कर्जा सुरक्षण नियमावली, २०७५
नेपाल राजपत्रमा प्रकाशित मिति २०७५।०३।३१
संशोधन १. कर्जा सुरक्षण (पहिलो संशोधन) नियमावली, २०७५ २०७६।०१।३० २. कर्जा सुरक्षण (दोस्रो संशोधन) नियमावली, २०७७ २०७७।०६।२६ ३. कर्जा सुरक्षण (तेस्रो संशोधन) नियमावली, २०७९ २०७९।१०।०२ ४. कर्जा सुरक्षण (चौथो संशोधन) नियमावली, २०८० २०८०।०५।२८
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद - १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “कर्जा सुरक्षण नियमावली, २०७५” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ सम्झनु पर्छ। (ख) “ऋणी” भन्नाले सदस्य संस्थाबाट कर्जा प्राप्त गरी कोषको कर्जा सुरक्षण कार्यक्रममा सहभागी व्यक्ति सम्झनु पर्छ। (ग) “कर्जा” भन्नाले पशुधन खरिद, लघुवित्त तथा विपन्न वर्ग, साना तथा मझौला उद्यम वा कृषि कर्जा कार्यक्रम अन्तरगत नेपाल सरकारले तोकेको क्षेत्रमा सदस्य संस्थाले प्रवाह गरेको कर्जा सम्झनु पर्छ।
(घ) “कोषको कार्यालय” भन्नाले ऐनको दफा ३ को उपदफा (२) बमोजिम स्थापना भएको कोषको केन्द्रीय कार्यालय सम्झनु पर्छ र सो शब्दले कोषका अन्य कार्यालयलाई समेत जनाउँछ।
(ङ) “ठूला पशुधन” भन्नाले गाई, याक, झोपा, बाच्छी (कोरेली), भैंसी, पाडी, साँढे, राँगो, गोरु, घोडा, घोडी, खच्चड, गधा जस्ता अन्य ठूला पशुधन सम्झनु पर्छ।
(च) “पशुधन” भन्नाले गाई, याक, झोपा, बाच्छी (कोरेली), भैंसी, पाडी, साँढे, राँगो, गोरु, घोडा, घोडी, खच्चड, गधा, बोका, बाख्रा, भेडा, भेडी, च्याङ्ग्रा, बङ्गुर जस्ता पशुधन सम्झनु पर्छ।
(छ) “पशुपालक कृषक” भन्नाले दुग्ध उत्पादन, प्रजनन् र मासु उत्पादनको लागि पशुपालन व्यवसाय गर्ने कृषक सम्झनु पर्छ।
(ज) “पशु सेवा कार्यालय” भन्नाले नेपाल सरकार, प्रदेश तथा स्थानीय तहको पशु सेवा कार्यालय सम्झनु पर्छ र सो शब्दले पशु स्वास्थ्य केन्द्र वा उपकेन्द्रलाई समेत जनाउँछ।
(झ) “प्राकृतिक विपद्” भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू-स्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलाहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो वा यस्तै अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपद् सम्झनु पर्छ।
(ञ) “प्राविधिक” भन्नाले पशु स्वास्थ्य सम्बन्धी विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट दिइने कम्तीमा तीन महिनाको तालिम प्राप्त व्यक्ति सम्झनु पर्छ।
(ट) “ब्रिडर कृषक” भन्नाले उन्नत तथा गुणस्तरयुक्त नस्लका पशुधन आधुनिक तरिकाले उत्पादनको लागि प्रजनन् कार्यमा प्रयोग गरिने पशुधन पालन गर्ने कृषक सम्झनु पर्छ।
(ठ) “सदस्य संस्था” भन्नाले कोषसँग सम्झौता गर्ने इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था तथा वित्तीय मध्यस्थ गर्ने संस्था सम्झनु पर्छ।
(ड) “साना पशुधन” भन्नाले बोका, बाख्रा, भाख्रा, भेडा, भेडी, च्याङ्ग्रा, बङ्गुर जस्ता साना पशुधन सम्झनु पर्छ।
(ढ) “सुरक्षणकर्ता” भन्नाले सदस्य संस्थाबाट कर्जा लिई खरिद गरेको पशुधन कोषमा सुरक्षण गराउने पशुपालक कृषक वा ब्रिडर कृषक सम्झनु पर्छ।
(ण) “सुरक्षित पशुधन” भन्नाले सुरक्षणकर्ताले सुरक्षण गराएको पशुधन सम्झनु पर्छ।
(त) “सुरक्षण रकम” भन्नाले सदस्य संस्थाले नियम ९ बमोजिम गरेको पशुधनको सुरक्षण रकम वा नियम ३६, ३७, ३८, ३९ र ३९क. बमोजिमको व्यवस्थामा प्रवाह गरेको कर्जा रकम र सोको सीमामध्ये जुन कम हुन्छ सो रकम सम्झनु पर्छ।
(थ) “सुरक्षण लेख” भन्नाले नियम ८ को उपनियम (२) बमोजिम कोषले जारी गरेको सुरक्षण लेख सम्झनु पर्छ।
(द) “सङ्केत पट्टि” भन्नाले सुरक्षण गरिएको पशुधनलाई लगाइने नियम ६ बमोजिम कोषले उपलब्ध गराएको सङ्केत नम्बर अंकित धातु वा प्लास्टिकको “सङ्केत पट्टि (ट्याग)” सम्झनु पर्छ र सो शब्दले सुरक्षण गरिएको पशुधनको पहिचान स्थापित गर्ने विद्युतीय उपकरणलाई समेत जनाउँछ।
परिच्छेद - २ पशुधनको सुरक्षण
३. सम्झौता गर्नु पर्ने: सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जाबजेट ऋणीले खरिद गरेका पशुधनको यस नियमावली बमोजिम सुरक्षण गर्नु पूर्व कोषसँग अनुसूची -१ बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ।
४. पशुधन सुरक्षण गराउनु पर्ने: सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जाबजेट ऋण लिई खरिद गरेका पशुधनको अनिवार्य रुपमा सुरक्षण गराउनु पर्नेछ।
५. स्वास्थ्य परीक्षण गराउनु पर्ने: (१) सदस्य संस्थाबाट कर्जा लिई पशुधन खरिद गरेको ऋणीले कर्जा लिएको पैंतीस दिनभित्र आफूले खरिद गरेको पशुधनको सम्बन्धित पशु सेवा कार्यालय वा कोषले तोकेको प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पशुधनको स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो पशुधन स्वस्थ वा रोगी जे देखिन्छ सोही व्यहोरा खुलाई त्यस्तो पशुधनको स्वास्थ्य परीक्षण गर्ने प्राविधिकले सम्बन्धित ऋणीलाई अनुसूची -२ बमोजिमको ढाँचामा स्वास्थ्य परीक्षण प्रमाणपत्र प्रदान गर्नु पर्नेछ।
६. सङ्केत पट्टि लगाउनु पर्ने: (१) नियम ५ बमोजिम स्वास्थ्य परीक्षण गर्दा त्यस्तो पशुधन स्वस्थ र निरोगी प्रमाणित भएमा स्वास्थ्य परीक्षण गर्ने प्राविधिकले त्यस्तो पशुधनलाई कोषले उपलब्ध गराएको सङ्केत पट्टि लगाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सुरक्षित पशुधनलाई लगाइएको सङ्केत पट्टि यस नियमावली बमोजिम त्यस्तो पशुधन सुरक्षणमा रहे सम्म शक्कि हुँदैन।
(३) कुनै कारणले सुरक्षणको अवधि समाप्त नहुँदै त्यस्तो पशुधनको सङ्केत पट्टि हराएमा वा नष्ट भएमा पशुधनीले सम्बन्धित प्राविधिक, सदस्य संस्थाको प्रतिनिधि वा सामूहिक जमानी अन्तर्गत खरिद गरी सुरक्षण गरिएको पशुधनको हकमा त्यस्तो समूहको अध्यक्षलाई सो कुराको जानकारी गराई त्यस्तो पशुधनलाई तत्कालै अर्को सङ्केत पट्टि लगाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम सुरक्षित पशुधनलाई पुनः सङ्केत पट्टि लगाएको भए सम्बन्धित सुरक्षणकर्ताले सोको जानकारी सदस्य संस्था मार्फत कोषलाई दिनु पर्नेछ।
• पहिलो संशोधनद्वारा संशोधित।
(५) उपनियम (३) बमोजिम पशुधनलाई सङ्केत पट्टि लगाइ सकेपछि त्यसअघि इरिएको सङ्केत पट्टि फेला परेमा सुरक्षणकर्ताले त्यस्तो सङ्केत पट्टि सम्बन्धित सदस्य संस्था वा कोषमा बुझाउनु पर्नेछ।
७. विवरण पेश गर्नु पर्ने: सदस्य संस्थाबाट कर्जा लिई पशुधन खरिद गरेका ऋणीले त्यसरी खरिद गरेको पशुधन सुरक्षणको लागि सम्बन्धित सदस्य संस्थामा देहायका विवरण कागजात पेश गर्नु पर्नेछ र त्यस्तो विवरण वा कागजात विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिनेछ:-
(क) ऋणीले कर्जा लिँदाको बखत सदस्य संस्थामा पेश गरेको अनुसूची - ३ बमोजिमको ढाँचाको सहमतिपत्रको प्रमाणितप्रतिलिपि,
(ख) नियम ५ को उपनियम (२) बमोजिमको स्वास्थ्य परीक्षण प्रमाणपत्र,
(ग) नियम ६ बमोजिम पशुधनलाई सङ्केत पट्टि लगाएको निस्सा,
(घ) ब्रिडर कृषकको हकमा सम्बन्धित पशु सेवा कार्यालयले निज ब्रिडर कृषक भएको व्यहोरा प्रमाणित गरिदिएको कागजात,
(घ१) अनुसूची-३क. बमोजिमको ढाँचामा पशुधनको विवरण।
(ङ) पशुको प्रजनन् सम्बन्धी प्रस्तावित परियोजना वा स्कीम।
८. सुरक्षण लेख जारी गर्ने: (१) नियम ७ बमोजिम पशुधन सुरक्षणको लागि प्राप्त विवरण कागजात जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सदस्य संस्थाले त्यस्तो पशुधनको सुरक्षण लेख जारी गरी साठी दिनभित्र कोषमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएमा कोषले आवश्यक जाँचबुझ गरी मनासिब देखिएमा नव्वे दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्नु पर्नेछ। यसरी जारी भएको सुरक्षण लेख सदस्य संस्थालाई विद्युतीय माध्यमबाट समेत उपलब्ध गराउन सकिनेछ।
(३) उपनियम (२) बमोजिम सुरक्षण लेख जारी गर्दा कोषले प्रत्येक पशुधनको लागि अनुसूची-४ बमोजिम छुट्टाछुट्टै सुरक्षण लेख जारी गर्नु पर्नेछ।
(४) उपनियम (२) बमोजिम जारी गरिएको सुरक्षण लेखको एक प्रति कोषले सम्बन्धित सुरक्षणकर्तालाई र अर्को एक प्रति सम्बन्धित सदस्य संस्थालाई उपलब्ध गराउनु पर्नेछ।
(५) कुनै ऋणीले नियम ५ को उपनियम (१) बमोजिम पैंतीस दिनभित्र पशुधनको स्वास्थ्य परीक्षण गराउन नसकेमा वा सदस्य संस्थाले उपनियम (१) बमोजिम तोकिएको अवधिभित्र सुरक्षण लेख जारी गराको लागि कोषमा विवरण पठाउन नसकेमा त्यस्तो ऋणी वा सदस्य संस्थाको अनुरोधमा प्रमुख कार्यकारी अधिकृतले स्वास्थ्य परीक्षण गराउन वा सुरक्षण लेख जारी गर्ने गरी विवरण पठाउन बढीमा पैंतीस दिनको अवधि थप गरिदिन सक्नेछ।
९. पशुधनको सुरक्षण रकमको सीमा: सदस्य संस्थाबाट कर्जा लिई खरिद गरेको पशुधनको सुरक्षण हुने रकमको सीमा अनुसूची-४क. मा उल्लेख भए बमोजिम हुनेछ।
१०. पशुधनको उमेर र सङ्ख्या: (१) कोषले चार वर्षभन्दाको उमेर भएका साना पशुधन र दुई वर्षदेखि एघार वर्षभन्दाको उमेर भएका ठुला पशुधनको मात्र यस नियमावली बमोजिम सुरक्षण गर्नेछ।
(२) कोषले देहायको प्रयोजनको लागि ऋणीले खरिद गरेको पशुधनको देहाय बमोजिमको सङ्ख्यामा मात्र सुरक्षणको लेख जारी गर्नेछ:-
(क) प्रजनन्को लागि खरिद गरिएका पाँच पाँच वटासम्म साँढे, राँगो, बोका, भेडा, च्याङ्ग्रा वा बङ्गुर,
(ख) टँगा व्यवसायको लागि खरिद गरिएका पाँच पाँच वटासम्म घोडा वा घोडी,
(ग) जालको लागि खरिद गरिएका छ छ वटासम्म गोरु वा राँगा।
(३) उपनियम (२) मा लेखिए देखि बाहेक अन्य पशुधनको सुरक्षण गर्दा सङ्घको सीमा लाग्ने छैन ।
११. सुरक्षण शुल्क: (१) यस नियमवली बमोजिम पशुधन सुरक्षण गराउँदा सुरक्षणकर्ताले त्यस्तो पशुधनको कुल सुरक्षण रकमको * पाँच प्रतिशतले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषलाई बुझाउनु पर्नेछ ।
$\text{Ѡ}$ (२) उपनियम (१) बमोजिमको वार्षिक सुरक्षण शुल्कमा नेपाल सरकारले कोष मार्फत अनुदान उपलब्ध गराउने व्यवस्था गरेकोमा त्यसरी उपलब्ध गराइएको अनुदान बापतको रकम घटाई वार्षिक सुरक्षण शुल्कको बाँकी रकम सम्बन्धित ऋणीको तर्फबाट सदस्य संस्थाले कोषलाई अग्रिम रुपमा भुक्तानी गर्नेछ ।
(३) उपनियम (२) बमोजिम सुरक्षण शुल्क लिँदा कोषले कर्जा भुक्तानी गर्ने अन्तिम वर्षको हकमा कर्जा नतिर्ने अवधि तीन महिना वा सोभन्दा कम बाँकी भएमा छ महिनाको र छ महिनाभन्दा बढी अवधि बाँकी भएमा एक वर्षको सुरक्षण शुल्क लिनेछ ।
(४) उपनियम (१) बमोजिम ऋणीले कोषलाई बुझाउनु पर्ने वार्षिक सुरक्षण शुल्क निर्ले अनुसूची-३ बमोजिमको सहमतिपत्रमा उल्लेख गरे बमोजिम आफैँले वा सदस्य संस्था मार्फत $\Omega$ पशुधनको स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र दिनदिनित्र अनिवार्य रुपमा कोषमा बुझाउनु पर्नेछ ।
