विभूषण ऐन, २०६४ प्रमाणीकरण र प्रकाशन मिति २०६४।४।३२
संशोधन गर्ने ऐन (१) विभूषण (पहिलो) संशोधन ऐन, २०६५ २०६५।५।८ (२) नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्नु ऐन, २०७५ २०७५।११।१९
प्रस्तावना : राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने महानुभावलाई मुलुकका तर्फबाट कदर तथा सम्मान स्वरूप मानपदि, अलङ्कार तथा पदकजस्ता विभूषण प्रदान गर्ने व्यवस्थामा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “विभूषण ऐन, २०६४” रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। २. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,— (क) “विभूषण” भन्नाले यस ऐन बमोजिम प्रदान गरिने मानपदि, अलङ्कार र पदक सम्झनु पर्छ। (ख) “समिति” भन्नाले दफा ४ बमोजिमको विभूषण समिति सम्झनु पर्छ। (ग) “मानपदि” भन्नाले दफा ८ बमोजिमका मानपदि सम्झनु पर्छ। (घ) “अलङ्कार” भन्नाले दफा १२ बमोजिमका अलङ्कार सम्झनु पर्छ। (ङ) “पदक” भन्नाले दफा १६ बमोजिमका पदक सम्झनु पर्छ। (च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. विभूषण प्रदान गर्न सक्ने : (१) नेपाल सरकारले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणात्मक लगायतका अन्य क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिकलाई समितिको सिफारिसमा यस ऐन बमोजिम विभूषण प्रदान गर्न सक्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वा नेपालको हितको लागि विशिष्ट योगदान पुर्याउने विदेशी नागरिकलाई नेपाल सरकारले सम्मान स्वरूप विभूषण प्रदान गर्न सक्नेछ। (३) उपदफा (१) वा (२) बमोजिम प्रदान गरिने विभूषण नेपाल सरकारले तोकेको कुनै राष्ट्रिय दिवसका दिन प्रदान गरिनेछ। (४) नेपाल सरकारले उपदफा (१) र (२) बमोजिम विभूषण प्रदान गर्दा विभूषण पाउने व्यक्तिको नाम र निजले प्राप्त गरेको विभूषणको प्रकार तथा निजले राष्ट्रिय जीवनमा पुर्याएको योगदान समेत खुलाई सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्नेछ र यस्तो सूचना नेपाल राजपत्रमा समेत प्रकाशन गरिनेछ।
४. विभूषण समिति : (१) यस ऐन बमोजिम प्रदान गर्ने विभूषणका सम्बन्धमा मन्त्रिपरिषद् समक्ष सिफारिस प्रस्तुत गर्न देहाय बमोजिमको एउटा विभूषण समिति रहनेछ:- (क) वरिष्ठ उपप्रधानमन्त्री वा निज नभएको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री -अध्यक्ष (ख) गृह मन्त्री - सदस्य (ग) राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिला सहित छ जना -सदस्य (घ) गृह सचिव -सदस्य-सचिव (२) समितिको बैठक समितिको अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ। (३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
