एजेन्सी (संशोधन र एकीकरण) नियमहरू, २०१९
नेपाल राजपत्रमा प्रकाशित मिति २०१९।१०।१५
संशोधन १. एजेन्सी (संशोधन र एकीकरण) (पहिलो संशोधन) नियमहरू, २०८० २०८०।१०।२५
नेपाल एजेन्सी ऐन, २०१४ अन्तर्गत समय समयमा बनी जारी भएका नियमहरूलाई संशोधन र एकीकरण गर्नु वाञ्छनीय भएकोले सो ऐनको दफा १० ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले देहायका नियमहरू बनाएकोछः-
१. संक्षिप्त नाम, र प्रारम्भः- (१) यी नियमहरूको नाम “एजेन्सी (संशोधन र एकीकरण) नियमहरू, २०१९” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाः- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा – (क) “ऐन” भन्नाले नेपाल एजेन्सी ऐन, २०१४ सम्झनु पर्छ । (ख) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।
३. दरखास्त दिनेः एजेन्ट हुन चाहने व्यक्तिले एजेन्टमा आफ्नो नाम दर्ता गराउन ऐनको दफा ४ बमोजिम दरखास्त दिँदा दरखास्त दस्तुर बापत एक सय रुपैयाँ बुझाई देहायका विवरण तथा कागजातको प्रमाणित प्रति संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिदेशक समक्ष दिनु पर्नेछः- (क) फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, (ख) सञ्चालकको नागरिकताको प्रमाणपत्र, (ग) स्थायी लेखा नम्बर, (घ) कर चुक्ता प्रमाणपत्र, (ङ) एजेन्सी लिने र दिने बीचको सम्झौतापत्र,
(च) वस्तु वा सेवाको क्याटलग र स्पेसिफिकेशन, (छ) अनुसूची-१क. बमोजिमको मूल्य विश्लेषण ढाँचा, (ज) अधिकतम खुद्रा मूल्य सूची, (झ) वस्तु वा सेवाको खरिद मूल्य जनाउने प्रोफर्मा बीजक।
७४. एजेन्सी दर्ता, दस्तुर र धरौटी : (१) नियम ३ बमोजिम प्राप्त दरखास्त जाँचबुझ गर्दा एजेन्सी दर्ता गर्ने मनासिब देहाय बमोजिमको दर्ता दस्तुर लिई एजेन्सी दर्ता गरी दिनु पर्नेछः-
(२) उपनियम (१) बमोजिम एजेन्सी दर्ता गर्दा फर्म वा कम्पनीले चुक्ता पूँजीको शून्य दशमलव पाँच प्रतिशत रकम धरौटी वापत बैंक दाखिला गरी दिनु पर्नेछ।
(३) यो नियम प्रारम्भ हुनुअघि दर्ता भएको एजेन्सीले यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र उपनियम (२) बमोजिमको धरौटी रकम दाखिला गरेको निस्सा पेश गरेपछि मात्र नवीकरण गरी दिनु पर्नेछ।
(४) कुनै फर्म वा कम्पनीले कुनै एक स्वदेशी वा विदेशी कम्पनीसँग जति वटा वा जुनसुकै मोडलको वस्तु वा सेवाको एजेन्सी सम्झौता गरेको भए तपनि सो व्यहोरा एकै दर्ता प्रमाणपत्रमा उल्लेख गरी दर्ता गर्न सकिनेछ।
(५) एक पटक जारी भएको प्रमाणपत्रमा कुनै वस्तु वा सेवा थप्नु परेमा उपनियम (२) बमोजिमको धरौटी रकम बराबरको दस्तुर लिई त्यस्तो वस्तु वा सेवा थप गरिदिन सकिनेछ।
(६) यस नियम बमोजिम एजेन्सी दर्ता गर्दा अनुसूची-१ख. बमोजिमको ढाँचामा प्रमाणपत्र प्रदान गरिनेछ।
