नेपाल विविध सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५०
नेपाल राजपत्रमा प्रकाशित मिति २०५०।१२।०१
संशोधन नेपाल विविध सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (पहिलो संशोधन) नियमहरू, २०७० २०७०।०१।३०
निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नेपाल विविध सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५०” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यी नियमहरूमा,– (क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ । (ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ । (ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल विविध सेवा सम्झनु पर्छ । (घ) “कर्मचारी” भन्नाले नेपाल विविध सेवाका निजामती कर्मचारी सम्झनु पर्दछ।
३. सेवाको गठनः ऐनको दफा ३ बमोजिम नेपाल विविध सेवा गठन गरिएको छ ।
४. सेवामा रहने श्रेणी र पदः (१) सेवामा देहायका श्रेणीहरू रहनेछन्– (क) राजपत्रांकितः (१) विशिष्ट श्रेणी,
(२) प्रथम श्रेणी, (३) द्वितीय श्रेणी र (४) तृतीय श्रेणी ।
(ख) राजपत्र अननंकित: (१) प्रथम श्रेणी, (२) द्वितीय श्रेणी, (३) तृतीय श्रेणी, र (४) चतुर्थ श्रेणी ।
(२) सेवा समूहमा रहने श्रेणीका र श्रेणी विहीन पदहरु अनुसूची–१ बमोजिम हुनेछन् ।
५. रिक्त पदको पूर्ति: (१) सेवाका रिक्त पदहरुको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) श्रेणीविहीन पदहरु सुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ।
६. नियुक्तिको लागि योग्यता: सेवाको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची –२ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन् ।
७. शैक्षिक योग्यता सम्बन्धी व्यवस्था: कार्य क्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनको निमित्त राजपत्रित पदहरुको हकमा ऐनको दफा २४घ. को उपदफा (३) बमोजिमको शैक्षिक योग्यता र राजपत्र अननंकित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
० पहिलो संशोधनद्वारा संशोधित ।
तर यी नियमहरु प्रारम्भ हुँदाको बखत सेवामा बहाल रहेका कर्मचारीहरुको हकमा निजलाई त्यस्तो सेवामा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
८. सरुवाको व्यवस्था: सेवाका कर्मचारीहरुलाई सरुवा गर्दा नियमावलीको परिच्छेद ६ को अधीनमा रही सेवा भित्रको पदमा मात्र सरुवा गरिनेछ ।
९. सेवा सञ्चालन सम्बन्धी व्यवस्था: सेवाको सञ्चालन र प्रशासन सामान्य प्रशासन मन्त्रालयले गर्नेछ।
१०. अनुसूचीमा हेरफेर वा थपघट: नेपाल सरकारले नेपाल राजपत्र सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ।
११. खारेजी र बचाउ: (१) नेपाल विविध सेवा (गठन) नियम, २०१६ खारेज गरिएको छ।
(२) नेपाल विविध सेवा (गठन) नियम, २०१६ बमोजिम भए गरेका काम कारबाहीहरु यी नियमहरु बमोजिम नै भए गरेका मानिनेछन् ।
द्रष्टव्यः– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः “नेपाल सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची – १ (नियम ४ को उपनियम (२) सँग सम्बन्धित)
सेवामा रहने पदहरुको नाम
१. राजपत्रांकित विशिष्ट श्रेणीमा रहने पदः नेपाल सरकारले तोकेको पद
२. राजपत्रांकित प्रथम श्रेणीमा रहने पदः नेपाल सरकारले तोकेको पद *चाटर्ड एकाउन्टेन्ट *मदिरा विशेषज्ञ
३. राजपत्रांकित द्वितीय श्रेणीमा रहने पदहरुः वरिष्ठ काटोग्राफर वरिष्ठ टेक्सटायल अधिकृत वरिष्ठ चलचित्र सम्पादक वरिष्ठ मेडिकल रेकर्डर वरिष्ठ संगीत अन्वेषण अधिकृत वरिष्ठ कम्प्युटर इन्जिनियर वरिष्ठ संरक्षण अधिकृत वरिष्ठ हाउस किपिङ अधिकृत वरिष्ठ सामुदायिक विकास अधिकृत वरिष्ठ वातावरण अधिकृत चाटर्ड एकाउन्टेन्ट ➢निदेशक (कम्प्युटर) ☑वरिष्ठ जलस्रोत अर्थविद् ☑वरिष्ठ वित्तीय विश्लेषक ☑वरिष्ठ अनुसन्धान अधिकृत ☑वरिष्ठ भूगोलशास्त्री ☑वरिष्ठ अर्थशास्त्री ☑वरिष्ठ ट्रान्सपोट इकोनोमिस्ट
※उपसचिव (महिला विकास) ※वरिष्ठ महिला विकास अधिकृत ※निदेशक (महिला विकास) ※प्रमुख महिला विकास अधिकृत