१२. सुरक्षण लेखको प्रतिलिपिको मान्यता: यस नियमवली बमोजिम सुरक्षणकर्तालाई प्रदान गरिएको कुनै सुरक्षण लेखको सक्कल प्रति च्यातिएमा, हराएमा वा कुनै कारणले नष्ट भएमा कोष वा सदस्य संस्थामा रहेको सुरक्षण लेखको सक्कलबाट छायाँप्रति उतारी कैफियत दर्जाई कोष वा सदस्य संस्थाको अधिकार प्राप्त अधिकारीले प्रमाणित गरी सम्बन्धित सुरक्षणकर्ता वा सदस्य संस्थालाई उपलब्ध गराउनु पर्नेछ । त्यसरी उपलब्ध गराइएको प्रतिलिपिलाई नियम ८ बमोजिम जारी भएको सक्कल सुरक्षण लेख सरह मानिनेछ ।
* दोस्रो संशोधनद्वारा संशोधित । $\text{Ѡ}$ चौथो संशोधनद्वारा संशोधित । $\Omega$ तेस्रो संशोधनद्वारा थप ।
१३. सुरक्षण लेख हस्तान्तरण नहुने: सुरक्षणकर्ताले सुरक्षित पशुधन बिक्री गरी वा अन्य कुनै प्रकारले हक छाडी दिएमा त्यस्तो पशुधनको सुरक्षण लेख हस्तान्तरण हुने छैन ।
१४. सुरक्षण लेख रद्द हुने: (१) देहायको अवस्थामा सुरक्षण लेख स्वतः रद्द हुनेछ:-
(क) सुरक्षण लेखको अवधि समाप्त नहुँदै सुरक्षित पशुधन बिक्री गरेमा वा अन्य कुनै किसिमले हक छाडी दिएमा,
(ख) सुरक्षित पशुधन हराएको वा चोरी भएको कारणबाट सुरक्षण कर्ताको संरक्षणमा नरहेमा,
(ग) ऋणीले लिएको कर्जाको अन्तिम भुक्तानी मिति अगावै सम्पूर्ण कर्जा चुक्ता गरेमा ।
(२) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणीले सोही सदस्य संस्थाबाट लिएको अन्य कुनै किसिमको कर्जा चुक्ता गर्न बाँकी रहे छ भने ऋणीले सो व्यहोरा सदस्य संस्थामाफात कोषलाई जानकारी गराएमा कोषले सो सुरक्षण लेखमा उल्लेखित कर्जा भुक्तानी गर्नु पर्ने अन्तिम मितिसम्म कायममै राख्न सक्नेछ ।
१५. पहिले खरिद भएका पशुधनको सुरक्षण हुन सक्ने: यो नियमवली प्रारम्भ हुनुभन्दा एकनब्बे दिन अघिसम्म सदस्य संस्थाबाट कर्जा लिई खरिद गरिएका पशुधन सुरक्षण गराउनका लागि ऋणीले यस नियमवली बमोजिमको प्रक्रिया पूरा गरी सदस्य संस्थामाफात कोषलाई अनुरोध गरेमा कोषले त्यस्ता ऋणीको पशुधनको यस नियमवली बमोजिम सुरक्षण गर्न सक्नेछ ।
१६. नयाँ पशुधनको सुरक्षण गर्न सकिने: (१) सदस्य संस्थाले ऋणीको अनुरोधको आधारमा ऋणीलाई ऋण भुक्तानी अवधि समाप्त नहुँदै सुरक्षित पशुधन बिक्री गरी सोको सट्टामा नयाँ पशुधन खरिद गर्न स्वीकृति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै ऋणीले कोषको स्वीकृतिमा सुरक्षित पशुधन बिक्री गरी नयाँ पशुधन खरिद गरेमा कोषले त्यस्तो नयाँ पशुधनको देहायको अवस्थामा सुरक्षण गर्न सक्नेछ:-
(क) ऋणीले सदस्य संस्थाबाट स्वीकृती प्राप्त गरेको मितिले सात दिनभित्र नयाँ पशुधन खरिद गरेमा,
(ख) पशुधन खरिद गरेको सात दिनभित्र सदस्य संस्थालाई लिखित जानकारी दिएमा,
(ग) नियम ११ बमोजिमको सुरक्षण शुल्क बुझाएमा,
(घ) नयाँ पशुधन खरिद गरेको पैंतीस दिनभित्र स्वास्थ्य परीक्षण गराई नियम ६ बमोजिम सङ्केत पट्ट लगाएमा।
(३) ऋणीले उपनियम (१) बमोजिम स्वीकृति लिई खरिद गरेको पशुधन सुरक्षणको लागि उपनियम (२) बमोजिमको प्रक्रिया पूरा गरेको प्रमाण सहित सम्बन्धित सदस्य संस्था समक्ष निवेदन दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम निवेदन परेमा सदस्य संस्थाले आवश्यक जाँचबुझ गरी निवेदन परेको पन्ध्र दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गरी कोषसमक्ष लेखी पठाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम लेखी आएमा कोषले सुरक्षण लेख जारी गर्ने मितिसम्ममा ऋणीको कर्जा खातामा बाँकी रहेको सावाँ र ब्याज रकम वा सुरुको सुरक्षण लेखमा अंकित सुरक्षण रकममध्ये जुन कम हुन्छ सोही रकम उल्लेख गरी कर्जा भुक्तानीको बाँकी अवधिभसम्मको लागि सुरक्षण लेख जारी गर्नु पर्नेछ।
१७. बैङ्क तथा वित्तीय संस्थाले पशुधन सुरक्षण गराउन सक्ने: (१) कोषको सदस्य नरहेको बैङ्क तथा वित्तीय संस्थाले कोषको स्वीकृती लिई कुनै फर्म वा व्यक्तिलाई दशलाख रुपैयाँ वा सोभन्दा बढी लगानी गरी खरिद गरिएका उन्नत गाई वा भैंसीको यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी सुरक्षण गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम खरिद गरिएका पशुधनको सुरक्षण प्रक्रिया, क्षतिपूर्ति दाबी लगायतका सुरक्षण सम्बन्धी सम्पूर्ण कुराको जिम्मेवारी त्यस्ता पशुधनमा लगानी गर्ने सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको हुनेछ।
(३) यस नियम बमोजिम सुरक्षण गरिने पशुधनको स्वास्थ्य परीक्षण गर्ने, सङ्केत पट्टि लगाउने, पशुधनको मृत्यु प्रमाणपत्र जारी गर्ने र पशुधनको अनुत्पादक प्रमाणपत्र जारी गर्ने जस्ता कार्य सम्बन्धित पशु सेवा कार्यालय वा सो सम्बन्धी कार्य गर्ने कार्यालयको प्राविधिक वा प्रचलित कानून बमोजिम कम्तीमा “घ” श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रूपमा दर्ता भएका व्यक्तिमध्येबाट कोषले तोकेको प्राविधिकबाट गराउनु पर्नेछ।
१८. सुरक्षण लेखको निरन्तरता: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पशु प्रजनन्को फार्ममा सञ्चालन गर्ने ब्रिडर कृषकले सुरक्षित पशुधनको सुरक्षण लेखको अवधि समाप्त हुनु अगावै सदस्य संस्थाको पूर्व स्वीकृति लिएर पशुधन बिक्री गरी वा अन्य कुनै किसिमले हक छाडी दिएमा त्यस्तो पशुधन खरिद गर्ने वा हक प्राप्त गर्ने ब्रिडर कृषकले सो पशुधनको सुरक्षण लेखको बाँकी अवधिको लागि निरन्तरता दिन चाहेमा नियम ११ बमोजिमको सुरक्षण शुल्क सहितको नियम ७ को खण्ड (क) बमोजिमको सहमतिपत्र सम्बन्धित सदस्य संस्थामा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बिक्री गरी वा अन्य कुनै किसिमले हक छाडी दिएको पशुधनको सुरक्षण लेखलाई निरन्तरता दिन मनासिब देस खाएमा सदस्य संस्थाले त्यसरी हक छाडीदिएको मितिमा सुरक्षणकर्ताको कर्जा खातामा बाँकी देस खाएको कर्जा रकम (साबी र ब्याज) र सुरुको सुरक्षण लेखमा अंकित सुरक्षण रकममध्ये जुन कम हुन्छ सो रकमलाई पशुधनको संख्याले भाग गर्दा प्रति पशुधन हुन आउने रकमसम्मको हद कायम गरी त्यस्तो सुरक्षण लेखलाई बाँकी अवधिसम्म निरन्तरता दिन कोषमा लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम लेखी पठाउँदा सदस्य संस्थाले आफुले दिएको स्वीकृति पत्र, सुरक्षण शुल्क बुझाएको प्रमाण र ब्रिडर कृषकको सहमतिपत्र संलग्न गरी कोषमा पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा र व्यवहार जाँचबुझ गर्दा मनासिब देखेमा कोषले त्यस्तो सुरक्षण लेखलाई निरन्तरता दिई सोको जानकारी सात दिनभित्र सम्बन्धित सदस्य संस्थालाई दिनु पर्छ।
१९. पशुधन सुरक्षण सम्बन्धी विशेष व्यवस्था: (१) कोषले अनुरोध गरेमा सम्बन्धित पशु सेवा कार्यालयले पशुधन खरिद-बिक्री हुने ठाउँमा नै पशुधनको स्वास्थ्य परीक्षण र सङ्केत पट्टि लगाउन सकिने गरी आवश्यक व्यवस्था मिलाउनेछ।
(२) उपनियम (१) बमोजिम स्वास्थ्य परीक्षण गरी सङ्केत पट्टि लगाएको पशुपालक कृषकले त्यस्तो पशुधन गन्तव्य स्थानमा पुर्याएको मितिले सात दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गरिदिनको लागि नियम ११ बमोजिमको सुरक्षण शुल्क सहित सम्बन्धित सदस्य संस्था मार्फत कोषमा निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन कोषले जाँचबुझ गर्दा व्यवहार मनासिब देखेमा पन्ध्र दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्नु पर्छ।
२०. सुरक्षण लेख अवधि: यस नियमावली बमोजिम जारी भएको सुरक्षण लेखको अवधि नियम ११ बमोजिम वार्षिक रूपमा सुरक्षण शुल्क बुझाएको आधारमा सुरक्षित पशुधनलाई सङ्केत पट्टि लगाएको मितिदेखि कर्जाको अन्तिम भुक्तानी मितिसम्म कायम रहनेछ।
२१. सुरक्षण नहुने अवस्था: देहायका अवस्थामा पशुधनको सुरक्षण हुने छैन :-
(क) नियम ७ बमोजिमका विवरण कागजात पेश नभएमा, (ख) पशुधन रोगी र अस्वस्थ प्रमाणित भएमा, (ग) सुरक्षणको लागि प्रस्तावित पशुधन अन्यत्र सुरक्षण भइसकेमा, (घ) पशुधनको उमेर नियम १० को उपनियम (१) अनुरूप नभएमा।
२२. सुरक्षण शुल्क फिर्ता पाउने: पशुधनको सुरक्षण लेख जारी नहुँदै त्यस्तो पशुधन कुनै कारणले अस्वस्थ वा रोगी भएको प्रमाणित भएमा सम्बन्धित पशुपालक कृषक वा ब्रिडर कृषकले त्यस्तो पशुधनको सुरक्षण बापत सदस्य संस्थामा बुझाएको अग्रिम सुरक्षण शुल्क पूरै फिर्ता पाउनेछ।
२३. सुरक्षण लेख नवीकरण गर्नु पर्ने: सदस्य संस्थाले आफूले कर्जा प्रदान गरेको अन्तिम भुक्तानी मितिसम्म सम्पूर्ण कर्जा असूल उपर हुन नसक्ने देखमा व ऋणीले कर्जा चुक्ता गर्ने अवधि बढाउन अनुरोध गरेमा त्यस्तो सुरक्षण लेखको $\diamond$ म्याद समाप्त हुनु भन्दा $\text{\textbullet}$ सात दिन अगावै देहायका विवरण कागजात संलग्न गरी नवीकरणका लागि कोषमा लेखी पठाउनु पर्नेछ :-
(क) .............., (ख) नियम ११ बमोजिमको वार्षिक सुरक्षण शुल्क बुझाएको निस्सा, (ग) अनुसूची - ५ बमोजिमको ढाँचामा पशुधनको सुरक्षण विवरण।
२४. पशुधनको मृत्यु भएमा वा अनुत्पादक भएमा जानकारी दिनु पर्ने: सुरक्षणकर्ताले सुरक्षित पशुधनको मृत्यु भएमा सोको अठ्ठालिस घण्टाभित्र र पशुधन अनुत्पादक भएको वा अनुत्पादक भएको थाहा लागेमा तुरुन्त सम्बन्धित सदस्य संस्था र सम्बन्धित पशु सेवा कार्यालयको प्राविधिकलाई वा सामूहिक जमानी अन्तर्गत खरिद भई सुरक्षण भएका पशुधनको हकमा सम्बन्धित समूहको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ।
२५. मृत्यु प्रमाणपत्र जारी गर्ने: (१) नियम २४ बमोजिमको जानकारी प्राप्त भएमा सदस्य संस्थाले खटाएको कर्मचारी, सम्बन्धित प्राविधिक वा समूहको अध्यक्षले यथाशीघ्र मृत पशुधनको यकिन गरी अनुसूची -६ बमोजिमको ढाँचामा मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ।
(२) नियम १९ को उपनियम (१) बमोजिम खरिद-बिक्री स्थलमा नै सुरक्षण भएको पशुधन गन्तव्य स्थलमा पुग्दै बाटोमा मृत्यु भएमा सुरक्षणकर्ताले तत्कालै सम्बन्धित पशु सेवा कार्यालयका प्राविधिक वा कोषबजेट मञ्जुरि प्राप्त प्राविधिक समक्ष लिखित सूचना दिनु पर्नेछ। त्यस्तो सूचना प्राप्त भएपछि सम्बन्धित प्राविधिकले यथाशीघ्र त्यस्तो पशुधनको मृत्यु भएको स्थलमा गई जाँचि मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ।
$\diamond$ पहिलो संशोधनद्वारा संशोधित। $\text{\textbullet}$ तेस्रो संशोधनद्वारा संशोधित। $\square$ पहिलो संशोधनद्वारा खारेज गरिएको।
