गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६
नेपाल राजपत्रमा प्रकाशित मिति २०६६।५।२२
गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “नियोग” भन्नाले विदेशमा रहेका नेपाली राजदूतावास सम्झनु पर्छ र सो शब्दले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग वा विदेशमा रहेका नेपाली महावाणिज्य दूतावास समेतलाई जनाउनेछ ।
(ग) “नियोग प्रमुख” भन्नाले नियोगमा प्रमुख भई काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको अनुपस्थितिमा निजको कार्य गर्न तोकिएको कर्मचारी समेतलाई जनाउनेछ ।
(घ) “मन्त्रालय” भन्नाले परराष्ट्र मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सचिव” भन्नाले मन्त्रालयको सचिव सम्झनु पर्छ ।
(च) “संघ” भन्नाले नियम १२ बमोजिम दर्ता भएको गैर आवासीय नेपाली संघ सम्झनु पर्छ ।
(छ) “विधान” भन्नाले संघको विधान सम्झनु पर्छ ।
परिच्छेद–२ दर्ता तथा परिचयपत्र सम्बन्धी व्यवस्था
३. नाम दर्ता गराउन निवेदन दिनु पर्नेः (१) कुनै गैर आवासीय नेपाली वा निजको परिवारले गैर आवासीय नेपालीको हैसियतमा आफ्नो नाम दर्ता गराउन चाहेमा विदेशमा रहे कुनै नियोग प्रमुख समक्ष र नेपालभित्र रहे सचिव समक्ष अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा अनुसूची–२ बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।
४. नाम दर्ता गरी परिचयपत्र दिनु पर्नेः (१) नियम ३ बमोजिम परेको निवेदन उपर नियोग प्रमुख, सचिव वा निजले तोकेको अधिकारीले छानबिन गर्दाथ निवेदन तथा सोसाथ संलग्न कागजातबाट निवेदकको नाम दर्ता गर्न मनासिब देखिएमा निवेदन परेको सात दिनभित्र गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा सोको अभिलेख खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नाम दर्ता गरी अभिलेख खडा गरिसकेपछि त्यस्तो गैर आवासीय नेपालीलाई अनुसूची–४ बमोजिमको दस्तुर लिई अनुसूची–५ बमोजिमको ढाँचामा परिचयपत्र दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम छानबिन गर्दाथ निवेदकको नाम गैर आवासीय नेपालीको रूपमा दर्ता गर्न नमिल्ने देखिएमा सोको कारण खुलाई निवेदकको नाम दर्ता गर्न इन्कार गर्न सकिनेछ ।
(४) उपनियम (३) बमोजिम नाम दर्ता गर्न इन्कार गरिएकोमा सोको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
५. परिचयपत्रको अवधि र नवीकरण: (१) नियम ४ बमोजिम दिइएको परिचयपत्र ऐनको दफा ४ को उपदफा (३) को अधीनमा रही नेपाली मूलको विदेशी नागरिक भए बढीमा दस वर्ष र विदेशमा बस्ने नेपाली नागरिक भए दुई वर्षसम्म बहाल रहनेछ ।
(२) परिचयपत्र नवीकरण गराउन चाहने गैर आवासीय नेपालीले परिचयपत्रको बहाल अवधि समाप्त हुनु अगावै अनुसूची–६ बमोजिमको ढाँचामा नियोग प्रमुख वा सचिव समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन पथत आएमा नियोग प्रमुख वा सचिवले एक पटकमा ऐनको दफा ४ को उपदफा (३) को अवधिमा नबढ्ने गरी अनुसूची–४ बमोजिमको दस्तुर लिई परिचयपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम परिचयपत्र नवीकरण गर्दा नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखमा समेत परिचयपत्रको नम्बर तथा परिचयपत्र बहाल रहने अवधि जनाई अभिलेख अद्यावधिक गर्नु पर्नेछ ।
