नेपाली सेनाको बेकम्मा वा बेचल्तीका सामानहरु हटाउने (व्यवस्था) नियमहरु, २०२२
नेपाली सेनाका विभिन्न फर्मेसन, युनिट, सब युनिट र डिपोहरुमा हात हतियार खरखजाना र कन्ट्रोल स्टोर बाहेक अरु सरकारी सामानहरु बेकम्मा वा बेचल्ती हुन गएमा सो सामानहरुको सम्बन्धमा उचित व्यवस्था गर्न वांछनीय भएकोले,
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “नेपाली सेनाको बेकम्मा वा बेचल्तीका सामानहरु हटाउने (व्यवस्था) नियमहरु, २०२२” रहेको छ।
(२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन्।
२. बेकम्मा ठहर्याउने समितिको गठनः (१) सरकारी सामानहरु बेकम्मा वा बेचल्ती हुन गएमा सो सामानहरु र सम्बन्धित सबै विवरण जाँचबुझ गर्नको लागि विभिन्न समितिहरु गठन गरिएको छ। प्रत्येक समितिले आफ्नो समक्ष तयार गरी पेश गरिएको सामानहरु र विवरणहरु मात्र जाँचबुझ गरी आफ्नो ठहर पेश गर्नेछ।
२(क) डिपोको सामान बेकम्मा ठहराउने समितिमा देहायका व्यक्तिहरु रहनेछन्ः–
(१) सम्भाररथीद्वारा नियुक्त प्रमुख सेनानी - अध्यक्ष (२) सम्भाररथी विभाग (प्राप्त्य) को प्रतिनिधि - सदस्य (३) सम्भाररथी विभाग (जनरल) को प्रतिनिधि - सदस्य
(ख) बाहिनी, गण र सि.ओ. भएका अरु फर्मेशनहरुको सामान बेकम्मा ठहराउने समितिमा देहायका व्यक्तिहरु रहनेछन्ः–
(१) (क) फर्मेशनको हकमा उ.च.का.वा.बी.एम - अध्यक्ष (ख) फर्मेशनको कमाण्डरद्वारा नियुक्त दुई अधिकृत - सदस्य
(२) (क) गण र सी.ओ. भएका फर्मेशनको हकमा सेकेण्ड इन कमाण्ड - अध्यक्ष (ख) सी.ओ.द्वारा नियुक्त दुई अधिकृतहरु - सदस्य
(ग) गुल्मको र अरु ओ.सि. भएका युनिटहरुको सामान बेकम्मा ठहराउने समितिमा देहायका व्यक्तिहरु रहनेछन्ः-
(१) सेकेण्ड-इन कमाण्ड - अध्यक्ष (२) ओ.सि. द्वारा नियुक्त दुई सु./जम - सदस्य तर दुई सदस्यहरु नपुग्ने अवस्था परेमा नजिक युनिटबाट एक सु. वा जम. नियुक्त गर्ने।
(३) गुल्म अन्तर्गतका पोष्टको सामानहरु बेकम्मा ठहराउन परेमा सम्बन्धित गुल्मकै समितिले गर्नेछ।
३. बैठक बस्ने समयः (१) नियम २ बमोजिम गठन भएको समितिको बैठक सामान खप्ने अवधि समाप्त हुनासाथ बस्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम समितिको बैठक बस्न समितिको अध्यक्षले समितिको बैठक बस्ने दिन र समय तोकी त्यसको सूचना सम्बन्धित फर्मेशन, बाहिनी, युनिट सबयुनिट तथा डिपोहरुलाई दिनेछन्।
४. फर्मेशन, बाहिनी, युनिट, सब–युनिट तथा डिपोहरुले कार्य विवरण तयार गर्ने र सामान जाँच्ने तरिकाः (१) बेकम्मा भएका सामानहरु जाँच्न फर्मेशन, युनिट र डिपोहरुले नेपाल सरकारबाट आदेशद्वारा तोकिएको फाराममा लेखिए बमोजिम सो सामानहरुको विवरण स्पष्ट खोली र सम्बन्धित कागजातहरु समेत संलग्न राखी सम्बन्धित समिति समक्ष पेश गर्नुपर्छ। सम्बन्धित फर्मेशन, युनिट, सबयुनिट तथा डिपोहरुले सो कार्य विवरण बैठक बस्ने समयभन्दा अगाडि तयार पारी सक्नु पर्छ र सम्बन्धित समितिलाई बेकम्मा भएको सबै सामानहरु जाँच्नु पर्छ।
(२) फर्मेशन, गण, गुल्मले समितिको समक्ष पेश गर्ने कार्य विवरणमा देहायका कुराहरु खुलाउनु पर्छ र तर स्टोरमा रहेका सामानहरुको हकमा डिपोको कार्य विवरणमा समावेश गर्नु पर्ने कुराहरु पनि खुलाउनु पर्छः-
(क) जाँच्ने सामानहरु र ई.आई., पर्सिनल, बालगिरी, जिम्मावारी कुन रुपमा झिकेको हो ?
