ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी नियमावली, २०६२
नेपाल राजपत्रमा प्रकाशन मिति २०६२।०२।२५
संशोधन १. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (पहिलो संशोधन) नियमावली, २०६३ २०६३।०२।१९ २. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (दोस्रो संशोधन) नियमावली, २०६३ २०६३।०५।१९ ३. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (तेस्रो संशोधन) नियमावली, २०६४ २०६४।०४।२१ ४. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (चौथो संशोधन) नियमावली, २०६५ २०६५।०९।०७ ५. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (पाँचौँ संशोधन) नियमावली, २०६६ २०६६।०६।०५ ६. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (छैठौँ संशोधन) नियमावली, २०७४ २०७४।१०।०५
पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी नियमावली, २०६२” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ। (ख) “इजाजतपत्र” भन्नाले ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्नको लागि यस नियमावली बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ। (ग) “मन्त्रालय” भन्नाले नेपाल सरकार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ।
* यो नियमावली २०६५ साल श्रावण २१ गतेदेखि प्रारम्भ।
ठ (घ) “विभाग” भन्नाले पर्यटन विभाग सम्झनु पर्छ।
३. इजाजतपत्रको लागि दरखास्त दिनु पर्ने : ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न चाहने व्यक्तिले इजाजतपत्रको लागि अनुसूची-१ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ।
४. इजाजतपत्र दिने : नियम ३ बमोजिम इजाजतपत्रको लागि दरखास्त प्राप्त भएमा मन्त्रालयले सो दरखास्त उपर आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा दरखास्तवालालाई इजाजतपत्र दिन उपयुक्त देखिएमा पच्चीस हजार रुपैयाँ दस्तुर लिई अनुसूची-२ बमोजिमको ढाँचामा इजाजतपत्र दिनेछ।
५. कम्पनीको दर्ता तथा बैङ्क ग्यारेण्टी सम्बन्धी व्यवस्था : (१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न चाहने व्यक्तिले इजाजतपत्र लिनु अघि देहाय बमोजिमको चालू वा चुक्ता पूँजी भएको फर्म वा कम्पनी दर्ता गराउनु पर्नेछ:-
(क) फर्मको हकमा कम्तीमा दश लाख रुपैयाँ, (ख) कम्पनीको हकमा कम्तीमा पच्चीस लाख रुपैयाँ।
(२) इजाजतपत्रको लागि दरखास्त दिने ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले इजाजतपत्र लिनु अघि इजाजतपत्रको अवधिभर सुरक्षण बापत कम्तीमा पाँच लाख रुपैयाँ बराबरको बैङ्क ग्यारेण्टी मन्त्रालयको नाममा राख्नु पर्नेछ।
(३) यो नियम प्रारम्भ हुनु अघि इजाजतपत्र लिई सञ्चालनमा रहेका ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले इजाजतपत्र नवीकरण गराउँदाको बखत उपनियम (१) बमोजिमको चालू वा चुक्ता पूँजी कायम गरी उपनियम (२) बमोजिमको बैङ्क ग्यारेण्टी अटुट रहेको प्रमाण मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै ट्राभल वा ट्रेकिङ्ग एजेन्सी पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता गराई प्रचलित कानून बमोजिम पब्लिक लिमिटेड कम्पनीको लागि आवश्यक चुक्ता पूँजी कायम गर्नु पर्नेछ।
६. इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्तहरू : इजाजतपत्र प्राप्त व्यक्तिले देहायका शर्तहरू पालन गर्नुपर्नेछ:-
(क) नेपाल सरकारले तोकिदिएको क्षेत्रमा मात्र ट्राभल वा ट्रेकिङ्ग गराउने,
(ख) ट्राभल वा ट्रेकिङ्ग गर्दा सम्बन्धित कामको लागि नियुक्त कामदारको मात्र सेवा लिनु पर्ने,
(ग) ट्राभल वा ट्रेकिङ्ग गर्दा वातावरणीय सरसफाइ वा फोहरमैलाको व्यवस्थापन सम्बन्धमा मन्त्रालयले तोके बमोजिम गर्ने,
