गैर सैनिक हवाई उडान नियमावली, २०५२
नेपाल राजपत्रमा प्रकाशित मिति २०५२।०९।२४
संशोधन: १. • गैर सैनिक हवाई उडान (पहिलो संशोधन) नियमावली, २०५८ २०५८।०४।३२ २. गैर सैनिक हवाई उडान (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।०१।३०
गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद - १ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ :(१) यी नियमहरूको नाम “गैर सैनिक हवाई उडान नियमावली, २०५२” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा :**विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यो नियमावलीमा, - (क) “ऐन” भन्नाले गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ सम्झनु पर्छ। (ख) “प्राधिकरण” भन्नाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम स्थापना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ। (ग) “महानिर्देशक” भन्नाले प्राधिकरणको महानिर्देशक सम्झनु पर्छ। (घ) “महासन्ध” भन्नाले ७ डिसेम्बर १९४४ मा शिकागोमा हस्ताक्षर गरिएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्ध सम्झनु पर्छ र सो शब्दले -
• यो नियमावली २०५८/१२/८ देखि लागू भएको । (नेपाल राजपत्र २०५८/१२/८) पहिलो संशोधनद्वारा संशोधित ।
(१) सो महासन्धको धारा ९४ (क) बमोजिम लागू भएको र दुवै पक्षले अनुमोदन गरेको त्यसको कुनै संशोधनहरू, र
(२) निर्धारित समयभित्र दुवै पक्षको लागि लागू भएको हदसम्म सो महासन्धको धारा ९० बमोजिम पारित भएको कुनै एनेक्स वा त्यस्तो एनेक्समा भएको कुनै संशोधन समेतलाई जनाउँछ ।
(ङ) “एनेक्स” भन्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धसँग आबद्ध भई सो संगठनद्वारा निर्धारित अन्तर्राष्ट्रियस्तर र अनुसाशित विधि (इन्टरनेशनल स्ट्याण्डर्ड एण्ड रिकमेण्डेड प्राक्टिसेस) सम्झनु पर्छ ।
(च) “म्यानुअल” भन्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट निर्धारित नियम, म्यानुअल तथा स्ट्याण्डर्डहरूको कार्यान्वयनको लागि प्राधिकरणले ऐन र यस नियमावलीको विपरीत नहुने गरी नियम ८१ बमोजिम बनाएका म्यानुअल, रिकवायरमेन्ट्स तथा डाइरेक्टिभ्सलाई समेत सम्झनु पर्छ ।
(छ) “क्रू” भन्नाले पाइलट, को-पाइलट, फ्लाइट इन्जिनियर, रेडियो अफिसर, फ्लाइट नेभिगेटर, एयर होस्टेस, केबिन एटेन्डेण्ट र पसरीहरू सम्झनु पर्छ ।
$\text{đ}$ (ज) .......
