क्षतिपूर्ति नियमहरू, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति २०२०।०४।१४
संशोधन क्षतिपूर्ति (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।०१।३०
क्षतिपूर्ति ऐन, २०१९ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले नेपाल राष्ट्र बैंकको राय लिई देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “क्षतिपूर्ति नियमहरू, २०२०” रहेको छ। (२) यी नियमहरू नेपाल राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछन् ।
२. परिभाषाः (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,– (क) “ऐन” भन्नाले क्षतिपूर्ति ऐन, २०१९ सम्झनु पर्छ । (ख) “अधिकृत” भन्नाले स्टकको सम्बन्धमा कामकाज गर्ने नेपाल राष्ट्र बैंकका कर्मचारी सम्झनु पर्छ । (ग) “स्टकको मुख्य भाग” भन्नाले स्टकको क्रमसंख्या स्टकमा दस्तखत गर्ने अधिकृतको दस्तखत भएको हिस्सा वा स्टकमा उल्लेख भएको मूल्य वा ब्याज भुक्तानी पाउनेको नाम लेखिएको वा नामसारी भएको कुराको उल्लेख भएको स्टकको भागहरू सम्झनु पर्छ। (घ) “विकृत स्टक” भन्नाले स्टकको मुख्य भाग वा भागहरू च्यातिई वा अन्य तरीकाबाट नष्ट भएको वा नोक्सान भएको स्टकलाई सम्झनु पर्छ ।
(ङ) “हराएको स्टक” भन्नाले धनीको कब्जामा नरहेको स्टक सम्झनु पर्छ ।
(च) “अस्पष्ट स्टक” भन्नाले स्टकको मुख्य भाग नबुझिने भएको स्टक सम्झनु पर्छ ।
(२) यी नियमहरुमा प्रयोग गरिएका (तर परिभाषा नगरिएका) शब्द यथा वाक्यांशको अर्थ ऐनमा दिए बमोजिम हुनेछ ।
३. स्टकको ढाँचाः स्टकको ढाँचा अनुसूची (क) बमोजिम हुनेछ ।
४. क्षतिपूर्तिको अङ्क निर्धारण गर्ने अधिकारीः ऐनको दफा ३ को उपदफा (१) अन्तर्गत प्राप्त गरिएका सम्पत्तिको क्षतिपूर्तिको अङ्क सम्बन्धी विभागीय प्रमुखले निर्धारण गर्न सक्नेछ ।
५. खातामा नाम दर्ता गरेको निस्सा दिनेः ऐनका दफा ८ को उपदफा (२) बमोजिम बैङ्कको खातामा नाम दर्ता गरी बैङ्कले धनीलाई अनुसूची (ख) बमोजिमको ढाँचाको निस्सा दिनु पर्छ।
६. स्टकको नामसारीः (१) कुनै स्टक पूरा वा आंशिक रुपमा नामसारी गर्नु पर्दा नामसारी गर्नेले बैङ्कमा रु. १।– एक फीस बुझाउनु पर्छ ।
(२) कुनै स्टक आंशिक रुपमा नामसारी भएमा सम्बन्धित धनीले आफ्नो आफ्नो रकमको नयाँ स्टक लिनु पर्दछ ।
(३) कुनै स्टक नामसारी भएमा सम्बन्धित धनीको नाम सो स्टक सम्बन्धी बैङ्कको खातामा दर्ता नभएसम्म नामसारी भएको सम्झिने छैन ।
७. स्टकको साँवा भुक्तानी दिने तरिकाः (१) स्टकमा उल्लेख भए बमोजिमको साँवा पाउने अवधि पूरा भएपछि धनीले सो स्टकको पीठमा دستखत गरी सो स्टक निजले वा निजले इच्छाएको व्यक्तिले बैङ्कमा प्रस्तुत गरेपछि ।
(२) उपनियम (१) बमोजिम प्रस्तुत भएको स्टकमा उल्लेख भएको साँवा बैङ्कले तुरुन्त दिनुपर्छ ।
८. स्टकको ब्याज भुक्तानी दिने तरिकाः (१) स्टकमा उल्लेख भए बमोजिमको ब्याज पाउने मिति छ छ महिना गरी प्रत्येक वर्षको कात्तिक र वैशाख १ गते हुनेछ ।
(२) उपदफा (१) बमोजिमको ब्याजको भुक्तानी धनी वा तिनले इच्छाएको व्यक्तिको नाम र ठेगानामा बैङ्कले भुक्तानी पूजी पठाउने तरिका अनुसार दिइनेछ । तर सो भुक्तानी पूजीमा रजिष्टरी खर्च लाग्ने भए पाउने ब्याजको रकमबाट कट्टा हुनेछ ।
