अन्तःशुल्क नियमावली, २०५९
नेपाल राजपत्रमा प्रकाशित मिति २०५९।०३।२४
संशोधन:
१. अन्तःशुल्क (पहिलो संशोधन) नियमावली, २०५९ २०५९।०९।२२ २. अन्तःशुल्क (दोस्रो संशोधन) नियमावली, २०६० २०६०।०४।०१ ३. अन्तःशुल्क (तेस्रो संशोधन) नियमावली, २०६१ २०६१।०४।०१ ४. अन्तःशुल्क (चौथो संशोधन) नियमावली, २०६२ २०६२।०४।०१ ५. अन्तःशुल्क (पाँचौँ संशोधन) नियमावली, २०६२ २०६२।१०।०१ ६. अन्तःशुल्क (छैठौँ संशोधन) नियमावली, २०६३ २०६३।०३।२८ ७. अन्तःशुल्क (सातौँ संशोधन) नियमावली, २०६४ २०६४।०३।२८ ८. अन्तःशुल्क (आठौँ संशोधन) नियमावली, २०६४ २०६४।०६।०३ ९. अन्तःशुल्क (नवौँ संशोधन) नियमावली, २०६५ २०६५।०६।०३ १०. अन्तःशुल्क (दशौँ संशोधन) नियमावली, २०६६ २०६६।०३।२९ ११. अन्तःशुल्क (एघारौँ संशोधन) नियमावली, २०६७ २०६७।०८।०४ १२. अन्तःशुल्क (बाह्रौँ संशोधन) नियमावली, २०६८ २०६८।०३।३१ १३. अन्तःशुल्क (तेह्रौँ संशोधन) नियमावली, २०७० २०७०।०३।३० १४. अन्तःशुल्क (चौधौँ संशोधन) नियमावली, २०७१ २०७१।०३।२९* १५. अन्तःशुल्क (पन्ध्रौँ संशोधन) नियमावली, २०७२ २०७२।०३।२९ १६. अन्तःशुल्क (सोह्रौँ संशोधन) नियमावली, २०७३ २०७३।०६।२० १७. अन्तःशुल्क (सत्रौँ संशोधन) नियमावली, २०७४ २०७४।०४।१०
१८. अन्तःशुल्क (अठारौं संशोधन) नियमावली, २०७५ २०७५।०२।२२
१९. अन्तःशुल्क (उन्नाइसौं संशोधन) नियमावली, २०७६ २०७६।०२।१५
२०. अन्तःशुल्क (बीसौं संशोधन) नियमावली, २०७६ २०७६।०७।२५
२१. अन्तःशुल्क (एक्काइसौं संशोधन) नियमावली, २०७७ २०७७।०२।१५
२२. अन्तःशुल्क (बाइसौं संशोधन) नियमावली, २०७८ २०७८।०२।१५
२३. अन्तःशुल्क (तेइसौं संशोधन) नियमावली, २०७९ २०७९।०२।१५
२४. अन्तःशुल्क (चौबीसौं संशोधन) नियमावली, २०८० २०८०।०२।१५
२५. अन्तःशुल्क (पच्चीसौं संशोधन) नियमावली, २०८० २०८०।१२।३०
२६. अन्तःशुल्क (छब्बीसौं संशोधन) नियमावली, २०८१ २०८१।०२।१५
२७. अन्तःशुल्क (सत्ताइसौं संशोधन) नियमावली, २०८२ २०८२।०२।१५
२८. अन्तःशुल्क (अट्ठाइसौं संशोधन) नियमावली, २०८३ २०८३।०२।१५
अन्तःशुल्क ऐन, २०५८ को दफा २५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “अन्तःशुल्क नियमावली, २०५९” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले अन्तःशुल्क ऐन, २०५८ सम्झनु पर्छ।
(ख) “इजाजतपत्रवाला” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, बिक्री वा सञ्चय गर्ने वा अन्तःशुल्क लाग्ने सेवा प्रदायकका लागि नियम ४ बमोजिम इजाजतपत्र प्राप्त गरेको व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ।
(ग) “गोदाम” भन्नाले अन्तःशुल्क लाग्ने वस्तु *.......... सञ्चय गरेको स्थान सम्झनु पर्छ।
(घ) “कार्यालय” भन्नाले विभाग अन्तर्गत स्थापना भएको कार्यालय सम्झनु पर्छ र सो शब्दले अन्तःशुल्क असुल उपर गर्ने प्रयोजनको लागि नेपाल सरकारले तोकेको कार्यालय समेतलाई जनाउँछ।
(ङ) “अन्तःशुल्क विवरण” भन्नाले अन्तःशुल्क असुल तथा दाखिला गर्ने दायित्व भएका इजाजतपत्रवालाले प्रत्येक महिना बुझाउनु पर्ने अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको कारोबार सम्बन्धी विवरण सम्झनुपर्छ।
परिच्छेद–२ इजाजतपत्र सम्बन्धी व्यवस्था
◆३. इजाजतपत्रका लागि निवेदन दिनु पर्नेः ऐनको दफा ९ को उपदफा (१) बमोजिम इजाजतपत्र लिनका लागि अनुसूची-२ बमोजिमको इजाजतपत्र दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
◆४. इजाजतपत्र दिनु पर्नेः नियम ३ बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकको मागबमोजिम इजाजतपत्र दिन मनासिब देखेमा अन्तःशुल्क अधिकृतले अनुसूची-३ बमोजिमको ढाँचामा आवश्यक सर्त तथा बन्देजहरू तोकी इजाजतपत्र दिनु पर्नेछ।
◆५. इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्थाः (१) इजाजतपत्रवालाले आफूले प्राप्त गरेको इजाजतपत्र नवीकरण गराउन चाहेमा त्यस्तो इजाजतपत्र नवीकरणको लागि अनुसूची-२ बमोजिमको नवीकरण दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अन्तःशुल्क बाँकी बक्यौता भएको नदेखिएमा र इजाजतपत्र नवीकरण गर्न मनासिब देखेमा अन्तःशुल्क अधिकृतले इजाजतपत्र नवीकरण गरिदिनुपर्नेछ।
५क. इजाजतपत्र रद्द सम्बन्धी व्यवस्थाः (१) कुनै इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको कारोबार गर्न छाडेको वा इजाजतपत्रवालाको मृत्यु भएको कारणले इजाजतपत्र रद्द गर्नुपर्ने भएमा कारोबार छाडेको हकमा इजाजतपत्रवालाले र इजाजतपत्रवालाको मृत्यु भएको हकमा निजको हकवालाले इजाजतपत्र रद्द गर्न अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दाथ इजाजतपत्र रद्द गर्न मनासब देखेमा अन्तःशुल्क अधिकृतले इजाजतपत्रवालासाँग कुनै अन्तःशुल्क रकम, जरिवाना असुल गर्न बाँकी भए सो असुल उपर गरी इजाजतपत्र रद्द गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र रद्द गरिएको जानकारी तीस दिन भित्र निवेदकलाई दिनु पर्नेछ।
(४) उपनियम (२) बमोजिम जाँचबुझ गर्दाथ इजाजतपत्र रद्द गर्न नपर्ने देखिएमा सोही बमोजिमको जानकारी तीस दिन भित्र निवेदकलाई दिनु पर्नेछ।
(५) उपनियम (३) बमोजिम इजाजतपत्र रद्द भएको जानकारी प्राप्त भएसम्म इजाजतपत्रवालाले मासिक रूपमा अन्तःशुल्क विवरण पेश गर्नु पर्नेछ।
(६) यस नियमबमोजिम इजाजतपत्र रद्द गरिएको जानकारी उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य सम्बन्धित निकायलाई समेत दिनु पर्नेछ।
परिच्छेद–३ अन्तःशुल्क असुली सम्बन्धी व्यवस्था
६. अन्तःशुल्क लगाउने प्रक्रियाः (१) मदिरा, स्प्रिट, खुदो (मोलासेस), वाइन, साईडर, मदिरा मिश्रित तयारी पेय र बियरलाई उत्पादन गरी निष्कासन गर्दाको अवस्थामा नै अन्तःशुल्क लगाई असुल उपर गर्ने गरी भौतिक नियन्त्रण प्रणाली अन्तर्गत निष्कासन गर्न दिइनेछ।
नबौं संशोधनद्वारा थप। एघारौं संशोधनद्वारा संशोधित। नबौं संशोधनद्वारा संशोधित। पन्चौं संशोधनद्वारा संशोधित। अट्ठाइसौं संशोधनद्वारा संशोधित।
तर विभागले निष्कासन गर्नु पूर्व अन्तःशुल्क राजस्व दाखिला गरी निष्कासन फाराम स्वीकृत गराई निष्कासन गर्ने जोखिममा आधारित छनौटपूर्ण निष्कासन नियन्त्रण विधि तोक्न सक्नेछ।
(२) उपनियम (१) मा उल्लिखित वस्तु बाहेक अन्य अन्तःशुल्क लाग्ने वस्तु तथा सेवालाई स्वयं निष्काशन प्रणाली अन्तर्गत निष्काशन गरिदिइनेछ।
(२क) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि चुरोट, सुर्ती, खैनी, गुट्खा, निकोटिन युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सुर्तीजन्य पदार्थहरु निष्कासन गर्दा लाग्ने अन्तःशुल्क राजस्व दाखिला गरी माग फाराम स्वीकृत गराई निष्कासन गरिदिइनेछ।
(३) उत्पादन गरी निष्काशन गर्दाको अवस्थामा नै अन्तःशुल्क लगाई असुल उपर गर्नु पर्ने भौतिक नियन्त्रण प्रणालीमा आधारित वस्तुको हकमा उत्पादकले आर्थिक वर्षभरीमा उत्पादन गर्ने वस्तु र सो वापत बुझाउनु पर्ने अन्तःशुल्क रकमको अन्तःशुल्क अधिकृतले हिसाब गरी त्यस्तो रकम उत्पादकबाट अग्रिम रूपमा धरौटी राख्न लगाउन सक्नेछ। त्यसरी धरौटी राखिएको रकम अन्तःशुल्क वापत बुझाउनु पर्ने रकम भन्दा कम भएमा अन्तःशुल्क अधिकृतले नपुग रकम जति उत्पादकबाट दाखिला गर्न लगाउन सक्नेछ र बढी भए जति रकम उत्पादकलाई फिर्ता गर्नु पर्नेछ।
(४) स्वयं निष्काशन प्रणाली अन्तर्गत निष्काशन हुने वस्तु तथा सेवाका हकमा अनुसूची-१३ बमोजिमको बीजकमा अन्तःशुल्क असुल गरी ऐनको दफा ३ बमोजिम दाखिला गर्नु पर्नेछ।
(५) भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका वस्तुको निष्काशन माग फाराम स्वीकृत भएपछि पनि अनुसूची-१३ बमोजिमको बीजक जारी गरी सामान निष्काशन गर्नु पर्नेछ।
अट्ठाइसौं संशोधनद्वारा थप। तेह्रौं संशोधनद्वारा थप। पन्नों संशोधनद्वारा थप। एघारौं संशोधनद्वारा खारेज गरिएको।
६क. अन्त:शुल्क अधिकृतले अन्त:शुल्क निर्धारण गर्न सक्ने: (१) ऐनको दफा १०घ. को उपदफा (१) बमोजिम अन्त:शुल्क अधिकृतले अन्त:शुल्क निर्धारण गर्दा अनुसूची-४क. बमोजिमको ढाँचामा अन्त:शुल्क निर्धारण आदेश जारी गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम जारी भएको आदेशका सम्बन्धमा ऐनको दफा १०घ.को उपदफा (२) बमोजिमको म्यादभित्र पेश भएका प्रमाण तथा लिएका जिकिरको छानबिन गरी अन्त:शुल्क अधिकृतले अनुसूची ४ख. बमोजिमको अन्तिम अन्त:शुल्क निर्धारण आदेशजारी गर्नु पर्नेछ। त्यस्तो आदेशमा अन्त:शुल्क निर्धारण आदेश जारी भएको मितिसम्मको ऐनको दफा ४ख. को उपदफा (२) बमोजिम लाग्ने विलम्ब शुल्क समेत समावेश गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम जारी भएको अन्त:शुल्क निर्धारण आदेश बमोजिमको अन्त:शुल्क, विलम्ब शुल्क तथा जरिवाना रकम सम्बन्धित व्यक्तिले त्यस्तो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नु पर्नेछ।
६ख. कागजातको तामेली : (१) ऐन बमोजिम कुनै व्यक्तिलाई दिनु वा बुझाउनु पर्ने कुनै कागजात देहायको अवस्थामा सो व्यक्तिलाई रीतपूर्वक दिएको वा बुझाएको मानिनेछ:-
(क) कुनै व्यक्तिको ठेगानामा फ्याक्स, इमेल वा त्यस्तै अन्य विद्युतीय माध्यम मार्फत पठाएको,
(ख) व्यक्तिगत रूपमा जसलाई बुझाउनु पर्ने हो उसैलाई वा निजको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको तथा निकायको हकमा निकायको प्रबन्धक वा निजले तोकेको प्रतिनिधि वा कर्मचारीलाई बुझाएको, वा
(ग) व्यक्तिको थाहा भएको आवास, कार्यालय, व्यवसाय वा अन्य ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पठाएको।
(२) विभागको अधिकारप्राप्त अधिकृतको नाम र पद खुल्ने गरी दस्तखत गरिएको, कम्प्युटर प्रविधिबाट इन्क्रिप्ट वा इन्कोड गरिएको, छाप लगाइएको वा सो कागजातमा लेखी यस नियम बमोजिम तामेल गरिएको वा दिएको कागजातलाई रीतपूर्वकको मानिनेछ।
(३) उपनियम (१) र (२) बमोजिम कागजात तामेल हुन नसकेमा सम्बन्धित व्यक्तिको नाममा रेडियो, टेलिभिजन वा राष्ट्रियस्तरको कुनै दैनिक पत्रपत्रिकाबाट तत्सम्बन्धी आदेशको सूचना प्रसारण वा प्रकाशन गरी सोको जानकारी गराउन सकिनेछ। त्यसरी गराएको जानकारी सम्बन्धित व्यक्तिले पाएको मानिनेछ।
६ग. इजाजत पत्र नलिई उठाएको अन्तःशुल्कको निर्धारण र असुली: कसैले इजाजतपत्र नलिई अन्तःशुल्क वा अन्तःशुल्कको नाममा अन्य कुनै रकम उठाएमा निजले उठाएको अन्तःशुल्क रकम नियम ६क. बमोजिम निर्धारण गरी असुल उपर गरिनेछ।
६घ. ...
