अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७
नेपाल राजपत्रमा प्रकाशित मिति २०७७/०५/०१
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम "अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७" रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "ऐन" भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) "परिचयपत्र" भन्नाले अपाङ्गता भएका व्यक्तिलाई दिइने नियम ५ बमोजिमको अपाङ्गता परिचयपत्र सम्झनु पर्छ ।
(ग) "विपन्न" भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको आयभन्दा कम आय भएका व्यक्ति वा परिवार सम्झनु पर्छ ।
(घ) "सहायक सामग्री" भन्नाले अपाङ्गता भएका व्यक्तिले दैनिक जीवनमा प्रयोग गर्ने सामग्री वा उपकरण वा प्रविधि सम्झनु पर्छ ।
(ङ) "सामुदायिक सहायता सेवा" भन्नाले समुदाय स्तरमा पूर्ण अशक्त तथा आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा रमणीयतालाई सहज बनाउन उपलब्ध गराइने व्यक्तिगत सहयोगी सेवा, साङ्केतिक भाषाका दोभाषे, स्पर्श साङ्केतिक भाषा, नोट टेकर, फिङ्गर ब्रेल दोभाषे जस्ता मानवीय सहायता, प्रविधि तथा अन्य सेवा सम्झनु पर्छ ।
परिच्छेद–२ अपाङ्गताको वर्गीकरण, परिचयपत्र तथा अभिलेख
३. अपाङ्गताको वर्गीकरण सिफारिस समिति : (१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अपाङ्गताको वर्गीकरणमा आवश्यक हेरफेर गर्नका लागि मन्त्रालयमा सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति रहनेछ :-
(क) मन्त्रालयको सचिवले तोकेको महाशाखा प्रमुख - संयोजक (ख) प्रतिनिधि, स्वास्थ्य सेवा विभाग - सदस्य (ग) मन्त्रालयले तोकेको एक जना विशेषज्ञ चिकित्सक - सदस्य (घ) अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल - सदस्य (ङ) अध्यक्ष, राष्ट्रिय बहिरा महासङ्घ नेपाल - सदस्य (च) अध्यक्ष, बौद्धिक अपाङ्ग अभिभावक महासङ्घ - सदस्य (छ) मन्त्रालयको अपाङ्गता सम्बन्धी विषय हेर्ने शाखाको प्रमुख - सदस्य-सचिव
(२) उपियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) उपियम (१) बमोजिमको समितिले सम्बद्ध अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास समेतको आधारमा अपाङ्गताको वर्गीकरणमा हेरफेर गर्नको लागि मन्त्रालयमा सिफारिस गर्नेछ ।
(४) उपियम (१) बमोजिमको समितिले आफ्नो बैठक सम्बन्धी कार्यविधि आफैं व्यवस्थापन गर्नेछ ।
४. निवेदन दिनु पर्ने : (१) ऐनको दफा ४ बमोजिम परिचयपत्र प्राप्त गर्न अपाङ्गता भएका व्यक्ति वा निजको परिवारको कुनै सदस्य वा संरक्षकले अनुसूची-१ बमोजिमको ढाँचामा आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।
(२) उपियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थायी ठेगाना रहेको स्थानीय तहमा बसोबास नगर्ने र शारीरिक वा मानसिक अवस्थाको कारणले आफ्नो
स्थायी ठेगाना रहेको स्थानीय तहमा गई परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिले अस्थायी रुपमा बसोबास गर्दै आएको स्थानीय तहमा निवेदन दिन सक्नेछ।
५. परिचयपत्र प्रदान गर्ने : (१) नियम ४ को उपनियम (१) बमोजिम परेर आएको निवेदन उपर स्थानीय तहले ऐनको दफा ४ बमोजिम जाँचबुझ गरी अनुसूची-२ बमोजिमको ढाँचामा परिचयपत्र दिनु पर्नेछ ।
(२) नियम ४ को उपनियम (२) बमोजिम परेर आएको निवेदन उपर जाँचबुझ गर्दाथ निवेदनमा उल्लेखित कारण परी स्थायी ठेगाना भएको स्थानीय तहमा निवेदन दिन नसक्ने मनासिब कारण भएको पाइएमा त्यस्तो स्थानीय तहले निवेदकको स्थायी ठेगाना रहेको स्थानीय तहसँग निजले परिचयपत्र लिए वा नलिएको सम्बन्धमा जानकारी माग गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जानकारी माग गर्दाथ निवेदकले स्थायी ठेगाना रहेको स्थानीय तहबाट परिचयपत्र नलिएको व्यहोरा यकिन हुन आएमा निवेदक अस्थायी रुपमा बसोबास गर्दै आएको स्थानीय तहले निजको स्थायी ठेगाना खुलाई निजलाई परिचयपत्र प्रदान गरी सोको जानकारी निवेदकको स्थायी ठेगाना भएको स्थानीय तहलाई गराउनु पर्नेछ ।
(४) यस नियम बमोजिम स्थानीय तहले परिचयपत्र दिँदा देहाय बमोजिमको अपाङ्गताको आधारमा देहाय बमोजिमको रङ्गको परिचयपत्र दिनु पर्नेछ :-
(क) पूर्ण अशक्त अपाङ्गताको लागि रातो, (ख) अति अशक्त अपाङ्गताको लागि निलो, (ग) मध्यम अपाङ्गताको लागि पहेँलो, (घ) सामान्य अपाङ्गताको लागि सेतो ।
६. उजुरी दिन सक्ने : (१) ऐनको दफा ४ को उपदफा (७) बमोजिम सम्बन्धित स्थानीय तहले परिचयपत्र दिन नमिल्ने भनी गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले अनुसूची-३ बमोजिमको ढाँचामा सोझै वा सम्बन्धित स्थानीय तह मार्फत मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष उजुरी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको उजुरी स्थानीय तहले तीन दिनभित्र मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम प्राप्त उजुरी उपर मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारीले आवश्यक छानबिन गरी तीस दिनभित्र निर्णय गरी सोको जानकारी सम्बन्धित स्थानीय तह र उजुरीकर्तालाई दिनु पर्नेछ ।
७. अपाङ्गता भएका व्यक्तिको अभिलेख : (१) ऐनको दफा ६ बमोजिम स्थानीय तहले अपाङ्गता भएका व्यक्तिको अभिलेख राख्दा अनुसूची-४ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरेको अभिलेख सहितको विवरण स्थानीय तहले मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त अभिलेख सहितको विवरणको आधारमा मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको सम्पूर्ण विवरण खुल्ने गरी एकीकृत राष्ट्रिय अभिलेख तयार गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम तयार गरेको राष्ट्रिय अभिलेखको सङ्कलन, संरक्षण, विश्लेषण तथा प्रयोगको लागि मन्त्रालयले पहुँचयुक्त विद्युतीय प्रणालीको विकास गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिमको प्रणालीको विकास गर्दा सम्बन्धित मन्त्रालयले र स्थानीय तहले समेत अनलाइनको माध्यमबाट अपाङ्गता सम्बन्धी विवरण अद्यावधिक गर्न सक्ने गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम तयार गरेको एकीकृत राष्ट्रिय अभिलेखको विवरण मन्त्रालयले आफ्नो वेबसाइटमा राख्नुका साथै अन्य विद्युतीय माध्यमबाट समेत सार्वजनिक गर्नु पर्नेछ।