९. स्टकको प्रतिलिपि दिनेः (१) हराएको, चोरीएको, अस्पष्ट वा विकृत स्टकको सम्बन्धमा त्यसको धनीले प्रमाण सहित बैङ्कमा लिखित आवेदन गरेमा र सो कुरा बैङ्कलाई चित्त बुझेमा ने.रु. १।- एक रुपैयाँ सो आवेदकलाई सो स्टकको प्रतिलिपि दिन सक्नेछ ।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि कुनै स्टक चोरीएको वा हराएको भनी आवेदन पर्न आएमा सो कुराको सूचना स्थानीय पत्र–पत्रिकामा घटिमा लगातार तीन पटक प्रकाशित गर्नु पर्छ र सो अन्तिम सूचना प्रकाशित भएको १८० दिन बित्तर पति कसैको प्रतिवाद पर्न नआएमा मात्र बैङ्कले सो स्टकको प्रतिलिपि दिन सक्नेछ । तर प्रतिवाद पर्न आएमा ऐनको दफा १३ बमोजिम हुनेछ ।
१०. स्टकलाई विभाजन वा एकीकरण गर्न परेमाः कुनै धनीले आफ्नो स्टकलाई विभाजन वा एकीकरण गर्न बैङ्कमा लिखित आवेदन गरेमा प्रत्येक नयाँ स्टकको लागि ने. रु. १ एक रुपैयाँ बैङ्कले धनीलाई तिनको स्टकको सट्टा अर्को स्टक दिन सक्नेछ ।
११. धनी लेखपढ गर्न नजान्ने भएमाः (१) माथि जेसुकै लेखिएको भए तापनि धनी लेखपढ गर्न नजान्ने भएमा स्टकको सम्बन्धमा कुनै कारिआई गर्नुपर्ने भएमा तिनले बैङ्कको खातामा र स्टकको पीठमा समेत ल्याप्चे सही गर्नुपर्छ ।
(२) उपनियम (१) बमोजिम भएको ल्याप्चे सहीको समर्थन स्वरूप गाउँ विकास समिति वा नगरपालिकाका एकजना सदस्य वा राजपत्रित दर्जाका कुनै सरकारी कर्मचारी वा बैङ्कको कुनै कर्मचारीको सही भएको हुनु पर्छ ।
१२. धनीको मृत्यु भएमाः (१) कुनै स्टकको धनीको मृत्यु भएमा निजको इच्छापत्र बमोजिमको व्यक्ति धनी मानिनेछ । तर इच्छापत्र नभएमा प्रचलित नेपाल कानून बमोजिम मृत व्यक्तिको हकवाला त्यस स्टकको धनी हुनेछ ।
(२) कुनै स्टक दुई वा दुईभन्दा बढी व्यक्तिहरुले संयुक्त रुपले प्राप्त गरिरहेका भए र तिनीहरुमध्ये कसैको वा जम्मैको मृत्यु भएमा मृतकको हिस्सामा आउने सो स्टकको साँवा ब्याजको अधिकार मृत व्यक्तिको इच्छापत्र भए सो बमोजिम र नभएमा प्रचलित नेपाल कानून बमोजिम मृत व्यक्तिको हकवाला त्यस स्टकको धनी हुनेछ ।
१३. स्टकको भुक्तानी नलिएमा गर्नेः (१) स्टकको साँवा ब्याजको भुक्तानी मिति गुज्रेको १८० दिन बितेर पछि साँवा ब्याजको भुक्तानी नलिएमा बैङ्कले सम्बन्धित प्रमुख जिल्ला अधिकारी, गाउँ विकास समिति वा नगरपालिकालाई सो स्टकको धनीको जाँचबुझ र मनोनयन गर्न अनुरोध गर्न सक्नेछ । र सो बमोजिम गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम धनीको मनोनयन गर्दा सम्बन्धित व्यक्तिले सम्बन्धित धनी वा साक्षीहरुको बयान लिइ र शपथ ग्रहण समेत गराउन सक्नेछ ।
(३) उपनियम (२) अन्तर्गत मनोनित धनीको नाम बैङ्कले स्थानीय पत्र–पत्रिकामा घटीमा लगातार तीन पटकसम्म प्रकाशित गर्नु पछि र अन्तिम सूचना प्रकाशित भएको १८० दिन बितेर पछि कसैको प्रतिवाद pern नआएमा बैङ्कले सो मनोनित व्यक्तिलाई धनी मान्नु पर्छ । तर प्रतिवाद pern आएमा ऐनको दफा १३ बमोजिम हुनेछ ।
१४. स्टकको धनी नाबालक वा बहुलाएको भएमाः (१) कुनै स्टकको धनी नाबालक वा बहुलाएको छ भनी बैङ्कलाई थाहा हुन आएमा सो कुराको जाँचबुझ बैङ्कले गर्न सक्नेछ र सो
पहिलो संशोधनद्वारा संशोधित ।
