पर्वतारोहण सम्बन्धी नियमावली, २०५९
नेपाल राजपत्रमा प्रकाशित मिति २०५९।०१।१९
संशोधन: १. पर्वतारोहण सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०६४ २०६४।०४।२१ २. पर्वतारोहण सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७० २०७०।०१।३० ३. पर्वतारोहण सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०७१ २०७१।०२।२९ ४. पर्वतारोहण सम्बन्धी (चौथो संशोधन) नियमावली, २०७१ २०७१।१२।०५ ५. पर्वतारोहण सम्बन्धी (पाँचौँ संशोधन) नियमावली, २०७४ २०७४।१०।१५ ६. पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८१ २०८१।१०।२१
पर्यटन ऐन, २०३५ को दफा ५६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “पर्वतारोहण सम्बन्धी नियमावली, २०५९” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, - (क) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ। (ख) “अनुमति” भन्नाले पर्वतारोही दललाई हिमालचुली आरोहण गर्न यस नियमावली बमोजिम दिइने पर्वतारोहण अनुमति सम्झनु पर्छ। (ग) “मन्त्रालय” भन्नाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ।
॥(घ) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ र सो शब्दले महानगरपालिका तथा उपमहानगरपालिकालाई समेत जनाउँछ।
१२क. पर्वतारोहणका लागि हिमालयचुली खुला गर्ने : (१) ऐनको दफा १७ बमोजिम नेपाल सरकारले पर्वतारोहणका लागि हिमालयचुली खुला गर्न सक्दछ।
(२) उपनियम (१) बमोजिम पर्वतारोहणका लागि खुला गरिएका हिमालयचुलीको नाम, उचाई, हिमालय श्रृंखला, भौगोलिक अवस्थिति समेतको विवरण मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
३. पर्वतारोहणको लागि अनुमति लिनु पर्ने : (१) पर्वतारोहणको लागि अनुमति लिन चाहेका पर्वतारोही दलका तर्फबाट सो दलका नेताले अनुसूची-१ बमोजिमको ढाँचामा मन्त्रालयमा दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा मन्त्रालयले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा दरखास्तवालालाई अनुमति दिन मनासिब देखिएमा नियम ४ बमोजिमको सलामी रकम लिई अनुसूची-२ बमोजिमको ढाँचामा अनुमति दिनेछ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिलाई पर्वतारोहणको अनुमति दिइने छैन :-
(क) सोह्र वर्ष उमेर पूरा न गरेको,
(ख) कुनै गम्भीर रोगका कारण पर्वतारोहणको लागि अयोग्य भएको भनी चिकित्सकबाट प्रमाणित भएको ।
(ग) ......।
॥ छैटौँ संशोधनद्वारा थप । १ पाँचौँ संशोधनद्वारा थप । ※ पाँचौँ संशोधनद्वारा संशोधित । ४ पाँचौँ संशोधनद्वारा झिकिएको । ५ छैटौँ संशोधनद्वारा झिकिएको ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पर्वतारोही दलले सगरमाथा हिमालचुलीको लागि सलामी रकमको पाँच प्रतिशत र अन्य हिमालचुलीको लागि सलामी रकमको दस प्रतिशत रकम तिरेमा र त्यस्तो दरखास्तवालालाई अनुमति दिन मनासिब देखिएमा अनुसूची-३ बमोजिमको ढाँचामा प्रारम्भिक पर्वतारोहण अनुमति दिन सकिनेछ।
(४) उपनियम (३) बमोजिम प्रारम्भिक पर्वतारोहण अनुमति पाएको पर्वतारोही दलले नियम ४ बमोजिम बाँकी सलामी रकम बुझाएमा सो रकम बुझाएको तीन दिनभित्र मन्त्रालयले उपनियम (२) बमोजिम अनुमति दिनेछ।
तर ७००० मिटर भन्दा कम उचाई भएको र नियम ३२ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमका हिमालचुली बाहेक अन्य हिमालचुली आरोहण गर्न प्रारम्भिक पर्वतारोहण अनुमति पाएको पर्वतारोही दलले आफ्नो दलका सदस्यमा हेरफेर वा थपघट गर्न चाहेमा मन्त्रालयले दरखास्त परेको दस दिनपछि मात्र दरखास्तवालालाई अनुमति दिनेछ।
(५) उपनियम (२) वा (४) बमोजिम अनुमति प्राप्त पर्वतारोही दलले पर्वतारोहण गर्न जानु अघि मन्त्रालयले दिएको पर्वतारोहण सम्बन्धी जानकारी (ब्रिफिङ) लिनु पर्नेछ।
४. पर्वतारोहणको लागि तिर्नु पर्ने सलामी रकम र अवधि : (१) पर्वतारोही दलले पर्वतारोहण गर्दा तिर्नु पर्ने सलामी रकम अनुसूची-४ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) प्रारम्भिक पर्वतारोहण अनुमति पाएको पर्वतारोही दलले बाँकी सलामी रकम त्यस्तो अनुमति पाएको मितिले एक वर्षभित्र बुझाउनु पर्नेछ।
(३) कुनै पर्वतारोही दलले उपनियम (२) बमोजिमको म्यादभित्र बाँकी सलामी रकम नबुझाएमा त्यस्तो प्रारम्भिक पर्वतारोहण अनुमति रद्द हुनेछ।
५. पर्वतारोहण अभियानपछि सार्न वा हिमालचुली परिवर्तन गर्न सकिने : (१) कुनै पर्वतारोही दलले आफ्नो पर्वतारोहण अभियानपछि सार्न वा अनुमतिमा उल्लिखित हिमालचुली परिवर्तन गर्न चाहेमा त्यस्तो पर्वतारोहण अभियान सुरु हुनु अघि पर्वतारोहण सम्बन्धी कार्यक्रम
सहितको अवधि उल्लेख गरी वा परिवर्तन गर्न चाहेको हिमालचुली निश्चित गरी अनुमतिको लागि मन्त्रालय समक्ष दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पर्वतारोहण अभियान पछि सार्न चाहेने पर्वतारोही दललाई मन्त्रालयले बढीमा दुई वर्षसम्म पर्वतारोहण अभियान पछि सार्ने अनुमति दिन सक्नेछ।
ㅈ...........
(३) उपनियम (१) बमोजिम हिमालचुली परिवर्तन गर्दा पर्वतारोही दलले त्यसरी परिवर्तन गर्ने हिमालचुलीको लागि थप सलामी रकम तिर्नु पर्ने भए सो रकम लिई मन्त्रालयले हिमालचुली परिवर्तन गर्न अनुमति दिनेछ।
तर परिवर्तन हुने हिमालचुलीको सलामी रकम भन्दा पहिले बुझाएको सलामी रकम बढी भएमा त्यस्तो रकम फिर्ता दिइने छैन।
П(४) उपनियम (२) बमोजिम पर्वतारोहण अभियान पछि सारेकोमा नेपाल सरकारले यस नियमावली बमोजिमको सलामी रकम बढाएको कारणले नियम ४ बमोजिम बुझाउनु पर्ने सलामी रकम अपुग हुने भएमा त्यस्तो अपुग रकम पर्वतारोही दलले थप गर्नु पर्नेछ।
ओ५क. .............
