अपराध पीडित संरक्षण नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७८।०२।३१
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ५३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले पीडित संरक्षण सुझाव समितिसँग परामर्श गरी देहायका नियमाहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमावलीको नाम “अपराध पीडित संरक्षण नियमावली, २०७७” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले अपराध पीडित संरक्षण ऐन, २०७५ सम्झनु पर्छ । (ख) “कोष” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोष सम्झनु पर्छ । (ग) “समिति” भन्नाले ऐनको दफा ४४ बमोजिमको पीडित संरक्षण सुझाव समिति सम्झनु पर्छ ।
३. अनुसन्धानको सूचना माग गर्दा निवेदन दिनेः (१) ऐनको दफा ७ बमोजिम पीडितले अनुसन्धान सम्बन्धी सूचना माग गर्दा अनुसन्धान अधिकारी वा अनुसन्धान गर्ने निकायको प्रमुख समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम निवेदन परेमा अनुसन्धान अधिकारी वा अनुसन्धान गर्ने निकायको प्रमुखले सूचना माग गरेको विषयमा यथाशीघ्र अनुसूची-२ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ । (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ७ को उपदफा (२) बमोजिम सूचना दिन नमिल्ने अवस्था भएमा सोही व्यहोराको जानकारी पीडितलाई सूचना माग गरेको मितिले सात दिन भित्र अनुसूची-३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
४. अभियोजन सम्बन्धी सूचना माग गर्दा निवेदन दिनेः (१) पीडितले आफू पीडित भएको मुद्दामा ऐनको दफा ८ बमोजिमको अभियोजन सम्बन्धी सूचना माग गर्दा अभियोजन गर्ने निकाय वा अधिकारी समक्ष अनुसूची-४ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने । (२) उपदियम (१) बमोजिम निवेदन परेमा अभियोजन गर्ने निकाय वा अधिकारीले यथाशीघ्र निवेदकलाई अनुसूची-५ बमोजिमको ढाँचामा सूचना दिनु पर्ने ।
५. न्यायिक कारबाही सम्बन्धी सूचना माग गर्दा निवेदन दिनेः (१) पीडितले आफू पीडित भएको मुद्दामा ऐनको दफा ९ बमोजिमको न्यायिक कारबाही सम्बन्धी सूचना माग गर्दा अभियोजन गर्ने निकाय, अधिकारी वा अदालत वा सम्बन्धित निकाय समक्ष अनुसूची-६ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने । (२) उपदियम (१) बमोजिम निवेदन परेमा अभियोजन गर्ने निकाय, अधिकारी वा अदालत वा सम्बन्धित निकायले यथाशीघ्र निवेदकलाई ऐनको दफा ९ बमोजिमका विषयमा अनुसूची-७ बमोजिमको ढाँचामा सूचना दिनु पर्ने ।
६. सुरक्षा दिनु पर्नेः (१) ऐनको दफा १० बमोजिमको अवस्था परेमा वा पर्न सक्ने अवस्था भएमा पीडितले सुरक्षाको लागि नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सहयोगको लागि अनुरोध गर्न सक्ने । (२) उपदियम (१) बमोजिम पीडितले सुरक्षा माग गरेमा सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीका आधारमा पीडितको सुरक्षाको उचित प्रबन्ध मिलाउनु पर्ने ।
७. काम कारबाही अघि बढाउन सकिनेः (१) ऐनको दफा ११ को प्रयोजनको लागि सम्बन्धित अधिकारीले पीडितलाई धारणा व्यक्त गर्नको लागि कम्तीमा तीन दिनको समय दिनु पर्ने । (२) उपदियम (१) बमोजिम दिइएको समयभित्र वा त्यस्तो समय दिनु अघि नै पीडितले आफ्नो धारणा लिखित रूपमा पेश गरेकोमा पीडितको सहिछाप गराई र मौखिक रूपमा व्यक्त गरेकोमा लिपिबद्ध गरी पीडितलाई पढी सुनाइ निजको सहिछाप गराई मिसिल संलग्न गर्नु पर्ने । (३) ऐन तथा यस नियमावली बमोजिम पीडित धारणा व्यक्त गर्न नआएमा वा निजले धारणा व्यक्त गर्न अस्वीकार गरेमा सम्बन्धित अधिकारीले सोही व्यहोराको कागज तयार गरी मिसिल संलग्न राख्नु पर्ने ।
(४) प्रचलित कानुन बमोजिम सजाय पूर्वको प्रतिवेदन तयार गर्न अदालतबाट आदेश प्राप्त गरेको प्रोबेशन वा प्यारोल अधिकृत वा कानुन व्यवसायीले त्यस्तो प्रतिवेदन तयार गर्दा पीडितलाई धारणा व्यक्त गर्नको लागि कम्तीमा सात दिनको समय दिनु पर्नेछ । (५) पीडितले धारणा व्यक्त गर्दा निजसँग सम्बन्धित कसूर वा मुद्दासँग सम्बन्धित विषयमा मात्र सीमित रही धारणा व्यक्त गर्नु पर्नेछ । (६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पीडितलाई धारणा व्यक्त गर्नको लागि उपलब्ध गराइएको समयभित्र पीडित उपस्थित नभएमा वा निजले धारणा व्यक्त गर्न अस्वीकार गरेमा सम्बन्धित अधिकारीले आफ्नो काम कारबाही अगाडि बढाउन सक्नेछ ।
