नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।४।४
संशोधन १. खनिज सर्भेक्षण (भत्ता तथा सुविधा) (पहिलो संशोधन) नियमहरू, २०६० २०६०।११।२५ २. खनिज सर्भेक्षण (भत्ता तथा सुविधा) (दोस्रो संशोधन) नियमहरू, २०७० २०७०।१।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ :-
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यी नियमहरूको नाम “खनिज सर्भेक्षण (भत्ता तथा सुविधा) नियमहरू, २०२४” रहेको छ ।
(२) यी नियमहरू खनिज सर्भेक्षण सम्बन्धी कामका हकमा मात्र लागू हुनेछन् ।
(३) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाहः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियममा,–
(क) “खनिज सर्भेक्षण” भन्नाले खानी तथा खनिज उद्योगको विकासको निमित्त नेपाल सरकारको तर्फबाट गराइने सबै किसिमको भौगर्भिक सर्भेक्षण, भू–भौतिक, भू–रासायनिक, भू–वातावरण र शहरी भू–गर्भय अध्ययन तथा अनुसन्धान, साइन्समिक सर्भेक्षण तथा अनुसन्धान, खनिज खोज तथा अन्वेषण, खानी निरीक्षण र मूल्याङ्कनका काम सम्झनु पर्छ ।
(ख) “खनिज सर्भेक्षण दल” भन्नाले खनिज सर्भेक्षण काममा खटिइने सरकारी कर्मचारीहरूको दल सम्झनु पर्छ,
(ग) “दलको प्रमुख” भन्नाले खनिज सर्भेक्षण दलका प्रमुख सम्झनु पर्छ ।
(घ) “खनिज सर्भेक्षण कार्यालय” भन्नाले खनिज सर्भेक्षण दलको अस्थायी कार्यालय सम्झनु पर्छ र सो शब्दले खनिज सर्भेक्षण दलको फिल्ड सर्भेक्षण क्याम्प समेतलाई जनाउँछ ।
(ङ) $\times$ ...................
(च) “ज्यालादारी कामदार” भन्नाले खनिज सर्भेक्षण सम्बन्धी मालसामानको सुरक्षा, परिबहन, रेखदेख र अन्य भैपरी आउने काम गर्ने गरी ज्यालादारीमा राखिएको अस्थायी कामदार वा भरियालाई सम्झनु पर्छ ।
(छ) “टोपोग्राफिकल नक्सा” भन्नाले गाउँ–बस्ती, बाटो, खोलानाला समेत देखाइएको नेपाल $\text{*} \dots\dots\dots$ को प्राकृतिक धरातलको बनावट सहितको विभिन्न माप (स्केल) भएको नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृत प्राप्त निकायले प्रकाशन गरेको नक्सा सम्झनु पर्छ ।
(छ१) “विभाग” भन्नाले नेपाल सरकारको खानी तथा भू–गर्भ विभाग सम्झनु पर्छ ।
(ज) “महानिदेशक” भन्नाले विभागको महानिदेशक सम्झनु पर्छ ।
२क. खनिज सर्भेक्षण कार्य स्वीकृत गराउनु पर्नेः खनिज सर्भेक्षण कार्यमा खटिने दलको प्रमुखले विभागको वार्षिक कार्यक्रमको अधिनमा रही कामदारको सङ्ख्या, आवश्यक मालसामान, मेसिन, औजार तथा सर्भेक्षण कार्यमा लाग्ने खर्च समेतको लगत इस्टिमेट तयार गरी महानिदेशकबाट स्वीकृत गराई वा निजको आदेश बमोजिम खनिज सर्भेक्षण कार्य गर्नु पर्नेछ ।
३. ज्यालादारीमा कामदार राख्न सकिनेः (१) दलका प्रमुखले खनिज सर्भेक्षण कार्यका लागि अनुसूची–१ बमोजिमका कामदार अनुसूची–२ मा तोकिएको सङ्ख्यामा नबढ्ने गरी महानिदेशकको स्वीकृति लिएर ज्यालादारीमा काम लगाउन सक्नेछ ।
