प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५
प्रमाणीकरण र प्रकाशन मिति २०४५।७।२८
संशोधन गर्ने ऐन १. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (पहिलो संशोधन) ऐन, २०४९ | २०५०।२।२७ २. शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ | २०६३।९।१४ ३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ | २०६६।१०।७ ४. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ | २०७५।११।१९
२०४५ सालको ऐन नं. २० ................... प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावनाः आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न सुनियोजित रूपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको व्यवस्था तथा सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्नको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना र व्यवस्था गर्न वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाईसकेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः १.१ यस ऐनको नाम “प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५” रहेको छ ।
$\text{đ}$ यो ऐन संवत् २०६३ साल साउन १७ गतेदेखि लागू भएको । $\text{©}$ यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिफारिकएको ।
१.२ यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।$^+$
२. परिभाषाः २.१ विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- $\times$२.१.१ “सभा” भन्नाले दफा २क. बमोजिम गठित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सभा सम्झनु पर्छ । $\times$२.१.२ “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सम्झनु पर्छ । २.१.३ “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
$\dagger$२क. प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सभाको गठनः २क.१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सभाको गठन देहायबमोजिम हुनेछः- $\Pi$२क.१.१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा राज्य मन्त्री -अध्यक्ष $\times$२क.१.२ $\times.... .... ....$ २क.१.३ सदस्य, राष्ट्रिय योजना आयोग (जनशक्ति तर्फ ने) -सदस्य २क.१.४ सदस्य, लोकसेवा आयोग -सदस्य $\Pi$२क.१.५ सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय -सदस्य $\Pi$२क.१.६ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय -सदस्य $\Pi$२क.१.७ सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय -सदस्य $\Pi$२क.१.८ सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय -सदस्य $\pm$२क.१.८क उपाध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् - सदस्य २क.१.९ $\propto....$
$^+$ मिति २०४५ फागुन १२ गते देखि प्रारम्भ हुने गरी तोकिएको । (ने.रा.प. २०४५।११।९) $\times$ पहिलो संशोधनद्वारा संशोधित । $\dagger$ पहिलो संशोधनद्वारा थप । $\Pi$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेकिएको । $\pm$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप ।
२क.१.१० शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय -सदस्य २क.१.११ अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ -सदस्य २क.१.१२ विश्वविद्यालयहरूका प्राविधिक डीनहरूमध्येबाट अध्यक्षले मनोनीत गरेका पाँच जना -सदस्य २क.१.१३ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा विशेष योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट अध्यक्षले मनोनीत गरेका तीन जना -सदस्य २क.१.१४ औद्योगिक प्रतिष्ठानहरूका व्यक्तिहरूमध्ये अध्यक्षबाट मनोनीत तीन जना -सदस्य २क.१.१५ प्रतिनिधि, नेपाल $\times$.... .... .... विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान - सदस्य २क.१.१५क. $\alpha$ ............... २क.१.१५ख. $\alpha$ ............... २क.१.१५ग. $\alpha$ ............... २क.१.१५घ. $\alpha$ ............... २क.१.१५ङ. $\alpha$ ............... $\nabla$ २क.१.१६ परिषद्का कर्मचारीहरू मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति -सदस्य-सचिव
२क.२ सभाका मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुनः मनोनीत हुन सक्नेछन् । २क.३ सभाको बैठक सम्बन्धी कार्यविधि सभा आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
$\square$ ३. परिषद्को स्थापनाः
$\alpha$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा झिकिएको । $\times$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको । $\nabla$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\square$ पहिलो संशोधनद्वारा संशोधित ।
३.१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमलाई सुव्यवस्थित र स्तरयुक्त गर्न एवं त्यस्ता तालीम दिने विभिन्न निकायहरूका बीच समन्वय कायम गर्न तथा सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्नको लागि एक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना गरिएको छ ।
३.२ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को गठन देहाय बमोजिम हुनेछ :- ३.२.१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वा राज्यमन्त्री - अध्यक्ष ३.२.२ नेपाल सरकारबाट मनोनीत व्यक्ति - उपाध्यक्ष ३.२.३ सदस्य, राष्ट्रिय योजना आयोग (जनशक्ति हेर्ने) - सदस्य ३.२.४ सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य ३.२.५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट अध्यक्षले मनोनीत गरेका दुईजना - सदस्य ३.२.६ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमसँग सम्बन्धित विभिन्न संघ संस्थाबाट अध्यक्षले मनोनीत गरेका दुईजना - सदस्य ३.२.७ परिषद्का कर्मचारीहरूमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति - सदस्य सचिव
३.३. नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
३.४ परिषद्ले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
३.५ परिषद्का अध्यक्ष तथा सदस्यहरूको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।
३.६ परिषद्मा मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुनः मनोनीत हुन सक्नेछन् ।
V शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । II नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
३.६क परिषद्का उपाध्यक्षको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछन् । ३.७ $\alpha$.....
४. परिषद् संगठित संस्था हुने: ४.१ दफा ३ बमोजिम स्थापित परिषद् अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशासित र संगठित संस्था हुनेछ । ४.२ परिषद्को आफ्नो एउटा छुट्टै छाप हुनेछ । ४.३ परिषद्ले व्यक्ति सरह चल-अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ । ४.४ परिषद्ले व्यक्ति सरह नालिस उजुरी गर्न र परिषद् उपर पनि सोही नामबाट नालिस उजुरी लाग्न सक्नेछ ।
५. परिषद्को बैठक र निर्णय: ५.१ परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । ५.२ परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । ५.३ परिषद्को बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । ५.४ परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ । ५.५ परिषद्को निर्णय सदस्य-सचिवद्वारा प्रमाणित गरिनेछ । ५.६ परिषद्को बैठकसम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।
५.क. सभाको काम, कर्तव्य र अधिकाराः सभाको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-
$^+$ शिक्षा तथा खेलकुद सम्बन्धी केन्द्रीय नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\alpha$ शिक्षा तथा खेलकुद सम्बन्धी केन्द्रीय नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज गरिएको । $\times$ पहिलो संशोधनद्वारा संशोधित । $\dagger$ पहिलो संशोधनद्वारा थप ।
५क.१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लाई मार्गदर्शन दिने । ५क.२ परिषद्को नीति निर्धारण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्ने गराउने। ५क.३ प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विकास र विस्तार समयानुकूल भए नभएको मूल्याङ्कन गर्ने गराउने । ५क.४ परिषद्को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने । ५क.५ दीर्घकालीन योजना तयार गर्न लगाउने र त्यसको कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन लगाउने । ५क.६ आवश्यकतानुसार समिति, उपसमिति वा अध्ययन अनुसन्धान टोली गठन गर्ने गराउने। ५क.७ परिषद् अन्तर्गतका कुनै निकाय वा अधिकारीलाई आवश्यक निर्देशन दिने । ५क.८ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएका अन्य कामहरू गर्ने गराउने ।
६. परिषद्को काम, कर्तव्य र अधिकाराः ६.१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्नको लागि तोकिए बमोजिमका विभिन्न शिक्षण प्रशिक्षण र अनुसन्धानको व्यवस्था गर्ने र त्यसको सञ्चालनको व्यवस्था मिलाउने । ६.२ निजी एवं गैर सरकारी क्षेत्रमा स्थापना वा सञ्चालन हुने प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको अध्यापन वा सञ्चालनको स्वीकृति दिने र दिनेहरूले पाउने सुविधा र सहयोग सम्बन्धी व्यवस्था गर्ने । ६.३ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको सम्बन्धमा स्वदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्ध कायम गर्ने र स्तरयुक्त शिक्षा वा तालीममा जोड दिने । ६.४ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम सम्बन्धी नीति निर्धारण गरी सभामा स्वीकृतिको लागि पेश गर्ने । ६.५ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमहरूको क्षेत्र र स्तर निर्धारण गर्ने।
$\times$ पहिलो संशोधनद्वारा संशोधित ।
६.६ आधारभूत तहको सीप तथा तालीम सञ्चालन गर्ने र मध्यम स्तरीय जनशक्ति उत्पादन गर्ने । ६.७ बहु-प्राविधिक (पोलिटेक्निक) शिक्षालय स्थापना एवं सञ्चालन गर्ने गराउने । ६.८ नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्था तथा गैर सरकारी संगठित संस्थाद्वारा सीप विकासको निमित्त दिइने व्यावसायिक तालीमको पाठ्यक्रम र पाठ्यपुस्तक निर्धारण समितिले निर्धारण गरे बमोजिम लागू गर्ने गराउने । ६.९ विभिन्न तालीम सम्बन्धी कार्यक्रमहरू बीच समन्वय कायम गर्ने गराउने । ६.१० प्राविधिक प्रशिक्षक सम्बन्धी तालीम सञ्चालन गर्ने गराउने । ६.११ एप्रेन्टिससिप तालीम सम्बन्धी आवश्यक व्यवस्था मिलाउने । ६.१२ प्राविधिक शिक्षालयको क्षेत्रभित्र विभिन्न स्थानमा अल्पकालीन वा घुम्ती तालीम कार्यक्रम सञ्चालन गर्न प्रशिक्षण केन्द्रहरू, पाठ्य विषय (ट्रेनिङ्ग प्याकेज) तथा तालीम दिने शिक्षक सम्बन्धी आवश्यक व्यवस्था मिलाउने । ६.१३ सीपको वर्गीकरण, परीक्षण तथा प्रमाणीकरण सम्बन्धी व्यवस्था गर्ने गराउने । ६.१४ सीप प्रमाणका बनाउने र सीपको स्तर निर्धारण गर्ने । ६.१५ सरकारी तथा गैर सरकारी निकायहरूले सञ्चालन गरी आएका सेवाकालीन तथा पूर्व सेवाकालीन, प्राविधिक तथा व्यावसायिक तालीम पाठ्यक्रममा सामञ्जस्य ल्याई त्यस्ता तालीमहरूको राष्ट्रिय स्तरमा मूल्याङ्कन गरी स्तर निर्धारण गर्ने र मान्यता प्रदान गर्ने । ६.१६ आधारभूत, मध्यमस्तरीय तथा उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न आवश्यक कार्य गर्ने गराउने । ६.१७ सभाले पारित गरेको कार्यक्रमको कार्यान्वयन गर्ने गराउने । ६.१८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने र प्राप्त सहयोगको सुव्यवस्थित रूपले परिचालन गर्ने गराउने । ६.१९ नेपाल सरकारलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका लागि आवश्यक परामर्श दिने । ६.२० नेपाल सरकारको पूर्व स्वीकृति लिई स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्झौता वा करार गर्ने ।
६.२१ परिषद्को वार्षिक बजेट, प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रतिवेदन स्वीकृत वा अनुमोदन वा जानकारीको लागि सभामा पेश गर्ने । ६.२२ यस ऐनको उद्देश्य कार्यान्वयनको लागि आवश्यक अन्य कार्यहरू गर्ने गराउने । +६क. प्रमाणपत्रको मान्यता: परिषद्बाट सम्बन्धित प्राप्त शैक्षिक संस्थामा प्रवेशिका परीक्षा उत्तीर्ण गरी कम्तीमा दुई वर्ष अध्ययन गरेका विद्यार्थीलाई परिषद्द्वारा प्रदान गरिएको प्रमाणपत्र विश्वविद्यालय वा अन्य शैक्षिक संस्थाको प्रवीणता प्रमाणपत्र सरह हुनेछ ।
७. समिति, उप-समिति वा कार्य टोली गठन गर्न सक्नेः ७.१ परिषद्ले आफ्नो काम कारबाही सुचारु रूपले सञ्चालन गर्नको लागि आवश्यकतानुसार विभिन्न समिति, उप-समिति वा कार्यटोलीहरू गठन गर्न सक्नेछ । ७.२ समिति, उप-समिति वा कार्यटोलीहरूको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
८. आर्थिक स्रोत जुटाउने अधिकारः परिषद्ले आफ्नो काम सुचारु रूपले सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकमको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिई ऋण लिन, अनुदान प्राप्त गर्न वा अन्य कुनै किसिमबाट आर्थिक स्रोत जुटाउन सक्नेछ ।
८क. $\rho$..............
$\times$ ९. कर्मचारी सम्बन्धी व्यवस्थाः ९.१ परिषद्ले आवश्यकतानुसार कर्मचारीहरूको नियुक्ति गर्न सक्नेछ । ९.२ परिषद्को कर्मचारीको पारिश्रमिक, सेवा वाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।
१०. परिषद्को कोषः १०.१ परिषद्को एउटा छुट्टै कोष हुनेछ सो कोषमा देहायका रकमहरू रहनेछन्ः- १०.१.१ नेपाल सरकारबाट प्राप्त अनुदान, १०.१.२ नेपाल सरकार मार्फत कुनै अन्तर्राष्ट्रिय वा विदेशी संस्थाबाट प्राप्त रकम,
१०.१.३ परिषद्को चल अचल सम्पत्तिबाट आर्जन हुने रकम, १०.१.४ परिषद्लाई प्राप्त अन्य कुनै रकम । १०.२ परिषद्को सबै रकम परिषद्को नाममा नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंकमा जम्मा गरिनेछ । १०.३ परिषद्को तर्फबाट गर्नुपर्ने सम्पूर्ण खर्चहरू उपदफा १०.१ बमोजिमको कोषबाट व्यहोरीनेछ । १०.४ परिषद्को खाता सञ्चालन तोकिए बमोजिम हुनेछ । ११. परिषद्को लेखा र लेखापरीक्षणः ११.१ परिषद्को लेखा नेपाल सरकारको प्रचलित ढाँचा र तरिकाबमोजिम राखिनेछ । ११.२ परिषद्को लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ । ११.३ नेपाल सरकारले चाहेमा परिषद्को हिसाब किताबसम्बन्धी कागजातहरू र अरू नगदी जमन्सीसमेत जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ । १२. अधिकार प्रत्यायोजनः परिषद्ले यस ऐनबमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार आवश्यकतानुसार परिषद्को समिति, उप-समिति, कार्यटोली $\text{---}$ वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ । १३. नेपाल सरकारले निर्देशन दिन सक्नेः नेपाल सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम तथा सीपको स्तर निर्धारण एवं प्रमाणीकरण सम्बन्धमा परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ । १४. नेपाल सरकारसँग सम्पकनः परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेछ । १५. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य पूरा गर्नका लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ । १६. विनियमावली बनाउने अधिकारः परिषद्ले आफ्नो कार्य सञ्चालनको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक विनियमावलीहरू बनाउन सक्नेछ ।
⁺त्यसरी बनाइएका विनियमहरू ⁺शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएपछि मात्र लागू हुनेछन् ।
१७. खारेजी र बचाउ: १७.१ प्राविधिक तथा व्यावसायिक शिक्षा समिति (गठन) आदेश, २०३९ खारेज गरिएको छ र सो आदेशबमोजिम गठित समितिको सबै हक तथा दायित्व परिषद्मा सर्नेछ । १७.२ प्राविधिक तथा व्यावसायिक शिक्षा समिति (गठन) आदेश, २०३९ अन्तर्गत भए गरेको सम्पूर्ण काम कारबाही परिषद्बाट भए गरेको मानिनेछ ।