विदेशी राज्य र कूटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७ लालमोहर र प्रकाशन मिति २०२७।६।१८
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति $\Rightarrow$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२०२७ सालको ऐन नं. १४ $\times$........... विदेशी राज्य र कूटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : अन्तर्राष्ट्रिय कानून तथा प्रचलन अनुसार विदेशी राज्य र विदेशी राज्यका कूटनैतिक प्रतिनिधि तथा कर्मचारीलाई सुविधा तथा उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “विदेशी राज्य र कूटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७” रहेको छ । (२) यो ऐन नेपाल $\times$....... भर लागू हुनेछ । (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,— (क) “विदेशी राज्य” भन्नाले नेपाल $\times$........... सँग कूटनैतिक सम्बन्ध भएको विदेशी राज्यलाई सम्झनुपर्छ । (ख) “नियोग” भन्नाले विदेशी राज्यले नेपाल $\times$ ........... मा कूटनैतिक कार्य सम्पादन गर्न राखेको नियोगलाई सम्झनुपर्छ ।
$\Rightarrow$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
(ग) “नियोग प्रमुख” भन्नाले विदेशी राज्यले आफ्नो नियोगको प्रमुखको हैसियतले काम गराउन $\times$..... नेपाल सरकारको स्वीकृति लिई राखेको व्यक्तिलाई सम्झनुपर्छ । (घ) “कूटनैतिक कर्मचारी” भन्नाले नियोगको कूटनैतिक पदमा रहेको नियोगको कर्मचारीलाई सम्झनुपर्छ । (ङ) “कूटनैतिक प्रतिनिधि” भन्नाले नियोग प्रमुख वा नियोगको कूटनैतिक कर्मचारीलाई सम्झनुपर्छ । (च) “प्रशासकीय तथा प्राविधिक कर्मचारी” भन्नाले नियोगको प्रशासकीय तथा प्राविधिक काम गर्ने नियोगको कर्मचारीलाई सम्झनुपर्छ । (छ) “कामदार कर्मचारी” भन्नाले नियोगको आन्तरिक काम गर्ने नियोगको कर्मचारीलाई सम्झनुपर्छ । (ज) कूटनैतिक प्रतिनिधिको सम्बन्धमा “परिवार” भन्नाले नियोग प्रमुख वा नियोगको कर्मचारीको गृहस्थीको भाग भई निजको साथ र आश्रयमा रहेको निजको परिवारको सदस्यलाई सम्झनुपर्छ । (झ) “नियोगको घर र हाता” भन्नाले जोसुकैको स्वामित्वको भए पनि नियोगको प्रमुखको आवास लगायत नियोगको कुनै काममा प्रयोग गरिएको घर वा त्यसको कुनै भाग र त्यसले चर्चेको जग्गा समेतलाई सम्झनुपर्छ । (ञ) “निजी सेवक” भन्नाले विदेशी राज्यद्वारा बहाल नभएको तर नियोगको कुनै सदस्यको घरायसी काम गर्ने निजी सेवकलाई सम्झनुपर्छ ।
३. नियोगको घर र हाताको अनतिक्रम्यता : (१) नियोगको घर र हाता अनतिक्रम्य हुनेछ । नियोग प्रमुखको अनुमति बेगर नेपाल सरकारको कर्मचारी वा प्रतिनिधिले सो भित्र प्रवेश गर्न हुँदैन ।
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
