नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१
नेपाल राजपत्रमा प्रकाशित मिति २०५१।२।९
संशोधन १. नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (पहिलो संशोधन) नियमहरु, २०७३ २०७३।८।१३ २. नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरु, २०८० २०८०।४।२२
निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छः-
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ रहेको छ । (२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यी नियमहरुमा,- (क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ । (ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ । (ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल वन सेवा सम्झनु पर्छ । (घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ । (ङ) “कर्मचारी” भन्नाले नेपाल वन सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।
३. सेवाको गठनः ऐनको दफा ३ बमोजिम नेपाल वन सेवा गठन गरिएको छ ।
४. सेवामा रहने समूह, श्रेणी र पद: (१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका पदहरु समावेश भएका अनुसूची-१ बमोजिमका समूहहरु रहने छन् ।
(२) सेवामा देहायका श्रेणीहरु रहनेछन्:-
(क) राजपत्रांकित (१) विशिष्ट श्रेणी, (२) प्रथम श्रेणी, (३) द्वितीय श्रेणी र (४) तृतीय श्रेणी ।
(ख) राजपत्र अनंकित (१) प्रथम श्रेणी, (२) द्वितीय श्रेणी, (३) तृतीय श्रेणी र (४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमका पदहरु रहन सक्नेछन् ।
(४) विभिन्न समूहमा रहने श्रेणीका र श्रेणी विहीन पदहरु अनुसूची-२ बमोजिम हुनेछन् ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्रांकित प्रथम श्रेणीको महानिदेशक पद समूहीकृत हुने छैन र त्यस्तो पदमा जुनसुकै समूहका कर्मचारीको सरुवा वा पदस्थापना हुन सक्नेछ ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिमको समूहीकृत नहुने पदमा सरुवा वा पदस्थापन भएको कर्मचारी निजको सम्बन्धित समूहको पदमा सरुवा हुन सक्नेछ ।
पहिलो संशोधनद्वारा थप ।
(७) उपनियम (५) बमोजिमको पदमा बहाल रहेको कर्मचारी माथिल्लो श्रेणीको पदमा बढुवा भई वा सेवाबाट अवकाश भई आफ्नो पदमा नरहेमा निजको सम्बन्धित समूहको पद रिक्त भएको मानिनेछ ।
५. समूहीकृत हुने: (१) यी नियमहरु प्रारम्भ हुँदाका बखत नेपाल वन सेवाको जनरल फरेष्ट्री समूह, स्वायल एण्ड वाटर कन्जरभेसन समूह, वोटनी समूह, नेसनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह, फरेष्ट रिसर्च समूह र हातहतियार समूहमा समूहीकृत भई कार्यरत रहेका कर्मचारीहरु तत् तत् समूहमा समूहीकृत भएका मानिनेछन् ।
(२) यी नियमहरु प्रारम्भ हुँदाका बखत नेपाल वन सेवामा कार्यरत कर्मचारीहरु मध्ये उपनियम (१) बमोजिमका कर्मचारीहरु बाहेक अन्य कर्मचारीहरुलाई निजहरु बहाल रहने समूहमा पद सहित निर्धारण गरी जानकारी गराइनेछ ।
(३) यो उपनियम प्रारम्भ हुँदाका बखत नेपाल विविध सेवाको राजपत्रांकित द्वितीय श्रेणीको वरिष्ठ वातावरण अधिकृत पदमा बहाल रहेका वा नेपाल विविध सेवा, राजपत्रांकित तृतीय श्रेणीको वातावरण निरीक्षक पदमा नियुक्ति पाई बहाल रहेका कर्मचारी नेपाल वन सेवा, वातावरण समूहको सम्बन्धित श्रेणीको पदमा समूहीकृत भएको मानिनेछ।
६. रिक्त पदको पूर्ति: (१) सेवा तथा समूहका रिक्त पदहरुको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) श्रेणी विहीन पदहरु सुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगितातारा गरिनेछ ।