(३) गाई, घोडा, घोडी, खच्चड वा झोपाको नियम ७ को खण्ड (क) बमोजिमको सुरक्षण सहमतिपत्रमा उल्लिखित दैनिक हिड्ने मार्गमा मृत्यु भएमा सो स्थानको स्थानीय पशु सेवा कार्यालयको प्राविधिकले त्यस्तो मृत पशुधनको मृत्यु प्रमाण पत्र जारी गरिदिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम मृत्यु प्रमाण पत्र जारी गर्नु अघि सम्बन्धित प्राविधिकले सुरक्षित पशुधनको मृत्युको कारण खुलाई प्राकृतिक विपद् वा जंगली जनावरको आक्रमणको कारणबाट भएकोमा सम्बन्धित सदस्य संस्था र सामूहिक जमनी अन्तर्गत खरिद भई सुरक्षण भएक पशुधनको हकमा त्यस्तो समूहको अध्यक्ष समेतको रोहबरमा स्थानीय बासिन्दाबाट मुचुल्का गराउनु पर्नेछ।
२६. पशुधन अनुत्पादक भएको प्रमाण पत्र जारी गर्ने: पशु सेवा कार्यालयको प्राविधिक वा कोषले तोकेको प्राविधिकले सुरक्षण किताबको नियम २४ बमोजिम सुरक्षित पशुधन अनुत्पादक भएको लिखित जानकारी प्राप्त गरे पछि सो मितिले दुई महिनासम्म उक्त पशुधनलाई आफ्नो निगरानीमा राख्नु पर्नेछ। त्यसरी निगरानीमा राख्दा त्यस्तो पशुधन अनुत्पादक भएको ठहरिएमा अनुसूची-७ बमोजिमको ढाँचामा पशुधन अनुत्पादक प्रमाण पत्र जारी गर्नु पर्नेछ।
परिच्छेद - ३ सुरक्षित पशुधनको क्षतिपूर्ति दाबी
२७. मृत पशुधन क्षतिपूर्ति दाबी: (१) सुरक्षित पशुधनको मृत्यु भएको मितिले सात दिनभित्र सम्बन्धित सुरक्षणकर्ताले देहायका कागजात संलग्न गरी अनुसूची-८ बमोजिमको ढाँचामा मृत पशुधनको क्षतिपूर्ति दाबी गरी सम्बन्धित सदस्य संस्था मार्फत कोष समक्ष निवेदन दिनु पर्नेछ :-
(क) पशुधन सुरक्षण लेखको सक्कल प्रति, (ख) नियम २५ बमोजिम जारी गरिएको पशुधनको मृत्यु प्रमाण पत्र, (ग) नियम ६ बमोजिम सुरक्षित पशुधनलाई लगाइएको सङ्केत पट्टि।
(२) सुरक्षणकर्ताको मृत्यु भई वा अन्य कारणले उपनियम (१) बमोजिम क्षतिपूर्ति दाबी गर्न नसकेमा निजले इच्छाएको व्यक्ति, वारिस वा प्रचलित कानून बमोजिमको हकवालाले उपनियम (१) मा उल्लेखित कागजातहरुका अतिरिक्त आफू इच्छाएको व्यक्ति, वारिस वा हकवाला भएको प्रमाण समेत संलग्न गरी क्षतिपूर्ति दाबी गर्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम मृत पशुधिको क्षतिपूर्तिको दाबी सम्बन्धी निवेदन प्राप्त भएमा सदस्य संस्थाले पन्ध्र दिनभित्र त्यस्तो दाबी फछ्र्यौटका लागि कोषमा लेखी पठाउनु पर्नेछ।
(४) कोषले उपनियम (१) वा (३) बमोजिम सदस्य संस्थाबाट क्षतिपूर्ति दाबी सम्बन्धी सम्पूर्ण विवरण कागजात प्राप्त भएको पैंतीस दिनभित्र कोषले आवश्यक जाँचबुझ गरी यस नियमावली बमोजिमको क्षतिपूर्ति दाबी स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।
२८. पुनः दाबी गर्न सक्ने: (१) नियम २७ बमोजिम पेश गरेको क्षतिपूर्ति दाबी कोषले स्वीकृत नगरेमा सुरक्षणकर्ताले सोको जानकारी पाएको मितिबाट पैंतीस दिनभित्र त्यस्तो दाबी प्रमाणित गर्ने थप विवरण कागजात भए सो संलग्न गरी पुनः दाबीको लागि सदस्य संस्था मार्फत कोषमा अनुरोध गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम पुनः दाबीको लागि सदस्य संस्था मार्फत कोषमा अनुरोध आएमा कोषले प्राप्त विवरण कागजातको आधारमा त्यस्तो दाबी स्वीकृत गर्न सक्नेछ।
२९. क्षतिपूर्ति दाबी नलाग्ने अवस्था: सुरक्षित पशुधनोको देहावस्थामै क्षतिपूर्ति दाबी लाग्ने छैन :-
(क) निर्धारित अवधिभित्र दाबी प्रक्रिया पूरा नगरेको,
(ख) सुरक्षणकर्ताले सुरक्षित पशुधन उपरको हक कुनै कारणले छाडी दिएको वा त्यस्तो पशुधन हराएको वा चोरी भएको,
(ग) सुरक्षित पशुधनलाई माने उद्देश्यले घाइते बनाएको वा सुरक्षणकर्ता वा निजको एकघर पारिवारिक सदस्यको लापरवाहीले पशुधनोको मृत्यु भएको,
(घ) सुरक्षणकर्ताले सुरक्षण लेख अवधिभर निर्धारित म्यादभित्र बुझाउनु पर्ने नियम ११ बमोजिमको सुरक्षण शुल्क नबुझाएको,
(ङ) सुरक्षित पशुधनको शरीरमा लगाइएको सङ्केत पट्टि नभएको र हराएको भए सुरक्षणकर्ताले सोको जानकारी सम्बन्धित सदस्य संस्था, पशु सेवा कार्यालय वा कोषबाट मान्यता प्राप्त प्राविधिक र सामूहिक जमानी अन्तर्गत खरिद भएको पशुधनको हकमा समूहको अध्यक्षलाई लिखित रुपमा नदिएको,
(च) यस नियमावली बमोजिम क्षतिपूर्ति दाबीको लागि पेश गर्नु पर्ने सम्पूर्ण कागजात तथा प्रमाणहरु पेश नगरेको,
(छ) सुरक्षित पशुधनलाई जुन उद्देश्य र प्रयोजनमा प्रयोग गर्नु पर्ने हो सो अनुरूप प्रयोग नगरेको,
(ज) गाई, घोडा, घोडी, खच्चड वा झोपको नियम ७ को खण्ड (क) बमोजिमको सुरक्षण गर्ने सहमतिपत्रमा उल्लिखित मार्ग भन्दा अन्य मार्गमा चलाएको अवस्थामा मृत्यु भएको,
(झ) नियम २७ को उपनियम (१) वा नियम २८ को उपनियम (१) बमोजिमको अवधि भित्र दाबी वा पुनः दाबी नगरेको, वा
(ञ) कोषले निर्धारण गरेको अन्य विषय।
३०. पशुधनको क्षतिपूर्ति: कोषले सुरक्षित पशुधनको मृत्यु भएमा सोको क्षतिपूर्ति बापत सुरक्षण लेखमा उल्लिखित सुरक्षण रकमको नब्बे प्रतिशतले हुन आउने रकम सम्बन्धित सदस्य संस्था मार्फत सुरक्षणकर्तालाई प्रदान गर्नु पर्नेछ।
३१. अनुत्पादक पशुधनको क्षतिपूर्ति दाबी: नियम २६ बमोजिम पशुधन अनुत्पादक प्रमाणित भएको मितिबाट सात दिनभित्र सुरक्षणकर्ताले देहायका कागजातहरु संलग्न गरी सदस्य संस्था मार्फत कोषसमक्ष अनुसूची-९ बमोजिमको ढाँचामा क्षतिपूर्ति दाबी गर्नु पर्नेछ :-
(क) सुरक्षणकर्ताले सुरक्षित पशुधन अनुत्पादक भएको व्यहोरा "पशु सेवा कार्यालय वा सो सम्बन्धी कार्य गर्ने कार्यालयको प्राविधिक वा प्रचलित कानून बमोजिम कम्तीमा “घ” श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा दर्ता भएका व्यक्तिमध्येबाट कोषले तोकेको प्राविधिकलाई सूचना गरेको पत्रको प्रतिलिपी,
(ख) पशुधन सुरक्षण लेखको सक्कल प्रति,
(ग) नियम २६ बमोजिम जारी गरिएको सुरक्षित पशुधन अनुत्पादक भएको प्रमाणपत्र।
३२. अनुत्पादक पशुधनको क्षतिपूर्ति: नियम २६ बमोजिम सुरक्षित पशुधन अनुत्पादक भएको प्रमाणित भएमा कोषले त्यस्तो पशुधनको सुरक्षण लेखमा उल्लेखित सुरक्षण रकमको पचास प्रतिशतले हुने रकम सदस्य संस्था मार्फत सुरक्षणकर्तालाई क्षतिपूर्ति प्रदान गर्नु पर्नेछ।
३३. पारिश्रमिक: सुरक्षण गरिने पशुधनको स्वास्थ्य परीक्षण गर्ने, सङ्केत पट्टि लगाउने, मृत्यु प्रमाणित गर्ने तथा अनुत्पादक प्रमाणित गर्ने कार्य गरे बापत सम्बन्धित प्राविधिक, सम्बन्धित सदस्य संस्थाका कर्मचारी र सामूहिक जमानी अन्तर्गत खरिद भई सुरक्षण भएका पशुधनको हकमा समूहको अध्यक्षलाई कोषले ठूला पशुधन र साना पशुधनको लिंग फरक फरक हुने गरी पशुधनको सङ्ख्याको आधारमा समितिले निर्धारण गरेको दरले पारिश्रमिक दिनेछ।
३३क. एजेण्ट तोक्न सक्ने: (१) पशुधन सुरक्षण कार्यक्रमको बिक्री वितरण, बजार विस्तार र व्यवसाय प्रवर्द्धनका लागि देहायको योग्यता पुगेको व्यक्तिलाई कोषले प्रयोजन खुलाई आफ्नो एजेण्टको रुपमा काम गर्ने गरी तोक्न सक्नेछः-
(क) बैङ्क, वित्तीय संस्था, सहकारी संस्था वा बीमा सम्बन्धी कार्य गर्ने संगठित संस्थामा कम्तीमा तीन वर्ष कार्य गरेको वा प्रचलित कानून बमोजिम कम्तीमा “घ” श्रेणीको पशु स्वास्थ्य तथा पशु सेवा
व्यवसायीको रूपमा काम गर्ने गरी नेपाल सरकारबाट मान्यता प्राप्त निकायमा दर्ता भएको वा त्यस्तो निकायबाट इजाजत प्राप्त गरेको, (ख) कम्तीमा माध्यमिक शिक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, र (ग) कोषले सञ्चालन गरेको पशुधन सुरक्षण सम्बन्धी तालिममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको।
(२) उपनियम (१) बमोजिम तोकिएको एजेण्टलाई समितिले निर्धारण गरे बमोजिम कमिसन दिइनेछ। त्यसरी कमिसन निर्धारण गर्दा एजेण्टको कार्य सम्पादनको आधारमा निर्धारण गरिनेछ।
(३) उपनियम (१) बमोजिम तोकिएको एजेण्टको एजेन्सी बहाल रहने अवधि तीन वर्षको हुनेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम तोकिएको एजेण्टले ऐन तथा यस नियमावली विपरीतको काम कारबाही गरेमा वा कोषलाई हानि नोक्सानी पुऱ्याउने कुनै कार्य गरेमा नियमावली प्रमुख कार्यकारी अधिकृतले जुनसुकै बखत एजेण्ट हटाउन सक्नेछ।
(५) उपनियम (१) बमोजिम तोकिएको एजेण्टको काम, कर्तव्य र अधिकार कोषले निर्धारण गरे बमोजिम हुनेछ।
परिच्छेद - ४ कर्जा सुरक्षण सम्बन्धी व्यवस्था
३४. सम्झौता गर्नु पर्ने: (१) सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जा सुरक्षण गर्नको लागि कोषसँग अनुसूची-१० बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ।
(२) प्रचलित कानून बमोजिम सदस्य संस्थाहरू एक आपसमा गाभिएमा वा एकले अर्कोलाई प्राप्ति गरेमा त्यसरी गाभिए वा प्राप्ति पछि कायम भएको संस्थाको नाम परिवर्तन भएमा सो संस्थाले कोषसँग उपनियम (१) बमोजिम सम्झौता गर्नु पर्नेछ।
(३) प्रचलित कानून बमोजिम सदस्य संस्थाहरू एकआपसमा गाभिने, गाभिने वा एकले अर्कोलाई प्राप्ति गरेमा त्यसरी गाभिए वा प्राप्ति पछि कायम भएको नयाँ संस्थाले
उपनियम (२) बमोजिम सम्झौता गरेपर्नेछ त्यस्तो संस्थाले प्रवाह गर्ने कर्जा यस नियमावली बमोजिम कोषमा स्वतः सुरक्षण भएको मानिनेछ।
(३क) कोषको सदस्य नभएको कुनै बैङ्क वा वित्तीय संस्था कोषको कुनै सदस्य संस्थासँग गाभिएमा वा एकले अर्कालाई प्राप्ति गरेमा त्यसरी गाभिए वा प्राप्तिपछि कायम हुने संस्थाले यस नियमावली बमोजिम कोषसँग सम्झौता गरी सुरक्षण गराउनु पर्नेछ।
(४) यस नियममा अन्यत्र र्हुसुकै कुरा लेखिएको भए तापनि नेपाल राष्ट्र बैङ्कद्वारा समस्याग्रस्त घोषणा गरिएको वा सो बैङ्कले तोकेको पूँजी कोष कायम नगरेको बैङ्क तथा वित्तीय संस्थासँग कोषले यस नियमावली बमोजिम कर्जा सुरक्षण सम्झौता गर्ने छैन।
(५) एक सदस्य संस्थाले आफूले प्रवाह गरेको कर्जा आंशिक वा पूर्ण रुपमा अर्को सदस्य संस्थालाई बिक्री वा हस्तान्तरण गरेमा त्यस्तो कर्जा यस नियमावली बमोजिम कोषमा स्वतः सुरक्षण भएको मानिनेछ।
(६) सदस्य संस्थाले आफूले प्रवाह गरेको कर्जा आंशिक वा पूर्ण रुपमा कोषको सदस्य नभएको बैङ्क वा वित्तीय संस्थालाई बिक्री वा हस्तान्तरण गरेमा त्यस्तो कर्जा खरिद वा हस्तान्तरण गरी लिने संस्थाले यस नियमावली बमोजिम कोषसँग सम्झौता गरी सुरक्षण गराउन सक्नेछ।
३५. कर्जाको सुरक्षण: (१) कोषले नेपाल सरकारले लागू गरेको कर्जा कार्यक्रम अन्तर्गत धितो सुरक्षण नलिई सामूहिक जमानीमा वा चल अचल सम्पत्ति वा परियोजना धितोमा राखी सदस्य संस्थाले प्रवाह गरेको देहाय बमोजिमका कर्जाको सुरक्षण गर्नेछ:-
(क) लघु वित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रम, (ख) साना तथा मझौला उद्यम कर्जा, (ग) कृषि कर्जा कार्यक्रम अन्तर्गत व्यवसायमा ऋणीलाई प्रवाह गरेको सम्पूर्ण कर्जा, (घ) शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा,
६ चौथो संशोधनधरा थप।
$\theta$(ङ) निर्यात व्यवसाय अन्तर्गत ऋणीलाई प्रवाह भएको कर्जा।
$\chi$(२) ....................
