चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७
नेपाल राजपत्रमा प्रकाशित मिति संशोधन १. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (पहिलो संशोधन) नियमावली, २०५८ २०५८।११।०२ २. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (दोस्रो संशोधन) नियमावली, २०६० २०६०।०६।०५ ३. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (तेस्रो संशोधन) नियमावली, २०६४ २०६४।०६।०७ ४. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (चौथो संशोधन) नियमावली, २०६६ २०६६।०९।२७ ५. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (पाँचौँ संशोधन) नियमावली, २०६९ २०६९।०६।०८ ६. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (छैठौँ संशोधन) नियमावली, २०७७ २०७७।०३।२९ ७. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (सातौँ संशोधन) नियमावली, २०७७ २०७८।०९।०५
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा १३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ सम्झनु पर्छ।
(ख) “चलचित्र” भन्नाले जुनसुकै प्रविधिमा बनेको चलयमान चित्र सम्झनु पर्छ। (ग) “इजाजतपत्र” भन्नाले ऐनको दफा ३ वा ४ बमोजिम चलचित्र निर्माण, वितरण तथा प्रदर्शन गर्न वा चलचित्र घर निर्माण गरी चलाउन दिएको इजाजतपत्र सम्झनु पर्छ। (घ) “इजाजतपत्र प्राप्त व्यक्ति” भन्नाले खण्ड (ग) बमोजिमको इजाजतपत्र लिने व्यक्ति वा संस्था सम्झनु पर्छ। (ङ) “चलचित्र निर्माण” भन्नाले सार्वजनिक रूपमा चलचित्र प्रदर्शन गर्ने उद्देश्यले चलचित्र निर्माण गर्ने काम सम्झनु पर्छ। (च) “निर्माता” भन्नाले चलचित्र निर्माण गर्न इजाजत प्राप्त व्यक्ति सम्झनु पर्छ। (छ) “वितरण” भन्नाले चलचित्र बिक्री गर्ने वा भाडामा दिने कार्य सम्झनु पर्छ। (ज) “वितरक” भन्नाले चलचित्र वितरण गर्न इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ। (झ) “प्रदर्शन” भन्नाले चलचित्र देखाउने कार्य सम्झनु पर्छ। (ञ) “प्रदर्शक” भन्नाले चलचित्र प्रदर्शन गर्न इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ। (ट) ....... (ठ) “सम्पर्क अधिकृत” भन्नाले यस नियमावली बमोजिम चलचित्र छयाइक्न भए नभएको सम्बन्धमा रेखदेख गर्न निर्मातासँग जानको लागि मन्त्रालयबाट खटिएको निजामती कर्मचारी सम्झनु पर्छ। (ड) “मन्त्रालय” भन्नाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ। (ढ) “बोर्ड” भन्नाले नियम २१ बमोजिम गठन भएको चलचित्र विकास बोर्ड सम्झनु पर्छ। (ण) “अध्यक्ष” भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ।
(त) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य-सचिवलाई समेत जनाउँछ। (थ) “सदस्य-सचिव” भन्नाले बोर्डको सदस्य-सचिव सम्झनु पर्छ।
३. इजाजतपत्र लिनु पर्ने : इजाजतपत्र लिन चाहिने व्यक्तिले देहायका ढाँचामा दरखास्त दिनु पर्नेछ : (क) चलचित्र निर्माण गर्न अनुसूची-१ बमोजिमको ढाँचामा, (ख) चलचित्र वितरण गर्न अनुसूची-२ बमोजिमको ढाँचामा, (ग) चलचित्र प्रदर्शन गर्न अनुसूची-३ बमोजिमको ढाँचामा र (घ) चलचित्र घर निर्माण गरी चलाउन अनुसूची-४ बमोजिमको ढाँचामा।
४. इजाजतपत्र दिनु पर्ने : नियम ३ बमोजिम परेको दरखास्त जमाबुझ गर्दा इजाजतपत्र दिन मनासिब देहायका खण्ड (क), (ख) र (ग) को हकमा मन्त्रालय र खण्ड (घ) को हकमा गाउँपालिका क्षेत्रभित्र जिल्ला समन्वय समिति र नगरपालिका क्षेत्रभित्र नगरपालिकाले नियम ५ मा उल्लिखित दस्तुर लिई दरखास्तवालालाई देहायका ढाँचामा इजाजतपत्र दिनु पर्नेछ :- (क) चलचित्र निर्माण गर्न अनुसूची-५ बमोजिमको ढाँचामा, (ख) चलचित्र वितरण गर्न अनुसूची-६ बमोजिमको ढाँचामा, (ग) चलचित्र प्रदर्शन गर्न अनुसूची-७ बमोजिमको ढाँचामा र (घ) चलचित्र घर निर्माण गरी चलाउन अनुसूची-८ बमोजिमको ढाँचामा।
५. इजाजतपत्र दस्तुर : नियम ४ बमोजिम इजाजतपत्र लिँदा देहायको दस्तुर लाग्ने छ : √ (क) स्वदेशी रही तथा विदेशी व्यक्तिबाट निर्माण गरिने कथनिक वा अन्य चलचित्र निर्माण गर्नका लागि इजाजतपत्र दस्तुर बापत दरखास्तसाथ पचास रुपैयाँको टिकट संलग्न गर्नु पर्नेछ। तर विज्ञापन चलचित्र निर्माणको लागि इजाजतपत्र दस्तुर बापत ▩एक हजार रुपैयाँ लाग्नेछ। (ख) चलचित्र वितरण गर्नको लागि: - (१) स्वदेशी चलचित्र वितरण गर्नको लागि दश हजार रुपैयाँ,
※ दोस्रो संशोधनद्वारा संशोधित । √ पहिलो संशोधनद्वारा संशोधित । ▩ चौथो संशोधनद्वारा संशोधित।
(२) नेपाल बाहिर निर्माण भएको जुनसुकै चलचित्र नेपाल भित्र वितरण गर्नको लागि बीस हजार रुपैयाँ।
■ (ग) चलचित्र प्रदर्शन गर्नको लागि देहायका क्षेत्रका चलचित्र घरका लागि देहाय बमोजिमको दस्तुर लाग्नेछ :-
■ (घ) चलचित्र घर निर्माण गरी चलाउनको लागि देहायका क्षेत्रका चलचित्र घरका लागि देहाय बमोजिमको दस्तुर लाग्नेछ :-
तर दुर्गम क्षेत्र विकास समितिबाट घोषित दुर्गम जिल्लाका गाउँपालिकाहित्र यस खण्डमा उल्लिखित दस्तुरको आधा दस्तुर लाग्नेछ।
ऽ५क. एकद्वार समिति : (१) आफ्नै वा नेपाली नागरिकसँगको संयुक्त लगानीमा नेपालमा चलचित्र निर्माण गर्न चाहने विदेशी व्यक्ति वा संस्थालाई एउटै निकायबाट चलचित्र छयाइङ्कन गर्न
अनुमति प्रदान गर्ने सम्बन्धमा नीति निर्माणको लागि देहाय बमोजिमको एउटा एकद्वार समिति रहनेछ :- (क) सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय - संयोजक (ख) प्रतिनिधि (कम्तीमा रा.प. प्रथम श्रेणी), अर्थ मन्त्रालय - सदस्य ▩ (ग) प्रतिनिधि (कम्तीमा रा.प. प्रथम श्रेणी), कानुन तथा न्याय मन्त्रालय - सदस्य (घ) प्रतिनिधि (कम्तीमा रा.प. प्रथम श्रेणी), गृह मन्त्रालय - सदस्य (ङ) महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग - सदस्य (च) महानिर्देशक, पुरातत्व विभाग - सदस्य ▩(छ) प्रतिनिधि, राष्ट्रिय प्रकृति संरक्षण कोष - सदस्य (ज) प्रतिनिधि, चलचित्र विकास बोर्ड - सदस्य (झ) सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय - सदस्य (२) "........." (३) उपनियम (१) बमोजिमको समितिको कार्यविधि मन्त्रालयले तोके बमोजिम हुनेछ। (४) उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित संघ/संस्था वा विशेषज्ञलाई पर्यवेक्षकको रूपमा बैठकमा आमन्त्रण गर्न सक्नेछ। ५ख. छुट्टै इजाजतपत्र लिनु नपर्ने : (१) मन्त्रालयले एकद्वार समितिबाट चलचित्र छायाङ्कन गर्ने सम्बन्धमा तय गरेको नीति अनुरूप कुनै चलचित्र निर्माण गर्न इजाजतपत्र दिएकोमा निर्माताले त्यस्ता चलचित्र छायाङ्कन गर्दा प्रचलित कानून बमोजिम कुनै निकायबाट छुट्टै इजाजतपत्र लिनुपर्ने छैन । (२) कुनै निकायले चलचित्र छायाङ्कन गर्ने सम्बन्धमा छुट्टै शर्त तोक्ने भएमा सो शर्तहरू मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ।
▩ चौथौँ संशोधनद्वारा संशोधित। 〓 दोस्रो संशोधनद्वारा खारेज गरिएको । ð दोस्रो संशोधनद्वारा थप ।