७. बाँकी अन्तःशुल्क रकम असुल उपर गर्न सकिने: अन्तःशुल्क लाग्ने वस्तु वा सेवा बापत कसैले ऐन तथा यस नियमावली बमोजिम अन्तःशुल्क रकमभन्दा घटी रकम बुझाएको देखिएमा अन्तःशुल्क अधिकृतले निजबाट बाँकी अन्तःशुल्क रकम असुल उपर गरी लिन सकिनेछ।
८. इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु बिक्री गर्ने: ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्र रद्द हुँदाका अवस्थामा गोदाममा मौज्दात रहेका वस्तुका हकमा बक्यौता अन्तःशुल्क बुझाई विभागको स्वीकृति लिई बिक्री गर्न सकिनेछ। विभागलाई बुझाउनु पर्ने बक्यौता अन्तःशुल्क नबुझाएमा विभागले त्यस्तो वस्तु लिलाम बिक्री गरी प्राप्त भएको रकमबाट बक्यौता अन्तःशुल्क लिई बाँकी रहिरहेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ।
परिच्छेद–४ सम्पत्ति रोक्का, लिलाम बिक्री र जफत सम्बन्धी व्यवस्था
९. सम्पत्ति रोक्का गर्न सकिनेः (१) कुनै व्यक्तिले उत्पादन स्थलबाट अन्तःशुल्क लाग्ने वस्तु अन्तःशुल्क छली निष्काशन गरी वा विदेशबाट पैठारी गरी लनी जाँदा लागेको अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले फेला पारेमा त्यस्तो वस्तु लान नपाउने गरी अन्तःशुल्क अधिकृतले रोक्का राख्न सक्नेछ।
(२) कुनै व्यक्तिले ऐन र यस नियमावली बमोजिम बुझाउनु पर्ने अन्तःशुल्क म्यादभित्र नबुझाएमा अन्तःशुल्क अधिकृतले त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम अन्तःशुल्क अधिकृतले रोक्का राखेको वस्तु वा सम्पत्ति बिक्री वितरण वा कुनै पनि किसिमले हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्नको लागि त्यस्तो वस्तु वा सम्पत्ति रोक्का गर्ने सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ। यसरी रोक्का राख्नको लागि लेखी आएकोमा त्यस्तो वस्तु वा सम्पत्ति रोक्का राखिदिनु सम्बन्धित कार्यालयको कर्तव्य हुनेछ।
१०. लिलाम बिक्री सम्बन्धी व्यवस्थाः ⁰(१) ऐनको दफा १७ बमोजिम रोक्का रहेको वस्तु वा सम्पत्ति लामो समयसम्म कब्जामा राख्दा क्षय लागि वा अरु कुनै परिबन्धबाट टुटफुट वा नोक्सान हुन सक्ने देखिएमा वा सडी गली जाने भएमा वा पुरानो भई मूल्य घट्न जाने भएमा वा बेवारिसे भएमा वा स्थान अभावको कारणबाट राख्न नसकिने भएमा वा संरक्षण प्रदान गर्न नसकिने अवस्थाको भएमा त्यस्तो वस्तु वा सम्पत्तिको अवस्था र प्रकृति हेरी बढीमा सात दिनसम्मको म्याद दिई लिलाम बिक्रीको सूचना कार्यालयको सूचना पाटीमा टाँस गरी लिलाम बिक्री गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम लिलाम बिक्री गर्दा लिलाम बिक्री गर्ने वस्तु रहेको स्थानको ¹स्थानीय तहको एकजना प्रतिनिधि वा नजिकको सरकारी कार्यालयको एक जना कर्मचारी र सम्भव भएसम्म सम्बन्धित व्यक्ति वा निजको प्रतिनिधि समेतलाई रोहवरमा राख्नु पर्नेछ।
⁰ सातौँ संशोधनद्वारा संशोधित। ¹ चौबीसौँ संशोधनद्वारा संशोधित।
(३) उपनियम (१) बमोजिम लिलाम बिक्री गरिने वस्तु वा सम्पत्तिको लिलाम बिक्री गर्दा त्यस्तो वस्तु वा सम्पत्तिको प्रचलित बजार मूल्यलाई आधार मानी न्यूनतम मूल्य कायम गरी बढाबढको आधारमा लिलाम बिक्री गर्नु पर्नेछ।
११. वस्तु वा सम्पत्ति जफत गर्न सकिनेः (१) अन्तःशुल्क लाग्ने वस्तु अन्तःशुल्क नबुझाई प्रतिष्ठानको उत्पादन स्थलबाट निष्कासन गरी लगेको वा विदेशबाट पैठारी गरी ल्याएको प्रमाणित भएमा त्यस्तो वस्तु अन्तःशुल्क अधिकृतले आफ्नो कब्जामा लिई जफत गर्न सक्नेछ।
(२) $\square$
(३) झुट्टा लेखा वा कीते कागज तयार गरी अन्तःशुल्क लाग्ने वस्तु उत्पादन, पैठारी, बिक्री वा सञ्चय गरेमा वा अन्तःशुल्क लाग्ने सेवा प्रदान गरेको पाइएमा अन्तःशुल्क अधिकृतले सोसँग सम्बन्धित सम्पूर्ण वस्तु जफत गर्न सक्नेछ।
(४) नियुत्त परे अन्तःशुल्क दबाए, छिपाए वा छलेमा अन्तःशुल्क अधिकृतले सो साँग सम्बन्धित वस्तु र सो वस्तु उत्पादन गर्ने उपकरण समेत जफत गर्न सक्नेछ।
(५) कब्जामा लिएको वस्तु अन्तःशुल्क अधिकृतले जफत गर्नु अघि सम्बन्धित व्यक्तिलाई जफत गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण पेश गर्नको लागि सात दिनको सूचना दिनु पर्नेछ।
परिच्छेद–५ अन्तःशुल्क अधिकृत र इजाजतपत्रवालाको काम, कर्तव्य र अधिकार
१२. अन्तःशुल्क अधिकृतको काम, कर्तव्य र अधिकारः (१) अन्तःशुल्क अधिकृतको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-
(क) गोदाममा रहेको अन्तःशुल्क लाग्ने वस्तु बिक्री वितरण वा ओसारपसार गर्न गोदाम बाहिर निकाल्दा आफ्नो उपस्थितिमा त्यस्तो वस्तु निकाल्न लगाई सोको लगत प्रतिष्ठानको उत्पादन स्थलमा राख्न लगाउने,
$\square$ नवौँ संशोधनद्वारा झिकिएको।
(ख) विभागबाट माग गरिएको अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्री वितरण वा गोदाममा रहेको वस्तुको परिमाण र असुल उपर भएको अन्तःशुल्क वा विभागले मागेको अरू कुनै कुराको प्रतिवेदन विभागमा पठाउने,
(ग) अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा बिक्रीको विवरण अनुसूची-४ बमोजिमको दैनिक किताबमा राख्न लगाउने,
(घ) भन्सार नाकाबाट अन्तःशुल्क लाग्ने वस्तु पैठारी भएको अवस्थामा पैठारी गर्ने इजाजतपत्रवालाको नाम, पैठारी गरिएको वस्तुको परिमाण र मूल्य स्पष्ट खुल्ने गरी दैनिक किताबमा जनाइ राख्ने,
(ङ) इजाजतपत्रवालाले नियम १३ बमोजिम पूरा गर्नु पर्ने काम, कर्तव्य पूरा गरे नगरेको समय समयमा निरीक्षण गर्ने,
(ङ१) अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्ने प्रतिष्ठानको मासिक रूपमा निरीक्षण गरी अन्तःशुल्क निर्धारण गर्ने,
(च) अन्तःशुल्क अधिकृतले यस नियमावली बमोजिम आफ्नो कर्तव्य पालन गर्ने सन्दर्भमा विभागले तोकेको अन्य कार्यहरू गर्ने।
(२) इजाजतपत्रवालाले स्वयं निष्काशन प्रक्रिया अनुसार आफै निष्काशन गरेको अन्तःशुल्क लाग्ने वस्तुको हकमा अन्तःशुल्क अधिकृतले विभागले तोके बमोजिमको प्रक्रिया अपनाई इजाजतपत्रवालाको खाता तथा विवरण जाँची प्रमाणित गर्नु पर्नेछ।
१३. इजाजतपत्रवालाको काम तथा कर्तव्यः (१) अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः-
(क) यस नियमबमोजिम पेश गर्नु पर्ने विवरण र फाँटवारी विभागले तोकेको ढाँचामा वस्तुको हकमा वस्तु निष्काशन भएपछि तथा सेवाको
हकमा बीजक जारी भएपछिको महिनाको २५ गतेभित्र अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्ने,
(ख) उत्पादन भएको बिक्री वितरण भएको वस्तुको विवरण दैनिक किताबमा जनाई राख्ने र निरीक्षणको क्रममा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई सो किताब देखाउने,
(ग) उत्पादन भएको वस्तुको नमूना अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराई कार्यालयमा पठाउने,
(घ) गोदाममा राखिएको वस्तुको विवरण अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराई सो को निस्सा राख्ने।
(२) अन्तःशुल्क लाग्ने वस्तुको सेवा प्रदान गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः-
(क) प्रदान गरेको सेवाको बीजक र सोको हिसाब दैनिक रूपमा राख्ने,
(ख) अन्तःशुल्क लाग्ने सेवा प्रदान गर्ने काममा प्रयोग हुने अन्तःशुल्क लाग्ने वस्तुको खरिद प्रमाण वा खरिद बीजक साथमा राख्ने,
(ग) अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले मागेका बखत खण्ड (क) बमोजिमको कागजात उपलब्ध गराउने।
(३) अन्तःशुल्क लाग्ने वस्तुको पैठारी गर्ने इजाजतपत्रवालाको काम तथा कर्तव्य देहायबमोजिम हुनेछः–
(क) अन्तःशुल्क लाग्ने वस्तु पैठारी गरिएको अवस्थामा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष बीजक पेश गर्नु पर्ने,
(ख) प्रतीतपत्रको माध्यमबाट अन्तःशुल्क लाग्ने वस्तु पैठारी गरिएको अवस्थामा वस्तुको किटानी विवरण, भन्सार प्रयोजनको लागि वस्तु वर्गीकरण शीर्षक, प्रत्येक वस्तुको प्रति इकाई मूल्य र परिमाण अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्ने।
छैठौं संशोधनद्वारा संशोधित।
(४) इजाजतपत्रवालाले प्राप्त गरेको इजाजतपत्र आफ्नो कारोबार स्थलमा सबैले देख्ने गरी राख्नु पर्नेछ ।
(५) ....................
