ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५
नेपाल राजपत्रमा प्रकाशित मिति २०६५।०८।०९
संशोधन १. ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ २०८१।०३।१७
ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६५” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ। $\Delta$(क१) “केन्द्रीय ज्येष्ठ नागरिक समिति” भन्नाले ऐनको दफा १३ बमोजिमको केन्द्रीय ज्येष्ठ नागरिक समिति सम्झनु पर्छ। $\delta$(ख) “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्झनु पर्छ। $\Delta$(ग) “स्थानीय ज्येष्ठ नागरिक समिति” भन्नाले ऐनको दफा १५ बमोजिमको स्थानीय ज्येष्ठ नागरिक समिति सम्झनु पर्छ।
३. केन्द्रीय ज्येष्ठ नागरिक समितिको काम, कर्तव्य र अधिकारः ऐन तथा यस नियमावलीमा अन्यत्र मा लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रीय ज्येष्ठ नागरिक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
$\Delta$ पहिलो संशोधनद्वारा थप। $\delta$ पहिलो संशोधनद्वारा संशोधित।
(क) ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने योजना तथा कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोत परिचालन गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी मन्त्रालयसमक्ष सिफारिस गर्ने, (ख) स्थानीय ज्येष्ठ नागरिक समितिलाई मार्गदर्शन गर्ने, (ग) स्थानीय ज्येष्ठ नागरिक समितिको वार्षिक कार्यक्रमहरूको प्रगति समीक्षा एवं मूल्याङ्कन गर्ने, $^४$(घ) आवश्यकता अनुसार स्थानीय ज्येष्ठ नागरिक समितिको सिफारिसमा हेरचाह केन्द्र, दिवा सेवा केन्द्र वा ज्येष्ठ नागरिक क्लब स्थापना गर्न कुनै व्यक्ति वा संस्थालाई प्रोत्साहन र सहयोग गर्ने, (ङ) प्रचलित कानूनको अधीनमा रही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग समेत लिई ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नका लागि आवश्यक कार्यहरू सञ्चालन गर्ने गराउने, (च) ज्येष्ठ नागरिकहरू प्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक अन्य काम गर्ने।
४. केन्द्रीय ज्येष्ठ नागरिक समितिको बैठक सम्बन्धी कार्यविधिः (१) केन्द्रीय ज्येष्ठ नागरिक समितिको बैठक आवश्यकता अनुसार केन्द्रीय ज्येष्ठ नागरिक समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। (२) केन्द्रीय ज्येष्ठ नागरिक समितिको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा केन्द्रीय ज्येष्ठ नागरिक समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। (३) केन्द्रीय ज्येष्ठ नागरिक समितिको बैठकको अध्यक्षता केन्द्रीय ज्येष्ठ नागरिक समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफूमध्ये छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ। (४) केन्द्रीय ज्येष्ठ नागरिक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
$^४$ पहिलो संशोधनद्वारा संशोधित।
(५) केन्द्रीय ज्येष्ठ नागरिक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