६. परिचयपत्र रद्द हुने: (१) देहायको अवस्थामा परिचयपत्र स्वतः रद्द भएको मानिनेछ:–
(क) ऐनको दफा १७ बमोजिम स्वतः रद्द भएमा,
(ख) परिचयपत्रको बहाल अवधि समाप्त भएमा ।
(२) झुठ्ठा विवरण पेश गरी परिचयपत्र लिएको पाइएमा परिचयपत्र जारी गर्ने अधिकारीले जुनसुकै बखत परिचयपत्र रद्द गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै परिचयपत्र रद्द गर्नु अघि सम्बन्धित गैर आवासीय नेपालीलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।
७. विवरण परिवर्तन भएमा जानकारी गराउनु पर्ने: (१) नियम ४ को उपनियम (१) बमोजिम नाम दर्ता गराएको गैर आवासीय नेपालीको नाम दर्ताको लागि दिइएको निवेदनमा संलग्न विवरणमा कुनै परिवर्तन भएमा त्यस्तो गैर आवासीय नेपालीले सो कुराको जानकारी तीन महिनाभित्र नियोग प्रमुख वा सचिवलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त जानकारी नियोग प्रमुख वा सचिवले नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखलाई अद्यावधिक गरी राख्नु पर्नेछ ।
परिच्छेद–३ लगानी तथा सुविधा सम्बन्धी व्यवस्था
८. लगानीको बारेमा जानकारी गराउनु पर्ने: (१) नेपालमा लगानी गर्ने गैर आवासीय नेपालीले आफूले गरेको लगानीको बारेमा अनुसूची–७ बमोजिमको ढाँचामा मन्त्रालयलाई जानकारी गराउनु पर्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम प्राप्त जानकारी नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखमा जनाई त्यस्तो लगानीको जानकारी उद्योग विभागलाई दिनु पर्नेछ ।
९. पूँजी नित्र्याएको प्रमाण पत्र लिन सक्ने: ऐनको दफा ७ बमोजिम लगानी गर्नथको लागि नेपालमा पूँजी नित्र्याएका गैर आवासीय नेपालीले सोको प्रमाण लिन चाहेमा त्यस्तो पूँजी नेपालमा स्थानान्तरण गर्ने नेपाली बैङ्कले अनुसूची–८ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्तिलाई प्रमाणपत्र दिनेछ ।
१०. रकम फिर्ता लैजाने सम्बन्धी व्यवस्था: (१) नेपालमा गरेको लगानी रकम र त्यसबाट प्राप्त भएको लाभ बराबरको रकम ऐनको दफा ९ बमोजिम फिर्ता लैजान चाहने गैर आवासीय नेपालीले देहायको विवरण तथा कागजात संलग्न गरी सचिव समक्ष निवेदन दिनु पर्नेछ:–
(क) ऐन बमोजिम लगानी गर्न लिएको स्वीकृतिको प्रतिलिपि, (ख) लगानी फिर्ता लैजाने सम्बन्धमा सम्बन्धित कम्पनी वा संस्थाको सञ्चालक समितिबाट भएको निर्णय, (ग) कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि, (घ) रकम फिर्ता लैजान निवेदन दिएको आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षसम्मको अन्तिम लेखा परीक्षण भएको बासलात,
(ङ) कुनै व्यक्ति वा संस्थाको ऋण वा दायित्व भएमा सो चुक्ता गरेको प्रमाणको प्रतिलिपि,
(च) रकम फिर्ता लैजान प्रयोग गर्ने बैङ्कको नाम, शाखा र ठेगाना,
(छ) नेपालमा कुनै प्रकारको राजस्व वा कसैलाई तिर्नु बुझाउनु पर्ने ऋण वा अन्य दायित्व तिर्नु बुझाउन बाँकी छैन भन्ने व्यहोराको सपथ–पत्र (एफिडेभिट) ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा सचिवले गैर आवासीय नेपालीले परिवर्त्य विदेशी मुद्रामा नेपालमा गरेको लगानीको हकमा एकैपटक वा पटकपटक गरी पूर्ण था वा आंशिक रूपमा र त्यस्तो लगानीबाट प्राप्त भएको लाभको हकमा लाभ बराबरको रकम एकै पटकमा ऐनको अधीनमा रही फिर्ता लैजान स्वीकृति दिनेछ ।
११. नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिने सुविधा तथा सहुलियतः (१) उपनियम (३) र (४) को अधीनमा रही नेपाली मूलका विदेशी नागरिकले नेपालनित्र बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारको निमित्त देहायका कुनै एक क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सक्नेछन्–
(क) काठमाडौं उपत्यकानित्र बढीमा दुई रोपनी,
(ख) तराईका जिल्लाका नगरपालिका क्षेत्रनित्र बढीमा आठ कठ्ठा,
(ग) खण्ड (क) र (ख) बाहेकका अन्य जिल्लाका नगरपालिका क्षेत्रनित्र बढीमा चार रोपनी,
(घ) खण्ड (ख) बाहेकका तराईका जिल्लाका गाउँ विकास समिति क्षेत्रनित्र बढीमा एक विगाहा, वा
(ङ) खण्ड (क), (ख), (ग) र (घ) बाहेकको अन्य क्षेत्रमा बढीमा दस रोपनी ।
(२) कुनै नेपाली मूलका विदेशी नागरिकले नेपाली नागरिकको हैसियतले नेपालमा कुनै अचल सम्पत्ति प्राप्त गरेको भए उपनियम (१) को व्यवस्था लागू हुने छैन ।
(३) ऐनको दफा १० तथा उपनियम (१) बमोजिम नेपालभित्र जग्गा वा अन्य सम्पत्ति खरिद गर्न चाहने नेपाली मूलका विदेशी नागरिकले आफूले वा आफ्नो परिवारको नाममा खरिद गर्न चाहेको जग्गा रहेको स्थान, क्षेत्रफल तथा खरिद गर्न तय भएको मूल्य खुलाई स्वीकृतिको लागि सचिव समक्ष निवेदन दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन पर्सा आएमा सचिवले जाँचबुझ गरी ऐन तथा यस नियमावलीको प्रतिकूल नहुने गरी निवेदक वा निजको परिवारको नाममा नेपालभित्र जग्गा तथा अन्य अचल सम्पत्ति खरिद गर्नको लागि स्वीकृति दिनेछ ।
(५) उपनियम (४) बमोजिमको स्वीकृति प्राप्त भएपछि जग्गा रजिष्ट्रेशन पास गर्ने सम्बन्धित कार्यालयले जग्गा तथा अन्य सम्पत्ति खरिद गर्न चाहने नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारको नाममा ऐन तथा यस नियमावलीको अधीनमा रही जग्गा रजिष्ट्रेशन पारित गरिदिनु पर्नेछ ।
(६) ऐन र यस नियमावली बमोजिम परिचय पत्र पाउने व्यक्तिले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि निसा शुल्क बुझाउनु पर्ने छैन ।
(७) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि ऐन र यस नियमावली बमोजिम अचल सम्पत्ति खरिद गरेकै कारण ऐन र यो नियमावलीले प्रदान गरे बाहेकको अन्य कुनै हक अधिकार प्राप्त हुने छैन ।
(८) यस नियमावली बमोजिम अचल सम्पत्तिको जग्गाधनी प्रमाण पत्र प्रदान गर्दा सम्बन्धित मालपोत कार्यालयले नीलो रङको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
परिच्छेद–४ संघ सम्बन्धी व्यवस्था
१२. संघ दर्ता तथा नवीकरण सम्बन्धी व्यवस्थाः (१) ऐनको दफा १६ को उपदफा (१) को प्रयोजनको लागि गैर आवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा पच्चीस मुलुकका
कम्तीमा पचास जना गैर आवासीय नेपालीले देहायको विवरण खुलाई दर्ता दस्तुर वापत पाँचहजार रुपैयाँ संलग्न गरी मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ:–
(क) संघको उद्देश्य, (ख) संघ दर्ता गराउन चाहने गैर आवासीय नेपालीको नाम, थर, ठेगाना, (ग) खण्ड (ख) बमोजिमका गैर आवासीय नेपाली परिचयपत्रको प्रतिलिपि, (घ) संघका कार्यकारी समिति पदाधिकारीहरूको विवरण, (ङ) संघको आर्थिक स्रोत, (च) संघको कार्यालय रहने स्थान, (छ) संघ दर्ता गराउन चाहने गैर आवासीय नेपालीहरूको दस्तखत भएको प्रस्तावित संघको तीन प्रति विधान ।
