नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३
लालमोहर र प्रकाशन मिति २०४३।८।२५
संशोधन गर्ने ऐन प्रमाणीकरण र प्रकाशन मिति १. महेन्द्र संस्कृत विश्वविद्यालय (पहिलो संशोधन) ऐन, २०४९ २०४९।०७।२१ २. केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ २०६३।०६।२८ ३. केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ २०६४।०५।०९ ४. नेपाल संस्कृत विश्वविद्यालय (दोस्रो संशोधन) ऐन, २०६४ २०६४।०९।३० ५. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।०७ ६. शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ २०७७।०३।११ ७. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ २०८२।०४।१४
२०४३ सालको ऐन नं. २१
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना गर्न बनेको ऐन
प्रस्तावनाः नेपाल ....................मा संस्कृत शिक्षालाई उच्चतम तहसम्म सुव्यवस्थित गर्न संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्द्धन गर्न, परम्परागत धर्म र नैतिक मान्यता, सदाचार र सच्चरित्रताको परिपालना गर्दै नेपाल .................... लाई संस्कृत विद्याको ज्ञान र प्रेरणा प्राप्त गर्ने केन्द्रका रूपमा विकास गर्न, र नेपाल राज्यमा अति प्राचीन कालदेखि नै संस्कृत विद्याको गौरवमय परम्परा रहँदै आएको र त्यसलाई निरन्तरता दिनको लागि एक विश्वविद्यालय स्थापना गर्न वांछनीय भएकोले,
श्री ४ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईक्सेकोछ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३” रहेको छ। (२) यस ऐनका दफा १, ३, ४, १४, १५, १६, १७ र १८ तुरुन्त प्रारम्भ हुनेछन् र अन्य दफाहरू नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐन,- (क) “विश्वविद्यालय” भन्नाले यो ऐन बमोजिमको नेपाल संस्कृत विश्वविद्यालय सम्झनु पर्छ। (ख) “सभा” भन्नाले दफा ४ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ। (ग) “कार्यकारी परिषद्” भन्नाले दफा ६ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ। (घ) “प्राज्ञिक परिषद्” भन्नाले दफा ८ बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ। +(घ१) “सेवा आयोग” भन्नाले दफा ९क. बमोजिमको सेवा आयोग सम्झनु पर्छ। (ङ) “परीक्षा समिति” भन्नाले दफा २६ बमोजिमको परीक्षा समिति सम्झनु पर्छ। (च) “केन्द्रीय कार्यालय” भन्नाले उप-कुलपति, शिक्षाध्यक्ष र कुल-सचिबको कार्यालयहरूको सामूहिक रूपलाई जनाउँछ। (छ) “विद्यापीठ” भन्नाले यो ऐन बमोजिमका विद्यापीठ सम्झनु पर्छ। (ज) “प्राचार्यन” भन्नाले विद्यापीठका प्रमुख सम्झनु पर्छ। (झ) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने प्राध्यापक, सह-प्राध्यापक, उपप्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु
पछी र सो शब्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षक तथा यस ऐन अन्तर्गत बनेको नियममा शिक्षक भनी तोकिएको व्यक्तिलाई समेत जनाउँछ। (ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