परिच्छेद- २ हवाई उडान तथा सञ्चालन सम्बन्धी व्यवस्था
३. हवाई उडान र सञ्चालन : ऐन, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लेखित व्यवस्थाहरूको विपरीत हुने गरी कसैले पनि नेपाल $\text{=}$.......... को हवाई क्षेत्रमा हवाई उडान तथा सञ्चालन गर्नु गराउनु हुँदैन ।
४. उडान अनुमति लिनु पर्ने : $\checkmark$ प्राधिकरणबाट उडान अनुमति नलिई कसैले पनि नेपाल $\text{=}$........ को हवाई क्षेत्रमा हवाई उडान तथा सञ्चालन गराउनु हुँदैन ।
$\text{đ}$ पहिलो संशोधनद्वारा झिकिएको। $\text{=}$ दोस्रो संशोधनद्वारा झिकिएको । $\checkmark$ पहिलो संशोधनद्वारा संशोधित ।
५. दर्ता नभएको वायुयान उडान गर्न नहुने :कुनै पनि मुलुकमा दर्ता नभएको वायुयानलाई नेपाल =........को हवाई क्षेत्रमा उडान गर्नु गराउनु हुँदैन ।
६. राष्ट्रिय चिन्ह अंकित नभएको वायुयान उडान तथा सञ्चालन गर्न नहुने :वायुयान दर्ता भएको मुलुकको राष्ट्रिय चिन्ह अंकित नभएको कुनै पनि वायुयान नेपाल =........को हवाई क्षेत्रमा उडान गर्नु गराउनु हुँदैन ।
७. उडान योग्यताको प्रमाणपत्र (एअर वर्थिनेस सर्टिफिकेट) नभएको वायुयान उडान तथा सञ्चालन गर्न नहुने :उडान योग्यताको प्रमाणपत्र (एअर वर्थिनेस सर्टिफिकेट) प्राप्त नगरेको कुनै पनि वायुयान नेपाल =........को हवाई क्षेत्रमा उडान गर्नु गराउनु हुँदैन ।
८. व्यक्तिगत इजाजतपत्र, रेटिङ तथा प्रमाणपत्र प्राप्त क्रू बाहेक अरू कसैले वायुयान उडान सञ्चालन गर्न नहुने :व्यक्तिगत ईजाजतपत्र, रेटिङ तथा प्रमाणपत्र प्राप्त क्रू बाहेक अरू कसैले पनि नेपाल =........को हवाई क्षेत्रमा वायुयान उडान र सञ्चालन गर्नु हुँदैन ।
९. हवाई उडान तथा वायुयानसँग सम्बन्धित कागजातहरू साथमा राख्नु पर्ने :हवाई उडान तथा वायुयानसँग सम्बन्धित देहायका कागजातहरू साथमा नराखी कसैले पनि नेपाल =........को हवाई क्षेत्रमा वायुयान उडान गर्नु हुँदैन ।
(क) वायुयान दर्ता प्रमाणपत्र,
(ख) वायुयानको उडान योग्यताको प्रमाणपत्र,
(ग) यात्रा अभिलेख पुस्तिका (जर्नी लग बुक),
(घ) उडानमा रहने प्रत्येक क्रूको व्यक्तिगत इजाजतपत्र, रेटिङ तथा अन्य प्रमाणपत्र,
(ङ) यात्री बाहक वायुयान भएमा सो वायुयानमा यात्रा गर्ने प्रत्येक यात्रीहरूको नाम, राष्ट्रियता, अवतरण गर्ने स्थान र अन्तिम गन्तव्य स्थल,
(च) एनेक्स तथा म्यानुअलमा उल्लेख भएका अन्य कागजातहरू मध्ये प्राधिकरणले तोकेका कागजातहरू।
= दोस्रो संशोधनद्वारा झिकिएको ।
१०. निषेधित क्षेत्रमा वायुयान उडान गर्न नहुने : नेपाल सरकारले पूर्णरूपमा वायुयान उडान गर्न मनाही गरेको क्षेत्र र तोकिदिएको अवस्था तथा समयमा मात्र उडान गर्न पाउने भनी तोकेको क्षेत्रमा त्यसरी तोकिदिएको अवस्था तथा समयमा बाहेक अन्य अवस्था तथा समयमा कसैले पनि वायुयान उडाउन हुँदैन ।
