चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३० नेपाल राजपत्रमा प्रकाशित मिति
२०३०।११।२१
संशोधन १. चितवन राष्ट्रिय निकुञ्ज (पहिलो संशोधन) नियमावली, २०४६ २०४६।२।१६ २. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी केही नियमहरूलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।१।३०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३०” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनु पर्छ । (ख) “निकुञ्ज वा राष्ट्रिय निकुञ्ज” भन्नाले चितवन राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ । (ग) “संरक्षक (वार्डन)” भन्नाले नेपाल सरकारबाट नियुक्त भएको राष्ट्रिय निकुञ्जको मुख्य अधिकृत सम्झनु पर्छ ।
३. राष्ट्रिय निकुञ्जको सिमाना: राष्ट्रिय निकुञ्जको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घोषित गरिए बमोजिम हुनेछ ।
४. निकुञ्जभित्र प्रवेश: (१) निकुञ्जभित्र प्रवेश गर्न चाहने व्यक्तिले अनुसूची-१ मा लेखिए बमोजिम दस्तूर बुझाउनु पर्नेछ र त्यस्तो दस्तूर बुझाउने व्यक्तिलाई संरक्षक वा सो कामको लागि नेपाल सरकारले तोकेको कुनै कर्मचारीले अनुसूची-२ बमोजिमको प्रवेशपत्र दिनेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १९ बमोजिम बाटोको सुविधा प्रयोग गर्ने व्यक्तिहरूले सम्बन्धित प्रवेश चौकीबाट अनुमति लिई निकुञ्जभित्रबाट हिँडेकोमा कुनै दस्तूर तिर्नु पर्ने छैन ।
(३) निकुञ्जको अध्ययन भ्रमण गर्न चाहने कुनै व्यक्ति, शिक्षण संस्था वा अन्य कुनै संस्थाको टोलीलाई संरक्षकले अनुसूची-२क. बमोजिमको निःशुल्क प्रवेशपत्र दिन सक्नेछ ।
५. निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने: प्रवेशपत्र लिई वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई निकुञ्जभित्र कुनै किसिमको हानी नोक्सानी भएमा वा चोटपटक लागेमा वा निजको मृत्यु भएमा समेत त्यस्तो हानी नोक्सानी चोटपटक वा मृत्यु भए बापत क्षतिपूर्तिको निमित्त नेपाल सरकार जिम्मेवार हुने छैन ।
६. निकुञ्जभित्र गर्न निषिद्ध गरिएका कार्यहरू: (१) संरक्षक (वार्डन) वा सो कामको लागि नेपाल सरकारबाट अधिकार प्राप्त कर्मचारीको लिखित अनुमति नलिई कुनै व्यक्तिले पनि निकुञ्जभित्र देहायका कामहरू गर्न पाउने छैन:- (क) जुनसुकै प्रकारको घर, छाप्रो, आश्रम वा आकार बनाउन वा भोग गर्न, (ख) कुनै भू-भाग कब्जा गर्न, फाँड्न वा आबाद गर्न, (ग) घर पालुवा पशु वा पंक्षी चराउन वा तिनिहरूलाई पानी खुवाउन, (घ) रुख, बिरुवा, झारी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न, छाट्न वा वन पैदावार सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरू कुनै किसिमले हानी पुर्याउन, (ङ) क्याम्प गर्न भनी छुट्याइएको स्थान बाहेक अन्यत्र रात बिताउन वा क्याम्प गर्न, (च) क्याम्प गर्न छुट्याइएको स्थान वा संरक्षक (वार्डन) ले तोकिदिएको स्थान बाहेक अन्य स्थानमा आगो बाल्न, (छ) नियम १९ बमोजिम तोकिएको बाटो बाहेक अन्य बाटो वा ठाउँबाट कुनै घर पालुवा पशु लैजान वा हिँडाउन ।
७. साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरू: संरक्षक (वार्डन) को लिखित अनुमति बिना कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेश गर्दाथ वा रहँदा वा नियम १९ अन्तर्गत तोकिएको बाटोबाट हिँड्दा देहायका चिज वस्तुहरू साथमा लैजान वा राख्न पाउने छैन:- (क) हातहतियार वा खरखजाना, (ख) विष्फोटक पदार्थ वा त्यसका साधनहरू,
पहिली संशोधनद्वारा संशोधित ।
(ग) आखेटोपिहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु, (घ) धनुषवाण, खोर, धराप, पासो जाल वा बिप ।
८. जिम्मेवार हुने: कसैले निकुञ्जको सिमानाभित्र वा बाहिरबाट आगो शुरु गरी निकुञ्जभित्रको वनस्पति, झारपात वा कुनै अन्य चीज वस्तुलाई क्षति पुर्याएमा त्यस्तो क्षति बापत आगो सल्काउने वा शुरु गर्ने व्यक्ति जिम्मेवार हुनेछ ।
९. शिकार गर्न र चराहरूका गुँड हटाउन वा बिगार्न नहुने: निकुञ्जको हितको लागि उपयुक्त हुने काम गर्न वा वैज्ञानिक अनुसन्धानको निमित्त नमूना सङ्कलन गर्न ऐन अन्तर्गत इजाजत प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षक (वार्डन) को लिखित अनुमति प्राप्त नगरी कुनै पनि व्यक्तिले निकुञ्जभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्न, मार्न, पक्रन, लखेट्न, तर्साउन वा चोटपटक पुर्याउन वा कुनै पनि पंक्षीहरूका फूल वा गुँड हटाउन, टुकाउन, बिगार्न वा खलबल्याउन हुँदैन ।
१०. माछा मार्न अनुमति लिनु पर्ने: (१) संरक्षक (वार्डन) वा सो कामको निमित्त नेपाल सरकारले तोकेको कुनै कर्मचारीले तोकिदिएको शर्त पालना गर्ने गरी अनुसूची-१ मा लेखिए बमोजिम दस्तूर बुझाएमा मात्र निकुञ्जभित्र रहेको खोला वा पोखरीमा माछा मार्न सकिनेछ । (२) निकुञ्जको सिमानामा पर्ने राप्ती, नारायणी र ररउ नदीहरूमा भने सो नदीको वरपर बस्ने व्यक्तिहरूले मात्र अनुसूची-१ मा तोकिएको दस्तूर बुझाई माछा मार्न सक्नेछन् ।
११. नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने: (१) नेपाल सरकारको स्वीकृति नलिई कुनै पनि व्यक्तिले निकुञ्जभित्र माटो, ढुंगा, बालुवा वा अन्य कुनै खनिज पदार्थ खोज्न, खन्न वा हटाउन पाउने छैन । (२) कसैले निकुञ्जभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी गर्न सक्नेछ र त्यस्तोमा निजले गरेको अनुसन्धानको एकप्रति नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
१२. विज्ञापन टाँस्न वा राख्न नपाइने: ऐन अनुसार निकुञ्जभित्र स्थापित होटल, लज वा अन्य व्यावसायिक कारोबारको क्षेत्रहरूमा बाहेक निकुञ्जभित्र कुनै व्यक्तिले कुनै किसिमको चिनिपट, सूचनापट, विज्ञापन वा अन्य यस्तै किसिमका पोष्टरहरू राख्न पाउने छैन ।