३. विश्वविद्यालयको स्थापनाः (१) संस्कृतको उच्च शिक्षा सञ्चालनको लागि एक विश्वविद्यालयको स्थापना हुनेछ। (२) विश्वविद्यालय अविच्छिन्न उत्तराधिकारवाला एक संगठित संस्था हुनेछ। यस कामको निमित्त आफ्नो एउटा छाप हुनेछ र यसले चल अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न, धितो बन्धक राख्न र बेचविखन गर्न समेत सक्नेछ। यसले आफ्नो नामबाट नालेस उजुर गर्न र यस उपर पनि सोही नामबाट नालेस उजुर लाग्न सक्नेछ। (३) विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा रहनेछ।
४. विश्वविद्यालय सभाको गठनः (१) देहायका सदस्यहरू भएको एउटा विश्वविद्यालय सभा हुनेछ :- (क) कुलपति - अध्यक्ष (ख) सह-कुलपति - उपाध्यक्ष (ग) उप-कुलपति - सदस्य (घ) $\times$.... (ङ) $\approx$.... (च) राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा सम्बन्धी हुने) - सदस्य (छ) उप-कुलपति, त्रिभुवन विश्वविद्यालय - सदस्य (ज) उप-कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान - सदस्य
$\text{R}$ पहिलो संशोधनद्वारा संशोधित। $\times$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज गरिएको। $\approx$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको। $\nabla$ दोस्रो संशोधनद्वारा संशोधित।
(झ) उपकुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान - सदस्य (ञ) शिक्षाध्यक्ष - सदस्य सचिव (ट) विश्वविद्यालयहरूका भू.पू. उप-कुलपति मध्येबाट एक जना - सदस्य (ठ) सचिव, ● शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य (ड) सचिव, अर्थ मन्त्रालय - सदस्य (ड१) अध्यक्ष, ‡ विश्वविद्यालय अनुदान आयोग - सदस्य (ढ) अध्यक्ष, गुठी संस्थान - सदस्य (ण) कुल-सचिव - सदस्य (त) कार्यकारी निर्देशक, नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्र - सदस्य (थ) प्राचार्यहरूमध्येबाट एक जना - सदस्य (द) नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत विद्यापीठ प्राध्यापक संघ इकाईका सभापति र सचिवको निर्वाचक मण्डलद्वारा समानुपातिक एकल संक्रमणीय मतका आधारमा निर्वाचित ●शिक्षकहरूमध्ये कम्तीमा एक जना महिला सहित तीन जना - सदस्य स्पष्टीकरण: यस खण्ड अनुसार निर्वाचनमा उम्मेदवार हुन चाहने शिक्षक कम्तीमा विश्वविद्यालयको स्थायी सेवामा पन्द्र वर्ष कार्यरत भएको हुनु पर्दछ। यो स्पष्टीकरणको प्रयोजनको लागि विश्वविद्यालयको स्थायी सेवा भन्नाले नेपालका अन्य विश्वविद्यालयमा गरेको स्थायी सेवालाई समेत जनाउँछ।
▽ दोस्रो संशोधनद्वारा संशोधित। ● शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ द्वारा संशोधित। ‡ दोस्रो संशोधनद्वारा थप।
±(द) नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको प्रतिनिधि एकजना - सदस्य (ध) शिक्षाविद्हरूमध्येबाट एक जना - सदस्य (न) संस्कृतका प्रतिष्ठित विद्वानहरू मध्येबाट एक जना - सदस्य (प) नेपाल प्राध्यापक संघको प्रतिनिधि एक जना - सदस्य (फ) नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी संघको प्रतिनिधि एक जना - सदस्य (ब) चन्दादाताहरू मध्येबाट एक जना - सदस्य (भ) प्रतिष्ठित समाजसेवी एक जना - सदस्य (म) नेपाल संस्कृत विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरूमध्येबाट एक जना - सदस्य (२) निर्वाचित र पदेन सदस्यहरू बाहेक सभाका अन्य सदस्यहरूको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा कुलपतिबाट हुनेछ। (३) विद्यार्थी प्रतिनिधिको पदावधि एक वर्षको हुनेछ र पदेन सदस्य बाहेक अन्य सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ। +(४) सभाको अध्यक्षता गर्ने व्यक्तिले सभाको बैठकको निर्णय प्रमाणित गर्नेछ।
