नेपाल राजपत्रमा प्रकाशित मिति
२०३४।४।१०
संशोधन
१. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) (पहिलो संशोधन) नियमावली, २०६४ २०६५।२।१३
२. जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) (दोस्रो संशोधन) नियमावली, २०७५ २०७५।६।८
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यो नियमहरूको नाम "जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४" रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा-
(क) "ऐन" भन्नाले जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ सम्झनु पर्छ ।
(ख) "सूचक" भन्नाले ऐन बमोजिम व्यक्तिगत घटनाको सूचना दिने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ ।
३. पंजिकाधिकारी (रजिष्ट्रार) को काम र कर्तव्यः यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम र कर्तव्यको अतिरिक्त पंजिकाधिकारीको काम र कर्तव्य देहायबमोजिम हुनेछ;-
(क) स्थानीय पंजिकाधिकारीहरूलाई व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा निर्देशन दिने,
(ख) स्थानीय पंजिकाधिकारीहरूले यथा समयमा व्यक्तिगत घटना दर्ता नगरी वा दर्ताको प्रमाणपत्र नदिई सूचकलाई अनावश्यक तवरले झुल्याई राखेको छ भनी निजहरू उपर पर्न आएको उजूरीमा आवश्यक कारबाही गर्ने,
(ग) दर्ता भई सकेको व्यक्तिगत घटनाको विवरण सच्याउने र दर्ता भइसकेको नाम फेर्ने सम्बन्धमा स्थानीय पंजिकाधिकारीलाई अनुमति दिने,
(घ) स्थानीय पंजिकाधिकारीको कार्यालयले पठाइने व्यक्तिगत घटना दर्ताको मासिक विवरण सम्बन्धी फारामको ढाँचा तोकिदिने,
(ङ) व्यक्तिगत घटनाको दर्ताको तथ्याङ्क सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(च) व्यक्तिगत घटनाको दर्ताको सम्बन्धमा वार्षिक प्रतिवेदन तयार पारी नेपाल सरकारमा पेश गर्ने,
(छ) व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा ऐन र नियमको उद्देश्य कार्यान्वयन गर्न आवश्यक काम कारवाही गर्ने ।
४. परिवारको लगतः (१) व्यक्तिगत घटना दर्ता गर्ने प्रयोजनको लागि परिवारको लगत तयार पार्न नेपाल सरकारले आवश्यक कर्मचारी खटाई अनुसूची-१ बमोजिमको ढाँचामा परिवारको लगत तयार गर्न लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको परिवारको लगत पंजिकाधिकारीको कार्यालयमा राखिने छ र नियम १३ बमोजिम स्थानीय पंजिकाधिकारीले पठाएको व्यक्तिगत घटना दर्ताको मासिक विवरण अनुसार सम्बन्धित परिवारको लगतमा आवश्यकता अनुसार थपघट गरिनेछ ।
५. व्यक्तिगत घटनाको सूचना दिनेः (१) सूचकले देहायको व्यक्तिगत घटनाको सूचना ऐनमा तोकिएको म्याद भित्र देहायको अनुसूची बमोजिमको फाराम भरी स्थानीय पंजिकाधिकारीको कार्यालयमा दिनु पर्नेछः-
(२) जन्मको सूचना दिंदा बच्चाको नामकरण भइसकेको नभए त्यस्तो बच्चाको नाम पछि दर्ता गराउन सकिनेछ ।
(३) उपनियम (१) बमोजिमको फाराम सूचकलाई निःशुल्क उपलब्ध गराइनेछ ।
६. व्यक्तिगत घटना दर्ताः नियम ५ बमोजिमको सूचना प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले ऐनबमोजिम गर्नु पर्ने काम गरी देहायको व्यक्तिगत घटनाको सूचना देहायको अनुसूची बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछः-
७. दर्ताको प्रमाणपत्र दिनेः नियम ६ बमोजिम व्यक्तिगत घटनाको सूचना दर्ता गरी सकेपछि स्थानीय पंजिकाधिकारीले देहायको व्यक्तिगत घटनाको सूचना दिने सूचकलाई देहायको अनुसूची बमोजिमको दर्ताको प्रमाणपत्र दिनु पर्नेछ;-
८. प्रमाणपत्रको नक्कल दिनेः (१) व्यक्तिगत घटनाको दर्ताको प्रमाणपत्र हराएमा वा कुनै प्रकारले नष्ट भएमा त्यस्तो प्रमाणपत्रको नक्कलको लागि सरोकारवाला व्यक्तिले स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले सम्बन्धित दर्ता किताबको कैफियत महलमा दर्ताको प्रमाणपत्रको नक्कल दिएको व्यहोरा जनाई मिति समेत हाली सही गरी पाँच रुपैयाँ दस्तूर लिई निवेदकलाई दर्ताको प्रमाणपत्रको नक्कल दिनु पर्नेछ ।