५. विभूषण सिफारिस प्रक्रिया : (१) देहायका पदाधिकारी, कर्मचारी वा कुनै महानुभावले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रीय योगदान पुर्याएको भएमा त्यस्ता पदाधिकारी, कर्मचारी वा महानुभावले पुर्याएको योगदानको विवरण अनुसूची बमोजिमको ढाँचामा खुलाई विभूषण प्रदान गर्न देहायका निकाय वा पदाधिकारीले निर्दिष्ट समयभित्र आफ्नो सिफारिस समितिमा पठाउनु पर्नेछ:- (क) विदेशी राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री वा सो सरह वा सोभन्दा माथिका पदाधिकारी र अन्य नागरिकहरूको हकमा परराष्ट्र मन्त्रीले, (ख) संवैधानिक निकायका पदाधिकारीका हकमा समितिले र कर्मचारीका हकमा सम्बन्धित संवैधानिक निकायका प्रमुखले, (ग) व्यवस्थापिका-संसद सचिवालयका कर्मचारीहरूको हकमा व्यवस्थापिका-संसदको महासचिवले, (घ) कुनै मन्त्रालयसँग सम्बन्धित कर्मचारी वा सो मन्त्रालयसँग सम्बन्धित तर सरकारी सेवामा नरहेका कुनै व्यक्तिका हकमा सम्बन्धित मन्त्रीले,
(घ१) प्रदेश सरकारसँग सम्बन्धित पदाधिकारी र कर्मचारी तथा प्रदेश सरकारसँग सम्बन्धित तर सरकारी सेवामा नरहेका कुनै व्यक्तिको हकमा सम्बन्धित प्रदेशको मुख्यमन्त्रीले, (ङ) खण्ड (क) देखि (घ) सम्म उल्लेखित व्यक्ति बाहेक अन्य व्यक्तिका हकमा गृहमन्त्रीले।
(१क) स्थानीय तहसँग सम्बन्धित कुनै पदाधिकारी, कर्मचारी वा मानुभावले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रलाई योगदान पुर्याएको भएमा त्यस्तो पदाधिकारी वा कर्मचारी वा मानुभावले पुर्याएको योगदानको विवरण सहित सम्बन्धित स्थानीय तहले नेपाल सरकारको गृह मन्त्रालय समक्ष पठाउनु पर्नेछ र यसरी प्राप्त भएका विवरण समेतको आधारमा उपयुक्त व्यक्तिको नाम गृहमन्त्रीले सिफारिस समितिमा पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम सम्बन्धित निकाय वा पदाधिकारीबाट विभूषणको लागि सिफारिस प्राप्त हुन आएपछि समितिले आवश्यक छानबिन गरी यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम विभूषण प्रदान गर्नका लागि उपयुक्त देखिएका पदाधिकारी, कर्मचारी तथा मानुभावको नामावली तथा निजहरुले पाउनु पर्ने विभूषणको प्रकार समेत खुलाई विभूषण प्रदान गर्नका लागि मन्त्रिपरिषद् समक्ष नाम सिफारिस गर्नु पर्नेछ।
(३) विदेशी राष्ट्रका नागरिकलाई मानपदिको लागि सिफारिस गर्दा त्यस्तो राष्ट्रको प्रचलनलाई समेत ध्यानमा राखी सिफारिस गरिनेछ।
(४) विभूषण सिफारिस सम्बन्धी अन्य प्रक्रिया नेपाल सरकारको गृह मन्त्रालयले तोके बमोजिम हुनेछ।
६. विभूषण सिफारिसका आधार : समिति समक्ष विभूषणको लागि सिफारिस गर्दा देहायका आधारमा गर्नु पर्नेछ :- (क) राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्याएको, (ख) आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी राष्ट्रलाई योगदान पुर्याएको, (ग) सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफुलाई तोकिएको काम प्रशंसनीय रुपमा सम्पादन गरेको, (घ) विदेशी नागरिक भए नेपालको समुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान बढाउने कार्यमा विशेष योगदान पुर्याएको, (ङ) कुनै साहसी वा बुद्धिमत्तापूर्ण काम गरी सार्वजनिक हितको लागि विशेष योगदान पुर्याएको, (च) तोकिएको अन्य आधार पूरा गरेको।
७. विभूषण सुशोभन समारोह : (१) राष्ट्रपतिले विभूषण पाउने व्यक्तिलाई सो विभूषण, त्यसको प्रतीक समूह र अधिपत्र विभूषण सुशोभन समारोहका दिन प्रदान गर्नेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम राष्ट्र प्रमुख वा सरकार प्रमुख वा विदेशी राष्ट्रका विशिष्ट व्यक्तिहरूलाई यस ऐन बमोजिम विभूषण प्रदान गर्न जुनसुकै समयमा पनि मन्त्रिपरिषद्ले विभूषण सुशोभनको व्यवस्था मिलाउन सक्नेछ। (३) सुशोभन समारोहका दिन विभूषण पाउने व्यक्ति कुनै कारणले उपस्थित हुन नसकेमा निजले विभूषणको प्रतीक समूह र अधिपत्र गृह मन्त्रालयबाट प्राप्त गर्नेछ। (४) कुनै व्यक्तिलाई कुनै विभूषण मरणोपरान्त प्रदान गरिएमा वा विभूषण पाउने व्यक्तिको सुशोभन समारोह हुनु अगावै मृत्यु भएमा निजले पाउने प्रतीक समूह, मानपदिी र अधिपत्र समेत निजको पत्नी वा पतिलाई वा त्यस्तो पत्नी वा पति नभए निजको ज्येष्ठ सन्तान वा कुनै सन्तान नभए निजको नजिकको हकवालालाई प्रदान गरिनेछ। (५) विभूषण प्राप्त गर्ने व्यक्तिले सुशोभन समारोह हुनुअघि त्यसको प्रतीक समूह लगाउनु हुँदैन।
परिरच्छेद-३ मानपदिी
८. मानपदिीको प्रकार र मर्यादाक्रम : (१) यस ऐन बमोजिम प्रदान गरिने मानपदिीको प्रकार देहाय बमोजिम हुनेछन् :- (क) नेपाल रत्न। (ख) राष्ट्र गौरव। (ग) राष्ट्रदीप। (घ) जनसेवा श्री। (२) उपदफा (१) मा उल्लेख भएको क्रम अनुसार मानपदिीको मर्यादाक्रम कायम हुनेछ।
९. मानपदिी लगाउने तरिका : मानपदिी लगाउने तरिकाकोवेबसाइट बमोजिम हुनेछ।
१०. विदेशी मुलुकको मानपदिी लगाउने : (१) कुनै विदेशी मुलुक वा विदेशी राजदूतावासको औपचारिक समारोहमा विदेशी मुलुकका कुनै मन्त्री वा सोभन्दा माथिल्लो ओिदाका पदाधिकारी विशेष अतिथिमा रुपमा उपस्थित रहेका समारोहमा मानपदिी लगाउँदा आफ्नो मुलुक र सो विदेशी मुलुकको मानपदिी मात्र लगाउन सकिनेछ। (२) आफ्नो मुलुक र विदेशी मुलुकको मानपदिी पाउने व्यक्तिले आफ्नो मुलुकको मानपदिी नलगाई विदेशी मुलुकको मात्र मानपदिी लगाउन पाउने छैन।
११. मानपदिीको अधिपत्र : मानपदिी पाउने व्यक्तिलाई समितिले तोके बमोजिमको अधिपत्र प्रदान गरिनेछ।
✓ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
परिच्छेद–४ अलङ्कार
१२. अलङ्कार : (१) यस ऐन बमोजिम जुनसुकै व्यक्तिलाई प्रदान गरिने अलङ्कारहरू देहाय बमोजिम हुनेछन् :- (क) राष्ट्र यशोबद्धक। (ख) नेपाल सेवा प्रवीण। (ग) समाज सेवा रत्न। (२) यस ऐन बमोजिम नेपाली सेनालाई मात्र प्रदान गरिने अलङ्कारहरू देहाय बमोजिम हुनेछन् :- (क) परम पौरख भास्कर। (ख) अति पौरख भास्कर। (ग) महा पौरख भास्कर। (३) यस ऐन बमोजिम प्रहरीलाई मात्र प्रदान गरिने अलङ्कारहरू देहाय बमोजिम हुनेछन् :- (क) नेपाल प्रताप सुभूषण। (ख) नेपाल प्रताप आभूषण। (ग) नेपाल प्रताप भूषण।
१३. मर्यादाक्रम : (१) अलङ्कारहरूको मर्यादाक्रम देहाय बमोजिम हुनेछ :- (क) राष्ट्र यशोबद्धक। (ख) परम पौरख भास्कर। (ग) नेपाल प्रताप सुभूषण। (घ) नेपाल सेवा प्रवीण। (ङ) अति पौरख भास्कर। (च) नेपाल प्रताप आभूषण। (छ) समाज सेवा रत्न। (ज) महा पौरख भास्कर। (झ) नेपाल प्रताप भूषण। (२) मानपदिी र अलङ्कारको मर्यादाक्रम कायम गर्दा मानपदिीको मर्यादाक्रम अलङ्कार भन्दा माथिल्लो हुनेछ।
१४. अलङ्कार लगाउने क्रम : (१) एकभन्दा बढी अलङ्कार पाउने व्यक्तिले आफूले पाएका अलङ्कार लगाउँदा मर्यादाक्रम अनुसार दाहिने तर्फबाट लगाउनु पर्नेछ। (२) आफ्नो देशको अलङ्कार वा त्यसको स्वल्पाकार वा पटिका र विदेशी राज्यबाट प्राप्त विभूषण वा तिनको स्वल्पाकार वा पटिका एकसाथ लगाउँदा आफ्नो देशको अलङ्कार वा त्यसको स्वल्पाकार वा पटिका विदेशी राज्यको विभूषण वा त्यसको स्वल्पाकार वा पटिका भन्दा दाहिने लगाउनु पर्नेछ।
(३) विदेशी राज्यबाट पाएका एकभन्दा बढी अलङ्कार लगाउँदा पाएको मितिको क्रमानुसार लगाउनु पर्नेछ।
१५. अलङ्कार दोहोर्याएमा खुकुरी थप्ने : कुनै अलङ्कार पाउने व्यक्तिले पुनः सोही अलङ्कार अर्को पटक पाएमा निजले पहिले पाएको अलङ्कारको पदकमा प्रत्येक पटकको निम्मित सोही अलङ्कार बनेको धातुका एक एकटा खुकुरी थप्दै जानेछ।
परिच्छेद-५ पदक
१६. पदकको प्रकार र मर्यादाक्रम : (१) यस ऐन बमोजिम जुनसुकै व्यक्तिलाई प्रदान गरिने पदक तथा त्यसको मर्यादाक्रम देहाय बमोजिम हुनेछन् :- (क) लोक श्री पदक। (ख) राष्ट्र सेवा पदक। (ग) सत्कायन पदक। (घ) समाज सेवा पदक। (ङ) शिक्षा ज्योति पदक। (च) सगरमाथा पदक। (छ) सुकीर्ति पदक। (ज) वीरता पदक। (झ) शौर्य पदक। (ञ) प्राकृतिक प्रकोप पीडितोद्धार पदक। (ट) विकास रत्न पदक। (ठ) शान्ति पदक। (ड) विज्ञान प्रवीण पदक। $\sigma$ (ढ) संविधान सभा निर्वाचन पदक। (२) अलङ्कार र पदकको मर्यादाक्रम कायम गर्दा अलङ्कारको मर्यादाक्रम सधैं माथिल्लो हुनेछ।
१७. पुनः पदक पाएमा थप्ने चिन्ह : यस ऐन बमोजिम एकपटक पदक पाइसकेको व्यक्तिले पुनः पदक पाएमा प्रत्येक पटकको निम्मित पहिलो पटक पाउँदाको पदकमा १ सेन्टिमिटर लामो पहिलो पटक कास्य, दोस्रो पटक ताम्र, तेस्रो पटक रजत र चौथो पटक स्वर्णको एक एक खुकुरी थप्नेछ।
१८. पदक लगाउने क्रम : (१) एकभन्दा बढी पदक पाउने व्यक्तिले आफूले पाएका पदक लगाउँदा मर्यादाक्रम अनुसार दाहिने तर्फबाट लगाउनु पर्नेछ। (२) आफ्नो देशको पदक वा त्यसको शिल्पकार वा पदक र विदेशी राज्यबाट प्राप्त विभूषणहरू वा तिनको शिल्पकार वा पदक एकसाथ लगाउँदा आफ्नो देशको
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित ।
पदक वा त्यसको स्वल्पाकार वा पदकका विदेशी राज्यबाट प्राप्त विभूषण वा तिनको स्वल्पाकार वा पदकका भन्दा दाहिने लगाउनु पर्नेछ।
परिच्छेद-६ विविध
१९. विदेशी मुलुकको उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न स्वीकृति लिनु पर्ने : (१) कुनै पनि नेपाली नागरिकले विदेशी मुलुकबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्नुभन्दा पहिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ। (२) उपदफा (१) बमोजिम स्वीकृति लिदा समिति मार्फत लिनु पर्नेछ।
२०. विभूषणको प्रशंसा लेख्ने : (१) विभूषण पाउने व्यक्तिको नामको अगाडि निजले पाएको विभूषण अनुसार तोकिए बमोजिमको प्रशंसा लेख्न सकिनेछ। (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकभन्दा बढी विभूषण पाउने व्यक्तिको नामको अगाडि सो बमोजिम प्रशंसा लेख्दा निजले पाएको विभूषणको मर्यादाक्रम अनुसार लेख्नु पर्नेछ।
२१. विभूषण सम्बन्धी अन्य व्यवस्था : यस ऐन बमोजिम विभूषण प्रदान गर्नको लागि चाहिने अन्य शर्त र विभूषणको बनोट, आकार प्रकार तथा प्रतीक समेत सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
२२. स्वल्पाकार, पदकका र तारिका सम्बन्धी व्यवस्था : विभूषण पाउने व्यक्तिले तोकिए बमोजिम स्वल्पाकार, पदकका र तारिका लगाउन सक्नेछ।
२३. खरिद गर्न सक्ने : (१) कुनै व्यक्तिले आफूले प्राप्त गरेको विभूषणको प्रतीक हराएमा वा नष्ट भएमा गृह मन्त्रालय वा सो मन्त्रालयले तोकेको ठाउँबाट खरिद गर्न सक्नेछ। (२) विभूषणको स्वल्पाकार तथा तारिका गृह मन्त्रालय वा सो मन्त्रालयले तोकेको ठाउँबाट खरिद गर्न सकिनेछ।
२४. विभूषण प्रचलनमा ल्याउन नपाइने : नेपाल सरकारबाट प्रदान गर्ने विभूषण जस्तो नाम, बनोट र आकृति कायम गरी कुनै संस्था वा व्यक्तिले कुनै विभूषण दिन पाइने छैन।
२५. विभूषणमा हेरफेर वा थापघट गर्न सक्ने : नेपाल सरकारले आवश्यकता अनुसार विभूषणको सङ्ख्या, आकार, प्रकार तथा बनोटमा थापघट वा हेरफेर गर्न सक्नेछ।
२६. विभूषण रद्द गर्न सकिने : (१) यस ऐन बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषणलाई नेपाल सरकारले देहायको अवस्थामा रद्द गर्न सक्नेछ :- (क) नेपालका विरुद्ध हातहतियार उठाएमा वा उठाउने कुचेष्टा गरेमा वा शत्रु राज्यलाई कुनै प्रकारबाट सहायता दिएमा वा नेपाल विरुद्ध जासुसी गरेमा, (ख) नेपालले समेत भाग लिएको युद्धको समयमा नेपालको शत्रु राज्यको तर्फबाट युद्धमा भाग लिएमा,
(ग) आफूले प्राप्त गरेको विभूषण कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा, (घ) आफूले प्राप्त गरेको विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा। (२) उपदफा (१) बमोजिम कुनै विभूषण रद्द गरिएमा नेपाल सरकारले विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्नु पर्नेछ।
२७. विभूषण स्वेच्छाले फिर्ता गर्न सक्ने : कसैले यस ऐन बमोजिम प्राप्त गरेको कुनै विभूषण स्वेच्छाले फिर्ता गर्न चाहेमा त्यस्तो विभूषणको प्रतीक समूह गृह मन्त्रालयमा बुझाउनु पर्नेछ।
२८. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।
२९. खारेजी : (१) विभूषण नियमावली, २०४८ खारेज गरिएको छ। (२) उपदफा (१) बमोजिमको नियमावली बमोजिम प्रदान गरिएका विभूषण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
अनुसूची (दफा ५ को उपदफा (१) सँग सम्बन्धित) विभूषण सिफारिस फाराम नेपाल सरकार मन्त्रालय÷सचिवालय÷आयोग÷विभाग
नाम : दर्जा : (सरकारी सेवामा कार्यरत रहेको भए) कार्य क्षेत्र र कामको विवरण : (सरकारी सेवा बाहेक अन्य क्षेत्रमा कार्यरत व्यक्तिको हकमा) सरकारी सेवामा कार्यरत व्यक्तिको हकमा :
विभूषण प्रदान गर्नका लागि सिफारिस गर्नु पर्ने कारण÷आधार र सो कुरा पुष्टि गर्ने पूर्ण विवरण :
सिफारिस गर्नेको हस्ताक्षर : नाम : मिति :
व्यवस्थापिका-संसदले बनाएको २०६४ सालको ऐन नं. ९ विभूषणका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको ऐन परिच्छेद–१ प्रारम्भिक परिच्छेद–२ विभूषण प्रदान गर्ने प्रक्रिया