कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५
नेपाल राजपत्रमा प्रकाशित मिति २०७६।०८।०२
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९६ ले दिएको अधिकार प्रयोग गरी महान्यायाधिवक्ताको परामर्शमा नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम "फौजदारी कसूरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५” रहेको छ ।
(२) यो नियमावली २०७५ भदौ १ गते देखि प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्ग अनुसार अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “संहिता” भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) “फौजदारी मुद्दा” भन्नाले संहिताको अनुसूची-१ र २ मा उल्लिखित कसूर सम्बन्धी मुद्दा सम्झनु पर्छ ।
(ग) "सरकारी वकील कार्यालय' भन्नाले महान्यायाधिवक्ताको कार्यालय तथा सो मातहत रहेका उच्च सरकारी वकील कार्यालय, विशेष सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय सम्झनु पर्छ ।
३. ढाँचामा नभए पनि दर्ता गर्नु पर्नेः (१) संहिताको दफा ४ को उपदफा (१) वा (७) बमोजिम नयाँ आएको जाहेरी दरखास्त संहिताको अनुसूची–५ बमोजिमको ढाँचामा नभए पनि सम्बन्धित कार्यालय वा अधिकारीले बुझी लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्तको सम्बन्धमा अन्य कुनै आवश्यक कुरा खुलाउनु पर्ने देखिएमा सम्बन्धित कार्यालयले जाहेरी दरखास्त वा सूचना दिने व्यक्ति समक्ष कर्मचारी पठाई वा निजलाई कार्यालयमा झिकाई आवश्यक कुराहरू खुलाउन सक्नेछ।
४. सनाखत गराउनु पर्नेः (१) कुनै व्यक्तिमार्फत वा विद्युतीय माध्यम वा अन्य कुनै माध्यमबाट प्राप्त भएको जाहेरी दरखास्त वा सूचनाको विश्वसनीयतामा शंका भएमा त्यस्तो दरखास्त वा सूचना बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित व्यक्तिबाट सनाखत गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सनाखत गर्न नसकेको दरखास्त वा सूचना उपर कुनै कारबाही हुने छैन ।
(३) उपनियम (२) बमोजिम कारबाही नभएका दरखास्त वा सूचनाको छुट्टै अभिलेख राख्नु पर्नेछ।
५. दर्ता गरी लगत कट्टा गर्नेः (१) संहिताको दफा ४ को उपदफा (१०) बमोजिम प्राप्त हुन आएको सूचना सम्बन्धित कार्यालयले अनुसूची-१ बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गरी आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालय वा अधिकारी समक्ष पठाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सूचना सम्बन्धित कार्यालयमा पठाए पछि सम्बन्धित प्रहरी कार्यालयले आफ्नो कार्यालयमा रहेको सो सूचनाको लगत कट्टा गर्नेछ ।
६. जिल्ला सरकारी वकील कार्यालय समक्ष उजुरी गर्न सक्नेः (१) संहिताको दफा ५ को उपदफा (१) बमोजिम जिल्ला सरकारी वकील कार्यालयमा कुनै कसूरको जाहेरी दरखास्त वा सूचना सहितको उजुरी दर्ता गर्न आएमा सो कार्यालयले त्यस्तो उजुरीको छुट्टै अभिलेख राखी त्यस्तो उजुरीकर्तालाई दर्ताको निस्सा दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीका लागि यथाशिघ्र सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।
७. प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सक्नेः (१) संहिताको दफा ५ को उपदफा (४) बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष कसूरको सूचना सहित उजुरी दिन आएमा त्यस्तो उजुरी छुट्टै दर्ता गरी उजुरीकर्तालाई दर्ताको निस्सा दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दर्ता भएको सूचना सहितको उजुरी उपर संहिताको दफा ५ को उपदफा (५) बमोजिम निर्णय गरी सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ ।
८. गृह मन्त्रालयमा उजुर दिन सक्नेः (१) संहिताको दफा ५ को उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम गृह मन्त्रालयमा पर्न आएको उजुरी छुट्टै दर्ता गरी उजुरीकर्तालाई दर्ताको निस्सा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता भएको सूचना सहितको उजुरी उपर संहिताको दफा ५ को उपदफा (५) बमोजिम निर्णय गरी सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ ।
९. आवश्यक सहयोग वा मद्दत गर्नु पर्ने: (१) संहिताको दफा ६ को उपदफा (४) बमोजिम कुनै अधिकारीले कुनै कसूरको कारबाही गर्नु पर्ने भएमा निजले नजिको कुनै निकाय, अधिकारी वा व्यक्तिसँग आवश्यक सहयोग वा मद्दत माग्न सक्नेछ । यसरी सहयोग वा मद्दत मागेमा आवश्यक सहयोग गर्नु सम्बन्धित निकाय, अधिकारी वा व्यक्तिको कर्तव्य हुनेछ।
(२) संहिताको दफा ६ को उपदफा (६) बमोजिम सुरक्षा लिन गएका बखत वा आफ्नो उपस्थितिमा कुनै कसूर भएको अवस्थामा त्यस्तो प्रहरी कर्मचारीले घटनाको सम्बन्धमा यथाशीघ्र सम्बन्धित प्रहरी कार्यालयमा खबर गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको कसूरका सम्बन्धमा कुनै व्यक्तिलाई तत्काल पक्राउ गर्नु पर्ने अवस्था भएमा संहिताको दफा ९ को उपदफा (६) बमोजिम जरुरी पक्राउ पूजी दिई पक्राउ गर्नु पर्नेछ।
(४) संहिताको दफा ६ को उपदफा (७) बमोजिम कसूरसँग सम्बन्धित दसीको मालसमान वा अन्य कुनै प्रमाण वा वस्तु कब्जामा लिई मुचुल्का तयार गर्दा संहिताको अनुसूची- १३ बमोजिमको ढाँचामा तयार गर्नु पर्नेछ।
१०. अनुसन्धान अधिकारी तोक्नु पर्ने: (१) संहिताको दफा ४ वा ५ बमोजिम दर्ता भएको जाहेरी दरखास्त, सूचना वा प्रतिवेदनका सम्बन्धमा अनुसन्धान गर्ने सम्बन्धित प्रहरी कार्यालयका प्रमुखले अनुसूची-२ बमोजिमको ढाँचामा अनुसन्धान अधिकारी र आवश्यकता अनुसार अन्य सहयोगी प्रहरी कर्मचारी समेत तोक्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान अधिकारी तोकिएको जानकारी सम्बन्धित सरकारी वकील कार्यालयलाई दिनु पर्नेछ।
११. खानतलासी मुचुल्का तयार गर्ने : संहिताको दफा ९ र दफा १८ को उपदफा (१) बमोजिम कुनै मुद्दाको सम्बन्धमा कुनै व्यक्तिको शरीरको खानतलासी लिनुपर्दा आवश्यकता अनुसार संहिताको दफा १८ को उपदफा (३) बमोजिम सोही संहिताको अनुसूची-१३ बमोजिमको मुचुल्का खडा गर्नु पर्नेछ।
१२. पक्राउ पूजी जारी गर्ने अनुमति: संहिताको दफा ९ को उपदफा (२) बमोजिम पक्राउ पूजी जारी गर्नु भन्दा अगाडी सम्बन्धित कार्यालय वा अनुसन्धान अधिकारीले अनुसूची-३ बमोजिमको ढाँचामा मुद्दा गर्ने अधिकारी समक्ष अनुमतिको लागि निवेदन दिनु पर्नेछ।