६. सुविधाको आधारमा चलचित्र घरको वर्गीकरण गर्ने : (१) चलचित्र घरमा $\text{}^3$ चलचित्र प्रदर्शन गर्ने अन्य स्थानमा हुन पर्ने न्यूनतम व्यवस्था अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ। $\text{}^2$ (१क) कसैले एउटै कम्पाउण्ड भित्र एक वा एकभन्दा बढी भवनलाई एकभन्दा बढी चलचित्र घरको रूपमा प्रयोग गरेमा त्यस्तो प्रत्येक चलचित्र घरमा उपनियम (१) बमोजिमको न्यूनतम व्यवस्था गर्नु पर्नेछ। (२) मन्त्रालयले चलचित्र घरमा भएको सुविधाको आधारमा चलचित्र घरलाई “क”, “ख” र “ग” गरी तीन श्रेणीमा वर्गीकरण गर्नेछ। $\text{}^4$ तर, भिडियो चलचित्र प्रदर्शन गर्ने चलचित्र घरलाई “ग” श्रेणीमा वर्गीकरण गरिनेछ। (३) उपनियम (२) बमोजिम चलचित्र घरको श्रेणी वर्गीकरण गरिसकेपछि कुनै चलचित्र घरमा सुविधा थपघट भएमा सुविधा थपघट भएको आधारमा चलचित्र घरलाई माथिल्लो वा तल्लो चलचित्र घरको वर्गीकरण गरिनेछ।
$\text{}^5$ ७. चलचित्र घर जाँच समिति : नयाँ निर्माण भएको चलचित्र घर जाँच गर्नको लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको चलचित्र घर जाँच समिति रहनेछः (क) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत कर्मचारी - अध्यक्ष (ख) प्रमुख, शहरी विकास कार्यालय - सदस्य (ग) प्रतिनिधि (अधिकृतस्तर), जिल्ला विकास समितिको कार्यालय - सदस्य (घ) प्रतिनिधि, चलचित्र विकास बोर्ड - सदस्य (ङ) प्रतिनिधि, नेपाल चलचित्र संघ - सदस्य
८. चलचित्र घर जाँचाउनु पर्ने : (१) चलचित्र घर निर्माण गर्ने व्यक्तिले चलचित्र घर निर्माण गरिसकेपछि चलचित्र घर जाँच समितिबाट जाँचाउनु पर्नेछ ।
$\text{}^3$ चौथो संशोधनद्वारा थप । $\text{}^2$ पहिलो संशोधनद्वारा थप । $\text{}^4$ दोस्रो संशोधनद्वारा थप । $\text{}^5$ चौथो संशोधनद्वारा संशोधित ।
(२) चलचित्र घर जाँच समितिले चलचित्र घर जाँच गर्दा सो घरमा नियम ६ मा उल्लेख भए बमोजिमको व्यवस्था पूरा भएको देखेमा सो कुराको जानकारी मन्त्रालय र सम्बन्धित व्यक्तिलाई समेत दिनु पर्छ।
८क. चलचित्र घर जाँच गर्नु पर्ने : (१) चलचित्र घरमा यस नियमावली बमोजिम हुनु पर्ने न्यूनतम व्यवस्था भए नभएको सम्बन्धमा बोर्डले आवश्यकता अनुसार सम्बन्धित विशेषज्ञको सहयोग लिई कम्तीमा तीन वर्षमा एकपटक प्रत्येक चलचित्र घर जाँच गर्नु पर्छ। (२) उपनियम (१) बमोजिम चलचित्र घर जाँच गर्दा यस नियमावली बमोजिम चलचित्र घरमा हुनु पर्ने न्यूनतम व्यवस्था भएको नदेखेमा बोर्डले समय तोकी त्यसरी पुग्नु भएको व्यवस्था पूरा गराको लागि सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्तिलाई आदेश दिनेछ। (३) उपनियम (२) बमोजिम दिइएको म्यादभित्र इजाजतपत्र प्राप्त व्यक्तिले चलचित्र घरमा सुधार नगरेमा बोर्डले त्यस्तो इजाजतपत्र प्राप्त व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनेछ र सम्बन्धित निकायले पनि लेखी आए बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ।
८ख. अन्य स्थानमा चलचित्र प्रदर्शन सम्बन्धी व्यवस्था : (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले चलचित्र घर बाहेकको अन्य कुनै स्थानमा चलचित्र प्रदर्शन गर्न चाहेमा मन्त्रालयबाट निर्धारित ढाँचामा स्वीकृतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम दरखास्त परे आएमा मन्त्रालयले त्यस्तो स्थानमा चलचित्र प्रदर्शन गर्न पाउनु नपाउनु सम्बन्धमा सिफारिस गर्न सम्बन्धित चलचित्र घर जाँच समितिलाई लेखी पठाउनेछ। (३) उपनियम (२) बमोजिम मन्त्रालयबाट लेखी आए अनुसार जाँच गर्दा त्यस्तो स्थानमा नियम ६ को उपनियम (१) बमोजिमको न्यूनतम व्यवस्था पूरा भएको देखेमा चलचित्र घर जाँच समितिले सो कुराको सिफारिस मन्त्रालयलाई गर्नु पर्नेछ। (४) उपनियम (३) बमोजिम चलचित्र घर जाँच समितिबाट सिफारिस भई आएमा मन्त्रालयले त्यस्तो स्थानमा चलचित्र प्रदर्शन गर्न दरखास्तवालालाई मन्त्रालयबाट निर्धारित ढाँचामा स्वीकृति दिनेछ।
$\text{}^2$ पहिलो संशोधनद्वारा थप । $\text{}^3$ चौथौँ संशोधनद्वारा थप ।
(५) चलचित्र घर बाहेक अन्य स्थानमा चलचित्र प्रदर्शन गर्न उपनियम (४) बमोजिम स्वीकृति दिंदा, चलचित्र प्रदर्शन गर्न इजाजतपत्र दिंदा र त्यस्तो इजाजतपत्र नियम १० को उपनियम (३) बमोजिम नवीकरण गर्दा “(ग)” श्रेणीको चलचित्र घरको लागि लाग्ने दस्तुर लाग्नेछ।
(६) उपनियम (४) बमोजिम स्वीकृति प्राप्त व्यक्तिले पालन गर्नु पर्ने रता चलचित्रको प्रविधि अनुकूल हुने गरी मन्त्रालयले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ।
(७) उपनियम (४) बमोजिम चलचित्र प्रदर्शन गर्न स्वीकृति पाएको स्थानको जाँच सम्बन्धी अन्य व्यवस्था चलचित्र घर सरह हुनेछ।
९. इजाजतपत्रको अवधि : (१) चलचित्र निर्माण गर्न इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्र प्राप्त गरेको मितिले कम्तिमा चलचित्र तीन वर्षभित्र र अन्य चलचित्र एक वर्षभित्र निर्माण गरिसक्नु पर्नेछ।
तर सो म्यादभित्र चलचित्र निर्माण गर्न नसकेको मनासिब कारण देखाई इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रको म्याद समाप्त हुनु अगाडि म्याद थपको लागि मन्त्रालयसमक्ष दरखास्त गरेमा र सो व्यहोरामा मनासिब देखिएमा मन्त्रालयले कम्तिमा चलचित्र भए एक वर्ष र अन्य चलचित्र भए तीन महिनासम्मको म्याद थप गरिदिनेछ।
(२) चलचित्र वितरण तथा प्रदर्शन गर्न दिइएको इजाजतपत्रको अवधि पाँच वर्ष हुनेछ।
१०. इजाजतपत्रको नवीकरण : (१) वितरकले चलचित्र वितरण गर्न दिइएको इजाजतपत्रको अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र स्वदेशी चलचित्र भए सात हजार रुपैयाँ र विदेशी चलचित्र भए बीस हजार रुपैयाँ तिरी मन्त्रालयबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरण गर्न नसकेमा देहायका अवधिभित्र देहाय बमोजिमको थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गर्न सकिनेछ:
(क) इजाजतपत्र नवीकरण गर्ने म्याद समाप्त भएको मितिले पैंतीस दिनभित्र नवीकरण दस्तुरको पच्चीस प्रतिशत,
(ख) खण्ड (क) बमोजिमको म्याद समाप्त भएको मितिले दुई महिनाभित्र नवीकरण दस्तुरको पचास प्रतिशत ।
▩(३) प्रर्दशकले चलचित्र प्रदर्शन गर्न पाएको इजाजतपत्रको अवधि समाप्त भएको मितिले पैंतीस दिनभित्र देहायका क्षेत्रका चलचित्र घरको लागि देहाय बमोजिम दस्तुर तिरी मन्त्रालयबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ :-
"तर संवत २०७८ साल असार मासन्तसम्म इजाजतपत्र नवीकरण भएका प्रर्दशकले आर्थिक वर्ष २०७८/७९ र मा लाग्ने इजाजतपत्रको नवीकरण दस्तुरमा पूर्ण छुट पाउनेछ ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरण गर्न नसकेमा देहायको अवधिभित्र देहाय बमोजिमको थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गर्न सकिनेछ । (क) इजाजतपत्र नवीकरण गर्ने म्याद समाप्त भएको मितिले पैंतीस दिनभित्र नवीकरण दस्तुरको पच्चीस प्रतिशत, (ख) खण्ड (क) बमोजिमको म्याद समाप्त भएको मितिले दुई महिनाभित्र नवीकरण दस्तुरको पचास प्रतिशत, (ग) खण्ड (ख) बमोजिमको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण दस्तुरको पचहत्तर प्रतिशत, (घ) खण्ड (ग) बमोजिमको म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण दस्तुरको शतप्रतिशत ।