(३) नेपाल सरकारले अनिवार्य रुपमा कर्जा प्रवाह गर्नु पर्ने भनी नेपाल राष्ट्र बैंक मार्फत बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएमा त्यसरी प्रवाह गरेको कर्जा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले अनिवार्य रुपमा कोषमा सुरक्षण गराउनु पर्नेछ।
$\delta$(४) उपनियम (१) बमोजिमका सुरक्षण कार्यक्रम बाहेक कोषको सुरक्षण कोषको आकार, कोषको वित्तीय स्रोत साधन, बजारको माग र आवश्यकता बमोजिम कोषले जलवायु परिवर्तन, नवप्रवर्तन, सूचना प्रविधि, सीप विकास तालिम वा प्रशिक्षण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय उर्जा, महिला उद्यमिता लगायतका कर्जा लगानीका क्षेत्र समेट्ने हुने गरी अन्य सुरक्षण कार्यक्रम लागू गर्न सक्नेछ।
$\delta$(५) उपनियम (४) बमोजिमको कार्यक्रमको सुरक्षण रकमको सीमा, वार्षिक सुरक्षण शुल्कको दर, दाबी भुक्तानी तथा असुली सम्बन्धी व्यवस्था समितिबाट स्वीकृत सुरक्षण योजनामा उल्लेख भए बमोजिम हुनेछ।
$\delta$(६) यस नियमावली बमोजिमका कर्जा सुरक्षण कार्यक्रमको विस्तार र प्रवर्द्धनका लागि कोषले प्रदेश सरकारको सम्बन्धित निकाय तथा स्थानीय तहको कार्यालयसँग आवश्यक सम्झौता गर्न सक्नेछ।
$\omega$३६. लघु वित्त तथा विपन्न वर्ग कर्जाको सुरक्षणः (१) कोषले लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत अनुसूची-११ को खण्ड (क) मा उल्लेखित व्यवसायमा सदस्य संस्थाले प्रवाह गरेको कर्जाको सुरक्षण सीमा नेपाल राष्ट्र बैंकले समय समयमा तोकेको सीमामा नबढ्ने गरी मन्त्रालयको स्वीकृतिमा समितिले निर्धारण गरे बमोजिम हुनेछ।
(२) सदस्य संस्थाले लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत प्रवाह हुने कर्जाको सुरक्षण गराउँदा त्यस्तो कर्जाको असार, असोज, पुस र चैत मसिन्तममा बाँकी रहेको
सावाँ र सोको ब्याज जोडी मन्त्रालयको स्वीकृतिमा समितिले निर्धारण गरे बमोजिमको दरले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम वार्षिक सुरक्षण शुल्क निर्धारण गर्दा सदस्य संस्थाको वित्तीय अवस्था, बजारको माग, त्यस्तो कर्जा सुरक्षण गर्न कुनै खर्च लाग्ने भए त्यसरी लाग्ने वास्तविक खर्च तथा सुरक्षण कार्यक्रममा अन्तर्निहित जोखिम समेतको आधारमा निर्धारण गर्नु पर्नेछ ।
(४) सदस्य संस्थाले लघुवित्त तथा विपन्न वर्ग कर्जा शीर्षक अन्तर्गत प्रवाह भएको सम्पूर्ण कर्जाको सुरक्षण गर्नु पर्नेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्य संस्थाले लघुवित्त तथा विपन्न वर्ग कर्जामै वर्गीकृत हुने गरी छुट्टै शीर्षक वा उपशीर्षक खडा गरी कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको भएमा कोषसँगको सम्झौतामा उल्लेख गरी त्यस्तो शीर्षक वा उपशीर्षक अन्तर्गतका सम्पूर्ण कर्जा समावेश गरी सुरक्षण गर्न सकिनेछ ।
३७. साना तथा मझौला उद्यम कर्जाको सुरक्षण: (१) कोषले साना तथा मझौला उद्यम कर्जा अन्तर्गत अनुसूची -११ को खण्ड (ख) मा उल्लिखित व्यवसायमा सदस्य संस्थाले प्रवाह गरेको $\blacktriangle$एक करोड रुपैयाँसम्मको कर्जाको सुरक्षण कोषले गर्नेछ । सदस्य संस्थाले $\blacktriangle$एक करोड रुपैयाँभन्दा बढी $\blacktriangle$तीन करोड रुपैयाँसम्मको कर्जाको सुरक्षण गराउन चाहेमा त्यस्तो कर्जा प्रवाह गर्नु अघि कोषको स्वीकृति लिनु पर्नेछ ।
$\text{๑}$ (२) सदस्य संस्थाले उपनियम (१) बमोजिम सुरक्षण गरेको रकमको असार, असोज, पुस र चैत महिनामा बाँकी रहेको सावाँ ब्याज जोडी मन्त्रालयको स्वीकृतिमा समितिले निर्धारण गरे बमोजिमको दरले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषमा बुझाउनु पर्नेछ ।
$\text{४}$ (३) उपनियम (२) बमोजिम वार्षिक सुरक्षण शुल्क निर्धारण गर्दा सदस्य संस्थाको वित्तीय अवस्था, बजारको माग, त्यस्तो कर्जा सुरक्षण गर्न कुनै खर्च लाग्ने भए त्यसरी लाग्ने वास्तविक खर्च तथा सुरक्षण कार्यक्रममा अन्तर्निहित जोखिम समेतको आधारमा निर्धारण गर्नु पर्नेछ ।
$\blacktriangle$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{४}$ चौथो संशोधनद्वारा थप ।
(४) सदस्य संस्थाले साना तथा मझौला उद्यम शीर्षक अन्तर्गत प्रवाह भएको सम्पूर्ण कर्जाको सुरक्षण गर्नु पर्नेछ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्य संस्थाले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै शीर्षक वा उपशीर्षक खडा गरी कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको भएमा कोषसँगको सम्झौतामा उल्लेख गरी त्यस्तो शीर्षक वा उपशीर्षक अन्तर्गतका सम्पूर्ण कर्जा समावेश गरी सुरक्षण गर्न सकिनेछ।
३८. कृषि कर्जाको सुरक्षण: (१) कोषले कृषि कर्जा कार्यक्रम अन्तर्गत सदस्य संस्थाले अनुसूची-११ को खण्ड (ग) मा उल्लेखित व्यवसायमा प्रवाह गरेको *एक करोड रुपैयाँसम्मको कर्जाको सुरक्षण गर्नेछ। सदस्य संस्थाले *एक करोड रुपैयाँभन्दा बढी *तीन करोड रुपैयाँसम्मको कर्जाको सुरक्षण गराउन चाहेमा त्यस्तो कर्जा प्रवाह गर्नु अघि कोषको स्वीकृति लिनु पर्नेछ।
(२) सदस्य संस्थाले उपनियम (१) बमोजिम सुरक्षण गरेको रकमको असार, असोज, पुस र चैत मासिन्तमा बाँकी रहेका सबै साँवा ब्याज झोडी मन्त्रालयको स्वीकृतिमा समितिले निर्धारण गरे बमोजिमको दरले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषमा बुझाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम वार्षिक सुरक्षण शुल्क निर्धारण गर्दा सदस्य संस्थाको वित्तीय अवस्था, बजारको माग, त्यस्तो कर्जा सुरक्षण गर्न कुनै खर्च लाग्ने भए त्यसरी लाग्ने वास्तविक खर्च तथा सुरक्षण कार्यक्रममा अन्तर्निहित जोखिम समेतको आधारमा निर्धारण गर्नु पर्नेछ।
(४) सदस्य संस्थाले कृषि कर्जा शीर्षक अन्तर्गत प्रवाह भएको सम्पूर्ण कर्जाको सुरक्षण गर्नु पर्नेछ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्य संस्थाले कृषि कर्जामा वर्गीकृत हुने गरी छुट्टै शीर्षक वा उपशीर्षक खडा गरी कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको भएमा कोषसँगको सम्झौतामा उल्लेख गरी त्यस्तो शीर्षक वा उपशीर्षक अन्तर्गतका सम्पूर्ण कर्जा समावेश गरी सुरक्षण गर्न सकिनेछ।
* दोस्रो संशोधनद्वारा संशोधित। $\omega$ चौथो संशोधनद्वारा संशोधित। $\delta$ चौथो संशोधनद्वारा थप।
३९. शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जाको सुरक्षण: (१) कोषले अनुसूची -१२ को खण्ड (क) मा उल्लिखित विषयमा अध्ययन गर्न नेपाल सरकारले विपन्न, सीमान्तकृत समुदाय र लक्षित वर्ग भनी परिभाषित गरेका व्यक्तिमध्ये सम्बन्धित गाउँपालिकाका वा नगरपालिकाबाट सिफारिस प्राप्त व्यक्तिलाई सदस्य संस्थाले प्रवजि गरे को दशलख रुपैयाँसम्मको शैक्षिक कर्जाको सुरक्षण गर्नेछ।
(२) कोषले अनुसूची -१२ को खण्ड (ख) मा उल्लिखित विषयमा व्यावसायिक तालीम लिई व्यवसाय स्थापना तथा सञ्चालन गर्न नेपाल सरकारले विपन्न, सीमान्तकृत समुदाय र लक्षित वर्ग भनी परिभाषित गरेका व्यक्तिमध्ये गाउँपालिकाका वा नगरपालिकाबाट सिफारिस प्राप्त शैक्षिक बेरोजगार व्यक्तिलाई सदस्य संस्थाले निजी धितो वा सामूहिक जमानीमा प्रवजि गरे को पाँच लख रुपैयाँसम्मको कर्जाको सुरक्षण गर्नेछ।
(२क) सदस्य संस्थाले चालिस वर्ष उमेर नघघेको स्नातक तह वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेको बेरोजगार विद्यार्थीलाई निजी शैक्षिक प्रमाणपत्र धितोमा राखी बढीमा पच्चीस लख रुपैयाँसम्म प्रवजि गरेको शैक्षिक बेरोजगार कर्जाको कोषले सुरक्षण गर्नेछ।
(३) उपनियम $\text{१}$, (२) र (२क) बमोजिम सुरक्षण गरिने कर्जाका सम्बन्धमा सदस्य संस्थाले ऋणीसँग कर्जा रकम भुक्तानी, कर्जामा लाग्ने ब्याज तथा कर्जा चुक्ता गर्नु पर्ने अवधि, ऋणीले पालना गर्नु पर्ने शर्त लगायतका विषयमा सम्झौता गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम भएको सम्झौताको प्रति सदस्य संस्थाले कोषलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) यस नियम बमोजिम उपलब्ध गराउने सुरक्षण सम्बन्धमा कोषले आवश्यक प्रक्रिया निर्धारण गर्नेछ ।
(६) सदस्य संस्थाले उपनियम (१) र (२) बमोजिम सुरक्षण गरेको रकमको असार, असोज, पुस र चैत मसान्तमा बाँकी रहेको सावाँ ब्याज जोडी मन्त्रालयको
$\text{८}$ तेस्रो संशोधनद्वारा थप। $\text{१}$ तेस्रो संशोधनद्वारा संशोधित। $\text{४}$ चौथो संशोधनद्वारा थप।
स्वीकृतिमा समितिले निर्धारण गरे बमोजिमको दरले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषमा बुझाउनु पर्नेछ ।
७३९क. निर्यात कर्जाको सुरक्षण: (१) कोषले निर्यात कर्जा अन्तर्गत अनुसूची - ११ को खण्ड (घ) मा उल्लेखित व्यवसायको लागि सदस्य संस्थाले प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जाको सुरक्षण गर्नेछ ।
तर पचास लाख रुपैयाँभन्दा बढी तीन करोड रुपैयाँसम्मको कर्जाको सुरक्षण गराउन चाहेमा सदस्य संस्थाले त्यस्तो कर्जा प्रवाह गर्नु अघि कोषको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) सदस्य संस्थाले उपनियम (१) बमोजिम सुरक्षण गरेको रकमको असार, असोज, पुस र चैत मासन्तममा बाँकी रहेका साँवा ब्याज जोडी मन्त्रालयको स्वीकृतिमा समितिले निर्धारण गरे बमोजिमको दरले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषमा बुझाउनु पर्नेछ ।
४०. सुरक्षण शुल्क बुझाउने तरिका: (१) नियम ३६ को उपनियम (२) बमोजिम कायम भएको लघु वित्त तथा विपन्न वर्ग कर्जाको वार्षिक सुरक्षण शुल्कको पचास प्रतिशत रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषलाई प्राप्त हुनेछ । बाँकी पचास प्रतिशत रकम त्रैमासिक रुपमा एकचौथाइका दरले त्रैमास समाप्त भएको दिन दिनभित्र सम्बन्धित सदस्य संस्थाले कोषमा बुझाउनु पर्नेछ ।
(२) नियम ३७ को उपनियम (२) बमोजिम कायम भएको साना तथा मझौला उद्यम कर्जा र नियम ३८ को उपनियम (२) बमोजिम कायम भएको कृषि कर्जाको वार्षिक सुरक्षण शुल्कमध्ये पचास प्रतिशत रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषलाई प्राप्त हुनेछ । बाँकी पचास प्रतिशत रकम त्रैमासिक रुपमा एक चौथाइका दरले त्रैमास समाप्त भएको दिन दिनभित्र सम्बन्धित सदस्य संस्थाले कोषमा बुझाउनु पर्नेछ ।
$\theta$ पहिलो संशोधनद्वारा थप । $\text{♫}$ तेस्रो संशोधनद्वारा संशोधित । $\text{Ѡ}$ चौथो संशोधनद्वारा संशोधित । $\text{▪}$ दोस्रो संशोधनद्वारा संशोधित ।
(३) नियम ३९ बमोजिम प्रवाह हुने कर्जाको सुरक्षण गराए बापत सुरक्षण कर्जाको बाँकी सावाँ र ब्याज रकमको एक प्रतिशत प्रति वर्षको दरले कोषमा सुरक्षण शुल्क बुझाउनु पर्नेछ। त्यसरी शुल्क बुझाउँदा सदस्य संस्थाले *पचस प्रतिशत शुल्क त्रैमासिक रुपमा एक चौथाइका दरले त्रैमास समाप्त भएको दिन दिनित्र अग्रिम रुपमा बुझाउनु पर्नेछ र बाँकी पचस प्रतिशत शुल्क नेपाल सरकारबाट कोषलाई अनुदान स्वरूप प्राप्त हुनेछ।
(३क) नियम ३९क. को उपनियम (२) बमोजिमको सुरक्षण शुल्कको पचस प्रतिशत रकम नेपाल सरकारद्वारा कोषलाई अनुदान स्वरूप प्राप्त हुनेछ र चौथो संशोधनद्वारा संशोधित बाँकी पचस प्रतिशत रकम त्रैमासिक रुपमा एकचौथाइका दरले त्रैमास समाप्त भएको दिन दिनित्र सदस्य संस्थाले कोषमा बुझाउनु पर्नेछ ।
(४) सदस्य संस्थाले यस नियम बमोजिम कुनै कर्जाको वार्षिक सुरक्षण शुल्क बुझाई सकेपनि सम्बन्धित कर्जा आंशिक वा पूर्ण रुपमा चुक्ता हुन आएमा कोषमा दाखिल भइसकेको सुरक्षण शुल्क फिर्ता हुने छैन ।
तर सुरक्षण हुन नपर्ने वा सुरक्षण नगरिएको कुनै कर्जा बापत सुरक्षण शुल्क समावेश हुन गएमा त्यस्तो सुरक्षण शुल्क सदस्य संस्थाले कोषसँग फिर्ता माग गर्न सक्नेछ।
४१. विवरण पठाउनु पर्ने: (१) सदस्य संस्थाले नियम ३५ बमोजिम कोषमा सुरक्षण गरेको कर्जाको विवरण अनुसूची -१३ बमोजिमको ढाँचामा प्रत्येक महिनाको दश गतेभित्र कोषमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विवरण पठाउँदा कोषमा दाबी गरिसकेका कर्जाहरु समावेश गर्नु पर्ने छैन ।
(३) सदस्य संस्थाले आफ्नो कर्जाको पुनरावलोकन गर्दा वा कोष वा नेपाल राष्ट्र बैंकले निरीक्षण गर्दा कर्जा सुरक्षणको लागि कोषमा पठाएको विवरणमा कुनै कर्जाको
विवरण छुट हुन गएको देखिएमा त्यसरी छुट हुन गएको कर्जाको भुक्तानी म्याद कम्तीमा छ महिना बाँकी रहेको र त्यस्तो कर्जा असल कर्जा रहेछ भने त्यसरी छुट भएको कर्जाको विवरण एक महिनाभित्र कोषमा पठाई त्यस्तो कर्जा सुरक्षण गर्न सकिन्छ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषलाई आवश्यक भएमा सुरक्षण भएका कर्जासँग सम्बन्धित विस्तृत विवरण कोषले माग गर्न सक्छ ।
४२. क्षतिपूर्ति दाबी गर्ने : (१) सदस्य संस्थाले यस नियमवली बमोजिम सुरक्षणमा रहेको कर्जाको क्षतिपूर्ति दाबी गर्दा कर्जाको अन्तिम भुक्तानी मितिसम्म असूल उपर हुन बाँकी रहेको सावाँ र ब्याज रकममात्र कोषसँग दाबी गर्न सक्छ ।
(२) सदस्य संस्थाले कोषसँग सुरक्षण गरेको कर्जाको भुक्तानी अवधि नाघेको मितिले दुई वर्षभित्र कोषमा दाबी गरिसक्नु पर्दछ । सो अवधि नाघेपछि प्राप्त हुन आएको दाबी उपर कोषले कुनै कारबाही गर्दैन ।