(ख) ई.आई. जलतिको हकमा सो प्रयोग गर्ने व्यक्तिको नाम वा नम्बर।
(ग) सामानको नामावली, नाप, तौल, किसिम जे जति छ, श्रेस्ताबमोजिम उल्लेख गर्ने।
(घ) सो सामान कहाँबाट, कहिले कुन अवस्थाको झिकेको वा आम्दानी भएको हो ?
(ङ) प्रत्येक सामानको श्रेस्ता बमोजिमको मोल।
(च) श्रेस्तामा मोल नखुलेमा कैफियतमा मोल नखुलेको कारण र अन्दाजी मोल।
(छ) सामानको खप्ने अवधि र कहिलेदेखि कहिलेसम्म प्रयोगमा आएको ? सो अवधि।
(ज) सम्बन्धित प्रमाणित कागजातहरु।
(झ) अरु कुनै विशेष कुरा भए सो।
(३) डिपोको कार्य विवरणमा देहायका कुराहरु खुलाउनु पर्छः–
(क) पेश गरिएको सामान बालगिरि दिई बेकम्मा भएको देखिएमा सो बालगिरि दिएको सामान नयाँ मौज्दात (स्टक) बाट वा पार्टनवनबाट गएको हो।
(ख) बालगिरि दिएकोमा लाने युनिट वा व्यक्तिको नाम साथै बेकम्मा भई बालगिरि श्रेस्तामा उल्लेख भए बमोजिमको फिर्ता आएको मिति।
(ग) स्टोर वा ग्रुप भई बेकम्मा भएकोमा स्टोर वा ग्रुप इन्चार्जको रिपोर्टन समेतलाई सामेल राख्ने।
(घ) उपनियम (२) को खण्ड (ग) देखि खण्ड (झ) सम्मको कुराहरु।
(ङ) डिपोमा भएको बेचल्ती भई काममा नआउने सामान समिति समक्ष पेश गर्ने।
(४) बैठक बस्ने सूचना पाएपछि सम्बन्धित फर्मेसन, डिपो युनिटहरुले कार्य विवरण बमोजिमको सामानहरु क्रमानुसार मिलाई र सामान जाँच्ने गन्ती गर्न समेत सुविधा हुने गरी तजवीज साथ राख्नु पर्छ।
(५) समितिले सामानहरु देखाउने विषयमा निर्देशन दिएकोमा सोही बमोजिम तयार गरी राख्नु पर्छ। समितिले हेर्न चाहेमा त्यसलाई सम्बन्धित कागजातहरु पनि तुरुन्त देखाउन सक्ने गरी तयार पारी राख्नु पर्छ।
स्पष्टीकरणः यो नियम बमोजिम सबै सामानहरु र सम्बन्धित कागजातहरु तयार गराउने सम्पूर्ण जिम्मेवारी डिपोको हकमा डिपो कमाण्डर र फर्मेसन, युनिट र सबयुनिटको हकमा प्रबन्ध अधिकृतको काम गर्ने अधिकृतमा रहने छ।
५. समितिको कर्तव्य र अधिकारः (१) समितिले आफू समक्ष पेश भएको कार्य विवरणको कागजमा नियम ४ को उपनियम (२) र (३) बमोजिमको सबै विवरण खुलाइएको र पेश गर्नु पर्ने सबै प्रमाणित कागजातहरु पेश भएको यकिन गरी जाँच्न बुझ्न परेमा जाँचबुझ समेत
गनेछ। सो देखि बाहेक अरु थप कुरा सोधपुछ गर्न चाहेमा समितिले गर्न सक्नेछ र यसरी सोधपुछ गरिएका कुरा र लिखित जवाफ समेत कार्य विवरणमा संलग्न राख्नु पर्छ। सो सम्बन्धमा कुनै कागजातहरु पेश गराउन पर्ने देखिएमा समितिले सो समेत पेश गराउन सक्नेछ।
