अध्यागमन ऐन, २०४९
लालमोहर प्रकाशन मिति २०४९।७।१७
संशोधन गर्ने ऐन १. अध्यागमन (पहिलो संशोधन) ऐन, २०५० २०५०।६।२७ २. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३ २०५३।८।१२
प्रमाणीकरण र प्रकाशन मिति ३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६◆ २०६६।१०।७ ४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
२०४९ सालको ऐन नं. ३०
⚔.......... अध्यागमन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना नेपाल ⚔............भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्न तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “अध्यागमन ऐन, २०४९” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “अध्यागमन” भन्नाले नेपाल ⚔............ भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थान गर्ने प्रकृया सम्झनु पर्छ। (ख) “विदेशी” भन्नाले तत्काल नेपालको नागरिक नभएको जुनसुकै व्यक्ति सम्झनु पर्छ। (ग) “राहदानी” भन्नाले कुनै राष्ट्रको सरकारले विदेश भ्रमणको लागि जारी गरेको राहदानी, ट्राभल डकुमेण्ट वा यस्तै भ्रमण गर्ने स्वीकृति प्रदान
◆ यो ऐन संवि २०६५ साल जेठ १५ गते देखि लागू भएको । ⚔ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित ।
गरिएको अनुमति पत्र सम्झनु पर्छ र सो शब्दले संयुक्त राष्ट्र संघले जारी गरेको लेसेपेसे समेतलाई जनाउँछ। (घ) “भिसा” भन्नाले कुनै विदेशीलाई नेपाल $\times$............ भित्र प्रवेश, तथा उपस्थितिको लागि नेपाल सरकारबाट दिइने अनुमति पत्र सम्झनु पर्छ। (ङ) “विभाग” भन्नाले नेपाल $\times$............ भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित गर्न तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न नेपाल सरकारले स्थापना गरेको अध्यागमन विभाग सम्झनु पर्छ। (च) “कार्यालय” भन्नाले विभाग अन्तर्गतको अध्यागमन कार्यालय सम्झनु पर्छ। (छ) “महानिरीक्षक” भन्नाले विभागको प्रमुख सम्झनु पर्छ। (ज) “अध्यागमन अधिकृत” भन्नाले विभाग र कार्यालयमा कार्यरत अधिकृत सम्झनु पर्छ र सो शब्दले कार्यालय प्रमुखलाई समेत जनाउँछ। (झ) “पदयात्रा” भन्नाले कुनै विदेशीद्वारा रात बिताउने गरी गरिने पैदल भ्रमण सम्झनु पर्छ र सो शब्दले हिम शिखर आरोहण गर्न जाने विदेशीद्वारा गरिने आधार शिविर सम्मको पैदल भ्रमण समेतलाई जनाउँछ। (ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. प्रवेश, उपस्थिति र प्रस्थान सम्बन्धी व्यवस्था : (१) कुनै पनि विदेशीले $\star$राहदानी र भिसा नलिई नेपाल $\times$.......... भित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन। (२) भिसाको प्रकार, दस्तुर तथा भिसा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। (३) नेपाल $\times$........... को तोकिएको क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले भिसाको साथै तोकिए बमोजिम अनुमति लिनु पर्नेछ। (४) पदयात्रा सम्बन्धी दस्तुर तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। (५) कुनै पनि विदेशीले नेपाल $\times$........... भित्र प्रवेश गर्ने र नेपाल $\times$........... बाट प्रस्थान गर्ने स्थल तोकिए बमोजिम हुनेछ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । $\star$ पहिलो संशोधनद्वारा थप।
(६) नेपाल $\times$............बाट विदेशी प्रस्थान गर्ने वा नेपाल $\times$.......... मा आउने नेपाली नागरिक हरुको प्रस्थान तथा आगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
४. विदेशीले पालन गर्नुपर्ने शर्तहरु : (१) नेपाल $\times$............ मा बसोबास गर्ने विदेशीहरुले पालन गर्नुपर्ने शर्तहरु तोकिए बमोजिम हुनेछ। (२) विदेशीलाई भिसा वा पदयाराको लागि सेवा वा उपलब्ध गराउने एजेन्सीले पालन गर्नुपर्ने शर्तहरु तोकिए बमोजिम हुनेछ।
