खानी तथा खनिज पदार्थ नियमावली, २०५६
नेपाल राजपत्रमा प्रकाशित मिति २०५६।०५।३१
संशोधन १. खानी तथा खनिज पदार्थ (पहिलो संशोधन) नियमावली, २०६० २०६०।०५।१८ २. खानी तथा खनिज पदार्थ (दोस्रो संशोधन) नियमावली, २०७१ २०७२।०१।१४ ३. खानी तथा खनिज पदार्थ (तेस्रो संशोधन) नियमावली, २०७२ २०७२।११।२४ ४. खानी तथा खनिज पदार्थ (चौथों संशोधन) नियमावली, २०७३ २०७३।०९।१८
खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “खानी तथा खनिज पदार्थ नियमावली, २०५६” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय र प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा, (क) “ऐन” भन्नाले खानी तथा खनिज पदार्थ ऐन, २०४२ सम्झनु पर्छ। (ख) “अनुमतिपत्र” भन्नाले कुनै खनिज पदार्थको खोजतलास कार्य र उत्खनन कार्य गर्न यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्र सम्झनु पर्छ।
(ग) “खानीद्वार” भन्नाले खनिज क्षेत्रबाट खनिज पदार्थ बाहिर निकासा गरिने मूलद्वार सम्झनु पर्छ।
(घ) “खास खनिज पदार्थ” भन्नाले कुनै खनिज पदार्थको सम्बन्धमा विभागले खनिज सम्झौता गरी खनिज कार्य गर्न अनुमतिपत्र दिएको, गुण र परिमाण यकिन भइसकेको वा प्रारम्भिक अध्ययनबाट सम्भाव्यता देखाइएको वा विभाग वा विभागले तोकेको सरकारी निकायले मात्र गर्न पाउने गरी नेपाल सरकारले तोकेको खनिज पदार्थ सम्झनु पर्छ।
(ङ) “समिति” भन्नाले नियम ३५ बमोजिम गठित खानी विकास समिति सम्झनु पर्छ।
(च) “केन्द्र” भन्नाले नियम ३९ बमोजिम स्थापना भएको खनिज पदार्थ विकास केन्द्र सम्झनु पर्छ।
परिच्छेद-२ खनिज पदार्थको वर्ग र स्तर तथा खनिज कार्य गर्न चाहिने व्यक्तिको योग्यता
३. खनिज पदार्थको वर्गः ऐनको दफा ३क. को उपदफा (१) मा उल्लेखित खनिज पदार्थका वर्गहरू भित्र अनुसूची–१ मा उल्लेख भए बमोजिमका खनिज पदार्थ रहनेछन्।
४. खनिज पदार्थको स्तरः (१) यस नियमावलीको प्रयोजनको लागि दैनिक उत्पादनको आधारमा धातु तथा अधातु खनिज पदार्थ सम्बन्धी खनिज कार्यलाई देहाय बमोजिमको स्तरमा विभाजन गरिएको छ:- (क) अति साना स्तर (ख) साना स्तर (ग) मझौला स्तर। (घ) ठुला स्तर।
$\rightarrow$ तेस्रो संशोधनद्वारा संशोधित। $*$ पहिलो संशोधनद्वारा संशोधित।
(२) उपनियम (१) मा उल्लिखित खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तर अनुसूची–२ बमोजिम हुनेछ।
५. खनिज कार्यको अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यताः (१) अति महत्त्वपूर्ण खनिज भित्र पर्ने खनिज पदार्थको खनिज कार्यका लागि अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता देहाय बमोजिम हुनेछः–
(क) सम्बन्धित खनिज कार्यसम्बन्धी कामको दुई वर्षको अनुभव भएको वा तत्सम्बन्धी खनिज कार्यको विशेषज्ञलाई काममा लगाउन सक्ने हैसियत भएको।
(ख) खोजतलास कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर चार लाख रुपैयाँ र उत्खनन् कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर तीस लाख रुपैयाँको आर्थिक हैसियत भएको।
(२) महत्त्वपूर्ण तथा बहुमूल्य खनिजभित्र पर्ने खनिज पदार्थको खनिज कार्यका लागि अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता देहायबमोजिम हुनेछः–
(क) सम्बन्धित खनिज कार्य सम्बन्धी कामको दुई वर्षको अनुभव भएको वा तत्सम्बन्धी खनिज कार्यको विशेषज्ञलाई काममा लगाउन सक्ने हैसियत भएको।
(ख) खोज तलास कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर दुई लाख रुपैयाँ र उत्खनन् कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग
किलोमिटर बीस लाख रुपैयाँको आर्थिक हैसियत भएको।
(३) सामान्य खनिजजित्र पर्ने खनिज पदार्थको खनिज कार्यका लागि अनुमतिपत्र लिन चाहिने व्यक्तिको योग्यता देहायबमोजिम हुनेछः–
(क) सम्बन्धित खनिज कार्य सम्बन्धी कामको एक वर्षको अनुभव भएको वा तत्सम्बन्धी खनिज कार्यको विशेषज्ञलाई काममा लगाउन सक्ने हैसियत भएको।
(ख) खोज तलास कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर एक लाख रुपैयाँ र उत्खनन कार्यको लागि खनिज कार्य गर्न चाहेको कुल खनिज क्षेत्रको लागि प्रति वर्ग किलोमिटर दश लाख रुपैयाँको आर्थिक हैसियत भएको।
(४) यस नियमको प्रयोजनको लागि खनिज कार्य सम्बन्धी विशेषज्ञलाई काममा लगाउने गरी अनुमतिपत्रको लागि निवेदन दिनेले त्यस्तो विशेषज्ञले खनिज कार्यको लागि आवश्यक प्राविधिक सेवा उपलब्ध गराउन मञ्जुर गरेको प्रतिबद्धता पत्र, विशेषज्ञले प्राप्त गरेको विशेषज्ञको दर्ता प्रमाणपत्रको प्रतिलिपि र त्यस्तो विशेषज्ञको कर चुक्ता भएको निस्सा पेश गर्नु पर्नेछ।
(५) यस नियमावलीको प्रयोजनको लागि आर्थिक हैसियत भएको कुराको प्रमाण स्वरूप निवेदकले जग्गा, घर वा अन्य कुनै चल, अचल सम्पत्ति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट मूल्याङ्कन गराएको कागजात वा बैङ्कमा निजको नाममा रहेको निक्षेपको निस्सा वा विवरण वा निवेदकको आर्थिक हैसियतलाई पुग्ने निजको नाममा रहेको चल अचल सम्पत्तिको मुल्य वा रकम खुलने कुराको प्रमाणित कागजात पेश गर्नु पर्नेछ।
परिच्छेद–३
खोजतलास कार्यसम्बन्धी व्यवस्था
६. खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः कुनै व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको खोजतलास कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि खोजतलास कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची–३ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
७. खोजतलास कार्यको अनुमतिपत्र दिनु पर्नेः (१) नियम ६ बमोजिम निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गरी निवेदन दिने व्यक्तिलाई अनुमतिपत्र दिन उपयुक्त देखेमा अनुसूची–४ बमोजिमको दस्तुर लिई अनुसूची–५ बमोजिमको ढाँचामा खोजतलास कार्यको अनुमतिपत्र दिनेछ।
*(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिने गरी विभागले निर्णय गरेको जानकारी दिएको मितिले तीस दिनभित्र निवेदक आफैं वा निजको प्रतिनिधिले अनुमतिपत्र बुझिलिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र बुझी नलिएमा सो अनुमतिपत्र स्वतः रद्द हुनेछ।
८. खोजतलास कार्यको आकार तथा क्षेत्रफलः (१) विभागले कुनै खनिज पदार्थको खोजतलास कार्यको लागि आयताकारमा घटिमा ०.२५ वर्ग किलोमिटर (करिब एक वर्गमाइलको दशौँ) र बढीमा २५० वर्ग किलोमिटर (करिब सय वर्गमाइल) सम्मको क्षेत्रफल निर्धारण गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको क्षेत्रफलको कुल लम्बाईको नाप कुल चौडाईको नापको चार गुणा भन्दा बढी हुनेछैन।
९. खोजतलास कार्यको अवधि र अवधि थपसम्बन्धी व्यवस्था: *(१) नियम ७ बमोजिम खोजतलास कार्यको अनुमति प्राप्त व्यक्तिले अति महत्वपूर्ण खनिज वा महत्वपूर्ण तथा बहुमूल्य खनिज निम्न पर्ने पदार्थ भए चार वर्ष र सामान्य खनिजनिम्न पर्ने भए खनिज पदार्थ भए दुई वर्षको अवधि भित्र खोजतलास कार्य सम्पन्न गरिराख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र खोजतलास कार्य सम्पन्न गर्न नसकिने हुँदै अवधि थप गर्नुपर्ने भएमा खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले त्यसरी अवधि समाप्त हुनुभन्दा तीन महिना अगावै अवधि थपको लागि अनुसूची–६ बमोजिमको प्रगति विवरण सहित विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले आवश्यक जाँचबुझ गरी माग बमोजिमको अवधि थप गरिदिन मनासिब देखेमा निवेदन परेको एक महिनाभित्र खनिज पदार्थको प्रकृति, भौगोलिक स्थिति, खोजतलास प्रविधि र कामको प्रगति समेतको आधारमा अनुसूची–४ बमोजिमको थप दस्तुर लिई एक पटकमा एक वर्ष नबढाई बढीमा दुई वर्षसम्मको लागि खोजतलास कार्यको अवधि थप गरिदिन सक्नेछ।
१०. खोजतलास कार्यको सञ्चालन: (१) खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खोजतलास कार्यको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको मितिले छ महिनाभित्र गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र खोजतलास कार्यको सञ्चालन नगरेमा विभागले खोजतलास कार्यको अनुमतिपत्र रद्द गर्ने सक्नेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले विशेष परिस्थिति परी उपनियम (१) बमोजिमको म्यादभित्र खोजतलास कार्यको सञ्चालन गर्न नपाएको कारण सहित उक्त म्याद समाप्त हुनु अगावै विभाग समक्ष निवेदन दिएमा सो निवेदन उपर आवश्यक जाँचबुझ गरी कारण मनासिब
* पहिलो संशोधनद्वारा संशोधित। दोस्रो संशोधनद्वारा संशोधित।
देखेमा विभागले सो म्याद समाप्त भएको मितिले नब्बे दिनभित्र खोजतलास कार्यको सञ्चालन गर्न दिन सक्नेछ।
११. खोजतलास कार्य गर्दा पालन गर्नुपर्ने शर्तहरूः खोजतलास कार्यको अनुमतिपत्र पाउने व्यक्तिले खोजतलास कार्य गर्दा पालन गर्नुपर्ने शर्तहरू देहाय बमोजिम हुनेछन्ः–
(क) खोजतलास कार्यको सञ्चालन गर्दा स्वस्थ प्रणाली अनुसरण गरी लगनशील एवं दक्ष तरिका अपनाउने।
(ख) खोजतलास कार्यको अनुमतिपत्रमा उल्लिखित क्षेत्र भित्र रहेका घर, जग्गा, रुख, बाली वस्तु वा अन्य सम्पत्तिमा हानी नोक्सानी हुने कार्य नगर्ने।
(ग) खोजतलास कार्यको सिलसिलामा कुनै पुरातात्विक वस्तु फेला परेमा सो वस्तुलाई सुरक्षित राखी सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा विभागलाई यथाशीघ्र चाँडो खबर गर्ने।
(घ) खोजतलास कार्य समाप्त भएको मितिले तीस दिन भित्र अनुमतिपत्रमा उल्लिखित क्षेत्रमा खोजतलास कार्यको सिलसिलामा बनेका खाल्डो, चनक, टोपा वा खनिएका जग्गामा कुनै पर्खाल वा बार लगाउनु पर्ने भए लगाउने।
(ङ) खोजतलास कार्यको म्याद समाप्त भएको मितिले एक सय असी दिन भित्र अनुमतिपत्रमा उल्लिखित क्षेत्रबाट आफ्ना सबै मालसामान हटाउने।
(च) खोजतलास कार्यको सिलसिलामा प्राप्त खनिज पदार्थको बिक्री वितरण गर्न नपाइने।
१२. खोजतलास कार्यको क्षेत्र परित्यागः (१) $\text{*}$.....................
