सपुर्दगी ऐन, २०७०
प्रमाणीकरण र प्रकाशन मिति २०७२।१२।१२ सं वत् २०७० सालको ऐन नं. ११
प्रस्तावना : सपुर्दगी गर्न सकिने कुसुरुको फरार अभियुक्त वा कुसुरदारलाई कानून बमोजिम सपुर्दगी सम्बन्धी कारबाही गर्ने सम्बन्धमा प्रचलित सपुर्दगी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकाले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका-संसद्को हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “सपुर्दगी ऐन, २०७०” रहेको छ । (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,– (क) “कुसुरु” भन्नाले दफा ४ बमोजिमको कुसुरु सम्झनु पर्छ । (ख) “फरार अभियुक्त वा कुसुरदार” भन्नाले विदेशी राज्यमा कुनै कुसुरुको आरोप लागी वा कुनै कुसुरमा सजाय पाई नेपालमा रहे बसेको वा नेपालमा कुनै कुसुरुको आरोप लागी वा कुनै कुसुरमा सजाय पाई विदेशी राज्यमा गई बसेको अभियुक्त वा कुसुरदार सम्झनु पर्छ । (ग) “मन्त्रालय” भन्नाले नेपाल सरकार, गृह मन्त्रालय सम्झनु पर्छ । (घ) “माग गर्ने राज्य” भन्नाले फरार अभियुक्त वा कुसुरदारको सपुर्दगीको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने विदेशी राज्य सम्झनु पर्छ । (ङ) “सपुर्दगी” भन्नाले माग गर्ने राज्यको अनुरोधमा फरार अभियुक्त वा कुसुरदारलाई त्यस्तो राज्य समक्ष सुम्पिने कार्य सम्झनु पर्छ र सो शब्दले फरार अभियुक्त वा कुसुरदारलाई नेपालको अनुरोधमा सम्बन्धित विदेशी राज्यले नेपाल समक्ष सुम्पिने कार्य समेतलाई जनाउँछ । (च) “सपुर्दगी सन्धि” भन्नाले फरार अभियुक्त वा कुसुरदारलाई सपुर्दगी गर्न सकिने गरी नेपालले कुनै विदेशी राज्यसँग गरेको सन्धि सम्झनु पर्छ र सो शब्दले सपुर्दगीको प्रयोजनको लागि भएको समझदारी समेतलाई जनाउँछ ।
३. सपुर्दगी गर्न सकिने अवस्थाः कुनै विदेशी राज्यले फरार अभियुक्त वा कुसुरदारलाई सपुर्दगीको लागि नेपाल सरकार समक्ष अनुरोध गरेमा नेपाल सरकारले देहायका
अवस्थामा त्यस्तो अभियुक्त वा कसूरदारलाई यस ऐनको अधीनमा रही त्यस्तो राज्य समक्ष सुपुर्दगी गर्न सक्नेछ :- (क) सुपुर्दगी सन्धि भएको, (ख) दफा ४ बमोजिमको सुपुर्दगी गर्न सकिने कसूर भएको ।
४. सुपुर्दगी गर्न सकिने कसूरः देहायका कसूरलाई सुपुर्दगी गर्न सकिने कसूर मानिनेछः- (क) नेपालको कानून बमोजिम कम्तीमा तीन वर्षको कैद सजाय हुन सक्ने कसूर, (ख) माग गर्ने राज्यको कानून बमोजिम कम्तीमा तीन वर्षको कैद सजाय हुन सक्ने कसूर, (ग) खण्ड (क) र (ख) मा लेखिएको भन्दा कम सजाय हुने भए तापनि कर, राजस्व, बैंकिग कारोबार वा त्यस्तै किसिमको अन्य कुनै पनि किसिमका आर्थिक वा वित्तीय सम्बन्धी कसूर, (घ) खण्ड (क), (ख) वा (ग) बमोजिमको कसूर गर्न उद्योग गर्ने, मद्दत गर्ने वा त्यस्तो कसूर गर्न षडयन्त्र गर्ने वा त्यस्तो कसूर गर्न कसैलाई दुरुत्साहन गर्ने कसूर ।