परिच्छेद ५क. कारोबारको अभिलेख सम्बन्धी व्यवस्था
१३क. अभिलेख राख्नु पर्नेः (१) इजाजतपत्रवालाले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका कागजात र विवरणको अभिलेख राख्नु पर्नेछः-
(क) चुरोट उत्पादक इजाजतपत्रवालाले अनुसूची-४, ५, ६, ७, ८, ९ र ९क. बमोजिमका खाता र तिनको विवरण,
(ख) मदिरा, स्प्रिट, खुदो र बियर उत्पादक इजाजतपत्रवालाले अनुसूची-४, ९क., १०, ११ र १२ बमोजिमका खाता, फाँटवारी र तिनको विवरण,
(ग) अन्तःशुल्क विवरण बुझाउनु पर्ने सबै इजाजतपत्रवालाले अनुसूची-४ग. र ४घ. बमोजिमका खरिद तथा बिक्री खाताहरू,
(घ) आफूले जारी गरेका तथा प्राप्त गरेका बीजकहरू,
(ङ) व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख,
(च) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,
(छ) विभागले तोकेका अन्य कागजातहरू ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै उद्योग वा खास व्यवसायको लागि थप अभिलेखहरू राख्नुपर्ने गरी विभागले तोक्न सक्नेछ ।
(३) इजाजतपत्रवालाले यस नियम बमोजिम राख्नु पर्ने अभिलेखहरू विभागको अनुमति लिई कम्प्युटर वा त्यस्तै अन्य यान्त्रिक प्रणालीमा विभागले तोकिदिए बमोजिमको तरिका अपनाई राख्न सक्नेछ ।
(४) यस नियम बमोजिम इजाजतपत्रवालाले राखेको अभिलेख अन्तःशुल्क अधिकृतले कारोबार समय वा कार्यालय समयमा जुनसुकै बखत हेर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम अन्तःशुल्क अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा माग गरेका कागजात र विवरण उपलब्ध गराउनु र आवश्यक सहयोगका लागि कर्मचारीको व्यवस्था गर्नु इजाजतपत्रवालाको कर्तव्य हुनेछ।
१३ख. खाता प्रमाणीकरणसम्बन्धी व्यवस्थाः ऐनको दफा १०ख. को उपदफा (२) बमोजिमका खाताहरू कारोबार शुरू गर्नु पूर्व अन्तःशुल्क अधिकृतबाट प्रमाणित गराउनु पर्नेछ।
१३ग. इजाजतपत्रवालाले अन्तःशुल्क विवरण पेश गर्नु पर्नेः अन्तःशुल्क उठाई बुझाउनु पर्ने दायित्व भएका इजाजतपत्रवालाले विक्रम संवत् अनुसारको एक महिनाको अन्तःशुल्कको विवरण सो महिना समाप्त भएको मितिले २५ दिनभित्र *सुतीजन्य तथा निकोटीनयुक्त वस्तु बाहेक स्वयं निष्काशन प्रणाली अन्तर्गतका प्रतिष्ठानले अनुसूची-४ङ. बमोजिमको ढाँचामा र सुतीजन्य तथा निकोटीनयुक्त वस्तु र भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका प्रतिष्ठानले अनुसूची-४च. बमोजिमको ढाँचामा सम्बन्धित अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
१३घ. अन्तःशुल्क विवरण पेश गर्न लगाउन सक्नेः कुनै इजाजतपत्रवालाको मृत्यु भएमा वा निजले अन्तःशुल्क विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असमर्थ भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असमर्थ भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले अन्तःशुल्कजन्य कारोबार गरेको मानी अन्तःशुल्क अधिकृतले सो महिनाको अन्तःशुल्क विवरण निजको हकवाला वा कानून बमोजिमको प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ।
$^{४}१३ङ$. अन्तः शुल्क फिर्ता सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा ३ख. को उपदफा (५) बमोजिम अन्तः शुल्क फिर्ता पाउन $\equiv$ ........ विभागले तोकेको ढाँचामा अन्तःशुल्क अधिकृत समक्ष दरखास्त पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेश हुने दरखास्त साथ विभागले तोके बमोजिमका निर्यात प्रमाणित हुने कागजात पेश गर्नु पर्नेछ।
(३) ऐनको दफा ३ख. को उपदफा (६) बमोजिम फिर्ता गरिने अन्तःशुल्क रकम बीस हजार रूपैयाँभन्दा बढी भएमा सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने गरी चेक मार्फत भुक्तानी गर्नु पर्नेछ।
परिच्छेद–६ चुरोट र बिडीका सम्बन्धमा विशेष व्यवस्था
१४. चुरोटको उत्पादन तथा बिक्री वितरणः चुरोट उत्पादन गर्ने इजाजतपत्रवालाले देहाय बमोजिमको कार्य गर्नु पर्नेछः-
(क) कच्चा र कोरा सुतीको हिसाब राख्नु पर्नेः चुरोट बनाउनको निमित्त प्रतिष्ठानमा झिकाइएको सबै प्रकारको स्वदेशी र विदेशी सुतीको हिसाब तथा विवरण अनुसूची-५ बमोजिमको ढाँचामा राखी प्रतिष्ठानमा खटिएका अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराई राख्नु पर्ने,
(ख) सुती खपतको हिसाब राख्ने : चुरोट बनाउनलाई प्रयोग गरिएको सुतीको हिसाब अनुसूची-६ बमोजिमको ढाँचामा राखी प्रतिष्ठानमा खटिएका अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रत्येक दिन जाँचाइ प्रमाणित गराई राख्नु पर्ने,
(ग) चुरोटमा सुतीको अनुपात खुलाउनेः विभिन्न प्रकारको चुरोट बनाउन प्रयोग गरिने स्वदेशी र विदेशी सुतीको अनुपात खुलाई विभागबाट स्वीकृति लिई राख्नु पर्ने,
(घ) तयारी चुरोट बट्टा बन्दी गर्ने ः बिक्रीयोग्य तयारी चुरोटलाई राम्रोसँग जाँचबुझ गरी विभागले तोके बमोजिमका खल्ली बट्टामा हाली बन्द गर्ने तथा गोदामबाट बिक्रीको लागि निकालिएको चुरोट अन्तःशुल्क अधिकृतको स्वीकृति बेगर कारखानामा पुनः ल्याउन नहुने,
(ङ) चुरोटका बट्टाहरू प्याकिङ्ग गर्ने: तयारी चुरोटका बट्टाहरूलाई ठूलो कागजमा बन्द गरी दैनिक बन्द गरिएको चुरोटको बट्टा सङ्ख्या, सिलिलेसवार नम्बर र बन्द गरिएको मिति समेत स्पष्ट देखिने गरी अनुसूची-७ बमोजिमको ढाँचामा उल्लेख गर्ने तथा गोदाममा राखीएको चुरोटको हिसाब अनुसूची-८ बमोजिमको ढाँचामा राख्नु पर्ने,
(च) गोदामबाट चुरोट निकाल्ने तरिका: चुरोट बिक्री गर्नेको निमित्त गोदामबाट बाहिर निकाल्नलाई अनुसूची-९ बमोजिमको ढाँचामा फाराम भरी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष पेश गर्ने तथा निजहरूबाट जाँची निष्काशन गर्ने इजाजत प्राप्त भएपछि सोको विवरण भरी राख्ने।
१४क. विभागले चुरोट र बिडीको प्रतिलिपि दर तोक्न सक्ने: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि चुरोट र बिडीको उत्पादनको प्रतिलिपि दर विभागले तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम विभागले प्रतिलिपि दर तोकेको अवस्थामा चुरोट र बिडी उत्पादन गर्ने इजाजतपत्रवालाले पेश गरेको प्रतिलिपि दर उपर जाँचबुझ गरी त्यस्तो प्रतिलिपि दरलाई विभागले मान्यता दिन सक्नेछ।
१५. बिडीको उत्पादन तथा बिक्री वितरण: (१) बिडी उत्पादन गर्ने इजाजतपत्रवालाले सो बिडी उत्पादन गर्नको लागि खपत भएको कच्चा सुतीको हिसाब राखी बिडीको उत्पादन तथा बिक्री वितरण गर्नु पर्नेछ।
(१क) बिक्री योग्य तयारी बिडीलाई विभागले तोके बमोजिमको खल्ली राखी प्याकिङ्ग गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बिडीको उत्पादन गरी बिक्री गर्नु पूर्व अनुसूची-९ बमोजिमको निष्काशन माग फाराम अन्तःशुल्क अधिकृत वा निजले तोकेको कर्मचारीबाट स्वीकृत गराएर मात्र निष्काशन गर्नु पर्नेछ।
$\text{---}$ नवौँ संशोधनद्वारा थप। $\blacklozenge$ नवौँ संशोधनद्वारा संशोधित। $\text{---}$ सत्ताइसौँ संशोधनद्वारा थप।
१५क. म्याद सकिएको सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु नष्ट गर्न सक्ने: उपभोगको म्याद सकिएको वा उपभोगमा आउन नसक्ने चुरोट तथा सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु विभागको स्वीकृति लिई अन्त:शुल्क अधिकृतले नष्ट गर्न सक्छ।
१५ख. चुरोट र बिँडी बाहेकका सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तुको उत्पादन तथा बिक्री वितरण: चुरोट र बिँडी बाहेकका सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु उत्पादन गर्ने इजाजतपत्रवालाले त्यस्तो वस्तु विभागले तोके बमोजिमको तौल र प्याकिङ्गमा उत्पादन गर्नु पर्नेछ।
परिच्छेद–७ मदिरा सम्बन्धी विशेष व्यवस्था
१६. मदिरा उत्पादन: (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले पेटेन्ट स्टिल प्लाण्टबाट उत्पादित स्प्रिटको मिश्रण (बलेन्डिङ्ग) बाट मात्र मदिरा उत्पादन गर्नु पर्नेछ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले बियर, वाइन, साईडर तथा १५, २५, ३०, ४० र ५० यू.पी. शक्तिको मदिरा विभागले तोके बमोजिमको परिणाममा बोतलबन्दी गरी उत्पादन गर्नु पर्नेछ।
तर, (क) निकासी प्रयोजनका लागि इजाजतपत्रवालाको माग बमोजिम विभागले अन्य यू.पी. शक्ति र साइजमा समेत उत्पादन र बोतलबन्दीको अनुमति दिन सक्छ। (ख) पैठारी प्रयोजनका लागि उपनियम (२) मा उल्लेखित यू.पी. शक्तिको तल्लो र माथिल्लो सीमाभन्दा एक प्रतिशतसम्म अल्कोहल शक्ति फरक परे गरी मदिरा आयात गर्न बाधा पर्ने छैन।
$\gamma$ छब्बीसौँ संशोधनद्वारा थप। $\delta$ सत्ताइसौँ संशोधनद्वारा थप। $\phi$ चौधौँ संशोधनद्वारा संशोधित। $\nu$ तेइसौँ संशोधनबाट संशोधित। $\wedge$ अट्ठाइसौँ संशोधनद्वारा संशोधित।
(३) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको ७० यू.पी. शक्तिको मदिरालाई ३०० मिली लिटर र ७५० मिली लिटरको पेट बोतल वा विभागले तोके बमोजिम बोतलबन्दीमा मात्र बिक्री गर्नु पर्नेछ।
(४) वाइनको उत्पादन गर्दा पेटेन्ट स्टील ट्याङ्क वा काठको भाँडा (भ्याट) मा राखी फर्मेन्टेसन गर्नु पर्नेछ।
(५) ...
(६) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मदिरा उत्पादन गर्दा प्रयोग हुने कच्चा पदार्थ (स्प्रीट) को मेचुरेशन विभागले तोके बमोजिम गर्नु पर्नेछ।
(७) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मदिरा बिक्री गर्नको लागि प्रतिष्ठानको गोदामबाट बाहिर निकाल्दा अनुसूची-९ख. बमोजिमको ढाँचामा फाराम भरी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारी समक्ष पेश गरी बिक्री गर्ने स्वीकृति प्राप्त भएपछि सोको विवरण राख्नु पर्नेछ।
(८) सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु, मदिरा वा मदिराको कच्चा पदार्थको उत्पादक, पैठारीकर्ता वा सञ्चयकर्ता प्रतिष्ठानले उत्पादनस्थल, कच्चा पदार्थ राख्ने गोदाम, तयारी पदार्थ राख्ने गोदाम र निष्कासन गर्ने ठाउँमा विभागले निर्धारण गरेको सर्तको अधीनमा रही इन्टरनेट प्रोटोकल क्यामेराको जडान र प्रयोग गर्नु पर्नेछ।
१७. कच्चा पदार्थको संरक्षण: मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मोलनिसस, स्प्रीट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध गर्नु पर्नेछ। त्यस्ता कच्चा पदार्थको उचित संरक्षणको प्रबन्ध नगरी हानी नोक्सानी भएमा सो बापत त्यस्तो इजाजतपत्रवालाले उत्पादन गर्ने मदिरा तर्फको उच्चतम दरबन्दी अनुसार लाग्ने राजश्व सो इजाजतपत्रवालाबाट असुल उपर गरी लिनु पर्नेछ।
$\text{न}$ नवौँ संशोधनद्वारा संशोधित। $\text{L}$ अट्ठाइसौँ संशोधनद्वारा थप। $\text{T}$ अठारौँ संशोधनद्वारा थप। $\text{C}$ अट्ठाइसौँ संशोधनद्वारा खजिकिएको। $\text{S}$ सत्ताइसौँ संशोधनद्वारा थप।
१८. व्याच र सिलिसेलेवार नम्बर अंकित गर्नु पर्ने: (१) मदिराको उत्पादन प्रक्रिया समाप्त भएपछि त्यस्तो मदिरा राखिएको प्रत्येक बोतलमा व्याच नम्बर, सिलिसेलेवार नम्बर, उत्पादन मिति, उत्पादन गर्ने इजाजतपत्रवालाको नाम, ट्रेडमार्क र शक्ति लेखिएको लेबल अंकित गरी गोदाममा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम गोदाममा पठाउँदा अनुसूची-९क बमोजिमको ढाँचामा व्याच नियन्त्रण खाता प्रमाणित गरी राख्नु पर्नेछ।
१९. वाससम्बन्धी रेकर्ड राख्ने: (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वास बनाउनको लागि फर्मेन्टेसन गर्दा प्रयोग गरेको कच्चा पदार्थ, पानीको मात्रा समेत उल्लेख गरी सोको विवरण स्पष्ट देखिने गरी लगत राख्नु पर्नेछ।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिस्टिलेसन (चुलाइ) को लागि तयार भएको वास डिस्टिलेसन प्लाण्टमा हाल्नु अगावै डिस्टिल गर्ने वासको परिमाण र भेट नं. को लगत राखी सोको जानकारी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीलाई दिनु पर्नेछ।
२०. इजाजत बेगर डिस्टिलरी वा ब्रुअरीभित्र प्रवेश गर्न नपाउने: डिस्टिलरी वा ब्रुअरीभित्र मदिरा बनाउने वा मदिरा राखेको ठाउँनिर डिस्टिलरी र ब्रुअरीको कामदार बाहेक बेसोरोकारवाला अन्य कुनै पनि व्यक्ति अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत बेगर प्रवेश गर्न पाउने छैन।
२१. निरीक्षण पुस्तिका राख्नु पर्ने: मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले डिस्टिलरी वा ब्रुअरीमा विभागले तोके बमोजिमको एउटा निरीक्षण पुस्तिका राख्नु पर्नेछ। अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले डिस्टिलरी वा ब्रुअरी निरीक्षण गर्दा निरीक्षण मिति, समय र मदिरा उत्पादन प्रक्रियामा सम्बन्धमा देखेको त्रुटि सम्बन्धी सबै कुरा सो पुस्तिकामा लेख्नु पर्नेछ।
२२. मदिराको हिसाब राख्ने: (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले वासबाट चुलाइ भएको मदिराको परिमाण र त्यसको शक्ति समेत खुलाई अनुसूची-१० र मदिरा बिक्री र सोबाट प्राप्त हुने अन्तःशुल्कको फाँटवारी अनुसूची-११ बमोजिमको ढाँचामा विवरण तयार गरी राख्नु पर्नेछ।
सातौँ संशोधनद्वारा संशोधित।
(२) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले मदिरा बनाउन प्रयोग गरेको अन्न र फलफूलको हिसाब राखी त्यसबाट के कति मदिरा उत्पादन भयो सो को विवरण भरी अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट प्रमाणित गराई राख्नु पर्नेछ।
(३) ▨..........
