प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ लालिमोहर मिति: २०१३।५।२२ | नेपाल राजपत्रमा प्रकाशित मिति: २०१३।५।२६
संशोधन गर्ने: प्रमाणीकरण र प्रकाशन मिति गणतन्त्र सुदृढीकरण तथा केही नेपाल २०६६।१०।७ कानून संशोधन गर्ने ऐन, २०६६ $\blacklozenge$
२०१३ सालको ऐन नं. ९ $\text{X}$............
प्रशासकीय कार्यविधि नियमित गर्नको निमित्त बनेको ऐन प्रशासकीय कार्यविधि नियमित गर्नको निमित्त मुलुकी सबल र अरु नेपाल कानूनको सट्टा नयाँ नियमहरु तयार गर्न आवश्यक भएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलको सल्लाह अनुसार यो ऐन बनाई जारी गरिबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यो ऐनको नाम “प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३” रहेको छ । (२) यो ऐन नेपालभरि मुलुकमा तुरुन्त लागू हुनेछ ।
२. नियम बनाउने नेपाल सरकारको अधिकार: (१) अर्थ, एकाउण्ट र अडिट सम्बन्धी समेत नेपाल सरकारको सबै काम सुचारु रुपले सम्पादन गर्न र विभिन्न अड्डाखालाहरुले अपनाएको सबै प्रशासकीय विषयका कार्यविधि नियमित गर्नको निमित्त नेपाल सरकारले नियम बनाउन सक्नेछ। (२) उपदफा (१) अन्तर्गत बनाइएका नियमहरुले प्रशासकीय कार्यविधि सम्बन्धी प्रचलित नेपाल कानून खारेज गर्न अथवा संशोधन गर्न सक्नेछन्।
$\blacklozenge$ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\text{X}$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिथिल गरिएको । द्रष्टव्य :- केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्त्तर गरिएका शब्दहरू :- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।