५. सुपुर्दगी गर्न इन्कार गरिने अवस्थाः दफा ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा कुनै पनि फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गरिने छैनः- (क) फरार अभियुक्त वा कसूरदारले गरेको कसूर राजनीतिक प्रकृतिको भएमा, (ख) जात, जाति, वर्ण, धर्म, राष्ट्रीयता वा राजनीतिक विचारधाराको आधारमा कुनै कसूरका सम्बन्धमा कारबाही चलाइएको वा कारबाही चलाइने सम्भावना भएमा, (ग) जात, जाति, वर्ण, धर्म, राष्ट्रीयता वा राजनीतिक विचारधाराबाट पूर्वाग्रही भई मुद्दाको सुनुवाई गरिएको वा सुनुवाई गरी सजाय गरिने सम्भावना भएमा, (घ) मृत्युदण्डको सजाय भएको वा मृत्युदण्डको सजाय हुन सक्ने गरी अभियोग लागेको भएमा, (ङ) नेपालको नागरिक भएमा, (च) माग गर्ने राज्यको सैनिक कानून अन्तर्गत सजाय हुने कसूर भएमा, (छ) माग गर्ने राज्यमा फरार अभियुक्त वा कसूरदारलाई शारीरिक वा मानसिक यातना दिने पर्याप्त सम्भावना भएमा,
(ज) जुन कसूरको सम्बन्धमा सुपुर्दगीको माग गरिएको हो सोही कसूरमा नेपालको अदालतले निर्णय गरिसकेको भएमा, (झ) फरार अभियुक्त वा कसूरदार विरुद्ध नेपालको कुनै अदालतमा कुनै फौजदारी कसूरमा मुद्दाको कारबाही भइरहेको वा निज कसूरदार ठहरई सजाय भुक्तान भई नसकेको भएमा, (ञ) माग गर्ने राज्यको अधिकार प्राप्त अधिकारीले मुद्दा वा सजायको कारबाही नचलाउने वा सजाय माफी गर्न निर्णय गरिसकेको भएमा, (ट) माग गर्ने राज्यको कानून बमोजिम कारबाही चलाउने हदम्याद समाप्त भइसकेको भएमा, (ठ) माग गर्ने राज्यको कानून बमोजिम सजायको उन्मुक्ति को सुविधा प्राप्त भएको व्यक्ति भएमा ।
६. राजनीतिक प्रकृतिको कसूर नमानिने : दफा ५ को खण्ड (क) को प्रयोजनको लागि देहायका कसूरहरु राजनीतिक प्रकृतिको कसूर मानिने छैनन्:- (क) भ्रष्टाचार, (ख) मानव बेचबिखन तथा ओसारपसार वा जीउ मास्ने बेच्ने, (ग) लागू पदार्थको उत्पादन, सञ्चय, ओसारपसार वा कारोबार, (घ) कर, राजस्व, बैंकिग कारोबार वा त्यस्तै किसिमको अन्य कुनै पनि किसिमका आर्थिक वा वित्तीय सम्बन्धी कसूर, (ङ) सम्पत्ति शुद्धीकरण, (च) जबरजस्ती करणी, (छ) बाल यौन दुराचार, (ज) वन्यजन्तु वा वन पैदावारको अवैध हानी नोक्सानी वा अवैध ओसारपसार सम्बन्धी कसूर, (झ) जातीय हत्या (जेनोसाइड) सम्बन्धी कसूर, (ञ) मानवता विरुद्धको कसूर, (ट) संगठित रुपमा गरेको कुनै कसूर वा बहुराष्ट्रिय संगठित कसूर, (ठ) विमान अपहरण वा नागरिक उड्डयनको सुरक्षा विरुद्धका कसूर, (ड) कूटनीतिक निकाय वा कूटनीतिक सुविधा प्राप्त व्यक्ति विरुद्धको कुनै कसूर,
(ढ) खण्ड (क) देखि (ड) सम्मको कसूर गर्न उद्योग, दुरुत्साहन वा षडयन्त्र गरेको वा त्यस्तो कसूर गर्ने कार्यमा मतियर भएको वा अन्य कुनै किसिमले संलग्नता रहेको कसूर ।