(घ) आफूले पाएको इजाजतपत्र कार्यालयमा सबैले देख्ने ठाउँमा राख्नु पर्ने,
(ङ) ट्राभल वा ट्रेकिङ्ग गर्दा प्रचलित कानून बमोजिम पालना गर्नुपर्ने कुराहरू पालन गर्ने,
(च) नियम १७ बमोजिमको आचार संहिता पालन गर्ने।
७. इजाजतपत्रको अवधि र नवीकरण : (१) इजाजतपत्रको अवधि पाँच वर्षको हुनेछ।
(२) इजाजतपत्र नवीकरण गराउन चाहने व्यक्तिले इजाजतपत्रको अवधि समाप्त हुनु अगावै पच्चीस हजार रुपैयाँ दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको म्याद समाप्त भएपछि कसैले इजाजतपत्र नवीकरण गर्न चाहेमा देहाय बमोजिमको थप नवीकरण दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउन सक्नेछ:-
(क) पहिलो तीन महिनासम्म नवीकरण दस्तुरको पच्चीस प्रतिशत,
(ख) खण्ड (क) बमोजिमको म्याद समाप्त भएको मितिले तीन महिनासम्म नवीकरण दस्तुरको पचास प्रतिशत।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र पनि कसैले इजाजतपत्र नवीकरण नगरेमा त्यस्तो इजाजतपत्र स्वतः रद्द हुनेछ।
*(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखतसम्म इजाजतपत्र नवीकरण नगराएको इजाजतपत्रप्राप्त व्यक्तिले त्यस्तो इजाजतपत्र नवीकरण गराउन चाहेमा यो उपनियम प्रारम्भ भएको छ महिना भित्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
*(६) उपनियम (५) बमोजिम निवेदन प्राप्त भएमा मन्त्रालयले جتति वर्षसम्म इजाजत नवीकरण नगराएको हो त्यति वर्षको प्रत्येक वर्षको लागि नवीकरण दस्तुरको शत प्रतिशत दस्तुर लिई एक पटकको लागि नवीकरण गरिदिन सक्नेछ।
८. इजाजतपत्र खारेज गर्दा अपनाउनु पर्ने कार्यविधि : (१) ऐनको दफा ७क. बमोजिम मन्त्रालयले इजाजतपत्र खारेज गर्नु अघि सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्तिलाई पन्ध्र दिनको म्याद दिई स्पष्टीकरण पेश गर्न मौका दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र इजाजतपत्र प्राप्त व्यक्तिले स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा मन्त्रालयले त्यस्तो ट्राभल वा ट्रेकिङ्ग एजेन्सीलाई दिएको इजाजतपत्र खारेज गर्न सक्नेछ।
९. करार गराएर मात्र काममा लगाउनु पर्ने : इजाजतपत्र प्राप्त व्यक्तिले पर्यटकसँग जाने कामदारलाई काम गरेको अवधिको लागि अनुसूची-३ बमोजिम करार गराएर मात्र काममा लगाउनु पर्नेछ।
१०. कामदारलाई दिनु पर्ने पारिश्रमिक दर : पर्यटकले आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई अनुसूची-४ मा व्यवस्था भए बमोजिमको सुविधा दिनु पर्नेछ।
११. व्यक्तिगत दुर्घटना बीमा सम्बन्धी व्यवस्था : (१) पर्यटकले ट्राभल वा ट्रेकिङ्गको लागि प्रस्थान गर्नु अघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको अभियान समाप्त गरी घरफिर्सेसम्मको लागि नेपालभित्र संस्थापित बीमा कम्पनीबाट दश लाख रुपैयाँमा नघट्ने गरी व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गरिएको व्यक्तिको दुर्घटनामा परी अङ्गभङ्ग वा मृत्यु भएमा त्यस्तो व्यक्तिले बीमा कम्पनीबाट पाउनु पर्ने रकम निज वा निजको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए त्यस्तो व्यक्ति र निज पनि नभए निजको नजिकको
हकवालालाई दिलाई दिने जिम्मेवारी सम्बन्धित पर्यटक तथा इजाजतपत्र प्राप्त व्यक्तिको हुनेछ।
(३) उपनियम (२) बमोजिमको रकम पाउने व्यक्ति नाबालक भएमा निजले पाउने रकम सम्बन्धित बीमा कम्पनी वा इजाजतपत्र प्राप्त व्यक्तिले *विभागमा बुझाउनु पर्नेछ र *विभागले त्यस्तो नाबालक बालिग नभएसम्म निजको पालन पोषणको आवश्यक व्यवस्था मिलाउनुको लागि सो रकमको उपयुक्त व्यवस्था गर्नेछ।
