अदालती दण्ड जरिवाना असुल तहसिल नियमहरू, २०२६ लाई खारेज गर्ने नियमहरू, २०२८
नेपाल राजपत्रमा प्रकाशित मिति २०२८।१०।१०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “अदालती दण्ड जरिवाना असुल तहसिल नियमहरू, २०२६ लाई खारेज गर्ने नियमहरू, २०२८” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. खारेजी : अदालती दण्ड जरिवाना असुल तहसिल नियमहरू, २०२६ लाई खारेज गरिएको छ ।
३. बक्यौता लगत : अदालती दण्ड जरिवाना असुल तहसिल नियमहरू, २०२६ लागू रहँदाको अवस्था अदालतको निर्णय अनुसार लागेको अदालती जरिवाना कैदको लगत जे जति माल अड्डा, भूमि प्रशासन कार्यालय वा तिनका उत्तराधिकारी कार्यालयहरूले बुझी लिई असुल तहसिल हुन बाँकी रहेको छ सो सबै बक्यौता लगत ती कार्यालयहरूले सम्बन्धित जिल्ला अदालतलाई बुझाई दिनेछ र जिल्ला अदालतहरूले पनि बुझी लिई साविक बमोजिम असुल तहसिल गर्नेछ ।
द्रष्टव्यः– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्ति भएका शब्दहरुः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।