२३. मौज्दात कमीको मिनाहा : (१) मदिरा उत्पादन गर्ने इजाजतपत्रवालाले आफूसँग रहेको मदिराको मौज्दातमा वाष्पीकरण, दुर्वोधीकरण, चुहावट वा बोतलमा मदिरा भर्दाको कारणबाट $\Delta$शून्य दशमलव पाँच प्रतिशतसम्म कमी हुन आएमा अभिलेख राखी आफैंले मिनाहा लिन सक्ने र थप शून्य दशमलव पाँच प्रतिशतसम्म कमी हुन आएमा मासिक विवरणमा उल्लेख गरी मिनाहाको लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
$\square$(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि $\wedge$दुई वर्ष भन्दा बढी अवधि ब्यारेलमा राखी स्प्रीट मेच्योरिङ गर्दा अल्कोहल प्रतिशतमा वार्षिक दुई प्रतिशतसम्म र आयतनमा वार्षिक $\wedge$पाँच प्रतिशतसम्म वाष्पीकरण र दुर्वोधीकरणको कारणबाट कमी हुन आएमा मेच्योरिङ अवधि पूरा भएपछिको महिनाको विवरणमा उल्लेख गरी मिनाहाको लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) $\square$र उपनियम (१क) बमोजिम पेश भएको विवरण अन्तःशुल्क अधिकृतले $\textcircled{t}$तीस दिनभित्र जाँच गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँच गर्दा मौज्दात कमी भएको मनासिब माफिकको कारण भएमा आधार स्पष्ट खुलाई अन्तःशुल्क अधिकृतले $\textbullet$उपनियम (१) को हकमा एक प्रतिशतसम्म र उपनियम (१क) को हकमा सो उपनियममा उल्लेख भएको प्रतिशतसम्म मौज्दात कमी मिनाहा दिन सक्नेछ।
$\text{▨}$ छैटौं संशोधनद्वारा खारेज गरिएको। $\text{X}$ दोस्रो संशोधनद्वारा संशोधित। $\Delta$ छब्बीसौँ संशोधनद्वारा संशोधित। $\square$ तेइसौं संशोधनबाट थप। $\wedge$ अट्ठाइसौं संशोधनद्वारा संशोधित। $\textcircled{t}$ सोह्रौं संशोधनद्वारा संशोधित। $\textbullet$ तेइसौं संशोधनबाट संशोधित।
(४) ▧ (४क) ◼ (५) ◼
२३क. बियर मौज्दात कमीको मिनाहा: (१) बियर उत्पादन गर्ने इजाजतपत्रवालाले तयारी बियर $\pm$ पाश्चराइजेशन्, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रेर बोतलमा प्रयोग हुन नसक्ने अवस्थाका क्राउनकर्कको मौज्दात कमीको विवरण विभागले तोकेको ढाँचामा मासिक रूपमा उल्लेख गरी मिनाहाका लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेश भएको विवरण अन्तःशुल्क अधिकृतले ☾तीस दिन भित्र जाँच गर्नु पर्नेछ। त्यसरी जाँच गर्दा $\pm$ पाश्चराइजेशन्, प्याकेजिङ्ग तथा गोदाममा भण्डारण गर्दा टुटफुट वा बिग्रिएको बियरको भौतिक परीक्षण गरी बढीमा दुई प्रतिशतसम्म मौज्दात कमीको मिनाहा दिन सक्नेछ। *
२३ख. पुरानो तयारी मदिराको पुनः प्रशोधन गर्न स्वीकृति लिनु पर्ने: बिक्री वितरण गरी फिर्ता आएको वा बिक्री नभई गोदाममा रहेका पुरानो तयारी मदिरालाई पुनः प्रशोधन गरी मदिरा उत्पादन गर्न चाहने इजाजतपत्रवालाले विभागको पूर्व स्वीकृति लिई मदिराको पुनः प्रशोधन गर्न सक्नेछ।
२३ग. उपभोगको म्याद सकिएको वस्तु नष्ट गर्ने सम्बन्धी व्यवस्था: (१) प्रतिष्ठानबाट निष्काशन नभएको तर उपभोगको म्याद सकिएर प्रतिष्ठानको गोदाममा नै रहेको बियर, वाइन तथा
▧ छैठौं संशोधनद्वारा झिकिएको। ◼ सातौं संशोधनद्वारा झिकिएको। $\phi$ नवौं संशोधनद्वारा थप। $\pm$ एक्काइसौँ संशोधनद्वारा झिकिएको। ☾ सोह्रौं संशोधनद्वारा संशोधित।
अन्य अन्त:शुल्कजन्य वस्तु नष्ट गर्नु पर्ने भएमा त्यस्तो वस्तु नष्ट गर्न उपभोगको म्याद सकिएको मितिले तीस दिनभित्र सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम निवेदन पेश भएमा उपभोगको म्याद सकिएको वा नसकिएको सम्बन्धमा छानबिन गरी सिफारिस गर्न देहायको समिति रहनेछ:-
(क) कार्यालय प्रमुख -संयोजक (ख) सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि -सदस्य (ग) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि -सदस्य (घ) उद्योग वाणिज्य संघको प्रतिनिधि -सदस्य (ङ) प्रतिष्ठानले तोकेको प्रतिनिधि -सदस्य (च) कार्यालयको अन्त:शुल्क हेर्ने कर्मचारी -सदस्य-सचिव
(३) उपनियम (२) बमोजिमको समितिको सिफारिसमा एक करोड रूपैयाँसम्म कारखाना मूल्यको वस्तु कार्यालय प्रमुख आफैँले निर्णय गरी र सोभन्दा बढी मूल्यको वस्तु विभागको स्वीकृति लिई उपनियम (२) बमोजिमको समितिको रोहवरमा नष्ट गर्न सकिनेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिमको अवधिभित्र निवेदन दिन नसक्नुको मनासिब आधार र कारण खुलाई कार्यालय मार्फत विभागमा निवेदन प्राप्त हुन आएमा विभागले उपनियम (२) बमोजिमको समितिबाट छानबिन तथा सोही समितिको रोहवरमा नष्ट गर्न सक्ने गरी स्वीकृति दिन सक्नेछ।
२३घ. प्रयोग गर्न अयोग्य वस्तु नष्ट गर्ने : मान्यता प्राप्त प्रयोगशालाबाट प्रयोग गर्न अयोग्य प्रमाणित भएका अन्त:शुल्कजन्य वस्तुका कच्चा पदार्थ र अर्ध तयारी अवस्थाका वस्तु नियम २३ग. को उपनियम (२) बमोजिमको समितिको रोहवरमा नष्ट गर्न विभागले स्वीकृति दिन सक्नेछ।
परिच्छेद–८ सक्खर र खुँदो (मोलासिस्) सम्बन्धी विशेष व्यवस्था
अट्ठाइसौं संशोधनद्वारा थप।
२४. सुरक्षित साथ राख्नु पर्नेः चिनी तथा खाँडसारी मिलले आफूले उत्पादन गरेको मोलानसस सञ्चय गर्दा पानी नपस्ने गरी संरक्षणको उचित प्रबन्ध गरी सोको बिक्री कार्यालयको सिफारिसमा गर्नु पर्नेछ। त्यसरी उपयुक्त संरक्षणको व्यवस्था नगरी हानी नोक्सानी भएमा त्यस्ता मोलानससमा लाग्ने अन्तःशुल्क मिनाहा दिइने छैन।
२५. उत्पादन र बिक्रीको हिसाब राख्नु पर्नेः चिनी वा खाँडसारी मिलले सख्खर वा खुँडो (मोलानसस) उत्पादन गरेपछि दैनिक रूपमा भएको त्यस्तो उत्पादनको बिक्रीको हिसाब अनुसूची-१२ बमोजिमको ढाँचामा अद्यावधिक गरी मासिक रूपमा कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ।
२५क. स्प्रिट तथा इथानोललाई अन्य प्रयोगमा ल्याउनेः (१) इजाजतपत्रवालाले स्प्रिटलाई अन्य प्रयोगमा ल्याउने उद्देश्यले डिनेच्ड स्प्रिट बनाउँदा सम्बन्धित आन्तरिक राजश्व कार्यालयबाट स्वीकृति लिई रेक्टिफाइड वा डेड्स स्प्रिटमा पाइरिडिन वा कोशिनसि वा मिथायल अल्कोहोल आयतनको हिसाबबाट कम्तीमा ०.०२ प्रतिशत मिश्रण गरी डिनेच्ड स्प्रिट बनाउनु पर्नेछ। यस्तो मिश्रण गर्दा आवश्यकता अनुसार रंगिन गर्नु पर्ने गरी विभागले इजाजतपत्रवालालाई निर्देशन दिन सक्नेछ। आन्तरिक राजश्व कार्यालयले रेक्टिफाइड स्प्रिटबाट डिनेच्ड स्प्रिट बनाउने स्वीकृति दिँदा रेक्टिफाइड स्प्रिटबाट आउने अन्तःशुल्क घट्ने गरी मात्र स्वीकृति दिनु पर्नेछ।
(२) इजाजतपत्रवालाले पेट्रोलमा सम्मिश्रण गर्ने प्रयोजनको लागि उत्पादन गरेको एनहाइड्रस इथानोल नेपाल आयल निगम वा नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायलाई मात्र बिक्री गर्नु पर्नेछ। यस्तो वस्तु बिक्रीको लागि प्रतिष्ठानबाट निष्कासन गर्दा आन्तरिक राजश्व कार्यालयबाट स्वीकृति लिनु पर्नेछ। आन्तरिक राजश्व कार्यालयले यस्तो स्वीकृति दिँदा त्यस्तो वस्तुमा कम्तीमा दुई प्रतिशत इथानोल मिश्रण गर्नु पर्ने गरी निष्कासन गर्न स्वीकृति दिनु पर्नेछ।
$\square$ दोस्रो संशोधनद्वारा थप। $\wedge$ अट्ठाइसौं संशोधनद्वारा संशोधित।
(३) मोलासेस, रेक्टिफाइड स्पिरिट, इ.ए.ए, माल्ट स्पिरिट लगायतका मदिराका कच्चा पदार्थ तथा डिस्टिल्ड स्पिरिटको पैठारी, उत्पादन तथा बिक्री वितरणका लागि विभागले प्रक्रिया तोकी नियन्त्रण गर्न सक्नेछ।
परिच्छेद–९ विविध
२६. मौज्दात जाँच गर्न सक्ने: इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ अर्थ तयारी पदार्थ वा वस्तु तथा तयारी पदार्थ वा वस्तुको मौज्दात जाँच गर्नका लागि कार्यालयले कुनै पनि समयमा कर्मचारी खटाउन सक्नेछ। त्यस्तो कर्मचारीलाई मौज्दात जाँच गर्न दिनु इजाजतपत्रवालाको कर्तव्य हुनेछ। त्यसरी जाँच गरिएको विवरणको प्रतिवेदन कार्यालयले विभागमा पेश गर्नु पर्नेछ।
२७. इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्ने: इजाजतपत्रवालाले उत्पादन स्थलमा कुनै किसिमको दुर्घटना भएमा सो कुराको सूचना यथाशीघ्र सम्बन्धित अन्तःशुल्क अधिकृत वा विभागलाई दिनु पर्नेछ। सो बमोजिमको सूचना नदिएमा त्यस्तो दुर्घटनाबाट नेपाल सरकारलाई हुन गएको अन्तःशुल्क सम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले नै व्यहोर्नु पर्नेछ।
तर इजाजतपत्रवालाले अन्तःशुल्क लाग्ने वस्तु वा पदार्थ एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्दा दुर्घटना भै त्यस्तो वस्तु वा पदार्थ नोक्सानी भएको अवस्थामा सो वस्तुको बीमा गराएको रहेछ र सोको क्षतिपूर्ति प्राप्त भएको रहेछ भने सो क्षतिपूर्ति प्राप्त भएको हदसम्म नेपाल सरकारलाई हुन गएको अन्तःशुल्क सम्बन्धी हानी नोक्सानी इजाजतपत्रवालाले व्यहोर्नु पर्ने छैन।
२८. प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्ने: (१) कुनै प्रतिष्ठान कुनै पनि कारणले बन्द गर्नु परेमा त्यस्तो कारण प्रष्ट खुलाई त्यसरी बन्द गर्नुभन्दा तीन दिन अगावै सम्बन्धित अन्तःशुल्क अधिकृत र विभागलाई लिखित रूपमा जानकारी गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा विभागले आवश्यक सम्झेमा सो प्रतिष्ठान चालू राख्न सम्बन्धित व्यक्तिलाई आदेश दिन सक्नेछ।
२९. मूल्य खुलाउनु पर्नेः (१) मदिरा, बियर, चुरोट, $\text{सुती}$, खैनी, गुट्खा, निकोटिन युक्त वा निकोटिन रहित पानमसाला तथा यस्तै अन्य सुर्तीजन्य पदार्थहरू उत्पादन गर्ने $\text{तथा}$ पैठारी गर्ने इजाजतपत्रवालाले आफ्नो वितरक, थोक तथा खुद्रा विक्रेतालाई बिक्री गर्ने मूल्य सार्वजनिक गरी आफूले उत्पादन गरेको वस्तुमा अधिकतम खुद्रा मूल्य अंकित गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको इजाजतपत्रवालाले आकार र गुणस्तर परिवर्तन गर्नु परेमा वा नयाँ ब्राण्ड उत्पादन गर्नु परेमा विभागको पूर्व स्वीकृति लिनु पर्ने र नयाँ ब्राण्डको उत्पादन गर्नु अघि बाँकी बक्यौता राजस्व चुक्ता गरेको हुनु पर्नेछ।
२९क. सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्नेः ऐनको दफा ३ को उपदफा (१) बमोजिमको सेवा बिक्री गर्दा अनुसूची-१३ बमोजिमको ढाँचामा बीजक जारी गर्नु पर्नेछ।
२९ख. .....................