८. कानुन व्यवसायी राखेकोमा जानकारी गराउनेः (१) ऐनको दफा १२ बमोजिम पीडितले छुट्टै कानुन व्यवसायी राखेकोमा सम्बन्धित सरकारी वकील कार्यालयलाई अनुसूची-८ बमोजिमको ढाँचामा त्यसको जानकारी दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त भएमा सम्बन्धित सरकारी वकील कार्यालयले त्यस्तो जानकारी सम्बन्धित मिसिलमा संलग्न गरी राख्नु पर्नेछ ।
९. सम्पत्ति फिर्ताको अभिलेख राख्नु पर्नेः ऐनको दफा १५ को उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीले अनुसन्धानको सिलसिलामा वा प्रमाणको लागि नियन्त्रणमा लिएको पीडितको सम्पत्ति फिर्ता गर्दा अनुसूची-९ बमोजिम भरपाई गराउनु पर्नेछ ।
१०. छलफलको सूचना दिनु पर्नेः (१) ऐनको दफा १६ बमोजिम पीडित र अभियुक्तलाई छलफलको लागि बोलाउँदा छलफल हुने दिन भन्दा कम्तीमा सात दिन अगावै पीडित र अभियुक्तसहित उपस्थित हुनुको लागि सम्बन्धित अनुसन्धान अधिकारी वा निजको कार्यालयलाई सरकारी वकील कार्यालय मार्फत अनुसूची-१० बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम हुने छलफलमा पीडित वा अभियुक्तले चाहेमा कुनै विषय लिखित रुपमा पेश गर्न सक्नेछ । (३) पीडित र अभियुक्तबीच हुने छलफलमा आवश्यकता अनुसार मुद्दाको अनुसन्धानमा संलग्न अनुसन्धान अधिकारी, मुद्दाको अभियोजनमा संलग्न सरकारी वकील, पीडित तथा अभियुक्तले कानुन व्यवसायी राखेकोमा त्यस्तो कानुन व्यवसायी, पीडित तथा
अभियुक्तको बासस्थान रहेको क्षेत्रको स्थानीय व्यक्तिलाई समेत सहभागी गराउन सकिनेछ । (४) पीडित र अभियुक्तबीच छलफल गराउँदा अभियुक्तले पूर्ण वा आंशिक रूपमा स्वीकार गरेको कसूरका सम्बन्धमा मात्र छलफल गराउन सकिनेछ । (५) पीडित र अभियुक्तबीच गरिने छलफलमा छलफलको वातावरण तथा छलफलमा प्रयोग गरिने भाषा शैली पीडित मैत्री हुनु पर्नेछ । (६) यस नियम बमोजिम भएको छलफल तथा त्यस्तो छलफलबाट विवाद समाधान गरि सघाउ पुग्ने गरी भएको निर्णय लिपिबद्ध गरी पीडित र अभियुक्तको सहिछाप गराई फाइल संलग्न राख्नु पर्नेछ ।
११. लिखित निवेदन दिनु पर्नेः (१) ऐनको दफा १७ को प्रयोजनको लागि निवेदन वा पुनरावेदन दिन अनुरोध गरी सम्बन्धित निकाय वा अधिकारी समक्ष लिखित निवेदन दिँदा अनुसूची-११ बमोजिमको ढाँचामा दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम दिइने निवेदन साथ अदालतको आदेश वा निर्णयको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।
१२. क्षतिपूर्तिको जानकारी दिनेः (१) ऐनको दफा १८ को उपदफा (१) बमोजिम पीडितले क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा त्यस्तो क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियाका सम्बन्धमा पीडितले जानकारी लिन चाहेमा सो को लागि अभियोजन गर्ने अधिकारी समक्ष अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (२) ऐनको दफा १८ को उपदफा (२) बमोजिम पीडितको तर्फबाट अभियोजन गर्ने अधिकारीलाई क्षतिपूर्ति सम्बन्धी कारबाही चलाउने अधिकार भएकोमा त्यस्तो कारबाही चलाउनको लागि पीडितले अभियोजन गर्ने अधिकारी वा निकायसमक्ष अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (३) उपनियम (१) बमोजिम जानकारी माग गरेकोमा त्यस्तो प्रक्रियाको जानकारी र उपनियम (२) बमोजिम क्षतिपूर्तिका लागि कारबाही चलाउनको लागि निवेदन दिएकोमा त्यस्तो कारबाहीको जानकारी अभियोजन गर्ने अधिकारीले पीडितलाई अनुसूची-१३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
१३. आवश्यक कागजात संलग्न गर्नु पर्नेः (१) ऐनको दफा २० बमोजिम पीडितले अदालतको आदेश वा निर्णयमा चित्त नबुझाई त्यस्तो आदेश वा निर्णय विरुद्ध निवेदन वा पुनरावेदन गर्दा अदालतबाट भएको आदेश वा निर्णयको प्रति संलग्न गर्नु पर्नेछ । (२) उपदियम (१) को प्रयोजनको लागि पीडितले अदालतको आदेश वा निर्णयको प्रतिलिपि वा कसूरसँग सम्बन्धित अन्य कागजात माग गरेमा सम्बन्धित अदालतले त्यस्ता कागजातहरू उपलब्ध गराउनु पर्नेछ ।
१४. अधिकार प्रचलनको लागि निवेदन दिनेः ऐनको दफा २३ बमोजिम पीडितले आफ्नो अधिकार प्रचलनको लागि सम्बन्धित उच्च अदालतमा निवेदन दिँदा प्रचलित कानून बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
१५. पीडित प्रभाव प्रतिवेदनको ढाँचाः (१) ऐनको दफा २५ बमोजिम अभियोजन गर्ने अधिकारी समक्ष पीडित प्रभाव प्रतिवेदन पठाउँदा अनुसूची-१४ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ । (२) ऐन तथा यस नियम बमोजिम पीडित प्रभाव प्रतिवेदन पेश गर्दा सम्भव भएसम्म कसूरका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयको प्रतिवेदन, सम्बन्धित स्थानीय तहको सिफारिसपत्र, चिकित्सकको प्रतिवेदन लगायत पीडितलाई परेको प्रभाव पुष्टि हुने अन्य कागजात समेत संलग्न गर्नु पर्नेछ । (३) उपदियम (२) को प्रयोजनको लागि पीडितले सम्बन्धित निकायमा कुनै कागजात माग गरेमा त्यस्तो कागजात उपलब्ध गराउनु पर्नेछ । (४) ऐनको दफा २५ को उपदफा (५) बमोजिम पीडित प्रभाव प्रतिवेदन अभियोजन गर्ने अधिकारीले अदालतमा पेश भएको जानकारी पीडितलाई दिनु पर्नेछ ।
१६. समितिको सचिवालय सम्बन्धी व्यवस्थाः (१) समितिको सचिवालय महान्यायाधिवक्ताको कार्यालयमा रहनेछ । (२) महान्यायाधिवक्ताले तोकेको महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ताले समितिको सचिवको रूपमा काम गर्नेछ ।
१७. समितिको बैठक सम्बन्धी व्यवस्थाः (१) समितिको बैठक समितिको संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको सचिवले समितिको बैठकमा छलफल हुने विषयसहितको सूचना समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै समितिका सदस्यहरूलाई दिनु पर्नेछ । (३) समितिको संयोजक र समितिका कम्तीमा तीन जना सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । (४) समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ । (५) समितिको बहुमतको निर्णय समितिको निर्णय मानिनेछ । (६) समितिको बैठकमा समितिले आवश्यकता अनुसार पीडित न्याय शास्त्र वा फौजदारी न्याय क्षेत्रको विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ । (७) समितिको बैठकको निर्णय तथा समितिबाट भए गरेका कामकारबाहीको अभिलेख समितिको सचिवालयले सुरक्षित राख्नु पर्नेछ ।
१८. पेशीको जानकारी दिनु पर्नेः ऐनको दफा ५० को उपदफा (२) बमोजिम सरकारी वकीलले पीडितलाई अनुसूची-१५ बमोजिमको ढाँचामा मुद्दाको पेशीको जानकारी दिनु पर्नेछ ।
१९. सूचना दिँदा त्यसको अभिलेख राख्नु पर्नेः ऐन तथा यस नियमावली बमोजिम पीडितलाई मौखिक, टेलिफोन वा विद्युतीय माध्यमबाट सूचना दिँदा देहाय बमोजिम हुने गरी त्यसको अभिलेख राख्नु पर्नेः- (क) पीडितलाई मौखिक जानकारी गराईएकोमा जानकारी गराईएको व्यहोरा र जानकारी गराएको मिति, समय र स्थान उल्लेख गरी पीडित र जानकारी गराउने व्यक्तिको सहिछाप गराई कागज फाईल संलग्न गर्नु पर्ने, (ख) पीडितलाई टेलिफोनबाट जानकारी गराईएकोमा त्यसरी जानकारी गराईएको टेलिफोन नम्बर, मिति, समय र जानकारी गराईएको व्यहोरा सहितको विवरण लिखित रुपमा तयार गरी जानकारी गराउने अधिकारीको दस्तखतबाट प्रमाणित गरी फाईल संलग्न गर्नु पर्ने, (ग) विद्युतीय माध्यमबाट सूचना दिँदा सूचना उपलब्ध गराईएको विद्युतीय माध्यम खुलाई सम्भव भएमा त्यसको प्रिन्ट निकाली फाईल संलग्न गर्नु पर्ने र प्रिन्ट गर्न सम्भव नहुनेमा सूचना दिइएको विद्युतीय माध्यमको ठेगाना वा इमेल एकाउन्ट र जानकारी पठाएको मिति र समय उल्लेख गरी जानकारी दिने अधिकारीले प्रमाणित गरी फाईल संलग्न गर्नु पर्ने।
२०. दस्तुर नलाग्ने: यस नियमावली बमोजिम पीडितले अदालत वा अन्य निकायमा निवेदन दिँदा कुनै दस्तुर लाग्ने छैन ।
२१. अनुसूचीमा हेरफेर तथा थपघट: कानून, न्याय तथा संसदीय मामला मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।
अनुसूची-१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
पीडितले सूचना माग गर्दा दिने निवेदनको ढाँचा
मिति: .............