(२) $\text{*}$................. खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्रमा उल्लेख गरिएको क्षेत्रमध्ये केही क्षेत्र
$\text{*}$ तेस्रो संशोधनद्वाराt संशोधित।
परित्याग गर्न चाहेमा सो कुरा उल्लेख गरी क्षेत्र परित्यागको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन पनि आएमा विभागले आयताकार ०.२५ वर्ग किलोमिटर (करीब एक वर्ग माइल दशांश) मा नघटाई खोजतलासको क्षेत्रफल परित्याग गर्न स्वीकृति दिन सक्नेछ।
१३. खोजतलास कार्य गर्दा पाउने सुविधा तथा सहुलियत: खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खोजतलास कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ:-
(क) खोजतलास कार्यको अनुमतिपत्रमा उल्लिखित क्षेत्रभित्र खोसरी, खनी, दुलो, छेडी वा अन्य उपयुक्त तरिकाद्वारा खोजतलास गर्ने।
(ख) खोजतलास कार्यको सिलसिलामा देखिएका खनिज पदार्थ सो खनिज पदार्थको प्रकृति, परिमाण, महत्त्व र प्रस्तावित परीक्षण वा विश्लेषण गर्न वा गराउनको निमित्त विभागले स्वीकृति दिएको परिमाणमा कोरा, अर्ध तयारी वा तयारी खनिज पदार्थको नमूना विदेश लै जाने।
(ग) खोजतलास कार्यको निमित्त र सो कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक पर्ने पानी सर्वसाधारणलाई असर नपर्ने गरी खोजतलास क्षेत्रभित्र वा बाहिरबाट ल्याई उपयोग गर्ने।
(घ) खोजतलास कार्यको निमित्त खोजतलास कार्य क्षेत्रभित्र चाहिने मेशिन, कलपुर्जा वा सरसामान राख्ने र खोजतलास कार्यमा संलग्न व्यक्तिहरू बस्ने घर, टहरा, छाप्रो बनाउने।
परिच्छेद – ४ उत्खनन कार्यसम्बन्धी व्यवस्था
१४. उत्खनन कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः (१) कुनै व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई सकेको खनिज पदार्थको उत्खनन कार्य गर्न चाहेमा अनुमतिपत्रको लागि उत्खनन कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची–७ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नियम ७ बमोजिम खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले समेत उत्खनन कार्य गर्ने अनुमतिपत्र लिन चाहेमा सोको लागि खोजतलास अवधि समाप्त हुनु भन्दा अगावै खोजतलास कार्यको विस्तृत प्रतिवेदन तथा उत्खनन कार्यको प्रस्तावित योजना समेत संलग्न गरी अनुसूची–७ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
१५. उत्खनन कार्यको अनुमतिपत्र दिनु पर्नेः (१) नियम १४ बमोजिम निवेदन प्राप्त भएपछि सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा उत्खनन कार्यको प्रस्तावित योजना समेत उपयुक्त देखेमा निवेदन दिने व्यक्तिलाई विभागले अनुसूची–४ बमोजिमको दस्तुर लिई अनुसूची–८ बमोजिमको ढाँचामा उत्खनन कार्य गर्ने अनुमतिपत्र दिनेछ।
*(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिने गरी विभागले निर्णय गरेको जानकारी दिएको मितिले तीस दिनभित्र निवेदक आफैं वा निजको प्रतिनिधिले अनुमतिपत्र बुझिलिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र बुझी नलिएमा सो अनुमतिपत्र स्वतः रद्द हुनेछ।
१६. उत्खनन कार्यको आकार तथा क्षेत्रफलः (१) विभागले खनिज पदार्थको उत्खनन कार्यको लागि आयताकारमा घटीमा ०.२५ वर्ग किलोमिटर (करिब एक वर्ग माइलको दशौँ) र बढीमा २५ वर्ग किलोमिटर (करिब दस वर्ग माइल) सम्मको क्षेत्रफल निर्धारण गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको क्षेत्रफलको कुल लम्बाइको नाप कुल चौडाइको नापको चारगुणाभन्दा बढी हुने छैन।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साधारण निर्माणमुखी खनिज पदार्थको उत्खनन् कार्यको लागि ०.२५ वर्ग किलोमिटर (करिब एक वर्ग माइलको दशांश) क्षेत्रफल कायम हुनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको क्षेत्रफलमा उत्खनन् क्षेत्र र खानी क्षेत्र क्रमशः कम्तीमा ०.०१ वर्ग किलोमिटर तथा ०.०५ वर्ग किलोमिटर रहेको हुनु पर्नेछ।
स्पष्टीकरण: यस उपनियमको प्रयोजनको लागि,–
(क) “उत्खनन् क्षेत्र” भन्नाले खानी क्षेत्रभित्र खनिज दोहन गरिने क्षेत्र सम्झनु पर्छ।
(ख) “खानी क्षेत्र” भन्नाले खनिज क्षेत्रभित्र सञ्चालन गरिने उत्खनन् क्षेत्र सम्झनु पर्छ र सो शब्दले उत्खनन् क्षेत्र वरपरको खनिज दोहन गर्न आवश्यक पूर्वाधार एवं सुविधाका लागि चाहिने जग्गा समेतलाई जनाउँछ।
१७. उत्खनन् कार्यको अवधि र अवधि थपसम्बन्धी व्यवस्था: (१) नियम १५ बमोजिम उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले अति साना स्तर, साना स्तर, मझौला स्तर र ठुला स्तरका खनिज पदार्थको क्रमशः दस वर्ष, पन्ध्र वर्ष, बीस वर्ष र तीस वर्षको अवधिभित्र उत्खनन् कार्य सम्पन्न गरिसक्नु पर्नेछ।
तर सिमेण्ट स्तरको चुनढुङ्गा खनिज पदार्थ उत्खनन् कार्यको हकमा अति साना स्तरका लागि सुरुको अवधि पन्ध्र वर्ष र साना स्तरका लागि सुरुको अवधि बीस वर्ष हुनेछ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र उत्खनन् कार्य सम्पन्न गर्न नसकिने भई अवधि थप गर्नु पर्ने भएमा उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले त्यसरी अवधि समाप्त हुनुभन्दा तीन महिना अगावै अवधि
थपको लागि अनुसूची–९ बमोजिमको वार्षिक उत्पादन प्रगति विवरण समेत संलग्न गरी विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले आवश्यक जाँचबुझ गरी माग बमोजिमको अवधि थप गरिदिन मनासिब देखेमा निवेदन परेको एक महिना भित्रमा अनुसूची–४ बमोजिमको थप दस्तुर लिई अति साना स्तर, साना स्तर, मझौला स्तर र ठुला स्तरको खनिज पदार्थको उत्खनन कार्यको क्रमशः एक वर्ष, दुई वर्ष, पाँच वर्ष र दस वर्ष सम्मको लागि अवधि थप गरिदिन सक्नेछ।
(४) उपनियम (१) र (३) बमोजिमको अवधिभित्र सम्पूर्ण उत्खनन कार्य नभई केही खनिज पदार्थको भण्डारण बाँकी रहेमा र सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिले थप उत्खनन कार्य गर्न चाहेमा सो उत्खनन कार्यको प्रस्तावित योजना संलग्न गरी अनुसूची-७क. बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा त्यस्तो खनिज पदार्थको थप उत्खनन कार्य गर्ने अनुमतिपत्र दिन उपयुक्त देखेमा अनुसूची-४ बमोजिमको दस्तुर लिई अवधि कटान गरी त्यस्तो खनिज पदार्थको उत्खनन कार्य गर्न अनुसूची-८क. बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।
१७क. खनिज क्षेत्रको परित्यागः (१) उत्खनन कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले आयताकारमा ०.२५ वर्ग किलोमिटर (करीब एक वर्ग माइल दशांश) क्षेत्रफलमा नघट्ने गरी आफूले पाएको अनुमतिपत्रमा उल्लिखित क्षेत्र परित्याग गर्न विभाग समक्ष निवेदन पेश गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा विभागले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा क्षेत्र परित्याग गर्ने स्वीकृति दिन सक्नेछ।
१८. उत्खनन् कार्यको सञ्चालनः (१) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्यको सञ्चालन अनुमतिपत्र प्राप्त गरेको मितिले दुई वर्षभित्र गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र उत्खनन् कार्यको सञ्चालन नगरेमा विभागले उत्खनन् कार्यको अनुमतिपत्र रद्द गर्न सक्नेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले विशेष परिस्थिति परी उपनियम (१) बमोजिमको म्यादभित्र उत्खनन् कार्यको सञ्चालन गर्न नपाएको कारण सहित उक्त म्याद समाप्त हुनु भन्दा तीन महिना अगावै विभाग समक्ष निवेदन दिएमा सो निवेदन उपर आवश्यक जाँचबुझ गरी कारण मनासिब देखेमा विभागले खनिज पदार्थको वर्ग, भौगोलिक स्थिति, उत्खनन् प्रविधि तथा अन्य कुराको आधारमा सो म्याद समाप्त भएको मितिले एक वर्षभित्र उत्खनन् कार्यको सञ्चालन गर्न दिन सक्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनुभन्दा अघि उत्खनन् अनुमतिपत्र प्राप्त गरी उपनियम (१) र (३) को अवधिभित्र उत्खनन् कार्य सञ्चालन नगरेका अनुमतिपत्र प्राप्त व्यक्तिले यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र उत्खनन् कार्य सञ्चालन गर्न सक्नेछ।
१९. उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने सर्तहरूः उत्खनन् कार्यको अनुमतिपत्र पाउने व्यक्तिले उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने सर्तहरू देहायबमोजिम हुनेछन्ः–
(क) उत्खनन् कार्य गर्दा खनिज पदार्थको अधिकतम सदुपयोग र खनिज सम्पदाको संरक्षण हुने गरी गर्ने।
(ख) उत्खनन् कार्य गर्दा वातावरणमा सकेसम्म न्यूनतम प्रतिकूल प्रभाव पर्नु नपर्ने उपाय अपनाई वातावरण संरक्षणमा समुचित ध्यान दिई कार्य गर्ने।
(ग) राष्ट्रिय तथा सार्वजनिक हित र सुरक्षाको निमित्त छुटाइएका स्थानहरूमा र प्राचीन स्मारक, शहर, चिहान, मसानघाट, सार्वजनिक बाटो, घाट, बौद्ध पैनी, पाइप लाइन, किल्ला, गढी, छाउनी, मन्दिर, मस्जिद, गिरजाघर, घर, कारखाना इत्यादिबाट कम्तीमा पचास मिटर भित्र उत्खनन् कार्य नगर्ने र त्यस्तो क्षेत्रमा घर, कारखाना वा गोदाम नबनाउने।
(घ) आफ्नो उत्खनन् क्षेत्रको नजिकै उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त अन्य व्यक्तिलाई आफूले बनाएको ट्राम लाइन, रोपवे लाइन, बाटो र पानी घाट समेत मनासिब शर्तमा उपयोग गर्न दिने।
(ङ) खनिज पदार्थ भण्डार गर्ने तथा जम्मा गर्ने स्थलमा खनिज कार्यको परिमाणको नाप गर्ने यथोचित यन्त्रहरू राख्नु पर्ने।
(च) उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त भू–सतहको सीमाना बाहिर हुने गरी उत्खनन् कार्य नगर्ने र दुई वा दुई भन्दा बढी अनुमतिपत्रमा उल्लिखित क्षेत्रको सीमाना जोडिएको रहेछ भने अनुमतिपत्र प्राप्त व्यक्तिले सो सीमानाबाट पच्चीस मिटर छोडी खानी उत्खनन् कार्य गर्ने।
(छ) उत्खनन् कार्य गर्दा खोलेको टोपा, टनेल खालटा इत्यादिमा कुनै दुर्घटना हुन नपाउने गरी सुरक्षाको व्यवस्था गर्ने।
(ज) उत्खनन् कार्य गर्दा कुनै दुर्घटना परेमा, कुनै व्यक्तिको मृत्यु भएमा वा आफूले पाएको अनुमतिपत्रमा उल्लिखित क्षेत्रभित्र कसैको धन सम्पत्तिको हानी नोक्सानी हुन गएमा वा हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विभागलाई तुरुन्त सूचना दिने।
(झ) खनिज क्षेत्रमा उत्खनन् कार्य सञ्चालन गर्दा सोको रेखदेख, नियन्त्रण आदिको लागि अनुमतिपत्र प्राप्त व्यक्ति स्वयं वा निजको प्रतिनिधि रहनु पर्ने।
(ञ) खानी क्षेत्रमा कार्यालय खडा गरी सो कार्यालयमा आफूले पाएको अनुमतिपत्र स्पष्ट देखिने गरी राख्ने।
(ट) आफ्नै खर्चमा खनिज क्षेत्रको सीमाना कायम गर्ने।
(ठ) आफ्नो काबूबाहिरको परिस्थितिले गर्दा खनिज कार्यमा बाधा परी एक महिना भन्दा बढी उत्खनन् कार्य बन्द वा रोकावट हुन गएमा विभागमा सूचना गर्ने।
(ड) खनिज कार्यको अवधि समाप्त भएमा वा उत्खनन् कार्य गर्ने अनुमतिपत्र रद्द गरी उत्खनन् कार्य बन्द गर्नु पर्नेमा ६ महिना भित्रमा बन्द गरी आफ्नो सम्पूर्ण सामान सो क्षेत्रबाट हटाई खाली, चनक, टोपा र खनिएको जग्गा पुरैमा बार वा पर्खाल लगाउनु पर्ने भएमा बार वा पर्खाल लगाई त्यस क्षेत्रमा उपयुक्त पुनर्स्थापना कार्य गर्ने।
२०. उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत: उत्खनन् कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उत्खनन् कार्य गर्दा देहाय बमोजिमको सुविधा तथा सहुलियत पाउनेछ।
(क) खनिज पदार्थ झिक्नलाई सबै प्रकारको उत्खनन् कार्य गर्ने।
(ख) खनिज पदार्थ झिकी प्रशोधन गर्ने, शुद्धीकरण गर्ने, भण्डार गर्ने, ढुवानी गर्ने, बिक्री वितरण गर्ने वा विदेश निकासी गर्ने।
(ग) खनिज पदार्थको उत्खनन् कार्यका निमित्त आवश्यक यन्त्र, औजार, उपकरण आदि पैठारी गर्ने।
(घ) खनिज पदार्थको उत्खनन् कार्यको लागि आवश्यक सबै प्रकारका निर्माण कार्य गर्ने र सो निर्माण कार्यका लागि
आवश्यक ढुङ्गा, माटो, बालुवा, ग्राभेल आदि खनिज क्षेत्रभित्रबाट झिक्ने।
२१. रोयलटी बुझाउनु पर्नेः (१) उत्खनन कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वारबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा अनुसूची–१० बमोजिमको रोयलटी बुझाउनु पर्नेछ।
*(२) उत्खनन कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (१) बमोजिम बुझाउनु पर्ने रोयलटी बापतको रकम विभागको नाममा प्रत्येक महिना समाप्त भएको मितिले सात दिनभित्र राजस्व खातामा दाखिला गरी पन्ध्र दिनभित्र मासिक उत्पादन विवरणसहित राजस्व दाखिल भौचर विभागमा पेश गर्नु पर्नेछ।
*(३) उत्खनन कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) मा तोकिएको म्यादभित्र रोयलटी वापतको रकम दाखिला नगरेमा सो म्याद समाप्त भएको मितिले तीन महिनाभित्र बुझाउनु पर्ने रोयलटी रकमको दश प्रतिशत छ महिनाभित्र बीस प्रतिशत र एक वर्षभित्र तीस प्रतिशतका दरले अतिरिक्त रकम रोयलटी रकममा थप गरी बुझाउनु पर्नेछ।
२२. स्थानीय विकास शुल्कः उत्खनन कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खानीद्वारबाट प्रत्येक पटक खनिज पदार्थ बाहिर निकाल्दा त्यसरी निकालिएको खनिज पदार्थको परिमाणको आधारमा नियम २१ बमोजिम तोकिएको रोयलटीको दश प्रतिशतले हुने स्थानीय विकास शुल्क जिल्ला विकास समिति वा सो समितिले तोकेको निकायमा बुझाउनु पर्नेछ।
२३. ... ... ...