११. तोकिदिएको स्थान बाहेक अन्य स्थानबाट वायुयान प्रवेश, प्रस्थान तथा उडान गर्न नहुने : नेपाल सरकारले तोकेको स्थान बाहेक अन्य कुनै पनि स्थानबाट वायुयान प्रवेश गर्न प्रस्थान गर्न, उडान गर्न र ओर्हाल्न हुँदैन ।
१२. एक कामको लागि निर्मित वायुयान अर्को कामको लागि उडान गर्न नहुने : वायुयान निर्माताले जुन कामको प्रयोजनको लागि वायुयान निर्माण गरेको छ सोही कामको प्रयोजनको लागि बाहेक अन्य कामको प्रयोजनको लागि उपयोग गर्ने उद्देश्यले त्यस्तो वायुयान कसैले पनि उडान गर्न हुँदैन ।
१३. अनुमति दिएको उडान बाहेक अन्य उडान गर्न नहुने : नेपाल सरकार वा प्राधिकरणबाट जुन प्रकारको उडानको लागि अनुमति दिइएको छ सो बमोजिमको उडान नगरी अन्य कुनै पनि प्रकारको उडान गर्न गराउन हुँदैन ।
१४. वातावरणमा हुने प्रदूषणको सहन सीमा नाघ्ने गरी वायुयान उडान गर्न नहुने : वायुमण्डल तथा वातावरणमा पर्न सक्ने प्रदूषणको प्रभाव कम गर्न नेपाल सरकार वा प्राधिकरणले तोकेको प्रदूषणको सहन सीमा नाघ्ने गरी कसैले पनि वायुयान उडान गर्न तथा सञ्चालन गर्न हुँदैन ।
परिच्छेद - ३ हवाई उडान र सञ्चालन सम्बन्धी सुरक्षात्मक व्यवस्था
१५. वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट हुनु पर्ने : देहाय बमोजिमको कुरा वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट नभई वायुयानको उडान गर्न हुँदैन ।
(क) वायुयानको कूल तौल प्रस्तावित उडानको लागि सुरक्षित छ, (ख) वायुयानमा राखिएका सामानहरू उडान सुरक्षित हुने गरी सन्तुलित र बचावट साथ राखिएका छन्,
(ग) प्रस्तावित उडानको निमित्त आवश्यक र न्यूनतम जगेडा परिमाणमा इन्धन उपलब्ध छ,
(घ) अन्य दृष्टिकोणबाट वायुयान उडानको लागि सुरक्षित छ ।
१६. जीवनोद्धार सामग्रीको अभावमा वायुयान उडान गर्न नहुने : आकस्मिक तथा संकटकालीन स्थितिमा यात्रुहरूको जीवनोद्धारको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको जीवनोद्धार सामग्री तथा त्यस्तै अन्य प्रकारका उपकरणको अभावमा वायुयान उडान तथा सञ्चालन गर्न हुँदैन ।
१७. अग्नी निवारण सामग्री तथा उपकरणको अभावमा वायुयान उडान गर्न नहुने : यात्रु, वायुयान, विमानस्थल तथा अन्य कुराहरूको सुरक्षाको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको अग्नी निवारण सामग्री तथा त्यस्तै अन्य प्रकारका उपकरणको अभावमा वायुयान उडान तथा सञ्चालन गर्न हुँदैन ।
१८. प्रज्वलिशील तथा खतराजन्य वस्तु तथा पदार्थ वायुयानबाट ओसारपसार गर्न नहुने : नेपाल सरकार वा प्राधिकरणले तोकेको प्रज्वलिशील तथा खतराजन्य वस्तु तथा पदार्थ तोकेको परिमाण भन्दा बढी हुने गरी र तोकेको तरिका बाहेक अन्य तरिकाबाट त्यस्ता वस्तु तथा पदार्थ वायुयानबाट ओसारपसार गर्न हुँदैन ।
१९. क्रूले पेयपदार्थ सेवन गर्न नहुने : क्रूले उडान कार्यको क्षमतामा प्रतिकूल असर पर्ने गरी पेय पदार्थ सेवन गरी वायुयान उडान गर्न हुँदैन ।