तर प्रचलित कानून बमोजिम गोप्य राख्नु पर्ने व्यक्तिको गोपनीयतासँग सम्बन्धित विवरण सार्वजनिक गर्न मन्त्रालय बाध्य हुने छैन ।
(७) नेपाल सरकारको केन्द्रीय निकायले राष्ट्रिय जनगणना गर्दा यस नियमावली बमोजिम राखिएको एकीकृत राष्ट्रिय अभिलेख समेतलाई आधार लिन सक्नेछ ।
परिच्छेद-३ सेवा तथा सुविधा सम्बन्धी
८. सहायक सामग्री उपलब्ध गराउने : (१) नेपाल सरकारले अपाङ्गताको प्रकृति र अवस्था बमोजिम अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने अनुसूची-५ बमोजिमका सहायक सामग्री उपयुक्त प्राविधिक नापजाँच गरी निःशुल्क रुपमा उपलब्ध गराउनेछ।
(२) उपथियम (१) बमोजिमका सामग्री अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तहबाट सहज र सरल तरिकाले उपलब्ध गराउन नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ।
९. सामुदायिक सहायता सेवा : (१) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई त्यस्ता व्यक्तिको आवश्यकता अनुसार देहाय बमोजिमका सामुदायिक सहायता सेवा उपलब्धताको आधारमा निःशुल्क रुपमा उपलब्ध गराइनेछ :-
(क) व्यक्तिगत सहयोगी सेवा : पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि आधारभूत आवश्यकता अनुसारका सहयोगी सेवा,
(ख) दैनिक हेरचाह तथा स्याहार सेवा : पूर्ण अशक्त अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटीजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रूपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र स्थानीय तहमा पुनस्र्थापना कार्यक्रम मार्फत उपलब्ध हुने आवश्यक आधारभूत थेरापी, पुनस्र्थापना, दैनिक जीवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवा,
(ग) क्लिनिकल परामर्श तथा रेफरल सेवा : स्थानीय स्वास्थ्य संस्था मार्फत अपाङ्गता भएका व्यक्तिको लागि उपलब्ध हुने आवश्यक क्लिनिकल परामर्श सेवा तथा स्वास्थ्य उपचारसँग सम्बन्धित रेफरल सेवा,
(घ) सामान्य परामर्श तथा दौतरी परामर्श सेवा : नेपाल सरकार वा स्थानीय तह मार्फत स्थानीयस्तरमा सञ्चालित पुनस्र्थापना केन्द्र वा विभिन्न व्यक्ति वा अपाङ्गता सम्बन्धी गैर सरकारी संस्थाबाट
सञ्चालित पुनस्र्थापना केन्द्रहरू मार्फत उपलब्ध गराइने सामान्य परामर्श सेवा, दन्त परामर्श सेवा, अभिभावक परामर्श सेवा जस्ता सेवा ।
(२) उपनियम (१) बमोजिमको सेवा प्रदान गर्नका लागि आवश्यक बजेट नेपाल सरकारले सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनेछ ।
१०. व्यक्तिगत सहयोगी सेवा सिफारिस समिति : नियम ९ को उपनियम (१) को खण्ड (क) बमोजिम अपाङ्गता भएका व्यक्तिको लागि व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउन स्थानीय तहको प्रत्येक वडामा देहाय बमोजिमको व्यक्तिगत सहयोगी सेवा सिफारिस समिति रहनेछ:-
(क) स्थानीय तहको सम्बन्धित वडाको वडाध्यक्ष -संयोजक
(ख) अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाका प्रतिनिधि वा अपाङ्गता भएका व्यक्ति वा निजका परिवारका सदस्य वा संरक्षकमध्येबाट संयोजकले तोकेको एक जना -सदस्य
(ग) संयोजकले तोकेको स्थानीय स्वास्थ्य संस्थाको एक जना प्रतिनिधि -सदस्य
(घ) सम्बन्धित वडाको वडा सचिव -सदस्य-सचिव
११. आर्थिक सहयोग तथा तालीम सम्बन्धी: (१) नेपाल सरकारले ऐनको दफा १६ को उपदफा (१) बमोजिम पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिको लागि प्रचलित कानूनमा उल्लेखित सामाजिक सुरक्षाको अतिरिक्त नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम आर्थिक सहयोग वा सामाजिक सुरक्षा वापत उपलब्ध गराउनेछ ।
(२) सङ्घ, प्रदेश र स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिको दैनिक हेरचाहमा संलग्न परिवारका सदस्य वा संरक्षकलाई हेरचाह सम्बन्धी तालीम र बहिरा व्यक्तिका परिवारका सदस्यलाई सांकेतिक भाषा तालीम निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको आर्थिक सहयोग वा सामाजिक सुरक्षा तथा तालीम सम्बन्धित स्थानीय तहले अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ ।
१२. सुहलीयत र सुविधा: (१) सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त र मध्यम अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा बस, रेल, हवाइजहाज जस्ता सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा लाग्ने भाडामा पचास प्रतिशत छुट उपलब्ध गराउनु पर्नेछ।
(२) देहाय बमोजिमका सीट क्षमता भएका सार्वजनिक सवारी साधनले देहाय बमोजिमका सीट अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित राख्नु पर्नेछ:-
(क) दश वा सोभन्दा कम सीट क्षमता भएका सवारी साधनले एक सीट, (ख) एघार देखि पन्ध्र सीट क्षमता भएका सवारी साधनले दुई सीट, (ग) सोह्र देखि तीस सीट क्षमता भएका सवारी साधनले तीन सीट, (घ) तीस भन्दा बढी सीट क्षमता भएका सवारी साधनले चार सीट, (ङ) रेल लगायतका ठूला सवारी साधनले कूल सीट सङ्ख्याको कम्तीमा पाँच प्रतिशत सीट ।
१३. अपाङ्गता भएका व्यक्तिका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्था : (१) नेपाल सरकारले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका असहाय विपन्न वर्गका नागरिकका छोराछोरीलाई स्वदेशमा स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराउनेछ ।
(२) उपियम (१) बमोजिमको छात्रवृत्ति प्राप्त गर्न चाहने पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका असहाय विपन्न वर्गका नागरिकका छोराछोरीले सम्बन्धित शैक्षिक संस्थामा भर्ना गरेको प्रमाण, सम्बन्धित स्थानीय तहको सिफारिस, परिचयपत्रको प्रतिलिपि तथा नाता प्रमाणित र विपन्नताको सिफारिस लगायतका कागजात पेश गर्नु पर्नेछ ।
परिच्छेद-४ अपाङ्गता भएका महिला तथा बालबालिकाको विशेष संरक्षण
१४. अपाङ्गता भएका महिलाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने : (१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले अपाङ्गता भएका महिलाको अधिकारको संरक्षण गर्न तथा त्यस्ता महिलाको ज्ञान, सीप तथा क्षमताको उच्चतम उपयोग गर्न उपयुक्त वातावरण निर्माण गर्न देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछ:-