१३. प्रहरी कार्यालयमा बुझाउने: (१) संहिताको दफा ९ को उपदफा (८) मा उल्लेख कसूर गर्ने व्यक्तिलाई कसूर गर्दाका बखत उपस्थित भएको वा कसूर भएको देख्ने व्यक्तिले त्यस्तो कसूर गर्ने व्यक्तिलाई भाग्न उम्कन नदिई अनुसूची-४ बमोजिमको ढाँचाको निवेदन सहित नजिकको प्रहरी कार्यालयमा बुझाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कसूर गर्ने व्यक्तिलाई भाग्न उम्कन नदिई प्रहरी कार्यालयमा बुझाउने क्रममा कसूर गर्दाका बखत उपस्थित भएको वा कसूर भएको देख्ने व्यक्तिले अन्य व्यक्तिबाट आवश्यक सहयोग लिन सक्नेछ।
१४. शारीरिक जाँच गर्ने: संहिताको अनुसूची-१ मा उल्लेख शक्त कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिलाई हिरासतमा राख्दा र छोड्दा सम्भव भएसम्म सरकारी चिकित्सक वा नेपाल सरकारले तोकेको चिकित्सक वा त्यस्तो चिकित्सक उपलब्ध हुन नसकेमा मान्यताप्राप्त स्वास्थ्यकर्मीबाट निजको शारीरिक स्थितिको जाँच गराई सो को अभिलेख राख्नु पर्नेछ।
१५. प्रारम्भिक अनुसन्धान प्रतिवेदनको ढाँचा: संहिताको दफा १० को उपदफा (२) बमोजिम सरकारी वकील कार्यालयमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउँदा अनुसूची-५ बमोजिमको ढाँचामा पठाउनु पर्नेछ।
१६. भ्रमपूर्ण, झुट्टा वा काल्पनिक सूचना तामेलीमा राख्ने : (१) संहिताको दफा ११ को उपदफा (१) बमोजिम कुनै कसूरका सम्बन्धमा प्राप्त जाहेरी दरखास्त वा सूचना भ्रमपूर्ण, झुट्टा वा काल्पनिक भई अनुसन्धान गर्न आवश्यक नभएमा वा निरर्थक देखिएमा संहिताको अनुसूची-१ अन्तर्गतका कसूरको हकमा सम्बन्धित प्रहरी कार्यालय र अनुसूची-२ अन्तर्गतका कसूरको हकमा सम्बन्धित कार्यालयले सोही कुरा खुलाई सम्बन्धित सरकारी वकील कार्यालयमा अनुसूची-६ बमोजिमको ढाँचामा प्रतिवेदन पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनको अध्ययन गर्दा वारदातको सम्बन्धमा तत्काल अनुसन्धान गर्न मनासिब नदेखेमा सम्बन्धित सरकारी वकीलले त्यसको आधार र कारण खोली पछि पर्याप्त प्रमाण प्राप्त भएका बखत पुनः अनुसन्धान गर्न सकिने गरी तामेलीमा राख्ने निर्णय गर्नु पर्नेछ ।
तर प्राप्त प्रतिवेदनको अध्ययन गर्दा तामेलीमा राख्न उपयुक्त नदेखेमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न सम्बन्धित अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम तत्काल अनुसन्धान गर्न मनासिब नदेखी तामेलीमा राख्ने गरी निर्णय भएकोमा सम्बन्धित मुद्दाको हदम्याद भित्र थप प्रमाण प्राप्त नभएमा सो निर्णय स्वतः अन्तिम हुनेछ ।
१७. घटनास्थल मुचुल्का तयार गर्नेः कुनै कसूरको अनुसन्धानको क्रममा घटनास्थल मुचुल्का खडा गर्दा लास जाँच मुचुल्काको हकमा संहिताको अनुसूची-१४ र सो बाहेकका अन्य अवस्थाको हकमा यस नियमको अनुसूची-७ बमोजिमको ढाँचामा घटनास्थल मुचुल्का खडा गर्नु पर्नेछ ।
१८. विशेष टोलीले प्रतिवेदन पेश गर्नेः (१) संहिताको दफा १२ को उपदफा (१) र (२) बमोजिम गठित अनुसन्धान विशेष टोलीले अनुसन्धान सम्पन्न गरी सो दफाको उपदफा (५) बमोजिमको प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गर्दा संहिताको अनुसूची-१९ बमोजिमको ढाँचामा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश गरेको प्रतिवेदनको जानकारी प्रहरी कार्यालय वा अनुसन्धान गर्न अधिकार प्राप्त कार्यालय वा अधिकारीलाई समेत दिनु पर्नेछ।
१९. पक्राउ परेको व्यक्तिलाई हिरासतमा राख्न अनुमति माग्नेः संहिताको दफा १४ को उपदफा (३) बमोजिम अनुसन्धान अधिकारीबाट म्याद थपको लागि पेश हुन आएको मिसिल सहितको निवेदनमा उल्लेखित आधार र कारण मनासिब देखिएमा सम्बन्धित सरकारी वकीलले मुद्दा हेर्ने अधिकारी समक्ष म्याद थपका लागि अनुसूची-८ बमोजिमको ढाँचामा निवेदन पेश गर्नु पर्नेछ।
तर त्यसरी पेश भएको मिसिल अध्ययन गर्दा म्याद थप गर्नु पर्ने स्पष्ट आधार र कारण नदेखेमा सम्बन्धित सरकारी वकीलले संहिताको दफा १५ बमोजिम धरौट वा जमानत लिई वा कुनै मान्यवर व्यक्तिको जिम्मामा छाड्न वा तारेखमा राख्नको लागि सम्बन्धित अनुसन्धान अधिकारीलाई लेखी पठाउन सक्नेछ ।
२०. हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्नेः (१) संहिताको दफा १५ को उपदफा (१) बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखी रहन आवश्यक वा उपयुक्त नदेखेमा वा निजको विरुद्धमा तत्काल
बस्तुनिशिष्ठ सबुत प्रमाण नभएमा वा नदेखेमा धरौट वा जमानत लिई वा कुनै माध्यमवर व्यक्तिको जिम्मा जमानीमा छाड्नु पर्ने भएमा सम्बन्धित अनुसन्धान अधिकारीले अनुसूची-९ बमोजिमको ढाँचामा आफ्नो राय वा निर्णय सहित मिसिल कागजात सहित सहमतिको लागि सम्बन्धित सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त मिसिल अध्ययन गर्दा त्यस्तो व्यक्तिलाई हिरासतमा राख्न आवश्यक नदेखेमा हिरासतमा रहेका त्यस्तो व्यक्तिलाई हिरासतबाट छोड्न सम्बन्धित सरकारी वकीलले सहमति दिनेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त भएको मिसिल अध्ययन गर्दा मुद्दाको गाम्भीर्यता तथा संकलित प्रमाणलाई विचार गरी त्यसरी छाड्न उपयुक्त नदेखेमा त्यसको कारण खुलाई सम्बन्धित सरकारी वकीलले सहमति दिन नसक्नेछ ।
(४) उपनियम (१) बमोजिम सहमतिको लागि सम्बन्धित सरकारी वकील कार्यालयमा तत्काल पठाउन नसकिने अवस्था भएमा अनुसन्धान अधिकारीले कारण सहितको पुछार खडा गरी सरकारी वकीलको सहमति नलिईकन पनि त्यस्तो व्यक्तिलाई धरौट वा जमानत लिई वा कुनै माध्यमवर व्यक्तिको जिम्मा जमानीमा छाड्न वा तारिखमा राख्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम सरकारी वकीलको सहमति नलिईकन धरौट वा जमानत वा जिम्मा जमानीमा छाड्ने वा तारिखमा राख्ने गरी निर्णय भएकोमा सो निर्णयको जानकारी यथाशिघ्र सरकारी वकील कार्यालयमा पठाउनु पर्नेछ ।