४. राजपत्रांकित तृतीय श्रेणीमा रहने पदहरुः काटोग्राफर संगीत अन्वेषण अधिकृत चलचित्र सम्पादक चलचित्र स्क्रिप्ट अधिकृत एरियल फोटोग्राफर लोक गीत प्रबन्धक कम्प्युटर अधिकृत कम्प्युटर इन्जिनियर प्रशिक्षण अधिकृत (होजीयारी) प्रशिक्षण अधिकृत (सिलाई) छाला अधिकृत सोरामिक अधिकृत होजीयारी अधिकृत कारखाना प्रमुख टेक्स्टायल अधिकृत डिजाइन अधिकृत अधिकृत इन्ग्रेभर टेक्स्टायल इन्जिनियर परिवार नियोजन अधिकृत मूल्यांकन अधिकृत क्यूरियो अधिकृत फनिसिङ अधिकृत प्रदुषण विशेषज्ञ अर्बन इकोलोजिस्ट रसायन विद् जलमार्ग अधिकृत संरक्षण अधिकृत रेखा विशेषज्ञ
※ मिति २०७०।०८।१२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
इलेक्ट्रिकल टेक्निसियन रेडियो टेक्निसियन इलेक्ट्रो कार्डियोग्राम टेक्निसियन डाइटीसियन अडियोमेट्रिसियन हाउस किपिङ अधिकृत श्रव्य दृश्य अधिकृत सम्पादक अधिकृत प्रसारक सहायक कृषि सूचना अधिकृत हेड खानसामा $\square$ अनुसन्धान अधिकृत $\square$ अनुसन्धान अधिकृत (जोग्राफी) $\square$ औद्योगिक अर्थशास्त्री $\square$ समाजशास्त्री $\square$ अर्थशास्त्री $\square$ भूगोलशास्त्री $\square$ ट्रान्सपोर्ट इकोनोमिस्ट $\square$ सुपरभाइजर $*$ अडियोलोजिस्ट $\text{¤}$ महिला विकास अधिकृत $\diamond$ प्रशिक्षण अधिकृत (गलेंचा) $\diamond$ प्रशिक्षण अधिकृत (मेकानिकल) $\diamond$ प्रशिक्षण अधिकृत (फर्निचर) $\diamond$ प्रशिक्षण अधिकृत (नेपाली कागज) $\diamond$ वरिष्ठ टेलिफोन अपरेटर
५. राजपत्र अनंकित प्रथम श्रेणीमा रहने पदहरुः प्रमुख शिक्षक
$\square$ मिति २०५१।०४।११ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप । $*$ मिति २०५३।०६।२८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप । $\text{¤}$ मिति २०६१।०६।०४ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप । $\diamond$ मिति २०६५।१२।०३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
वरिष्ठ प्राविधिक सहायक कम्प्युटर टेक्निसियन कम्प्युटर अपरेटर प्रसारक डाटा इन्ट्री अपरेटर गोल्ड टेस्टर सहायक काटोग्राफर गार्ड कमाण्डर कम्प्युटर सहायक डाटा कोडिङ सुपरभाइजर डाटा इन्पुट सुपरभाइजर डाटा प्रिपेरेश्न सुपरभाइजर मुभी अपरेटर ल्याब असिस्टेन्ट सहायक रेखा विशेषज्ञ सुबेदार सिनियर स्टोर मेकानिक्स डेन्टल सहायक अडियो मेट्रिस्ट ट्रेसर सहायक अर्थोपेडिसियन सहायक अटिसियन अप्थल्मिक असिस्टेन्ट फोटोग्राफर स्थानीय विकास प्रशिक्षक प्राविधिक सहायक *टेलिफोन अपरेटर *सुरक्षा गार्ड *भिडियो अपरेटर र वेब डेभलपर टेक्निसियन #सुपरभाइजर
६. राजपत्र अनंकित द्वितीय श्रेणीमा रहने पदहरु: शिक्षक सेक्यूरिटी गार्ड सहायक गोल्ड टेस्टर लिथो सहायक श्रेणी गायक मेसेज सञ्चालक सुपरभाइजर महिला कार्यकर्ता जमदार डाटाइन्ट्री अपरेटर सहायक कम्प्युटर अपरेटर टेलिफोन अपरेटर सहायक डाटा प्रिपरेसन सुपरभाइजर सहायक डाटा इन्ट्री सुपरभाइजर डाटा प्रिपरेसन सुपरभाइजर कोडर सुबेदार फोटोकपी अपरेटर स्टोर मेकानिक्स रेकर्ड कीपर कापेण्टर डाइभिजन हाउस कीपिङ सहायक रिसेप्सनिस्ट लिनेन इन्चार्ज स्थानीय विकास सहायक प्रशिक्षक ✦सहायक रेडियो प्रसारक ✹मुख्य महिला कार्यकर्ता
७. राजपत्र अनंकित तृतीय श्रेणीमा रहने पदहरु: सहायक कूक हेड टेबल व्वाई
✦ मिति २०५६।११।१६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप। ✹ मिति २०६१।०६।०४ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप।
डुप्लिकेटिड मेसिन अपरेटर लिफ्ट अपरेटर हेड माली हवल्दार जमदार जुनियर अपरेटर सूचिकार *टेलिफोन अपरेटर #महिला कार्यकर्ता
८. राजपत्र अनवित चतुर्थ श्रेणीमा रहने पदहरुः कुक कम टेबल ब्वाइ हेड धोबी प्रेस एड सहायक टेलिफोन अपरेटर हवल्दार हेल्पर स्टोर हेल्पर मुख्य नाइके सूचिकार गार्ड इञ्चार्ज नर्स गार्ड कमी नाइके व्यागेज ट्रली अपरेटर *सहायक टेलिफोन अपरेटर
९. श्रेणी विहीन पदः नेपाल सरकारले तोकेको पद।
*अनुसूची–२ (नियम ६ सँग सम्बन्धित) सेवा प्रवेशको लागि चाहिने न्यूनतम योग्यता
खण्ड (क)
खण्ड (ख) खण्ड (क) मा उल्लेखित पद र श्रेणी बाहेक अन्य पद र श्रेणीको लागि:–
* मिति २०५३।०५।१० मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप। ** मिति २०५६।१०।०३ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप। ० पहिलो संशोधनद्वारा संशोधित।