७. नियुक्तिको लागि योग्यता: सम्बन्धित समूहको रिक्त पदमा खुला प्रतियोगितातारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची-३ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।
८. सरुवाको व्यवस्था: समूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद ६ को अधीनमा रही समूह भित्रको पदमा मात्र सरुवा गरिनेछ ।
$\square$ पहिलो संशोधनद्वारा थप । $\nabla$ दोस्रो संशोधनद्वारा थप ।
९. शैक्षिक योग्यता सम्बन्धी व्यवस्थाः कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा हुनको निमित्त राजपत्रित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अननित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
तर यी नियमहरु प्रारम्भ हुँदाको बखत कुनै समूहमा बहाल रहेका कर्मचारीको हकमा निजले त्यस्तो समूहमा प्रवेश गर्दा तत्काल प्रचलनित कानून बमोजिम तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
१०. सेवा समूह सञ्चालन सम्बन्धी व्यवस्थाः नीतिगत कुराहरुमा नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय राखी सेवा समूहहरुको सञ्चालन र प्रशासन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।
११. अनुसूचीमा हेरफेर वा थपघटः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
१२. खारेजी र बचाउः (१) नेपाल वन सेवा (गठन) नियम २०१६, नेपाल वन सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०३३ र हात्तीसार समूह (श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमावली, २०४० खारेज गरिएका छन् ।
(२) उपनियम (१) मा उल्लेखित नियमावली तथा नियमहरु बमोजिम भए गरेका काम कारबाहीहरु यी नियमहरु बमोजिम नै भए गरेको मानिनेछन् ।
१ दोस्रो संशोधनद्वारा संशोधित । द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित) सेवामा रहने समूहहरु
(क) जनरल फरेष्ट्री (ख) स्वायल एण्ड वाटर कन्जरभेसन (ग) बोटनी (घ) नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ (ङ) फरेष्ट रिसर्च (च) हात्तिसार (छ) वातावरण
$^ que$ दोस्रो संशोधनद्वारा थप ।
अनुसूची-२ (नियम ४ को उपनियम (४) सँग सम्बन्धित) सेवा वा समूहमा रहने पदहरुको नाम
अनुसूची-३ (नियम ७ सँग सम्बन्धित)
सेवा प्रवेशको लागि चाहिने न्यूनतम योग्यता
(क) जनरल फरेष्ट्री समूहको लागि
$\times$ मिति २०६८।९।४ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गरिएको । $\diamond$ मिति २०७३।५।२० को नेपाल राजपत्रको सूचना बमोजिम थप गरिएको ।
६. रा.प.प्रथम तथा द्वितीय श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञानमा सिल्भिकल्चर वा वनस्रोत मापन (फरेष्ट मेन्सुरेसन) वा वन स्रोत सर्वेक्षण वा भू तथा जलाधार व्यवस्थापन वा वन्यजन्तु संरक्षण/व्यवस्थापन वा संरक्षित वन क्षेत्र व्यवस्थापन वा कृषि वन व्यवस्थापन वा वन तथा वातावरण व्यवस्थापन वा वन तथा जलवायु परिवर्तन वा प्राकृतिक स्रोत व्यवस्थापन वा जैविक विविधता विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव प्राप्त ।
(ख) स्वायल एण्ड वाटर कञ्जरभेसन समूहको लागि
(ग) वोटनी समूहको लागि
२. रा.प.अनं. तृतीय श्रेणीको पद: मान्यता प्राप्त शिक्षण संस्थाबाट दस कक्षा उत्तीर्ण ।
३. रा.प.अनं. द्वितीय श्रेणीको पद: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
४. रा.प.अनं. प्रथम श्रेणीको पद: मान्यता प्राप्त शिक्षण संस्थाबाटबायोलोजी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