२१. धरौटी, जमानत, हाजर जमानी वा तारिखमा छोड्दाको प्रक्रियाः (१) संहिता बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको व्यक्तिलाई संहिताको दफा १५ को उपदफा (१) तथा नियम २० बमोजिम अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिलाई धरौट वा जमानतमा छाड्दा सो सम्बन्धमा निर्णय गरी नगद वा बैंक ग्यारेन्टी लिनु पर्नेछ । नगद वा बैंक ग्यारेन्टी दिन नसक्ने भएमा सम्बन्धित मालपोत कार्यालयले मूल्यांकन गरे अनुसारको जेथा जमानत लिनु पर्नेछ । बैंक ग्यारेन्टी दिएकोमा त्यस्तो बैंक ग्यारेन्टी असीमित अवधिको हुनु पर्नेछ ।
(२) संहिताको दफा १५ को उपदफा (१) बमोजिमको अवस्थामा अनुसन्धान अधिकारीले देहायको कुरा विचार गरी अनुसन्धानको क्रममा हिरासतमा रहेको व्यक्तिसँग धरौट वा जमानत वा बैंक ग्यारेन्टीको रकम तोक्नु पर्छ :-
(क) कसूरको प्रकृति र गम्भीरता, (ख) अभियुक्त तथा कसूरदारको आर्थिक अवस्था तथा पारिवारिक स्थिति, (ग) अभियुक्त वा कसूरदारको उमेर र शारीरिक स्थिति, (घ) निज पहिले कुनै कसूरमा कसूरदार ठहरी सजाय पाएको वा नपाएको, (ङ) निजले एकै वारदातमा विभिन्न कसूर गरे वा नगरेको, (च) निजलाई हुन सक्ने सजाय र निजले व्यहोर्नु पर्ने क्षतिपूर्ति, (छ) कसूरबाट पीडितलाई पुगेको क्षति, (ज) कसूरबाट सृजित परिणाम, (झ) कसूरमा साबिती भए वा नभएको, (ञ) असहाय वा अशक्त व्यक्ति वा गर्भवती वा स्तनपान गराउने शिशु भएकी महिला भए नभएको ।
(३) यस नियम बमोजिम कुनै व्यक्तिबाट धरौट, जमानत वा बैंक ग्यारेण्टी लिँदा अनुसूची-१० बमोजिमको ढाँचामा कागज गराउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम प्रतिवादीले नगद रकम दाखिल गर्न ल्याएमा सो रकम सम्बन्धित कार्यालयले धरौटी खातामा जम्मा गरी त्यसको प्रमाण मिसिल सामेल राख्नु पर्नेछ । अदालतबाट पुछ्छेको क्रममा अनुसन्धान अधिकारीले लिएको धरौटी नै कायम गरेमा त्यसरी कायम गरेको रकम बाहेक बाँकी धरौटी सम्बन्धित अनुसन्धान अधिकारीले सम्बन्धित व्यक्तिलाई तत्काल फिर्ता गरिदिनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम धरौट, जमानत वा बैंक ग्यारेण्टी लिई अनुसन्धानमा रहेको व्यक्ति अनुसन्धान अधिकारीले खोजेका बखत उपस्थित नभई फरार भएमा निजले राखेको त्यस्तो धरौट, जमानत वा बैंक ग्यारेण्टी बापतको रकम जफत हुनेछ ।
तर काबूबाहिरको परिस्थिति परी उपस्थित हुन नसकेको भनी मुद्दा दायर गर्ने हदम्याद भित्रै एकै पटक वा बढीमा दुई पटकसम्म कारण जनाई निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा एकै पटक वा पटक पटक गरी बढीमा पन्ध्र दिनसम्म उपस्थित नभए पनि निजले राखेको त्यस्तो धरौट, जमानत वा बैंक ग्यारेण्टी बापतको रकम जफत हुने छैन ।
(६) उपनियम (१) बमोजिम नगद, बैंक ग्यारेण्टी वा जमानत दिने व्यक्तिलाई अनुसन्धान अधिकारीले धुनामा नै राख्नेछ ।
(७) खुनामा राखिएको व्यक्तिलाई यस नियम बमोजिम नगद, बैंक ग्यारेन्टी वा जमानत लिई वा कसैको जिम्मा जमानीमा छाडी अनुसन्धान अधिकारीले तारिखमा राखी वा आवश्यकता भएको बखतमा उपस्थित हुने गरी अनुसन्धान गर्न सक्नेछ ।
(८) संहिताको दफा १५ को उपदफा (४) बमोजिम अनुसन्धान अधिकारीले जमानी दिने व्यक्तिलाई जरिवाना गरी असूल गरेको रकम नेपाल सरकारको खातामा जम्मा गर्नु पर्नेछ ।
२२. श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) को माध्यमबाट संकलित प्रमाणको अभिलेखीकरण गर्ने : (१) संहिताको दफा १६ को उपदफा (६) बमोजिम शारीरिक अवस्थाका कारणले वा सुरक्षाका कारणले अनुसन्धान अधिकारी समक्ष उपस्थित हुन नसक्ने अवस्थाको व्यक्तिसँग श्रव्य–दृश्य संवाद (भिडियो कन्फरेन्स) को माध्यमबाट लिएको बयान वा गरिएको सोधपुछ वा संहिताको दफा १८४ बमोजिम लिइएको बयान, कागज वा कुनै लिखित पत्र सुन्न, देख्न या पढ्न सक्ने गरी पेनड्राइभ, सि.डि. जस्ता कुनै विद्युतीय वस्तु वा उपकरणमा रेकर्ड गरी राख्नु पर्नेछ ।
(२) संहिताको दफा १६ को उपदफा (१) बमोजिम कुनै जघन्य वा गम्भीर प्रकृतिका कसूरका सम्बन्धमा अभियुक्तको बयान लिएकोमा सो को लेखबद्ध अभिलेखको अतिरिक्त श्रव्य-दृश्यको संवाद पनि सुरक्षित राख्न आवश्यक र मनासिब छ भन्ने अनुसन्धान अधिकारीलाई लागेमा सरकारी वकील समक्ष गरेको अभियुक्तको बयानलाई श्रव्य-दृश्यको साधनमा अभिलेखबद्ध गर्न, गराउन सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम राखिएको रेकर्ड सम्बन्धित अधिकारीले प्रमाणित गरी कसैले तोडमोड वा फेरबदल (ट्याम्परिङ्ग) गर्न नसक्ने व्यवस्था मिलाई सुरक्षितसाथ राख्नु पर्नेछ।
२३. शव परीक्षण गर्न लाग्ने खर्च दिनु पर्नेः (१) संहिताको दफा २० को उपदफा (३) बमोजिम शव परीक्षणको लागि शव पठाउँदा सम्बन्धित प्रहरी कर्मचारी वा प्रहरी कार्यालयले शवको शारीरिक अवस्था, घटनास्थलदेखि शव परीक्षण गरिने स्थानको दुरी आदि आदिको विचार गरी शव बोक्न लाग्ने मनासिब माफिकको रकम र शव परीक्षण वापत कुनै दस्तुर लाग्ने रहे छ भने सो रकम समेत त्यस्तो शव लिई जाने प्रहरी कर्मचारीलाई पेश्की स्वरुप दिई पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको रकम प्रहरी कर्मचारीले खटी जाने कर्मचारी वा आफैले खर्च गरेको रहेछ भने त्यस्तो खर्च भएको रकम सम्बन्धित प्रहरी कार्यालयबाट निजले सोधभनाप पाउनेछ।
२४. भौतिक प्रमाण परीक्षणः (१) संहिताको दफा २१ बमोजिम कुनै व्यक्तिको शरीरको जाँच गर्ने चिकित्सक वा प्रयोगशालाले देहाय बमोजिमको ढाँचामा सम्बन्धित कार्यालयमा तुरुन्त प्रतिवेदन पठाउनु पर्नेछ :-
(क) यौनजन्य कसूरमा शारीरिक जाँच गरेकोमा महिलाको भए अनुसूची–११ र पुरुषको भए अनुसूची–१२ बमोजिमको ढाँचामा,
(ख) उमेर जाँच गरेकोमा अनुसूची– १३ बमोजिमको ढाँचामा,
(ग) मादक पदार्थ सेवन सम्बन्धी जाँच गरेकोमा अनुसूची–१४ बमोजिमको ढाँचामा ।
(२) अनुसन्धानको सिलसिलामा वैज्ञानिक वा डि.एन.ए. परीक्षणबाट कसूरसाँग महत्त्वपुर्ण प्रमाण उपलब्ध हुन सक्छ भन्ने विश्वास गर्न मनासिब आधार भएमा अनुसन्धान अधिकारीले त्यस्तो परीक्षण गर्न सम्बन्धित निकायमा पठाउन सक्नेछ।
(३) उपनियम (२) बमोजिम डि.एन.ए. परीक्षणका लागि पठाउनु अघि अनुसन्धान अधिकारीले डि.एन.ए. नमूनादाताको अनुसूची– १५ बमोजिमको ढाँचामा मन्जुरनामा लिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम वैज्ञानिक वा डि.एन.ए. परीक्षणका लागि पठाइएकोमा त्यस्तो परीक्षण गर्ने चिकित्सक वा प्रयोगशालाले वैज्ञानिक परीक्षण गरेकोमा अनुसूची– १६ र डि.एन.ए. परीक्षण गरेकोमा अनुसूची–१७ बमोजिमको ढाँचामा परीक्षण प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ।