७. सपुर्दगीको लागि अनुरोध गर्नु पर्नेः (१) नेपालमा रहे बसेको वा तेस्रो मुलुकमा जाने क्रममा नेपालमित्र पारवहनमा रहेको फरार अभियुक्त वा कसूरदारको सपुर्दगीको लागि माग गर्ने राज्यले नेपाल सरकार समक्ष अनुरोध गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम अनुरोध गर्दा माग गर्ने राज्यले कूटनीतिक माध्यम मार्फत अनुरोध गर्नु पर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल पक्राउ गरी नियन्त्रणमा नलिएमा फरार अभियुक्त वा कसूरदार भागी बेपत्ता हुने सम्भावना भएमा त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिइदिन माग गर्ने राज्यले सोझै मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ । (४) उपदफा (३) बमोजिम अनुरोध गर्दा फरार अभियुक्तको हकमा प्रथम दृष्टिमै अभियुक्त देखिने प्रमाण र कसूरदारको हकमा निज कसूरदार ठहरिएको सक्षम अदालतको फैसला उपलब्ध गराउनु पर्नेछ । (५) उपदफा (४) बमोजिमको प्रमाण वा फैसलाको आधारमा फरार अभियुक्त वा कसूरदार पक्राउ भएमा मन्त्रालयले सोको जानकारी माग गर्ने राज्यलाई तीन दिनभित्र दिनु पर्नेछ । (६) उपदफा (५) बमोजिम फरार अभियुक्त वा कसूरदार पक्राउ भएमा माग गर्ने राज्यले पक्राउ परेको जानकारी पाएको मितिले सात दिनभित्र त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगीको लागि कूटनीतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्नु पर्नेछ । (७) उपदफा (६) बमोजिम अनुरोध नगरेमा पक्राउ परेको फरार अभियुक्त वा कसूरदारलाई मन्त्रालयले तत्काल थुनाबाट मुक्त गर्नु पर्नेछ ।
८. सपुर्दगीको लागि अनुरोध गर्दा खुलाउनु पर्ने विवरण तथा संलग्न गर्नु पर्ने कागजातः (१) दफा ७ बमोजिम सपुर्दगीको लागि अनुरोध गर्दा माग गर्ने राज्यले देहायका विवरण खुलाउनु पर्नेछः- (क) फरार अभियुक्त वा कसूरदारको हुलिया, राष्ट्रियता, राष्ट्रिय परिचयपत्र नम्बर लगायत पहिचान हुन सक्ने यथार्थ विवरण र यथासम्भव हाल बसोबास गरिरहेको स्थान सम्बन्धी जानकारी,
(ख) कसूर भएको स्थान, मिति र कसूरको विवरण, (ग) कसूरका सम्बन्धमा माग गर्ने राज्यको प्रचलित कानूनी व्यवस्था र कसूर ठहरेमा वा कसूर ठहरी सकेकोमा हुन सक्ने वा भएको अधिकतम सजाय।
(२) दफा ७ बमोजिम सपुर्दगीको लागि अनुरोध गर्दा माग गर्ने राज्यले देहायका कागजात संलग्न गर्नु पर्नेछः- (क) कसूरसँग सम्बन्धि प्रमाण कागजात, (ख) अधिकार प्राप्त अधिकारीबाट त्यस्तो अभियुक्त वा कसूरदार पक्राउ गर्नको लागि जारी गरिएको वारेन्ट, (ग) कसूरदारको सपुर्दगीको सम्बन्धमा सक्षम अदालत वा अन्य सक्षम निकायले गरेको फैसलाको प्रतिलिपि, (घ) सपुर्दगीका लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसूर बाहेक अन्य कसूरमा कारबाही नचलाइने प्रतिवद्धता, (ङ) सपुर्दगीका लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसूर र वापत हुन सक्ने सजाय भन्दा कम सजाय हुन सक्ने कसूरमा कारबाही नचलाइने प्रतिवद्धता, (च) सपुर्दगी गरिएको फरार अभियुक्त वा कसूरदार अन्य कुनै राज्यलाई पुनः सपुर्दगी नगर्ने प्रतिवद्धता, (छ) खण्ड (च) बमोजिम सपुर्दगी नगरी नहुने अवस्थामा नेपाल सरकारको पूर्व सहमति लिने प्रतिवद्धता ।
९. सपुर्दगी सम्बन्धी अनुरोध मन्त्रालयमा पठाउनु पर्नेः दफा ७ बमोजिम सपुर्दगीको अनुरोध प्राप्त भएमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सो अनुरोध साथ प्राप्त विवरण, कागजात तथा प्रमाण सहित सपुर्दगी सम्बन्धमा आवश्यक कारबाहीको लागि मन्त्रालय समक्ष पठाउनु पर्नेछ ।
