घर जग्गा कर नियमहरू, २०२०
नेपाल राजपत्रमा प्रकाशित मिति २०२०।०५।१७
संशोधन घर जग्गा (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।०१।३०
घर जग्गा कर ऐन, २०१९ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छः–
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “घर जग्गा कर नियमहरू, २०२०” रहेको छ। (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,– (क) “ऐन” भन्नाले घर जग्गा कर ऐन, २०१९ सम्झनु पर्छ। (ख) “करदाता” भन्नाले घर जग्गा कर बुझाउनु पर्ने कर्तव्य भएका व्यक्तिलाई सम्झनु पर्छ। (ग) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ।
३. विवरण दाखिल गर्नेः (१) ऐनको दफा ४ को उपदफा (१) र (३) बमोजिमको शहरी क्षेत्रको घर जग्गाको विवरण दाखिल गर्दा करदाताले अनुसूची १ मा तोकिएको ढाँचामा दाखिल गर्नु गराउनु पर्छ। कुनै सालको अनुसूची १ बमोजिमको ढाँचामा कुनै घर जग्गाको विवरण एक पटक कर अड्डामा दाखिल गरी वा गराई सकेको करदाताले सो विवरण बमोजिमको घर जग्गामा कुनै रुपघट भएमा बाहेक हरेक सालमा विवरण दाखिल गर्दा अनुसूची १ बमोजिमकै विवरण दाखिल नगरी سابقमा दिएको विवरण कायम गरी रीतपूर्वकको लिखित सूचनासम्म दिनु पर्याप्त हुनेछ।
४. घर जग्गा मूल्याङ्कन समितिको गठनः (१) नेपाल सरकारले ऐनको प्रयोजनको निमित्त सोही ऐन अन्तर्गत तोकिराखेको हरेक शहरी क्षेत्रको लागि समय समयमा नेपाल राजपत्रमा
सूचना प्रकाशित गरी एउटा घर जग्गा मूल्याङ्किण समिति (यसपछि समिति भनिएको) गठन गर्न सकिनेछ।
(२) उपनियम (१) अन्तर्गत गठन भएको समितिमा कमसेकम एक जना इन्जिनियर वा ओभरसियर सदस्य रहनेछ।
(३) उपनियम (१) अन्तर्गत गठन भएको कुनै समितिको यी नियमहरू अन्तर्गतको काम सकिएपछि स्वतः खारेज भएको मानिनेछ।
५. घर जग्गा मूल्याङ्किण तालिका तयार गर्ने: (१) शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्किण गर्नका लागि नियम ४ बमोजिम गठित समितिले देहायमा लेखिएको सिद्धान्तको आधारमा ठाउँ ठाउँको निरीक्षण गरी मूल्याङ्किण तालिका तयार गरी नेपाल सरकारमा पेस गर्नेछ।
(क) सम्बन्धित शहरी क्षेत्रभित्र नयाँ घर बनाउँदा तत्काल लाग्ने माल सामानको मोल तथा ज्यामी, सिकर्मी, डकर्मी, ज्याला र घर बनाउनलाई चाहिने कुरा समेतको विचार गरी प्रति वर्गफुटको कति खर्च लाग्छ। सम्पूर्ण शहरी क्षेत्रको निमित्त त्यसको औसत लागत खर्च (एभरेज कस्ट) को आँकडा अनुसूची २ मा लेखिए बमोजिम तयार गर्ने,