२५. पक्राउ नगरी वा हिरासतमा नराखी अनुसन्धान गर्नु पर्ने : (१) कसुरसाँग सम्बन्धित कुनै व्यक्तिलाई पक्राउ गर्न मनासिब आधार नदेखिएको अवस्थामा अनुसन्धान अधिकारीले पक्राउ नगरी अनुसन्धान गर्नु पर्नेछ ।
(२) कैदको सजाय नहुने कुनै कसूरको अनुसन्धान गर्नु पर्दा सोसाँग सम्बन्धित व्यक्तिलाई हिरासतमा नराखी अनुसन्धान गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम हिरासतमा नराखी अनुसन्धान गर्नु पर्दा आवश्यकता अनुसार त्यस्तो व्यक्तिसँग धरौट, जमानत वा कुनै मान्यवर व्यक्तिको जिम्मा जमानीमा छाड्न सकिनेछ।
२६. सरकारी वकील मार्फत अदालतमा उपस्थित गराउने: अदालतमा दायर भइसकेको मुद्दासँग सम्बन्धित व्यक्ति पक्राउ भै वा आफै उपस्थित भै प्रहरी कार्यालयमा हाजिर हुन आएमा त्यस्तो व्यक्तिलाई प्रहरीले यथाशीघ्र सम्बन्धित सरकारी वकील मार्फत अदालतमा उपस्थित गराउनु पर्नेछ ।
२७. दसी सनाखत गराउने: संहिताको दफा २४ को उपदफा (५) बमोजिम कुनै मुद्दासँग सम्बन्धित दसी वा चीज वस्तु सनाखत गराउनु पर्दा सनाखत गराउनु पर्ने सम्बन्धित व्यक्तिलाई त्यस्तो दसी वा चीज वस्तु देखाई अनुसूची–१८ बमोजिमको ढाँचामा सनाखत गराउनु पर्नेछ ।
२८. मुद्दा हेर्ने अधिकारी समक्ष सूचनाको प्रति पठाउनु पर्ने : संहिताको दफा २८ को उपदफा (१) बमोजिम अनुसन्धान अधिकारीबाट प्राप्त भएको जाहेरी दरखास्त वा सूचनाको प्रति सरकारी वकील कार्यालयमा अभिलेख राखी मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने छ ।
२९. शुत्र परिचालन गर्न सक्ने: (१) जघन्य वा गम्भीर प्रकृतीका अपराध अनुसन्धानका लागि आवश्यकता अनुसार प्रमाण संकलन गर्न र संबन्धीलाई पक्राउ गर्न प्रयोजनका लागि अनुसन्धान अधिकारीले सम्बन्धित कार्यालयको प्रमुखलाई प्रतिवेदन गरी शुत्र परिचालन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम शुत्र परिचालन भएकोमा त्यसको अभिलेख गोप्य रुपमा राख्नु पर्नेछ। मुद्दा सुनुवाईको क्रममा शुत्र परिचालन सम्बन्धमा कुनै विवाद उठेमा सम्बन्धित मुद्दा हेर्ने अधिकारीले मात्र त्यस्तो शुत्र परिचालन सम्बन्धी अभिलेख हेरी तत्कालै सम्बन्धित निकायमा फिर्ता पठाउनु पर्नेछ।
(३) सरकारी वकीलले अभियोजन, बहस पैरवी एवं प्रतिनिधित्वको क्रममा आवश्यकता अनुसार शुत्र परिचालन सम्बन्धी जानकारी लिन सक्नेछ र त्यसको जानकारी उपलब्ध गराउनु सम्बन्धित कार्यालय र अधिकारीको कर्तव्य हुनेछ।
(४) उपनियम (१) बमोजिम प्रयोग भएको शुत्र सम्बन्धी अभिलेख सो शुत्र प्रयोग गर्ने कार्यालय बाहेक अन्यत्र कुनै पनि अड्डा अदालत वा निकायमा राख्ने छैन ।
३०. साक्षी उपस्थित गराउन नसक्ने भएमा मुचुल्का तयार गर्नु पर्ने: (१) संहिताको दफा १०१ बमोजिम अदालतको आदेश अनुसार प्रहरीले सरकारी पिको साक्षी गवाहलाई तोकिएको दिनमा उपस्थित गराउन नसकेको अवस्थामा उपस्थित गराउन नसक्नाको कारण खोली अनुसूची-१९ बमोजिमको ढाँचामा मुचुल्का तयार गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेश भएको मुचुल्का समेत संलग्न गरी सम्बन्धित सरकारी वकीलले पुनः साक्षी गवाह उपस्थित गराउनको लागि अनुरोध गरेमा अदालतले पुनः साक्षी गवाह उपस्थित गराउने आदेश दिन सक्नेछ।
३१. अनुसूचीमा हेरफेर तथा रुपघट गर्न सक्ने: (१) नेपाल सरकारले महान्यायाधिवक्तासँग परामर्श गरी यस नियमको अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा रुपघट गर्न सक्नेछ र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
३२. खारेजी र बचाउ: (१) सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ खारेज गरिएको छ ।
(२) सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
अनुसूची-१ (नियम ५ सँग सम्बन्धित) सूचना दर्ता किताबको ढाँचा संहिताको अनुसूची-२ मा उल्लेखित कसूरको दर्ता किताब
नेपाल सरकार गृह मन्त्रालय प्रदेश नं. ........
श्री ............................................. प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा
फाँटवालाको नाम वर:- दस्तखत:- दर्जा:- मिति:-
प्रहरी अधिकृतको नाम वर:- दस्तखत:- दर्जा:- मिति:-
अनुसूची-२ (नियम १० सँग सम्बन्धित)
अनुसन्धान अधिकृत तोकिएको पत्रको ढाँचा नेपाल सरकार गृह मन्त्रालय श्री .........प्रहरी कार्यालय ............... (अपराध अनुसन्धान शाखा)
च.नं........ प्रदेश नं ............ मिति:- .............. विषय:- अनुसन्धान अधिकृत तोकिएको ।
प्र. ............ श्री .............................. ॰॰॰॰ ॰॰॰ .. प्रहरी कार्यालय ..................।
जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी .................................. भएको ....................... मुद्दाको अनुसन्धानका लागि संहिताको दफा ८ को उपदफा (१) बमोजिम अनुसन्धान अधिकृत तोकिएको छ । अनुसन्धान तहककात्का सम्पूर्ण प्रक्रिया पूरा गरी संहिताको दफा ३१ को उपदफा (१) बमोजिम श्री जिल्ला सरकारी वकील कार्यालय ................. मा संहिताको अनुसूची-१९ बमोजिमको ढाँचामा अनुसन्धान प्रतिवेदन पेश गनुहोला । उक्त मुद्दा अनुसन्धानको लागि देहायका कर्मचारीलाई समेत खटाईएको छ । अनुसन्धान प्रक्रिया कानून बमोजिम त्रुटिरहित तवरले सम्पन्न गर्नु हुन अनुरोध छ । उक्त मुद्दाको अनुसन्धान प्रगति विवरण कार्यालय प्रमुख समक्ष प्रतिवेदन गर्नु हुन र विदा, काज रहनु परेमा वा सरुवा, बढुवा भई अन्यत्र पदस्थापन भएमा अनुसन्धान कार्यको प्रगति विवरण तथा र्प अनुसन्धान हुन्, गर्नु बाँकी कार्य विवरण समेत स्पष्ट रुपमा मिसिल साथ राखी जिम्मेवार अधिकृतलाई मिसिल रितिपूर्वक बुझाउनु हुन समेत निर्देशन गरिएको छ ।
अन्य प्रहरी कर्मचारी :- दर्जा ........... नाम थर ... ... ... ... ... कार्यरत कार्यालय ... ... ... ... ... दर्जा ........... नाम थर ... ... ... ... ... कार्यरत कार्यालय ... ... ... ... ... दर्जा ........... नाम थर ... ... ... ... ... कार्यरत कार्यालय ... ... ... ... ...