९. विवरण सच्याउनेः (१) दर्ता भई सकेको व्यक्तिगत घटनाको विवरण कुनै कारणले सच्याउनु परेमा त्यस्तो कारण खोली सम्बन्धित प्रमाणपत्र नत्थी गरी सरोकारवाला व्यक्तिले स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले पंजिकाधिकारीको अनुमति लिई सम्बन्धित दर्ता किताबमा र प्रमाणपत्रमा समेत निवेदन बमोजिम सच्याउनु पर्ने कुरा सच्याई दिनु पर्नेछ । त्यसरी दर्ता भई सकेको विवरण सच्याउँदा एक रुपैयाँ दस्तुर लाग्नेछ ।
१०. बच्चाको नाम दर्ता गर्ने र दर्ता भइसकेको नाम फेर्नेः (१) नियम ५ को उपनियम (२) बमोजिम बच्चाको नाम दर्ता गराउन सरोकारवाला व्यक्तिले सम्बन्धित प्रमाणपत्र नत्थी गरी स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भए पछि स्थानीय पंजिधिकारीले सम्बन्धित दर्ता किताबमा निवेदनमा लेखिए बमोजिमको नामदर्ता गरी मिति समेत हाली सही गरी प्रमाणपत्रमा पनि नाम जनाइदिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नाम दर्ता गरेको कुराको जानकारी स्थानीय पंजिकाधिकारीले तुरुन्त पंजिकाधिकारीको कार्यालयलाई दिनु पर्नेछ ।
(४) कुनै व्यक्तिको पहिले दर्ता भई सकेको नाम फेर्नु परेमा त्यसको कारण खोली सम्बन्धित प्रमाणपत्र नत्थी गरी सरोकारवाला व्यक्तिले सम्बन्धित स्थानीय पंजिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय पंजिकाधिकारीले पंजिकाधिकारीको अनुमति लिई सम्बन्धित दर्ता किताबको कैफियत महलमा फेरिएको नाम लेखि मिति समेत हाली सही गरी प्रमाणपत्रमा समेत फेरिएको नाम लेखि दिनु पर्नेछ । त्यसरी दर्ता भई सकेको नाम फेर्दा एक रुपैयाँ दस्तुर लाग्नेछ ।
११. दर्ता किताबको निरीक्षणः सरोकारवाला व्यक्तिले व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न निवेदन दिएमा स्थानीय पंजिकाधिकारीले एक रुपैयाँ निरीक्षण दस्तुर लिई आफ्नो रोहवरमा दर्ता किताब निरीक्षण गर्न दिन सक्नेछ ।
१११क. दस्तुर वापत प्राप्त रकम कोषमा जम्मा गर्नेः (१) ऐनको दफा १३ बमोजिम प्राप्त हुने जरिवाना रकम बाहेक ऐन र यस नियमावली बमोजिम प्राप्त हुने दस्तुर तथा अन्य रकमहरू सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको कोषमा जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जम्मा भएको रकम व्यक्तिगत घटना दर्तासंग सम्बन्धित कार्यमा खर्च गरिनेछ ।
१ पहिलो संशोधनद्वारा थप ।
१२. निवेदन दिने सम्बन्धमाः (१) ऐन तथा यस नियमावली बमोजिम सरोकारवाला व्यक्तिले निवेदन दिन आउँदा त्यस्तो व्यक्ति लेखपढ गर्न नजान्ने भए निजले भने बमोजिम स्थानीय पंजिकाधिकारीले आफैंले लेखी वा लेख्न लगाई निजको ल्याप्चे सहीछाप गराउनु पर्नेछ ।
(२) ऐन वा यस नियमावली बमोजिम निवेदन दिंदा कुनै दस्तुर लाग्ने छैन ।
१३. मासिक विवरण पठाउनु पर्नेः स्थानीय पंजिकाधिकारीको कार्यालयले पंजिकाधिकारीले तोकी दिएको ढाँचा बमोजिमको फाराममा व्यक्तिगत घटना दर्ताको मासिक विवरण अर्को महिनाको पहिलो हप्ता भित्र पंजिकाधिकारीको कार्यालयमा पठाउनु पर्नेछ ।
१४. अभिलेख राख्नु पर्नेः पंजिकाधिकारीको कार्यालयले नियम १३ बमोजिम प्राप्त हुन आएको विवरण संकलन एवं विश्लेषण गरी व्यक्तिगत घटना दर्ताको अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।
१५. अनुसूचीमा हेरफेरः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आवश्यकता अनुसार अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।
(नियम ४ सँग सम्बन्धित)
नेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
केन्द्रीय पञ्जीकरण विभाग
स्थानीय पञ्जिकाधिकारीको कार्यालय
.......... वडा नं., .......... गाउँपालिका/महा/उपमहा/नगरपालिका ......... जिल्ला,
........... प्रदेश
परिवारको लगत नं. :
📖 दोस्रो संशोधनद्वार संशोधित ।
(नियम ५ सँग सम्बन्धित)
(सूचकले भर्ने)
श्री स्थानीय पञ्जीकाधिकारीज्यू,
वडा नं. ............., ....................गा. पा./न.पा.