परिच्छेद–५ खास खनिज पदार्थसम्बन्धी व्यवस्था
२४. खास खनिज पदार्थको खनिज कार्यको लागि खनिज सम्झौता गर्न सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्नु पर्ने: (१) ऐनको दफा ५ को उपदफा (३) बमोजिम खास खनिज पदार्थको सम्बन्धमा विभागले खनिज सम्झौता गरी खनिज कार्य गर्न अनुमतिपत्र दिने प्रयोजनको लागि आवश्यक विवरण सहित ᶜकम्तीमा तीस दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशन गरी ❖छुट्टै–छुट्टै सिलबन्दी प्राविधिक र आर्थिक प्रस्ताव आह्वान गर्नु पर्नेछ ।
‣(१क) उपनियम (१) बमोजिम सूचना प्रकाशन गर्नु पूर्व प्रस्ताव आह्वान सम्बन्धी कागजात र प्रस्ताव मूल्याङ्कनको आधार विभागले स्वीकृत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव आह्वान गरी प्रकाशन गरिने सूचनामा अन्य कुराका अतिरिक्त देहायका कुराहरू खुलाउनु पर्नेछ:–
(क) खनिज कार्यको लागि आह्वान गरिएको खनिज क्षेत्र। ➔ (ख) खास खनिज सम्बन्धी आधारभूत प्राविधिक विवरण, सूचना तथा जानकारी। (ग) भौतिक पूर्वाधारसम्बन्धी उपलब्ध आधारभूत जानकारी। (घ) प्रस्ताव दस्तुर। ‣ (घ१) नियम ५ बमोजिमको योग्यता। ❖ (घ२) प्राविधिक प्रस्तावको मूल्याङ्कन गरेपछि आर्थिक प्रस्ताव खोलिने कुरा। (ङ) अन्य आवश्यक कुराहरू।
ᶜ चौथो संशोधनद्वारा संशोधित। ❖ चौथो संशोधनद्वारा थप। ‣ तेस्रो संशोधनद्वारा थप। ➔ तेस्रो संशोधनद्वारा संशोधित।
(३) विभागले कुनै खनिजको खोजतलास कार्य गर्दा लागेको प्रत्यक्ष खर्चको वर्तमान मुल्य कायम गरी सो मुल्यलाई न्यूनतम मुल्य मानी बढाबढ गर्दा प्रस्तावकले कबोल गरेको रकम वा सो बराबरको शेयर लिन चाहेको भए सो कुरा समेत उपनियम (१) बमोजिम प्रकाशन गरिने सूचनामा उल्लेख गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिम प्रकाशित सूचनामा तोकिएको समयावधिमा तीनवटा भन्दा कम प्रस्ताव प्राप्त हुन आएमा पन्च दिनको म्याद दिई पुनः प्रस्ताव आह्वान गर्नु पर्नेछ। पुनः प्रस्ताव आह्वान गर्दा सो भन्दा पहिला दर्ता हुन आएका प्रस्तावलाई कायम राख्न सकिनेछ। त्यसरी पुनः प्रस्ताव आह्वान गर्दा पनि तीनवटा प्रस्ताव नपुगेमा प्राप्त भएजति प्रस्तावको मूल्याङ्कन गर्नु पर्नेछ।
(५) उपनियम (१) वा (४) बमोजिम प्रस्ताव पेश गर्दा प्रस्तावकले उपनियम (३) बमोजिम विभागले कायम गरेको न्यूनतम मुल्यको दुई प्रतिशतले हुन आउने रकम नगदै वा वाणिज्य बैङ्कले जारी गरेको सो रकम बराबरको जमानत (बैङ्क ग्यारेन्टी) प्रस्तावसाथ पेश गर्नु पर्नेछ।
(६) उपनियम (१) वा (४) बमोजिम प्राप्त प्रस्तावको मूल्याङ्कन गर्दा प्राविधिक र आर्थिक प्रस्तावको कुल अङ्कभार एक सय मानी त्यस्तो अङ्कभारमध्ये प्राविधिक प्रस्तावको अङ्कभार साटी र आर्थिक प्रस्तावको अङ्कभार चालीस कायम गर्नु पर्नेछ।
२५. प्राविधिक तथा आर्थिक प्रस्तावमा खुलाउनु पर्ने कुराहरूः (१) नियम २४ बमोजिम पेश गरिने प्राविधिक प्रस्तावमा देहायका विवरण खुलाउनु पर्नेछः–
(क) नियम ५ बमोजिम सम्बन्धित खनिज पदार्थको खनिज कार्यको लागि तोकिएको योग्यता,
(ख) खानी तथा खनिज परियोजना कार्यान्वयन गर्ने तरिका र समय तालिका,
(ग) प्रस्तावकसँग खनिज कार्यको लागि आवश्यक यन्त्र उपकरण, जनशक्ति वा विशेषज्ञको व्यवस्था गर्न सक्ने क्षमता र पूँजी,
(घ) खनिज कार्यको अवधिमा गरिने विभिन्न चरणको न्यूनतम कार्यक्रम,
(ङ) अन्वेषणात्मक विकास तथा सम्भाव्यता अध्ययनको योजना,
(च) लगानी, रोजगारी र सामाजिक विकासको योजना,
(छ) अन्वेषण वा उत्पादन गर्दा प्रयोग गरिने प्रविधि, लगानीको स्रोत र प्रस्तावकको क्षमता,
(ज) खनिज कार्य गरेको र खनिज बिक्री वितरण सम्बन्धी अनुभव,
(झ) कबोल गरेको रकम वा शेयर एकमुष्ठ वा चरणबद्ध रूपमा कसरी दाखिला गर्ने हो त्यसको समय तालिका,
(ञ) अन्य आवश्यक कुराहरू।
(२) नियम २४ बमोजिम पेश गरिने आर्थिक प्रस्तावमा सोही नियमको उपनियम (३) बमोजिम बढाबढद्वारा कबोल गरेको रकम वा सो रकम बराबरको शेयरको हिस्साको विवरण खुलाउनु पर्नेछ।
२६. प्रस्तावको मूल्याङ्कनः (१) प्रस्तावको मूल्याङ्कन गर्दा नियम ५ बमोजिम सम्बन्धित खनिज पदार्थको खनिज कार्यको लागि तोकिएको योग्यता पुगेका प्रस्तावकले पेश गरेको प्राविधिक प्रस्ताव मात्र मूल्याङ्कनमा समावेश गरिनेछ। प्राविधिक प्रस्तावलाई कायम गरिएको
अङ्कभारलाई एक सय मानी देहाय बमोजिमको आधारमा मूल्याङ्कन गर्नु पर्नेछ:-
(क) खानी तथा खनिज परियोजना कार्यान्वयन गर्ने तरिका र समय तालिका बापत अङ्क बीस,
(ख) प्रस्तावकसँग खनिज कार्यको लागि आवश्यक यन्त्र, उपकरण, जनशक्ति वा विशेषज्ञको व्यवस्था गर्न सक्ने क्षमता र पूँजी बापत अङ्क बीस,
(ग) खनिज कार्यको अवधिमा गरिने विभिन्न चरणको न्यूनतम कार्यक्रम बापत अङ्क दश,
(घ) अन्वेषणात्मक विकास तथा सम्भाव्यता अध्ययनको योजना बापत अङ्क दश,
(ङ) लगानी, रोजगार र सामाजिक विकासको योजना बापत अङ्क दश,
(च) अन्वेषण वा उत्पादन गर्दा प्रयोग गरिने प्रविधि, लगानीको स्रोत र प्रस्तावकको क्षमता बापत अङ्क पाँच,
(छ) खनिज कार्य गरेको र खनिज बिक्री वितरण सम्बन्धी अनुभव बापत अङ्क दश,
(ज) कबोल गरेको रकम वा शेयर एकमुष्ठ वा चरणबद्ध रूपमा कसरी दाखिला गर्ने हो त्यसको समय तालिका बापत अङ्क दश,
(झ) अन्य आवश्यक कुरा बापत अङ्क पाँच।
(२) आर्थिक प्रस्तावको मूल्याङ्कन गर्दा प्राविधिक प्रस्तावमा कम्तीमा पचास प्रतिशत वा सो भन्दा बढी अङ्क प्राप्त गर्ने प्रस्तावकले पेश गरेको आर्थिक प्रस्ताव मात्र खोलनु पर्नेछ। आर्थिक प्रस्तावको मूल्याङ्कन गर्दा प्रस्तावकले कबोल गरेको रकमलाई आर्थिक प्रस्तावलाई छुट्याइएको अङ्कभारले गुणन गरी प्राप्त गुणनफललाई सबैभन्दा बढी
कबोल गरेको रकमले भाग गर्दा आउने भागफल अङ्क आर्थिक प्रस्तावको खुद प्राप्ताङ्क हुनेछ।
(३) उपनियम (१) वा (२) बमोजिम प्रस्तावको मूल्याङ्कन गर्ने सिलसिलामा विभागले प्रस्तावकसँग थप विवरण वा जानकारी माग गर्न सक्नेछ।
(४) उपनियम (१) र (२) अनुसार क्रमशः प्राविधिक र आर्थिक प्रस्तावमा प्राप्त अङ्क जोड्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रस्तावकको प्रस्ताव सम्झौताको लागि छनौट गर्नु पर्नेछ। छनौट भएको प्रस्तावकलाई तीस दिनको समयावधि तोकी सम्झौता गर्न सूचना दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रस्तावकले विभागले तोकेको अवधिभित्र सम्झौता गर्न नआएमा निजले राखेको जमानत जफत गरी दोस्रो उच्चतम अङ्क प्राप्त गर्ने प्रस्तावकको प्रस्ताव छनौट गरिनेछ। त्यसरी सम्झौता गर्न नआउने प्रस्तावकलाई कालोसूचीमा राख्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
२७. वार्ताः नियम २६ बमोजिम प्रस्तावको मूल्याङ्कन गरिसकेपछि विभागले चाहेमा प्रस्तावकसँग वार्ता गर्न सक्नेछ ।
२८. प्रस्ताव स्वीकृत गरी सम्झौता गर्ने र अनुमतिपत्र दिनेः (१) नियम २६ बमोजिम प्रस्तावको मूल्याङ्कन तथा नियम २७ बमोजिम सम्बन्धित प्रस्तावकसँग गरेको वार्ताको आधारमा विभागले प्रस्ताव स्वीकृत गर्न उचित देखेमा प्रस्ताव स्वीकृत गरी प्रस्तावकसँग खास खनिज पदार्थको खनिज कार्य गर्न दिने सम्बन्धमा सम्झौता गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम खनिज सम्झौता गरेपछि विभागले सम्झौता गर्ने पक्षलाई अनुसूची–११ बमोजिमको ढाँचामा खास खनिज पदार्थको खनिज कार्य गर्ने अनुमतिपत्र दिन सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम सम्झौता गरी खनिज कार्य गर्ने अनुमतिपत्र दिँदा विभागले सम्झौता गर्ने पक्षसँग आवश्यकता अनुसार अनुमतिपत्रको नवीकरण, खनिज क्षेत्रको आकार र क्षेत्रफल, खोजतलास