........................ (कार्यालय प्रमुख)
अनुसूची- ३ (नियम १२ सँग सम्बन्धित)
पक्राउ अनुमतिपत्रको ढाँचा नेपाल सरकार गृह मन्त्रालय श्री .........प्रहरी कार्यालय ............... (अपराध अनुसन्धान शाखा)
च.नं........ प्रदेश नं....... मिति:-..............
विषय:- पक्राउ अनुमति सम्बन्धमा ।
श्री ...........................जिल्ला अदालत, ...................................................... ।
उपरोक्त विषयमा............................को जाहेरी / सूचना/ प्रहरी प्रतिवेदनले ....................... मुद्दाको अनुसन्धानको सिलसिलामा देहायको परिचय, पता खुलेका व्यक्तिलाई तत्कालै प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दा सँग सम्बद्ध प्रमाणहरू लोप, नाश गर्न सक्ने र निज समेत भागी जाने सम्भावना देखाइएकोले देहाय बमोजिमको परिचय खुलेका व्यक्तिलाई पक्राउ गर्न अनुमति पाउन अनुरोध गरिएको छ ।
देहाय नाम थर............................. उमेर:......... उपनाम......................... बाबुको नाम ............................. पेशा:........ स्थायी पता.................. अस्थायी पता......................... प्रयोग गर्ने सवारी साधन नं......... सम्पर्क नं............................... हुलिया.................................
उपलब्ध भए सम्म परिचय खुल्ने विवरण (नागरिकता प्रमाणपत्र नं./ सवारी चालक अनुमति पत्र नं./ राष्ट्रिय परिचय पत्र नं./ राहदानी नं) :-
........................ (अनुसन्धान अधिकृत) नाम थर: .........
दर्जा: ............
श्री . . . . . . जिल्ला अदालतबाट जारी गरिएको पक्राउ अनुमति ।
यसमा तहाँ कार्यालयको च.नं. ............ मिति ................ गतेको पत्रमा उल्लिखित व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले संहिताको दफा ९ को उपदफा (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको व्यहोरा अनुरोध छ ।
........................ मुद्दा हेर्ने अधिकारी पद:- नाम थर:- मिति:-.........
अनुसूची- ४ (नियम १३ सँग सम्बन्धित) कसूर गर्ने व्यक्ति प्रहरी कार्यालयमा दाखिला प्रतिवेदनको ढाँचा
श्री ...........................प्रहरी कार्यालय ... ... ... मा चढाएको
प्रतिवेदन विषय: मानिस दाखिला गरेको सम्बन्धमा ।
उपरोक्त विषयमा मिति .........................गते ................. बजेको समयमा जिल्ला...........महा/उप/ नगरपालिका/ गाउँपालिका वडा नं .... को ............ स्थान/ घर/ सवारी साधन वा अन्य ठाउँमा हाल परिचय खुल्न आएका निम्न व्यक्ति/व्यक्तिहरु ... ... ... ... वारदात/ घटना /दुर्घटनामा संलग्न रहे, भएको देखि, भेटि सो घटनास्थलमा तत्काल प्रहरीको उपस्थिति नदेखाएकोले निज/ निजिरुलाई भाग्न उम्कन नदिई संहिताको दफा ९ को उपदफा (८) बमोजिम नियन्त्रणमा लिई सिजकको यस प्रहरी कार्यालयमा दाखिला गरेको छु / छौ । निज उपर कानुन बमोजिम गरिपाऊँ ।
नियन्त्रणमा लिइएका व्यक्तिको विवरण:-
१. नाम ............................ थर: ................................... वतन:............................. उमेर:.................................... पिताको नाम ................................................. दसी बरामद भए सो को विवरण ......................... शारीरिक अवस्था :– घाउ........... चोट................ निलडाम.................. अन्य:..............
२. नाम:............................. थर:................................ वतन:............................... उमेर:.................................... पिताको नाम:......................................................
दसी बरामद भए सो को विवरण ...............................................
शारीरिक अवस्था:-
घाउ........ चोट................ निलडाम.................... अन्य:........................
नाम थर:-............................वतन:-..........................................
सम्पर्क नं:-................................... नागरिकता प्रमाणपत्र नं./सवारी चालक अनुमति पत्र नं./ राष्ट्रिय परिचय पत्र नं./ ....
ईमेल :.................................... पेशा:-.......................................... कार्यालयको नाम ठेगाना.................................. मिति: ........... समय: .......
लेखिए बमोजिमको व्यक्तिलाई बुझ्ने
प्रहरी कर्मचारीको विवरण:-
दर्जा:- मौसम:-
नाम थर:-
मिति:- समय:-
दस्तखत:-
अनुसूची- ५ (नियम १५ सँग सम्बन्धित) प्रारम्भिक अनुसन्धान प्रतिवेदनको ढाँचा
नेपाल सरकार गृह मन्त्रालय श्री .........प्रहरी कार्यालय ............... (अपराध अनुसन्धान शाखा)
प्रदेश नं....... च.नं........ मिति:- ..............
विषय:- प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाईएको ।
श्री जिल्ला सरकारी वकील कार्यालय, ..................................................... ।
उपरोक्त विषयमा......................................................................... को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी .................................. भएको ....................... मुद्दाको जाहेरी दरखास्त संहिताको अनुसूची-७ बमोजिमको दर्ता किताबको..... नं मा.............. मुद्दा शीर्षकमा दर्ता गरी तत्काल प्रारम्भिक अनुसन्धान अन्तर्गत देहायका कार्यहरु सम्पन्न भएको हुँदा दरखास्तको प्रतिलिपी यसैसाथ संलग्न राखी संहिताको दफा १० को उपदफा (२) बमोजिम प्रारम्भिक प्रतिवेदन पठाईएको छ। यस सम्बन्धमा थप अनुसन्धान कार्यका लागि संहिताको दफा १० को उपदफा (३) बमोजिम आवश्यक निर्देशन हुन अनुरोध गरिएको छ ।
प्रारम्भिक चरणमा सम्पन्न अनुसन्धान कार्यहरु:- १. २. ३.
...................... (अनुसन्धान अधिकृत) नामवर:................
दर्जा: ..................
अनुसूची-६ (नियम १६ को उपनियम (१) सँग सम्बन्धित) जाहेरी दरखास्त वा सूचना तामेलीमा राख्न पेश गर्ने प्रतिवेदनको ढाँचा
श्री जिल्ला सरकारी वकील कार्यालय, ॰॰॰॰ ॰॰॰ मा पेश गरेको सूचना तामेलीमा राख्न पेश गरिएको प्रतिवेदन
मुद्दा नं॰ ॰॰॰ ॰॰॰
१॰ कसूरको सूचना वा उजुरी प्राप्त भएको मिति: .........................
२॰ अनुसन्धान अधिकारीको नाम र दर्जा: .........................
३॰ सूचना दिने व्यक्तिको नाम र ठेगाना: .........................
४॰ जाहेरी दरखास्त वा सूचनाको छोटकरी विवरण: .........................
५॰ कसूर गरेको भनिएको मिति, समय र स्थान: .........................
६॰ कसूरदार भनिएको व्यक्ति पक्राउ परेको भए मिति, समय र स्थान: .........................
७॰ कसूरदार भनिएको व्यक्तिको नाम, थर, उमेर, वतन: ..............(धेरैजना भए क्रमशः उल्लेख गर्न)...........
८॰ कसूरदार भनिएको व्यक्तिको बाबु आमाको नाम, थर, र वतन: ..............
९॰ हालसम्म संकलन भएका प्रमाणको विवरण;…
१०॰ तामेलीका राख्नु पर्ने राय:
अनुसन्धान अधिकृत: .....................
