प्रमाणीकरण (दस्तुर) नियमावली, २०२४
नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।४।५
संशोधन प्रमाणीकरण (दस्तुर) (पहिलो संशोधन) नियमावली, २०६९ २०६९।९।२३
नेपाल सरकार परराष्ट्र मन्त्रालय र विदेशस्थित मिशनहरूले लिखित प्रमाणीकरण गर्ने विषयको कार्यविधिलाई नियमित गर्न आवश्यक भएकोले,
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “प्रमाणीकरण (दस्तुर) नियमावली, २०२४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “विदेशस्थित मिशन” भन्नाले विदेशमा रहेका $^१$ ........... नेपाली दूतावास, $^१$ .......... वाणिज्य महादूतावास र $^१$ ........... वाणिज्य दूतावास तथा ट्रेड एजेन्सीलाई समेत सम्झनु पर्दछ,
(ख) “प्रमाणीकरण” भन्नाले कुनै अड्डा वा अदालत वा सरकारी कार्यालयको रेकर्डमा रहेको वा त्यस्ता अड्डा अदालत वा कार्यालयबाट प्रमाणित गरिएको कुनै लिखित सो रेकर्डमा रहे वा प्रमाणित गरिए बमोजिमको हो भनी प्रमाणित गर्ने कामलाई सम्झनु पर्छ ।
$^१$ पहिलो संशोधनद्वारा झिकिएको ।
३. प्रमाणीकरण गर्दा पुऱ्याउनुपर्ने रीत: (१) कसैले कुनै लिखित नेपाल सरकार परराष्ट्र मन्त्रालय वा कुनै विदेशशस्त मिशनबाट प्रमाणीकरण गराई माग्नु परेमा प्रमाणीकरण गराई माग्नुपर्नेको कारण स्पष्ट खोली प्रमाणीकरण गराई माग्नु परेको लिखित समेत नत्थी गरी सो मन्त्रालय वा विदेशशस्त मिशनमा दरखास्त दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त पिय आएपछि सो जाँच्नुबुझ्नु परे जाँचीबुझी प्रमाणीकरण गरिदिनु हुने ठहरे नेपाल सरकारको राजपत्राहित अधिकृतसम्मका दर्जाको अधिकारीले यस कामका निमित्त प्रमाणीकरण गरिदिएको छ भनी जनाई प्रमाणीकरण गरी आफ्नो कार्यालयको छाप समेत लगाई दिनु पर्दछ ।
४. दरखास्त दस्तुर: नियम ३ को उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिले प्रमाणीकरण गर्नु पर्ने प्रत्येक लिखितको रु. २५।– का दरले दरखास्त साथ दरखास्त दस्तुर दाखिल गर्नु पर्दछ ।
तर विदेशमा भए राष्ट्र बैंकको सटही गर्ने दरले हुने अइ कायम गरी सम्बन्धित देशको मुद्रामा नै यस्तो दस्तुर लिनु पर्दछ ।
५. दस्तुर नलाग्ने: यो नियम बमोजिम दस्तुर बुझाइ एक पटक प्रमाणीकरण गराई लिइ सकेको लिखितलाई फेरी प्रमाणीकरण गराउनु परेमा सोही व्यहोरा खुलाइ नियम ३ बमोजिमको दरखास्त मात्र दिए पुग्दछ । दरखास्त दस्तुर लिइ बुझाइरहनु पर्दैन ।
६. स्रेस्ता खडा गर्नु पर्ने: नेपाल सरकार परराष्ट्र मन्त्रालय र विदेशशस्त मिशनले यस नियम बमोजिम प्रमाणीकरण भै जाने लिखितको विवरण स्पष्ट गरी यस विषयको स्रेस्ता खडा गरी राख्नु पर्दछ ।
७. प्रमाणीकरण गर्ने व्यवस्था: नेपाल $^०$ भित्र रहेका विदेशी कुटिनैतिक प्रतिनिधि वा संस्थासँग सरोकार भएको वा नेपाल $^०$ बाहिरको काम कारबाहीसँग सम्बन्धित भएको कामको निमित्त मात्र यो नियमावली बमोजिम लिखितको प्रमाणीकरण हुन सक्नेछ ।
$^०$ पहिलो संशोधनद्वारा झिकिएको।
८. हक वा सुविधा प्रतिकूल प्रभाव नपर्ने: यस नियमावली बमोजिम कुनै लिखतको प्रमाणीकरण भएको कारणले मात्र प्रचलित कानून बमोजिमको कसैको कुनै हक वा सुविधालाई प्रतिकूल प्रभाव पार्ने छैन ।
द्रष्टव्य: केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्त्तर भएका शब्दहरु: “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।