५. सभाको काम, कर्तव्य र अधिकार: सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) संस्कृत उच्च शिक्षाका लागि विद्यापीठहरूको स्थापना सञ्चालन र प्रबन्द्ध गर्ने, (ख) उत्तर मध्यमा, शास्त्री, आचार्य, विद्यावारिधि उपाधिहरूको स्थापना गर्ने, प्रदान गर्ने,
± केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप।
(ग) विश्वविद्यालयको वार्षिक कार्यक्रमलाई स्वीकृति दिने र वार्षिक बजेट पारित गर्ने, (घ) विश्वविद्यालयका नियमहरू पारित गर्ने, (ङ) विश्वविद्यालयलाई मार्गदर्शन दिने, (च) विश्वविद्यालयको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने र कार्यक्रमको मूल्याङ्कन गर्ने, (छ) लेखापरीक्षण प्रतिवेदन माथी छलफल गर्ने र स्वीकृति दिने, (ज) $\times$ .............. (झ) आवश्यकतानुसार विशेष समितिहरू गठन गर्ने।
६. कार्यकारी परिषद्को गठनः (१) विश्वविद्यालयको देहायका सदस्यहरू भएको एउटा कार्यकारी परिषद् हुनेछः- (क) उप-कुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - सदस्य (ग) कुल-सचिव - सदस्य (घ) प्राध्यापनहरूमध्येबाट एक जना - सदस्य $^{१०}$ (ङ) शिक्षकहरूमध्येबाट एक जना - सदस्य
(२) उपदफा (१) को खण्ड (घ) र (ङ) का सदस्यहरूको मनोनयन $^*$ उप-कुलपतिको सिफारिसमा सभाले तीन वर्षको लागि गर्नेछ।
७. कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकारः कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः- (क) सभाको निर्णय र निर्देशनहरू कार्यान्वयन गर्ने, (ख) $\text{x}$............... (ग) सभामा प्रस्तुत हुने कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरू तयार गर्ने,
$\times$ पहिलो संशोधनद्वारा झिक्किएको। $^{१०}$ पहिलो संशोधनद्वारा संशोधित। $^*$ दोस्रो संशोधनद्वारा थप। $\text{x}$ केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा झिक्किएको।
(घ) विश्वविद्यालयलाई प्राप्त दान-दातव्य ग्रहण गर्ने, (ङ) विश्वविद्यालयको कोष र चल अचल सम्पत्तिको संरक्षण गर्ने र सभाको नीति तथा निर्देशन भित्र रही आवश्यकतानुसार बेचबिकन गर्ने, (च) विश्वविद्यालय अन्तर्गत सञ्चालित कार्यहरूको रेखदेख गर्ने, (छ) विश्वविद्यालय सम्बन्धी नियमहरूको मस्यौदा तयार गर्ने र सभामा पेश गर्ने, (ज) विश्वविद्यालयका शिक्षक तथा कर्मचारी एवं विद्यापीठका प्राचार्यहरूको नियुक्ति गर्ने, (झ) शैक्षिक तथा प्रशासनिक कामको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी तोक्ने।†