▩ चौथौँ संशोधनद्वारा संशोधित । ™ सातौँ संशोधनद्वारा संशोधित । ⇄ पहिलो संशोधनद्वारा थप ।
(५) यो उपनियम प्रारम्भ हुँदाको बखत उपनियम (४) बमोजिम इजाजतपत्र नवीकरण नगरेका इजाजत प्राप्त व्यक्तिले यो उपनियम प्रारम्भ भएको तीन महिनाभित्र यस नियम बमोजिम लाग्ने नवीकरण दस्तुर, सो बमपतको थप दस्तुर र थप दस्तुरको प्रतिशत अतिरिक्त दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ।
(५क) यो उपनियम प्रारम्भ हुँदाको बखत उपनियम (४) बमोजिम इजाजतपत्र नवीकरण नगरेका इजाजत प्राप्त व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले छ महिनाभित्र यस नियम बमोजिम लाग्ने नवीकरण दस्तुर र सो बराबरको थप दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ।
(६) बोर्डले चलचित्र प्रदर्शन गर्न उपयुक्त छ भनी सिफारिस गरेको चलचित्र घरलाई मात्र यस नियम बमोजिम नवीकरण गरिनेछ।
(७) उपनियम (१), (२), (३), (४) र (५) बमोजिमको म्यादभित्र पनि इजाजतपत्र नवीकरण नगरेमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ।
११. इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने सर्त : चलचित्र निर्माण, वितरण, प्रदर्शन गर्दा तथा चलचित्र घर निर्माण गरी चलाउन इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रमा उल्लेख भए बमोजिमको सर्तहरू पालन गर्नुपर्नेछ।
१२. इजाजतपत्रको बिक्री वा हस्तान्तरण : (१) इजाजतपत्र प्राप्त व्यक्तिले आफूले पाएको इजाजतपत्र अन्य व्यक्तिलाई बिक्री वा कुनै तरिकाले हस्तान्तरण गर्न सक्नेछ। (२) उपनियम (१) बमोजिम इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्न चाहेमा इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्ने वा लिने व्यक्तिले मन्त्रालय समक्ष त्यस्तो इजाजतपत्र लिँदा लाग्ने दस्तुरको आधा दस्तुर तिरी संयुक्त درخواست दिएमा मन्त्रालयले त्यस्तो इजाजतपत्र बिक्री वा हस्तान्तरण गर्न स्वीकृति दिन सक्नेछ।
१३. सम्पर्क अधिकृतको व्यवस्था : (१) मन्त्रालयले आवश्यक ठानेमा कुनै निजामती कर्मचारीलाई सम्पर्क अधिकृतको रूपमा खटाउन सक्नेछ। (२) उपनियम (१) बमोजिम खटिएको सम्पर्क अधिकृतलाई सम्बन्धित निकायले देहायका सुविधा उपलब्ध गराउनुपर्नेछ:-
✓ पहिलो संशोधनद्वारा संशोधित । ▬ तेस्रो संशोधनद्वारा थप । ☞ दोस्रो संशोधनद्वारा संशोधित ।
(क) खान, बस्न र सवारीको सुविधा, (ख) हिमाली क्षेत्रमा चलचित्र छायाङ्कन गर्न जाँदा आवश्यक परे मौसम अनुसारको लत्ता कपडा, औजार तथा औषधोपचारको व्यवस्था, (ग) कम्तीमा तीनलाख रुपैयाँको आवधिक जीवन बीमाको व्यवस्था, र (घ) प्रचलित नियम अनुसार पाउने दैनिक तथा भ्रमण भत्ता। (३) सम्पर्क अधिकृत निर्मातासँग जाँदा दुर्घटनारुप परी अङ्गभङ्ग भएमा सो बापत लाग्ने उपचारको सम्पूर्ण खर्च र अङ्गभङ्गको प्रकृति अनुरूप दुईलाख रुपैयाँसम्म क्षतिपूर्ति निर्माताले सम्पर्क अधिकृतलाई दिनु पर्छ। (४) सम्पर्क अधिकृतले चलचित्र छायाङ्कनको सन्दर्भमा निर्मातासँग जाँदा कुनै निकाय वा संस्थासँग सहयोग माग गरेमा आवश्यक सहयोग गर्नु त्यस्तो निकाय वा संस्थाको कर्तव्य हुनेछ। १४. छडिदिने : विदेशी निर्माताले ल्याउने छायाङ्कन उपकरणहरू सम्बन्धित भन्सार कार्यालयले लगत राखी पछि फिर्ता लैजाने शर्तमा बिना धितो छडिदिनु पर्छ। तर कुनै विदेशी निर्माताले प्रचलित कानून बमोजिमको इजाजतपत्र प्राप्त ट्रबल्स, ट्रेकिङ्ग वा राफ्टिङ्ग जस्ता एजेन्सी रमार्फत छायाङ्कन उपकरणहरू ल्याएमा त्यस्तो एजेन्सीको जिम्मामा सम्बन्धित भन्सार कार्यालयले लगत राखी पछि फिर्ता लैजाने शर्तमा बिना धितो छडिदिनु पर्छ। १५. सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार : सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ : (क) इजाजतपत्रमा उल्लेख भए बमोजिमको कथावस्तु अनुरूप सम्बन्धित ठाउँमा मात्र चलचित्र छायाङ्कन गर्न लगाउने, (ख) निर्माताले कथावस्तु र छायाङ्कन गर्ने ठाउँ परिवर्तन गर्न चाहेमा आफ्नो राय मन्त्रालय समक्ष पेश गर्ने, (ग) नेपालको अन्तरिम संविधान, २०६३ को मूल भावना विपरित हुन जाने विषय, मुलुकको सार्वभौमसत्ता, अखण्डता, शान्ति सुरक्षा र संस्कृतिमा आँच
आउने विषय र नेपाली नागरिक वा कुनै जनजाति विशेषको बारेमा रुग्ण वा नग्न चित्रण छयाइकन गर्न नदिने, (घ) राष्ट्रिय प्रतिष्ठामा आँच आउने किसिमका दृश्यहरू छयाइकन गर्न नदिने, (ङ) नेपाल सरकारबाट निषेधित क्षेत्रमा सम्बन्धित निकायको स्वीकृति नलिई छयाइकन गर्न नदिने र निषेधित क्षेत्र भए नभएको सम्बन्धमा शङ्का लागेमा सम्बन्धित प्रहरी तथा निकायमा बुझ्ने। (च) चलचित्र छयाइकन गर्न नपाउने क्षेत्रमा निर्माताले जबरजस्ती चलचित्र छयाइकन गरेमा सो कुराको जानकारी छिटो साधनद्वारा मन्त्रालयमा गराउने, (छ) मन्त्रालयले दिएको निर्देशनको पालना गर्ने, (ज) चलचित्र छयाइकन गरेको ठाउँ र विषयमा चलचित्र छयाइकन समाप्त भएको मितिबाटो बटाको म्यादभित्रै सात दिनभित्र मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्ने।
१६. चलचित्र जाँच समिति को गठन : ▩(१) स्वदेशी तथा विदेशी चलचित्र जाँच गर्नका लागि केन्द्रीयस्तरमा देहाय बमोजिमको एक केन्द्रीय चलचित्र जाँच समिति रहनेछ :- (क) मन्त्रालयले तोकेको सो मन्त्रालयको सहसचिव - अध्यक्ष (ख) प्रतिनिधि, गृह मन्त्रालय - सदस्य (ग) प्रतिनिधि, संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय - सदस्य (घ) चलचित्र सम्बन्धी विषयमा विशेष ज्ञान भएका व्यक्तिहरू मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले तोकेको तीनजना - सदस्य (ङ) बोर्डको सदस्य वा अधिकृत कर्मचारी मध्येबाट बोर्डको सिफारिसमा मन्त्रालयले तोकेको एकजना - सदस्य (च) मन्त्रालयले तोकेको सो मन्त्रालयको उपसचिव - सदस्य-सचिव
▩ चौथौँ संशोधनद्वारा संशोधित।
(२) काठमाडौँ उपत्यका बाहिर चलचित्र घर निर्माण भएका प्रत्येक जिल्लामा चलचित्र जाँच गर्नेको लागि देहाय बमोजिमको स्थानीय चलचित्र जाँच समिति रहनेछ: (क) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत - अध्यक्ष (ख) सञ्चार केन्द्र भएको जिल्लामा सो केन्द्रको प्रमुख र सञ्चार केन्द्र नभएको जिल्लामा जिल्ला हल्का कार्यालयको प्रमुख - सदस्य (ग) चलचित्र सम्बन्धित विषयमा विशेष ज्ञान भएका व्यक्तिहरूमध्येबाट मन्त्रालयले तोकेको एक जना महिलासहित $\blacksquare$ दुईजना - सदस्य
$\text{>}$ (२क) उपनियम (१) र (२) बमोजिम तोकिएका सदस्यहरूको पदावधि बढीमा दुई वर्षको हुनेछ।
$\blacksquare$ (२ख) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञापन चलचित्रको जाँच चलचित्र जाँच समितिको अध्यक्ष वा निजले तोकेको व्यक्तिले गर्नेछ।