तथा उत्खनन् अवधि, खनिज कार्यको सञ्चालन जस्ता विशेष शर्त राख्न वा निजलाई विशेष सुविधा दिने गरी सम्झौता गर्न सक्नेछ।
(४) उपनियम (१) र (२) बमोजिम सम्झौता गरी खनिज कार्य गर्ने अनुमतिपत्र दिँदा विभागले सम्झौता गर्ने पक्षसँग यस नियमावली बमोजिमको रोयल्टी, स्थानीय विकास शुल्क लगायत अन्य दस्तुर वा रकम लिने गरी सम्झौता गर्न सक्नेछ।
२९. सम्झौता पत्रमा उल्लेख हुनु पर्ने कुराहरूः नियम २८ बमोजिम सम्झौता गर्दा त्यस्तो सम्झौतामा अन्य कुराका अतिरिक्त देहायका कुराहरू उल्लेख हुनु पर्नेछः–
(क) सम्झौताको उद्देश्य।
(ख) खनिज कार्यको अवधि र अवधि थपसम्बन्ध।
(ग) विभिन्न चरणमा क्षेत्र परित्याग गर्न सक्ने सम्भावना भए सो कुरा।
(घ) क्षेत्र परित्याग गर्दाको दायित्व।
(ङ) सम्झौताका पक्षहरूको कार्य र दायित्व।
(च) कार्य सम्पादन प्रत्याभूति सम्बन्धी।
(छ) विभिन्न चरणको खनिज कार्यको कार्यक्रम बजेट तथा सीमा संशोधन।
(ज) खोजतलास कार्य र त्यसको नतिजा।
(झ) खनिज उत्पादन अवधि र अवधि थपसम्बन्धी।
(ञ) वातावरण संरक्षण, खनिज संरक्षण तथा जीउधनको सुरक्षासम्बन्धी।
(ट) उत्पादन गरेको खनिज पदार्थको नाप तौलसम्बन्धी।
(ठ) खनिज कार्यसम्बन्धी प्रतिवेदन पेश गर्ने कुरा।
(ड) खनिज कार्य सञ्चालन गर्ने र चालु राख्ने सम्बन्धी।
(ड) कामदारहरूको सुरक्षासम्बन्धी।
(ण) खनिज पदार्थको बिक्री तथा आन्तरिक मागको आपूर्ति।
(त) कर्मचारी तथा तालिमसम्बन्धी।
(थ) मालसामान खरिदसम्बन्धी।
(द) जग्गाको उपयोग र सरकारी सहयोगसम्बन्धी।
(ध) संयुक्त लगानीमा खनिज कार्य सञ्चालन गर्ने भए सो सम्बन्धी।
(न) सम्झौता बमोजिमको कार्यको संयुक्त पुनरावलोकन सम्बन्धी।
(प) हिस्सेदारी र हस्तान्तरणसम्बन्धी।
(फ) खनिज कार्य स्थगित वा रदसम्बन्धी।
(ब) विवाद समाधानसम्बन्धी।
(भ) खनिज कार्य गर्दा लागू हुने कानून।
(म) काबू बाहिरको परिस्थितिमा गर्ने कुरा। (म१) कबोल गरेको बढाबढ रकम वा शेयर दाखिला तालिका। (म२) लगानी, रोजगारी र सामाजिक विकासको योजना।
(य) विभागले आवश्यक ठानेका अन्य कुरा।
३०. खास खनिज पदार्थको खनिज कार्य गर्न नेपाल सरकारले तोक्न सक्नेः यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा १२ को उपदफा (३) बमोजिम नेपाल सरकारले कुनै खास खनिज पदार्थको खनिज कार्य विभाग वा विभागले तोकेको अन्य सरकारी निकायले मात्र गर्न पाउने गरी तोक्न सक्नेछ।
परिच्छेद–६ खनन सम्पदा तथा वातावरण संरक्षण
३१.खनिज सम्पदा संरक्षण: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा न्यूनतम भुमिलाई असर पर्ने गरी र खनिज सम्पदाको अधिकतम उपयोग (रिकभरी) हुने गरी गर्नु पर्नेछ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा सकेसम्म उच्च मुल्ययुक्त खनिज पदार्थ उत्पादनमा जोड दिनु पर्छ।
(३) खनिज कार्य गर्ने व्यक्तिले खनिज कार्य गर्दा सो कार्यबाट निस्कने अन्य पदार्थलाई सकेसम्म बढी उपयोग गरी विकारयुक्त (वेष्ट) लाई न्यूनतम गर्नु पर्नेछ।
३२. वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर परेको मानिने: ऐनको दफा ११क. को प्रयोजनको लागि खनिज कार्य गर्ने व्यक्तिले कुनै खनिज कार्य गर्दा वातावरणमा पार्न सक्ने देहायका असरलाई वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकूल असर पारेको मानिनेछ:–
(क) खानी तथा आधारभूत संरचनाको विकास गर्दा भू–उपयोग तथा भू–सतहमा विचलन ल्याउन सक्ने।
(ख) वन विकास तथा वन्य जन्तु लोप हुन सक्ने।
(ग) खानीबाट बग्ने पानी तथा धाउ प्रशोधन गर्दा निस्कने झोल विकारहरूले पानी प्रदूषित हुन सक्ने।
(घ) धुवा धुलोले हावा प्रदूषित हुन सक्ने।
(ङ) ड्रिलिङ्ग, ब्लास्टिङ्ग तथा ठूला मेसिनहरूको प्रयोगले ध्वनी प्रदूषण तथा कम्पन हुन सक्ने।
(च) ओभर बर्डेन ट्रेलिङ्ग आदिले ठोस विकारको समस्या पैदा हुन सक्ने।
(छ) भू–खस, पैरो, भिरालो जमिन बग्ने, माटो बगाउने तथा बाटो बन्द हुने जस्ता समस्या पैदा हुन सक्ने।
(ज) जल प्रवाहमा परिवर्तन तथा पानीको उपयोगमा असुविधा हुन सक्ने।
(झ) सांस्कृतिक, पुरातात्विक स्थल तथा वनस्पति उद्यानहरूमा क्षति पुग्न सक्ने।
३३. वातावरण संरक्षणका सम्बन्धमा बचाउका उपायहरू अपनाउनु पर्नेः खनिज कार्य गर्ने व्यक्तिले वातावरण संरक्षणका सम्बन्धमा देहाय बमोजिमका बचाउका उपायहरू अपनाउनु पर्नेछः–
(क) खनिज क्षेत्र वरपरि सतही तथा भूमिगत जलस्रोतमा कम प्रभाव पर्ने गरी कार्य गर्ने।
(ख) फोहोर नथुप्राउने, पोखरी तथा पानी बग्ने उपयुक्त नालीको व्यवस्था गर्ने,
(ग) आवश्यकतानुसार एफ्लुएण्ड ट्रिटमेण्टको उपाय प्रयोग गर्ने।
(घ) विषालु ग्याँस वा अत्यधिक धूलो निस्कने खानीहरूमा प्रदूषण उत्पन्न हुने स्रोतमा सकेसम्म प्रदूषण न्यूनतम गर्ने उपाय अवलम्बन गर्ने।
(ङ) विषालु ग्याँस वा अत्यधिक धूलो निस्कने खानीहरूमा काम गर्ने कामदारहरूलाई ग्याँस, फिल्टर वा डस्ट मास्क प्रयोग गर्न लगाउने।
(च) खनिज कार्य गर्दा सकेसम्म कम मात्रामा ध्वनि उत्पन्न हुने विष्फोटक पदार्थ वा यन्त्र उपकरण प्रयोग गर्ने।
(छ) विष्फोटक पदार्थको वैकल्पिक व्यवस्थाको रूपमा पाइने आवाज नआउने साधन प्रयोग गर्ने।
(ज) खनिज कार्य गर्दा निस्कने अनावश्यक पदार्थ (वेष्ट) उपयुक्त ठाउँमा जम्मा गरी सो वरपरि पर्खाल वा अन्य तरीकाबाट घेरी बोटबिरुवा लगाउने।
(झ) खनिज कार्य गर्दा सतही माटो (टप सोयल) निकाल्नु पर्ने भएमा सो माटो अलगै ठाउँमा जम्मा गरी सुव्यवस्थित गर्ने।
(ञ) उत्खनन् कार्य समाप्त भएपछि सो ठाउँमा सतही माटो मिलाएर बोटबिरुवा लगाउने।
(ट) खतरापूर्ण पदार्थ प्रयोग हुने वा खनिज पदार्थ उत्पादन गर्दा खतरापूर्ण अवस्था सृजना हुने खानीहरूमा आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्ने।
(ठ) खनिज कार्य गर्दा वन वनस्पति तथा जीवजन्तुमा सकेसम्म न्यून असर पर्ने गरी कार्य गर्ने।
(ड) खनिज कार्य गर्दा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदामा सकेसम्म न्यून असर पर्ने गरी कार्य गर्ने।
परिरिच्छेद–७ साधारण निर्माणमुखी खनिज पदार्थसम्बन्धी विशेष व्यवस्था
३४. साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः (१) ऐनको दफा १२ को उपदफा (४) बमोजिम सर्वसाधारणले निजी प्रयोगको निमित्त उपयोग गरी आएको प्रचलनमा प्रतिकूल असर नपर्ने गरी निर्माण कार्यको प्रयोगमा आउने साधारण माटो, ढुङ्गा र बालुवा जस्ता साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न चाहने व्यक्तिले सोको अनुमतिपत्रको लागि अनुसूची–१२ बमोजिमको ढाँचामा सम्बन्धित जिल्ला विकास समिति समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि उक्त निवेदन जिल्ला विकास समितिले निवेदकको माग बमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्र दिने वा नदिने भन्ने सम्बन्धमा जाँजबुझ गरी सिफारिस गर्न नियम ३५ बमोजिमको समिति समक्ष पठाउनेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खनिज विभागले खोजतलास कार्य गरी पता लगाएको गुण र परिमाण समेत
२. दोस्रो संशोधनद्वारा थप।
यकीन भइसकेको साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न विभागले अनुमतिपत्र दिन सक्नेछ।
(४) उपनियम (३) बमोजिम अनुमतिपत्र दिने प्रयोजनको लागि विभागले आवश्यक विवरण सहित कम्तीमा तीस दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम परेका प्रस्तावहरूको नियम २६, २७, २८ र २९ बमोजिमको प्रक्रिया पूरा गरी छनौट भएका प्रस्तावकलाई विभागले अनुमतिपत्र दिन सक्नेछ।
(६) $\bullet$..............................