(३) सदस्य संस्थाले भुक्तानी दाबी गर्दा अनुसूची-१४ बमोजिमको ढाँचामा देहाय बमोजिमका कागजात संलग्न गरी कोषमा निवेदन दिनु पर्दछ :-
(क) अनुसूची-१५ बमोजिमको ढाँचामा क्षतिपूर्ति दाबी गरिएको कर्जाको विवरण,
(ख) कर्जा असूल गर्न प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने $\square$........... प्रक्रिया पूरा गरेको देखिने विवरण कागजात,
(ग) कर्जा लगानी भएको व्यवसायको वित्तीय अवस्था र कर्जा असुली हुन नसकेको कारण समेत खुलेको निरीक्षण प्रतिवेदनको प्रतिलिपि,
(घ) कर्जा हिसाबको पूर्ण विवरण (लेजर) को प्रतिलिपि ।
$^{ङ}$ समितिले निर्धारण गरेका अन्य विवरण तथा कागजात ।
(४) कोषले सदस्य संस्थासँग उपनियम (१) मा उल्लेखित कागजातका अतिरिक्त आवश्यकता अनुसार ................. कर्जाको सदुपयोग भएको छ छैन भनी स्थलगत निरीक्षण समेत गर्न सक्नेछ।
४३. दाबी भुक्तानी: (१) नियम ४२ को उपनियम (३) बमोजिम प्राप्त निवेदन कोषले जाँचबुझ गर्दा व्यवहारमा मनासिब देखेमा तीस दिनभित्र अनुसूची-१६ बमोजिमको ढाँचामा त्यस्तो दाबी भुक्तानी दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कोषले दाबी भुक्तानी दिँदा सदस्य संस्थाले नियम ३६ बमोजिम सुरक्षण गरिएको लघु वित्त तथा विपन्न वर्ग कर्जाको हकमा साँवा र ब्याज रकमको पचहत्तर प्रतिशत, नियम ३७ र ३८ बमोजिम सुरक्षण गरिएको साना तथा मझौला उद्यम र कृषि कर्जाको पचास लाख रुपैयाँसम्मको कर्जाको बाँकी साँवा र ब्याज रकमको असी प्रतिशत र सो भन्दा माथि तीन करोड रुपैयाँसम्मको कर्जाको हकमा बाँकी साँवा र ब्याज रकमको सत्तरी प्रतिशतका दरले तथा नियम ३९ बमोजिम सुरक्षण गरिएको शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जाको हकमा बाँकी साँवा र ब्याज रकमको असी प्रतिशतका दरले दाबी भुक्तानी दिनेछ।
(२क) उपनियम (१) बमोजिम कोषले दाबीको भुक्तानी दिँदा सदस्य संस्थाले नियम ३९क. बमोजिम सुरक्षण गरेको निर्यात कर्जाको हकमा दस लाख रुपैयाँसम्मको कर्जाको बाँकी साँवा र ब्याज रकमको असी प्रतिशत र सोभन्दा माथि तीन करोड रुपैयाँसम्मको कर्जाको हकमा बाँकी साँवा र ब्याज रकमको सत्तरी प्रतिशतका दरले दाबीको भुक्तानी दिइनेछ।
(३) उपनियम (२) र (२क) बमोजिम भुक्तानी दिँदा कोषले भुक्तानी दिनु पर्ने कुल रकमको सत्तरी प्रतिशत रकम पहिलो किस्तामा र बाँकी तीस प्रतिशत रकम सम्बन्धित सदस्य संस्थाले देहाय बमोजिमका विवरण तथा कागजात पेश गरेपछि दोस्रो किस्तामा भुक्तानी दिइनेछः-
२ चौथो संशोधनद्वारा खारेज गरिएको ३ तेस्रो संशोधनद्वारा संशोधित। ४ पहिलो संशोधनद्वारा थप। ८ चौथो संशोधनद्वारा संशोधित।
(क) सदस्य संस्थाको कर्जा असुली सम्बन्धी नीति बमोजिम कर्जा असुली सम्बन्धी प्रक्रिया पूरा गरेको,
(ख) प्रचलित कानुन बमोजिम ऋणी तथा जमानीकर्तालाई कालोसूचीमा राख्ने सम्बन्धी प्रक्रिया पूरा भएको,
(ग) कर्जा असुल गर्नका लागि प्रचलित कानुन बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेको तर असुल उपर हुन नसकेको भनी बाह्य लेखापरीक्षकले प्रमाणित गरिदिएको व्यहोराको प्रमाणित प्रति,
(घ) समितिले निर्धारण गरेका अन्य विवरण तथा कागजात।
$^{6}$(३क) उपनियम (३) बमोजिम पहिलो किस्ता दाबी भुक्तानी गरेको मितिले सदस्य संस्थाले दुई वर्षभित्र दोस्रो किस्ता दाबी गरिसक्नु पर्नेछ।
तर अदालत वा ऋण असुली न्यायनिर्णयकरण समक्ष धितो लिलाम वा कर्जा असुली सम्बन्धी मुद्दा विचाराधीन भई सो समयभित्र दाबी हुन नसकेको अवस्थामा त्यस्तो मुद्दामा अन्तिम फैसला भई सो फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालत वा ऋण असुली न्यायनिर्णयकरण समक्ष निवेदन पेश गरेको मितिलेब्बे दिनभित्र दाबी गरिसक्नु पर्नेछ।
(३ख) उपनियम (१) बमोजिम दाबी भुक्तानी गर्दा एक आर्थिक वर्षमा कुनै एक सदस्य संस्थालाई देहाय बमोजिमको सीमा तथा बन्देरबन्ทร रही दाबी भुक्तानी गरिनेछः-
(क) सम्झौता भएको आर्थिक वर्षमा सदस्य संस्थाले सम्बन्धित कर्जा सुरक्षण कार्यक्रममा दाबी गर्नुअघिको त्रैमाससम्म भुक्तानी गरेको कुल सुरक्षण दस्तुरको दुई गुणासम्म,
(ख) सम्झौता भएको दोस्रो र सोभन्दा पछिल्लाका आर्थिक वर्षको हकमा सदस्य संस्थाले सम्बन्धित कर्जा सुरक्षण कार्यक्रममा अघिल्लो आर्थिक वर्षसम्म कोषलाई फिर्ता गरेको दाबी भुक्तानी रकमको दुई गुणा र सम्झौता भएको वर्षदेखि दाबी गर्नुअघिको त्रैमाससम्म भुक्तानी गरेको कुल सुरक्षण शुल्क बराबर।
$^{6}$(३ग) ऋणीको मृत्यु भई वा प्राकृतिक विपद परी परियोजना नष्ट भई दाबी भएको अवस्थामा भने उपनियम (३ख) बमोजिमको सीमा तथा बन्देरबन्ทร लागु हुने छैन।
$^{5}$ चौथो संशोधनद्वारा थप।
(३घ) कुनै एक आर्थिक वर्षमा सदस्य संस्थाबाट कोषमा प्राप्त क्षतिपूर्ति दाबीमध्ये उपनियम (३ख) को सीमा तथा बन्देजको कारण भुक्तानी हुन नसकेको क्षतिपूर्ति दाबी सोही उपनियमको खण्ड (ख) को अधीनमा रही अर्को आर्थिक वर्षमा भुक्तानी गरिन्छ।
(३ङ) सदस्य संस्थाले कोषबाट प्राप्त गरेको दाबी भुक्तानी बापतको रकमलाई कोषप्रनितको दायित्व नसम्झिई छुट्टै खाता खडा गरी लेखजाङ्कि गर्नु पर्नेछ।
तर कोषबजट अपलेखिको स्वीकृति प्राप्त भएको अवस्थामा बाहेक त्यस्तो रकमलाई ऋणीको खातामा समायोजन गर्न पाइने छैन।
(४) यस नियम बमोजिम कोषबाट दाबी भुक्तानी प्राप्त भएपछि सम्बन्धित सदस्य संस्थाले अनुसूची-१७ बमोजिमको भरपाई कोषमा पठाउनु पर्नेछ।
४४. दाबी अस्वीकृत गर्न सक्ने: (१) देहायको अवस्थामा सदस्य संस्थाले पेश गरेको भुक्तानी दाबी कोषले अस्वीकृत गर्न सक्नेछ:-
(क) सदस्य संस्थाले प्रचलित कानून विपरीत कर्जा लगानी गरेको देखिएमा,
(ख) सदस्य संस्थाले गरेको अनुगमनबाट कर्जाको दुरुपयोग भएको भन्ने जानकारी प्राप्त भएकोमा त्यस्तो ऋणीलाई थप कर्जा प्रवाह गरेको देखिएमा,
(ग) भुक्तानी दाबीसँग सम्बन्धित कर्जाको नियमानुसार बुझाउनु पर्ने सुरक्षण शुल्क नबुझाएमा,
(घ) धितो लिलाम बिक्री गर्दा कर्जा असूल उपर हुन सक्ने अवस्थामा लिलाम बिक्री सम्बन्धी कारबाही नगरेको वा रद्द गरेको भएमा,
(ङ) भुक्तानी दाबीसाथ पेश गर्नु पर्ने सम्पूर्ण कागजात पेश नगरेको वा कोषले माग गरेको कागजात तीस दिनभित्र पेश नगरेमा।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणीले कर्जा दुरुपयोग गरेको भनी सदस्य संस्थाले कर्जाको अन्तिम भुक्तानी मिति अगावै प्रमाण सहित कोषमा भुक्तानी दाबी गरेको अवस्था बाहेक कर्जाको अन्तिम भुक्तानी मितिसम्ममा साँवा र ब्याज
समेत गरी कम्तीमा पच्चीस प्रतिशत कर्जा चुक्ता नगरेको कर्जाको कोषले दाबी भुक्तानी गर्ने छैन ।
(३) उपनियम (१) बमोजिम कोषले दाबी अस्वीकृत गरेमा सोको जानकारी सात दिनभित्र सम्बन्धित सदस्य संस्थालाई दिनु पर्नेछ ।
४५. कर्जा भुक्तानी म्याद अघि दाबी गर्न सक्ने: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सदस्य संस्थाले कर्जाको भुक्तानी म्याद समाप्त हुनु अगावै त्यस्तो कर्जाको बाँकी साँवा र ब्याज कोषसँग दाबी गर्न सक्नेछ:-
(क) प्राकृतिक प्रकोप परी परियोजना नष्ट भएमा,
तर त्यस्तो प्राकृतिक प्रकोप परेको तथ्य सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहबाट प्रमाणित भएको हुनु पर्नेछ ।
(ख) ऋणीको मृत्यु भएमा,
० (ख१) निर्यात कर्जाको हकमा कच्चा पदार्थ आयात गर्दा वा तयारी वस्तु निर्यात गर्दा त्यस्तो वस्तु ढुवानी गर्ने साधन दुर्घटना भएमा,
१ (ग) धितो लिई लगानी गरेको कर्जाको हकमा ऋणीले म्याद नाघेको छ महिनासम्म कर्जाको किस्ता नतिरेको र त्यस्तो कर्जा दुरुपयोग भएको भनी सदस्य संस्थाले प्रचलित कानून बमोजिम धितो लिलाम बिक्री, ऋणी तथा जमानतकर्तालाई कालोसूचीमा राख्ने लगायतका कर्जा असुलीको लागि आवश्यक प्रक्रिया पूरा गरेको भएमा, वा
(घ) ऋणीले कर्जाको दुरुपयोग गरेको कारणले सदस्य संस्थाले लिएको धितो लिलाम बिक्री गर्दा पनि असुल उपर हुन नसक्ने भएमा ।
४६. पुनः दाबी गर्न सक्ने: कोषबट नियम ४४ को उपनियम (३) बमोजिम दाबी अस्वीकृत भएको जानकारी पाएको मितिले पैंतीस दिनभित्र सदस्य संस्थाले त्यसरी आफ्नो दाबी
० पहिलो संशोधनद्वारा थप । १ पहिलो संशोधनद्वारा संशोधित ।
अस्वीकृत हुनु पर्ने मनासिब कारण सहित पुनः दाबी गर्न सक्नेछ। उक्त अवधि पश्चात् प्राप्त भुक्तानी दाबी उपर कोषले कुनै कारबाही चलाउने छैन।
४७. दाबी भुक्तानी फिर्ता गर्नु पर्ने: (१) नियम ४३ बमोजिम कोषबाट दाबी भुक्तानी प्राप्त भएको कर्जा मध्ये आंशिक कर्जा असुल उपर भएमा असुल उपर भएको रकमको कोषले दाबी भुक्तानी दिँदा व्यहोरेको प्रतिशतले हुन आउने रकम र सम्पूर्ण कर्जा रकम असुल उपर भएमा दाबी भुक्तानी बापत प्राप्त भएको सम्पूर्ण रकम कर्जा असुल उपर भएको मितिले पैंतीस दिनभित्र अनुसूची-१८ बमोजिमको विवरण सहित सम्बन्धित सदस्य संस्थाले कोषलाई फिर्ता गर्नु पर्नेछ।
(१क) उपनियम (१) बमोजिमको अवधिभित्र असुल उपर भएको रकम फिर्ता नगर्ने सदस्य संस्थाले उक्त रकम कोषलाई फिर्ता नगरेसम्म त्यस्तो सदस्य संस्थाको दाबी कारबाही प्रक्रिया अगाडि बढाइने छैन।
(२) सम्बन्धित सदस्य संस्थाले आफूले पूरा गर्नु पर्ने जिम्मेवारी पूरा नगरेको कारणबाट कुनै कर्जा असुल उपर हुन नसक्ने भई कोषलाई जानी नोक्सानी भएको समितिले ठहर गरेमा त्यस्तो कर्जाको दाबी भुक्तानी बापत कोषले त्यस्तो संस्थालाई भुक्तानी गरेको रकम कोषले तोकेको अवधिभित्र सम्बन्धित सदस्य संस्थाले कोषमा फिर्ता गर्नु पर्नेछ।
(३) कोषबाट दाबी भुक्तानी प्राप्त भएको कर्जाको धितोमा रहेको चल अचल सम्पत्ति सम्बन्धित सदस्य संस्थाले आफ्नो स्वामित्वमा नलिई यसरी स्वामित्वमा लिएको मितिले पैंतीस दिनभित्र सो दाबी भुक्तानी बापत प्राप्त सम्पूर्ण रकम कोषलाई फिर्ता गर्नु पर्नेछ।
४८. अपलेखन: (१) सदस्य संस्थाले लगानी गरेको कर्जा असूली सम्बन्धमा देहायको प्रक्रिया पूरा गर्दा समेत कर्जा असुल उपर हुन नसकेमा सदस्य संस्थाले कोषको स्वीकृति लिई त्यस्तो कर्जा अपलेखन गर्न सक्नेछ:-
६ चौथो संशोधनद्वारा थप। ८ चौथो संशोधनद्वारा संशोधित।
(क) कर्जा अपलेखन सम्बन्धी नेपाल राष्ट्र बैंकको निर्देशन तथा सम्बन्धित सदस्य संस्थाको विनियम बमोजिमको प्रक्रिया पूरा गरेको, (ख) कर्जा सूचना केन्द्रले ऋणी तथा ऋणसँग सम्बन्धित पक्षलाई कालोसूचीमा समावेश गरेको, (ग) सदस्य संस्थाले ऋण असुलीका लागि अदालत वा ऋण असुली न्यायाधिकरण समक्ष मुद्दा दायर गरेकोमा अन्तिम फैसला भएको मितिले पाँच वर्ष पूरा हुँदा समेत फैसला कार्यान्वयन वा कर्जा असुली हुन नसकेको।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सदस्य संस्थाले यस नियमावलीको अधिमझि रही अपलेखन गरेको कर्जाको असुली कारबाही रोक्न पाउने छैन।
(२) सदस्य संस्थाले नियम ४३ बमोजिम दाबी भुक्तानी प्राप्त गरेको कर्जाको उपनियम (१) बमोजिम अपलेखनको स्वीकृतिको लागि अनुसूची-१९ बमोजिमको विवरण कोषमा पठाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम अपलेखन गरिएको रकम दाबी भुक्तानी भएको रकमभन्दा बढी हुने छैन।
(४) कोषले आवश्यक ठानेमा अपलेखन गर्न स्वीकृतिको लागि पेश भएको कर्जाको स्थलगत रुपमा धितो मूल्याङ्कन गरी अपलेखन गर्न सक्ने रकम निर्धारण गर्न सक्नेछ।
(५) अपलेखनको स्वीकृति प्राप्त भएपछि दाबी भुक्तानी भएको कर्जा आंशिक वा पूर्ण रुपले असुल उपर भएमा वा सम्बन्धित ऋणीको बीमा वापतको रकमबाट असुल उपर हुन गएमा त्यसरी असुल उपर भएको रकममध्ये कोषले दाबी भुक्तानी दिएको प्रतिशतले हुन आउने रकम पैंतीस दिनभित्र कोषलाई फिर्ता गर्नु पर्नेछ।
४९. अभिलेख राख्नु पर्ने: (१) कोषले आफूले नियम ४३ बमोजिम सदस्य संस्थालाई दाबी भुक्तानी दिएको विवरण अनुसूची-२० को ढाँचामा तयार गरी राख्नु पर्नेछ।
(२) सदस्य संस्थाले यस नियमावली बमोजिम सुरक्षण गरिएको कर्जाको ऋणीगत विवरण, कर्जा रकम, कर्जा प्रदान गरेको मिति, कर्जाको प्रयोजन र भुक्तानी गर्नु पर्ने मिति समेत खुलाई अभिलेख तयार गरी राख्नु पर्नेछ। त्यस्तो अभिलेखमा कोषको पहुँच स्थापित गर्न आवश्यक प्रणालीगत प्रबन्ध गर्नु पर्नेछ।
(३) सदस्य संस्थाले वातावरण संरक्षण, जलवायु परिवर्तन, वैकल्पिक उर्जा प्रवर्द्धन, महिला उद्यमशीलता, हरित प्रविधिको विकास, नवप्रवर्तन जस्ता दिगो विकाससँग सम्बन्धित क्षेत्र तथा प्रयोजनका लागि कर्जा लगानी गरेको भए उपनियम (२) बमोजिमको अभिलेखमा कर्जाको प्रयोजन खुलाउँदा त्यस्तो दिगो विकासको क्षेत्र वा प्रयोजन स्पष्ट उल्लेख गरी अभिलेख राख्नु पर्नेछ।
परिच्छेद - ५ विविध
५०. विद्युतीय रजिस्टर राख्नु पर्ने : (१) कोषले यस नियमावली बमोजिम कर्जा सुरक्षण गराउने ऋणी तथा सदस्य संस्थाको विवरण विद्युतीय प्रणालीमा रजिस्टर खडा गरी सुरक्षित रुपमा राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको विद्युतीय रजिस्टर सदस्य संस्था र कोषको सम्बन्धित विभागीय प्रमुखबाट प्रमाणित गराई आफ्नो र कोषको प्रत्यक्ष संयुक्त नियन्त्रण र रेखदेखमा सुरक्षित रुपमा राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको विद्युतीय रजिस्टरमा विवरण राख्दा कसैले फेरफेर गर्न नपाउने गरी सुरक्षित रहने व्यवस्था मिलाउनु पर्नेछ।