$\text{} \quad$ पहिलो संशोधनद्वारा संशोधित । $\times \quad$ पहिलो संशोधनद्वारा झिकिएको । $\text{} \quad$ दोस्रो संशोधनद्वारा झिकिएको । $+ \quad$ पहिलो संशोधनद्वारा थप ।
तर तीन हजार मिटरभन्दा उच्च स्थान वा सामान्यतया कामदार पाउन नसकिने दुर्गम पहाडी क्षेत्रमा खनिज सर्भेक्षण कार्य गर्दा आवश्यक परे ज्यालादारी कामदारको सङ्ख्या महानिदेक्षकले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम काममा लगाइएका ज्यालादारी कामदारले दलका प्रमुखले तोकिदिए बमोजिम खनिज सर्भेक्षणसँग सम्बन्धित काम गर्नु पर्नेछ ।
तर भारी बोक्ने भरियाको हकमा प्रत्येक भरियालाई सामान्यतया तीस किलो ग्राममा नघट्ने गरी भारी बोकाउने व्यवस्था दलको प्रमुखले गर्नेछ ।
(३) ट्रेन्चिङ, पिटिङ जस्ता उत्खनन कार्यमा काम गर्ने खनेल (खनिज उत्खनन गर्ने व्यक्ति) ले प्रतिदिन कम्तीमा ०.५ क्युबिक मिटर खन्नु पर्नेछ र स्याम्पल कटरले प्रतिदिन कम्तीमा पाँच सेन्टिमिटर गहिराइ र दश सेन्टिमिटर चौडाइ भएको आधा मिटरको चट्टान काट्नु पर्नेछ ।
४. ज्यालादारी कामदारको पारिश्रमिकः नियम ३ बमोजिम ज्यालादारीमा काम गर्ने कामदारलाई स्थानीय निकायले निर्धारण गरे बमोजिमको दरमा दलका प्रमुखले पारिश्रमिक दिनु पर्नेछ ।
५. दैनिक तथा भ्रमण भत्ताको विशेष सहुलियतः खनिज सर्भेक्षण दलको कर्मचारीले–
(क) खनिज सर्भेक्षण सम्बन्धी काममा राती कतै बस्न परे वा आफ्नो इलाका बाहिर भ्रमण गर्नु परेमा रात बस्नु परेका दिनको वा भ्रमण गर्नु परेका अवधिको कानून बमोजिम पूरा दैनिक भत्ता पाउनेछ,
(ख) खनिज सर्भेक्षण सम्बन्धी काममा भ्रमण गरेकोमा तराई क्षेत्रमा भए टोपोग्राफिकल नक्साबाट देखि आए जति फासला कायम गरी र सो बाहेक अन्य क्षेत्रमा भए त्यस्तो नक्साबाट देखि आएको फासलामा डेढी बढाइ फासला कायम गरी प्रचलित कानून बमोजिम भ्रमण भत्ता पाउनेछ ।
(ग) $^+$ भ्रमण खर्च नियमावली, २०६४ मा जुनसुकै कुरा लेखिएको भए तापनि यी नियमहरू बमोजिम खनिज सर्भेक्षण कार्यमा खट्ने कर्मचारीले दैनिक पैदल भ्रमण गर्नु पर्ने न्यूनतम दुरी विभागले निर्धारण गरिदिए बमोजिम हुनेछ ।
५क. खनिज सर्भेक्षण सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्ने$^\square$ : खनिज सर्भेक्षण दलको कर्मचारीलाई खनिज सर्भेक्षण सम्बन्धी कामको सिलसिलामा आवश्यकता अनुसार हवाईजहाज, रेल, नाउ, डुङ्गा, बस र मोटरको सुविधा तथा वैज्ञानिक उपकरण, भाँडाकुँडा, हात–हतियार, खर–खजाना, बत्ती, औषधी तथा अनुसूची–३ मा उल्लेख भए बमोजिमका क्याम्पिङ्ग सामग्रीको सुविधा विभागले उपलब्ध गराउनु पर्नेछ ।
६. अन्य सुविधा$^\bullet$ : (१) खनिज सर्भेक्षण दलका कर्मचारीले– (क) तलब तथा नियम ५ बमोजिम पाउने भत्ताको अतिरिक्त $^+$अनुसूची–४ मा लेखिए बमोजिमको कठिन काम वापतको भत्ता समेत पाउनेछ, (ख) $\times$ .................... (ग) सालको एक पटक $^+$अनुसूची–५ मा लेखिए बमोजिमको कपडा, त्यसको सिलाईको ज्याला र जुत्ताको सुविधा समेत पाउनेछ । (२) दलको प्रमुखले मनासिब सम्झेमा दैनिक तथा भ्रमण भत्ताको निमित्त आवश्यक रकम पेश्कीको रूपमा लिन सक्नेछ ।