(ख) सम्बन्धित शहरी क्षेत्रको व्यापारिक स्थिति, शिक्षण संस्था, पानी बिजुलीको सुविधा, मनोरञ्जनको साधन, ढल जस्ता गृहस्थ जीवनको आधुनिक सुविधाहरू आदिको आधारमा सम्पूर्ण शहरी क्षेत्रलाई आवश्यक जनत अञ्चलमा विभाजित गरी ती अञ्चलहरू मध्ये सबैभन्दा कम महत्वको अञ्चलमा माथि खण्ड (क) बमोजिम तयार भएको औसत लागत खर्च कायम गरी बाँकी अरु अञ्चलमा रहेको घरहरूलाई कति प्रतिशतको हिसाबले थप्नुपर्ने हो विस्तृत संभेक्षण गरी ठहर्याई अनुसूची ३ मा लेखिए बमोजिम तालिका सूची तयार गर्ने,
(ग) कुनै सडकको दायाँ बायाँ मोहडाको घरको मोल गल्ली वा चोक भित्रको घरहरूभन्दा बढी हुने र शहरको मुख्य सडकमा रहेको घर जग्गाको मोल अरु घर जग्गा भन्दा बढी हुने हुँदा यस्ता महत्वपूर्ण र
मुख्य मुख्य सडकको नाम समेत त्यसको अगल बगल मोहडामा रहेको घर जग्गाहरूलाई माथि खण्ड (ख) मा उल्लिखित भएका औसत लागत खर्च औं महत्त्व तालिकामा कति प्रतिशत बढी थप्नु पर्ने हो ? विभिन्न ठाउँ तथा सडकको निरीक्षण गरी ठहर्याइ अनुसूची ४ मा लेखिए बमोजिमको तालिका सूची तयार गर्ने,
(घ) माथि लेखिएको खण्ड (क), (ख) र (ग) मा उल्लेख गरिए बमोजिम तालिकाको आधारमा नयाँ घरको मोल कायम हुन आएपनि स्थानीय आवश्यकता र त्यस स्थानको अरु वस्तुस्थिति समेतको विचार गरी पुराना घरको निमित्त माथि खण्ड (क) बमोजिमको आँकडाको साल एकको कति प्रतिशतसम्म टुटुफुट अङ्क (डिप्रेसियशन) मिन्हा दिनुपर्ने र यसै किसिमको मिन्हा कति सालसम्म दिनु पर्ने हो सो कुराको यकिन गरी अनुसूची ५ मा लेखिए बमोजिम सूची तयार गर्ने,
(ङ) घरको साथ जग्गा भएमा सो घरको महत्त्वको हिसाबबाट माथि खण्ड (क), (ख) र (ग) को सिद्धान्त अनुसार त्यस्तो जग्गाको पनि औसत मोल अञ्चल महत्त्व तथा सडक महत्त्व आँकडा तयार गर्ने।
(२) उपनियम (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा उल्लेख गरेको तालिकाबाट घर जग्गाको मोल कायम गरी हुन आएको रकम त्यस्तो जग्गाको मोल कायम भएको मानिने छ र समितिले सबै विवरण खोली कर विभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ।
(३) उपनियम (२) बमोजिम पेस भएको आँकडा र मूल्याङ्कि गरिएको घर जग्गाको मोलमा नेपाल सरकारले हेरफेर गर्न चाहेमा सो समेत गरी शहरी क्षेत्रको घर जग्गाको मूल्याङ्कि तालिकामा जनसाधारणले हेर्न सक्ने गरी हरेक कर अड्डाको सूचना पाटीमा टाँस्नेछ।
(४) उपनियम (३) अन्तर्गत प्रकाशित गरिएको स्वीकृत मूल्याङ्कि सूची (तालिका) नेपाल सरकारको अको आदेश नभएमा सो प्रकाशित भएको मितिले ५ वर्षसम्मलाई मान्य हुनेछ।
६. घर जग्गाको मूल्याङ्कन र कर निर्धारणः (१) नियम ३ बमोजिम कुनै करदाताको घर जग्गाको विवरण प्राप्त भएपछि कर अधिकृतले नियम ५ को उपनियम (३) बमोजिम प्रकाशित मूल्याङ्कन तालिका बमोजिम त्यस्तो घर जग्गाको मूल्याङ्कन अनुसूची ६ बमोजिम गर्नेछ।
(२) रजिष्ट्रेसन पास भई खरीद बिक्री भएको कुनै घर जग्गाको मूल्याङ्कन गर्दा रजिष्ट्रेसन पास भएको मोलको अङ्क उपनियम (१) बमोजिमको मूल्याङ्कन अङ्क भन्दा बढी भएमा उपनियम (१) बमोजिमको हुन आएको मोलमा कर निर्धारण नगरी रजिष्ट्रेसन पास भएको मोलको अङ्क नै कायम राख्नु पर्छ।
(३) कर अधिकृतले उपनियम (१) बमोजिम मूल्याङ्कन गरिसकेपछि सो मूल्याङ्कन बमोजिम करको अङ्क निर्धारण गरी कर निर्धारण आदेशमा घर जग्गा कर कसरी निर्धारण भएको छ ? सो को स्पष्ट विवरण छोटकरीमा दिनु पर्छ।
७. ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझः (१) ऐनको दफा ११ बमोजिम कुनै व्यक्तिले कर अधिकृत छेउ सूचना दिएकोमा कर अधिकृतको सूचना अनुसार सो व्यक्ति आफैं वा निजको वारिस उपस्थित हुन आएमा कर अधिकृतले सनाखत गरी निजसँग रहेको सबूद प्रमाण सबै बुझ्नेछ। निज वा निजको वारिस उपस्थित हुन नआएमा कर अधिकृतले आफ्नो मातहतको कर इन्स्पेक्टरद्वारा बुझ्न लगाउनेछ। यसरी बुझी आएको व्यहोराबाट कारबाही चलाउनु पर्ने भन्ने कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक कारबाही चलाउनेछ। कारबाही चलाउनलाई पर्याप्त सबूद प्रमाण छैन भने लागेमा छोटकरीमा आफ्नो ठहर व्यक्त गरी त्यस्ता सूचना दिने व्यक्तिको ररिकड आफ्नै कार्यालयमा राख्नु पर्छ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असूल उपर भएमा ऐन बमोजिम पाउने इनाम दिनलाई कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत प्रतिवेदन पेस गर्नेछ।
(३) कुनै व्यक्तिले एक पटक सूचनासम्म दिई पनि बोलाएको बखत कर अधिकृत कहाँ उपस्थित हुन आएन वा वारिस पनि पठाएन वा निज वा निजको वारिस उपस्थित भए तापनि कुनै सबूद प्रमाण पनि पेस गरेन भने त्यस्ता व्यक्ति इनामको हकदार हुनेछैन।
८. घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गर्दा विचार राख्नु पर्ने कुरा: ऐनको दफा ७ अन्तर्गत कुनै व्यक्तिको घर जग्गाको मूल्याङ्कन र त्यसमा घर जग्गाको कर निर्धारण गर्दा कर अधिकृतले निम्नलिखित कुराहरूको विचार राख्नु पर्छः–
(क) कर इन्स्पेक्टर वा अरु कसैको गोप्य प्रतिवेदन परेको भए सो प्रतिवेदन,
(ख) कर इन्स्पेक्टर वा अरु कसै द्वारा प्राप्त त्यस्ता घर जग्गाको कुनै नाप, नक्सा वा सरजमिन मुचुल्का, र
(ग) कर अधिकृतले ठानेका अन्य कुनै उचित आधार।
९. घर जग्गा कर माफी गराउन पुर्याउनुपर्ने विधिः (१) ऐनको दफा १० को उपदफा (२) मा उल्लिखित कार्यमा लगाइएका घर जग्गा सो कार्य गर्ने व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई बहालमा बसी आएको भए त्यस्ता घर जग्गाको लाग्ने घर जग्गा कर माफी गरिने छैन । बहाल लिने व्यक्तिले दिनु पर्छ।
