान्तरण भएको वा हुनसक्ने संभावना रहेको,
(ख) धितोको सम्पत्ति पत्ता लगाउन नसकिने अवस्था भएको, वा
(ग) धितो दिने व्यक्ति पत्ता लगाउन नसकिएको।
(२) उपदफा (१) बमोजिम परेको निवेदनको सम्बन्धमा अदालतले देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछः-
(क) धितो दिने व्यक्ति वा धितोको सम्पत्ति कब्जामा राख्ने अन्य कुनै पनि व्यक्तिलाई धितोको सम्पत्ति बेचबिखन गर्न रोक लगाउने,
(ख) धितो दिने व्यक्ति वा धितोको सम्पत्तिको बारेमा जानकारी भएको अन्य कुनै पनि व्यक्तिलाई अदालत समक्ष हाजिर हुन आउन र धितोको सम्पत्तिको सम्बन्धमा जानकारी दिन लगाउने,
(ग) धितो दिने व्यक्तिलाई धितोको सम्पत्ति उपरको कब्जा धितो लिने व्यक्तिलाई जिम्मा दिन लगाउने,
(घ) यस ऐन बमोजिम धितोको हकसहितको धितोको सम्पत्ति प्राप्त गरेको कुनै पनि व्यक्तिलाई त्यस्तो धितोको सम्पत्ति उपरको कब्जा धितो लिने व्यक्तिलाई जिम्मा दिन लगाउने।
५०. धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्न सक्नेः (१) दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले कुनै वा सबै धितोको सम्पत्ति बिक्री गर्न, भाडामा दिन, इजाजतमा दिन वा अन्य कुनै पनि तवरले बेचबिखन गर्न सक्नेछ।
(२) धितोको सम्पत्ति एक वा एकभन्दा बढी करारअन्तर्गत सार्वजनिक वा निजी रूपमा बेचबिखन गर्न सकिनेछ।
(३) यस ऐन बमोजिम धितो लिने व्यक्तिको कर्तव्यसँग अनुकूल हुने गरी धितोको सम्पत्तिको बेचबिखन कुनै पनि समय, स्थान वा शर्तमा छुट्टाछुट्टै वा समुहगत रूपमा गर्न सकिनेछ।
(४) धितोको सम्पत्ति छिट्टै सड्ने, गल्ने भई वा सोको मूल्यमा तुरुन्तै गिरावट आउने प्रकृतिको भई सूचना दिन व्यावहारिक नहुने बाहेक धितो लिने व्यक्तिले धितोको सम्पत्ति सार्वजनिक रूपमा बिक्री गर्ने समय र स्थान वा निजी रूपमा बिक्री वा अन्य कुनै तवरले बेचबिखन गर्ने समयको मनासिब जानकारी धितो दिने व्यक्ति वा धितोको सम्पत्तिमा अधीनस्थ परिपक्व धितोको हक भएको अन्य कुनै धितो लिने व्यक्तिलाई दिनु पर्नेछ।
(५) धितो लिने व्यक्तिले धितोको सम्पत्ति सार्वजनिक रूपमा खरिद गर्न सक्नेछ।
५१. बेचबिखनको परिणाममाः (१) बेचबिखनबाट प्राप्त लाभको सम्बन्धमा देहाय बमोजिमको प्राथमिकताक्रम अनुसार भुक्तानी हुनेछ:-
(क) धितो लिने व्यक्तिले कानून व्यवसायीलाई तिरेको मनासिब माफिकको शुल्क र मुद्दा मामिला गर्दा लागेको कानूनी खर्च लगायत धितोको सम्पत्ति पुनः प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी तथा बेचबिखन गर्दा लागेको मनासिब माफिकको खर्च,
(ख) धितोको हकबाट सुरक्षित ऋण,
(ग) बेचबिखनबाट प्राप्त लाभको बाँडफाँड गर्नुभन्दा अगावै लिखित अनुरोध प्राप्त भई अधीनस्थ धितोको हक लिने व्यक्तिले त्यस्तो हकको मनासिब प्रमाण दिएमा धितोको सम्पत्तिउपर रहेको अधीनस्थ धितोको हकबाट सुरक्षित ऋण।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्तिको बिक्रीबाट प्राप्त भई बचत हुन आएको रकम धितो दिने व्यक्तिलाई फिर्ता दिनेछ र अन्यथा सहमति भएकोमा बाहेक नपुग रकमको हकमा धितो दिने व्यक्ति जिम्मेवार हुनेछ।
(३) दायित्वको परिपालन नभई धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-