५. स्थानीय ज्येष्ठ नागरिक समितिको काम, कर्तव्य र अधिकारः ऐनमा लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त स्थानीय ज्येष्ठ नागरिक समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः (क) वार्षिक कार्यक्रम सञ्चालन गर्नको निमित्त आवश्यक स्थानीय स्रोतको खोजी गर्ने र उपलब्ध स्रोतको परिचालन गर्ने, (ख) स्थानीय तहमा सामाजिक कार्यकर्ता समेतको सहभागितामा ज्येष्ठ नागरिकको सम्मेलन गराई ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नका लागि अवलम्बन गरिने नीति, योजना तथा कार्यक्रमका सम्बन्धमा सुझाव सङ्कलन गर्ने, (ग) स्थानीय तहभित्र सञ्चालित हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, सेवा केन्द्र, ज्येष्ठ नागरिक क्लब एवं ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी काम गर्ने अन्य संघ संस्थाको अद्यावधिक अभिलेख राखी त्यसको एक प्रति केन्द्रीय ज्येष्ठ नागरिक समितिमा पठाउने, (घ) जनसहभागिताबाट वा सरकारी वा गैर सरकारी संघ संस्थाहरुको सहभागिता जुटाई स्थानीय तहको विभिन्न भागमा ज्येष्ठ नागरिकको संरक्षण तथा सामाजिक सुरक्षा सम्बन्धमा प्रचार प्रसार गर्ने, त्यस्तो कार्य गर्ने सामाजिक कार्यकर्ता तथा सरकारी एवं गैरसरकारी संघ संस्थाहरुलाई सहयोग गर्ने, (ङ) स्थानीय तहभित्रका ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने, (च) ज्येष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने, (छ) प्रचलित कानूनको अधीनमा रही राष्ट्रीय एवं अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग समेत लिई ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र
अनुभवको सदुपयोग गर्नका लागि आवश्यक कार्यहरू सञ्चालन गर्ने गराउने।
१६. ................. △६क. आयमूलक कार्यक्रम सञ्चालन गर्ने: सेवा केन्द्रले ज्येष्ठ नागरिकका लागि देहाय बमोजिमका आयमूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछ:-
(क) ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव उपयोग गरी कुनै वस्तु वा सेवा उत्पादन वा निर्माण गर्ने, (ख) ज्येष्ठ नागरिकद्वारा लिखित वा सम्पादित लेख, रचना प्रकाशन गर्ने, (ग) ज्येष्ठ नागरिकको क्षमता र रुची अनुसारका आय आर्जन हुने अन्य कुनै कार्यक्रम गर्ने।
△६ख. सेवा केन्द्रको काम, कर्तव्य र अधिकार: सेवा केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नका लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, (ख) ज्येष्ठ नागरिकलाई निजको दक्षता, क्षमता र रुची अनुसार अध्ययन, अनुसन्धानको काममा सहभागी गराउने, (ग) ज्येष्ठ नागरिकलाई निजको दक्षता, क्षमता र रुची अनुसार कुनै उद्यम वा रोजगारीमा संलग्न गराउनका लागि तालिम सञ्चालन गर्ने, (घ) उद्यम वा रोजगारीमा संलग्न हुन चाहने ज्येष्ठ नागरिकलाई निजको क्षमताको आधारमा उद्यम वा रोजगारीमा संलग्न गराउन स्थानीय तह समक्ष सिफारिस गर्ने, (ङ) नियम ६क. बमोजिम सञ्चालित आयमूलक कार्यक्रमबाट उत्पादित वस्तु वा सेवाको बिक्री वितरणको लागि स्थानीय