मिति: ....................
समय: ....................
(नियम १७ सँग सम्बन्धित)
श्री ........... प्रहरी कार्यालय ......................बाट ............. (फलानो ठाउँ) खडा गरेको घटनास्थल, मूचुल्का ।
१. दरखास्त वा सूचनाको छोटकरी विवरणः–
२. घटनास्थलको चार किल्ला सहितको विवरणः–
३. घटना स्थलको रेखा चित्रण (गर्न सकिन्छ भने)
४. देखे बमोजिम सही छाप गर्ने साक्षीहरूको नाम, थर, उमेर, वतन र सहीः–
५. रोहबरमा बस्नेहरूको नाम, थर, वतन र सहीः–
दरखास्त वा सूचना दिने व्यक्तिको नाम, थर, उमेर, वतन र सही:-
अभियुक्तहरूको नाम, थर, उमेर, वतन र सही:-
काम तामेल गर्ने:- .......................
अनुसन्धान अधिकृत:- .......................
अन्य प्रहरी कर्मचारी:- .......................
........................
मिति:-
अनुसूची- ८ (नियम १९ सँग सम्बन्धित) म्याद थप पत्रको ढाँचा नेपाल सरकार गृह मन्त्रालय श्री .........प्रहरी कार्यालय ............... (अपराध अनुसन्धान शाखा) प्रदेश नं....... च.नं........ मिति:-..............
विषय:- प्रहरी हिरासतमा राख्न .......पटक दिन...... को म्याद थप अनुमति सम्बन्धमा ।
श्री जिल्ला सरकारी वकीलको कार्यालय ................., ............................................. । उपरोक्त विषयमा.............................को जाहेरीले बादी नेपाल सरकार, प्रतिवादी ..................... भएको..................... मुद्दामा अनुसन्धानको क्रममा मिति .............. गते पक्राउ परेका............ .......को बयान कागज गर्न सम्पन्न भई सकेको/ बाँकी रहेका र अनुसन्धानका अन्य प्रक्रियाहरु सम्पन्न गर्न बाँकी रहेका हुँदा निजलाई हिरासतमा राखी अनुसन्धान निरन्तर जारी राखी थप प्रमाण संकलन गर्न निजलाई हिरासतमा नराखी छाडी दिँदा सवुत प्रमाणहरु लोप, नाश हुन जाने प्रबल सम्भावना रहेकाले पक्राउमा परेका देहायका प्रतिवादीलाई मिति......... गते देखि लागू हुने गरी ........पटक दिन .............. प्रहरी हिरासतमा राख्न संहिताको दफा १४ को उपदफा (३) बमोजिम म्याद थपको अनुमतिको लागि पक्राउ परी आएका व्यक्ति, दसीका सामान र सक्कल मिसिल कागजात यसैसाथ संलग्न राखी पठाईएको व्यहोरा अनुरोध गरिएको छ । प्रतिवादीको नाम थर :............................................. बरामद दसीको विवरण:.......................
संलग्न मिसिल कागजातहरु (१) ................... (२) .................. .........................
(३) ................... (अनुसन्धान अधिकृत) दर्जा:.....................
श्री ....................... बाट
प्रस्तुत मुद्दामा जिल्ला सरकारी वकील कार्यालय, .............. मार्फत...........प्रहरी कार्यालय..........को च.नं. ............. मिति .................. गते को पत्रसाथ म्याद थप अनुमतिको लागि सक्कल मिसिल साथ उपस्थित गराईएका प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्नु मनासिब देखेकोले संहिताको दफा १४ को उपदफा (६) बमोजिम मिति............... देखि लागू हुने गरी .........पटक दिन............... को म्याद थपको अनुमति दिई मिसिल मानिस फिर्ता पठाईएको छ। मुद्दा हेर्ने अधिकारी/ श्रेस्तेदार
अनुसूची-९ (नियम २० को उपनियम (१) संग सम्बन्धित) नेपाल सरकार गृह मन्त्रालय
प्रदेश नं.......... श्री ................. प्रहरी ................. ................................ । (अपराध अनुसन्धान शाखा)
प.सं ............... च.नं. ............. मिति:- ................
विषय:- धरौट वा जमानतमा छाड्न सहमति दिने सम्बन्धमा ।
श्री जिल्ला सरकारी वकीलको कार्यालय, ............... ........................................... ।
उपर्युक्त सम्बन्धमा संहिताको दफा १५ को उपदफा (१) बमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको देहायको व्यक्तिलाई हिरासतमा राखिरहन आवश्यक र उपयुक्त नदेखेकोले देहाय बमोजिमको विवरण तथा राय सहित आवश्यक सहमतिको लागि पठाईएको व्यहोरा अनुरोध छ ।
देहाय :
१. मुद्दाको संक्षिप्त विवरण:- क. मुद्दा: ख. अभियुक्तको नाम, थर र वतन : ग. जाहेरी दरखास्त / सूचनाको संक्षिप्त व्यहोरा:
२. संकलित वा दाखिला हुन आएका दसी, प्रमाणको विवरण :-
३. अभियुक्तको बयान :- ४. बुझिएका साक्षी वा घटना विवरण कागज गर्ने व्यक्तिको भनाई :-
५. धरौट वा जमानत नलई वा कुनै मार्वर व्यक्तिको जिम्मामा हाजिर जमानी वा तारेखमा रहन पाऊँ भन्ने अभियुक्तको निवेदन पेश गरेको भए सो को संक्षिप्त व्यहोरा :- ६. हाजिर जमानी वा तारेखमा जिम्मामा लिने व्यक्तिको विवरण : ७. हिरासतमा रहेका अभियुक्तलाई धरौट वा जमानीनलई वा कुनै मार्वर व्यक्तिको जिम्मामा हाजिर जमानी वा तारेखमा छाड्न अनुसन्धान अधिकारीको राय / निर्णय :- राय पेश गर्न :- अनुसन्धान अधिकारी: नाम, थर: दर्जा : दस्तखत: मिति:
श्री जिल्ला सरकारी वकील कार्यालय ....................................... बाट भएको निर्णय
श्री ..................... कार्यालय, ................................ को च.नं. ............ मिति ................. गतेको पत्रसाथ संलग्न राखी पठाईएको राय सहितको निर्णय पर्चामा उल्लेखित व्यहोरा अध्ययन गरी हाल अनुसन्धानका क्रममा नियन्त्रणमा रहेका अभियुक्त जिल्ला ............... म.न.पा. / उ.म.न.पा./ न.पा./ गा. पा. .......................... वडा नं. ............. टोल/एरिया ................ स्थायी ठेगाना भएका ..................................................... लाई अनुसन्धानका क्रममा प्रहरीले खोजेका बखत उपस्थित हुने गरी निजको मार्वर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न/छाड्न/ धरौट वा जमानत तारेखमा लिई छाड्ने गरी प्राप्त हुन आएको अनुसन्धान अधिकारीको राय तथा संलग्न कागजातको अध्ययन गराउँदा देखाईको आधारमा संहिताको दफा १५ को उपदफा (१) बमोजिम सहमति प्रदान गर्न निर्णय भएको व्यहोरा जानकारी गराईन्छ ।
सरकारी वकीलले गरेको निर्णय :
......................................... सहमति दिने अधिकारीको,
......................................... नाम,थर :-
......................................... दर्जा:-
अनुसूची- १० नियम २१ को उपनियम (३) सँग सम्बन्धित नगद धरौट/ बैंक ग्यारेण्टी दिने व्यक्तिलाई गराइने कागजको ढाँचा
...................... को जाहेरीले बादी नेपाल सरकार र अभियुक्त .................भएको दर्ता नं: ............ (२० / / ) को मुद्दा ................ को अनुसन्धानको क्रममा ............ अनुसन्धान अधिकारी (दर्जा)........(नाम) ......................... को मिति ................... को निर्णय बमोजिम ............. धरौट/ बैंक ग्यारेण्टी माग भएकोले धरौट/बैंक ग्यारेण्टी बापत नगद .................. रुपैयाँ वा देहाय बमोजिमको बैंक ग्यारेण्टी राख्ने अनुमति को लागि निवेदन गरेको छु । अनुसन्धान अधिकारीले तोकेको समय र स्थानमा सदैव उपस्थित हुनेछु र नभएमा मैले तिर्नु पर्ने व्यहोनानुसार रकमसम्म सो नगद धरौट/बैंक ग्यारेण्टी जफत हुन मेरो मञ्जुरी छ ।
