नेपाल राजपत्रमा प्रकाशित मिति २०५६।१०।१३
संशोधन निर्माण व्यवसाय (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३० निर्माण व्यवसाय (दोस्रो संशोधन) नियमावली, २०८० २०८०।०९।२३
निर्माण व्यवसाय ऐन, २०५५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
परिच्छेद-१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरुको नाम “निर्माण व्यवसाय नियमावली, २०५६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले निर्माण व्यवसाय ऐन, २०५५ सम्झनु पर्छ । (ख) “समिति” भन्नाले ऐनको दफा १५ बमोजिम गठित कार्यान्वयन समिति सम्झनु पर्छ । (ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ । (घ) “कोष” भन्नाले निर्माण व्यवसायी कोष सम्झनु पर्छ ।
परिच्छेद-२ इजाजतपत्र सम्बन्धी व्यवस्था
३. इजमजतपत्रको लागि दरखास्त दिनु पर्ने: सार्वजनिक निर्माण कार्य गर्न चाहने निर्माण व्यवसायीले अनुसूची-१ बमोजिमको ढाँचामा सार्वजनिक निर्माण कार्य गर्न इजमजतपत्रको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
४. दरखास्त जाँचबुझ गर्नु पर्ने: (१) नियम ३ बमोजिम दरखास्त पठाएपछि समितिले त्यस्तो दरखास्तवाला निर्माण व्यवसायीको आर्थिक, करतम तथा प्राविधिक योग्यता जाँचबुझ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा दरखास्तमा उल्लेख भएको विवरणसँग सम्बन्धित अन्य कुनै कागजात आवश्यक परे देखिएमा समितिले दरखास्तवाला निर्माण व्यवसायीलाई थप कागजात पेश गर्न लगाउन सक्नेछ ।
५. इजमजतपत्र दिन सिफारिस गर्ने: नियम ४ बमोजिम जाँचबुझ गर्दा दरखास्तवाला निर्माण व्यवसायीको माग बमोजिम इजमजतपत्र दिन मनासिब देखिएमा समितिले दरखास्त परेको मितिले तीस दिनभित्र नियम १० बमोजिम वर्गीकृत निर्माण व्यवसायी मध्ये जुन वर्गको लागि इजमजतपत्र दिन उपयुक्त देखिन्छ सोही वर्गको इजमजतपत्र दिन नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
६. इजमजतपत्र दिनु पर्ने: (१) नियम ५ बमोजिम समितिबाट सिफारिस भई आएपछि त्यस्तो सिफारिस भई आएको मितिले पन्ध्र दिनभित्र नेपाल सरकारले सम्बन्धित दरखास्तवालासँग इजमजतपत्र बापत अनुसूची-२ बमोजिमको दस्तुर लिई निजलाई अनुसूची-३ बमोजिमको ढाँचामा इजमजतपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको इजमजतपत्रको अभिलेख अनुसूची-४ बमोजिमको ढाँचामा अद्यावधिक गराई राख्नु पर्नेछ ।
७. इजमजतपत्रको नवीकरण सम्बन्धी व्यवस्था: (१) नियम ६ को उपनियम (१) बमोजिम प्रदान गरिएको इजमजतपत्र प्रत्येक आर्थिक वर्षको अन्त्यमा समाप्त हुनेछ ।
(२) उपनियम (१) बमोजिम इजमजतपत्रको अवधि समाप्त भएका प्रत्येक निर्माण व्यवसायीले इजमजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र अनुसूची-२
बमोजिमको नवीकरण दस्तुर संलग्न गरी अनुसूची-५ बमोजिमको ढाँचामा इजाजतपत्रको नवीकरणको लागि अध्यक्ष समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्रको नवीकरणको लागि दरखास्त परे पछि अध्यक्षले सो दरखास्त उपर आवश्यक जाँचबुझ गरी इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरण गराउन नसक्ने निर्माण व्यवसायीले त्यस्तो म्याद मिघेको छ महिना भित्र सो इजाजतपत्र नवीकरण गराउन चाहेमा अनुसूची-२ बमोजिमको थप दस्तुर संलग्न गरी अध्यक्ष समक्ष दरखास्त दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दरखास्त परे पछि अध्यक्षले त्यस्तो इजाजतपत्र उपर आवश्यक जाँचबुझ गरी इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम २० बमोजिम “घ” वर्गको निर्माण व्यवसायीलाई इजाजतपत्र प्रदान गर्ने अधिकार जिल्ला विकास समितिलाई प्रत्यायोजित गरिएको अवस्थामा यस नियम बमोजिम सो वर्गको इजाजतपत्रको नवीकरण जिल्ला विकास समितिले गर्नेछ ।
