राज्य रजौटा ऐन, २०१७
लालमोहर र प्रकाशन मिति २०१७।१२।२७
संशोधन गर्ने ऐन १. राज्य रजौटा (संशोधन) ऐन, २०१९ २०१९।१२।३० २. केही नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ २०१९।१२।३० ३. राज्य रजौटा (दोस्रो संशोधन) ऐन, २०२४ २०२४।६।११ ४. राज्य रजौटा (तेस्रो संशोधन) ऐन, २०४४ २०४४।६।९
प्रमाणीकरण र प्रकाशन मिति ५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२०१७ सालको ऐन नं. ३२
राज्य र राजा रजौटाका सम्बन्धमा समयानुकूल व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहबाट बाँधिभक्सेको राष्ट्रिय एकतालाई अझ सुदृढ पारी दृष्टिबिन्दु, वर्ग, पेशा वा क्षेत्रका जनताकाबीच सुसम्बन्ध कायम राख्न राज्य र राजा रजौटाका सम्बन्धमा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकोले,
◆ यो ऐन संवत् २०६५ साल जेठ १५ गते देखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्पष्टिकरण गरिएको । $\Sigma$ नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ द्वारा संशोधित ।
श्री ५ महाराजाधिराजबाट $\Sigma$ नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेकोछ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “राज्य रजौटा ऐन, २०१७” रहेकोछ ।
(२) यो ऐन नेपाल $\times$............भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. राज्य रजौटाको समाप्ति : (१) यो ऐन प्रारम्भ भएका अघिल्ला दिनसम्म नेपाल $\times$............मा रहिआएका सबै राज्य समाप्त गरिएकोछ ।
(२) यो ऐन प्रारम्भ भएपछि कसैले त्यस्तो कुनै राज्यका राजा रजौटाका हैसियतमा कुनै अधिकार प्रयोग गर्न पाउने छैन ।
(३) $\times$............
३. $\Omega$............
४. $\Omega$............
५. राज्य माल सरकारी मालमा परिणत हुने : (१) यो ऐन बमोजिम समाप्त भएका राज्यहरूका माल अड्डाहरू नेपाल सरकारका माल अड्डाको रूपमा परिणत गरिएका छन् र त्यस्तो मालमा रहेका राज्य सम्बन्धी कागजपत्र नेपाल सरकारको कागजपत्र मानिनेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्पष्टिकृत । $\Omega$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज । $\Sigma$ नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ द्वारा संशोधित ।
(२) नेपाल सरकारको अर्कै आदेश नभएसम्म उपदफा (१) बमोजिमका माल अड्डाले साविक बमोजिम असुल तहसील समेत जो गर्नु पर्ने काम कारबाही नेपाल सरकारको निमित्त गर्ने छन् ।
७. पूजाआजा गुठी चलाउन सकिने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०६४ साल चैत्र मसान्तसम्म तत्कालीन कानुन बमोजिम कायम रहेका राजा रजौटाहरूले कुनै देवालय, मठ मन्दिरमा पूजाआजा सञ्चालन गरे वा गराएको रहेछ भने त्यस्तो देवालय, मठ मन्दिर सञ्चालनका लागि छुट्टै आयस्रोतको व्यवस्था भएकोमा बाहेक त्यस्तो देवालय, मठ मन्दिरमा चलाइएको पूजाआजा सञ्चालन गर्न नेपाल सरकारले दिएको आदेश अनुसार प्रचलित कानुन बमोजिम खडा भएको गुठी संस्थानले साविक बमोजिम राजगुठीको आम्दानीबाट पूजाआजा गुठी सञ्चालन गर्न आवश्यक खर्चको व्यवस्था गर्नेछ ।
८. खारेजी : नेपाल ............भएका राज्य र राजा रजौटाहरूका सम्बन्धमा यो ऐन प्रारम्भ भएका अघिल्ला दिनसम्म भएको ऐन, सवाल र अन्य लिखित खारेज भएको वा यस ऐनसँग मिल्ने गरी संशोधित भएको मानिनेछ ।
० गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित । $\Sigma$ नेपाल ऐनहरू संशोधन गर्ने, खारेज गर्ने र पुनः व्यवस्थित गरी चालू राख्ने ऐन, २०१९ द्वारा संशोधित । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा स्पष्टिकरण गरिएको । द्रष्टव्यः- केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तर भएका शब्दहरूः- “श्री ५ को सरकार” भन्ने शब्दको सट्टा “नेपाल सरकार” ।