३५. खानी विकास समितिको गठन: (१) साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न अनुमति दिने सम्बन्धमा सिफारिस गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको एक खानी विकास समितिको गठन हुनेछ:
(क) स्थानीय विकास अधिकारी - संयोजक (ख) प्रतिनिधि, जिल्ला विकास समिति - सदस्य (ग) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला प्रशासन कार्यालय - सदस्य (घ) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला वन कार्यालय - सदस्य (ङ) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला सडक कार्यालय - सदस्य (च) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला भू–संरक्षण कार्यालय - सदस्य
(छ) प्रतिनिधि (अधिकृतस्तर), आवास तथा शहरी विकास कार्यालय - सदस्य
(ज) जिल्ला नापी शाखाको प्रमुख वा निजले तोकेको somebody - सदस्य
*(झ) काठमाडौँ उपत्यकाका जिल्लाहरूको हकमा खानी तथा भूगर्भ विभागको अधिकृत स्तरको प्रतिनिधि र अन्य जिल्लाहरूको हकमा घरेलु तथा साना उद्योग कार्यालयको अधिकृत स्तरको प्रतिनिधि र सो कार्यालय नभएको जिल्लाको हकमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको अधिकृत स्तरको प्रतिनिधि - सदस्य
(ञ) योजना तथा प्रशासकीय अधिकृत, जिल्ला विकास समिति - सदस्य-सचिव
(२) समितिले बैठक सम्बन्धी आफ्नो कार्यविधि आफैं निर्धारण गर्नेछ।
३६. सहमति लिनु पर्नेः (१) नियम ३४ को उपनियम (२) बमोजिम समिति समक्ष प्राप्त भएको निवेदन उपर समितिले आवश्यक जाँचबुझ गरी निवेदकको मागबमोजिम साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्र दिन मनासिब देखेमा सोही कुराको सिफारिस जिल्ला विकास समितिलाई गर्नेछ।
* पहिलो संशोधनद्वारा संशोधित। $\square$ पहिलो संशोधनद्वारा थप।
(२) उपनियम (१) बमोजिम समितिबाट सिफारिस प्राप्त भएपछि जिल्ला विकास समितिले निवेदकलाई खनिज कार्य गर्न अनुमतिपत्र दिनु पूर्व खानी सञ्चालन गर्न खोजेको खानी क्षेत्रको विवरण, खानी उत्खनन पद्धति, क्षेत्रफल र खनिज पदार्थको नाम समेतको विवरण उल्लेख गरी निवेदकको मागबमोजिम अनुमतिपत्र दिने नदिने सम्बन्धमा विभागको सहमतिको लागि लेखी पठाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम सहमतिको लागि लेखिएको ६ महिना भित्र विभागले त्यसरी सहमति माग भएको विषयमा कुन तरिकाबाट, कसरी, कुन कुन सर्त बन्देजहरूको अधीनमा रही अनुमतिपत्र दिने हो सो लगायत खानीको स्तर र अवधि समेत खुलाई सहमति दिने सम्बन्धमा निर्णय गरी सक्नु पर्नेछ।
तर विभागले खानी सञ्चालन गर्न अनुमतिपत्र नदिने गरी निर्णय गरेमा अनुमतिपत्र प्रदान गरिने छैन।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि खानी सञ्चालन गर्न दिन सिफारिस गरेको क्षेत्र वन क्षेत्रभित्र पर्ने रहेछ भने जिल्ला विकास समितिले विभागको सहमति लिनु पूर्व वन तथा भू–संरक्षण मन्त्रालयको समेत सहमति लिनु पर्नेछ।
३७. साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र दिने: (१) नियम ३६ बमोजिम सहमति प्राप्त भएमा जिल्ला विकास समितिले अनुसूची–१३ बमोजिमको ढाँचामा अनुसूची–४ बमोजिमको दस्तुर लिई निवेदकलाई साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र दिनेछ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिए वापत जिल्ला विकास समितिले आफूले प्राप्त गरेको आम्दानीको बीस प्रतिशत रकम विभागको राजस्व खातामा जम्मा गरी सो भौचर सहितको जानकारी विभागमा पठाउनु पर्दछ।
$\rightarrow$ तेस्रो संशोधनद्वारा संशोधित।
(३) साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित जिल्ला विकास समितिबाट आफूले प्राप्त गरेको अनुमतिपत्र नियम ४२ बमोजिम नवीकरण गराउनु पर्नेछ।
तर सम्बन्धित जिल्ला विकास समितिले मनासिब माफिक कारण बिना नवीकरण गरि नदिएमा सम्बन्धित व्यक्तिले विभाग समक्ष निवेदन दिन सक्नेछ र यसमा विभागले आवश्यक जाँचबुझ गरी नवीकरण गर्न सक्नेछ।
३८. अनुगमन गर्नेः (१) जिल्ला विकास समितिले साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र प्राप्त व्यक्तिबाट खनिज कार्य गर्दा ऐन र यस नियमावली तथा अन्य प्रचलित कानूनको पालना भए वा नभएको सम्बन्धमा अनुगमन गर्नेछ। यसरी अनुगमन गर्दा जिल्ला विकास समितिले त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक निर्देशन दिन, खनिज कार्य रोक्का राख्न र साधारण निर्माणमुखी खनिज कार्यको अनुमतिपत्र खारेज गर्न सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला विकास समितिले खनिज कार्य रोक्का गर्दा वा साधारण निर्माणमुखी खनिज कार्यको अनुमतिपत्र खारेज गर्दा समिति र विभागको सिफारिस लिनु पर्नेछ।
(३) विभागले अनुमतिपत्र दिने सम्बन्धमा सहमति प्रदान गर्दा उल्लेख गरेका शर्त बन्देजहरू अनुरूप खनिज कार्य गरेको नपाइएमा सम्बन्धित जिल्ला विकास समितिलाई त्यस्तो खनिज कार्य रोक्का राख्न वा अनुमतिपत्र खारेज गर्न आवश्यक निर्देशन जारी गर्न सक्नेछ।
परिच्छेद–८ केन्द्रको स्थापना र काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था
३९. खनिज पदार्थ विकास केन्द्रको स्थापनाः खानी तथा खनिज पदार्थको स्रोतहरूको विकास गर्ने एवं खनिज कार्यमा सहयोग पुर्याउने सम्बन्धी कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले एक खनिज पदार्थ विकास केन्द्रको स्थापना गर्न सक्नेछ।
४०. केन्द्रको काम, कर्तव्य र अधिकार: केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) राष्ट्रिय खनिज नीतिको तर्जुमा गर्ने।
(ख) खनिज पदार्थको संरक्षण, संवर्धन र विकास गर्न आवश्यक कार्यक्रमहरू तयार गरी लागु गर्ने, गराउने।
(ग) खनिज उद्योगमा आइपरेका समस्याहरूको निराकरण गर्न आवश्यक कार्य गर्ने।
(घ) खनिज पदार्थसम्बन्धी अन्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, गराउने।
(ङ) अन्य आवश्यक कार्यहरू गर्ने।
४१. केन्द्रले विशेष समिति गठन गर्न सक्ने: (१) केन्द्रले खनिज पदार्थको विकास एवं प्रवर्द्धनसँग सम्बन्धित कुनै निश्चित कार्य सञ्चालन गर्न आवश्यकता अनुसार विशेष समिति गठन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम गठन हुने विशेष समितिको काम, कर्तव्य तथा अधिकार र कार्यविधि केन्द्रले तोकिदिएबमोजिम हुनेछ।
परिच्छेद–९ विविध
४२. अनुमतिपत्रको नवीकरण: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र खनिज कार्य गर्नको लागि आफूले प्राप्त गरेको अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ।
*(२) उपनियम (१) बमोजिम अनुमतिपत्र नवीकरण गराउन साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि सम्बन्धित जिल्ला विकास समिति समक्ष र अन्य अनुमतिपत्रको नवीकरणको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ।
* पहिलो संशोधनद्वारा संशोधित।
(३) उपनियम (२) बमोजिम नवीकरणको लागि निवेदन परेमा विभागले र *साधारण निर्माणमुखी खनिज पदार्थको हकमा सम्बन्धित जिल्ला विकास समितिले आवश्यक जाँचबुझ गरी अनुसूची–४ बमोजिमको नवीकरण दस्तुर लिई निवेदकको माग बमोजिम अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ।
$\times$(४) ................
४३. अनुमतिपत्र रद्द हुने व्यवस्था: अनुमतिपत्र देहायको अवस्थामा रद्द हुनेछ:–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र परित्याग गर्न निवेदन दिएमा।
(ख) नियम ७ मा नियम १५ बमोजिम दिइएको अनुमतिपत्र निवेदक आफैँले वा निजको प्रतिनिधिले तीस दिनभित्र बुझि नलिएमा।
(ग) नियम ४२ बमोजिम नवीकरण नगराएमा।
(घ) सार्वजनिक हित वा राष्ट्रिय सुरक्षा वा वातावरणमा प्रतिकूल असर पर्न सक्ने कार्य गरेमा।
$\square$(घ१) यस नियमावली बमोजिम तोकिएको रोयल्टी, शुल्क, दस्तुर, भूवाहाल आदि यस नियमावलीमा तोकिएको समयभित्र तोकिएको निकायमा नबुझाएमा।
$\square$(घ२) यस नियमावली बमोजिम विभागमा पेश गर्नु पर्ने विवरण, प्रतिवेदन, सूचना आदि यस नियमावलीमा तोकिएको समयभित्र पेश नगरेमा।
(ङ) यस नियमावली बमोजिम तोकिएको शर्तहरूको पालना नगरेमा।
$\blacktriangleright$(च) अनुमतिपत्रको अवधि समाप्त भएमा।
४४. अन्य खनिज पदार्थ पत्ता लागेमा पुनः अनुमतिपत्र लिनु पर्नेः (१) खोजतलास कार्य वा उत्खनन कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुमतिपत्रमा उल्लेखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लागेमा सोको जानकारी तीस दिन भित्र विभागलाई दिनु पर्नेछ र निजलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न प्राथमिकताको आधारमा अनुमतिपत्र दिइनेछ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थ बाहेक अन्य खनिज पदार्थ पत्ता लगाउने अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न चाहेमा विभागलाई जानकारी दिएको मितिले तीस दिन भित्र आवश्यकता अनुसार नियम ६, ७, १४ र १५ बमोजिमको प्रक्रिया पूरा गरी खोजतलास कार्य वा उत्खनन कार्य गर्ने अनुमतिपत्र लिनु पर्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुमतिपत्र प्राप्त व्यक्तिलाई देहायका अवस्थामा त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्ने अनुमतिपत्र दिइने छैनः
(क) खनिज पदार्थ पत्ता लागेको तीस दिन भित्र जानकारी नदिएमा। (ख) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न असमर्थता देखाएमा।
(४) उपनियम (१) बमोजिम प्राथमिकता प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्र नलिएमा विभागले अन्य कुनै व्यक्तिलाई त्यस्तो खनिज पदार्थको खनिज कार्य गर्न अनुमतिपत्र दिन सक्नेछ।
४५. विवरण, सूचना तथा प्रतिवेदनः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची– ६ बमोजिमको ढाँचामा खोजतलास कार्यको प्रगति विवरण प्रत्येक पाँच पाँच महिनामा विभाग समक्ष पेश गर्नु पर्नेछ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुसूची–९ बमोजिमको ढाँचामा खनिज पदार्थको वार्षिक उत्पादन प्रगति विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ।
(३) अनुमतिपत्र प्राप्त व्यक्तिले देहाय बमोजिमको विवरण वा प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र विभाग समक्ष पेश गर्नु पर्नेछ:-
(क) खनिज संचिति तथा खनिज सम्पदासम्बन्धी विवरण।
(ख) खनिज उत्पादन र बिक्री वितरणसम्बन्धी विवरण।
(ग) मेशिनरी तथा यन्त्र उपकरणसम्बन्धी विवरण।