२०. उडान समयमा वायुयानमा धुम्रपान गर्न नहुने : वायुयान उडान सुरक्षाको दृष्टिकोणले प्राधिकरणले तोकेको अवस्था र समयमा बाहेक वायुयान उडानको अन्य समयमा क्रू तथा यात्रुहरूले धुम्रपान गर्न हुँदैन ।
२१. अनाधिकृत स्थानमा यात्रु तथा मालसामान राख्न नहुने : यात्रु तथा मालसामान राख्ने निश्चित स्थान बाहेक वायुयानको अन्य स्थानमा यात्रु तथा मालसामान राख्न हुँदैन ।
पहिलो संशोधनद्वारा संशोधित ।
२२. उडान समयमा वायुयानमा राख्न नहुने व्यक्ति : महानिर्देशकले अन्यथा आदेश दिएकोमा बाहेक देहाय बमोजिमका व्यक्तिहरूलाई जानी जानी वायुयानमा राखी कसैले पनि वायुयान उडान गर्नु हुँदैन :-
(क) मानसिक स्थिति ठीक नभई होस ठेगाना नभएको वा बहुलाएको, (ख) प्रचलित कानून बमोजिमको कैदको सजाय भोगिरहेको व्यक्ति ।
२३. जीव, जन्तु, चरा आदिलाई उडान समयमा वायुयानमा राख्न नहुने :महानिर्देशकले अन्यथा आदेश दिएकोमा बाहेक उडान समयमा जीव, जन्तु, चरा आदिलाई वायुयानमा राख्न हुँदैन ।
परिच्छेद – ४ ...................
परिच्छेद – ५ ...................
परिच्छेद – ६ ...................
परिच्छेद – ७ ...................
परिच्छेद – ८ ...................
परिच्छेद – ९ ...................
परिच्छेद-१०
सञ्चार र विमानस्थल सुरक्षा सम्बन्धी व्यवस्था
७३. प्राधिकरण बाहेक अरूले प्रकाश र संकेतको व्यवस्था गर्न नहुने :(१) विमानस्थल, विमानस्थल क्षेत्र र वायुयान प्रस्थान गर्ने तथा ओर्लने भनी तोकिएको स्थानमा अन्य कसैले टहरा, टावर, लठ्ठा, रूख जस्ता कुनै कुरा खडा गरी वायुयान चालकलाई भ्रम पर्ने किसिमको कुनै प्रकारको प्रकाशको व्यवस्था गर्नु हुँदैन ।
(२) उपनियम (१) बमोजिम प्राधिकरणले प्रकाशको व्यवस्था गर्दा अपनाउनु पर्ने अन्य प्राविधिक ततथ बन्देज एनेक्स तथा म्यानुअलमा तोकिए बमोजिम हुनेछ ।
७४. वायुयान सञ्चार तथा उड्डयन सहाय उपकरणहरू जडान भएको हुनु पर्ने :(१) नेपाल ............मा दर्ता भएको प्रत्येक सार्वजनिक यात्री वाहक वायुयानमा सूचनाहरू आदान प्रदान गर्न र उड्डयन सहायको लागि चाहिने रेडियो सञ्चार तथा उड्डयन सहाय उपकरणहरू जडान भएको हुनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम वायुयानमा सञ्चार तथा उड्डयन सहाय उपकरणहरू जडान सम्बन्धी अन्य प्राविधिक कुराहरू एनेक्स तथा म्यानुअलमा तोकिए बमोजिम हुनेछ ।
७५. अनुमति बिना विमानस्थल क्षेत्रमा प्रवेश गर्न नहुने :देहाय बमोजिमका व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति महानिर्देशक वा अधिकार प्राप्त व्यक्तिको आदेश बिना विमानस्थल क्षेत्रमा प्रवेश गर्न हुँदैन :-
(क) हवाई यात्रीहरू, (ख) हवाई उडान र विमानस्थलको कार्यसँग सम्बन्धित व्यक्तिहरू, (ग) मालसामान तथा चिठ्ठीपत्र ओसार पसार गरी वायुयानसम्म पुर्याउने वा वायुयानबाट ल्याउने कार्यसँग सम्बन्धित व्यक्तिहरू ।
७६. बधशाला स्थापना गर्न नहुने :विमानस्थल क्षेत्रको तीन किलोमिटर वरपर कसैले पनि बधशाला स्थापना गर्नु हुँदैन ।
७७. वातावरण दुषित पार्न नहुने :विमानस्थलको वरपर कसैले पनि वातावरणलाई दुषित पार्ने किसिमको फोहरमैला आदि धुपाउने र फ्याँक्न हुँदैन ।
परिच्छेद-११ विविध
७८. लगबुक :(१) नेपाल $\text{*} \dots\dots$मा दर्ता भएको प्रत्येक वायुयानले देहाय बमोजिमको लगबुक अद्यावधिक रूपमा कायम राख्नु पर्नेछ :-
(क) यात्रा लगबुक, (ख) वायुयान लगबुक, (ग) एक इन्जिन भएको वायुयानको हकमा एक इन्जिन लगबुक र एक भन्दा बढी इन्जिन भएको वायुयानमा प्रत्येक इन्जिनको लागि छुट्टाछुट्टै इन्जिन लगबुक, (घ) एक पिच प्रोपेलर भएको वायुयानको हकमा एक पिच प्रोपेलर लगबुक र एक भन्दा बढी पिच प्रोपेलर भएको वायुयानमा प्रत्येक पिच प्रोपेलरको लागि छुट्टाछुट्टै पिच प्रोपेलर लगबुक, (ङ) रेडियो पार्ट्स रहेको वायुयानको हकमा रेडियो पार्ट्स लगबुक ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको यात्रा लगबुक जारी गर्ने अधिकार महानिर्देशकलाई हुनेछ र अन्य लगबुकहरू जारी गर्ने अधिकार महानिर्देशक वा निजले तोकेको अधिकारीलाई हुनेछ ।
(३) उपनियम (१) बमोजिमको लगबुक अद्यावधिक रूपमा राख्नु पर्ने सम्बन्धी अन्य कार्यविधि तथा विवरणहरू एनेक्स तथा म्यानुअलमा तोकिए बमोजिम हुनेछ ।
$\text{*}$ दोस्रो संशोधनद्वारा झिकिएको ।
७९. आदेश तथा निर्देशन दिन सक्ने :(१) ऐन तथा यस नियमावलीको अधीनमा रही प्राधिकरणले एनेक्स तथा म्यानुअलको पालन गराउनुको लागि सम्बन्धित निकाय, संस्था तथा व्यक्तिहरूलाई आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश तथा निर्देशन दिँदा खास गरी देहायको विषयमा दिन सकिनेछ:-
(क) वायुयानको दर्ता र चिन्ह सम्बन्धमा,
(ख) वायुयानको निरीक्षण र प्रमाणपत्र दिने सम्बन्धमा,
(ग) विमानस्थल तथा वायुयानमा जडान गरिने उपकरण तथा अन्य भौतिक चीज वस्तुको सम्बन्धमा,
(घ) क्रू, वायुयान मर्मत तथा संचार र एअर ट्राफिक कन्ट्रोलर सम्बन्धी व्यक्तिगत ईजाजतपत्र बाहकलाई निजहरूबाट सम्पादन गरिने कामको सम्बन्धमा,
(ङ) विजुएल र इन्स्ट्रुमेन्ट उडान सञ्चालन सम्बन्धमा,
(च) एअर ट्राफिक कन्ट्रोल, उडान सूचना र सचेत सेवाको स्थापना र सञ्चालन सम्बन्धमा,
(छ) निर्धारित न्यूनतम सुरक्षा व्यवस्था अपनाउनु पर्ने सम्बन्धमा,
(ज) वायुयान दुर्घटना सम्बन्धमा जानकारी दिने, अनुसन्धान गर्ने र सो सम्बन्धी सूचना प्रवाह गर्ने सम्बन्धमा,
(झ) हवाई उडान सञ्चालनमा मौसम सम्बन्धी सूचना प्रवाह गर्ने सम्बन्धमा,
(ञ) एअर ट्राफिक कन्ट्रोलर र एअर नेभिगेसन सिस्टम सम्बन्धी सूचना दिने सम्बन्धमा,
(ट) एअर नेभिगेसनमा स्तरीय सञ्चार उपकरण जडान गर्ने र त्यस्ता उपकरण सञ्चालन गर्ने प्रक्रिया निर्धारण गर्ने सम्बन्धमा,