५. रजिष्टर्ड एजेन्सीको अवधि, नवीकरण र दस्तुरः- (१) कुनै एजेन्सीको अवधि पाँच वर्षमा नबढ्ने गरी एजेन्सी लिने र दिने बीचको सम्झौतामा उल्लेख भएको अवधिसम्म बहाल रहनेछ । आफ्नो एजेन्सीको रजिष्ट्रेशन नवीकरण गर्न चाहने व्यक्तिले अवधि समाप्त हुन अगावै नियम ३ मा तोकिएको अधिकारी छ觉得自己 दरखास्त दिई त्यस्तो रजिष्ट्रेशन नवीकरण गराई लिनुपर्दछ । $\Delta$
(२) एजेन्सीको दर्ता कायम राख्न चाहने व्यक्तिले उपनियम (१) बमोजिमको अवधि समाप्त हुनुभन्दा पन्ध्र दिन अगावै एजेन्सीको दर्ता नवीकरण गर्न दरखास्त दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम दरखास्त प्राप्त भएमा नियम ४ को उपनियम (१) बमोजिम लाग्ने रजिष्ट्रेशन दस्तुरको दश प्रतिशतका दरले हुन आउने रकम लिई एजेन्सी लिने र दिने बीचको सम्झौताको अधीनमा रही पाँच वर्षसम्मका लागि नवीकरण गरिदिनु पर्नेछ।
६. फाँटवार पेश गर्नुपर्नेः- यी नियमहरू प्रारम्भ भएपछि हरेक रजिष्टर्ड एजेन्टले आफूले गरेको कारोवारको अनुसूची २ बमोजिम फाँटवार प्रत्येक आर्थिक वर्षको पुस मसान्तसम्मको माघ महिनाको पन्ध्र गतेभित्र र असार मसान्तसम्मको साउन महिनाको पन्ध्र गतेभित्र नियम ३ मा तोकिएको अधिकारी छ觉得自己 पेश गर्नुपर्छ ।
७. एजेन्सी नामसारी गर्नेः- (१) कुनै रजिष्ट्रड एजेन्टबाट चलाइएका एजेन्सीको काम आफ्नो नाममा नामसारी गर्न लिन चाहने व्यक्तिले सो रजिष्टर्ड एजेन्टको र एजेन्सी दिने कम्पनीको मन्जुरको लिखित सहमति राखी नियम ३ मा तोकिएको अधिकारी छ觉得自己 दरखास्त दिनुपर्छ । दरखास्त साथै
$^v$ पहिलो संशोधनद्वारा संशोधित। $^\Delta$ पहिलो संशोधनद्वारा खिकिएको। $^\delta$ पहिलो संशोधनद्वारा थप।
$^{९}$नामसारी दस्तुर बापत रजिष्ट्रेशन दस्तुर बराबरको रकम दाखिल गर्नु पर्छ । दरखास्त दस्तुर भन्ने लाग्ने छैन ।
$^{४}(२) ............$
८. खारेजी:- एजेन्सी दस्तुर नियम,२०१५ र एजेन्सी दस्तूर (प्रथम संशोधन) नियम, २०१८ खरीज गरिएको छ ।
$^{४}$ पहिलो संशोधनद्वारा थप । $^{५}$ पहिलो संशोधनद्वारा खिकिएको ।
अनुसूची–१ (नियम ३ सम्बन्धित)
श्री महानिदेशक, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, ........., नेपाल ।
महोदय,
म । हामीले फर्मसँग लिएको एजेन्सीको छोटकरी विवरण तल खुलाई सो फर्मको एजेन्ट भएको (सक्कल) नक्कल यसैसाथ पेश गर्दछु । (छौं) उक्त फर्मको एजेण्ट भई काम गर्दा शर्त वा नाउ फेरिएमा तुरुन्तै सूचना गर्नेछु । (छौं) आफुले लिएको एजेन्सीका मालहरूको आएको, बिक्री भएको, मौज्दात रहेको तथा तिनको दर नाउको फाँटवारी तीन महिनामा तपार्इँ छौ पेश गर्नेछु । (छौं) माल बिक्री गर्दा आफूले पाएको कमिशन रिबेट र नेपाल सरकारबाट तोकिएको भन्दा बढी मुनाफा नलिई बिक्री गर्नेछु । (छौं) । फर्मसँग भएको एजेण्टको शर्त बमोजिम काम गर्न रजिष्टर्ड एजेण्टमा नाम दर्ता गराई पाई नेपाल कानुन बमोजिम कामकाज गर्नेछु । (छौं) ।