५०क. कोषले अनुगमन गर्न सक्नेः (१) सदस्य संस्थाले पेश गरेको कर्जा सुरक्षण सम्बन्धी विवरणको सम्बन्धमा कोषले ऐनको दफा ४५ को अधीनमा रही आवश्यकता अनुसार अनुगमन गर्न सक्नेछ।
(२) उपनियम (१) को प्रयोजनका लागि कोषले त्यस्तो सदस्य संस्थाको वित्तीय विवरण, वार्षिक सुरक्षण शुल्क गणनाको आधार, कर्जा तथा धितो सुरक्षणको विवरणका सम्बन्धमा अनुगमन गर्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम स्थलगत अनुगमन गर्दा कोषले सदस्य संस्थासँग आवश्यक विवरण, कागजात वा जानकारी माग गर्न सक्नेछ।
(४) उपनियम (३) बमोजिम कोषले माग गरेको विवरण, कागजात वा जानकारी उपलब्ध गराउनु सम्बन्धित सदस्य संस्थाको कर्तव्य हुनेछ।
५०ख. वित्तीय विवरण तयार गर्नु पर्नेः कोषले यस नियमावली बमोजिम सुरक्षण गर्ने कर्जा सुरक्षण कार्यक्रमको छुट्टै वित्तीय विवरण तयार गर्नु पर्नेछ।
५०ग. छुट तथा सहुलियतः पशुधन सुरक्षण वा कर्जा सुरक्षण कार्यक्रमको विस्तार, व्यवसाय प्रवर्द्धन र क्षतिपूनता असुलीमा सहयोग पुर्याउने सदस्य संस्था तथा पशुधन सुरक्षण कार्यक्रमको हकमा सम्बन्धित ऋणीलाई समितिले सुरक्षण शुल्कमा छुट तथा सहुलियत उपलब्ध गराउन सक्नेछ।
५१. वित्तीय विवरण उपलब्ध गराउनु पर्ने: सदस्य संस्थाले प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंक समक्ष बुझाउने त्रैमासिक वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन नियमित रुपमा कोषलाई समेत उपलब्ध गराउनु पर्नेछ।
५२. विवरण गोप्य राख्नु पर्ने: प्रचलित कानून बमोजिम अनुसन्धानको प्रयोजनको लागि र अदालतले मागेको बखत बाहेक यस नियमावली बमोजिम सदस्य संस्थाले कोषमा पेश गरेको सम्पूर्ण विवरण कोषले गोप्य राख्नु पर्नेछ।
५२क. कर्जा सुरक्षणका साविककै शुल्क र सीमा लागू हुनेः यस नियमावली बमोजिम कोषले निर्धारण गर्नु पर्ने कर्जा सुरक्षण शुल्क तथा नियम ३६ को उपनियम (१) बमोजिमको कर्जा सुरक्षण सीमा निर्धारण नभएसम्मको लागि यो नियमावली प्रारम्भ हुनुभएका बखत कायम रहेका कर्जा सुरक्षण शुल्कको दर तथा कर्जा सुरक्षण सीमा नै लागू हुनेछ।
५३. अनुसूची फेरफेर गर्न सक्ने: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यकता अनुसार फेरफेर गर्न सक्नेछ।
५४. बचाउ: यो नियमावली प्रारम्भ हुनुभएका बखत कायम रहेका देहायका विनियमावली बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ:-
(क) निक्षेप तथा कर्जा सुरक्षण कोष पशुधन सुरक्षण विनियमावली, २०७३,
(ख) कृषि कर्जा सुरक्षण विनियमावली, २०७३, (ग) साना तथा मझौला उद्यम कर्जा सुरक्षण विनियमावली, २०७३, र (घ) लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण विनियमावली, २०७३।
अनुसूची - १ (नियम ३ सँग सम्बन्धित)
सम्झौता पत्र
लिखितम निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँ (यसपछि “कोष” भनिएको) र ........................... (यसपछि “सदस्य संस्था” भनिएको) आगे देहायको शर्त तथा कर्जा सुरक्षण नियमावली, २०७५ (यसपछि “नियमावली” भनिएको) को अधिनमा रही सदस्य संस्थाले प्रदान गरेको कर्जाबाट खरिद गरेको पशुधनको तपसिलको शर्तमा सुरक्षण गर्न/गराउन हामी दुवै पक्षको सहमति भएकोले .................. मा बसी यो सम्झौता गरी एक एक प्रति लियौँ/दियौँ।
तपसिल
(१) सम्झौता पत्रमा गरिएको व्यवस्था दुवै पक्षलाई मान्य हुनेछ।
(२) सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जाबाट खरिद गरेको पशुधनको अनिवार्य रुपमा कोषमा सुरक्षण गराउनुहुनेछ।
(३) सदस्य संस्थाले नियमावलीमा व्यवस्था भए बमोजिमको सुरक्षण शुल्क तथा सुरक्षित कर्जा सम्बन्धी विवरणहरु कोषमा नियमित रुपमा पठाउनुहुनेछ।
(४) सुरक्षित पशुधनको मृत्यु भएमा वा त्यस्तो पशुधन अनुत्पादक भएमा नियमावलीमा व्यवस्था भएको हदसम्म कोषले क्षतिपूर्ति व्यहोर्नेछ।
(५) सदस्य संस्थामा सुरक्षित रहेको पशुधन र तत्सम्बन्धी कागजातहरु कोष वा कोषबाट अधिकार प्राप्त अधिकारी वा संस्थाले निरीक्षण गर्न वा गराउन सक्नेछ।
(६) नेपाल सरकारले नियमावलीमा संशोधन गरेको कारणबाट कुनै दायित्व सिर्जना भएमा आफ्नो पक्षमा परेको त्यस्तो दायित्व वहन गर्न दुवै पक्षलाई मञ्जुरी छ।
(७) दुवै पक्षको सहमतिबाट यो सम्झौतालाई खारेज वा थपघट तथा संशोधन गर्न सकिनेछ।
(८) यो सम्झौता पत्र दुवै पक्षले दस्तखत गरेको मितिदेखि लागू हुनेछ।
(९) यस सम्झौता पत्रको कार्यान्वयन गर्दा कुनै किसिमको विवाद उत्पन्न भएमा आपसी छलफलद्वारा समाधान गरिनेछ। त्यसरी विवादको समाधान हुन नसकेमा प्रचलित कानून बमोजिम विवादको समाधान गरिनेछ।
कोषको तर्फबाट सदस्य संस्थाको तर्फबाट
दस्तखत: दस्तखत:
नाम: नाम:
पद: पद:
कोषको कार्यालयको छाप सदस्य संस्थाको कार्यालयको छाप
साक्षी साक्षी
दस्तखत : दस्तखत:
नाम : नाम :
ठेगाना: ठेगाना:
ईति संवत् २०....... साल...............महिना..............गते रोज.........शुभम् ।
अनुसूची-२ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित)
पशुधनको स्वास्थ्य परीक्षण प्रमाणपत्र
मिति :.......................
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत................(सदस्य संस्थाको नाम) ............................।
.............................. (डर कृषक/पशुपालक कृषक) मा बस्ने............................. (ब्रिडर कृषक/पशुपालक कृषक/व्यवसायीको नाम) को तल उल्लिखित पशुधनको आज मिति.........................का दिन स्वास्थ्य परीक्षण गर्दाको अवस्थामा पशुधन तन्दुरुस्त र निरोगी रहेको/नरहेको र सरुवा, संक्रामक, परजीवी वा अन्य ...................... रोगबाट ग्रसित भए/नभएको देखिएको व्यहोरा प्रमाणित गरिएको छ।
(क) पशुधनको किसिम: (ख) नस्ल: (ग) वेट: (घ) उचाई: (ङ) उमेर: (च) रङ: (छ) खास परिचयात्मक चिन्ह: (ज) प्रयोजन: (झ) खरिद गरेको मिति:
स्वास्थ्य परीक्षण गरिएको उक्त पशुधन तन्दुरुस्त र निरोगी भएको/अस्वस्थ र रोगी भएकोले कोषबाट उपलब्ध नं. ..................... को सङ्केत पट्ट (ट्याग) लगाइएको छ/छैन ।
स्वास्थ्य परीक्षण गरेको मिति:
स्थान:
अनुसूची -३ (नियम ७ को खण्ड (क) सँग सम्बन्धित)
पशुधन सुरक्षण गर्ने सहमतिपत्र
मिति:......................
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत .....................(सदस्य संस्थाको नाम) ..........................।
मैले.............................(सदस्य संस्थाको नाम/कार्यालय) बाट ....................उद्देश्यको लागि रु..................... कर्जा लिई ............वटा .............. ............ (पशुधनको किसिम) पशुधन खरिद गर्ने भएको हुँदा ती पशुधनको कर्जा सुरक्षण नियमावली बमोजिम सुरक्षण गराउन मेरो सहमति रहेकोले देहाय बमोजिम गर्ने गरी यो सहमतिपत्र पेश गरेको छु :-
१. पशुधन खरिद गर्दा कर्जा लिएको मितिले पैंतीस दिनभित्र पशुधन खरिद गर्नेछु।
२. सुरक्षण गराउने पशुधनको वार्षिक सुरक्षण शुल्क म आफैंले बुझाउने छु /मेरो कर्जा खातामा खर्च लेखी सदस्य संस्थाबाट कोषलाई बुझाई दिनु हुन सदस्य संस्थालाई अनुरोध गरेको छु ।
३. मैले खरिद गरेको पशुधनको स्वास्थ्य परीक्षण गराउने छु ।
४. पशुधन तन्दुरुस्त र निरोगी भएमा संकेत पट्टा लगाउन लगाउनेछु।
५. मैले खरिद गर्ने ......... वटा ........... (पशुधन) ............... (ठाउँको नाउँ) बाट खरिद गर्ने र सो स्थान मेरो घरबाट करीब ....... कि.मी. दूरीमा रहेको र खरिद गरी ल्याउने ती पशुधन ............... गोठ/तबेला (ठाउँमा) मा राखिहुनेका साथै .................. (स्थान) मा चराइने व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु।
६. यातायात र ढुवानी व्यवसायको लागि मैले खरिद गर्ने ............ (पशुधन) .......... देखि ............ सम्म करीब ........ कि.मी. दूरीको........ मार्गमा सञ्चालन गर्ने व्यहोरा अनुरोध गर्दछु।
अनुसूची-३क. (नियम ७ को खण्ड (घ१) सँग सम्बन्धित) पशुधनको विवरण
सदस्य संस्थाको नाम: .................................................................................................................................... मिति:........ शाखा कार्यालय: .................................................... अवधि: मिति..........................देखि ..........................सम्म
| जम्मा | | | | | | | | | | | | | | | | | |
सदस्य संस्थाको तर्फबाट,- दस्तखत: नाम: पद: मिति:...............
कार्यालयको छाप
नोट: सुरक्षण शुल्क आफैले बुझाएको हो वा कर्जा खातामा खर्च लेखी पठाएको हो सो कुरा कैफियतमा खुलाउनु पर्नेछ।
⁰ पहिलो संशोधनद्वारा थप।
अनुसूची-४ (नियम ८ को उपनियम (३) सँग सम्बन्धित)
पशुधनको सुरक्षण लेखको ढाँचा
सुरक्षण लेख नं.............
............ (सदस्य संस्थाको नाम) बाट मिति ............ मा कर्जा लिई खरिद गरेको निम्न विवरण बमोजिमको.................. (पशुधनको किसिम) कर्जा सुरक्षण नियमावली बमोजिम सुरक्षणको लागि ब्रिडर कृषक/पशुपालक कृषकले सुरक्षण गर्ने सहमतिपत्र, पशु सेवा कार्यालयको प्राविधिकबाट जारी गरिएको पशुधन स्वास्थ्य परीक्षण प्रमाणपत्र, संकेत पट्टि (ट्याग) लगाएको प्रमाणहरू पेश गरेको र तोकिए बमोजिमको सुरक्षण शुल्क भुक्तानी गरेको हुनाले यसमा उल्लिखित सुविधा तथा शर्त, बन्देज र सुरक्षण अवधिभित्रको अधीनमा रही उल्लिखित जोखिम सकिने गरी निक्षेप तथा कर्जा सुरक्षण कोषले यो सुरक्षण लेख जारी गरेको छ।
उल्लिखित सुरक्षण लेख अवधिभित्र पशुधनको मृत्यु भएमा नियमावलीमा उल्लेख भए बमोजिम सुरक्षण रकमको नब्बे प्रतिशत, पशुधन स्थायीरूपले अनुत्पादक भएमा सुरक्षण रकमको पचास प्रतिशतले हुने रकम क्षतिपूर्ति दिने प्रतिबद्धता यस सुरक्षण लेखद्वारा पुष्टि गरिन्छ।
विवरण
सुरक्षण लेख तयार गर्नेको, सुरक्षण लेख जारी गर्ने अधिकारीको,
दस्तखत: दस्तखत:
नाम: नाम:
पद: पद:
संस्था: संस्था:
कार्यालयको छाप: कार्यालयको छाप:
इति संवत् ..............साल............. महिना....................... गते..........रोज..... शुभम्।
अनुसूची-४क.
(नियम ९ सँग सम्बन्धित) पशुधनको सुरक्षण हुने रकमको सीमा
(क) दुग्ध उत्पादनको लागि उन्नत नस्ल प्रति गाई वा भैंसीको एक लाख पचास हजार रुपैयाँसम्म, (ख) दुग्ध उत्पादनको लागि उन्नत नस्लको प्रति बाच्छी (कोरेली) वा प्रति पाडीको पचास हजार रुपैयाँसम्म, (ग) दुग्ध उत्पादनको लागि स्थानीय नस्लको प्रति भैंसीको असी हजार रुपैयाँसम्म र प्रति पाडीको चालिस हजार रुपैयाँसम्म, (घ) दुग्ध उत्पादनको लागि स्थानीय नस्लको प्रति गाईको पचास हजार रुपैयाँसम्म र प्रति बाच्छीको दस हजार रुपैयाँसम्म, (ङ) प्रजनन्को लागि उन्नत नस्लको प्रति साँढे, याक वा राँगोको एक लाख पचास हजार रुपैयाँसम्म, (च) प्रजनन्को लागि प्रति भेडा, बाख्रा, च्याङ्ग्रा, बङ्गुर वा बोकाको तीस हजार रुपैयाँसम्म, (छ) मासु उत्पादनको लागि प्रति भेडा, बाख्रा, च्याङ्ग्रा वा बोकाको बीस हजार रुपैयाँसम्म, (ज) मासु उत्पादनको लागि दुई वर्ष उमेर नपुगेका प्रति बङ्गुर तीस हजार रुपैयाँसम्म, (झ) टँगा व्यवसायको लागि प्रति घोडा वा घोडीको एक लाख रुपैयाँसम्म, (ञ) ढुवानीको लागि प्रति खच्चड, घोडा, घोडी वा झोपाको एक लाख रुपैयाँसम्म, (ट) ढुवानीको लागि प्रति गधैको सत्तरी हजार रुपैयाँसम्म, (ठ) ढुवानी वा जाँतोको लागि प्रति गोरु वा राँगाको पचास हजार रुपैयाँसम्म।
♦अनुसूची-५ (नियम २३ को खण्ड (ग) सँग सम्बन्धित) पशुधनको सुरक्षण विवरण
सदस्य संस्थाको नाम: .................................................................................................................................................... मिति:........ शाखा कार्यालय: ........................................... अवधि: मिति ........................................देखि ...............................सम्म
कार्यालयको छाप
सदस्य संस्थाको तर्फबाट,- दस्तखत: नाम: पद: मिति:...............
• पहिलो संशोधनद्वारा संशोधित।
नोट: सुरक्षण शुल्क आफैले बुझाएको हो वा कर्जा खातामा खर्च लेखी पठाएको हो सो कुरा कैफियतमा खुलाउनु पर्नेछ ।
अनुसूची-६ (नियम २५ को उपनियम (१) सँग सम्बन्धित)
पशुधनको मृत्यु प्रमाणपत्र
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष मिति ..................
मार्फत .......................... (सदस्य संस्थाको नाम) .......................... ।
.......................... (सुरक्षणकर्ताको स्थायी ठेगाना) मा बसोबास गरी आएका ............................... (सुरक्षणकर्ताको नाम) ले ............................ (सदस्य संस्थाको नाम) बाट कर्जा लिई खरिद गरेको सङ्केत पट्टि नं ....... लगाएको ................. (पशुधन) को मिति ................. मा ................... घर/गोठ/तबेला/चरण/दैनिक चल्ने मार्ग ..................... मा मृत्यु भएको व्यहोरा प्रमाणित गर्दछौं। हामीले जानेबुझेसम्म सुरक्षित ........................ (पशुधन) सुरक्षणकर्ताको जानाजानी लापरवाहीबाट मरेको होइन।
मृत्युको कारण/रोगको दस्तखत : नाम/अन्य कुनै कारण नाम : पद : कार्यालयको छाप : ....................................