$\blacksquare$ (३) चलचित्र जाँच समितिले चलचित्रको जाँच गर्दा सम्बन्धित भाषा विज्ञको सहयोग लिन सक्नेछ।
(४) उपनियम (१) र (२) बमोजिम गठित केन्द्रीय चलचित्र जाँच समिति र $\text{^}$ स्थानीय चलचित्र जाँच समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
१७. चलचित्र जाँच गराउनुपर्ने : (१) $\checkmark$ स्वदेशी निर्माता वा वितरकले चलचित्र जाँच गराउनको लागि अनुसूची-१० बमोजिमको ढाँचामा सम्बन्धित चलचित्र जाँच समिति समक्ष दरखास्त दिनु पर्नेछ। (२) प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नु पर्नेछ।
$\text{^}$ दोस्रो संशोधनद्वारा संशोधित । $\blacksquare$ चौथौँ संशोधनद्वारा संशोधित । $\text{>}$ पहिलो संशोधनद्वारा थप । $\checkmark$ पहिलो संशोधनद्वारा संशोधित ।
(३) चलचित्र जाँच समितिले कुनै चलचित्र देहायका कुनै व्यक्तिलाई मात्र सार्वजनिक प्रदर्शन गर्न पाउने शर्त तोकी अनुमति दिन सक्नेछ र त्यसरी अनुमति दिएकोमा सम्बन्धित वितरक वा प्रदर्शकले सो चलचित्रको प्रचार प्रसार सामग्रीमा त्यस्तो कुरा स्पष्ट रूपमा देखिने गरी उल्लेख गर्नु पर्नेछः- (क) सोह्र वर्ष उमेर पूरा गरेका व्यक्तिका लागि, (ख) अभिभावकको साथमा रहेर गरी सोह्र वर्षभन्दा कम उमेरका व्यक्तिका लागि, (ग) निश्चित पेशा वा क्षेत्रका व्यक्तिका लागि, (घ) सबैका लागि।
(४) प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुभन्दा अगाडि चलचित्र जाँच समितिबाट प्राप्त चलचित्र जाँचपास प्रमाणपत्रको छायाङ्कप्रति पर्दामा देखाउनु पर्नेछ।
(५) प्रदर्शकले चलचित्र जाँच समितिबाट जाँचपास गरेको चलचित्रलाई काटछँट गरी प्रदर्शन गर्न हुँदैन। तर एक पटक जाँच भएको चलचित्रलाई काटछँट वा फेरफेर गर्नु परेमा चलचित्र जाँच समितिबाट पुनः जाँचपास गराई प्रदर्शन गर्न सकिनेछ।
(६) प्रदर्शकले चलचित्र घरको सिट सङ्ख्याभन्दा बढी सङ्ख्यामा टिकट बिक्री गरी चलचित्र प्रदर्शन गराउन हुँदैन।
१७क. नाम मिल्ने गरी चलचित्र निर्माण गर्न नहुने : कसैले पनि अन्य इजाजतपत्र प्राप्त व्यक्तिले निर्माण गरेको चलचित्रको नामसँग मिल्ने गरी सो चलचित्र जाँच भएको मितिदेखि दश वर्षसम्म अर्को चलचित्र बनाउन हुँदैन।
१७ख. चलचित्रको पुनः स्वरङ्कित गर्न स्वीकृति लिनु पर्ने : (१) चलचित्र निर्माताले एउटा भाषामा निर्माण भएको चलचित्रलाई अर्को भाषामा पुनः स्वरङ्कित गर्न चाहेमा स्वीकृतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा सो चलचित्रलाई अर्का भाषामा पुनः स्वराङ्कन गर्न दिन उपयुक्त देखिएमा मन्त्रालयले तीन हजार रुपैयाँ दस्तुर लिई पुनः स्वराङ्कन गर्ने स्वीकृति दिनेछ। (३) यस नियम बमोजिम पुनः स्वराङ्कन गरिएको चलचित्र सार्वजनिक प्रदर्शन गर्नु अघि चलचित्र जाँच समितिबाट जाँचउनु पर्नेछ।
१८. पुनः चलचित्र जाँच गराउनु पर्ने : केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच भइसकेका चलचित्र काठमाडौँ उपत्यका बाहिर प्रदर्शन गर्नका लागि पुनः जाँच गराउनु पर्ने छैन । *तर स्थानीय चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्र अर्को जिल्लामा प्रदर्शन गर्नका लागि पुनः जाँच गराउनु पर्नेछ।
१८क. चलचित्र जाँच दस्तुर : नियम १७ बमोजिम चलचित्र जाँच गराउँदा देहाय बमोजिम दस्तुर लाग्नेछ :- (क) एक घण्टासम्म समयावधिको स्वदेशी चलचित्र, आदिवासी/जनजातिको मातृभाषामा बनेका चलचित्र वा विज्ञापन चलचित्रको लागि रू. ३,०००।- (ख) एक घण्टाभन्दा बढी समयावधिको स्वदेशी चलचित्रका लागि रू. ५,०००।- (ग) विदेशी चलचित्रको लागि रू. १५,०००।-
१८ख. पारिश्रमिक पाउने : चलचित्र जाँच समितिका अध्यक्ष तथा सदस्यले चलचित्र जाँच गरे बापत चलचित्र जाँच्ने व्यक्तिबाट देहाय बमोजिम पारिश्रमिक र मन्त्रालयले तोकिदिए बमोजिमको यातायात खर्च पाउनेछन्- (क) एक घण्टासम्मका स्वदेशी चलचित्र र विज्ञापन चलचित्रको जाँच गरे बापत पाँच सय रुपैयाँ, (ख) एक घण्टाभन्दा बढी समयावधिको स्वदेशी वा विदेशी चलचित्रको जाँच गरे बापत एक हजार रुपैयाँ।
✓ पहिलो संशोधनद्वारा संशोधित ।
१९. चलचित्र प्रदर्शन गर्ने समय : प्रदर्शकले मन्त्रालयले तोकिदिएको समयमा मात्र चलचित्र प्रदर्शन गर्नु पर्नेछ।
२०. टिकट दर र श्रेणी : चलचित्र घरमा कायम गरिने विभिन्न श्रेणी र टिकट दर मन्त्रालयले समय-समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ। तर पूर्ण मान्यताप्राप्त “क” श्रेणीको चलचित्र घरमा कायम हुने विभिन्न श्रेणीको टिकट दर मन्त्रालयबाट स्वीकृत परिधिभित्र रही प्रदर्शकले तोक्न सक्नेछ। प्रदर्शकले त्यसरी टिकट दर तोकेकोमा त्यसको जानकारी तुरुन्त मन्त्रालय बोर्ड र स्थानीय जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्नेछ।
२१. चलचित्र विकास बोर्डको गठन : (१) चलचित्रको विकास र प्रवर्द्धनको लागि देहाय बमोजिमको चलचित्र विकास बोर्ड गठन हुनेछ : (क) नेपाल सरकारद्वारा मनोनित व्यक्ति - अध्यक्ष (ख) मन्त्रालयको प्रतिनिधि - सदस्य (ग) प्रतिनिधि, अर्थ मन्त्रालय - सदस्य ० (घ) ........... ० (ङ) ........... (च) चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू मध्येबाट मन्त्रालयबाट मनोनित तीन जना - सदस्य (छ) मन्त्रालयको उपसचिव - सदस्य-सचिव (२) उपनियम (१) बमोजिम मनोनित सदस्यको पदावधि दुई वर्षको हुनेछ । २ (२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनित सदस्यले सन्तोषजनक काम नगरेको भनेमा नेपाल सरकारले त्यस्तो सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। (३) बोर्डले चलचित्रको क्षेत्रमा काम गरेको कुनै विशेषज्ञ व्यक्तिलाई बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
२२. बोर्डको बैठक सम्बन्धी कार्यविधि : (१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ। (२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ।
२ पहिलो संशोधनद्वारा थप । ० पहिलो संशोधनद्वारा खारेज गरिएको।
(३) सदस्य सचिवले अध्यक्षको स्वीकृति लिई बोर्डको बैठक बोलाउनेछ। (४) सदस्य सचिवले बोर्डको बैठक बस्ने सूचनासहित बोर्डमा छलफल हुने विषय समेतको सूची बैठक बस्नुभन्दा कम्तीमा तीनदिन अगावै सदस्यलाई दिनु पर्नेछ। (५) बोर्डको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बोर्डको बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ। (६) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूहरूमध्येबाट चुनेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। (७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनसक्नेछ। (८) बोर्डको बैठकसम्बन्धी अन्य कार्यविधि बोर्ड आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
२३. बैठक भत्ता : बोर्डका सदस्यहरूले बोर्डको बैठकमा भाग लिए बापत मन्त्रालयबाट तोकेबमोजिमको बैठक भत्ता पाउनेछन्।