श्री अनुसन्धान अधिकारी/कार्यालय प्रमुख, .................................कार्यालय (यसमा पीडितले आफू पीडित भएको मुद्दाको अनुसन्धान गर्ने अधिकारी/ कार्यालयको नाम लेख्ने)
विषयः मुद्दाको अनुसन्धानको विषयमा सूचना पाऊँ ।
उपयुक्त सम्बन्धमा म ................ समेत/श्री ................ ले यस कार्यालय/........... कार्यालयमा दिएको ........................ मुद्दामा भए गरेको अनुसन्धान सम्बन्धमा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ७ बमोजिम देहायको विषयको जानकारी पाउनको लागि यो निवेदन गरेको छु ।
(क) ......... (यसमा ऐनको दफा ७ को कुन खण्ड बमोजिमको सूचना माग गरेको हो सो उल्लेख गर्ने) (ख) ....................... (ग) ....................
पीडितको सम्पर्क नम्बरः (उपलब्ध भएसम्म) फोन नं............. फ्याक्स नं. ................. मोबाइल नं. इमेल ठेगानाः
पीडितको,– सहीछापः नाम थरः ठेगानाः
अनुसूची-२ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
पीडितलाई अनुसन्धान सम्बन्धमा दिइने सूचनाको ढाँचा
मिति: ..............
श्री .......... (यसमा पीडितको नाम, थर र ठेगाना लेख्ने)
विषय: अनुसन्धान सम्बन्धी सूचना ।
उपर्युक्त सम्बन्धमा तपाईंले मिति ........... मा ....... जाहेरवाला भएको ............ मुद्दाको अनुसन्धान सम्बन्धी .............. सूचना माग गरी दिनु भएको निवेदन उपर कारबाही हुँदा सो विषयमा देहाय बमोजिम भए गरेको व्यहोरा जानकारी गराइन्छ ।
(क) .......... (यसमा ऐनको दफा ७ को कुन खण्ड बमोजिमको सूचना दिइएको हो खुलाउने) (ख) ..... (ग) ......
सूचना दिनेको,–
दस्तखत: नाम थर: दर्जा: कार्यालय:
अनुसूची-३ (नियम ३ को उपनियम (३) सँग सम्बन्धित)
पीडितलाई अनुसन्धान सम्बन्धी सूचना दिन नमिले अवस्थामा दिइने जानकारीको ढाँचा
मिति: .........
श्री .......... (यसमा पीडितको नाम, थर र ठेगाना लेख्ने)
विषय: अनुसन्धान सम्बन्धी सूचना दिन नमिले सम्बन्धमा।
उपर्युक्त सम्बन्धमा तपाईले मिति ........... मा ....... जाहेरवाला भएको ............ मुद्दाको अनुसन्धान सम्बन्धी .............. सूचना माग गरी दिनु भएको निवेदन उपर कारबाही हुँदा तपाईले सूचना माग गरेको विषयमा देहायको कारणबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ७ को उपदफा (२) बमोजिम सूचना दिन नसकिने व्यहोरा जानकारी गराइन्छ ।
सूचना दिन नसकिने कारण (क) ............ (ख) ............ (ग) ............ (घ) ............
जानकारी दिनेको,– दस्तखत: नाम थर: दर्जा: कार्यालय:
अनुसूची-४ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) पीडितले अभियोजन सम्बन्धी सूचना माग गर्दा दिने निवेदनको ढाँचा
मिति: ........... श्री कार्यालय प्रमुख/................अधिकारी, .........................कार्यालय (यसमा पीडितले आफू पीडित भएको मुद्दाको अभियोजन गर्ने अधिकारीको कार्यालय वा अधिकारीको पदनाम लेख्ने)
विषयः मुद्दाको अभियोजन विषयमा सूचना पाऊँ ।
उपयुक्त सम्बन्धमा श्री ................ ले ......... कार्यालयमा दिएको ........................ मुद्दाको जाहेरी दरखास्तको सम्बन्धमा अनुसन्धान अधिकारीबाट अनुसन्धान भई यस कार्यालयमा पेश भई सकेको भन्ने जानकारी हुन आएकोले सो मुद्दाको अभियोजन सम्बन्धमा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ८ बमोजिम देहायको विषयको सूचना पाउनको लागि यो निवेदन गरेको छु ।
(क) ........... (यसमा ऐनको दफा ८ को कुन खण्ड बमोजिमको सूचना माग गरेको हो उल्लेख गर्ने) (ख) ..... (ग) ......
पीडितको सम्पर्क नम्बरः (उपलब्ध भएसम्म) फोन नं. फ्याक्स नं. मोवाइल नं. इमेल ठेगानाः
पीडितको,– सहीछापः नाम थरः ठेगानाः
अनुसूची-५ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित)
अभियोजन सम्बन्धी दिइने सूचनाको ढाँचा
मिति: ..........
श्री .......... (यसमा पीडितको नाम, थर र ठेगाना लेख्ने)
विषय: अभियोजन सम्बन्धी सूचना ।
उपर्युक्त सम्बन्धमा तपाईंले मिति ........... मा ....... जाहेरवाला भएको ............ मुद्दाको अभियोजन सम्बन्धी ........................... सूचना माग गरी दिनु भएको निवेदन उपर कारबाही हुँदा सो विषयमा देहाय बमोजिम भए गरेको व्यहोरा जानकारी गराइन्छ ।
(क) ........ (यसमा ऐनको दफा ८ को कुन खण्ड बमोजिमको सूचना दिइएको हो खुलाउने) (ख) ........................ (ग) ........................