..........................जिल्ला, ...................................प्रदेश
महोदय,
निम्न लिखित विवरण खुलाई नवजात शिशु जन्मको सूचना दिन आएको छु । कानून अनुसार जन्म दर्ता गरी पाँऊ ।
१. नवजात शिशुको विवरण
पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
जन्म मितिः वि.सं. मा (साल-महिना-गते) [ ] ई.सं. मा(गते-महिना-साल) [ ]
शिशु जन्मेको ठाउँः घर ▫ स्वास्थ्य-संस्था ▫ अस्पताल ▫ अन्य ▫
लिङ्गः पुरुष ▫ महिला ▫ अन्य ▫
शिशु जन्मेको ठेगाना
प्रदेशः [ ] गा.पा./न.पा. [ ] वडा नं. [ ]
विदेशमा जन्मेको भएमा ठेगाना (नेपालीमाः देश, प्रदेश, स्थानीय ठेगाना):
[ ]
📖 दोस्रो संशोधनद्वार संशोधित ।
विदेशमा जन्मेको भएमा ठेगाना (In English: District, Province/State, Local Address):
[ ]
जन्मको किसिमः ▫ एकल ▫ जुम्ल्याहा ▫ तिम्ल्याहा वा सो भन्दा बढी
शिशु जन्मदाको तौलः ग्राममा __________ ▫ थाहा नभएको (तौल नलिएको)
शिशु जन्मदा मद्दत गर्ने व्यक्तिः ▫ डाक्टर ▫ नर्स/अनमी ▫ परम्परागत सुडिनी ▫ तालिम प्राप्त सुडिनी ▫ घरपरिवारका सदस्य ▫ अन्य खुलाउने ______________
अपाङ्गता (भएमा खुलाउने) [ ]
२. नवजात शिशुको बाजेको विवरण
पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
३. नवजात शिशुको बाबु आमाको विवरण
बाबुको नामःपहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
Father's Name: First Name [ ] Middle Name [ ] Surname [ ]
आमाको नामः पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
Mother's Name: First Name [ ] Middle Name [ ] Surname [ ]
यसमा लेखिएको विवरण साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहीछाप गर्ने सूचकको विवरण :
पहिलो नाम [ ] बीचको [ ] नाम थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
नवजात शिशुसँगको नाता [ ]
नागरिकता (स्वदेशी भएमा)
नागरिकता प्रमाणपत्र नं./ परिचय पत्र नं. [ ]
विदेशी भएमा (नेपालीमा)ःराहदानी नं. [ ]
जारी गर्ने देशको नाम [ ]
विदेशी भएमा(अङ्ग्रेजीमा)ःराहदानी नं. [ ]
जारीदेशको नाम (अङ्ग्रेजीमा) [ ]
फाराम भरेको मिति (साल-महिना-गते) [ / / ]
(स्थानीय पञ्जीकाधिकारीले भर्ने)
संलग्न गर्नुपर्ने कागजात
१. बाबु वा आमाको नागरिकताको प्रतिलिपि;
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण;
४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज;
५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण;
६. भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण;
७. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।
(नियम ५ सँग सम्बन्धित)
(सूचकले भर्ने)
श्री स्थानीय पञ्जीकाधिकारीज्यू,
वडा नं. ................, .................गा.पा./ न.पा.