८. अस्थायी इजाजतपत्र सम्बन्धी व्यवस्थाः (१) सार्वजनिक निर्माण कार्य गर्नका लागि ऐनको दफा ६ बमोजिम अस्थायी इजाजतपत्र पाउन सक्ने विदेशी निर्माण व्यवसायीले सार्वजनिक निर्माण कार्य गर्न अस्थायी इजाजतपत्र लिन चाहेमा अनुसूची-६ बमोजिमको ढाँचामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पछि आएपछि त्यस्तो दरखास्तवाला निर्माण व्यवसायीको आर्थिक तथा प्राविधिक योग्यता जाँचबुझ गरी माग बमोजिम अस्थायी इजाजतपत्र दिन मनासिब देखेमा समितिले सोही बमोजिमको सिफारिस नेपाल सरकार समक्ष गर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले दरखास्तको जाँचबुझ गर्दा कुनै थप कागजात माग गर्नु पर्ने देखेमा दरखास्तवाला निर्माण व्यवसायीलाई थप कागजात पेश गर्न लगाउन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम अस्थायी इजाजतपत्रको लागि समितिबाट सिफारिस भई आएमा नेपाल सरकारले अनुसूची-२ बमोजिमको अस्थायी इजाजतपत्र दस्तुर लिई अनुसूची-७ बमोजिमको ढाँचामा درخواستवाला निर्माण व्यवसायीलाई अस्थायी इजाजतपत्र दिनेछ ।
९. दर्ता किताबः (१) समितिले यस नियमावली बमोजिम प्रदान गरिएको इजाजतपत्रको अनुसूची-८ बमोजिमको ढाँचामा र अस्थायी इजाजतपत्रको अनुसूची-९ बमोजिमको ढाँचामा दर्ता किताब खडा गरी अद्यावधिक बनाई राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दर्ता किताबमा यो नियमावली प्रारम्भ हुनु अगावै प्रचलित कानून बमोजिम प्रदान गरिएको इजाजतपत्र र अस्थायी इजाजतपत्रको अभिलेख समेत दुरुस्त बनाई राख्नु पर्नेछ ।
परिच्छेद-३ निर्माण व्यवसायीको वर्गीकरण र दायित्व
१०. निर्माण व्यवसायीको वर्गीकरणः (१) सार्वजनिक निर्माण कार्य गर्ने निर्माण व्यवसायीलाई योग्यताको आधारमा वर्गीकरण गरिन्छ ।
(२) उपनियम (१) बमोजिम वर्गीकरण गर्दा देहाय बमोजिमको योग्यता भएको निर्माण व्यवसायीलाई देहाय बमोजिम वर्गीकरण गरिन्छः–
(क) अनुसूची-१० बमोजिमको योग्यता हुनेलाई “क” वर्गको निर्माण व्यवसायी, (ख) अनुसूची-११ बमोजिमको योग्यता हुनेलाई “ख” वर्गको निर्माण व्यवसायी, (ग) अनुसूची-१२ बमोजिमको योग्यता हुनेलाई “ग” वर्गको निर्माण व्यवसायी, (घ) अनुसूची-१३ बमोजिमको योग्यता हुनेलाई “घ” वर्गको निर्माण व्यवसायी ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अघि प्रचलित कानुन बमोजिम इजाजतपत्र प्राप्त निर्माण व्यवसायीले जुन वर्गको इजाजतपत्र प्राप्त गरेको छ सोही वर्गमा स्वतः वर्गीकृत भएको मानिनेछ ।
११. सार्वजनिक निर्माण कार्यको विवरण पेश गर्ने दायित्वः (१) निर्माण व्यवसायीले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको विवरण त्यस्तो कार्य सम्पन्न गरेको प्रमाणपत्र प्राप्त गरेको मितिले पैंतीस दिनभित्र अनुसूची-१४ बमोजिमको ढाँचामा समिति समक्ष पेश गर्नु सम्बन्धित निर्माण व्यवसायीको दायित्व हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित निर्माण व्यवसायीले आफूले सम्पन्न गरेको प्रत्येक सार्वजनिक निर्माण कार्यको एक प्रति विवरण सम्बन्धित आयोजना वा कार्यालयलाई समेत पठाउनु पर्नेछ ।
(३) समितिले उपनियम (१) बमोजिम प्राप्त विवरणको अभिलेख अनुसूची-१५ बमोजिम राख्नु पर्नेछ ।
१२. निर्माण व्यवसायीलाई स्तरीकरण गर्ने आधारः नियम १० बमोजिम वर्गीकृत निर्माण व्यवसायीलाई स्तरीकरण गर्ने आधार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।
परिच्छेद-४ विविध
१३. समितिको काम, कर्तव्य र अधिकारः ऐन वा यस नियमावली बमोजिम समितिलाई तोकिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) निर्माण व्यवसायीको आचार संहिता तयार गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्न र परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयन गर्न गराउने,
(ख) निर्माण व्यवसाय प्रवर्द्धन तथा विकासको लागि तथा निर्माण व्यवसायीको हितको लागि अपनाउनु पर्ने तत्कालिन, अल्पकालिन तथा दीर्घकालिन उपायको पहिचान गरी सो सम्बन्धमा अवलम्बन गरिनु पर्ने नीतिका सम्बन्धमा सुझाव सहितको सिफारिस परिषद् समक्ष पेश गर्न ,