(२) कुनै सामानको सम्बन्धमा खुलाउन पर्ने कुराहरु खुलाउन नसकी नखुलाएमा वा पेश गर्नु पर्ने कागजातहरु पेश गर्न नसकेमा समितिले त्यसको कारण लेखाई लिई सो कुरा मनानसब देखिएमा मात्र सामान जाँच गर्नेछ। मनानसब नदेखिएमा समितिले आफ्नो राय कार्य विवरणमा उल्लेख गर्नु पर्छ।
तर कुनै सामानको सम्बन्धमा त्यसको मोल र अवधि खुल्न नसकेकोमा समितिले सम्बन्धित कम्पनी वा व्यक्ति कहाँ बुझेर भएपनि सो सामानको अन्दाजी अवधि र मोल खुलाउनु पर्छ।
(३) समितिले जाँचउन राखिएका सबै सामानहरु एक एक गरी गन्ती गरी सबैको अवस्था हेर्नु वा जाँच्नु पर्छ।
(४) समितिले सामान जाँच्दा बेकम्मा ठहरिन आएकोमा मनानसब कारणबाट बेकम्मा हुन गएको हो वा लापरवाहीबाट हुन गएको हो, कारण सहित ठहर पेश गर्नु पर्छ। लापरवाहीबाट हुन गएकोमा सो जिम्मेवारी व्यक्ति वा व्यक्तिहरुको नाम उल्लेख गरी सो नोक्सान भएको मालको मोल असूल गर्ने वा अरु कारबाही गर्ने हो, सिफारिस सहित पेश गर्नु पर्छ।
स्पष्टीकरणः अवधि पूरा भई बेकम्मा हुन गएकोमा बाहेक अरु कारणबाट बेकम्मा हुन गएकोमा साधारणतः लापरवाहीबाट बेकम्मा भएको मानिनेछ।
(५) डिपोबाट बेकम्मा भएका सामानहरु वितरण गर्दा ई.आई. वा त्रिशूल लगाई राखेको चिन्ह माथबाट कहिल्यै नमेटिने गरी क्रस ($\times$) चिन्ह लगाई बेकम्मा भनी प्रमाणित गर्नु पर्छ। समितिले आफ्नो समक्ष अन्यानसको उक्त ($\times$) चिन्ह िएको सामानहरु मात्र बेकम्मा ठहराउन सक्नेछ।
तर यी नियमहरु लागू हुनु भन्दा अघि वितरण भएका सामानहरु त्रिशूल चिन्ह नलगाएको भए तापनि समितिले क्रस ($\times$) चिन्ह लगाई बेकम्मा ठहराउन सक्नेछ।
(६) आफ्नो समक्ष पेश हुन आएको सामानहरु जाँच्दा मर्मत गरी प्रयोगमा ल्याउन सकिने देखिएमा समितिले मर्मत गरी प्रयोगमा ल्याउने भनी कार्य विवरणमा जनाई दिनु पर्छ। यस्तो मर्मत गर्ने भनी जनाइएकोमा युनिटमा मर्मत गराउने हो वा डिपोमा मर्मत गराउने हो वा अरु तरिकाबाट मर्मत गराउने हो सो पनि कार्य विवरणमा जनाई दिनु पर्छ।
तर युनिटमा मर्मत गराउने बाहेक अरु ठाउँमा मर्मत गराउनु पर्ने भएमा मर्मत खर्च र ढुवानी खर्च हिसाब गरी हकफायदा हुने भएमा बेकम्मा नै गर्नु पर्छ।
(७) बेकम्मा ठहरिएका सामानहरु सैनिक दृष्टिकोणले लिलाम गर्न नहुने वा लिलाम गर्न हुने भए तापनि त्यस्तो सामानहरुबाट कुनै हानि वा नराम्रो असर पनि जाने देखिएमा त्यस्तो सामानहरु समितिले धुल्याउन सडाउन वा जलाउन पर्ने भनी ठहर गर्नु पर्छ।
(८) उपनियम (७) मा लेखिएदेखि बाहेक अन्य सामानहरु सेनालाई काम नलाग्ने तर त्यस्तो सामानहरु लिलाम गर्दा सरकारलाई फाईदा हुने देखिएमा समितिले लिलाम गर्ने भनी ठहर गर्नु पर्छ।