८. प्राज्ञिक परिषद्को गठन: (१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा प्रमुख निकायको रूपमा देहायका सदस्यहरू भएको एउटा प्राज्ञिक परिषद् हुनेछ:- (क) उप-कुलपति - अध्यक्ष (ख) शिक्षाध्यक्ष - सदस्य सचिव (ग) कुल-सचिव - सदस्य (घ) कार्यकारी निर्देशक, अनुसन्धान केन्द्र - सदस्य (घ१) परीक्षा नियन्त्रक - सदस्य‡ (घ२) अध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ - सदस्य‡ (ङ) विषय समितिका अध्यक्षहरू पाँच जना - सदस्य (च) विभागीय प्रमुखमध्येबाट पाँच जना - सदस्य (छ) प्राचार्यहरूमध्येबाट दुई जना - सदस्य (छ१) सम्बन्धन प्राप्त विद्यापीठका प्राचार्यहरूमध्येबाट एकजना - सदस्य‡
† पहिलो संशोधनद्वारा थप। ☑ पहिलो संशोधनद्वारा संशोधित। ‡ दोस्रो संशोधनद्वारा थप।
(ज) वरिष्ठ शिक्षकहरू मध्येबाट दुई जना - सदस्य (२) पदेन सदस्यहरू बाहेक अन्य सदस्यहरूको मनोनयन उप-कुलपतिको सिफारिसमा सभाबाट हुनेछ। (३) पदेन सदस्यहरू बाहेक अन्य सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ।
९. प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकारः प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) विश्वविद्यालयको शैक्षिक प्राज्ञिक कुरामा मुख्य निकायका रूपमा कार्य गर्ने, (ख) विश्वविद्यालयमा हुने अध्ययन अध्यापनको गुणस्तर, पाठ्यक्रम, परीक्षाको स्तर र किस्म, मूल्याङ्कन विधिहरू, शिक्षण सामग्रीहरू, छात्र भर्ना सम्बन्द्धी संख्या र योग्यता निर्धारण गर्ने, (ग) अनुसन्धान सम्बन्द्धी नीति तर्जुमा गर्ने र अनुसन्धान कार्यक्रमहरूमा स्वीकृति प्रदान गर्ने, (घ) विद्यार्थीहरूको शैक्षिक कार्यक्रमको मूल्याङ्कन गर्ने, (ङ) शिक्षण र अनुसन्धानको स्तर तोक्ने, (च) उपाधि र मानार्थ उपाधिहरूको व्यवस्था गर्ने, (छ) विभिन्न तहका निमित्त शिक्षकको न्यूनतम योग्यता तोक्ने।
९क. सेवा आयोग : (१) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाको लागि कार्यकारी परिषद् समक्ष सिफारिस गर्न देहायका सदस्यहरू भएको एक सेवा आयोग गठन हुनेछ :- (क) कुलपतिबाट नियुक्त व्यक्ति - अध्यक्ष (ख) सदस्य, लोकसेवा आयोग - सदस्य (ग) प्राध्यापकहरूमध्येबाट एकजना - सदस्य (२) उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ।
(३) उपदफा (२) बमोजिम नियुक्त अध्यक्ष र सदस्यको पदावधि तीन वर्षको हुनेछ। (४) सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्द्धी कार्यविधि तोकिए बमोजिम हुनेछ। (५) सेवा आयोगको अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तथा सदस्यको सुविधा तोकिएबमोजिम हुनेछ।
१०. विश्वविद्यालयको संगठनः $\times$(१) कुलपति, सह-कुलपति, केन्द्रीय कार्यालय, $\approx$सेवा आयोग, अनुसन्धान केन्द्र, आविक विद्यापीठ र सम्बन्द्धन प्राप्त विद्यापीठहरूको सामूहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछ। (२) उच्च शिक्षाको लागि तोकिएका विषयहरूमा तोकिएका विद्यापीठहरू रहनेछन्। (३) विद्यापीठको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
११. जिम्मेवारी र अधिकार प्रत्यायोजनाः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका $\nabla$नियममा अन्यथा लेखिएकोबाहेक अन्य सम्पूर्ण अधिकार सभामा निहित रहनेछ। (२) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेका $\nabla$नियममा उल्लेख गरिएका आफ्ना अधिकारहरूमध्ये सबै वा केही अधिकारहरू कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा अन्य पदाधिकारीहरूलाई वा तोकिए बमोजिम स्थापना गरिएका समितिलाई सुम्पन्न सक्नेछ।