धरौट दिनेको नाम, थर वतन :
बाबु बाजेको नाम, थर वतन :
बैंक ग्यारेण्टीको विवरण :
मिति:
अनुसूची– ११ (नियम २४ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित) यौनजन्य अपराध सम्बन्धी शारीरिक परीक्षण प्रतिवेदनका ढाँचा (महिलाका हकमा) REPORT OF MEDICAL EXAMINATION IN SEXUAL OFFENCE (FEMALE SUBJECT)
DETAIL ABOUT THE EXAMINEE
EXAMINATION
FULL BODY, FEMALE—ANTERIOR AND POSTERIOR VIEWS
(Image of female body diagrams)
Name ____________________ Case No. ____________________ Date ____________________
Genital injuries (Name, Size, Site, Color, Surrounding area, Sign of treatment, Bleeding Marks, Sign of Healings, Imprints, any content, stain and discharge etc.) Please use the figure provided to depict the injuries as best as possible:-
(a) Perineum: (b) Vulva: (c) Vagina: (d) Hymen:
(e) Perianal area and anal orifice: (f) Oral cavity:
Opinion of the expert:(while framing opinion the examiner should analyze her mental status, possible causation of injuries and their time of infliction, age estimation in case of minors or teenagers and general condition of the examinee. If there are signs of alleged sexual activities mentioned in history also should be considered while framing opinion. In case of complete negative findings in examinee, the examiner cannot declare that the alleged incident did not take place). (a) Opinion about mental status of the examinee: (b) Opinion about the injuries on body: (c) Opinion about the condition of genital organs: (d) Opinion about age of the Examinee: (e) Other opinion, if any :
द्रष्टव्यः
• परीक्षण कार्य Forensic विषयको विशेषज्ञले र त्यस्तो विशेषज्ञ नभएमा तालिम प्राप्त चिकित्सकले गर्नु पर्दछ। • परीक्षण गर्ने विशेषज्ञ वा चिकित्सकले नै प्रतिवेदन तयार गर्नु पर्दछ। • सम्भव भएसम्म कम्प्युटर टाइप गरी प्रतिवेदन तयार गर्नु पर्नेछ, सो नभएमा स्पष्ट बुझिने गरी व्यहोरा उल्लेख गर्नु पर्नेछ। साथै, परीक्षण प्रतिवेदनको सक्कल प्रति नै संलग्न गर्नु पर्नेछ। • निर्धारित स्थानमा विवरण उल्लेख गर्न नपुग भएमा छुट्टै पानामा समेत विवरण उल्लेख गर्नु पर्नेछ।
अनुसूची– १२
(नियम २४ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)
यौनजन्य कसूर सम्बन्धी शारीरिक परीक्षण प्रतिवेदनका ढाँचा (पुरुषका हकमा)
REPORT OF MEDICAL EXAMINATION OF MALE SUBJECT IN SEXUAL OFFENCES
DETAIL ABOUT THE EXAMINEE
Examiner's initial ………………. Date……………………………..
EXAMINATION
(a) Opinion about injuries on body: (b) Opinion about condition of genital organs: (c) Opinion about the age of the examinee: (d) Other opinion; if any:
Name of the Examiner: Signature: Qualification: NMC / NHPC Reg. No.: Office/Hospital/Health Centre: Date: Seal of the Hospital/Health Centre:
द्रष्टव्यः
अनुसूची– १३
(नियम २४ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)
उमेर जाँच सम्बन्धी शारीरिक परीक्षण प्रतिवेदनका ढाँचा
REPORT OF MEDICAL EXAMINATION (AGE ESTIMATION)
DETAILS ABOUT THE EXAMINEE
From the examinee: From other guardian:
GENERAL PHYSIQUE AND DEVELOPMENT
Auxiliary hairs (Present/absent; colour, length, distribution):
Pubic hairs (Present /absent; colour, length, distribution):.
Any abnormality and disease (If present to be described):
Breast Development (Globular/Pendular; nipple and areola colour):
Menstruation; when started:
Mental state (Alert/ not alert):
Dental development (Type of dentition; temporary/mixed/permanent and Number of teeth): 8 7 6 5 4 3 2 1 / 1 2 3 4 5 6 7 8 = (Total teeth) 8 7 6 5 4 3 2 1 / 1 2 3 4 5 6 7 8
X-ray examination:
(a) Right elbow A/P & lateral views:
(b) Right wrist with hand A/P view:
(c) Pelvis A/P view:
(d) Other parts of the body: X-ray taken in (Hospital): Date: X-ray code or Number in plates:
OPINION: The examinee is in between .... year and .... Year. Name of the Examiner: Signature: Qualification: NMC Reg. No. : Office/Hospital/Health Centre: Date: Seal of the Hospital/Health Centre:
द्रष्टव्यः
अनुसूची– १४
(नियम २४ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)
मादक पदार्थ सेवन जाँच सम्बन्धी शारीरिक परीक्षण प्रतिवेदनको ढाँचा
REPORT OF DRUNKENNESS EXAMINATION (Including cases of drug intoxication)
EXAMINATION AND FINDINGS General physique and vitals
Gait: 8. Stance: 9. Speech:
Consciousness:
Orientation to time, place and person:
Reflexes:
Visual acuity:
Muscles coordination tests:
Condition of the clothes (Any stains, tears, scratches, buttons off etc):
Injuries; if any (Nature, site, size of injuries):
Mental state assessment: Mentally alert or not? Whether s/he needs mental state examination?
Blood analysis for alcohol level (5ml from vein in NaF preservative): Yes /no
Urine for alcohol: yes/no
(Report of laboratory analysis): To be added after test completed
OPINION: (Mark any one of the following) i. The examinee has not consumed alcohol ii. The examinee has consumed alcohol but not under influences of it. iii. The examinee has consumed alcohol and under influences of it.
iv. The examinee needs treatment in hospital for intoxication by alcoholic drink. v. Any other remarks:
Name of the Examiner:- Signature:- Qualification:- NMC / NHPC Reg. No.:- Office/Hospital/Health Centre:- Date:- Seal of the Hospital/Health Centre:-
द्रष्टव्यः
अनुसूची– १५ (नियम २४ को उपनियम (३) सँग सम्बन्धित) डी.एन.ए. नमुनादाताको मन्जुरनामा फारामको ढाँचा
२. डी.एन.ए. परीक्षण गर्ने व्यक्ति वा निजको अभिभावकको (नमुनादाता १६ वर्ष पूरा नगरेको भए) मन्जुरीनामा :
श्री ........................को छोरा/छोरी म श्री ....................................ले यस ....................................... प्रयोगशालामा डी.एन.ए.परीक्षणका लागि मेरो/मेरा नाताका व्यक्तिका रगत/र्याल राजीखुशीले दिदै आवश्यक डी.एन.ए.तथ्याङ्कीय विश्लेषण तथा जनसंख्या डाटाबेस प्रयोजन समेतका लागि भविष्यमा सो प्रयोग गर्न सक्ने गरी मन्जुरी प्रदान गर्दछु। रगत/ र्याल नमुना मेरो/मेरो .......................... नाताको व्यक्तिको हो र मैले माथि भरेको सम्पूर्ण विवरण ठीक साँचो छ।
दस्तखत $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ $\quad$ औंठा छाप
मिति: दाँया बाँया
३. नमुनाको विवरण: ....................