(ग) इजाजतपत्र खारेजी सम्बन्धी आवश्यक कार्यविधि निर्धारण गर्न ।
१४. कोषमा बुझाउनु पर्ने दस्तुरः ऐनको दफा १७ को उपदफा (२) को खण्ड (ख) को प्रयोजनको लागि निर्माण व्यवसायीले स्वीकृत ठेका अङ्कको ०.१० (शून्य दशमलव एक शून्य) प्रतिशतको दरले हुने आउने रकम कोषमा दाखिला गर्नु पर्नेछ ।
१५. कोषको खाता सञ्चालनः कोषको खाता समिति गठितको अध्यक्ष वा सदस्य-सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवले तोकेको सो मन्त्रालय वा अन्तर्गत कार्यरत लेखा समूहको कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
१६. कोषको लेखा परीक्षणः कोषको लेखापरीक्षण प्रचलित कानून बमोजिम दर्ता भएको लेखापरीक्षकबाट हुनेछ ।
१७. सहमतिलगत पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्नेः द्विपक्षीय वा बहुपक्षीय सम्झौता बमोजिम गरिने सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिम प्राप्त सुविधा अन्तर्गत स्वदेशी तथा विदेशी निर्माण व्यवसायीले नेपाल $\text{**}$ ............ भित्र पैठारी गरेको सवारी साधन, मेशिनरी औजार तथा यस्तै अन्य यन्त्र तथा उपकरणको विवरण अनुसूची-१६ बमोजिमको ढाँचामा समिति समक्ष पेश गर्नु पर्नेछ ।
१८. इजाजतपत्र प्रतिलिपि दस्तुरः कुनै निर्माण व्यवसायीले इजाजतपत्र हराए वा नासिएको कारणबाट इजाजतपत्रको प्रतिलिपि पाउनको लागि निवेदन गर्दा अनुसूची-२ बमोजिमको प्रतिलिपि दस्तुर दाखिला गर्नु पर्नेछ ।
१९. परिषद्लाई जानकारी गराउनेः समितिले ऐन तथा यस नियमावली बमोजिम गरेको काम कारबाहीको जानकारी त्यस्तो काम कारबाही भएको मितिले पन्ध्र दिनभित्र परिषद्लाई गराउनु पर्नेछ ।
$\text{*}$ दोस्रो संशोधनद्वारा संशोधित । $\text{**}$ पहिलो संशोधनद्वारा सिकिएको ।
२०. अधिकार प्रत्यायोजन: ऐन तथा यस नियमावली बमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार मध्ये “घ” वर्गको निर्माण व्यवसायीलाई इजाजतपत्र प्रदान गर्ने तथा खारेज गर्ने अधिकार नेपाल सरकारले जिल्ला विकास समितिलाई एक पटकमा पाँच वर्षको अवधि तोकी प्रत्यायोजन गर्न सक्नेछ ।
२१. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।
२२. खारेजी र बचाउ: (१) ठेकेदार सम्बन्धी नियमावली, २०३१ खारेज गरिएकोछ । (२) ठेकेदार सम्बन्धी नियमावली, २०३१ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
द्रष्टव्य: केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तर गरिएका शब्दहरु: “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ३ सँग सम्बन्धित)
इजमजतपत्रको लागि दिइने दरखास्त
विषय: इजाजतपत्र पाऊँ भन्ने बारे ।
श्री कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय,
निर्माण व्यवसाय ऐन, २०५५ तथा निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम सार्वजनिक निर्माण कार्य गर्नको लागि इजाजतपत्र पाउन निम्न विवरण भरी यो दरखास्त पेश गरिएको छः–
१. दरखास्त पेश गर्ने फर्म वा कम्पनीको,– नाम:– ठेगाना:– पोष्ट बक्स:– टेलिफोन नं.– फ्याक्स नं:– इमेल:–
२. फर्म वा कम्पनीको प्रकृति [ ] प्राइभेट लिमिटेड कम्पनी [ ] पब्लिक लिमिटेड कम्पनी [ ] एकलौटी [ ] साझेदारी (कोष्ठकमा रेजा लगाउनु पर्नेछ)
३. सम्पर्कको लागि फर्म वा कम्पनीको आधिकारिक व्यक्तिको:– नाम थर:– ठेगाना:– पोष्ट बक्स:– टेलिफोन:– फ्याक्स:– इमेल:–
४. फर्म वा कम्पनीको विवरण:–
५. इजाजतपत्र लिन चाहेको वर्ग:–
६. सम्हीकरण हुन चाहेको समूह:–
७. आर्थिक श्रोतको विवरण:–
८. कामदारको विवरण:–
९. आफ्नो स्वामित्वमा रहेको निर्माण सम्बन्धी सवारी साधन मेसिनरी औजारको विवरणः–
द्रष्टव्यः यस विवरणमा उल्लिखित सवारी साधन तथा मेसिनरी औजारहरुको स्वामित्वको कागजात (दर्ता प्रमाणपत्र) र उक्त मेसिनरी औजारहरु चालू हालतमा रहेको छ भनी मेकानिकल इन्जिनियरद्वारा प्रमाणित भएको हुनु पर्नेछ ।
१०. यस अघि सम्पन्न गरेको कामको विवरणः–
९. अन्य
११. करचुक्ता गरेको प्रमाण कागजात:–
क.
ख.
ग.