५. रा.प.तृतीय श्रेणीको पद: मान्यता प्राप्त शिक्षण संस्थाबाट मूल विषय बोटनी लिई विज्ञानमा स्नातक वा सो सरह उत्तीर्ण ।
६. रा.प.प्रथम तथा द्वितीय श्रेणीको पद: मान्यता प्राप्त शिक्षण संस्थाबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव प्राप्त ।
(घ) नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूहको लागि
* मिति २०७०।४।७ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थपिएको । $\diamond$ मिति २०७३।५।२० को नेपाल राजपत्रको सूचना बमोजिम थप गरिएको ।
४. रा.प.अनं.प्रथम श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञानमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
५. रा.प.तृतीय श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान वा वन्यजन्तु व्यवस्थापन वा वाइल्ड लाइफ इकोलोजी वा पाक्स एण्ड रिक्रिएशन वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
६. रा.प.प्रथम तथा द्वितीय श्रेणीको पद मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान वा वन्यजन्तु व्यवस्थापन वा वाइल्ड लाइफ इकोलोजी वा पाक्स एण्ड रिक्रिएशन वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव प्राप्त ।
(ङ) फरेष्ट रिसर्च समूहको लागि
(च) हात्तीसार समूहको लागि
२. रा.प.अन.चतुर्थ श्रेणीको पद सवारी सहित हात्ती हाँक्न जान्ने, हात्तीले दाना पानी खाए नखाएको छुट्याउन जानेको, हात्तीको नियन्त्रण गर्न जानेको, हात्तीको स्वास्थ्य स्याहार सुसार, खानपिन (कुची बनाउन जान्ने), हात्तीको चरिरचरन सम्बन्धी ज्ञान भई हात्ती सम्बन्धी एक वर्षको अनुभव प्राप्त ।
३. रा.प.अन.तृतीय श्रेणीको पद हात्तीको दाना पानी, खटन पटन, नियन्त्रण र सवारी चलाउँदा प्रयोग हुने सामग्रीहरु बनाउन जान्ने र हात्तीको स्वास्थ्य सम्बन्धी ज्ञान भई हात्ती सम्बन्धी काममा पाँच वर्षको अनुभव प्राप्त ।
४. रा.प.अन.द्वितीय श्रेणीको पद हात्तीको स्याहार सुसार, दाना पानी, स्वास्थ्य सम्बन्धी र हात्तीको कम्पाउण्ड (बस्ने ठाउँ) सम्बन्धी ज्ञान भएको, मात्तिएको हात्तीलाई नियन्त्रण गर्न सक्ने, हात्तीलाई तालीम दिन जान्ने भई हात्ती सम्बन्धी काममा चार वर्षको अनुभव प्राप्त ।
५. रा.प.अन.प्रथम श्रेणीको पद हात्तीको स्याहार सुसार, दाना पानी (घाँस समेत), चरिरचरन सम्बन्धी ज्ञान भएको, क्वारान्टिन हाउस, तौलने पुल, घाँस निचेर डल्लो पार्ने र दाना पिँधेर डल्लो पार्ने मेसिन, नम्बर खोप्ने मेसिनको प्रयोग गर्न जानेको, हात्ती परिचालनमा चाहिने सामानहरुको ज्ञान भएको, वन्यजन्तु बिरामी भई औषधी उपचार गर्दा हात्तीको प्रयोग गर्न जानेको, वन्यजन्तु र वन्यजन्तुको बासस्थान सम्बन्धी साधारण जानकारी, वन्यजन्तुलाई समाउँदा (Trapping) हात्तीको प्रयोग गर्न जान्ने, हात्ती भागेमा त्यसलाई कब्जामा लिन जान्ने, हात्ती र परिचालकलाई तालीम दिन जान्ने भई एक तह मुनिको पदमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त ।
६. रा.प.तृतीय श्रेणीको पद | मात्तिएको हात्तीलाई नियन्त्रण, हात्तीको परिचालन र हात्तीलाई तालीम दिन जान्ने, हात्तीको बच्चालाई तालीम तथा स्याहार सुसार सम्बन्धी ज्ञान भएको, वन्यजन्तुको बासस्थान र वन्यजन्तुहरुको साधारण ज्ञान भएको, वन्यजन्तु बिरामी भई उपचार गराउनु पर्ने र वन्यजन्तुलाई समाउँदा (Trapping) हात्तीको प्रयोग सम्बन्धी ज्ञान भएको र हात्तीको उमेर छुट्याउने ज्ञान भई एक तह मुनिको पदमा कम्तीमा ५ वर्षको अनुभव प्राप्त ।
(छ) वातावरण समूहको लागि
$\text{}^v$ दोस्रो संशोधनद्वारा संशोधित ।*