(क) अपाङ्गता भएका महिलामा रहेको ज्ञान, सीप र क्षमताको पहिचानको लागि अध्ययन, अनुसन्धान गर्ने, गराउने,
(ख) खण्ड (क) बमोजिम भएको अध्ययन अनुसन्धानको आधारमा अपाङ्गता भएका महिलाको ज्ञान, सीप र क्षमताका आधारमा उपयुक्त पेशा वा व्यवसायको लागि रोजगारमूलक तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ग) अपाङ्गता भएका महिलाले निर्माण वा उत्पादन गरेका सामान तथा वस्तुको बिक्री तथा बजारीकरणको लागि आवश्यक व्यवस्था मिलाउने,
(घ) अपाङ्गता भएका महिलाको लागि उपयुक्त ठानिएका आय आर्जनका अन्य कार्यक्रम सञ्चालन गर्ने, गराउने।
(२) उपपियम (१) बमोजिमको व्यवस्था गर्नको लागि नेपाल सरकारले प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
१५. अपाङ्गता भएका बालबालिकाको विशेष संरक्षण : ऐनको दफा २० बमोजिम पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका बालबालिकाको लागि नेपाल सरकारले प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी देहाय बमोजिमका विशेष संरक्षणको व्यवस्था गर्नु पर्नेछ:-
(क) निजहरुको हेरचाह तथा स्याहारको लागि परिवारका सदस्य वा संरक्षकालाई आवश्यक तालीम तथा आय आर्जन सम्बन्धी व्यवसाय गर्न सहयोग गर्ने,
(ख) निजहरुको रोगको शीघ्र पहिचान, उपचार, औषधी र परामर्श सेवा स्थानीय स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने गरी आवश्यक व्यवस्था मिलाउने,
(ग) स्थानीय तहमा अपाङ्गता भएका बालबालिकाको खेलकुद र मनोरञ्जनको लागि विशेष व्यवस्था गर्ने गरी आवश्यक व्यवस्था मिलाउने,
(घ) स्थानीय स्वास्थ्य केन्द्र र अस्पतालमा प्रारम्भिक अपाङ्गता पहिचान, परामर्श तथा आधारभूत स्वास्थ्य सम्बन्धी पुनस्र्थापनाको लागि आवश्यक क्षमता विकास र मानव स्रोतको व्यवस्थापन गर्ने,
(ङ) अपाङ्गता भएका बालबालिकाको आँखा, नाक, कान, घाँटी, अडियोग्राम जाँच लगायतको सेवा स्थानीय स्वास्थ्य संस्थाबाट प्रदान गर्ने,
(च) बालबालिकाको उमेर अनुसार बौद्धिक र शारीरिक विकास नभएमा वा उमेर अनुसारका लक्षणहरू नदेखेमा परिवारका सदस्य वा सामाजिक कार्यकर्ताले यस्तो सूचना वडा कार्यालयमा दिन सक्ने गरी आवश्यक व्यवस्था गर्ने,
(छ) स्थानीय तह मार्फत अपाङ्गता पहिचान भएका बालबालिकाको लागि आवधिक रूपमा अपाङ्गताको अवस्थाको मूल्याङ्कन, सेवा सुविधा पुनरावलोकन तथा आवश्यक थेरापी लगायत अन्य सेवाहरूको व्यवस्था गर्ने।
परिच्छेद-५ अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइने शिक्षा
१६. नि:शुल्क शिक्षा उपलब्ध गराउने : पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई देहाय बमोजिमका व्यावसायिक तथा प्राविधिक शिक्षा नि:शुल्क रूपमा उपलब्ध गराइनेछ:-
(क) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट प्रदान गरिने शिक्षा,
(ख) नेपाल सरकारले समय समयमा तोकेका अन्य व्यावसायिक तथा प्राविधिक शिक्षा ।
१७. आवासीय सुविधा सहितको शिक्षा उपलब्ध गराउने : (१) नेपाल सरकारले पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गताको कारणले आफैं विद्यालय जान आउन कठिन हुने र विपन्न तथा असहाय अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सुविधा सहितको शिक्षाको व्यवस्था गर्नेछ ।
(२) नेपाल सरकारले बहिरा, दृष्टिविहीन र बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सहितको समावेशी शिक्षा र विशेष कक्षाको व्यवस्था गर्नेछ ।
१८. शिक्षामा सूचना प्रविधिको प्रयोग : (१) नेपाल सरकारले सूचना प्रविधिको माध्यम, प्रणाली वा तरिकाको अवलम्बन गरी दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिलाई शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनेछ ।
(२) उपदफा (१) बमोजिम अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा पहुँच सहज बनाउन नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी आवश्यक विशेष सफ्टवेयर सहितको कम्प्युटर वा उपकरण उपलब्ध गराउने वा अडियो, ब्रेल, सरल भाषा तथा चित्रात्मक, ठूलो छापा, भिडियो, सांकेतिक भाषा लगायतका ढाँचामा शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।
१९. छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने : नि:शुल्क नगरिएको शिक्षामा भर्ना भई अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीको लागि नेपाल सरकारले प्रत्येक वर्ष निर्धारण गरे बमोजिमको संख्याका विद्यार्थीलाई शैक्षिक शुल्क, आवास, स्टेसनरी तथा अन्य खर्च बापत नेपाल सरकारले निर्धारण गरे बमोजिमको रकम शैक्षिक छात्रवृत्तिको रुपमा उपलब्ध गराउनेछ ।
२०. विद्यालयलाई सहयोग उपलब्ध गराउने : (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीका लागि विशेष शिक्षा कार्यक्रम सञ्चालन गरेका सामुदायिक विद्यालयको पूर्वाधारलाई त्यस्ता विद्यार्थीको लागि पहुँचयुक्त बनाउन त्यस्तो विद्यालयको आवश्यकता तथा सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा पहुँचयुक्त छात्रावासको सुविधा सहितको आर्थिक, प्राविधिक सहयोग तथा आवश्यक सामग्री उपलब्ध गराउनेछ ।
(२) उपदफा (१) बमोजिमको विद्यालयको भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाको विकासको लागि सम्बन्धित स्थानीय तहले तीस प्रतिशत लगानी गर्ने प्रतिबद्धता गरेमा बाँकी लगानीको लागि कार्यक्रमको आधारमा सम्बन्धित विद्यालयलाई नेपाल सरकारले आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
२१. विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्ने : (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन तथा अध्ययन प्रवर्द्धनको लागि आवश्यकता र
उपलब्धता अनुसार स्टेसनरी, पाठ्यपुस्तक, दिवा खाजा, पोसाक, सहयोगी शिक्षक र सम्बन्धित अपाङ्गता विज्ञ शिक्षक उपलब्ध गराउनेछ ।
(२) अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउने शिक्षकका लागि नेपाल सरकारले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अपाङ्गताको पहिचान, सिफारिस, सामान्य थेरापी, व्यक्तिगत पाठयोजना, व्यक्तिगत हेरचाह, क्षमता विकास, साङ्केतिक भाषा लगायतका तालीम कार्यक्रम सञ्चालन गर्नेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको विद्यालय तथा सिकाइमा पहुँच सुनिश्चित गर्ने तथा त्यस्तो शिक्षा प्रदान गर्ने विद्यालयलाई देहाय बमोजिमका शैक्षिक सामग्री नि:शुल्क उपलब्ध गराउनेछ :-