यस दरखास्त फाराममा उल्लिखित सम्पूर्ण व्यहोरा ठीक साँचो छ । झुठ्ठा ठहरे कानून बमोजिम सहुला बुझाउँला ।
निर्माण व्यवसायीको छाप
दरखास्तवालाको,– दस्तखत:– मिति:–
द्रष्टव्य: यस दरखास्त फारम साथ दरखास्त फाराममा उल्लेख भएको व्यहोरा पुष्टि गर्न सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपी संलग्न गर्नु पर्नेछ र कार्यालयले माग गरेको बखत सक्कल कागजात पेश गर्नु पर्नेछ ।
अनुसूची-२ (नियम ६ को उपनियम (१), नियम ७ को उपनियम (२), नियम ७ को उपनियम (४), नियम ८ को उपनियम (४) र नियम १८ सँग सम्बन्धित)
दस्तुर
द्रष्टव्यः निर्माण व्यवसाय नियमावली, २०५६ को नियम ७ को उपनियम (४) बमोजिम म्यादभित्र इजाजतपत्र नवीकरण गराउँदा इजाजतपत्र नवीकरण शुल्क दस्तुरको महलमा उल्लिखित दस्तुर मात्र तिर्नुपर्नेछ ।
अनुसूची-३ (नियम ६ को उपनियम (१) सँग सम्बन्धित)
इजाजतपत्र
इजाजतपत्र नं. ..................... मिति:– .....................
नेपाल सरकार निर्माण तथा यातायात मन्त्रालय
निर्माण व्यवसाय ऐन, २०५५ को दफा ४ को उपदफा (३) र निर्माण व्यवसाय नियमावली, २०५६ को नियम ६ को उपनियम (१) बमोजिम निर्माण व्यवसाय वर्ग ............. स्थित कार्यालय भएको ....................... फर्म वा कम्पनीलाई इजाजतपत्र प्रदान गरिएको छ ।
इजाजतपत्र दिनेको,– दस्तखत:– नाम:– पद:– कार्यालय:–
(यस वृत्तभित्र कुन वर्ग लेख्नु पर्ने हो सोही वर्ग लेख्ने) मिति:–
नवीकरण
अनुसूची-४ (नियम ६ को उपनियम (२) सँग सम्बन्धित) इजाजतपत्र अभिलेख
इजाजतपत्रको क्रम संख्या:- (अनुसूची-८ मा उल्लिखित क्र.सं. उल्लेख गर्ने)
खण्ड-क
१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,– (क) नाम:- (ख) ठेगाना:-
२. निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको,– (क) नाम:- (ख) ठेगाना:-
३. निर्माण व्यवसायको,– (क) दर्ता नं.– (ख) दर्ता मिति:-
४. इजाजतपत्रको,– (क) वर्ग:- (ख) समूह:-
५. इजाजतपत्र जारी गरेको शुरु मिति:-
खण्ड-ख
नवीकरण
खण्ड-ग
कार्य अभिलेख विवरण
खण्ड-घ
निर्माण व्यवसायी कोषमा रकम बुझाएको विवरण
अनुसूची-५ (नियम ७ को उपनियम (२) र (४) सँग सम्बन्धित) इजाजतपत्र नवीकरणको लागि दिइने दरखास्त
श्री अध्यक्ष कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय,
विषयः इजाजतपत्र नवीकरण गरी पाऊँ भन्ने बारे ।
निर्माण व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र नवीकरण गर्नको लागि देहाय बमोजिमको विवरणहरू खुलाई निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम यो दरखास्त पेश गरेको छु ।
१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,– (क) नामः– (ख) ठेगानाः– (ग) पोष्ट बक्सः– (घ) टेलिफोन नं.– (ङ) फ्याक्स नं.– (च) ईमेलः–
२. निर्माण व्यवसायी दर्ता गर्ने कार्यालयको,– (क) नामः– (ख) ठेगानाः–
३. निर्माण व्यवसायीको,– (क) प्रमाणपत्र नं.– (ख) दर्ता मितिः–
४. (क) इजाजतपत्र नं.–
(ख) इजाजतपत्र जारी भएको मिति:–
(ग) इजाजतपत्र जारी गर्ने कार्यालय:–
५. *(क) नेपाल निर्माण व्यवसायी महासंघको सदस्यता नं. –
(ख) नवीकरण मिति:–
६. इजाजतपत्र नवीकरण दस्तुर / थप दस्तुर बापत रु. ............................. अक्षरेपी ....................................... जम्मा गरेको .................................... बैंकको सक्कल भौचर यसै साथ संलग्न छ ।
७. यस दरखास्त फाराममा उल्लिखित सम्पूर्ण व्यहोरा ठीक साँचो छ, झुठ्ठा ठहरे कानून बमोजिम सहुला बुझाउँला ।
निर्माण व्यवसायीको छाप
निवेदक निर्माण व्यवसायीको तर्फबाट दरखास्त दिनेको,– नाम:– पद:– दस्तखत:– मिति:–
अनुसूची-६ (नियम ८ को उपनियम (१) सँग सम्बन्धित) अस्थायी इजाजतपत्रको लागि दिइने दरखास्त
श्री कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय,
विषयः अस्थायी इजाजतपत्र पाउँभन्ने बारे ।
निर्माण व्यवसाय सञ्चालन गर्न अस्थायी इजाजतपत्र पाउनको लागि देहाय बमोजिमको विवरण खुलाई निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम यो दरखास्त पेश गरेको छु ।
१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,– (क) पूरा नामः– (ख) ठेगानाः–
२. निर्माण व्यवसाय इजाजतपत्र,– (क) जारी गर्ने निकायको नाम र ठेगानाः– (ख) जारी गर्ने शुल्कः– (ग) जारी गरेको मितिः– (घ) नवीकरण कायम रहने अवधिः–
३. निर्माण व्यवसाय प्रमाणपत्र नं.–
४. निर्माण व्यवसाय प्रमाणपत्रको प्रकृतिः–
५. (क) निर्माण व्यवसाय एक्लैले सञ्चालन गर्न भए सञ्चालकको पूरा नाम थर र ठेगानाः– (ख) निर्माण व्यवसाय संयुक्त रुपमा सञ्चालन गर्न भए सञ्चालकहरुको पूरा नाम थर र ठेगानाः–
६. सार्वजनिक निर्माण कार्य गर्ने योजनाको नामः–
७. सार्वजनिक निर्माण कार्य अन्तर्गत पर्ने आयोजना/कार्यालयः–
(क) आयोजना / कार्यालयको नाम, ठेगानाः–
(ख) आयोजना / कार्यालयको फोन नं. ........... फ्याक्स नं. ............ ईमेल ..........