२४. बोर्डको काम, कर्तव्य र अधिकार : .... बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन् : (क) चलचित्रको विकास तथा प्रवर्द्धन गर्नका लागि आवश्यक नीति तर्जुमा गरी मन्त्रालय समक्ष पेश गर्ने, (ख) चलचित्रको विकास तथा प्रवर्द्धन गर्नका लागि योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, (ग) चलचित्र क्षेत्रको विकासका लागि आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने, गराउने, (घ) राष्ट्र भाषामा स्तरीय चलचित्र निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, (ङ) नेपाली कला र संस्कृतिको जगेर्ना हुने किसिमका चलचित्र निर्माण गर्ने वातावरण सिर्जना गर्ने,
$\text{^}$ पहिलो संशोधनद्वारा खारेज गरिएको। $\blacksquare$ चौथो संशोधनद्वारा संशोधित।
(च) नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक मान्यतामा आँच नआउने गरी नेपाललाई विश्वमा परिचित गराउने खालका चलचित्रको निर्माण गर्नका लागि विदेशी चलचित्र निर्मातालाई प्रोत्साहित गर्ने, (छ) चलचित्र महोत्सवको आयोजन गराई चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रोत्साहित तथा पुरस्कृत गर्ने, (ज) नेपाली कला तथा संस्कृतिको सम्बर्द्धनमा समर्पित चलचित्रकर्मीको जगेर्ना गर्न आवश्यक व्यवस्था मिलाउने, (ज१) चलचित्र व्यवसायीहरूबीच समन्वय कायम गर्ने। (ज२) चलचित्र व्यवसायीलाई चलचित्रसँग सम्बन्धित विषयमा परामर्श सेवा प्रदान गर्ने। (ज३) चलचित्र व्यवसायको गुणस्तर वृद्धि गर्नका लागि चलचित्र व्यवसायीले पालन गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्ने। (ज४) चलचित्र घरको वर्गीकरणका लागि मापदण्ड बनाई मन्त्रालय समक्ष पेश गर्ने। (ज५) स्वदेशी निर्माताबाट राष्ट्र भाषामा निर्माण भएका चलचित्रको सम्पादन लगायतका अन्य काम गर्ने तथा त्यस्तो चलचित्र विदेशमा निकासी गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने। (झ) चलचित्रको विकास तथा प्रवर्द्धन गर्नका लागि उपयुक्त अन्य काम गर्ने गराउने।
२५. लेखापरीक्षण : बोर्डको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ। २६. कार्यविधि निर्धारित गर्ने : बोर्डले यस नियमावलीको प्रतिकूल नहुने गरी आफ्नो कार्य सञ्चालनका लागि आवश्यक कार्यविधि निर्धारित गरी कार्यान्वयन गर्न सक्नेछ। २७. निर्देशन दिनसक्ने : मन्त्रालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र यसरी दिइएका निर्देशनको पालन गर्नु बोर्डको कर्तव्य हुनेछ। २७क. चलचित्र जाँच दस्तुर तथा पारिश्रमिक छुट दिन सक्ने : मन्त्रालयले कुनै विदेशी नियोगद्वारा वा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने चलचित्रको सम्बन्धमा लाग्ने चलचित्र जाँच
दस्तुर वा पारिश्रमिक छुट दिन सकिन्छ र त्यसरी छुट दिएकोमा चलचित्र जाँच समितिका अध्यक्ष र सदस्यले पारिश्रमिक पाउने छैनन् ।
२८. चलचित्र महोत्सव सम्बन्धी व्यवस्था : (१) चलचित्रको क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सृजना, सीप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुक बीच चलचित्रको माध्यमबाट सांस्कृतिक क्षेत्रको अनुभव आदान प्रदान गर्न वा संयुक्त रूपमा लगानी गरी चलचित्र निर्माण गर्नका लागि उत्प्रेरित गर्नका लागि समेतको लागि व्यापारिक वा गैर व्यापारिक उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न सकिनेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुनाफा नलिने उद्देश्य लाई प्रचलन किमी बमोजिम स्थापित भएको संस्थाले मात्र गैर व्यापारिक चलचित्र महोत्सव आयोजना गर्न सक्नेछ । (३) उपनियम (१) बमोजिम चलचित्र महोत्सव आयोजना गर्न चाहने संस्थाले देहायका विवरण खुलाई चलचित्र महोत्सव आयोजना गर्नु भन्दा कम्तीमा एक महिना अगावै स्वीकृति को लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :- (क) महोत्सव आयोजनाको उद्देश्य, (ख) कुनै खास विधाका चलचित्र प्रदर्शन गरिने भए त्यस्तो विधा, (ग) प्रदर्शन गरिने चलचित्रको कथาสार, (घ) महोत्सव आयोजना हुने ठाउँ र मिति, (ङ) चलचित्र प्रदर्शन गरिने स्थान, (च) महोत्सव आयोजना गर्न आवश्यक पर्ने आर्थिक स्रोत तथा अनुमानित खर्च, (छ) व्यापारिक उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न भए महोत्सवमा लिइने टिकट दस्तुर र प्रवेश शुल्क, (ज) महोत्सव आयोजना गर्ने व्यक्तिको स्थायी लेखा नम्बर । (४) उपनियम (३) बमोजिम निवेदन दिँदा देहायका कागजात संलग्न गर्नु पर्नेछ :-
(क) महोत्सव आयोजना गर्ने संस्था भए संस्था दर्ताको प्रमाणपत्र र विधान तथा कम्पनी भए कम्पनी दर्ताको प्रमाणपत्र, कम्पनीको प्रबन्धपत्र र नियमावली, (ख) महोत्सवमा प्रदर्शन गरिने चलचित्रको निर्माता वा निजद्वारा अधिकार प्राप्त व्यक्तिबाट सो चलचित्र प्रदर्शन गर्न दिइएको अनुमतिपत्र, (ग) चलचित्र महोत्सव आयोजना गर्ने वा चलचित्र प्रदर्शन गर्ने स्थान प्रयोग गर्न सम्बन्धित व्यक्ति वा निकायले दिएको सहमति। (५) उपनियम (३) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचुबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा बोर्डले निवेदकलाई चलचित्र महोत्सव गर्ने स्वीकृति दिनेछ। (६) चलचित्र महोत्सव आयोजना गर्न स्वीकृति प्राप्त गर्ने संस्थाले देहाय बमोजिमको शर्तको पालना गर्नु पर्नेछ :- (क) गैर व्यापारिक उद्देश्यले आयोजना हुने महोत्सवको हकमा चलचित्र जाँच गर्ने अधिकार नियम २८ख. बमोजिम चलचित्र महोत्सव आयोजकलाई प्रत्यायोजन गरिएको भएमा त्यस्तो आयोजक आफैले चलचित्र जाँच गरी सो चलचित्र ऐनको दफा ८ को उपदफा (३) विपरीत नभई प्रदर्शन योग्य भएको कागज बोर्ड समक्ष पेश गरेपछि मात्र चलचित्र प्रदर्शन गर्नु पर्ने, (ख) नियम २८ख. बमोजिम चलचित्र जाँच गर्न अधिकार प्राप्त नभएको अवस्थामा चलचित्र जाँच समितिबाट चलचित्र जाँच गराएर मात्र प्रदर्शन गर्नु पर्ने, (ग) गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा एउटा चलचित्र दुई पटक भन्दा बढी र व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा एउटा चलचित्र तीन पटक भन्दा बढी प्रदर्शन नगर्ने, (घ) गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सव पाँच दिन र व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सव सात दिन भन्दा बढी गर्न नपाइने,
(ङ) एउटै आयोजकले एक भन्दा बढी शहरमा व्यापारिक उद्देश्यले चलचित्र महोत्सवको आयोजना गर्ने भएमा त्यस्तो महोत्सव सात दिन भन्दा बढी र एउटा शहरमा पाँच दिन भन्दा बढी गर्न नपाइने।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले आवश्यक देखेमा गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा प्रदर्शनीको निमित्त समावेश भएको चलचित्र जुनसुकै बखत आयोजकसाँग माग गरी वा त्यस्तो चलचित्र प्रदर्शन भएको स्थानमा गई त्यस्तो चलचित्रको अवलोकन वा चलचित्र प्रदर्शन स्थलको निरीक्षण गर्न सक्नेछ।