५. जाली राहदानी वा भिसा प्रयोग गर्न नहुने : (१) कसै ले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न गराउन हुँदैन। (२) कसै ले जाली राहदानी वा भिसा पेश गरी नेपाल $\times$............ भित्र प्रवेश, उपस्थिति र नेपाल $\times$...........बाट प्रस्थान गर्न हुँदैन। $\star$(३) विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारद्वारा अधिकार प्राप्त अधिकारीबाट जारी गरिएको राहदानी र भिसा नलिएको कुनै पनि विदेशीलाई कसै ले नेपाल $\times$.......... भित्र प्रवेश, उपस्थिति र प्रस्थान गराउन हुँदैन।
६. लिखत जाँच गर्न वा कब्जामा लिन सक्ने : विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिदेशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा पमिन जाँच गर्न सक्नेछ र तत्सम्बन्धी कागजपर आफ्नो कब्जामा लिन सक्नेछ।
७. महानिदेशकको काम, कर्तव्य र अधिकार : महानिदेशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) नेपाल $\times$.......... भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित, व्यवस्थित र नियन्त्रण गर्ने, गराउने। (ख) विदेशीहरुलाई पदयारा गर्न अनुमति दिने। (ग) तोकिए बमोजिमको भिसा जारी गर्ने तथा भिसाको म्याद थप गर्ने। $\star$(ग१) खण्ड (ख) बमोजिम दिइएको पदयारा अनुमति वा खण्ड (ग) बमोजिम जारी गरिएको वा म्याद थप गरिएको भिसा तोकिए बमोजिमको अवस्थामा रद्द गर्ने ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित। $\star$ पहिलो संशोधनद्वारा थप।
(घ) नेपाली नागरिकको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने । (ङ) नेपाल सरकारले समय समयमा दिएको निर्देशन अनुसार अन्य काम गर्ने, गराउने।
८. अध्यागमन सम्बन्धी अपराधको तहकीकात : $\sigma$(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै अपराध भए गरेको वा हुन लागेको कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभाग वा कार्यालयलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतिले सो सम्बन्धी अपराधको तहकीकात र कारबाही गर्नेछ। (२) उपदफा (१) बमोजिमको अपराधको तहकीकात गर्दा वा सबूत प्रमाण सङ्कलन गर्दा अपराधमा संलग्न व्यक्तिलाई गिरफ्तार गर्ने, अपराधको सम्बन्धमा जुनसुकै स्थानको खानतलासी गर्ने, अपराधसँग सम्बन्धित कागजात वा अन्य माल वस्तु आफ्नो जिम्मामा लिने तथा सर्वसाधारण मुचुल्का तयार गर्ने समेत प्रचलित कानून बमोजिम प्रहरीले पाए सरहको सबै अधिकार अध्यागमन अधिकृतिलाई प्राप्त हुनेछ। त्यसरी तहकीकात गर्दा अध्यागमन अधिकृतिले $\sigma$अभियुक्तलाई बयान गराई मनासिब आधार भएमा तारेखमा राख्न, धरौट वा जमानत लिई छाड्न वा $\rho$अदालतिको अनुमति लिई पच्चीस दिन सम्म थुनामा राख्न सक्नेछ। तर अध्यागमन अधिकृतिले अपराधको तहकीकात शुरु गर्ने बित्तिकै सोको जानकारी महानिर्देशकलाई दिनु पर्नेछ। $\star$ (२क.) उपदफा (२) बमोजिम धरौट वा जमानत दिनुपर्ने अभियुक्तले धरौट वा जमानत दिन नसकेमा निजलाई थुनामा राख्न सकिनेछ। (३) उपदफा (२) बमोजिम तहकीकात गर्दा अध्यागमन अधिकृतिले आवश्यक परेमा सरकारी वकीलको परामर्श लिन सक्नेछ।
९. निष्काशन गर्न सक्ने : (१) यस ऐन बमोजिम अध्यागमन अधिकृतिले कुनै विदेशीको हकमा अपराधको तहकीकात पूरा गरी महानिर्देशक समक्ष प्रतिवेदन पेश गरेपछि सो प्रतिवेदनको आधारमा महानिर्देशकले तोकिए बमोजिम नियमित गर्नुपर्ने कुराहरुको हकमा नियमित गरी त्यस्तो विदेशीलाई श्री नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित। $\rho$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३ द्वारा थप। $\star$ पहिलो संशोधनद्वारा थप।
