नेपाल स्काउट ऐन, २०५०
लालमोहर र प्रकाशन मिति २०५०।०८।०७
संशोधन गर्ने ऐन १. नेपाल स्काउट (पहिलो संशोधन) ऐन, २०५५ २०५५।०९।२२ प्रमाणीकरण र प्रकाशन मिति
४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३ ५. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
प्रस्तावना : नेपाल ............ का बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरूपको अभियानमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित स्वावलम्बी र चरित्रवान् तुल्याई सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई बढी सक्षम र संगठित बनाउन वांछनीय भएकोले, श्री ५ महाराजाधिराज बीरेंद्र वीर विक्रम शाहदेवको शासनकालको बाइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “नेपाल स्काउट ऐन, २०५०” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
** गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज गरिएको ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्थ नलागेमा यस ऐनमा,– (क) “नेपाल स्काउट” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल स्काउट सम्झनु पर्छ । (ख) “राष्ट्रिय परिषद्” भन्नाले दफा ७ बमोजिमको राष्ट्रिय परिषद् सम्झनु पर्छ । $\Rightarrow$(ख१) “प्रदेश परिषद्” भन्नाले दफा ९क. बमोजिमको प्रदेश परिषद् सम्झनु पर्छ। (ग) “राष्ट्रिय कार्यकारी समिति” भन्नाले दफा १० बमोजिमको राष्ट्रिय कार्यकारी समिति सम्झनु पर्छ । (घ) “सल्लाहकार सभा” भन्नाले दफा १३ बमोजिमको सल्लाहकार सभा सम्झनु पर्छ । (ङ) “प्रमुख स्काउट” भन्नाले दफा १५ बमोजिमको प्रमुख स्काउट सम्झनु पर्छ। (च) “प्रमुख आयुक्त” भन्नाले दफा १६ बमोजिमको प्रमुख आयुक्त सम्झनु पर्छ। (छ) “सहप्रमुख आयुक्त” भन्नाले दफा १७ बमोजिमको सह-प्रमुख आयुक्त सम्झनु पर्छ । (ज) “आयुक्त” भन्नाले दफा १८ बमोजिमको आयुक्त सम्झनु पर्छ । $\star$(ज१) “नेपाल स्काउटको सदस्य” भन्नाले दफा १८ बमोजिमको सदस्य सम्झनु पर्छ । (झ) “सचिव” भन्नाले नेपाल स्काउटको $\circledast$राष्ट्रिय सचिव सम्झनु पर्छ । (ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. नेपाल स्काउटको स्थापना: (१) नेपाल $\text{**}$...........का बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना हुनेछ । (२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि स्थापना भएको नेपाल स्काउट यसै ऐन बमोजिम स्थापना भएको मानिनेछ ।
$\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\star$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\circledast$ पहिलो संशोधनद्वारा थप । $\text{**}$ गणनासुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
(३) नेपाल स्काउटको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । (४) नेपाल स्काउटले आवश्यकता अनुसार नेपाल $^*$ ......... भित्र कार्यालयहरू खोल्न सक्नेछ ।
४. नेपाल स्काउट स्वाशसित संस्था हुने: (१) नेपाल स्काउट अविच्छिन्न उत्तराधिकारवाला एक स्वाशसित र संगठित संस्था हुनेछ । (२) नेपाल स्काउटको सबै काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । (३) नेपाल स्काउटले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कसैले व्यवस्था गर्न सक्नेछ । (४) नेपाल स्काउटले व्यक्ति सरह आफ्नो नामबाट नामिलस उजुर गर्न र नेपाल स्काउट उपर पनि सोही नामबाट नामिलस उजुर लाग्न सक्नेछ ।
५. नेपाल स्काउटको उद्देश्य: नेपाल स्काउटको उद्देश्य देहाय बमोजिम हुनेछ :– (क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपाल $^^*$ ......... का बालबालिका तथा युवा जनलाई परिचित गराउँदै बालबालिका तथा युवा जनलाई जनसेबी बनाउने । (ख) बालबालिका तथा युवा जनलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने । (ग) दैवीप्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने । (घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने । (ङ) समाजका हरेक जन तथा समूहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने । (च) स्वास्थ्य, वातावरण, भू-संरक्षण तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।