७. पेश्की दिन सकिने$^\bullet$ : महानिदेशकले खनिज सर्भेक्षणका निमित्त लाग्ने खर्च दल प्रमुखको जिम्मामा एकै पटक वा पटक पटक गरी पेश्की दिन सक्नेछ ।
$^+$ पहिलो संशोधनद्वारा थप । $\square$ दोस्रो संशोधनद्वारा संशोधित । $\bullet$ पहिलो संशोधनद्वारा संशोधित । $\times$ पहिलो संशोधनद्वारा खारेज गरिएको ।
८. खनिज सर्भेक्षण सम्बन्धी हिसाब: (१) महानिदेशकले खनिज सर्भेक्षणको दलका साथमा रहने गरी खटाई दिएको प्रशासकीय अधिकृत वा कर्मचारीले दलको प्रमुखको नियन्त्रणमा रही खनिज सर्भेक्षणको हिसाब तयार गरी निज मार्फत पेश गर्नु पर्नेछ ।
(२) खनिज सर्भेक्षण सम्बन्धी हिसाब र खर्चका सम्बन्धमा दलको प्रमुख र उपनियम (१) अन्तर्गत खटिने प्रशासकीय अधिकृत वा कर्मचारीको संयुक्त उत्तरदायित्व रहनेछ ।
८क. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
द्रष्टव्य:– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची - १ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित)
खनिज सर्भेक्षण कार्यमा काम गर्ने कामदारको किसिम
भरिया, पाले, चौकीदार, क्याम्पबकर, खनेल, स्याम्पलक्टर, लोकलगाइड, सर्भेहेल्पर, रक ड्रिलर कम अपरेटर, ब्लास्टर, ड्रिल हेल्पर, पम्प अपरेटर कम बाचम्यान, आरन सम्बन्धी काम गर्ने कामदार, सिक्मी र मकर ।
अनुसूची - २ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) ज्यालादारीमा काम गर्ने कामदारको सङ्ख्या
१. क्याम्प वर्कर (क) दुई जनासम्म कर्मचारी भएको खनिज सर्भेक्षण दल भएमा चार जनासम्म। (ख) चार जनाभन्दा बढी कर्मचारी भएको खनिज सर्भेक्षण दल भएमा आठ जनासम्म।
२. भरिया (क) विस्तृत खनिज सर्भेक्षण कार्यमा खटिएको खनिज सर्भेक्षण दल बाहेक अन्य सर्भेक्षण दलले सामान्यतयाः दश जना भरिया र एक जना भरिया नाइकेको सुविधा र साथमा लाग्नुपर्ने मेशिनरी औजार तथा उपकरणका आधारमा भरियाको सुविधा पाउनेछ। (ख) खनिज सर्भेक्षण दलमा एक भन्दा बढी कर्मचारी खटिएकोमा प्रत्येक कर्मचारीले दुई जनाका दरले भरिया राख्न सक्नेछ। (ग) खनिज सर्भेक्षण अन्तर्गत साइस्मिक स्टेशनहरूमा क्यालिब्रेसनको लागि खटिएको खनिज सर्भेक्षण दलले लैजान पर्ने जोखिमपूर्ण तथा संवेदनशील उपकरणहरू ढुवानी गर्ने भरियाको सङ्ख्या महानिदेशकले तोकिदिए बमोजिम हुनेछ। (घ) जिओफिजिकल सर्भेका लागि खटिएको खनिज सर्भेक्षण दलले खण्ड (क) मा तोकिएका भरियाका अतिरिक्त देहायका कामका लागि देहाय बमोजिम थप भरियाको सुविधा पाउनेछ:- (१) आई.पी. सर्भेका लागि बाह्र जनासम्म। (२) रेजिस्ट्रिभिटी सर्भेका लागि पा"च जनासम्म। (३) ग्रेभिटी सर्भेका लागि पा"च जनासम्म। (४) म्याग्नेटिक सर्भेका लागि पा"च जनासम्म।
३. सर्भे हेल्पर