(९) सम्बन्धित डिपो वा युनिट वा सबयुनिटलाई काम नलाग्ने भएका सामानहरु तर अरु कुनै युनिट, सबयुनिट, डिपो वा नेपाल सरकारको मन्त्रालय, विभाग वा अड्डाहरु वा कुनै संस्थालाई काम लाग्ने भएमा समितिले त्यसको मोल लिई वा नलिई दिने पनि सिफारिस गर्न सक्नेछ।
तर मोल लिने भनी सिफारिस गरेकोमा भने के कति लिने हो सो समेत उल्लेख गर्नु पर्छ।
(१०) सम्बन्धित फर्मेशन युनिट वा सबयुनिट वा डिपोले नियम ४ बमोजिम कार्य विवरणमा समावेश गर्नु पर्ने कुरा नगरी पेश गरेमा वा तयार राख्नु पर्ने कुरा तयार नराखेमा समितिले सो गराउन लगाई आईन्दा समयमा तयार राख्नु पर्ने भनी लिखित चेतावनी दिई जङ्गी अड्डालाई सूचना दिनु पर्छ।
तेस्रो संशोधनद्वारा संशोधित।
(११) यो नियम बमोजिम गर्नु पर्ने कार्य सकेपछि समितिले आफ्नो ठहर सहित सबै कुरा समावेश भएको रीतपूर्वकको कार्य विवरण स्वीकृतिको लागि $\square$सम्बन्धित विभाग वा बाहिनी अड्डामा पठाउनु पर्छ।
(१२) युनिट सबयुनिटको समितिले आफ्नो कार्य विवरण तालुक अड्डा वा तालुक युनिट मार्फत पठाउनु पर्छ र त्यसको एक प्रति सम्बन्धित डिपोमा पठाउनु पर्छ र सो कार्य विवरणको एक प्रति र अन्य सम्बन्धित कागजातहरुको नक्कलहरु एक एक प्रति समावेश गरी रक्षा कन्ट्रोलर कार्यालयमा पठाउनु पर्छ।
(१३) समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने कुनै कारबाही तथा व्यवस्थामा त्रुटि देखेमा वा कुनै कुराको सुधार गर्न आवश्यक देखेमा सो सम्बन्धी सुझाव पठाउनु पर्ने समितिको कर्तव्य हुनेछ।
६. सम्बन्धित बाहिनी, गण, गुल्म र डिपोले गर्ने कार्यः समितिले नियम ५ मा लेखिए बमोजिमको कार्य समाप्त गरेपछि सम्बन्धित बाहिनी, गण, गुल्म तथा डिपोले देहायको काम गर्नेछः–
(१) $\square$बेकम्मा ठहराएको सामानको बदला अर्को सामान माग गरी पूरता गर्नेः
(क) समितिले तयार पारेको कार्य विवरणको आधारमा सम्बन्धित बाहिनी, गण, गुल्महरुले आफ्नो दरबन्दी अनुसार सामानहरु पूरा गर्न, मर्मत गर्नु पर्ने बाहेक अरु सामानहरु सम्बन्धित डिपोबाट माग गरी पुरा गराई राख्नु पर्छ।
(ख) सम्बन्धित डिपोले पनि बाहिनी गण गुल्महरुले माग गरे बमोजिम समितिले आफ्नो कार्य विवरणमा बेकम्मा ठहराएको सामान जिम्मेवारी, बालगरी, ई.आई., पर्सनल जुन जुन रुपमा गएको हो सोही रुपमा यथाशीघ्र बदला गरिदिनु पर्छ।
(ग) डिपोमा नै बेकम्मा भएको हकमा $\ast$सुभारथी विभाग (जनरल) मा विधिवत माग गर्नु पर्छ।
$\square$ दोस्रो संशोधनद्वारा संशोधित। $\ast$ पहिलो संशोधनद्वारा संशोधित।