प्रमाणित गर्नेको,- सदस्य संस्थाको तर्फबाट दस्तखत : दस्तखत : नाम : नाम : पद : पद :
अनुसूची-७ (नियम २६ सँग सम्बन्धित) पशुधन अनुत्पादक भएको प्रमाणपत्र
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष मिति:....................... मार्फत....................(सदस्य संस्थाको नाम) ..........................................।
............................(सुरक्षणकर्ताको ठेगाना) मा बसोबास गरी आएका श्री............................. (सुरक्षणकर्ताको नाम) ले ........................ (सदस्य संस्थाको नाम) ................................. बाट कर्जा लिई खरिद गरेको सङ्केत पट्टि नं.................... लगाइएको ........................ (पशुधन) सुरक्षणकर्ताले अनुत्पादक भएको भनी मिति .................... मा यस कार्यालयमा निवेदन दिएको र सो पशुधनलाई कर्जा सुरक्षण नियमावली बमोजिम निगरानीमा राखिदा सो पशुधन मिति ..........................देखि देहायको कारणले स्थायी रुपमा अनुत्पादक भएको प्रमाणित गरिन्छ। हामीले जानेबुझे सम्म सुरक्षणकर्ताको लापरबाहीको कारणबाट सो पशुधन अनुत्पादक भएको होइन भन्ने व्यहोरा प्रमाणित गर्दछौं।
अनुसूची-८ (नियम २७ को उपनियम (१) सँग सम्बन्धित) मृत पशुधनको क्षतिपूर्ति दाबी पत्रको ढाँचा
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष मिति : .................... मार्फत ......................... (सदस्य संस्थाको नाम) ......................................।
विषय : मृत पशुधनको क्षतिपूर्ति पाऊँ।
मैले ................................... (सदस्य संस्थाको नाम) बाट मिति ......... मा रु......................... अक्षरेपी ........................... कर्जा लिई मिति .......... मा खरिद गरेको सङ्केत पट्टा नं ........... लगाएको ........... (पशुधनको नाम) को मिति ...................... मा मृत्यु भएकोले कर्जा सुरक्षण नियमावली बमोजिम जारी गरिएको सुरक्षण लेख नं. ....... अन्तर्गत मैले पाउनु पर्ने क्षतिपूर्ति भुक्तानी पाउन अनुरोध गर्दछु। साथै क्षतिपूर्ति दाबी साथ संलग्न गर्नु पर्ने सक्कल पशुधन सुरक्षण लेख नं. ................ पशुधनलाई लगाएको नं............... को सङ्केत पट्टा, मृत्युको प्रमाण पत्र यसै दाबी पत्रका साथ पेश गरेको छु । यो ......................... (पशुधनको नाम) मेरो लापरवाहीको कारणले मरेको होइन भन्ने व्यहोरा अनुरोध गर्दछु।
संलग्न कागजात तथा प्रमाण: सुरक्षणकर्ताको,- (१) मृत्यु प्रमाण पत्र दस्तखत: (२) पशुधनको कानमा लगाएको सङ्केत पट्टा नाम: (३) सुरक्षण लेखको सक्कल प्रति। ठेगाना: (लेखन नजान्नेको हकमा ल्याप्चे सहित छाप) दा. बा.
अनुसूची-९ (नियम ३१ सँग सम्बन्धित) अनुत्पादक पशुधन क्षतिपूर्ति दाबी पत्रको ढाँचा
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष मिति:....................
मार्फत........................... (सदस्य संस्थाको नाम)
............................... ।
विषय : अनुत्पादक पशुधनको क्षतिपूर्ति पाऊँ।
म, ........................ (सुरक्षणकर्ताको स्थायी ठेगाना) निवासी ..............................................ले.......................................................................(सदस्य संस्थाको नाम र ठेगाना) बाट मिति ......................... मा ..................... (पशुधनको नाम) खरिद गर्न कर्जा लिएकोमा सो कर्जाको भुक्तानी मिति ..................... अगावै मिति ..................... का दिनदेखि उक्त पशुधन स्थायी रुपमा अनुत्पादक भएको प्रमाणित भएकोले कोषबाट मिति ............. मा जारी गरेको सुरक्षण लेख नं.............अनुसारको सुरक्षण रकम रु......................उक्त अनुत्पादक पशुधनको क्षतिपूर्ति बापत भुक्तानी पाउन देहायका प्रमाण कागजात सहित अनुरोध गर्दछु। यो पशुधन मेरो र जिम्मेवार लापरवाहीको कारणले अनुत्पादक भएको होइन भन्ने व्यहोरा समेत अनुरोध गर्दछु।
संलग्न कागजात तथा प्रमाणः सुरक्षणकर्ताको,-
(१) अनुत्पादक प्रमाणपत्र दस्तखत:
(२) पशुधन सुरक्षण लेख नाम:
(३) पशुधनको कानमा लगाइएको सङ्केत पट्टि। ठेगाना:
अनुसूची -१० (नियम ३४ को उपनियम (१) सँग सम्बन्धित) सम्झौता पत्र
लिखितम निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँ (यसपछि “कोष” भनिएको) र ............(बैङ्क तथा वित्तीय संस्था)............, (यसपछि “सदस्य संस्था” भनिएको) बीच कर्जा सुरक्षण नियमावली, २०७५ (यसपछि नियमावली भनिएको) तथा देहायको ढाकाको अधीनमा रही लघु तथा विपन्न वर्ग कर्जा/साना तथा मझौला उद्यम कर्जा/कृषि कर्जा कार्यक्रममा प्रदान गरेको कर्जा सुरक्षण गराउन दुवै पक्षको सहमति भएकोले कोषको कार्यालय, काठमाडौँमा बसी यो सम्झौता गरी एक एक प्रति लियौँ दियौँ।
(१) सदस्य संस्थाले................. कर्जा कार्यक्रम क्षेत्रमा कर्जा प्रदान गरी कोषमा सुरक्षण गराएकोमा नियम.... बमोजिमको सीमासम्म मात्र दाबी गर्न पाउनेछ र त्यस्तो दाबी सम्बन्धमा नियमावली बमोजिम कोषले माग गरेका कागजात तथा अन्य विवरणहरु कोषलाई दिनु पर्नेछ।
(२) सदस्य संस्थाले .............................कर्जा कार्यक्रम अन्तर्गत प्रदान भएका सम्पूर्ण कर्जाको सुरक्षण शुल्क अनिवार्य रुपमा कोषलाई बुझाउनु पर्नेछ।
(३) कोषले तोकेको व्यवसायमा प्रदान गरेको कर्जा बाहेक अन्य व्यवसायमा प्रदान गरिएको कर्जाको सुरक्षण गर्ने छैन।
(४) ........................ कर्जा कार्यक्रम सम्बन्धी खाता र सोसँग सम्बन्धित कागजातहरु कोषको कर्मचारी वा कोषले तोकेको कुनै व्यक्ति वा संस्थाले निरीक्षण गर्न सक्नेछ।
(५) प्रचलित कानून बमोजिमको रित नपुऱ्याई सदस्य संस्थाबाट प्रदान गरिएको कर्जा असूल उपर नभएमा कोष उपर कुनै दाबी लाग्ने छैन।
(६) कोषसँग असूल उपर नभएका कर्जाको दाबी गर्दा वा सो सम्बन्धमा पत्राचार गर्दा वा विवरण वा अन्य कागजात दाखिल गर्दा त्यस्ता दाबी, पत्राचार, विवरण तथा कागजातमा सदस्य संस्थाको तर्फबाट अख्तियार प्राप्त व्यक्तिले दस्तखत गर्नु पर्नेछ।
(७) नियमावलीमा कुनै संशोधन भए सोको जानकारी कोषले सदस्य संस्थालाई गराउनु पर्नेछ।
(८) यो सम्झौता मिति ...................... देखि लागू हुनेछ।
कोषको तर्फबाट सदस्य संस्थाको तर्फबाट दस्तखत: दस्तखत: नाम: नाम: दर्जा: दर्जा: (कार्यालयको छाप) (कार्यालयको छाप)
साक्षी साक्षी दस्तखत: दस्तखत: नाम: नाम: ठेगाना: ठेगाना:
इति संवत् २०........ साल ........... गते ................ रोज् ................ शुभम् ।
अनुसूची-११ (नियम ३६ को उपनियम (१), नियम ३८ को उपनियम (१) र नियम ३९क. को उपनियम (१) सँग सम्बन्धित)
(क) लघु तथा विपन्न वर्ग अन्तर्गतका व्यवसाय: (१) कृषि व्यवसाय: १. खाद्यान्न, नगदे बाली, तरकारी, आदि। घन्, गहुँ, मकै, कोदो, जौ, तोरी, सर्स्यू, केराउ, चना, चाम, भटमास फलफूल तथा चिया, अलैँची, सुठो, सुपारी, नरिवल, कपास, अल्लो, अनिसो, बाबियो, जडिबुटी उखु, रबर, अदुवा, बेसार, सूर्यमुखी, मरीच तथा मसाला आदि । लसुन, प्याज, आलु, काउली, बन्दा, परवल, करिलो, भण्टा, चम्सुर, पालुङ्गो, ब्रोकाउली, गोलभेंडा, च्याउ, बोडी, सिमी, फसी, गाजर, मुला, खोर्सानी, पिण्डलु, इसकुस, धनियँ, तरुल, घिरौँला आदि। आँप, सुन्तला, स्याउ, अनार, दाडिम, अम्बा, कागती, निबुवा, बोगेटे, ज्यामी, लप्सी, लिची, कटहर, घ्यूइकटहर, अङ्गुर, बुलुबवेद, मेवा, केरा, खुर्पानी, बयर, सतीबयर, अमला, विभिन्न किसिमका फूल खेती, (टिस्यूकल्चर, बीउ तथा बेर्ना उत्पादन समेत) आदि। नेपाल सरकारको सम्बन्धित निकाय वा जडिबुटी उत्पादन वा प्रशोधन कम्पनीले तोकेका सबै किसिमका जडिबुटी उत्पादन (प्रचलित कानूनले बन्देर लगाएका बाहेक) आदि।
२. पशुपक्षी पालन गाई, गोरु, भैंसी, राँगो, बुङ्गुर, सुँगुर, खरायो, चौरी, याक, नाक, भेडा, बाख्रा, थुमा, खसी, बाच्छा-बाच्छी, पाडा-पाडी, घोडा, गधा, खच्चर र आर्थिक उपार्जनका लागि पालिने अन्य पशुहरु । कुखुरा, हाँस, परेवा, लौकाट, बट्टाई र आर्थिक उपार्जन गर्नका लागि पालिने अन्य पक्षीहरु। व्यवसायिक रुपले गरिएको मत्स्यपालन, मौरीपालन, रेशम किरा
पालन आदि। ३. सिंचाइ तथा सिंचाइ उपकरण कृषि उत्पादन वृद्धि गर्न सदउ पुर्याउने गरी कृषकहरूले एक्लै वा सामूहिकरूपमा निर्माण गर्ने कुलो, नहर, नल, हातेनल, क्याप्सिप्ट जेनेरेटर, स्प्रिंकलर, पम्पसेट, रोअर पम्प आदि। ४. कृषि औजार व सन्त्र थ्रेसर, ग्रिडर, आधुनिक हलो, कुटो, कोदालो, कोदाली, हँसिया, खुर्पा, खन्ती, ट्र्याक्टर, ट्रेलर आदि। ५. वन विकास तथा चरण विकास नर्सरी स्थापना र विकास, निजी एवं सामुदायिक वृक्षारोपण, वन विकासका लागि प्रयोग हुने मलखाद, कृषि वन प्रणालीको विकास र विस्तार, चरण विकास आदि। ६. जग्गा विकास र भू-संरक्षण जमीन सुधार, तार - बार, जाली, पर्खाल आदि। ७. प्रचलित कानूनले बन्देज गरीएका बाहेकका अन्य कृषि उत्पादनहरू तथा कृषिजन्य व्यवसायहरू।
(२) उद्योग व्यवसाय: (अ) परम्परागत घरेलु तथा साना उद्योग व्यवसाय हाते एवं खुट्टे तान, अर्धस्वचालित तान, बाफिङ्ग, रङ्गाइ, छपाई, सिलाई, बुनाइ, राडी, पाखी, ऊनी गलैंचा, पस्मिना, ऊनी पोसाक, सिकमी कार्य, काठबाट कलात्मक वस्तु निर्माण गर्ने कार्य, वेत, बाँस र निगालोका सामान तयार गर्ने कार्य, प्राकृतिक रेशबाट विभिन्न वस्तुहरूको निर्माण कार्य, हातकागज उत्पादन, सुन, चाँदी, तामा, पित्तल, फलाम जस्ता धातुहरूको कार्य, गहना एवं मुनता बनाउने कार्य, मह, च्यूरी, अलैँची एवं श्याया प्रशोधन कार्य, सेरामिक्स एवं कुमालेको पेशागत कार्य, छाला सम्बन्धी पेशागत कार्य र ट्यानिंग छाला, हाड, सिङ्ग तथा ढुङ्गाबाट तयार हुने वस्तुहरूको उत्पादन, चित्रकला, कागजबाट बनेका सामान, धुप, पुतली, खेलौना र प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानूनले परम्परागत घरेलु उद्योग भनी परिभाषा गरेका सम्पूर्ण उद्योगहरू।
(३) सेवा व्यवसाय: १. स्वास्थ्य सम्बन्धी शिशु स्याहार केन्द्र, औषधी पसल।
(४) अन्य कर्जाः आवास निर्माण, सौर्य बत्ती, शैक्षिक बेरोजगार, धारा बाथरुम तथा शौचालय निर्माण। (ख) साना तथा मझौला उद्यम अन्तर्गतका व्यवसायः (१) उद्योग व्यवसाय: (अ) परम्परागत घरेलु साना तथा मझौला उद्योग व्यवसाय हाते एवं खुट्टे तान, अर्धस्वचालित तान, वापिङ्ग, रङ्गाई, छपाई, सिलाई, बुनाई, राडी, पाखी, ऊनी गलैंचा, पश्मिना, ऊनी पोसाक, सिकमी कार्य, काठबाट कलात्मक वस्तु निर्माण गर्ने कार्य, बेत, बाँस र निगालोका सामान तयार गर्ने कार्य, प्राकृतिक रेशबाट विभिन्न वस्तुहरुको निर्माण कार्य, हाते कागज उत्पादन, सुन, चाँदी, तामा, पित्तल, फलाम
जस्ता धातुहरूको कार्य, गहना एवं मूर्ति बनाउने कार्य, मह, च्यूरी, अलैँची एवं चिया प्रशोधन कार्य, सेरामिक्स एवं कुमालको पेशागत कार्य, छाला सम्बन्धी पेशागत कार्य र ट्यानिंग छाला, हार्ड, निसङ्ग तथा ढुङ्गाबाट तयार हुने वस्तुहरूको उत्पादन, चित्रकला, कागजबाट बनेका सामान, धुप, पुतली, खेलौना र प्रचलित औद्योगिक व्यवसाय कानूनले परम्परागत घरेलु उद्योग भनी परिभाषित गरेका सम्पूर्ण उद्योगहरू।
(आ) अन्य घरेलु साना तथा मझौला उद्योग व्यवसाय
१. रासायनिक मल उद्योग: युरिया, डी.ए.पी., एमोनियम सल्फेट, पोटास जस्ता रासायनिक पदार्थहरूको सम्मिश्रणबाट तयार हुने रासायनिक मल उत्पादन गर्ने उद्योग।
२. मूल्य अभिवृद्धि हुने जडान उद्योगहरू: रेडियो, घडी, टेलिभिजन, कम्प्यूटर, आधुनिक बत्ती, टर्च, लाइटर, इम्ब्रोइडरी, तयारी पोशाक आदि।
३. विद्युत्, वायु एवं सौर्या उर्जा तथा बायो ग्यास सम्बन्धी उद्योगहरू: विद्युत उत्पादन गर्ने मेशिन एवं औजारहरूको खरिद एवं जडान, वायु, सौर्य शक्ति एवं बायो ग्यासबाट बिजुली उत्पादन गर्न प्रयोग हुने मेशिन एवं औजारहरूको खरिद एवं जडान तथा बायो ग्यास उत्पादन एवं वितरण, पानीबाट सञ्चालन हुने, कुटानी-पिसानी सम्बन्धी मिलहरू र पानीबाट चल्ने उद्योगहरू।
४. सूचना प्रविधि: कम्प्यूटर सफ्टवेयर एवं हार्डवेयर सम्बन्धी उद्योगहरू।
