नेपाल ट्रष्ट नियमावली, २०६५
नेपाल राजपत्रमा प्रकाशित मिति २०६५।१२।०४
संशोधन १. नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ २०७६।०६।२७ २. नेपाल ट्रष्ट (दोस्रो संशोधन) नियमावली, २०७८ २०७८।०२।३१
नेपाल ट्रष्ट ऐन, २०६४ को दफा २५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “नेपाल ट्रष्ट नियमावली, २०६५” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “ऐन” भन्नाले नेपाल ट्रष्ट ऐन, २०६४ सम्झनु पर्छ । (ख) “कार्यकारी सचिव” भन्नाले ऐनको दफा १६ बमोजिम नियुक्त कार्यकारी सचिव सम्झनु पर्छ ।
- (ग) "बढे बढाएको रकम" भन्नाले नेपाल ट्रष्टको नाममा रहेको नगद बैङ्क मौज्दातबाट प्राप्त ब्याज रकम सम्झनु पर्छ ।
३. ट्रष्टको सम्पत्ति प्रयोगः (१) समितिले ट्रष्टको सम्पत्ति ऐनको दफा ५ बमोजिम व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी शैक्षिक, प्राज्ञिक, पर्यटकीय, व्यावसायिक तथा स्वास्थ्य सम्बन्धी राष्ट्रहितका कार्यमा प्रयोग गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम ट्रष्टको सम्पत्तिको प्रयोग गर्दा समितिले देहाय बमोजिमको शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न सक्नेछः–
- दोस्रो संशोधनद्वारा थप ।
- पहिलो संशोधनद्वारा संशोधित ।
(क) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था खडा गरी सञ्चालन गर्ने वा गराउने, (ख) शैक्षिक वा प्राविधिक क्षेत्रसँग सम्बन्धित अल्पकालीन वा दीर्घकालीन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने वा गराउने, (ग) कुनै सामुदायिक शिक्षण संस्था वा साहित्य, विज्ञान तथा प्रविधि सम्बन्धी सामुदायिक वा सार्वजनिक शैक्षिक वा प्राविधिक संस्थालाई पूर्ण वा आंशिक अनुदान प्रदान गर्ने, (घ) आर्थिकरूपले विपन्न र दुर्गम तथा पिछडिएको क्षेत्रका व्यक्तिहरूमध्येबाट उच्च अङ्क प्राप्त गरी प्रवेशिका परीक्षा * वा सो सरह उत्तीर्ण भएका विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गर्नको लागि छात्रवृत्ति प्रदान गर्ने, (ङ) दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यालयहरूमा समितिले तोकेको कुनै खास विषय अध्यापनको लागि योग्य शिक्षकको तलब भत्ताको निमित्त पूर्ण वा आंशिक अनुदान प्रदान गर्ने, (च) दुर्गम तथा पिछडिएका क्षेत्रका सामुदायिक विद्यालयको भवन निर्माण तथा मर्मत सम्भारको लागि समितिले उचित ठराएको रकम अनुदान प्रदान गर्ने, (छ) सामुदायिक विद्यालयका शिक्षकको स्तरवृद्धिका लागि विषयगत शिक्षण विधि विषयमा तालिम सञ्चालन गर्न अनुदान प्रदान गर्ने, (ज) दुर्गम क्षेत्रका विद्यालय, महाविद्यालय वा विश्वविद्यालय सञ्चालनको लागि अनुदान प्रदान गर्ने, (झ) आर्थिक रूपले विपन्न विद्यालय, महाविद्यालय वा विश्वविद्यालयमा शैक्षिकस्तर वृद्धि गर्न कुशल व्यवस्थापन सेवाको लागि अनुदान प्रदान गर्ने,
- पहिलो संशोधनद्वारा संशोधित ।
(ञ) प्रवेशिका परीक्षा वा सो सरह तथा उच्च माध्यमिक परीक्षामा उच्च अङ्क प्राप्त गर्ने दलित तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि एकमुष्ट छात्रवृत्ति रकम प्रदान गर्ने, र (ट) शैक्षिक वा प्राज्ञिक वा अनुसन्धाननात्मक कार्यक्रमको लागि समितिले उपयुक्त ठहर्याएको ठहर्याएको व्यक्ति वा संस्थालाई सहयोग उपलब्ध गराउने ।
(२क) उपनियम (१) बमोजिम ट्रष्टको सम्पत्तिको प्रयोग गर्दा समितिले पर्यटकिय र व्यावसायिक क्षेत्रसँग सम्बन्धित देहाय बमोजिमका कार्यक्रम सञ्चालन गर्न, गराउन सक्नेछ । (क) पर्यटन प्रवर्द्धनसँग सम्बन्धित होटल, रिसोर्ट, होमस्टे, पार्क, फनपार्क, भ्यूटावर जस्ता पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने, (ख) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक एवम् प्राकृतिक महत्त्वका सम्पत्तिको मौलिकतामा खलल नपुग्ने गरी पर्यटकिय गतिविधि सञ्चालन गर्ने, (ग) पर्यटनसँग सम्बन्धित विभिन्न तालीम कार्यक्रम सञ्चालनप्रवर्द्धन गर्ने, (घ) मेला तथा प्रदर्शनी आयोजना गर्ने, (ङ) पर्यटकलाई लक्षित गरी मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने।
(३) ट्रष्टको सम्पत्तिको प्रयोग गर्दा समितिले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित देहायका कार्यक्रम सञ्चालन गर्ने सक्नेछः– (क) सार्वजनिक प्रयोजनका अस्पताल वा स्वास्थ्य चौकी खडा गरी स्थानीय निकाय, सामुदायिक संस्था वा गैरसरकारी संस्था मार्फत सञ्चालन गराउने, (ख) दुर्गम क्षेत्रमा अस्पताल वा स्वास्थ्य चौकी खडा गरी स्थानीयस्तरबाट सञ्चालन हुने व्यवस्था गर्ने, (ग) सुगम क्षेत्रमा अस्पताल खडा गरी आय आर्जन गर्ने,
(घ) समितिले तोकेका दुर्गम क्षेत्रका जिल्लाहरूमा औषधी बैङ्क खडा गरी सञ्चालन गर्ने वा गराउने, (ङ) वृद्धाश्रम तथा घाटमा अन्तिम अवस्थाका बिरामीहरूलाई आश्रय स्थलको व्यवस्था गरी सञ्चालन गर्ने तथा स्वास्थ्य उपचार सेवा पुर्याउने, र (च) खण्ड (क), (ख) र (ग) बमोजिम अस्पताल, स्वास्थ्य चौकी खडा गरेका ठाउँहरूमा औषधी बैङ्क खडा गरी सञ्चालन गर्ने ।
(४) ट्रष्टले यस नियम बमोजिमका कार्यक्रम सञ्चालन गर्दा ट्रष्टलाई प्राप्त भएको आयबाटमात्र सञ्चालन गर्नु पर्नेछ र ट्रष्टको अचल सम्पत्ति बिक्री गरी यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने छैन ।
३क. लिजको अवधि थप गर्न सकिनेः (१) ऐनको दफा ५ को उपदफा (३ख) बमोजिम लिजको अवधि समाप्त हुनु अगावै अवधि थप गर्न चाहने पले अवधि थप गर्नु पर्ने कारण र औचित्य समेत खुलाई ट्रष्ट समक्ष निवेदन दिन सक्नेछ । (२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा समितिले त्यसरी अवधि थप गर्दा ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भई अवधि थप गर्न मनानसब ठानेमा ऐनको दफा ५ को उपदफा (३ख) को अधीनमा रही थप गर्नु पर्ने अवधि खुलाई नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। (३) उपनियम (२) बमोजिमको सिफारिसको आधारमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्नेछ ।
३ख. संरचना हस्तान्तरण गर्नु पर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम ट्रष्टको सम्पत्ति लिजमा लिने पले सम्झौता बमोजिम तयार गरेका संरचना वा सम्पत्ति लिज अवधि समाप्त भएपछि ट्रष्टको कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम संरचना वा सम्पत्ति हस्तान्तरण नगरेमा ट्रष्टको कार्यालयले त्यस्तो संरचना वा सम्पत्ति लिज अवधि समाप्त भएपछि स्वतः हस्तान्तरण भएको मानी ट्रष्टको आम्दानीमा लगत बाँध्नु पर्नेछ।
*४.
५. सम्पत्तिको संरक्षण र संवर्द्धन: समितिले ट्रष्टको सम्पत्तिको संरक्षण र संवर्द्धन गर्नको लागि देहाय बमोजिमका कामहरु गर्न सक्नेछः– (क) ट्रष्टसँग सम्बन्धित सम्मेलन, सेमिनार, प्रवचन वा प्रदर्शनी वा भ्रमणको आयोजना गर्ने तथा यससँग सम्बन्धित डकुमेण्ट्री बनाई बिक्री वितरण गर्ने, (ख) ट्रष्टको सम्पत्तिको संरक्षण र संवर्द्धन गर्नको लागि सरकारी तथा गैर सरकारी निकायको सहयोग लिने, (ग) ट्रष्टको सम्पत्ति संरक्षण गर्ने सम्बन्धमा आवश्यकतानुसार राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिसँग सम्पर्क गर्ने, (घ) राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था, निकाय वा व्यक्तिसँग करार गरी ट्रष्टको सम्पत्ति $^०$ भाडामा दिने, र (ङ) ट्रष्टको सम्पत्तिको संरक्षण र संवर्द्धन गर्न अन्य आवश्यक काम गर्ने वा गराउने।
*५क. खर्च गर्न सक्ने: ऐनको दफा १७ बमोजिम कोषमा जम्मा भएको रकम मध्ये ट्रष्टको सम्पत्तिबाट बढे बढाएको रकमको वार्षिक पचास प्रतिशतसम्म समितिले र सो भन्दा बढी रकम नेपाल सरकारको पूर्व स्वीकृति लिई समितिले ट्रष्टको सम्पत्तिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने प्रयोजनको लागि खर्च गर्न सक्नेछ।
६. आय आर्जन हुने कार्यमा लगानी गर्ने: (१) समितिले ट्रष्टको सम्पत्ति आय आर्जन हुने कार्यमा प्रयोग गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम सम्पत्तिको प्रयोग गर्दा समितिले देहाय बमोजिम गर्न सक्नेछः– (क) ट्रष्टको जग्गामा भवन निर्माण गरी व्यापारिक वा अन्य प्रयोजनका लागि भाडामा दिने,
- पहिलो संशोधनद्वारा यप । $\text{†}$ दोस्रो संशोधनद्वारा खारेज । $^०$ पहिलो संशोधनद्वारा खिहिएको । $\bullet$ पहिलो संशोधनद्वारा यप भई दोस्रो संशोधनद्वारा संशोधित ।
(ख) ट्रष्टको जग्गा लिजमा दिन नेपाल सरकार समक्ष सिफारिस गर्ने र नेपाल सरकारको निर्णय बमोजिम लिजमा दिने, (ग) ट्रष्टलाई प्राप्त भएको रकम मध्ये समितिले उचित ठहर्याएको रकम नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रमा लगानी गर्ने, (घ) ट्रष्टलाई प्राप्त भएको रकम लगानी गरी कुनै बैंक, वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेड कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशतसम्म शेयर खरिद गरी त्यस्तो कम्पनीको संस्थापक शेयरधनी हुने, (ङ) ट्रष्टलाई आफ्नो कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक नभएको रकम बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंकमा खाता खोली जम्मा गर्ने, (च) ट्रष्टलाई आय आर्जन हुने भनी समितिले उचित ठहर्याएको अन्य कुनै कार्यक्रम वा आयोजनामा नेपाल सरकारको पूर्व स्वीकृति लिई लगानी गर्ने ।
६क. भाडा निर्धारण गर्नेः नियम ६ को उपनियम (२) को खण्ड (क) र (ख) बमोजिम ट्रष्टको सम्पत्ति भाडा वा लिजमा दिँदा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय पक्षको मूल्याङ्कन गरी भाडा निर्धारण गर्नु पर्नेछ ।
७. समितिको अन्य काम कर्तव्य र अधिकारः ऐनको दफा ९ मा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः– (क) ट्रष्टको स्वामित्वमा रहेको सम्पत्ति अल्पकालीन वा दीर्घकालीन रुपमा प्रयोग गरे वापत लाग्ने शुल्क निर्धारण गर्ने, (ख) ट्रष्टको स्वामित्वमा रहेका पर्यटकीय तथा प्राकृतिक स्थलमा प्रवेशको लागि शुल्क निर्धारण गरी असुल गर्ने,