(क) खनिज सर्भेक्षण दलमा खटिएका प्रत्येक प्राविधिक अधिकृतले दुई जनाका दरले सर्भे हेल्परको सुविधा पाउनेछ ।
(ख) खनिज सर्भेक्षण दलले खण्ड (क) का अतिरिक्त देहायका सर्भेका लागि देहाय बमोजिमका सर्भे हेल्पर राख्न सक्नेछः–
(१) टेप कम्पास सर्भेक्षण (सेक्सन मेजरमेण्ट) प्रति सर्भे टोली तीन जनासम्म ।
(२) प्लेन टेबल सर्भेक्षण प्रति सर्भे टेबल चार जनासम्म ।
(३) थियोडोलाइट सर्भेक्षण प्रति सर्भे टेबल चार जनासम्म ।
(४) जियोकेमिकल सर्भेक्षण प्रति सर्भे टोली चार जनासम्म ।
(५) इन्जिनियरिङ जियोलजी सर्भेका लागि (क) एस.पि.टी. टेस्ट प्रति सर्भे आठ जनासम्म । (ख) अगर ड्रिलिङ, प्रति मेशिन चार जनासम्म ।
(६) जियोफिजिकल सर्भेक्षणका लागिः (क) स्टेशन निर्धारण गर्नका लागि चार जनासम्म । (ख) आइ.पी. सर्भेका लागि अठारजनासम्म । (ग) रेजिस्टिभिटी सर्भेका लागि "पाँच" जनासम्म । (घ) म्याग्नेटिक सर्भेका लागि चार जनासम्म । (ङ) ग्रेभिटी खनिज अन्वेषणको लागि बाह्र जनासम्म । (च) पेट्रोलियम अन्वेषणको लागि गरिने ग्रेभिटी सर्भेक्षण कार्यका लागिः (१) थियोडोलाइटका लागि चार जनासम्म । (२) लेभलिङका लागि छ जनासम्म । (३) ग्रेभिटी रिडिङ र इनरजोन टेरोइन्
करेक्शन रिडिङको लागि पा"च जवानसम्म ।
(४) टेलिस्कोप कम्पासका लागि छ जवानसम्म ।
(५) प्रत्येक जी पी एस् लागि दुई जवानसम्म ।
४. चौकीदार
(क) खनिज सर्भेक्षण कार्यालय र खनिज अन्वेषण स्थल बेग्ला बेग्लै स्थानमा भएको अवस्थामा विस्तृत खनिज सर्भेक्षण गर्ने दलले अन्वेषण स्थलमा रहेका मेशिन तथा औजार–उपकरणको सुरक्षाका लागि आवश्यक पर्ने चौकीदार ।
(ख) सर्भेक्षण दलले कुनै एक स्थानमा खनिज सर्भेक्षणको कार्य सम्पन्न गरे पछि आफूले ल्याएका मेशिनरी तथा औजार–उपकरण सोही क्षेत्रमा खनिज सर्भेक्षण गर्ने अर्को सर्भेक्षण दलका लागि वा पुनः गरिने खनिज सर्भेक्षणका लागि राख्नु पर्ने भएमा त्यस्ता मेशिन तथा औजार–उपकरणको उचित सुरक्षाका लागि आवश्यक पर्ने चौकीदार ।
+अनुसूची – ३ (नियम ५क. सँग सम्बन्धित)
खनिज सर्वेक्षण सम्बन्धी कार्यको लागि उपलब्ध गराइने सामग्री
डबल तथा सिंगल फ्लाई पाल, त्रिपाल, क्याम्पकट, स्लिपिङ ब्याग, रग, दरी तथा म्याट्रेस, फोल्डिङ्ग टेबुल एवं कुसी, रुकस्याक र डफलर ब्याग जस्ता क्याम्पिङ्ग सम्बन्धी सहुलीयत र स्टेसनरी सामानहरू, सर्भेका सामानहरू, मेशिनरी औजार तथा खनिज सर्वेक्षणका लागि आवश्यक अन्य सामग्रीहरू ।
+अनुसूची – ४ (नियम ६ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)
कठिन काम
+अनुसूची – ५ (नियम ६ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)
फिल्ड ड्रेस
१. फिल्ड ड्रेस दुई जोरका लागि दश मिटर । २. फिल्ड बूट एक जोर । (क) राजपत्राङ्कित कर्मचारीलाई फिल्ड ड्रेसको लागि कटन गेबार्डिन वा सोही गुणस्तर भएको कपडा । (ख) अन्य कर्मचारीलाई फिल्ड ड्रेसको लागि कटन जिन वा सोही गुणस्तर भएको कपडा ।