१०. सपुर्दगी सम्बन्धी कारबाही अघि बढाउनु पर्नेः (१) दफा ९ बमोजिम अनुरोध प्राप्त भएमा मन्त्रालयले त्यस्तो अनुरोध साथ संलग्न विवरण, कागजात, प्रमाण र कसूरको तथ्यहरुको अध्ययन र जाँचबुझ गरी सपुर्दगीको कारबाही अघि बढाउने वा नबढाउने सम्बन्धमा पुनर दिनिबिर निर्णय गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम अध्ययन र जाँचबुझ गर्दा अनुरोध साथ प्राप्त विवरण, कागजात तथा प्रमाण सपुर्दगीको लागि कारबाही अघि बढाउन पर्याप्त नदेखेमा
मन्त्रालयले थप विवरण, कागजात तथा प्रमाण पेश गर्नको लागि कूटनीतिक माध्यम मार्फत माग गर्ने राज्यलाई लेखी पठाउन सक्नेछ । (३) उपदफा (१) बमोजिम सपुर्दगीको कारबाही अघि बढाउने निर्णय भएमा मन्त्रालयले सम्बन्धित जिल्ला सरकारी वकील मार्फत फरार अभियुक्त वा कसुरदारलाई सपुर्दगी गर्न अदालतको अनुमति को लागि सम्बन्धित जिल्ला अदालतमा प्रतिवेदन पेश गर्न लगाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई आदेश दिनु पर्नेछ । (४) उपदफा (३) बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई आदेश दिँदा फरार अभियुक्त वा कसुरदारलाई पक्राउ गर्नको लागि माग गर्ने राज्यको अधिकार प्राप्त अधिकारीबाट जारी गरिएको वारेन्ट समेत पठाई त्यस्तो फरार अभियुक्त वा कसुरदारलाई पक्राउ गर्न लगाउनु पर्नेछ । (५) उपदफा (१) बमोजिम सपुर्दगीको कारबाही अघि नबढाउने गरी निर्णय भएमा मन्त्रालयले सो निर्णयको व्यहोरा तथा फरार अभियुक्त वा कसुरदार पक्राउ भए वा नभएको जानकारी कूटनीतिक माध्यम मार्फत माग गर्ने राज्यलाई तुरुन्त दिनु पर्नेछ ।
११. पक्राउ पूर्जी जारी गर्नेः दफा १० को उपदफा (४) बमोजिमको वारेन्ट प्राप्त भएपछि फरार अभियुक्त वा कसुरदारलाई पक्राउ गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रचलित कानून बमोजिम पक्राउ पूर्जी जारी गर्नु पर्नेछ ।
१२. फरार अभियुक्त वा कसुरदारलाई अदालत समक्ष पेश गर्नेः दफा ११ बमोजिम जारी भएको पक्राउ पूर्जीको आधारमा पक्राउ परेको फरार अभियुक्त वा कसुरदारलाई प्रहरीले बाटोको म्याद बाहेक पक्राउ परेको चौबीस घण्टाभित्र सम्बन्धित जिल्ला अदालतमा पेश गरी सो अदालतको आदेश बमोजिम थुनामा राख्नु पर्नेछ ।
१३. प्रतिवेदन पेश गर्नु पर्नेः (१) दफा १२ बमोजिम थुनामा रहेको फरार अभियुक्त वा कसुरदार माग गर्ने राज्यलाई सपुर्दगी गर्ने अनुमतिको लागि प्रमुख जिल्ला अधिकारीले त्यसरी थुनामा परेको मितिले सात दिनभित्र जिल्ला सरकारी वकील मार्फत सम्बन्धित जिल्ला अदालत समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम प्रतिवेदन पेश गर्दा थुनामा रहेको अभियुक्त वा कसुरदारलाई समेत जिल्ला अदालत समक्ष उपस्थित गराउनु पर्नेछ । (३) उपदफा (१) बमोजिम जिल्ला अदालत समक्ष पेश गरेको प्रतिवेदनको एकप्रति प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा पठाउनु पर्नेछ ।
