प्रधानमन्त्री सहायता कोष नियमावली, २०५९
नेपाल राजपत्रमा प्रकाशित मिति २०५९।०१।३०
संशोधन प्रधानमन्त्री सहायता कोष (पहिलो संशोधन) नियमावली, २०६१ २०६१।०६।२८
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “प्रधानमन्त्री सहायता कोष नियमावली, २०५९” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको प्रधानमन्त्री सहायता कोष सम्झनुपर्छ । (ख) $\delta$ .............................
३. कोषको स्थापनाः (१) प्रधानमन्त्री सहायता कोष नामको एक कोषको स्थापना गरिएको छ । (२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् । (क) नेपाल सरकारबाट प्राप्त रकम, (ख) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
$\delta$ पहिलो संशोधनद्वारा खारेज गरिएको ।
(३) कोषलाई आवर्ती कोष (रिवल्भिङ फण्ड) को रूपमा सञ्चालन गरिनेछ ।
४. कोषको प्रयोगः (१) कोषमा जम्मा भएको रकम देहाय बमोजिमको कार्यमा खर्च गरिनेछः–
(क) गम्भीर बिरामी भई औषधोपचार गराउन नसक्ने अवस्थाका राष्ट्रिय जीवनका ख्याति प्राप्त व्यक्तिको औषधोपचारमा सहयोग गर्ने ,
(ख) आर्थिक अवस्था दयनीय भएका व्यक्ति बिरामी परी औषधोपचारका लागि अस्पताल ल्याउँदा र अस्पतालबाट लैजाँदा सहयोग गर्ने ,
(ग) दैवी प्रकोप वा दुर्घटनामा पर्नेहरूलाई उद्धार गर्ने, सद्गत वा काजकिय खर्च वापत मृतकका आफन्तलाई सहयोग गर्ने,
(घ) आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना भएका सामाजिक संघ संस्थाहरूलाई कुनै विशेष कार्यक्रम सञ्चालन गर्ने सहयोग गर्ने ,
(ङ) कमजोर आर्थिक अवस्था भएकालाई सहयोग गर्ने ।
(२) उपनियम (१) बमोजिम कोषबाट खर्च गरिने सहयोग रकम प्रधानमन्त्रीले तोके बमोजिम हुनेछ ।
५. कोषको रकम उपलब्ध गराउनेः (१) नियम ४ बमोजिमको आर्थिक सहयोगको रकम प्रधानमन्त्रीले तोके बमोजिम उपलब्ध गराइनेछ ।
६. कोषको व्यवस्था र सञ्चालनः (१) यस नियमावली बमोजिम कोषको नाममा प्राप्त हुन आउने रकम जम्मा गर्न नेपाल राष्ट्र बैंकमा एउटा खाता खोलिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाताको सञ्चालन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन प्रमुख र लेखा अधिकृतको संयुक्त दस्तखतबाट हुनेछ ।
७. * ......................
८. लेखा र लेखापरीक्षण: (१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिने छ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
९. * ......................
१०. * ......................
* पहिलो संशोधनद्वारा खारेज । द्रष्टव्य:– केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्त्तर भएका शब्दहरु:– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।