(२) उपनियम (१) बमोजिम पेश आएको निवेदन तथा विधान मन्त्रालयले जाँचबुझ गर्दा संघ दर्ता गर्न मनासिब देखेमा दर्ता गरी मन्त्रालयले निर्धारण गरेको ढाँचामा दर्ताको प्रमाणपत्र दिनेछ ।
(३) यस नियम बमोजिम संघ दर्ता भएमा दर्ता प्रमाणपत्र दिँदाका बखत विधानको एक प्रति प्रमाणित गरी निवेदकलाई दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको दस्तुर तिरी प्रत्येक दश वर्षमा संघको दर्ता नवीकरण गराउनु पर्नेछ ।
१३. संघको साधारणसभा: (१) संघको साधारणसभा कम्तीमा दुई वर्षको एक पटक बस्ने गरी विधानमा व्यवस्था गर्नु पर्नेछ ।
(२) संघको अन्य सभा तथा साधारणसभा सम्बन्धी अन्य व्यवस्था संघको विधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
१४. संघको लेखा र लेखापरीक्षणः (१) संघको आय व्ययको हिसाब नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
(२) संघको लेखाको लेखापरीक्षण संघको साधारण सभाले नियुक्त गरेको इजाजतपत्र प्राप्त लेखापरीक्षकबाट गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको लेखापरीक्षकले प्रत्येक वर्ष संघको लेखाको लेखापरीक्षण गरी दिएको प्रतिवेदनको एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
१५. संघको विघटन र त्यसको परिणामः (१) संघको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणबाट संघ विघटन भएमा संघको सम्पूर्ण सम्पत्ति नेपाल सरकारमा सर्नेछ ।
(२) उपनियम (१) बमोजिम विघटन भएमा संघको दायित्वको हकमा संघको सम्पत्तिले खामेसम्मको दायित्व नेपाल सरकारले व्यहोनेछ ।
१६. अनुगमन गर्न सक्नेः (१) संघको लेखा तथा काम कारबाहीको सम्बन्धमा मन्त्रालयले अनुगमन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा संघको काम कारबाहीमा कुनै सुधार गर्न आवश्यक देखिएमा मन्त्रालयले आवश्यक निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको निर्देशनको पालना गर्नु संघको कर्तव्य हुनेछ ।
परिच्छेद–५ विविध
१७. सल्लाहकार बोर्डको काम, कर्तव्य र अधिकारः (१) ऐनको दफा १५ को उपदफा (१) बमोजिम गठन हुने सल्लाहकार बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) गैर आवासीय नेपालीको सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीतिका विषयमा नेपाल सरकारलाई सल्लाह र सुझाव दिने,
(ख) गैर आवासीय नेपालीले लगानी गर्ने आकर्षक लगानीका क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रमा गैर आवासीय नेपालीलाई लगानी गर्न उत्प्रेरित गर्न सुझाव दिने,
(ग) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन र नेपालको समग्र विकासमा गैर आवासीय नेपालीले निर्वाह गर्न सक्ने भूमिकाका क्षेत्रहरू पहिचान गरी निजहरूको लगानी तथा सहयोगलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने,
(घ) गैर आवासीय नेपालीको लगानीलाई सुरक्षित, दिगो तथा दीर्घकालिन गराउनको लागि अवलम्बन गर्नु पर्ने कानूनी, नीतिगत र संस्थागत सुधारका विषयमा नेपाल सरकारलाई सुझाव दिने,
(ङ) ऐन तथा यस नियमावलीको कार्यान्वयनका सम्बन्धमा आइपरेका बाधा तथा कठिनाईको समाधानको लागि अवलम्बन गर्नु पर्ने उपायका बारेमा नेपाल सरकारलाई सुझाव दिने,
(च) गैर आवासीय नेपालीहरूबीच सुमधुर सम्बन्ध कायम गर्ने सम्बन्धमा गर्नु पर्ने कामहरूको सम्बन्धमा आवश्यक सिफारिस गर्ने,