८. सार्वजनिक निर्माण कार्यको बोल अङ्क रु. ................. अक्षरूपी ..........................
९. यस अघि अस्थायी इजाजतपत्र प्राप्त गरेको वा नगरेकोः–
१०. यस अघि अस्थायी इजाजतपत्र प्राप्त गरेको भए सो को विवरण,–
(क) सार्वजनिक निर्माण कार्य योजनाको नामः–
(ख) आयोजना / कार्यालयको नाम, ठेगानाः–
११. यस अघि अस्थायी इजाजतपत्र प्राप्त गरी सार्वजनिक निर्माण कार्य सम्पन्न भएको भए सो को विवरणः–
(क) कार्य प्रारम्भ मितिः–
(ख) कार्य सम्पन्न मितिः–
(ग) मर्मत अवधि मितिः–
(घ) भेरिएसन अर्डर बमोजिम वृद्धि वा कम भएको रकम रु. .............................. अक्षरूपी .............................................
(ङ) कूल ठेक्का सम्झौता रकम रु. .................... अक्षरूपी ............................
(च) निर्माण व्यवसायी कोषमा नियम १४ बमोजिम दाखिला गरेको दस्तुर रु. ............. अक्षरूपी ...........................................
(छ) निर्माण कार्य सम्पन्न गरेको प्रमाणपत्रः–
(ज) कर चुक्ता गरेको प्रमाणपत्रः–
(झ) कर चुक्ता भई नसकेको भए सो को विवरण .........................
(ञ) सहुलियतमा पैठारी गरिएको सामानको विवरणः–
द्रष्टव्यः यस विवरणको साथमा यस सँग सम्बन्धित सम्झौताको प्रतिलिपी पेश गर्नुपर्नेछ ।
(ट) निर्माण कार्यको लागि वैदेशिक जनशक्तिको उपयोग भएको भए सो को विवरण (यस प्रयोजिको लागि नाम, योग्यता, पद खुल्ने गरी भिन्दै कागजात संलग्न गर्न सकिनेछ)
१२. हाल अन्यत्र सार्वजनिक निर्माण कार्य चालू भरेको भए सोको विवरणः
(क) कार्य प्रारम्भ मितिः
(ख) कार्य सम्पन्न गराउनु पर्ने मितिः
(ग) म्याद अवधि को मितिः
(घ) भेरिएसन अर्डर बमोजिम वृद्धि वा कम भएको रकम रु. ............................... अक्षरेपी .....................................