१२. धर्म, जाति, जात, वर्ण, लिङ्ग वा मतको आधारमा भेदभाव नगरिनेः धर्म, जाति, जात, वर्ण, लिङ्ग वा कुनै मतको आधारमा कुनै व्यक्तिलाई विश्वविद्यालयको कुनै पद वा कुनै स्नातकोत्तर उपाधि, स्नातक उपाधि, प्रमाणपत्र वा अन्य शैक्षिक उपाधि हासिल गर्न वा अध्ययन गर्न वा सुविधा पाउनबाट वञ्चित गरिने छैन।
१३. पदाधिकारीहरूः विश्वविद्यालयका पदाधिकारीहरू देहाय बमोजिम हुनेछन्ः- (क) कुलपति
$\times$ पहिलो संशोधनद्वारा संशोधित। $\approx$ दोस्रो संशोधनद्वारा थप। $\nabla$ दोस्रो संशोधनद्वारा संशोधित।
(ख) सह-कुलपति (ग) उप-कुलपति
१४. कुलपति: (१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ। (२) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ। निज उपस्थित रहेको अवस्थामा निजले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षको आसन ग्रहण गर्नेछ। (३) कुलपतिलाई विश्वविद्यालय वा विश्वविद्यालयसँग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण वा जाँचबुझ गर्ने, गराउने र निर्देशन दिने अधिकार हुनेछ। (४) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत भएका जुनसुकै कार्यलाई पनि कुलपतिबाट रद्द गर्न सकिनेछ। (५) कुलपतिको अन्य अधिकार तोकिए बमोजिम हुनेछ।
१५. सह-कुलपति: (१) .... *शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा राज्यमन्त्री विश्वविद्यालयको सह-कुलपति हुनेछ। ..... (२) कुलपतिको अनुपस्थितिमा सह-कुलपतिले कुलपतिको कार्यभार सम्हाल्नेछ।
(३) सहकुलपतिले आवश्यकता अनुसार विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र कानूनसम्मत निर्देशन दिन सक्नेछ।
१६. उप-कुलपति: (१) विश्वविद्यालयको उप-कुलपति पदमा नियुक्तिका लागि सिफारिश पेश गर्न कुलपतिबाट सभाका सदस्यहरूमध्येबाट तीन जनाको एक समिति गठन हुनेछ। (२) उपदफा (१) बमोजिम गठित समितिले कुलपति समक्ष उप-कुलपतिको पदको लागि कम्तीमा तीन जनाको नामावलीको सिफारिश पेश गर्नेछ। (३) उपदफा (२) बमोजिम पेश भएको सिफारिश उपर विचार भई कुलपतिबाट उप-कुलपतिको नियुक्ति हुनेछ। (४) उप-कुलपतिको कार्यकाल एक पटकमा चार वर्षको हुनेछ। (५) उप-कुलपतिको अनुपस्थितिमा निजको काम चलाउने सम्बन्धमा कुलपतिबाट व्यवस्था भए बमोजिम हुनेछ। (६) उपदफा (५) बमोजिम व्यवस्था नभएसम्म शिक्षाध्यक्षले उप-कुलपतिको काम चलाउनेछ। (७) उप-कुलपति पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ। निजको पारिश्रमिक र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछन्। (८) उप-कुलपति विश्वविद्यालयको प्रमुख प्रशासकीय तथा शैक्षिक पदाधिकारी हुनेछ। (९) कुलपति र सह-कुलपति दुवैको अनुपस्थितिमा विश्वविद्यालयको दीक्षान्त समारोह र सभामा उप-कुलपतिले अध्यक्षता गर्नेछ। (१०) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको पालन गराउनु उप-कुलपतिको कर्तव्य हुनेछ र यसको प्रयोजनको निमित्त उप-कुलपतिको विचारमा तुरुन्त कुनै काम कारबाही नगरी नहुने आकस्मिक अवस्था आइरहेको छ भन्ने लागेमा निजले उचित र आवश्यक देखेको काम कारबाही गर्न सक्नेछ र त्यसको सूचना सकभर चाँडो सम्बन्धित पदाधिकारी वा अङ्गलाई दिनेछ। (११) उप-कुलपतिले सभाको निर्णय वा आदेशलाई कार्यान्वयन गर्नेछ। (१२) विश्वविद्यालयको सबै काम कारबाही उपर उप-कुलपतिको सामान्य नियन्त्रण रहनेछ।
(१३) सभामा पेश हुने सबै विषयहरू उप-कुलपति मार्फत पेश गरिनेछ। (१४) उप-कुलपतिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१७. शिक्षाध्यक्षः $\square^{(१)}$ (१) विश्वविद्यालयको शिक्षाध्यक्षको नियुक्ति उप-कुलपतिको सिफारिसमा कुलपतिबाट एक पटकमा चार वर्षको लागि हुनेछ। (२) शिक्षाध्यक्ष पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ। (३) शिक्षाध्यक्षको अनुपस्थितिमा शिक्षाध्यक्षको काम चलाउन कुलपतिले कुल-सचििलाई नियुक्त गर्नेछ। $^{*(४)}$ शिक्षाध्यक्षले सभाको निर्णय वा आदेशलाई अभिलेख गरी राख्नु पर्नेछ। सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ। (५) विश्वविद्यालयको शैक्षिक प्रशासन शिक्षाध्यक्षको रेखदेखमा रहनेछ। (६) शिक्षाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तथा निजको पारिश्रमिक र सेवाका शर्त तोकिएबमोजिम हुनेछ।
१८. कुल-सचिवः $\square^{(१)}$ (१) विश्वविद्यालयको कुल-सचिवको नियुक्ति उप-कुलपतिको सिफारिसमा कुलपतिबाट एक पटकमा चार वर्षको लागि हुनेछ। (२) कुल-सचिव पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ। (३) कुल-सचिवको रेखदेखमा विश्वविद्यालयको सामान्य प्रशासन कोष रहनेछ र विश्वविद्यालयले अपनाउने आर्थिक नीतिको सम्बन्धमा निजले आफूलाई उपयुक्त लागेको सल्लाह सभालाई दिनेछ। (४) सभामा पेश गरिने विश्वविद्यालयको आयव्ययको वार्षिक अनुमान तयार गर्ने, छात्रहरूको नाम दर्ता गर्ने र प्रमाणपत्रको व्यवस्था गर्ने जिम्मेवारी कुल-सचिवको हुनेछ। (५) कुल-सचिवले विश्वविद्यालयको हिसाब किताब तोकिए बमोजिम जाँच्न लगाई त्यसको प्रतिवेदन सभामा पेश गर्नेछ।
$\square$ पहिलो संशोधनद्वारा संशोधित। $*$ शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ द्वारा संशोधित। $\square$ पहिलो संशोधनद्वारा संशोधित।
(६) कुल-सचिबको अन्य काम, कर्तव्य, अधिकार तथा निजको पारिश्रमिक र सेवाका शर्त तोकिए बमोजिम हुनेछ।
१९. प्राध्यापन तथा अन्य पदाधिकारीः दफा १३ को खण्ड (च) र (छ) मा उल्लेख भएका प्राध्यापनहरू र अन्य पदाधिकारीहरूको नियुक्ति सेवाका शर्तहरू, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
१९क. नियुक्ति गनुन पर्ने अवधि : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विश्वविद्यालयको कुनै पदाधिकारीको पद रिक्त भएमा सम्बन्धित अधिकारीले रिक्त भएको तीन महिनाभित्र त्यस्तो पदमा नियुक्ति गरी पूरता गनुन पर्नेछ।
१९ख. जिम्मेवारी तोक्न सक्ने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्त नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्नेछ।
१९ग. पदबाट हटाउन सकिनेः (१) उप-कुलपति, शिक्षाध्यक्ष, कुलसचिब वा सेवा आयोगको अध्यक्षले आफ्नो पद अनुरूपको जिम्मेवारी पूरा नगरेको, इमान्दारीपूर्वक काम नगरेको वा निजले पद अनुकूलको आचरण नगरेको भनी सभामा तत्काल रहेका एक मतहाइ सदस्यले निजलाई पदबाट हटाउन कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिले सभाको कुनै सदस्यको अध्यक्षतामा विश्वविद्यालय अनुदान आयोगको सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ।
(२) उपदफा (१) बमोजिम गठित छानबिन समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी तीस दिनभित्र आफ्नो प्रतिवेदन कुलपति समक्ष पेश गनुन पर्नेछ।
(३) उपदफा (२) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि कुलपतिले सो प्रतिवेदन सभा समक्ष पेश गर्नेछ।
™ केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०६४ द्वारा थप।
(४) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन उपर छलफल हुँदा सभाका कुल सदस्य संख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्यले उप-कुलपति, शिक्षाध्यक्ष, कुलसचिवा सेवा आयोगको अध्यक्षलाई पदबाट हटाउन निर्णय गरेमा कुलपतिले उप-कुलपति, शिक्षाध्यक्ष, कुलसचिवा सेवा आयोगको अध्यक्षलाई पदबाट हटाउने छ। तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन। (५) उप-कुलपति, शिक्षाध्यक्ष, कुलसचिवा सेवा आयोगको अध्यक्ष बाहेक विश्वविद्यालयका अन्य पदाधिकारीलाई उपदफा (१) बमोजिमको आरोप छानबिन गदान वा पदबाट हटाउँदा अपनाउनु पर्ने प्रक्रिया तोकिए बमोजिम हुनेछ। (६) यस दफा बमोजिम कुनै पदाधिकारी उपर छानबिन शुरु भएमा छ महिनाभित्र अन्तिम निर्णय गरिसक्नु पर्नेछ। त्यस्तो अन्तिम निर्णय नभएसम्म निजले आफू बहाल रहेको पदमा काम गर्न पाउने छैन। (७) उपदफा (६) बमोजिमको पदाधिकारीले गर्ने दैनिक काम सम्पादन गर्नका लागि कुलपतिले विश्वविद्यालयको वरिष्ठतम पदाधिकारीलाई जिम्मेवारी तोक्न सक्नेछ।
२०. विश्वविद्यालय कोष र त्यसको सञ्चालन र प्रयोगः (१) विश्वविद्यालयको एक कोष रहनेछ, जसमा देहायका रकमहरू रहनेछन्ः- (क) नेपाल सरकारले विश्वविद्यालयलाई दिएको रकम, (ख) विश्वविद्यालयले सापटी लिएको रकम, (ग) विश्वविद्यालयको लागि प्राप्त सबै रकम, (घ) विश्वविद्यालयको लागि दान दातव्य र आर्थिक सहायता स्वरूप दिइएको रकम, र (ङ) मासिक शुल्क तथा अन्य स्रोतबाट प्राप्त रकम। (२) विश्वविद्यालय कोषको रकम तोकिएको बैङ्कमा खाता खोली जम्मा गरिनेछ। (३) उक्त कोषको सञ्चालन तोकिएबमोजिम हुनेछ। (४) विश्वविद्यालयको रकम तोकिएको काममा प्रयोग गरिनेछ।
२१. आय व्ययको वार्षिक अनुमान र हिसाब किताबः (१) विश्वविद्यालयको आय व्ययको वार्षिक तथा पूरक अनुमान कुल-सचिव मार्फत सभामा पेश गरिनेछ। (२) विश्वविद्यालयको हिसाब तोकिए बमोजिम राखिनेछ।
२२. लेखापरीक्षणः विश्वविद्यालयको लेखा परीक्षण महालेखा परीक्षकले गर्नेछ।
२३. संस्कृत अध्ययन संस्थान विद्यापीठमा परिणत हुनेः (१) यो ऐन प्रारम्भ हुँदाका बखत नेपालमा चालू भइरहेका संस्कृत अध्ययन संस्थान अन्तर्गतका शिक्षण संस्थाहरू यो ऐन प्रारम्भ भएपछि विद्यापीठमा परिणत हुनेछन्। (२) प्रत्येक विद्यापीठको प्रमुख प्राचार्य हुनेछ।
२४. $\times$ .....
२५. $\times$ .....
२६. परीक्षा समितिः यो ऐन अन्तर्गत परीक्षा संचालन सम्बन्धी सबै व्यवस्थाको लागि तोकिए बमोजिम परीक्षा समिति गठन हुनेछ।
२७. $\times$ .....