.................जिल्ला, ................................... प्रदेश
महोदय,
निम्न लिखित विवरण खुलाई मृतकको सूचना दिन आएको छु । कानून अनुसार मृत्यु दर्ता गरी पाऊँ ।
१. मृतकको विवरण
पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
परिचय पत्र नं. [ ]
लिङ्गः पुरुष ▫ महिला ▫ अन्य ▫
जन्म मितिः वि.सं. मा(साल-महिना-गते [ ] ई.सं. माः (गते-महिना-साल [ ]
मृत्यु भएकोः वि.सं. मा(साल-महिना-गते [ ] ई.सं. माः (गते-महिना-साल) [ ]
मृत्यु भएको स्थानः घर▫ अस्पताल▫ अन्य▫
मृत्यु चिकित्सकबाट प्रमाणित छ ▫ छैन ▫
📖 दोस्रो संशोधनद्वार संशोधित ।
यदि छ भने प्रमाणपत्रमा उल्लेख मृत्युको कारण [ ]
मृत्यु भएको ठेगाना(विदेशमा भएमा देश र स्थानीय ठेगाना) [ ]
२. मृतकको ठेगाना
प्रदेश [ ] गा.पा. [ ] व[ ]
घर नं. [ ] सडक/म[ ] गा[ ]
३. मृतकको अन्य विवरण
नागरिकता प्रमाणपत्र नं./जारी गर्ने जिल्ला/जारी मिति/परिचयपत्र नं. [ ]
विदेशी भएमा राहदानी नं., जारी गर्ने देश र जारी मिति [ ]
पूर्व वैवाहिक स्थितिःविवाहित ▫अविवाहित ▫विधुवा/विदुर ▫पारपाचुके ▫छुट्टिएर बसेको▫
शैक्षिक स्तर [ ] पेशा [ ] धर्म [ ] जातजाति [ ]
बाजेको पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
Grand Father's First Name [ ] Middle Name [ ] Surname [ ]
बाबुको पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
Father's First Name [ ] Middle Name [ ] Surname [ ]
आमाको पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
Mother's First Name [ ] Middle Name [ ] Surname [ ]
४. मृतक विवाहित भएमा
पति/पत्नी को नाम उल्लेख गर्ने । (मृत्यु भएकाको समेत)
५. सूचकको विवरण
यसमा लेखिएको विवरण साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सही छाप गर्ने सूचकको विवरण :-
पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
मृतकसँगको नाता [ ]
नागरिकता (स्वदेशी भएमा)
नागरिकता प्रमाणपत्र नं./ परिचय पत्र नं. [ ]
विदेशी भएमा (नेपालीमा)ःराहदानी नं. [ ]
विदेशी भएमा (अङ्ग्रेजीमा)ः राहदानी नं. [ ]
फाराम भरेको मिति (साल-महिना-गते) [ ]
स्थानीय पञ्जीकाधिकारीले भर्ने :-
संलग्न गर्नुपर्ने कागजातहरू
१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (मानागरिकता बनेको भए)
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
(नियम ५ सँग सम्बन्धित)
(सूचकले भर्ने)
[दुलाहाको फोटो] [दुलहीको फोटो]
श्री स्थानीय पञ्जीकाधिकारीज्यू,
वडा नं. ..........., ...................... गा. पा. / न.पा.