(क) धितोको सम्पत्ति बेचबिखन हुँदा त्यस्तो सम्पत्तिको मूल्य तिरी खरिद गर्ने व्यक्तिले प्राथमिकताको माथिल्लो क्रममा रहेको धितोको हकको अधीनमा रही त्यस्तो धितोको सम्पत्ति, धितोको हक वा अधीनस्थ धितोको हक विशेषाधिकारबिना नै प्राप्त गर्ने, र
(ख) धितोको सम्पत्तिको स्वामित्वको अभिलेख राख्ने कार्यालयले मूल्य दिई खरिद गर्ने खरिदकर्तालाई नयाँ स्वामित्वको प्रमाणपुर्जी प्रदान गर्न सो कार्यालयले अनुरोध गरेमा धितो लिने व्यक्तिले कब्जा गर्न पाउने गरी अदालतले दिएको आदेशको ढाँचामा नयाँ स्वामित्वको प्रमाणपुर्जी जारी गर्ने अख्तियारी वा दायित्व पालना नभएमा धितो लिने व्यक्तिलाई कब्जा हस्तान्तरण गर्ने गरी धितो दिने व्यक्तिले गरेको लिखित सम्झौता सो कार्यालय समक्ष पेश गर्ने।
५२. धितोको सम्पत्ति रोक्का राख्ने वा नियन्त्रणमा लिनेः (१) दायित्वको पालना नभएमा धितो लिने व्यक्तिले सुरक्षित दायित्व पूर्ण वा आंशिकरूपमा पालना गराउनको लागि धितोको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन प्रस्ताव गर्न सक्नेछ।
(२) धितो लिने व्यक्तिले धितो दिने व्यक्ति तथा धितोको सम्पत्तिमा अधीनस्थ परिपक्व धितोको हक भएको धितो लिने अन्य कुनै व्यक्ति समक्ष उपदफा (१) बमोजिम प्रस्ताव राख्नु पर्नेछ।
(३) धितो लिने व्यक्तिले उपदफा (२) बमोजिम प्रस्तावको सूचना पाउने हक भएको व्यक्तिबाट त्यस्तो सूचना पठाइएको मितिले एक्काइस दिनभित्र लिखित दाबी विरोध प्राप्त
गरेमा निजले यस परिच्छेदमा भएको व्यवस्थाबमोजिम त्यस्तो धितोको सम्पत्ति बेचबिखन गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको म्यादभित्र दाबी विरोध प्राप्त नभएमा धितो लिने व्यक्तिले उपदफा (१) बमोजिमको प्रस्ताव अनुसार धितो दिने व्यक्तिको दायित्वको भुक्तानी वा पालन गराउन धितोको सम्पत्ति रोक्का राख्न वा आफ्नो नियन्त्रणमा लिन सक्नेछ।
५३. धितोको सम्पत्ति निखन्ने वा सकाउने अधिकार: (१) लिखित रूपमा अन्यथा सहमति भएकोमा बाहेक दायित्वको पालना नभएको अवस्थामा धितोको सम्पत्तिबाट सुरक्षित सम्पूर्ण दायित्व पूरा गरी र धितो लिने व्यक्तिले भुक्तानी गरेको कानून व्यवसायीको मनासिब शुल्क र कानूनी कारबाही गर्दा लागेको अन्य खर्च लगायत त्यस्तो धितोको सम्पत्ति पुनः प्राप्त गर्दा, ग्रहण गर्दा, बेचबिखनको तयारी गर्दा वा बेचबिखन गर्दा त्यस्तो सम्पत्ति बिक्री हुनुअगावै धितो लिने व्यक्तिले गरेको अन्य मनासिब खर्च बुझाई धितो दिने व्यक्तिले धितोको सम्पत्ति निखन्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम धितो दिने व्यक्तिले धितोको सम्पत्ति ननिखनेमा वा यस ऐन बमोजिम धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा त्यस्तो सम्पत्ति बिक्री नभएमा धितो लिने व्यक्तिले नै त्यस्तो धितोको सम्पत्ति सकाउन सक्नेछ।
तर धितो सम्बन्धी सम्झौतामा धितोको सम्पत्ति सकाउने सम्बन्धमा कुनै व्यवस्था गरिएको भएमा सोही बमोजिम हुनेछ।
५४. दायित्वको पालना नगरेमा धितो लिने व्यक्तिको दायित्व: (१) धितो लिने व्यक्तिले यस परिच्छेदका व्यवस्थाहरूको पालना नगरेमा अदालतले उपयुक्त शर्त तथा अवस्थाहरू तोकी सोही अनुसार धितोको सम्पत्तिको बेचबिखन गर्न वा बेचबिखनमा रोक लगाउने गरी आदेश जारी गर्न सक्नेछ।