(छ) विदेशमा गैर आवासीय नेपालीको सांस्कृतिक एकता कायम राख्नको लागि नेपाल सरकारले अवलम्बन गर्नु पर्ने नीतिका सम्बन्धमा सुझाव दिने ।
(२) ऐनको दफा १५ को उपदफा (१) बमोजिमको सल्लाहकार बोर्डको बैठक तथा सो सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) ऐनको दफा १५ को उपदफा (१) बमोजिमको सल्लाहकार बोर्डको प्रत्येक वर्ष आफूले सम्पादन गरेको कार्यको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ र त्यस्तो प्रतिवेदन नेपाल सरकारले आवश्यकता अनुसार सार्वजनिक गर्नेछ ।
१८. केन्द्रीय अभिलेख राख्नु पर्नेः (१) प्रत्येक नियोगले गैर आवासीय नेपालीको नाम दर्ता, परिचयपत्र वितरण तथा सोको नवीकरण सम्बन्धी विवरण समय समयमा मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम प्राप्त विवरण तथा नियम ८ बमोजिमको लगानी सम्बन्धी विवरण समेत समावेश गरी गैर आवासीय नेपालीको एकीकृत तथा केन्द्रीय अभिलेख खडा गरी अद्यावधिक गरी राख्नु पर्नेछ ।
१९. अनुसूची हेरफेर तथा थपघट गर्न सक्नेः मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।
अनुसूची–१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिने निवेदनको ढाँचा
खण्ड–क विदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि
श्री नियोग प्रमुख/सचिबज्यू .......................... ।
म देहायको विवरण तथा कागजात संलग्न गरी गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ३ को उपनियम (१) बमोजिम गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गराउनको लागि यो निवेदन गरेको छु ।
१. निवेदकको,– (क) नाम, थर: (ख) नेपालको स्थायी ठेगाना: (ग) बाबु/आमाको नाम, थर र ठेगाना: (घ) उमेर: (ङ) नागरिकता प्रमाणपत्र नं., जारी भएको जिल्ला र मिति: (च) नेपाली राहदानी नम्बर: (छ) राहदानी जारी गर्ने कार्यालयको नाम, स्थान र मिति:
२. बसोबास गरिरहेको विदेशी मुलुकको,–
(क) नाम र ठेगानाः
(ख) सो मुलुकमा बसोबास गर्न शुरु गरेको मितिः (एकभन्दा बढी मुलुक भए क्रमशः उल्लेख गर्ने)
३. विदेशमा कुनै पेशा व्यवसाय गरी बसोबास गरिरहेको भए,–
(क) पेशा व्यवसायको विवरण (विदेशमा बस्दा गरेको पेशा व्यवसाय क्रमशः उल्लेख गर्ने):
(ख) हालको पेशा व्यवसाय दर्ता भएको मुलुक र स्थानः
(ग) औसत वार्षिक कारोबार (अमेरिकी डलरमा):
४. विदेशमा कुनै रोजगार गरी बसेको भए,–
(क) रोजगार सम्बन्धी विवरण (विदेशमा रहँदा गरेको रोजगार क्रमशः उल्लेख गर्ने)ः
(ख) हालको रोजगार दिने संस्थाः
(ग) हाल रोजगार गरिरहेको ठाउँको ठेगानाः
(घ) हाल रोजगार गरिरहेको संस्थामा कहिलेदेखि कार्यरत भएको हो र कहिलेसम्म कार्यरत रहने हो सो अवधिः
(ङ) मासिक/वार्षिक पारिश्रमिक तथा अन्य सुविधाः
५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए,–
(क) संघ, संस्थाको नामः
(ख) कार्यरत रहेको मुलुकः
(ग) कार्यरत रहेको स्थानः
(घ) कार्यरत रहेको अवधि र कहिलेसम्म कार्यरत रहने हो सो अवधि:
(ङ) संघ संस्थाबाट प्राप्त गर्ने पारिश्रमिक:
६. विदेशमा हासिल गरेको ज्ञान, अनुभव वा सीप:
७. नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानी:
निवेदकको,– सही:............................... मिति:..............................