.............. जिल्ला, ................... प्रदेश
महोदय,
निम्न लिखित विवरण खुलाई विवाहको सूचना दिन आएको छु । कानून अनुसार विवाह दर्ता गरी पाऊँ ।
१. विवाहको विवरण
विवाहको किसिमः सामाजिक परम्परा अनुसार ▫ विवाह दर्ता ऐन, २०२८ अनुसार ▫
मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार ▫
विवाह भएको मितिः वि.सं. मा (साल-महिना-गते) [ ]
विवाह सम्पन्न भएको स्थान
प्रदेश [ ] गा. पा./न.पा. [ ]
वडा नं. [ ] मार्ग [ ] गाउँ [ ]
घर नं. [ ]
विदेशमा विवाह भएमा (नेपालीमाः देश,प्रदेश, स्थानीय ठेगाना)
[ ]
📖 दोस्रो संशोधनद्वार संशोधित ।
विदेशमा विवाह भएमा ठेगाना (In English:District, Province/State, Local Address)
[ ]
२. दुलहा दुलहीको विवरण
३. सूचकको विवरण
यसमा लेखिएको विवरण साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहीछाप गर्ने सचकको विवरण :
पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
ठेगाना
प्रदेश [ ] गा. पा./न.पा. [ ]
वडा नं. [ ] सडक/मार्ग [ ] गाउँ / टोल [ ]
घर नं. [ ]
(स्वदेशी भएमा) नागरिकता प्रमाणपत्र नं./ परिचय पत्र नं. [ ]
विदेशी भएमा (नेपालीमा) राहदानी नं. [ ]
जारी गर्ने देशको नाम [ ]
विदेशी भएमा (अङ्ग्रेजीमा) राहदानी नं. [ ]
फाराम भरेको मिति (साल-महिना-गते) [ ]
(स्थानीय पञ्जीकाधिकारीले भर्ने)
संलग्न गर्नुपर्ने कागजातहरुः
१. दुलाहादुलहीको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि;
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज;
४. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो ।
(नियम ५ सँग सम्बन्धित)
(सूचकले भर्ने)
श्री स्थानीय पञ्जीकाधिकारीज्यू,
वडा नं. .........., ..................................गा. पा./न.पा.
..........................जिल्ला, ...................................प्रदेश
महोदय,
निम्न लिखित विवरण खुलाई सम्बन्ध विच्छेदको सूचना दिन आएको छु । कानून अनुसार सम्बन्ध विच्छेदको दर्ता गरी पाऊँ ।
१. सम्बन्ध विच्छेद सम्बन्धी विवरण
(क) सम्बन्ध विच्छेदको निर्णय गर्ने अदालतको किसिमः जिल्ला अदालत ▫ उच्च अदालत ▫ सर्वोच्च अदालत ▫
(ख) विदेशी अदालत भएमा :
(ग) अदालतको निर्णय मिति : [ ] [ ]
📖 दोस्रो संशोधनद्वार संशोधित ।
(घ) विवाह दर्ता नं. : [ ]
२. पति पत्नीको विवरण
३. सूचकको विवरण
यसमा लेखिएको विवरण साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहीछाप गर्ने सूचकको विवरण :
पहिलो नाम [ ] बीचको नाम [ ] थर [ ]
First Name [ ] Middle Name [ ] Surname [ ]
ठेगाना
प्रदेश [ ] गा. पा../न.पा. [ ]
वडा नं. [ ] सडक / मार्ग [ ] गाउँ / टोल [ ]
घर नं. [ ]
(स्वदेशी भएमा) नागरिकता प्रमाणपत्र नं./ परिचय पत्र नं. [ ]
विदेशी भएमा (नेपालीमा) राहदानी नं. [ ]
विदेशी भएमा (अङ्ग्रेजीमा) राहदानी नं. [ ]
फाराम भरेको मिति (साल-महिना-गते) [ ]
(स्थानीय पञ्जीकाधिकारीले भर्ने)
संलग्न गर्नुपर्ने कागजात :
१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
(नियम ५ सँग सम्बन्धित)
(सूचकले भर्ने)
श्री स्थानीय पञ्जिकाधिकारीज्यू,
वडा नं.........., .........................................गा. पा./ न.पा.
....................................जिल्ला, ..................................प्रदेश
महोदय,
म सूचक श्री/श्रीमती/सुश्री ................................................., जन्म मिति ................................, ना.प्र.नं ....................... भएको व्यक्ति निम्न लिखित विवरण खुलाई बसाइँ सराईको सूचना दिन आएको छु । कानून अनुसार बसाइँ सराई दर्ता गरी पाऊँ ।
१. बसाइँ सराई विवरण
📖 दोस्रो संशोधनद्वार संशोधित ।
बसाइँ सराईको मिति वि.सं. मा (साल-महिना-गते) [ / / ] ई.सं. मा(गते-महिना-साल) [ / / ]
बसाइँ सराईको कारणः नोकरी ▫ व्यापार व्यावसाय ▫ घरबास ▫ अध्ययन/शिक्षा ▫अन्य (खुलाउने______)
२. बसाइँ सराई गर्ने परिवारका सदस्यहरुको विवरण
यसमा लेखिएको विवरण साँचो हो। झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहीछाप गर्ने सूचकको विवरण :
फाराम भरेको मिति (साल-महिना-गते): [ ]
स्थानीय पञ्जिकाधिकारीले भर्ने :
श्री स्थानीय पन्जिकाधिकारी ज्यू
वडा नं.........., .................................गा. पा./ न.पा.
...............................................जिल्ला..........................प्रदेश
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने नियमावली २०३४ को नियम ५ बमोजिम ...............जना परिवार सदस्य मध्ये ........... जना सदस्यहरू बसाई सरी त्यस स्थानमा जानको लागि निवेदन प्राप्त भएकोले सम्पूर्ण सदस्यहरुको यस अघि घटेका व्यक्तिगत घटना दर्ता गरी, सुचना फारामको सक्कल प्रति यसै साथ सलंग्न राखी लगत हस्तान्तरण गरिएकोले तहाँ बसाइँ सराई दर्ता गरिदिनुहुन अनुरोध छ ।
स्थानीय पञ्जिकाधिकारीको हस्ताक्षरः
स्थानीय पञ्जिकाधिकारीको नामः
कर्मचारी सङ्केत नं./परिचय नं.:
फारम दर्ता नं. :
फाराम दर्ता मितिः
पुनश्चः पैंतीस दिनभित्र बसाई सरी जाने ठेगानाको स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा यो सूचना फाराम दर्ता गर्नु पर्नेछ ।
सूचना फारामसँगै संलग्न गर्नु पर्ने कागजातहरू
१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. बसाईंसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।
फाराम भर्ने कर्मचारीको नामः दर्जाः सहीछापः मितिः
पृष्ठ नं.:
(नियम ६ सँग सम्बन्धित)
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
स्थानीय पञ्जिकाधिकारीको कार्यालय
.............. गाउँ विकास समिति /नगरपालिका
......................... जिल्ला
Π मिति २०६२।१२।२१ को राजपत्रमा प्रकाशित सूचना अनुसार हेरफेर ।
पृष्ठ नं.:
(नियम ६ संग सम्बन्धित)
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
स्थानीय पञ्जिकाधिकारीको कार्यालय
.............. गाउँ विकास समिति /नगरपालिका
जिल्ला .....................
Π मिति २०६२।१२।२१ को राजपत्रमा प्रकाशित सूचना अनुसार हेरफेर ।
पृष्ठ नं.:
(नियम ६ संग सम्बन्धित)
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
स्थानीय पञ्जिकाधिकारीको कार्यालय
.............. गाउँ विकास समिति /नगरपालिका
.......................... जिल्ला
Π मिति २०६२।१२।२१ को राजपत्रमा प्रकाशित सूचना अनुसार हेरफेर ।
पृष्ठ नं.:
(नियम ६ संग सम्बन्धित)
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
स्थानीय पञ्जिकाधिकारीको कार्यालय
.............. गाउँ विकास समिति /नगरपालिका
Π मिति २०६२।१२।२१ को राजपत्रमा प्रकाशित सूचना अनुसार हेरफेर ।
पृष्ठ नं.:
(नियम ६ संग सम्बन्धित)
नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
स्थानीय पञ्जिकाधिकारीको कार्यालय
.............. गाउँ विकास समिति /नगरपालिका
............... जिल्ला
Π मिति २०६२।१२।२१ को राजपत्रमा प्रकाशित सूचना अनुसार हेरफेर ।
(नियम ७ सँग सम्बन्धित)
नेपाल सरकार (Government of Nepal)
स्थानीय पञ्जीकाधिकारीको कार्यालय (Office of Local Registrar)
वडा नं. ........., ………………………..गाउँपालिका/उपमहा/महा/नगरपालिका
Ward No. ………, …………………………..Rural Municipality/Sub Metropolitan/Metropolitan/Municipality
………….प्रदेश (……………..Province)
जन्म दर्ता प्रमाणपत्र
(Birth Registration Certificate)
दर्ता नम्बर (Registration No.): दर्ता मिति (Registration Date): वि.सं ............
📖 दोस्रो संशोधनद्वार संशोधित ।
(नियम ७ सँग सम्बन्धित)
नेपाल सरकार (Government of Nepal)
स्थानीय पञ्जीकाधिकारीको कार्यालय (Office of Local Registrar)
वडा नं. ........,………………………..गाउँपालिका/उपमहा/महा/नगरपालिका
Ward No. ………, …………………………..Rural Municipality/Sub Metropolitan/Metropolitan/Municipality
………….प्रदेश(………….Province)
सही (Signature):
स्थानीय पञ्जीकाधिकारीको नामः
Name of Local Registrar:
कार्यालयको छाप/Official Stamp
📖 दोस्रो संशोधनद्वार संशोधित ।
(Death Registration Certificate)
दर्ता नं. (Registration No.): दर्ता मिति (Registration Date): वि.सं……………….. (……………A.D)
सही (Signature):
स्थानीय पञ्जीकाधिकारीको नामः
Name of Local Registrar:
कार्यालयको छाप/Official Stamp
(नियम ७ सँग सम्बन्धित)
नेपाल सरकार (Government of Nepal)
स्थानीय पञ्जीकाधिकारीको कार्यालय (Office of Local Registrar)
वडा नं........,………………………..गाउँपालिका/उपमहा/महा/नगरपालिका
Ward No. ………, …………………………..,Rural Municipality/Sub Metropolitan/Metropolitan/Municipality
………प्रदेश (………….Province)
विवाह दर्ता प्रमाणपत्र
(Marriage Registration Certificate)
दर्ता नं.(Registration No.):
विवाह मिति (Marriage Date): वि.सं…………. (……………...A.D.)
विवाह प्रकार(Marriage Type): ……………/………………………
[दुलाहाको फोटो] [दुलहीको फोटो]
(Bridegroom) (Bride)
दुलाहा दुलही
📖 दोस्रो संशोधनद्वार संशोधित ।
सही (Signature):
स्थानीय पञ्जीकाधिकारीको नामः
Name of Local Registrar:
कार्यालयको छाप/Official Stamp
(नियम ७ सँग सम्बन्धित)
नेपाल सरकार (Government of Nepal)
स्थानीय पञ्जीकाधिकारीको कार्यालय (Office of Local Registrar)
वडा नं........,………………………..गाउँपालिका/उपमहा/महा/नगरपालिका
Ward No. ………, ……………………Rural Municipality/Sub Metropolitan/Metropolitan/Municipality
..........प्रदेश (………….Province)
सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र
(Divorce Registration Certificate)
दर्ता नं. (Registration No.): दर्ता मिति (Registration Date): वि.सं. ............ (………A.D.)
सम्बन्ध विच्छेद मिति (Divorce Date): वि.सं. ………………….. (…………………A.D.)
अदालतको नाम/Name of Court: /
अदालतको ठेगानाः
Address of Court:
निर्णय नं./Decision No.: /
निर्णय मिति/Decision Date:वि.सं. ……………………… (……………………………. A.D.)
📖 दोस्रो संशोधनद्वार संशोधित ।
सही (Signature):
स्थानीय पञ्जीकाधिकारीको नामः
Name of Local Registrar:
कार्यालयको छाप/Official Stamp
(नियम ७ सँग सम्बन्धित)
नेपाल सरकार (Government of Nepal)
स्थानीय पञ्जीकाधिकारीको कार्यालय (Office of Local Registrar)
वडा नं........,………………………..गाउँपालिका/उपमहा/महा /नगरपालिका
Ward No. ………, …………………………..Rural Municipality/Sub Metropolitan/Metropolitan/Municipality
……………..प्रदेश (……………Province)
बसाइँ सराई दर्ता प्रमाणपत्र
(Migration Registration Certificate)
दर्ता नं.(Registration No.): दर्ता मिति (Registration Date): वि.सं. …….. (……A.D.)
📖 दोस्रो संशोधनद्वार संशोधित ।
पारिवारिक विवरण
सही (Signature):
स्थानीय पञ्जीकाधिकारीको नामः
Name of Local Registrar:
कार्यालयको छाप/Official Stamp
जारी गर्ने देशको नाम [ ] जारी गर्ने देशको नाम [ ] ई.सं. मा (गते-महिना-साल) [ ] जारी गर्ने देशको नाम [ ] अदालतको ठेगानाःप्रदेश [ ] गा. पा./न.पा. [ ] वडा [ ] अदालतको निर्णय नम्बर : [ ] अदालतको नाम,देश र स्थानीय ठेगाना (नेपालीमा) : [ ] Country, Province/State Local Address) (In English) : [ ] वि.सं. मा (साल-महिना-गते) ई.स. मा (गते-महिना-साल) जारी गर्ने देशको नाम [ ] जारी गर्ने देशको नाम [ ] कार्यालयको छाप (…………….A.D.) दर्ता मिति (Date) : वि.सं………………… (……………………….A.D.)