Ø........... नेपाल वायुसेवा निगम, आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०६१
नेपाल राजपत्रमा प्रकाशित मिति २०६१।०७।२३
संशोधन नेपाल वायुसेवा निगमसँग सम्बन्धित केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएकोछ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरुको नाम “Ø....... नेपाल वायुसेवा निगम, आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०६१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. आर्थिक प्रशासन सम्बन्धी व्यवस्था : निगमको आर्थिक प्रशासन सम्बन्धी व्यवस्था नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क. बमोजिम बनाइने विनियमामा उल्लेख भए बमोजिम हुनेछ।
३. खारेजी र बचाउ : (१) शाही नेपाल वायुसेवा निगम, आर्थिक प्रशासन नियमावली, २०४२ खारेज गरिएको छ। (२) यो नियमावली लागू हुनअघि शाही नेपाल वायुसेवा निगम, आर्थिक प्रशासन नियमावली, २०४२ बमोजिम भए गरेका काम कारबाही नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क. बमोजिम बनाइने विनियमा बमोजिम भए गरेको मानिनेछ।
Ø नेपाल वायुसेवा निगमसँग सम्बन्धित केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा शिथिल गरिएको। द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएको शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।