(८) उपनियम (७) बमोजिम अवलोकन वा निरीक्षण गर्दा चलचित्र महोत्सव आयोजकलाई कुनै निर्देशन दिनु परे देखिएमा बोर्डले त्यस्तो आयोजकलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(९) उपनियम (७) बमोजिम चलचित्र अवलोकन गर्दा कुनै चलचित्र वा त्यसको कुनै भाग प्रदर्शन योग्य नभएको पाइएमा बोर्डले सो चलचित्र प्रदर्शन गर्न रोक लगाउन वा प्रदर्शन योग्य नभएको भाग हटाएर मात्र प्रदर्शन गर्न सम्बन्धित आयोजकलाई निर्देशन दिन सक्नेछ।
(१०) उपनियम (८) र (९) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित चलचित्र महोत्सव आयोजकको कर्तव्य हुनेछ।
(११) चलचित्र महोत्सव आयोजना गर्नेले चलचित्र महोत्सव आयोजना गर्दा प्रचलित कानूनको पालना गर्नु वा गराउनु पर्नेछ।
२८क. दस्तुर नलिई चलचित्र प्रदर्शन गर्न स्वीकृति दिन सकिने : महिला, बालबालिका वा असहाय वा दैवी प्रकोप वा प्राकृतिक विपत्तिमा परेका व्यक्ति वा सामाजिक संघ/संस्था तथा शैक्षिक कार्यक्रमलाई सहयोग पुऱ्याउने कामको लागि कुनै चलचित्र दस्तुर नलिई प्रदर्शन गर्न स्वीकृति दिन सकिनेछ।
२८ख. अधिकार प्रत्यायोजन : (१) मन्त्रालयले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार बोर्डलाई प्रत्यायोजन गर्न सक्नेछ।
(२) केन्द्रीय चलचित्र जाँच समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकारमध्ये टेलिभिजन प्रसारण संस्थाबाट प्रसारण हुने चलचित्रको जाँच गर्ने अधिकार
त्यस्तो टेलिभिजन प्रसारण संस्थाले र गैर व्यापारिक उद्देश्यले आयोजना हुने चलचित्र महोत्सवमा प्रदर्शन गर्ने चलचित्रको जाँच गर्ने अधिकार त्यस्तो महोत्सव आयोजना गर्ने संस्थाले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।
२८ग. अनुसूचीमा हेरफेर : मन्त्रालयले बोर्डको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ।
२९. खारेजी र बचाउ : (१) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०४६ खारेज गरिएको छ । (२) चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०४६ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिनेछन्।
१ पाँचौँ संशोधनद्वारा थप । २ पहिलो संशोधनद्वारा थप ।
इष्टव्यः- १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । २. चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) (छैठौँ संशोधन) नियमावली, २०७७ द्वारा रूपान्तर भएका शब्दहरूः- (क) “गाउँ विकास समिति” को सट्टा “गाउँपालिका” । (ख) “जिल्ला विकास समिति” को सट्टा “जिल्ला समन्वय समिति” । (ग) “सञ्चार मन्त्रालय” को सट्टा “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय” ।
अनुसूची-१
(नियम ३ को खण्ड (क) सँग सम्बन्धित)
चलचित्र निर्माण गर्ने इजाजतपत्रको लागि दिइने दरखास्त
श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार ।
चलचित्र निर्माण गर्ने इजाजतपत्र पाउनको लागि देहायका कुराहरू खुलाई दरखास्त गरेको छु/छौं :
१. दरखास्तवालाको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी : (ग) सम्पर्क टेलिफोन नम्बर : कार्यालय : घर : मोबाइल : (घ) ई-मेल ठेगाना :
२. नागरिकता : नागरिकता नं. (विदेशी भए पासपोर्ट नं.), जारी गर्ने अधिकारी र मिति :
३. दरखास्तवाला संस्था वा कम्पनी भए, (क) दर्ता नं., मिति र कार्यालय: (ख) शेयरधनीको नाम : ठेगाना : टेलिफोन नम्बर : (ग) दर्ता प्रमाणपत्रको प्रतिलिपि : (घ) कर प्रयोजनको लागि दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि :
४. निर्माण गर्ने चलचित्रको,
(क) किसिम : कथानक चलचित्र/वृत्तचित्र/ कार्टून चलचित्र/ विज्ञापन चलचित्र/एनिमेसन चलचित्र/ चलचित्र नाटक/अन्य (ख) आकार : पूर्ण चलचित्र/लघु चलचित्र/अल्प चलचित्र (ग) नाम : नेपालीमा : अङ्ग्रेजीमा : (घ) भाषा : (ङ) प्रविधि : सेल्युलोइँड (३५ एम.एम./१६ एम.एम.) / डिजिटल/ भिडियो/ अन्य: (च) क्यामेराको किसिम : (छ) क्यामेरामा प्रयोग हुने कच्चा पदार्थ (म्यगजीन) : रिल/ चिप्स/डि.भि.क्याम/ भिडियो/ अन्य (ज) कथासार र गीत ५. कथा रचना गर्ने व्यक्तिको नाम : ६. प्रकाशित रचना भए प्रकाशकको नाम : ७. गीत समावेश भए गीतकारको नाम : ८. चलचित्र : (क) निर्देशकको नाम : (ख) मुख्य कलाकारको नाम (महिला/पुरुष) : ९. निर्माण भइसकेको वा निर्माणधीन चलचित्रसाँग सो चलचित्रको नाम मिल्ने वा नमिल्ने : १०. छायाङ्कन गर्ने स्थान : ११. कलाकार सङ्ख्या : स्वदेशी : ......... विदेशी : .......... १२. प्राविधिकको सङ्ख्या : स्वदेशी : ......... विदेशी : .......... १३. चलचित्र निर्माण गर्दा लाग्ने कूल अनुमानित पूँजी : (क) कलाकारको पारिश्रमिक खर्च : (ख) प्राविधिकको पारिश्रमिक खर्च : (ग) प्राविधिक सामग्री खर्च : (घ) ल्याब खर्च : (ङ) उपकरण खर्च : (च) लोकेसन खर्च : (छ) विज्ञापन खर्च : (ज) अन्य खर्च :
१४. चलचित्रको निर्माण गर्ने उद्देश्य : सामाजिक/ राजनीतिक/ सांस्कृतिक/ मनोरञ्जनात्मक/ शैक्षिक/सन्देशमूलक/ अन्य १५. निर्माण गर्ने चलचित्रको प्रदर्शनको स्वरूप : (क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा वा दुबै रूपमा : (ख) सार्वजनिक वा आन्तरिक वा दुबै रूपमा : १६. प्रदर्शन गर्ने चलचित्रघरको किसिम : (क) सेलुलोइँड (ख) डिजिटल /भिडियो (ग) चलचित्रघर भन्दा बाहिरः १७. कथाकार तथा गीतकारको मञ्जुरनामा र मुख्य कलाकार तथा निर्देशकसँग भएको सम्झौतापत्रका प्रतिलिपिहरू : १८. बोर्डले समय समयमा तोकेका अन्य कुराहरू :
दरखास्तवालाको दस्तखत : मिति :
अनुसूची-२ (नियम ३ को खण्ड (ख) सँग सम्बन्धित) चलचित्र वितरण गर्ने इजाजतपत्रको लागि दिइने दरखास्त
श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार।
चलचित्र वितरण गर्नका लागि देहायको कुराहरू खुलाई दरखास्त गरेको छु/छौं ।
१. दरखास्तवालाको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी :
२. नागरिकता : नागरिकता नं. नागरिकता लिएको जिल्ला र मिति :
=३. दरखास्तवाला संस्था वा कम्पनी भए : (क) दर्ता नं., मिति र कार्यालय: (ख) शेयरधनीको नाम : ठेगाना : टेलिफोन नम्बर : (ग) दर्ता प्रमाणपत्रको प्रतिलिपि : (घ) कर प्रयोजनको लागि दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि :
४. वितरण कार्यालय रहने स्थान : ५. चलचित्र वितरण गर्दा लाग्ने रकम : ६. विदेशी परिवर्त्ती मुद्रा चाहिने भए प्राप्त हुने स्रोत : ७. यसअघि वितरण कार्य गरेको भए त्यसको अनुभव : ८. चलचित्र वितरण गर्ने तरिका :
(क) बिक्री गर्ने : (ख) भाडामा दिने : ࣄ ९. बोर्डले समय समयमा तोकेका अन्य कुराहरू :
दरखास्तवालाको दस्तखत: मिति :
ࣄ मिति २०६५।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
अनुसूची-३ (नियम ३ को खण्ड (ग) सँग सम्बन्धित) चलचित्र प्रदर्शन गर्न इजाजतपत्रको लागि दिइने दरखास्त
श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार ।