(२) धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गर्दा व्यावसायिक मान्यताअनुरुप मनासिब तवरले त्यस्तो सम्पत्ति बेचबिखन गर्नु पर्नेछ।
(३) धितोको सम्पत्ति बेचबिखन भईसकेपछि धितो दिने व्यक्ति वा सूचना पाउने हक भएको व्यक्ति वा बेचबिखन गर्नुअगावै धितोको सम्पत्तिमा आफ्नो हक भएको कुरा धितो लिने
व्यक्तिलाई जानकारी गराएको व्यक्तिले यस परिच्छेदका व्यवस्था पालना नभएको कारणबाट निजलाई हुन गएको हानि नोक्सानीबापतको क्षतिपूर्ति धितो लिने व्यक्तिबाट भराई लिन पाउनेछ।
(४) धितो लिने व्यक्तिले छानेको समय तथा तरीकाभन्दा भिन्न समय वा तरीकामा धितोको सम्पत्ति बिक्री गरिएको भएमा अधिकतम मूल्य प्राप्त गर्न सकिने थियो भन्ने आधारमा मात्र त्यस्तो बिक्री व्यावसायिक मान्यताअनुरुप मनासिब तरिकाले बेचबिखन नगरिएको भन्ने दाबी लाग्ने छैन।
(५) धितोको सम्पत्ति जुन किसिमको छ त्यसै किसिमका सम्पत्तिका डिलरले अवलंबन गर्ने प्रचलित व्यावसायिक मान्यता अनुरुप हुने गरी धितो लिने व्यक्तिले धितोको सम्पत्ति बेचबिखन गरेको भएमा त्यस्तो बिक्रीलाई व्यावसायिक मान्यता अनुरुप मनासिब तरिकाले बिक्री भएको मानिनेछ।
(६) कुनै कानूनी कारबाहीमा धितोको सम्पत्तिको बेचबिखनको कुनै खास तरीका अपनाई बेचबिखन गर्न स्वीकृति दिइएकोमा त्यसरी भएको बेचबिखनलाई पूर्णतः व्यावसायिक मान्यता अनुरुप र मनासिब तरिकाले बिक्री भएको मानिनेछ।
परिच्छेद-६ कसूर र सजाय
५५. कसूरः (१) कसैले देहायका कुनै काम गरे गराएमा यस ऐन बमोजिम कसूर भए गरेको मानिनेछः-
(क) *दर्ता अभिलेखमा भरिएको सूचनामा जानी-जानी झुठ्ठा विवरण उल्लेख गरेमा,
(ख) यस ऐनबमोजिम सूचना दर्ता गराउने काममा बाधा पुर्याएमा, र
(ग) कुनै पनि व्यक्तिको सम्पत्ति प्रयोग गर्ने, भोग चलन गर्ने, कब्जामा लिने वा सम्पत्ति धितोमा दिने अधिकारमा बाधा पुर्याएमा।
*पहिलो संशोधनद्वारा संशोधित।
(२) रजिष्ट्रार वा निजको प्रतिनिधिले झुट्टा प्रमाणपत्र जारी गरेमा वा दर्ता अभिलेखमा रहेको कुनै पनि अभिलेखलाई नष्ट गरेमा वा गलत बनाएमा निजले यस ऐन बमोजिम कसूर गरेको मानिनेछ।
(३) यस ऐन बमोजिम कसूर गर्ने कुनै पनि व्यक्तिलाई कसूरको मात्रा हेरी पचास हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ।
(४) कुनै पनि व्यक्तिले धितोको सम्पत्ति आफ्नो कब्जामा रहेको बखत त्यस्तो सम्पत्तिमा हेलचेक्र्याइँ वा लापरवाही गरी हानि नोक्सानी पुर्याउने काम गरेमा निजलाई सो धितोको सम्पत्तिको मूल्यको अनुपातमा जरिवाना हुनेछ र मकान पने व्यक्तिले हेलचेक्र्याइँ वा लापरवाही गरी हानि नोक्सानी पुर्याउने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउनेछ।
(५) उपदफा (२) बमोजिमको कसूरबाट हानि नोक्सानी पुग्न गएको व्यक्तिले क्षतिपूर्ति भराई लिन पाउनेछ।
५६. नेपाल सरकार वादी हुनेः (१) यस ऐन अन्तर्गत सजाय हुने मुद्दामा नेपाल सरकार वादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।
(२) यस ऐन अन्तर्गत कसूरको अनुसन्धान र तहकीकात कम्तीमा प्रहरी निरीक्षकले गर्नेछ र निजले त्यस्तो कसूरको अनुसन्धान र तहकीकात गर्दा सम्बन्धित विषयको विज्ञसँग परामर्श गर्न सक्नेछ।
परिच्छेद-७ संक्रमणकालीन व्यवस्था
