नेपाल शिक्षा सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५०
नेपाल राजपत्रमा प्रकाशित मिति २०५०।१०।१८
संशोधन १. नेपाल शिक्षा सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (पहिलो संशोधन) नियमहरू २०५३ २०५३।९।१५ २. नेपाल शिक्षा सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू २०६९ २०६९।९।२३
निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “नेपाल शिक्षा सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५०” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,- (क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ । (ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ । (ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल शिक्षा सेवा सम्झनु पर्छ ।
(घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ ।
(ङ) “उपसमूह” भन्नाले समूह अन्तर्गत कायम गरिएको उपसमूह सम्झनु पर्छ ।
(च) “कर्मचारी” भन्नाले नेपाल शिक्षा सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।
३. सेवा गठन: ऐनको दफा ३ बमोजिम नेपाल शिक्षा सेवा गठन गरिएको छ ।
४. सेवामा रहने समूह, उपसमूह, श्रेणी र पद: (१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका पदहरू समावेश भएका अनुसूची-१ बमोजिमका समूह तथा उपसमूहहरू रहनेछन् ।
(२) सेवामा देहायका श्रेणीहरू रहनेछन्:-
(क) राजपत्रांकित: (१) विशिष्ट श्रेणी, (२) प्रथम श्रेणी, (३) द्वितीय श्रेणी र (४) तृतीय श्रेणी ।
(ख) राजपत्र अनंकित: (१) प्रथम श्रेणी, (२) द्वितीय श्रेणी, (३) तृतीय श्रेणी र (४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोकेबमोजिम पदहरू रहन सक्नेछन् ।
(४) समूह तथा उपसमूहमा रहने श्रेणीका र श्रेणी विहीन पदहरू अनुसूची-२ बमोजिमका हुनेछन् ।
५. समूहीकृत हुने: (१) यी नियमहरू प्रारम्भ हुँदाका बखत नेपाल शिक्षा सेवाका देहायका समूह तथा उपसमूहमा कार्यरत कर्मचारीहरूलाई देहायका समूह तथा उपसमूहमा समूहीकृत गरिएको छः-
(क) टिचिङ (अध्यापन) समूह, उच्च शिक्षामा कार्यरत कर्मचारीहरूलाई अध्यापन समूह, उच्च शिक्षा समूहमा ।
(ख) टिचिङ (अध्यापन) समूह, माध्यमिक शिक्षामा कार्यरत कर्मचारीहरूलाई अध्यापन समूह, माध्यमिक शिक्षा उपसमूहमा ।
(ग) प्रिन्टिङ (मुद्रण) समूह, प्रेस इन्जिनियरिङ उपसमूहमा कार्यरत कर्मचारीहरूलाई मुद्रण व्यवस्थापन समूह, प्रेस इन्जिनियरिङ उपसमूहमा ।
(घ) प्रिन्टिङ (मुद्रण) समूह, प्रेस मेनेजमेन्ट (मुद्रण व्यवस्थापन) उपसमूहमा कार्यरत कर्मचारीहरूलाई मुद्रण व्यवस्थापन समूह, मुद्रण व्यवस्थापन उपसमूहमा ।
(ङ) पेन्टिङ एण्ड फोटोग्राफी समूह, पेन्टिङ उपसमूहमा कार्यरत कर्मचारीहरूलाई कला समूह, चित्रकला उपसमूहमा ।
(च) पेन्टिङ एण्ड फोटोग्राफी समूह, फोटोग्राफी उपसमूहमा कार्यरत कर्मचारीहरूलाई कला समूह, छविकला उपसमूहमा ।
(छ) टेस्ट एण्ड मेजरमेन्ट समूह, एजुकेशनल टेस्ट एण्ड मेजरमेन्ट उपसमूहमा कार्यरत कर्मचारीहरूलाई परीक्षण तथा मूल्याङ्कन समूह, शैक्षिक परीक्षण तथा मूल्याङ्कन उपसमूहमा ।