नतोकि पुनः नेपाल $\times$............ मा प्रवेश गर्न नपाउने गरी नेपाल $\times$.......... बाट निष्काशन गर्न सकिनेछ। $\star$(१क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा प्रचलित कानून विपरीत कार्य गरे बापत दण्ड सजाय भोगिसकेका मिलनु पर्ने अवस्थाका विदेशीलाई महानिर्देशकले श्री नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी नेपाल $\times$.......... बाट निष्काशन गर्ने आदेश जारी गर्न सक्नेछ। $\sigma$(२) उपदफा (१) र (१क) बमोजिम निष्काशन गरिएको विदेशीले निष्काशन गरिएको अवधिसम्म नेपाल $\times$........... भित्र पुनः प्रवेश गर्न पाउने छैन। (३) निष्काशन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१०. दण्ड सजाय : (१) कसैले दफा ५ बमोजिमको अपराध गरे गराएमा निजलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । (२) कसै ले दफा ९ को उपदफा (२) को उल्लङ्घन गरे गराएमा निजलाई पहिलो पटक पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा त्यसपछि पुनः उल्लङ्घन गरेमा निजलाई पटकै पिच्छे पचास हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। (३) उपदफा (१) वा (२) अन्तर्गत सजाय हुने अपराधको मतियारलाई त्यस्तो अपराध गर्ने व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ। (४) माथिका उपदफाहरुमा लेखिए बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कसै ले कुनै कार्य गरेमा $\star$निजले तिर्नु पर्ने भनी ठहरिएको बिगो रकम समेत असूल गरी निजलाई महानिर्देशकले $\sigma$पचासहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
११. पुनरावेदन दिन सक्ने : दफा १० को उपदफा (४) बमोजिम सजाय भएकोमा चित्त नबुझ्ने पक्षले पैंतीस दिन भित्र $\rightarrow$उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।
१२. नेपाल सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ ।
$\sigma$१३. मिसा दस्तुर नलाग्ने : यो ऐन वा प्रचलित कानून बमोजिम तहकीलातको क्रममा थुनामा परेको कुनै विदेशीको हकमा थुनामा रहेको अवधिसम्म र मुद्दा दायर गरिएको विदेशीको
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित। $\star$ पहिलो संशोधनद्वारा थप। $\sigma$ पहिलो संशोधनद्वारा संशोधित। $\rightarrow$ केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित।
हकमा त्यस्तो मुद्दा दायर गरिएको दिनदेखि मुद्दाको फैसला भई कैदको सजाय भएकोमा कैद भुक्तान भएको दिनसम्म र जरिवाना मात्र भएकोमा जरिवाना बुझाएको दिनसम्मको मिसा दस्तुर लाग्ने छैन ।
१४. नेपाल सरकारको अधिकार : (१) नेपाल सरकारले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको सबै वा केही प्रावधानहरु कुनै वर्ग, जात, जाति वा राष्ट्रियताका विदेशीहरुलाई लागू नहुने वा तोकिएका शर्तहरु बमोजिम मात्र लागू हुने व्यवस्था गर्न सक्नेछ । (२) नेपाल सरकारलाई नेपाल $\times$............ भित्र कुनै पनि विदेशीको प्रवेश, उपस्थिति वा प्रस्थानबाट राष्ट्रिय हित प्रतिकूल हुन सक्छ भन्ने लागेमा त्यस्तो विदेशीको प्रवेश, उपस्थिति वा प्रस्थान निषेध गर्न सक्नेछ ।
१५. अधिकार प्रत्यायोजन गर्न सक्ने : यस ऐन बमोजिम महानिदेशकले आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार आफ्नो मातहतका अन्य अधिकृत वा कर्मचारीलाई सुम्पन्न सक्नेछ ।
१६. अन्य प्रचलित कानून अनुसार कारबाही गर्न बाधा नपर्ने : यस ऐनमा लेखिएको कुनै कुराले कुनै व्यक्ति माथि अन्य प्रचलित कानून बमोजिम अदालतमा मुद्दा चलाउन बाधा पुर्याएको मानिने छैन ।
१७. असल नियतले गरेकोमा बचाउ : यो ऐन बमोजिम असल नियतले गरेको वा गर्न खोजेको कुनै कार्यको निमित्त क्षतिपुर्तिको दावी गर्न वा कुनै कर्मचारी उपर मुद्दा चलाउन वा अन्य कुनै कानूनी कारबाही चलाउन पाइने छैन ।
१८. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य पूर्तिको लागि श्री नेपाल सरकारले नियम बनाउन सक्नेछ ।
१९. खारेजी र बचाउ : (१) विदेशी सम्बन्धी ऐन, २०१५ खारेज गरिएको छ । (२) विदेशी सम्बन्धी ऐन, २०१५ र सो ऐन अन्तर्गतका नियमहरु बमोजिम भएका काम कारबाही यसै ऐन बमोजिम भएका मानिनेछ ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित ।
द्रष्टव्यः- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरूः- “श्री ५ को सरकार” भन्ने शब्दको सट्टा “नेपाल सरकार” । (२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तरित भएका शब्दहरुः- “पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत”।