(२) मर्मत गर्नेः
(क) विभिन्न बाहिनी, गण गुल्महरुले नै मर्मत गर्ने गराउने जति निकासा पाएको स्टोर मेशिन्टेन्स रकमबाट तुरुन्त खर्च गराई मर्मत गराई सो रकम नमनाहालाई रीतपूर्वकको फाँटवारी सम्भाररथी विभाग (जनरल) मा पठाउनु पर्छ। डिपोबाट मर्मत गराउने जति मर्मतको लागि डिपोमा पठाउनु पर्छ।
(ख) डिपोबाट मर्मत गराउने हकमा मर्मत गर्न चाहिने सामानहरुलाई लाग्ने रकमको माग र युनिटबाट मर्मतको लागि आएको समेतलाई चाहिने रकम समावेश गरी सम्भाररथी विभाग (जनरल) मा माग गरी मर्मत गरी गराई राख्नु पर्छ। फमेसन, युनिट, सबयुनिटको सामान जति मर्मत भएपछि फिर्ता पठाउनु पर्छ।
(ग) मर्मत हुन आएका सामानहरु मर्मत हुन नसके सोही व्यहोराको सूचना सम्बन्धित युनिटमा दिनु पर्छ। त्यसको सूचना प्राप्त भएपछि युनिटले तालुक अड्डा मार्फत सम्भाररथी विभाग (जनरल) मा माग गरी पूरा गराई राख्नु पर्छ।
(३) धुल्याउने सडाउनेः
(क) समितिले धुल्याउने, सडाउने बनी ठहराएको सामानहरु सम्बन्धित फमेसन, गण, गुल्म, डिपोले सम्बन्धित विभाग वा बाहिनी अड्डाबाट आदेश पाएपछि सोही आदेश बमोजिम उपत्यकामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा जिल्लामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा सो निएको ठाउँमा नजिकको कुनै अड्डा साक्षी राखी धुल्याउनु पर्ने धुल्याई र सडाउनु पर्ने सडाई खर्च लेख्नु पर्छ।
(ख) युनिट, सबयुनिटभित्र जवानहरुले लाएको पर्सनल र ई.आई. लुगा कपडाहरुको हकमा डाक्टरले लाउन नहुने सिफारिस गरेमा समितिले
*दोस्रो संशोधनद्वारा संशोधित।
त्यस्ता कपडाहरु सो व्यक्तिलाई नै दिने, त्यस्ता व्यक्ति नभए सबै जलाई जलाएको सबुतहरु बैठक बस्दा पेश गर्नु पर्छ ।
(४) सामानहरु लिलाम बिक्री गर्नेः
(क) समितिले लिलाम गर्ने भनी ठहराएको सामानहरु ▢सम्बन्धित विभाग वा बाहिनी अड्डाको आदेश पाएपछि सम्बन्धित डिपो, फर्मेसन, गण, गुल्महरुले ऐन सवाल बमोजिम प्रचार प्रसार गरी म्याद समेत टाँसी उपत्यकामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा जिल्लामा भए प्रमुख जिल्ला अधिकारीको कार्यालय वा सो भएको ठाउँमा नजिकको कुनै अड्डा साक्षी राखी लिलाम बिक्री गरी श्रेस्तामा सो लिलाम भएको सामान खर्च लेख्नु पर्छ ।
(ख) खण्ड (क) बमोजिम प्रचार प्रसार गरी रीतपूर्वक दुई पटकसम्म आह्वान गर्दा पनि लिलाम हुन नसकेमा सो कुरा जनाई उपनियम (३) बमोजिम धुल्याउनु सढाउनु पर्छ ।