(ज) टेस्ट एण्ड मेजरमेन्ट समूह, पर्सनेल टेस्ट एण्ड मेजरमेन्ट उपसमूहमा कार्यरत कर्मचारीहरूलाई परीक्षण तथा मूल्याङ्कन समूह कर्मचारी परीक्षण तथा मूल्याङ्कन उपसमूहमा ।
(झ) लाइब्रेरी साइन्स समूहमा कार्यरत कर्मचारीहरूलाई पुस्तकालय विज्ञान समूहमा ।
(२) यी नियमहरू प्रारम्भ हुँदाका बखत नेपाल शिक्षा सेवामा कार्यरत कर्मचारीहरूमध्ये उपनियम (१) मा उल्लेखित कर्मचारीहरूबाहेक अन्य कर्मचारीहरूलाई निजहरूको शैक्षिक योग्यता, कार्य विशिष्टता र अनुभवको आधारमा निजहरू बहाल रहने समूह, उपसमूह तथा पद समेत निर्धारण गरी सम्बन्धित कर्मचारीहरूलाई जानकारी गराइनेछ ।
६. रिक्त पदको पूर्तितः (१) सेवा, समूह तथा उपसमूहका रिक्त पदहरूको पूर्ति ऐनको दफा ७ को उपदफा (१) बमोजिम हुनेछ ।
(२) श्रेणी विहीन पदहरू सुरु नियुक्तिद्वारा पूर्ति गर्दा खुला प्रतियोगिताद्वारा गरिनेछ ।
७. नियुक्तिका लागि योग्यता: सम्बन्धित समूह तथा उपसमूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका र अनुसूची-३ बमोजिमको न्यूनतम योग्यता पुगेका व्यक्तिहरू उम्मेदवार हुन सक्नेछन् ।
८. सरुवाको व्यवस्था: समूह तथा उपसमूहका कर्मचारीहरूलाई सरुवा गर्दा ऐनको परिच्छेद - ४ र नियमावलीको परिच्छेद ६ को अधीनमा रही समूह तथा उपसमूह भित्रको पदमा मात्र सरुवा गरिनेछ ।
९. शैक्षिक योग्यता सम्बन्धी व्यवस्था: कर्मचारी बढुवा हुनको लागि ऐनको दफा २४ घ. बमोजिमको शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
$^{४}$ दोस्रो संशोधनद्वारा थप । $^{५}$ दोस्रो संशोधनद्वारा संशोधित ।
तर संवत् २०५० साल माघ १८ गते भन्दा अघि सेवा, समूह तथा उपसमूहमा बहाल रहेका कर्मचारीहरुको हकमा निजलाई त्यस्तो सेवा, समूह तथा उपसमूहमा प्रवेश गर्न तोकिएको शैक्षिक योग्यता नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
१०. सेवा, समूह तथा उपसमूह सञ्चालन सम्बन्धी व्यवस्था: नीतिगत कुराहरूमा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय राखी सेवा, समूह तथा उपसमूहको सञ्चालन र प्रशासन "शिक्षा मन्त्रालयले गर्नेछ ।
११. अनुसूचीमा हेरफेर वा थपघट: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।
१२. खारेजी र बचाउ: (१) नेपाल शिक्षा सेवा (गठन) नियम, २०१६ र नेपाल शिक्षा सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरू, २०३३ खारेज गरिएका छन् ।
(२) उपनियम (१) मा उल्लेखित नियमहरू बमोजिम भए गरेको काम कारबाहीहरू यी नियमहरू बमोजिम नै भए गरेका मानिनेछ ।
दोस्रो संशोधनद्वारा संशोधित । द्रष्टव्य:- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरु:- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) नेपाल शिक्षा सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति (दोस्रो संशोधन) नियमहरु, २०६९ को नियम ६ देहाय बमोजिम रहेको:- ६. पद स्वतः परिवर्तन भएको मानिने: यी नियमरु प्रारम्भ हुँदाका बखत सेवाको अध्यापन समूह, माध्यमिक शिक्षा उपसमूह रा.प. तृतीय श्रेणी, ग्याजेटेड सिनिअल माष्टर, रा.प. अनं. प्रथम श्रेणी सिनिअल माष्टर र रा.प. अनं. द्वितीय श्रेणी सिनिअल माष्टरको पद र सो पदमा कार्यरत कर्मचारीहरु यी नियमहरु प्रारम्भ भएपछि सेवाका शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूहको क्रमिः विद्यालय निरीक्षक, प्राविधिक सहायक र नायव प्राविधिक सहायक पदमा स्वतः परिवर्तन भएको मानिनेछ ।