कुरा प्रमाणित हुन आएमा त्यस्तो स्टकको धनीको संरक्षक मनोनीत गरिनलाई बैङ्कले सम्बन्धित प्रमुख जिल्ला अधिकारी, गाउँ विकास समिति वा नगरपालिकालाई अनुरोध गर्न सक्नेछ र सो बमोजिम गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि उक्त उपनियम अन्तर्गत मनोनीत संरक्षकबाट संरक्षिको हकमा कुनै किसिमको बाधा परे भएमा सो संरक्षकलाई बैङ्कले मान्यता दिन कर लाग्ने छैन ।
द्रष्टव्यः १. केही नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रूपान्तर भएका शब्दहरुः “गजेट”, “अफिसर”, “अफिस” र “गजेटेड” को सट्टा “राजपत्र”, “अधिकृत”, “कार्यालय” र “राजपत्राहङ्कि” । २. स्थानीय प्रशासन ऐन, २०२२ द्वारा रूपान्तर भएका शब्दहरुः “बडाहाकिम वा मेश्जिस्ट्रट” को सट्टा “अञ्चलाधीश” । ३. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरुः “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । ४. पहिलो संशोधनद्वारा रूपान्तर भएका शब्दहरुः “अञ्चलाधीश वा पञ्चायत” को सट्टा “प्रमुख जिल्ला अधिकारी, गाउँ विकास समिति वा नगरपालिका” ।
अनुसूची (क) (नियम ३ सँग सम्बन्धित)
क्रम संख्या ..............................
नेपाल सरकारको क्षतिपूर्ति स्टक ..........................प्रतिशत ब्याज पाउने
जम्मा ने.रु. ................................ अक्षरेपी ................................. दर्ता नं. .................. दर्ता भएको कार्यालयको नाम....................................................... को नाति........................को छोरा..................... ठेगाना ............... वि.सं ................. साल साँवा भुक्तानी दिने र वि.सं. .................... सालदेखि वि.सं .......................... सालसम्म वार्षिक.....................प्रतिशतका दरले पाकेको अर्धवार्षिक ब्याजको भुक्तानी ६।६ महिनामा प्रत्येक कात्तिक १ गते तथा वैशाख १ गतेमा नेपाल सरकारको बैङ्कको हैसियतले नेपाल राष्ट्र बैङ्कले दिइने गरी क्षतिपूर्ति ऐन, २०१९ बमोजिम उठाइएको ऋणमध्ये ने. रु. ................ अक्षरेपी .......................ऋणको दर्तावाल धनी हुनुहुन्छ भनी प्रमाणित गर्दछु ।
मुख्य अधिकृत गभर्नर राष्ट्र ऋण विभाग नेपाल राष्ट्र बैङ्क
मिति:–
भुक्तानी दिने कार्यालयको नाम
अनुसूची (ख) (नियम ५ सँग सम्बन्धित)
प्रमाणपत्र
क्रमसंख्या ........................... ने. रु. ........................ अक्षरेपी ......................................................................................................................................................
नेपाल सरकारको क्षतिपूर्ति स्टक....................................................................................................... ...................................................................................को धनी श्री / श्रीमती..................................... बाट ................................................ कार्यालयबाट भएको साँवा । ब्याज प्राप्त हुने गरी यस बैङ्कको ................... खातामा दर्ता भएको स्टक एक व्यक्तिलाई त्यसको प्रमाणपत्र दिइएको छ ।
.................................. मिति................. नेपाल राष्ट्र बैङ्कका तर्फबाट