(४) कामदारको नाइके वा कामदार दुर्घटनामा परी अङ्गभङ्ग बाहेक अन्य चोटपटक लाग्दा गर्नु पर्ने औषधोपचारको लागि सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्ति वा पर्यटकले नेपाल राज्यमा संस्थापित बीमा कम्पनीबाट $\dagger$कम्तीमा पाँच लाख रुपैयाँको बीमा गराउनु पर्नेछ।
१२. वातावरणीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन सम्बन्धी व्यवस्था : पर्यटक तथा इजाजतपत्र प्राप्त व्यक्तिले ट्राभल वा ट्रेकिङ्ग गराउँदा वा गराउँदा कतिपय विभिन्न क्षेत्रहरूमा आफूले प्रयोग गरेका सामान जम्मा गरी पाथीघाट, धार्मिक स्थल वा सार्वजनिक महत्त्वको वा सन्धि सपरि प्रभाव पर्ने ठाउँमा लगी जलाउनु वा गाड्नु पर्नेछ।
१२क. शाखा कार्यालय खोल्न स्वीकृति लिनु पर्ने: (१) इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रमा उल्लेख गरेको स्थान बाहेक अन्य स्थानमा शाखा कार्यालय खोल्न चाहेमा त्यस्तो कार्यालय रहने स्थान समेत खुलाई स्वीकृतिको लागि *विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा *विभागले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी निवेदनको माग बमोजिम शाखा कार्यालय खोल्न स्वीकृति दिनेछ।
१३. स्वीकृति बिना मालसामान बिक्री वा हक हस्तान्तरण गर्न नहुने : इजाजत प्राप्त व्यक्तिले नेपाल सरकारबाट परिवर्तनीय विदेशी मुद्रा वा अरु कुनै किसिमको सहुलियत पाई खरिद गरेको मालसामान मन्त्रालयको स्वीकृति बिना कसैलाई बिक्री वा हक हस्तान्तरण गर्न पाउँदैन।
१४. इजाजतपत्र नलिई टिकटको खरिद-बिक्री (टिकेटिङ्ग) गर्ने वा एजेण्टको काम गर्न नहुने : कसैले पनि यस नियमावली बमोजिम ट्राभल एजेन्सीको इजाजतपत्र नलिई हवाई सेवाको टिकट खरिद-बिक्री (टिकेटिङ्ग) गर्ने वा जनरल सेल्स एजेण्ट (जी.एस.ए.) को रुपमा काम गर्न पाउने छैन।
* चौँतो संशोधनद्वारा संशोधित। $\dagger$ पाँचौँ संशोधनद्वारा थप।
१५. रकम असुल गराई दिन सक्ने : (१) कुनै कामदारले ट्राभल वा ट्रेकिङ्ग एजेन्सीसँग लिन बाँकी रहेको पारिश्रमिक भराई पाउन मन्त्रालय समक्ष दरखास्त दिएमा र त्यसरी दिएको दरखास्त जाँचबुझ गर्दा मनासिब देखिएमा मन्त्रालयले त्यस्तो ट्राभल वा ट्रेकिङ्ग एजेन्सीद्वारा मन्त्रालयको नाममा राखेको बैङ्क ग्यारेण्टीको रकमबाट कट्टा हुने गरी सम्बन्धित दरखास्तवालालाई रकम भुक्तानी दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम मन्त्रालयले भुक्तानी दिएमा भुक्तानी दिएको रकम सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्तिले पैंतीस दिनभित्र पुनः बैङ्क ग्यारेण्टीको रुपमा मन्त्रालयको नाममा जम्मा गर्नु पर्नेछ।
*१६. वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने : इजाजतपत्र प्राप्त व्यक्तिले वर्ष भरी गरेको आफ्नो कारोबारको विवरण सहितको प्रतिवेदन सो आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र अनुसूची-५ बमोजिमको ढाँचामा मन्त्रालयमा पेश गर्नु पर्नेछ।
१७. आचार संहिता बनाई लागू गर्न सक्ने: मन्त्रालयले इजाजतपत्र प्राप्त ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले पालन गर्नु पर्ने आचार संहिता बनाई लागू गर्न सक्नेछ र त्यस्तो आचार संहिताको पालना गर्नु सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ।
⊕१७क. अनलाइन प्रणालीबाट सेवा उपलब्ध गराउन सक्नेः (१) मन्त्रालय तथा विभागले यस नियमावली बमोजिम गरिने काम कारबाही आवश्यकता अनुसार अनलाइन प्रणालीबाट समेत गर्न गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम अनलाइन प्रणालीबाट गरिने काम कारबाहीको शर्त र प्रक्रिया मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।
१८. निर्देशन दिन सक्ने: मन्त्रालयले ट्राभल वा ट्रेकिङ्ग व्यवसायको सम्बन्धमा इजाजतपत्र प्राप्त व्यक्तिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित इजाजतपत्र प्राप्त व्यक्तिको कर्तव्य हुनेछ।