अनुसूची - १ (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
$^{"}$ दोस्रो संशोधनद्वारा झिकिएको ।
*अनुसूची - २
नियम ४ को उपनियम (४) सँग सम्बन्धित
सेवा र सेवाका समूह तथा उपसमूहमा रहने पद नामहरू
* नेपाल सरकार (मन्त्रि परिषद्) को मिति २०७२/१२/१९ को निर्णय बमोजिम थपघट । (नेपाल राजपत्रमा प्रकाशित मिति २०७३/१/१३)
$\square$ मिति २०७६।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप । $\delta$ दोस्रो संशोधनद्वारा थप ।
$\square$ मिति २०७६।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
$\text{}^2$ पहिलो संशोधनद्वारा थप । $\text{}^3$ मिति २०७६।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
$\text{} \text{ मिति २०७६।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।}$ $\text{} \text{ पहिलो संशोधनद्वारा थप ।}$
$^१$ दोस्रो संशोधनद्वारा थप । $^२$ पहिलो संशोधनद्वारा थप ।
अनुसूची - ३ नियम ७ सँग सम्बन्धित
सेवा प्रवेशका लागि चाहिने न्यूनतम शैक्षिक योग्यता
(क) सेवाका समूह तथा उपसमूहका राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणीका लागि
६. पुस्तकालय विज्ञान समूह मान्यता प्राप्त शिक्षण संस्थाबाट पुस्तकालय विज्ञानमा स्नातकोत्तर उपाधी प्राप्त गरी नियमावलीको नियम १५ को उपनियम (२) बमोजिमको अनुभव प्राप्त ।
(ख) समूह तथा उपसमूहको राजपत्रांकित तृतीय श्रेणीको पदहरूको लागि
$\text{---}$ दोस्रो संशोधनद्वारा झिकिएको ।
शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण । वा कृषि, गृहविज्ञान, सचिवालय विज्ञान र औद्योगिक शिक्षा मध्ये कुनै एक विषयमा स्नातक वा सो सरह उत्तीर्ण । वा कृषि, गृहविज्ञान, सचिवालय विज्ञान र औद्योगिक शिक्षामध्ये कुनै एक विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
(ज) शारीरिक शिक्षा उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य तथा शारीरिक शिक्षा मूल विषय लिई शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण वा शारीरिक शिक्षामा स्नातक वा सो सरह उत्तीर्ण ।
(झ) निरीक्षण उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण ।
३. मुद्रण व्यवस्थापन समूह (क) प्रेस इन्जिनियरिङ उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रेस इन्जिनियरिङमा स्नातक वा सो सरह उत्तीर्ण ।
(ख) मुद्रण व्यवस्थापन उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक र मुद्रण व्यवस्थापन वा मुद्रण प्रविधि सम्बन्धी ६ महिनाको संस्थागत तालीम तथा मुद्रण सञ्चालनमा ५ वर्षको अनुभव भएको ।