संलग्न कागजात:
१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. नेपाली राहदानीको प्रतिलिपि, ३. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात, ४. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात, ५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात, ६. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।
खण्ड (ख)
नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि
श्री ननयोग प्रमुख/सचिबज्यू .......................... ।
म देहायको विवरण तथा कागजात संलग्न गरी गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ३ को उपनियम (१) बमोजिम गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गराउनको लागि यो निवेदन गरेको छु ।
१. निवेदकको,–
(क) नाम, थरः
(ख) बाबु/आमाको नाम, थर र ठेगानाः
(ग) उमेरः
(घ) राहदानी नम्बरः–
(ङ) राहदानी जारी गर्नेः– (१) मुलुक (२) जारी गर्ने कार्यालयको नाम (३) स्थान (४) राहदानी नम्बर तथा जारी भएको मितिः (५) राहदानी बहाल रहने अवधि
(च) नेपालको नागरिकता परित्याग गरेको भएमा नागरिकता परित्याग गर्नु अघि नेपालमा रहँदाको ठेगानाः
(छ) नेपालको नागरिकता परित्याग गरेको भएमा,–
(१) परित्याग गरेको नागरिकता नम्बरः–
(२) परित्याग गरेको नागरिकता जारी गर्ने जिल्लाः–
(३) परित्याग गरेको मितिः–
(ज) नेपालमा निकटतम नातेदार भए सोको विवरणः–
(१) नाम र थरः– (२) ठेगानाः– (३) नाता:–
(झ) बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक भए निजको,–
(१) नाम थरः– (२) ठेगानाः– (३) नागरिकता नं :–
२. बसोबास गरिरहेको मुलुकको,–
(क) नाम र ठेगानाः
(ख) सो मुलुकमा बसोबास गर्नु सुरु गरेको मितिः (एकभन्दा बढी मुलुक भए क्रमशः उल्लेख गर्ने)
३. आफू बसोबास गरेको मुलुकमा कुनै पेशा, व्यवसाय वा रोजगार गरी बसेको भए,–
(क) पेशा व्यवसाय वा रोजगारको विवरणः
(ख) हालको पेशा व्यवसाय वा रोजगार गरिरहेको मुलुक र स्थानः
(ग) औसत वार्षिक कारोबार वा आम्दानी (अमेरिकी डलरमा):
४. हासिल गरेको ज्ञान, अनुभव वा सीपः
५. नेपालमा लगानी गर्नु इच्छा गरेको क्षेत्र र अनुमानित लगानीः
निवेदकको,– सहीः............................... मितिः..............................