(ङ) सहुलियतमा पैठारी गरिएको / गरिने सामानको विवरण (यस प्रयोजिको लागि पैठारी गरिएको सामानको विवरण यसै अनुसूचीको क्रमसंख्या ११ को खण्ड (ञ) मा उल्लेख गरिए बमोजिम र पैठारी गरिने बाँकीको हकमा भिन्दै उल्लेख गरी सम्बन्धित सम्झौताको प्रतिलिपी पेश गर्नुपर्नेछ)
(च) निर्माण व्यवसायी कोषमा नियम १४ बमोजिम दस्तुर दाखिला गरेको रकम रु. .............. अक्षरेपी ......................... ।
(छ) वैदेशिक जनशक्ति विवरण (यस प्रयोजिको लागि नाम, योग्यता, पद, प्रवेशजा अवधि खुल्ने गरी भिन्दै कागजात संलग्न गर्न सकिनेछ)
१३. यस दरखास्त साथ दस्तुर रु. .................... अक्षरेपी ..................................... जम्मा गरेको ....................... बैंकको सक्कल भौचर संलग्न गरिएको छ ।
१४. नेपाल ¹.......... भित्र सम्पर्कको लागि आधिकारिक व्यक्तिको,–
(क) नाम, थरः–
(ख) ठेगानाः–
(ग) पोष्टबक्सः–
(घ) टेलिफोन नं.–
(ङ) फ्याक्सः–
(च) ईमेलः–
१५. निर्माण व्यवसाय ऐन, २०५, निर्माण व्यवसाय नियमावली, २०५६ र प्रचलित नेपाल कानून तथा सो अन्तर्गत दिइएको आदेश निर्देशनको अधिनमा रही नेपाल ¹......... भित्र सार्वजनिक निर्माणको कार्य गर्न मञ्जुर गर्दछु ।
यस दरखास्त फाराममा उल्लिखित व्यहोरा ठीक साँचो छ । झूठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निर्माण व्यवसायीको छाप
द्रष्टव्यः यस फारमको क्रमसंख्या ९, ०, १ र १२ यो नियमावली प्रारम्भ हुनु अघि भए गरे को कामको हकमा लागु हुने छैन ।
¹ पहिलो संशोधनद्वारा झिकिएको ।
अनुसूची-७ (नियम ८ को उपनियम (४) सँग सम्बन्धित) अस्थायी इजाजतपत्र
श्री .......................... नम्बर:– .............................. आयोजना:–
१. निर्माण व्यवसायी (फर्म वा कम्पनी) को,– (क) नाम:–
२. इजाजतपत्रको वर्ग र समूह:–
३. अस्थायी इजाजतपत्र जारी गरिएको सार्वजनिक निर्माण कार्य गर्न योजनाको नाम:–
४. आयोजना / कार्यालयको नाम, ठेगाना:– ५. आयोजना अवधि:– (यस प्रयोजनको लागि आयोजनाको म्याद थप भएमा सोही आधारमा यसको अवधि स्वतः कायम भएको मानिनेछ) ६. इजाजतपत्र जारी गर्न कार्यालयको छाप
अनुसूची-८ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
इजाजतपत्र दर्ता किताब
अनुसूची-९ (नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
अस्थायी इजाजतपत्र दर्ता किताब
अनुसूची-१०
(नियम १० को उपनियम (२) को खण्ड (क) सँग सम्बन्धित)
“क” वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता
१. आर्थिक क्षमता: प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा एक करोड रुपैयाँको चालू पूँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनुपर्नेछ ।
२. कामको अनुभव: घटीमा एक करोड पचास लाख रुपैयाँको चार अलग अलग वा कूल छ करोड रुपैयाँ बराबरको विभिन्न सार्वजनिक निर्माण कार्य आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनुपर्नेछ ।
तर कम्तीमा बीस वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा दुई जना सिभिल इन्जिनियर रहेको कम्पनी वा विगत दस वर्षमा छ करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई इन्जिनियर वा सो सरहको प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई “क” वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न यस खण्डले कुनै बाधा पुर्याएको मानिने छैन ।
३. मुख्य जनशक्ति विवरण: सिभिल इन्जिनियरीङ विषयमा स्नातक तह उत्तीर्ण दुई जना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण चार जना प्राविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुई जना र प्रमाणपत्र तह उत्तीर्ण तीन जना र वाणिज्य शास्त्रमा स्नातक तह उत्तीर्ण एक जना, सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनुपर्नेछ ।
४. मेसिन र उपकरणः
(क) थियोडोलाईड (दुई थान)
(ख) लेभल (चार थान)
(ग) डम्पट्रक वा ट्रक (दुई थान)
(घ) वाटर पम्प (तीन थान)
(ङ) कंक्रीट मिक्सचर (तीन थान)
(च) भाइब्रेटर (पाँच थान)
(छ) ल्याब इक्विपमेन्ट (एक से ट)
(ज) ब्याकोहोइ, एक्स्काभेटर, बुलडोजर मध्ये कुनै एक थान
(झ) निम्न उपकरण मध्ये कम्तीमा चार थान
द्रष्टव्यः
१. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्नेछ ।
२. माथि उल्लिखित यान्त्रिक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।
३. माथि उल्लिखित यन्त्र उपकरणहरू दर्तामा भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन ।
४. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण व्यवसायीको स्तर वृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागि मान्य हुने छैन ।
अनुसूची-११
(नियम १० को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)
“ख” वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता
१. आर्थिक क्षमता: प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा पचास लाख रुपैयाँको चालू पुँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनुपर्नेछ ।
२. कामको अनुभव: घटीमा असी लाख रुपैयाँको चार अलग अलग वा कूल तीन करोड बीस लाख रुपैयाँ बराबरको विभिन्न सार्वजनिक निर्माण कार्यहरू आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनुपर्नेछ ।
तर कम्तीमा दस वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा एक जना सिभिल इन्जिनियर रहेको कम्पनी वा विगत दस वर्षमा दुई करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई इन्जिनियर वा सो सरिको प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई “ख” वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न यस खण्डले कुनै बाधा पुर्याएको मानिने छैन ।