(क) अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सहजता हुने आवश्यकतामा आधारित पाठ्यपुस्तक तथा पाठ्यसामग्री,
(ख) सूचना प्रविधिको माध्यमबाट अध्ययन अध्यापनको लागि आवश्यक पर्ने डेजी, ब्रे ल डिस्प्लेअर, ब्रे ल प्रिन्टर, कम्प्युटर सफ्टवेयर, मोबाइल एप्लिकेशन, सरल भाषामा बुझाउने शैक्षिक सामग्री, चित्रात्मक सामग्री, श्रव्य दृश्य सामग्री लगायतका सूचना प्रविधि,
(ग) पहुँचयुक्त फर्निचर तथा अन्य भौतिक सामग्री,
(घ) अपाङ्गता भएका विद्यार्थीको लागि आवश्यक पर्ने खेलकुदका सामग्री ।
परिच्छेद-६ सीप विकास तथा रोजगारी
२२. ऋण उपलब्ध गराउने : नेपाल सरकारले पेसा वा व्यवसाय गर्न चाहे पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, क्षमता तथा पेसा व्यवसायका लागि निज वा निजको परिवारको सदस्य वा संरक्षकले तयार गरेको प्रस्तावको आधारमा बैङ्क तथा वित्तीय संस्थाबाट नेपाल सरकारको जमानतमा वा बिना धितो सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नेछ।
२३. अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्ने: कुनै प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिको क्षमता, तालीम, योग्यता र अनुभवका आधारमा उपयुक्त हुने कामको लागि उपलब्ध भएसम्म देहाय बमोजिमका प्राथमिकताका आधारमा अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्नेछ :-
(क) अपाङ्गता र कामको प्रकृतिको आधारमा बढी उपयुक्त देखिएको,
(ख) अपाङ्गता भएको व्यक्ति विपन्न परिवारको भएको,
(ग) प्रचलित कानून बमोजिम पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरेको,
(घ) अपाङ्गताको गाम्भीर्यताको आधारमा नेपाल सरकारले तोकेको ।
२४. अभिलेख राख्नु पर्ने : प्रतिष्ठानले आफ्नो प्रतिष्ठानमा कार्यरत अपाङ्गता भएका व्यक्तिको ऐनको दफा २६ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त देहाय बमोजिमको विवरण समेत खुलाई अभिलेख राख्नु पर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिको नाम, थर, ठेगाना र पद,
(ख) सेवाको प्रकार (स्थायी/अस्थायी/करार/ज्यालादारी),
(ग) अपाङ्गताको वर्गीकरणको आधारमा प्रदान गरिएको परिचयपत्रको किसिम (पूर्ण अशक्त अपाङ्गता/अति अशक्त अपाङ्गता/मध्यम अपाङ्गता/सामान्य अपाङ्गता),
(घ) प्रतिष्ठानमा भर्ना भएको मिति,
(ङ) प्रतिष्ठानमा दिएको जिम्मेवारी,
(च) प्रतिष्ठानबाट निजलाई उपलब्ध गराइएको सेवा, सुविधा,
(छ) प्रतिष्ठानले आवश्यक देखेको अन्य विवरण ।
परिच्छेद-७ स्वास्थ्य, पुनस्र्थापना, सामाजिक सुरक्षा तथा मनोरञ्जन
२५. नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने: (१) नेपाल सरकारले समय समयमा तोकेको भन्दा कम वार्षिक आय भएका र देहाय बमोजिमका गम्भीर प्रकृतिका रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ :-
(क) मुटु रोग,
(ख) मृगौला रोग,
(ग) क्यान्सर,
(घ) नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य रोग।
(२) नेपाल सरकारले स्वीकृति प्राप्त चिकित्सकको सिफारिसमा अनुवंशिय रक्तस्राव (हेमोफिलिया) अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने फ्याक्टर लगायतका औषधि नि:शुल्क रूपमा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध गराउनेछ ।
(३) नेपाल सरकारले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि सबै सरकारी अस्पतालमा नि:शुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।
(४) उपनियम (१) र (२) बमोजिमका रोगको उपचार सेवा तथा औषधि उपलब्ध गराउन नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रदेशस्तरका सरकारी अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थाहरूको क्षमता विस्तार गर्नेछ ।
२६. पुनस्र्थापना केन्द्रको स्थापना तथा सञ्चालन : (१) ऐनको दफा २९ को उपदफा (३) बमोजिम पुनस्र्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न चाहे संस्थाले स्वीकृतिको लागि देहायका विवरण खुलाई सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनुसूची-६ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछ :-
(क) संस्थाको विवरण र दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) पुनस्र्थापना केन्द्र स्थापना हुने स्थान र त्यस्तो केन्द्रको क्षमता लगायतका भौतिक पूर्वाधारको विवरण,
(ग) पुनस्र्थापना केन्द्रले उपलब्ध गराउने सेवा, सुविधा र प्राविधिक क्षमताको विवरण,
(घ) पुनस्र्थापना केन्द्रको लागि आवश्यक जनशक्तिको विवरण,
(ङ) पुनस्र्थापना केन्द्र सञ्चालनको लागि आवश्यक आर्थिक स्रोतको विवरण ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा नियम २७ बमोजिमको मापदण्ड पूरा भएको देखिएमा स्थानीय तहले त्यस्तो संस्थालाई पुनस्र्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न अनुसूची-७ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत प्रचलित कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका पुनस्र्थापना केन्द्रले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र यस नियम बमोजिम स्वीकृति लिनु पर्नेछ ।
२७. पुनस्र्थापना केन्द्रको स्थापना, व्यवस्थापन तथा सञ्चालन सम्बन्धी मापदण्ड : ऐन तथा यस नियमावली बमोजिम पुनस्र्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न देहाय बमोजिमको मापदण्ड पूरा गरेको हुनु पर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिलाई पुनस्र्थापनाको लागि न्यूनतम आधारभूत सुविधा सहितको भौतिक संरचना भएको,
(ख) अपाङ्गता भएका व्यक्तिलाई आवश्यक आधारभूत स्वास्थ्य सेवा तथा औषधी उपचारको सेवा उपलब्ध गराउन सक्ने क्षमता भएको,
(ग) अपाङ्गता भएका व्यक्तिलाई खेल तथा मनोरञ्जनको लागि आवश्यक खुला स्थान भएको,
(घ) अपाङ्गता भएका व्यक्तिलाई आवश्यकता अनुसार शिक्षा तथा सीपमूलक तालीम प्रदान गर्न वा सोको प्रबन्ध गर्न सक्ने क्षमता भएको,
(ङ) न्यूनतम दश जना अपाङ्गता भएका व्यक्ति बराबर तीन जना तालीम प्राप्त सहयोगीको प्रबन्ध भएको,
(च) मन्त्रालयले समय समयमा तोकेका पूर्वाधार तथा अन्य सुविधा सम्बन्धी मापदण्ड पूरा भएको ।