१३. बाजााहरू बजाउन नपाइने: निकुञ्जभित्र स्थापित होटल, लज र अन्य यस्तै स्थानहरूमा बाहेक अन्यत्र रेडियो, टेप, रेकर्डिङ वा संगीतका यस्तै अन्य बाजााहरू बजाउन पाइने छैन ।
१४. फोहर मैला फाल्न नपाइने: कुनै पनि व्यक्तिले निकुञ्जभित्र फोहर मैला गर्ने वा फाल्न हुँदैन ।
१५. विषालु पदार्थ फ्याँक्न नपाइने: निकुञ्जभित्र वा निकुञ्जभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमका कीटनाशक विष वा रासायनिक पदार्थ वा लठ्याउने वा विषालु पदार्थ फ्याँक्न वा निकुञ्ज भएर बग्ने नदी, खोला वा पानीको अन्य कुनै श्रोतमा हाल्न वा छर्न वा निकुञ्जभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।
१६. निकुञ्जभित्र सवारी चलाउँदा पालन गर्नुपर्ने ततथ: निकुञ्जभित्र सवारीको साधन चलाउने व्यक्तिले देहायका कुराहरूको अधीनमा रही र मात्र सवारी चलाउनु पर्नेछ;– (क) पाँच टन भन्दा बढी वजनको सवारी चलाउन पाइने छैन, (ख) सवारीको साधन, पैदल यात्री वा अन्य वस्तुहरूको आवागमनमा बाधा पर्ने गरी सवारी चलाउन वा अड्याई राख्न हुँदैन । (ग) तोकिएको गति भन्दा बढी रफ्तारमा सवारी चलाउन वा हर्न बजाउन हुँदैन । (घ) नियम १९ को उपनियम (३) बमोजिम कुनै बाटो बन्द गरिएको अवस्थामा त्यस्तो बाटोबाट सवारी चलाउन हुँदैन ।
१७. इशारा संकेत मान्नु पर्ने: निकुञ्जको क्षेत्रभित्र सबै सवारी चालकले निकुञ्जको कर्मचारीले गरेको इशारा वा संकेतलाई वा त्यस्तो इशारा वा संकेत जनाउनको लागि राखिएको कुनै चिन्हपट बमोजिम सवारी चलाउनु पर्नेछ ।
१८. आवागमनमा प्रतिबन्ध: होटल, लज वा तोकिएको क्याम्प स्थानमा बाहेक संरक्षक (वार्डन) को लिखित अनुमति बिना सूर्यास्तदेखि सूर्योदयसम्म निकुञ्जभित्र पस्न, हिँडडुल गर्नु हुँदैन ।
१९. बाटोको सुविधा: (१) निकुञ्जभित्र अनुसूची-५ मा तोकिए बमोजिमको बाटोबाट पैदल यात्रा गर्नु वा सवारी साधन चलाउन सुविधा हुनेछ । (२) उपनियम (१) बमोजिमको बाटो संरक्षक (वार्डन) ले चिन्हो लगाई तोकिदिएको ठाउँबाट मात्र उपयोग गर्नु पर्नेछ र संरक्षक (वार्डन) को लिखित अनुमति
बिना कुनै पनि अवस्थामा कुनै व्यक्तिले त्यस्तो बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन । (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा ले लेखिएको भएता पनि प्रतिकूल मौसममा त्यस्तो कुनै बाटो बन्द गर्न संरक्षक (वार्डन) ले उपयुक्त ठानेमा मौसम अनुकूल नहुन्जेलसम्म बन्द गर्न सक्नेछ ।
२०. दस्तूर बुझाउनु पर्ने: (१) निकुञ्जभित्र देहायको काम कुरा गरे बापत अनुसूची-१ मा तोकिएको दस्तूर बुझाउनु पर्नेछ: - (क) सवारी चलाएकोमा, (ख) क्याम्प गरेकोमा, (ग) निकुञ्जको गाइडको सेवा उपलब्ध गरेकोमा, (घ) घर पालुवा जन्तु आफ्नो साथ लगेकोमा, *(ङ) खर कटानी काट्न । (२) उपनियम (१) बमोजिम दस्तूर बुझाउने व्यक्तिलाई अनुसूची- ४ बमोजिमको रसिद दिइनेछ । *(३) उपनियम (१) मा जुनसुकै कुरा ले लेखिएको भएता पनि नियम ४ को उपनियम (३) बमोजिम निःशुल्क प्रवेशपत्र पाउने कुनै व्यक्ति, शिक्षण संस्था वा अन्य कुनै संस्थाको टोलीलाई सवारी चलाए बापत अनुसूची-१ बमोजिमको दस्तूर लाग्ने छैन ।