तहभित्रका सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गर्ने, (च) आयमूलक कार्यक्रम सञ्चालनका लागि विभिन्न संघ, संस्थासँग समन्वय र सहकार्य गर्ने, (छ) ज्येष्ठ नागरिकलाई स्वस्थ र सक्रिय जीवनयापन गर्न उत्प्रेरित गर्नको लागि योग, ध्यान वा अन्य आध्यात्मिक क्रियाकलाप तथा जीवनोपयोगी सीप सम्बन्धी तालिम सञ्चालन गर्ने, (ज) ज्येष्ठ नागरिकको आकस्मिक स्वास्थ्योपचारको लागि आवश्यक औषधको व्यवस्था गर्ने, (झ) आफूले सञ्चालन गरेका काम कारबाहीको नियमित अभिलेख राखी त्रैमासिक रुपमा स्थानीय ज्येष्ठ नागरिक समितिमा प्रतिवेदन पेश गर्ने।
७. हेरचाह केन्द्रमा राख्ने सम्बन्धी व्यवस्थाः अदालतले कैद सजाय पाएको अशक्त ज्येष्ठ नागरिक वा पचित्ति वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिकलाई ऐनको दफा १२ को उपदफा (३) बमोजिम हेरचाह केन्द्रमा राख्ने गरी आदेश दिंदा देहायका कुरालाई विचार गर्नु पर्नेछः- (क) कसुर र कसुर गराएको नियत, कारण र अवस्था, (ख) निजको विगतको चालचलन, (ग) निजको उमेर र शारीरिक अवस्था, (घ) निजले कसुरका सम्बन्धमा गरेको साहुती र निजले कसुरको लागि गरेको प्रायश्चित, (ङ) अन्य प्रासंगिक कुराहरु।
८. अभिलेख तयार गर्नु पर्नेः (१) स्थानीय ज्येष्ठ नागरिक समितिले आफ्नो स्थानीय तहभित्रका ज्येष्ठ नागरिकको लगत संकलन गरी निजहरुको व्यक्तिगत विवरण, पारिवारिक स्थिति, शैक्षिक योग्यता, पेशागत दक्षता र अनुभव समेत खुल्ने गरी अनुसूची– १ बमोजिमको ढाँचामा अभिलेख राख्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम राखिएको अभिलेखलाई हरेक वर्ष अद्यावधिक गरिराख्नु पर्नेछ।
$\text{}^8$ पहिलो संशोधनद्वारा संशोधित।
९. कोषको सञ्चालन: कोष सञ्चालन केन्द्रीय ज्येष्ठ नागरिक समितिको सचिव र केन्द्रीय ज्येष्ठ नागरिक समितिले तोकेको अधिकृतस्तरको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ।
१०. स्वीकृतिको लागि निवेदन दिने: (१) नेपालको कुनै स्थानमा ऐनको दफा २० बमोजिम हेरचाह केन्द्र वा दिवासेवा केन्द्रको स्थापना गर्न चाहने व्यक्ति वा प्रचलित कानून बमोजिम गठन भएको संघ संस्थाले देहायको विवरण खोली स्वीकृतिको लागि सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिनुपर्नेछ:–
(क) निवेदकको नाम थर, वतन, (ख) निवेदक प्रचलित कानून बमोजिम गठन भएको संघ संस्था भए प्रचलित कानून बमोजिम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, (ग) हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र स्थापना हुने स्थान र त्यस्तो केन्द्रको क्षमता, लगायतका पूर्वाधारको विवरण, (घ) हेरचाह केन्द्र वा दिवासेवा केन्द्रको लागि आवश्यक जनशक्तिको विवरण, (ङ) आर्थिक स्रोतको विवरण। (२) .....................................
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा तिनियम १२ बमोजिमको पूर्वाधार, मापदण्ड तथा सुविधाहरु तयार भएको पाइएमा स्थानीय तहले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्र सञ्चालन गर्न स्वीकृति दिनेछ।
११. निरीक्षण गर्ने: (१) मन्त्रालयले हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको जहिलेसुकै निरीक्षण गर्न वा गराउन सक्नेछ। (२) केन्द्रीय ज्येष्ठ नागरिक समितिले नेपाल सरकारले स्थापना र सञ्चालन गरेका हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रको वर्षको कम्तीमा एक पटक निरीक्षण गरी सोको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ। (२क) स्थानीय ज्येष्ठ नागरिक समितिले स्थानीय तह वा कुनै व्यक्ति वा प्रचलित कानून बमोजिम गठन भएको सङ्घ, संस्थाले स्थापना र सञ्चालन गरेको