(घ) कर्मचारी तथा कामदारसम्बन्धी विवरण।
(ङ) विभिन्न खनिज कार्यको लागत, आम्दानी खर्चसम्बन्धी विवरण।
(च) अन्य आवश्यक विवरण र प्रतिवेदन।
(४) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्यको सिलसिलामा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी भएमा वा हुन सक्ने देखेमा सो को बचावटको आवश्यक व्यवस्था गरी छिटो साधनद्वारा सोको सम्पूर्ण विवरण सहितको सूचना विभाग समक्ष दिनु पर्नेछ।
४६. भू–बहाल बुझाउनु पर्नेः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्न अनुमतिपत्रमा उल्लिखित खनिज क्षेत्रको जग्गा नेपाल सरकारको भए निजले नेपाल सरकारलाई अनुसूची–१४ मा तोकिए बमोजिमको भू–बहाल बुझाउनु पर्नेछ।
*(२) उत्खनन् कार्यको लागि अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुमतिपत्रको लागि निवेदन दिँदा आफूले माग गरेको क्षेत्र मध्ये उत्खनन् कार्यको प्रस्तावित योजनामा उल्लिखित क्षेत्रको जग्गा निजी स्वामित्वको भए सो जग्गा भू बहालमा लिन र दिनको लागि भू बहालको रकम समेत
उल्लेख गरी निज निवेदक र जग्गाधनी बीच भएको लिखित सम्झौता साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि जिल्ला विकास समिति समक्ष र अन्य खनिज पदार्थको अनुमतिपत्रको लागि विभाग समक्ष पेश गर्नु पर्नेछ।
(३) उपनियम २ बमोजिम भएको सम्झौतामा उल्लेखित रकम अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित जग्गाधनीलाई भू–बहाल वापत बुझाउनु पर्नेछ।
४७. अन्य खनिज पदार्थ वा उप–उत्पादनको बिक्रीः अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज पदार्थ उत्खनन कार्य गर्दा फेला पारेको अनुमतिपत्रमा उल्लिखित खनिज पदार्थ बाहेकका अन्य खनिज पदार्थ वा उप–उत्पादन बिक्री गर्नु पर्ने भएमा विभागको पूर्व स्वीकृति लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम विभागको स्वीकृति लिई अन्य खनिज पदार्थ वा उप–उत्पादन बिक्री गर्दा नियम २१ बमोजिम तोकिएको रोयल्टी जम्मा गर्नु पर्नेछ।
४८. खनिज पदार्थको निकासीमा बन्देजः (१) नेपाल सरकारले राष्ट्रिय सुरक्षा वा आन्तरिक माग आपूर्ति गर्नको लागि कुनै खनिज पदार्थ विदेशमा निकासी गर्न नपाउने गरी आदेश जारी गरी आवश्यक बन्जेद लगाउन सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्खनन गरेको खनिज पदार्थ विभागको पूर्व स्वीकृति लिई विदेशमा निकासी गर्न पाउनेछ।
(क) खनिज पदार्थको गुणस्तर यकीन गर्न वा विश्लेषण गर्न,
(ख) खनिज पदार्थको बजार अध्ययनको लागि नमूना पठाउन,
४९. विभागले स्वीकृति दिन सक्नेः कुनै व्यक्तिले नेपालको भौगोलिक सर्वेक्षण तथा खनिज अन्वेषणको सिलसिलामा जम्मा गरेको ढुङ्गा, माटो, बालुवा, चट्टान जीव अवशेषहरू (फसिल्स) प्रयोगशाला विश्लेषण तथा अन्वेषण कार्यको लागि विदेशमा निकासी गर्न विभागले स्वीकृति दिन सक्नेछ । यसरी विभागले स्वीकृति दिँदा अनुसूची – ४ को खण्ड (ग) बमोजिम निकासीको लागि तोकिएको दस्तुर लिनेछ।
५०. निरीक्षण तथा जाँचबुझसम्बन्धी कार्यविधिः (१) कुनै खानीको स्थिति वा खानी सम्बन्धी प्रचलित ऐन, नियम तथा विभागको आदेश निर्देशन बमोजिम खनिज कार्यिए गरेको छ छैन भन्ने जाँचबुझ गर्नका लागि विभागले कुनै माइनिङ्ग इन्जिनियर वा जियोलोजिस्ट वा सम्बन्धित विषयको विशेषज्ञलाई खानी निरीक्षकको रूपमा खानी निरीक्षण गर्न तोक्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम खानी निरीक्षण गर्न तोकिएको खानी निरीक्षकले प्रचलित ऐन, नियमको अधीनमा रही देहाय बमोजिमको अधिकार प्रयोग गर्नेछ।
(क) जुनसुकै खानी क्षेत्रमा एक्लै वा आवश्यकता अनुसार सरकारी कर्मचारी वा स्थानीय निकायका प्रतिनिधिहरू वा प्रहरी कर्मचारी साथ लिई प्रवेश गर्ने।
(ख) खानी क्षेत्रमा रहेको प्लाण्ट, मेशिनहरू आदिका सम्बन्धमा जाँचबुझ गर्न वा खानी क्षेत्रबाट उत्पादन गरेको जुनसुकै अवस्थाका खनिज पदार्थथ वा अन्य वस्तुहरूको नमूना लिने, कब्जामा राख्ने वा कुनै खनिज पदार्थहरू ओसार पसार बेच बिक्री गर्न नपाउने गरी रोक्का राख्ने।
(ग) खानीसँग सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिका साथ भएको वा निजको अधिकारमा रहेको खानी सम्बन्धी कागजात रजिष्टर, बहिखाता लगत वा अरु आवश्यक
देखेका लिखतहरू पेश गर्न लगाउने वा कब्जामा लिने वा अन्यत्र लैजान नपाउने गरी सीलबन्दी गरी रोक्का राख्ने।
(घ) खानी निरीक्षकले जाँचबुझ गर्न चाहेको खानीसाँग सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्ति, कर्मचारी वा कामदारसाँग आवश्यक कुरा सोधपुछ गर्न वा बयान लिने।
(३) उपनियम (२) को खण्ड (ख) वा (ग) बमोजिमको कुनै खनिज पदार्थ वा अन्य वस्तु कब्जामा लिएमा वा रोक्का राखेमा सो को जानकारी निजलाई दिई खानी निरीक्षकले विभागमा यथाशीघ्र प्रतिवेदन पेश गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम खानी निरीक्षकले पेश गरेको प्रतिवेदन उपर विभागले जाँचबुझ गरी निर्णय गर्न र सो सम्बन्धमा आवश्यक आदेश जारी गर्न सक्नेछ।
५१. खनिज क्षेत्रको सर्वेक्षण र नक्साः खनिज कार्य गर्दा खनिज पदार्थको प्रकृति, भौगोलिक स्थिति, उत्खनन प्रविधि आदिको आधारमा खानी क्षेत्रको भौगोलिक, टोपोग्राफिक, माइनिङ्ग आदिको सर्वेक्षण र नक्सा विभागले तोक्नेछ।
५२. मध्यस्थतासम्बन्धी प्रक्रियाः ऐनको दफा २६ बमोजिम नेपाल सरकार र अनुमतिपत्र प्राप्त व्यक्ति बीच खनिज कार्यसाँग सम्बन्धित कुनै कुराको सम्बन्धमा उठेको कुनै विवाद दुवै पक्षले आपसी सरसल्लाहबाट सुलझाउन नसकेमा दुवै पक्षबीच भएको सम्झौतामा तोकिएकोमा सोही बमोजिम र सम्झौतामा नतोकिएकोमा मध्यस्थता सम्बन्धी प्रचलित कानून बमोजिम मध्यस्थताद्वारा समाधान गरिनेछ।
५३. कार्यविधि तथा प्रक्रियाः अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अपनाउनु पर्ने कार्यविधि तथा प्रक्रिया कामको प्रकृति अनुसार विभागले अनुमतिपत्रमा नै तोकिदिए बमोजिम हुनेछ।
५३क.अनुमतिपत्रको नामसारीः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले विभागको पूर्व स्वीकृति नलिई आफूले प्राप्त गरेको अनुमतिपत्र अन्य कसैको नाममा नामसारी गरी दिन सक्ने छैन।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्र अरु कसैको नाममा नामसारी गर्न चाहेमा त्यसरी नामसारी गरी लिन चाहिने व्यक्ति नियम ५ बमोजिमको योग्यता भएको प्रमाण सहित विभाग समक्ष नामसारीको लागि निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा विभागले त्यसरी नामसारी गरी लिन चाहिने व्यक्तिको योग्यता नियम ५ बमोजिम भए नभएको आवश्यक जाँचबुझ गरी निवेदन प्राप्त भएको मितिले तीस दिनभित्र नामसारी गर्ने नगर्ने विषयमा निर्णय गरी सक्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम नामसारी गरी लिन चाहिने व्यक्ति नियम ५ बमोजिम योग्य छै छैन र निज कार्य गर्न अनुमतिपत्र दिन विभागले उपयुक्त देखेमा अनुसूची–४ बमोजिमको दस्तुर लिई निजका नाममा अनुमतिपत्र नामसारी गरी दिन सक्नेछ।
(५) अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा वा अन्य कुनै कारणले निज अनुमतिपत्र जारी गर्दाका बखत अनुमतिपत्रमा तोकिएको शर्त वा ऐन वा यस नियमावलीको पालना गर्न असमर्थ छै निजका हकवालाले निजको हक स्वीकार गर्न आफू सबैभन्दा सहजको हकवाला हो भन्ने कुराको प्रमाणसमेत संलग्न राखी विभाग समक्ष निवेदन गरेमा विभागले आवश्यक जाँचबुझ गर्दा निज हकवाला नियम ५ बमोजिम योग्यता भएको देखिएमा अनुसूची–४ बमोजिमको नामसारी दस्तुर लिई निजको नाममा अनुमतिपत्र नामसारी गरी दिन सक्नेछ।
(६) उपनियम (५) बमोजिम अनुमतिपत्रको नामसारी गर्ने सन्दर्भमा विभागले जाँचबुझ गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिको हकवाला सम्बन्धमा कुनै मुद्दा परेको देखिएमा त्यस्तो मुद्दाको हकनारा नभएसम्म त्यस्तो अनुमतिपत्र कसैको नाममा नामसारी हुन सक्ने छैन।
पहिलो संशोधनद्वारा थप।
५३ख. धरौटी राख्न पर्नेः यस नियमावली बमोजिम खनिज कार्य गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अनुसूची–४ बमोजिमको धरौटी राख्नु पर्नेछ।
५४. खनिज कार्यको हिसाब किताबः अनुमतिपत्र प्राप्त व्यक्तिले राख्नु पर्ने खनिज पदार्थको हिसाब किताब विभागले तोकिदिएबमोजिम हुनेछ।
५५. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ।
५६. खारेजी र बचाउः (१) देहायका नियमहरू खारेज गरिएका छन्:- (क) खनिज (संशोधन र एकीकरण) नियमहरू, २०१८ । (ख) ग्यास तेल (टेक) नियम, २०१५ । (ग) ग्यास (संरक्षण) नियम, २०१७ ।
(२) यो नियमावली प्रारम्भ हुनुभन्दा अघि खनिज (संशोधन र एकीकरण) नियमहरू २०१८, ग्यास तेल (टेक) नियम, २०१५, ग्यास (संरक्षण) नियम, २०१७ अन्तर्गत भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
पहिलो संशोधनद्वारा थप । द्रष्टव्य: केहि नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरित भएका शब्दहरू: “ श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”
*अनुसूची–१ (नियम ३ सँग सम्बन्धित) खनिज पदार्थको वर्ग
१. खनिज पदार्थको प्रकृतिको आधारमा गरिएको वर्गीकरणभित्र देहायका खनिज पदार्थहरू रहनेछन्ः–
(क) धातु खनिजः धातु खनिजको वर्गहरू भित्र देहायका खनिज पदार्थहरू रहनेछन् –
१. सुन, २. युरेनियम ३. प्लटिनम ४. थोरियम ५. जस्ता ६. चाँदी ७. सिसा ८. तामा ९. निकल १०. कोबाल्ट ११. टिन १२. टंगस्टन १३. मलिडेनम १४. बेरिलियम १५. नायोबियम १६. टान्टालम १७. कोलम्बियम १८. भ्यानाडियम १९. विस्मथ २०. टाइटेनियम २१. एल्युमिनियम २२. फलाम २३. अधातु खनिज पदार्थ वर्ग भित्र नपर्ने खनिज पदार्थहरू।
(ख) अधातु खनिजः अधातु खनिजको वर्गहरूभित्र देहायका खनिज पदार्थहरू रहनेछन्ः–
१. हीरा २. रुबी ३. सफायर ४. इमरल्ड ५. कोरण्डम ६. टोपाज ७. टुर्मलाइन ८. गानेट ९. एकुमेनिन १०. काइनाइट ११. बेरिल १२. म्याग्नेसाइट १३. खरी १४. प्राकृतिक (बायोजेनिक) ग्याँस १५. चुनढुङ्गा १६. फोस्फेट धाउ १७. क्रिस्टल क्वार्ज १८. फेल्डस्पार १९. क्यालसाइट २०. डोलोमाइट २१ शालिग्राम तथा अन्य फोनसिलहरू २२. ग्रेफाइट २३. जिप्सम २४. नुन २५. गेरु २६. औद्योगिक माटो २७. साधारण माटो २८. फायर क्ले २९. सिलिका बालुवा ३०. केओलिन ३१. अभ्रख ३२. पत्थर कोइला ३३. मट्टी कोइला ३४. मार्बल ३५. ग्रेनाइट ३६. साइनाइट ३७. एम्फिबोलाइट ३८. क्वार्जाइट ३९. साधारण निर्माण ढुङ्गा, बालुवा, गिट्टी तथा स्लेट ४०. डेकोरेटिभ ढुङ्गा।