चलचित्र प्रदर्शन गर्ने इजाजतपत्र पाउनको लागि देहायका विवरणहरू खुलाई यो दरखास्त गरेको छु/छौं :
१. दरखास्तवालाको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी :
२. प्रदर्शन गर्ने चलचित्र घर भएको स्थान : जिल्ला : न.पा. / गाउँपालिका : वडा नं. : टोल :
३. चलचित्र घरको किसिम : ४. प्रदर्शन हुने प्रविधि : ५. प्रदर्शन गर्ने अवधि : ६. अन्य कुराहरू : ७. दरखास्त साथ पेश गर्नुपर्ने कागजात : (क) प्रदर्शन गर्ने चलचित्र घर जाँचपासको प्रमाणपत्रको प्रतिलिपि (ख) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि ।
दरखास्तवालाको दस्तखत : मिति :
अनुसूची-४ (नियम ३ को खण्ड (घ) सँग सम्बन्धित)
चलचित्र घर निर्माण गरी चलाउने इजाजतपत्रको लागि दिइने दरखास्त
श्री................ जिल्ला समन्वय समिति..................... महानगरपालिका/ उपमहानगरपालिका/नगरपालिका .......................... ।
चलचित्र घर निर्माण गरी चलाउने इजाजतपत्र पाउनको लागि देहायका विवरणहरू खुलाई यो दरखास्त गरेको छु/छौं :
१. दरखास्तवालाको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी :
२. चलचित्र घर निर्माण गर्ने स्थान, जिल्ला : गाउँपालिका/न.पा : वडा नं. : टोल :
३. चलचित्र घर व्यक्तिगत वा सामूहिक के कसरी निर्माण गर्ने हो सोको विवरण :
४. चलचित्र घरको किसिम :
५. चलचित्र घर निर्माण गर्दा लाग्ने पूँजी :
६. चलचित्र घर निर्माण गर्ने अवधि :
७. चलचित्र घरमा रहने सिट संख्या :
८. अन्य कुराहरू :
९. दरखास्तसाथ पेश गर्नुपर्ने कुराहरू : (क) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि- १ (ख) प्रस्तावित चलचित्र घरको नक्सा- १
दरखास्तवालाको दस्तखत : मिति :
अनुसूची-५
(नियम ४ को खण्ड (क) सँग सम्बन्धित) चलचित्र निर्माण गर्न दिइने इजाजतपत्र
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र निर्माण गर्न यो इजाजतपत्र दिइएको छ।
इजाजतपत्र नं. मिति :
१. इजाजतपत्र पाउनेको ; (क) नाम : (ख) ठेगाना ; स्थायी : अस्थायी : (ग) सम्पर्क टेलिफोन नम्बर :- कार्यालय : घर : मोवाइल : (घ) इमेल ठेगाना :
२. चलचित्रको, (क) किसिम : (ख) नाम : (ग) भाषा : (घ) कुल लम्बाइ :
३. कथा रचना गर्ने व्यक्तिको नाम : ४. चलचित्र निर्देशकको नाम : ५. गीत समावेश भएको भए गीतकारको नाम : ६. चलचित्र छायाङ्कन गर्ने ठाउँ : ७. चलचित्रको, (क) निर्माण सुरु गर्न प्रस्तावित मिति :
मिति २०६५/१०/२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित ।
(ख) निर्माण गर्दा लाग्ने प्रस्तावित अवधि : (ग) निर्माण गर्दा लाग्ने कुल अनुमानित पूँजी : (घ) मुख्य कलाकारको नाम (महिला/पुरुष) : ८. इजाजतपत्र बहाल रहने अवधि : ९. चलचित्र निर्माण गर्ने उद्देश्य : सामाजिक /राजनीतिक / सांस्कृतिक/ मनोरञ्जनत्मक/ शैक्षिक/सन्देशमूलक/अन्य १०. निर्माण गर्ने चलचित्रको प्रदर्शनको स्वरूप : (क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा वा दुवै रूपमा : (ख) सार्वजनिक वा आन्तरिक वा दुवै रूपमा : ११. प्रदर्शन गर्ने चलचित्रघरको किसिम :- (क) सेलुलोइँड (ख) डिजिटल/भिडियो (ग) चलचित्रघर भन्दा बाहिर १२. चलचित्र निर्माण गर्ने प्रविधि :सेलुलोइँड (३५ एम.एम./ १६ एम.एम.) /डिजिटल / भिडियो / अन्य १३. क्यामेराको किसिम : १४. इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्तहरू : (क) इजाजतपत्रमा तोकिएको स्थानमा स्वीकृत कथावस्तु अनुरूप चलचित्र छायाङ्कन गर्नु पर्ने, (ख) नेपाल सरकारले निषेध गरेको ठाउँमा चलचित्र छायाङ्कन नगर्ने, (ग) राष्ट्रिय सम्मान, संस्कृति, परम्परा वा धार्मिक मान्यतामा आघात पर्ने गरी चलचित्र निर्माण नगर्ने, (घ) चलचित्र निर्माण गरिसकेपछि चलचित्र निर्माण हुँदा भएको खर्च, चलचित्र निर्माणमा संलग्न कलाकार तथा छायाङ्कन गरिएको ठाउँ समेत खुलेको विवरण छायाङ्कन समाप्त भएको मितिले पैंतीस दिनभित्र मन्त्रालय समक्ष पेश गर्ने, (ङ) विदेशी चलचित्र निर्माताले नेपाल राज्यभित्र खिचिएको चलचित्रको एकप्रति मन्त्रालयमा निःशुल्क पेश गर्ने,
(च) विदेशी निर्माताले नेपाल राज्यभित्र छायाङ्कन गरेको चलचित्र पहिलो पटक विदेशमा प्रदर्शन गर्नु अघि नेपाली राजदुतावास, महावाणिज्य दूतावास वा वाणिज्य दूतावासको स्वीकृति लिनु पर्ने, (छ) सार्वजनिक रूपमा चलचित्र प्रदर्शन गर्ने प्रयोजनको लागि प्रचार प्रसार गर्दा जुन प्रविधिबाट चलचित्र निर्माण गर्ने गरी इजाजतपत्र पाएको हो त्यस्तो प्रविधि चलचित्र तथा त्यस्तो चलचित्रको प्रचार प्रसार सामग्रीमा उल्लेख गर्नु पर्ने, (ज) मन्त्रालय वा बोर्डले चलचित्र निर्माण सम्बन्धमा दिएको निर्देशनको पालना गर्ने ।
इजाजतपत्र दिने अधिकारीको, दस्तखत : नाम : पद : कार्यालय : मिति :
नोट:- चौथो संशोधनले अनुसूची ५ को क्रमसंख्या (१०) खण्ड (च) मा रहेको “शाही” भन्ने शब्द झिकिएको भनी संशोधन गरेको तर क्रम संख्या १० मा खण्ड (च) नै नभएको । मिति २०६५।१०।२० को सूचनाले अनुसूची ५ पुरै हेरफेर गरेको ।
अनुसूची-६ (नियम ४ को खण्ड (ख) सँग सम्बन्धित) चलचित्र वितरण गर्न दिइने इजाजतपत्र
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र वितरण गर्न यो इजाजतपत्र दिइएको छ ।
१. इजाजतपत्र पाउनेको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी :
३. इजाजतपत्र बहाल रहने अवधि :
=४. इजाजतपत्रको :(क) किसिम : व्यावसायिक चलचित्र/ वृत्तचित्र/ कार्टुन चलचित्र/ विज्ञापन चलचित्र/ एनिमेसन चलचित्र/ चलचित्र नाटक/अन्य (ख) स्वरूप : स्वदेशी/ विदेशी/ दुबै
५. इजाजतपत्रवालाले पालन गर्नुपर्ने शर्त : (क) √चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्र मात्र वितरण गर्ने, = (ख) चलचित्र निर्माता वा त्यस्तो निर्माताबाट अधिकार प्राप्त व्यक्तिको सिफारिसमा बोर्डको स्वीकृति लिएर मात्र चलचित्र वितरण गर्ने, (ग) अर्को वितरकले स्वीकृति पाएको चलचित्र वितरण नगर्ने, (घ) प्रत्येक चलचित्र वितरण सम्बन्धी विवरण प्रत्येक वर्ष बोर्ड मार्फत मन्त्रालयमा पेश गर्ने, (ङ) मन्त्रालय वा बोर्डले चलचित्र वितरण सम्बन्धमा दिएको निर्देशनको पालन गर्ने।
इजमजतपत्र दिने अधिकारीको, दस्तखत : नाम : दर्जा : कार्यालय : मिति :
* मिति २०६५।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
अनुसूची-७ (नियम ३ को खण्ड (ग) सँग सम्बन्धित) चलचित्र प्रदर्शन गर्ने दिइने इजाजतपत्र
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र प्रदर्शन गर्न यो इजाजतपत्र दिइएको छ ।