(ठ) वायुयान उडान र सञ्चालनको लागि तत्सम्बन्धी सूचनाहरूको संकलन र प्रवाह गर्ने सम्बन्धमा ।
८०. एनेक्स तथा म्यानुअल लागू गर्न सकिने :प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा जारी भएका एनेक्स वा सो को कुनै खण्ड र म्यानुअल तथा डकुमेन्ट्स वा सो को खण्ड गैर सैनिक हवाई उडानलाई सुरक्षित, नियमित र व्यवस्थित तुल्याउने दृष्टिकोणले आवश्यकता तथा औचित्यताको आधारमा लागू गर्न सक्नेछ ।
८१. म्यानुअल, ररक्वायरमेन्ट्स तथा डाइरेक्टिभ्स बनाउन सकिने :(१) हवाई यातायात सेवा सञ्चालन सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम, एनेक्स, म्यानुअल तथा स्ट्याण्डर्डहरूको कार्यान्वयनको लागि प्राधिकरणले ऐन र यस नियमावलीको विपरीत नहुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताहरूलाई समेत ध्यानमा राखी $^१$ ...... म्यानुअल, ररक्वायरमेन्ट्स तथा डाइरेक्टिभ्स बनाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बनेका म्यानुअल, ररक्वायरमेन्ट्स तथा डाइरेक्टिभ्समा रहेको व्यवस्था हवाई यातायात सेवा सञ्चालनसँग सम्बन्धित सबै पक्षहरूलाई लागू हुनेछ ।
८२. मान्यता दिन सकिने :नियम ८१ बमोजिम म्यानुअल, ररक्वायरमेन्ट्स तथा डाइरेक्टिभ्स बनानसम्मै हवाई उडान तथा हवाई सेवा सञ्चालन सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा स्टायण्डर्डहरूलाई प्राधिकरणले मान्यता दिई लागू गराउन सक्नेछ ।
८३. $^२$ .....................
८४. $^२$ ....................
८५. अधिकार प्रत्यायोजन : यस नियमावली बमोजिम महानिदेशकलाई दिएको अधिकारहरूमध्ये केही अधिकार महानिदेशकले आफू मातहतका अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
८६. $^२$ ...................
८७. खारेजी र बचाउ :गैर सैनिक हवाई उडान नियमहरू, २०१९ खारेज गरिएको छ र सो नियमहरू अनुसार प्रदान गरिएका सबै प्रकारका इजाजतपत्र, रेटिङ तथा अन्य प्रमाणपत्रहरू
$^१$ पहिलो संशोधनद्वारा थपिएको। $^२$ पहिलो संशोधनद्वारा खारेज ।
यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक यसै नियमावली बमोजिम प्रदान गरिएको मानिन्छ । यस नियमावलीमा लेखिएको कुरा सबै नियमावली बमोजिम र नलेखिएको कुराको हकमा प्रचलित कानुन, एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।
² पहिलो संशोधनद्वारा बप । द्रष्टव्य : १. गैर सैनिक हवाई उडान (पहिलो संशोधन) नियमावली, २०५८ द्वारा रुपान्तर भएको शब्दहरुः- “विभाग” को सट्टा “प्राधिकरण” । २. केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएको शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची - १ ..........................
अनुसूची - २ ..........................
अनुसूची - ३ ..........................
$\text{^}$ पहिलो संशोधनद्वारा खारेज ।