(२) नियोगको घर हाताको अतिक्रमण वा क्षति हुने वा शान्ति वा मर्यादा भङ्ग हुने कुनै काम कारबाहीबाट रक्षा गर्न उपयुक्त कदम चाल्नु नेपाल सरकारको कर्तव्य हुनेछ । (३) नियोगको घर र हाता र त्यसमा रहेको धन माल तथा नियोगको सवारीको खानलासी, अधिग्रहण, जप्ती, तायादाती वा लिलाम बिक्री गरिने छैन । ४. नियोगको अभिलेखको अनतिक्रम्यता : नियोगको अभिलेख र लिखित जहिले जहाँसुकै पनि अनतिक्रम्य हुनेछ । ५. नियोगको औपचारिक पत्र व्यवहारको अनतिक्रम्यता : (१) नियोगको औपचारिक पत्र व्यवहार अनतिक्रम्य हुनेछ र कूटनैतिक डाँक खोल्ने वा रोक्ने छैन । तर त्यस्तो डाँक थैली बाहिर स्पष्ट रूपले थाहा हुने गरी “कूटनैतिक” भन्ने शब्द लेखिएको हुनु पर्छ र सो भित्र कूटनैतिक डाँक वस्तु बाहेक अन्य वस्तु राखिनु हुँदैन । (२) कूटनैतिक सन्देश बाहकलाई व्यक्तिगत अनतिक्रम्यता हुनेछ र निजलाई पक्राउ वा थुन छेक गरिने छैन । ६. नियोगको घर र हाताको सम्बन्धमा कर छूट : विदेशी राज्य र नियोग प्रमुखलाई नियोगको घर र हाताको सम्बन्धमा विशेष सेवा प्रदान गरिए वापत तिर्नु पर्ने बाहेक अरु सबै राष्ट्रिय, स्थानीय कर तथा देय (ड्यूज) बाट छूट हुनेछ । तर विदेशी राज्य, नियोग वा नियोग प्रमुखसँग करार गर्ने कुनै पक्षलाई नेपाल कानून बमोजिम तिर्नु पर्ने कुनै कर वा देय (ड्यूज) बाट छूट हुने छैन । ७. कूटनैतिक प्रतिनिधिको व्यक्तिगत अनतिक्रम्यता : कूटनैतिक प्रतिनिधिलाई व्यक्तिगत अनतिक्रम्यता हुनेछ र निजलाई पक्राउ वा थुनछेक गरिने छैन । तर, कुनै फौजदारी अभियोगका सम्बन्धमा नेपाल सरकारको सम्बन्धित कर्मचारीले घटना सम्बन्धी जानकारीको लागि कूटनैतिक प्रतिनिधिसँग निजको मर्यादा राखी उचित सम्मानसाथ सोधपुछ गर्न सक्नेछ । ८. कूटनैतिक प्रतिनिधिको निजी आवासको अनतिक्रम्यता : कूटनैतिक प्रतिनिधिको निजी आवासलाई नियोगको घर र हातालाई भए सरह अनतिक्रम्यता हुनेछ र
यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजीको कागजपत्र, पत्र व्यवहार र निजी सम्पत्ति पनि अनतिक्रम्य हुनेछ ।
९. कूटनैतिक प्रतिनिधिलाई अन्य छूट : (१) कूटनैतिक प्रतिनिधिलाई नेपाल $\times$.....मा लागू हुने कुनै सामाजिक सुरक्षा व्यवस्था (सोसल सेक्युरिटी प्रभिजन) बाट छूट हुनेछ । (२) कूटनैतिक प्रतिनिधिलाई नेपाल सरकारले सबै व्यक्तिगत सेवा, कुनै प्रकारको सार्वजनिक सेवा तथा सेना सम्बन्धी दायित्वबाट छूट दिनेछ ।
१०. कूटनैतिक प्रतिनिधिलाई नेपाल $\times$......को फौजदारी, देवानी तथा प्रशासकीय अधिकार क्षेत्रबाट उन्मुक्ति : (१) कूटनैतिक प्रतिनिधिलाई देहायका मुद्दा मामिलामा बाहेक सबै फौजदारी, देवानी तथा प्रशासकीय अधिकार क्षेत्रबाट उन्मुक्ति हुनेछ :- (क) नियोगको निमित्त विदेशी राज्यको तर्फबाट राखेकोमा बाहेक कूटनैतिक प्रतिनिधिको नेपाल $\times$........ भित्रको निजी अचल सम्पत्तिको सम्बन्धमा उठेको मुद्दा मामिला, (ख) विदेशी राज्यको हकमा नभई कूटनैतिक प्रतिनिधिको व्यक्तिगत हैसियतमा उत्तराधिकार सम्बन्धमा उठेको मुद्दा मामिला, र (ग) कूटनैतिक प्रतिनिधिले आफ्नो औपचारिक कार्य भन्दा बाहिर कुनै व्यवसाय वा व्यापार सम्बन्धी काम गरेकोबाट उठेको मुद्दा मामिला । (२) कूटनैतिक प्रतिनिधिलाई साक्षी बक्न कर लाग्ने छैन । (३) कूटनैतिक प्रतिनिधि उपर उपदफा (१) को खण्ड (क), (ख) र (ग) अन्तर्गतको मुद्दामामिलामा बाहेक अरुमा फैसलाको कार्यान्वयनको सम्बन्धमा कुनै कारिाही चलाइने छैन र कारिाही चलाउन पाउनेमा पनि कूटनैतिक प्रतिनिधिको व्यक्तिगत वा आवासको अनतिक्रम्यतालाई भङ्ग गरिने छैन ।