२. खनिज पदार्थको महत्वको आधारमा गरिएको वर्गीकरणभित्र देहायका खनिज पदार्थहरू रहनेछन्:–
$\rightarrow$ (क) अति महत्वपूर्ण खनिज:
१. सुन २. सामरिक महत्वको खास खनिज (रियर अर्थ र रेडियोधर्मी खनिज: युरेनियम, प्लाटिनियम, थोरियम) ३. अर्ध किमती तथा किमती पत्थर (हिरा, रुबी, सफायर, इमरलड, कोरण्डम)।
$\rightarrow$ (ख) महत्वपूर्ण तथा बहुमूल्य खनिज:
१. जस्ता २. चाँदी ३. सिसा ४. तामा ५. निकल ६. कोबाल्ट ७. हफ्नियम ८. टंगस्टन ९. मोलिब्डेनम १०. बेरिलियम ११. नायोबियम १२. टान्टालम १३. क्रोमियम १४. भ्यानडियम १५. विस्मुथ १६. टाइटेनियम १७. अर्ध किमती तथा किमती पत्थर (टोपाज, टुर्मालिन, गार्नेट, एक्मेरिन, काइनाईट, बेरिल, क्रिस्टल क्वार्ज) १८. मैग्नासाइट १९. खरी २०. प्राकृतिक (बायोजेनिक) ग्यास २१. चुनढुङ्गा २२. फोस्फेट धाउ २३. फेल्डस्पार २४. क्यालसाइट २५. डोलोमाइट २६. शालिग्राम तथा अन्य फोसिलहरू २७. ग्रेफाइट २८. जिप्सम २९. आलमुनियम ३०. फलाम ३१. पोलिमेटल ।
(ग) सामान्य खनिज:
१. $\ast$ ........... २. $\ast$ .......... ३. ४. नुन ५. गेरु ६. औद्योगिक माटो ७. साधारण माटो ८. फायर क्ले ९. सिलिका बालुवा १०. केओलिन ११. अभ्रख १२. पत्थर कोइला १३. मट्टी कोइला १४. मार्बल १५. ग्रेनाइट १६. साइनाइट १७. एम्फिबोलाइट १८. क्वार्जाइट १९. साधारण निर्माण ढुङ्गा, बालुवा, गिट्टी तथा स्लेट २०. डेकोरेटिभ ढुङ्गा २१. अति महत्वपूर्ण खनिज र महत्वपूर्ण तथा बहुमूल्य खनिज भित्र परेका खनिज पदार्थ बाहेकका अन्य खनिज पदार्थहरू।
द्रष्टव्य: यस अनुसूची भित्र नपरेका खनिज पदार्थहरूको वर्गीकरण विभागले तोकिदिए बमोजिम हुनेछ।
$\rightarrow$ तेस्रो संशोधनद्वारा संशोधित। $\ast$ तेस्रो संशोधनद्वारा खारेज गरिएको।
*अनुसूची–२ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित) खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तर
(क) धातु खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तरः धातु खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तर देहाय बमोजिम हुनेछः–
(ख) अधातु खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तरः अधातु खनिज पदार्थ सम्बन्धी खनिज कार्यको स्तर देहाय बमोजिम हुनेछः–
* पहिलो संशोधनद्वारा संशोधित।
अनुसूची–३ (नियम ६ सँग सम्बन्धित) खोजतलास कार्यको अनुमतिपत्रको निवेदन
श्रीमान् महानिर्देशकज्यू, खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौं । महोदय, मैले/हामीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम देहायको विवरण खोली खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन गर्को छु/छौं ।
१. व्यक्तिको नाम:– हुलाक ठेगाना:– पेशा:– टेलिफोन:– फ्याक्स नं:–
२. संगठित संस्था, फर्म र कम्पनीको, नाम:– टेलेक्स नं:– हुलाक ठेगाना:– फ्याक्स नं:– टेलिफोन नम्बर:– दर्ता भएको मिति र नम्बर:– दर्ता भएको निकाय:– मुख्य सञ्चालक:–
३. खोज तलास कार्य गर्न चाहेको खनिज पदार्थ:– ४. खोज तलास कार्यको लागि माग गरेको अवधि:– ५. खोजतलास कार्य गर्न माग गरेको क्षेत्रको चौहद्दी विवरण र स्केल नक्सा:– ...........अञ्चल............जिल्ला............न.पा. र गा.वि.स. स्थान.......... टोपो .... ...सिट नं . ...........मूल चिन्ह............ ........ ........ ..... बाटपूर्व ...........................मिटर पश्चिम.................................मिटर उत्तर..............मिटर.................दक्षिण..............मिटर................ जम्मा...........................वर्ग कि.मी ।
६. खोजतलास कार्य गर्न माग गरेको क्षेत्रको भू–उपयोग विवरण:–
७. प्राविधिकको व्यवस्था:–
संलग्न कागजातहरू:– १. व्यावसायिक योग्यता र तालिमको प्रमाण २. अनुभव ३. नागरिकता र कम्पनी फर्म र संस्थाको प्रमाण ४. कार्य योजना
*अनुसूची–४
(नियम ७ को उपनियम (१), नियम ९ को उपनियम (३), नियम १५ को उपनियम (१), नियम १७ को उपनियम (३), नियम ४२ को उपनियम (३), नियम ४९, नियम ५३क. को उपनियम (४) र (५) तथा नियम ५३ख. सँग सम्बन्धित)
दस्तुर र धरौटी
(क) खोजतलास कार्यको लागिः
(ख) उत्खनन् कार्यको लागिः
(ग) निकासीको लागि:
निकासी सिफारिस दस्तुर रु. ५,०००।– तथा अनुसूची–१० मा तोकिए अनुसार खनिजको रोयल्टी।
अनुसूची–५ (नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भूगर्भ विभाग खोज तलास कार्यको अनुमतिपत्र
अनुमतिपत्र नं. मिति:–
.............. अंचल .............. जिल्ला .............. न.पा.÷गा.वि.स.बडा नं. ............ बस्ने श्री ................ लाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम प्रत्येक वर्ष नवीकरण गराउने गरी निम्न लिखित क्षेत्रनित्र मिति................... देखि .......................... सम्म............ खोज तलास कार्य गर्न यो खोज तलास कार्यको अनुमतिपत्र प्रदान गरिएको छ।
खोज तलास कार्य गर्ने क्षेत्रको विवरण
..............अञ्चल...............जिल्ला...............न.पा.÷गा.वि.स.स्थान............... .......टोपो सिट नं............मूल चिन्ह ..............बाट पूर्व ................ मिटर पश्चिम .............. मिटर उत्तर.............. मिटर दक्षिण.............मिटर जम्मा ...........वर्ग कि.मि.
शाखा प्रमुखको,– * महानिर्देशकको:–
दस्तखतः– दस्तखतः–
नामः– नामः–
नवीकरण
* पहिलो संशोधनद्वारा संशोधित।
अनुसूची–६ (*नियम ९ को उपनियम (२) सँग सम्बन्धित) खोजतलास कार्यको प्रगत विवरण
१. अनुमतिपत्र प्राप्त व्यक्तिको नाम तथा ठेगाना:– ............................................................ .......................... अनुमतिपत्र नम्बर..................खनिज पदार्थको नाम ...........................प्रगति विवरण अवधि मिति..............देखि...................सम्म।
२. खोजतलास कार्यको क्षेत्र रहेको जिल्ला:– ...............न.पा÷गा.वि.स........वडा नं............स्थान..................... ।
३. अन्वेषण क्षेत्रफल:–....................................................।
४. भौगोलिक नक्सा:–..............क्षेत्रफल.....................स्केल.............।
५. भू–रासायनिक (Geo-chemical) अन्वेषण:–
१. स्ट्रिम सेडिमेन्ट स्याम्पलिङ तरिका संख्या (Stream Sediment Sampling) (Method) (No)
२. स्वाइल (Soil) स्याम्पलिङ
३. रक (Rock) स्याम्पलिङ
४. ......................
५. ........................
६. भू–भौतिक (Geo-physical) अन्वेषण:–
१. ...........................
२. .........................
३. .....................
७.(क) भौतिक (Physical) अन्वेषण:—
ख. भूमिगत (Underground) अन्वेषणको लागि मात्र:
ड्राइभिङ्ग मेथड (Driving Method) क) ड्रिलिङ्ग (Drilling) ख) ब्लास्टिङ्ग (Blasting) ग) सपोर्ट (Support System)
घ) ............................................................
२) नक्सा तथा स्केच
३) मेशिनरी तथा अन्य सामान
४) खानी वातावरण (Mining Environment)
(क) बत्ती (Light)
(ख) पानी (Water)
(ग) हावा (Ventilation)
(घ) सुरक्षा (Safety)
८. स्याम्पल परीक्षण आधिकारिक परीक्षण प्रमाण पेश गर्नु पर्नेः
१) रासायनिक परीक्षण (Chemical Analysis)
२) मेटालर्जिकलपरीक्षण (Metallurgical Analysis)
३) अन्य
९. ग्रेड तथा टनेज (Grade and Tonnage)
१०. अन्वेषण खर्च
११. बजार अध्ययन
निवेदककोः—
दस्तखतः—
नामः—
मितिः—
अनुसूची–७ (नियम १४ को उपनियम (१) र (२) सँग सम्बन्धित) उत्खनन् कार्यको अनुमतिपत्रको निवेदन
श्रीमान् महानिर्देशकज्यू, खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौं ।
महोदय, मलाई/हामीलाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम उत्खनन् कार्य गर्न इच्छा भएकोले देहाय बमोजिमको विवरण खोली निवेदन गर्दछु/गर्दछौं ।
१. व्यक्तिको, नामः– पेशाः– हुलाक ठेगानाः– फ्याक्स नं.– टेलिफोनः– टेलेक्स नं.–
२. संगठित संस्था/फर्म/कम्पनीको, नामः– हुलाक ठेगानाः– टेलिफोन नम्बरः– फ्याक्स नं.– दर्ता भएको निकायः– दर्ता मिति र नम्बरः– मुख्य संचालकः–
३. उत्खनन् कार्य गर्न चाहेको खनिज पदार्थः ४. उत्खनन् कार्य गर्न चाहेको अवधिः ५. प्रविधिको व्यवस्थाः
(१) आफैँ भए (क) व्यावसायिक योग्यता तालिम (ख) अनुभव
(२) अन्य भए (क) नाम र ठेगाना (ख) व्यावसायिक योग्यता तालिम (ग) अनुभव
६. खानी उत्खनन् कार्य गर्न माग गरेको क्षेत्रको चौहद्दी विवरणः
...........अञ्चल..............जिल्ला................न.पा÷गा.वि.स.स्थान ..................... टोपोसिट नं. ................. निर्दिष्ट मूल चिन्हको भौगोलिक नियामक ............ बाट पूर्व ............. मिटर ..............पश्चिम..............मिटर उत्तर........... मिटर......... दक्षिण.................मिटर.......जम्मा............वर्ग कि.मी ।
निवेदकको, दस्तखतः नामः मितिः
संलग्न कागजातहरूः
१. खानी उत्खनन् कार्यको प्रस्तावित योजना २. आफैँले खोजतलास कार्य गरेको भए सोको विस्तृत प्रतिवेदन ३. व्यावसायिक योग्यता, अनुभव नागरिकता र कम्पनी, फर्म वा संस्थाको प्रमाण । ४. खानी क्षेत्रको जग्गासँग सम्बन्धित जग्गावाला वा अन्य निकायको मञ्जुरनामा÷सहमति आदि । ५. प्रस्तावित खानी सार्वजनिक खानी सार्वजनिक सडकबाट ५०० मिटर भित्र पर्ने भएमा सम्बन्धित निकायको सहमति ।
अनुसूची–७क. (नियम १७ को उपनियम (४) सँग सम्बन्धित) थप उत्खनन् कार्यको लागि दिइने अनुमतिपत्रको निवेदन
श्रीमान् महानिर्देशकज्यू, खानी तथा भ–गर्म विभाग, लैनचौर, काठमाडौँ ।
महोदय, मलाई र हामीलाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम ...................................खनिज पदार्थको लागि मिति.......................देखि ............................. सम्म उत्खनन् कार्यको अनुमतिपत्र (अ.प.नं...................) प्राप्त भई उत्खनन् कार्य गर्दा खनिज भण्डार बाँकी रहन गएको र उक्त खनिज पदार्थको उत्खनन् कार्य गर्ने इच्छा भएकोले खानी उत्खनन् कार्यको प्रस्तावित योजना संलग्न गरी निवेदन गर्दछु/गर्दछौं।
निवेदकको, दस्तखत: नाम: ठेगाना: मिति:
अनुसूची–८ (नियम १५ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भूगर्भ विभाग
उत्खनन कार्यको अनुमतिपत्र