(२) शहरी क्षेत्रको भत्के बिग्रेको कुनै घरको कुनै सालको कर माफी गराउन त्यस्तो भत्के बिग्रेको घर जग्गा धनीको दरखास्त परेमा कर अधिकृतले नाप नक्सा सहित जाँचबुझ गराई फरक पडे गरी आफ्नै ठहरसहित कर विभाग मार्फत नेपाल सरकार अर्थ मन्त्रालयमा कर माफीको लागि पेस गर्नु पर्छ।
१०. नेपाल $\text{※}$ बाहिर बसोबास गरेका करदाताको घर जग्गाको मूल्याङ्कन: नेपाल $\text{※}$ बाहिर बसोबास गरेका कुनै करदाताले आफ्नो घर जग्गा भएको शहरी क्षेत्रभित्रको इलाकाको कर अधिकृतद्वारा घर जग्गाको मूल्याङ्कन र कर निर्धारण गराउन चाहेमा कर डाइरेक्टरले सो इलाकाको कर अधिकृतद्वारा कारबाही गराउन सक्छ।
११. रजिष्ट्रेशन पास गर्ने माल अड्डा अथवा रजिष्ट्रेशन अड्डाले गर्नु पर्ने कामः (१) शहरी क्षेत्र भित्रका कुनै घर जग्गा रजिष्ट्रेशन पास गराउन रजिष्ट्रेशनको ऐन बमोजिम कुनै व्यक्तिले दरखास्त दिए आएमा त्यस्तो घर जग्गा समेत शहरी क्षेत्रभित्र अरु कुनै घर जग्गा भए सो समेतको हिसाब गरी त्यस्ता घर जग्गाहरूको मोल रु. ५०,००० भन्दा बढी हुने देखिन
$\text{※}$ पहिलो संशोधनद्वारा खारेज गरिएको।
आएमा अञ्चल कर अधिकृतको छोड् पूजी बेगर रजिष्ट्रेशन अड्डाले रजिष्ट्रेशन पास गराउनु हुँदैन।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि रु. ५०,००० भन्दा घटीको जुनसुकै घर जग्गा पनि कुनै व्यक्तिले प्रकाशित कुनै पनि शहरी क्षेत्रभित्रमा अरु कुनै घर जग्गा नभएको व्यहोराको लिखित गरी अड्डामा दिएको सो व्यहोरा झुट्टा ठहरेमा प्रचलित ऐन बमोजिम कारबाही हुने गरी रजिष्ट्रेशन पास गरी दिन हुनेछ।
१२. विवरण संशोधनः (१) ऐन वा नियमहरू बमोजिम पहिलो पटक कर अड्डामा पेस भएको शहरी क्षेत्रको घर जग्गाको विवरण सच्याउन कुनै करदाताले मागेमा कर निर्धारण आदेश भइसकेकोमा ऐन बमोजिम लाग्ने करको १० प्रतिशत बढी कर त्यस्तो करदाताबाट असूल गर्ने गरी कर अधिकृतले विवरण सच्याउन दिन सक्नेछ। यसरी विवरण सच्याउन दिँदा अर्को रीतपूर्वकको विवरण भरी पेस गराउनु पर्छ। केवल पत्र पठाएर संशोधन गरेकोमा कुनै मान्यता दिइने छैन।
(२) उपनियम (१) बमोजिम विवरण सच्याउन दिए बापतमा लागेको रुप कर घर जग्गा कर निर्धारण गर्दा निर्धारण आदेशमा तोकिएको हुनुपर्छ र यो रुप कर घर जग्गाको करको रकमसँग एकमुष्ट दाखिल गर्न र गराउनु पर्छ।
(३) ऐन बमोजिमको विवरणसम्म प्राप्त भई त्यसमा कर निर्धारण भइसकेमा कुनै सम्बन्धित व्यक्तिले सच्याउन मागेमा यस्तोमा आवश्यक परे जाँचलाई कर अधिकृतले उपनियम (१) बमोजिम कुनै रुप कर नलगाई विवरण संशोधन गर्न दिन सक्नेछ।
