नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१
नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१
नेपाल राजपत्रमा प्रकाशित मिति २०५१।०५।१३
निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१” रहेको छ । (२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यी नियमहरुमा,– (क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ । (ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ । (ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा सम्झनु पर्छ । (घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ । (ङ) “कर्मचारी” भन्नाले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।
३. सेवाको गठनः ऐनको दफा ३ बमोजिम नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा गठन गरिएको छ ।
४. सेवामा रहने समूह, श्रेणी र पदः (१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका पदहरु समावेश भएको अनुसूची—१ बमोजिमका समूहहरु रहने छन् । (२) सेवामा देहायका श्रेणीहरु रहन सक्नेछन्:– (क) राजपत्राङ्कितः (१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी, (३) द्वितीय श्रेणी, र (४) तृतीय श्रेणी । (ख) राजपत्र अनंकित: (१) प्रथम श्रेणी, (२) द्वितीय श्रेणी, (३) तृतीय श्रेणी, र (४) चतुर्थ श्रेणी । (३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमको पदहरु रहन सक्ने छन् । (४) सेवा, समूहमा रहने श्रेणीका र श्रेणी विहीन पदहरु अनुसूची–२ बमोजिम हुनेछन् ।
५. समूहीकरणको व्यवस्था : (१) यी नियमहरु प्रारम्भ हुदाका बखत नेपाल तथ्याङ्क सेवाको विभिन्न समूहमा कार्यरत कर्मचारी तथ्याङ्क समूहमा स्वतः समूहीकृत भएका मानिने छन्। (२) नेपाल सरकारले अनुसूची–३ बमोजिम आर्थिक योजना समूहका लागि तोकिएको न्यूनतम योग्यता पुगेका उक्त समूहमा समूहीकृत हुन चाहने निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई निजहरुको कार्य विशिष्टता समेतको आधारमा प्रचलित कानून बमोजिम सेवा, समूह वा उपसमूह परिवर्तन गरी आर्थिक योजना समूहमा समूहीकृत गर्न सक्नेछ ।
६. रिक्त पदको पूर्तिः (१) सेवाका रिक्त पदहरुको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ । (२) श्रेणी विहीन पदहरु सुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ ।
७. नियुक्तिको लागि योग्यताः सेवा, समूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची—३ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।
८. सरुवाको व्यवस्था: समूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद— ६ को अधीनमा रही समूहभित्रका पदमा मात्र गरिनेछ ।
९. शैक्षिक योग्यता सम्बन्धी व्यवस्था: कार्य क्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनको निमित्त राजपत्राङ्कित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अनङ्कित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ । तर यी नियमहरु प्रारम्भ हुँदाको बखत नेपाल तथ्याङ्क सेवा अन्तर्गतका विभिन्न समूहमा बहाल रहेका कर्मचारीको हकमा निजलाई त्यस्तो सेवा वा समूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
१०. सेवा, समूह सञ्चालन सम्बन्धी व्यवस्था: सेवा, समूहको सञ्चालन र प्रशासन सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
११. अनुसूचीमा हेरफेर वा थपघट: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
१२. खारेजी र बचाउ: (१) नेपाल तथ्याङ्क सेवा (गठन, समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०४६ खारेज गरिएको छ । (२) उपनियम (१) मा उल्लेखित नियमहरु बमोजिम भए गरेका काम कारवाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिने छन् ।
द्रष्टव्य:– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची–१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) सेवामा रहने समूहहरूको नाम
१. आर्थिक योजना समूह, २. तथ्याङ्क समूह ।
अनुसूची–२ (नियम ४ को उपनियम (४) सँग सम्बन्धित) सेवा र सेवाको समूहमा रहने पदहरुको नाम
- मिति २०५१।१२।२७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
अनुसूची ३ (नियम ७ सँग सम्बन्धित) सेवा प्रवेशको लागि चाहिने न्यूनतम योग्यता
(क) आर्थिक योजना समूहको लागि क्र.स. पद शैक्षिक योग्यता
१. राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट विकास योजना वा क्षेत्रीयवा विकास योजना वा भूगोल वा विकास प्रशासन वा अर्थशास्त्र वा वाणिज्यशास्त्र वा समाजशास्त्र वा पब्लिक पोलिस एण्ड एडमिनिस्ट्रेशन वा तथ्याङ्कशास्त्र वा गणित वा व्यवस्थापन वा पपुलेसन स्टडिज वा एन्रोपोलोजी वा इनभायरमेन्टल साइन्स वा कृषि अर्थशास्त्र वा ग्रामीण विकास अर्थशास्त्र योजना वा जनस्वास्थ्य र योजना विषयहरुमध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी नियमावलीको नियम १५ को उपनियम (१) बमोजिम अनुभव प्राप्त ।
२. राजपत्राङ्कित तृतीय श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट विकास योजना वा क्षेत्रीय विकास योजना वा भूगोल वा विकास प्रशासन वा अर्थशास्त्र वा वाणिज्यशास्त्र वा समाजशास्त्र वा पब्लिक पोलिस एण्ड एडमिनिस्ट्रेशन वा तथ्याङ्कशास्त्र वा गणित वा व्यवस्थापन वा पपुलेसन स्टडिज वा एन्रोपोलोजी वा इनभायरमेन्टल साइन्स वा कृषि अर्थशास्त्र वा ग्रामीण विकास अर्थशास्त्र / योजना वा जनस्वास्थ्य र योजना विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
३. राजपत्र अनङ्कित प्रथम श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट विकास योजना वा क्षेत्रीय विकास योजना वा भूगोल वा विकास प्रशासन वा अर्थशास्त्र वा समाजशास्त्र वा पब्लिक पोलिस एण्ड एडमिनिस्ट्रेशन वा तथ्याङ्कशास्त्र वा गणित एण्ड एडमिनिस्ट्रेशन वा तथ्याङ्कशास्त्र वा गणित विषयहरुमध्ये कुनै एक मूल विषय लाई स्नातक वा वाणिज्य शास्त्र वा व्यवस्थापनमा स्नातक वा सो सरह उत्तीर्ण ।
४. श्रेणी विहीन पद नेपाल सरकारले तोके बमोजिम ।
(ख) तथ्याङ्क समूहको लागि:
स्पष्टीकरण: यस अनुसूचीको प्रयोजनको लागि “मान्यता प्राप्त शिक्षण संस्था” भन्नाले लोक सेवा आयोगबाट मान्यता प्राप्त शिक्षण संस्था सम्झनु पर्छ ।*