२९ग. पारदर्शी प्लास्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेः $\text{...}$ मदिरा उत्पादन गर्ने प्रतिष्ठानले आफूले उत्पादन गरेको र पैठारी गर्ने इजाजतपत्रवालाले पैठारी गरेको मदिरा (बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लास्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेछ।
(२) $\text{...}$
$\text{+}$ एक्काइसौं संशोधनद्वारा झिकिएको। $\bullet$ छैटौं संशोधनद्वारा संशोधित। $\text{*} $ तेह्रौँ संशोधनद्वारा थप। $\text{v}$ पाँचौँ संशोधनद्वारा थप। $\text{v}$ छब्बीसौँ संशोधनद्वारा खारेज। $\text{o}$ चौबीसौँ संशोधनद्वारा संशोधित। $\text{u}$ अट्ठाइसौं संशोधनद्वारा झिकिएको।
२९घ. जैविक रूपमा सडेर जाने सामग्रीमा प्याकिङ्ग गर्नु पर्ने: (१) संवत् २०८१ साउन १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पानमसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठान वा पैठारी गर्ने इजाजतपत्रवालाले पुनः प्रशोधनयोग्य सामग्री वा जैविक रूपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा प्याकिङ्ग गर्नु पर्नेछ।
(२) उपनियम (१) मा उल्लिखित वस्तु प्याकिङ्ग गर्दा प्रयोग हुने बाहिरी पोका (आउटर) को हकमा उपनियम (१) बमोजिमको प्याकिङ्ग सामग्री आवश्यक पर्ने छैन।
३०. अन्तःशुल्क टिकट दस्तुर लाग्ने: $\text{}$ (१) नेपालभित्र उत्पादन हुने वा पैठारी हुने मदिरा र चुरोटको बिक्री तथा पैठारी गर्दा मदिराको प्रत्येक बोतलमा र चुरोटको प्रत्येक बट्टामा अन्तःशुल्क टिकट लगाउनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि $\text{}$ बियर उत्पादन गर्ने प्रतिष्ठानले तयारी बियर अन्तिम रूपमा बोतलबन्दी गर्दा विभाग वा कार्यालयबाट सिलबन्दी गरिएको स्थायी रूपमा जडान विद्युतीय सूचना सञ्चार क्षमता भएको अटो फ्लोमिटर $\text{•}$ सहितको पाइपबाट मात्र बोतलबन्दी गर्ने गरी विभागले तोक्नेछ। त्यसरी बोतलबन्दी गरेपछि विभागले तोकेबमोजिम प्रतिष्ठानले प्रत्येक बोतलको नबकोमा पर्ने गरी वा कार्टुनमा अन्तःशुल्क टिकट टाँसी गोदाममा भण्डारण गर्नु पर्नेछ।
$\text{}$ तर,
(क) माइक्रो ब्रुअरीबाट ब्रुअरी परिसरभित्र बिक्री वितरण गर्ने प्रयोजनका लागि पिचर तथा ग्रोवलरमा बोतलबन्दी गर्दा अन्तःशुल्क टिकट टाँस्नु पर्ने छैन।
(ख) माइक्रो ब्रुअरीबाट उत्पादित बियर परिसर बाहिर निकाल्न तथा बिक्री वितरण गर्न पाइने छैन।
$\text{}$ छब्बीसौँ संशोधनद्वारा संशोधित। $\text{}$ दोस्रो संशोधनद्वारा संशोधित। $\text{}$ चौधौँ संशोधनद्वारा संशोधित। $\text{}$ आठौँ संशोधनद्वारा संशोधित। $\text{•}$ एक्काइसौँ संशोधनद्वारा संशोधित। $\text{}$ अट्ठाइसौँ संशोधनद्वारा थप।
(२क) सिगारको प्रत्येक बट्टामा र मुखमा राख्ने सुती, खैनी, गुट्खा, निकोटिनयुक्त वा निकोटिन रहित पानमसाला, हुक्का फ्लेवर तथा यस्तै अन्य सुतीजन्य पदार्थहरूको प्रत्येक प्याकेट, बट्टा वा पोकामा विभागले तोके बमोजिम अन्तःशुल्क टिकट लगाउनु पर्नेछ।
(३) उपनियम (१), (२) र २(क) बमोजिम लगाइने अन्तःशुल्क टिकट विभागले तोकेको दस्तुर तिरी आन्तरिक राजस्व कार्यालय बाट खरिद गर्नु पर्नेछ। त्यस्तो टिकट विभागले तोके बमोजिम अंकित गरी अन्तःशुल्क लाग्ने वस्तु बिक्री गर्नु पर्नेछ।
(४) करपाटीको दायाँ कुनामा कार्यालयले उपलब्ध गराएको इजाजत चिन्ह (स्टिकर) सबैले देख्ने ठाउँमा टाँसी राख्नु पर्नेछ।
(५) अन्तःशुल्क लाग्ने वस्तुको उत्पादक प्रतिष्ठान वा पैठारीकर्तालाई उपलब्ध गराईएका अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा वा बिग्रेमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले भौतिक परीक्षण गरी प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्तःशुल्क टिकट प्रतिस्थापन गर्न सक्नेछ। त्यसरी च्यातिएका वा बिग्रेका अन्तःशुल्क टिकट विभागले निर्धारण गरे बमोजिम सम्बन्धित कार्यालयले नष्ट गर्नु पर्नेछ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि पैठारीकर्तालाई उपलब्ध गराईएको अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा वा बिग्रेमा त्यस्तो पैठारीकर्ता वा उत्पादक कम्पनीले त्यस्तो टिकट सिलबन्दी गरी सम्बन्धित कार्यालयमा फिर्ता पठाउनु पर्नेछ। त्यसरी फिर्ता प्राप्त भएका अन्तःशुल्क टिकट विभागले निर्धारण गरे बमोजिम सम्बन्धित कार्यालयले नष्ट गर्नेछ।
बाह्रौं संशोधनद्वारा थप। तेस्रो संशोधनद्वारा संशोधित। अट्ठाइसौं संशोधनद्वारा झिकिएको। पाँचौ संशोधनद्वारा थप। छब्बीसौ संशोधनबाट संशोधित। छब्बीसौ संशोधनबाट थप।
३०क अन्तःशुल्क टिकट नष्ट गर्ने: $\blacktriangledown$(१) विभागमा मौज्दात रही प्रयोगमा ल्याउन नमिल्ने अवस्थाका अन्तःशुल्क टिकट नष्ट गर्न देहाय बमोजिमको एक समिति रहनेछः-
(क) विभागको अन्तःशुल्क हेर्ने महाशाखा प्रमुख - संयोजक
(ख) महानिदेशकले तोकेको विभागको अन्तःशुल्क शाखाको निर्देशक - सदस्य
(ग) जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(घ) कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(ङ) जिल्ला सरकारी वकील कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(च) जिल्ला प्रहरी कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(छ) विभागको अन्तःशुल्क शाखाको अधिकृत - सदस्य-सचिव
(२) आन्तरिक राजस्व कार्यालय $\square$......................मा मौज्दात रहेको प्रयोगमा ल्याउन नमिल्ने अवस्थाका अन्तःशुल्क टिकट नष्ट गर्नको लागि देहाय बमोजिमको एक समिति रहनेछः-
(क) सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको प्रमुख $\xi$………….. - संयोजक
(ख) जिल्लाप्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
$\Pi$ अठारौं संशोधनद्वारा थप। $\blacktriangledown$ सत्ताइसौं संशोधनद्वारा संशोधित। $\square$ अट्ठाइसौं संशोधनद्वारा झिकिएको। $\xi$ तेइसौं संशोधनद्वारा झिकिएको।
(ग) कोष तथा लेखा नियन्त्रण कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(घ) जिल्ला सरकारी वकील कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(ङ) जिल्लाप्रहरी कार्यालयको अधिकृतस्तरको प्रतिनिधि - सदस्य
(च) आन्तरिक राजस्व कार्यालयवा करदाता सेवा कार्यालयको अन्तःशुल्क अधिकृत - सदस्य सचिव
(३) उपदफा (१) र (२) बमोजिमको समितिले विभागले बनाएको विभाग, आन्तरिक राजस्व कार्यालय ....................मा रहेका प्रयोगमा ल्याउन नमिल्ने अन्तःशुल्क टिकट नष्ट गर्न सक्छ।
३१. $\square$
३२. अन्तःशुल्क कर्मचारी बस्ने घरः कुनै प्रतिष्ठानको लागि नियुक्त भएका अन्तःशुल्क कर्मचारीलाई प्रतिष्ठान परिसरभित्र बस्नको लागि फर्निचर सहितको घर वा कोठाको व्यवस्था प्रतिष्ठानले गर्नु पर्नेछ।
३३. तयारी वस्तु राख्ने ठाउँः (१) उत्पादन गरिएको वस्तु इजाजतपत्रवालाले त्यस्तो वस्तु उत्पादनस्थल परिसरभित्र गोदाममा राख्नु पर्नेछ। स्वयं निष्काशन प्रणाली अनुरूप निष्काशन हुनेमा बाह्य गोदामको एउटा ताल्चाको साँचो इजाजतपत्रवालाको प्रतिनिधि र अर्को ताल्चाको साँचो अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम राखिएका अन्तःशुल्क लाग्ने वस्तुहरू सुरक्षित साथ राख्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ। आगो लागी वा चोरी भई वा अरू कुनै कारणले त्यस्तो अन्तःशुल्क लाग्ने वस्तु नोक्सान भएमा उक्त नोक्सानी बापत नेपाल सरकार जवाफदेही हुने छैन।
$\circ$ अट्ठाइसौं संशोधनद्वारा झिकिएको। $\square$ नवौं संशोधनद्वारा खारेज। $\bullet$ छैठौं संशोधनद्वारा संशोधित।
(३) अन्तःशुल्क लाग्ने उत्पादनस्थलभित्र रहेका वस्तु अन्तःशुल्क अधिकृतको पूर्ण रेखदेखमा रहनेछ। अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीको इजाजत बेगर कुनै पनि अन्तःशुल्क लाग्ने वस्तु सम्बन्धी कच्चा पदार्थ, अर्धतयारी पदार्थ वा तयारी पदार्थ उत्पादनस्थल बाहिर लैजान हुँदैन। स्वयम् निष्कासन प्रणाली अन्तर्गत निष्कासन हुने वस्तुको हकमा इजाजतपत्रवालाको आधिकारिक कर्मचारीले खाता तथा विवरण प्रमाणित गरी राख्नु पर्नेछ।