$^*$ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिथिल गरिएको । $^\circledast$ पहिलो संशोधनद्वारा थप ।
५क. नेपाल स्काउटको नियम र प्रतिज्ञा: नेपाल स्काउटको नियम र प्रतिज्ञा तोकिए बमोजिम हुनेछ ।
६. नेपाल स्काउटको संगठन: नेपाल स्काउटको संगठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामूहिक रूप नै नेपाल स्काउटको स्वरूप हुनेछ :- (क) राष्ट्रिय परिषद्, (क१) प्रदेश परिषद्, (ख) राष्ट्रिय कार्यकारी समिति, (ग) सल्लाहकार सभा ।
७. राष्ट्रिय परिषद्को गठन: (१) नेपाल स्काउटको सर्वोच्च निकायको रूपमा एउटा राष्ट्रिय परिषद् रहनेछ । (२) राष्ट्रिय परिषद्को गठन देहाय बमोजिम हुनेछ :- (क) प्रमुख स्काउट - अध्यक्ष (ख) प्रमुख आयुक्त - उपाध्यक्ष (ग) संघीय-संसद्का सदस्यहरूमध्येबाट तीनजना - सदस्य (घ) सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) - सदस्य (घ१) गभर्नर, नेपाल राष्ट्र बैंक - सदस्य (ङ) सचिव, युवा तथा खेलकुद मन्त्रालय - सदस्य (च) सचिव, अर्थ मन्त्रालय - सदस्य (छ) सचिव, महिला तथा समाज कल्याण मन्त्रालय - सदस्य (ज) $\times$ (झ) महामन्त्री, नेपाल रेडक्रस सोसाइटी - सदस्य (ञ) समाजसेवीहरूमध्येबाट पाँचजना - सदस्य (ट) चन्दादाताहरूमध्येबाट तीनजना - सदस्य (ठ) प्रत्येक प्रदेशबाट दुईजना महिला र दुईजना पुरुषको प्रतिनिधित्व हुने गरी
$+$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा थप । $\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित । $\oplus$ पहिलो संशोधनद्वारा थप । $#$ पहिलो संशोधनद्वारा संशोधित । $\times$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज गरिएको ।
सम्बन्धित प्रदेशका नेपाल स्काउटका राष्ट्रियस्तरका तालीम प्राप्त दलका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पठाएका अठ्ठाईस जना - सदस्य
$\Rightarrow$ (ड) नेपाल स्काउटका प्रदेश तहका सदस्यहरूले आ-आफ्नो प्रदेशबाट चारजनाका दरले प्रतिनिधित्व हुने गरी आफूहरूमध्येबाट निर्वाचन गरी पठाएका अट्ठाईसजना - सदस्य
(ढ) सचिव - सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (ख), (ग), (ञ) र (ट) बमोजिमका सदस्यहरूको मनोनयन गर्नको लागि राष्ट्रिय परिषद्ले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय परिषद्को सदस्यमा मनोनयन गर्नेछ ।
तर यस उपदफा बमोजिमका सदस्यहरूको पहिलो पटक मनोनयन गर्नको लागि प्रमुख स्काउटले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय परिषद्को सदस्यमा मनोनयन गर्नेछ ।
(४) उपदफा (२) को खण्ड (ठ) र (ड) बमोजिमका सदस्यहरूको निर्वाचन तोकिए बमोजिम हुनेछ ।
(५) राष्ट्रिय परिषद्का मनोनीत तथा निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।
८. राष्ट्रिय परिषद्को काम, कर्तव्य र अधिकार: (१) राष्ट्रिय परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) नेपाल स्काउटको नीति तथा कार्यक्रम निर्धारण गर्ने । (ख) राष्ट्रिय कार्यकारी समितिलाई निर्देशन दिने र मार्गदर्शन गर्ने । (ग) नेपाल स्काउटको बजेट पारित गर्ने ।
(घ) नेपाल स्काउटको सञ्चालन सम्बन्धमा आवश्यक नियम बनाउने। (ङ) नेपाल स्काउटको कार्य सम्पादनको मूल्याङ्कन गर्ने, गराउने । (च) राष्ट्रिय परिषद्को बैठकमा पेश भएका वार्षिक कार्यक्रम तथा प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । (छ) नेपाल स्काउटको लेखा परीक्षण गराउन लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने । (ज) नेपाल स्काउटको उद्देश्य पूर्तिको लागि तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने । (२) राष्ट्रिय परिषद्ले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारसँग सल्लाह लिन सक्नेछ ।
९. राष्ट्रिय परिषद्को बैठक: (१) राष्ट्रिय परिषद्को बैठक सामान्यतया वर्षको एक पटक बस्नेछ । (२) राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता राष्ट्रिय परिषद्को अध्यक्षले र निजको अनुपस्थितिमा राष्ट्रिय परिषद्को उपाध्यक्षले गर्नेछ । राष्ट्रिय परिषद्को अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा राष्ट्रिय परिषद्का सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता गर्नेछ । (३) राष्ट्रिय परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि राष्ट्रिय परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ । (४) राष्ट्रिय परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा सदस्य-सचिवले बैठकमा भाग लिए बापत तोकिए बमोजिम बैठक भत्ता पाउन सक्नेछन् ।
९क. प्रदेश परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार: प्रदेश परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
१०. राष्ट्रिय कार्यकारी समितिको गठन: (१) नेपाल स्काउटको कार्यकारी निकायको रूपमा काम गर्न एक राष्ट्रिय कार्यकारी समिति रहनेछ । (२) राष्ट्रिय कार्यकारी समितिको गठन देहाय बमोजिम हुनेछ: - (क) प्रमुख आयुक्त - अध्यक्ष (ख) सह-प्रमुख आयुक्त - सदस्य
(ग) प्रतिनिधि, युवा तथा खेलकुद मन्त्रालय - सदस्य (घ) राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरूबाट सबै प्रदेशको प्रतिनिधित्व हुने गरी सात जना - सदस्य (ङ) आयुक्तहरू - सदस्य (च) सचिव - सदस्य–सचिव
(३) राष्ट्रिय कार्यकारी समितिका पदेन सदस्य बाहेक अन्य सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । (४) उपदफा (२) को खण्ड (घ) बमोजिमका सदस्यहरूको मनोनयन गर्नको लागि राष्ट्रिय परिषद्ले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय कार्यकारी समितिको सदस्यमा मनोनयन गर्नेछ । तर यस उपदफा बमोजिमका सदस्यहरूको पहिलो पटक मनोनयन गर्नको लागि प्रमुख स्काउटले राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू रहेका पाँच सदस्यीय एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई प्रमुख स्काउटले राष्ट्रिय कार्यकारी समितिको सदस्यमा मनोनयन गर्नेछ ।
११. राष्ट्रिय कार्यकारी समितिको काम, कर्तव्य र अधिकार: राष्ट्रिय कार्यकारी समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (क) राष्ट्रिय परिषद्द्वारा दिइएका निर्देशनहरू पालन गर्ने, गराउने । (ख) राष्ट्रिय परिषद्का निर्णयहरू कार्यान्वयन गर्ने, गराउने । (ग) नेपाल स्काउटको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन तथा अन्य प्रतिवेदन र प्रस्तावहरू तयार गरी स्वीकृति वा अनुमोदनको लागि राष्ट्रिय परिषद्मा पेश गर्ने । (घ) नेपाल स्काउटको चल अचल सम्पत्तिको सञ्चालन, संरक्षण, रेखदेख, सम्झौता, करार वा ठेक्का पट्टा गर्ने । (ङ) नेपाल स्काउटको लागि प्राप्त आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने । (च) राष्ट्रिय परिषद्को स्वीकृति लिई नेपाल स्काउटको चल अचल सम्पत्ति हस्तान्तरण गर्ने ।
(छ) दैवीप्रकोप वा दुर्घटनामा उद्धार तथा सहयोग लगायत अन्य मानवीय सेवा कार्यमा स्काउटिङ्ग गराउने । (ज) नेपाल स्काउटको उद्देश्य अनुरूप काम गर्न आवश्यकता अनुसार समिति, उप-समिति वा कार्यटोली गठन गर्ने । (ज१) $\oplus$ नेपाल स्काउटको सञ्चालन सम्बन्धमा आवश्यक नियमहरू तयार गरी स्वीकृतिको लागि राष्ट्रिय परिषद समक्ष पेश गर्ने । (झ) नेपाल स्काउटको उद्देश्य पूर्ति गर्न आवश्यक पर्ने अन्य काम गर्ने, गराउने ।
१२. राष्ट्रिय कार्यकारी समितिको बैठक: (१) राष्ट्रिय कार्यकारी समितिको बैठक सामान्यतः वर्षको चार पटक बस्नेछ । (२) राष्ट्रिय कार्यकारी समितिको बैठकको अध्यक्षता राष्ट्रिय कार्यकारी समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सह-प्रमुख आयुक्तले राष्ट्रिय कार्यकारी समितिको बैठकको अध्यक्षता गर्नेछ । (३) राष्ट्रिय कार्यकारी समितिको बैठक सम्बन्धी अन्य कार्यविधि राष्ट्रिय कार्यकारी समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ । (४) राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष, सदस्य तथा सदस्य-सचिवले बैठकमा भाग लिए बापत पाउने बैठक भत्ता तोकिए बमोजिम हुनेछ ।
१३. सल्लाहकार सभा: (१) नेपाल स्काउटलाई आवश्यक सहयोग तथा सल्लाह दिनको लागि एक सल्लाहकार सभा रहनेछ । (२) सल्लाहकार सभाको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ । $\otimes$
१४. संरक्षक: (१) प्रधानमन्त्री नेपाल स्काउटको संरक्षक हुनेछ । (२) संरक्षकले दिएको निर्देशनको पालना गर्नु नेपाल स्काउटको कर्तव्य हुनेछ ।
१४क. $\times$.............
$\oplus$ पहिलो संशोधनद्वारा थप । $\otimes$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\times$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२ द्वारा थप भई शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा खारेज ।
१५. प्रमुख स्काउटः शिक्षा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री नेपाल स्काउटको प्रमुख स्काउट हुनेछ ।
१६. प्रमुख आयुक्तः (१) प्रमुख आयुक्तको पदावधि चार वर्षको हुनेछ । (२) प्रमुख आयुक्तको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
१७. सह-प्रमुख आयुक्तः (१) प्रमुख स्काउटले प्रमुख आयुक्तको सिफारिसमा आयुक्तहरू मध्येबाट एक जना महिला र एक जना पुरुष गरी दुईजनालाई सह-प्रमुख आयुक्तको पदमा नियुक्त गर्नेछ । (२) सह-प्रमुख आयुक्तको पदावधि चार वर्षको हुनेछ । (३) प्रमुख आयुक्तको अनुपस्थितिमा सह-प्रमुख आयुक्तहरू मध्ये वरिष्ठ सह-प्रमुख आयुक्तले प्रमुख आयुक्तको काम गर्नेछ । (४) सह-प्रमुख आयुक्तको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
१८. आयुक्त: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम नेपाल स्काउटले गर्नुपर्ने काम कारबाही प्रभावकारी रूपले सञ्चालन गर्नको लागि राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरू मध्येबाट बढीमा पन्ध्र जनालाई तोकिए बमोजिम आयुक्त पदमा नियुक्त गरिनेछ । (२) आयुक्तको पदावधि चार वर्षको हुनेछ । (२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आयुक्त शारीरिक वा मानसिक रोग लागि वा अन्य कुनै कारणले आफ्नो पदीय दायित्व निर्वाह गर्न असक्षम भएको कुरा राष्ट्रिय कार्यकारी समितिबाट ठहर भएमा प्रमुख स्काउटले निजलाई आयुक्त पदबाट हटाउनेछ । त्यसरी पदबाट हटाइएमा वा अन्य कुनै कारणले आयुक्तको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि सो पदमा उपदफा (१) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई नियुक्त गर्न सकिनेछ । तर कुनै आयुक्तलाई पदबाट हटाउनु अघि सफाई पेश गर्ने मौकाबाट वंचित गरिने छैन । (३) आयुक्तको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
$\circledast$ शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा संशोधित । $\oplus$ पहिलो संशोधनद्वारा थप । $#$ पहिलो संशोधनद्वारा संशोधित ।
१८क. नेपाल स्काउटको सदस्यः (१) कुनै व्यक्ति नेपाल स्काउटको सदस्य हुन निजले देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछः- (क) तोकिए बमोजिम स्काउट तालिम प्राप्त गरेको, (ख) कुनै राजनीतिक दलको सदस्यता नलिएको, र (ग) राजनीतिक गतिविधिमा संलग्न नभएको । (२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रिय परिषद्, प्रदेश परिषद्, कार्यकारी परिषद् र सल्लाहकार परिषद्मा संस्थागत प्रतिनिधित्व गर्नलाई सो खण्डको व्यवस्थाले कुनै बाधा पुर्याएको मानिने छैन । (३) नेपाल स्काउटको सदस्य सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१९. सचिव: (१) सचिव नेपाल स्काउटको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ । (२) सचिवको नियुक्ति राष्ट्रिय परिषद्का निर्वाचित सदस्यहरूमध्येबाट तोकिए बमोजिम गरिनेछ । (३) सचिवको पदावधि चार वर्षको हुनेछ । (४) राष्ट्रिय परिषद्, राष्ट्रिय कार्यकारी समिति र प्रमुख आयुक्तको रेखदेखमा सचिवले नेपाल स्काउटको काम गर्नेछ । (५) राष्ट्रिय परिषद् र राष्ट्रिय कार्यकारी समितिले गरेको निर्णय कार्यान्वयन गराउनु सचिवको अभिभारा हुनेछ । (६) सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ । (७) सचिवको पारिश्रमिक र सुविधा तोकिए बमोजिम हुनेछ ।
२०. कर्मचारी सम्बन्धी व्यवस्थाः (१) नेपाल स्काउटमा आवश्यकता अनुसार कर्मचारीहरू रहनेछन् । (२) उपदफा (१) बमोजिमका कर्मचारीहरूको दरबन्दी, योग्यता, पारिश्रमिक र सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२१. नेपाल स्काउटको कोषः (१) नेपाल स्काउटको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् :- (क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकम, (ग) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम, (घ) सदस्यता शुल्कबाट प्राप्त रकम, र (ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम । (२) उपदफा (१) को खण्ड (ख) बमोजिम नेपाल स्काउटले कुनै रकम प्राप्त गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ । (३) नेपाल स्काउटको कोषमा रहने रकम नेपाल $.......... भित्रको कुनै बैङ्कमा खाता खोली जम्मा गरिनेछ र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ । (४) नेपाल स्काउटद्वारा गरिने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोर्ने छ । २२. लेखा र लेखापरीक्षण: (१) नेपाल स्काउटको आय-व्ययको लेखा प्रचलित कानुन बमोजिम राख्नेछ । (२) नेपाल स्काउटको लेखापरीक्षण राष्ट्रिय परिषद्बाट नियुक्त लेखापरीक्षकबाट हुनेछ । २३. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने: प्रमुख स्काउटले नेपाल स्काउटको वार्षिक प्रतिवेदन संरक्षक समक्ष पेश गर्नु पर्नेछ । २४. समिति, उपसमिति वा कार्यटोली गठन गर्न सक्ने: (१) नेपाल स्काउटको उद्देश्य पूर्तिको लागि राष्ट्रिय कार्यकारी समितिले आवश्यकता अनुसार समिति, उपसमिति वा कार्यटोली गठन गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम गठन हुने समिति, उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार राष्ट्रिय कार्यकारी समितिले तोके बमोजिम हुनेछ । २५. अधिकार प्रत्यायोजन: (१) राष्ट्रिय परिषद्ले यो ऐन वा यस अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त भएको आवश्यकता अनुसार केही अधिकार राष्ट्रिय कार्यकारी समिति, प्रमुख आयुक्त वा सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
** गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा शिथिल गरिएको ।
(२) राष्ट्रिय कार्यकारी समिति, प्रमुख आयुक्त वा सचिवले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त भएको आवश्यकतानुसार केही अधिकार कुनै निकाय वा पदाधिकारीलाई सुम्पन सक्नेछ ।
२६. नेपाल सरकारसँग सम्पर्क: नेपाल स्काउटले नेपाल सरकारसँग सम्पर्क राख्दा $\Rightarrow$ युवा तथा खेलकुद मन्त्रालय मार्फत राख्नेछ ।
२७. नियम बनाउने अधिकार: यो ऐनको उद्देश्य कार्यान्वयन गर्न राष्ट्रिय परिषद्ले आवश्यक नियम बनाउन सक्नेछ ।
२८. बचाउ: (१) यो ऐन लागू हुनु अघि नेपाल स्काउटको नामबाट किएका सबै काम कारबाही यसै ऐन बमोजिम किएको मानिनेछ । (२) राष्ट्रिय परिषद् र राष्ट्रिय कार्यकारी समिति गठन नभएसम्मको लागि उक्त परिषद्हरूले गर्नुपर्ने काम कारबाही यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको नेपाल स्काउटको कार्यकारी समितिले गर्नेछ ।
$\Rightarrow$ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।
द्रष्टव्य: १. नेपाल स्काउट (पहिलो संशोधन) ऐन, २०५५ द्वारा मूल ऐनको ठाउँ ठाउँमा प्रयोग भएका देहायका शब्दहरुको सट्टा देहायको शब्दहरु राखी रुपान्तर गरिएको :- (क) “राष्ट्रिय कार्यकारी समिति” को सट्टा “कार्यकारी परिषद्” (ख) “सल्लाहकार सभा” को सट्टा “सल्लाहकार परिषद्” २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु :- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । ३. शिक्षा तथा खेलकुद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु:- “शिक्षा मन्त्रालय” को सट्टा “शिक्षा तथा खेलकुद मन्त्रालय” ।
गने ऐन, २०६६ २०६६।१०।०७ २०५० सालको ऐन नं. २७ ............................. नेपाल स्काउटको व्यवस्था गर्न बनेको ऐन