१३. अन्य कामः (१) कर अधिकृतले आफ्नो अञ्चलको सदर मुकाममा घर जग्गा कर सम्बन्धी काम सञ्चालन गरेपनि आफ्नो सालभरको कार्यक्रम अनुसार कर विभागमा सूचिा गरी अञ्चलका विभिन्न स्थानमा भ्रमण गर्दै ठाउँ ठाउँमा मुकाम गरी घर जग्गा कर निर्धारण र कर दाखिल गर्ने आदेश करदातालाई दिनेछ।
(२) कर अधिकृत नभएका इलाकामा बस्ने करदाताले जिल्लाको *जिल्ला प्रशासन कार्यालय वा माल अड्डामा ऐन वा यी नियमहरू बमोजिमको विवरण दाखिल गर्न सक्नेछ। *जिल्ला प्रशासन कार्यालयमा वा माल अड्डामा कर असूली सम्बन्धी काम गर्ने एक वा
❖ पहिलो संशोधनद्वारा संशोधित।
एकभन्दा बढी कर्मचारी रहन सक्नेछन् । निजहरूले घर जग्गा कर निर्धारण गर्ने बाहेक कर सम्बन्धी अरु सबै काम गर्नेछन् र निजहरू अञ्चल कर अधिकृतका मातहतमा रहनेछन् ।
(३) घर जग्गा कर नतिर्ने भन्ने लागेका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने कर अधिकृतको आदेश बमोजिम अञ्चल वा विभिन्न स्थानमा रहेका कुनै पनि घर जग्गा कर लाग्ने घर जग्गाको सरजमिन जाँचबुझ गर्ने र आफूलाई तोकिएको कामको फाँटवारी लिई कर अधिकृतको मातहत रही काम गर्ने उपनियम (२) मा लेखिएका कर्मचारीहरूको कर्तव्य हुनेछ । निज कर्मचारीहरूसाँग कर डाइरेक्टर वा अञ्चल कर अधिकृतले दस्तखत गरी राखेको तस्बिर सहितको परिचयपत्र रहनेछ ।
(४) कर अधिकृतमा रहनु पर्ने घर जग्गा करको रजिष्टरको ढाँचा कर डाइरेक्टरले सूचित आदेशद्वारा समय समयमा तोकिदिए बमोजिम हुनेछ । सो आदेशमा उल्लेख भएका विभागीय निर्देशनको पालना गरी कर असुली सम्बन्धी जाहेरी सोही आदेशमा तोकिए बमोजिम ठीक ठीक समयमा पठाउनु पर्छ र सो जाहेरीमा फाँटको इन्स्पेक्टरको समेत दस्तखत भएको हुनु पर्छ ।
१४. दण्ड जरिवानाको रकम असूल उपर गर्नेः कर अधिकृतले ऐन अन्तर्गत कुनै व्यक्तिलाई तोकेको दण्ड जरिवानाको रकम सो व्यक्तिबाट असूल उपर गर्ने निजलाई ३५ दिनको म्याद दिनु पर्छ र सो म्याद भित्र पनि रुपैयाँ दाखिल गरेको निस्सा कर अधिकृतमा प्राप्त हुन नआएकोमा कर अधिकृतको सूचना अनुसार माल अड्डाले अथवा नेपाल सरकारले तोकिदिएको अधिकारीले प्रचलित नेपाल कानुनको कार्य प्रणाली बमोजिम त्यस्ता करदाताको जायजात समेतबाट असूल उपर गरी लिनेछ ।
१५. आदेश जारी गर्न सक्नेः ऐन र यी नियमहरू अनुसार अवस्था विचार गरी नेपाल सरकारले कर असुली सम्बन्धी कुनै नयाँ कार्यविधि अपनाई अथवा त्यसलाई स्पष्ट गर्दै नेपाल राजपत्रमा सूचनाहरू प्रकाशित गर्न सक्नेछ ।
द्रष्टब्यः– केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।
अनुसूची-१
ऐनको दफा ४ र नियम ३ बमोजिम दाखिल गर्नु पर्ने घर जग्गाको विवरण
श्री कर अधिकृत... ... ... कर अड्डा... ... ...