२८. पुनस्र्थापना केन्द्रको व्यवस्थापन : (१) नियम २६ बमोजिम स्वीकृति लिई स्थापना तथा सञ्चालन हुने प्रत्येक पुनस्र्थापना केन्द्रको व्यवस्थापनको लागि देहाय बमोजिमको व्यवस्थापन समिति रहनेछ :-
(क) सम्बन्धित गाउँ कार्यपालिकाको अध्यक्ष वा नगर-अध्यक्ष कार्यपालिकाको अध्यक्ष
(ख) सम्बन्धित स्थानीय तहको सामाजिक विकास हेर्ने कर्मचारी -सदस्य
(ग) अपाङ्गता भएका व्यक्ति, परिवारका सदस्य वा संरक्षकोंहरू मध्येबाट अध्यक्षले तोकेको एक -सदस्य जना
(घ) अपाङ्गता भएका स्थानीय समाजसेवी मध्येबाट अध्यक्षले तोकेको एक जना महिला सहित दुई -सदस्य जना
(ङ) पुनस्र्थापना केन्द्रको प्रमुख –सदस्य-सचिव
(२) उपनियम (१) बमोजिमको समितिले ऐन, यस नियमावली तथा प्रचलित कानूनको अधिनमा रही पुनस्र्थापना केन्द्रको सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी सोको आधारमा पुनस्र्थापना केन्द्र सञ्चालन गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको समितिले पुनस्र्थापना केन्द्रमा रहेका प्रत्येक अपाङ्गता भएका व्यक्तिको छुट्टा छुट्टै व्यक्तिगत विवरणको अभिलेख राख्नु पर्नेछ ।
२९. पुनस्र्थापना केन्द्रको निरीक्षण तथा अनुगमन : (१) समन्वय समितिले ऐन तथा यस नियमावली बमोजिम पुनस्र्थापना केन्द्र सञ्चालन भए नभएको सम्बन्धमा समय समयमा निरीक्षण तथा अनुगमन गर्नेछ।
(२) उपनियम (१) बमोजिम निरीक्षण तथा अनुगमन गर्न खटिएका पदाधिकारी वा कर्मचारीले निरीक्षण तथा अनुगमन गरी समन्वय समितिमा सात दिनभित्र प्रतिवेदन पेश गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम पेश भएको प्रतिवेदन समन्वय समितिले आफू समक्ष पेश भएको मिति सात दिनभित्र मन्त्रालयमा पठाउनु पर्नेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालय वा प्रदेश सरकारले आवश्यकता अनुसार यस नियमावली बमोजिम सञ्चालनमा रहेका पुनस्र्थापना केन्द्रको निरीक्षण तथा अनुगमन गर्न सक्नेछन् ।
(५) उपनियम (१) वा (४) बमोजिम निरीक्षण तथा अनुगमन गर्दा त्यस्ता पुनस्र्थापना केन्द्रले ऐन तथा यस नियमावली बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको वा मन्त्रालयबाट जारी भएको निर्देशिकाको विपरीत काम कारबाही गरेको पाइएमा निश्चित
समयावधिभित्र तोकिएको मापदण्ड पूरा गर्ने वा स्वीकृत निर्देशिका बमोजिम पुनस्र्थापना केन्द्र सञ्चालन गर्न आवश्यक निर्देशन दिन सकिनेछ।
(६) उपनियम (५) बमोजिम प्राप्त निर्देशन बमोजिमको समयावधिभित्र पुनस्र्थापना केन्द्रले कार्य सम्पन्न गरी सोको जानकारी त्यसरी निर्देशन दिने निकायलाई दिनु पर्नेछ ।
(७) यस नियम बमोजिम निरीक्षण वा अनुगमन गर्दा पुनस्र्थापना केन्द्र ऐन तथा यस नियमावली विपरीत स्थापना र सञ्चालन भएको वा नियम २७ बमोजिमको मापदण्ड पूरा नगरेको वा उपनियम (५) बमोजिम दिएको निर्देशनको पालना नगरेको देखिएमा स्थानीय तहले त्यस्तो पुनस्र्थापना केन्द्रको सञ्चालनमा रोक लगाउन वा त्यस्तो केन्द्रको स्वीकृति निश्चित अवधिका लागि निलम्बन वा रद्द गर्न सक्नेछ ।
(८) उपनियम (७) बमोजिम पुनस्र्थापना केन्द्रको स्वीकृति निलम्बन वा रद्द गर्नु अघि त्यस्तो पुनस्र्थापना केन्द्रलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
३०. अनुदान उपलब्ध गराउन सक्ने : (१) पुनस्र्थापना केन्द्रको भौतिक पूर्वाधार, सेवा सुविधा र पुनस्र्थापना भएका व्यक्तिको सङ्ख्याको आधारमा ऐन तथा यस नियमावली बमोजिम स्वीकृति प्राप्त पुनस्र्थापना केन्द्रलाई नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम अनुदान बापत उपलब्ध गराउन सक्नेछ।
(२) सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहबाट स्वीकृति प्राप्त पुनस्र्थापना केन्द्रलाई सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले समय समयमा तोके बमोजिमको रकम अनुदान बापत उपलब्ध गराउन सक्नेछ।
३१. पुनस्र्थापना केन्द्र बन्द गर्न सक्ने: (१) ऐन तथा यस नियमावली बमोजिम स्वीकृति लिई सञ्चालनमा रहेको पुनस्र्थापना केन्द्र सञ्चालन गर्न सम्भव नभएमा त्यस्तो केन्द्रको प्रमुखले बन्द गर्नु पर्ने कारण सहित पुनस्र्थापना केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिको विवरण समेत संलग्न गरी सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको निवेदन उपर जाँचबुझ गर्दा त्यस्तो पुनस्र्थापना केन्द्र बन्द गर्नु पर्ने मनासिब आधार र कारण रही बन्द गर्न उपयुक्त देखेंमा सम्बन्धित स्थानीय तहले त्यस्तो पुनस्र्थापना केन्द्रमा रहेका व्यक्तिको लागि अन्य वैकल्पिक व्यवस्था गरी बन्द गर्न स्वीकृति दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम पुनस्र्थापना केन्द्र बन्द गर्न स्वीकृति प्राप्त भएमा त्यस्तो पुनस्र्थापना केन्द्रले सो केन्द्रमा रहेका व्यक्तिहरुको वैकल्पिक व्यवस्था गरिसकेपछि मात्र बन्द गर्ने अन्य प्रक्रिया पूरा गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पुनस्र्थापना केन्द्र बन्द गरेको जानकारी त्यस्तो पुनस्र्थापना केन्द्रले तीन दिनभित्र सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्राप्त हुन आएको जानकारी सम्बन्धित स्थानीय तहले सात दिनभित्र सम्बन्धित प्रदेश सरकार र मन्त्रालयमा दिनु पर्नेछ।
(६) उपनियम (१) बमोजिम प्राप्त हुन आएको निवेदन उपर सम्बन्धित स्थानीय तहले जाँचबुझ गर्दाथ बन्द गर्न माग गरेको पुनस्र्थापना केन्द्र आफैंले वा आफ्नो समेत संलग्नता र लगानीमा सञ्चालन गर्न आवश्यक देखेमा स्थानीय तह आफैले वा आफू समेतको संलग्नता र लगानीमा त्यस्तो केन्द्र सञ्चालन गर्ने वा कुनै प्रतिष्ठान वा अपाङ्गता क्षेत्रमा क्रियाशील अन्य सङ्घ, संस्थालाई सञ्चालन गर्न हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सक्नेछ ।
३२. आचार संहिता: पुनस्र्थापना केन्द्रले केन्द्रका पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता केन्द्रको व्यवस्थापन समितिबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ ।
३३. पुनस्र्थापना कोषको सञ्चालन : (१) ऐनको दफा ३० बमोजिमको पुनस्र्थापना कोषको रकम मन्त्रालयले तोकेको बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित "क" वर्गको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ।