१९. इजाजतपत्रको भाषा: यस नियमावली अन्तर्गतका फारामहरू अङ्ग्रेजी भाषामा पनि छपाई गरी प्रयोग गर्न सकिनेछ।
२०. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने : •मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ।
२१. खारेजी : (१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सी नियमावली, २०३७ खारेज गरिएको छ।
(२) ट्राभल वा ट्रेकिङ्ग एजेन्सी नियमावली, २०३७ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिने छन्।
द्रष्टव्यः १. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर भएका शब्दहरू :- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”। २. ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी (पाँचौँ संशोधन) नियमावली, २०६५ द्वारा रूपान्तर भएका शब्दहरू :- (क) “नेपाल अधिराज्य” को सट्टा “नेपाल राज्य”। (ख) “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय” को सट्टा “पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय”।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित) इजाजतपत्रको लागि दिइने दरखास्त
श्री पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौं।
ट्राभल ∕ ट्रेकिङ्ग एजेन्सीको काम गर्न इच्छा भएकोले देहायका विवरण खुलाई यो दरखास्त गरेको छु :-
१. प्रस्तावित ट्राभल ∕ ट्रेकिङ्ग एजेन्सीको,- (क) नाम : (ख) ठेगाना : (ग) धनी ∕ शेयर धनी ∕ प्रोप्राइटरको नाम र विवरण :
२. ट्राभल ∕ ट्रेकिङ्ग एजेन्सीमा लगानी गरेको पूँजी:- (क) अधिकृत पूँजी: (ख) जारी पूँजी: (ग) चुक्ता पूँजी: (घ) स्थिर पूँजी: (ङ) चालू पूँजी:
३. ट्राभल ∕ ट्रेकिङ्ग एजेन्सीको शाखा कार्यालय खोल्ने भएमा,-
(क) संख्या:
(ख) नेपाल राज्य भित्र:
(ग) नेपाल राज्य बाहिर:
४. आगामी तीन वर्षमा सेवा पुर्याउने अनुमानित पर्यटक संख्या तथा विदेशी मुद्रा आर्जन सम्बन्धी विवरण :
५. प्रस्तावित जनशक्तिको विवरण :
६. सवारी साधनको प्रस्तावित व्यवस्था :
७. विदेशी ट्राभल तथा ट्रेकिङ्ग वा अन्य त्यस्तै प्रकृतिका एजेन्सीहरूसँग सम्बद्ध कायम गरिने भएमा त्यसको,-
८. अन्य कुनै कुरा भए ........................
९. संलग्न गर्नु पर्ने कागजात :
माथि लेखिएको व्यहोरा ठीक साँचो छ, झूठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला।
अनुसूची-२ (नियम ४ सँग सम्बन्धित) इजाजतपत्र
इजाजतपत्र संख्या .................... श्री .................................... तपाईंलाई ट्राभल / ट्रेकिङ्ग एजेन्सीको काम गर्न यो इजाजतपत्र दिइएको छ।
१. इजाजतपत्र प्राप्त व्यक्तिको,- (क) नाम: (ख) ठेगाना: (ग) धनी / संस्थापक शेयर धनी / प्रोप्राइटरको नाम र विवरण:
२. ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको,- (क) नाम: (ख) मूल कार्यालय रहने ठेगाना: (ग) शाखा कार्यालय रहने ठेगाना:
कार्यालयको छाप इजाजतपत्र दिने अधिकारीको,- सही : नाम : पद : कार्यालय : मिति :
नवीकरणको विवरण
⁵ दोस्रो संशोधनद्वारा थप।
अनुसूची-३
(नियम ९ सँग सम्बन्धित)
इजाजतपत्र प्राप्त व्यक्ति र कामदार बीच भएको करार
....................... को छोरा ∕ छोरी ∕ श्रीमती ....................... जिल्ला .............. गा.वि.स. ∕ न.पा. वडा नं. ...... बस्ने वर्ष ..... को श्री .......................... लाई ......... ट्राभल ∕ ट्रेकिङ्ग एजेन्सीबाट ............ क्षेत्रमा मिति ................. देखि ......... सम्म ............... दिनको लागि ............. काम गर्न गराउन दुबै पक्ष बीच निम्नलिखित सुविधा लिने दिने कुरामा सहमति भई यो करार गरेका छौं।
इजाजतपत्र प्राप्त व्यक्तिबाट दिइने सुविधाहरू
१.