५. वातावरण: प्रदुषण न्यून तुल्याई पर्यावरण स्वच्छ राख्न सहयोग पुर्याउने उद्योगहरू।
६. खनिज वा खानीजन्य उद्योग: खनिज उत्खनन वा प्रशोधन गर्ने उद्योगहरू।
७. प्रचलित कानूनले बन्देज लगाए बाहेकका अन्य घरेलु तथा साना र मझौला उद्योगहरू।
(२) सेवा व्यवसाय:
१. आवास तथा उपभोग कर्जा: विपन्न वर्गलाई प्रवाह भएका आवास एवं उपभोग कर्जा।
९. कृषि एवं औद्योगिक उत्पादन वृद्धिमा सघाउ पुर्याउने सेवा व्यवसायहरु: कृषि सामग्री, बेचबिखन, कृषि उपज बेच बिक्री, औद्योगिक कच्चा पदार्थको खरिद बिक्री आदि। १०. प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानूनले तोकेका अन्य सेवामूलक व्यवसायहरु।
(३) अन्य कर्जाः आवास निर्माण, सौर्य बत्ती, धारा बथरुम तथा शौचालय निर्माण। नोटः उपरोक्त क्षेत्र अन्तर्गतका प्रयोजनहरुमा प्रदान गरिएको स्थिर पूँजी, चालू पूँजी, ओभरड्राफ्ट, प्याकिङ्ग, क्रेडिट ट्रष्ट रिसिप्ट, हाइपरचेज, हाइपोथिकेशन कर्जा आदिको लागि प्रदान किएका कर्जाहरु समेत सुरक्षण शुल्क सकिन्छन्। तर रिभोलिङ्ग प्रकृतिको कर्जाको हकमा प्राप्त सुरक्षण शुल्कसमको कर्जा (सावाँ र ब्याज) को मात्र कोषको दायित्व रहनेछ।
(ग) कृषि व्यवसायः १. खाद्यान्न बाली: धान, गहुँ, मकै, कोदो, जौ, तोरी, सस्यु, केराउ, चना, बटमास आदि। २. नगदे बाली: चिया, अलैँची, सुठो, सुपारी, नरिवल, कपास, अल्लो, अनिसो, बाबियो, उखु, रबर, अदुवा, बेसार, सूर्यमुखी, मरीच जस्ता मसला आदि। ३. तरकारी बाली: लसुन, प्याज, आलु, काउली, बन्दा, परवल, कुरिलो, भण्टा, चम्सुर, पालुङ्गो, रायो, ब्रोकाउली, गोलभेडा, च्यौ, बोडी, सिमी, फसी, गाजर, मुला, खुर्सानी, पिण्डलु, इसकुस, धनियाँ, तरुल, घिरौंला आदि। ४. फलफूल तथा जडिबुटी: आँप, सुन्तला, स्याउ, अनार, दरीम, अभबज, कागती, निबुवा, बोगटे, ज्यामी, लप्सी, लिची, कटहर, डुइँकटहर, अङ्गुर, हलुववेद, मेवा, केरा, खुपानी, वयर, सतीवयर, अमला, विभिन्न किसमका फूल खेती, (टिस्यूकल्चर, बीउ तथा बेर्ना उत्पादन समेत) तथा नेपाल सरकारको सम्बन्धित निकाय वा जडिबुटी उत्पादन वा प्रशोधन
कम्पनीले तोकेका सबै किसिमका जडिबुटी उत्पादन (प्रचलित कानूनले बन्देज लगाएका बाहेक) आदि।
५. पशुपक्षी पालन (क) गाई, गोरु, भैंसी, राँगो, बङ्गुर, सुँगुर, खरायो, चौरी, याक, नाक, भेडा, बाख्रा, थुमा, खसी, बाच्छा-बाच्छी, पाडा-पाडी, घोडा, गधा, खच्चर र आर्थिक उपार्जनका लागि पालिने अन्य पशुहरु। (ख) कुखुरा, हाँस, परेवा, लोकाट, बट्टाई र आर्थिक उपार्जन गर्नका लागि पालिने अन्य पंक्षीहरु। (ग) व्यावसायिक रुपले गरिएको मत्स्यपालन, मौरीपालन, रेशम किरा पालन आदि।
६. सिंचाइ तथा सिंचाई उपकरण कृषि उत्पादन वृद्धि गर्न सघाउ पुर्याउने गरी कृषकहरुले एक्लै वा सामूहिक रुपमा निर्माण गर्ने कुलो, नहर, नल, हतेनल, क्याप्सिटि जेनेरेटर, स्प्रिंकलर, पम्पसेट, रोअर पम्प आदि।
७. कृषि औजार व सं यन्त्र थ्रेसर, निडरर, आधुनिक हलो, कुटो, कोदालो, कोदाली, हँसिया, खुँपी, खन्ती, ट्याक्टर, ट्रेलर आदि।
८. वन विकास तथा चरन विकास नर्सरी स्थापना र विकास, निजी एवं सामुदायिक वृक्षारोपण, वन विकासका लागि प्रयोग हुने मलखाद, कृषि वन प्रणालीको विकास र विस्तार, चरन विकास आदि।
९. प्रचलित कानूनले बन्देज लगाए बाहेकका समितिले तोकेका अन्य कृषि उत्पादन तथा कृषिजन्य व्यवसाय।
(घ) निर्यात व्यवसाय : (१) नियततजन्य उद्योगको लागि तयारी वस्तु उत्पादन गर्नको लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा मेशिन तथा सामान आयात गर्न दिइने कर्जा, (२) नियततजन्य उद्योगबाट उत्पादित वस्तु विदेश निर्यात गर्न दिइने कर्जा।
⁰ पहिलो संशोधनद्वारा थप।
अनुसूची -१२ (नियम ३९ को उपनियम (१) र (२) सँग सम्बन्धित) शिक्षा तथा शैक्षिक बेरोजगारी अन्तर्गतका विषय
(क) शिक्षा सम्बन्धी विषयहरु: (१) नेपाल सरकारले तोकिदिएका विषयको उच्च शिक्षा, (२) स्वास्थ्यसँग सम्बन्धित विषयहरु एम.बी.बी.एस, आयुर्वेद चिकित्सा, बी.डी.एस, बी.पी.एच, फार्मेसी, नर्सिङ लगायतका स्नातक वा सो भन्दा माथिल्लो तहका विषयहरु तथा प्राविधिक शिक्षा तथा तालिम परिषद् अन्तर्गतका एच.ए., ए.एन.एम., एस.एन.ए., फार्मेसी, ल्याब टेक्निसियन लगायतका डिप्लोमा वा सो भन्दा माथिल्लो तहका विषयहरु, (३) इन्जिनियरिङसँग सम्बन्धित विषयहरु जस्तै सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, जियोमेट्रिक्स, मेकनिकल, कम्प्युटर आदिका स्नातक वा सो भन्दा माथिल्लो तहका विषयहरु तथा प्राविधिक शिक्षा तथा तालिम परिषद् अन्तर्गतका असिस्टेन्ट सब इन्जिनियर, सब इन्जिनियर लगायतका डिप्लोमा वा सो भन्दा माथिल्लो तहका विषयहरु, (४) पशु विज्ञानसँग सम्बन्धित स्नातक वा सो भन्दा माथिल्लो तहका विषयहरु तथा प्राविधिक शिक्षा तथा तालिम परिषद् अन्तर्गतका डिप्लोमा वा सो भन्दा माथिल्लो तहका विषयहरु, (५) कृषि विज्ञानसँग सम्बन्धित स्नातक वा सो भन्दा माथिल्लो तहका विषयहरु तथा प्राविधिक शिक्षा तथा तालिम परिषद् अन्तर्गतका डिप्लोमा वा सो भन्दा माथिल्लो तहका विषयहरु, (६) अन्य प्राविधिक विषयहरुसँग सम्बन्धित स्नातक वा सो भन्दा माथिल्लो तहका विषयहरु।
(ख) प्राविधिक शिक्षा तथा तालिम परिषद् वा प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट सम्बन्धन / मान्यता प्राप्त संस्थाहरुबाट प्रदान गरिने प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट स्वीकृत विभिन्न प्राविधिक विषयमा दिइने तालिमहरु।
अनुसूची-१३ (नियम ४१ को उपनियम (१) सँग सम्बन्धित) सुरक्षण कर्जाको अर्धवार्षिक विवरण .......................................
सदस्य संस्थाको नाम :- शाखा :- (रकम रु. मा)
जम्मा:
नोट: (१) महल नं. (१३) बमोजिमको कुल बाँकी कर्जा रकमको ....... प्रतिशतले हुने अर्धवार्षिक सुरक्षण शुल्क वापतको रकम प्रत्येक माघ र श्रावण मसान्तसम्ममा विवरण सहित ड्राफ्ट/चेक द्वारा कोषले भुक्तानी पाउने गरी कोषमा पठाउनु पर्नेछ। (२) सम्भव भएसम्म यस अनुसूची अनुसारको विवरण कम्प्युटर सफ्ट कपीमा पठाउनु पर्नेछ।
* दोस्रो संशोधनद्वारा संशोधित। $\text{¤}$ चौथो संशोधनद्वारा झिकिएको
अनुसूची-१४ (नियम ४२ को उपनियम (३) सँग सम्बन्धित) भुक्तानी दाबी पत्रको ढाँचा
पत्रसङ्ख्या: .................... मिति: .................... श्री निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँ। विषय: सुरक्षण कर्जाको दाबी बारे ।
त्यस कोषसँग सम्झौता भए बमोजिम यसै साथ संलग्न कर्जाको विवरण अनुसार जम्मा कर्जा सङ्ख्या ........ रकम रु. ................ (अक्षरेपी ...........................................) को भुक्तानी पाउन देहायका कागजात संलग्न गरी यो निवेदन पेश गर्दछु ।
(१) यस पत्रसाथ संलग्न विवरणहरू मैले बुझेबमोजिम सत्य छन् । दाबी गरिएका कर्जाहरू यस ............................को कुनै पनि कर्मचारीको हेलेचक्राईं वा बदनियत भएको छैन । (२) दाबी गरिएका कर्जाहरूको २०.....आषाढ/पौष मसान्तसम्मको सुरक्षण शुल्क बुझाएको प्रमाणित गर्दछु । (३) उपरोक्त कर्जाहरू कर्जा सुरक्षण नियमावलीको अधिनमा रही सुरक्षण गरिएको हो ।
संलग्न कागजात: सदस्य संस्थाको तर्फबाट अख्तियार प्राप्त (क) दाबी कर्जाको विवरण, व्यक्तिको, (ख) निरीक्षण प्रतिवेदनको प्रतिलिपिहरू, दस्तखत: (ग) कर्जाको हिसाबको पूर्ण विवरण (लेजर) को प्रतिलिपि, नाम: (घ) धितो लिलाम बिक्री कारबाही सम्बन्धी कागजातका प्रतिलिपि पद: छाप:
अनुसूची-१५ (नियम ४२ को उपनियम (३) को खण्ड (क) सँग सम्बन्धित) भुक्तानी दाबी कर्जाको विवरण
सदस्य संस्थाको नाम: शाखाको नाम:
$\Omega$ तेस्रो संशोधनद्वारा थप ।
अनुसूची-१६ (नियम ४३ को उपनियम (१) सँग सम्बन्धित) दाबी भुक्तानीपत्रको ढाँचा
पत्रसङ्ख्याः- .............. मिति:................. श्री................................. विषय : दाबी भुक्तानी बारे । त्यस .............................को पत्रसङ्ख्या ................. मिति ............... को पत्रसाथ दबी सम्बन्धी कागजातहरु प्राप्ति भयो । सो पत्र अनुसार दाबी गरेको कूल रकम रु. ................ मध्ये ऋणी सङ्ख्या ...... को रु. ................ मात्र दाबी योग्य देखिएकाले उक्त रकमको ...... प्रतिशतले हुने रकम रु. ................ मध्ये ५० प्रतिशतले हुने रकम रु. ............... को ...................... बैङ्क उपर खिचिएको ड्राफ्ट/चेक नं. ................... बाट निम्न शर्तहरुको अधीनमा रहने गरी भुक्तानी पठाएका छौं । शर्तहरुः (१) माथि उल्लेख गरिए बमोजिमको .................... दाबी भुक्तानी प्राप्त भए पछि सदस्य संस्थाले सोको भर्पाई यथाशीघ्र कोषमा पठाउनु पर्नेछ। (२) दाबी पत्र अनुसार त्यस ..................ले पेश गरेको कागजात तथा विवरणहरु गलत तथा झुठ्ठा ठरेमा यस कोषबाट दाबी भुक्तानी गरेको रकम फिर्ता गर्नु पर्नेछ। (३) कोषबाट दाबी भुक्तानी प्राप्त भएको कर्जा आंशिकरूपमा असूल उपर भएमा असूल उपर भएको रकमको कोषले दाबी भुक्तानी गरेको प्रतिशतले हुने आउने रकम र सम्पूर्ण कर्जा रकम असूल उपर भएमा दाबी भुक्तानी बापत प्राप्त भएको सम्पूर्ण रकम पैंतीस दिनभित्र कोषमा फिर्ता पठाउनु पर्नेछ। संलग्नः ड्राफ्ट/चेक थान ..... र विवरण। कोषको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको,- दस्तखतः नामः छापः पदः
अनुसूची-१७ (नियम ४३ को उपनियम (४) सँग सम्बन्धित ) दाबी भुक्तानी प्राप्त गरेको भरपाई
यस ............................... को पत्रसङ्ख्या ........................ मिति ....................... को पत्रबाट दाबी गरिएको कर्जाको त्यस कोषको प.सं . ....................... मिति ........................ को पत्र अनुसार दाबी नं. ............ बाट स्वीकृत दाबी रकम रु.................... मध्ये प्रथम किस्ता/दोस्रो किस्ताको दाबी भुक्तानी बापत रु. ....................(अक्षरेपी.........................................मात्र) मिति ....................मा नं...................... को चेक/ड्राफ्टबाट सधन्यवाद प्राप्त भयो।
सदस्य संस्थाको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको,- दस्तखत: नाम : पद : ठेगाना : मिति : कार्यालयको छाप :
अनुसूची-१८ (नियम ४७ को उपनियम (१) सँग सम्बन्धित) दाबी भुक्तानी बापत प्राप्त भएको रकम फिर्ता गर्ने पत्रको ढाँचा
पत्रसंख्या :.............................. मिति :......................
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँ।
विषय : दाबी भुक्तानी बापत प्राप्त भएको रकम फिर्ता गरिएको बारे ।
त्यस कोषको पत्रसंख्या ......................... मिति ...................... को पत्रसाथ दाबी भुक्तानी प्राप्त गरिएका निम्न कर्जाहरुको ऋणीहरुबाट कर्जा असूल उपर भएकोले निम्न उल्लेखित रकम रु.......................... मात्र ड्राफ्ट/चेक नं....................... बाट तही फिर्ता पठाईएको व्यहोरा अनुरोध गर्दछौँ।
सदस्य संस्थाको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको, दस्तखत :- नाम :- पद :- ठेगाना :- कार्यालयको छाप :
अनुसूची-१९ (नियम ४८ को उपनियम (२) सँग सम्बन्धित) अपलेखन गर्ने स्वीकृती पत्रको ढाँचा
पत्रसङ्ख्या :.............................. मिति :......................
श्री निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौँ।
विषयः अपलेखन गर्ने स्वीकृती बारे ।
त्यस कोषबाट दाबी भुक्तानी बापत प्राप्त निम्न कर्जाको कर्जा सुरक्षण नियमावलीको अधीनमा रही अपलेखन गर्न स्वीकृनत दिनु हुन अनुरोध गर्दछौँ।
सदस्य संस्थाको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको,- दस्तखत : नाम : पद : ठेगाना : छाप :
(नियम ४९ को उपनियम (१) सँग सम्बन्धित)
निवेदकको,- दस्तखत: नाम: ठेगाना: फोन नं.: पति वा पत्नीको नाम: बाबुको नाम: बाजेको नाम: इच्छित व्यक्तिको नाम: नाता: (दस्तखत गर्न नसक्नेको लागि ल्याप्चे) दा. बा. (लेखन नजान्नेको हकमा ल्याप्चे सहितछाप) दा. वा.