(ग) ट्रष्टको घर तथा जग्गाको क्षेत्र भित्रको सम्पत्तिको विशेष महत्त्व, मान्यता वा संवेदनशीलतालाई ध्यानमा राखी त्यस्ता घर, जग्गा वा स्थानमा गर्न नहुने कामहरू तोकी निषेध तथा नियन्त्रण गर्ने वा गराउने, (घ) समितिले आफ्नो काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्दा आवश्यकता अनुसार नेपाल सरकारका विभिन्न सरकारी वा गैर सरकारी निकाय, सार्वजनिक संस्थाको सहयोग लिने, (ङ) नेपाल सरकारको पूर्व स्वीकृति लिई कूटनीतिक नियोगको सहयोग लिने, (च) ट्रष्टको उद्देश्य पूरा गर्न आवश्यक अन्य काम गर्ने वा गराउने ।
७क. पुरस्कार दिन सकिनेः यो नियमावली प्रारम्भ भएपछि ट्रष्टको सम्पत्ति पत्ता लगाउने कार्यमा आवश्यक प्रमाणसहित सूचना दिई सहयोग गर्ने व्यक्तिलाई त्यसरी पत्ता लागी ट्रष्टको नाममा कायम भएको सम्पत्तिको पाँच प्रतिशत वा दुई लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम पुरस्कार स्वरूप प्रदान गर्न सकिनेछ ।
८. कार्यकारी सचिवको काम, कर्तव्य र अधिकारः ऐनमा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) ट्रष्टको दैनिक प्रशासकीय कार्यको रेखदेख तथा नियन्त्रण गर्ने र कर्मचारीहरूको कामको सुपरीवेक्षण गर्ने, (ख) ट्रष्टको सम्पत्तिको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि आवश्यक काम गर्ने वा गराउने, (ख१) ट्रष्टको सम्पत्ति तथा बढे बढाएको रकमको प्रत्येक आर्थिक वर्षको विवरण स्पष्ट रुपमा खुल्ने गरी अभिलेख राख्ने, (ग) ट्रष्टको कार्यक्रम वा योजना समिति समक्ष पेश गर्ने, (घ) ट्रष्टको आर्थिक प्रशासन सम्बन्धी काम गर्ने तथा आन्तरिक नियन्त्रण प्रणाली कायम गर्ने, (ङ) समितिको निर्णयको अभिलेख राख्ने,
(च) समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने, (छ) ट्रष्टको वार्षिक प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्ने, (ज) समितिको निर्णय कार्यान्वयनको अनुगमन गर्ने वा गराउने, (झ) ट्रष्टको दैनिक कार्य सम्पादन तथा ट्रष्टको सम्पत्तिको संरक्षण, रेखदेख सम्बन्धमा प्रचलित कानून बमोजिम नेपाल सरकारको विशिष्ट श्रेणीका निजामती कर्मचारीलाई भए सरिको अधिकार प्रयोग गर्ने ।
९. सदस्यको पारिश्रमिक र सुविधाः (१) ऐनको दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिमका सदस्यहरु मध्ये ट्रष्टमा पूरा समय काम गर्ने सदस्यले नेपाल सरकारको राजपत्राहङ्कृत प्रथम श्रेणीले पाए सरिको पारिश्रमिक र सुविधा पाउनेछ । (२) उपनियम (१) मा उल्लेख भए बाहेक समितिका अन्य सदस्य, समितिको बैठकमा आमन्त्रण गरिने नेपाल सरकारका पदाधिकारी वा विशेषज्ञले समितिको बैठकमा भाग लिए बापत नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिमको बैठक भत्ता पाउनेछन् ।
१०. समितिका सदस्यको आचरणः (१) समितिका सदस्यले ट्रष्टको उद्देश्य प्राप्तिका लागि सदसमर्पित रहनु पर्नेछ । (२) समितिका सदस्यले देहाय बमोजिमका कार्यहरु गर्नु हुँदैनः– (क) ट्रष्टको कार्यसँग सम्बन्धित व्यक्तिबाट वा त्यस्तो कार्यसँग सम्बन्धित विषयमा कुनै दान, दातव्य, उपहार ग्रहण गर्ने, (ख) ट्रष्टको कोषबाट कुनैपनि किसिमको सापटी लिन, (ग) कुनैपनि निर्णय लिनुपूर्व अवाञ्छनीय दबाब तथा प्रभावमा पर्न, (घ) आफ्नो वा अरु कसैको व्यक्तिगत लाभ हुने काम गर्ने, (ङ) आफू र आफ्नो स्वार्थ बाँझिने विषयमा निर्णय गर्दा भाग लिन, (च) प्रचलित कानूनको उल्लंघन हुने कार्य गर्ने, (छ) ट्रष्टको स्रोत र साधनको दुरुपयोग गर्ने वा दुरुपयोग गर्नको लागि दुरुत्साहन गर्ने,