$\mu$ पहिलो संशोधनद्वारा झिकिएको। $\Delta$ पहिलो संशोधनद्वारा थप। $\delta$ पहिलो संशोधनद्वारा संशोधित।
हेरचाह केन्द्र, दिवा सेवा केन्द्र वा सेवा केन्द्रको वर्षको कम्तीमा एक पटक निरीक्षण गरी सोको प्रतिवेदन स्थानीय तह समक्ष पेश गर्नु पर्नेछ। $\Delta$(२ख) उपनियम (२) वा (२क) बमोजिम निरीक्षण गर्दा अन्य कुराको अतिरिक्त ऐन, यस नियमावली वा प्रचलित कानून विपरीत कुनै काम कारबाही भएको पाइएमा सो समेत निरीक्षण प्रतिवेदनमा खुलाउनु पर्नेछ। (३) यस नियम बमोजिम निरीक्षण गर्ने अधिकारीले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रले यस नियमावलीमा तोकिएका पूर्वाधार र सुविधाको व्यवस्था गरेको नपाएमा वा कुनै अनियमितता भएको देखेमा पूर्वाधार र सुविधाको व्यवस्था गर्न, सुधार गर्न र अनियमितता हटाउन समय तोकी आवश्यक निर्देशन दिन सक्नेछ। (४) उपनियम (३) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रको सञ्चालकको कर्तव्य हुनेछ।
१२. न्यूनतम पूर्वाधार, $\mu$मापदण्ड तथा सुविधाको व्यवस्था गर्नु पर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम स्थापना र सञ्चालन गरिने हेरचाह केन्द्र, $\mu$सेवा केन्द्र वा दिवा सेवा केन्द्रमा अनुसूची–२ बमोजिमको न्यूनतम पूर्वाधार, $\mu$मापदण्ड तथा सुविधाको व्यवस्था गर्नु पर्नेछ। $\mu$(२) ..................................... (३) हेरचाह केन्द्र, $\mu$सेवा केन्द्र वा दिवा सेवा केन्द्रले आफूकिंया रहेका ज्येष्ठ नागरिकको विवरण अनुसूची–१ बमोजिमको ढाँचामा तयार गरी राख्नु पर्नेछ।
१३. बेवारिसे तथा असहाय ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्नेः (१) ऐनको दफा २१ बमोजिम बेवारिसे अवस्थामा फेला परेको वा असहाय ज्येष्ठ नागरिकलाई स्थानीय तहले स्थानीय ज्येष्ठ नागरिक समितिको समन्वयमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित हेरचाह केन्द्र वा सेवा केन्द्र भए सो केन्द्रमा र नभए निजी वा गैर सरकारी क्षेत्रबाट सञ्चालित हेरचाह केन्द्रमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ। (२) उपनियम (१) बमोजिम हेरचाह केन्द्र वा सेवा केन्द्रमा राखिएको बेवारिसे ज्येष्ठ नागरिकको परिवारको सदस्य फेला परेमा त्यस्तो ज्येष्ठ नागरिकलाई निजको परिवारकोशजम्मा लगाउनु पर्नेछ।
$\Delta$ पहिलो संशोधनद्वारा थप। $\mu$ पहिलो संशोधनद्वारा झिकिएको।
(३) उपनियम (१) बमोजिम हेरचाह केन्द्र वा सेवा केन्द्रमा राखिएका ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाहको सम्बन्धमा त्यस्तो हेरचाह केन्द्र वा सेवा केन्द्रले ऐनको दफा ५ वा ८क. बमोजिम आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा लेखी पठाउनु पर्नेछ।
(४) असहाय ज्येष्ठ नागरिकले समय समयमा नेपाल सरकारले तोके बमोजिमको भत्ता वा सुविधा पाउन सक्नेछन्।