(४) यस दफामा जेसुकै लेखिएको भए तापनि उपर्युक्त अधिकार क्षेत्रबाट उन्मुक्ति पाउने कूटनैतिक प्रतिनिधिलाई आफूले चलाएको मुद्दामामलाको सिलसिलामा प्रतिवादीको दाबी जिकिरको सम्बन्धमा त्यस्तो उन्मुक्ति हुने छैन ।
११. कूटनैतिक प्रतिनिधिलाई कर छूट : कूटनैतिक प्रतिनिधिलाई देहायमा लेखिए बाहेक व्यक्तिगत वा सम्पत्तिमा लागेको सबै राष्ट्रिय, स्थानीय कर तथा देय (ड्यूज) छूट हुनेछ :- (क) साधारणतया वस्तु वा सेवाको मोलमा नै समावेश गरिने किसिमको अप्रत्यक्ष कर, (ख) नियुक्ति निमित्त विदेशी राज्यको तर्फबाट राखेकोमा बाहेक कूटनैतिक प्रतिनिधिको नेपाल $\times$...... भित्र निजी अचल सम्पत्तिमा लागेको कर तथा देय, (ग) कूटनैतिक प्रतिनिधिलाई व्यक्तिगत रूपमा लाग्ने सम्पत्ति तथा उत्तराधिकार कर, तर कुनै कूटनैतिक प्रतिनिधि वा निजको परिवारको सदस्यको उपस्थितिको कारणले त्यस व्यक्तिको नेपाल $\times$.....मा भएको निजको मृत्यु हुँदा निकासी गर्न मनाही भइरहेको बाहेक अरु चल सम्पत्तिको सम्बन्धमा सो कूटनैतिक प्रतिनिधिको मृत्यु भएपनि त्यस्तो कर लगाइने छैन । (घ) नेपाल $\times$.....मा भएको स्रोतद्वारा कूटनैतिक प्रतिनिधिलाई प्राप्त निजी आयमा लाग्ने कर, (ङ) नेपाल $\times$..... मा कूटनैतिक प्रतिनिधिले कुनै व्यापारमा लगाएको पूँजीमा लाग्ने कर, (च) कुनै खास सेवा प्रदान गरिए बापत लाग्ने कर वा दस्तुर, र (छ) अचल सम्पत्तिको सम्बन्धमा अदालती शुल्क, रजिष्ट्रेशन दस्तुर, टिकट दस्तुर तथा नक्कल दस्तुर ।
$\bullet$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
१२. भन्सार महसुल छुट हुने : (१) नेपाल सरकारले समय समयमा जारी हुने नेपाल कानून बमोजिम देहायको मालसामानमा गोदाम भाडा, ढुवानी भाडा जस्ता सेवा महसुल बाहेक सबै भन्सार महसुल तथा सो सम्बन्धित कर र दस्तुर छूट दिनेछ। (क) नियोगको औपचारिक उपयोगमा आउने मालसामान, र (ख) कूटनैतिक प्रतिनिधिको गृहस्थीको मालसामान तथा निजको परिवारको व्यक्तिगत उपयोगमा आउने मालसामान । (२) उपदफा (१) अन्तर्गत भन्सार महसुल छूट नहुने वा नेपाल कानून बमोजिम निकासी पैठारी मनाही गरिएको वा कुनै निरोधा विनिमय (क्वारान्टीन) लागू हुने मालसामान भएको सम्झनु पर्ने गम्भीर कारणहरू नभई कूटनैतिक प्रतिनिधिको गुन्टा झिटी र अरु मालसामानको निरीक्षण वा खानतलासी गरिने छैन र गर्नुपरेमा पनि कूटनैतिक प्रतिनिधि वा निजको प्रतिनिधिको उपस्थितिमा मात्र त्यस्तो निरीक्षण वा खानतलासी गरिनेछ ।
१३. कूटनैतिक प्रतिनिधिको परिवारलाई सुविधा तथा उन्मुक्ति : कूटनैतिक प्रतिनिधिको परिवारको गैर नेपाली नागरिक सदस्यलाई यस ऐन अन्तर्गत कूटनैतिक प्रतिनिधिले व्यक्तिगतरूपमा पाए सरह सबै सुविधा तथा उन्मुक्ति प्राप्त हुनेछ ।