२८. परीक्षा समितिको काम, कर्तव्य र अधिकारः परीक्षा समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
२९. विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यताः देहायको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरूलाई तोकिए बमोजिम विश्वविद्यालयमा भर्ना गरिनेछः- (क) तोकिएको विषय र स्तरमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कूल लिभिङ्ग सर्टिफिकेट एक्जामिनेशन), वा (ख) खण्ड (क) मा उल्लेखित परीक्षाको समान भनी विश्वविद्यालयले तोकेको अरू कुनै परीक्षा।
२९क. निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्तिः (१) विश्वविद्यालयले तोकेको मापदण्ड पूरा गरी विश्वविद्यालय वा मातहतका आङ्गिक तथा सामुदायिक शैक्षिक संस्थामा भर्ना
भएका दलित, सिमान्तकृत, अपाङ्ग र आर्थिक रूपले विपन्न विद्यार्थीको लागि उच्च शिक्षा निःशुल्क हुनेछ। (२) उपदफा (१) को प्रयोजनको लागि आधार, मापदण्ड, वर्गीकरण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ। (३) *उपदफा (१) बमोजिमको सुविधा एक विद्यार्थीले प्रत्येक तहमा एकपटक मात्र उपभोग गर्न पाउनेछ। (४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दलित विद्यार्थीको लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा भर्नाका लागि तोकिए बमोजिमको सिट सुरक्षित गरिनेछ। (५) विश्वविद्यालयले शहीद, बेपत्ता पारिएका र अपाङ्गता भएका व्यक्तिका छोरा, छोरीको लागि प्रचलित कानूनमा व्यवस्था भए बमोजिम उच्च शिक्षाको व्यवस्था गर्नेछ। (६) कक्षा छदेखि कक्षा दशसम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले उच्च शिक्षामा प्रचलित कानून बमोजिम छात्रवृत्ति पाउनेछ।
३०. वार्षिक प्रतिवेदन: विश्वविद्यालयको वार्षिक प्रतिवेदन तोकिएको अधिवेशन सभामा पेश गरिनेछ र सो प्रतिवेदनलाई सभाले वार्षिक बैठकमा विचार गरी संशोधन गरी वा नगरी पारित गर्नेछ।
३१. मनोनयन: यो ऐन बमोजिम सभाका सदस्यहरूको मनोनयन र सदस्यहरूको रिक्त स्थानको पूर्ति तोकिए बमोजिम हुनेछ।
३२. काम-कारबाही अवैध नमानिने: विश्वविद्यालयको कुनै पदाधिकारीको स्थान रिक्त भै वा कुनै पदाधिकारीको नियुक्ति वा कुनै अङ्क गठनमा त्रुटि भै काम कारबाही भएको रहेछ भने सो कारणले मात्र त्यस्तो काम कारबाही अवैध मानिने छैन।
३३. सेवा शर्तको विवाद सम्बन्धी व्यवस्था: विश्वविद्यालय र विश्वविद्यालयका कुनै पदाधिकारी वा शिक्षक वा कर्मचारी बीच सेवा शर्त सम्बन्धमा उठेको कुनै पनि विवादको निर्णय तोकिए बमोजिम हुनेछ।
३४. असल नियतले काम गरेकोमा बचाउ: यो ऐनबमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा विश्वविद्यालय वा विश्वविद्यालयको कुनै पदाधिकारी उपर मुद्दा चलाउने वा अन्य कुनै कारबाही गरिने छैन ।
*३४क. नेपाल सरकारसँग सम्पर्क: विश्वविद्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
३५. विश्वविद्यालयलाई छुट र सुविधा: प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको रजिष्टेसन गर्नु पर्ने जुनसुकै लिखित रजिष्टेसन गर्नु परेमा रजिष्टेसन दस्तुर लाग्ने छैन ।
™३५क. स्वीकृति लिनु पर्ने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा वा कार्य गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
▽३६. नियम बनाउने अधिकार: यो ऐनको उद्देश्य कार्यान्वयन गर्न विश्वविद्यालयले आवश्यक नियम बनाउन सक्नेछ ।
द्रष्टव्य :- १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा ऐनको ठाउँ ठाउँमा र प्रचलित कानूनमा रहेका देहायका शब्दहरु रूपान्तर गरिएको :- “महेन्द्र संस्कृत विश्वविद्यालय” को सट्टा “नेपाल संस्कृत विश्वविद्यालय” । ३. शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ द्वारा रूपान्तर भएका शब्दहरु:- “शिक्षा तथा खेलकुद मन्त्रालय” को सट्टा “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय” ।*