३. मुख्य जनशक्ति विवरण: सिभिल इन्जिनियरीङ विषयमा स्नातक तह उत्तीर्ण एक जना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुई जना प्रमविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुई जना र प्रमाणपत्र तह उत्तीर्ण दुई जना र वाणिज्य शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनुपर्नेछ ।
४. मेसिन र उपकरणः
(क) भिडियोलाईड (एक थान)
(ख) लेभल (दुई थान)
(ग) डम्पट्रक वा ट्रक (एक थान)
(घ) वाटर पम्प (दुई थान)
(ङ) कंक्रीट मिक्सचर (दुई थान)
(च) भाइब्रेटर (चार थान)
(छ) ल्याब इक्विपमेन्ट (एक सेट)
(ज) ब्याकोहो, एक्स्काभेटर, बुलडोजर मध्ये कुनै एक थान
(झ) निम्न उपकरण मध्ये कम्तीमा दुई थान
द्रष्टव्य:
१. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्नेछ ।
२. माथि उल्लिखित यान्त्रिक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।
३. माथि उल्लिखित यन्त्र उपकरणहरू दर्तामा भएको मितिबाट घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन ।
४. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण व्यवसायीको स्तर बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागि मान्य हुने छैन ।
अनुसूची-१२
(नियम १० को उपनियम (२) को खण्ड (ग) सँग सम्बन्धित)
"ग" वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता
१. आर्थिक क्षमता: प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा दश लाख रुपैयाँको चालू पूँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ ।
२. कामको अनुभव: घटीमा दश लाख रुपैयाँको चार अलग अलग वा कूल चालीस लाख रुपैयाँ बराबरको विभिन्न सार्वजनिक निर्माण कार्यहरू आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनु पर्नेछ ।
तर कम्तीमा पाँच वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा एक जना सिनिल इन्जिनियर वा सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुई जना सिनिल ओभरसियर रहेको कम्पनी वा विगत पाँच वर्षमा एक करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई इन्जिनियर वा ओभरसियर वा सो सरहका प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई “ग” वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्दा यस खण्डले कुनै बाधा पुर्याएको मानिने छैन ।
३. मुख्य जनशक्ति विवरण: सिनिल इन्जिनियरीङ विषयमा स्नातक तह उत्तीर्ण एक जना वा सोही विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण दुई जना प्राविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुई जना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुई जना अप्राविधिक र वाणिज्य विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ ।
४. मेसिन र उपकरणः
(क) लेभल (दुई थान)
(ख) वाटर पम्प (दुई थान)
(ग) कंक्रीट मिक्सचर (एक थान)
(घ) भाइब्रेटर (तीन थान)
(ङ) निम्न उपकरण मध्ये कम्तीमा एक थान
(१) लोडर (२) बिटुमिन डिष्ट्रिब्युटर । स्प्रेयर (३) वाटर ट्याङ्कर । स्प्रेयर (४) मोटर ग्रेडर (५) थ्री व्हील रोलर (६) एक टन रोलर (७) न्यूमेटिक रोलर (८) बिटुमिन पेभर (९) एस्फाल्ट मिक्स प्लान्ट (१०) क्रेन (११) फोर्क लिफ्ट (१२) क्रसर (१३) कम्प्याक्टर (१४) भाइब्रेटिङ रोलर (१५) हाइड्रोलिक अगर (१६) विन्च (१७) बिल्डिङ होइस्ट
द्रष्टव्यः
१. उपकरणको नामवली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्नेछ । २. माथि उल्लेखित यान्त्रिक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ । ३. माथि उल्लेखित यन्त्र उपकरणहरू दत्तमा भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन ।
४. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरु निर्माण व्यवसायीको स्तर बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागि मान्य हुने छैन ।
अनुसूची-१३ (नियम १० को उपनियम (२) को खण्ड (घ) सँग सम्बन्धित) “घ” वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता
१. आर्थिक क्षमता: प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा एक लाख रुपैयाँको चालू पुँजी देखाई उद्योग विभागमा दर्ता भएको हुनुपर्नेछ ।
२. मुख्य जनशक्ति विवरण: सम्बन्धित इन्जिनियरीङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासनिक र वाणिज्य शाखामा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनुपर्नेछ ।
३. मेसिन र उपकरणः (क) लेभल (एक थान) (ख) वाटर पम्प (एक थान) (ग) भाइब्रेटर (एक थान)
द्रष्टव्यः १. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरु पेश गर्नु पर्नेछ । २. माथि उल्लिखित यान्त्रिक उपकरणहरु ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनुपर्नेछ । ३. माथि उल्लिखित यन्त्र उपकरणहरु दर्ता भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन । ४. पञ्च वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरु निर्माण व्यवसायीको स्तर वृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागि मान्य हुने छैन ।
अनुसूची-१४ (नियम ११ को उपनियम (१) सँग सम्बन्धित) सार्वजनिक निर्माण कार्यको विवरण
श्री कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय,
विषय: निर्माण कार्य विवरण पेश गरेको ।
निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम सार्वजनिक निर्माण कार्यको विवरण निम्नानुसार खुलाई पेश गरेको छु ।
१. निर्माण व्यवसायीको,– (क) नाम:– (ख) ठेगाना:–
२. कार्य योजनाको नाम:–
३. आयोजना / कार्यालयको,– (क) नाम:– (ख) ठेगाना:–
४. निर्माण व्यवसायी तर्फको इन्जिनियरको,– (क) नाम:– (ख) काम गरेको अवधि:– (ग) नेपाल इन्जिनियर्स एसोसिएसनको सदस्यता नं.–
५. मुख्य जनशक्ति,– (क) प्राविधिक (ख) अप्राविधिक
६. ठेक्का सम्पन्न भए बमोजिमको रकम...............................