(ग) लिलाम बिक्रीबाट आएको रकम सर्वसञ्चित कोषमा दाखिल गरी त्यसको जनाउ र भौचर ▢सम्बन्धित विभाग वा बाहिनी अड्डालाई दिनु पर्छ । ▢सम्बन्धित विभाग वा बाहिनी अड्डाले पनि जनाउ र भौचर पाएपछि सम्बन्धित डिपोलाई सूचना दिनु पर्छ ।
(५) अन्यत्र बुझाउनेः
सम्बन्धित डिपो, युनिटको निमित्त काम नलाग्ने तर अन्यत्र कुनै युनिट र नेपाल सरकारको कुनै मन्त्रालय, विभाग वा अड्डा वा संस्थाको निमित्त काम लाग्ने भनी ठहराएको सामानहरु जति ▢सम्बन्धित विभाग वा बाहिनी अड्डाबाट स्वीकृति पाएपछि तोकिएको स्थानमा बुझाई खर्च लेख्नु पर्छ ।
७. निकासा दिने अधिकारीः (१) समितिले नियम ५ को उपनियम (११) बमोजिम स्वीकृतिको ▢ लागि कार्य विवरण पेश गरेकोमा बेकम्मा ठहरिएको सामान जतिको हकमा सम्बन्धित
▢ दोस्रो संशोधनद्वारा संशोधित ।
विभाग वा बाहिनी अड्डाले कार्य विवरण हेरी कुनै कैफियत नदेखेमा मनासिब निकास दिनेछ र त्यसको सूचना रक्षा मन्त्रालय, सम्भाररथी विभाग (जनरल) र सम्बन्धित डिपोहरुलाई पठाउनेछ।
(२) सामान खप्ने अवधि पुग्नुभन्दा अगावै कुनै सामान बेकम्मा ठहराउनु पर्ने अवस्था पर्न गएमा त्यस्ता सामान बेकम्मा ठहराउनु पर्ने कारण दर्शाई सम्बन्धित विभाग वा बाहिनी अड्डाले एकिन गरी बेकम्मा ठहराउने स्वीकृतिको लागि सम्भाररथी विभाग (जनरल) मा पठाउने र सम्भाररथी विभाग (जनरल) ले पनि उचित ठहर्याई आवश्यक देखेमा स्वीकृति दिन सक्नेछ।
(३) सामान खप्ने अवधि नतोकिएको सामानको हकमा त्यस्ता सामानलाई बेकम्मा ठहराउन सम्भाररथी विभाग (जनरल) मा पेश गरी स्वीकृत भएपछि बेकम्मा ठहराउनु पर्नेछ।
(४) कार्य विवरणमा कुनै कैफियतदेखी कारबाही गर्नु गराउनु पर्ने भएमा सम्बन्धित विभाग वा बाहिनी अड्डाले कारबाही गर्ने, गराउनेछ र त्यसको सूचना रक्षा मन्त्रालय र सम्भाररथी विभाग (जनरल) मा पठाउनेछ।
(५) बेचल्ती ठहर्याएको सामानको हकमा सम्भाररथीले निकासको लागि रक्षा मन्त्रालयमा लेखि पठाउनु पर्छ।
रूपान्तर:- १. सैनिक (तेस्रो संशोधन) ऐन, २०४० द्वारा “शाही सेना” को सट्टा “शाही नेपाली सेना” राखी रूपान्तरण गरिएको। २. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” राखी रूपान्तर गरिएको। ३. सैनिक ऐन, २०६३ द्वारा “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना” राखी रूपान्तर गरिएको।
बेकम्मा वा बेचल्ती नियन्त्रित सामान बारे भर्ने फाराम
शा.से.फा.नं.— पहिलो समिति बसेको मिति:— हाल समिति बसेको मिति:—
(नियम ५ संग सम्बन्धित)
पेश गर्ने:— अधिकृतको नाम:— दर्जा:— ठेगाना:— मिति:—
समितिको अध्यक्ष र सदस्यको नामावली अध्यक्ष: सदस्य: सदस्य: मिति:*