१. इजाजतपत्र पाउनेको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी : * (ग) सम्पर्क टेलिफोन नम्बर : कार्यालय : घर : मोबाइल : * (घ) ई-मेल ठेगाना : २. चलचित्र प्रदर्शन गर्ने अवधि : ३. चलचित्र प्रदर्शन गर्ने चलचित्र घरको ठेगाना, जिल्ला : न.प./रा.गाउँपालिका : वडा नं. : टोल र गाउँ : ४. चलचित्र घरको किसिम : ५. चलचित्र प्रदर्शन हुने प्रविधि : ६. इजाजतपत्र बहाल रहने अवधि : ७. इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त : (क) चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्र मात्र प्रदर्शन गर्ने, (ख) वितरकबाट मात्र चलचित्र लिई प्रदर्शन गर्ने, (ग) दर्शकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी कुनै चलचित्र प्रदर्शन नगर्ने, (घ) एक चलचित्र घरमा प्रदर्शन गर्न स्वीकृति पाएका चलचित्र अर्को चलचित्र घरमा प्रदर्शन गर्दा सम्बन्धित वितरकको स्वीकृति लिनु पर्ने, (ङ) भिडियो वा यस्तै अन्य प्रविधिबाट प्रदर्शन गर्ने गरी निर्माण भएका चलचित्र घरमा नेपालको राष्ट्र ♫.... भाषामा निर्मित चलचित्र मात्र प्रदर्शन गर्ने,
इजाजतपत्र दिने अधिकारीको, दस्तखत : नाम : दर्जा : कार्यालय : मिति :
अनुसूची-८ (नियम ४ को खण्ड (घ) सँग सम्बन्धित) चलचित्र घर निर्माण गरी चलाउन दिइने इजाजतपत्र
१. इजाजतपत्र पाउनेको, (क) नाम : (ख) ठेगाना : स्थायी : अस्थायी : २. चलचित्र घरको नाम : ३. चलचित्र घर निर्माण गर्ने स्थान : जिल्ला: गाउँपालिका र न.प. वडा नं. ४. चलचित्र घर व्यक्तिगत नाम सामूहिक के कसरी निर्माण गर्ने हो सो को विवरण : ५. चलचित्र घर निर्माण गर्ने अवधि : ६. चलचित्र घरमा रहने सिट संख्या: ७. इजाजतपत्र बहाल रहने अवधि : ८. इजाजतपत्रवालाले पालन गर्नुपर्ने शर्त : (क) दरखास्त अनुसार पेश भएको नक्सा अनुरूप यस नियमावलीको अधिनमा रही चलचित्र घर निर्माण गर्नुपर्ने, (ख) चलचित्र घर निर्माण सम्बन्धमा मन्त्रालय वा बोर्डले दिएको निर्देशन पालन गर्नुपर्ने ।
इजाजतपत्र दिने अधिकारीको, दस्तखत : नाम : पद : कार्यालय : मिति :
अनुसूची-९ (नियम ६ को खण्ड (१) सँग सम्बन्धित) चलचित्र घरमा हुनु पर्ने न्यूनतम व्यवस्थाहरू
१. चलचित्र घरको पर्दा देहाय बमोजिम हुनुपर्नेछ : (क) सेल्युलोइड *वा डिजिटल प्रविधि अन्तर्गतको सिनेमास्कोप भए- १:२.३५ अनुपातको आकारमा, (ख) सेल्युलोइड *वा डिजिटल प्रविधि अन्तर्गतको ३५ एम.एम. भए - १:१.८५ को अनुपातको आकारमा, (ग) भिडियो प्रविधिको भए कम्तीमा २५० इञ्च चौकोनाको आकारमा,
२. प्रत्येक सय सिटको लागि महिला र पुरुषको लागि छुट्टाछुट्टै एउटा दिशा खण्ड र चारवटा पिसाव खण्ड सहितको शौचालय,
३. चलचित्र घरको बाल्कोनी र ड्रेससर्कलमा दर्शक बस्नका लागि कम्तीमा ४० से.मी. चौडाई भएको कुसीको व्यवस्था र अन्य श्रेणीमा सो अनुसार कुसी वा बेञ्चको व्यवस्था,
४. सडक यातायात पुगेका स्थानमा प्रत्येक सय व्यक्तिको लागि १० वर्गमिटरका हिसाबले मोटर, मोटरसाइकल र साइकल पार्किङ गर्ने अलग-अलग स्थान,
५. प्रत्येक लहरको कुसीको पछाडिको विन्दुदेखि अर्को कुसीको पछाडि ७५ से.मी. विन्दुसम्मको चौडाई, तर पछाडिपट्टि गारो भएमा पछाडिको सिटको अगाडिको विन्दुदेखि गारोसम्मको दूरी न्यूनतम ९४ से.मी. र अगाडिपट्टि गारो वा रेलिङ भएमा अगाडिको सिटको पछाडिको विन्दुदेखि गारो वा रेलिङसम्म न्यूनतम ८४ से.मी. दूरी,
६. प्रत्येक लहरमा कम्तीमा दावात सिटपछि कम्तीमा चार फिटको आवागमन स्थान,
७. दर्शक र प्रदर्शन पर्दा बीच कम्तीमा ५ मिटर दूरी,
८. प्रत्येक एकसय दर्शकको लागि कम्तीमा १०७ से.मी.को एउटा प्रवेशद्वार र प्रत्येक दुईसय दर्शकको लागि कम्तीमा १२० से.मी.को एउटा आकस्मिक द्वार,
९. बाल्कोनी, ड्रेससर्कल र अन्य श्रेणीको लागि छुट्टाछुट्टै र सुविधायुक्त टिकट बिक्रीको व्यवस्था,
१०. ढल निकासको राम्रो व्यवस्था,
✓ पहिलो संशोधनद्वारा संशोधित ।
११. प्रत्येक सय सिटका लागि चारबट्टा अग्नि नियन्त्रण साधन, १२. ध्वनि राम्रोसँग सुन्न सकिने प्रदर्शन कक्ष, १३. छुट्टै चेम्बर गुहिको व्यवस्था, १४. कम्तीमा पच्चीस प्रतिशत दर्शकहरू अट्ने छुट्टै प्रतिक्षाालय, १५. प्राथमिक चिकित्सा व्यवस्था, १६. चलचित्र घरले ओगटेको क्षेत्र बाहेक पर्याप्त खाली ठाउँ, १७. वाततुकूलित व्यवस्था या हावा ताता जाडो छिसे राख्ने व्यवस्था या सो नभएमा तराई या बेसी क्षेत्र भए प्रत्येक सय दर्शकको लागि चारबट्टा सिलिङ्ग या ६ वटा भित्तेपङ्खा या पहाडी या हिमाली क्षेत्र भए भौगोलिक अवस्था अनुसार आवश्यक मात्रामा पङ्खा, १८. दर्शक बस्ने स्थानदेखि सिलिङ्गसम्मको उचाई तराई र बेसी क्षेत्र भए बालकोनी भएको स्थानमा कम्तीमा १२ फिट र बालकोनी नभएको स्थानमा २० फिट तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा भए बालकोनी भएको स्थानमा कम्तीमा १० फिट र बालकोनी नभएको स्थानमा १२ फिट, तर पूर्ण वाततुकूलित भएको चलचित्र घरमा पछिल्लो लहरको दर्शक बस्ने स्थानदेखि सिलिङ्गसम्मको उचाई छ फिट। १९. सडक यातायात पुगेका स्थानमा चलचित्र घरसम्म पुग्ने कम्तीमा १६ फिटको सडक। २०. चलचित्र घर बाहेक अन्यत्र चलचित्र प्रदर्शन गर्दा देहाय बमोजिमका न्यूनतम व्यवस्थाहरू पूरा गरेको हुनु पर्छ :- (क) चलचित्रको प्रविधि अनुकूलको पर्दा, (ख) चलचित्रको प्रविधि अनुकूल हुने गरी सुविधाजनक सिटको व्यवस्था, (ग) चलचित्रको प्रविधि अनुकूल हुने गरी दर्शक र प्रदर्शन पर्दाबीच यथمناसब दूरी, (घ) दर्शक बस्ने स्थानको भुइँ सतह र सिलिङ्ग बीच पर्याप्त दूरी, (ङ) क्रमसंख्या २, ४, ६, ८, ९, १०, ११, १२, १३, १४, १५, १७ र १९ मा उल्लेखित व्यवस्थाहरू, (च) चलचित्र घर जाँच समितिले चलचित्रको प्रविधि अनुकूल हुने गरी उपयुक्त देखेका अन्य व्यवस्था।
अनुसूची-१० (नियम १७ को उपनियम (१) सँग सम्बन्धित) चलचित्र जाँच गराउनको लागि दिइने दरखास्त
श्री केन्द्रीय चलचित्र जाँच समिति र स्थानीय चलचित्र जाँच समिति, .........................
चलचित्र जाँच गराउनको लागि देहायका कुरा खुलाई दरखास्त गरेको छु/छौं : १. चलचित्रको नाम : २. चलचित्रको किसिम : (क) स्वदेशी : (ख) विदेशी : ३. निर्माताको नाम र दरखास्तवाला संस्था वा कम्पनी भए त्यस्तो संस्था वा कम्पनीको दर्ता नम्बर, मिति र कार्यालय : ४. निर्देशकको नाम : ५. मुख्य कलाकारको नाम : ६. चलचित्रको, (क) लम्बाइ, (ख) रिल सङ्ख्या, (ग) एकथान भिडियो कपी, (घ) विदेशमा निर्माण गरेको चलचित्रको सम्बन्धमा वितरणसम्बन्धी अधिकारपत्र । ७. पैठारी गरी ल्याइएको भए मिति : ८. अन्य कुरा : ९. दरखास्तवालाले दरखास्त साथ देहायका कागजातहरू संलग्न गर्नु पर्नेछ : (क) स्वदेशी वा विदेशी चलचित्र दुबैको हकमा बोर्डको सिफारिसपत्र, (ख) विदेशी चलचित्र भए देहायका कुराहरू समेत समावेश गर्नु पर्नेछ :
√ पहिलो संशोधनद्वारा संशोधित । ≥ पहिलो संशोधनद्वारा थप ।
(१) नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा अनुवाद गरिएको कथा, पटकथा, संवाद सहितको स्क्रिप्ट, (२) निर्माता, निर्देशक, मुख्य कलाकार तथा प्राविधिकहरूको नामावली, (३) चलचित्रको पोस्टर तथा शो कार्ड, (४) सम्बन्धित मुलुकको अधिकार प्राप्त निकाय वा अधिकारीले चलचित्र जाँच गरी जारी गरेको चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि।
दरखास्तवालाको, दस्तखत : नाम : ठेगाना : मिति :*