१४. प्रशासकीय तथा प्राविधिक कर्मचारी तथा निजको परिवारलाई सुविधा तथा उन्मुक्ति : नेपाली नागरिक वा नेपाल $\times$........ को स्थायी अधिवासी नभएको नियोगको प्रशासकीय तथा प्राविधिक कर्मचारी तथा निजको परिवारको सदस्यलाई आफ्नो किन्व्यको परिधि बाहिर भई गरेको काम कारबाहीको सम्बन्धमा दफा १० को उपदफा (१) अन्तर्गतको सुविधा तथा उन्मुक्ति बाहेक दफा ७ देखि दफा ११ सम्ममा उल्लेख भएको सुविधा तथा उन्मुक्ति मात्र प्राप्त हुनेछ। प्रथम पटक आफ्नो कार्यभार सम्हाल्न आउँदा पैठारी गरेको मालसामानको हकमा दफा १२ को उपदफा (१) को खण्ड (ख) बमोजिमको सुविधा पाउनेछ ।
१५. कामदार कर्मचारीलाई सुविधा तथा उन्मुक्ति : नेपाली नागरिक वा नेपाल $\times$........ को स्थायी अधिवासी नभएको नियोगको कामदार कर्मचारीले आफ्नो किन्व्य
$\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
पालनको सिलसिलामा गरेको काम कारबाहीको सम्बन्धमा उन्मुक्ति पाउनेछ तथा निजको नियुक्ति बापतको पारिश्रमिकमा कर तथा देय (ड्यूज) छूट हुनेछ ।
१६. निजी सेवकलाई कर छूट : नियोगको सदस्यको नेपाली नागरिक वा नेपाल $\times \dots \dots$ को स्थायी अधिवासी नभएको निजी सेवकलाई निजको नियुक्ति बापतको पारिश्रमिकमा कर तथा देय (ड्यूज) छूट हुनेछ ।
१७. नेपाली नागरिक वा नेपाल $\times \dots \dots$ को स्थायी अधिवासी भएको कूटनैतिक प्रतिनििधिलाई सुविधा तथा उन्मुक्ति : नेपाली नागरिक वा नेपाल $\times \dots \dots$ को स्थायी अधिवासी भएको कूटनैतिक प्रतिनििधिलाई नेपाल सरकारले थप सुविधा तथा उन्मुक्ति प्रदान गरेकोमा बाहेक आफ्नो कार्यपालनको सिलसिलामा गरेको औपचारिक काम कारबाहीको सम्बन्धमा मात्र यस ऐनबमोजिम अधिकार क्षेत्रबाट उन्मुक्ति तथा अनतिक्रम्यता हुनेछ ।
१८. कूटनैतिक सुविधा तथा उन्मुक्ति सम्बन्धी अन्य व्यवस्था : (१) नेपाल सरकारले मनासिब देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सामान्य वा विशेषरूपले लागू हुने गरी यस ऐनमा व्यवस्था भएका सुविधा तथा उन्मुक्तिको अतिरिक्त अरु थप सुविधा तथा उन्मुक्तिहरू प्रदान गर्न सक्नेछ । (२) यस ऐन अन्तर्गतको सबै सुविधा तथा उन्मुक्ति नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै विदेशी नागरिक वा अन्तर्राष्ट्रिय संघ वा संस्था वा त्यस्तो संघ वा संस्थाको कर्मचारी वा वाणिज्यदूतहरूलाई प्रदान गर्न सक्नेछ । (३) यस ऐन अन्तर्गत नेपाल सरकारले सुविधा तथा उन्मुक्ति प्रदान गर्दा यथासम्भव पारस्परिक आधारमा प्रदान गर्नेछ ।
१९. नियम बनाउने अधिकार : यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
२०. खारेजी : विदेशी राष्ट्र र कूटनैतिक प्रतिनििधिको सुविधा सम्बन्धी ऐन, २०१९ खारेज गरिएको छ ।
द्रष्टव्य :- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तर भएका शब्दहरूः- “श्री ५ को सरकार” भन्नेको सट्टा “नेपाल सरकार” ।
(२) केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रूपान्तर भएका शब्दहरु :- “कोर्ट फी” को सट्टा “अदालती शुल्क” ।