एजेन्सी दिने फर्मको नाम र ठेगाना एजेन्सी पाएको मालको छोटकरी विवरण एजेन्सीको इलाका एजेण्ट वा एजेन्सीको नाम एजेन्सी वा एजेन्सीको ठेगाना एजेण्ट वा एजेन्सीको धनी । धनीहरूको नाम
निवेदक
लेखात्मक सहि लेखात्मक सहि (दुवै हातको बूढी औँलाको) (क) दायाँ (ख) बायाँ
अनुसूची १क. (नियम ३ को खण्ड (छ) सँग सम्बन्धित) मूल्य विश्लेषण ढाँचा
मिति:........... एजेन्सीको नाम: एजेन्सीको ठेगाना:
$^8$ पहिलो संशोधनद्वारा रुपान्तरण गरिएको।
एजेन्सीको छाप: $\quad$ प्रोप्राइटरको:- $\quad \quad \quad \quad \quad$ दस्तखत: $\quad \quad \quad \quad \quad$ नाम, थर: $\quad \quad \quad \quad \quad$ मोबाइल नम्बर र इमेल:
अनुसूची-१ख. (नियम ४ को उपनियम (६) सँग सम्बन्धित)
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग एजेन्सी दर्ताको प्रमाणपत्र
ए.द.नं. ....... मिति: ...................
देहायको विवरण भएको एजेन्सीलाई संवत् २०....... साल ........... महिना ............. गते रोज ....... मा नेपाल एजेन्सी ऐन, २०१४ तथा एजेन्सी (संशोधन र एकीकरण) नियमहरु, २०१९ बमोजिम एजेन्सी दर्ता गरी यो प्रमाणपत्र प्रदान गरिएको छः-
एजेन्सीको पूरा नाम: एजेन्सीको पूरा ठेगाना: एजेन्सीको पूँजी: एजेन्सीको उद्देश्य: एजेन्सीको कारोवार वा कामको विवरण: एजेन्सी दिनेको नाम: एजेन्सी दिनेको पूरा ठेगाना: एजेन्सी दिने र लिने बीचको सम्झौतापत्रको मिति: एजेन्सी सम्झौता बहाल रहने मिति र क्षेत्रः एजेन्सी सम्झौता गरिएको वस्तु वा सेवाको मोडेल वा ब्राण्डको विवरणः
..................................... (प्रमाणित गर्ने अधिकृत)
⁸ पहिलो संशोधनद्वारा रुप परिवर्तन गरिएको।
नवीकरण सम्बन्धी विवरण: एजेन्सीको नाम: ठेगाना:
५अनुसूची-२ (नियम ६ सँग सम्बन्धित) कारोबारको अर्धवार्षिक फाँटवारी
श्री ......................... विभाग .................., नेपाल।
यस ............................................... एजेन्सीको आ.व. ....../.......... को ………. साल ....... देखि ....... मसान्तसम्मको कारोबारको फाँटवारी देहाय बमोजिम पेश गरेको छ :-
१. एजेन्सीको विवरण:- (क) एजेन्सी दर्ता नम्बरः (ख) एजेन्सीको पूरा नाम: (ग) एजेन्सीको ठेगाना: (घ) एजेन्सी धनीको नाम: (ङ) एजेन्सी धनीको ठेगाना:
२. कारोबारको विवरण:
माथि लेखिए बमोजिमको विवरण ठीक साँचो हो, फरक पारी लेखिएको ठहरे प्रचलित कानून बमोजिम सहल सहनु बुझाउँला।
प्रोप्राइटरको,- दस्तखत: एजेन्सीको छापः नाम, थर: मोबाइल नम्बर र इमेलः
$^५$पहिलो संशोधनद्वारा संशोधित।