.......... नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली, २०५८
नेपाल राजपत्रमा प्रकाशित मिति २०५८।०१।१८
संशोधन नेपाल वायुसेवा निगमसँग सम्बन्धित केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० २०७०।०१।३०
नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी नियमहरूको नाम “.......... नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली, २०५८” रहेको छ। (२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ।
२. सेवा, शर्त सम्बन्धी व्यवस्था : निगमका कर्मचारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क. बमोजिम बनाइने विनियममा उल्लेख भए बमोजिम हुनेछ।
३. खारेजी र बचाउ : (१) शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा नियमावली, २०३१ खारेज गरिएको छ। (२) शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरूको सेवा नियमावली, २०३१ बमोजिम भए गरेका काम कारबाहीहरू नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा २७क. बमोजिम बनाइने विनियम बमोजिम भए गरेका मानिनेछन्।
• नेपाल वायुसेवा निगमसँग सम्बन्धित केही नियमहरुलाई संशोधन गर्ने नियमावली, २०७० द्वारा शिथिल गरिएको। • यो नियमावली २०५८।०५।१८ देखि लागू भएको। ( ने.रा.प २०५८।०५।१८) द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रूपान्तरण भएको शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार”।