४. रोहबर: उल्लिखित व्यक्तिका डी.एन.ए. परीक्षण नमुना मेरो उपस्थितिमा संकलन गरिएका हो ।
५. नमुना निकाल्ने कर्मचारीको विवरण
प्रयोगशाला प्रयोजनका लागि मात्र:
केस नम्बर: केसको विवरण: केस पठाउनेको नाम: प्राप्त पत्रको च.नं. र मिति: प्राप्ति मिति: नमुना नम्बर: आधिकारिक व्यक्ति: अन्य:
अनुसूची– १६ (नियम २४ को उपनियम (४) सँग सम्बन्धित)
वैज्ञानकि परीक्षण प्रतिवेदनको ढाँचा FORENSIC EXAMINATION REPORT
Lab Case No : Date :
Description of Exhibit: Method of Examination: Result of Examination: Expert opinion: Above analysis is done by me/us. To the best of my/our knowledge the report is true and correct.
Examiner: Signature: _________________ Signature: _________________ Signature: _________________ Name: ____________________ Name: ____________________ Name: ____________________ Qualification: ______________ Qualification: ______________ Position : _________________ Position: _________________ Position: _________________ Office: ____________________ Office: ____________________ Qualification: ______________ Office: ____________________
Date: ____________________ Seal of the Office: ____________________
द्रष्टव्यः
गर्नु पर्दछ ।
कृपया यस सम्बन्धमा थप पत्राचार गर्दा र अदालतभित्र हुने काम कारबाहीमा माथिको मुद्दा नं. उल्लेख गर्नु होला ।
अनुसूची– १७ (नियम २४ को उपनियम (४) सँग सम्बन्धित)
डि.एन.ए. परीक्षण प्रतिवेदनको ढाँचा DNA EXAMINATION REPORT
Lab Case No : Date :
Description of Exhibit:
Expressed consent for examination: Method of Examination: Result of Examination: Expert opinion: Above analysis is done by me/us. To the best of my/our knowledge the report is true and correct.
Examiner: Signature: Signature: Signature: Name: Name: Name: Qualification: Qualification: Qualification: Position: Position.: Position: Office: Office: Office:
Date: Seal of the Office:
द्रष्टव्य:
कृपया यस सम्बन्धमा थप पत्राचार गर्दा र अदालतभित्र हुने काम कारबाहीमा मान्छेको मुद्दा नं॰ उल्लेख गर्नु होला।
अनुसूची– १८
(नियम २७ सँग सम्बन्धित)
दसी सनाखत गराउने मुचुल्काको ढाँचा
श्री .................... प्रहरी कार्यालय ............... बाट खडा भएको दसी सनाखत मुचुल्का
श्री ..................................... को छोरा/छोरी ................... .................... जिल्ला .............................. गाउँपालिका/नगरपालिका वडा नं. .......... बस्ने वयस .......... को ................................ आगे ... ... ... ... ... ... को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ... ... ... ... ... ... भएको ... ... ... ... ... ... ... मुद्दामा घटनास्थल .................... मा फेला परेको/ .......................... स्थानमा/............................ शरीर तलासी लिँदा फेला परेको/प्रतिवादीले कसूर गराउन प्रयोग गरेको कसूरसँग सम्बन्धित देहायका चीज वस्तु वा दसी अनुसन्धान अधिकृतबाट आज मलाई देखाउँदा देखें, पहिचान गरी सनाखत समेत गरें । उक्त चीज वस्तु वा दसी मैल कसूर गराउनका अवस्थामा प्रयोग गरेको/अनुसन्धान अधिकृतबाट खान तलासी लिँदा फेला परी बरामद भै आएको चीज वस्तु वा .......................... दसी हो भनी सनाखत गरिदिएको छु फरक छैन, फरक ठहेर कानून बमोजिम सुुँला बुझाउँला भनी यो सनाखत मुचुल्का गरिदिएको छु ।
सनाखत गर्ने व्यक्तिको नाम, थर, वतन ....................... उमेर ......... दस्तखत: ..................... सनाखत गरेका चीज वस्तु/स्थान/दसीको विवरण:
सनाखत गराइएको स्थान:
रोहवरमा बस्नेको दस्तखत
(क) मेरो सामुन्ने ........................... ले आज मिति ..................... मा ................... कार्यालय ........................मा उपर्युक्त चीज वस्तु वा दसी सनाखत गरेको ठीक साँचो हो भनी दस्तखत गर्ने ................. जिल्ला ................... गाउँपालिका/नगरपालिका वडा नं. ................... स्थान बस्ने वयस............ को जाहेरवाला/प्रतिवादी .................................
(ख) ...................................................
(ग) ....................................................
सनाखत गराउने अनुसन्धान अधिकृतको नाम, थर, दर्जा र दस्तखत:
सनाखत गरेको मिति:
अनुसूची– १९
(नियम ३० को उपनियम (१) सँग सम्बन्धित)
साक्षी/गवाह फेला नपरेको मुचुल्काको ढाँचा
............ जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ............... समेत भएको ............ मुद्दामा .......... बस्ने सरकारी साक्षी/गवाह .............. लाई अदालतमा उपस्थित गराउन ................ प्रहरी कार्यालयका प्रहरी कर्मचारी (प्रहरी कर्मचारीको नाम) ................ खटी आउँदा उल्लिखित साक्षी/गवाह .................. कारणले घर ठेगाना फेला नपरेको व्यहोरा ठीक साँचो हो भनी हामी तपसिलका व्यक्तिहरूले यो मुचुल्का गरी दिएका छौं। झुट्टा व्यहोरा लेखिदिएको ठहरे कानुन बमोजिम सजाय सहुँला ।
तपसिल
मुचुल्कामा बस्ने व्यक्तिहरू (सम्बन्धित नगरपालिका वा गाउँपालिकाका पदाधिकारी वा भद्र भलाद्मीहरू):–
उपरोक्त विषयमा......................................................................... को <u>प्रतिवेदक</u>(क) बयान भएको भए छोटकरी विवरण:(ख) अन्य प्रमाणहरू :(ग) क्रमशः उल्लेख गर्न :(कुन कुन प्रमाणको आधारमा तामेलीमा राख्न उपयुक्त देखिएको हो भन्ने विषयमा उल्लेख गर्न)..................... ...................... ..................... ...................... ........................................ ...................... ....................... ...................... .......................................... ...................... .................... ....................... ......................................... .................... ................... ...................... ............................................. ...................... ................. ...................... ............................................. ...................... ................... ...................... ............................................. ...................... ..................... ......................... ......................................... ...................... .................... ........................ ......................................... ...................... .................... ......................... ........................................... ..................... ..................... ....................... ......................................... .................... ...................... ...................... ........................................... ................. ...................... ...................... ......................... नाम थर: .............. जिल्ला सरकारी वकील कार्यालय ... ... ... को राय यसमा श्री ...........................प्रहरी कार्यालयको च.नं. ............. मिति .................. गतेको पत्र पेश हुन आएका प्रतिवादी, बरामद भई आएका दासीका सामान सक्कल मिसिल कागजातहरुको अध्ययन गर्दा पक्राउमा परेका प्रतिवादीहरुलाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिब आधार र कारण देखिएकोले माग बमोजिम हिरासतमा राख्न म्याद थप अनुमतिका लागि प्रस्तुत सक्कल मिसिल कागजात र पक्राउ परेका व्यक्तिहरू समेत मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरिएकोछ । पेश गर्ने :- हस्ताक्षर: ... ... ... ... नाम थर:- ... ... ... पद:- ... ... ... ... मिति:- ... ... ... ... कार्यालयको छाप: पद: ............... नाम थर: ................ मिति: .............. कार्यालयको छाप: ...... दस्तखत:- मिति:- Name of the Examiner: Signature: NMC / NHPC Reg. No. : Office/Hospital/Health Centre: Date:- Qualification: Seal of the Hospital/Health Centre: (क) नाम, थर, ठेगाना र उमेर: दस्तखत: (ख) नाम, थर, ठेगाना र उमेर: दस्तखत: (ग) नाम, थर, ठेगाना र उमेर: दस्तखत: नाम थर र पद: दस्तखत: योग्यता: परिचयपत्र नम्बर: (क) ................... (ख) ................... (ग) ................... (घ) ................... (ङ) ................... खटी जाने प्रहरी कर्मचारीकोः– सहीः– नामः– दर्जाः– कार्यालयः– मितिः–__