..........अञ्चल............जिल्ला.............न.पा.÷गा.वि.स. वडा नं. ........बस्ने श्री........................लाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम निम्न लिखित क्षेत्र भित्र मनित ................ देखि शक. ............ सम्म. ............... खनिज पदार्थको उत्खनन कार्य गर्न यो उत्खनन कार्यको अनुमतिपत्र प्रदान गरिएको छ ।
उत्खनन कार्य गर्ने क्षेत्रको विवरण
..........अञ्चल............जिल्ला.............न.पा.÷गा.वि.स. स्थान .................................. टोपोसिट नम्बर ..................... निर्दिष्ट मूल चिन्हको भौगोलिक नियामक .................... बाट पूर्व थ .................... मिटर पश्चिम .................. मिटर उत्तर ............. मिटर दक्षिण .................मिटर जम्मा .............. वर्ग कि.मि. ।
शाखा प्रमुखकोः *महानिर्देशककोः
दस्तखतः दस्तखतः
नामः नामः
नवीकरण
* पहिलो संशोधनद्वारा संशोधित।
अनुसूची–८क. (नियम १७ को उपनियम (५) सँग सम्बन्धित)
नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भू–गर्भ विभाग
थप उत्खनन् कार्यको अनुमतिपत्र
................अञ्चल ......................जिल्ला ......................न.पा.÷गा.वि.स. वडा नं .......बस्ने श्री ............................................ लाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम निम्न लिखित क्षेत्रभित्र मिति.................देखि ............... सम्म.................. खनिज पदार्थको थप उत्खनन् कार्य गर्न अनुमतिपत्र प्रदान गरिएको छ ।
थप उत्खनन् कार्य गर्ने क्षेत्रको विवरण
................अञ्चल ............................ जिल्ला ........................... न.पा.÷गा.वि.स. स्थान ......................टोपोसिट नम्बर....................निर्दिष्ट मूल चिन्हको भौगोलिक नियामक ..................बाट पूर्व थ ........................मिटर, पश्चिम....................मिटर, उत्तर .............. मिटर र दक्षिण......... मिटरको जम्मा ......... वर्ग किलोमिटर।
महानिर्देशकको,–
दस्तखत:
नाम:
मिति:
➢ तेस्रो संशोधनद्वारा थप।
नवीकरण
अनुसूची–९
(*नियम १७ को उपनियम (२) सँग सम्बन्धित)
खनिज पदार्थको वार्षिक उत्पादन प्रगति विवरण
१. अनुमतिपत्र प्राप्त व्यक्तिको नाम र ठेगाना................................................................... .................... अनुमतिपत्र नम्बर ..................... खनिज पदार्थको नामः........................... प्रगति विवरण अवधि (आर्थिक वर्ष) ..................।
२. खानी रहेको जिल्ला ..................... न.पा./गा.वि.स ................. वडा...नं . ............ स्थान .........................................।
३. खनिज विकासः– क) विस्तृत सीमांकनात्मक ड्रिलिङ्ग तथा अन्वेषणात्मक उत्खनन्ः ख) विस्तृत प्राविधिक उत्खनन् तथा प्रशोधन सम्भाव्यता अध्ययनः ग) विस्तृत बजार तथा आर्थिक सम्भाव्यता अध्ययनः घ) अन्तिम सम्भाव्यता मूल्याङ्कनः
४. खानी (उत्पादनात्मक) विकासः— क) खानी उत्पादन परियोजना प्रवर्द्धन तथा कार्यान्वयनः ख) नियमित खानी उद्योग संचालनः ग) खानी विकास कार्य योजनाः
५. उत्पादन विवरण
निवेदकको:– दस्तखत:– नाम:– मिति:–
द्रष्टव्य: १. यस अनुसूची बमोजिम विवरण भर्दा आवश्यक विवरण मात्र भर्नु पर्दछ। २. अनुसूचीमा विवरण भर्ने ठाउँ नपुगेमा छुट्टै पानामा भरी पेश गर्नु पर्दछ।
अनुसूची–१० (नियम २१ को उपनियम (१) सँग सम्बन्धित)
रोयलटी दर
(२) औद्योगिक स्तर १,५००।– प्रति टन ११. एक्युमेरिन बेरिल (१) जेम्स स्तर १,५००।– प्रति टन (२) औद्योगिक स्तर १,५००।– प्रति टन १२. टुमालाइन (१) जेम्स स्तर १५,०००।– प्रति के.जी. (२) औद्योगिक स्तर १,५००।– प्रति टन १३. गार्नेट (१) जेम्स स्तर १,५००।– प्रति के.जी. (२) औद्योगिक स्तर २५०।– प्रति टन १४. काइनाइट (१) जेम्स स्तर १,५००।– प्रति के.जी. (२) औद्योगिक स्तर २५०।– प्रति टन १५. अभ्रक १,०००।– प्रति टन १६. शालिग्राम वा अन्य फोसिल ५०।– प्रति के.जी. १७. इन्धन (१) पत्थर कोइला १७५।– प्रति टन (२) मट्टी कोइला २०।– प्रति टन (३) प्राकृतिक बायोगेनिक ग्यास ११।– प्रति घन मिटर १८. निर्माण सम्बन्धी खनिज वस्तु (ग्रेनाईट, मार्वल, एम्फिबोलाईट आदि) (१) ड्रेस ब्लक २,१४०।– प्रति घन मिटर (२) चिप्स २५०।– प्रति टन १९. माटो (१) औद्योगिक माटो ३५।– प्रति घन मिटर (२) साधारण माटो २५।– प्रति घन मिटर २०. साधारण निर्माण ढुङ्गा
द्रष्टव्य: (१) धातु खनिज पदार्थको वर्गभित्र पर्ने अन्य खनिज पदार्थहरुको रोयल्टी दर कायम गर्दा धाउमा रहेको धातुको प्रतिशत तथा बजार मूल्यको आधारमा कायम गरिनेछ।
(२) यस अनुसूचीभित्र नपरेका अधातु खनिज पदार्थहरुको रोयल्टी दर कायम गर्दा प्रचलित बजार मूल्यको सरदर पाँच प्रतिशतका दरले कायम गरिनेछ।
(३) धातु खनिज पदार्थको वर्गभित्र पर्ने खनिज पदार्थलाई कन्सेन्ट्रेटको रुपमा बिक्री गर्दा कन्सेन्ट्रेटमा रहेको धातुको प्रतिशतको आधारमा रोयल्टी कायम गरिनेछ।
$^*$ चौथो संशोधनद्वारा संशोधित।
अनुसूची–११ (नियम २८ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार उद्योग मन्त्रालय खानी तथा भूगर्भ विभाग
खास खनिज पदार्थको अनुमतिपत्र
............अञ्चल.............जिल्ला.................न.पा.÷गा.वि.स.................वडा नं...............बस्ने श्री..........................लाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम निम्न लिखित क्षेत्रभित्र मिति.................देखि.........................सम्म खास खनिज पदार्थको खनिज कार्य गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ।
खास खनिज पदार्थको खनिज कार्य गर्ने क्षेत्रको विवरण
अञ्चल..................जिल्ला...............न.पा.÷गा.वि.स. स्थान........... टोपोसिट नम्बर............. .निर्दिष्ट मूल चिन्हको भौगोलिक नियामक ............... बाट पूर्व थ......... .मिटर पश्चिम. .................... मिटर उत्तर ..................... मिटर र दक्षिण. ...... ...... ..... .मिटर जम्मा .............. वर्ग कि.मि।
शाखाप्रमुखकोः– *महानिदेशककोः–
दस्तखतः– दस्तखतः–
नामः– नामः–
नवीकरण
* पहिलो संशोधनद्वारा संशोधित।
अनुसूची–१२ (नियम ३४ को उपनियम (१) सँग सम्बन्धित)
साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्रको निवेदन
मिति ............
श्री जिल्ला विकास समिति, ............जिल्ला,
महोदय, मैले÷हामीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम निम्न बमोजिमको क्षेत्रमा साधारण निर्माणमुखी खनिज पदार्थ ..............को खनिज कार्यको अनुमतिको लागि देहाय बमोजिमको विवरण खोली निवेदन गरेको छु ÷छौं।
१. व्यक्तिको, नामः– पेशाः– हुलाक ठेगानाः– फ्याक्स नं.– टेलिफोनः– टेलेक्स नं.–
२. संगठित संस्था÷फर्म÷कम्पनीको, नामः– हुलाक ठेगानाः– टेलिफोन नम्बरः– टेलेक्स नं. फ्याक्स नं.– दर्ता भएको निकायः– दर्ता मिति र नम्बरः– मुख्य संचालकः–
३. खनिज कार्य गर्न चाहेको खनिज पदार्थः
४. खनिज कार्य गर्न चाहेको अवधिः
५. प्राविधिकको व्यवस्थाः (१) आफैं भए (क) व्यावसायिक योग्यता र तालिम (ख) अनुभव (२) अन्य भए (क) नाम र ठेगाना (ख) व्यावसायिक योग्यता र तालिम (ग) अनुभव
६. साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न माग गरेको क्षेत्रको चौहिद्दी विवरणः–
अनुसूची–१३ (नियम ३७ को उपनियम (१) सँग सम्बन्धित)
जिल्ला विकास समिति ................जिल्ला
साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्यको अनुमतिपत्र
मिति:—
................अञ्चल.............जिल्ला.................न.पा.÷गा.वि.स.................व डा नं ...............बस्ने श्री..........................लाई खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ बमोजिम निम्न लिखित क्षेत्र भित्र मिति ...........देखि मिति.........................सम्म साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्न यो खानी उत्खनन अनुमतिपत्र प्रदान गरिएको छ।
साधारण निर्माणमुखी खनिज पदार्थको खनिज कार्य गर्ने क्षेत्रको विवरण
............ अञ्चल ........... जिल्ला ........... न.पा. र गा.वि.स.स्थान ............. को ...................... लाई मुल चिन्ह मानी सोबाट पूर्व ................... मिटर, पश्चिम................. मिटर उत्तर ................ मिटर, दक्षिण..............मिटरको जम्मा .......... वर्ग कि.मि.।
अनुमति पत्र प्रदानगर्ने अधिकारीकोः–
दस्तखतः–
नामः–
पदः–
नवीकरण
*अनुसूची–१४ (नियम ४६ को उपनियम (१) सँग सम्बन्धित) वार्षिक भू–बहाल
१. पहिलो वर्ष प्रति वर्ग किलोमिटर पाँच हजार रुपैयाँका दरले। २. दोस्रो वर्ष प्रति वर्ग किलोमिटर दश हजार रुपैयाँका दरले। ३. तेस्रो वर्ष प्रति वर्ग किलोमिटर पन्ध्र हजार रुपैयाँका दरले। ४. चौथो वर्ष प्रति वर्ग किलोमिटर बीस हजार रुपैयाँका दरले। ५. पाँचौँ वर्ष प्रति वर्ग किलोमिटर पच्चीस हजार रुपैयाँका दरले। ६. छैटौँ वर्ष वा सोभन्दा पछि प्रति वर्ग किलोमिटर तीस हजार रुपैयाँका दरले।
द्रष्टव्य: खोजतलास चरणबाट उत्खनन चरणमा जाँदा वर्षलाई निरन्तरता दिई भू–बहाल हिसाब गरिनेछ।
(क) गाउँ बस्ती । (ख) वन । (ग) खोला, नाला, पुल, बाटो, सार्वजनिक स्थल आदि । (घ) जग्गाको किसिम: आबादी÷पनिथ÷सरकारी÷सार्वजनिक । (ङ) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र भित्र पहिले खानी खोज तलास वा उत्खनन् कार्य भएको वा नभएको छ, छैन । (च) खोज तलास कार्य गर्न माग गरेको क्षेत्र नजिक खोज तलास वा खानी क्षेत्र भएमा सोको विवरण १. आफैं भए (क) व्यावसायिक योग्यता र तालिम:– (ख) अनुभव:– २. अन्य भए (क) नाम र ठेगाना:– (ख) व्यावसायिक योग्यता र तालिम:– (ग) अनुभव:– निवेदकको:– दस्तखत:– नाम:– मिति:–.............अञ्चल..............जिल्ला................न.पा.÷गा.वि.स.स्थान........................को........................लाई मूल चिन्ह मानी सोबाटपूर्व ...................मिटर, पश्चिम .................मिटर उत्तर .................मिटर र दक्षिण..............मिटर जम्मा .......... वर्ग कि.मि. ।संलग्न कागजातहरुः निवेदककोः–१. दस्तखतः–२. नामः–३. मितिः–