५७. यस ऐन प्रारम्भ हुनु भन्दा अगावै भए गरेका कारोबारः (१) यो ऐन प्रारम्भ हुनु भन्दा अगावै सम्पन्न गरिएको धितो बन्धकी सम्झौता (हाइपोथेकेसन), प्लेज सम्झौता, हायर पर्चेज सम्झौता वा यस ऐनमा परिभाषित गरिएको मालसामानको पट्टाको सम्झौताका सम्बन्धमा देहाय बमोजिम
हुनेछ। यस दफाको प्रयोजनको लागि त्यस्ता कारोबारहरुलाई यो ऐन लागू हुनुभन्दा अघि भएका पूर्व कारोबारको रुपमा लिइनेछ:-
(क) खण्ड (ख) र (ग) मा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्ता पूर्व कारोबारको वैधता, प्रभाव र कार्यान्वयनको निर्धारण सम्झौता गर्दाका बखत लागू रहेको प्रचलित कानून बमोजिम गरिनेछ,
(ख) यो ऐन प्रारम्भ हुनुभन्दा अघि सम्पन्न भएका कारोबारद्वारा सृजित धितोको हक यो ऐन प्रारम्भ भएपछि सृजित धितोको हकसँग बाझिएको हदसम्म यस ऐन बमोजिम सृजित धितोको हक मान्य हुनेछ, र
(ग) पूर्व कारोबार अन्तर्गत धितो लिने व्यक्तिले धितोको हकको सूचनाका सम्बन्धमा अपनाउने परिच्छेद-२ बमोजिमको तरिका अनुसार नै दर्ता कार्यालयले काम प्रारम्भ गरेको मितिले एक वर्षभित्र कारोबारको सूचना दर्ता गराउन सक्नेछ। यस ऐन अन्तर्गत सूचना दर्ता गरी स्थापित परिपक्वताको प्राथमिकता दर्ता कार्यालय स्थापित भएको मितिदेखि गणना गरिनेछ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको अधिकार क्षेत्रभित्र पर्ने कुनै कारोबार यो ऐन प्रारम्भ भएको मिति र दर्ता कार्यालय स्थापना भई सञ्चालन भएको समयको बीचमा सम्पन्न भएको रहेछ भने त्यस्तो कारोबार उपदफा (१) बमोजिमका अधीनमा रही भएको मानिनेछ।
परिच्छेद-८ विविध
५८. धितोसम्बन्धी हकको समाप्ति: (१) सुरक्षित दायित्व बाँकी नरहेमा र धितो लिने व्यक्तिसँग भावी ऋण दिने, दायित्व बहन गर्ने वा अन्य कुनै पनि तवरले मूल्य दिने प्रतिबद्धता नभएमा धितोको हकको समाप्ति हुनेछ।
(२) बिक्री गरिएको बहीखाता वा सुरक्षित बिक्री करारका सम्बन्धमा दायित्व बहन गर्ने व्यक्तिले दायित्व पूरा गरेपछि धितोको हकको समाप्ति हुनेछ।
=५८क. घितोको हक कायम रहने: घितो दिने व्यक्तिको सम्बन्धमा प्रचलित कानून बमोजिम दामासाहीको प्रक्रिया सुरु हुँदाका बखत परिपक्व भइसकेको कुनै घितोको हक यथावत् कायम रहनेछ।
५९. नियम बनाउने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
६०. सुरक्षित कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछिको परिणाम: सुरक्षित कारोबार अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,-
(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पुनः जगाउने छैन,
(ख) सो अध्यादेश बमोजिम चालू भएको कुरा वा सोबमोजिम रीत पुर्याइ अघि नै गरिएको कुनै काम वा भोगि सकेको कुनै कुरालाई असर पार्ने छैन,
(ग) सो अध्यादेशबमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,
(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व, दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारबाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पुनः शुरु गर्न, चालु राख्न वा लागू गर्न सकिनेछ।
= पहिलो संशोधनद्वारा थप। द्रष्टव्य: केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रुपान्तर भएका शब्दहरू:- “सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची-१” को सट्टा “मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१” ।*