(२) पुनस्र्थापना कोषको खाता मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृत र मन्त्रालयको आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
(३) पुनस्र्थापना कोषको रकम ऐन तथा यस नियमावली बमोजिम पुनस्र्थापना केन्द्रको सञ्चालनको लागि मात्र खर्च गर्नु पर्नेछ ।
३४. सामाजिक सुरक्षा: (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वतन्त्र र स्वावलम्बनपूर्वक जीवनयापन गर्न सक्ने गरी सिम बढाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
(२) उपदियम (१) बमोजिमको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिम मासिक जीवनापन्न भत्ता रकम उपलब्ध गराइनेछ ।
(३) उपदियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विपन्न परिवारका पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको बेरोजगार भत्ता उपलब्ध गराइनेछ ।
(४) नेपाल सरकारले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको एक जना सहयोगीलाई त्यस्तो अपाङ्गता भएका व्यक्तिले उपदियम (२) बमोजिम पाउने भत्ता रकमको आधा रकम बराबरको रकम मासिक रूपमा सहयोगी भत्ता बापत उपलब्ध गराउनेछ ।
(५) उपदियम (२) र (३) बमोजिमको भत्ता रकम तोक्दा अन्य प्रचलित कानून बमोजिम अपाङ्गता भएका व्यक्तिलाई सोही प्रयोजिका लागि उपलब्ध हुने भत्ता वा सुविधामा दोहोरो नपर्ने गरी तोक्न सकिनेछ ।
(६) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिले आफ्नो निजी शौचालय अपाङ्गतामैत्री बनाउन चाहेमा नेपाल सरकारले तोके बमोजिमको रकम अनुदान वापत उपलब्ध गराउन सकिनेछ ।
३५. सांस्कृतिक अधिकार तथा मनोरञ्जन : अपाङ्गता भएका व्यक्तिको सांस्कृतिक अधिकारको सम्मान गर्न ऐनको दफा ३३ बमोजिमको व्यवस्थाको अतिरिक्त नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले देहायको व्यवस्था गर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिको सहभागितामा सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने,
(ख) अपाङ्गता भएका व्यक्तिको मनोरञ्जनको लागि स्थानीय स्तरमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने,
(ग) सामुदायिक भवन, पार्क, मठ मन्दिर, बगैँचा लगायतका सांस्कृतिक र मनोरञ्जनका क्षेत्र अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त बनाउने ।
३६. खेलकुदमा सहभागी गराउने : (१) ऐनको दफा ३४ मा उल्लेखित कार्यक्रमको अतिरिक्त अपाङ्गता भएका व्यक्तिको लागि खेलकुदको विकास गर्न अधिकार पाएका संस्था वा निकायले विशेष तथा पारा खेलकुदका क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय
तह तथा संघ, संस्थाको सहभागितामा देहाय बमोजिमका कार्यक्रम सञ्चालन गर्न सक्नेछन् :-
(क) खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार विकास कार्यक्रम, (ख) खेलकुदका लागि क्षमता विकासका कार्यक्रम, (ग) खेलकुद प्रतियोगिता सञ्चालन ।
(२) उपदफा (१) बमोजिम खेलकुद कार्यक्रम सञ्चालन गर्दा दोभाषे र स्वास्थ्य उपचार जस्ता अपाङ्गताको प्रकृति अनुसार आवश्यक परे अन्य सेवा समेत उपलब्ध गराउनु पर्नेछ ।
परिच्छेद-८ विविध
३७. उपायको अवलम्बन गर्ने : नेपाल सरकारले ऐनको दफा ४५ को उपदफा (४) बमोजिम अपाङ्गता भएका व्यक्तिले बिना भेदभाव अन्य व्यक्ति सरह समान रूपमा मर्यादित र प्रतिष्ठापूर्वक जीविकापिन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि देहायका उपायको अवलम्बन गर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिका अधिकार र सेवा सुविधा सम्बन्धी कानूनी व्यवस्थाको विषयमा जनचेतना तथा कानूनी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गराउने, (ख) अपाङ्गता भएका व्यक्तिको हेरचाह, सशक्तीकरण तथा क्षमता विकासको लागि आवश्यक तालीम सञ्चालन गर्ने, गराउने, (ग) सरकारी वा सार्वजनिक सेवा प्रदान गर्ने निकाय तथा संस्थाको भौतिक संरचनाको निर्माणलाई अपाङ्गतामैत्री र पहुँचयुक्त बनाउन त्यस्ता निकाय तथा संस्थालाई निर्देशन दिने र सोको कार्यान्वयनको अनुगमन गर्ने, गराउने, (घ) स्थानीय तहमा हुने विपद् व्यवस्थापन सम्बन्धी गतिविधिमा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउने र यसका लागि पूर्वतयारी, खोज तथा उद्धार, राहत र विपद् पश्चातका अवस्थामा
अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न आवश्यक तालीम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ङ) विपद पूर्व तयारीका चरणमा गरिने सामग्रीको भण्डारणमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समेत मध्यनजर राखी त्यस्ता सामग्रीको छुट्टै सूची बनाई भण्डारण गर्ने व्यवस्था मिलाउने।
३८. सामाजिक उत्तरदायित्व: (१) ऐनको दफा ४९ को उपदफा (१) को प्रयोजनको लागि प्रतिष्ठान तथा वैक्तिक संस्थाले आफ्नो आयबाट नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको रकम अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको रकमको उपयोग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारीका अवसरहरुको सम्बृद्धि, प्रवर्द्धन, पुनस्र्थापना र सशक्तिकरणको काम समेतको लागि गरिनेछ।
३९. घुम्ती सेवा सञ्चालन : (१) मन्त्रालयले प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरी ऐनको दफा ५९ बमोजिम अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन आवश्यकता अनुसार घुम्ती सेवा सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सञ्चालन हुने घुम्ती सेवाको अवधि तथा उपलब्ध हुने सेवाका सम्बन्धमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र स्थानीय तहले त्यस्तो सेवा सञ्चालन हुने कम्तीमा पन्ध्र दिन अघि विभिन्न सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नु पर्नेछ।
४०. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
४१. खारेजी र बचाउ : (१) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ खारेज गरिएको छ।
(२) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची-१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पाउनको लागि दिने निवेदनको ढाँचा
फोटो
श्री प्रमुख/अध्यक्ष ज्यू, ......... नगरपालिका/ गाउँपालिका । मिति :..................