(ज) समितिको सदस्य बहाल रहुञ्जेल र सदस्यबाट अलग भएपछि कम्तीमा पाँच वर्षसम्म आफ्नो र आफ्नो परिवारको नाममा ट्रष्टको अचल सम्पत्ति खरिद गर्न वा भोगअधिकार प्राप्त गर्न सक्नेछ ।
११. विशेष कर्मचारी नियुक्ति सम्बन्धी व्यवस्थाः (१) समितिले ट्रष्टलाई आवश्यक पर्ने विशेष कर्मचारी प्रचलित कानून र नेपाल सरकारले समय समयमा जारी गरेको निर्देशिका बमोजिम करारमा नियुक्ति गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम नियुक्त कर्मचारीको सेवाको शर्त तथा सुविधा नियुक्ति गर्दाको करारमा तोकिए बमोजिम हुनेछ ।
१२. आन्तरिक लेखा परीक्षण र नियन्त्रणः (१) ट्रष्टको आय–व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ । (२) ट्रष्टको आन्तरिक लेखापरीक्षण समितिले नियुक्त गरेको इजाजत प्राप्त लेखा परीक्षकबाट हुनेछ । (३) ट्रष्टको सम्पत्ति दुरुपयोग नहुने गरी चुस्त तथा दुरुस्त राख्ने, समय समयमा अनुगमन तथा मूल्यांकन गर्ने गरी आन्तरिक नियन्त्रणको व्यवस्था कायम गर्ने कर्तव्य कार्यकारी सचिवको हुनेछ ।
१३. उपसमिति गठन गर्न सक्नेः (१) समितिले आफ्नो काम सुचारु रुपले सञ्चालन गर्नका लागि आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ ।
१४. अधिकार प्रत्यायोजनः (१) समितिले आफ्नो अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार कार्यकारी सचिवले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ । (२) कार्यकारी सचिवले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही मात्रातका कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१५. शपथ ग्रहण: नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य बाहेक समितिका अन्य सदस्यले आफ्नो पद सम्हाल्नु अघि समितिको अध्यक्ष समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।
*१६. कार्यविधि बनाउनु पर्ने : (१) नियम ३ बमोजिमका कार्यक्रम सञ्चालन गर्दा वा नियम ६ बमोजिम ट्रष्टको सम्पत्ति आय आर्जन हुने कार्यमा लगानी गर्दा समितिले आवश्यक कार्यविधि बनाउनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको कार्यविधि समितिले सार्वजनिक गर्नेछ।
• दोस्रो संशोधनद्वारा यप।
अनुसूची (नियम १५ सँग सम्बन्धित)
शपथ ग्रहण
म................................................................ सत्यनिष्ठा पूर्वक प्रतिज्ञा गर्दछु / ईश्वरको नाममा शपथ लिन्छु कि ट्रष्ट सञ्चालक समितिको सदस्यको हैसियतले मलाई तोकिएको जिम्मेवारी मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान / धर्म तथा कर्तव्य सम्झी देश र सरकारप्रति वफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ लालच, मरमोलाहिजा नगरी नेपाल ट्रष्ट ऐन, २०६४ तथा नेपाल ट्रष्ट नियमावली, २०६५ र प्रचलित कानूनी व्यवस्थाको अधीनमा रही पालना गर्नेछु । मलाई ज्ञात भएको वा कामका सिलसिलामा जानकारी भएको गोप्य कुरा कानून बमोजिम बाहेक कसैलाई म समितिमा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भन्ने वा सङ्केत गर्ने छैन ।
शपथ ग्रहण गर्ने सदस्यको,– शपथ ग्रहण गराउने अधिकारीको,– नामः ............................................. नामः......................................... दस्तखतः.......................................... दस्तखतः.................................... मितिः ............................................ मितिः........................................*