७. ठेक्का सम्झौता बमोजिमको रकम रु. .............................
८. भेरिएसन भए वा नभएको भए,–
९. निर्माण कार्यको संक्षिप्त विवरणः–
१०. कार्य समापन प्रमाणपत्र प्राप्त मितिः–
११. इजाजतपत्र नंः–
अनुसूची-१५ (नियम ११ को उपनियम (३) सँग सम्बन्धित) सार्वजनिक निर्माण कार्यको विवरण अभिलेख
अनुसूची-१६ (नियम १७ सँग सम्बन्धित) सहुलियतमा पैठारी गरिएका सामानको विवरण
श्री कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय काठमाडौँ ।
विषय: विवरण पेश गरेको ।
निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम नेपाल ¤.......... भित्र सहुलियतमा पैठारी गरिएको सवारी साधन, मेसिनरी औजार तथा अन्य यन्त्र, उपकरणको विवरण निम्न बमोजिम खुलाई पेश गरिएको छ ।
१. निर्माण व्यवसायीको,– (क) नाम:– (ख) ठेगाना:–
२. कार्य योजनाको नाम:–
३. ठेका सम्झौता नम्बर:–
४. सम्झौता अवधि:–
५. आयोजना । कार्यालयको,– (क) नाम:– (ख) ठेगाना:–
¤ पहिलो संशोधनद्वारा झिकिएको ।
६. सहुलियतमा पैठारी गरिएको सामानहरुको विवरण:–
७. सम्झौता बमोजिम सहुलियतमा झिकाउन पाउने सामानहरुको विवरण खुलेको बील अफ क्वान्टीटीको नक्कल यसै दरखास्त साथ पेश गरेको छु ।
यस दरखास्तमा उल्लिखित विवरण ठीक साँचो छ, झुठ्ठा ठहरे कानून बमोजिम सहुला बुझाउँला ।
दर्ता नं.– दर्ता मिति:– अधिकृत पूँजी:– जारी पूँजी:– दर्ता गर्ने कार्यालयको नाम र ठेगाना:– (नियम १० बमोजिमको वर्ग मध्ये कुनै एक) उल्लिखित विवरण बाहेक अन्य विवरण भए छुट्टै पेश गर्न सकिनेछ । (क) प्राविधिक:– (ख) अप्राविधिक:– (ग) अन्य:– निर्माण व्यवसाय सञ्चालन गर्न अस्थायी इजाजतपत्र पाउनको लागि तपाईंले मिति ................... मा दिएको दरखास्त उपर कार्रवाई हुँदा निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम देहाय बमोजिमको निर्माण व्यवसाय सञ्चालन गर्न निम्न विवरण खुलाई यो अस्थायी इजाजतपत्र दिइएको छ । प्रचलित कानूनको रीत पुर्याई निर्माण व्यवसाय सञ्चालन गर्नु होला । (ख) ठेगाना:– नेपाल*:.......... भित्र:– नेपाल *:..........बाहिर:– इजाजतपत्र जारी गर्ने अधिकारीको,– दस्तखतः नाम: पद: मिति: (१) लोडर (२) बिटुमिन डिष्ट्रिब्युटर /स्प्रेयर (३) वाटर ट्याङ्कर / स्प्रेयर (४) मोटर ग्रेडर (५) थ्री व्हील रोलर (६) एक टन रोलर (७) न्यूमेटिक रोलर (८) बिटुमिन पेभर (९) एस्फाल्ट मिक्स प्लान्ट (१०) क्रेन (११) फोर्क लिफ्ट (१२) क्रसर (१३) कम्प्याक्टर (१४) भाइब्रेटेड रोलर (१५) हाइड्रोलिक अगर (१६) विन्च (१७) विल्डेड होस्ट (१) लोडर (२) बिटुमिन डिष्ट्रिब्युटर /स्प्रेयर (३) वाटर ट्याङ्कर / स्प्रेयर (४) मोटर ग्रेडर (५) थ्री व्हील रोलर (६) एक टन रोलर (७) न्यूमेटिक रोलर (८) बिटुमिन पेभर (९) एस्फाल्ट मिक्स प्लान्ट (१०) क्रेन (११) फोर्क लिफ्ट (१२) क्रसर (१३) कम्प्याक्टर (१४) भाइब्रेटेड रोलर (१५) हाइड्रोलिक अगर (१६) विन्च (१७) विल्डेड होस्ट (क) वृद्धि भएको रकम रु. .................. (ख) कम भएको रकम रु. .................. (क) (ख) (ग) (घ) (अस्थायी इजाजतपत्र भए सो को व्यहोरा उल्लेख गर्नुपर्नेछ) छाप दरखस्तवालाको,– नामः– दस्तखतः– मितिः–