४. कला समूह (क) चित्रकला उप-समूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट चित्रकलामा स्नातक वा सो सरह उत्तीर्ण । वा स्नातक भै चित्रकलामा कम्तीमा ६ महिनाको तालिम प्राप्त ।
(ख) छव्विकला उपसमूह -मान्यता प्राप्त शिक्षण संस्थाबाट छव्विकलामा स्नातक सरहको डिग्री वा डिप्लोमा वा स्नातक भै छव्विकला वा रिप्रोग्राफीमा कम्तीमा ६ महिनाको तालिम प्राप्त ।
५. पुरातत्व समूह (क) पुरातत्व उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट पुरातत्वमा स्नातक वा सो सरह उत्तीर्ण । वा इतिहासमा वा संस्कृतिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण । वा स्नातक वा सो सरह भै पुरातत्व वा नृतत्व वा अभिलेख विज्ञानमा डिग्री वा डिप्लोमा उत्तीर्ण ।
(ख) सङ्ग्रहालय उपसमूह -मान्यता प्राप्त शिक्षण संस्थाबाट सङ्ग्रहालय विज्ञानमा स्नातक वा सो सरह उत्तीर्ण वा -इतिहास वा संस्कृतिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा -स्नातक वा सो सरह भै सङ्ग्रहालय विज्ञानमा डिप्लोमा उत्तीर्ण ।
६. परीक्षण तथा मूल्याङ्कन समूह (क) शैक्षिक परीक्षण तथा मूल्याङ्कन उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर वा स्नातक भै टेस्ट एण्ड मेजरमेण्टमा घटीमा ६ महिनाको तालीम प्राप्त ।
(ख) कर्मचारी परीक्षण तथा मूल्याङ्कन उपसमूह - मान्यता प्राप्त शिक्षण संस्थाबाट मनोविज्ञानमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
७. पुस्तकालय विज्ञान समूह -मान्यता प्राप्त शिक्षण संस्थाबाट पुस्तकालय विज्ञानमा स्नातक वा स्नातक वा सो सरह उत्तीर्ण भै पुस्तकालय विज्ञानमा मान्यता प्राप्त संस्थाबाट घटीमा ६ महिने तालीम प्राप्त ।
(ग) सेवाका समूह तथा उपसमूहमा रहने राजपत्र अनंकित पदहरूको लागि सेवा प्रवेशको लागि न्यूनतम शैक्षिक योग्यता ।
$^१$ मिति २०५३/९/१५ को नेपाल राजपत्रको सूचनाद्वारा हेरफेर । $^२$ दोस्रो संशोधनद्वारा झिकिएको ।
उक्त कार्यमा दुई वर्षको अनुभव ।
(१०) वरिष्ठ मुद्रण सहायक | मान्यता प्राप्त संस्थाबाट देहायको योग्यता मध्ये कुनै एक योग्यता वा सो सरह हासिल गरेको:- (१) मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा (मुद्रण) प्रमाणपत्र तह उत्तीर्ण । (२) मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण र कम्तीमा ३ महिनाको आधारभूत कम्प्युटर तालिम तथा मुद्रण (प्रेस) सम्बन्धी ६ महिनाको तालिम प्राप्त । (३) मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण र कम्तीमा ३ महिनाको आधारभूत कम्प्युटर तालिम तथा मुद्रण (प्रेस) सम्बन्धी २ वर्षको अनुभव (Pre press, press post press) प्राप्त ।
(घ) कला समूह (१) चित्रकला उपसमूह (१) धातुकला सहायक | मान्यता प्राप्त शिक्षण संस्थाबाट मूर्तिकला सम्बन्धी विषय लिई आइ. एफ. ए. वा सो सरह उत्तीर्ण वा प्रमाणपत्र तह उत्तीर्ण गरी स्वीकृत संस्थाबाट सम्बन्धित विषयमा तालिम प्राप्त । (२) मूर्तिकला सहायक | मान्यता प्राप्त शिक्षण संस्थाबाट मूर्तिकलासम्बन्धी विषय लिई आइ. एफ. ए. वा सो सरह उत्तीर्ण गरी स्वीकृत संस्थाबाट सम्बन्धित विषयमा घटीमा १
