संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, (संशोधन) २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७/०१/०८
संवत २०७७ सालको अध्यादेश नं १ संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्ने भएको अध्यादेश
प्रस्तावना: संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस अध्यादेशको नाम "संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, (संशोधन) २०७७" रहेको छ । (२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ मा संशोधन: संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ को,- (१) उपदफा (६) खारेज गरिएको छ ।
(२) उपदफा (७) को सट्टा देहायको उपदफा (७) राखिएको छ:- "(७) उपदफा (३) बमोजिम परिषद्को बैठकको गणपुरक सङ्ख्या नपुगेमा वा उपदफा (५) बमोजिम निर्णय हुन नसकेमा अध्यक्षले कम्तीमा चौबीस घण्टाको समय दिई पुनः अर्को बैठक बोलाउन लगाउनेछ ।"
(३) उपदफा (७) पछि देहायको उपदफा (७क) थपिएको छ:- "(७क) उपदफा (७) बमोजिम बोलाइएको बैठकमा अध्यक्ष सहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपुरक सङ्ख्या पुगेको मानिनेछ र त्यस्तो बैठकमा अध्यक्ष सहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ । "
(तस्बिरमा कुनै कानूनी पाठ उपलब्ध छैन, केवल पृष्ठभूमिमा "नेपाल कानून आयोग" भन्ने वाटरमार्क मात्र रहेको छ।)