विषय : अपाङ्गताको परिचयपत्र पाऊँ।
महोदय, निम्न लिखित विवरण सहित अपाङ्गताको परिचयपत्र पाउन यो निवेदन पेश गरेको छु । मैले पेश गरेको विवरण ठीक साँचो छ, झुट्टा ठहरे प्रचलित कानूनबमोजिम सजाय भोग्न मञ्जुर छु ।
१. नाम थर : ..................... २. उमेर : ...... वर्षः ३. लिङ्ग : पुरुष/महिला/अन्य ४. जन्म मिति: .......साल....... महिना....... गते ५. ठेगाना : (क) स्थायी ठेगाना : प्रदेश....... जिल्ला.......... गाउँपालिका/नगरपालिका वडा नं. ..... टोल ........। (ख) अस्थायी ठेगाना : प्रदेश....... जिल्ला........गाउँपालिका/नगरपालिका वडा नं. ....... टोल...... । (ग) सम्पर्क नं. ............... .................. .................
६. परिवारको सदस्य वा संरक्षकको नाम, थर: .................................... निवेदकको नाता:...............
७. परिवारको सदस्य वा संरक्षकको टेलिफोन वा मोबाइल नं.: ....................................
८. अपाङ्गताको प्रकार:......................
९. शरीरको अङ्ग, संरचना, प्रणालीमा आएको क्षति को विवरण: ..................................... ……………………….. ……………………………. ……………………………………………… …………………………………. ………………………………………….. ………………………………………
१०. क्षति भएपछि दैनिक क्रियाकलापमा आएको अवरोध वा सीमितताको विवरण .......... .......... ............................ …………………………………………….. ……………………………………………………………………. ……………. ……………………………………………………. ……………………………. …………………………………………………………. ……………………….
११. अपाङ्गताको कारण : रोगको दीर्घ असर/दुर्घटना/ जन्मजात/सशस्त्र द्वन्द्व/वंशानुगत कारण/अन्य
१२. सहायक सामग्री प्रयोग गर्नु पर्ने आवश्यकता भए वा नभएको :
१३. आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामग्रीको प्रयोग गर्नु पर्ने हो सोको विवरण: …………………………………………………………………………..................
१४. सहायक सामग्री प्रयोग गर्ने गरेको वा नगरेको:
१५. सहायक सामग्री प्रयोग गर्ने गरेको भए सामग्रीको नाम : ......................... ...........
१६. अन्य व्यक्तिको सहयोग बिना गर्न सक्ने दैनिक कार्यः
(क) ........................ (ख)............................ (ग) ..........................
(घ) .......................... (ङ) ........................ (च) ...........................
१७. अन्य व्यक्तिको सहयोग लिनु पर्ने भए त्यस्तो सहयोग लिनु पर्ने कामः
(क) ........................ (ख)............................ (ग) ..........................
(घ)......................... (ङ)............................. (च) ...........................
१८. पछिल्लो शैक्षिक योग्यता : निरक्षर/साक्षर/प्राथमिक तह/ निम्न माध्यमिक तह/ माध्यमिक तह/उच्च माध्यमिक तह/स्नातक तह/स्नातकोत्तर तह/विद्यावारिधि तह
१९. कुनै तालीम प्राप्त गरेको भए मुख्य तालीमको नामः
......................................................................................................................................................
२०. हालको पेशा: अध्ययन/कृषि व्यवसाय/स्वरोजगार/सरकारी सेवा/निजी क्षेत्रमा सेवा/केही नगरेको/अन्य
निवेदक / परिवारको सदस्य वा संरक्षकको,-
नाम,घर: ........................................
दस्तखत:..................
मिति:....................
अनुसूची-२ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
अपाङ्गता भएका व्यक्तिको परिचयपत्रको ढाँचा
.................. गाउँपालिका/नगरपालिका
परिचयपत्र नम्बरः - फोटो
अपाङ्गताको परिचयपत्र
नाम, थरः .............................
स्थायी ठेगानाः प्रदेश …………….. जिल्ला ……… नगरपालिका/गाउँपालिका …… वडा नं. …
जन्म मितिः ........................ नागरिकता नम्बर/जिल्ला ……………………..
लिङ्गः ………… …………. रक्त समूहः …………..
अपाङ्गताको किसिमः प्रकृतिको आधारमा …………………….. गम्भीरताको आधारमाः ……..
बाबु/आमा वा संरक्षकको नाम, थरः …………………………………………
परिचयपत्र वाहकको दस्तखतः-
परिचयपत्र प्रमाणित गर्नेको,-
दस्तखतः ..........
नाम, थरः
पदः
मितिः
“यो परिचयपत्र कसैले पाएमा नजिकको प्रहरी कार्यालय वा गाउँपालिका/नगरपालिकामा बुझाई दिनु होला ।”
.....Rural Municipality/Municipality
Photograph
ID Card Number: -
Disability Identity Card
Name, Surname- ……………………………..
Permanent Address: Province …….... District ………..… Rural Municipality/Municipality ……… Ward No. ….…
Date of Birth:………………………………Citizenship Number/ District: ……………………..
Sex: ………… …………. Blood Group: …………..
Type of Disability: On the basis of nature: ….. On the basis of severity: ……. ……..
Name of Father/Mother or Protector :…………………………………………
Signature of ID Card Holder: ……………….
ID Card Certifying Official's:
Signature: ...............
Name, Surname : ………….
Designation: ………..
Date: …………
"If somebody finds this ID Card, please hand it over to the nearby Police Office or Rural Municipality/Municipality ".