सूचना दिनेको,– दस्तखत: नाम थर: दर्जा: कार्यालय:
अनुसूची-६ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित) न्यायिक कारबाही सम्बन्धी सूचना माग गर्दा दिने निवेदनको ढाँचा
मिति: ............. श्री ................. (.....................यसमा पीडितले आफू पीडित भएको मुद्दाको अभियोजन गर्ने निकाय, अदालत वा अधिकारी मध्ये कोसँग सूचना माग गरेको त्यस्तो कार्यालय, अदालत, निकायको नाम वा अधिकारीको पदनाम लेख्ने)
विषयः न्यायिक कारबाहीको सूचना पाऊँ ।
उपर्युक्त सम्बन्धमा जाहेरवाला ............. वादी .......................र प्रतिवादी ................... भएको ................... मुद्दाको सम्बन्धमा भए गरेका न्यायिक कारबाहीको विषयहरु मध्ये अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ९ बमोजिम देहायको विषयको सूचना पाउनको लागि यो निवेदन गरेको छु ।
(क) ......... (यसमा ऐनको दफा ९ को कुन कुन खण्ड बमोजिमको सूचना माग गरेको हो उल्लेख गर्ने) (ख) .......... (ग) ...........
पीडितको सम्पर्क नम्बरः (उपलब्ध भएसम्म) फोन नं. फ्याक्स नं. मोबाइल नं. इमेल ठेगानाः
पीडितको,– सहीछापः नाम थरः ठेगानाः
अनुसूची-७ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित)
न्यायिक कारबाही सम्बन्धी दिइने सूचनाको ढाँचा
मिति: .......... श्री .......... (यसमा पीडितको नाम, थर र ठेगाना लेख्ने)
विषय: न्यायिक कारबाहीको सूचना ।
उपर्युक्त सम्बन्धमा तपाईले मिति ........... मा जाहेरवाला ............. वादी ....................... र प्रतिवादी ................. भएको ................... मुद्दाको न्यायिक कारबाही सम्बन्धी ........................... सूचना माग गरी दिनु भएको निवेदन उपर कारबाही हुँदा सो विषयमा देहाय बमोजिम भए गरेको व्यहोरा जानकारी गराइन्छ ।
(क) ............ (यसमा ऐनको दफा ९ को कुन कुन खण्ड बमोजिमको सूचना दिइएको हो खुलाउने) (ख) .......... (ग) ..........
सूचना दिने,– दस्तखत: नाम थर: दर्जा: कार्यालय/अदालत:
अनुसूची-८ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
पीडितले छुट्टै कानून व्यवसायी राख्दा दिइने जानकारीको ढाँचा
मिति: ............
श्री............ सरकारी वकील कार्यालय,
विषय: छुट्टै कानून व्यवसायी मुकरर गरिएको ।
उपर्युक्त सम्बन्धमा जाहेरवाला ................ वादी ............... र प्रतिवादी ............... भएको ........................ मुद्दाको फौजदारी न्यायिक प्रक्रियामा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा १२ बमोजिम मुद्दाको प्रतिरक्षा गर्ने लगायतका कार्यको लागि देहायको कानून व्यवसायी मुकरर गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
कानून व्यवसायीको नाम थर: कानून व्यवसायीको प्रमाणपत्र नम्बर: कानून व्यवसायीको फोन नम्बर:
पीडितको,– सहीछाप: नाम थर: ठेगाना:
अनुसूची-९ (नियम ९ सँग सम्बन्धित)
सम्पत्ति बुझिलिएको भरपाई
मिति .............
श्री ............. जाहेरवाला भएको .......................... मुद्दाको अनुसन्धानको सम्बन्धमा अनुसन्धान अधिकारीबाट अनुसन्धान वा प्रमाणको लागि नियन्त्रणमा लिएकोमा कसूरबाट पीडित श्री .......................... को देहायको सम्पत्ति आज मिति .......................... मा .......................... कार्यालयबाट पीडित श्री ..........................ले फिर्ता बुझिलई यो भरपाई गरिदिए ।
फिर्ता गरिएको सम्पत्तिको विवरणः- (क) ................................ (ख) .................................... (ग) .................................... (घ) ..............................
सम्पत्ति बुझाउने अधिकारीको, सम्पत्ति बुझिलिने पीडितको,- दस्तखत: सहिछाप: नाम थरः नाम थर: दर्जाः ठेगाना: कार्यालयः
अनुसूची-१० (नियम १० को उपनियम (१) सँग सम्बन्धित)
पीडित र अभियुक्त बीचमा छलफल गराउनका लागि दिइने सूचनाको ढाँचा
श्री ...... अदालत/कार्यालयबाट जारी भएको सूचना मिति: ......
श्री ........... अनुसन्धान अधिकारी/ .........कार्यालय। मार्फत: श्री ........ सरकारी वकील कार्यालय ।
विषय: छलफलको लागि उपस्थित हुने ।
उपर्युक्त सम्बन्धमा यस अदालत/कार्यालयमा विचाराधीन रहेको बादी ........... को जाहेरीले नेपाल सरकार र प्रतिवादी ...... भएको सं वत् ...... सालको फौजदारी मुद्दा नं. ......... मा .................... विषयमा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिम पीडित पक्ष र अभियुक्त बीचमा छलफल गराउने गरी यस अदालत/कार्यालयबाट मिति .............. मा आदेश भएकोले देहायको मितिमा हुने छलफलमा सो मुद्दाका पीडित र अभियुक्त सहित यस अदालत/कार्यालयमा उपस्थित हुन यो सूचना गरिएको छ ।
छलफल हुने मिति: स्थान:
सूचना दिनेको,–
दस्तखत: नाम थर: दर्जा: अदालत/कार्यालय:
बोधार्थ : श्री .............सरकारी वकील कार्यालय: जानकारीको लागि अनुरोध छ ।
९. निवेदन वा पुनरावेदनपत्रमा माग गरेको कुरा र त्यसको आधार तथा सम्बद्ध कानून: ...................................................................................................................................................... ...................................................................................................................................................... ......................................................................................................................................................
१०. आदेश वा निर्णय विरुद्ध नेपाल सरकारलाई प्रचलित कानुन बमोजिम निवेदन वा पुनरावेदन दिने अधिकार भए नभएको: .................................................................................................................................... ......................................................................................................................................................
११. अन्य आवश्यक कुराहरु: ................................................................................................................... ...................................................................................................................................................... ......................................................................................................................................................
१२. यसमा लेखिएको व्यहोरा साँचो छ, झुट्टा ठहरे कानुन बमोजिम सहलौँ बुझाउला ।
पीडितको,- .......................... सहिछाप नाम, थर:
ईति संवत्..............साल.........महिना..........गते रोज..........शुभम्।
अनुसूची-१२ (नियम १२ को उपनियम (१) र (२) सँग सम्बन्धित)
पीडितले क्षतिपूर्ति सम्बन्धी सूचना माग गर्न वा कारबाही चलाउन दिने निवेदनको ढाँचा
मिति: ............ श्री कार्यालय प्रमुख/............ अधिकारी, ...... .......कार्यालय। (यसमा पीडितले आफू पीडित भएको मुद्दाको अभियोजन गर्ने अधिकारीको कार्यालय वा त्यस्तो कार्यालयको अभियोजन गर्ने अधिकारीको पदनाम लेख्ने)
विषयः क्षतिपुतिका विषयमा सूचना पाऊँ/क्षतिपूर्ति सम्बन्धमा आवश्यक कारबाही गरी पाऊँ ।
उपयुक्त सम्बन्धमा म/हामी ................ पक्ष भएको ........................ मुद्दा अनुसन्धान अधिकारीबाट अनुसन्धान सम्पन्न भई यस कार्यालयबाट अदालत/कार्यालयमा मुद्दा दायर भई सकेको भन्ने जानकारी हुन आएकोले सो मुद्दामा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा १८ को उपदफा (१) बमोजिम क्षतिपूर्ति पाउने विषयको जानकारी पाउनको लागि यो निवेदन गरेको छु/छौँ / उक्त मुद्दामा सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम पीडितको तर्फबाट क्षतिपूर्ति सम्बन्धी कारबाही चलाउने अधिकार अभियोजन गर्ने अधिकारीमा भएकोले सो बमोजिम क्षतिपूर्तिका लागि आवश्यक कारबाही अगाडि बढाइ दिनु हुन अनुरोध गर्दछु ।
पीडितको सम्पर्क नम्बरः (उपलब्ध भएसम्म) फोन नं. पीडितको,– फ्याक्स नं. सहीछापः मोबाइल नं. नाम थरः इमेल ठेगानाः ठेगानाः
अनुसूची-१३ (नियम १२ को उपनियम (३) सँग सम्बन्धित) क्षतिपूर्ति सम्बन्धमा पीडितलाई दिइने सूचनाको ढाँचा
मिति: ...... श्री .......... (यसमा पीडितको नाम, थर र ठेगाना लेख्ने)
विषय: क्षतिपूर्ति सम्बन्धी सूचना दिइएको ।
उपर्युक्त सम्बन्धमा तपाईले मिति ........... मा ....... कार्यालयबाट अभियोजन भएको ............ मुद्दाको क्षतिपूर्ति सम्बन्धी सूचना माग गरी दिनु भएको निवेदन उपर कारबाही हुँदा सो विषयमा देहाय बमोजिम भए गरेको व्यहोरा जानकारी गराइन्छ /यस सम्बन्धमा क्षतिपूर्ति पाउने सम्बन्धी कानूनी व्यवस्था रहे भएको नपाइएकोले क्षतिपूर्ति उपलब्ध नहुने व्यहोरा जानकारी गराइन्छ ।
(क) .. ........................ (यसमा ऐनको दफा १८ को उपदफा (१) बमोजिम पीडितलाई कुन कुन कानून बमोजिम क्षतिपूर्ति प्राप्त हुने हो सोको विवरणको खुलाउने) (ख) ........................(यसमा खण्ड (क) बमोजिम क्षतिपूर्ति प्राप्त गर्नको लागि पीडितले गर्नु पर्ने कामकारबाहीको विवरण खुलाउने) (ग) ........................ (यसमा ऐनको दफा १८ को उपदफा (२) बमोजिम अभियोजन गर्ने अधिकारीलाई पीडितको तर्फबाट क्षतिपूर्ति सम्बन्धी कारबाही चलाउन सक्ने अधिकार भए नभएको र त्यस्तो अधिकार भएमा हालसम्म भए गरेका काम कारबाहीको पछिल्लो अवस्था खुलाउने)
सूचना दिनेको,– दस्तखतः नाम थरः दर्जाः कार्यालयः
अनुसूची-१४ (नियम १५ को उपनियम (१) संग सम्बन्धित) पीडित प्रभाव प्रतिवेदनको ढाँचा
श्री ........................................., ..................................................... ।
विषय: पीडित प्रभाव प्रतिवेदन पेश गरिएको बारे ।
१. पीडितको विवरणः (क) पीडितको व्यक्तिगत विवरण नाम, थरः ....................................... उमेरः ................... लिङ्गः .................. पेशाः ............................... पारिवारिक अवस्थाः .......................... स्थायी ठेगानाः ............................................... अस्थायी ठेगानाः .............................................. तत्काल अन्य कुनै ठाउँमा आश्रय लिई बसोबास गरेको भए त्यसको विवरणः ............................................................................................. (ख) पीडितको पारिवारिक विवरण (नाबालिग वा कानून बमोजिम संरक्षणत्व चाहिने व्यक्तिको हकमा) बाबु/आमा, संरक्षक वा कानून बमोजिमको प्रतिनिधिको, नाम, थरः .......................................................... पेशाः .............................................................. ठेगानाः .............................................................. पारिवारिक अवस्थाः ..................................................... (ग) पीडितको पालन पोषण गर्ने वा हुर्काउने अरू कोई भए त्यसको विवरणः ..............
२. कसूरको संक्षिप्त विवरण: .................................................................................................... ................................................................................................................................................... ......................................................................................................................................... ।
३. कसूरबाट पीडितलाई पुगेको क्षतिको विवरण (क) भौतिक क्षति (अ) पीडितको शारीरिक अवस्था: .......................................................................................... (आ) पीडितलाई कुनै दीर्घकालीन रूपमा असर परेको वा दीर्घकालीन असर पर्न सक्ने सम्भावना देखिने कुनै प्रकारको लक्षण भए (जस्तै नाक, कान, आँखा, छाला, जिब्रो लगायतका ज्ञानेन्द्रिय अङ्गहरू काम नलाग्ने भएमा सो सम्बन्धी विवरण, जबरजस्ती करणीबाट गर्भधारण भए सो को अवस्था, कसुरदारबाट कुनै प्रकारको यौन रोग सरेको भएमा त्यसको विवरण) सोको विवरण: .................................................................................................................... ........................................................................................................................................... ........................................................................................................................................... ......................................................................................................................................... ।
(इ) कसूरको कारणबाट पीडितको दैनिक जनजीविकामा प्रतिकूल प्रभाव परेको भए सोको विवरण: .................................................................................................................... ........................................................................................................................................... ......................................................................................................................................... ......................................................................................................................................... ।
(ई) पीडित भएको व्यक्ति कसूरबाट पीडित हुनु अगाडिको सामान्य अवस्था बमोजिम कामकाज गर्न सक्ने अवस्थामा रहे नभएको वा निजको कार्यक्षमतामा कुनै प्रकारको ह्रास आएको भए सोको विवरण: ........................................................................................................................................... ........................................................................................................................................... ........................................................................................................................................... ......................................................................................................................................... ।
(ख) मानसिक तथा भावनात्मक क्षति (अ) कुनै प्रकारको व्यवहारगत असन्तुलन (सामान्य व्यक्ति सरह सुत्न सक्ने/नसक्ने, नियमित रूपमा खाना खाने/नखाने, कुनै विषयमा एकाग्र हुन सक्ने/नसक्ने) तथा अन्य कुनै प्रकारको मानसिक असन्तुलन देखिएको भए सोको विवरण: ........................................................................................... ........................................................................................... ...........................................................................................
(आ) कहिलेकाँही त्यस्तै झँको लाग्ने वा रिस उठ्ने, निराश हुने वा त्यस्तै कुनै प्रकारको मनोवैज्ञानिक लक्षणहरू देखिएको भए सोको विवरण:.................... ........................................................................................... ...........................................................................................
(इ) कुनै प्रकारको मनोवैज्ञानिक डर, त्रास वा कुनै प्रकारको तनाव महसुस गरेको भए त्यसको विवरण: ....................................... ......................................................................................
(ई) पीडितको उद्धार पश्चात समेत निजले सुरक्षित महसुस नगरेको, पुरानो घटना सम्झेर झस्किने वा तर्सिने गरेको वा अरूको सहयोग आवश्यक भएको जस्तो महसुस भए सोको विवरण:....................................... ........................................................................................... ...........................................................................................
(उ) पीडितले आफ्नो आत्मसम्मान कमजोर भएको तथा प्रतिष्ठामा आँच आएको महसुस गरेको भए सोको विवरण: ..... ....... ........ ... .... ........................................................................................... ........................................................................................।
(ग) आर्थिक क्षति
(अ) रोजगारीका अवसरबाट वञ्चित भएको भए सोको विवरणः ............................................................................................
(आ) पीडित तथा निजको परिवारको सम्पत्तिमा कुनै प्रकारको क्षति पुगेको भए सोको विवरणः .................................................................... ...........................................................................................
(इ) कसूरको कारण पीडितले आफ्नो सुरक्षा गर्न यातायात, सञ्चार बसोबास लगायतका विषयमा कुनै प्रकारको खर्च गरेको भए त्यस्तो खर्चको विवरणः.................................................................................. ...........................................................................................
(ई) कसूरको कारणबाट पीडित तथा निजको परिवारले कुनै प्रकारको उपचार गराउनु परेको भए सो को विवरण तथा उपचारमा लागेको खर्चको विवरण................................................................................ ...........................................................................................
(उ) पीडितलाई कुनै प्रकारको क्षतिपूर्ति यकीन भएको भए त्यसको विवरणः ........................................................................................... ...........................................................................................
४. कसूरदारलाई गरिने सजायका सम्बन्धमा पीडितले कुनै धारणा व्यक्त गर्न चाहेमा त्यस्तो धारणाः ............................................................................................... .............................................................................................................. ............................................................................................................।
५. पीडित प्रभाव प्रतिवेदन गोप्य राख्न चाहे नचाहेको विवरण तथा त्यस्तो प्रतिवेदन गोप्य राख्न चाहनुको कारणः ................................................................................. .............................................................................................................. ..............................................................................................................
६. पीडितले कसूरका सम्बन्धमा कुनै धारणा व्यक्त गर्न चाहेमा त्यस्तो धारणाः .............
७. संलग्न कागजातहरूः (क) प्रहरी कार्यालयको प्रतिवेदनः / छ/ छैन
(ख) सम्बन्धित स्थानीय तहको सिफारिसपत्रः / छ/ छैन
(ग) मेडिकल रिपोर्टः / छ/ छैन
(घ) मनोसामाजिक परामर्श गरेको भए सोको विवरणः / छ/ छैन
(ङ) अन्य सम्बद्ध कागजातः / छ/ छैन
प्रतिवेदन पेश गर्ने पीडित वा पीडितको बाबु/आमा, संरक्षक वा कानुन बमोजिमको प्रतिनिधिको,-
.................. दस्तखतः नाम, थरः सम्पर्क नं.:
पीडित प्रभाव प्रतिवेदन बुझ्ने अधिकारीको,- दस्तखत नाम, थर पदः कार्यालयको नामः मिति:
कार्यालयको छाप
अनुसूची-१५ (नियम १८ सँग सम्बन्धित) पीडितलाई पेशीको जानकारी दिने सूचनाको ढाँचा
मिति: ......
श्री .................................... (यसमा पीडितको नाम, थर र ठेगाना लेख्ने)
विषय: मुद्दाको पेशी सम्बन्धी सूचना ।
उपर्युक्त सम्बन्धमा................ को जाहेरीले वादी ............ र प्रतिवादी ............भएको ............ मुद्दामा ............. अदालत/कार्यालयबाट सुनुवाई र कारबाही हुँदा उक्त मुद्दा देहायको मितिमा पेशीमा रहने सूचना प्राप्त भएकोले जानकारीको लागि अनुरोध छ ।
(क) मुद्दा दायर भएको अदालत/कार्यालयको नामः
(ख) मुद्दाको पेशी तोकिएको मिति: ............ समय: ............
सूचना दिनेको,- दस्तखतः नाम थरः दर्जाः कार्यालयः
# अनुसूची-११(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)## निवेदन वा पुनरावेदनको लागि सम्बन्धित निकाय वा अधिकारी समक्ष दिने निवेदनको ढाँचाश्री.................................विषय: निवेदन वा पुनरावेदन गरी पाउँ ।.........अदालत/कार्यालयबाट ......... मुद्दाका सम्बन्धमा भएको आदेश/निर्णयमा चित्त नबुझेको हुँदा सो आदेश/निर्णय विरुद्ध अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा १७ बमोजिम निवेदन/पुनरावेदन सम्बन्धी कारबाही अगाडि बढाई दिनु हुन निम्न विवरण सहित निवेदन गर्दछु ।१. पीडितको नाम, थर: .......................................२. स्थायी ठेगाना: ............................................... अस्थायी ठेगाना: (उपलब्ध भए सम्म फ्याक्स, इमेल, टेलिफोन नम्बर वा मोबाइल नम्बर): ..............................................३. कसूरको संक्षिप्त विवरण:..................................................................... .............................................................................................................. ..............................................................................................................४. जुन अदालत/कार्यालयको आदेश वा निर्णयमा चित्त बुझेको छैन सो आदेश वा निर्णय गर्ने अदालत/कार्यालयको नाम: ........................................................................५. मुद्दाको नाम: .............................................................................६. आदेश वा निर्णय भएको मिति: ..........................................................७. निवेदन वा पुनरावेदनपत्रको विषय: ............................ .......................... .............................................................................................................. ..............................................................................................................८. आदेश वा निर्णयमा चित्त नबुझेका कुराहरू र चित्त नबुझ्नुको कारण: .............................................................................................................. .............................................................................................................. ..............................................................................................................१८