१४. अदालतको क्षेत्राधिकारः (१) सपुर्दगी गर्ने अनुमतिमाको लागि दफा १३ बमोजिम प्रतिवेदन प्राप्त भएमा जिल्ला अदालतले फरार अभियुक्त वा कसुरदारलाई सपुर्दगी गर्न सकिने वा नसकिने सम्बन्धमा देहायका विषयहरु बुझ्न सक्नेछः- (क) माग गर्ने राज्यले दफा ७ र ८ बमोजिमको प्रक्रिया पूरा गरी वा खुलाउनु पर्ने विवरण खुलाई वा संलग्न गर्नु पर्ने कागजात संलग्न गरी फरार अभियुक्त वा कसुरदारलाई सपुर्दगी गर्नदिइ अनुरोध गरेको छ वा छैन, (ख) माग गर्ने राज्यले फरार अभियुक्त वा कसुरदार पक्राउ गर्नदिइको लागि जारी गरेको वारेन्ट सोही व्यक्ति पक्राउ गर्नदिइको लागि जारी भएको हो वा होइन, (ग) फरार अभियुक्त वा कसुरदारलाई दफा ३ बमोजिम सपुर्दगी गर्न सकिने हो वा होइन, (घ) फरार अभियुक्त वा कसुरदार दफा ४ बमोजिम सपुर्दगी गर्न सकिने कसुरसँग सम्बन्धित हो वा होइन, (ङ) फरार अभियुक्त वा कसुरदार दफा ५ बमोजिम सपुर्दगी गर्न इन्कार गर्न सकिने हो वा होइन, (च) फरार अभियुक्त वा कसुरदारलाई माग गर्ने राज्यको अनुरोध बमोजिम सपुर्दगी गर्न सकिने हो वा होइन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फरार अभियुक्त वा कसुरदारलाई सपुर्दगी गर्न सकिने वा नसकिने सम्बन्धमा आदेश गर्नु अघि जिल्ला अदालतले त्यस्तो अभियुक्त वा कसुरदारको भनाई र सो कसुरसँग सम्बन्धित थप प्रमाण बुझ्न सक्नेछ । (३) उपदफा (१) वा (२) बमोजिम बुझिएको तथा माग गर्ने राज्यले पेश गरेको विवरण, कागजात तथा प्रमाणबाट फरार अभियुक्त वा कसुरदारलाई यस ऐन बमोजिम सपुर्दगी गर्न सकिने thể देखिएमा जिल्ला अदालतले सपुर्दगी गर्ने आदेश गर्नु पर्नेछ । (४) उपदफा (३) बमोजिम आदेश गर्दा फरार अभियुक्त वा कसुरदार थुनामा रहेको भए सपुर्दगी सम्बन्धी काम पूरा नभएसम्मको लागि त्यस्तो फरार अभियुक्त वा कसुरदारलाई बढीमा पैंतालीस दिनसम्म थुनामा राख्ने आदेश दिनु पर्नेछ । (५) यस ऐन बमोजिम माग गर्ने राज्यले पेश गरेको विवरण, कागजात तथा प्रमाणबाट फरार अभियुक्त वा कसुरदारलाई सपुर्दगी गर्न सकिने नभए देखिएमा सम्बन्धित
जिल्ला अदालतले त्यस्तो अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्न नसकिने आदेश गर्नु पर्नेछ । (६) उपदफा (५) बमोजिम आदेश गर्दा फरार अभियुक्त वा कसूरदार थुनामा रहेको भए निजलाई थुनाबाट मुक्त गर्ने आदेश समेत दिनु पर्नेछ । (७) यस दफा बमोजिम फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्न सकिने वा नसकिने सम्बन्धमा दिएको आदेशको जानकारी जिल्ला अदालतले सम्बन्धित जिल्ला सरकारी वकील मार्फत प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ । (८) उपदफा (७) बमोजिम प्राप्त आदेशको जानकारी प्रमुख जिल्ला अधिकारीले अक्वलम्ब मन्त्रालयलाई दिनु पर्नेछ ।
१५. सुपुर्दगी गर्नु पर्नेः (१) दफा १४ को उपदफा (८) बमोजिम फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्न सकिने आदेशको जानकारी प्राप्त भएमा त्यस्तो जानकारी प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयले कूटनैमिक माध्यम मार्फत माग गर्ने राज्यलाई सोको जानकारी देई तीस दिनभित्र त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्ने व्यवस्था मिलाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम सुपुर्दगी गर्ने व्यवस्था मिलाउँदा मन्त्रालयले फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्ने स्थान, मिति र समय निर्धारण गरी सोको जानकारी माग गर्ने राज्यलाई दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम जानकारी गराइएको स्थान, मिति र समयमा फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्न नसकिने कुनै कारण भई सुपुर्दगी गर्न नसकिने भएमा मन्त्रालयले तुरुन्त सुपुर्दगी गर्ने अर्को मिति, समय र स्थान निर्धारण गरी माग गर्ने राज्यलाई जानकारी गराउनु पर्नेछ ।
१६. सुपुर्दगी गर्न नसकिने कुराको जानकारी गराउनु पर्नेः (१) दफा १४ को उपदफा (८) बमोजिम फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्न नसकिने आदेशको जानकारी प्राप्त भएमा मन्त्रालयले तीन दिनभित्र कूटनैमिक माध्यम मार्फत माग गर्ने राज्यलाई सोही व्यहोराको जानकारी गराउनु पर्नेछ । (२) फरार अभियुक्त वा कसूरदार नेपाली नागरिक भएको कारणबाट सुपुर्दगी गर्न नसकिने भएमा त्यस्तो अभियुक्त वा कसूरदारलाई कानून बमोजिम कारबाही चलाइने व्यहोराको जानकारी मन्त्रालयले कूटनैमिक माध्यम मार्फत माग गर्ने राज्यलाई गराउनु पर्नेछ ।
१७. कानून बमोजिम कारबाही चलाउनु पर्नेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १४ को उपदफा (५) वा दफा १६ को उपदफा (२) बमोजिम कुनै फरार अभियुक्त वा कसूरदारलाई सुपुर्दगी गर्न नसकिने भएमा जुन कसूरका सम्बन्धमा सुपुर्दगीको माग गरिएको हो त्यस्तो कसूर नेपाल कानून बमोजिम पनि कसूर मानिने रहे छ भने मन्त्रालयले त्यस्तो अभियुक्त उपर कानून बमोजिम कारबाही चलाउनु पर्नेछ । (२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम फरार अभियुक्त उपर कारबाही चलाउनु पर्ने भएमा सम्बन्धित जिल्ला सरकारी वकीलले अदालत वा अन्य सक्षम निकाय समक्ष मुद्दा दायर गर्नु पर्नेछ । (३) उपदफा (१) बमोजिम फरार कसूरदार उपर कारबाही चलाउँदा त्यस्तो कसूरदार माग गर्ने राज्यको अदालत वा अन्य सक्षम निकायबाट कसूरदार ठहर भइसकेको भए प्रचलित कानून बमोजिम सजायको कार्यान्वयन गरिनेछ । (४) यस दफा बमोजिम फरार अभियुक्त वा कसूरदारका सम्बन्धमा अदालत वा अन्य सक्षम निकायले गरेको फैसला तथा भएको सजायको जानकारी मन्त्रालयले माग गर्ने राज्यलाई गराउनु पर्नेछ ।
१८. बुझी नलिए थुनाबाट मुक्त गर्नेः दफा १४ को उपदफा (४) बमोजिम जिल्ला अदालतको आदेशुले थुनामा रहेको अभियुक्त वा कसूरदारलाई बुझिमालिनको लागि नेपाल सरकारले सूचना दिएको ममिले तीस दिनभित्र माग गर्ने राज्यले बुझी नलिएमा अदालतिले अन्यथा आदेश दिएकोमा बाहेक त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई मन्त्रालयले थुनाबाट मुक्त गर्नु पर्नेछ ।
१९. एकभन्दा बढी राज्यबाट सपुर्दगीको माग भएमाः एउटै फरार अभियुक्त वा कसूरदारका सम्बन्धमा एकभन्दा बढी राज्यले सपुर्दगीको माग गरेकोमा दफा १४ को उपदफा (३) बमोजिम जिल्ला अदालतिले सपुर्दगी गर्न सकिने गरी आदेश गरेमा नेपाल सरकारले सबैभन्दा पहिले माग गर्ने राज्यलाई त्यस्तो अभियुक्त वा कसूरदार सपुर्दगी गर्न सक्नेछ।
२०. विदेशी राज्यसँग सपुर्दगीको लागि माग गर्नेः (१) नेपालभित्र कुनै कसूरको अभियोग लागेको वा कसूर गरेको ठहरिएको कुनै व्यक्ति भागी कुनै विदेशी राज्यको अधिकार क्षेत्रभित्रको कुनै इलाकामा बसेको रहे छ वा तेस्रो मुलुकमा जाने क्रममा सो राज्यको पारवहनमा रहे छ भने त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्नको लागि मन्त्रालयले कूटनैमिक माध्यम मार्फत सम्बन्धित विदेशी राज्यलाई अनुरोध गर्नु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल पक्राउ गरी नियन्त्रणमा नलिएमा फरार अभियुक्त वा कसूरदार भागी बेपत्ता हुने सम्भावना भएमा
त्यस्तो फरार अभियुक्त वा कसुरदारलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिन मन्त्रालयले सोझै विदेशी राज्य समक्ष अनुरोध गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम अनुरोध गर्दा फरार अभियुक्तको हकमा प्रथम दृष्टिमा नै अभियुक्त देखिने प्रमाण र कसुरदारको हकमा अदालत वा अन्य सक्षम निकायले गरेको फैसला समेत संलग्न गर्नु पर्नेछ । (४) उपदफा (३) बमोजिमको प्रमाण र फैसलाको आधारमा फरार अभियुक्त वा कसुरदार सम्बन्धि विदेशी राज्यबाट पक्राउ गरिएकोमा पक्राउ परेको जानकारी प्राप्त भएको मितिले सात दिनभित्र यथाशक्य छिटो त्यस्तो फरार अभियुक्त वा कसुरदारलाई सपुर्दगीको लागि मन्त्रालयले कूटनीतिक माध्यम मार्फत सम्बन्धित राज्य समक्ष अनुरोध गर्नु पर्नेछ । (५) उपदफा (१) बमोजिम सपुर्दगीको लागि अनुरोध गर्दा दफा ८ बमोजिम खुलाउनु पर्ने तथा संलग्न गर्नु पर्ने विवरण र कागजात खुलाउनु तथा संलग्न गर्नु पर्नेछ।
२१. सपुर्दगी सम्बन्धमा लागू हुने विशेष व्यवस्थाः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सपुर्दगीको लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसुरको सम्बन्धमा कारबाही चलाउने बाहेक फरार अभियुक्त वा कसुरदारलाई अन्य कुनै कसुरमा अभियोग लगाउन वा सजाय गर्नु पाइने छैन । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सपुर्दगीका लागि अनुरोध गर्दाका बखत उल्लेख गरिएको कसुरसँग सम्बन्धि सानो प्रकृतिको अन्य कसुरमा समेत कारबाही चलाउनु परेमा नेपाल सरकारको सहमति माग गर्ने राज्यले त्यस्ता अभियुक्त वा कसुरदारको विरुद्धमा कारबाही चलाउन सक्नेछ ।