संलग्न कागजातः
१. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात,
२. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण,
३. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,
४. नेपालभन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
५. नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,
६. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।
अनुसूची–२ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित) गैर आवासीय नेपालीका रूपमा नाम दर्ता गर्न निवेदन दिँदा लाग्ने दस्तुर
(क) नेपालमा– १,५००।– रुपैयाँ (ख) विदेशमा– २० अमेरिकी डलर ।
(यस पृष्ठमा कुनै कानूनी पाठ उपलब्ध छैन; केवल 'नेपाल कानून आयोग' को वाटरमार्क मात्र रहेको छ।)
अनुसूची–३ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) गैर आवासीय नेपाली सम्बन्धी अभिलेख
फोटो
(क) विदेशमा बस्ने नेपाली नागरिकको लागि
प्रमाणित गर्ने अधिकारीको,–
नाम थर:
पद:
दस्तखत
मिति:
(ख) नेपाली मूलको विदेशी नागरिकको लागि
प्रमाणित गर्ने अधिकारीको,– नाम थर: पद: दस्तखत मिति:
(खाली पृष्ठ)
अनुसूची–४ (नियम ४ को उपनियम (२) र नियम ५ को उपनियम (३) सँग सम्बन्धित)
परिचयपत्र लिँदा तथा नवीकरण गर्दा लाग्ने दस्तुर
१. नेपाली मूलका विदेशी नागरिकका लागि: (क) यूरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका अष्ट्रेलिया महादेशमा पर्ने मुलुकहरू, न्यूजील्याण्ड, एशिया महादेशका जापान र कोरियाको लागि ५०० अमेरिकी डलर (ख) खण्ड (क) मा लेखिए बाहेक अन्य मुलुकको लागि २५० अमेरिकी डलर
२. विदेशमा बस्ने नेपाली नागरिकका लागि ५० अमेरिकी डलर
*अनुसूची–५ परिशिष्ट १ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित) खण्ड (क)
गैर आवासीय नेपाली (नेपाली मूलको विदेशी नागरिक) को परिचय पत्र
फोटो
नेपाल सरकार परिचयपत्र नं. ........................................................ परिचयपत्र मान्य रहने अवधिः................................. नाम, थर: ........................................................ राष्ट्रियता: ....................................... हाल बसोबास गरिरहेको मुलुक र ठेगाना.......................... विदेशी नागरिकता प्राप्त मिति.......................... राहदानी नं. ..........................
परिचयपत्र जारी गर्ने अधिकारीकोः सही : नाम : दर्जा : कार्यालय र छाप: मिति :
परिचयपत्र बाहकको सही............................
(तस्बिरमा कुनै कानूनी पाठ उपलब्ध छैन, केवल पृष्ठभूमिमा "नेपाल कानून आयोग" भन्ने वाटरमार्क र पृष्ठ संख्या मात्र देखिन्छ।)
खण्ड (ख)
Non Resident Nepali (Foreign National of Nepali Origin) Identity Card
Photo
Government of Nepal
ID Card No. ............................................................ Valid until:.............................................................. Name:.................................................................... Nationality:............................................................ Country of Reidence and Address:............................ ................................................................................... ................................................................................... Foreign Citizenship obtianed on................................. Passport No. :............................................................... Signature of the card holder: ..............................
Issuing Authority: Signature: Name Designation: Office and Seal: Date:
परिशिष्ट २ खण्ड (क)
गैर आवासीय नेपाली (विदेशमा बस्ने नेपाली नागरिक) को परिचय पत्र
फोटो
नेपाल सरकार
परिचयपत्र नं. ..........................
परिचयपत्र मान्य रहने अवधि:............................
नाम, थर:..........................
बसोबास गरिरहेको मुलुक र ठेगाना:..........................
जारी मिति: ========================== जिल्ला:======================= सही:
राहदानी नं=========================================================== नाम:
परिचयपत्र बाहकको सही: दर्जा:
कार्यालय र छाप:
मिति:
खण्ड (ख)
Non Resident Nepali (Foreign Resident of Nepali Nationality) Identity Card
Government of Nepal ID Card No. ............................................................ Valid until:.............................................................. Name:.................................................................... Country of Reidence and Address:............................ ................................................................................... ................................................................................... Permanent Address in Nepal:................................... ................................................................................... Citizenship Certificate No:....................................... Date of Issue:.................District:................. Pasport No. :........................................................... Signature of the card holder:...................................