२.
३.
कामदारको तर्फबाट इजाजतपत्र व्यक्तिको तर्फबाट
सही : सही :
नाम : नाम :
ठेगाना : पद :
इति संवत् ...... साल ........ महिना ....... गते रोज ..... शुभम्
*अनुसूची-४
(नियम १० सँग सम्बन्धित)
कामदारलाई दिनु पर्ने पारिश्रमिक दर
(क) ३७०० मिटर सम्मको उचाइमा जाने कामदारको नाइकेलाई कम्तीमा एक हजार पाँच सय रुपैयाँ र कामदारलाई कम्तीमा एक हजार तीन सय रुपैयाँ,
(ख) ३७०० मिटर भन्दा माथिको उचाइमा जाने कामदारको नाइकेलाई कम्तीमा दुई हजार रुपैयाँ र कामदारलाई कम्तीमा एक हजार पाँचसय रुपैयाँ।
अनुसूची-५ (नियम १६ सँग सम्बन्धित) प्रतिवेदन
श्री पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौं।
ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी नियमावली, २०६२ को नियम १६ को प्रयोजनको लागि मिति ......... देखि .......... सम्मको विवरण सहितको प्रतिवेदन पेश गरेको छु ।
१. नेपाल राज्यभित्र तथा बाहिर पर्यटकको लागि ट्राभल तथा ट्रेकिङ्गको व्यवस्था गरिएको सम्बन्धी विवरण : (क) भित्र: (ख) बाहिर:
२. (क) पर्यटकको संख्या (ट्राभल एजेन्सीको लागि) :
|Nationality|संख्या| |---|---|---|---| | |टिकिटिङ्ग|टुर|जम्मा|
(ख) ट्रेकिङ्ग र पर्वतारोहण क्षेत्रमा सेवा प्रदान गरेको विवरण (ट्रेकिङ्ग एजेन्सीको लागि):
|पर्वतारोहण सम्बन्धी विवरण|ट्रेकिङ्ग सम्बन्धी विवरण|कुल संख्या| |---|---|---|---|---|---|---| |पर्वतारोही दल|पर्वतारोही संख्या|साधारण क्षेत्र|निर्देशित क्षेत्र|नियन्त्रित क्षेत्र|जम्मा संख्या||
३. नेपाल राज्यभित्र र बाहिर आफ्नो व्यवसायको प्रचार प्रसार गराएको विवरण :
४. पर्यटकको निमित्त बुक गराइएको होटल र संख्याको विवरण :
५. अन्तर्राष्ट्रिय सभा सम्मेलन आदिमा भाग लिएको विवरण :
६. पर्यटन व्यवसाय विकासको लागि विदेशबाट ल्याइएका व्यक्तिहरूको विवरण :
७. आय व्ययको वार्षिक लेखापरीक्षण भएको प्रतिवेदनको विवरण :
८. कर्मचारी सम्बन्धी विवरण :
९. कुल कारोबारमा मुद्रा स्थितिको विवरण :
१०. कारोबारबाट प्राप्त विदेशी मुद्राको विवरण :
११. यस अवधिमा बुझाएको,-
(क) आयकर: (ख) मूल्य अभिवृद्धि कर: (ग) पर्यटक सेवा शुल्क:
१२. (क) भौतिक पूर्वाधारको विवरण :
(ख) सुविधाबाट ल्याइएका भौतिक सामानको विवरण :
१३. ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको,-
नाम : फ्याक्स : ठे गाना : इन्टरनेट : टेलिफोन : इमेल : (१) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि। (२) फर्म दर्ता भएको प्रमाणपत्र। (३) प्रोप्राइटर, साझेदारी वा संस्थापक शेयरधनी नेपाली नागरिक भए निजको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र विदेशी नागरिक भए निजको राहदानी र नेपाल सरकारले जारी गरेको प्रवेशाज्ञा (भिसा) को प्रमाणित प्रतिलिपि। दरखास्तवालाको,- सही : नाम : पूरा ठे गाना : मिति : दोस्रो संशोधनद्वारा संशोधित। ठेगाना : (क) नाम : (ख) ठेगाना : इजाजतपत्र प्राप्त व्यक्तिको तर्फबाट,- सही : पूरा नाम : पद : टेलिफोन : फ्याक्स : इमेल : वेभसाइट : मिति :