अतिरिक्त हुलाक नियमावली, २०३४
नेपाल राजपत्रमा प्रकाशित मिति २०३४।०४।०३
संशोधन १. अतिरिक्त हुलाक (पहिलो संशोधन) नियमावली, २०४१ २०४१।०८।२५ २. अतिरिक्त हुलाक (दोस्रो संशोधन) नियमावली, २०४९ २०४९।०१।०८ ३. अतिरिक्त हुलाक (तेस्रो संशोधन) नियमावली, २०६८ २०६८।०९।२५ ४. अतिरिक्त हुलाक (चौथो संशोधन) नियमावली, २०६९ २०६९।०९।२३ ५. अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली, २०८० २०८१।०१।१०
हुलाक ऐन, २०१९ को दफा ६९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “अतिरिक्त हुलाक नियमावली २०३४” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “हुलाक अधिकृत” भन्नाले जिल्ला हुलाकको हुलाक अधिकृत सम्झनु पर्छ। (ख) “हुलाक प्रतिनिधि” भन्नाले अतिरिक्त हुलाक सञ्चालन गर्न नियुक्त भएको मुख्य व्यक्ति सम्झनु पर्छ। (ग) “वितरक” भन्नाले अतिरिक्त हुलाकको तर्फबाट हुलाक वस्तु डेलिभरी गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ।
(घ) “डाँक वाहक” भन्नाले अतिरिक्त हुलाकबाट सम्बन्धित हुलाकमा डाँक लैजान र सम्बन्धित हुलाकबाट अतिरिक्त हुलाकमा डाँक ल्याउन नियुक्त भएको व्यक्ति सम्झनु पर्छ।
(ङ) “सम्बन्धित हुलाक” भन्नाले अतिरिक्त हुलाकलाई डाँक, हुलाक टिकट र अन्य मूल्याङ्कित हुलाक कागजात दिन र तसम्बन्धी अन्य काम गर्ने क्षेत्रीय हुलाक निर्देशकले तोकिदिएको सरकारी हुलाक सम्झनु पर्छ।
३. अतिरिक्त हुलाकको स्थापना : (१) हुलाक सेवा विभागले कुनै स्थानमा अतिरिक्त हुलाकको स्थापना गर्न सक्नेछ। यसरी स्थापना भएको अतिरिक्त हुलाक एक वर्षको अवधिसम्म अस्थायी रूपमा कायम रहनेछ।
(२) अतिरिक्त हुलाक स्थापना भएको मितिले एक वर्ष भित्र हुलाक सञ्चालन गर्नलाई चाहिने खर्चको एक तिहाई सम्मको रकम सो हुलाकबाट उठेमा सो हुलाकलाई स्थायी गर्न क्षेत्रीय हुलाक निर्देशकले हुलाक सेवा विभागमा सिफारिस गर्नेछ।
(३) उपतियम (२) बमोजिम सिफारिस भई आएमा हुलाक सेवा विभागले अतिरिक्त हुलाकलाई स्थायी गर्न स्वीकृति दिन सक्नेछ।
(४) अतिरिक्त हुलाक स्थापना भएको मितिले एक वर्षभित्र हुलाक सञ्चालन गर्नलाई चाहिने खर्चको एक तिहाईसम्मको रकम उठ्न नसकेमा सो हुलाकको अवधि एक एक वर्षको गरी दुई पटकसम्म बढाउन सकिनेछ। यसरी अवधि बढाउँदा पनि सो थप अवधिभित्र उक्त खर्च उठ्न नसकेमा क्षेत्रीय हुलाक निर्देशकले हुलाक सेवा विभागको पूर्व स्वीकृति लिई अतिरिक्त हुलाकलाई खारेज गर्न वा चल्तीको अन्य ठाउँमा सार्न सक्नेछ।
४. अतिरिक्त हुलाक खुला रहने समय : (१) अतिरिक्त हुलाक खुला रहने समय क्षेत्रीय हुलाक निर्देशकले तोकिदिए बमोजिम हुनेछ।
तर कुनै पनि अवस्थामा सो समय दिनको दुई घण्टाभन्दा कम हुनु हुँदैन।
(२) अतिरिक्त हुलाक खुला रहने समयको सम्बन्धमा अतिरिक्त हुलाक बाहिर सबैले देख्ने गरी स्पष्ट र ठूलो अक्षरमा सूचना टाँस्नु पर्छ र समय परिवर्तन गर्नु परे भएमा त्यसको जानकारी कम्तिमा सात दिन अगावै प्रकाशित गरिसक्नु पर्नेछ।
५. सम्बन्धित हुलाकको काम : सम्बन्धित हुलाकको काम देहाय बमोजिम हुनेछ :-
(क) हुलाक प्रतिनिधिसँग जमानी नलाई एक हजार रुपैयाँ सम्मको, धनजमानी लाई दुई हजार रुपैयाँ सम्मको र त्यसभन्दा माथिको हकमा महानिदेशकले तोकिदिए बमोजिम हुलाक टिकट, टिकट भएको खाम, हवाईपत्र आदि मूल्याङ्कित हुलाक कागजात हुलाक सञ्चालन गर्नुको लागि दिने र यसमा पाँच वर्ष पछि पचास प्रतिशत र अर्को पाँच वर्षमा शत प्रतिशत (कुल दश वर्षमा) स्वतः बढ्न सक्नेछ।
(ख) अतिरिक्त हुलाकलाई तोकिएको मसलन्द खर्च, पारिश्रमिकको रकम तथा अन्य रकम हुलाक प्रतिनिधिलाई एकमुष्ट दिने र त्यसको भरपाई हुलाक प्रतिनिधिबाट गराई राख्ने,
(ग) अतिरिक्त हुलाकको खर्चको मासिक फाँटवारी लाई समय समयमा हुलाक सेवा विभागमा पठाउने,
(घ) अतिरिक्त हुलाकमा रहेको हुलाक टिकट, नगद, अन्य मूल्याङ्कित हुलाक कागजातको साथै त्यसको सम्पूर्ण काम कारबाहीको जाँच गर्ने,
(ङ) अतिरिक्त हुलाकको स्थायी जिन्सी सामानको लेखा राख्ने,
(च) अतिरिक्त हुलाकको स्थापना र सञ्चालन सम्बन्धी प्रारम्भिक काम कारबाही गर्ने।
६. हुलाक अधिकृतको काम, कर्तव्य : अतिरिक्त हुलाकको सम्बन्धमा हुलाक अधिकृतको काम, कर्तव्य देहाय बमोजिम हुनेछः-
$\sigma$ पहिलो संशोधनद्वारा संशोधित।
(क) जिल्लामा रहेको अतिरिक्त हुलाकहरू साधारणतया ६ महिनामा एकपटक निरीक्षण गर्ने,
(ख) हुलाक अधिकृतको प्रतिवेदन जिल्ला हुलाकमा पेश गरी त्यसको एक प्रति क्षेत्रीय हुलाक निर्देशनालयमा पठाउने,
(ग) निरीक्षणको सिलसिलामा अतिरिक्त हुलाकलाई परेको समस्या समाधान गर्न आवश्यक सहयोग गर्ने।
७. कर्मचारीको नियुक्ति : (१) हुलाक सेवा विभागले तोकिदिएको अधिकृतले वा क्षेत्रीय हुलाक निर्देशकले हुलाक प्रतिनिधि, वितरक र ڈاک वाहक नियुक्त गर्नेछ।
(२) हुलाक प्रतिनिधिलाई नियुक्त गर्नु भन्दा अगावै निजसँग अनुसूची-१ बमोजिमको ढाँचामा कबुलियत गराउनु पर्नेछ।
(३) हुलाक प्रतिनिधि, वितरक र ڈاک वाहकले आफ्नो कार्यभार सम्हाल्नुभन्दा अघि अनुसूची-२ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम नियुक्त गर्ने अधिकृतले अतिरिक्त हुलाकको नाम, ठेगाना, सो हुलाक सञ्चालन गर्न नियुक्ति गरिएका हुलाक प्रतिनिधि, वितरक र ڈاک वाहकको नाम, वेतन, उमेर, योग्यता, कबुलियतनामा तथा अन्य विवरण सम्बन्धित हुलाकमा दिनुकासाथै त्यसको एक एक प्रति क्षेत्रीय हुलाक निर्देशनालय र हुलाक सेवा विभागमा पठाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम विवरण प्राप्त गर्ने कार्यालयहरूले आ-आफ्नो कार्यालयमा छुट्टै दर्ता किताब खडा गरी सो विवरण जनाइ राख्नु पर्नेछ।
७क. अनिवार्य अवकाश: (१) नियम ७ को उपनियम (१) बमोजिम नियुक्त भएका हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले अन्ठाउन्स वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन्।
(२) उपनियम (१) को प्रयोजनको लागि उमेरको गणना गर्दा हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित जन्म मितिलाई आधार लिनु पर्नेछ। नेपाली नागरिकतामा महिना र गते नखुलेमा नागरिकता प्रमाणपत्र जारी भएको मितिलाई आधार लिनु पर्नेछ।
७ख. पद खारिज हुने: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएपछि अतिरिक्त हुलाकमा रिक्त रहेका हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकको पद र यो नियम प्रारम्भ भएपछि रिक्त हुने त्यस्तो पद स्वतः खारिज हुनेछ।
८. हुलाक प्रतिनिधि, वितरक र डाँक वाहक हुन चाहिने योग्यता : देहाय बमोजिमका योग्यता नभई कुनै व्यक्तिलाई अतिरिक्त हुलाकको प्रतिनिधि, वितरक वा डाँक वाहकमा नियुक्त गर्नु हुँदैन:-
(क) नेपाली नागरिक, (ख) सोह्र वर्ष उमेर पूरा भएको, (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित नभएको, (घ) नेपाली लेखपढ गर्न सक्ने र रोमन लिपि समेत जानेको, (ङ) गणितको साधारण ज्ञान भएको।
तर डाँक वाहकको लागि रोमन लिपि र गणितको ज्ञान हुनु अनिवार्य हुने छैन।
९. हुलाक प्रतिनिधि नियुक्त गर्दा : (१) हुलाक प्रतिनिधिमा नियुक्त गर्दा साधारणतया देहायका व्यक्तिलाई क्रमानुसार ग्राह्यता दिइनेछ।
(क) गाउँपालिका वा नगरपालिकाबाट लिखित रूपमा सिफारिस गरिएको व्यक्ति,
(ख) नेपाल सरकारको राजपत्रइति अधिकृतबाट सिफारिस गरिएको व्यक्ति,
(ग) गाउँपालिका वा नगरपालिका अन्तर्गत रहेको विद्यालयको शिक्षक,
(घ) स्थायी कारोबार भएको स्थानीय दुकानदार।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियुक्ति गर्ने अधिकारीले मनासिब देखेमा उपरोक्त व्यक्तिमध्ये जुनसुकै व्यक्तिलाई हुलाक प्रतिनिधि नियुक्त गर्न सक्नेछ।
१०. बिदा सम्बन्धी व्यवस्था : (१) अतिरिक्त हुलाकमा काम गर्ने हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले देहाय बमोजिमको बिदा पाउने छन् :
(क) भैपरी आउने बिदा वार्षिक छ दिन,
(ख) बिरामी बिदा वार्षिक बाह्र दिन,
(ग) घर बिदा वार्षिक चौबीस दिन,
(घ) प्रसूति बिदा बढीमा दुई सन्तिकी लागि प्रत्येक सन्तिको निमित्त तीस दिन,
(ङ) किरिया बिदा पन्ध्र दिन।
(२) घर बिदा एकपटकमा साधारणतया सात दिन भन्दा बढी लिन पाइने छैन।
(३) भैपरी आउने बिदा र घर बिदा अर्को वर्षको लागि सञ्चित गर्न सकिने छैन।
(४) मनासिब कारण परेमा बाहेक बिदाको निकासा नलिई हुलाक प्रतिनिधि, वितरक र डाँक वाहक आफ्नो कार्यालयमा अनुपस्थित हुन हुँदैन। विशेष कारण परी कार्यालयमा
अनुपस्थित हुने हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले सात दिनभित्र सम्बन्धित अधिकारी समक्ष बिदाको लागि निवेदन दिनु पर्नेछ।
(५) बिदा अधिकारिको कुरा नभई सहमतिले मात्र हुनेछ।
११. बिदा दिने अधिकारी : (१) देहायका व्यक्तिलाई देहायका कर्मचारीले बिदा दिनेछ :
(क) हुलाक प्रतिनिधिलाई सम्बन्धित हुलाकको हाकिमले,
(ख) वितरक र डाँकवाहकलाई हुलाक प्रतिनिधिले।
(२) बिदा दिँदा अतिरिक्त हुलाकको काम नरोकिने गरी मात्र बिदा दिनु पर्नेछ।
१२. पारिश्रमिकः हुलाक प्रतिनिधि, वितरक र डाँकवाहकलाई हुलाक सेवा विभागबाट निर्धारण भए बमोजिमको पारिश्रमिक दिइनेछ।
१२क. उपचार खर्च: (१) हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले आफूले काम गरेको प्रत्येक वर्षको लागि निजले काम गरेको पदको सुरु पारिश्रमिक स्केलको आधा महिनाको तलब बराबरको रकममा नबढ्ने गरी तलब बमोजिमको रकम उपचार खर्च वापत पाउनेछ।
(२) हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले उपतियम (१) बमोजिम पाउने उपचार खर्च वापतिको रकम लिन नपाउँदै सेवाबाट अवकाश भएमा सो उपतियम बमोजिम पाउने रकम एकमुष्ट लिन पाउनेछ।
तर एकमुष्ट रकम लिदा बिल पेश गर्न पर्ने छैन।
१२ख. स्वेच्छिक अवकाशः (१) अतिरिक्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र स्वेच्छिक अवकाश लिन सक्नेछन्।
(२) उपतियम (१) बमोजिम स्वेच्छिक अवकाश लिन चाहे हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकले सम्बन्धित जिल्ला हुलाक कार्यालयमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन परेमा नियम १२क. बमोजिमको उपचार खर्चको अतिरिक्त नियम १२ग. बमोजिमको थप सुविधा समेत पाउने गरी सम्बन्धित जिल्ला हुलाक प्रमुखले निर्णय गर्नेछ।
๑२ग. थप सुविधा: नियम ७क. बमोजिम अनिवार्य अवकाश हुने र नियम १२ख. बमोजिम स्वेच्छिक अवकाश लिने हुलाक प्रतिनिधि, वितरक ि डाँक वाहकलाई नियम १२क. बमोजिमको उपचार खर्चका अतिरिक्त देहाय बमोजिमको रकम थप सुविधा बापत उपलब्ध गराइनेछ:-
१३. हुलाक प्रतिनिधिको काम, कर्तव्य : हुलाक प्रतिनिधिको काम कर्तव्य देहाय बमोजिम हुनेछः
(क) सरकारी कागजपत्र (का.स.) रजिष्ट्री ि आन्तरिक पुलिन्दा दर्ता गर्ने, तर आन्तरिक पुलिन्दा दर्ता गर्ने व्यवस्था गर्न ........क्षेत्रीय हुलाक निर्देशकको पूर्व स्वीकृति लिनु पर्नेछ।
(ख) हुलाक वस्तुहरू डेलिभरी दिने,
(ग) अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीको हाजिरी रेकर्ड राख्ने,
(घ) हप्ताको दुई पटकमा नघटाई अतिरिक्त हुलाक र सम्बन्धित सरकारी हुलाकको बीच डाँक आदान प्रदान गर्ने,
(ङ) वितरकहरूलाई क्षेत्र (बीट) तोक्ने,
(च) हुलाक टिकट, अन्य मूल्याङ्कित हुलाक कागजात, मसलन्द तथा अन्य आम्दानी खर्चको लगत राख्ने,
(छ) हुलाक वस्तुको सम्बन्धमा सोधिएको जवाफ दिने,
(ज) हुलाक सेवा विभागले समय समयमा तोकिदिएको ढाँचामा अन्य तथ्याङ्क पेश गर्ने,
(झ) $\beta$ हुलाक सेवा विभाग र क्षेत्रीय हुलाक निर्देशनालयले तोके बमोजिमका अन्य काम गर्ने।
१४. वितरकको काम कर्तव्यः वितरकको काम, कर्तव्य देहाय बमोजिम हुनेछ :-
(क) तोकिएको क्षेत्र (बीट) मा हुलाक वस्तुहरू डेलिभरी दिने,
(ख) दर्ता हुलाक वस्तु डेलिभरी गरेको निस्सा हुलाक प्रतिनिधिबाट प्रमाणित गराई राख्ने,
(ग) हुलाक प्रतिनिधि बिदा बसेको बखतमा निजको काम गर्ने,
तर यसरी हुलाक प्रतिनिधि बिदामा बसेको बखत काम गरे बापत निजले कुनै थप पारिश्रमिक पाउने छैन।
१५. $\text{v}$ काम गर्ने : अतिरिक्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकमध्ये कुनै पद खारेज भएमा नियम १९क. बमोजिम अतिरिक्त हुलाक खारेज नभएसम्म निजहरुले गरेको काम जिल्ला हुलाक प्रमुखले तोकेको सोही अतिरिक्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकले गर्नेछ।
$\beta$ दोस्रो संशोधनद्वारा संशोधित। $\text{v}$ पाँचौँ संशोधनद्वारा संशोधित।
१६. निजामती कर्मचारी नमानिने : हुलाक प्रतिनिधि, वितरक र डाक वाहक निजामती कर्मचारी मानिने छैनन्।
१७. हुलाक प्रतिनिधिले बर बुझारथ गर्नु पर्ने : हुलाक प्रतिनिधिले आफ्नो पदबाट अलग हुँदा निजले आफ्नो जिम्मामा रहेको हुलाक टिकट, मूल्याङ्कित हुलाक कागजात तथा अन्य सबै नगदी जिन्सीको बर बुझारथ गर्नु पर्नेछ।
१८. विवाद भएमा गर्ने : कुनै विषयलाई लिएर सम्बन्धित हुलाक र अतिरिक्त हुलाकको बीच मत भिन्नता भएमा क्षेत्रीय हुलाक निर्देशकले दिएको निर्देशन बमोजिम गर्नु पर्नेछ।
१९. क्षेत्रीय हुलाक निर्देशकले कारबाही गर्न सक्ने : (१) यस नियमावली बमोजिम काम कारबाही नगर्ने हुलाक प्रतिनिधि, वितरक र डाक वाहकलाई क्षेत्रीय हुलाक निर्देशकले निलम्बन दिन वा नोकरीबाट हटाउन सक्नेछ।
(१क) उपनियम (१) बमोजिम निलम्बन दिनु वा सेवाबाट हटाउनु अघि हुलाक प्रतिनिधि, वितरक र डाक वाहकलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(२) हुलाक प्रतिनिधि, वितरक र डाकवाहकले जानी जानी लापरवाही गरी वा नियम आदेशको पालन नगरी नेपाल सरकार वा अन्य कुनै व्यक्तिलाई हानि नोक्सानी पुर्याएमा क्षेत्रीय हुलाक निर्देशकले सम्बन्धित हुलाक प्रतिनिधि, वितरक र डाकवाहकको पारिश्रमिकबाट सम्पूर्ण वा आंशिक रूपमा कट्टा गरी सो नोक्सानी असुल गर्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम क्षेत्रीय हुलाक निर्देशकले गरेको कारबाही उपर चित्त नबुझ्ने हुलाक प्रतिनिधि, वितरक वा डाक वाहकले पैँतीस दिनभित्र हुलाक सेवा विभागको महानिदेशक समक्ष उजुरी गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम परेको उजुरी उपर हुलाक सेवा विभागको महानिदेशकले नव्वे दिनभित्र निर्णय गर्नु पर्नेछ र त्यस्तो उजुरीको सम्बन्धमा निजको निर्णय अन्तिम हुनेछ।
तेस्रो संशोधनद्वारा संशोधित। तेस्रो संशोधनद्वारा थप।
१९क. अतिरिक्त हुलाक खारेज हुने: (१) नियम ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि अतिरिक्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, वितरक र डाँक वाहक अवकाश भएमा वा निजहरु सबैको पद रिक्त भएमा त्यस्तो अतिरिक्त हुलाक स्वतः खारेज हुनेछ।