२१. सवारीको साधन वा वस्तु पक्राउ गरिने: यस नियमावली बमोजिम निकुञ्जभित्र सुविधा दिइएको बाहेक अन्य बाटोबाट कुनै सवारीको साधन वा घर पालुवा जीवजन्तु हिँडाएको भेटिएमा संरक्षक (वार्डन) ले तोकिदिएको दर्जाको निकुञ्जको कर्मचारीले पक्रि सम्बन्धित अधिकारीको समक्ष कारबाहीको लागि बुझाउनेछ ।
२२. गिरफ्तार गर्न सकिने: (१) संरक्षण (वार्डन) बाट वारेन्ट प्राप्त गरी सहायक संरक्षक (असिस्टेन्ट वार्डन) वन्यजन्तु गार्ड वा निकुञ्जका अन्य कर्मचारीहरूले ऐनको विरूद्धलाप काम गरेको आरोपमा कुनै व्यक्तिलाई गिरफ्तार गर्न वा त्यस्तो व्यक्तिको मालसामान वा सवारीको साधनको खानतलासी लिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अभियुक्त भागी जाने अवस्था भएमा भने बिना वारेन्ट पनि अभियुक्तलाई पक्राउ गर्न वा निजको सरसामान वा सवारीको खानतलासी लिन सकिनेछ ।
२३. सरकारी कामको लागि निकुञ्जक्षेत्र प्रवेशमा छुट: यस नियमावलीमा लेखिएको कुनै कुराले पनि राष्ट्रिय निकुञ्ज वा अन्य कुनै सरकारी कार्यालयका कुनै कर्मचारीलाई आफ्नो कार्यालय वा अन्य कुनै सरकारी कार्यालयको आदेशानुसार कुनै सरकारी काम कारबाही कार्यान्वयन गर्नको लागि निकुञ्जक्षेत्र कुनै समयमा पनि प्रवेश गर्न बाधा पुर्याएको मानिने छैन ।
२३क. अधिकार प्रत्यायोजन गर्न सक्ने: संरक्षकले नियम ४ को उपनियम (३) र नियम १८ बमोजिम आफूलाई प्राप्त अधिकार सहायक संरक्षक वा रेन्जरलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२४. अनुसूचीमा संशोधन गर्न सकिने: नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीको अनुसूचीहरूमा थपघट वा फेरफेर गर्न सक्नेछ ।
२५. मुद्दा गर्ने अधिकारी: (१) ऐन र यस नियमावली अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ । (२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक र निज नभएकोमा रेन्जरलाई हुनेछ:- (क) पाँच सय रुपैयाँसम्म मोल पर्ने वन पैदावार अनियमित ढंगबाट हटाएमा, काटेमा वा चोरेमा, (ख) प्रवेशपत्र वा अनुमति नलिई निकुञ्जक्षेत्र प्रवेश गरेमा, (ग) घरपालुवा जीवजन्तु वा पंक्षी निकुञ्जमा चराएमा वा पानी खुवाएमा, (घ) छुट्याइएको क्याम्प, स्थान वा संरक्षकले (वार्डन) तोकिदिएको स्थान बाहेक अन्यत्र रात बसेमा, क्याम्प गरेमा वा आगो बालेमा, (ङ) तोकिएको बाटो बाहेक अन्य ठाउँबाट घरपालुवा जीवजन्तु हिँडाएमा, (च) नियम १० को बर्खिलाप माछा मारेमा,
(छ) नियम १२ को बर्खिलाप कुनै चिन्हपट, सूचनापट, विज्ञापन, वा पोष्टरहरू राखेमा वा टाँसेमा, (ज) नियम १३ को बर्खिलाप कुनै बाजा बजाएमा, (झ) नियम १४ को बर्खिलाप फोहर मैला गरेमा, (ञ) नियम १६ र १७ को बर्खिलाप हुने गरी सवारी चलाएमा, (ट) सूर्यास्तदेखि सूर्योदयसम्म बिना अनुमति निकुञ्जभित्र प्रवेश गरेमा वा हिँडडुल गरेमा, (ठ) नियम १९ को बर्खिलाप कुनै बाटो वा ठाउँमा हिँडेमा ।
*अनुसूची-१ (नियम ४, १० र २० सँग सम्बन्धित) दस्तूर
(५ टनसम्म) को लागि (ख) मोटरसाइकल, बयलगाडा र टाँगाको लागि २०।- (२) व्यावसायिक जङ्गल ड्राइभ कार ३,०००।- जीप ५,०००।- (३) सुविधा प्राप्त बाटो बाहेक अन्य बाटोको लागि मोटर इञ्जिन जडान भएको सवारी साधनको लागि १,०००।- (४) हेलिकप्टर अवतरण / Hovering समेत (प्रत्येक पटकको लागि) ७,५००।-
(छ) तालीम प्राप्त पञ्जीकृत गाइडले निकुञ्जभित्र गाइड सेवा उपलब्ध गराए बापत प्रति गाइड प्रति वर्ष गाइड शुल्क बापत २,०००।-
(ज) भरतपुर महानगरपालिका, मार्डी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रमा बस्ने ठोरी र निर्मितबस्तीका स्थानीय बासिन्दाहरुको आगमनमा प्रयोग हुने सार्वजनिक, निजी र आकस्मिक सेवाका सवारी साधनमा अनुसूची-१ को खण्ड (च) को देहाय (१) मा उल्लिखित दस्तूर लाग्ने छैन ।
(झ) सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन दस्तूरः कायम गरिएको दस्तूर (रु.) नेपाली नागरिकलाई रु. १०,०००।- सार्क मुलुकका नागरिकलाई रु. ५०,०००।- अन्य राष्ट्रका नागरिकलाई यू.एस. डलर १,५००।- बराबरको नेपाली रुपैयाँ
द्रष्टव्यः ड्रोनको प्रयोग गरी सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कन गर्दा यसको अतिरिक्त थप २५(पच्चीस) प्रतिशत शुल्क लाग्नेछ । छायाङ्कन टोलीका साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउनेछ ।
(ञ) डकुमेन्ट्री बाहेक अन्य प्रयोजनको लागि ड्रोनको प्रयोग गर्दा प्रचलित प्रक्रिया पुरा गरेपछि सिनेमा (डकुमेन्ट्री, फिल्म) छायाङ्कनको लागि तोकिएको दस्तूर लाग्नेछ ।
द्रष्टव्यः
(क) उल्लिखित दस्तूरमा मूल्य अभिवृद्धि कर समावेश भएको छ ।
(ख) रीतपूर्वकको प्रवेशपत्रबाहिरकालाई मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ।
(ग) घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लै जाँदा दस्तूर लाग्ने छैन ।
(घ) खरखडाई पूजीको म्याद तीन दिनको हुनेछ।
(ङ) गाइडशुल्क बुझाउने गाइडलाई निकुञ्ज प्रवेश दस्तूर लाग्ने छैन ।
(च) व्यावसायिक जङ्गल ड्राइभमा प्रयोग गरिने सवारी साधनमा देहायको सङ्ख्या भन्दा बढी पर्यटक राख्न पाइने छैनः-
(क) कार-४जना (ड्राइभर र गाइडबाहेक) ।
(ख) जीप-१०जना (ड्राइभर र गाइड बाहेक) ।
(छ) प्रवेशपत्र वा अनुमतिपत्र नलिई राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तूरमा शत प्रतिशत अतिरिक्त दस्तूर लिई प्रवेशको अनुमति दिइनेछ ।
(ज) उद्धारको लागि खटिएको हेलिकप्टरलाई शुल्क लाग्ने छैन ।
अनुसूची-२ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग चितवन राष्ट्रिय निकुञ्ज प्रवेशपत्र
सि.नं.:- ..... मिति:- ......
१. प्रवेशपत्र लिन व्यक्ति को नाम, थर, वतन:- २. नागरिकता:- ३. प्रवेशद्वार:- ४. प्रवेश दस्तुर:- ५. प्रवेशपत्र प्रदान गरेको मिति:-
प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
द्रष्टव्य: १. प्रवेशपत्र हस्तान्तरण गर्न पाइने छैन । २. निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिको चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३० को पालना गर्नु पर्नेछ ।
*अनुसूची-२क (नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार वन तथा भू-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग चितवन राष्ट्रिय निकुञ्ज नि:शुल्क प्रवेशपत्र
सि.नं.:- ..... मिति:- ......
(१) प्रवेशपत्र लिने व्यक्ति वा संस्थाको नाम, ठेगाना:- (२) प्रवेश गर्ने व्यक्तिको संख्या:- (३) प्रवेशद्वार:- (४) प्रवेश गराउनुको उद्देश्य:- (५) गाडी नं.:- (६) प्रवेशपत्र बहाल रहने अवधि:-
प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
अनुसूची-३ (नियम १० सँग सम्बन्धित) नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय चितवन राष्ट्रिय निकुञ्ज अनुमतिपत्र सि.नं.:- .....
१. अनुमतिपत्र प्राप्त व्यक्तिको नाम, थर: ............... २. अनुमतिपत्र प्राप्त व्यक्तिको ठेगाना: ........................... (क) स्थायी: ............................. (ख) अस्थायी: .......................... ३. अनुमतिपत्र प्राप्त व्यक्तिको नागरिकता: .............................. ४. माछा मार्न पाइने खोला वा पोखरीको नाम वा त्यसको खण्ड वा हिस्साको विवरण:.. ५. अनुमतिपत्र बहाल रहने दिन वा अवधि: .................................. ६. अनुमतिपत्र बापत बुझाएको दस्तूर: ........................................
अनुमतिपत्र प्रदान गर्ने अधिकारिको दस्तखत: ....... अनुमतिपत्र प्रदान गर्ने अधिकारीको दर्जा: ..... मिति: .....
द्रष्टव्य: यो अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिले संरक्षक (वार्डन) वा सो कामको निमित्त नेपाल सरकारले तोकेको कर्मचारीले तोकेको शर्तको अधीनमा रही माछा मार्नु पर्नेछ ।
अनुसूची-४ (नियम २० सँग सम्बन्धित) नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय चितवन राष्ट्रिय निकुञ्ज सवारी, घर पालुवा जीवजन्तुको दस्तुर बुझाएको रसिद
नाम र थर ................................. वतन ............................................ सवारी/घर पालुवा जीवजन्तुको किसिम .................................................. सवारी नम्बर ................................................................................... दस्तुर ......................................................................................... बुझाउनेको सही .........................................................
दस्तुर बुझिलिनेको सही ........
द्रष्टव्य: (१) यो रसिद आफूले राष्ट्रिय निकुञ्जको क्षेत्र छाड्ने ठाउँको तगारो वा चौकीमा बुझाउनु पर्छ । (२) सवारी चलाउने वा घर पाल्तु जीवजन्तु निकुञ्जको क्षेत्रबाट लै जाने व्यक्तिले चितवन राष्ट्रिय निकुञ्ज नियमावली, २०३० को पालना गर्नु पर्नेछ ।
अनुसूची-५ (नियम १९ सँग सम्बन्धित)
(क) सवारी साधन र पैदल यात्रीको लागि बाटाहरू:- (१) सोराह ................................ जयमङ्गला, (२) घटगाई ................................ पौवा, (३) $\square$ कसरा पुल देखि ध्रुवघाट ................................. वनकट्टा, (४) भोसरघाट .............................. लोखानी, $\circ$ (५) मार्डीको बगाई देखि अमुवा ...........ठोरी,
(ख) पैदल यात्रीको लागि मात्र:- भीमपुर ......................... सिस्नेठाँटी ....................... अमुवा ।
$\square$ मिति २०७४।०७।२३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित । $\circ$ मिति २०७४।०७।२३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।