६. पर्वतारोही दलले पालन गर्नु पर्ने शर्तहरू : अनुमति प्राप्त पर्वतारोही दलले देहायका शर्तहरू पालन गर्नु पर्नेछ :-
(क) अनुमति पाएको हिमालचुलीमा मात्र आफ्नो गतिविधि सीमित राख्ने,
М(क१) आठ हजार मिटरभन्दा बढी उचाइ भएको हिमालचुली आरोहणको लागि जाँदा पर्वतारोही दलका प्रत्येक दुई जना सदस्यको साथमा कम्तीमा एकजना उचाइमा जाने कामदार वा पर्वतीय पथ प्रदर्शक र सो बाहेकका अन्य
हिमालचुली आरोहणको लागि जाँदा पर्वतारोही दलले कम्तीमा एकजना पर्वतीय पथ प्रदर्शक लिई जानु पर्ने,
(ख) पर्वतारोहण गर्ने क्षेत्रका जनताको रीति-रिवाज, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा आघात पुर्याउने कुनै किसिमको कार्य गर्न नहुने,
(ग) आधार शिविररुपेसम्म विभिन्न ठाउँमा स्थापना गरिने शिविरहरू सकेसम्म स्थानीय जनतालाई मान्य हुने वा नेपाल सरकारले तोकिदिएको ठाउँमा मात्र स्थापना गर्ने,
(घ) नेपाल सरकारले अनुमति दिएको बाहेक अन्य कुनै हातहतियार, विष्फोटक पदार्थ आदि साथमा लैजान नहुने,
(ङ) नेपाल "........." को सुरक्षा तथा प्रतिष्ठामा प्रतिकूल असर पर्ने कुनै किसिमको काम गर्न नहुने,
(च) स्वीकृति पाए बाहेकका दूर सञ्चारको साधन प्रयोग गर्न नहुने,
(छ) पर्वतारोहण क्षेत्र वरपरका रुख पात, अन्य वन्य सम्पदा तथा वातावरणीय स्वच्छतालाई क्षति पुर्याउन वा मास्न नहुने,
(ज) पर्वतारोहणको समयमा कुनै दुर्लभ तथा ऐतिहासिक महत्वका मालसामान फेला परेमा सम्बन्ध अधिकारीलाई बुझाउने,
(झ) वातावरण दूषित हुन नदिन मन्त्रालयले तोके बमोजिम काम गर्ने,
(ञ) पर्वतारोहण सम्बन्धी अवस्था तथा कार्यक्रमको सम्बन्धमा सम्बन्ध अधिकारीलाई दैनिक जानकारी गराउने।
(ट) नेपाल "........." सित जोडिएको विदेशी राज्यसँगको अन्तर्राष्ट्रिय सीमानामा पर्ने हिमालचुली आरोहण गर्न अनुमति पाएका पर्वतारोही दलले अन्तर्राष्ट्रिय सीमाना उल्लंघन गर्न नहुने।
१(ठ) आधार शिविरदेखि हिमालचुलीको चुचुरोको अन्तिम बिन्दुसम्म जाँदा र फर्कंदाको सम्पूर्ण दूरी पैदलै तय गर्नुपर्ने,
$^{M}$तर,-
(१) हिमालचुलीको कुनै खण्डबाट प्याराग्लाइडिङ सेवा सञ्चालन गर्न प्रचलित कानून बमोजिम अनुमति प्रदान गरिएको भएमा पर्वतारोही दलको कुनै सदस्यले हिमालचुली आरोहण गरी फर्कँदा त्यस्तो प्याराग्लाइडिङ मार्फत फर्कन सक्नेछ। (२) पर्वतारोहीको आपतकालीन उद्दारको लागि हेलिकप्टर, हवाईजहाज वा बेलुुनको प्रयोग गर्न सकिनेछ।
१(ड) पर्वतारोहण सम्बन्धी उपकरण तथा सामग्री पर्वतारोही वा सो दलसँग जान अनुमति प्राप्त कामदारले मात्र लैजाने व्यवस्था हुने।
$^{II}$(ढ) पर्वतारोहणको लागि प्रस्थान गर्नु अघि आधार शिविरबाट प्रस्थान गर्ने, हिमालचुलीमा पुग्ने र हिमालचुलीबाट आधार शिविर फर्किने अनुमानित समय तथा आरोहण मार्गको विवरण सम्बन्धित अधिकृतलाई उपलब्ध गराउनु पर्ने।
$^{M}$६क. प्रतिनिधिको काम र कतव्य: (१) ऐनको दफा २६ बमोजिम नियुक्त पर्वतारोही दलको प्रतिनिधिको काम र कतव्य देहाय बमोजिम हुनेछः-
(क) पर्वतारोहणको लागि आवश्यक पर्ने कामदार उपलब्ध गराउन, निजहरुको बीमा र स्वास्थ्य परीक्षण गराउन, पर्वतारोही दलले दिनुपर्ने दरखास्त लगायतका कागजात तयार पार्न, पर्वतारोही दलले बुझाउनु पर्ने सलामी रकम वा अन्य रकम बुझाउन, ब्रिफिङ र डिब्रिफिङ गरि पर्वतारोही दललाई सहजीकरण र सहयोग गर्ने, (ख) पर्वतारोही दलका सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, स्थानीय कामदार र आधार शिविरका कामदारको वैयक्तिक विवरण तथा पर्वतारोहण सम्बन्धी विस्तृत विवरण
१ पाँचौँ संशोधनद्वारा थप । $^{M}$ छैठौँ संशोधनद्वारा संशोधित । $^{II}$ छैठौँ संशोधनद्वारा थप ।
अधयावधिक गरी राख्ने र विभागले मागेका बखत त्यस्तो विवरण तुरुन्त उपलब्ध गराउने, (ग) आपतकालीन खोज तथा उद्धार गर्नका लागि आवश्यक प्राविधिक उपकरण सहितको पूर्वतयारी गरी सोको जानकारी विभागमा दिने, (घ) सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, स्थानीय कामदार वा आधार शिविरका कामदार दुर्घटनामा परेमा, बेपत्ता भएमा, बिरामी परेमा वा मृत्यु भएमा त्यस्तो व्यक्तिको आपतकालीन खोज तथा उद्धार गर्ने व्यवस्था मिलाउने, (ङ) खण्ड (घ) बमोजिम उद्धार गर्नु परेमा त्यसरी उद्धार गरेको जानकारी तुरुन्त विभागलाई दिने। (२) यस नियम बमोजिम आपतकालीन खोज तथा उद्धार गर्न विभागले आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नेछ।
७. सञ्चार साधन पैठारी स्वीकृत दिन सक्ने: नेपाल सरकारले अनुमति प्राप्त पर्वतारोही दललाई पर्वतारोहण अभियान समाप्त भएपछि स्वदेश फिर्ता लैजाने मितिमा दुईवटा स्याटेलाइट टेलिफोन, बढीमा पन्ध्रवटा वाकीटकी, आधार शिविरबाट काठमाडौँसम्म कुरा गर्न सक्ने क्षमता भएको दुईवटा वायरलेस र आधार शिविरदेखि सम्बन्धित नजिकको प्रहरी चौकी वा दूर सञ्चार साधन भएको ठाउँसम्म कुरा गर्न सक्ने क्षमता भएको दुईवटा वायरलेस अस्थायी रुपमा प्रयोग गर्ने गरी पैठारी स्वीकृत दिन सक्नेछ।
८. सम्पर्क अधिकृत खटाउने : (१) ऐनको दफा २० बमोजिम सम्पर्क अधिकृत खटाउँदा नेपाल सरकारले देहायका व्यक्तिलाई खटाउन सक्नेछ :-
(क) निजामती सेवाका राजपत्रअनंकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो श्रेणीको कर्मचारी,
(ख) निजामती सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरीका अधिकृत,
(ग) सगरमाथा हिमालचुलीको सफल आरोहण गरेका नेपाली आरोहीहरुमध्ये मन्त्रालयले तोकेको आरोहण सम्बन्धी संस्थाले सिफारिस गरेको आरोही।
(२) उपनियम (१) बमोजिम सम्पर्क अधिकृत खटाउँदा देहायका शर्त पूरा गरेको हुनु पर्नेछ:-
(क) पर्वतारोहण सम्बन्धी स्वीकृत आधारभूत प्रशिक्षण प्राप्त गरेको, $\text{I}$ तर उपनियम (१) को खण्ड (ग) बमोजिमको व्यक्तिको हकमा पर्वतारोहण सम्बन्धी आधारभूत प्रशिक्षण आवश्यक पर्दैन ।
(ख) कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, तर उपनियम (१) को खण्ड (ग) बमोजिमको आरोहीका हकमा $\text{M}$ साधारण लेखपढ गर्न जान्ने,
(ग) सम्बन्धित हिमालचुलीको आधार शिविरसम्म जान शारीरिक रुपमा योग्य रहेको भनी नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको, र
(घ) पर्वतारोही दलसँग बातलाप गर्न सक्ने अङ्ग्रेजी $\text{X}$ ............ भाषाको ज्ञान भएको सम्बन्धमा मान्यता प्राप्त संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको ।
९. सम्पर्क अधिकृतको काम, कतव्य र अधिकार : सम्पर्क अधिकृतको काम, कतव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) पर्वतारोही दललाई परेका समस्या सुल्झाउने प्रयास गर्ने,
(ख) पर्वतारोही दलसँग जाने कामदारले बोक्ने भारीको तौल सम्बन्धमा निरीक्षण तथा अनुगमन गर्ने,
(ग) पर्वतारोहणको अभियान चालू रहे सम्म आधार शिविरमा बस्ने,
(घ) पर्वतारोहणको प्रगति तथा पर्वतारोहणको क्रममा कुनै दुर्घटना भएमा त्यसको जानकारी छिटो साधनद्वारा मन्त्रालयमा पठाउने,
$\text{I}$ छैठौं संशोधनद्वारा थप । $\text{M}$ छैठौं संशोधनद्वारा संशोधित । $\text{X}$ छैठौं संशोधनद्वारा झिकिएको ।
(ङ) सरदार, पर्वतीय पथ प्रदर्शक तथा कामदारलाई अनुशासनमा राखी कुनै मनमुटाव वा झगडा हुन नदिन प्रयास गर्ने,
(च) पर्वतारोही दलका कुनै सदस्य र स्थानीय जनता वा सरदार, पथ प्रदर्शक वा कामदार बीच कुनै अप्रिय घटना वा झगडा भएमा आफैले मिलाउने र मिलाउन नसक्ने भएमा नजिकको प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको मद्दत लिई आवश्यक कारबाही गर्ने गराउने,
(छ) वातावरणीय सरसफाई तथा फोहर मैला व्यवस्थापन सम्बन्धमा आवश्यक कार्य गर्ने, गराउने,
(ज) पर्वतारोही दल वा सो दलको कुनै सदस्यले अनधिकृत रुपमा पर्वतारोहण गर्न खोजेमा त्यस्तो कार्य रोक्ने तथा त्यसको सूचना यथाशीघ्र मन्त्रालयमा पठाउने,
(झ) पर्वतारोही दलको कुनै सदस्य, सरदार, पथ प्रदर्शक वा कामदारको दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा वा सो मध्ये कसैले कुनै गम्भीर अपराध गरेमा वा गर्ने सम्भावना भएमा वा पर्वतारोही दलले प्रयोग गरेको सञ्चार साधन वा अन्य सामानहरू हराएमा यथाशीघ्र त्यसको जानकारी सहितको प्रतिवेदन मन्त्रालयमा पठाउने,
(ञ) पर्वतारोही दलका सदस्य र सो दलसँग जाने व्यक्ति बीच दोभाषेको रुपमा काम गर्ने,
(ट) पर्वतारोहणको शिविर राख्ने स्थान सम्बन्धमा पर्वतारोही दलको नेतालाई सल्लाह दिने,
(ठ) पर्वतारोही दलमा संलग्न कामदार तथा अन्य व्यक्तिको लगत सो दलको नेताद्वारा प्रमाणित गराई मन्त्रालयमा पठाउने,
(ड) पर्वतारोही दलले फेला पारेका दुर्लभ तथा ऐतिहासिक महत्वका मालसामान बुझिलई नेपाल सरकारले तोकेको ठाउँमा सुरक्षित बुझाउने,
ᴹ छैठौं संशोधनद्वारा संशोधित ।
॥(ड१) पर्वतारोही दलका सदस्य वा अन्य व्यक्तिले प्रचलित कानून विपरीतको काम गरेमा वा गर्न प्रयास गरेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने,
॥(ड२) पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक अन्य व्यक्तिलाई आधार शिविरमा राख्न नदिने।
तर विभागको पूर्व स्वीकृति लिई पर्वतारोही दलका सदस्यको परिवारको सदस्यलाई बढीमा दुई रात आधार शिविरमा राख्न सकिनेछ। स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “परिवारको सदस्य” भन्नाले पति, पत्नी, बाबु, आमा, छोरा वा छोरी सम्झनु पर्छ।
(ढ) मन्त्रालयले दिएको निर्देशन बमोजिम काम गर्ने।
१०. सम्पर्क अधिकृतलाई दिनु पर्ने सुविधा : पर्वतारोही दलले सम्पर्क अधिकृतलाई दिनु पर्ने सुविधा अनुसूची-५ मा उल्लेख भए बमोजिम हुनेछ।
११. सुविधा फिर्ता गराउन सक्ने : कुनै सम्पर्क अधिकृत पर्वतारोही दलसँग नभएमा मन्त्रालयले निजको काज रद्द गरी निजले यस नियमावली बमोजिम पाएको सुविधा फिर्ता गराउन सक्नेछ।
१२. निरुत्साहित गर्न नहुने : पर्वतारोही दल र पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाले सम्पर्क अधिकृतलाई पर्वतारोही दलसँग जान निरुत्साहित गर्न हुँदैन।
१३. सरदारको काम र कतव्य : सरदारको काम र कतव्य देहाय बमोजिम हुनेछ :-
(क) सम्पर्क अधिकृतसँग समन्वय राखी काम गर्ने,
(ख) पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको सामूहिक हितलाई ध्यानमा राखी काम गर्ने,
(ग) पर्वतारोही दलको मालसामान कामदारको लापरवाहीबाट हिनमिना हुन नदिने,
॥ छैटौं संशोधनद्वारा थप ।
(घ) पर्वतारोही दलका सदस्यलाई सुरक्षित र सरल तरिकाले आरोहण गर्न आवश्यक सरसल्लाह दिने,
(ङ) शिविरमा खाना तथा तता सरसामान उपयुक्त समयमा पुर्याउने व्यवस्था गर्ने,
(च) सम्पर्क अधिकृत, पर्वतारोही दलका कुनै सदस्य, पर्वतीय पथ प्रदर्शक वा उचाईमा जाने कामदार, आधार शिविरका कामदार वा स्थानीय कामदार कुनै आपत्काल परेमा निजलाई उद्धार गर्न काममा मद्दत पुर्याउने,
(छ) वातावरणीय सरसफाई तथा फोहरमैला व्यवस्थापन सम्बन्धमा यस नियमावली तथा मन्त्रालयले तोकेका वित्त बमोजिम कार्य गर्ने, गराउने,
$^{II}$(छ१) अनुमति प्रदान गर्दाका बखत स्वीकृत गरेको सामग्री बाहेक अन्य सामग्री आधार शिविरभन्दा माथि लैजान नदिने,
(ज) मन्त्रालय तथा सम्पर्क अधिकृतले दिएको निर्देशन बमोजिम काम गर्ने।
१४. सरदारको योग्यता र स्तर तोक्न सक्ने: नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सरदारको योग्यता र स्तर तोक्न सक्नेछ।
१५. पर्वतीय पथ प्रदर्शकको काम र कर्तव्य : पर्वतीय पथ प्रदर्शकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :-
(क) सरदारसँग समन्वय राखी काम गर्ने,
(ख) कामदारको लापरवाहीबाट मालसामानहरू हनिनमिना हुन नदिन आवश्यक व्यवस्था गर्ने,
(ग) अनुमतिपत्रमा उल्लेखित मार्गबाट मात्र पर्वतारोहण गर्न पर्वतारोही दललाई पथ प्रदर्शन गर्ने,
(घ) कुनै कारणवश आधार शिविरभन्दा माथिको पर्वतारोहणको मार्ग बदल्नु परेमा सम्पर्क अधिकृतसँग सम्पर्क राखी निजको आदेश बमोजिम गर्ने,
(ङ) पर्वतारोही दलका सदस्य वा सरदारलाई सुरक्षित र सरल तरिकाले आरोहण गर्ने सम्बन्धमा आवश्यक सरसल्लाह दिने,
(च) सम्पर्क अधिकृत, पर्वतारोही दलको कुनै सदस्य, सरदार उचाईमा जाने कामदार, आधार शिविरका कामदार वा स्थानीय कामदार कुनै आपतमा परेमा निजलाई उद्धार गर्ने काममा मद्दत पुर्याउने,
(छ) आधार शिविर भन्दा माथि सरसामान प्रयोग गर्दा निस्केको फोहरमैला अनिवार्य रुपले आधार शिविरसम्म ल्याउने,
(ज) मन्त्रालय, सम्पर्क अधिकृत तथा सरदारले दिएको निर्देशन बमोजिम काम गर्ने।
१६. सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारलाई दिनुपर्ने सुविधा : पर्वतारोही दलले सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारलाई दिनुपर्ने सुविधा अनुसूची-६ मा उल्लेख भए बमोजिम हुनेछ।
१७. इच्छापत्र पेश गर्नु पर्ने : सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार र आधार शिविरका कामदारले पर्वतारोहणमा जानु अघि अनुसूची-७ बमोजिमको ढाँचामा तीन प्रति इच्छापत्र भरी एक प्रति आफूले काम गर्ने संस्था वा कार्यालयमा, एक प्रति पर्वतारोहण संघमा र एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ।
१८. करार गर्नु पर्ने : पर्वतारोही दल वा पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाले सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार र आधार शिविरका कामदारसँग अनुसूची-८ बमोजिम करार गरेर मात्र काममा लगाउनु पर्नेछ।
१९. व्यक्तिगत दुर्घटना बीमा तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः (१) पर्वतारोही दलले पर्वतारोहणको लागि प्रस्थान गर्नु अघि आफ्नो साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार तथा आधार शिविरका कामदारलाई पर्वतारोहण अभियान समाप्त गरी फर्कुञ्जेलसम्मको लागि नेपाल सरकारबाट मान्यता प्राप्त कुनै बीमा कम्पनीसित देहायको रकममा नघट्ने गरी व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेछ :-
ৼ(क) सम्पर्क अधिकृतका लागि पन्ध्र लाख रुपैयाँ,
ᴹ(ख) सरदार, पर्वतीय पथ प्रदर्शक र उचाइमा जाने कामदार प्रत्येकका लागि बीस लाख रुपैयाँ,
ᴹ(ग) आधार शिविरका कामदार प्रत्येकका लागि पन्ध्र लाख रुपैयाँ।
₈(घ) .............
(२) पर्वतारोही दलले उपनियम (१) बमोजिम स्थानीय कामदारको बीमा गराउँदा प्रत्येक कामदारका लागि पाँच लाख रुपैयाँमा घटाई गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) वा ऐनको दफा २५ को उपदफा (२) वा (३) बमोजिम बीमा वा क्षतिपूर्ति पाउने रकम सम्बन्धित व्यक्ति वा निजको हकवालालाई दिलाई दिने जिम्मेवारी सम्बन्धित पर्वतारोही दल तथा सो पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाको हुनेछ।
(४) उपनियम (१) वा (२) वा ऐनको दफा २५ को उपदफा (२) वा (३) बमोजिम बीमा वा क्षतिपूर्ति पाउने व्यक्ति नाबालक भएमा सम्बन्धित बीमा कम्पनी वा पर्वतारोही दलले त्यस्तो रकम मन्त्रालयमा बुझाउनु पर्नेछ र त्यसरी रकम प्राप्त भएमा मन्त्रालयले त्यस्तो नाबालक बालिग नभएसम्म निजको पालन पोषणको लागि आवश्यक व्यवस्था मिलाउनुको निमित्त उपयुक्त सम्झेको व्यवस्था गर्नेछ।
ৼ(५) पर्वतारोही दलले आफ्नो साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार दुर्घटनामा परी सामान्य चोटपटक लागेमा औषधोपचार गर्न प्रत्येकको लागि नेपाल सरकारद्वारा मान्यताप्राप्त बीमा कम्पनीसँग देहाय बमोजिम बीमा गराउनु पर्नेछ :-
(क) छ हजार पाँच सय मीटरसम्म उचाईका हिमालचुलीको आरोहण गर्दा कम्तीमा तीन लाख रुपैयाँको,
ৼ पाँचौ संशोधनद्वारा संशोधित । ᴹ छैटौँ संशोधनद्वारा संशोधित । ₈ पाँचौ संशोधनद्वारा खारेज गरिएको ।
(ख) छ हजार पाँच सय मीटरभन्दा बढी उचाईका हिमालचुलीको आरोहण गर्नु पर्दा कम्तीमा चार लाख रुपैयाँको।
२०. आपतकालीन उद्धारको लागि बीमा गराउनु पर्ने : पर्वतारोही दलले ऐनको दफा २९ को प्रयोजनको लागि मन्त्रालयले तोके बमोजिमको रकम नेपाल सरकारबाट मान्यता प्राप्त कुनै बीमा कम्पनीसित बीमा गराउनु पर्नेछ।
२१. आरोहण अवसर दिनु पर्ने : अन्तिम शिविरहरूमा पुगेका सरदार, पर्वतीय पथ प्रदर्शक वा उचाईमा जाने कामदारलाई पर्वतारोही दलले हिमालचुली आरोहण अवसर दिनु पर्नेछ।
२२. भारीको तौल : (१) पर्वतारोही दलले स्थानीय कामदारलाई तीस के.जी. भन्दा बढी तौलको भारी बोकाउनु हुँदैन।
(२) पर्वतारोही दलले उचाईमा जाने कामदारलाई देहायको उचाईमा देहायको भन्दा बढी तौलको भारी बोकाउनु हुँदैन :-
(क) ५,००० मिटर देखि ६,००० मिटरसम्मको उचाईमा २० के.जी., (ख) ६,००१ मिटर देखि ७,००० मिटरसम्मको उचाईमा १७ के.जी., (ग) ७,००१ मिटर देखि ८,००० मिटरसम्मको उचाईमा १४ के.जी., (घ) ८,००० मिटरभन्दा माथिको उचाईमा १२ के.जी.।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति परेमा सम्बन्धित अधिकृत, पर्वतारोही दलका नेता र भारी बोक्ने कामदारको आपसी मञ्जुरीमा सो उपनियमहरूमा उल्लेखित तौल भन्दा थप ५ के.जी. तौलसम्मको भारी बोकाउन सकिनेछ।
२२क. पर्वतारोही दलको नेता : (१) नियम ३ बमोजिम पर्वतारोहणको अनुमतिको लागि दरखास्त दिँदाका बखत पर्वतारोही दलले त्यसका सदस्यमध्येबाट एक जना पर्वतारोही दलको नेताको नाम प्रस्ताव गर्नु पर्नेछ।
छैठौँ संशोधनद्वारा थप ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित ट्रेकिङ्ग एजेन्सी वा पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने संस्थाको सिफारिसमा सरदारले देहायको अवस्थामा पर्वतारोही दलको नेताको रुपमा काम गर्न सक्नेछः-
(क) पर्वतारोही दलको नेता बेपत्ता भएमा, (ख) पर्वतारोही दलको नेता गम्भीर रुपमा अशक्त भई पर्वतारोहण गर्न वा नियम २३ बमोजिमको दायित्व र जिम्मेवारी पूरा गर्न नसक्ने भएमा, (ग) पर्वतारोही दलको नेताले पर्वतारोहण परित्याग गरेमा, (घ) पर्वतारोही दलको नेताको मृत्यु भएमा।
(३) उपनियम (२) बमोजिम सरदारलाई पर्वतारोही दलको नेता तोकिएको अवस्थामा नियम २३ को खण्ड (ख) बमोजिमको दायित्व पूरा गर्न त्यस्तो नेता व्यक्तिगत रुपमा जिम्मेवार हुने छैन र पर्वतारोही दलको नेताले ऐन तथा यस नियमावली बमोजिम कुनै छुट वा सुविधा पाउने रहेछ भने त्यस्तो छुट वा सुविधा समेत पाउने छैन।
२३. पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी : पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको राम्रो खानपिन तथा बसोबासको व्यवस्था गर्ने,
(ख) पर्वतारोही दलले यस नियमावली बमोजिम तिर्नु वा बुझाउनु पर्ने रकम वा क्षतिपूर्ति तिर्नु वा बुझाउनु पर्ने,
(ग) लश्करमार्ग, आधार शिविर तथा आधार शिविरभन्दा माथि आफ्नो दलबाट प्रयोग गरिएको सामानबाट निस्केको फोहरमैला यस नियमावली बमोजिम व्यवस्थापन गर्ने,
(घ) यस नियमावली बमोजिम तोकिएको शर्त तथा मन्त्रालय र सम्पर्क अधिकृतले दिएको निर्देशन बमोजिम काम गर्ने, गराउने।
२३क. वैदेशिक सम्बन्ध र पर्वतारोहण सम्बन्धी काममा असर पार्न नहुने: (१) पर्वतारोही दल, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार, स्थानीय कामदार र पर्वतारोही दलको प्रतिनिधीले नेपाल र अन्य राष्ट्रको सुरक्षा, प्रतिष्ठा र आपसी वैदेशिक सम्बन्धमा खलल पुर्याउने वा अन्य पर्वतारोही दलको पर्वतारोहण सम्बन्धी काममा अवरोध पुर्याउने कुनै काम गर्नु हुँदैन।
(२) कसैले उपनियम (१) विपरीत काम गरेमा वा गर्न प्रयास गरेमा पर्वतारोही दलको नेता, सरदार र सम्पर्क अधिकृतले त्यस्तो काम रोक्न प्रयास गर्नु पर्छ र सो सम्बन्धी जानकारी यथाशीघ्र विभागमा तथा सम्बद्ध निकायमा दिनु पर्छ।
२४. पर्वतारोहण सम्बन्धी समाचारको प्रसारण : पर्वतारोही दलले पर्वतारोहण सम्बन्धी समाचार सम्पर्क अधिकृत मार्फत नेपाल सरकारलाई दिनु पर्छ।
२५. मालसामान बिक्री गर्न नहुने : पर्वतारोही दलले यस नियमावली वा प्रचलित कानून बमोजिम भन्सार छूट पाई पैठारी गरेको मालसामान नेपाल सरकारको स्वीकृति बिना बिक्री गर्न वा अन्य तरिकाले कुनै व्यक्तिलाई हक हस्तान्तरण गर्नु हुँदैन।
२६. धरौटी रकम राख्नु पर्ने: (१) पर्वतारोही दलले नियम ३ को उपनियम (५) बमोजिम पर्वतारोहण सम्बन्धी जानकारी (ब्रीफिङ्ग) लिइु अघि फोहरमैला व्यवस्थापनको लागि अनुसूची-९ बमोजिमको रकम मन्त्रालयमा धरौटी राख्नु पर्छ।
(२) उपनियम (१) बमोजिम धरौटी राखिएको रकम यस नियमावली बमोजिम फोहरमैला व्यवस्थापन गरिएको प्रमाण मन्त्रालयमा पेश गरेपछि मात्र फिर्ता दिइनेछ।
२७. फोहरमैलाको वर्गीकरण र व्यवस्थापन: (१) पर्वतारोही दलले प्रयोग गरेका वस्तुबाट भएको फोहरमैला व्यवस्थापन गर्न प्रयोजनको लागि फोहरमैलालाई देहाय बमोजिम वर्गीकरण गरिएको छ :-
(क) नष्ट गर्न सकिने फौहोरमैला, (ख) पुनः प्रशोधन गर्न सकिने फौहोरमैला, (ग) पुनः निकासी गर्नु पर्ने फोहरमैला ।
छैठौं संशोधनद्वारा थप ।
(२) उपनियम (१) बमोजिमको फोहरमैला अन्तर्गत पर्ने वस्तुहरू अनुसूची-१० मा उल्लेख भए बमोजिम हुनेछ।
(३) पर्वतारोही दलले उपनियम (१) को खण्ड (क) बमोजिमको फोहरमैला नेपाल सरकारले कुनै क्षेत्रमा फोहरमैला व्यवस्थापनको कार्य कुनै निकाय वा संस्थालाई तोकिदिएको भए सोही निकाय वा संस्थाको रोहबरमा र त्यस्तो निकाय वा संस्था नतोकिएको भए सम्बन्धी अधिकृत वा सम्बन्धित स्थानीय तहका प्रतिनिधिको रोहबरमा र सम्बन्धी अधिकृत वा स्थानीय तहका प्रतिनिधि पनि नभएमा सरदारको रोहबरमा सार्वजनिक ठाउँलाई प्रतिकूल असर नपर्ने गरी नष्ट गर्नु वा खाडलमा पुर्नु पर्नेछ।
$^{M}$(३क) आधार शिविरभन्दा माथि दिसा हिसाबको व्यवस्थापनका लागि पर्वतारोही दलका सदस्यले जैविक रुपमा नष्ट हुने शौच थैली (बायोडिग्रेडेबल पुप ब्याग) को प्रयोग गर्नु पर्नेछ र त्यस्तो शौच थैली उपनियम (३) बमोजिम नष्ट गर्नु वा पुर्नु पर्नेछ।
(४) पर्वतारोही दलले उपनियम (१) को खण्ड (ख) बमोजिमको फोहरमैला काठमाडौंमा ल्याई नेपाल सरकारले तोकेको निकाय वा संस्थामा बुझाउनु पर्नेछ।
(५) पर्वतारोही दलले उपनियम (१) को खण्ड (ग) बमोजिमको फोहरमैला आफ्नो देशमा लैजानु पर्नेछ।
$^{П}$ (६) आधार शिविरभन्दा माथिको फोहरमैला वा मृत शरीर व्यवस्थापनको लागि विभागले कुनै संस्थाका कामदारलाई आधार शिविरभन्दा माथि अन्तिम शिविरसम्म जाने अनुमति दिन सक्छ। त्यस्तो कामदार हिमालचुलीको अन्तिम शिविरभन्दा माथि जान पाउने छैन।
$^{Z}$२७क. सम्बन्धी अधिकृत, पर्वतारोही दलका सदस्य वा अन्य व्यक्तिको मृत शरीरको व्यवस्थापन गर्ने: (१) कुनै सम्बन्धी अधिकृत, पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको मृत्यु भएमा सम्बन्धित
पर्वतारोही दलको नेताले त्यस्तो मृतकको शरीर हिमनिदमा नपर्ने गरी आधार शिविरदेखि तल्लो भागमा ल्याई व्यवस्थापन गर्नु पर्नेछ।
(२) कुनै पर्वतारोही दलको नेताको मृत्यु भएमा त्यस्तो पर्वतारोही दलको सदस्यले र एक सदस्यीय पर्वतारोहीको वा पर्वतारोही दलका सबै सदस्यको मृत्यु भएमा सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाले मृतकको शरीर हिमनिदमा नपर्ने गरी आधार शिविरदेखि तल्लो भागमा ल्याई व्यवस्थापन गर्नु पर्नेछ।
(३) हिम दरार (क्रेभास) मा परी, हिम पहिरोमा पुरिई वा अन्य कारणबाट पर्वतारोही दलको सदस्य, कामदार वा पर्वतारोहीसँग सम्बन्धित अन्य व्यक्तिको मृत्यु भई मृत शरीरको अवस्थिति एकिन नभएमा सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्था, पर्वतारोहण दल, सम्पर्क अधिकृत र खोज तथा उद्धार कार्यमा संलग्न अन्य व्यक्तिले सोही व्यहोराको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको प्रतिवेदन प्राप्त भएमा मन्त्रालयले त्यस्तो मृत शरीर फेला परेका बखत हिमनिदमा नपर्ने गरी आधार शिविरभन्दा तलको भागमा ल्याई व्यवस्थापन गर्न सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्थालाई आदेश दिई सो सम्बन्धमा त्यस्तो संस्थाको प्रमुखको कबुलियत गराउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम मन्त्रालयले दिएको आदेश वा कबुलियतनामामा उल्लेख भएका शर्तको पालना गर्नु सम्बन्धित पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाको कर्तव्य हुनेछ।
(६) उपनियम (३) बमोजिम प्राप्त भएको प्रतिवेदन गलत ठहरिएमा मन्त्रालयले त्यस्तो पर्वतारोहणको व्यवस्था मिलाउने संस्था, पर्वतारोही दल, सम्पर्क अधिकृत र खोज तथा उद्धार कार्यमा संलग्न व्यक्ति मध्ये सरकारी कर्मचारीलाई प्रचलित सेवा, शर्त सम्बन्धी कानून बमोजिम र अन्य व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
तर मन्त्रालय अन्तर्गतका कर्मचारीलाई आफैले कारबाही गर्नु पर्नेछ।
(७) यो नियमावली प्रारम्भ हुनु अघि हिमशिखरमा मृत्यु भएका पर्वतारोही दलको सदस्य वा अन्य व्यक्तिको मृत शरीरको व्यवस्थापन सम्बन्धमा मन्त्रालयले आवश्यक व्यवस्था गर्न सक्नेछ।
२८. आधार शिविरमा झर्नु पर्ने : (१) पर्वतारोही दल पर्वतारोहणको लागि काठमाडौंबाट प्रस्थान गरेको मितिले देहायको अवधिभित्र आधार शिविरमा झरिसक्नु पर्नेछ :-
(क) ८,००० मिटर भन्दा बढी उचाई भएको हिमालचुलीको हकमा पचहत्तर दिन,
(ख) ७,००० मिटर देखि ८,००० मिटरसम्म उचाई भएको हिमालचुलीको हकमा साठी दिन,
(ग) ७,००० मिटर भन्दा कम उचाई भएको हिमालचुलीको हकमा पचपन्न दिन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खुम्बु, अन्नपूर्ण व मनास्लु हिमश्रृंखलाका हिमालचुली बाहेकका अन्य हिमालचुलीको लागि आधार शिविरमा झर्नु पर्ने अवधिमा सम्बन्धित पर्वतारोही दलको अनुरोधमा पन्ध्र दिनसम्म थप गर्न सकिनेछ।
२९. निर्देशन दिन सक्ने : सम्पर्क अधिकृतले ऐन, यस नियमावली, अन्य प्रचलित कानून तथा मन्त्रालयको निर्देशनको अधीनमा रही पर्वतारोही दलका सदस्य, सरदार, पर्वतारोहण अभियानसँग सम्बन्धित कामदारलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु पर्वतारोही दलका सदस्य, सरदार तथा सम्बन्धित कामदारको कर्तव्य हुनेछ।
३०. प्रतिवेदन पेश गर्नु पर्ने : सम्पर्क अधिकृतले पर्वतारोहण सम्बन्धी अभियान समाप्त भएको मितिले पन्ध्र दिनभित्र अनुसूची-११ बमोजिमको ढाँचामा पर्वतारोहण सम्बन्धी प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।
$^M$ छैठौं संशोधनद्वारा संशोधित ।
३१. पर्वतारोहण सम्बन्धी प्रतिवेदन, पुस्तक, तस्बिर आदि पेश गर्नु पर्ने : (१) पर्वतारोही दलको नेताले नेपाल .........बाट फर्कनु अघि डिब्रिफिङ्गको लागि मन्त्रालयमा आफै उपस्थित भई अनुसूची-१२ बमोजिमको ढाँचामा पर्वतारोहण सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) पर्वतारोही दलको नेताले पर्वतारोहण अभियान समाप्त भएको पाँच महिनाभित्र आफ्नो पर्वतारोही दलले आरोहण गरेको मार्गको नक्सा सहितको विस्तृत सचित्र सम्बन्धी प्रतिवेदन अङ्ग्रेजी वा नेपाली भाषामा तयार गरी मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(३) पर्वतारोही दलले उपनियम (२) बमोजिम सचित्र प्रतिवेदन पेश गर्दा आफूले आरोहण गरेको मार्गबाट लिइएको सम्बन्धित हिमालचुलीको तस्बिर, आधार शिविर लगायत विभिन्न शिविरहरूको तस्बिर र हिमालचुलीमा पुगेको बखत आरोही सदस्यले तस्बिर लिएको भए त्यस्तो तस्बिरको एक एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(४) कुनै पर्वतारोही दलले पर्वतारोहणबाट फर्केपछि आफ्नो पर्वतारोहण सम्बन्धी कुनै पुस्तक वा पुस्तिका प्रकाशित गरेमा त्यस्तो पुस्तक वा पुस्तिकाको दुई प्रति मन्त्रालयमा पठाउनु पर्नेछ।
(५) कुनै पर्वतारोही दलले आफ्नो पर्वतारोहण सम्बन्धी वृत्तचित्र तयार पारेमा त्यस्तो वृत्तचित्रको एक प्रति मन्त्रालयमा पेश गर्नु पर्नेछ।
३२. सलामी रकममा छूट दिन सक्ने : यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाली पर्वतारोही दल, विदेशी पर्वतारोही दलसँग सम्बन्धित नेपाली पर्वतारोही दलका सदस्य वा देहायका हिमालचुली आरोहण गर्ने जुनसुकै पर्वतारोहीलाई यस नियमावली बमोजिम लाग्ने सलामी दस्तुरमा आंशिक वा पूरै छुट दिन सक्नेछ :
(क) एक आर्थिक वर्षमा तीन भन्दा कम पर्वतारोही दलले आरोहण गर्ने न्यून चाप रहेको हिमालचुली,
ᴹ(ख) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका हिमालचुली,
(ग) प्राविधिक रुपले सजिलो र छोटो अवधिमा आरोहण गर्न सकिने हिमालचुली,
(घ) नेपाल सरकारले तोकिदिएका खास हिमालचुली,
(ङ) जेष्ठ १५ गतेदेखि भाद्र १५ गतेसम्म र पौष १ गतेदेखि फाल्गुन १५ गतेसम्मको अवधिमा आरोहण गर्न अन्य जुनसुकै हिमालचुली।
३३. प्रमाणपत्र दिइने : (१) सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोही दल र त्यसका सदस्यलाई मन्त्रालयले अनुसूची-१३ बमोजिमको ढाँचामा पर्वतारोहणको प्रमाणपत्र दिनेछ।
(२) सफलतापूर्वक पर्वतारोहण गर्ने पर्वतारोही दलका साथमा संलग्न भई पर्वतारोहण गर्ने सरदार, पर्वतीय पथप्रदर्शक र उचाईमा जाने कामदारलाई मन्त्रालयले अनुसूची-१४ बमोजिमको ढाँचामा पर्वतारोहणको प्रमाणपत्र दिनेछ।
ᴹ(३) उपनियम (१) वा (२) बमोजिम प्रमाणपत्र प्राप्त गर्नको लागि पर्वतारोही दलको सम्पर्क अधिकृत, त्यस्तो दलको नेता र सम्बन्धित ट्रेकिङ्ग एजेन्सी र पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने संस्थाले देहायको कागजात तथा विवरण मन्त्रालयमा पेश गर्नुपर्नेछः-
(क) पर्वतारोहण गरेको प्रमाणित गर्ने कागजात, (ख) पृष्ठभूमिमा सम्बन्धित हिमालचुली देखिने गरी खििचिएको पर्वतारोहीको मुखाकृति स्पष्ट देखिने सक्कल तस्बिर, (ग) प्रमाणपत्र प्राप्त गर्न चाहे पर्वतारोही दलको सदस्य, सरदार, पर्वतीय पथप्रदर्शक वा उचाइमा जाने कामदारले सफलतापूर्वक पर्वतारोहण गरेको भनी गरेको स्वघोषणा ।
तर नियम २२क. को उपनियम (२) बमोजिमको अवस्थाको कारणले त्यस्तो कागजात वा विवरण पेश गर्न पर्वतारोही दलको नेता असमर्थ भएमा सम्बन्धित पर्वतारोहण सम्बन्धी व्यवस्था मिलाउने संस्थाको सिफारिसमा हिमालचुलीको दोस्रो शिविर वा सोभन्दा माथिको शिविरको सरदारले त्यस्तो कागजात वा प्रमाण सम्पर्क अधिकृतबाट प्रमाणित गराई पेश गर्न सक्नेछ।
ᴹ छैठौं संशोधनद्वारा संशोधित ।
३४. सजाय गर्ने अधिकारी : ऐनको दफा ३८ को उपदफा (७) को प्रयोजनको लागि सजाय गर्ने अधिकारी मन्त्रालयको सचिव हुनेछ।
३५. अङ्ग्रेजी भाषामा छपाउन र प्रयोग गर्न सक्ने : यस नियमावली अन्तर्गतका फाराम तथा प्रमाणपत्र आवश्यकतानुसार अङ्ग्रेजी भाषामा पनि छपाउन र प्रयोग गर्न सकिनेछ।
३६. अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने : मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीका अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ।
३७. खारेजी र बचाउ : (१) पर्वतारोहण सम्बन्धी नियमावली, २०३६ खारेज गरिएको छ।
(२) पर्वतारोहण सम्बन्धी नियमावली, २०३६ बमोजिम भएका काम कारबाहीहरू यसै नियमावली बमोजिम भएका मानिनेछन्।
* पाँचौँ संशोधनद्वारा संशोधित । द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएको शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।
अनुसूची-१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) पर्वतारोहण अनुमतिको लागि दिइने दरखास्त
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
नेपाल = ....................को....................मिटर अग्लो ..........................हिमालचुली सन् २०० ... को................देखि ....................सम्म आरोहण गर्न इच्छा भएकोले सो हिमालचुली आरोहण गर्न अनुमति पाउँको लागि देहायका विवरण खुलाई दरखास्त गरेको छु ।
१. पर्वतारोही दलको नामः २. पर्वतारोही दलका सदस्यहरूको नाम, सङ्ख्या र राहदानी नम्बर : ३. पर्वतारोही दलको नेताः ४. पर्वतारोही दलका सदस्यको मातृभाषाः ५. पर्वतारोही दलका सदस्यको मुलुकको नामः ६. पर्वतारोहणको आयोजकः ७. पर्वतारोहणको उद्देश्यः ८. आरोहण गर्ने हिमालचुलीको नाम र उचाईः ९. पर्वतारोहणको लागि प्रस्थान गर्ने मार्गः १०. पर्वतारोहण गर्ने मार्गः ११. पर्वतारोहण गरिने समय र अवधिः १२. सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदारको अनुमानित संख्याः
= दोस्रो संशोधनद्वारा झिकिएको ।
१३. आधार शिविरभन्दा माथि जाने कामदार तथा अन्य व्यक्तिहरूको संख्या:
१४. पर्वतारोहणको लागि गरिने अनुमानित खर्च र खर्चको स्रोत:
१५. प्रयोग गरिने मालसामानको अन्दाजी वजन र संख्या:
१५क. आधार शिविरभन्दा माथि लैजाने मालसामानको सङ्ख्या र अन्दाजी वजन:
१५ख. आधार शिविरमा बसोबासको लागि निर्माण गरिने संरचनाको क्षमता, सङ्ख्या र त्यस्तो संरचनाले ओगट्ने क्षेत्रफल:
१५ग. नयाँ कीर्तिमान राख्ने उद्देश्यले पर्वतारोहण गर्ने भएमा सोको विवरण:
१६. काठमाडौंमा सम्पर्क गर्ने माध्यम:
१७. पर्वतारोहण सम्बन्धी आवश्यक व्यवस्थापन मिलाउने ट्रेकिङ्ग एजेन्सीको नाम, ठेगाना :
१८. पर्वतारोहण सम्बन्धी सामान ओसार्ने साधन : (क) नेपाल $\equiv$ ........बाहिर: (ख) नेपाल $\equiv$ ......... भित्र:
१९. प्रयोग गर्ने सञ्चार साधनको किसिम र संख्या:
२०. अन्य आवश्यक कुराहरू:- (क) (ख)
दरखास्त दिनेको,- सही:- नाम :- ठेगाना :- (क) कार्यालय :-(फोन नं., फ्याक्स, इमेल) (ख) निवास:- (फोन नं., फ्याक्स, इमेल)
$\text{॥}$ छैटौं संशोधनद्वारा थप । $\equiv$ दोस्रो संशोधनद्वारा संशोधित ।
पत्राचार गर्ने ठेगाना :- मिति :-
दरखास्तसाथ पेश गर्ने कागजात:
M(क) हिमाचलचुली रहेको इलाकाको नक्सा, M(ख) सीमा सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि ।
M छैठौं संशोधनद्वारा संशोधित ।
अनुसूची-२ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
सङ्ख्या :
पर्वतारोहणको लागि दिइने अनुमति ।
श्री ....................................................
तपाईंलाई नेपाल सरहदको ........................ हिमालचुलीको (नाम र उचाई) आरोहण गर्न अनुमति दिइएको छ ।
१. पर्वतारोही दलको नाम : २. पर्वतारोही दलको नेताको नाम : ३. पर्वतारोही दलका सदस्यहरुको नाम : ४. पर्वतारोही दलको सदस्य सङ्ख्या : ५. पर्वतारोही दलका सदस्यहरुको मुलुक र राहदानी नम्बर : ६. पर्वतारोही दलको काठमाण्डौ स्थित सम्पर्क कार्यालय : ७. पर्वतारोही दलले प्रयोग गर्ने लस्कर मार्ग : ८. पर्वतारोही दलले प्रयोग गर्ने आरोहण मार्ग : ९. आरोहणको मान्य अवधि : १०. आरोहणको निमित्त काठमाण्डौबाट प्रस्थान हुने मिति : ११. आधार शिविरभन्दा माथि लैजान स्वीकृत मालसामानको विवरण :
कार्यालयको छाप अनुमति दिने अधिकारीको, सही : नाम : पद : कार्यालय :
$\text{v}$ पहिलो संशोधनद्वारा संशोधित । $\text{ll}$ छैटौँ संशोधनद्वारा थप ।
अनुसूची-३ (नियम ३ को उपनियम (३) संग सम्बन्धित)
पत्र सङ्ख्या :
प्रारम्भिक पर्वतारोहण अनुमति
श्री .................................................... ............................................................………..
तपाईंलाई निम्न हिमालचुली आरोहण गर्ने प्रयोजनको लागि देहाय बमोजिम प्रारम्भिक पर्वतारोहण अनुमति दिइएको छ :-
१. पर्वतारोही दलको नाम :- २. पर्वतारोहण गर्ने हिमालचुलीको नाम र उचाई :- ३. पर्वतारोहण गर्ने मार्ग :- ४. पर्वतारोहण गर्नको लागि प्रस्थान गर्ने लश्कर मार्ग :- ५. सलामी बापत बुझाउनु पर्ने बाँकी रकम :- ६. प्रारम्भिक पर्वतारोहण अनुमतिको मान्य अवधि :-
कार्यालयको छाप अनुमति प्रदान गर्ने अधिकारीको, सही :- नाम :- पद :- कार्यालय :- मिति :-
अनुसूची-४
(नियम ४ को उपनियम (१) सँग सम्बन्धित) पर्वतारोहणको सलामी रकम
(१) देहाय बमोजिमका उचाइका हिमालचुली आरोहण गर्ने विदेशी पर्वतारोही दलले सो दलमा संलग्न प्रत्येक सदस्यका लागि देहायको ऋतुको निमित्त देहायको अमेरिकी डलरको दरले सलामी रकम बुझाउनु पर्नेछ :-
(२) देहाय बमोजिमका उचाइका हिमालचुली आरोहण गर्ने नेपाली पर्वतारोही दलले सो दलमा संलग्न प्रत्येक सदस्यका लागि देहायको ऋतुको निमित्त देहायको नेपाली रुपैयाँको दरले सलामी रकम बुझाउनु पर्नेछ:-
छैटौं संशोधनद्वारा संशोधित ।
द्रष्टव्य: (१) यो अनुसूचीको व्यवस्था संवत् २०८२ साल भदौ १६ (तदअनुसार सन् २०२५ सेप्टेम्बर १) देखि लागू हुनेछ। (२) यो अनुसूचीको व्यवस्था लागू नभएसम्मको लागि साविकको अनुसूची बमोजिमकै सलामी रकमको दर लागू हुनेछ।
अनुसूची-५
(नियम १० सँग सम्बन्धित)
सम्पर्क अधिकृतलाई दिनु पर्ने सुविधा
सम्पर्क अधिकृतलाई दिनुपर्ने सुविधा देहाय बमोजिम हुनेछ :-
ᴹ(क) दैनिक भत्ता एक हजार छ सय रुपैयाँ,
(ख) नयाँ र पर्वतारोही दलका सदस्यले प्रयोग गरेका वा समान गुणस्तरको कम उचाईमा प्रयोग हुने एक र आधार शिविरमा प्रयोग हुने एक गरी स्लिपिङ्ग ब्याग थान दुई, ऊनी ट्राउजर वा निकर थान दुई, ऊनी मोजा चार जोर, पञ्जा एक जोर, हिउँमा लगाउने जुता एक जोर, ट्रेकिङ्ग जुता एक जोर, गेटर एक जोर, फेदर ज्याकेट एक, विन्ड ज्याकेट एक, विन्ड ट्राउजर एक, डाउन पेण्ट एक, स्वीटर एक, ऊनी कमीज दुई, ऊनी टोपी एक, हावा वा रबरको डसना एक, रक्स्याक एक, हिउँमा लगाउने चस्मा एक, छाता वा रेनकोट एक,
(ग) पर्वतारोहण अवधिभर प्रयोग गर्ने पाल थान एक,
(घ) खाना, औषधि र औषधि उपचारका सरसामान,
(ङ) भरियाको सुविधा ।
ᴹ छैठौं संशोधनद्वारा संशोधित ।
अनुसूची-६ (नियम १६ सँग सम्बन्धित)
सरदार, पर्वतीय पथप्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारलाई दिनु पर्ने सुविधा
(क) सरदार, पर्वतीय पथ प्रर्दशक, उचाईमा जाने कामदार र आधार शिविरका कामदारलाई दिनु पर्ने सुविधाः
$\text{M}$(१) दैनिक भत्ता:- (क) सरदारलाई दैनिक एक हजार पाँच सय रुपैयाँ, (ख) पर्वतीय पथ प्रर्दशक र उचाइमा जाने कामदारलाई दैनिक एक हजार दुई सय रुपैयाँ, (ग) आधार शिविरका कामदारलाई दैनिक एक हजार रुपैयाँ,
(२) मालसामान:- (क) नयाँ र पर्वतारोही दलका सदस्यले प्रयोग गरेका या समान गुणस्तरका कम उचाईमा प्रयोग हुने एक र आधार शिविरमा प्रयोग हुने एक गरी स्लिपिङ ब्याग दुई, ऊनी ट्राउजर या निकर थान दुई, ऊनी मोजा चार जोर, हिउँमा लगाउने पञ्जा दुई जोर, हिउँमा लगाउने जुत्ता एक जोर, गेटर एक जोर, फेदर ज्याकेट एक, विन्ड ट्राउजर एक, विन्ड पेण्ट एक, डाउन पेण्ट एक, स्वीटर एक, ऊनी कमीज दुई, ऊनी टोपी एक, हावा या रबरको डस्ना एक, रकस्याक एक, हिउँमा लगाउने चस्मा एक, छाता या रेनकोट एक, आइस एक्स एक, (ख) पर्वतारोहण अवधिभर प्रयोग गर्ने पाल थान एक, (ग) खाना, औषधि र औषधि उपचारका सरसामान, (घ) आरोहणमा आवश्यक पर्ने अन्य उपकरणहरू।
$\text{M}$ छैठौं संशोधनद्वारा संशोधित ।
(ख) स्थानीय कामदारलाई दिनु पर्ने सुविधा:
$\text{M}(१)$ ३७०० मिटरसम्मको उचाइमा जाने कामदारलाई दैनिक आठ सय रुपैयाँ र सोभन्दा माथिको उचाइमा जाने कामदारलाई दैनिक एक हजार रुपैयाँ,
$(२)$ एक जोर जुत्ता, एउटा ओढ्ने कपडा वा ज्याकेट, ऊनी ट्राउजर एक, ऊनी कमीज एक, स्वीटर एक र पञ्जा एकजोर।
$\text{M}$ छैटौँ संशोधनधारा संशोधित ।
अनुसूची-७ (नियम १७ सँग सम्बन्धित)
इच्छापत्र
दा. लिखितम् ......................छोरा ∕ छोरी ...................... $\text{M}$प्रदेश... ...................... जिल्ला ........... $\text{M}$गाउँपालिका/नगरपालिका वडा नं. ... ... ...................... गाउँ∕टोल बस्ने ... ...................... वर्ष ... ... को ... ...................... आगे ... ...................... ... ... पर्वतारोही दलसँग ... ...................... ...................... हिमालचुली आरोहण गर्न सो दलसँग जाँदा ... ...................... बा काम गर्दा दुर्घटनामा परी मेरो मृत्यु हुन गएमा यस नियमावलीमा उल्लेख भए बमोजिम ... ...................... ... बीमा कम्पनीबाट पाउने बीमा रकम बीमा लेखमा इच्छाएको व्यक्तिलाई र ... ...................... .................... पर्वतारोही दलबाट पाउने अन्य क्षतिपूर्तिको रकम मेरो शेषपछि ...............
बा. ... ... $\text{M}$प्रदेश... ...................... जिल्ला... ...................... $\text{M}$गाउँपालिका/नगरपालिका वडा नं. ... ... बस्ने व्यक्ति मेरो छोरा∕छोरी∕स्वास्थी........................... दिइयोस् । कथंकदाचित मैले इच्छा गरेको व्यक्ति फेला नपरेमा या मरेमा मेरो एकाघरको परिवारको अन्य कुनै पनि सदस्यलाई दिएमा मेरो मञ्जुर छ भनी मेरो खुसीराजीसँग यो इच्छापत्र लेखी यसको तीनप्रति बनाई मैले काम गर्ने ............................... संस्था या कार्यालय/नेपाल सरकारको सम्बन्धित मन्त्रालय / नेपाल पर्वतारोहण संघमा एक प्रति पेश गरेको छु । साक्षी किनारामा लेखिएको सदर । इति सम्बत २० .... साल ........ महिना ........... गते रोज ............... शुभम् ............................
दा. बा.
$\text{M}$ छैटौं संशोधनद्वारा संशोधित ।
अनुसूची-८ (नियम १८ सँग सम्बन्धित)
पर्वतारोही दल/पर्वतारोहणको व्यवस्था मिलाउने संस्था र पर्वतारोहणको काममा संलग्न व्यक्ति बीच भएको करार
.................................पर्वतारोही दल/पर्वतारोहणको व्यवस्था मिलाउने संस्था र................हिमालयचुली आरोहण गर्ने .........................पर्वतारोही दलसँग जाने ...........................छोरा/छोरी जिल्ला ...................... $\text{ }\square$ गाउँपालिका/नगरपालिका वडा नं. ............ बस्ने वर्ष ............. को ..............बीच सो पर्वतारोहण सम्बन्धी काममा जानको लागि देहाय बमोजिमको सुविधा लिने दिने गरी आपसी मञ्जुरीले यो करार भएको छ।
पर्वतारोही दलबाट दिइने सुविधाहरू (क) (ख)
पर्वतारोहणको काममा जाने कामदारको ,- $\quad$ पर्वतारोही दल/पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाको तर्फबाट,-
सही : $\quad$ सही : नाम : $\quad$ नाम : ठेगाना : $\quad$ पद : $\quad \quad \quad \quad$ ठेगाना :
इति सम्बत् .......... साल..........महिना........... गते रोज ......... शुभम् ।
$\text{}^M$ छैटौँ संशोधनद्वारा संशोधित ।
अनुसूची-९ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित) फोहरमैला व्यवस्थापनको लागि राख्नु पर्ने धरौटी रकम
पर्वतारोही दलले फोहरमैला व्यवस्थापन बापत देहाय बमोजिम रकम धरौटी राख्नु पर्नेछ:-
(क) खुम्बु र अन्नपूर्ण हिमश्रृंखलाका देहायका हिमालचुलीको लागि, - सगरमाथाको लागि - चार हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
सगरमाथा बाहेकको ८००१ मीटर भन्दा अग्ला अन्य हिमालचुलीको लागि - तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
७००१ मीटर देखि ८००० मीटरसम्मका हिमालचुली र अमाडब्लम हिमालचुलीको लागि - दुई हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
६५०१ मीटर देखि ७००० मीटरसम्मका हिमालचुलीको लागि - एक हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
६५०० मीटर भन्दा मुनिका हिमालचुलीका लागि - पाँच सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
(ख) खण्ड (क) बाहेकका अन्य हिमश्रृंखलाका देहायका हिमालचुलीको लागि, - ८००० मीटर भन्दा अग्ला अन्य हिमालचुलीको लागि - तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
८००० मीटर भन्दा मुनिका हिमालचुलीको लागि - पाँच सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ ।
अनुसूची-१०
(नियम २७ को उपनियम (२) सँग सम्बन्धित)
फोहरमैला अन्तर्गत पर्ने बस्तुहरु
देहायका फोहरमैला अन्तर्गत देहायका बस्तुहरु पर्नेछन् :
(क) नष्ट गर्न सकिने फोहरमैलाः टुवाइलेट पेपर, कागजहरु, कार्डबोर्ड, बाँसबाट निर्मित सामान, जुट र सुतिका झोला, सडेगलेका खानेकुरा $^०$ ......... ।
(ख) पुनः प्रशोधन गर्न सकिने फोहरमैला: टीन, सिसी, जार, प्लाष्टीकका बट्टाहरु, प्लाष्टीकका सीट, पुनः प्रयोग गर्न सकिने ग्यास सिलिण्डर, प्लाष्टीकका झोला वा ग्यास कन्टेनर।
(ग) पुनः निकासी गर्नु पर्ने फोहरमैलाः प्रयोग गरिसकिएका अक्सिजनका बोटल, प्रयोग गरिएका व्याट्री, आरोहण गर्न आवश्यक पर्ने औजार वा निजी प्रयोगका सामान इत्यादि।
$^०$ पहिलो संशोधनद्वारा खिकिएको ।
अनुसूची-११ (नियम ३० सँग सम्बन्धित)
सम्पर्क अधिकृतले पेश गर्नुपर्ने प्रतिवेदन
१. पर्वतारोही दलको- (क) नामः (ख) पर्वतारोही दलमा रहने सदस्यहरूको सङ्ख्या: (ग) नेताको नामः
२. पर्वतारोही दलमा संलग्न सरदार, पर्वतीय पथ प्रर्दशक तथा आधार शिविरका कामदारको सङ्ख्या:
३. ट्रेकिङ्ग एजेन्सीको नाम :
४. पर्वतारोहण गरेको हिमालचुलीको नामः
५. पर्वतारोहण सम्बन्धी ब्रिफिङ्ग भएको दिनः
६. पर्वतारोहणको लागि काठमाण्डौबाट प्रस्थान गरेको मिति :
७. प्रस्थानको माध्यमः
८. यात्राको दैनिक विवरण : (छुट्टै पृष्ठमा भर्नु पर्ने) (ठाउँ) मिति दिन
९. आधार शिविरमा पुगेको दिन :
१०. आधार शिविरमा भेटेका अरु सम्पर्क अधिकृत र दलहरूको नामः
११. पर्वतारोहण अवधिमा उठेका समस्या र सो समाधानको लागि गरिएको प्रयास सम्बन्धी विवरण।
१२. पर्वतारोहण अवधिमा कुनै दुर्घटना घटेको भए वा पर्वतारोही दलको सामान हराएको भए सो को विवरण :
१३. आधार शिविरमा बिताएको दिन :
१४. आधार शिविरबाट तल ओर्लने को भए त्यसको कारण र विवरण (आवश्यकता अनुसार छुट्टै पृष्ठ प्रयोग गर्ने)
ठाउँ मिति दिन
१५. आधार शिविर पुनः फर्केको मिति :
१६. आधार शिविरमा अनुपस्थित भएको भए त्यस्तो दिन र कारण :
१७. मन्त्रालयमा समाचार पठाएको मिति :
१८. लस्कर मार्ग तथा पुलपुलेसाहरूको अवस्था :
१९. लस्कर मार्गमा उपलब्ध सेवाको अवस्था र स्तर :
(क) होटल, लज, गेष्ट हाउस आदि:-
(ख) स्थानीय कामदार :-
(ग) अन्य :-
२०. आधार शिविरबाट प्रस्थान मिति :
२१. पर्वतारोहणका परिणाम : मिति, समय सहित प्रत्येक पर्वतारोहीहरूका सदस्यको विवरण भर्ने, अर्को छुट्टै पृष्ठमा।
२२. काठमाण्डौ फर्केको मिति :
२३. पेश गर्नु पर्ने कागजात :
(क) यात्रा गरेको टिकट (आते जाते )
(ख) यात्रा गरेको महत्त्वपूर्ण ठाउँ तथा आधार शिविरको फोटो :
(ग) पर्वतारोही दलका सदस्य समेत उपस्थित भएको आधार शिविरको फोटो।
(घ) पर्वतारोही दलको नेताको प्रतिवेदन :-
१ (घ१) आधार शिविरमा बसेको अवधिको स्वघोषणा,
(ङ) अन्य कुनै कुरा सुझाव भए त्यसको प्रतिवेदन।
प्रतिवेदन पेश गर्ने सम्पर्क अधिकृतको सही : नाम : कार्यालय: फोन नं. (कार्यालय) फ्याक्स फोन नं.(निवास) मिति:
१ पाँचौँ संशोधनद्वारा थप ।
अनुसूची-१२ (नियम ३१ को उपनियम (१) सँग सम्बन्धित) पर्वतारोहण दलका नेताले पेश गर्न पर्ने प्रतिवेदन
१. पर्वतारोहण दलको नाम :- २. पर्वतारोही दलको नेताको नाम :- ३. पर्वतारोही दलका सदस्यको सङ्ख्या :- ४. पर्वतारोही दलको सदस्यको राष्ट्रियता :- ५. पर्वतारोहण गरिएको हिमालचुलीको नाम र उचाई :- ६. अनुमति पाएको मिति :- ७. पर्वतारोहणको अवधि :- ८. पर्वतारोही दल काठमाण्डौ आइपुगेको मिति :- ९. पर्वतारोहणको लागि काठमाण्डौबाट प्रस्थान गरेको मिति :- १०. पर्वतारोही दल काठमाण्डौँ फकेको मिति :- ११. पर्वतारोहणको सफल या असफल :- १२. कुन स्थानसम्म पर्वतारोहण गरेको हो त्यसको उचाई र मिति :- १३. सफलतापूर्वक आरोहण गर्ने पर्वतारोहण दलमा खटाइएको नाम :- १४. सम्पर्क अधिकृतको नाम :- १५. सरदार तथा अन्य कामदारको सङ्ख्या र नाम :- १६. आधार शिविरभन्दा माथि गएका सदस्यको सङ्ख्या :- १७. काममा लगाइएका स्थानीय कामदारको सङ्ख्या : १८. पर्वतारोहणको लागि भएको कूल खर्च :-
१९. नेपाल "......... भित्र खर्च भएको रकम :-
२०. पर्वतारोहणको अवधिमा कुनै दुर्घटना घटेको भए त्यसको विवरण :-
२१. पर्वतारोही दलमा संलग्न व्यक्तिको कार्य सम्पादन प्रतिवेदन :-
२२. कुनै सुझाव भएः-
" दोस्रो संशोधनद्वारा झिकिएको ।
अनुसूची-१३ (नियम ३३ को उपनियम (१) सँग सम्बन्धित) पर्वतारोहण प्रमाणपत्र
विक्रम संवत् .......... साल............महिना............. गते ( ) मा...............निवासी श्री ................................. (राहदानी/नागरिकता नं...............) ले ............................ नामक पर्वतारोही दलको नेता/सदस्यको हैसियतले ......................... मिटर अग्लो ........................................ हिमालचुली सफलतापूर्वक आरोहण गरेको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यालयको छाप प्रमाणपत्र दिने अधिकारीको,- सहीः- नाम :- पद :- कार्यालय :- मिति :-
Certificate of Mountaineering Expedition
This is to certify that Mr./Mrs./Ms....................................... Resident............… (Passport No/Citizenship Certificate No. ……….), has successfully climbed ……………. meter high ....... mountain peak on......./.... /......., as a leader/member of ………………… mountaineering expedition team.
Office Stamp Issuing Officer's,- Signature: Name: Designation: Office: Date:
पाँचौ संशोधनद्वारा संशोधित ।
अनुसूची-१४ (नियम ३३ को उपनियम (२) सँग सम्बन्धित) पर्वतारोहण प्रमाणपत्र
विक्रम संवत् .......... साल............महिना............. गते ( ) मा............... निवासी श्री ....................................... (नागरिकता नं...............) ले ..................................... नामक पर्वतारोही दलको सरदार∕पर्वतीय पथ प्रर्दिवक∕उचाइमा जाने कामदारको हैसियतले ......................... मिटर अग्लो ................................. हिमालय सफलतापूर्वक आरोहण गरेको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यालयको छाप प्रमाणपत्र दिने अधिकारीको,- सहीः- नाम :- पद :- कार्यालय :- मिति :-
Certificate of Mountaineering Expedition
This is to certify that Mr./Mrs./Ms........................................ Resident............… (Citizenship Certificate No. ……….), has successfully climbed ……………. meter high ....... mountain peak on......./... / ......., as a Sardar/ Mountain Guide/ Altitude Worker of ………………… mountaineering expedition team.
Office Stamp Issuing Officer’s, - Signature: Name: Designation: Office: Date:
पाँचौँ संशोधनद्वारा थप ।
(क) सम्पर्क अधिकृत : (ख) सरदार : (ग) ट्रेकिङ एजेन्सी : (घ) संलग्न कामदारः पर्वतारोही दलको नेताको, सही :- नाम :- मिति :-