(२) उपनियम (१) बमोजिम अतिरिक्त हुलाक खारेज भएमा त्यस्तो अतिरिक्त हुलाकको चलअचल सम्पत्तिको व्यवस्थापन र संरक्षण सम्बन्धित जिल्ला हुलाक कार्यालयले गर्नेछ।
२०. खारेजी : अतिरिक्त हुलाक नियमावली, २०१९ खारेज गरिएको छ।
पाँचौँ संशोधनद्वारा थप।
द्रष्टव्यः- १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तरित गरिएका शब्दहरूः- “ श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। २. अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली, २०८० द्वारा रुपान्तरित गरिएका शब्दहरूः- (क) “निरीक्षक” भन्ने शब्दहरुको सट्टा “हुलाक अधिकृत” (ख) “गाउँ विकास समिति” भन्ने शब्दहरुको सट्टा “गाउँपालिका”।
अनुसूची-१ (नियम ७ को उपनियम (२) सँग सम्बन्धित)
कबुलियतनामा
लिखितम................अञ्चल.........जिल्ला...........गाउँपालिका /नगरपालिका वडा नं....................बस्ने....................को.............नाति/नातिनी.........को छोरा/छोरी वर्ष..........को...........आगे मैले सरकारी वा गैर सरकारी क्षेत्रबाट अतिरिक्त हुलाकको नाममा प्राप्त हुन आउने नगदी जिन्सी सुरक्षित र व्यवस्थित रूपमा राख्नेछु र बिक्रीको लागि सम्बन्धित हुलाकबाट प्राप्त हुन आएका टिकट तथा अन्य मूल्याङ्कित हुलाक कागजात तोकिएको मूल्यमा बिक्री गर्नेछु। हुलाक वस्तुको छनौट (सर्टिङ्ग), ڈاک सञ्चालन र डेलिभरी आदि कामकाज कुनै बदरियत लापरवाही वा पपाप नगरी इमानदारी साथ नियमित रूपले गर्नेछु। मैले कुनै सरकारी सम्पत्ति हिलातमिना गरेमा वा हुलाक ऐन, २०१९ अतिरिक्त हुलाक नियमावली, २०३३ र अन्य हुलाक नियमावली वा प्राप्त निर्देशन विपरीत कामकाज गरेमा प्रचलित नेपाल कानून बमोजिम सहुँला बुझाउँला भनी मेरो मनोमान खुशी राजीसति यो कबुलियतनामाको कागज लेखी..................मार्फत नेपाल सरकारमा चढाएँ।
इति सम्वत्...........साल...........गते............रोज............शुभम्
अनुसूची-२ (नियम ७ को उपनियम (३) सँग सम्बन्धित)
शपथ ग्रहण फाराम
म...................................................,
ईश्वरको नाममा सपथ लिन्छु कि अतिरिक्त हुलाकको प्रतिनिधि । वितरक । डाँक वाहकको हैसियतले मलाई ठेकेिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म ईमान धर्म सम्मझी देश $\oslash$..... प्रति बफादारी रही भय, पक्षपात वा द्वेष नराखी लोभ-लालच ि मोलाहीजा नगरी इमान्दारी साथ गर्नेछु। मेरो कामको सिलसिलामा मलाई ज्ञान हुन आएको कुनै सरकारी गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरु कसैलाई म नोकरीमा बहाल रहे वा नरहेको अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भन्ने वा संकेत गर्ने छैन ।
सही......................
मिति.....................
$\oslash$ चौथो संशोधनद्वारा झिकिएको।