वर्षको अनुभव । (५) कार्यालय प्रमुख सङ्ग्रहालय विज्ञानमा प्रमाणपत्र तह उत्तीर्ण वा इतिहास र संस्कृतिमा स्नातक तह उत्तीर्ण वा प्रमाण पत्र तह उत्तीर्ण गरी सङ्ग्रहालय सम्बन्धी तालिम प्राप्त । (क्षेत्रीय सङ्ग्रहालय) (६) भण्डारे इतिहास र संस्कृति विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
(च) पुस्तकालय विज्ञान (१) पुस्तकालय सहायक मान्यता प्राप्त शिक्षण संस्थाबाट पुस्तकालय विज्ञानमा प्रमाणपत्र तह वा कुनै विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई घटीमा एक महिनाको पुस्तकालय विज्ञानसम्बन्धी संस्थागत तालीम । समूह (२) संस्कृत सहायक मान्यता प्राप्त शिक्षण संस्थाबाट संस्कृत विषय लिई स्नातक वा सो सरह उत्तीर्ण । (३) रिफरेन्स तथा एक्वीजिसन सहायक पुस्तकालय विज्ञानमा प्रमाणपत्र तह उत्तीर्ण वा प्रमाण पत्र तह उत्तीर्ण गरी पुस्तकालय विज्ञानमा घटीमा १ महिनाको संस्थागत तालिम । (४) पुस्तकालय सहायक (हिन्दी) हिन्दी विषय लिई स्नातक वा सो सरह उत्तीर्ण वा हिन्दी विषय लिई प्रमाणपत्र तह उत्तीर्ण भई घटीमा एक महिनाको पुस्तकालय विज्ञान सम्बन्धी संस्थागत तालिम । (५) पुस्तकालय सहायक (नेपाली) नेपाली विषय लिई स्नातक वा सो सरह उत्तीर्ण वा नेपाली विषय लिई प्रमाण पत्र तह उत्तीर्ण भई घटीमा १ महिनाको पुस्तकालय विज्ञान सम्बन्धी संस्थागत तालिम ।
(६) पुस्तकालय सहायक (रचना) | साहित्य विषय लिई स्नातक वा सो सरह उत्तीर्ण वा साहित्य विषय लिई प्रमाणपत्र तह उत्तीर्ण भई घटीमा १ महिनाको पुस्तकालय विज्ञान सम्बन्धी संस्थागत तालीम । (७) पुस्तकालय सहायक (अङ्ग्रेजी) | अङ्ग्रेजी विषय लिई स्नातक वा सो सरह उत्तीर्ण वा अङ्ग्रेजी विषय लिई प्रमाणपत्र तह उत्तीर्ण भई घटीमा १ महिनाको पुस्तकालय विज्ञान सम्बन्धी संस्थागत तालीम ।
२. राजपत्र अनंकित द्वितीय श्रेणी
(क) शिक्षा प्रशासन नायव निरीक्षण सहायक समूह उपसमूह | प्राविधिक मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण भई दि महिने शिक्षा तालीम प्राप्त । (ख) मुद्रण व्यवस्थापन मेकानिक्स समूह (१) प्रेस इन्जिनियरिङ उपसमूह | मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी प्रेस मेसिन जडान तथा मर्मत तमा ५ महिनाको तालीम वा उक्त कार्यमा २ वर्षको अनुभव । (२) मुद्रण व्यवस्थापन समूह (१) प्लेट मेकर | मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी प्लेट मेकिङ सम्बन्धमा ५ महिनाको तालीम वा प्लेट मेकिङसम्बन्धी २ वर्षको अनुभव । (२) फोटो टाइप सेटर | मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी फोटो कम्पोज र कम्प्युटरमा ५ महिनाको
मिति २०७६।१०।२० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा थप ।
स्पष्टीकरणः यस अनुसूचीको प्रयोजनको लागि "मान्यता प्राप्त शिक्षण संस्था" भन्नाले लोक सेवा आयोगबाट मान्यता प्राप्त शिक्षण संस्था सम्झनु पर्छ ।