अनुसूची-३ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
उजुरीको ढाँचा
मिति :
श्री ............................................................ ............................................................।
मार्फत, श्री ............................................................।
विषय : उजुरी सम्बन्धमा ।
महोदय, उपर्युक्त सम्बन्धमा म/श्री .................................... को तर्फबाट म .................................... ले अपाङ्गताको परिचय पत्र पाउनेको लागि मिति ............................ मा ............................ का कार्यालयमा निवेदन दिएकोमा .................... सो कार्यालयले मिति .................... मा मलाई/................... लाई अपाङ्गताको परिचयपत्र दिन नमिल्ने भनी निर्णय गरेको जानकारी प्राप्त हुन आएको हुँदा उक्त निर्णय देहायका आधार तथा प्रमाणबाट त्रुटिपूर्ण भएको कारण मेरो चित्त नबुझेकोले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ को उपदफा (७) तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ को नियम ६ बमोजिम देहायका कागजात संलग्न गरी यो उजुरी पेश गरेको छु । मैले पेश गरेको संलग्न आधार तथा प्रमाणको आधारमा अपाङ्गताको परिचयपत्र पाउने गरी निर्णय गरी पाऊँ ।
(१) निर्णय त्रुटिपूर्ण भएको आधार, कारण र प्रमाण:
(२) संलग्न कागजात:
अनुसूची-४ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित) अपाङ्गता भएका व्यक्तिको अभिलेखको ढाँचा
क्रम सङ्ख्या :
अपाङ्गताको परिचयपत्र नम्बर:- परिचयपत्रको प्रकार : …………….
१. नाम, थर:-
२. स्थायी ठेगाना: प्रदेश : जिल्ला : गाउँपालिका/नगरपालिका:
३. अस्थायी ठेगाना प्रदेश : जिल्ला : गाउँपालिका/नगरपालिका:
४. जन्म मिति:- ५. नागरिकता नम्बर:
६. लिङ्ग : ७. रत्त समूह : ८. विवाहित/अविवाहित :
९. बाबु/आमा, परिवारको सदस्य वा संरक्षकको नाम, थर :
१०. ठेगाना:- प्रदेश जिल्ला स्थानीय तह वडा नं.
११. अपाङ्गता भएको व्यक्तिसँगको नाता :-
१२. पछिल्लो शैक्षिक योग्यता :-
१३. हाल अध्ययनरत शैक्षिक संस्था: अहिलेसम्म नगएको/अध्ययनरत/पढाइ सकेको
१४. पेशा :-
१५. अपाङ्गताको किसिम :-
१६. के कस्ता दैनिक क्रियाकलाप गर्न सकिन्छ ?
१७. के कस्ता दैनिक क्रियाकलाप गर्न सकिँदैन ?
१८. सहायक सामग्री आवश्यक पर्ने वा नपर्ने :
१९. हाल सहायक सामग्री पाए/नपाएकोः
२०. परिचयपत्र वाहकले प्राप्त गरेका अन्य सेवा, सुविधाः
२१. परिचयपत्र वाहकलाई आवश्यक परेका अन्य सेवा सुविधाः
२२. सेवा, सुविधा प्रदान गर्ने निकायः ........................................................................................
२३. अन्यः ............................................................................................................................
नाम, थर :
पद :
कार्यालय :
मिति :
अनुसूची-५ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
सहायक सामग्री
१. स्टाइलस, स्लेट, ब्रेल पेपर, २. ब्रेल मेमो, ३. ब्रेल डिस्प्लेयर, ४. डेजी प्लेयर, सफ्टवेयर, स्क्रिन रिडिङ सफ्टवेयर, ५. सेतो छडी, ६. वाटर इन्डिकेटर, ७. लाइट इन्डिकेटर, ८. अब्जेक्ट इन्डिकेटर, ९. विभिन्न प्रकारका ह्वीलचयर, १०. वैशाखी, लठ्ठी, इल्बो क्रचेस, एग्जलरी क्रचेस, ११. वाकर, अपाङ्गता भएका व्यक्तिलाई बस्न बनाइने विशेष प्रकारको कुसी, १२. क्यालपर, १३. विशेष प्रकारको जुत्ता, १४. कृत्रिम हात खुट्टा र स्पाइनल ब्रेस, १५. मेरूदण्ड पक्षाघात भएका व्यक्तिको लागि क्याथेटर र डाइपर एयर कुशन, १६. विशेष प्रकारको कमोड, कमोड चेयर, १७. श्रवण यन्त्र: Audio induction loop system, Infrared system, Frequency modulation system, Communication access real time translation, Automatic speech recognition, १८. म्याग्निफाइङ ग्लास, उच्च क्षमताको चस्मा,
१९. स्वर यन्त्र, २०. मेरूदण्ड पक्षाघात भएकाका लागि एयर म्याट्रेस (Air mattress), जेली कुशन (Jelly cushion) ।
अनुसूची-६ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालनको स्वीकृतिका लागि दिने निवेदनको ढाँचा
मिति:
श्री .............................,
विषय : पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न स्वीकृति पाऊँ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न हाम्रो संस्था इच्छुक भएकोले देहायको विवरण सहित स्वीकृतिको लागि यो निवेदन पेश गरेको छु ।
१. संस्थाको नाम: २. संस्थाको ठेगाना: ३. संस्थाका पदाधिकारीको नाम, थर र ठेगाना: ४. सम्पर्क गर्नु पर्ने व्यक्ति: ५. संस्थाको विधानको प्रतिलिपि: ६. संस्थाको निर्णयको प्रतिलिपि: ७. दर्ता तथा नवीकरणको प्रमाणपत्रको प्रतिलिपि: ८. गत आ.व. को प्रगति तथा लेखापरीक्षण प्रतिवेदन: ९. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि: १०. कर छुटको प्रमाणपत्र भए सोको प्रतिलिपि:
संस्थाको अधिकारप्राप्त व्यक्तिको,- दस्तखत :
नाम, थर :
सम्पर्क ठेगाना :
मिति :
अनुसूची-७ (नियम २६ को उपनियम (२) सँग सम्बन्धित) पुनर्स्र्थापना केन्द्र स्थापना तथा सञ्चालनको स्वीकृति
............................................... (संस्था) लाई अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७६ बमोजिम पुनर्स्र्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न मिति .................... को निर्णय अनुसार यो स्वीकृति प्रदान गरिएको छ ।
स्वीकृति दिने व्यक्तिको,- दस्तखत : नाम, थर : पद : कार्यालय : मिति :
(क) .................................. (ख) .................................... (ग) ........................................ (क) परिचयपत्र दिन नमिल्ने भनी गरेको निर्णयको प्रतिलिपि, (ख) नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, (ग) अपाङ्गता भएको व्यहोरा खुल्ने गरी चिकित्सकले गरेको सिफारिसको प्रतिलिपि (घ) अन्य उजुरीकर्ताको,- दस्तखत : नाम थर : ठेगाना: परिवारको सदस्य वा संरक्षकको नाम : सम्पर्क नम्बर : वडा नं.: वडा नं. : (क) अपाङ्गताको प्रकृतिको आधारमा ……………….. (ख) अपाङ्गताको गम्भीरताको आधारमा …………………….. .................................................................................................................................. .................................................................................................................................. .................................................................................................................................. .................................................................................................................................. आवश्यक पर्ने भएमा आवश्यक पर्ने सामग्रीको विवरणः ................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................ प्रमाणीत गर्ने अधिकारीको,- दस्तखत :