Photo
Issuing Authority: Signature: Name Designation: Office and Stamp:
अनुसूची–६ (नियम ५ को उपनियम (२) सँग सम्बन्धित) परिचयपत्र नवीकरण गर्नका लागि दिइने निवेदनको ढाँचा
श्री नियोग प्रमुख/सचिवज्यू .......................... ।
गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा ४ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ४ को उपनियम (१) बमोजिम मिति ..................... मा लिएको गैर आवासीय नेपालीको परिचयपत्रको बहाल अवधि मिति .....................................मा समाप्त हुने भएकोले देहायको विवरण तथा कागजात संलग्न गरी परिचयपत्र नवीकरण गरी पाउन भनी यो निवेदन गरेको छु ।
१. निवेदकको,– (क) नाम, थरः– (ख) बसोबास गरिरहेको ठाउँको ठेगानाः (ग) विदेशमा बस्ने नेपाली नागरिक भए निजको नेपालको ठेगानाः–
२. हालको पेशा, व्यवसाय वा रोजगारः
३. गैर आवासीय नेपालीको रूपमा दर्ता भएको मिति र दर्ता नम्बरः
४. साविकको परिचयपत्र नं .:
५. परिचयपत्र नवीकरणका लागि माग गरेको अवधिः
निवेदकको,– सहीः......................... मितिः.........................
संलग्न कागजातः
विदेशमा बस्ने नेपाली नागरिकको हकमा,–
१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नेपाली राहदानीको प्रतिलिपि
३. विदेशमा कुनै पेशा व्यवसाय गरी बसेको भए त्यस्तो पेशा व्यवसायको दर्ताथ सम्बन्धी कागजात
४. विदेशमा रोजगारी गरी बसेको भए सो सम्बन्धी कागजात
५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात
६. पुरानो परिचयपत्रको प्रतिलिपि ।
नेपाली मूलको विदेशी नागरिकको हकमा,–
१. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात
२. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण
३. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात
४. नेपालभन्दा बाहिर कुनै देशमा पेशा वा व्यवसाय गरी बसेको भए सो दर्ताथ सम्बन्धी कागजात
५. नेपालभन्दा बाहिर कुनै देशमा पेशा वा रोजगारी गरी बसेको भए सो सम्बन्धी कागजात
६. पुरानो परिचयपत्रको प्रतिलिपि ।
अनुसूची–७ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) लगानीको जानकारी दिने ढाँचा
१. लगानीकर्ता/कम्पनीको नाम: २. गैर आवासीय नेपाली परिचयपत्र नं.: ३. स्थान र ठेगाना: ४. इजाजतपत्र नं.: ५. स्वीकृति मिति: ६. लगानीको क्षेत्र: ७. लगानी रकम: ८. कूल पूँजी:
जानकारी दिने गैर आवासीय नेपालीको,– सही: नाम, थर मिति:
अनुसूची–८ (नियम ९ सँग सम्बन्धित) नेपालमा लगानी गर्ने पूँजी भित्र्याएको प्रमाणपत्रको ढाँचा
.......................बैङ्क ......................... ...................., नेपाल
१. गैर आवासीय नेपालीको नाम, थर र ठेगानाः २. गैर आवासीय नेपाली परिचयपत्र नं .: ३. नेपालमा लगानी गर्ने उद्योग/कम्पनीको नामः ४. उद्योग/कम्पनीको,– (क) अधिकृत पूँजीः (ख) चुक्ता पूँजीः ५. गैर आवासीय नेपालीले लगानी गर्ने (क) रकम (ख) प्रतिशत ६. लगानीका निमित्त भित्र्याएको रकमः ७. रकम नेपाल पठाउने विदेशी बैङ्कको नाम र पठाएको मितिः
उपर्युक्त बमोजिम विदेशी मुद्रा यस बैङ्कमा जम्मा भएको व्यहोरा प्रमाणित गर्दछु ।
प्रमाणित गर्ने अधिकारीको,– सहीः.......................... नामः.......................... दर्जाः.......................... कार्यालयको नाम र छाप... मितिः.........................
बोधार्थः श्री उद्योग विभाग*