२२. कसुरसँग सम्बन्धि सम्पत्ति फिर्ता गर्नु पर्नेः (१) फरार अभियुक्त वा कसुरदार सपुर्दगी गर्दा त्यस्तो अभियुक्त वा कसुरदारलाई नेपालमा पक्राउ गर्दाका बखत नियन्त्रणमा लिएको कसुरसँग सम्बन्धि सम्पत्ति र सोबाट आर्जित अन्य सम्पत्ति नेपाल सरकारले माग गर्ने राज्यलाई फिर्ता गर्न सक्नेछ । तर अन्य कसैको हक, दाबी वा अन्य कुनै पनि किसिमको दायित्व कायम हुने देखिएको सम्पत्ति फिर्ता गर्ने छैन । (२) नेपाल सरकारले माग गर्ने राज्यलाई सपुर्दगी गरेको फरार अभियुक्त वा कसुरदारको कसुरसँग सम्बन्धि अचल सम्पत्तिको हकमा सम्बन्धित सक्षम अदालतबाट जफत हुने ठहर भएमा त्यस्तो सम्पत्ति फिर्ता गर्ने कारबाही हुनेछ ।
(३) यस दफा बमोजिम फिर्ता गर्नु पर्ने सम्पत्ति नगद बाहेक अन्य कुनै रुपमा रहेको भएमा त्यसलाई प्रचलित बजार मूल्यमा बिक्री गरी नगदीमा फिर्ता गरिनेछ । तर कसूरसँगै दृश प्रमाणको रुपमा पेश हुने वा माग गर्ने राज्यले जिन्सीमा नै फिर्ता गर्नद माग गरेको सम्पत्ति जिन्सीमा नै फिर्ता गरिनेछ ।
२३. माग गर्ने राज्यले खर्च व्यहोर्नु पर्नेः (१) सपुर्दगीका सम्बन्धमा लागेको खर्च माग गर्ने राज्यले व्यहोर्नु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालती कारबाहीका सम्बन्धमा लाग्ने खर्च माग गर्ने राज्यले व्यहोर्नु पर्ने छैन ।
२४. सपुर्दगी भई आएको अभियुक्त वा कसूरदार उपर कारबाहीः (१) नेपाल सरकारको अनुरोधमा कुनै विदेशी राज्यबाट सपुर्दगी भई आएको फरार अभियुक्त वा कसूरदारलाई प्रचलित कानून बमोजिम कारबाही चलाउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम कारबाही चलाइएको व्यहोराको जानकारी नेपाल सरकारले त्यस्तो विदेशी राज्यलाई दिनु पर्नेछ ।
२५. पुनः सपुर्दगी गर्न नहुनेः सपुर्दगी भएको कुनै फरार अभियुक्त वा कसूरदारलाई अन्य कुनै तेस्रो राज्यमा सपुर्दगी गर्न हुँदैन ।
२६. प्रमाण सम्बन्धी विशेष व्यवस्थाः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम कारबाही चलाइएको सपुर्दगी गर्न सकिने कसूरको मुद्दाको सम्बन्धमा माग गर्ने राज्यबाट प्राप्त हुन आएको सबूत प्रमाण तथा लिखतहरु अदालतले प्रमाणमा लिन सक्नेछ ।
२७. संक्षिप्त कार्यविधि अपनाउनु पर्नेः यस ऐन बमोजिम फरार अभियुक्त वा कसूरदारको सपुर्दगी सम्बन्धी कारबाही गर्दा सम्बन्धित अदालतले संक्षिप्त कार्यविधि सम्बन्धी प्रचलित कानून बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
२८. कानूनी सहायता उपलब्ध गराउनेः फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्ने प्रयोजनको लागि अदालतले कारबाही चलाउँदा त्यस्तो अभियुक्त वा कसूरदारले कानून व्यवसायी नियुक्त गर्न असमर्थ भएमा र त्यस्तो फरार अभियुक्त वा कसूरदारले चाहेमा अदालतले वैयक्तिक कानून व्यवसायीको सुविधा उपलब्ध गराउन सक्नेछ ।
२९. बाधा अड्काउ फुकाउने अधिकारः यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ उत्पन्न भएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।
३०. खारेजी र बचाउः (१) सपुर्दगी ऐन, २०४५ खारेज गरिएकोछ ।
(२) यो ऐन प्रारम्भ हुनु अघि सुपुर्दगीको कारवाही शुरु भइसकेको अवस्थामा सुपुर्दगी ऐन, २०४५ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।