तर सुतीजन्य तथा निकोटिनयुक्त वस्तुका हकमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीबाट खाता तथा विवरण जाँची प्रमाणित गराई राख्नु पर्नेछ।
३४. उत्पादन प्रतिलिपि दर: (१) खुदो (मोलासेस) बाट रेक्टिफाइड स्प्रीट वा ई.ए.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्विन्टल खुदोबाट न्यूनतम ६६ ओ.पी. शक्तिको कम्तीमा २० लिटर रेक्टिफाइड स्प्रीट वा १९ लिटर ई.ए.ए. र एनहाइड्रस इथानोल उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्विन्टल खुदोबाट न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तीमा १९ लिटर इथानोल उत्पादन गर्नु पर्नेछ।
(२) अन्नको दानाबाट रेक्टिफाइड स्प्रीट वा ई.ए.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले भन्सार शीर्षक १०.०६ अन्तर्गत पर्ने अन्नबाट प्रत्येक महिनाको चुलाईमा प्रति क्विन्टल ६६ ओ.पी. शक्तिको कम्तीमा ४० लिटर रेक्टिफाइड स्प्रीट वा ३८ लिटर ई.ए.ए. र भन्सार शीर्षक १०.०६ बाहेकमा पर्ने अन्नबाट प्रति क्विन्टल ६६ ओ.पी. शक्तिको कम्तीमा ३७ लिटर रेक्टिफाइड स्प्रीट वा ३५.१५ लिटर ई.ए.ए. उत्पादन गर्नु पर्नेछ।
^ अट्ठाइसौं संशोधनद्वारा संशोधित।
(२क) चालीस ओ.पी. भन्दा कम घनत्व अल्कोहोल शक्ति भएको स्प्रीट उत्पादन गर्ने इजाजतपत्रवालाले उपनियम (१) वा (२) मा उल्लेख भएको रेक्टिफाइड स्प्रीटको प्रतिलिटर दरले सोही अनुपातमा हुने परिमाणमा स्प्रीट उत्पादन गर्नु पर्नेछ।
तर जौ मात्र प्रयोग गरी माल्ट स्प्रीट उत्पादन गरेको हकमा प्रतिलिटर दर अधिकतम बीस प्रतिशतसम्म कम हुनेछ।
(३) इजाजतपत्रवालाले जुनसुकै वस्तुबाट उत्पादित १०० लिटर रेक्टिफाइड स्प्रीटबाट ई.ए.एन. बनाउँदा न्यूनतम ९५ लिटर ई.ए.एन. उत्पादन गर्नु पर्नेछ।
(३क) स्प्रीट उत्पादन गर्ने इजाजतपत्रवालाले एक्स्ट्रा न्यूट्रल अल्कोहोल (ई.ए.एन.) लाई रिडिस्टिलेसन गर्न चाहेमा विभागबाट अनुमति लिई रिडिस्टिलेसन गर्न सक्नेछ। यसरी रिडिस्टिलेसन गर्दा १०० लिटर ई.ए.एन. बाट न्यूनतम ९८ लिटर ई.ए.एन. उत्पादन गर्नु पर्नेछ।
(४) ताजा फलफूलबाट वाइन उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको उत्पादन प्रक्रियामा प्रति किलो फलफूलबाट १२ प्रतिशत अल्कोहोलको मात्रा भएको ७५० मिली लिटर वाइनका दरले सोही अनुपातमा वाइन उत्पादन गर्नु पर्नेछ।
तर किसमिस लगायतका सुख्खा फलफूल प्रयोग गरी वाइन उत्पादन गर्ने इजाजतपत्रवालाले प्रति किलो सुख्खा फलफूलबाट १२ प्रतिशत अल्कोहोल भएको २.५ लिटर वाइनका दरले सोही अनुपातमा वाइन उत्पादन गर्नु पर्नेछ। ग्रेप जुस कन्सन्ट्रेट वा फ्रुट जुस कन्सन्ट्रेट प्रयोग गरी वाइन उत्पादन गर्ने इजाजतपत्रवालाले एक लिटर कन्सन्ट्रेट प्रयोग गरी १२ प्रतिशत अल्कोहोल भएको ४ लिटर वाइनका दरले सोही अनुपातमा वाइन उत्पादन गर्नु पर्नेछ।
(४क) माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरका हकमा प्रति हजार लिटर जडित क्षमताबाट ९०० लिटर बियरका दरले सोही अनुपातमा उत्पादन गर्नु पर्नेछ।
(५) उपनियम (१), (२), (२क) र (३) मा उल्लेख गरिए देखि बाहेक कसैले अन्य वस्तुबाट रेक्टिफाइड स्प्रीट वा ई.ए.ए. उत्पादन गर्न चाहेमा विभागले तोके बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम कुनै निवेदन परे आएमा विभागले त्यस्तो रेक्टिफाइड स्प्रीट वा ई.ए.ए. उत्पादन गर्न प्रयोग हुने वस्तुको आधारमा प्रतिलिपिदर कायम गर्नेछ।
(७) इजाजतपत्रवालाले रेक्टिफाइड स्प्रीट, ई.ए.ए. वा वाइन उत्पादन गर्दा यस नियममा उल्लिखित दरभन्दा घटी उत्पादन हुन आएमा त्यसको उचित र पर्याप्त कारण सहित स्वीकृतिको लागि अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिमको कसैको निवेदन परे आएमा अन्तःशुल्क अधिकृतले आवश्यक जाँचबुझ गर्दा रेक्टिफाइड स्प्रीट, ई.ए.ए. वा वाइन उत्पादनमा प्रयोग भएको वस्तुको प्रकृति तथा गुणस्तरको आधारमा घटी उत्पादन हुन सक्ने उचित तथा पर्याप्त कारण देखाइएमा त्यस्तो घटी उत्पादन दरको स्वीकृति दिन सक्नेछ।
(९) उपनियम (८) बमोजिम छानबिन गर्दा प्रयोग भएको वस्तुको प्रकृति तथा गुणस्तरको आधारमा घटी उत्पादन हुन सक्ने उचित र पर्याप्त कारण नदेखाइएमा अन्तःशुल्क अधिकृतले त्यसको जानकारी इजाजतपत्रवालालाई दिई त्यसरी फरक हुन गएको परिमाणको सो उद्योगको उत्पादनको उच्चतम दरबन्दी अनुसार लाग्ने सम्पूर्ण अन्तःशुल्क निर्धारण गरी त्यस्तो अन्तःशुल्क रकम निजबाट असूल उपर गर्नु पर्नेछ।
३४क. ..............
३५. अनुसूचीमा हेरफेर तथा संशोधन: अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची–२ बाहेकका अनुसूचीहरूमा हेरफेर तथा संशोधन गर्न सक्नेछ।
० तेइसौं संशोधनबाट संशोधित। १ पन्ध्रौं संशोधनद्वारा खारेज। • एक्काइसौं संशोधनद्वारा संशोधित।
३६. खारेजी र बचाउ: (१) अन्त:शुल्क नियमहरू, २०१९ खारेज गरिएको छ।
(२) अन्त:शुल्क नियमहरू, २०१९ अन्तर्गत भए गरेका सम्पूर्ण काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिने छन्।
द्रष्टव्य: (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) सातौँ संशोधनद्वारा रूपान्तर भएका शब्दहरू ”निकासी” को सट्टा “निस्कासन”। (३) बीसौँ संशोधनद्वारा मूल नियमावलीको अनुसूची १ को ठाउँठाउँमा रहेका “गा.वि.स” भन्ने शब्दको सट्टा “गाउँपालिका“ भन्ने शब्द राखिएको। (४) एक्काइसौँ संशोधनद्वारा मूल नियमावलीको अनुसूची १ को ठाउँ ठाउँमा रहेका “म.”, “उ.म.न.पा.” र “न.पा.” भन्ने शब्दहरूको सट्टा क्रमशः “महानगरपालिका”, “उपमहानगरपालिका” र “नगरपालिका” भन्ने शब्दहरू राखिएको। (५) सत्ताइसौँ संशोधनद्वारा रूपान्तर भएका शब्दहरू:- (क) "विलम्ब दस्तुर" को सट्टा "विलम्ब शुल्क"। (ख) "सुर्तीजन्य पदार्थ" को सट्टा "सुर्तीजन्य वस्तु "। (६) अठाइसौँ संशोधनद्वारा रूपान्तर भएका शब्दहरू:- "सुर्तीजन्य वस्तु" वा "सुर्तीजन्य पदार्थ" को सट्टा "सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु"।
◆अनुसूची-१ (नियम ३ र ५ सँग सम्बन्धित)
रु.५।– को टिकट टाँस्ने
श्रीमान प्रमुखज्यू, आन्तरिक राजस्व कार्यालय/को.ले.नि.का., ..............।
मैले/हामीले देहायमा उल्लिखित कार्य गर्नका लागि देहायका कागजात, विवरण र दस्तुर संलग्न राखी इजाजतपत्र पाउन/नवीकरणको लागि यो निवेदन पेश गरेको छु/गरेका छौं। उल्लिखित विवरण र तथ्य मैले/हामीले जानेबुझेसम्म ठीक छ।
(१) अन्तःशुल्क इजाजतपत्रको प्रकारः (आफूले लिनुपर्ने इजाजतपत्रको प्रकारमा $\checkmark$ (ठीक) लगाउनु होस्)
(२) व्यक्ति/प्रतिष्ठानको नामः नेपाली: अंग्रेजी:
◆ नवौं संशोधनद्वारा संशोधित।
(३) दर्ता विवरण:
(४) मुख्य कार्यालयको ठेगाना:
स्थान: पत्राचार गर्ने ठेगाना:
$\cdot$ एक्काइसौं संशोधनद्वारा संशोधित। $\text{---}$ बीसौं संशोधनद्वारा संशोधित।
(५) कारोबारको मुख्य स्थान:
(मुख्य कार्यालय भन्दा फरक भएमा मात्र)
/ स्थान पत्राचार गर्ने ठेगाना
(६) इजाजतपत्र दस्तुर/नवीकरण दस्तुर सम्बन्धी विवरण -
$\cdot$ एक्काइसौं संशोधनद्वारा संशोधित । $\approx$ बीसौं संशोधनद्वारा संशोधित ।
• कार्यालयमा दाखिला गरेको भए सोको प.सं. ................. मिति २० / / • कुनै राजस्व बाँकी छ/छैन । छ भने ? आयकर
मू.अ.करः
अन्तःशुल्कः
अन्यः
(७) प्रबन्ध निर्देशक/प्रमुख सञ्चालक/कार्यकारी निर्देशककोः
(क) नाम पहिलो बीचको थर
नेपाली
अङ्ग्रेजी
(ख) नियुक्ति मिति (ग) राष्ट्रियता
(घ) परिचय गराउने अन्य कागजात
कागजातको प्रकार परिचयपत्र नं. जारी गर्ने कार्यालय र जारी गरेको मिति स्थान
(ङ) ठेगानाः स्थानः पत्राचार गर्ने ठेगानाः
घर नं.(ब्लक नं.)
वडा नं. टोल *$\square$ महानगरपालिका $\square$ उपमहानगरपालिका $\square$ नगरपालिका $\square$ गाउँपालिका जिल्ला क्षेत्र टेलिफोन नं. पो.ब.नं. फ्याक्स नं. इमेल
निवेदकको,– दस्तखत: नाम: पद: संस्थाको छाप:
(८) कार्यालय प्रयोजनको लागि: .................................इजाजतपत्र आ.व............................का लागि स्वीकृत भएको छ। .................................इजाजतपत्र आ.व...........................का लागि नवीकरण भएको छ।
..............इजाजतपत्रका लागि भौ.नं. ............र.नं........... बाट रू...........दस्तुर र रू.............. थप दस्तुर (जरिवाना) दाखिला भएको छ।
पेश गर्नेः सिफारिस गर्नेः सदर गर्नेः
मिति
अनुसूची–२ (नियम ३ र ५ सँग सम्बन्धित) इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर
इजाजतपत्र लिनुपर्ने वस्तु तथा सेवाको इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर देहाय बमोजिम हुनेछः-
२. मदिरा बिक्री वितरणतर्फ
(क) होटल, रेस्टुरेण्ट तथा लजहरुको लागि
(१) पाँचतारे होटल रु. ७५,०००।- रु. ७५,०००।- (२) चारतारे होटल रु. ६०,०००।- रु. ६०,०००।- (३) तीनतारे होटल रु. ४५,०००।- रु. ४५,०००।- (४) दुईतारे होटल रु. ३०,०००।- रु. ३०,०००।- (५) एकतारे होटल रु. १५,०००।- रु. १५,०००।- (६) स्वदेशी तथा विदेशी मदिरा बोतल खोली बिक्री गर्ने पर्यटकस्तरको रेस्टुरेण्ट, रिसोर्ट तथा पार्टी प्यालेस रु. ११,०००।- रु. ११,०००।- (७) स्वदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने साधारण होटल, रेस्टुरेण्ट र बार तथा लज रु. ६,०००।- रु. ६,०००।- (८) स्वदेशी तथा विदेशी मदिरा बोतल खोली बिक्री गर्ने क्यासिनो रु. ७५,०००।- रु. ७५,०००।-
(ख) मदिरा बिक्रेताको लागिः
(१) मदिरा वितरक रु. ४५,०००।- रु. ४५,०००।- (२) थोक बिक्रेता रु. ३०,०००।- रु. ३०,०००।- (३) स्वदेशी तथा विदेशी मदिरा बिक्री गर्ने खुद्रा बिक्रेता रु. १५,०००।- रु. १५,०००।- (४) महानगरपालिका, उपमहानगरपालिका र रु. ११,०००।- रु. ११,०००।-
(ङ) बिदेशी खुँडो र गुँड पैठारी गर्नेको लागि रु. २५,०००।- रु. २५,०००।-
(च) खुँडो, गुँड र स्प्रिट खरिद बिक्री (निकासी रु. १०,०००।- रु. १०,०००।- समेत) गर्नेको लागि
(छ) नेपाल बाहिर चुरोट र अन्य सुर्तीजन्य तथा रु. ६,०००।- रु. ६,०००।- निकोटिनयुक्त वस्तुहरू निकासीका लागि
(ज) पावर क्रसर प्रयोग गरी उत्पादन हुने सख्खर (गुण), कालो सख्खर, रसकट उत्पादन गर्ने देहाय बमोजिमका उद्योगको लागिः
(१) भर्टिकल रोलर प्रयोग गर्ने उद्योगको रु. ३०,०००।- रु. ३०,०००।- लागि (दश हर्स पावरसम्मको) (२) होरिजेन्टल रोलर प्रयोग गर्ने उद्योगको रु. ६०,०००।- रु. ६०,०००।- लागि (दश हर्स पावर भन्दा बढीको)
(झ) खण्ड (क) देखि (ज) सम्म उल्लेख नभएका रु. १५,०००।- रु. १५,०००।- तर पैठारी गर्दा अन्तःशुल्क लाग्ने वस्तुहरू पैठारी गर्नेको लागि
४. माथि क्र.सं. १, २ र ३ मा उल्लेख भए बाहेकको हकमा प्रतिष्ठानको स्थिर पूँजीको आधारमा प्रत्येक एक लाख रूपैयाँ स्थिर पूँजी भएको प्रतिष्ठानलाई साठी रूपैयाँका दरले उत्पादन ईजाजतपत्र दस्तुर लाग्नेछ। यस्तो ईजाजतपत्र दस्तुर न्यूनतम एघार हजार रूपैयाँभन्दा कम र अधिकतम साठी हजार रूपैयाँ भन्दा बढी हुने छैन।
५. यस अनुसूची बमोजिमको दस्तुर औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची-१० मा
उल्लेख भएका अति अविकसित क्षेत्रका फलफूलमा आधारित वाइन एवं मदिरा उद्योगको हकमा पचहत्तर प्रतिशतले कम दस्तुर लाग्नेछ।
६. मदिराजन्य तथा सुर्तीजन्य नयाँ ब्राण्डको लागिः
(क) मदिराजन्य उत्पादनको नयाँ ब्राण्ड रु. ३,००,०००।- ० उत्पादन अनुमतिको लागि
(ख) चुरोट उत्पादनको नयाँ ब्राण्ड उत्पादन रु. ५,००,०००।- ० अनुमितिको लागि
(ग) चुरोट बाहेकका सुर्तीजन्य तथा रु. १,००,०००।- ० निकोटीनयुक्त वस्तु उत्पादनको नयाँ ब्राण्ड उत्पादन अनुमितिको लागि
७. स्प्रिट मेच्युरेसन इजाजतपत्र शुल्क रु. २,५०,०००।- रु. १,००,०००।- (इजाजतपत्र प्राप्त प्रतिष्ठान परिसर बाहेक अन्य स्थानमा मेच्युरेसन गर्ने प्रयोजनको लागि मात्र)
अट्ठाइसौं संशोधनद्वारा थप।
अनुसूची-३ (नियम ४ सँग सम्बन्धित)
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग
अन्तःशुल्क इजाजतपत्र
स्थायी लेखा नं. (PAN) __________ इजाजत नं. __________
अन्तःशुल्क ऐन, २०५८ को दफा ९ को उपदफा (३) र अन्तःशुल्क नियमावली, २०५९ को नियम ४ बमोजिम इजाजतपत्रका लागि परे आएको निवेदनका आधारमा अन्तःशुल्क लाग्ने वस्तु उत्पादन/खरिद/बिक्री/निस्काशन/पैठारी/सञ्चय गर्न वा अन्तःशुल्क लाग्ने सेवा प्रदान गर्न देहायका सर्त पालना गर्ने गरी यो इजाजतपत्र दिइएको छ।
इजाजतपत्र पाउने प्रतिष्ठानको,-
नामः
ठेगानाः
सञ्चालकको नामः
सञ्चालकको स्थायी ठेगाना:
• मिति २०७३/१०/१० को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार अनुसूचीमा हेरफेर भएको।
इजाजतपत्र पाउनेको दस्तखत:
इजाजतपत्र जारी गर्ने अधिकारीको दस्तखत: नाम: दर्जा:
इजाजतपत्र नवीकरण सम्बन्धी विवरण
कृपया अन्य जानकारीको लागि पछाडि हेर्नु होला।
(क) इजाजतपत्रवालाले पालना गर्नु पर्ने सर्तहरू: १. इजाजतपत्र प्रत्येक आर्थिक वर्षको श्रावण महिनाभित्र नवीकरण गराईसक्नु पर्नेछ। २. इजाजतपत्र सबैले देख्न गरी कारोबार स्थलमा राख्नु पर्नेछ।
(ख) मदिरा व्यवसायीले पालना गर्नु पर्ने सर्तहरू: १. होटल र रेस्टुरेन्ट बाहेक मदिराको कारोबार गर्ने इजाजतपत्रवालाले मदिरा र सुर्तीजन्य वस्तुको मात्र कारोबार गर्नु पर्नेछ। २. डिपार्टमेन्टल स्टोरले मदिराजन्य पदार्थ बिक्री गर्ने प्रयोजनको लागि अलगै बिक्री कक्षको व्यवस्था गर्नु पर्नेछ।
३. प्रत्येक बोतलको बिको र बोतलमा परी गरी अन्तःशुल्क टिकट टाँसी निष्काशन गर्नु पर्नेछ।
४. मदिरा खरिद बिक्री गर्ने इजाजतपत्रवालाले मदिरा खरिद बिक्री गरेको बीजक राख्नु पर्नेछ।
५. इजाजतप्राप्तवालाले प्रत्येक बोतलमा अन्तःशुल्क टिकट टाँस भएका मदिरामात्र बिक्री गर्नु पर्नेछ।
६. अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई मदिरा खरिद बिक्री गर्ने कार्यमा लगाउन पाइने छैन।
७. गर्भवती महिलालाई मदिरा खरिद बिक्री गर्न, गराउन पाइने छैन।
८. बिहान १०:०० बजे देखि राती १०:०० बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्नु पर्नेछ।
९. अन्तःशुल्क ऐन, २०५८ तथा मदिरा ऐन, २०३१ र सो अन्तर्गत बनेका नियम तथा निर्देशिकाममा उल्लेखित प्रावधानहरूको पालना गर्नु पर्नेछ।
(ग) करमुक्त पसलले पालना गर्नुपर्ने सर्तहरू:
१. बन्डेड वेयर हाउसले कुटिनैतिक सुविधा प्राप्त व्यक्ति, संस्था वा नियोगलाई मात्र बिक्री गर्नु पर्नेछ।
२. करमुक्त पसलले मासिक विवरण बुझाउँदा बैङ्क ग्यारेन्टीको सुविधामा आयात गरेको मालसामानको विवरणसँगै बुझाउनु पर्नेछ।
३. बन्डेड वेयर हाउसले भन्सार बिन्दुबाट मालसामान भित्राउँदा र बिक्रीका लागि गोदामबाट बाहिर निकाल्दा सो स्थानमा खटिएको अन्तःशुल्क कर्मचारीको रोहवरमा मात्र त्यस्तो मालसामान भित्राउने र निकाल्नु पर्नेछ।
(घ) चुरोट र सतीजन्य वस्तुको बिक्री वितरण गर्ने इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्तहरू :
अठारौं संशोधनद्वारा थप।
१. दैनिक उपभोग्य वस्तुहरुको कारोबार गर्ने व्यवसायीले इजाजतपत्र लिई उपभोग्य वस्तुभन्दा अलगै बिक्री स्थानबाट सूतीजन्य पदार्थको कारोबार गर्नु पर्नेछ।
२. चुरोट र सूतीजन्य वस्तुको खरिद बिक्री गर्ने इजाजतपत्रवालाले चुरोट र सूतीजन्य वस्तु खरिद बिक्री गरेको बीजक राख्नु पर्नेछ।
३. इजाजतपत्रवालाले अन्तःशुल्क टिकट टाँस भएको चुरोट र सूतीजन्य वस्तुको मात्र खरिद बिक्री गर्नु पर्नेछ।
४. अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई चुरोट र सूतीजन्य वस्तु खरिद बिक्री गर्ने कार्यमा लगाउन पाइने छैन।
५. गर्भवती महिलाले चुरोट र सूतीजन्य वस्तु खरिद बिक्री गर्न गराउन पाइने छैन।
६. डिपार्टमेन्टल स्टोरले चुरोट र सूतीजन्य पदार्थको बिक्री कक्षको व्यवस्था गर्नु पर्नेछ।
नवीकरणसम्बन्धी विवरण
अनुसूची-४ (नियम १२ सँग सम्बन्धित) उत्पादन तथा बिक्री भएको दैनिक मौज्दातको हिसाब
अनुसूची-४क *(नियम ६क को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तः शुल्क निर्धारण आदेश
मिति: / /
श्री... ... ... ... ... ...
(१) इजाजतपत्रवालाको नामः ...................................................... (२) इजाजतपत्रवालाको ठेगानाः ................................................
(३) स्थायी लेखा नम्बर [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] अन्तःशुल्क इजाजतपत्र नम्बर [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ]
(४) अन्तःशुल्क निर्धारण भएको अवधि .................................... (५) अन्तःशुल्क निर्धारण गर्ने ऐनको दफा ............... तथा नियमावलीको नियम ............... सँग सम्बन्धित।
निम्नानुसारको अन्तःशुल्क रकम रू. ................. (अक्षरेपी ........................ मात्र) तिर्नु नपर्ने अथवा परिवर्तन गर्नु पर्ने कुनै ठोस प्रमाण भए यो पत्र प्राप्त गर्नु भएको पन्ध्र दिनभित्र अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु होला। अन्यथा यो आदेश प्राप्त गर्नु भएको पन्ध्र दिनभित्र
नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला हुने गरी ................ स्थित ................................ बैंक वा नगद दाखिला गर्नु होला ।
अन्तःशुल्क निर्धारण गर्नु पर्ने कारणहरू:
१. म्याद भित्र अन्तःशुल्क विवरण दाखिला नगरेकोले
२. अधुरो वा त्रुटिपूर्ण अन्तःशुल्क विवरण पेश गरेकोले
३. झुट्टा अन्तःशुल्क विवरण पेश गरेकोले
४. अन्य
५. मिति ........................ सम्मको विलम्ब शुल्क र जरिवाना गणना गरिएको छ ।
अन्तःशुल्क अधिकृत
अन्तःशुल्क निर्धारण भएको अवधि
कार्यालय प्रयोजनको लागि मात्र
कम्प्युटर प्रविष्टि ------------------- ------------------
मिति: / / अन्तःशुल्क अधिकृतको दस्तखत
$^{९}$ चौबीसौँ संशोधनबाट संशोधित ।
अनुसूची-४ख (नियम ६क को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग अन्तः शुल्क निर्धारण आदेश
मिति: / /
श्री... ... ... ... ... ...
(१) इजाजतपत्रवालाको नामः .................................................................
(२) इजाजतपत्रवालाको ठेगानाः ...........................................................................
(३) स्थायी लेखा नम्बर [ ][ ][ ][ ][ ][ ][ ][ ][ ] अन्तःशुल्क इजाजतपत्र नम्बर [ ][ ][ ][ ][ ][ ][ ][ ][ ][ ][ ][ ][ ][ ]
(४) अन्तःशुल्क निर्धारण भएको अवधि ....................................
(५) अन्तःशुल्क निर्धारण गर्ने ऐनको दफा ............... तथा नियमावलीको नियम ............... सँग सम्बन्धित।
तपाईँले पेश गर्नुभएको जवाफ तथा प्रमाण कागजातहरू समेतको मूल्याङ्कन गर्दा निम्नानुसारको अन्तःशुल्क रकम रू. ..................... (अक्षरेपी ..........................................) मात्र तिर्नु पर्ने देखिएको छ। उक्त रकम यो *आदेश प्राप्त भएको मितिले सात दिनभित्र नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिला हुनेगरी .................... स्थित ....................... बैंकमा
नगद दाखिला गर्नु होला। यो *आदेश प्राप्त भएको मितिले सात दिन भित्र अन्तःशुल्क नबुझाएमा विलम्ब ºशुल्क र जरिवाना लाग्ने व्यहोरा सूचित गरिन्छ। यो आदेशमा चित्त नबुझे ऐन बमोजिम पुनरावलोकनको लागि निवेदन दिन सकिने कुरा जानकारी गराइन्छ।
अन्तःशुल्क निर्धारण गर्नु पर्ने कारणहरूः
१. म्याद भित्र अन्तःशुल्क विवरण दाखिला नगरेकोले
२. अधुरो वा त्रुटिपूर्ण अन्तःशुल्क विवरण पेश गरेकोले
३. झुट्टा अन्तःशुल्क विवरण पेश गरेकोले
४. अन्य
५. मिति ........................ सम्मको विलम्ब º शुल्क र जरिवाना गणना गरिएको छ।
अन्तःशुल्क अधिकृत
अन्तःशुल्क निर्धारण भएको अवधि
कार्यालय प्रयोजनको लागि मात्र
कम्प्युटर प्रविष्टि ------------------- ------------------
मिति: / / अन्तःशुल्क अधिकृतको दस्तखत
अनुसूची-४ग (नियम १३क. को उपनियम (१) खण्ड (ग) सँग सम्बन्धित)
खरिद खाता
स्थायी लेखा नम्बर अन्तःशुल्क इजाजतपत्र नं. खरिद भएको अवधि: महिना................साल................
नोट: इजाजतपत्रवाला मू.अ.करमा समेत दर्ता भएमा यस खातालाई मू.अ.कर खरिद खातासँग समायोजन गरी तयार गर्न सकिनेछ ।
$\text{}^9$ नवौँ संशोधनद्वारा थप ।
अनुसूची-४घ
(नियम १३क. को उपनियम (१) खण्ड (ग) सँग सम्बन्धित)
बिक्री खाता
स्थायी लेखा नम्बर: [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] अन्तःशुल्क इजाजतपत्र नं. .................................... खरिद भएको अवधि: महिना..................साल..................
नोट: इजाजतपत्रवाला मू.अ.करमा समेत दर्ता भएमा यस खातालाई मू.अ.कर बिक्री खातासँग समायोजन गरी तयार गर्न सकिनेछ।
$\text{}^9$ नवौँ संशोधनद्वारा थप।
अनुसूची - ४ङ (नियम १३ग. सँग सम्बन्धित) (सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु बाहेक अन्य स्वयं निष्कासन प्रणाली अन्तर्गतका प्रतिष्ठानका लागि)
अन्त: शुल्क विवरण फारम
वर्ष:.......... महिना:............. १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२
स्थायी लेखा नम्बर _________________________________________________ अन्त: शुल्क इजाजत नम्बर ______________________________________________
नाम ------------------------------------------------------------------------------------------------------------ ठेगाना ----------------------------------------------------------------------------------------------------------- वस्तु वा सेवाको नाम : ----------------------------------- अन्त:शुल्क दर ----------------------------------- यस अवधिमा कारोबार नगरेको भए तलको महलमा शून्य राखेर विवरणमा हस्ताक्षर गर्नुहोस्। एक रूपैयाँभन्दा घटी भएमा पैसालाई एक रूपैयाँमा मिलान गरी विवरण भर्नु होला।
२.४. अन्त: शुल्क योग्य अन्य पदार्थ पैठारी २.५ छुट खरिद २.६ छुट पैठारी ३. अन्य ३.१. अन्य थपघट ४. जम्मा ५. डेबिट–क्रेडिट (+) वा (–) ----------------------------------------------
६. गत महिनाको मिलान गर्न बाँकी क्रेडिट ------------------------------------------------
७. कुल तिर्नु पर्ने अन्त:शुल्क रू.(५–६) ----------------------------------------------
८. कर फिर्ता माग गरिएको रकम (निकासीको आधारमा) ------------------------------------------------
९. कर अवधिमा प्रयोग गरिएका कागजातहरूको सङ्ख्या : ------------------------------------------------
म, ..................... (पूरा नाम) यस विवरणमा उल्लेख गरिएको जानकारी सत्य र पूरा भएको व्यहोरा प्रमाणित गर्दछु।
मिति: ........................................
हस्ताक्षर: ....................................
पद: ...........................................
कार्यालय प्रयोजनको लागि मात्र
कम्प्युटर दर्ता मिति ------/--------/------ -------------------- अन्तःशुल्क अधिकृत
नोट: परिमाणको आधारमा अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्ने इजाजतपत्रवालाले शुरू मौज्दात, उत्पादन, बिक्री तथा अन्तिम मौज्दातको परिमाणात्मक विवरण समेत यस विवरणसाथ संलग्न गर्नु पर्नेछ।
*अनुसूची-४च.
(नियम १३ग. सँग सम्बन्धित)
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग
(सुर्तीजन्य तथा निकोटिनयुक्त वस्तु तथा भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका प्रतिष्ठानको लागि)
अन्तःशुल्क विवरण फाराम
वर्ष:........महिना:...... १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२
जुन महिनाको हो त्यसमा ($\checkmark$) चिन्ह लगाउनुहोस्।
स्थायी लेखा नम्बर [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ] [ ]
अन्तःशुल्क इजाजत [ ] [ ] [ ] [ ] [ ] नम्बर
नाम
ठेगाना
यस अवधिमा कारोबार नगरेको भए तलको महलमा शून्य राखेर विवरणमा हस्ताक्षर गर्नुहोस्। एक रुपैयाँ घटी भएमा पैसालाई एक रुपैयाँमा मिलान गरी विवरण भर्नुहोस्।
५. डेबिट-क्रेडिट (+) वा (-): ....................
६. गत महिनाको मिलान गर्न बाँकी क्रेडिट ....................
७. कुल तिर्नु पर्ने अन्त:शुल्क रु.(५-६) (+) वा (-): ....................
८. कर फिर्ता माग गरिएको रकम (निकासीको आधारमा): ....................
९. स्वास्थ्य जोखिम कर बापत दाखिल गर्नुपर्ने रकम रु. ....................
१०. कर अवधिमा प्रयोग गरिएका कागजातहरूको सङ्ख्या: ....................
म,................................(पूरा नाम) यस अन्तःशुल्क विवरणमा उल्लेख गरिएको जानकारी सत्य र पूरा भएको व्यहोरा प्रमाणित गर्दछु ।
मिति :...............................
हस्ताक्षर: ..................। पद:...........................।
कार्यालय प्रयोजनको लागि मात्र
कम्प्युटर दर्ता
मिति .................... /.........../........... .................... .......
अन्तःशुल्क अधिकृत
नाम थरः
नोट: परिमाणको आधारमा अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्ने इजाजतपत्रवालाले सुरु मौज्दात, उत्पादन, बिक्री तथा अन्तिम मौज्दातको परिमाणात्मक विवरण समेत यस विवरण साथ संलग्न गर्नु पर्नेछ ।
अनुसूची-५ (नियम १४ को खण्ड (क) सँग सम्बन्धित) कोरा मालको मौज्दात विवरण
पृष्ठाङ्कः–
इजाजतपत्रवालाको नाम र ठेगानाः–
इजाजतपत्र नं. .............. स्थायी लेखा नम्बर ..................
अनुसूची-६ (नियम १४ को खण्ड (ख) सँग सम्बन्धित) कोरा मालको खपत र चुरोट/बिँडी उत्पादनको दैनिक विवरण
पृष्ठाङ्कः–
इजाजतपत्रवालाको नाम र ठेगानाः–
इजाजतपत्र नं. .............. स्थायी लेखा नम्बर ..................
अनुसूची-७ (नियम १४ को खण्ड (ङ) सँग सम्बन्धित) दैनिक प्याकिङ्ग विवरण
इजाजतपत्रवालाको नाम र ठेगाना:–
इजाजतपत्र नं. .............. स्थायी लेखा नम्बर ..................
अनुसूची-८
(नियम १४ को खण्ड (ङ) सँग सम्बन्धित)
गोदाममा रहेको चुरोटको दैनिक विवरण
पृष्ठाङ्कः–
इजाजतपत्रवालाको नाम र ठेगानाः–
इजाजतपत्र नं. .............. स्थायी लेखा नम्बर ..................
◆अनुसूची-९
(नियम १४ को खण्ड (च) र नियम १५ को उपनियम (२) सँग सम्बन्धित)
चुरोट तथा बिँडीको निष्काशन माग फाराम
इजाजतपत्रवालाको नाम र ठेगाना:-
इजाजतपत्र नं. ...............आ.व........................स्थायी लेखा नं...........................
◆ नवौँ संशोधनद्वारा संशोधित ।
१. जम्मा प्याकेजको संख्या:- निष्काशन माग गर्ने प्रतिनिधि/प्रबन्धकको
२. सामानको परिमाण:- दस्तखत-
३. अन्त:शुल्क दर:- नाम:-
४. चुरोटको हकमा मात्र:- आवश्यक अन्त:शुल्क टिकट संख्या:-
कार्यालय प्रयोजनको लागि
१. निष्काशन माग गरेको परिमाणको जम्मा हुने अन्त:शुल्क रकम रू............................ भौ.न./र.न. ........... मिति ............ मा दाखिला छ र अन्त:शुल्क टिकट थान ................को प्रति थान रू....................ले रू.................. दाखिला छ।
२. उपरोक्त अनुसार दाखिला भएको तथा सिफारिसका आधारमा चुरोट/बीडी निष्काशन स्वीकृति दिइएको छ।
अनुसूची–९क. (नियम १८ सँग सम्बन्धित)
ब्याच नियन्त्रण खाता
इजाजतपत्रवालाको नाम र ठेगाना ..................................................... मौसम ..................................... महिना ....................................... इजाजतपत्र नं. ............................ स्थायी लेखा नम्बर .........................
नोट: १. प्रत्येक ब्राण्डको नाम, यु.पी. शक्ति र एम एल खुल्ने गरी क्रमशः उल्लेख गर्नु पर्ने। २. यो खाता प्रत्येक दिनको स्पष्ट देखिने गरी राख्नु पर्ने।
सातौँ संशोधनद्वारा थप।
*अनुसूची–९ख. (नियम १६ को उपनियम (७) सँग सम्बन्धित)
प्रतिष्ठानको गोदाम क्षेत्रबाट मदिरा निष्कासन गर्ने फाराम
१. निष्कासन फाराम नं. २. प्रतिष्ठानको नाम र ठेगाना ३. उत्पादन इजाजतपत्र नं. ४. थोक खरिद बिक्री इजाजतपत्र सङ्ख्या ५. स्थायी लेखा नम्बर ६. खरिदकर्ताको,- ७. (क) ढुवानी साधन र नम्बर (क) नाम र ठेगाना (ख) चालकको नाम (ख) स्थायी लेखा नम्बर ८. मिति (ग) अन्त:शुल्क इजाजत पत्र नम्बर ९. समय (घ) अन्त:शुल्क इजाजतपत्र जारी गर्ने कार्यालयको नाम
निरीक्षकको,- प्रतिष्ठान धनी वा प्रतिनिधिको,- अन्तःशुल्क अधिकृतको,-
दस्तखत दस्तखत दस्तखत
नाम नाम नाम
मिति मिति मिति
समय समय समय
जम्मा अन्तःशुल्क अङ्कमा रु.
अक्षरमाः
जम्मा मूल्य अभिवृद्धि कर अङ्कमा रु.
अक्षरमाः
जम्मा रू................................
द्रष्टव्यः
१. माग फाराम देहाय बमोजिम चार प्रति बनाउनु पर्नेछः-
२. अन्त:शुल्क (अन्त:शुल्क टिकट शुल्क लाग्नेमा सो समेत) अग्रिम दाखिला भएको प्रमाण पेश भएपछि मात्र माग फाराम काटिनेछ।
३. अन्त:शुल्क दर उल्लेख भएको महलमा आर्थिक ऐनको दरबन्दी बमोजिमको दर उल्लेख गर्नु पर्नेछ।
अनुसूची-१० (नियम २२ को उपनियम (१) सँग सम्बन्धित)
डिस्टिलरी/ब्रुअरीवालाले दिनु पर्ने रक्सी/बियर/वाइँको फाँटवारी
मिति ........................ देखि ..................... सम्म
इजाजतपत्रवालाको नाम र ठेगाना:–
इजाजतपत्र नं. .............. साल ................. महिना ................ शाखा ................. स्थायी लेखा नम्बर ..................
अनुसूची-११ (नियम २२ को उपनियम (१) सँग सम्बन्धित)
मासिक त्रैमासिक अर्धवार्षिक वार्षिक .........
डिस्टिलरी/ब्रुअरीवालाले दिनुपर्ने रक्सी/बियर/वाइन बोतलहरूको बिक्री र त्यसबाट आउने अन्तःशुल्कको फाँटवारी
इजाजतपत्रवालाको नाम र ठेगाना:–
इजाजतपत्र नं. ............. साल ............ महिना ................ शाखा .............. स्थायी लेखा नम्बर ..............
^अनुसूची-१२ (नियम २५ सँग सम्बन्धित) सख्खर खुदोको दैनिक हिसाब
इजाजतपत्रवालाको नाम र ठेगाना :-
मौसम......................... महिना............... इजाजतपत्र नं. .............. स्थायी लेखा नम्बर .............................
खरिदकर्ताको नाम, ठेगाना र स्थायी लेखा नम्बर –
१
२
^ अठ्ठाइसौं संशोधनद्वारा संशोधित।
◆अनुसूची-१३ (नियम ६ को उपनियम (४) र (५) तथा नियम २९क. सँग सम्बन्धित)
कर बीजकको ढाँचा
बीजक नं. : $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ कारोबार मिति: विक्रेताको नाम: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ बीजक जारी भएको मिति: ठेगाना: $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ इमेल: फोन नं. : $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ वेबसाइट: फ्याक्स नं. :
विक्रेताको दर्ता नं. :
क्रेताको नाम:
ठेगाना:
भुक्तानीको तरिका: नगद / चेक / ड्राफ्ट / अन्य
विक्रेताको दस्तखत :
◆ नवौँ संशोधनद्वारा संशोधित ।***
अन्त:शुल्क निरीक्षक/फाँटवालाका दस्तखत:- मिति: अन्त:शुल्क अधिकृतको दस्तखत:- मिति:(क) पहिलो प्रति (रातो रङ्गको मालसामानसाथ लैजानु पर्नेछ)(ख) दोस्रो प्रति (पहेलो रङ्गको भौचरसाथ प्रतिष्ठानको धनीले आन्तरिक राजस्व कार्यालयमा पेश गर्नु पर्नेछ)(ग) तेस्रो प्रति (हरियो रङ्गको अन्तःशुल्क निरीक्षकले कार्यालयमा पेश गर्नु पर्नेछ)(घ) चौथो प्रति (सेतो रङ्गको प्रतिष्ठानको फाइलमा रहनेछ)