महाशय,
घर जग्गा कर ऐन, २०१९ को दफा ४ र घर जग्गा कर नियमहरू, २०२० को नियम ३ बमोजिम मैले/हामीले आर्थिक वर्ष ........ ......... ......... निमित्त तपसीलमा लेखिए बमोजिमको घर जग्गाको विवरण दाखिला गरेको छु (छौं)। सो ऐन र नियम बमोजिम घर जग्गा कर निर्धारण होस्। मैले/हामीले कर निर्धारण आदेश पाएको मितिले ऐनको म्याद भित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने करको रकम बुझाउँला।
तपसील
१. घर जग्गाको संख्या ... ... ... ... ... ... २. प्रत्येक घर जग्गाको चार किल्ला ... ... ... ... ... ... ३. घर जग्गा रहेको स्थान (टोल) र ब्लक नम्बर ... ... ... ... ... ... ४. घरको साथमा खाली जग्गा घरले चखेको जग्गा समेत लम्बाई फिट ... ... ... ... ... चौडाई फिट ... ... बिगाहा वा रोपनी ... ... ... ... ... ... ५. घर जग्गाको क्याम्पा सडकमा जोडिएको भए सडकको नाम ... ... ... ... ... ... ६. (क) घर जग्गा खरीद भएको मोल र मिति ... ... ... ... ... ... ७. (ख) ” ” ” ” ” निस्सा ... ... ... ... ... ... ८. घर जग्गा बहालमा दिइ राखेको भए बहाल बापत पाउने रकम मिति र घर हिस्सा ... ... ... ... ... ... ९. घर जग्गाको अंशियारहरूको नाम बतन ... ... ... ... ... ...
अनुसूची (१)
माथि लेखिए बमोजिम मेरो/हाम्रो यस संस्थाको घर जग्गाको विवरण बिल्कुल साँच्चो हो झुट्टा लेखिएको ठहरे घर जग्गा कर ऐन, २०१९ र घर जग्गा कर नियमहरू, २०२० बमोजिम दण्ड सजाय सहुँला बुझाउँला।
विवरण दाखिल गर्नेको दस्तखत ... ... ...... दस्तखत गर्नेको नाम, थर र दर्जा ... ... ...... ... दस्तखत गर्नेको ठेगाना ... ... ... ... ...... करदाताको पूरा नाम थर ... ... ... ...... मिति... ... ... ... ... ... ... ठेगाना ... ... ... ... ... ... ... ... ...
अनुसूची-२
नियम ५(१) (क) सँग सम्बन्धित
घरको बनोटको किसिम/घरको प्लानको प्रति वर्गफुटको प्रति तल्लाको औसत लागत खर्च
अनुसूची-३ नियम ५(१) (ख) सँग सम्बन्धित
यसैगरी अञ्चल तथा इलाका विभाजित भएको छ, सो सबैको लेख्ने ।
अनुसूची-४
नियम ५(१) सँग सम्बन्धित
अनुसूची-५
नियम ५(१) (घ) सँग सम्बन्धित
अनुसूची-६
नियम ६(१) सँग सम्बन्धित
कर कार्यालय
करदाताको सूचक संख्या ... ... ...
घर भवन जग्गा कर निर्धारण आदेश
आर्थिक वर्ष कर निर्धारण गर्ने ऐनको दफा
करदाताको नाम, थर, बतन ... ... ... .. ... ...
घर जग्गाको जम्मा मोल ........... ... ... लाग्ने जम्मा कर ... ... ..... जरिवाना .............
उपरोक्त बमोजिमको कर ने.रु. ... ... ... र जरिवाना ने.रु. ... ... ... समेत जम्मा ने.रु. ... ... ... अक्षरूपी ......... यो कर निर्धारण आदेश पाएको अर्था घर डेरामा टाँस भएको मितिले ३५ दिन भित्र ........ ठाउँमा बुझाउनु होला। सो रकम दाखिल गर्ने भौचर प्रति ......... यसै साथ छ।
कर इन्स्पेक्टरको दस्तखत कर अधिकृत ... ... ...
टिप्पणीः नेपाल कानुन (संशोधन) ऐन, २०२४ द्वारा “गजेट”, “रिपोर्ट”, “अफिसर” र “अफिस” को सट्टा क्रमशः “राजपत्र”, “प्रतिवेदन”, “अधिकृत” र “कार्यालय” राखी रूपान्तर गरिएको छ।