१४. ज्येष्ठ नागरिकको वर्गीकरणः (१) ऐनको दफा २४ को प्रयोजनका लागि देहायको आधारमा ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक र अशक्त ज्येष्ठ नागरिकलाई वर्गीकरण गरिनेछः– (क) सत्तरि वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक, (ख) सत्तरि वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक, (ग) असहाय ज्येष्ठ नागरिक, (घ) अशक्त ज्येष्ठ नागरिक, (ङ) एकल ज्येष्ठ नागरिक। स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “एकल ज्येष्ठ नागरिक” भन्नाले विधवा, विधुर वा अविवाहित एकल ज्येष्ठ नागरिक सम्झनु पर्छ। (२) उपनियम (१) बमोजिम वर्गीकरण गरिएका ज्येष्ठ नागरिकले समय समयमा नेपाल सरकारले तोके बमोजिमको भत्ता वा सुविधा पाउन सक्नेछन्। (३) उपनियम (१) बमोजिमका प्रत्येक ज्येष्ठ नागरिकको वर्गीकरण केन्द्रीय ज्येष्ठ नागरिक समितिले निर्धारण गर्नेछ र सोको सूचना सार्वजनिक प्रकाशन गर्नु पर्नेछ।
१५. ज्येष्ठ नागरिकको परिचयपत्रः (१) मन्त्रालयले तोकेको निकाय मार्फत ज्येष्ठ नागरिकलाई अनुसूची–३ बमोजिमको ढाँचामा ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराइनेछ। (२) उपनियम (१) बमोजिम उपलब्ध गराइने परिचयपत्र नियम १४ को वर्गीकरणका आधारमा फरक फरक हुन सक्नेछ।
१६. क्लब सम्बन्धी व्यवस्थाः (१) कसैले कम्तीमा पाँच जना ज्येष्ठ नागरिक सदस्य हुनेगरी प्रचलित कानून बमोजिम ज्येष्ठ नागरिक क्लब स्थापना गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम स्थापना गरिने ज्येष्ठ नागरिक क्लबमा अन्य सुविधाका अतिरिक्त कम्तीमा देहाय बमोजिमका न्यूनतम पूर्वाधार तथा सुविधाहरुको व्यवस्था भएको हुनु पर्नेछः- (क) व्यायामशाला, पौडिपोखरी, खेलकुद मैदान वा कुनै पनि प्रकारको मनोरञ्जनस्थल, (ख) शौचालय, (ग) पुस्तकालय, वाचनालय वा प्रतीक्षालय, (घ) प्राथमिक उपचार केन्द्र, (ङ) प्राथमिक उपचारक।
(३) उपनियम (१) बमोजिम स्थापना भएको ज्येष्ठ नागरिक क्लबलाई नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले रकम उपलब्ध गराउन सक्नेछन्।
तर वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने ज्येष्ठ नागरिक क्लबलाई रकम उपलब्ध गराइने छैन।
(४) उपनियम (१) बमोजिम स्थापना गरिने ज्येष्ठ नागरिक क्लबले अनुसूची–१ बमोजिमको ढाँचामा त्यस्तो क्लबका सदस्यको व्यक्तिगत विवरण तयार गरी राख्नु पर्नेछ।
१७. कारबाही टुङ्गो लगाउनु पर्ने अवधिः ऐनको दफा ५ बमोजिम ज्येष्ठ नागरिकले दिएको उजुरी वा निवेदन उपर सम्बन्धित निकायले त्यस्तो उजुरी वा निवेदन परेको मितिले तीस दिनभित्र टुङ्गो लगाइसक्नु पर्नेछ।
१७क. रकम जम्मा गर्न लगाउनेः ऐनको दफा ८क. को उपदफा (१) बमोजिम ज्येष्ठ नागरिकको खातामा रकम जम्मा गर्न लगाउँदा नियमित पारिश्रमिक वा निवृत्तिभरण पाइरहेको वा स्वजग्गा, व्यापार, व्यवसाय वा अन्य कुनै स्रोतबाट आयआर्जन गरिरहेको सन्तान वा नजिकको हकवालाबाट निजको आम्दानीको कम्तीमा दस प्रतिशत रकम मासिक रुपमा जम्मा गर्न लगाउनु पर्नेछ।
तर,- (१) नेपाल सरकारले प्रचलित कानून बमोजिम श्रमिकका लागि निर्धारण गरेको न्यूनतम मासिक पारिश्रमिक भन्दा कम आम्दानी भएको व्यक्तिले यस नियम बमोजिमको रकम जम्मा गर्नु पर्ने छैन।
(२) ऐनको दफा ८क. को उपदफा (५) बमोजिमको आयआजनबाट खान, लाउन, आधारभूत औषधि उपचार गर्न तथा अन्य आधारभूत आवश्यकता पुरा गर्न पुग्ने वार्षिक आम्दानी भएका ज्येष्ठ नागरिक बाबु आमाको लागि रकम जम्मा गर्नु पर्ने छैन ।
१८. तीर्थाटन गराउनु पर्ने: हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रले त्यस्तो केन्द्रमा रहेका ज्येष्ठ नागरिकलाई वर्षको कम्तीमा एक पटक तीर्थाटन र दुई पटक विभिन्न स्थानको दुश्यावलोकन गराउने व्यवस्था गराउनु पर्नेछ ।
१९. आचारसंहिता पालना गर्नु पर्ने: मन्त्रालयले हेरचाह केन्द्र, सेवा केन्द्र र दिवा सेवा केन्द्रको व्यवस्थापनमा संलग्न पदाधिकारी तथा कर्मचारीका लागि आचारसंहिता बनाई लागू गर्नेछ ।
२०. अनुसूचीमा हेरफेर वा घटघट: मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा घटघट गर्न सक्नेछ ।
$\Delta$ पहिलो संशोधनद्वारा थप । दृष्टव्य:– १. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ द्वारा रूपान्तरित भएका शब्दहरु:- "केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समिति" भन्ने शब्दको सट्टा "केन्द्रीय ज्येष्ठ नागरिक समिति" "जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति" भन्ने शब्दको सट्टा "स्थानीय ज्येष्ठ नागरिक समिति"
अनुसूची-१ (नियम ८ को उपनियम (१), नियम १२ को उपनियम (३) र नियम १६ को उपनियम (३) सँग सम्बन्धित)
ज्येष्ठ नागरिकको व्यक्तिगत अभिलेख
१. ज्येष्ठ नागरिकको व्यक्तिगत विवरण (क) ज्येष्ठ नागरिकको नाम, थर: (ख) बाबु तथा आमाको नाम: (ग) बाजे तथा बजैको नाम: (घ) जन्म मिति र स्थान: (ङ) ठेगाना: (अ) स्थायी ठेगाना: जिल्ला .................. गा.पा.सि.न.पा.... ..........वडा नं.... टोल/गाउँ.................. फोन................. इमेल: (आ) अस्थायी ठेगाना: .................... (च) लिङ्ग: (छ) स्वास्थ्य सम्बन्धी विवरण (कुनै विशेष रोग, शारीरिक अपांगता वा कुनै दीर्घ रोग भए खुलाउने) ........ (ज) नागरिकता:
२. ज्येष्ठ नागरिकको परिवार सम्बन्धी विवरण: (क) सगोलको छोरा, बुहारी, छोरी, नाति, नातिनीको,– (अ) नाम, थर र ठेगाना: (आ) सम्पत्ति तथा आयस्ता सम्बन्धी विवरण:
(ख) छुट्टै भिन्न बसेको छोरा, बुहारी, छोरी, नाति, नातिनीको,– (अ) नाम, थर र ठेगाना: (आ) सम्पत्ति तथा आयस्ता सम्बन्धी विवरण:
(ग) हकवाला सम्बन्धी विवरण:
$\rightarrow$ हाल गाउँपालिका कायम रहेको।
क्र.सं. नाम, थर उमेर नाता व्यवसाय ठेगाना १. २. ३. (घ) अन्य पारिवारिक पृष्ठभूमि:
३ ज्येष्ठ नागरिकको शैक्षिक योग्यता र पेशागत दक्षता: (क) शैक्षिक योग्यता: (ख) पेशागत दक्षता: (ग) अनुभवको क्षेत्र:
४ ज्येष्ठ नागरिकको सम्पत्ति विवरण: (क) चल सम्पत्ति: (ख) अचल सम्पत्ति:
प्रमाणित गर्नेको- नाम, थर: पद: निकाय:
अनुसूची-२ (नियम १२ को उपनियम (१) "......" सँग सम्बन्धित)
हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र सेवा केन्द्रमा हुनु पर्ने न्यूनतम पूर्वाधार, मापदण्ड तथा सुविधा
१. कम्तीमा दश जना ज्येष्ठ नागरिकलाई आश्रय दिने हेरचाह केन्द्र र सेवा केन्द्रमा देहायका पूर्वाधार तथा सुविधा भएको हुनु पर्नेछ र दश जना भन्दा बढी ज्येष्ठ नागरिकलाई आश्रय दिने भएमा पूर्वाधार तथा सुविधा पनि सोही अनुपातमा वृद्धि गर्नु पर्नेछः–
(क) प्रत्येक ज्येष्ठ नागरिकका लागि कम्तीमा चालीस वर्ग फिट सतह गर्ने कोठाको व्यवस्था भएको, (ख) ज्येष्ठ नागरिक मैत्री भवन भएको र भवनको कम्पाउण्डको क्षेत्रफल भवनले ओगटेको क्षेत्रफलको कम्तीमा दोब्बर भएको, (ग) पति पत्नीको वैवाहिक शियतमा एकैसाथ रहेका ज्येष्ठ नागरिक भएकोमा बाहेक महिला र पुरुषको बसोबासका लागि छुट्टा छुट्टै कोठाको व्यवस्था भएको, (घ) देहायका सुविधाहरु भएकोः (१) कम्तीमा दुईवटा शौचालय, (महिला पुरुषका लागि अलग अलग) (२) कम्तीमा दुईवटा स्नान गृह, (महिला पुरुषका लागि अलग अलग) (३) भान्छा/भण्डार कक्ष, (४) भोजन कक्ष, (५) अध्ययन कक्ष/टी.भी. कक्ष (६) प्राथमिक उपचार कक्ष, (७) प्रतीक्षालय, (८) पुस्तकालय, वाचनालय, (९) व्यायामशाला, पौडीपोखरी, खुलाचौक मध्ये कम्तीमा कुनै एक क्रीडास्थल। (ङ) स्वच्छ पिउने पानीको व्यवस्था भएको, (च) भवनका कोठाहरुमा हावा र प्रकाशको पहुँचका लागि पर्याप्त झ्यालहरु भएको,
$\mu$ पहिलो संशोधनद्वारा झिकिएको। $\delta$ पहिलो संशोधनद्वारा संशोधित।
(छ) खाना पकाउने तथा खुवाउने, सर सफाई गर्ने व्यक्ति लगायत आवश्यक कर्मचारी, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र हेरचाहको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तथा समय समयमा प्रशिक्षण तथा प्रवचनको लागि समेत आवश्यक व्यवस्था भएको, (ज) दीर्घ रोगी, सरुवा रोग लागेको अशक्त ज्येष्ठ नागरिकलाई बस्नको लागि (त्यस्तो रोगउपचार दिई) छुट्टै प्रबन्ध भएको।
२. कम्तीमा बीस जना ज्येष्ठ नागरिकलाई सेवा दिने दिवा सेवा केन्द्रमा देहायका पूर्वाधार तथा सुविधा भएको हुनु पर्नेछ र बीस जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सेवा दिने भएमा पूर्वाधार तथा सुविधा पनि सोही अनुपातमा वृद्धि गर्नु पर्नेछः– (क) दुई रोपनी क्षेत्रफलमा आवश्यकता अनुसार ज्येष्ठ नागरिक मैत्री भवन र फर्निचरहरू भएको, (ख) देहायका सुविधाहरू भएकोः– (१) शौचालय, (२) स्नान गृह, (३) भान्छा भण्डार कक्ष, (४) भोजन कक्ष, (५) अध्ययन कक्ष टी.भी. कक्ष, (६) प्राथमिक उपचार कक्ष, (७) प्रतीक्षालय, (८) पुस्तकालय। (ग) स्वच्छ पिउने पानीको व्यवस्था भएको, (घ) भवनका कोठाहरूमा हावा र प्रकाशको पुँचका लागि पर्याप्त झ्यालहरू भएको।
अनुसूची–३ (नियम १५ को उपनियम (१) सँग सम्बन्धित) ज्येष्ठ नागरिक परिचय–पत्र
नाम थर: ........... ना.प्र.न. ........... ठेगाना: जिल्ला .............. गा.वि.स./न.पा. .......... वडा नं. ............ टोल/गाउँ ......... उमेर: ........... लिङ्ग: ........... उपलब्ध छुट तथा सुविधाहरु: ........... पति/पत्नीको नाम: ........... हेरचाह केन्द्रमा बसेको भए सोको विवरण: ........... सम्पर्क गर्नुपर्ने व्यक्तिको नाम, थर, सम्पर्क ठेगाना: ........... रक्त समूह र रोग भए रोगको नाम र सेवन गरिएको औषधको नाम: ...........
प्रमाणित गर्ने अधिकृतको,– दस्तखत: नाम थर: पद: कार्यालय: