पशु वधशाला र मासु जाँच नियमावली, २०५७
नेपाल राजपत्रमा प्रकाशित मिति २०५७।१०।०९
१. पशु वधशाला र मासु जाँच (पहिलो संशोधन) नियमावली, २०८१ २०८१।०८।०३
पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “पशु वधशाला र मासु जाँच नियमावली, २०५७” रहेको छ।
(२) यो नियमावली ऐन प्रारम्भ भएको क्षेत्रमा ऐन प्रारम्भ भएको मितिदेखि प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले पशु वधशाला र मासु जाँच ऐन, २०५५ सम्झनु पर्छ।
(ख) “विभाग” भन्नाले नेपाल सरकारको पशु सेवा विभाग सम्झनु पर्छ।
*(ग) "कार्यालय" भन्नाले प्रदेश सरकार मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा पशु सेवा कार्यालय सम्झनु पर्छ र सो शब्दले प्रदेश सरकारको पशु सेवा हुने जिल्लास्तरको कार्यालयलाई समेत जनाउँछ।
*(घ) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।
३. गैर सरकारी क्षेत्रमा पशु वधशालाको स्थापनाः (१) गैर सरकारी क्षेत्रमा पशु वधशाला स्थापना र सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले इजाजतपत्रका लागि योजनाको
प्रस्ताव र *स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनुसूची-१ बमोजिमको ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि कार्यालयले सो विषयमा आवश्यक जाँचबुझ गरी आफ्नो राय सहित त्यस्तो निवेदन प्राविधिक परामर्शका लागि विभागमा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएपछि विभागले आवश्यक अध्ययन गरी प्राविधिक परामर्श सहित सम्पूर्ण कागजात सम्बन्धित कार्यालयमा फिर्ता पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम विभागबाट प्राप्त प्राविधिक परामर्शको आधारमा पशु वधशाला स्थापना र सञ्चालन गर्न दिन उपयुक्त देखिएमा कार्यालयले एक हजार रुपैयाँ दस्तुर लिई निवेदकलाई अनुसूची-२ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ।
(५) गैर सरकारी क्षेत्रमा पशु वधशाला स्थापना र सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफूले स्थापना र सञ्चालन गरेको पशु वधशालाको लागि ऐन र यस नियमावली बमोजिम आवश्यक मासु निरीक्षकको व्यवस्था आफैले गर्नु पर्नेछ।
(६) यो नियमावली प्रारम्भ हुनु भन्दा अघि स्थापना भएका पशु वधशालाले समेत यो नियमावली प्रारम्भ भएको मितिले ६ महिनाभित्र इजाजतपत्र लिइ सक्नु पर्नेछ।
४. पशु वधशाला स्थापना र सञ्चालनः (१) पशु वधशालाको स्थापना र सञ्चालन गर्दातः पालन गर्नु पर्ने शर्त तथा अपनाउनु पर्ने मापदण्ड देहाय बमोजिमको हुनु पर्नेछः-
(क) वध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी वध गर्न योग्य पशु राख्ने छुट्टा छुट्टै स्थानको व्यवस्था भएको,
(ख) बिरामी पशु राख्ने अलग स्थानको व्यवस्था भएको,
(ग) वध गर्नुभन्दा अघि पशुको स्वास्थ्य परीक्षण (एन्टिमोर्टम एक्जामिनेसन) गर्नको लागि आवश्यक स्थानको व्यवस्था भएको,
(घ) पशु वध गर्नु भन्दा अघि बेहोस बनाउने (स्टनिङ्ग), वध गरेपछि रगत निथार्ने (ब्लिडिङ्ग), छाला काड्ने, खुइल्याउने, मासु सफा गर्ने
तथा आन्द्रा भुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको,
(ङ) पशु वध गरिसकेपछि मासु परीक्षण (पोष्टमार्टम एक्जामिनेसन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु (कन्डेम्ड मिट) तह लगाउने स्थानको व्यवस्था भएको,
(च) आवश्यक मात्रामा चिसो तथा तातो पानीको व्यवस्था गरिएको,
(छ) वध गर्न ल्याइएका पशु बाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको,
(ज) पशु वधशालाभित्र काम गर्ने कोठाहरूमा आवश्यक मात्रामा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको,
(झ) पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, वध गरिने स्थान, मासु परीक्षण गर्ने स्थानको भुइँ सजिलैसँग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको,
(ञ) पशु वधशालामा आफ्नो पशुको वध गरेको हेर्न चाहेका लागि पशु वध गरिने स्थानमा प्रवेश नगरीकन यस्तो कार्य हेर्न सकिने व्यवस्था मिलाइएको,
(ट) मासु सुरक्षितसाथ राख्नको लागि आवश्यक शीत भण्डारको व्यवस्था,
(ठ) वध गरिने पशु ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन राखिने स्थान पक्की, सजिलैसँग सफा गर्न सकिने र वधशाला भन्दा अलग निर्माण गरिएको,
(ड) पशु वध गरिने स्थानमा,-
(१) टेबुलको सतह खिया नलाग्ने भएको,
(२) मासु झुण्ड्याउन प्रयोग हुने रेल (मिट रेल्स) ग्याल्भेनाइज्ड नगरिएको,
(३) अचानो बाहेक अन्य बेञ्च र टेबुलको सतहमा काठ प्रयोग नगरिएको,
(४) वध गरिएको पशु झुण्ड्याउन आवश्यक पर्ने घिनी (पुल्ली), अंकुश (हुक) तथा डोरीको व्यवस्था गरिएको,
(५) प्रयोग गरिने हतियार, औजार तथा उपकरण क्षय लाग्ने किसिमको भैं निर्मीलीकरण (स्टे रिलाइजेसन) गर्ने सुविधा भएको।
(ढ) पशु वध गरिने स्थानमा देहायका सामग्रीहरू प्रयोग गर्न पाइने छैन :-
(१) तामा र सो मिसिएको ढलौट तथा क्याशड्मयम प्रयोग गरिएको हतियार तथा उपकरणहरू,
(२) पालिस वा इनामेल लगाइएका भाँडा, हतियार तथा उपकरणहरू,
(३) सिसा (लिड) युक्त भाँडा तथा उपकरणहरू।
(ण) देहायका पशु वध गर्ने स्थान छुट्टा छुट्टै हुनु पर्नेछ :-
(१) भेडा/बाख्रा/च्याङ्ग्रा
(२) राँगो/भैँसी
(३) बंगुर/सुंगुर
(४) पंक्षी जाती
(२) पशु वधशालाभित्र प्रवेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा निर्धारित पहिरन र जुत्ता (रबर बुट) लगाएर मात्र प्रवेश गर्नु पर्नेछ।
(३) क्षयरोग, छाला सम्बन्धी रोग तथा अन्य संक्रामक रोग लागेको व्यक्तिलाई पशु वधशालाभित्र प्रवेश गर्न वा कार्य गर्न दिइने छैन।
(४) पशु वधशालामा पशु वध गर्ने कार्य समाप्त भएको आठ घण्टाभित्र वध गरिएको पशुको मल, मुत्र, रगत, भुत्ला जस्ता खेरजाने भाग तथा फोहर मैला उपयुक्त तरीकाले हटाउने, नष्ट गर्ने वा तान लगाउने कार्य गर्नु पर्नेछ।
(५) पशु वधशालामा वध गरिने प्रत्येक पशुलाई पहिचान गर्न सक्ने गरी पहिचान चिन्ह दिनु पर्नेछ।
(६) पशु वधशालाभित्र प्रयोग भएका कपडा, हतियार वा औजार शयरोगको शंका गरिएको पशुको मासुमा प्रयोग भएकोमा आधा घण्टासम्म लुगा धुने सोडा राखिएको पानीमा उमालेर मात्र पुनः प्रयोगमा ल्याउनु पर्नेछ।
(७) वध गरिएको पशुको कुनै पनि अङ्ग र झिल्ली जस्तो पदार्थ (सेरस मेम्ब्रेन) मासु निरीक्षकले निरीक्षण नगरे सम्म शरीरबाट छुटाउन पाइने छैन।
(८) वध गरिएको पशुको मासुमा देखिएको कुनै रोगको पहिचान वा चिन्ह मासु निरीक्षकको आदेश नबिना पानीले धोएर, पुछेर, खुकेर वा अन्य कुनै तरिकाबाट हटाउन पाइने छैन।
(९) पशु वधशालाभित्र काम गर्ने व्यक्तिको प्रत्येक छ/छ महिनामा स्वास्थ्य परीक्षण गराई निरोगताको प्रमाणपत्र मासु सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ।
५. मासु बिक्रेताले इजाजत पत्र लिनु पर्नेः (१) मासु बिक्रेताको रुपमा काम गर्न चाहने व्यक्ति वा संस्थाले सोको लागि *स्थानीय तहको सम्बन्धित वडा कार्यालय समक्ष अनुसूची-३ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएपछि *स्थानीय तहको सम्बन्धित वडा कार्यालयले कार्यालयमा पत्राचार गरी कार्यालयले तोकेको मासु निरीक्षक वा मासु सुपरीवेक्षकबाट मासु बिक्री गर्ने स्थानको निरीक्षण गराई प्रतिवेदन प्राप्त गरेपछि मासु हविक्रेताको इजाजतपत्र दिन उपयुक्त देखिएमा एक सय रुपैयाँ दस्तुर लिई अनुसूची-४ बमोजिमको ढाँचामा दरखास्तवालालाई इजाजतपत्र दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र प्रदान गरेपछि *स्थानीय तहको सम्बन्धित वडा कार्यालयले सोको जानकारी कार्यालयलाई दिनु पर्नेछ।
६. अन्य स्थानमा पशु वध गर्नेः (१) ऐनको दफा ९ को उपदफा (२) बमोजिम पशु वध गर्ने स्थान र समय तोक्दा मासु सुपरीवेक्षकले *स्थानीय तहको गाउँकार्यपालिका वा नगर कार्यपालिकाको परामर्शमा देहायको मापदण्ड भएको स्थान तोक्नु पर्नेछः-
(क) पशु वध गर्ने स्थानको भुई सजिलै साँग सफा गर्न सकिने, पानी नजम्ने र नसोस्ने किसिमले पक्की गरी निर्माण गरिएको,
(ख) पशु वध गर्ने स्थानमा बाहिरबाट कुनै जनावर पस्न नसक्ने व्यवस्था मिलाइएको,
(ग) वध गरिएको पशुलाई झुण्ड्याएर छाला काढ्ने र मासु सफा गर्ने सुविधा भएको,
(घ) स्वच्छ पानीको सुविधा भएको,
(ङ) पशु वध गर्ने स्थानबाट निस्किने फोहर मैला वातावरणलाई असर नपर्ने गरी तल् लगाउने व्यवस्था भएको,
(च) उपयुक्त छाना भएको।
(२) उपनियम (१) बमोजिमको स्थानमा पशु वध गर्दा वध गर्नु अघि (एन्टिमार्टम) र वध गरे पछि (पोस्टमार्टम) को परीक्षण गर्दा अपनाउनु पर्ने प्रक्रिया अनुसूची-५ र अनुसूची-६ बमोजिम हुनेछ।
७. शंकास्पद मासु सुरक्षतिसाथ राख्ने: (१) मासु निरीक्षणको सिलसिलामा कुनै मासु मानिसको उपभोगका लागि शंकास्पद देखिएमा मासु निरीक्षकले त्यस्तो मासु परीक्षण भई नआएसम्म बिक्री वितरणमा रोक लगाउनेछ।
(२) वध गरिएको पशुको मासु वा सोको कुनै भाग मानिसको उपभोगका लागि उपयुक्त नदेखिएमा सम्बन्धित पशु वधशाला सञ्चालकले मासु निरीक्षक वा मासु सुपरीवेक्षकको रोवरमा त्यस्तो मासु तल् लगाउनु वा नष्ट गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम शंकास्पद देखिएको मासु परीक्षण भए नआएसम्म त्यस्तो मासु सुरक्षति साथ राख्ने र शंकास्पद देखिएको मासु तत्काल परीक्षण गर्न आवश्यक प्रयोगशाला र उपकरणको व्यवस्था सम्बन्धित पशु वधशालामा नै भएको हुनु पर्नेछ।
८. मासु बिक्रेताले पालन गर्नु पर्ने शर्त: मासु बिक्रेताले देहाय बमोजिमका शर्त पालन गर्नु पर्नेछ:-
(क) आफ्नो पसलबाट बिक्री गरिने मासु नियम १५ अनुसारको छाप वा चिन्ह लगाइएको हुनु पर्ने,
(ख) छाप वा चिन्ह लगाइएको मासुको अंश बिक्रीको अन्तिम समयसम्म देखिने गरी राख्नु पर्ने,
(ग) मासुमा पानी छर्कन वा मासु पानीमा डुबाउन वा पानीमा भिजाईएको कपडाले छोप्न नपाइने,
(घ) मासु झुण्ड्याउँदा छाना, भित्ता, भुईं वा खम्बामा नछोइने गरी झुण्ड्याउनु पर्ने,
(ङ) मासु तौलिने ढक तराजुहरू अन्य वस्तु वा भुईंमा लसपस नहुने गरी राख्नु पर्ने,
(च) प्रयोग नभएको अवस्थामा अचानो तथा टेबुल सफासाँघ रिने गरी छोप्नु पर्ने,
(छ) मासुको आकर्षण बढाउन वा मासु सड्नबाट बचाउन कुनै प्रकारको रं ग, औषधी वा रसायन प्रयोग नगर्ने,
(ज) वध गरिएको पशुको भित्रीअंश, आन्द्रा भाँुडी, टाउको, खुट्टी, रक्त जस्ता भाग मासु पसलमा नै राखी बिक्री गर्न चाहेमा मासुसँग लसपस नहुने गरी अलग्गै राखी बिक्री गर्न पर्ने,
(झ) मासु बिक्री गर्ने पसल देहाय बमोजिम निर्माण गरिएको हुनु पर्नेछः-
(१) बिक्री कक्ष पानी नजम्ने र नसोस्ने गरी सजिलै साँग सफा गर्न सकिने र चरा, किरा, मुसा प्रवेश गर्न नसकिने गरी बनाइएको,
(२) पसलको भित्ता पक्का खालको र सजिलै साँग सफा गर्न सकिने तथा सिलिङ धुलो मैलो नझर्ने र पानी नतस्किने गरी बनाइएको,
(३) तौल गर्नको लागि प्रयोग हुने तराजु झुण्ड्याइएको वा अलग्गै टेबुलमा राखिएको र पर्याप्त स्थान भएको,
(४) खेर गएको मासुका टुक्रा, तरल पदार्थ वा अन्य पदार्थ सहज किसिमले तह लगाउने व्यवस्था मिलाइएको,
(५) मासु राख्ने टेबुल वा दराज किरा वा धुलो पस्न नसक्ने गरी जाली वा शिशा लगाइएको र जमिनभन्दा कम्तीमा पचास सेन्टीमिटर उचाई भएको।
९. वध गर्नु अघि पशु जाँच गर्ने कार्यविधिः (१) पशु वधशालामा वध गर्न ल्याइएका पशु वध गर्नु अघि जाँच गर्ने कार्यविधि अनुसूची-५ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै पशुमा देहायका अवस्था भेटिएमा उक्त पशु वध गर्न पाइने छैनः-
(क) कुनै संक्रामक रोगको लक्षण देखिएमा, (ख) ज्वरो आएको भएमा, (ग) सुकासको स्थिति भएमा, (घ) गर्भवती भएको कुनै लक्षण देखिएमा, (ङ) दूध खाने अवस्थाको बच्चा साथमा भएमा।
१०. वध गरिसकेपछि मासुको परीक्षण गर्ने कार्यविधिः (१) पशु वधशालामा पशुको वध गरिसकेपछि मासु परीक्षण गर्ने कार्यविधि अनुसूची-६ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम परीक्षण गर्दा कुनै पशुको मासुमा शयरोग भेटिएमा अनुसूची-७ बमोजिम र अन्य रोग भेटिएमा अनुसूची-८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ।
११. मासु निरीक्षकको काम, कर्तव्य र अधिकारः (१) ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त मासु निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) पशु वधशाला सञ्चालनको लागि निर्धारित समयमा उपस्थित रहने, (ख) पशु वध गर्नु अघि जाँच (एन्टमोटम एक्जामिनेसन) गर्ने, (ग) पशु वध गरिसकेपछि मासुको परीक्षण तथा जाँच गर्ने,
(घ) मासुमा खान अयोग्य वा रोगी भाग वा अङ्ग भेटिएमा त्यस्तो भाग वा अङ्ग हटाउने वा हटाउन लगाउने,
(ङ) मासुमा नियम १५ बमोजिम छाप लगाउने,
(च) मासु बिक्री गर्ने पसल वा मासु ओसारपसार गर्ने साधनको निरीक्षण गर्ने,
(छ) वध गरिएका पशुहरुको विवरण विभागले निर्धारण गरेको ढाँचामा राख्ने,
(ज) पशु वधशालाको सरफाइ तथा निःसंक्रमण कार्य हरेक दिन गरे नगरेको निरीक्षण गर्ने,
(झ) शंकास्पद देश देखि छुट्याइएको मासु तुरुन्त परीक्षण गरी उपभोगका लागि योग्य छ छैन निश्चित गर्ने,
(ञ) उपभोगका लागि योग्य नदेखिएको मासु र अन्य खेर जाने वस्तुहरु उपयुक्त तरिकाले तिन लगाउन वा नष्ट गर्न लगाउने,
(ट) प्रत्येक महिनाको अन्तमा आफूले थाहा पाएको इपिडेमियोलोजी सम्बन्धी प्रतिवेदन सम्बन्धित सुपरीवेक्षक समक्ष पेश गर्ने,
(ठ) यस नियमावली बमोजिम पशु वधशाला सञ्चालक र मासु बिक्रेताले पालन गर्नुपर्ने शर्तहरु पालन नगरेमा त्यस्तो पशु वधशाला तथा मासु पसलको सञ्चालकलाई कारबाही गर्न सिफारिस गर्ने,
(ड) मासु पर्यवेक्षकले लगाए अह्राएका अन्य काम गर्ने।
(२) मासु निरीक्षकले आफ्नो कामको लागि आवश्यक पर्ने सामग्री, औजार तथा उपकरण आफूसँग राख्नु पर्नेछ।
१२. मासु सुपरीवेक्षकको काम, कर्तव्य र अधिकारः ऐनामा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मासु सुपरीवेक्षकको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) समय समयमा पशु वधशालाको निरीक्षण गरी आवश्यकता अनुसार निर्देशन दिने,
(ख) मासु जाँच सम्बन्धी कार्य, सरसफाई तथा निःसंक्रमणको कार्य उपयुक्त तरिकाबाट भए नभएको सुपरीवेक्षण गर्ने,
(ग) मासु निरीक्षकलाई आवश्यक प्राविधिक राय, सुझाव तथा निर्देशन दिने,
(घ) मासु बिक्री गर्ने स्थल तथा ढुवानी गर्ने साधनको सुपरीवेक्षण गर्ने,
(ङ) पशु वधशाला वा मासु बिक्री गर्ने स्थलको सुपरीवेक्षणको क्रममा कुनै पशु वधशाला ऐन तथा यस नियमावली अनुरूप सञ्चालन भएको नपाइएमा सोको सञ्चालन बन्द गराई इजाजतपत्र दिने निकायलाई सो सम्बन्धी जानकारी गराउने,
(च) मासु निरीक्षकले ऐन तथा यस नियमावली बमोजिम सम्पन्न गर्नु पर्ने कार्य गरेको नपाइएमा मनासिब माफिकको कारण सहित निजको इजाजतपत्र रद्द गर्न विभाग समक्ष सिफारिस गर्ने,
(छ) नेपाल सरकारले समय समयमा निर्देशन गरेका अन्य कार्य गर्ने।
१३. मासुको ओसार पसारः (१) मासु ओसार पसार गर्दा ओसार पसार गर्ने साधन देहाय बमोजिमको हुनु पर्नेछः-
(क) मासु ओसार पसार गर्ने साधनको भित्री भागमा प्रयोग गरिएको सबै सामग्रीहरु खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने, सजिलै साँग सफा गर्न सकिने र निःसंक्रमण गर्दा प्रयोग गरिने रसायनले कुनै असर नपर्ने खालको भएको,
(ख) मासु ओसार पसार गर्ने साधनमा जडित झ्याल ढोकाहरु राम्ररी बन्द गर्न सकिने किसिमको भएको,
(ग) मासु ओसार पसार गर्नु पर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको,
(घ) मासु ओसार पसार गर्दा मासु राख्न प्रयोग हुने भाँडोको भित्री भाग, औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको ।
(२) मासु ओसार पसार गर्दा देहाय बमोजिमको व्यवस्था मिलाइएको हुनु पर्नेछः-
(क) मासुको ओसार पसार खुल्ला रुपमा गर्न नपाइने,
(ख) मासुसँग आन्द्रा भुँडी, भिट्र्याँस, टाउको, खुट्टि जस्ता पदार्थ ओसार पसार गर्नु पर्मा मासुसँग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानु पर्ने,
(ग) मासु ओसार पसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरिएको हुनु पर्ने,
(घ) ओसार पसार हुने मासुको कुनै पनि भाग जमिन वा खुला ठाउँमा छोइएको र अन्य कुनै वस्तुबाट दूषित नभएको हुनु पर्ने,
(ङ) मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने व्यक्ति क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुनु नहुने।
१४. निःसंक्रमण गर्नु पर्नेः पशु वधशाला सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफ्नो पशु वधशाला प्रत्येक दिन अनुसूची-९ मा उल्लेख भए बमोजिमको कार्यविधि अपनाई निःसंक्रमण गर्नु पर्नेछ।
१५. छाप वा चिन्ह लगाउनु पर्नेः (१) यस नियमावली बमोजिम वध गरिएको पशुको मासु जाँच गरिसकेपछि मासुमा अनुसूची-१० बमोजिमको ढाँचामा आवश्यकता अनुसार छाप वा चिन्ह लगाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम मासुमा छाप वा चिन्ह लगाउन प्रयोग गरिने मसी नमेटिने र जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने किसिमको हुनु पर्नेछ।
(३) मासु निरीक्षक बाहेक अरु व्यक्तिले मासुमा छाप वा चिन्ह लगाउन पाउने छैन।
१६. जाँच गराउँदा लाग्ने दस्तुरः (१) नेपाल सरकारले स्थापना गरेको पशु वधशालामा वध गर्नको लागि ल्याइएको पशु वा त्यसको मासु जाँच गर्दा लाग्ने दस्तुर अनुसूची-११ मा उल्लेख भए बमोजिम हुनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर सरकारी क्षेत्रमा स्थापित पशु वधशालामा पशु र मासु जाँच गर्दा लाग्ने दस्तुर त्यस्तो पशु वधशालाको सञ्चालकले निर्धारण गरे बमोजिम हुनेछ।
१७. मासु निरीक्षक भई काम गर्न अनुमति लिनुपर्नेः (१) ऐनले तोकेको शैक्षिक योग्यता भएको व्यक्तिले मासु निरीक्षक भई काम गर्नको लागि विभागबाट अनुमतिपत्र प्राप्त गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र दिने सम्बन्धी व्यवस्था नेपाल सरकारले निर्धारण गर्दछ।
(३) उपनियम (१) बमोजिम अनुमतिपत्र दिँदा नेपाल सरकारले आवश्यकता अनुसार मासु निरीक्षकले गर्नुपर्ने काम किटान गर्न सक्नेछ।
१८. मुद्दाको तहकीकात र दायरीः ऐन अन्तर्गतको कसूरको अनुसन्धान तथा तहकीकात नेपाल सरकारले तोकेको मासु निरीक्षकले गर्नेछ र अनुसन्धान तथा तहकीकातको कार्य पूरा भएपछि सरकारी वकीलको राय सल्लाह लिई मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।
१९. मुद्दा हेर्ने अधिकारीः ऐन अन्तर्गतको कसुर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
२०. पुनरावेदनः नियम १९ बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।
२१. संहिता वा निर्देशका बनाई लागू गर्न सक्नेः ऐन र यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्नका लागि विभागले आवश्यक संहिता तथा प्राविधिक निर्देशिका बनाई लागू गर्न सक्नेछ।
२२. अनुसूचीमा थपघट वा फेरफेर गर्न सक्नेः नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक थपघट वा फेरफेर गर्न सक्नेछ।
इष्टव्यः- (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । (२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर भएका शब्दहरुः- “पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” । (३) पशु वधशाला र मासु जाँच (पहिलो संशोधन) नियमावली, २०८१ द्वारा रुपान्तर भएका शब्दहरुः- "अञ्चल" को सट्टा "प्रदेश"। "गाउँ विकास समिति" को सट्टा "गाउँपालिका"।
अनुसूची-१ (नियम ३ को उपनियम (१) सँग सम्बन्धित) पशु वधशाला स्थापना गर्नको लागि दिइने दरखास्त फाराम
श्री कार्यालय प्रमुख मिति: ▲....कार्यालय, ..................................
विषयः पशु वधशाला स्थापना गर्न इजाजत पाऊँ ।
मैले/हामीले निम्न ठेगानामा पशु वधशाला स्थापना गरी सञ्चालन गर्न लागेको हुँदा सो कार्यको लागि इजाजतपत्र पाऊँ।
प्रचलित कानून तथा पशु वधशाला र मासु जाँच ऐन, २०५५ र पशु वधशाला र मासु जाँच नियमावली, २०५७ को परिधि भित्र रही काम गर्नेछु/छौँ ।
निवेदकको, नामः सहीः ठेगानाः
पशु वधशाला निर्माण गर्ने ठाउँको ठेगानाः प्रदेश: जिल्लाः नगरपालिका/गाउँपालिका: वडा नं.: वध गरिने पशुको किसिमः वध गरिएको पशुको मासु बिक्री गरिने क्षेत्रः
▲ पहिलो संशोधनद्वारा संशोधित ।
(नियम ३ को उपनियम (४) सँग सम्बन्धित)
क्रमसंख्या . . . . . .. पत्र संख्या/च.नंः . . . .
तपाई श्री/श्रीमती . . . . . . .. . .. . . .. लाई पशु वधशाला र मासु जाँच ऐन, २०५ तथा पशु वधशाला र मासु जाँच नियमावली, २०५ बमोजिम पशु वधशाला स्थापना तथा सञ्चालन गर्न यो इजाजतपत्र प्रदान गरिएको छ। उक्त ऐन र नियमावलीको अधीनमा रही पशु वधशालाको स्थापना र सञ्चालन गर्नु होला।
(१) वधशालाको नाम र ठेगानाः
() सञ्चालनकर्ताको नामः
(३) ठेगाना (क) स्थायीः (ख) अस्थायीः (४) बाबुको नामः
() बाजेको नाम
(६) वध गरिने पशुको किसिमः
(७) वधशालाको दैनिक क्षमताः
(८) सहीः
(९) औंठाको छाप
१०. इजाजतपत्र पाउनेको फोटोः / संस्था भए छापः
14
पद: कार्यालय: कार्यालयको छाप:
अनुसूची-३ (नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
मासु पसल सञ्चालन गर्नको लागि दिइने दरखास्त फाराम
श्री अध्यक्ष/प्रमुखज्यू मिति: . . . . . . . . . . . . . . . . . .
विषय: मासु बिक्री पसल राख्न इजाजत पाउँ ।
मैले/हामीले निम्न ठेगानामा मासु बिक्री गर्ने पसल स्थापना गरी सञ्चालन गर्न लागेको हुँदा सो कार्यको लागि इजाजतपत्र पाउन यो निवेदन पेश गरेको छु/छौ ।
प्रचलित कानून तथा पशु वधशाला र मासु जाँच ऐन, २०५५ र पशु वधशाला र मासु जाँच नियमावली, २०५७ को परिधि भित्र रही काम गर्नेछु/छौ ।
निवेदकको, नाम: सही: ठेगाना:
मासु पसल राख्ने ठाउँको ठेगाना: प्रदेश: जिल्ला: नगरपालिका/गाउँपालिका: वडा नं.: बिक्री गरिने मासुको किसिम:
(नियम ५को उपनियम (२) सँग सम्बन्धित)
मासु पसल सञ्चालन गर्ने इजाजतपत्र
क्रमसंख्या . . . . . .. पत्र संख्या । च.नंः . . . .
तपाई श्री/श्रीमती . . . . . . .. . .. लाई पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा पशु वधशाला र मासु जाँच नियमावली, २०५ बमोजिम यो इजाजतपत्र प्रदान गरिएको छ। उक्त ऐन र नियमावलीको अधीनमा रही मासु पसलको सञ्चालन गर्नु होला ।
(१) मासु पसलको नाम र ठेगाना:
(२) सञ्चालनकर्ताको नाम:
(३) ठेगाना (क) स्थायी:
(४) बाबुको नाम:
(५) बाजेको नाम:
(६) बिक्री गरिने मासुको किसिम:
(७) सहि:
(८) औठाको छाप
१०. इजाजतपत्र पाउनेको फोटो: / संस्था भए छाप: इजाजतपत्र दिने अधिकारीको,- सहि: नाम:
17
कार्यालय:
कार्यालयको छाप:
अनुसूची-५ (नियम ६ उपनियम (२) र नियम ९ को उपनियम (१) सँग सम्बन्धित) पशु वध गर्नु पूर्व जाँच गर्ने कार्यविधि
(क) चौपायको लागि -
(१) वध गर्नको लागि ल्याइएको पशुमा संक्रामक रोगको लक्षणको लागि परीक्षण गर्नु पर्नेछ। कुनै पनि पशुमा यस्तो लक्षण देखिएमा वधशालामा प्रवेश गर्न रोक लगाउनु पर्नेछ।
(२) कुनै पनि पशुलाई सम्भव भएसम्म वध गर्नु पूर्व २४ घण्टासम्म आराम दिनु पर्नेछ र वध गर्ने १२ घण्टा पहिले देखि पानी बाहेक अन्य आहार दिन रोक्नु पर्नेछ।
(३) कुनै पनि पशुमा संक्रामक रोग लागेको शंका लागेमा सो कुरा तत्काल मासु सुपरभाइजरलाई सूचना गर्नु पर्नेछ र निजको निर्देशन अनुसार बाँकी कार्य गर्नु पर्नेछ।
(४) वध गर्नु पूर्व कुनै पशुको मृत्यु भएमा पट्के रोग (Anthrax) को लागि रगतको परीक्षण गर्नु पर्नेछ।
(५) पशुको जाँच गर्दा निम्न विवरणहरु राम्ररी हेरी रेकर्ड समेत गर्नु पर्नेछ:-
(क) पशुको जाति, लिङ्ग, रङ्ग, उमेर, (ख) शारीरिक तापक्रम (जरुरी भएमा), (ग) पशुको साधारण स्वास्थ्य तथा मासुमा असर पर्ने खालको रोगको लक्षणहरु, र (घ) कुनै पनि संक्रामक वा सरुवा रोगमा देखिने लक्षण।
(६) निम्न कुराहरुमा विशेष ध्यान दिनु पर्नेछ:-
(क) शारीरिक अवस्था (जस्तै सुनिएको वा सुकेनास स्थिति), (ख) पशुको उभिने र हिडाईको चाल, (ग) पशुको शारीरिक प्रकृति र प्रतिक्रिया,
(घ) छाला तथा रौँहरुको अवस्था,
(ङ) पाचन प्रणालीका अङ्गहरु (ओठ, मुख, मलद्वार, गोवर) उग्राउने वा नउग्राउने आदि,
(च) खुन, कल्चौडा र मूत्र प्रणालीका देखिने भागहरु र
(छ) नाम र श्वास प्रश्वास।
(ख) पंक्षी जातिका लागि -
(१) फार्मको रेकर्डको आधारमा पंक्षीहरुको वध गर्नु पूर्वको स्वास्थ्य जाँच प्रक्रिया पूरा गरी मासु निरीक्षकले उक्त हुल्का पंक्षीहरुलाई वध गर्ने अनुमति दिइनेछ।
(२) जनस्वास्थ्यमा असर पर्ने कुनै रोगको लक्षण देखा परेमा मासु निरीक्षकले त्यस्तो पंक्षीलाई वध गर्ने अनुमति दिने छैन।
अनुसूची-६ (नियम ६ को उपनियम (२) र नियम १० को उपनियम (१) सँग सम्बन्धित) पशु वधपछिको मासुको परीक्षण विधि
मासु परीक्षण गर्दा प्राकृतिक प्रकाशमा वा सोही बराबरको प्रकाश भएको स्थानमा देहाय बमोजिम गर्नु पर्नेछः-
(क) ठुलो पशुहरु जस्तै राँगो, भैँसी, बंगुरको हकमा -
(१) टाउकोः टाउको परीक्षण गर्दा जिभ्रोको सतह, ताल (Palate), घाँटीको लिम्फनोड (Lymphnode) हरुको र दुवैपट्टीको गालाको मासु आवश्यक परे चिरेर,
(२) फोक्सोः कोक्सो र फोक्सोसँग सम्बन्धित ब्रोन्कियल तथा मेडिएस्टिनल लिम्फनोड (Bronchial Lymphnode / Mediastinal Lymphnode) हरु रोग भएको शंका लागेका चिरेर,
(३) मुटुः मुटुको खोल (Pericardium) खोली र आवश्यक देखिएमा चिरेर,
(४) कलेजोः कलेजोको सतह र यसमा रहेका वस्तु तथा कलेजोसँगै रहेको लिम्फनोड्स आवश्यक परे पित्त थैलीलाई चिरेर,
(५) भुँडी, आन्द्रा तथा फियोः बाहिरी र आवश्यक परे भित्री भाग समेत र फियोका सतहमा रहेका वस्तुहरुको अतिरिक्त आन्द्रा तथा भुँडी को नजिकका लिम्फनोड र पेटको जालो (Omentum),
(६) मृगौलाहरुः मृगौलाको लिम्फनोड तथा एड्रिनल ग्ल्याण्डको जाँच पछि मात्र मृगौलाहरु छुट्याउने र आवश्यक परेमा मात्र मृगौलाहरु खोलेर वा चिरेर,
(७) पाठे घरः पाठे घरको नली, डिम्बाशय, पिसाब थैली आदि अङ्गहरुमा कुनै रोगको शंका देखिए चिरेर,
(८) कल्चौडाः छामेर वा हेरेर कल्चौडाको र खुनको फेदमा चिरेर,
(९) अण्डकोष तथा लिङ्गः अण्डकोष तथा लिङ्गको बाहिरी सतह तथा सम्बन्धित लिम्फनोड,
(१०) वध गरिएको पशुको बाँकी शरीर निरिक्षण गर्ने र ह्याकुला, करङ्ग, ढाड शुष्मना, अगाडिको खुट्टाको पाताको जोनी, पुठ्ठे हड्डीमा रहेको मासुलाई निविगारिकन चिरेर पिलो तथा सिस्टको लागि जाँच गर्ने ।
(ख) साना पशु जस्तै भेडा/बाख्राको हकमा -
भेडा/बाख्रा परीक्षण विधि पनि राँगो/भैँसीको सरह नै हुनेछ । तर टाउको, मुटु, पल्मोनरी लिम्फनोड (Pulmonary Lymphnode) र शरीरका अन्य लिम्फनोड (Lymphnode) हरु शंका लागेमा मात्र चिरेर निरीक्षण गर्ने ।
(ग) पंक्षीको हकमा -
(१) वध गरिएका सबै पंक्षीहरुको मासु एकै पटक जाँच गर्न सकिने र आन्द्रा भुँडी तथा टाउको मूल शरीरबाट अलग नगरी जाँच गर्ने,
(२) मासु निरीक्षकले जाँच गरी सकेपछि भिसेरा र अन्य खान अयोग्य भागहरु तुरुन्त मूल अङ्गबाट हटाउने,
(३) वध गरिएको पंक्षीको मासु निम्न अवस्थामा खानको लागि अयोग्य हुनेछः-
(क) जनस्वास्थ्यमा असर पार्ने संक्रामक रोग लागेको पाइएमा,
(ख) दीर्घ परजीवी रोग लागेको पाइएमा,
(ग) असामान्य रङ्ग तथा वासना/गन्ध भएमा,
(घ) शरीरका अङ्गमा धेरै नगाठहरु भेटिएमा,
(ङ) मासु फोहर भुईंमा परी दूषित भएमा, र
(च) जलग्रह (ascites) भएको पाइएमा।
अनुसूची-७ (नियम १० को उपनियम (२) सँग सम्बन्धित क्षयरोग भेटिएमा अपनाउनु पर्ने कार्यविधि
१. क्षयरोग भेटिएमा गर्नु पर्ने कार्यः- (१) क्षयरोगको लिजन जनरललाइज्ड भएको पाइएमा मासु पूर्णरूपमा उपभोग अयोग्य गर्ने। (२) निम्न अवस्थामा क्षयरोग भएको अङ्ग वा भाग मात्र उपभोग अयोग्य गर्नेः- (क) क्षयरोगको लिजन लोकलाइज्ड (Lesion Localized) भएर रहेको अवस्थामा यस्तो लिजनसँग जोडिएर रहेको मासुको केही अंश पनि अयोग्य (Condemned) हुनेछ । जस्तै पेराइटल प्ल्यूरा (Parietal Pleura) वा पेरिटोनियम (Peritonium) मा रहेको क्षयरोगको लिजन, (ख) क्षयरोगको लिजन हेरदा हतियार, औजार वा पदार्थद्वारा সংসर्गमा आएको वा दूषित भएको अंश, (ग) टाउकोमा क्षयरोगको लिजन पाइएमा पुरै टाउको उपभोग अयोग्य गर्ने, (घ) सम्बन्धित अङ्गको लिम्फनोडमा क्षयरोगको लिजन पाइएमा सो अङ्ग पनि उपभोग अयोग्य गर्ने, (ङ) आन्द्रा तथा सोसँग जोडिएर रहेका अन्य अंशमा क्षयरोगको लिजन भेटिएमा त्यस्तो अङ्ग र अंश पुरै उपभोग अयोग्य गर्ने।
अनुसूची-८ (नियम १०को उपनियम (२) सँग सम्बन्धित) (क्षयरोग बाहेक अन्य रोग भेटिएमा अपनाउनु पर्ने कार्यविधि)
(क) निम्न अवस्थामा पूरै मासु वा अङ्ग वा अंश वा रगत उपभोग अयोग्य गरी जफत गरिनेछ-
(१) एक्टिनोमाइकोसिस (Actinomycosis) र एक्टिनोबैसिलोसिस (Actinobacillosis) को जनरलइज्ड अवस्था भेटिएमा, तर जनरलइज्ड अवस्था नभएको खण्डमा सम्बन्धित अङ्ग वा अंश मात्र हटाएर योग्य भनी छिन दिन सकिनेछ, (२) मांसपेशीमा मल्टिपल ट्यूमर (Multiple tumor) (३) सुकेनास अवस्था र साथै रक्त अल्पता (Anaemia), (४) पटके रोग (Anthrax), (५) चरचरे रोग (Black quarter), (६) सिस्टिसर्कस बोभिस (Cysticercus bovis), (७) मिजली पोर्क (Measly pork), (८) जनरल ड्रपसी (General dropsy), (९) जनरल प्याथोलोजीकल इमासिएसन (General pathological Emaciation), (१०) एक्यूट स्वाइन इरिसिपेल्स (Acute Swine Erysipelas), (११) भ्यागुते रोग (Haemorrhagic Septicaemia), (१२) प्रोनाउन्स्ड जण्डिस (Pronounced jaundice), (१३) रक्त अल्पता (Anaemia) र इमासिएसन (Emaciation) भएको प्यारा ट्यूबरकुलोसिस (Paratuberculosis), (१४) म्यामाइटिस (Mammitis), (१५) एक्यूट एण्ड सेप्टिक मेट्राइटिस (Acutr and Septic Metritis), र सेप्टिक पेरिकार्डाइटिस (Septic Pericarditis),
(१६) एक्यूट र/वा डिफ्युज्ड सेप्टिक पेरिटोनाइटिस् (Acutte and/ or Diffused septic peritonitis),
(१७) सेप्टिसेमिया वा सेप्टिक इन्टोक्सिकेशन (Septicaemia or Septic intoxication),
(१८) ग्याङ्ग्रीनस न्यूमोनिया (Gangerenous Pneumonia),
(१९) पाइमिया (Pyaemia),
(२०) रेबिज (Rabies),
(२१) जनरललाइज्ड मेलानोसिस वा अन्य जनरललाइज्ड पिग्मेन्टेसन (Generalized melanosis Or any generalized pigmentation),
(२२) गौगोटी (Rinderpest),
(२३) जनरललाइज्ड सार्कोसिस्ट (Generalized Sarcocysts),
(२४) स्वाइन फिभर (Swine Fever),
(२५) टिटानस (Tetanus),
(२६) ट्रिकिनोसिस (Trichinosis)।
(ख) क्रमसं ख्या (क) को (१) देखि (२६) सम्म उल्लेख गरिए बाहेक अन्य रोग वा प्याथोजेनिक अवस्था (Pathogenic Condition) ले गर्दा पूरै मासु वा कुनै अङ्ग वा अंशको निरीक्षण गर्दा मासुको सामान्य रङ्ग रूप र आकृति बिग्रि गएको पाइएमा पूरै मासु अयोग्य गर्नु पर्नेछ।
(ग) निम्न अवस्थामा रोग लागेको अङ्ग वा अंश मात्र उपभोग अयोग्य गरिनेछ-
(१) लोकलाइज्ड एक्टोमाइकोसिस र एक्टोवेनसेलोसिस,
(२) सिस्टिकस बोभिस,
(३) मिज्ली पोक,
(४) लोकलाइज्ड मेलानोसिस तथा पिग्मेन्टेसन।
अनुसूची-९ ( नियम १४ सँग सम्बन्धित) पशु वधशाला निःसंक्रमण गर्ने विधि
निःसंक्रमण गर्दा निःसंक्रमण गरिने वस्तुको प्रकृति हेरी देहायको कुनै रासायनिक वा भौतिक विधि प्रयोग गर्नु पर्नेछः-
१. चुन - पानीमा २० प्रतिशतको घोल । २. सोडियम कार्बोनेट - पानीमा ५ देखि ८ प्रतिशतको घोल । ३. सोडियम हाइपोक्लोराइड - पानीमा १ देखि ५ प्रतिशतको घोल । आवश्यक परेमा ५ प्रतिशतको चुनको घोल समेत मिलाएर प्रयोग गर्न सकिनेछ । ४. फिनोलिक एसिड - पानीमा ३ देखि ५ प्रतिशतको घोल । ५. फिनोलिक एसिड र सल्फयुरिक एसिडको मिश्रण भएको घोल - एक लिटर पानीमा पचास मिलिलिटर मिश्रणको घोल । ६. फॉर्मलिन - ४० प्रतिशतको फॉर्मलिन झोललाई पानीमा ५ प्रतिशतको घोल । ७. सोडियम हाइपोक्लोराइड - पानीमा १ देखि ३ प्रतिशतको घोल । ८. पाराबैज्जी किरण (अल्ट्राभायोलेट लाइट) - कम्तीमा लगातार दुई घण्टा प्रयोग । ९. आगोको ताप - ब्लो ल्याम्पको प्रयोग । १०. अटोक्लेभ वा पानीमा उमालेर ।
द्रष्टव्यः निःसंक्रमणका उपलब्ध अन्य उत्पादकहरु अवस्था हेरी प्रयोग गर्न सकिनेछ ।
अनुसूची-१० (नियम १५ को उपनियम (१) सँग सम्बन्धित) मासुमा लगाउने छाप वा चिन्हहरूको विवरण
१. खान योग्य देखिएमा - “योग्य ✓” चिन्ह २. खान अयोग्य देखिएमा - “अयोग्य x” चिन्ह ३. थप परीक्षण गर्नुपर्ने भएमा - “रोक्का ?” चिन्ह ४. विभिन्न पशुको मासु चिनुउनको लागिः (क) बाख्रा जातको मासु - 'बोका' / 'खसी' / 'बाख्रा' (ख) भेडाको मासु - 'भेडा' / 'भेडी' (ग) सुंगुर । बंगुरको मासु - 'सुंगुर' / 'बगुर' (घ) रांगो । भैँसीको मासु - 'रांगो' / 'भैँसी' (ङ) पंक्षीको मासु - 'कुखुरा' / 'हाँस' / 'बट्टाई' (च) खरायोको मासु - 'खरायो'
अनुसूची-११ (नियम १६ को उपनियम (१) सँग सम्बन्धित)
दस्तुर
पशु वधशाला वा पशु वधस्थानमा पशु र मासु जाँच गर्दा लाग्ने दस्तुर
१. रांगो/भैँसी रु. २५।०० प्रति गोटा २. भेडा/बाख्रा रु. १५।०० प्रति गोटा ३. बंगुर रु. २०।०० प्रति गोटा ४. खरायो रु. २।०० प्रति गोटा ५. पंक्षी रु. १।०० प्रति गोकटा*
इजाजतपत्र दिने अधिकारीको,- सहीः नामः (ख) अस्थायी: पद: