प्रहरी नियमावली, २०७१
राजपत्रमा प्रकाशित मिति २०७१।०१।०८
संशोधन १. प्रहरी (पहिलो संशोधन) नियमावली, २०७१ २०७१।०१।२४ २. प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७१ २०७१।०५।१६ ३. प्रहरी (तेस्रो संशोधन) नियमावली, २०७२ २०७२।१०।११ ४. प्रहरी (चौथो संशोधन) नियमावली, २०७३ २०७३।११।०२ ५. प्रहरी (पाँचौँ संशोधन) नियमावली, २०७५ २०७५।०६।११ ६. प्रहरी (छैटौँ संशोधन) नियमावली, २०७५ २०७५।१०।१४ ७. प्रहरी (सातौँ संशोधन) नियमावली, २०७६ २०७६।०६।१३ ८. प्रहरी (आठौँ संशोधन) नियमावली, २०७७ २०७७।०६।१९ ९. प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ २०७८।१०।०३ १०. प्रहरी (दशौँ संशोधन) नियमावली, २०७८ २०७८।१२।१०
प्रहरी ऐन, २०१२ को दफा ३९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।
परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “प्रहरी नियमावली, २०७१” रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अमर प्रहरी” भन्नाले आतङ्ककारी घटना वा विष्फोटन वा सशस्त्र मुठभेडबाट भएको आक्रमण वा आतङ्ककारी विरुद्धको प्रहरी कारबाहीमा वा अन्य विशेष अवस्था परी जोखिमपूर्ण र चुनौतीपूर्ण काममा खटिएको समयमा कुनै आकस्मिक दुर्घटनामा परी वा लडी वा कुनै प्रकारको हतियारको चोटबाट वीरगति प्राप्त प्रहरी कर्मचारी सम्झिनु पर्छ।
(ख) “ऐन” भन्नाले प्रहरी ऐन, २०१२ सम्झिनु पर्छ।
(ग) “कल्याण कोष” भन्नाले नियम १९४ बमोजिमको प्रहरी कल्याण कोष सम्झिनु पर्छ।
(घ) “कार्यकारी निर्देशक” भन्नाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख सम्झिनु पर्छ।
(ङ) “कार्यालय” भन्नाले नियम ८ बमोजिमको कार्यालय सम्झिनु पर्छ।
(च) “गणप्रमुख” भन्नाले केन्द्रीय वा क्षेत्रीयस्तरका सशस्त्र तथा दङ्गा नियन्त्रण प्रहरी गणको प्रमुख सम्झिनु पर्छ।
(छ) “जनपद प्रहरी समूह” भन्नाले नियम ३ बमोजिमको जनपद प्रहरी समूह सम्झिनु पर्छ।
(ज) “निदेशक” भन्नाले प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेका निदेशनालय वा ब्यूरोको प्रमुख सम्झिनु पर्छ।
(झ) “पदपूर्ति समिति” भन्नाले नियम १० बमोजिमको पदपूर्ति समिति सम्झिनु पर्छ।
(ञ) “प्रशिक्षार्थी प्रहरी कर्मचारी” भन्नाले आधारभूत तालीमरत प्रहरी कर्मचारी सम्झिनु पर्छ।
(ट) “प्रहरी अतिरिक्त आयुक्त” भन्नाले महानगरीय प्रहरी अन्तर्गत कार्यरत प्रहरी नायब महानिरीक्षक सम्झिनु पर्छ।
(ठ) “प्रहरी आयुक्त” भन्नाले महानगरीय प्रहरी कार्यालयको प्रमुख सम्झिनु पर्छ।
(ड) “प्रहरी कार्यालय सहयोगी” भन्नाले श्रेणीविहीन प्रहरी कर्मचारी सम्झिनु पर्छ।
(ढ) “प्रहरी परिवार” भन्नाले प्रहरी कर्मचारीसँग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहित महिला प्रहरी कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिला प्रहरी कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउँछ।
(ण) “प्रहरी प्राविधिक कर्मचारी” भन्नाले प्रहरी प्राविधिक समूहमा कार्यरत प्रहरी कर्मचारी सम्झनु पर्छ।
(त) “प्राविधिक प्रहरी समूह” भन्नाले नियम ३ बमोजिमको प्राविधिक प्रहरी समूह सम्झनु पर्छ।
(थ) “प्रहरी महानिरीक्षक” भन्नाले प्रहरी प्रधान कार्यालयको प्रमुख सम्झनु पर्छ।
(द) “प्रहरी सहआयुक्त” भन्नाले महानगरीय प्रहरी परिसरको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सम्झनु पर्छ।
(ध) “प्रहरी सेवा” भन्नाले ऐनको दफा ३ बमोजिम गठित प्रहरी फोर्स अन्तर्गत गठित भएको प्रहरी सेवा सम्झनु पर्छ।
(न) “मन्त्रालय” भन्नाले नेपाल सरकार, गृह मन्त्रालय सम्झनु पर्छ।
(प) “विभाग” भन्नाले प्रहरी महानिरीक्षकबाट तोकिए बमोजिमको कार्यसम्पादनका लागि गठित भएका प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानवस्रोत विकास विभाग सम्झनु पर्छ र सो शब्दले आवश्यकता अनुसार गठन हुने अन्य विभाग समेतलाई जनाउँछ।
(फ) “प्रहरी सङ्गठन” भन्नाले प्रहरी प्रधान कार्यालय र सो मातहत रहेका सम्पूर्ण कार्यालयहरू तथा सो कार्यालयमा कार्यरत सम्पूर्ण जनशक्ति समेतको नेपाल प्रहरीको समष्टिगत संरचनालाई जनाउँदछ।
(ब) “समादेशक” भन्नाले महानगरीय प्रहरी विद्यालय तथा क्षेत्रीय प्रहरी तालीम केन्द्रको प्रमुख सम्झनु पर्छ।
(भ) “स्थायी आवासीय अनुमति” भन्नाले विदेशी मुलुकले कुनै सर्त तोकी वा नतोकी सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट भिसा (डि.इ.), परमानेन्ट रेजिडेन्ट भिसा (पि.आर.), वा ग्रीन कार्डभनी सम्झनु पर्छ र सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ।
परिच्छेद–२ प्रहरी सेवामा रहने समूह, श्रेणी, पद र कार्यालय सम्बन्धी व्यवस्था
३. प्रहरी सेवामा रहने समूहः (१) प्रहरी सेवामा देहाय बमोजिमका समूहहरू रहने छन्ः– (क) जनपद प्रहरी समूह। (ख) प्राविधिक प्रहरी समूह। (२) उपनियम (१) को खण्ड (ख) बमोजिमको समूहमा अनुसूची-१ मा उल्लेख भए बमोजिमका उपसमूह रहनेछन्।
४. श्रेणी र पदः (१) प्रहरी सेवामा देहायका श्रेणीहरू हुने छन्ः– (क) राजपत्राङ्कित। (ख) राजपत्र अनङ्कित। (२) राजपत्राङ्कित श्रेणीमा देहायका पदहरू रहने छन्ः– (क) विशिष्ट श्रेणी – प्रहरी महानिरीक्षक – प्रहरी अतिरिक्त महानिरीक्षक (ख) प्रथम श्रेणी – प्रहरी नायब महानिरीक्षक – प्रहरी वरिष्ठ उपरीक्षक (ग) द्वितीय श्रेणी – प्रहरी उपरीक्षक – प्रहरी नायब उपरीक्षक
(घ) तृतीय श्रेणी — प्रहरी निरीक्षक
(३) राजपत्र अनङ्कित श्रेणीमा देहायका पदहरू रहने छन्ः—
(क) प्रथम श्रेणी — प्रहरी वरिष्ठ नायब निरीक्षक — प्रहरी नायब निरीक्षक (ख) द्वितीय श्रेणी — प्रहरी सहायक निरीक्षक (ग) तृतीय श्रेणी — प्रहरी वरिष्ठ हवल्दार — प्रहरी हवल्दार — प्रहरी सहायक हवल्दार (घ) चतुर्थ श्रेणी — प्रहरी जवान (ङ) श्रेणी विहीन — प्रहरी कार्यालय सहयोगी वा सो सरह
५. सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र पद दर्ताः (१) प्रहरी प्रधान कार्यालयले मन्त्रालयबाट स्वीकृति लिई प्रहरी सङ्गठिनित्र कुनै नयाँ कार्यालय स्थापना गर्नको लागि सङ्गठन संरचना तयार गर्दा, नयाँ दरबन्दी सिर्जना वा तत्काल कायम रहेको सङ्गठन संरचना र दरबन्दीमा हेरफेर गर्दा कार्यक्रम, कार्य बोझन, आर्थिक तथा अन्य दायित्व, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध मानवस्रोत, लागत प्रभावको विश्लेषण तथा नवीन प्रविधिको अवलम्बन गरी कारण र औचित्य समेतको आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पर्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि देहाय बमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति रहनेछः—
(क) सहसचिव, मन्त्रालय — अध्यक्ष (ख) प्रहरी नायब महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक, अन्वेषण तथा योजना निर्देशनालय, प्रहरी प्रधान कार्यालय— सदस्य (ग) अधिकृत प्रतिनिधि, सामान्य प्रशासन मन्त्रालय — सदस्य (घ) अधिकृत प्रतिनिधि, अर्थ मन्त्रालय — सदस्य (ङ) प्रहरी महानिरीक्षकले तोकेको राजपत्रअङ्कित प्रहरी कर्मचारी — सदस्य सचिव
(३) उपनियम (२) बमोजिम समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको मूल्याङ्कन गरी मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई दरबन्दी सिर्जना वा खारेज गर्ने स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ।
(४) प्रहरी प्रधान कार्यालयले यस नियम बमोजिम सङ्गठनको स्वरूप तयार गरे, सङ्गठन संरचना वा दरबन्दीमा हेरफेर वा नयाँ दरबन्दी सृजना वा खारेज गर्ने स्वीकृति प्राप्त भएको मितिले पन्ध्र दिनभित्र दर्ताको लागि प्रहरी कितावखानामा लेखी पठाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम विवरण प्राप्त भएपछि प्रहरी कितावखानाले विवरण अद्यावधिक गरी सो को जानकारी सात दिनभित्र प्रहरी प्रधान कार्यालय र मन्त्रालयलाई पठाउनु पर्नेछ।
(६) यो उपनियम प्रारम्भ भएपछि पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दारको दरबन्दी कायम गर्दा यो उपनियम प्रारम्भ हुँदाका बखत कायम रहेको देहायको पदको दरबन्दीमा नबढ्ने गरी यस नियमको प्रक्रिया पूरा गरी देहायका पदको दरबन्दी कायम गरिनेछ:- (क) प्रहरी नायब निरीक्षक पदको दरबन्दीमा नबढ्ने गरी प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पद, (ख) प्रहरी हवल्दार पदको दरबन्दीमा नबढ्ने गरी प्रहरी वरिष्ठ हवल्दार र प्रहरी हवल्दार पद, (ग) प्रहरी जवान पदको दरबन्दीमा नबढ्ने गरी प्रहरी सहायक हवल्दार र प्रहरी जवान पद।
६. पदपूर्ति गर्ने नहुनेः प्रहरी कितावखानमा दर्ता नगरी प्रहरी सेवाको कुनै पनि पद पूर्ति गरिने छैन।
७. प्रहरी महानिरीक्षक प्रहरी सङ्गठनको प्रमुख रहनेः प्रहरी महानिरीक्षक नेपाल प्रहरीको सङ्गठन प्रमुखको रूपमा रहनेछ र निजले ऐन, यस नियमावली र अन्य प्रचलित कानूनको अधीन तथा मन्त्रालयको प्रत्यक्ष निर्देशन, नियन्त्रणमा रही प्रहरी प्रशासनको प्रमुखको रूपमा कार्य सम्पादन गर्नेछ।
८. कार्यालय र कार्यालय प्रमुख सम्बन्धी व्यवस्थाः मन्त्रालय मातहत प्रहरी प्रधान कार्यालय र सो अन्तर्गत नियम ५ को अधीनमा रही नेपाल सरकारले आवश्यकता अनुसार स्थापना गरेका प्रहरी कार्यालय, कार्यालय प्रमुख र कार्यालयहरूको आदेशको श्रृङ्खला (चेन अफ कमान्ड) सम्बन्धी विवरण अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ।
परिच्छेद–३ पदपूर्ति सम्बन्धी व्यवस्था
९. प्रहरी सेवाको पदपूर्तिः (१) प्रहरी सेवाको देहायको पदमा देहाय बमोजिम पूर्ति गरिनेछः–
(२) उपनियम (१) को खण्ड (ग) वा (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूहतर्फ प्रहरी हवल्दार वा प्रहरी नायब निरीक्षक पदमा बढुवाद्वारा पूर्ति हुन सक्ने अवस्था नभएमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न सकिनेछ।
(३) उपनियम (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूहको स्वास्थ्यतर्फको प्रहरी नायब उपरीक्षकको दरबन्दी सिर्जना
$\nabla$ नवौं संशोधनद्वारा थप।
हुँदाका बखत विशेष शैक्षिक योग्यता तोकिएको र बढुवाद्वारा त्यस्तो पद पूर्ति हुन सक्ने अवस्था नभएमा त्यस्तो पद खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्न सकिनेछ।
सामाजीक रूपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलित समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
महिला, आदिवासी/जनजाति, मधेसी र दलित समुदायलाई आर्थिक तथा सामाजिक रूपमा पछाडि परेको समुदाय मानिनेछ।
(७) उपनियम (५) बमोजिम छुट्याइएका पदका लागि पेश गर्दा देहाय बमोजिमका प्रमाण संलग्न गर्नु पर्नेछ:–
(क) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी/जनजाति भनी प्रमाणित भएको,
(ख) दलितका लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको,
(ग) मधेसिका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकिएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाण संलग्न हुनु पर्नेछ।
(घ) पिछडिएको क्षेत्रका लागि उपनियम (५) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट दरखास्त पेश गर्दाथका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भन्ने प्रमाणित गरिएको।
(८) उपनियम (५) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिनिधिभन्दा कम घताङ्क (फ्र्याक्सन) आएमा त्यस्तो घताङ्क जुन समुदायको हकमा आएको हो सोभन्दा लगत्तै पछिल्लो समूहमा सदै जानेछ।
(९) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खुला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पद मध्ये यस नियमावली बमोजिमको न्यूनतम योग्यता पुगेका अमर प्रहरी वा चुनौतीपूर्ण जिम्मेवारी निर्वाहको क्रममा अशक्त भएको प्रहरी कर्मचारीको परिवारको सदस्य मध्येबाट दुई प्रतिशत पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ।
(१०) उपनियम (९) को प्रयोजनको लागि प्रतिशत निर्धारण गर्दा शून्य दशमलव पाँच भन्दा कम घताङ्क (फ्र्याक्सन) आएमा त्यस्तो घताङ्कलाई खुल्लाद्वारा पूरित हुने पदमा समावेश गरिन्छ।
(११) उपनियम (५) वा (९) बमोजिम छुट्याइएको पदमा कुनै दरखास्त नपरेमा वा आवश्यक संख्यामा उम्मेदवार उत्तीर्ण हुन नसिकी पदपूर्ति हुन नसकेमा त्यस्तो पद सोही वर्ष खुल्ला प्रतियोगिताद्वारा पूरित हुने पदमा समावेश गरिन्छ।
(१२) प्रहरी सेवाको रिक्त पद र बढुवाद्वारा रिक्त हुने पद पूर्तिको लागि पदपूर्ति समितिले यस नियम बमोजिम प्रतिशत निर्धारण गर्नेछ।
(१३) उपनियम (१२) बमोजिम बढुवाद्वारा पूर्ति गर्दा छुट्याइएको पद पूर्ति गर्ने प्रयोजनको लागि पदपूर्ति समितिले नियम ४३ बमोजिमको सम्बन्धित बढुवा समितिको सचिवालयलाई लेखी पठाउनु पर्नेछ।
१०. पदपूर्ति समितिको गठन: (१) प्रहरी सेवाको पदमा खुल्ला प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिका लागि अख्तियारवाला समक्ष सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति गठन हुनेछः–
(क) लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य — अध्यक्ष (ख) सचिव, मन्त्रालय — सदस्य (ग) प्रहरी महानिरीक्षक — सदस्य (घ) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक — सदस्य–सचिव
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी निरीक्षकभन्दा तल्लो पदमा उपयुक्त उम्मेदवार छनौट गरी नियुक्तिका लागि अख्तियारवाला समक्ष सिफारिस गर्न लोक सेवा आयोग र मन्त्रालयको प्रतिनिधि समेत रहने गरी पदपूर्ति समितिले आवश्यकता अनुसार बढीमा पाँच सदस्य रहेको छुट्टाछुट्टै पदपूर्ति उपसमिति गठन गरी आफूमा रहेको अधिकार सुम्पिन सक्नेछ।
(३) पदपूर्ति समिति वा उपनियम (२) बमोजिमको पदपूर्ति उपसमितिले उम्मेदवार छनौटको लागि आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ।
११. पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार: (१) पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) नियम ९ बमोजिम पदपूर्तिका लागि प्रतिशत निर्धारण गर्ने, (ख) खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदको पाठ्यक्रम निर्धारण गर्ने, (ग) पदपूर्ति कार्यतालिका बनाउने, (घ) परीक्षाको किसिम तोक्ने, (ङ) पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने, (च) परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने, (छ) नियुक्तिको लागि सिफारिस गर्ने, (ज) लोक सेवा आयोगबाट स्वीकृत प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्तमा पदपूर्ति समितिले गर्ने भनी तोकेका पदपूर्तिसँग सम्बन्धित आवश्यक अन्य कार्य गर्ने।
(२) पदपूर्ति समितिले प्रहरी सेवाको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार कार्यविधि बनाई लागू गर्न सक्नेछ।
(३) पदपूर्ति समितिले तोकेको अधिकृत प्रतिनिधिको रोहबरमा शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा लिनु पर्नेछ। सो परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको प्राप्ताङ्क सिलबन्दी गरी राख्नु पर्नेछ। यसरी सिलबन्दी गरी राखिएको प्राप्ताङ्क पदपूर्ति समिति वा पदपूर्ति समितिले तोकेको अन्य उपसमितिले अन्तिम नतिजा प्रकाशन गर्दा मात्र खोली अङ्क गणना गर्नु पर्नेछ।
१२. न्यूनतम योग्यता: प्रहरी सेवाका विभिन्न समूहका पदमा खुला प्रतियोगिताद्वारा पूर्तिकी लागि चाहिने न्यूनतम योग्यता अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ।
१३. विज्ञापन प्रकाशन: (१) पदपूर्ति समितिले पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्दा नेपालभर प्रचारप्रसार हुन सक्ने गरी राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा तीस दिनको म्याद दिई देहायको विषय समेत खुलाई प्रतियोगिताका लागि विज्ञापन प्रकाशन गर्नु पर्नेछ:–
(क) पदको नाम, (ख) आवश्यक संख्या (खुल्ला र समावेशी अलग अलग देखिने गरी), (ग) दरखास्त दिने म्याद र स्थान, (घ) दरखास्त दस्तुर, (ङ) परीक्षा दस्तुर, (च) आवश्यक न्यूनतम शैक्षिक योग्यता, (छ) पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू, (ज) सम्पर्क मिति र स्थान, (झ) परीक्षाको तरिका, (ञ) अन्य सर्तहरू।
(२) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उम्मेदवार हुन चाहने व्यक्तिले एउटै पदको समावेशी तथा खुल्लातर्फ दरखास्त दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम दरखास्त पेश गर्ने व्यक्तिले प्रत्येक थप खुल्ला तथा समावेशी समूहको पदका लागि लाग्ने परीक्षा दस्तुरको थप बीस प्रतिशत रकम दस्तुर बुझाउनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा उम्मेदवार हुन चाहने व्यक्तिले खुल्ला प्रतियोगितात्मक परीक्षद्वारा पूर्ति हुने पदका लागि निर्धारित दरखास्त फाराम भरी परीक्षा दस्तुरसहित विज्ञापनमा तोकिएको स्थान र समयमा बुझाउनु पर्नेछ।
(५) पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा अगाडि सो पदपूर्ति समितिले
सार्वजनिक रुपमा सूचना प्रकाशन गरी सोही विज्ञापनमा सो संख्यासमेत थप गर्न सकिनेछ।
१४. दरखास्त फाराम र प्रवेशपत्रको ढाँचाः (१) उम्मेदवारको दरखास्त फाराम र प्रवेशपत्रको ढाँचा अनुसूची–४ र अनुसूची–५ बमोजिम हुनेछ।
(२) उम्मेदवारले कारणवश प्रवेशपत्र हराएको भनी निवेदन पेश गरेमा पदपूर्ति समितिले तोकेको दस्तुर लिई प्रवेशपत्रको प्रतिलिपि उपलब्ध गराई परीक्षामा सामेल हुन अनुमति दिन सकिनेछ।
१५. लिखित परीक्षाको नतिजा प्रकाशनः (१) पदपूर्ति समितिले यस नियमावली बमोजिम लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा उम्मेदवारको रोल नम्बर, नाम र थर समेत उल्लेख गरी वर्णानुक्रमको आधारमा उत्तीर्णांक प्राप्त गरेका उम्मेदवारहरु मध्येबाट देहाय बमोजिमको संख्या थप गरी नतिजा प्रकाशन गर्नु पर्नेछः–
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रयोगात्मक परीक्षा हुने पदमा लिखित परीक्षाबाट प्रयोगात्मक परीक्षाका लागि छनौट गर्दा पद पूर्ति गर्नु पर्ने पद संख्या १ देखि ५ सम्म भएमा थप ५ जना उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
$\text{---}$ पाँचौ संशोधनद्वारा संशोधित।
पद पूर्ति गर्नु पर्ने संख्या ६ वा सो भन्दा बढी भएमा सो पद संख्याको दोब्बर संख्यामा उम्मेदवारको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ।
(३) समान तहका भिन्न भिन्न विज्ञापन बमोजिमको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा नतिजामा नाम समावेश भएकामध्ये जति जना उम्मेदवारको नाम त्यसपछि प्रकाशन हुने पदको नतिजामा समावेश भएको छ, त्यतिकाै संख्यामा थप उम्मेदवारहरूको नाम समावेश गरी नतिजा प्रकाशन गर्नु पर्नेछ।
(३क) उम्मेदवारले लिखित परीक्षामा प्राप्त गरेको अङ्क दोस्रो संकेत नम्बर अनुसार अभिलेख राखी वर्णानुक्रम अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गर्नु पर्नेछ।
(४) उपनियम (१), (२) वा (३) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तिम प्राप्ताङ्क समान भएका उम्मेदवार एकभन्दा बढी भएमा त्यस्ता सबै उम्मेदवारको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्नेछ।
(५) उपनियम (१), (२) वा (३) बमोजिम नतिजाका लागि संख्या निर्धारण गर्दा ०.५ (शून्य दशमलव पाँच) वा सोभन्दा बढी भए आएमा मात्र पूर्ण अङ्क एक मान्नु पर्नेछ।
(६) यस नियम बमोजिम नतिजा प्रकाशन गर्दा कुनै कठिनाइ आईपरेमा पदपूर्ति समितिले आवश्यक व्यवस्था गर्न सक्नेछ।
(७) नतिजा प्रकाशन गर्दा अन्तर्वार्ता लगायत अन्य सम्बद्ध परीक्षाको मिति, समय, स्थान र उम्मेदवारको नाम समेत खुलाउनु पर्नेछ।
१६. अन्तर्वार्ताः (१) लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले पन्ध्र दिन पछि साधारणतया एक महिनाभित्र अन्तर्वार्ता लिनु पर्नेछ।
(२) पदपूर्ति समितिले एकजना अध्यक्ष र विज्ञहरुको सूचीमा रहेको सम्बन्धित विषयको दक्ष वा विशेषज्ञ समेत कम्तीमा तीन जना सदस्य रहेको अन्तर्वार्ता समिति गठन गर्नु पर्नेछ।
(३) अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्यको अन्तर्वार्तामा भाग लिने कुनै उम्मेदवारसँग नाता परे भएमा अन्तर्वार्ता समितिको त्यस्तो अध्यक्ष वा सदस्यले उक्त
विज्ञापनको अन्तर्वार्तामा बस्न हुँदैन। सो नाता भित्र परेको कुरा नतिजा प्रकाशन हुनु भन्दा अघि प्रमाणित भएमा सो अन्तर्वार्तार्थीले प्रदान गरेको अङ्क गणना गरिने छैन।
(४) अन्तर्वार्ता समितिको प्रत्येक सदस्यलाई अन्तर्वार्ता हुने पदको विवरण, पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्नेछ।
(५) अन्तर्वार्तामा पूर्णाङ्क सत्तर प्रतिशत भन्दा बढी वा चालिस प्रतिशत भन्दा घटी अङ्क दिएमा सोको कारण खुलाउनु पर्नेछ। यसरी कारण नखुलाई अन्तर्वार्ता समितिका पचास प्रतिशत सदस्यले अधिकतम भन्दा बढी वा न्यूनतम भन्दा घटी अङ्क दिएकोमा बढीमा सत्तर प्रतिशत र घटीमा चालिस प्रतिशत अङ्क दिएको मानी गणना गरिनेछ।
(६) अन्तर्वार्ताको प्रक्रिया समाप्त भएपछि पन्ध्र दिन भित्र योग्यताक्रम सूची प्रकाशन गर्नुपर्नेछ।
१७. अंतिम नतिजा प्रकाशनः (१) पदपूर्ति समितिले उम्मेदवारको छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको योग्यताक्रम अनुसार अंतिम नतिजा प्रकाशन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम नतिजा प्रकाशन गर्दा उम्मेदवार उपलब्ध भएसम्म कुल रिक्त पदको पन्ध्र प्रतिशत वा घटीमा दुई जना योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ।
(३) अन्तर्वार्ता लगायतका प्रक्रियाबाट योग्यताक्रम सूची तयार गर्दा उम्मेदवारको कुल प्राप्ताङ्क बराबर हुन आएमा देहायको आधारमा योग्यताक्रम तयार गर्नु पर्नेछः
(क) शारीरिक तन्दुरुस्ती (बाधापार) परीक्षा र लिखित परीक्षा हुनेमा लिखित परीक्षाको प्राप्ताङ्कको आधारमा,
(ख) प्रयोगात्मक परीक्षा हुने पदहरुमा प्रयोगात्मक परीक्षाको प्राप्ताङ्कको आधारमा,
(ग) खण्ड (क) वा (ख) बमोजिम योग्यताक्रम नछुट्टिएमा अन्तर्वार्ताको प्राप्ताङ्कको आधारमा,
(घ) खण्ड (क), (ख) वा (ग) बमोजिम पनि योग्यताक्रम नछुट्टिएमा बाधापार परीक्षाको प्राप्ताङ्क आधारमा,
(ङ) खण्ड (घ) बमोजिम पनि योग्यताक्रम नछुट्टिएमा विज्ञापन पदभन्दा एक तह मुनिको पदको ज्येष्ठताको आधारमा,
(च) खण्ड (ङ) बमोजिम पनि योग्यताक्रम नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा, र
(छ) अन्तर्वार्ता मात्र हुने पदको हकमा खण्ड (ग), (घ), (ङ) र (च) को आधारमा।
१८. नियुक्ति गर्ने अधिकारीः (१) प्रहरी सेवाको देहायको रिक्त पदमा नियुक्ति गर्ने अधिकार देहायको अधिकारीलाई हुनेछः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरीक्षकको पदमा — नेपाल सरकार
(ख) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकको पदमा — गृह मन्त्री
(ग) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकको पदमा — सचिव, मन्त्रालय
※(घ) प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदमा — प्रहरी महानिरीक्षक
*(ङ) प्रहरी सहायक निरीक्षक पदमा — प्रहरी नायब महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षक
※(च) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदमा — प्रहरी उपरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक
(छ) प्रहरी कार्यालय सहयोगी पदमा — प्रहरी नायब उपरीक्षक
※ नवौँ संशोधनद्वारा संशोधित।
वा सोभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृत
*(२) नियुक्ति गर्ने अधिकारीले पदपूर्ति समिति वा बढुवा समितिको सिफारिसको योग्यताक्रमको आधारमा सिफारिस प्राप्त भएको मनितले राजपत्राङ्कित पदमा एक महिनाभित्र र राजपत्रअनङ्कित पदमा पन्ध्र दिनभित्र नियुक्ति दिनु पर्नेछ।
१९. करार सेवामा नियुक्ति गर्न सक्नेः (१) प्राविधिक प्रहरी समूहको कुनै उपसमूहको लागि कुनै व्यक्तिको विशेषज्ञता अत्यावश्यक छ भन्ने नेपाल सरकारलाई लागेमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिई त्यस्तो व्यक्तिलाई प्राविधिक प्रहरी समूहको सम्बन्धित उपसमूहको रिक्त पदमा बढीमा दुई वर्षसम्मको लागि विशेषज्ञको रूपमा काम गर्ने गरी करारमा नियुक्ति गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम करारमा नियुक्ति पाएको व्यक्तिलाई प्रहरी सङ्गठनको निर्देशनालय, विभाग, महाशाखा तथा शाखाको प्रमुखको रूपमा काममा लगाउन सकिनेछ।
२०. परीक्षणकालः (१) खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमा नियुक्ति पाएको प्रहरी कर्मचारीलाई एक वर्षको परीक्षणकालमा राखिनेछ।
(२) परीक्षणकालमा काम सन्तोषजनक भएको र आधारभूत तालीममा उत्तीर्ण भएको प्रहरी कर्मचारीले राष्ट्रिय झण्डा र प्रहरी झण्डा छोई अनुसूची–६ बमोजिमको ढाँचामा शपथग्रहण गरेपछि निजको नियुक्ति सदर भएको मानिनेछ।
२१. योग्यताक्रम कायम गर्नेः (१) खुला प्रतियोगिताबाट छनौट भई नियुक्ति पाएको प्रहरी कर्मचारीको आधारभूत तालीम नसकिदँसम्म नियुक्तिको क्रमसङ्ख्या अनुसार र तालीम सम्पन्न भएपछि सो तालीममा प्राप्त गरेको अङ्कको आधारमा योग्यताक्रम कायम हुनेछ।
*पैर प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूहका प्राविधिक प्रहरी कर्मचारीको हकमा नियुक्तिको लागि सिफारिस भएको क्रम अनुसारको योग्यताक्रम कायम हुनेछ।
(२) बढुवा भएका प्रहरी कर्मचारीको हकमा सम्बन्धित बढुवाको सिफारिसको क्रम अनुसार योग्यताक्रम कायम हुनेछ।
(३) खुला प्रतियोगिताद्वारा छनौट भई नियुक्ति पाई प्रहरी आधारभूत तालीममा सहभागी नभएको प्रहरी कर्मचारी अर्को पटकको तालीममा सहभागी भएमा निजको योग्यताक्रम कायम गर्दा निजसँग छनौट भई प्रहरी आधारभूत तालीम लिई सकेका अन्य प्रहरी कर्मचारी भन्दा पछाडि क्रमशः कायम गरिन्छ।
२२. नियुक्ति बदर हुन सक्ने अवस्थाः देहायको अवस्थामा नियुक्ति गर्ने अधिकारीले प्रहरी कर्मचारीको नियुक्ति बदर गर्न सक्नेछः–
(क) परीक्षणकालमा कार्य सम्पादनमा दक्षता नदेखाएमा वा जिम्मेवारी वहन गर्न असमर्थ देखिएमा वा आचरण सन्तोषजनक नभएमा, वा
(ख) प्रहरी आधारभूत तालीममा असफल भई नियम १६० बमोजिम मौका दिंदा समेत त्यस्तो तालीममा पुनः असफल भएमा।
२३. वैकल्पिक उम्मेदवारको सिफारिस र नियुक्तिः वैकल्पिक उम्मेदवारहरूलाई पदपूर्ति समितिले देहायको अवस्थामा योग्यताक्रम अनुसार नियुक्तिका लागि सिफारिस गर्नेछः–
(क) नियुक्तिका लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना पाएको वा सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति लिई तोकिएको म्यादभित्र पदमा बहाली नगरेमा, वा
(ख) नियुक्तिका लागि सिफारिस गरिएको उम्मेदवारको मृत्यु भई वा निजले राजीनामा दिई वा अन्य पदमा नियुक्ति लिई अन्तिम नतिजा प्रकाशन भएको मितिले एक वर्षभित्र पद रिक्त हुन आएमा।
२४. लोक सेवा आयोग समक्ष अनुरोध गर्नेः पदपूर्ति समितिले प्रहरी सेवाको पदपूर्तिका निमित्त परीक्षा सञ्चालन सम्बन्धी कार्यमा सहयोगका लागि लोकसेवा आयोगसमक्ष अनुरोध गर्नेछ।
२५. पदपूर्ति सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्नेः पदपूर्ति समितिले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार पदपूर्ति उपसमिति, कुनै पदानुकारी वा प्रहरी अधिकृतले प्रयोग र पालना गरी प्रत्यायोजन गर्न सक्नेछ।
परिच्छेद–४ बढुवा सम्बन्धी व्यवस्था
२६. बढुवा: (१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा समितिले पद पूर्ति गरिसक्नु पर्नेछ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा ले खिएको भए तापनि प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक निरीक्षकको रिक्त पदमा बढुवाद्वारा पूर्ति गर्ने प्रयोजनोको लागि पूर्ति गरिने रिक्त पदको ज्येष्ठताको आधारमा तीन गुणा बढी सम्भाव्य उम्मेदवारहरु कायम हुने गरी नियम ४३ बमोजिमको बढुवा समितिको सचिवालयले बढुवा प्रक्रिया अघि बढाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सम्भाव्य उम्मेदवारहरु कायम गर्दा सम्बन्धित ब्याच र खास मिति सम्म नियुक्त भएका त्यस्ता प्रहरी कर्मचारीहरु तीन गुणा भन्दा बढी हुने अवस्था आए सो हदसम्म त्यस्ता प्रहरी कर्मचारीहरुलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार कायम गर्न बाधा पर्ने छैन।
२७. बढुवा समिति: (१) प्रहरी सेवाको देहायको पदमा बढुवाका लागि सिफारिस गर्न देहाय बमोजिमका बढुवा समितिहरु रहनेछन्:–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि:– (१) सचिव, मन्त्रालय — अध्यक्ष (२) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय — सदस्य (३) प्रहरी महानिरीक्षक — सदस्य–सचिव
(ख) प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षक पदका लागि:– (१) सचिव, मन्त्रालय — अध्यक्ष (२) प्रहरी महानिरीक्षक — सदस्य (३) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी
अतिरिक्त महानिरीक्षक — सदस्य–सचिव
(ग) प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक पदका लागि:—
(१) प्रहरी महानिरीक्षक — अध्यक्ष (२) सहसचिव, मन्त्रालय — सदस्य (३) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक — सदस्य–सचिव
(घ) प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदका लागि:—
(१) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक — अध्यक्ष (२) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक — सदस्य (३) प्रहरी नायब उपरीक्षक — सदस्य–सचिव
(ङ) प्रहरी सहायक निरीक्षक पदका लागि:—
(१) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक — अध्यक्ष (२) प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक — सदस्य (३) प्रहरी नायब उपरीक्षक — सदस्य-सचिव
(च) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दार पदका लागि:—
(१) प्रहरी नायब उपरीक्षक — अध्यक्ष (२) प्रहरी निरीक्षक — सदस्य (३) प्रहरी नायब निरीक्षक — सदस्य–सचिव
(२) बढुवा समितिमा रहेका प्रहरी पदाधिकारी वा निजामती कर्मचारीको नजिकको नातादार बढुवाको लागि सम्भाव्य उम्मेदवार रहेछ र त्यस्तो उम्मेदवारको बढुवा सिफारिस गर्नु पर्ने भएमा प्रहरी पदाधिकारीको हकमा प्रहरी महानिरीक्षकले र निजामती कर्मचारीको हकमा मन्त्रालयको सचिवले त्यस्तो पदाधिकारीको सट्टा समान तहको अर्को पदाधिकारीलाई बढुवा समितिमा काम गर्ने गरी तोक्नेछ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातादार” भन्नाले बाबु, आमा, सौतेनी आमा, पति, पत्नी, छोरा, छोराबुहारी, छोरी, छोरीजवाइँ, दाजु, भाइ, भाउजू, भाइबुहारी, दिदी, भिनाजु, बहिनी, बहिनीजवाइँ, नाती, नातिनीबुहारी, नातिनी, नातिनीजवाइँ, भान्जा, भान्जीबुहारी, भान्जी, भान्जीजवाइँ, भतिज, भतिजाबुहारी, भतिजी, भतिजी जवाइँ, सासू, ससुरा, देवर, देउराली, नन्द, आमाजु, जेठाजु, जेठानी, जेठान, साला, साली सम्झिनु पर्छ।
(३) बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीलाई बढुवाका लागि पहिला सिफारिस गर्नु पर्नेछ।
(४) बढुवा समितिले बढुवाका लागि सिफारिस गरेको प्रहरी कर्मचारीको नामावली र निजले प्राप्त गरेको कुल प्राप्ताङ्क सहितको सिफारिस सूची सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गर्नु पर्नेछ।
(५) ऐन र यस नियमावलीको अधिनमा रही बढुवा समितिले बढुवाको सिफारिस गर्ने प्रयोजनको लागि आवश्यक सिद्धान्त र कार्यविधि तय गरी लागू गर्न सक्नेछ।
२८. बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिः (१) प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा देहाय बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको हुनु पर्नेछः–
(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि *तीन वर्ष,
(ख) प्रहरी सेवाको राजपत्रअनङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि ☩पाँच वर्ष,
(ग) राजपत्रअनङ्कित पदका लागि चार वर्ष
पहिलो संशोधनद्वारा थप।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी नायब महानिरीक्षक र सो भन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन ।
(२क) उपनियम (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका प्रहरी कर्मचारीको हकमा बढुवाको लागि उम्मेदवार हुन देहायको पदको सेवा अवधि गणना हुनेछ:- (क) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारी प्रहरी निरीक्षक पदमा बढुवाको लागि उम्मेदवार हुन प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदको सेवा अवधि, (ख) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी हवल्दार पदमा बहाल रही प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक पदमा बढुवाको लागि उम्मेदवार हुन प्रहरी वरिष्ठ हवल्दार र प्रहरी हवल्दार पदको सेवा अवधि, (ग) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी जवान पदमा बहाल रही प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारी प्रहरी हवल्दार पदमा बढुवाको लागि उम्मेदवार हुन प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदको सेवा अवधि ।
(३) नियम २९ को उपनियम (४) बमोजिमको शैक्षिक योग्यता नभए तापनि देहायको अवधि पुरा गरेको प्राविधिक प्रहरी समूहको प्रहरी कर्मचारी देहायको पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछः– (क) प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा हुन चौध वर्ष । (ख) प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुन पन्ध्र वर्ष ।
(३क) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही वरिष्ठ नायब निरीक्षक पदमा बढुवा भएको प्रहरी कर्मचारीको हकमा उपनियम (३) को खण्ड (क) बमोजिम प्रहरी निरीक्षक पदमा बढुवाको लागि आवश्यक परे सेवा अवधि गणना गर्दाथ प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदको सेवा अवधि गणना हुनेछ।
(४) बढुवाको लागि न्यूनतम सेवा अवधि आवश्यक नपर्ने पदमा कार्यरत प्रहरी कर्मचारीको हकमा बहाल रहेको पदमा तीन वर्ष अवधि पुगेको भए पछिल्लो तीन वर्ष र तीन वर्ष अवधि नपुगेको भएमा बहाल रहेको पद भन्दा एक तह मुनिको पदमा कार्यरत रहेको नोकरी अवधि मध्ये पछिल्ला वर्षहरुको समेत गरी जम्मा तीन वर्षको कार्य सम्पादन मूल्याङ्कन बापत प्राप्त अङ्कको औसत अङ्क गणना गरिने छ।
२९. बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः (१) नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर, (ख) बढुवा रोक्का गरिएकोमा सो अवधिभर, (ग) तलब वृद्धि रोक्का भएकोमा सो रोक्का भएको अवधिभर, (घ) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले दुई वर्षसम्म, (ङ) खाइपाई आएको तलबवृद्धि घटुवा भएको वा जेष्ठता सहितको सुरु स्केलमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म, (च) बहाल रहेको पदमा तीन पटकभन्दा बढी नसिहत पाएको भए अन्तिम पटक नसिहत पाएको मितिले एक वर्षसम्म, (छ) पदमा पुनर्रहाली भएको प्रहरी कर्मचारीको हकमा पुनर्रहाली भएको मितिले एक वर्षसम्म।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खुला प्रतियोगिताद्वारा नियुक्त भएको जनपद प्रहरी समूहको हकमा प्रहरी हवल्दार, प्रहरी नायब निरीक्षक वा प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी समूहको हकमा प्रहरी हवल्दार
देखि प्रहरी उपरीक्षक सम्मको पदमा बढुवाको लागि अनिवार्य आधारभूत तालीम पूरा नगरेसम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैन।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अगाडि समूह परिवर्तन गरेको कर्मचारीको हकमा त्यसरी समूह परिवर्तन भएको मितिले तीन वर्षसम्म र आफैंले निवेदन दिई सेवा परिवर्तन भएको भए त्यसरी सेवा परिवर्तन भएको मितिले चार वर्षसम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैन।
(४) यस नियमावलीमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा प्रहरी प्राविधिक समूह अन्तर्गतको स्वास्थ्य उपसमूहको पदमा बढुवाको लागि नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र अन्य प्राविधिक प्रहरी पदमा बढुवाको लागि निजामती सेवा ऐन, २०४९ मा उल्लेख भए बमोजिमको समानस्तरको शैक्षिक योग्यता पूरा नगरेको प्रहरी कर्मचारी बढुवाको सम्भाव्य उम्मेदवार हुने छैन।
तर प्रहरी प्राविधिक समूह अन्तर्गतको संगीत, विधिविज्ञान वा यस उपनियममा उल्लेख भएको अन्य प्राविधिक पदमा बढुवाको लागि आवश्यक परे शैक्षिक योग्यता प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
३०. बढुवाका आधारः (१) बढुवा समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता बापत पाएको कूल अङ्कको आधारमा बढुवाका लागि सिफारिस गर्नेछ।
(२) उपनियम (१) बमोजिम कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एक सय अङ्क दिइनेछ।
(क) कार्यसम्पादन मूल्याङ्कन बापत – ४० अङ्क (ख) ज्येष्ठता बापत – २२ अङ्क (ग) भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापत – ८ अङ्क (घ) शैक्षिक योग्यता बापत – १० अङ्क (ङ) तालीम बापत – ७.५ अङ्क (च) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत – ५ अङ्क
पहिलो संशोधनद्वारा थप। नवौं संशोधनद्वारा संशोधित।
(छ) $\text{✎}$....................
(ज) बढुवा समितिले दिने – ७.५ अङ्क $\text{*}$
(३) सम्भाव्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन बापत अङ्क गणना गर्दा असार मसान्तसम्मको हिसाबले र अन्य अङ्कको गणना गर्दा बढुवा समितिको बैठक बस्नु भन्दा अघिल्लो दिनसम्म हासिल गरेको अङ्क गणना गरिन्छ।
$\text{₺}$(४) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ५ को उपनियम (६) बमोजिम कायम हुने प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दारको दरबन्दीमा बढुवा गर्दा यो उपनियम प्रारम्भ भएपछि पहिलो एक पटक ज्येष्ठताको आधारमा बढुवा समितिको सिफारिस बमोजिम बढुवा गरिन्छ।
३१. कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्थाः (१) प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गर्न अनुसूची–७ मा उल्लेख भए बमोजिमको ढाँचाको फाराम प्रयोग गरिन्छ।
(२) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन आर्थिक वर्षको हिसाबले वार्षिक रूपमा गर्नु पर्छ।
(३) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछः–
(क) सुपरभाइजरले दिनसक्ने अधिकतम अङ्क – बीस
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम अङ्क – दश
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम अङ्क – दश
(४) महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखको हकमा उपनियम (३) को खण्ड (क) बमोजिम सुपरभाइजरले दिने बीस अङ्कमा उपनियम (६) बमोजिमको सुपरभाइजर र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले दिन सक्ने अधिकतम अङ्क क्रमशः बाह्र र आठ हुनेछ।
$\text{✎}$ नवौँ संशोधनद्वारा झिकिएको। $\text{*}$ पहिलो संशोधनद्वारा संशोधित। $\text{₺}$ दशौँ संशोधनद्वारा थप।
(५) प्रहरी नायब निरीक्षक देखि प्रहरी अतिरिक्त महानिरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम वार्षिक रूपमा तीन प्रति तयार गरी एकप्रति मन्त्रालय, एक प्रति प्रहरी प्रधान कार्यालय र प्रहरी उपरीक्षकदेखि प्रहरी अतिरिक्त महानिरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीको हकमा एक प्रति लोक सेवा आयोगमा र अन्य प्रहरी कर्मचारीको हकमा सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ। प्रहरी सहायक निरीक्षक र सोभन्दा मुनिको दर्जाको प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम दुई प्रति तयार गरी एक प्रति बढुवा समितिको सचिवालय रहेने प्रहरी कार्यालयमा पठाउनु पर्नेछ र अर्को प्रति सम्बन्धित प्रहरी कार्यालयमा राखिनेछ।
(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्षेत्रीय प्रहरी प्रमुखले कार्य सम्पादन मूल्याङ्कन फारम भरी तीन/तीन प्रति सम्बन्धित क्षेत्रीय प्रशासक र प्रहरी अतिरिक्त महानिरीक्षक समक्ष तथा महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखले सम्बन्धित प्रमुख जिल्ला अधिकारी र उपनियम (७) बमोजिमको सुपरभाइजेक समक्ष पेश गर्नु पर्नेछ।
(७) देहायका पदका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नका लागि देहायका सुपरभाइजेक तथा पुनरावलोकनकर्ता रहनेछन्:—
☢️ नवौँ संशोधनद्वारा संशोधित।
तर महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले समेत उपनियम (४) को अधीनमा सुपरिवेक्षकको रुपमा कार्य सम्पादन मूल्याङ्कन गर्नेछ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीको सुपरिवेक्षक निज कार्यरत प्रहरी कार्यालयमा नभएको अवस्थामा निजको दैनिक कार्यमा रेखदेख एवं सुपरिवेक्षण गरिरहेको कार्यालयमा कार्यरत निजको सुपरिवेक्षकसँग समान दर्जाको अधिकृत वा सो दर्जाको अधिकृत नभए सोभन्दा एक तह माथिल्लो दर्जाको अधिकृतले त्यस्तो प्रहरी कर्मचारीको सुपरिवेक्षकको रुपमा अङ्क दिएमा बाधा पुगेको मानिने छैन।
(९) उपनियम (७) बमोजिम पुनरावलोकनकर्ता हुने प्रहरी कर्मचारीले उपनियम (८) बमोजिम कुनै प्रहरी कर्मचारीको सुपरिवेक्षकको रुपमा अङ्क दिएमा त्यस्तो पुनरावलोकनकर्ता भन्दा एक तह माथिको दर्जाको अधिकृतले सम्बन्धित प्रहरी कर्मचारीको पुनरावलोकनकर्ता भई कार्य गर्नेछ।
उदाहरणको लागिः क्षेत्रीय प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी नायब उपरीक्षकको पुनरावलोकनकर्ता प्रहरी नायब महानिरीक्षकको सट्टा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब उपरीक्षक प्रमुख हुने जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी तालीम केन्द्रहरूमा कार्यरत प्रहरी निरीक्षकहरूको पुनरावलोकनकर्ता प्रहरी उपरीक्षकको सट्टा सम्बन्धित प्रहरी वरिष्ठ उपरीक्षक।
(१०) ₈प्रहरी जवान, प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र प्रहरी वरिष्ठ हवल्दारको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ:–
(क) प्रहरी उपरीक्षक — अध्यक्ष (ख) प्रहरी नायब उपरीक्षक — सदस्य
₈ नवौँ संशोधनद्वारा संशोधित।
(ग) प्रहरी निरीक्षक — सदस्य
(११) ¤ प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी वरिष्ठ नायब निरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछः—
(क) प्रहरी नायब महानिरीक्षक — अध्यक्ष (ख) प्रहरी वरिष्ठ उपरीक्षक — सदस्य (ग) प्रहरी उपरीक्षक — सदस्य
(१२) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको कार्य सम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछः—
(क) प्रहरी महानिरीक्षक — अध्यक्ष (ख) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक — सदस्य (ग) सहसचिव, मन्त्रालय (प्रहरी प्रशासन महाशाखा हेर्ने) — सदस्य
(१३) प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछः—
(क) सचिव, मन्त्रालय — अध्यक्ष (ख) प्रहरी महानिरीक्षक — सदस्य (ग) प्रहरी अतिरिक्त महानिरीक्षक (प्रहरी प्रधान कार्यालयका मानवस्रोत विकास विभाग) — सदस्य
(१४) प्रहरी अतिरिक्त महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछः—
(क) सचिव, मन्त्रालय — अध्यक्ष (ख) प्रहरी महानिरीक्षक — सदस्य
¤ नवौँ संशोधनद्वारा संशोधित ।
(१५) प्रहरी महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्दा सुपरभाइजर तथा पुनरावलोकनकर्ताको कार्य मन्त्रालयका सचिवले तथा पुनरावलोकन समितिको कार्य देहायको समितिले गर्नेछः–
(क) नेपाल सरकारका मुख्य सचिव — अध्यक्ष (ख) मन्त्रालयका सचिव — सदस्य
(१६) बढुवाको प्रयोजनको लागि कार्यसम्पादनको मूल्याङ्कनको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ।
तर,
(क) यस नियमावली बमोजिम कार्यसम्पादनको मूल्याङ्कन भएको अवस्था नरहेको र बढुवाको प्रयोजनको लागि कार्य सम्पादन बापतको अङ्क गणना गर्नु पर्ने भएमा प्रहरी नियमावली, २०४९ बमोजिम गरिएका पछिल्ला आर्थिक वर्षहरुका कार्य सम्पादन मूल्याङ्कन बापत हुन आएको एकमुष्ट अङ्कलाई पूर्णाङ्क चालीसमा परिणत गरी सोही बमोजिम प्राप्ताङ्क निर्धारण गरिनेछ।
(ख) यस नियमावली बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम आवश्यक पर्ने हो त्यसको प्रयोजनको लागि पहिलो वर्षको लागि यस नियमावली बमोजिम गरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो तीन वर्षको खण्ड (क) बमोजिम, दोस्रो वर्षको लागि पछिल्लो दुई वर्षको यस नियमावली बमोजिम गरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो दुई वर्षको लागि खण्ड (क) बमोजिम, तेस्रो वर्षका लागि पछिल्लो तीन वर्षको यस नियमावली बमोजिम गरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो एक वर्षको लागि खण्ड (क) बमोजिमको औषत अङ्क गणना गरिनेछ।
(ग) बढुवाको सम्भाव्य उम्मेदवार हुन चार वर्ष भन्दा बढी सेवा अवधि आवश्यक पर्ने पदको हकमा पछिल्लो चार वर्षको कार्य सम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ।
(१७) वैदेशिक अध्ययन वा वैदेशिक तालीममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा त्यस्तो अवधिको कार्यसम्पादन मूल्याङ्कन बापत त्यस्तो अध्ययन वा तालीममा जानुहुँदा वा निलम्बन हुनुहुँदा तत्काल अघिल्लो वर्षको कार्यसम्पादन मूल्याङ्कन भएको रहेछ भने सोही वर्षको र त्यस्तो कार्य सम्पादन मूल्याङ्कन भएको रहेनछ भने हाजिर भएपछि भरेको कार्यसम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको छ सोही अनुपातमा नै अङ्क गणना गरिनेछ।
(१८) संयुक्त राष्ट्रसंघको सेवाको लागि मिशनमा गएको अवधिको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयोजनको लागि त्यस्तो मिशनमा खटिएको प्रहरी कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराम भरी उक्त मिशनमा नेपाल प्रहरीको तर्फबाट खटिएको सम्बन्धित जेष्ठ कमाण्डरको सिफारिस सहित प्रहरी प्रधान कार्यालयको युनिट शाखा मार्फत निजको सुपरभाइजर समक्ष पठाउनु पर्नेछ।
तर जेष्ठ कमाण्डरको हकमा निजले आफ्नो कार्य सम्पादन मूल्याङ्कन फाराम भरी प्रहरी प्रधान कार्यालयको युनिट शाखा मार्फत निजको सुपरभाइजर समक्ष पठाउनु पर्नेछ।
(१९) प्रहरी कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन फाराम देहाय बमोजिमको अवधि भित्र भरी देहाय बमोजिम पठाउनु पर्नेछ:–
(क) प्रत्येक प्रहरी कर्मचारीले उपनियम (५) मा उल्लेख भए बमोजिमको संख्यामा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी श्रावण ७ गतेभित्र सुपरभाइजर समक्ष पेश गर्नु पर्नेछ।
(ख) सुपरभाइजरले आफूकहाँ प्राप्त कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गरी श्रावण मसान्तसम्ममा पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ।
तर प्रमुख जिल्ला अधिकारीले आफुसमक्ष पेश भएको कार्यसम्पादन फाराम मूल्याङ्कन गरी श्रावण मसान्तसम्ममा एक प्रति मन्त्रालय र एक प्रति प्रहरी प्रधान कार्यालयमा सिलबन्दी गरी
पठाई एक प्रति आफ्नै कार्यालयमा सिलबन्दी रुपमा राख्नु पर्नेछ।
(ग) पुनरावलोकनकर्ताले आफूसमक्ष सुपरभाइजरबाट पेश भएको कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गरी बढी २२ गतेभित्र पुनरावलोकन समितिको मूल्याङ्कन प्रयोजनको लागि प्रहरी प्रधान कार्यालय समक्ष पेश गर्नु पर्नेछ।
(घ) पुनरावलोकन समितिले असोज २२ गतेसम्ममा कार्यसम्पादन मूल्याङ्कन गरी सक्नु पर्नेछ र यसरी मूल्याङ्कन गरिएको फाराम सिलबन्दी गरी सुरक्षित राख्नु पर्नेछ।
(२०) कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा अनुसूची–८ मा उल्लिखित निर्देशिकालाई समेत पालना गर्नु पर्नेछ ।
(२१) कुनै प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराममा प्रदान गरिएको अङ्क निजले सम्पादन गरेको काम तथा दक्षताको स्तरसँग असभाबिक देखिन आएमा सम्बन्धित सुपरभाइजर र पुनरावलोकनकर्तालाई सो उपर पुनःमूल्याङ्कन गरी पठाउनका लागि पुनरावलोकन समितिले त्यस्तो फाराम सिलबन्दी गरी फिर्ता पठाउन सक्नेछ।
(२२) उपनियम (२१) बमोजिम प्राप्त हुन आएको फाराममा सुपरभाइजर वा पुनरावलोकनकर्ताले पुनःमूल्याङ्कन गरी ७ दिनभित्र पुनरावलोकन समितिमा सिलबन्दी गरी पठाइसक्नु पर्नेछ।
३२. वर्गीकृत क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कनः (१) प्रहरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव बापतको अङ्क प्रदान गर्दा अनुसूची-९ मा उल्लेख भए बमोजिम भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग”, “घ” र “ङ” गरी पाँच वर्गमा विभाजन गरी वार्षिक रुपमा काम गरेको अनुभव बापत आठ अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछः–
(क) “क” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.५ अङ्कका दरले ।
(ख) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.४ अङ्कका दरले।
(ग) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.३ अङ्कका दरले ।
(घ) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.२ अङ्कका दरले ।
(ङ) “ङ” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १ अङ्कका दरले।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा नब्बे दिन वा सोभन्दा बढी अवधि रुजु हाजिर भई काम गरेको भए सोही भौगोलिक क्षेत्रमा काम गरे बापत पाउने अङ्कको दामासाही हिसाबले र नब्बे दिनभन्दा कम अवधि काम गरेको भए जुनसुकै भौगोलिक क्षेत्रमा काम गरेको भए पनि “ङ” वर्गको लागि तोकिएको अङ्क दिइनेछ।
(३) प्रहरी सेवाबाट बर्खास्त भई पुनर्बहाली भएको वा निलम्बन भई त्यस्तो निलम्बन फुकुवा भएको प्रहरी कर्मचारीको हकमा निजहरू रुजु हाजिर भएको अवधिको भौगोलिक क्षेत्रमा काम गरे बापतको कुनै अङ्क दिइने छैन।
(४) संयुक्त राष्ट्र संघीय मिशनमा खटिएको वा विदेशस्थित नेपाली कुटनीतिक नियोगमा खटिएको प्रहरी कर्मचारीलाई “ङ” वर्गको र अध्ययन बिदा वा तीन महिना वा सो भन्दा बढी अवधिको लागि वैदेशिक तालीममा जाने प्रहरी कर्मचारीलाई “ङ” वर्गको लागि तोकिएको अङ्कको आधा अङ्क दिइनेछ।
(५) भौगोलिक क्षेत्रमा काम गरे बापत पाउने अङ्क जुन पदमा बढुवा हुने हो सो पदभन्दा एक तह मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना गरिनेछ।
(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका वित्त कुनै कर्मचारीले भौगोलिक क्षेत्र बापत प्राप्त गरी सकेको अङ्क घट्ने छैन।
(७) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि भौगोलिक क्षेत्रमा काम गरे बापत प्राप्त गरेको अङ्कलाई पूर्णाङ्क आठमा परिणत गरी सोही बमोजिम प्राप्ताङ्क निर्धारण गरिनेछ।
३३. जेष्ठताको मूल्याङ्कनः प्रहरी कर्मचारीलाई जेष्ठता बापतको अङ्क दिँदा हाल बहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षका लागि दुई अङ्कका दरले बढीमा बाइस अङ्क दिइनेछ।
तर,
(क) एक वर्षभन्दा बढी चालुन महिना वा दिनका लागि दामासाहीको हिसाबले अङ्क दिइनेछ।
(ख) गयलकट्टी भएको अवधिको जेष्ठता बापतको अङ्क दिइने छैन ।
३४. शैक्षिक योग्यताको मूल्याङ्कन: (१) बढुवाका लागि प्रहरी कर्मचारीलाई निजले हासिल गरेको शैक्षिक योग्यताको आधारमा देहाय बमोजिम बढीमा दश अङ्क दिइनेछ:–
(२) श्रेणी नखुलेको प्रमाणपत्रको हकमा विश्वविद्यालयले स्तर निर्धारण गरेकोमा सोही अनुसारको श्रेणी कायम गरी र सो नभएमा द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।
(३) प्रहरी नायब उपरीक्षक वा सोभन्दा माथिको पदमा बढुवाका लागि शैक्षिक योग्यताको अङ्क गणना गर्दा प्रहरी निरीक्षक पदको निमित्त आवश्यक पर्ने शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
(४) साधारण लेखपढ गर्न जान्ने मात्र शैक्षिक योग्यता तोकिएको पदमा नियुक्त भएका प्रहरी कर्मचारीहरुको शैक्षिक योग्यताको मूल्याङ्कन गर्दा एस. एल. सी. भन्दा मुनिको योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानी सो बापत तृतीय श्रेणी सरहको अङ्क प्रदान गरिनेछ ।
३५. तालीमको मूल्याङ्कन: (१) प्रहरी सेवाको पदमा रहँदा लिएको देहाय बमोजिमका कुनै दुई तालीम बापत देहाय बमोजिम बढीमा सात दशमलव पाँच अङ्क दिइनेछ:–
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत तालीम बापत अङ्क प्रदान गर्दा आधारभूत तालीम गरेको पदबाट एक तह माथिको पदमा बढुवा हुन बाहेक अन्य पदमा बढुवाको लागि सो तालीम बापत अङ्क प्रदान गरिने छैन ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीलाई तालीम बापतको अङ्क दिँदा पुनः दिइँदा कम अवधिको तालीमका लागि कुनै अङ्क दिइने छैन ।
(४) उपनियम (१) को प्रयोजनको लागि प्रहरी कर्मचारीलाई अनुसूची-१० मा उल्लेख भए बमोजिमका तालीम दिइनेछ ।
(५) श्रेणी नखुलेको तालीम बापत कुनै प्रहरी कर्मचारीको अङ्क गणना गर्दा (ख) श्रेणी बराबरको अङ्क गणना गरिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीले यो नियमावली प्रारम्भ हुनुभन्दा अघि हासिल गरेको तालीमको हकमा समेत उपनियम (१) बमोजिमको अङ्क दिइनेछ ।
(७) $\text{※}$.......................
$\text{‡}$ (८) प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्दा प्रहरी जवान पदमा गरेको तालीम, प्रहरी हवल्दार पदमा बढुवा गर्दा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदमा गरेको तालीम र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा गर्दा प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।
$\text{∇}$ (८क) प्रहरी सहायक निरीक्षक पदमा बढुवा गर्दा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दार पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।
$\text{‡}$ (९) प्रहरी नायब निरीक्षक पदमा बढुवा गर्दा प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीम र प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।
$\text{※}$ पहिलो संशोधनद्वारा झिकिएको । $\text{‡}$ नवौँ संशोधनद्वारा संशोधित । $\text{∇}$ नवौँ संशोधनद्वारा थप ।
(९क) प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिन्छ।
(१०) प्रहरी नायब उपरीक्षक पदमा बढुवा गर्दा प्रहरी निरीक्षक पदमा गरेको तालीम र प्रहरी उपरीक्षक पदमा बढुवा गर्दा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिन्छ।
(११) प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायब महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्दा हाल कार्यरत पद र सोभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको तालीम बापतको अङ्क गणना गरिन्छ।
३६. चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत प्रदान गरिने अङ्क: (१) कुनै प्रहरी कर्मचारीले चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरे बापत अङ्क दिँदा देहाय बमोजिम बढीमा पाँच अङ्क दिइनेछ:–
(क) अति चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत – ५ अङ्क (ख) मध्यमस्तरको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत – ३.५ अङ्क (ग) सामान्य वा चुनौतीपूर्ण जिम्मेवारी बापत – २ अङ्क
(२) उपनियम (१) बमोजिमको अङ्क दिँदा अनुसूची-११ मा उल्लेख भए बमोजिमको आधारमा दिइनेछ।
(३) देहाय बमोजिमको अधिकारीले आफू मातहतको प्रहरी कर्मचारीले निर्वाह गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको सम्बन्धमा उपनियम (२) बमोजिमको आधारमा मूल्याङ्कन गरी सम्बन्धित बढुवा समितिको सचिवालयमा प्रत्येक वर्ष असोज २२ गतेभित्र सिलबन्दी गरी पठाउनु पर्नेछ:–
(क) प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षकसम्मको प्रहरी अधिकृतले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको अङ्क सम्बन्धित विभागीय प्रमुख,
महानगरीय प्रहरी आयुक्त वा क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकले ।
(ख) प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी वरिष्ठ नायब निरीक्षकले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको अङ्क सम्बन्धित शाखा, महाशाखा, प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयका प्रमुखको सिफारिसमा सम्बन्धित प्रहरी नायब महानिरीक्षकले ।
(ग) प्रहरी जवान, प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र प्रहरी वरिष्ठ हवल्दारले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको अङ्क सम्बन्धित प्रहरी निरीक्षकको सिफारिसमा सम्बन्धित प्रहरी नायब उपरीक्षकले ।
(४) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापतको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जितनी वर्षको सेवा आवश्यक परेमा हो त्यति वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कनको औसतबाट गणना गरिनेछ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल बढुवाको कारबाही गर्नु परेमा बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारको चालू आर्थिक वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कन गरी पठाउन सम्बन्धित अधिकारीलाई आदेश दिन सक्नेछ।
(६) उपनियम (५) बमोजिम बढुवा समितिको आदेश प्राप्त भएमा सम्बन्धित पदाधिकारीले बढुवा समितिले तोकिदिएको समयभित्र मूल्याङ्कन गरी सिलबन्दी खाममा सम्बन्धित बढुवा समितिमा पठाउनु पर्नेछ।
(७) यस नियम बमोजिम कुन कुन क्षेत्रमा कार्य गर्ने प्रहरी कर्मचारीलाई चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरेको हो भन्ने विषयको निर्धारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले स्वीकृत गरे बमोजिम हुनेछ।
३७. ………………….
नवौँ संशोधनद्वारा संशोधित। नवौँ संशोधनद्वारा झिकिएको।
३८. बढुवा समितिले दिने अङ्कको निर्धारणः (१) प्रत्येक प्रहरी कर्मचारीले बढुवा समितिले अङ्क दिने प्रयोजनको लागि अनुसूची-१२ बमोजिमको नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम तीन प्रति प्रति वर्षको साउन १५ गतेभित्र नियम ३१ बमोजिमको सुपरभाइजर समक्ष पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम आफूलाई प्राप्त तीन प्रति फाराममा सुपरभाइजरले मूल्याङ्कन गरी भदौ ७ गतेभित्र प्रहरी प्रधान कार्यालय समक्ष पेश गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएका फाराममा बढुवा समितिको अध्यक्ष तथा सदस्यले छुट्टाछुट्टै मूल्याङ्कन गरी दिएको अङ्कको औसतबाट बढुवा समितिले अङ्क निर्धारण गर्नेछ।
(४) बढुवा समितिका अध्यक्ष वा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा कुनै प्रहरी कर्मचारीलाई दुई भन्दा कम अङ्क दिनु परेमा वस्तुगत कारण समेत उल्लेख गर्नु पर्नेछ।
(५) बढुवा समितिका अध्यक्ष वा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा साहसिक कार्य, राष्ट्र तथा प्रहरी सङ्गठनको नाम उच्च राख्ने प्रशंसनीय कार्य तथा सिर्जनात्मक एवं लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई वस्तुगत कारण खोली अधिकतम सात दशमलव पाँच अङ्क दिन सक्नेछ।
३९. बढुवा सम्बन्धी विशेष व्यवस्थाः (१) देहाय बमोजिमको उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नियम १९३ बमोजिमको नीति निर्माण समितिको सिफारिसमा प्रहरी महानिरीक्षकले श्रेणी विहीन बाहेक राजपत्र अनंकित पदसम्म एक तह माथिको रिक्त पदमा बढुवा गर्न सक्नेछः–
(क) राष्ट्र तथा आफू सेवारत प्रहरी कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सृजनात्मक र लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई,
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरी सङ्गठिको छवि उच्च राख्न विशेष योगदान पुर्याउने प्रहरी कर्मचारीलाई, र
(ग) प्रहरी सेवामा रही कर्तव्य निर्वाह गर्दाको सिलसिलामा वीरगति प्राप्त गर्ने वा काम गर्दा शारीरिक रूपमा अशक्त भई सेवाबाट अवकाश लिनु पर्ने अवस्थाका प्रहरी कर्मचारीलाई।
(२) उपनियम (१) अनुसार बढुवा गर्दा बढुवा भएका कर्मचारीको नाम, पद, बढुवा गर्नु पर्ने आधार र औचित्य सहितको लिखित विवरण प्रहरी प्रधान कार्यालयले बढुवा गरेको पन्ध्र दिनभित्र मन्त्रालयलाई दिनु पर्नेछ।
(३) उपनियम (१) अनुसार गरिने बढुवा एक आर्थिक वर्षमा दश जनाभन्दा बढी व्यक्तिलाई गरिने छैन।
४०. श्रेणी विहीन कर्मचारीले अन्य पदमा प्रतिस्पर्धा गर्न पाउने: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पदमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदको लागि लिइने परीक्षामा प्रहरी आधारभूत तालीम बाहेक अनुसूची–३ मा उल्लेख भए बमोजिमको अन्य योग्यता भई पच्चीस वर्ष ननाघेको बहालवाला श्रेणी विहीन कर्मचारीले सहभागि हुन पाउनेछ।
४०क. श्रेणी विहीन पदको स्तर सम्बन्धी व्यवस्था: (१) नेपाल प्रहरीको श्रेणी विहीन पदमा देहाय बमोजिमको स्तर रहनेछ:-
(क) प्रथमस्तर, (ख) द्वितीयस्तर, (ग) तृतीयस्तर, (घ) चतुर्थस्तर, (ङ) पञ्चमस्तर।
(२) श्रेणी विहीन पदमा सुरु नियुक्ति हुने प्रहरी कर्मचारीको प्रथम स्तर कायम हुनेछ।
(३) श्रेणी विहीन कर्मचारीको देहाय बमोजिम स्तर वृद्धि हुनेछ:-
(क) पाँच वर्ष वा सो भन्दा बढी तर दश वर्ष भन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर, (ख) दश वर्ष वा सो भन्दा बढी तर पन्ध्र वर्ष भन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,
(ग) पन्ध्र वर्ष वा सो भन्दा बढी तर बीस वर्ष भन्दा कम सेवा अवधि भएकोलाई चतुर्थस्तर, (घ) बीस वर्ष वा सो भन्दा बढी सेवा अवधि भएकोलाई पञ्चमस्तर।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा स्तर वृद्धि गरिने छैन :-
(क) तलब वृद्धि रोक्का भएको अवधिभर, (ख) तलब वृद्धि घटुवा भएको वा सुरु स्केलमा घटुवा भएको वा निसहित पाएकोमा सो मितिले एक वर्षसम्म।
(५) उपनियम (३) को स्तर बमोजिमको तलबमान नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(६) नेपाल प्रहरीको श्रेणी विहीन कर्मचारीको स्तर वृद्धि गर्दा उपनियम (३) बमोजिमको सेवा अवधि पूरा भएको भोलिपल्टदेखि लागू हुने गरी गरिनेछ।
(७) उपनियम (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत श्रेणी विहीन पदमा उपनियम (३) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको सेवा अवधि पूरा भएका प्रहरी कर्मचारीको हकमा यो नियम प्रारम्भ भएको मितिबाट लागू हुने गरी स्तर वृद्धि गरिनेछ।
(८) उपनियम (६) र (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो अवधिमा उपनियम (४) बमोजिमको सजाय भएकोमा सोको समयावधि समाप्त भएको भोलिपल्टदेखि लागू हुने गरी स्तर वृद्धि गर्नु पर्नेछ।
४१. प्रहरी महानिरीक्षक पदमा बढुवा: यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यनिष्ठा, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य को आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ।
४१क. प्रस्ताव पेश गर्नेः प्रहरी अतिरिक्त महानिरीक्षक पदमा नियम २७ को उपनियम (१) को खण्ड (क) को बढुवा समितिको सिफारिसमा र प्रहरी महानिरीक्षक पदमा नियम ४१ को अधिनमा रही बढुवाको लागि मन्त्रालयले नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नु पर्नेछ।
४२. बढुवा उजुरी सम्बन्धी व्यवस्थाः (१) देहायको बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले बढुवाको सिफारिस सम्बन्धी निर्णय भएको मितिले सात दिनभित्र देहायको बढुवाको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछः–
(२) बढुवा उपरको उजुरी सुन्ने समितिले उपनियम (१) बमोजिम उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको झोलपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ। त्यसरी लेखी आएमा सम्बन्धित बढुवा समितिको सचिवालयले तीन दिनभित्र आफ्नो राय प्रतिक्रिया सहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समिति समक्ष पठाउनु पर्नेछ।
$\square$ पहिलो संशोधनद्वारा थप। $\rightarrow$ तेस्रो संशोधनद्वारा संशोधित।
(३) उपनियम (१) बमोजिम परेको उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको समितिले पन्ध्र दिनभित्र टुङ्गो लगाइसक्नु पर्नेछ। बढुवाको उजुरी सुन्ने समितिले बढुवा समितिले बढुवाका आधारहरुको मूल्याङ्कन गर्दा कुनै कारण वा आधार खुलाउनु परेमा सो नखुलाएकोमा त्यस्तो कारण वा आधार खुलाउन अवधि तोकी लेखी पठाउन सक्नेछ।
(४) यस नियम बमोजिम परेको उजुरीको टुङ्गो लागेपछि मात्र बढुवा समितिको सिफारिस कार्यान्वयन गरिनेछ।
(५) नियम २७ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको बढुवा सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम लोक सेवा आयोगले, नियम २७ को उपनियम (१) को खण्ड (ग) बमोजिमको बढुवा समितिको बढुवाको सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम मन्त्रालयले र नियम २७ को उपनियम (१) को खण्ड (घ), (ङ) र (च) बमोजिमको बढुवा समितिको बढुवा सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम प्रहरी प्रधान कार्यालयले गर्नेछ।
(६) बढुवा समितिको सिफारिस उपर बढुवाको उजुरी सुन्ने समितिले कुनै उम्मेदवारले यस नियमावली बमोजिम प्राप्त गर्नुपर्ने अङ्क प्राप्त नगरेको वा प्राप्त नगर्नु पर्ने अङ्क प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा सो समेत गरी बढुवा समिति सम्म पठाउनु पर्नेछ र बढुवा समितिले बढुवाको उजुरी सुन्ने समितिबाट लेखी आए बमोजिम नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ।
(७) उपनियम (१) बमोजिम परेको उजुरी झुट्ठा ठहरिएमा उजुरी पछि हुने बढुवामा त्यस्तो उजुरीकर्ताको पहिलो पटकको उजुरी भए २ अङ्क र दोस्रो पटकको उजुरी भए ३ अङ्क काटिनेछ।
४३. बढुवा समितिको सचिवालयः (१) देहाय बमोजिमको बढुवा समितिको सचिवालयको कार्य देहाय बमोजिमको कार्यालयले गर्नेछः–
(क) नियम २७ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य मन्त्रालयले र खण्ड (ग) र
(घ) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य प्रहरी प्रधान कार्यालयले।
(ख) नियम २७ को उपनियम (१) को खण्ड (ङ) र (च) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयले।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा कार्यरत रहेको प्रहरी नायब निरीक्षकभन्दा तल्लो दर्जाको पदमा कार्यरत प्रहरी कर्मचारीको बढुवा वा यस नियमावली बमोजिम प्रहरी प्रधान कार्यालयबाट नै बढुवा गर्नुपर्ने अवस्था भएमा सो बढुवा सम्बन्धी कार्य गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालय प्रहरी प्रधान कार्यालयमा रहनेछ।
४४. प्राप्ताङ्क उपलब्ध गराउनेः बढुवा समितिले प्रदान गरेको अङ्क र चुनौतीपूर्ण तथा विशेष जिम्मेवारी बापत प्राप्त गरेको अङ्क बाहेकको अङ्क सम्बन्धित उम्मेदवारले हेर्नु पर्ने भनी माग गरेमा निजलाई उपलब्ध गराइनेछ।
४५. बढुवा सम्बन्धी कागजात धुल्याउने सम्बन्धी व्यवस्थाः बढुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको तीन वर्षपछि बढुवा सिफारिसको निर्णय बाहेकका अन्य बढुवा सम्बन्धी कागजातहरू धुल्याउन सकिनेछ।
तर कुनै बढुवाको सम्बन्धमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा त्यस्तो बढुवा सम्बन्धी कागजातहरु मुद्दाको अन्तिम टुङ्गो लागेसम्म धुल्याइने छैन।
४६. कायम मुकायम, कार्यवाहक र निमित्त सम्बन्धी व्यवस्थाः (१) प्रहरी सेवाका कुनै पदमा साधारणतया कायम मुकायम मुकरर गरिने छैन।
तर कार्यालय प्रमुखको पद रिक्त रहेको अवस्था परी कार्यालयको दैनिक कार्य सञ्चालन गर्न बाधा पर्ने भएमा कायम मुकायम मुकरर गर्न सकिनेछ।
(२) यस नियम बमोजिम कायम मुकायम मुकरर गर्दा प्राविधिक प्रहरी समूह तर्फ सम्बन्धित उपसमूहको एक तह मुनिको सबैभन्दा वरिष्ठतम प्रहरी कर्मचारीलाई र जनपद प्रहरी समूह तर्फ एक तह मुनिको सबै भन्दा वरिष्ठतम प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिनेछ।
(३) कायम मुकायम मुकरर भएको प्रहरी कर्मचारीले कायम मुकायम मुकरर भएको पदको दज्याथिन चिन्ह र सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ।
(४) देहायको पदमा देहायको अधिकारीले कायम मुकायम मुकरर गर्नु पर्नेछः–
(क) प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा नेपाल सरकार।
(ख) प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा सम्बन्धित बढुवा समितिको सिफारिसमा गृहमन्त्री।
(ग) प्रहरी उपरीक्षक पदमा मन्त्रालयको स्वीकृति लिई प्रहरी महानिरीक्षक।
(घ) प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक पदमा प्रहरी महानिरीक्षकको स्वीकृति लिई प्रहरी नायब महानिरीक्षक।
(५) कुनै कारणले कार्यालय प्रमुखको पद एक महिना भन्दा बढी अवधिको लागि रिक्त भएमा र सो पदमा कायम मुकायम मुकरर नगरिएको अवस्थामा एक तह माथिको कार्यालय प्रमुखले सो पदको कार्यवाहक भई कामकाज गर्न सो रिक्त पद भन्दा एक तह मुनिको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीलाई तोक्न सक्नेछ। त्यसरी कार्यवाहक भई तोक्दा त्यसको सूचना प्रहरी प्रधान कार्यालयमा दिनु पर्नेछ।
(६) उपदफा (५) बमोजिम कार्यवाहक भई काम गर्न तोकिएको प्रहरी कर्मचारीले त्यस्तो कार्यवाहक भएको पदको सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ।
(७) यस नियम बमोजिम कायम मुकायम मुकरर नगरिएको वा कार्यवाहक नतोकिएको अवस्थामा एक महिनामा ननाघ्ने गरी कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीले सो पदको निमित्त भई काम गर्नेछ। यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी कर्मचारीको हुनेछ।
(७क) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षकको पद कुनै कारणले रिक्त हुने भएमा वा प्रहरी महानिरीक्षकले कुनै कारणवश सो हैसियतमा काम गर्न नसक्ने भएमा नेपाल सरकारले प्रहरी सेवाको
वरिष्ठतम प्रहरी अतिरिक्त महानिरीक्षकलाई निमित्त प्रहरी महानिरीक्षक भई काम गर्ने गरी तोक्न सकिनेछ। यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षकको हुनेछ।
(८) कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गर्ने प्रहरी कर्मचारीले जुन पदमा काम गरेको छ सोही पदको तलब भत्ता र रासन सुविधा पाउनेछ।
तर पन्ध्र दिन भन्दा कम अवधि कार्यवाहक वा निमित्त भई काम गरे बापत त्यस्तो तलब भत्ता र रासन सुविधा पाउने छैन।
(९) उपनियम (८) बमोजिम काम गर्ने प्रहरी कर्मचारीले पाउने तलब भत्ताको अङ्क निजले सो पदमा बढुवा हुँदा पाउने तलब भत्ता भन्दा बढी हुने छैन।
(१०) कुनै एक पदमा एकै अवधिमा एक भन्दा बढी प्रहरी कर्मचारी कायम मुकायम वा कार्यवाहक मुकरर हुन सक्ने छैन।
परिच्छेद–५ पदस्थापना तथा सरुवा सम्बन्धी व्यवस्था
४७. पदस्थापनाः (१) यस नियमावली बमोजिम खुल्ला तथा बढुवाद्वारा सिफारिस भएका प्रहरी कर्मचारीको सुरु पदस्थापना तथा सरुवा गर्दा प्रहरी कर्मचारीको शैक्षिक योग्यता, तालीमस्तर, ज्ञानसीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र चाहनालाई ध्यान दिइनेछ।
(२) उपनियम (१) को अधीनमा रही जनपद प्रहरी समूहको प्रहरी वरिष्ठ दर्जासम्मको कुनै प्रहरी कर्मचारीलाई सुरु पदस्थापना तथा सरुवा गर्दा देहाय बमोजिमको सेवा विशिष्टीकृत कार्यक्षेत्र मध्ये कुनै एकमा पदस्थापना तथा सरुवा गरिनेछः–
(क) सुरक्षा व्यवस्थापन तथा नियन्त्रण (१) ट्राफिक प्रहरी, (२) विशिष्ट व्यक्ति सुरक्षा तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, (३) दङ्गा नियन्त्रण, (४) वित्तीय तथा औद्योगिक सुरक्षा,
(५) विमानस्थल सुरक्षा, (६) सीमा तथा राजमार्ग सुरक्षा, (७) कारागार सुरक्षा, (८) अदालत समन्वय तथा सुरक्षा, (९) विपद् व्यवस्थापन, (१०) विशेष कार्यदल, (११) सशस्त्र प्रहरी गण तथा गुल्म, (१२) रेल–वे प्रहरी, (१३) सञ्चार रेडियो अपरेटर, (१४) अन्य सुरक्षा।
(ख) प्रशासन तथा व्यवस्थापन (१) प्रशासन तथा व्यवस्थापन, (२) प्रशिक्षण, (३) कानून व्यवस्थापन (४) पर्यटक प्रहरी, (५) आर्थिक प्रशासन/लेखा/जिन्सी *(६) प्राविधिक समूहको प्रशासन (अस्पताल, विधिविज्ञान, कम्प्युटर/सूचना प्रविधि, सवारी, इन्जिनियरिङ्ग, आवास तथा भौतिक योजना, सङ्गीत, हातहतियार र कुकुर विद्यालय)। (७) जनसम्पर्क, (८) सामुदायिक प्रहरी।
(ग) अपराध अनुसन्धान तथा सूचना सङ्कलन (१) अपराध अनुसन्धान तथा अभियोजन,
(२) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा, (३) लागूऔषध नियन्त्रण ब्यूरो, (४) केन्द्रीय अनुसन्धान ब्यूरो,
(घ) महानगरीय प्रहरी (अ) सुरक्षा व्यवस्थापन तथा नियन्त्रण (१) ट्राफिक प्रहरी, (२) विशिष्ट व्यक्ति सुरक्षा तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, (३) दंगा नियन्त्रण, (४) विमानस्थल सुरक्षा, (५) कारागार सुरक्षा, (६) अदालत समन्वय तथा सुरक्षा, (७) विपद व्यवस्थापन, (८) सञ्चार रेडियो अपरेटर ।
(आ) प्रशासन तथा व्यवस्थापन (१) प्रशासन तथा व्यवस्थापन, (२) प्रशिक्षण, (३) कानून व्यवस्थापन (४) पर्यटक प्रहरी,
(५) आर्थिक प्रशासन/ लेखा/जिन्सी
(६) सामुदायिक प्रहरी,
(इ) अपराध अनुसन्धान तथा सूचना सङ्कलन
(१) अपराध अनुसन्धान तथा अभियोजन,
(२) सूचना सङ्कलन,
(३) महिला तथा बालबालिका सेवा।
(ङ) अन्य
(१) छापाखाना,
(२) फोटोग्राफी।
(३) उपनियम (१) को अधिनमा रही जनपद प्रहरी समूहको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा रहेको प्रहरी कर्मचारीलाई सरुवा गर्दा जनपद प्रहरी समूह भित्रकै अर्को कुनै सेवा विशिष्टीकृत कार्यक्षेत्रनित्र समान प्रकृतिको काम कर्तव्य सम्पादन गर्ने जिम्मेवारीमा फरक नपर्ने गरी यस नियमावली बमोजिम सरुवा गर्न सकिनेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि प्रहरी कर्मचारीलाई प्राविधिक प्रहरी समूहको पदाधिकार रहने पदबाट जनपद प्रहरी समूहको पदाधिकार रहने पदमा र जनपद प्रहरी समूहको पदाधिकार रहने पदबाट प्राविधिक प्रहरी समूहको पदाधिकार रहने पदमा सरुवा वा बढुवा गरिने छैन।
(५) प्रहरी कार्यालय सहयोगीको योग्यता, ज्ञान सीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र निजको चाहनाको आधारमा देहाय बमोजिमको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा पदस्थापना वा सरुवा गरिनेछः–
(क) पुजारी
(ख) माली/बगैंचा
(ग) भान्छे
(घ) हजाम
(ङ) सिलाई बुनाई
(च) सयस
(छ) कुचिकार
(ज) मोची
(झ) धोबी $\varnothing$ (झ१) खेलाडी
(ञ) सहयोगी भूमिकाका अन्य कार्य ।
४८. सरुवा गर्ने अधिकारीः प्रहरी कर्मचारीलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षकलाई नेपाल सरकारले,
(ख) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकलाई गृह मन्त्रीले,
(ग) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मका प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरीक्षकसम्म प्रहरी नायब महानिरीक्षकले,
(घ) $\text{※}$ प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षकलाई प्रहरी नायब महानिरीक्षक वा आफ्नो क्षेत्रभित्र प्रहरी वरिष्ठ उपरीक्षकले,
(ङ) प्रहरी कार्यालय सहयोगी देखि प्रहरी सहायक निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई प्रहरी उपरीक्षक वा आफ्नो क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालयको प्रमुखले ।
$\ast$ ४९. सरुवा सम्बन्धी व्यवस्थाः (१) यस नियमावलीको अधिनमा रही आवश्यकता अनुरूप प्रहरी कर्मचारीको सरुवा नियमित रूपमा गरिनेछ।
(२) उपनियम (१) बमोजिम सरुवा गर्दा “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रमा साधारणतयाः अठार महिनाभन्दा बढी अवधिको लागि सरुवा गरिने छैन ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनपद प्रहरी समूहको कुनै प्रहरी कर्मचारीको जुन सेवा वा विशिष्टीकृत कार्यक्षेत्रमा सुरु पदस्थापना
$\varnothing$ पाँचौँ संशोधनद्वारा थप। $\text{※}$ नवौँ संशोधनद्वारा संशोधित। $\ast$ पहिलो संशोधनद्वारा संशोधित।
भएको हो निजले सो सेवा विशिष्टीकृत कार्यक्षेत्रमा कम्तीमा तीन वर्षसम्म काम गर्नु पर्नेछ।
(४) सामान्यतया प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई आफ्नो घर पायक पर्ने प्रदेशभित्र सरुवा गर्दा प्राथमिकता दिइनेछ।
(५) जनपद प्रहरी समूहको प्रहरी निरीक्षक र सोभन्दा माथिको प्रहरी कर्मचारीलाई कुनै एक सेवा विशिष्टीकृत कार्यक्षेत्रबाट अर्को सेवा विशिष्टीकृत कार्यक्षेत्रमा सरुवा गर्न सकिनेछ।
तर प्रहरी निरीक्षकको सरुवा गर्दा निजले सुरु पदस्थापना भएको वा सरुवा भई आएको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा कम्तीमा तीन वर्ष सेवा गरेको हुनु पर्नेछ।
(६) सेवा विशिष्टीकृत कार्यक्षेत्रमध्ये व्यवस्थापन तथा प्रशासन अन्तर्गतको आर्थिक प्रशासनमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीको सरुवा गर्दा लेखातर्फ कम्तीमा दुई वर्ष काम गरेकोलाई जिन्सी तर्फ र जिन्सीतर्फ कम्तीमा दुई वर्ष काम गरेकोलाई लेखा तर्फ आलोपालो गरी सरुवा गरिनेछ।
(७) सेवा विशिष्टीकृत कार्यक्षेत्र मध्ये व्यवस्थापन तथा प्रशासन अन्तर्गतको आर्थिक प्रशासनमा सरुवा हुनको लागि लेखा तथा व्यवस्थापन विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको वा एस.एल.सी. उत्तीर्ण गरेको र कम्तीमा तीन वर्षसम्म लेखा सम्बन्धी काम गरेको हुनु पर्नेछ।
(८) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनपद प्रहरी समूहको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा उल्लेख गरिएको वा प्राविधिक प्रकृतिको कार्य गर्ने प्रहरी कर्मचारीको सरुवा वा पदस्थापन गर्दा निजले सम्पादि गरिरहेको कार्य प्रकृतिसँग मिल्ने समान प्रकृतिको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा मात्र गरिनेछ।
(९) सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समय तालिका समेत समावेश गरी मन्त्रालयको स्वीकृति लिई प्रहरी प्रधान कार्यालयले सरुवा मापदण्ड बनाउनु पर्नेछ।
५०. सरुवा गरिने अवधिः (१) कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतयाः पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा गरिने छैन ।
(२) उपनियम (१) बमोजिमको अवधि नपुग्दै कुनै प्रहरी कर्मचारीलाई सरुवा गर्नु परेमा सो को कारण उल्लेख गर्नु पर्नेछ ।
५१. सरुवा सम्बन्धी कार्यविधिः नियम ५० को अधीनमा रही देहायका अवस्थामा देहाय बमोजिम कार्यविधि अवलम्बन गरी सरुवा गरिनेछः–
(क) कुनै प्रहरी कर्मचारीलाई कुनै कार्यालयमा राखी रहन अनुपयुक्त देखिएमा वा कार्य विशिष्टताका कारण कुनै प्रहरी कर्मचारीको आवश्यकता परेमा सम्बन्धित कार्यालयले सो व्यहोरा खुलाई सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
(ख) कुनै प्रहरी कर्मचारीलाई व्यक्तिगत कारणले सरुवा आवश्यकता परेमा मनासिब माफिकको कारण खुलाई अनुसूची—१३ बमोजिमको फाराम भरी सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सो भन्दा तल्लो कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(ग) खण्ड (ख) बमोजिमको निवेदन प्राप्त भएको अवस्थामा सम्बन्धित कार्यालयले दर्ता गरी कार्यालय प्रमुखको राय सहित सरुवा गर्ने कार्यालयमा पठाउनु पर्नेछ र सो को जानकारी निवेदकलाई दिनु पर्नेछ ।
५२. काज सम्बन्धी व्यवस्थाः (१) प्रहरी कर्मचारीलाई सामान्यतयाः काजमा खटाइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी प्रधान कार्यालयले विशेष परिस्थितिमा काज खटाउने प्रयोजिनको लागि काज सम्बन्धी छुट्टै मापदण्ड बनाई लागू गर्न सक्नेछ ।
परिच्छेद–६ प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार
५३. प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकारः यस नियमावलीमा लेखिएका अन्य कुराहरुका अतिरिक्त प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने,
(ख) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकहरूको काम कारबाही उपर उचित रेखदेख तथा नियन्त्रण गर्ने,
(ग) प्रहरी सङ्गठनको काम कारबाहीलाई प्रभावकारी बनाउन आदेशको श्रृंखलालाई प्रभावकारीरूपमा लागू गर्ने वा गराउने, मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने वा गराउने,
(घ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने,
(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने वा गराउने,
(च) प्रहरी सेवालाई समयानुसार र जनमुखी बनाउन नीति एवं योजना तर्जुमा गरी लागू गर्ने वा गराउने,
(छ) मानव अधिकारको संरक्षण संवर्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(ज) सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानूनी एवं गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधि सम्बन्धी प्रतिवेदन यथाशिघ्र मन्त्रालयमा पठाउने,
(झ) सुरक्षा प्रतिकूल, गैरकानूनी एवं आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक योजना तर्जुमा गरी प्रभावकारीरूपमा लागू गर्ने वा गराउने,
(ञ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(ट) प्रहरी कर्मचारीहरूको पीरमकाथ व्यवस्थापिको उचित व्यवस्था गर्ने वा गराउने,
(ठ) प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने,
(ड) विपद् व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकतासाथ संलग्न गराउने,
(ढ) अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय कायम राख्ने,
(ण) वर्षमा एक पटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा तीन जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पठाउने,
(त) देशको आन्तरिक शान्ति सुव्यवस्थासँग सम्बन्धित विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने,
(थ) नेपाल सरकारबाट प्राप्त निर्देशन अनुरूप कार्यसम्पादन गरी प्रतिवेदन पेश गर्ने,
(द) अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भए बमोजिम खटाउने व्यवस्था मिलाउने,
(ध) सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको कार्यशाला, गोष्ठी, तालीम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि मन्त्रालयसम्म राय एवं सिफारिस पेश गर्ने,
(न) प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पठाउने,
(प) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
५४. महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकारः प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरीअन्तर्गत प्रशिक्षण केन्द्र तथा गण, महानगरीय अपराध महाशाखा, प्रहरी परिसर, कारागार र वृत्तहरूको कम्तीमा वर्षको एकपटक र आवश्यकता अनुसार प्रभाव तथा अन्य प्रहरी कार्यालयहरूको निरीक्षण गरी आवश्यक निर्देशन दिनुका साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमकार सुन्ने व्यवस्था मिलाउने,
(ङ) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको क्षेता दुरुस्त राख्ने, राख्न लगाउने,
(च) मानव अधिकारको संरक्षण संवर्द्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(छ) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्तिको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने गराउने,
(झ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी, छिटो छरितो गराउने, अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ञ) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(ट) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, साथै विपद्को बेला तत्परतासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ड) ट्राफिक प्रहरीलाई समयअनुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा आवश्यक नीति तर्जुमा गरी लागू गर्ने,
(ढ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने,
(ण) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(त) महानगर प्रहरीको क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने,
(थ) स्थानीय प्रशासन, जिल्लाधीश सरकारी तथा गैरसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसाँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,
(द) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग कम्तीमा वर्षमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(ध) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा प्रहरी महानिरीक्षकसम्म प्रतिवेदन पठाउने,
(न) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने, प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
५५. क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकारः प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्ति को प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, क्षेत्रस्थित प्रशिक्षण केन्द्र तथा गण, अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागारहरूको कम्तीमा वर्षको एक पटक र आवश्यकता अनुसार थाना र चौकीहरूको निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कर्मचारी, कार्यालय तथा प्रहरी काम कारबाहीको निरीक्षण तथा सुपरिवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमकाथ सुन्ने व्यवस्था मिलाउने,
(ङ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, षड्यन्त्र र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधीहरूको निगरानीको व्यवस्था मिलाउने, सङ्कलन गरिएका सूचना तथा विवरण अद्यावधिक राख्ने वा राख्न लगाउने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने वा गराउने,
(छ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनि तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी र छिटो छरितो गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ज) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(झ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्ने परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ञ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ट) ट्राफिक प्रहरीलाई समय अनुकूल दक्षता बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तजुर्मा गरी लागू गर्ने वा गराउने,
(ठ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने,
(ड) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(ढ) क्षेत्रनित्र शान्ति सुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने,
(ण) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैर सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसाँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,
(त) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग सालको एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने,
(थ) मानव अधिकारको संरक्षण, संवर्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(द) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने।
(ध) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।
५६. केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकारः प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ बमोजिम सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान तहकीकात हुने अपराधहरु मध्ये जघन्य, सङ्गठित, वा सार्वजनिक चासो वा बहुराष्ट्रिय प्रकृति वा मानव अधिकारको गम्भीर उल्लंघन वा आर्थिक, उच्च प्रविधियुक्त जघन्य एवं राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशील महसुस गरी राष्ट्रिय चिन्ता र चासो बन्ने प्रकृतिका अपराधहरूको सम्बन्धमा प्रहरी महानिरीक्षकले तोकिदिएका अपराधहरुको अनुसन्धान तहकीकात गर्ने,
(ख) कुनै प्रहरी कार्यालयको अधिकारक्षेत्र भित्र पर्ने भए तापनि त्यस्तो अपराधको अनुसन्धान तहकीकात ब्यूरोले गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकबाट तोकिएका अपराधहरुको अनुसन्धान गर्ने,
(ग) अपराध अनुसन्धान तहकीकातको निमित्त अन्य कार्यालयबाट आवश्यक सहयोगका लागि अनुरोध भई आएमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने,
(घ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
५६क. मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकारः (१) प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) मानव बेचबिखन अनुसन्धान तथा ओसारपसार सम्बन्धी कसूर हुन नदिन आवश्यक व्यवस्था मिलाउने,
(ख) देहाय बमोजिमको मानव बेचबिखन सम्बन्धी कसूर तथा त्यस्तो कसूरसँग सम्बद्ध भई आएका नेपाल प्रहरीले अनुसन्धान गर्ने अन्य फौजदारी कसूरको अनुसन्धान गर्ने वा गराउने:–
(१) मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी परेका कसूर,
(२) कसूरको प्रकृति सङ्गठित, गम्भीर वा जटिल भएको कारण मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर,
(३) मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर।
(ग) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरका पीडितको तत्काल उद्धार गरी आपतकालीन संरक्षण लगायत अन्य आवश्यक व्यवस्था मिलाउने,
(घ) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको नियन्त्रण तथा सो को अनुसन्धान सम्बन्धी कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेको कामको सुपरिवेक्षण, अनुगमन तथा समन्वय गर्ने,
(ङ) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने वा गराउने,
(च) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने,
(छ) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका अन्य कार्यहरु गर्ने वा गराउने।
(२) मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी परेका वा अनुसन्धानको लागि प्राप्त भएका कसूर सम्बन्धमा अनुसन्धान गर्दा अन्य प्रहरी कार्यालयबाट बाँकी अनुसन्धान कार्य पूरा हुन उपयुक्त देखेमा मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखले त्यस्ता मुद्दामा सङ्कलित प्रमाण र मिसिल समेत सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ।
(३) मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान कार्य पूरा गरी सरकारी वकील समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेपछि सोको जानकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई समेत दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम अनुसन्धान तहकीकातको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रमुखले खटाएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई भए सरहको अधिकार प्रयोग गरी नेपालभर काम गर्न सक्नेछ।
५६. साइबर ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार: (१) प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र साइबर ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) साइबर सम्बन्धी कसूर हुन नदिन आवश्यक व्यवस्था मिलाउने,
(ख) देहाय बमोजिमको साइबर सम्बन्धी कसूर तथा त्यस्तो कसूरसँग सम्बद्ध भई आएका नेपाल प्रहरीले अनुसन्धान गर्ने अन्य फौजदारी कसूरको अनुसन्धान गर्ने वा गराउने:-
(१) साइबर ब्यूरोमा जाहेरी परेका कसूर,
(२) कसूरको प्रकृति संगठित, गम्भीर वा जटिल भएको कारण साइबर ब्यूरोले अनुसन्धान गर्ने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर,
(३) साइबर ब्यूरोले अनुसन्धान गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयले तोकिदिएको कसूर ।
(ग) साइबर सम्बन्धी कसूरका पीडितको सामाजिक सञ्जालमा रहेको फोटो तथा भिडियो तत्काल अदृश्य (हाईड) गरी आपतकालीन संरक्षण लगायत अन्य आवश्यक व्यवस्था मिलाउने,
(घ) साइबर सम्बन्धी कसूरको नियन्त्रण तथा सोको अनुसन्धान सम्बन्धी कार्यमा अन्य प्रहरी कार्यालयबाट भए गरेको कामको सुपरिवेक्षण, अनुगमन तथा समन्वय गर्ने,
♥ आठौं संशोधनद्वारा थप।
(ङ) साइबर सम्बन्धी कसूरको केन्द्रीय अभिलेख व्यवस्थापन गर्ने वा गराउने,
(च) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने,
(छ) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका अन्य कार्य गर्ने वा गराउने।
(२) साइबर ब्यूरोमा जाहेरी परेका वा अनुसन्धानको लागि प्राप्त भएका कसूर सम्बन्धमा अनुसन्धान गर्दा सो विषय अन्य प्रहरी कार्यालयबाट अनुसन्धान हुन उपयुक्त देखेमा साइबर ब्यूरो प्रमुखले बाँकी अनुसन्धान गर्ने प्रयोजनका लागि त्यस्ता मुद्दामा सङ्कलित प्रमाण र मिसिल समेत सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको साइबर सम्बन्धी मुद्दाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान कार्य पूरा गरी सरकारी वकील समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेपछि सोको जानकारी साइबर ब्यूरोलाई समेत दिनु पर्नेछ।
(४) यस नियम बमोजिम अनुसन्धान तहकीकातको क्रममा साइबर ब्यूरो प्रमुखले खटाएको प्रहरी कर्मचारीले प्रचलित कानून बमोजिम अनुसन्धान अधिकारीलाई भए सरहको अधिकार प्रयोग गरी नेपालभर काम गर्न सक्नेछ।
५७. अञ्चल प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकारः क्षेत्रीय प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहेर गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र अञ्चल प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्लास्तरीय प्रहरी कार्यालय, कारागारहरू र नगर तथा इलाका प्रहरी कार्यालयहरूको वर्षको कम्तीमा दुई पटक र प्रहरी चौकीहरूको आवश्यकता अनुसार निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कर्मचारी, कार्यालय तथा प्रहरी काम कारबाहीको निरीक्षण तथा सुपरिवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमकाथ सुन्ने व्यवस्था मिलाउने,
(ङ) शान्ति सुरक्षामा खलल पुऱ्याउने वा सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, षड्कन्ट र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै संकलन गरिएका सूचना तथा विवरण व्यवस्थित गरी अद्यावधिक राख्ने लगाउने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने गराउने,
(छ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी र छिटो छरितो गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ज) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुसार अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(झन) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्ने परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ञ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ट) ट्राफिक प्रहरीलाई समयानुसार दिन बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने,
(ठ) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(ड) अञ्चलको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने,
(ढ) सीमावर्ती स्थानीय प्रशासन तथा प्रहरी कार्यालय, जिल्लाहरूको स्थानीय प्रशासन, सरकारी तथा गैरसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती सम्बन्धी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने वा गराउने,
(ण) मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(त) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा क्षेत्रीय प्रहरी कार्यालय प्रमुख समक्ष प्रतिवेदन पठाउने,
(थ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
५८. महानगरीय वा दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकारः प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष रेखदेख, नियन्त्रण तथा निर्देशनमा रहने गरी दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,
(ग) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(घ) प्रहरी कर्मचारी तथा कार्यालयको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(च) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रभावकारी ढङ्गबाट खटिन सक्ने गरी अतिरिक्त बलको रूपमा दङ्गा नियन्त्रण प्रहरीलाई तयारी हालत राख्न समय सापेक्ष प्रशिक्षणको व्यवस्था गर्ने र आधुनिक साधियुक्त बनाई तयारी हालतमा राख्ने,
(छ) हुलदङ्गा, साम्प्रदायिक दङ्गालगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,
(ज) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,
(झ) गण र मातहत गुल्म तथा जनशक्ति, योजना तथा कार्य, प्रशिक्षण विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा प्रहरी महानिरीक्षक समक्ष प्रतिवेदन पठाउने,
(ञ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्नु र गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने/गराउने।
५९. महानगरीय प्रहरी परिसर प्रमुखको काम, कर्तव्य र अधिकारः महानगरीय प्रहरी आयुक्त कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी परिसर प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) परिसरको क्षेत्रभित्र आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्तिसुरक्षा सम्बन्धी अन्य काम गर्ने, गराउने,
(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न परिसर मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(घ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमकाथ सुन्ने व्यवस्था मिलाउने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तजुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने गराउने,
(छ) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ मा उल्लिखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनि तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ज) अनुसन्धान तथा तहकीकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने वा राख्न लगाउने,
(झ) अदालत वा अन्य कार्यालयहरुबाट सम्पादित हुने अपराधको अनुसन्धान, तहकीकात, पूर्च सम्बन्धी कामको सिलसिलामा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी र कानूनले निर्धारण गरेको अन्य सरकारी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ञ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(ट) शान्ति सुरक्षामा खलल पुर्याउने एवं सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, षड्यन्त्र र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै सङ्कलन गरिएका सूचना तथा विवरण अद्यावधिक राख्ने राख्न लगाउने र शान्ति सुरक्षा सम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(ठ) परिसरको क्षेत्रभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्ने वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनु पर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्ने,
(ड) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,
(ढ) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(ण) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्ने परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(त) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(थ) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने वा गराउने,
(द) प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(ध) परिसरको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,
(न) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्ष अधिकारीहरूसाँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,
(प) सीमावर्ती समकक्ष प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(फ) मानव अधिकारको संरक्षण संवर्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(ब) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(भ) प्रमुख जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक महानगरीय प्रहरी परिसरको निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्ति
सुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन पेश गर्ने,
(म) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी दिने:–
(१) अपराध सम्बन्धी अवस्था, (२) आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति, (३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति, (४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ, (५) राजनीतिक गतिविधि, (६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्त्वपूर्ण अन्य विषय।
(य) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा तालुक प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(र) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
६०. जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार: अञ्चल प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्ला मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा
तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिनुका साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमकाथ सुन्ने व्यवस्था मिलाउने,
(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्न सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गराउने,
(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,
(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शान्त र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने वा गराउने,
(झ) मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची–१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै सो गर्दा अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ञ) हिरासत व्यवस्थापन पखाई प्रभावकारीरूपमा लागू गर्ने,
(ट) अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गराउने,
(ठ) जिल्लाभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको
बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्ने,
(ड) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने,
(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(त) ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तजुमा गरी लागू गर्ने,
(थ) प्रहरी काम कारबाहीका लागि मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(द) जिल्लाको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,
(ध) स्थानीय प्रशासन, जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्ष अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,
(न) मानव अधिकारको संरक्षण संवर्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(प) सीमावर्ती समकक्ष प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने,
(फ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति तथा गतिविधिहरूको बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(ब) प्रमुि जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्तिसुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने
(भ) सरुवा वा बढुवा भई जिल्ला छोड्दा अञ्चल प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई निम्न लिखित कुराहरू प्रतिवेदन र तयार गर्नेः–
(१) जिल्लाको अपराध सम्बन्धी अवस्था, (२) जिल्लाको राजनीतिक गतिविधि, (३) जिल्लाको खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेला जम्मा हुने र संवेदनशील ठाउँ, (४) जिल्लाको प्रमुि जिल्ला अधिकारीसँगको सम्बन्ध, (५) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय ।
(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा अञ्चल प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(य) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
६१. महानगरीय नगर प्रहरी वा नगर प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकारः महानगरीय प्रहरी परिसर वा जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रही आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय नगर प्रहरी वा नगर प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(ग) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,
(घ) आफ्नो कार्यालयमा रहेका हातहतियार गोली गट्टा, भीड नियन्त्रण र अन्य सरकारी मालसामानहरूको हिफाजत गर्ने र सरसफाइ गरी राख्ने,
(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(च) जिम्मेवारी क्षेत्रको शान्तिसुरक्षामा असर पुग्ने स्थितिको मूल्याङ्कन तथा पूर्वअनुमान गरी प्रभावकारी नियन्त्रण योजना तर्जुमा र कार्यान्वयन गर्ने,
(छ) आफ्नो कार्यक्षेत्रभित्र आवश्यकता अनुसार गस्ती र पालो पहराको व्यवस्था गरी अपराध नियन्त्रण गर्ने र कुनै घटना घटेको जानकारी प्राप्त हुनासाथ स्वयं त्यस ठाउँमा पुग्ने,
(ज) सभा, जुलुस तथा अति विशिष्ट व्यक्ति वा विशिष्ट व्यक्तिको आवागमनको सुरक्षामा खटिने,
(झ) जिम्मेवारी क्षेत्रको आपतकालीन सुरक्षा योजना तर्जुमा गरी आवश्यक तयारी र अभ्यास गर्ने वा गराउने,
(ञ) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा तत्काल प्रभावकारी ढङ्गबाट थप मद्दत खटिन सक्ने गरी तयारी हालत राख्ने,
(ट) हुलदङ्गा, साम्प्रदायिक दङ्गा लगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,
(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने,
(ड) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने,
(ढ) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ण) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(त) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने।
६२. महानगरीय प्रहरी वृत्त प्रमुखको काम, कर्तव्य र अधिकारः महानगरीय प्रहरी परिसरको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी वृत्त प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन्–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने र आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न वृत्त मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको दुरुस्त राख्ने वा राख्न लगाउने,
(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गर्न लगाउने,
(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,
(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउनुका साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण व्यवस्थित गरी अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने वा गराउने,
(झ) मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची–१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकीलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने,
(ञ) हिरासत व्यवस्थापन पक्षलाई प्रभावकारी रूपमा लागू गर्ने,
(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकीकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने,
(ठ) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ड) वृत्तको क्षेत्रनित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्ने वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्ने,
(ढ) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा मिलाउन लगाउने साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने,
(ण) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,
(त) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नुका साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,
(थ) आफ्नो जिम्मेवारी क्षेत्रनित्र ट्राफिक व्यवस्थापन गर्ने, प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(द) वृत्तको कुनै क्षेत्रनित्र शान्तिसुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,
(ध) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तरक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहर्दपूर्ण वातावरण कायम राख्ने, शान्तिसुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने ।
(न) आवश्यकता अनुसार स्थानीय प्रशासन, वृत्तको क्षेत्रभित्र रहेका सरकारी तथा गैरसरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,
(प) मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने वा गराउने र असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(फ) सीमावर्ती सम्कली प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(ब) शान्तिसुरक्षामा खलल पुर्याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, हङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधी तथा त्यस्ता व्यक्ति तथा गतिविधिहरुका बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(भ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने:–
(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा महानगरीय प्रहरी परिसर प्रमुखसम्म प्रतिवेदन पठाउने,
(य) आफ्नो वृत्त क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र माथिल्लो प्रहरी कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने,
(र) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
६३. महानगरीय प्रहरी प्रभाग प्रमुखको काम, कर्तव्य र अधिकारः महानगरीय प्रहरी परिसर र वृत्तको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी प्रभाग प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुन्छः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने,
(ग) पालोमा खटाइने प्रहरी कर्मचारीहरूको आवश्यक व्यवस्थापन गर्ने,
(घ) थुनामा राख्नुपर्ने व्यक्तिलाई थुनामा राख्दा वा थुनाबाट बाहिर निकाल्दा यथासम्भव आफैंले वा आफ्नो अगाडि थुनामा राख्ने वा निकाल्ने,
(ङ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्ने, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने, कर्तव्यनिष्ठ बनाउने एवं मनोबल उच्च राख्ने कार्य गर्ने,
(च) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको श्रेष्ठ दुरुस्त राख्ने वा राख्न लगाउने,
(छ) प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने,
(झ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(ञ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,
(ट) शान्तिसुरक्षा खलल पुर्याउने सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, हङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण व्यवस्थित रूपमा अद्यावधिक राख्ने साथै तालुक कार्यालयमा प्रतिवेदन गर्ने,
(ठ) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ड) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने,
(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,
(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार कार्य गर्ने,
(त) आफ्नो जिम्मेवारी क्षेत्रनित्र ट्राफिक व्यवस्थापन गर्ने,
(थ) प्रभागको कुनै क्षेत्रनित्र शान्ति सुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,
(द) जिम्मेवारी क्षेत्रनित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव
लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्ति सुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने,
(ध) आवश्यकता अनुसार स्थानीय प्रशासन, प्रभागको क्षेत्रभित्र रहेका सरकारी तथा गैर सरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,
(न) मानव अधिकारको संरक्षण संवर्धन गर्ने वा गराउने र असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(फ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने:–
(१) अपराधसम्बन्धी अवस्था,
(२) आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्तिहरू,
(३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति,
(४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेटजाम्मा हुने र संवेदनशील ठाउँ,
(५) राजनीतिक गतिविधि,
(६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्त्वपूर्ण अन्य विषय ।
(ब) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा तालुक कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(भ) प्रभागको क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र तालुक कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने,
(म) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
६४. ईलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकारः जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने,
(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न कार्यालय मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(घ) सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको दुरुस्त राख्ने वा राख्न लगाउने,
(च) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(छ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,
(ज) शान्ति सुरक्षामा खलल पुर्याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा
विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(झ) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने गराउने,
(ञ) मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची–१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकीलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने,
(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकीकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने, अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ठ) इलाका वा वडाको क्षेत्रनित्र आवाजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्ने वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्ने,
(ड) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा मिलाउन लगाउनुका साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने,
(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,
(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नुकासाथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,
(त) आफ्नो जिम्मेवारी क्षेत्रनित्र ट्राफिक व्यवस्थापन गर्ने,
(थ) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(द) इलाका वा वडाको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागु गर्ने वा गराउने,
(ध) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्तिसुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने,
(न) आवश्यकता अनुसार स्थानीय प्रशासन, आफ्नो कार्यालयको क्षेत्रभित्र रहेका सरकारी तथा गैरसरकारी संघ संस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,
(प) आफ्नो कार्यालयमा उजुरी प्रतिवेदन गर्न आएका व्यक्तिहरूसँग सद्व्यवहार गर्ने र उनीहरूले भन्न चाहेका कुरालाई राम्ररी ध्यान दिई सुन्ने,
(फ) मानव अधिकारको संरक्षण संवर्द्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(व) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(भ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने:–
(१) अपराध सम्बन्धी अवस्था,
(२) आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति,
(३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति,
(४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ,
(५) राजनीतिक गतिविधि,
(६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्त्वपूर्ण अन्य विषय ।
(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक वा वार्षिक रूपमा तालुक कार्यालय प्रमुख समक्ष प्रतिवेदन पठाउने,
(य) आफ्नो जिम्मेवारी क्षेत्रभित्रको शान्तिसुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र तालुक प्रहरी कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने,
(र) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
६५. प्रहरी चौकी प्रमुखको काम, कर्तव्य र अधिकारः जिल्ला प्रहरी कार्यालय वा ईलाका प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रहरी चौकी प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न सजाय र पुरस्कारलाई कडाइकासाथ लागू गर्ने,
(ग) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्तिसुरक्षा सम्बन्धी अन्य काम गर्ने,
(घ) तत्काल थुनामा राख्नुपर्ने व्यक्तिलाई थुनामा राख्दा वा थुनाबाट बाहिर निकाल्दा यथासम्भव आफैंले वा आफ्नो अगाडि थुनामा राख्ने वा निकाल्ने,
(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने,
(च) प्रहरी चौकीमा उजुरी प्रतिवेदन गर्न आएका व्यक्तिहरूसँग सद्व्यवहार नगर्ने र उनीहरूले भन्न चाहेका कुरालाई राम्ररी ध्यान दिई सुन्ने, आफ्नो जिम्मेवारी क्षेत्रमा जनमुखी प्रहरी सेवा प्रदान गर्ने,
(छ) मानव अधिकारको संरक्षण संवर्द्धन गर्न गराउने, असहाय, महिला तथा बालबालिकाका हकअधिकार संरक्षण गर्न सदैव सजग रहने र आफ्ना मातहतका सबै प्रहरी कर्मचारीलाई सदैव सजग गराउने,
(ज) शान्ति सुव्यवस्था कायम राख्ने र अपराध रोकथामका लागि योजना बनाई गस्ती, पालो पहराको व्यवस्था मिलाउने,
(झ) अपराध सम्बन्धी दरखास्त वा खबर आएमा तालुक कार्यालयमा तुरुन्त खबर गरी चाहिने मद्दतसमेत लिई आफू पनि घटनास्थलमा जाने र मौकामा गर्नुपर्ने आवश्यक कारबाही गर्ने,
(ञ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गराउने,
(ट) विदेशी नागरिकहरूको गतिविधिको जानकारी राख्ने,
(ठ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका वा षड्कन्ट वा फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्तिको निगरानी राख्नुका साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूची तथा विवरण अद्यावधिक राख्ने,
(ड) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ढ) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने,
(ण) आफ्नो जिम्मेवारी क्षेत्रनित्र ट्राफिक व्यवस्थापन गर्ने,
(त) प्रहरी चौकीको कुनै क्षेत्रनित्र शान्तिसुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,
(थ) जिम्मेवारी क्षेत्रनित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तर्क्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव
(द) आवश्यकता अनुसार स्थानीयस्तरको सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,
(ध) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(न) सुरक्षा प्रतिकूल क्रियाकलाप, शान्तिसुरक्षामा खलल पुऱ्याउने गतिविधि, खराब चरित्र भएका वा षड्वि र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा त्यस्ता व्यक्तिको गतिविधिहरूको बारेमा तालुक कार्यालयमा प्रतिवेदन गर्ने,
(प) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफुलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन गर्ने:–
(१) अपराध सम्बन्धी अवस्था। (२) आपराधिक कार्य गर्ने दुरुत्साहन गर्ने व्यक्तिहरू। (३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति। (४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ। (५) राजनीतिक गतिविधि। (६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्त्वपूर्ण अन्य विषय।
(फ) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा यथाशीघ्र तालुक कार्यालयको प्रमुखसमक्ष प्रतिवेदन गर्ने,
(ब) प्रहरी चौकीको क्षेत्रभित्रको शान्तिसुरक्षा कायम राख्ने कार्यमा तालुक कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने,
(भ) तालुक कार्यालय निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।
६६. प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकारः (१) ऐन र यस नियमावलीको अधीनमा रही प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रहरी आचरण तथा अनुशासनमा रहने,
(ख) तोकिएको जिम्मेवारी उच्च मनोबल र कुशलतापूर्वक निर्वाह गर्ने,
(ग) थुनुवा रहेका स्थानमा वा खजाना वा अरू मालसामान रहेका स्थानमा पालो पहरा बस्दा थुनुवा भाग्न नपाउने वा मालसामान हिनमिना हुन नपाउने गरी राम्रोसँग काम गर्ने,
(घ) बदली हुँदा ड्युटीको सम्बन्धमा भए गरेको आदेश, तत्कालको जिम्मेवारी लगायत अन्य महत्वपूर्ण कुरा बदली भई आउने प्रहरी कर्मचारीलाई स्पष्ट जानकारी गराउने,
(ङ) फरार अपराधी फेला परेमा पक्रने र अरू कुनै किसिमको अपराधको सुराक पाएमा आफ्नो कमान्डरलाई तत्काल प्रतिवेदन गर्ने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप, शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि, खराब चरित्र भएका वा षड्यन्त्र वा फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा त्यस्ता व्यक्तिको गतिविधिहरू र भेट हुने ठाउँ बारेमा जानकारी प्राप्त भएमा आफ्नो कमान्डरलाई तत्काल प्रतिवेदन गर्ने,
(छ) शान्तिसुरक्षामा खलल पुर्याउने, नागरिकको जिउधन क्षति पुर्याउने र हातहतियार, विष्फोटक पदार्थ एवं अन्य गैरकानूनी मालसामान बारेमा जानकारी प्राप्त भएमा आफ्नो कमान्डरलाई तत्काल प्रतिवेदन गर्ने,
(ज) विपद्को बेला तदारुकताका साथ उद्धारमा संलग्न हुने,
(झ) कमान्डरले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गर्ने,
(ञ) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने।
(२) नेपाल सरकारले स्वीकृत गरेको प्रहरी सङ्गठनको कार्य विवरणको आधारमा मन्त्रालयको स्वीकृतिमा कार्यालय प्रमुखले प्रहरी सेवाको प्रत्येक पदको कार्य विवरण बनाई लागू गर्नु पर्नेछ र त्यस्तो कार्य विवरणमा त्यस्तो पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र योग्यता समेत स्पष्टरूपमा किटिएको हुनु पर्नेछ।
६७. विशेष सुरक्षाको लागि प्रहरी कर्मचारी खटाउने सम्बन्धी व्यवस्थाः (१) ऐन, यस नियमावली वा अन्य प्रचलित कानून बमोजिम नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने भनी तोकिएका कुनै विशिष्ट व्यक्ति वा महत्वपूर्ण संरचना, भवन वा संस्थाको सुरक्षाका लागि वा नेपाल प्रहरीलाई प्राप्त सूचनाका आधारमा अन्य कुनै विशिष्ट व्यक्ति वा संरचनाको सुरक्षा उपरको खतराको मूल्याङ्कन गरी आवश्यकता अनुसार प्रहरी पोसाक वा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउन सकिनेछ।
(२) उपनियम (१) बमोजिम खटिएको प्रहरी कर्मचारीलाई निजको जिम्मेवारी पूरा गर्न नदिने गरी कुनै जोर जुलुम गरेमा, हातहतियार उठाई वा नउठाई हमला गरेमा वा अन्य क्रियाकलाप गरेमा त्यस्तो प्रहरी कर्मचारीले आफूले सुरक्षा दिनुपर्ने व्यक्ति, संरचना, भवन वा संस्थाको सुरक्षा वा बचाउ गर्न वा आफ्नो जीउको सुरक्षा गर्न आवश्यक बल प्रयोग गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम बल प्रयोग गर्दा कुनै व्यक्ति घाइते हुन गएमा वा मृत्यु भएमा त्यस्तो प्रहरी कर्मचारीउपर नेपाल सरकारको स्वीकृति नलिई मुद्दा चलाउन सकिने छैन।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम खटिएको सुरक्षाकर्मीले आफूसँग रहेको स्रोत साधन वा हातहतियारको प्रयोग बदनियत वा हेलचक्र्याइँका साथ प्रयोग गरेको हो वा होइन वा त्यस्तो स्रोतसाधन वा हातहतियार वा बल प्रयोग गर्न आवश्यक थियो वा थिएन भन्ने सम्बन्धमा छानबिन गर्न सकिनेछ।
(५) उपनियम (४) बमोजिम छानबिन गर्दा त्यस्तो प्रहरी कर्मचारीले आफूसँग रहेको स्रोत साधन वा हतियारको प्रयोग बदनियत, हेलचक्र्याइँसाथ गरेको वा आवश्यकता
भन्दा बढी बल प्रयोग गरेको देखिएमा निजलाई विभागीय वा प्रचलित कानून बमोजिमको कारबाही अगाडी बढाउन सकिनेछ।
परिच्छेद–७ स्थानीय प्रशासन र स्थानीय प्रहरीको सम्बन्ध
६८. स्थानीय प्रशासनको नियन्त्रणमा रहनेः प्रहरीको अनुशासन, आन्तरिक व्यवस्था र अपराध अनुसन्धानको कुरामा बाहेक जिल्लाका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रमुख जिल्ला अधिकारीको सामान्य रेखदेख र नियन्त्रणमा रहनेछन्।
६९. जिल्ला छोड्नु पूर्व सूचना दिनु पर्नेः जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले जिल्ला छोड्दा त्यसको पूर्व सूचना प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्नेछ।
७०. निर्देशनको पालना गर्नु पर्नेः जिल्लाको शान्ति र व्यवस्था कायम राख्न आफूलाई तोकिएको कार्यसम्पादन गर्नु तथा यस्ता विषयमा प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशन पालन गर्नु जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसर प्रमुखको कर्तव्य हुनेछ।
७१. प्रमुख जिल्ला अधिकारीबाट निरीक्षणः (१) जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले आफ्नो मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने वा गराउने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई पूर्व जानकारी गराउनु पर्नेछ तथा प्रमुख जिल्ला अधिकारीले वर्षको कम्तीमा एक पटक जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर, इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त र प्रहरी प्रभागको निरीक्षण गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले निरीक्षण गर्दा प्रत्येक इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, प्रहरी प्रभाग र प्रहरी चौकीमा रहेको डायरी तथा प्रहरी सम्बन्धी गोप्य प्रतिवेदन सहित अन्य अपराध सम्बन्धी सारांश प्रतिवेदन हेरी आफ्नो प्रतिक्रिया सहितको सूचना तुरुन्त जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखलाई दिनुपर्नेछ। यसरी निरीक्षण गर्दा जिल्ला प्रहरी कार्यालय तथा महानगरीय प्रहरी परिसरको प्रमुखले आफ्नो मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गरे वा नगरेको सम्बन्धमा समेत निरीक्षण गर्नु पर्नेछ।
७२. प्रतिवेदन गर्ने र पूर्व निर्देशन प्राप्त गर्नेः गैरकानूनी जमात, साम्प्रदायिक वा राजनीतिक जुलुसको सामना गर्दा जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले प्रमुख जिल्ला अधिकारीको पूर्व निर्देशन प्राप्त गर्नु पर्नेछ। शान्ति सुव्यवस्थालाई खलल हुने देखिएमा जिल्ला प्रहरी कार्यालय प्रमुख वा महानगरीय प्रहरी परिसर प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गरी उपयुक्त निर्देशनको निमित्त अनुरोध गर्नु पर्नेछ।
७३. कार्यालय प्रमुख मार्फत लेखापढी हुनेः स्थानीय प्रशासनले प्रहरी सङ्गठनसँग लेखापढी गर्दा सामान्यतया कार्यालय प्रमुख मार्फत नै गर्नु पर्नेछ।
७४. चालचलन सम्बन्धी प्रतिवेदन भर्दा परामर्श लिनुपर्नेः क्षेत्रीय प्रहरी कार्यालयको प्रमुखले जिल्ला प्रहरी कार्यालयको प्रमुखको र महानगरीय प्रहरी प्रमुखले महानगरीय प्रहरी परिसर प्रमुखको चालचलन सम्बन्धी प्रतिवेदन भर्दा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिनु पर्नेछ।
७५. सरुवा वा अनुशासनको कारबाही गर्दा परामर्श लिनेः जिल्ला प्रहरी कार्यालय प्रमुख वा महानगरीय प्रहरी परिसर प्रमुखलाई सरुवा गर्दा वा निजमाथि अनुशासन सम्बन्धी कारबाही गर्दा अख्तियारवालाले आवश्यकता अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको परामर्श लिन सक्नेछ।
७६. अपराध नियन्त्रण गर्ने सम्बन्धमा छलफल गर्न विदेश जान सकिनेः सीमावर्ती इलाकामा घटने अपराध नियन्त्रण गर्न र तत्सम्बन्धी अनुसन्धान गर्ने काममा स्थानीय प्रहरी कार्यालयको प्रमुखले पारस्परिक सहयोग पुर्याउने सिलसिलामा छिमेकी मित्र राष्ट्रका सीमावर्ती इलाकामा रहेका प्रहरी कार्यालयका समानस्तरका प्रहरी अधिकृतसँग आवश्यकता अनुसार छलफल गर्नु परेमा वा सोका लागि सम्बन्धित मित्र राष्ट्रमा जानु परेमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउनु पर्नेछ।
परिच्छेद–८
बिदा
७७. बिदा नलिई गैरहाजिर हुन नपाउनेः यस नियमावली बमोजिम बिदा नलिई कुनै प्रहरी कर्मचारी गैरहाजिर हुन पाउने छैन।
७८. बिदाका किसिमहरूः प्रहरी कर्मचारीले देहाय बमोजिमका बिदा पाउनेछः–
(क) भैपरी आउने बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा,
(घ) किरिया बिदा,
(ङ) प्रसुति बिदा,
(च) प्रसुति स्याहार बिदा,
(छ) सट्टा बिदा,
(ज) अध्ययन बिदा।
७९. भैपरी आउने बिदाः (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिनमा नबढाई भैपरी बिदा पाउनेछ।
(२) भैपरी आउने बिदा साधारणतः एक पटकमा बढीमा चार दिनसम्म लिन पाइनेछ।
(३) एक वर्षको भैपरी आउने बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन।
(४) भैपरी आउने बिदामा बसेका प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
८०. घर बिदाः (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष तीस दिनका दरले घर बिदा पाउनेछ।
(२) प्रहरी कर्मचारीले आफूले पकाएको घर बिदा बढीमा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ।
(३) प्रहरी कर्मचारीले वर्षको एक पटक घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तानी गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदल हिड्नुपर्ने भएमा आठ कोसको निमित्त एक दिनको दरले र मोटर, रेल, हवाईजहाजको बाटोका लागि जति दिन लाग्ने हो त्यति दिन बाटोको भत्ता पाउनेछ।
(४) प्रहरी कर्मचारी कुनै कारणले सेवाबाट अवकाश भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजको पदानुक्रम रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ।
(५) घर बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(६) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधिभरको बिदा पाउने छैन।
(७) सञ्चित रहेको बिदाको रकम नलिपाउँदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिदाको रकम नियम १३३ को उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ।
८१. बिरामी बिदा: (१) आफ्नो पदको कर्तव्यपालन गर्दा चोटपटक लाग्न गई वा बिरामी हुन गई अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने दिन बाहेक प्रत्येक प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन तलब, भत्ता र रासनसहित बिरामी बिदा पाउनेछ।
(२) प्रहरी कर्मचारीले बिरामी बिदा सञ्चित गर्न सक्नेछ र जुनसुकै व्यहोराबाट निज सेवाबाट अलग भएमा निजको सञ्चित बिरामी बिदा बापत आफ्नो पदानुक्रम रहेको पदबाट छाइपाई आएको मासिक तलबका दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ। सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिरामी बिदाको रकम नियम १३३ को उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ।
(३) पाँच दिनभन्दा बढी अवधिको बिरामी बिदा माग गर्ने प्रहरी कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ।
तर यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव छैन भन्ने बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा खुलाई प्रमाणपत्र बिना नै बिदा स्वीकृत गर्न सक्नेछ।
(४) कुनै ठूलो वा कडा रोग लागि उपचार गर्न सञ्चित बिरामी बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा त्यस्तो प्रहरी कर्मचारीले बढीमा पैँतालीस दिनसम्म थप बिरामी बिदा पेश्कीको रुपमा पाउन सक्नेछ।
(५) उपनियम (४) बमोजिमको पेश्की बिरामी बिदा त्यस्तो बिदा लिने प्रहरी कर्मचारीको सञ्चित रहेको वा पछि सञ्चित हुने घर बिदाबाट कट्टा गरिनेछ। त्यसरी कट्टा गर्दा प्रत्येक एक दिनको घर बिदाबाट दुई दिनको दरले पेश्की बिरामी बिदा कट्टा गरिनेछ।
(६) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधिको बिरामी बिदा पाउने छैन।
८२. क्रिया बिदा: (१) कुनै प्रहरी कर्मचारीले कुल धर्म अनुसार आफैं क्रिया बस्नु परेमा वा त्यस्तो प्रहरी कर्मचारीको बाबु, आमा, बाजे, बज्यै, छोरा, छोरी वा सासू ससुराको मृत्यु भएमा वा पुरुष प्रहरी कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन क्रिया बिदा पाउनेछ। महिला प्रहरी कर्मचारीको पतिले क्रिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन क्रिया बिदा दिइनेछ। त्यस्तो बिदा लिएको विवरणको अभिलेख राख्नु पर्नेछ।
(२) क्रिया बिदामा बस्दा प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ।
(३) उपनियम (१) बमोजिम बिदा लिने प्रहरी कर्मचारीले बिदापछि कार्यालयमा हाजिर भएपछि मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र र मृत व्यक्तिसँगको नाता प्रमाणित पेस गर्नु पर्नेछ।
(४) उपनियम (३) बमोजिम प्रमाणपत्र पेस नगर्ने प्रहरी कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ।
८३. प्रसूति बिदा: (१) महिला प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी *अन्ठान्ब्बे दिन प्रसूति बिदा पाउनेछ।
(२) प्रसूति बिदा बस्ने महिला प्रहरी कर्मचारीले पुरा तलब, भत्ता र रासन पाउनेछ।
(३) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला प्रहरी कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टी नहुने गरी थप तीन महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्नेछन्। यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रूपमा लिनु पर्नेछ।
(४) उपनियम (१) र (३) बमोजिमको बिदाको विवरणको अभिलेख राख्नु पर्नेछ।
(५) उपनियम (३) बमोजिम बेतलबी बिदामा बसेको अवधि सेवा अवधिमा जोडिनेछ।
८४. प्रसूति स्याहार बिदा: (१) कुनै पुरुष प्रहरी कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ।
(२) प्रसूति स्याहार बिदा सेवा अवधिभरमा दुई पटक मात्र लिन पाइनेछ।
(३) प्रसुति स्याहार विदामा बस्ने प्रहरी कर्मचारीले पुरा तलब, भत्ता र रासन पाउनेछ।
(४) प्रसुति स्याहार विदा लिएको प्रहरी कर्मचारीले विदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र कार्यत कार्यालयमा पेश गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो अवधि निजले पाउने अन्य विदाबाट कट्टा गरिनेछ।
(६) प्रसुति स्याहार विदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ।
(७) प्रसुति विदा तथा प्रसुति स्याहार विदा पाएको प्रहरी कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई बच्चाका लागि जनही एकमुष्ठ पाँच हजार रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ।
८५. सट्टा विदाः प्रहरी कर्मचारीले सार्वजनिक विदाको दिनमा काम गरे बापत एक पटकमा सात दिनमा नबढाई सट्टा तलबी विदा पाउनेछ। त्यस्तो विदा एक वर्षभित्रमा आलोपालो मिलाई कार्यालय प्रमुखबाट स्वीकृति लिए बमोजिम लिनु पर्नेछ।
८६. अध्ययन विदाः (१) नेपाल प्रहरीलाई उपयोगी र अति आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगितामा वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने प्रहरी कर्मचारीले अध्ययन अवधिभर अध्ययन विदा पाउन सक्नेछ।
(२) प्रहरी कर्मचारीले सेवा अवधि भरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन विदा पाउनेछ।
तर नेपाल सरकारले आवश्यक ठानेमा अध्ययन विदाको अवधिमा दुई वर्ष थप गर्न सक्नेछ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूहका प्रहरी निरीक्षक वा सोभन्दा मुनिका दर्जामा खुला प्रतियोगिताद्वारा नियुक्त भएका प्रहरी कर्मचारीले सेवा अवधिभर एक पटक वा पटक–पटक गरी बढीमा छ वर्ष अध्ययन विदा पाउन सक्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनका निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको प्रहरी कर्मचारीले थप विषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नका निमित्त अध्ययन बिदा थपिने छैन।
(३क) उपनियम (२) वा (२क) बमोजिम अध्ययन बिदा लिएको प्रहरी कर्मचारीले अध्ययन पुरा गरी सेवामा हाजिर भएको तीन वर्ष पुरा नभई पुनः अध्ययन बिदा पाउने छैन।
(४) अध्ययन बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ।
(५) नेपाल प्रहरीको सम्बन्धित सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा विभागीय प्रमुुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी खर्चमा अध्ययन गर्न जाने प्रहरी कर्मचारीलाई उपनियम (२) बमोजिम अध्ययन बिदा दिन सकिनेछ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (५) बमोजिम अध्ययन बिदामा बस्ने प्रहरी कर्मचारीले अध्ययन बिदामा रहेको अवधिको तलब पाउने छैन।
(७) छ वर्ष सेवा अवधि नपुगेको प्रहरी कर्मचारीले अध्ययन बिदा पाउने छैन।
$\leftrightarrow$ तर प्राविधिक प्रहरी समूह अन्तर्गत रहेका प्रहरी कर्मचारीको हकमा प्रहरी सेवाका लागि अति आवश्यक परेको विषयमा अध्ययनको अवसर दिनु उपयुक्त भएको भनी प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको आधारमा नेपाल सरकारले स्वीकृति दिएमा तीन वर्ष सेवा अवधि पुगेपछि अध्ययन बिदा दिन सकिनेछ।
(८) अध्ययन बिदा लिने वा अध्ययन काज तालीममा बस्ने प्रहरी कर्मचारीले अध्ययन गर्न जानु भन्दा अघि त्यस्तो अध्ययन बिदा वा अध्ययन काज तालीम पूरा गरी फर्केर आई आफ्नो सेवामा देहाय बमोजिमको अवधिसमय अनिवार्य रूपमा सेवा गर्ने कबुलियतनामा गर्नुपर्नेछ:–
(ग) छ महिनादेखि नौ महिनासम्म दुई वर्ष (घ) नौ महिनादेखि एक वर्षसम्म तीन वर्ष (ङ) एक वर्षदेखि दुई वर्षसम्म पाँच वर्ष (च) दुई वर्षदेखि तीन वर्षसम्म छ वर्ष (छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष (ज) **चार वर्ष वा सोभन्दा बढी अवधि आठ वर्ष
(९) अध्ययन बिदा लिई वा अध्ययन काज तालीममा गई फर्केका प्रहरी कर्मचारीले उपनियम (८) बमोजिमको अवधिभित्र अनिवार्य सेवा नगरेमा अध्ययन बिदा वा तालीम काज अवधिमा पाएको तलब बाहेक, अध्ययनको लागि नेपाल सरकारको तर्फबाट खर्च व्यहोरीकरण भएको भए सो खर्च तथा नियमावलीमा उल्लेख भएका अन्य रकम समेत निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ।
(१०) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नका निमित्त अत्यावश्यक तालीम प्राप्त गर्नका लागि नेपाल सरकारले कुनै प्रहरी कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजले पूरा तलब पाउनेछ।
तर यस प्रकारको काज तालीमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि प्रहरी कर्मचारीलाई शैक्षिक उपाधी हासिल गर्न पठाउँदा तालीम काज दिइने छैन।
(११) यस नियम बमोजिम अध्ययनका लागि एकपटक बेतलबी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन।
८७. बिदा दिने अधिकारीः (१) कार्यालय प्रमुखले भैपरी आउने बिदा वा बिरामी बिदा वस्तु पने भएमा बिदा बसी तालुक कार्यालयबाट स्वीकृत गराउनु पर्नेछ।
(२) प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयका अन्य कर्मचारीलाई सबै किसिमको बिदा र प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो अधिकृतलाई भैपरी आउने बिदा, बिरामी बिदा र क्रिया बिदा सोही कार्यालय प्रमुखले दिन सक्नेछ।
(३) प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो प्रहरी अधिकृतलाई घर विदा एक तहमाथिको कार्यालय प्रमुखले दिन सक्नेछ।
(४) अन्य प्रहरी कर्मचारी कार्यालय प्रमुख रहेको कार्यालयको कर्मचारीलाई घर विदा बाहेक अरू विदा सोही कार्यालय प्रमुखले र घर विदा एक तहमाथिको कार्यालय प्रमुखले दिन सक्नेछ।
(५) प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षक र सो भन्दा माथिल्लो प्रहरी अधिकृतलाई भैपरी आउने र बिरामी विदा सम्बन्धित शाखा प्रमुखले र अरू विदा प्रहरी महानिरीक्षक वा निजले तोकेको अधिकारीले दिन सक्नेछ।
(६) प्रहरी कर्मचारीको अध्ययन विदा प्रहरी प्रधान कार्यालयको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ।
८८. विदा लिने कार्यविधिः (१) विदा लिन चाहेको प्रहरी कर्मचारीले आफूलाई चाहिएको विदाको अवधि, कारण र विदेश जानुपर्ने भए सो समेत खोली रीतपूर्वक लेखिएको लिखित दरखास्त आफू हाजिर रहेको कार्यालय मार्फत विदा स्वीकृत गर्ने अधिकारीसमक्ष पेश गर्नु पर्छ। यस्तो दरखास्त प्राप्त भए पछि विदा स्वीकृत गर्ने अधिकारीले विदा स्वीकृत वा अस्वीकृत भएको कुराको सूचना सम्बन्धित प्रहरी कर्मचारीलाई दिनु पर्नेछ।
(२) विदाको लागि दरखास्त प्राप्त भए पछि विदा दिने अधिकारीले परिस्थितिको विचार गरेर विदा स्वीकृत वा अस्वीकृतको निर्णय गर्नेछ।
(३) भैपरी आउने विदाको हकमा विदा स्वीकृत गर्ने अधिकारीले उपनियम (१) बमोजिम दरखास्त नदिए पनि मौखिक अनुरोधको आधारमा त्यस्तो विदाको स्वीकृति दिन सक्नेछ।
(४) देहायमा लेखिए बमोजिमका कुरामा विदा दिने अधिकारीलाई चित्त बुझ्नेमा निजले विदाका लागि दरखास्त परेको मितिभन्दा अगाडि देखि लागू हुने गरी विदा स्वीकृत गर्न सक्नेछः–
(क) विदा दिने अधिकारीको पूर्व स्वीकृति लिनरहनु सम्भव थिएन भने, वा (ख) पूर्व स्वीकृतिका लागि निवेदकले सकभर प्रयास गरेको थियो भने।
८९. बिदाको अभिलेख: (१) बिदा दिने अधिकारीले आफ्नो मातहतका सबै प्रहरी कर्मचारीहरूको बिदाको अभिलेख किताब खडा गरी लगत राख्नु वा राख्न लगाउनु पर्नेछ।
(२) कुनै प्रहरी कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएमा निजको बिदाको लगतको उतार सरुवा भएको ठाउँमा पठाउनु पर्नेछ।
९०. बिदाको बीचमा पर्नु पर्ने सार्वजनिक बिदा गानिने: भैपरी आउने, घर बिदा र बिरामी बिदा बाहेक अरु कुनै प्रकारको बिदा लिई बसेको प्रहरी कर्मचारीले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो अवधि पनि निज कर्मचारीले लिएको बिदामा गानिनेछ।
९१. तालीम अवधिमा बिदा नदिइने: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा ले लेखिएको भए तापनि तालीम अवधिभर सार्वजनिक बिदा र क्रिया बिदा बाहेक साधारणतया अरू कुनै बिदा दिइने छैन।
९२. बिदा अधिकारको कुरा होइन: (१) प्रहरी कर्मचारीले अधिकारको रूपमा बिदाको दाबी गर्न पाउने छैन।
(२) कामको अनुकूल हेरी बिदा दिने अधिकारीले आफ्नो तजबीजबाट बिदा स्वीकृत अथवा अस्वीकृत गर्न सक्ने तथा आवश्यक परेमा बिदामा बसेको प्रहरी कर्मचारीलाई निजको स्वीकृत बिदा रद्द गरी बोलाई काममा लगाउन सक्नेछ।
परिच्छेद–९ आचरण
९३. दान उपहार नलिने: (१) सरकारी काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कुनै पनि प्रहरी कर्मचारी र निजको परिवारका सदस्य समेतले नेपाल सरकारको पूर्व स्वीकृति बिना स्वदेशी वा विदेशी कसै बाट पनि कुनै प्रकारको दान दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापट लिनु हुँदैन।
(२) प्रहरी कर्मचारीले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भएबमोजिम गर्नुपर्छ।
९४. चन्दा लिन नहुनेः प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति बिना कुनै पनि कामको निमित्त कुनै किसिमको चन्दा माग्न अथवा स्वीकार गर्नु हुँदैन र अरू कुनै किसिमको आर्थिक सहायता प्राप्त गर्ने काममा समेत भाग लिन हुँदैन।
९५. सम्पत्तिको विवरण दिनु पर्नेः प्रत्येक प्रहरी कर्मचारीले नेपाल सरकारले तोकेको फाराममा आफ्नो सम्पत्ति विवरण भरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्बन्धित कार्यालय माथिको प्रहरी किताबखानामा बुझनाउनु पर्नेछ।
९६. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुनेः प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका काम गर्नु हुँदैनः–
(क) कुनै बैङ्क वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन,
(ख) प्रचलित कानुनबमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
(ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न।
९७. सरकारी काममा थाहा पाएका कुराहरू प्रकाश गर्नमा प्रतिबन्धः प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा अथवा विशेष रूपबाट अख्तियार पाएर आफूले सरकारी कर्तव्यको पालना गर्दा सरकारी अथवा गैरसरकारी साधनहरूबाट प्राप्त गरेको वा आफूले लेखेको अथवा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई जानकारी दिन हुँदैन। यो प्रतिबन्ध जुनसुकै कारणले प्रहरी सेवाबाट अलग रहेको व्यक्तिको हकमा समेत लागू हुनेछ।
९८. रेडियो वा पत्रिकासँग सम्पर्क राख्न नहुनेः (१) प्रहरी कर्मचारीले नेपाल सरकारको अनुमति प्राप्त नगरी कुनै पत्रपत्रिकामा आफ्नै वास्तविक अथवा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख प्रकाशित गर्न अथवा रेडियोद्वारा प्रसारण गर्न हुँदैन।
तर प्रहरी सङ्गठनको प्रवक्ताको रुपमा तोकेको प्रहरी कर्मचारीले सम्बन्धित प्रहरी सङ्गठनको प्रमुुखको अनुमतिमा कार्यालयको गतिविधि सम्बन्धी जानकारी वा सूचना प्रवाह गर्न बाधा पर्ने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्यिक, कलात्मक, ऐतिहासिक, वैज्ञानिक र व्यावसायिक विषयको लेख प्रकाशन वा प्रसारण गर्न सकिनेछ।
तर त्यस्तो लेख प्रकाशन वा प्रसारण गरेपछि आफ्नो कार्यालयमा जानकारी गराउनु पर्नेछ।
९९. नेपाल सरकारको आलोचना गर्ने नहुनेः (१) प्रहरी कर्मचारीले नेपाल सरकारको नीति विरुद्ध असर परी गरी अथवा नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा अथवा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्ने सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख प्रकाशित गरि, प्रेसलाई कुनै खबर दिइ, रेडियो वा टेलिभिजन आदितारा भाषण प्रसारित गरि, कुनै सार्वजनिक भाषण दिइ वा कुनै वक्तव्य प्रकाशित गरि हुँदैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुन र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गर्न बाधा पर्दैन।
१००. निर्वाचनमा भाग लिन नहुनेः प्रहरी कर्मचारीले कुनै राजनीतिक पदका लागि कुनै निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्ने वा अन्य कुनै प्रकारले आफ्नो प्रभाव पार्न हुँदैन।
तर कसैलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानुन बमोजिम आफ्नो मताधिकार प्रयोग गर्न बाधा पर्दैन।
१०१. राजनीतिमा भाग लिन नहुनेः प्रहरी कर्मचारीले कुनै राजनीतिक संस्थाको सदस्य बन्न, राजनीतिमा भाग लिन, राजनीतिक संस्थालाई सहायताको निमित्त चन्दा दिन अथवा कुनै राजनीतिक संस्था वा आन्दोलनलाई अन्य कुनै प्रकारले प्रभाव पार्न हुँदैन।
१०१क. स्थायी आवासीय अनुमति लिन नहुनेः प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन हुँदैन।
१०१ख. स्वयम् घोषणा गरी विवरण पेश गर्नु पर्नेः (१) यो नियम प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको प्रत्येक प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र सोको स्वयम् घोषणा गरी देहाय बमोजिमको विवरण आफू कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछः
(क) आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पद।
(ख) स्थायी आवासीय अनुमति लिएको भए सो लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको भए सोको मिति।
(ग) सम्बन्धित विदेशी मुलुकको नाम।
(घ) आफूले लिएको स्थायी आवासीय अनुमति परित्याग गर्न वा त्यस्तो अनुमतिको लागि दिएको आवेदन रद्द गराउन इच्छुक भए भएको।
(२) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले यो नियमावली प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको भएमा यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र र यो नियमावली प्रारम्भ भएपछि त्यस्तो अनुमति लिएमा अनुमति लिएको तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले आफू कार्यरत कार्यालयमा देहाय बमोजिमको विवरण पेश गर्नु पर्नेछः
(क) आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पद,
(ख) पति वा पत्नीले स्थायी आवासीय अनुमति लिएको मिति,
(ग) सम्बन्धित विदेशी मुलुकको नाम।
(३) उपनियम (१) वा (२) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित कार्यालयले सो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनु पर्नेछ ।
१०२. प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाइः कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तव्यपालना सम्बन्धमा लेखाइएका झूठा आरोपको निमित्त प्रेस अथवा अदालतको सहारा लिन हुँदैन।
तर यस नियमले प्रहरी कर्मचारीको आफ्नो व्यक्तिगत काम अथवा चरित्रको सम्बन्धमा सफाइ दिन पाउने अधिकारमा कुनै बाधा पर्ने छैन ।
१०३. समय पालन र नियमितताः प्रहरी कर्मचारीले ठीक समयमा तथा नियमित रूपले आफ्नो पालोमा हाजिर हुनु पर्दछ र साधारणतया पहिले बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनु हुँदैन।
१०४. अनुशासन र आज्ञापालनः (१) प्रहरी कर्मचारीले आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्दछ।
(२) प्रहरी कर्मचारीले आफ्नो सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकारीले दिएको आज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्दछ।
(३) प्रहरी कर्मचारीले आफू भन्दा माथिका सबै अधिकारीहरूप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मातहतका प्रहरी कर्मचारीहरू प्रति उचित व्यवहार गर्नु पर्नेछ।
१०५. प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुनेः प्रहरी कर्मचारीले आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब साध्य गर्न आफू भन्दा माथिका अधिकृत माथि कुनै अनुचित प्रभाव पार्न अथवा प्रभाव प्रयत्न गर्न हुँदैन।
१०६. लैङ्गिक संवेदनशील हुनु पर्नेः कुनै पनि प्रहरी कर्मचारी लैङ्गिक संवेदनशील रहनु पर्नेछ।
१०७. कानून विपरीत विवाहमा प्रतिबन्धः प्रहरी कर्मचारीले बिहावारी सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी विवाह गर्नु गराउनु हुँदैन।
१०८. हातपात वा जोरजुलुम गर्न नहुनेः कुनै प्रहरी कर्मचारीले आफूभन्दा माथिल्लो वा मातहत प्रहरी कर्मचारी उपर हातपात वा कुनै प्रकारको आक्रमण वा जोरजुलुम गर्न वा गराउन हुँदैन।
परिच्छेद–१० सजाय र पुनरबेद
१०९. सजायः उचित र पर्याप्त कारण भएमा प्रहरी कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछः–
(क) सामान्य सजाय
(१) शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने,
(२) नसिहत दिने,
(३) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने,
(४) बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(५) बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने,
(६) खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटाउन गर्ने,
(७) हालको पदको जेष्ठतासहित खाइपाई आएको सुरु स्केलमा घटाउन गर्ने वा तल्लो पदमा घटाउन गर्ने।
(ख) विशेष सजाय
(१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने, (२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने।
११०. शारीरिक परिश्रम गराउने वा नियन्त्रणमा राख्ने वा नसहित दिने वा प्रतिकूल राय लेख्नेः देहायको अवस्थामा कुनै प्रहरी कर्मचारीलाई यातना नहुने गरी शारीरिक परिश्रम गराउन वा नियन्त्रणमा राख्न वा नसहित दिन वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सकिनेछः–
(क) कार्यसम्पादन सन्तोषजनक नभएमा, (ख) तालीममा पठाउँदा नगएको वा तालीम अवधिमा लापरवाही देखाई गैर जिम्मेवारपूर्ण व्यवहार देखाएमा, (ग) सेवाग्राहीको पीरमकाथ र उजुरी पटक पटक बेवास्ता गरेको सम्बन्धमा आफूभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालन नगरेमा, (घ) सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, (ङ) सरुवा भएर वा अन्य सरकारी कामको सिलसिलामा खटिएका बखत मनासिब आधार र कारण बेगर बाटाका भर्याद पछि सम्बन्धित कार्यालयमा हाजिर हुन नगएमा, (च) दुई पटकसम्म लिखित चेतावनी पाएमा वा सचेत गराइएमा, (छ) नियम १००, १०१ख. को उपनियम (२), १०२ र १०५ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घित गरेमा।
१११. बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा पाँच तलब वृद्धिसम्म रोक्का गर्नेः देहायको अवस्थामा सजायको आदेश दिने अधिकारीले बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्न वा बढीमा पाँच तलब वृद्धिसम्म रोक्का गर्न सक्नेछः–
(क) आफूले सम्पादन गर्नु पर्ने काम कारबाहीमा लापरवाही गरेमा,
(ख) ⁂
(ग) यस नियमावली वा अन्य प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(घ) माथिल्लो दर्जाको अधिकारीले दिएको निर्देशन पालना नगरेमा वा कार्यान्वयन नगरेमा,
(ङ) नियम ९३, ९४, ९७, ९८, १०३, १०४ र १०८ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लंघन गरेमा।
११२. बढीमा पाँच तलब वृद्धि घटुवा गर्ने वा सुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्नेः देहायको अवस्थामा सजायको आदेश दिने अधिकारीले कुनै प्रहरी कर्मचारीले खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्न वा हालको पदको जेष्ठता सहित खाइपाई आएको सुरु स्केलमा घटुवा गर्न वा तल्लो पदमा घटुवा गर्न सक्नेछः–
(क) अनुशासनहीन काम गरेमा,
(ख) नियम ९६, ९९, १०६ र १०७ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लंघन गरेमा,
(ग) नियुक्ति भएको पाँच वर्षभित्रै नोकरीबाट अलग हुन झुट्ठा कारण देखाएमा,
(घ) कानून बमोजिम दिएको आदेश निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा,
(ङ) मनासिब कारण नभई वा बिदा नलिई अनुपस्थित भएमा वा गैरहाजिर भएमा,
(च) लापरवाही गरेमा वा नियम आदेशको पालना नगरेमा,
(छ) लापरवाही गरी सरकारी सम्पत्ति हानि नोक्सानी गरेमा,
(ज) नैतिक पतन देखिने फौजदारी कसूर बाहेकको अन्य कुनै फौजदारी अभियोगमा कैद बाहेक जरिवाना वा क्षतिपूर्ति भराउने वा दुबै सजाय हुने गरी दोषी ठहर भएमा।
११३. सेवाबाट हटाउने वा बर्खास्त गर्नेः (१) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिनेछः–
⁂ पहिलो संशोधनद्वारा झिकिएको।
(क) आफ्नो पदीय जिम्मेवारी लापरवाही गरी पूरा नगरेमा,
(ख) आचरण सम्बन्धी कुराहरु बराबर उल्लङ्घि गरेमा,
(ग) ड्युटीको समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
(घ) बराबर अनुशासनहीन काम गरेमा,
(ङ) राजनीतिमा भाग लिएमा,
(च) बिदा स्वीकृति नगराई लगातार पैंतालिस दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,
(छ) नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहर भई कैद सजाय तोकिएमा।
तर सरकारी कार्य सम्पादनमा संलग्न हुने क्रममा प्रचलित कानून बमोजिम लागेको कुनै अभियोगमा दोषी ठहर भई छ महिना भन्दा कम कैद वा जरिवाना मात्र लागेको प्रहरी कर्मचारीलाई प्रहरी सेवाबाट हटाइने छैन।
(ज) अध्ययन बिदा पूरा गरी फर्केपछि नियम ८६ मा उल्लेख भए बमोजिमको अवधिसम्म सेवा नगरेमा।
(२) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछः–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरिएमा,
(ख) भ्रष्टाचार गरेको प्रमाणित भएमा,
(ख१) स्थायी आवासीय अनुमति लिएमा वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएमा,
(ग) ऐनको दफा ३३क., ३३ख. र ३४ बमोजिमको अपराधमा प्रहरी विशेष अदालतबाट दोषी ठहरिएमा।
११४. कार्यालयमा अनुपस्थित भएमा वा झुट्ठा विवरण पेश गरेमा हुने कारबाहीः (१) बिदा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने प्रहरी कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय
सजाय समेत गर्न सकिनेछ। यसरी गयलकट्टी भएको अवधि अनिवार्य अवकाश बाहेक अन्य प्रयोजनको लागि निजको सेवा अवधिमा गणना हुने छैन।
(२) कुनै पनि प्रहरी कर्मचारीले झुट्ठा कारण देखाई बिदा लिई बसेको ठहरेमा बिदा बसेको अवधिलाई गैरहाजिर जनाई गैर हाजिर सम्बन्धी कसूरमा कारबाही हुनेछ।
११४क. जानकारी दिन सकिनेः (१) नियम १०१क. विपरीत कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको जानकारी कसैलाई प्राप्त भएमा त्यस्तो व्यक्तिले सो जानकारी सम्बन्धित प्रहरी कर्मचारी कार्यरत कार्यालय वा प्रहरी प्रधान कार्यालय वा मन्त्रालयमा दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको जानकारी कुनै कार्यालयमा प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले त्यस्तो जानकारी प्राप्त भएको मितिले सात दिनभित्र प्रहरी प्रधान कार्यालयमा र प्रहरी प्रधान कार्यालयले मन्त्रालयमा पठाउनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम वा अन्य कुनै स्रोतबाट कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको जानकारी प्राप्त हुन आएमा प्रहरी प्रधान कार्यालयले त्यस्तो प्रहरी कर्मचारीको सम्बन्धमा छानबिन गर्न विभागीय सजाय दिने अधिकारीलाई लेखी पठाउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा विभागीय सजायको आदेश दिने अधिकारीले त्यस्तो प्रहरी कर्मचारीको सम्बन्धमा तीन दिनभित्र छानबिन प्रारम्भ गरी सोको जानकारी यथाशीघ्र प्रहरी प्रधान कार्यालयलाई र प्रहरी प्रधान कार्यालयले मन्त्रालयलाई दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम छानबिन गर्दा विभागीय सजायको आदेश दिने अधिकारीले मन्त्रालय वा मन्त्रालय मार्फत अन्य कुनै सरकारी निकायसँग कुनै कुराको जानकारी वा सहयोग माग गर्न सक्नेछ र त्यस्तो जानकारी वा सहयोग उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ।
(६) यस नियम बमोजिम छानबिन र कारबाही गर्दा कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको देखिएमा निजलाई तीन महिनाभित्र प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी यस
तेस्रो संशोधनद्वारा थप।
नियमावली बमोजिम सजाय गरी सोको जानकारी पन्ध्र दिनभित्र प्रहरी प्रधान कार्यालय र मन्त्रालयमा दिनु पर्नेछ।
११४. सजाय नहुनेः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनुभन्दा अघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको कुनै प्रहरी कर्मचारीले सो कुरा स्वीकार गरी यो नियम प्रारम्भ भएको मितिले साठी दिनभित्र आफूले प्राप्त गरेको स्थायी आवासीय अनुमति त्यागेको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि दिएको आवेदन रद्द गर्नको लागि सम्बन्धित मुलुकमा लिखित अनुरोध गरेको प्रमाण सहित निवेदन दिएमा त्यस्तो प्रहरी कर्मचारीलाई यस नियमावली बमोजिम सजाय हुने छैन।
११५. सजाय सम्बन्धी कार्यविधिः (१) प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागेको व्यहोरा उल्लेख गरी हुन सक्ने सजाय समेत खुलाई लिखित सूचना दिई निजलाई आफ्नो सफाइ पेस गर्ने मौका दिनु पर्नेछ। त्यस्तो लिखित सूचनामा निजउपर लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनु पर्दछ। साथै प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्नेछ। आरोप लागेको प्रहरी कर्मचारीले त्यस्तो सूचनामा उल्लिखित म्यादभित्र आफ्नो सफाइ र प्रस्तावित सजायको सम्बन्धमा लिखित स्पष्टीकरण पेस गर्नु पर्नेछ।
(२) भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न असंभव भएको प्रहरी कर्मचारीको सम्बन्धमा प्रहरी सेवाबाट हटाउन वा बर्खास्त गर्दा अनुसूची–१४ मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ।
तर नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भइसकेको वा ऐनको दफा ३३क., ३३ख. र ३४ बमोजिमको अपराध गरेको प्रहरी विशेष अदालतबाट ठहर गरी कैदको सजाय पाएको कुनै प्रहरी कर्मचारीलाई गर्न लागेको सजायको बारेमा सूचनासभम दिए पुग्नेछ।
(३) सजायको आदेश दिन पाउने अधिकारीले कुनै प्रहरी कर्मचारीले नियम १११, ११२ र ११३ मा उल्लिखित कसूर गरेको सम्बन्धमा जाँचबुझ गराउन आवश्यक ठानेमा त्यस्तो अधिकारी स्वयं वा अन्य कुनै अख्तियारा जाँचबुझ गर्न वा गराउन सक्नेछ। जाँचबुझ गर्ने अधिकारीले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कर्मचारीसँग
सोधपुछ गरी कारण सहित आफ्नो प्रतिवेदन तथा भएको सबुद प्रमाण समेत पेश गर्नु पर्नेछ।
(४) कुनै प्रहरी कर्मचारीमाथि लागेको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले जाँचबुझ समाप्त नहुन्जेलसम्म त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गर्न सक्नेछ। यसरी निलम्बन गर्दा निलम्बन गर्नुको आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम गरिने निलम्बनको अवधि छ महिनाभन्दा बढी हुने छैन। निलम्बन अवधिमा निज उपरको कारबाहीको किनारा लगाउनु पर्नेछ।
(६) उपनियम (४) बमोजिम कुनै पनि प्रहरी कर्मचारीलाई निलम्बन गर्नु पर्दा देहायको अवस्था विद्यमान हुनु पर्नेछ:–
(क) निलम्बन नगरी ओहोदाको काम गर्दा दिँदा झुट्ठा प्रमाण सङ्कलन गर्न सक्ने वा आफू विरुद्धको सबुद प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा, वा
(ख) निलम्बन नगरी ओहोदाको काम गर्दा दिँदा थप सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा, वा
(ग) कुनै प्रहरी कर्मचारीले गरेको कार्यको कारणले निजलाई निलम्बन नगरे सङ्गठन भित्रका कर्मचारीहरूमा नैराश्यता, उत्तेजना आउने वा जनमानसमा नकारात्मक असर पर्न सक्ने वा प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने देखिएमा।
(७) उपनियम (४) बमोजिम निलम्बन अवस्थामा रहेको प्रहरी कर्मचारीले पाउने तलब भत्ताको आधा रकम मात्र पाउनेछ।
(८) कुनै फौजदारी अभियोगमा वा ऐन अन्तर्गतको कसूरमा गिरफ्तार भई थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको $\ast$ किनारा नलागेसम्म स्वतः निलम्बनमा रहनेछ।
तर,
$\ast$ आठौँ संशोधनद्वारा झिकिएको।
(क) निलम्बित प्रहरी कर्मचारी उपर लागेको अभियोग प्रमाणित नभई सफाइ पाएमा निजले सो अवधिको निलम्बन रहेका अवस्थामा आधा तलब पाएको भए सो कट्टा गरी र नपाएको भए पूरै तलब (तलबवृद्धी हुने भएमा सो समेत) पाउनेछ। कसूरदार ठहरिएमा निलम्बन भएका मिति देखिको बाँकी तलब भत्ता पाउने छैन।
(ख) कुनै प्रहरी कर्मचारी सरकारी कामको सम्बन्धमा वा कुनै कर्मचारीलाई तोकेको दायित्व पालनाको क्रममा नेपाल सरकारबाट भएको कारबाही स्वरूप निलम्बन भएको भई अरू नै कारणबाट स्वयं निलम्बन हुन गएको रहेछ भने त्यसरी निलम्बन रहेको अवधिको तलब भत्ता पाउने छैन।
तर निजले अभियोगबाट सफाइ पाएमा उक्त निलम्बन अवधिरको तलबभत्ता पाउनेछ।
(८क) उपनियम (८) बमोजिमको अभियोग वा कसूरमा गिरफ्तार भई थुनामा रहेको कारणले कुनै प्रहरी कर्मचारी निलम्बन भएकोमा त्यस्तो अभियोग वा कसूर सम्बन्धमा मुद्दा चल्ने अन्तिम निर्णय भएमा स्वतः निलम्बन फुकुवा हुनेछ।
(९) कुनै प्रहरी कर्मचारीउपर नेपाल सरकार वादी हुने कुनै फौजदारी अभियोगमा कुनै अधिकार प्राप्त निकायले निलम्बनका लागि लेखि पठाएमा त्यस्तो प्रहरी कर्मचारीलाई अधिकार प्राप्त अधिकारीले निलम्बन गर्नु पर्नेछ र सो को जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ।
११६. सजायको आदेश दिनेः (१) नियम ११५ बमोजिम जाँचबुझानको काम समाप्त भएपछि सम्बन्धित प्रहरी कर्मचारीसाँग स्पष्टीकरण मागिएको भए निजले तोकेको समयनित्र स्पष्टीकरण नदिएमा वा निजले दिएको स्पष्टीकरण सन्तोषजनक नलागेमा सजाय दिने अधिकारीले सजाय दिन सक्नेछ र सजायको आदेशको एक प्रति त्यस्तो कर्मचारीलाई दिनुपर्नेछ।
(२) सजाय गर्नु पर्ने प्रहरी कर्मचारी सम्पर्कमा नरहेमा उपनियम (१) बमोजिमको सजायको आदेश प्रचलित कानून बमोजिम निजको परिवारको सदस्यलाई बुझाउनु पर्नेछ। यसरी बुझाएकोमा सम्बन्धित व्यक्तिले पछि आफूले जानकारी नपाएको भनी दाबी गर्न
सक्ने छैन। परिवारको सदस्यले बुझ्न नलिएमा वा परिवारको कुनै सदस्य नभएमा त्यस्तो सजायको आदेश अनुसूची–१५ बमोजिमको ढाँचामा निजको घर ठेगानामा सार्वजनिक रूपमा टाँस गर्नु पर्नेछ। उल्लिखित जुनसुकै तरिकाबाट त्यस्तो आदेश बुझाए वा तामेल गरेपछि सो को निस्सा वा बर्पाइ वा तामेली प्रति सम्बन्धित फाइलमा संलग्न गरी राख्नु पर्नेछ।
११७. सेवाको अन्त गर्नेः (१) कुनै प्रहरी कर्मचारीलाई देहायको अवस्थामा निजको सेवा अन्त गर्नु परेमा नियम ११९ बमोजिम नोकरीबाट हटाउने वा बर्खास्त गर्ने अधिकार पाएको अधिकारीले पचतर्का ढाली सेवाको अन्त गर्न सक्नेछ। यसरी सेवाको अन्त गर्दा नियम ११५ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछः–
(क) परीक्षणकालमा रहने गरी नियुक्ति भएकोमा नियुक्ति सदर नहुँदै, (ख) करारमा नियुक्ति भएकोमा करारनामाको अवधि भुक्ताइ नहुँदै, (ग) म्यादी पदमा नियुक्ति भएकोमा सो म्याद पूरा नहुँदै, (घ) स्वीकृत चिकित्सकको बोर्डले शारीरिक दृष्टिले अनुपयुक्त ठहर्याएमा।
(२) उपनियम (१) बमोजिम सेवा अन्त गरेको निर्णय उपर त्यस्तो प्रहरी कर्मचारीले नियम ११८ मा उल्लेख भए बमोजिम पुनरावेदन गर्न सक्नेछ।
११८. पुनरावेदनको कार्यविधिः (१) नियम ११६ र ११७ अन्तर्गत दिइएको आदेशमा चित्त नबुझनी पुनरावेदन गर्ने प्रहरी कर्मचारीले जुन कार्यालयबाट कारबाहीको आदेश गरिएको हो सोही कार्यालय मार्फत वा सोझै पुनरावेदन सुन्ने अधिकारीलाई सम्बोधन गरी पुनरावेदन दिन सक्नेछ।
(२) पुनरावेदन गर्ने व्यक्तिले पुनरावेदनमा आफ्नो सफाइको निमित्त जो भएको प्रमाण राखेको र शिष्ट भाषामा लेखिएको हुनु पर्नेछ। पुनरावेदिका साथमा जुन आदेशको विरूद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल पनि राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम पुनरावेदन दिँदा आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र दिनु पर्नेछ।
* पहिलो संशोधनद्वारा संशोधित।
(४) विभागीय सजायको आदेश सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ।
११९. सजाय दिने र पुनरावेदन सुन्ने अधिकारीः (१) यस परिच्छेद बमोजिम सजाय दिने र त्यस उपर पुनरावेदन सुन्ने अधिकारी देहाय बमोजिम हुनेछन्ः–
* पहिलो संशोधनद्वारा संशोधित। ¤ नवौँ संशोधनद्वारा संशोधित।
$\text{}^{\text{¤}}$ नवौं संशोधनद्वारा संशोधित ।
$\text{⁴}$ नौौँ संशोधनद्वारा संशोधित ।
* पहिलो संशोधनद्वारा संशोधित।
* पहिलो संशोधनद्वारा संशोधित। पहिलो संशोधनद्वारा थप।
(२) उपनियम (१) बमोजिम सुरु गर्ने अधिकारीले दिएको सजाय उपर परेको पुनरावेदन सुरु गर्ने अधिकारीले नै सुन्ने अवस्था आएमा प्रहरी महानिरीक्षकले तोकेको समान दर्जाको अर्को अधिकृतसमक्ष पेश गर्नु पर्नेछ।
तर प्रहरी महानिरीक्षकले पुनरावेदन सुन्ने अवस्थामा प्रहरी प्रधान कार्यालयमा कार्यरत जेष्ठ प्रहरी अतिरिक्त महानिरीक्षकले त्यस्तो पुनरावेदनको सुनुवाई गर्नु पर्नेछ।
१२०. माथिल्लो कार्यालयबाट कारबाही गर्न सक्ने: नियम ११९ मा जुनसुकै कुरा लेखिएको भए तापनि सजाय पाउने कर्मचारी कार्यरत रहेको कार्यालयमा सजाय गर्ने अधिकार प्राप्त अधिकारी नभएको अवस्थामा माथिल्लो कार्यालयको दर्जा पुगेको कर्मचारीबाट विभागीय कारबाही गर्न वा पुनरावेदन सुन्न सकिनेछ।
१२१. समान दर्जाका कर्मचारीबाट अधिकार प्रयोग गर्न सक्ने: विभिन्न प्रहरी कार्यालय र एकाइहरूमा यस नियममा लेखिएका नामका पदहरू नरही अन्य नामबाट सम्बन्धित पदहरू रहेछन् भने त्यस्ता कार्यालय वा एकाइमा कार्यरत प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्दाथ कारबाही गर्ने कर्मचारीको पदनाम फरक परे तापनि त्यस्तो प्रहरी कर्मचारीले समान दर्जाका अन्य प्रहरी कर्मचारीले प्रयोग गरेको विभागीय कारबाही सम्बन्धी अधिकार प्रयोग गर्न सक्नेछ।
१२२. पुनरावेदन सुन्ने अधिकारी समक्ष पठाउने: नियम ११८ बमोजिम पुनरावेदन प्राप्त गर्ने कार्यालय वा अधिकारीले पुनरावेदनलाई सम्बन्धित अभिलेख सहित तथा पुनरावेदन गरिएको आधारको बारेमा आफ्नो विचारसमेत खोली पुनरावेदन गरेको पत्र दिनभित्र पुनरावेदन सुन्ने अधिकारी समक्ष पठाउनु पर्नेछ।
१२३. पुनरावेदनमाथि विचार: (१) ऐन तथा यस नियमावली बमोजिम पुनरावेदन लाग्न सक्ने भएमा पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन लिन अस्वीकार गर्न सक्दैन।
(२) यस नियमावली बमोजिम प्राप्त भएको पुनरावेदनमा पुनरावेदन सुन्ने अधिकारीले देहायका कुराहरूको विचार गरी सजाय कायम राख्न वा बदर गर्न वा घटाउन सक्नेछ:–
(क) सजायको आदेशमा आधारित भएका कुराहरूको यथार्थता प्रमाणित भइसकेको छ वा छैन?
(ख) प्रमाणित भइसकेको कुरा कारबाही गर्नका निमित्त पर्याप्त छन् वा छैनन्?
(ग) सजाय गरेको ठीक वा बुद्ता के छ?
(३) पुनरावेदन सुन्ने अधिकारीले उपनियम (२) बमोजिम विचार गर्दा विभागीय कारबाही अगाडि बढाउदा अबलम्बन गर्नु पर्ने कार्यविधि सम्बन्धी कुनै त्रुटि भएको वा अरू कुनै उचित कारणले गर्दा पुनरावेदन गर्ने व्यक्तिलाई मर्का परेको छ भन्ने लागेमा पुनरावेदन सुन्ने अधिकारीले जाँचबुझ गर्नको निमित्त आदेश दिन सक्नेछ।
(४) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन सुन्ने क्रममा सुरु सजायको निर्णय गर्ने अधिकारीले वस्तुनिष्ठ प्रमाणको अभावमा गलत नियत वा कुनै आग्रह वा पूर्वाग्रह राखी त्यस्तो निर्णय गरेको देखिएमा त्यस्तो अधिकारीलाई सचेत गराउन वा निजको व्यक्तिगत नेकीबेदीमा सोही व्यहोरा जनाउन सक्नेछ।
(५) पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन प्राप्त भएको मितिले छ महिनाभित्र निर्णय गरिसक्नु पर्नेछ।
तर,
(क) विशेष कारणले सो अवधि भित्र निर्णय गर्न नसकेमा पुनरावेदन सुन्ने अधिकारीले निर्णय हुन नसकेको व्यहोरा खुलाई सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ।
(ख) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि पुनरावेदन परी निर्णय हुन बाँकी रहेका पुनरावेदनहरुमा यो नियम प्रारम्भ भएको मितिले छ महिना भित्रमा निर्णय गरिसक्नु पर्नेछ।
१२४. प्रहरी सेवामा पुनः कायम भएपनि पूरा तलब भत्ता पाउनेः (१) कुनै प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्ने गरी दिइएको आदेश कुनै अदालत वा अधिकारीबाट रद्द भई सेवामा पुनः कायम भएमा त्यस्तो प्रहरी कर्मचारीले सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुनः कायम भएको मितिसम्मको पुरा तलब भत्ता र तलब वृद्धि पाउने भए तलब वृद्धिसमेत पाउनेछ।
तर भगौडा वा गैर हाजिर भई सेवाबाट हटाईएको वा बर्खास्त गरिएको प्रहरी कर्मचारी सेवामा बहाली भएमा निजले भगौडा वा गैर हाजिर भएको अवधिको कुनै पनि सुविधा पाउने छैन।
(२) उपनियम (१) मा तोकिए बमोजिम तलब भत्ता तथा तलब वृद्धि पाउने भए सो तलब भत्ता बापतको रकम निजको पुर्वतहाली भएको दरबन्दीबाट पाउनेछ।
१२५. कार्यविधिगत त्रुटिउपर कारबाहीः (१) नियम १२३ को उपनियम (३) बमोजिम जाँचबुझ गर्दा वा पुर्नबेदनको रोहमा हेर्दा त्यस्तो प्रहरी कर्मचारीले लापरवाही वा बदनियत राखी वा जाजीजाजी नियम ११५ बमोजिम अबलम्बन गर्नु पर्ने सजाय सम्बन्धी कार्यविधि अबलम्बन नगरी कुनै त्रुटि गरेको देखिन आएमा पुर्नबेदन सुन्ने अधिकारीले कसूरको प्रकृति र पटक अनुसार सचेत गराउन वा निजको कार्यसम्पादन मूल्याङ्कन, वैयक्तिक अभिलेखमा त्यस्तो व्यहोरा जनाउने वा अन्य विभागीय कारबाहीका लागि अधिकार प्राप्त अधिकारी समक्ष सिफारिस गर्न सक्नेछ र सो को जानकारी त्यस्तो सजायको आदेश दिने प्रहरी कर्मचारी निन्दा माथिल्लो अधिकारीलाई समेत गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सिफारिस भई आएमा सजायको आदेश दिने प्रहरी कर्मचारीले त्यस्तो त्रुटि गर्ने प्रहरी कर्मचारीलाई कसूरको प्रकृति र पटक हेरी सचेत गराउन वा निजको कार्यसम्पादन मूल्याङ्कन, वैयक्तिक अभिलेखमा त्यस्तो व्यहोरा जनाउन वा अन्य विभागीय कारबाही गर्न सक्नेछ।
१२६. असुल उपर गरिनेः कुनै प्रहरी कर्मचारीको लापरवाहीको कारणबाट नेपाल सरकारलाई कुनै हानि नोक्सानी हुन गएमा सो हानि नोक्सानी त्यस्तो प्रहरी कर्मचारीबाट निजको जुनसुकै स्रोतबाट असुल उपर गरिनेछ।
परिच्छेद–११ अवकास, उपदान र निवृत्तिवरण
१२७. अनिवार्य अवकासः (१) देहायका प्रहरी कर्मचारीले देहाय बमोजिमको कुनै एक आधारमा सरकारी सेवाबाट स्वतः अवकास पाउनेछः–
(क) देहायको पदमा बहाल रहेका प्रहरी कर्मचारीको देहाय बमोजिम उमेर पुरा भएमाः–
(१) प्रहरी महानिरीक्षक – ५८ वर्ष (२) प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक – ५६ वर्ष (३) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – ५५ वर्ष (४) प्रहरी नायब उपरीक्षक – ५४ वर्ष (५) प्रहरी निरीक्षक – ५३ वर्ष
(६) ⧓ प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षक — ५२ वर्ष (७) प्रहरी सहायक निरीक्षक — ५१ वर्ष (८) ⧓ प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार वा प्रहरी जवान — ४८ वर्ष (९) प्रहरी कार्यालय सहयोगी — ५५ वर्ष
(ख) देहायका पदमा देहायको अवधिसम्म बहाल रहेको प्रहरी कर्मचारीले सो अवधि भुक्तान गरेको आधारमा:– (१) प्रहरी महानिरीक्षक — ४ वर्ष (२) प्रहरी अतिरिक्त महानिरीक्षक/प्रहरी नायब महानिरीक्षक — ५ वर्ष (३) प्रहरी वरिष्ठ उपरीक्षक — ६ वर्ष (४) प्रहरी उपरीक्षक — १० वर्ष
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि कायम मुकायम मुकरर भएमा पदको अवधि लागू हुने छैन ।
तर तल्लो पदमा नोकरीको अवधि लागू हुने रहेछ भने कायम मुकायम मुकरर भएको पदमा पदोन्नति हुन नसके तल्लो पदको अवधि नै लागू हुनेछ ।
(ग) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूहमा कार्यरत देहायका प्रहरी प्राविधिक कर्मचारीहरूले देहाय बमोजिम उमेर पूरा भएमा:– (१) राजपत्राहङ्कित द्वितीय श्रेणीदेखि माथि — ५८ वर्ष (२) राजपत्राहङ्कित तृतीय श्रेणी — ५६ वर्ष (३) राजपत्र अनङ्कित ⇏ प्रथम, द्वितीय र तृतीय श्रेणी — ५४ वर्ष
(घ) तीस वर्ष नोकरी अवधि पूरा भएको ।
⧓ नवौँ संशोधनद्वारा संशोधित । ⇏ आठौँ संशोधनद्वारा संशोधित ।
(२) यस नियमको प्रयोजनका निम्ति प्रहरी कर्मचारीको उमेरको हिसाब गर्दा देहाय बमोजिम गरिनेछ:–
(क) सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति रहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिको आधारमा,
(ख) वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मिति, शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मिति र वैयक्तिक अभिलेख (सिटरोल) को हकमा सुरु भएको मितिको आधारमा,
(ग) कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षभित्रको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा।
तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) बमोजिम जन्ममिति कायम गरिनेछ।
(३) मिति २०४९।११।१५ भन्दा अघि प्रहरी सेवामा नियुक्ति भई उपनियम (१) को खण्ड (क) वा (घ) बमोजिम अवकाश प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा निज नियुक्ति हुँदा बहाल रहेको प्रहरी नियमावली बमोजिम अवकाश प्राप्त गर्ने जति उमेर बाँकी रहेको छ सो अवधि निजले गरेको जममा नोकरी अवधिमा थप निजले पाउने निवृत्तभरणको हिसाब गरिनेछ ।
१२८. स्वेच्छिक अवकाश: नियम १३१ बमोजिम निवृत्तभरण पाउने अवधि पूरा गरी सकेको प्रहरी कर्मचारीलाई चाहेमा नियुक्ति गर्ने अधिकारीले नोकरीबाट अवकाश लिने अनुमति दिन सक्नेछ।
१२९. राजीनामा स्वीकृतः *(१) देहायका प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्ने अख्तियार देहायका अधिकारीलाई हुनेछः– (क) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरीक्षकको – नेपाल सरकार (ख) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकको – गृहमन्त्री (ग) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकको – सचिव, मन्त्रालय (घ) ‡प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षकको – प्रहरी महानिरीक्षक (ङ) प्रहरी सहायक निरीक्षकको – प्रहरी अतिरिक्त महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक (च) ‡प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान – प्रहरी वरिष्ठ उपरीक्षक/प्रहरी उपरीक्षक (छ) प्रहरी कार्यालय सहयोगीको – प्रहरी नायब उपरीक्षक वा सोभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृत
(२) निवृत्तभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा ‡आठ वर्ष बहाल रहेको प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम १२७ बमोजिम अनिवार्य अवकाश हुने एक महिना बाँकी रहेमा निजलाई एक तह पदोन्नति गरी अवकाश दिइनेछ।
∇(२क) उपनियम (२) बमोजिम पदोन्नति गरी अवकाश दिँदा देहायको प्रहरी कर्मचारीको हकमा देहायको पदको अवधि गणना गरी देहायको पदमा पदोन्नति गरिनेछ:- (क) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही यो नियमावली प्रारम्भ भएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा हुने प्रहरी कर्मचारीको हकमा प्रहरी नायब निरीक्षकको पदको अवधि समेत गणना गरी प्रहरी निरीक्षक पदमा,
(ख) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही सोही पदमा कार्यरत रहेका प्रहरी कर्मचारीको हकमा सो पदको अवधिको आधारमा प्रहरी निरीक्षक पदमा,
(ग) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी हवल्दार पदमा बहाल रही यो नियमावली प्रारम्भ भएपछि प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीको हकमा प्रहरी हवल्दार पदको अवधि समेत गणना गरी प्रहरी सहायक निरीक्षक पदमा,
(घ) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी हवल्दार पदमा बहाल रही सोही पदमा कार्यरत प्रहरी कर्मचारीको हकमा सो पदको अवधिको आधारमा प्रहरी सहायक निरीक्षक पदमा,
(ङ) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी जवान पदमा बहाल रही यो नियमावली प्रारम्भ भएपछि प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीको हकमा प्रहरी जवान पदको अवधि समेत गणना गरी प्रहरी हवल्दार पदमा,
(च) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी जवान पदमा बहाल रही सोही पदमा कार्यरत रहेका प्रहरी कर्मचारीको हकमा सो पदको अवधिको आधारमा प्रहरी हवल्दार पदमा।
(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ।
१३०. उपदानः (१) पाँच वर्ष वा सो भन्दा बढी सेवा गरेको तर नियम १३१ बमोजिम निवृत्तिवरण पाउने अवधि नपुगेको प्रहरी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–
(क) पाँच वर्ष भन्दा बढी दश वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब,
(ख) दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब। (ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीले सेवा पाउने वा सो सेवामा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो प्रहरी कर्मचारीलाई उपदान दिइने छैन।
१३१. निवृत्तभरणः (१) बीस वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएको मितिदेखि निवृत्तभरण पाउनेछ। तर मिति २०६०।१२।२६ अगावै नियुक्ति भएका प्रहरी कर्मचारीले देहाय बमोजिम वा सोभन्दा बढी अवधिसम्म प्रहरी सेवामा काम गरी नोकरीबाट अवकाश भएमा निवृत्तभरण पाउनेछः– (क) राजपत्राङ्कित अधिकृत – २० वर्ष (ख) ₈प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक – १८ वर्ष (ग) ₈ प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान – १६ वर्ष
(२) उपनियम (१) बमोजिम दिइने निवृत्तभरणको हिसाब देहाय बमोजिम हुनेछः– (क) प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकको निमित्तः– नोकरी वर्ष $\times$ आखिरी तलब $\text{-------------------}$ ५० (ख) ₈प्रहरी वरिष्ठ नायब निरीक्षक र सोभन्दा मुनिका प्रहरी कर्मचारीको निमित्तः– नोकरी वर्ष $\times$ आखिरी तलब $\text{-------------------}$ ४०
₈ नवौं संशोधनद्वारा संशोधित।
(३) ☢प्रहरी वरिष्ठ हवल्दार र सोभन्दा मुनिका निवृत्तभरण पाइरहेका व्यक्तिहरूको उमेर साठी वर्ष पूरा भएपछि निजले पाइरहेको निवृत्तभरणको अङ्कमा तीस प्रतिशत थप गरिनेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब स्केलको सुरु अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलबको सुरु स्केलभन्दा बढी हुने छैन।
(५) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तभरणको लागि आवश्यक पर्ने सेवा अवधि पुर्याउन चाहिने वर्ष थप गरी निजको परिवारलाई निवृत्तभरण वा उपदान जुन लिइ चाहन्छ सो रोजेर दिइनेछ।
(६) प्रहरी प्राविधिक नियमावली, २०५८ बमोजिम प्राविधिक समूहमा स्थायी नियुक्ति भएको राजपत्रङ्कित द्वितीय वा तृतीय श्रेणीको पदको प्रहरी कर्मचारी यस नियमावली बमोजिम निवृत्तभरण पाउने सेवा अवधि पूरा नहुँदै सेवाबाट अवकाश प्राप्त हुने भएमा निवृत्तभरण प्राप्त गर्नका लागि बढीमा चार वर्ष सेवा अवधि थप भए निवृत्तभरण पाउने भएमा नेपाल सरकारले बढीमा चार वर्ष सेवा अवधि थप गरी निवृत्तभरण दिन सक्नेछ।
(७) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको प्रहरी कर्मचारीले यस नियमावली बमोजिमको निवृत्तभरण पाउने छैन।
१३२. निवृत्तभरणमा वृद्धिः बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति वृद्धि भएको छ, त्यसको दुई तہائی रकम समान पदका निवृत्त प्रहरी कर्मचारी (अमर प्रहरीका परिवार समेत) को निवृत्तभरण रकममा पनि थप गरिनेछ।
१३३. पारिवारिक निवृत्तभरण र उपदानः (१) कुनै प्रहरी कर्मचारीको सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाइ वा अविवाहित दिदी बहिनीलाई नियम १३० वा १३१ मा लेखिए बमोजिम उपदान वा निवृत्तभरण प्राप्त हुनेछ।
तर निवृत्तभरणको हकमा यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन। निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको प्रहरी कर्मचारीको परिवार
☢ नवौँ संशोधनद्वारा संशोधित।
वा नाबालक भाई वा अविवाहित दिदी बहिनीलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा उल्लेख भए तापनि निवृत्तभरण पाउने व्यक्ति नाबालक रहेछ भने निज अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तभरण पाउनेछ ।
(३) प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि खुटतिएको मितिदेखि र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तभरणको आधा रकम पाउनेछ ।
(४) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जनत वृद्धि भएको छ त्यसको दुई तिहाई रकम उपनियम (१), (२) र (३) अनुसार पारिवारिक निवृत्तभरण पाईरहेका व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।
(५) कुनै प्रहरी कर्मचारीको यस नियमावली बमोजिम पाउने कुनै रकम नलिपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(६) निवृत्तभरण वा उपदान दिँदा मृतक प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्येमा वा नाबालक भाई वा अविवाहित दिदी बहिनीलाई इच्छाएको भए सो रकम निजको परिवारको सदस्य मध्ये नेपाल सरकारले उचित ठहर्याएको व्यक्तिलाई दिइनेछ ।
१३४. अशक्त वृत्ति: (१) कुनै प्रहरी कर्मचारी आफ्नो पदको कर्तव्य पालन गर्दाथ वा तालीमको सिलसिलामा दुर्घटनामा परी वा आघातमा परी अङ्गङ्ग भई वा चोटपटक लागि शारीरिक वा मानसिक रुपमा प्रहरी सेवामा बहाल रही अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीले निजको जीविकाको निमित्त बाँचुन्जेलसम्म अशक्तवृत्तिको रुपमा उपनियम (२) मा लेखिए बमोजिम निवृत्तभरण सहित उपनियम (३) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि मानसिक रुपमा अशक्त भन्नाले नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट मानसिक रुपमा अशक्त भई प्रहरी सेवामा काम काज गर्न असमर्थ भनी सिफारिस गरेको व्यक्ति सम्झिनु पर्छ।
(२) उपनियम (१) बमोजिम अशक्त भएको प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवधि पुगेको भए निजले तत्काल खाइपाई आएको (कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गरेको भए सो को समेत) तलबले नियम १३१ को उपनियम (२) बमोजिम हिसाब गरी हुने आउने रकम बराबर अशक्त निवृत्तभरण पाउनेछ। त्यस्तो अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तभरण पाउने अवधिभन्दा घटी भएमा यस नियमावली बमोजिम निवृत्तभरण पाउने वर्ष पुर्याउन नपुग प्रत्येक पूरा वा चालू वर्षको निमित्त दामासाहीबाट कट्टी गरी बाँकी हुने आउने रकम निवृत्तभरण बापत पाउनेछ। यसरी कट्टी गर्दा एक तہائیभन्दा बढी रकम कट्टी गरिने छैन।
(३) प्रहरी कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाइपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ। साथै नियम १३८ को स्पष्टीकरण खण्डको देहाय (क) मा लेखिए बमोजिमको अशक्त प्रहरी कर्मचारीको हकमा निजको जीवनभर निजले खाइपाई आएको अशक्त भत्ताको बीस प्रतिशत रकम कुरुवा खर्चको रुपमा थप सुविधा समेत दिइनेछ।
तर अशक्तवृत्ति पाएका वा पाउने ठहरिएका प्रहरी कर्मचारीले पछि कुनै सेवामा पुनः प्रवेश पाएमा निजले यस नियम बमोजिमको अशक्तवृत्ति पाउने छैन र खाइसकेको अशक्तवृत्ति रकम फिर्ता गर्नु पर्नेछ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारवाही वा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण, विस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारवाहीमा खटिएका बखत कुनै आकस्मिक दुर्घटनामा परी वा लडी वा कुनै प्रकारको हतियारको चोटबाट प्रहरी सेवाको निमित्त काम गर्दा अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीलाई एक तह पदोन्नति गरी सेवाबाट अवकाश दिइनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म खाइपाई आएको पूरा तलब पाउनेछ। त्यसरी पूरा तलब पाउने अवधि व्यतीत भए पछि निवृत्तभरण पाउने अवधि भन्दा कम सेवा अवधि भएको
प्रहरी कर्मचारीले निवृत्तभरण पाएको अवधिभर र निवृत्तभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएको प्रहरी कर्मचारीले सोही बमोजिम निवृत्तभरण पाउनेछ।
(५) उपनियम (१) वा (४) बमोजिम चोटपटक लागी गई उपचार गराउँदा लाग्ने खर्चको पूरा रकम सम्बन्धित प्रहरी कर्मचारीले पाउनेछ र यस्तो उपचार खर्च दिँदा नियम १४१ को उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा कट्टा गरिने छैन।
(६) उपनियम (४) बमोजिम सुविधा पाएको अवधिमा समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति रकम वृद्धि भएको छ सोही बराबरको रकम अवकाश प्राप्त प्रहरी कर्मचारीले पाउने तलब रकममा समेत वृद्धि हुनेछ।
(७) उपनियम (१), (२), (३) र (४) बमोजिम सुविधा पाएको अवकाश प्राप्त प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सुविधा पाएको सात वर्ष नपुगे सम्म निजको परिवारले निजले पाए सरह नै सम्पूर्ण सुविधा पाउनेछ र सात वर्ष पुगे पछि नियम १३५ को उपनियम (१) र (२) बमोजिम निवृत्तभरण पाउनेछ।
(८) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कको रकममा जति प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (३) बमोजिमको अंशक्त वृत्तिको रकममा समेत वृद्धि हुनेछ।
(९) अंशक्तवृत्ति प्रदान गर्ने प्रयोजनको लागि मन्त्रालयले अंशक्तताको प्रमाणपत्र प्रदान गर्नेछ।
१३५. असाधारण पारिवारिक निवृत्तभरण र उपदानः (१) कुनै प्रहरी कर्मचारी आफ्नो कर्तव्य पालन गर्दाथ वा तालीम लिँदा कुनै चोटपटक लागी तत्कालै मृत्यु भएमा वा त्यसै को कारणबाट निको नहुँदै मृत्यु भएमा निजको नोकरी जतिसुकै वर्ष पुगेको भए तापनि मृतक प्रहरी कर्मचारीको परिवारको सदस्य मध्ये नियम १३३ को उपनियम (५) बमोजिमको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलबको आधा पारिवारिक निवृत्तभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछः–
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्ष देखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको नौ महिनाको तलब बराबरको रकम,
(ग) बीस वर्षभन्दा बढी सेवा जुनसुकै अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हथियारधारी समूहको कारबाही वा अन्य कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा विस्फोटन वा हथियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा खटिएका बखत वा प्रचलित कानून बमोजिम खटिएको अवस्थामा भीर, पहरा, खोलानालामा लडी वा कुनै पनि प्रकारको हथियारको चोटबाट वा कुनै आकस्मिक दुर्घटनामा परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा मृतक प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तहमानतको पदमा पदोन्नति दिई सोही पद अनुसारको पूरा तलब निजको परिवारले त्यस्तो प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि नघ्घने गरी बढीमा सात वर्षसम्म पाउनेछ। उक्त पूरा तलब पाउने अवधि व्यतीत भएपछि मृतक प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तभरण पाक्ने अवधि भन्दा कम भएमा निवृत्तभरण पाकेको अवधिसरह र निवृत्तभरण पाक्ने अवधि भन्दा बढी सेवा अवधि भएमा सोही बमोजिम मृतक प्रहरी कर्मचारीको परिवारले निवृत्तभरण पाउनेछ।
(३) यस नियम बमोजिम असाधारण पारिवारिक निवृत्तभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी, बाबु, आमा भए आजीवन र छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पूरा नगरेसम्म वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ।
(४) कर्तव्य पालनाको शिलशिलामा खटिएको वा खटिने क्रममा बाटोमा आउँदा जाँदा वा अन्य कार्य गर्दा बाटोबाट वा कार्यस्थलबाट अपहरणमा परी हत्या भएको भरपर्दो सूचना प्राप्त भएको तर लास फेला पर्न नसकेको अवस्थामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी र सम्बन्धित प्रहरी कार्यालयको प्रमुखको संयुक्त प्रतिवेदनको आधारमा हत्या गरिएका प्रहरी कर्मचारीको परिवारलाई उपनियम (१) र (२) बमोजिमको सुविधा दिइनेछ।
(५) उपनियम (२) बमोजिम प्रहरी कर्मचारीको परिवारले तलब पाइरहेको अवस्थामा बहालवाला प्रहरी कर्मचारीको तलबमानमा वृद्धि भएमा प्रहरी कर्मचारीको परिवारले पाउने तलबमा समेत सोही बमोजिम वृद्धि हुनेछ।
१३६. सन्तनतवृत्ति र शैक्षिक वृत्ति: (१) कुनै प्रहरी कर्मचारी नियम १३४ बमोजिमको अवस्था परी आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्तनतलाई देहायको दरले मासिक सन्तनतवृत्ति दिइनेछ:–
(क) राजपत्राहङ्कृत प्रहरी अधिकृत – दुई सय साठी रुपैयाँ (ख) राजपत्र अनहङ्कृत प्रथम र द्वितीय श्रेणीका प्रहरी – एक सय चौबीस रुपैयाँ (ग) राजपत्र अनहङ्कृत तृतीय र चतुर्थ श्रेणीका प्रहरी – एक सय सोह्र रुपैयाँ (घ) प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक सय बाह्र रुपैयाँ
(२) कुनै प्रहरी कर्मचारीको नियम १३५ बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्तनतलाई मृतक प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्तनतवृत्ति दिइनेछ:–
(३) उपनियम (१) बमोजिमको सन्तनतवृत्ति छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा गरेको वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म सम्म पाउनेछ र उपनियम (२) बमोजिमको सन्तनतवृत्ति अठार वर्षको उमेर सम्म पाउनेछ।
⁂ नवौँ संशोधनद्वारा संशोधित।
(४) कुनै प्रहरी कर्मचारीको नियम १३४ वा १३५ बमोजिमको अवस्थामा परी असक्त भएमा वा मृत्यु भएमा त्यस्तो असक्त वा मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्तान्लाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्तिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिइनेछः–
(५) नेपाल सरकारले अमर प्रहरी वा कर्तव्य पालनाको सिलसिलामा असक्त भएका प्रहरी कर्मचारीका सन्तानलाई नेपालको सरकारी विश्वविद्यालयमा नेपाल सरकारले निर्धारण गरे बमोजिम निःशुल्क शिक्षाको व्यवस्था गर्न सक्नेछ।
१३७. समान सुविधा उपलब्ध हुनेः (१) संवत २०५२ साल फाल्गुण १ गते पछि कुनै प्रहरी कर्मचारी नियम १३४ को उपनियम (४) वा नियम १३५ को उपनियम (२) बमोजिमको अवस्था परी असक्त भएको वा मृत्यु भएको भए त्यस्तो प्रहरी कर्मचारी वा निजको परिवारले नियम १३२, १३३, १३४, १३५ र १३६ मा उल्लिखित सुविधा सोही नियमहरुमा उल्लेख भए बमोजिम दोहोरो नहुने गरी समान रुपमा पाउनेछ।
(२) उपनियम (१) बमोजिम सुविधा उपलब्ध गराउँदा अघि प्राप्त गरेको सुविधा बापतको रकम कट्टा गरी बाँकी रकम मात्र दिनु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै प्रहरी कर्मचारीको परिवारलाई नियम १३३ वा १३४ वा १३५ बमोजिम प्राप्त हुने पारिवारिक निवृत्तिभरण मध्ये कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुनेछ।
१३८. समितिको व्यवस्थाः (१) नियम १३४ र १३५ बमोजिमको अवस्था परी कुनै प्रहरी कर्मचारी असक्त भएमा वा निजको मृत्यु भएमा त्यस्तो प्रहरी कर्मचारीको नजिकको परिवार वा सन्तानले पाउने वृत्ति वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहाय बमोजिमको समिति रहनेछः–
(क) मन्त्रालयको प्रतिनिधि
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि
(ग) नेपाल प्रहरी अस्पतालको सम्बन्धित विषयको चिकित्सक चिकित्सक प्रतिनिधि
(घ) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुख
स्पष्टीकरणः यस नियमको प्रयोजनका लागि अशक्तताको प्रतिशत निर्धारणको आधार देहाय बमोजिम हुनेछः–
(क) “असी देखि सतप्रतिशत अशक्तता” भन्नाले दुवै आँखा नभएको वा दुवै खुट्टा नभएको वा दुवै हात नभएको वा एक खुट्टा, एक हात नभएको वा सम्पूर्ण शरीर नचल्ने,
(ख) “साठी देखि उनासी प्रतिशत अशक्तता” भन्नाले काम गर्न नसक्ने गरी आंशिक शरीर नचल्ने वा एक आँखा नभएको वा एक हात नभएको वा एक खुट्टा नभएको,
(ग) “चालीस देखि उनासाथी प्रतिशत अशक्तता” भन्नाले असामान्य रुपमा बोली प्रष्ट नभएको वा शरीरको सम्पूर्ण हिस्सा तन्दुरुस्त देखिए तापनि लरखराउने, धढढढाई हिड्ने वा प्रहरी कर्मचारी सेवामा रही काम गर्न शारीरिक, बोली, हिँडाई, चलाईले असोभनीय देखिने,
(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित वर्गीकरण बाहेक अन्य अशक्तताको प्रतिशत निर्धारण गर्ने अधिकार नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डमा रहनेछ।
(२) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुखले उपनियम (१) बमोजिमको समितिको सदस्य सचिव समेतको कार्य गर्नेछ।
(३) उपनियम (१) बमोजिमको समितिमा सम्बन्धित विषयको विज्ञ चिकित्सकलाई आमन्त्रण गर्न सकिनेछ।
१३९. निवृत्तभरण सम्बन्धी कार्यविधिः (१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निवृत्तभरण पाउने कर्मचारीले अवकाश लिने मितिभन्दा ६ महिना अगाडि तोकिएको
फाराम भरी सम्बन्धित अधिकारी समक्ष पठाउनु पर्दछ। त्यस्तो प्रहरी कर्मचारीको मृत्यु भएमा निजको मृत्यु भएको छ महिनाभित्र निजको परिवारले निवृत्तिवरणका लागि सम्बन्धित अधिकारी समक्ष दरखास्त पठाउनु पर्नेछ।
(२) निवृत्तिवरणसँग सम्बन्धित देहायका कार्यहरू वैङ्क भुक्तानी लिइरहेको जिल्लाको जिल्ला प्रहरी कार्यालय प्रमुखको सिफारिसमा सोही जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट गरिन्छः–
(क) एकपटक जारी भइसकेको निवृत्तिवरणको अधिकारपत्रको पाना नष्ट भई वा अधिकारपत्र हराई प्रतिलिपि दिनु परेमा वा निवृत्तिवरण वा पारिवारिक निवृत्तिवरण अधिकारपत्र बाहकको मृत्यु भई पारिवारिक निवृत्तिवरण पाउने व्यक्तिको नाम परिवर्तन गर्नुपरेमा वा प्रमाणित निवृत्तिवरण अधिकारपत्रमा संशोधन गर्नुपरेमा वा प्रहरी किताबखानाबाट पठाइए बमोजिम निवृत्तिवरण अधिकारपत्र तथा फाराममा फोटो तथा दस्तखत प्रमाणित गर्नुपरेमा,
(ख) नियम १३१ को उपनियम (३) बमोजिम निवृत्तिवरण प्राप्त गर्ने व्यक्तिको उमेर साठी वर्ष पुगी निवृत्तिवरण रकम थप गर्नु परेमा।
१४०. नोकरी अवधिको गणनाः (१) यस परिच्छेदको प्रयोजनको निमित्त नोकरी अवधिको गणना गर्दा प्रहरी सेवाको कुनै पदमा स्थायी नियुक्ति भई नोकरी गरेको जम्मा अवधि (बिचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिन्छ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपदान पाई सकेको व्यक्ति अदालतको फैसला वा यस नियमावली बमोजिम हुने विभागीय सजाय उपर परेको पुनरावेदमा भएको निर्णय बमोजिम प्रहरी सेवा वा पदमा पुनःबहाली भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी जोडिन्छ।
(३) उपनियम (१) बमोजिम नोकरी अवधि गणना गर्दा निलम्बन रहेको अवधिलाई समेत गणना गरिन्छ।
१४१. औषधी उपचार खर्चः (१) प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राङ्कित श्रेणीको प्रहरी अधिकृत भए बाह्र महिना बराबरको, राजपत्र अनङ्कित प्रथम श्रेणीको प्रहरी कर्मचारी भए अठार महिना बराबरको र अन्य राजपत्र अनङ्कित र श्रेणीविहीन प्रहरी कर्मचारी भए
एक्काइस महिना बराबरको खाइपाई आएको तलब रकम सम्म उपचार खर्च बापत पाउनेछ।
(२) कुनै प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिइनेछः–
(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको प्रेस्किप्सन बमोजिम खरिद गरेका औषधी खर्च,
(ख) स्वास्थ्य संघ संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको हकमा तालुक कार्यालयको प्रमुखले र प्रहरी महानिरीक्षकको हकमा मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,
(घ) प्लास्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अप्रेसन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(ङ) चश्मा, दाँत, हेरिङएड आदि उपकरणको लागि नेपाल सरकारले समय समयमा आदेश जारी गरी तोकिदिएको हदसम्मको रकममा लागेको बिल बमोजिमको खर्च,
(च) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दा र फर्किँदाको बिरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवा सम्मको यातायात खर्चको पुरै रकम र खाजा खर्च बापत निज बिरामी प्रहरी कर्मचारीले नियमअनुसार पाउने दैनिक भताको पचहत्तर प्रतिशत रकम।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानुनबमोजिम चिकित्सकका रुपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिस्टेन्ट वैद्य समेतलाई जनाउँछ।
(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधी उपचार हुन नसक्ने भन नेपाल सरकारद्वारा गठित
मेडिकल बोर्डले सिफारिस गरेको प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठहर्याएको थप आर्थिक सहायता दिन सक्नेछ।
(१०) दुर्गम क्षेत्रमा रहेका प्रहरी कर्मचारी वा निजको परिवारलाई रोग लागी स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुविधा भएको ठाउँमा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ।
(११) प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा नाबालक छोरा छोरी बिरामीले यस नियमावली बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधारसभिम बिल बमोजिमको भएको उपचार खर्चकोब्बे प्रतिशत रकम सम्बन्धित कर्मचारीले लिन पाउनेछ। त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान उल्लेख गरिएको चिकित्सकको प्रेस्क्रिप्सन पनि पेश गर्नुपर्नेछ। यस उपनियम बमोजिम पाउने उपचार खर्च एक पटकमा सम्बन्धित प्रहरी कर्मचारीको एक महिनाको तलबभन्दा बढी हुने छैन।
(१२) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु, वा नाबालक छोरा, छोरी बिरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्सन वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम लागेको औषधी उपचारको खर्चकोब्बे प्रतिशत रकम उपनियम (२) बमोजिम प्रहरी कर्मचारीले पाउने रकममध्येबाट पाउनेछ।
(१३) उपनियम (११) र (१२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा कुनै सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रणमा भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन।
(१४) झुट्ठा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने प्रहरी कर्मचारी लगायत त्यस्तो झुट्ठा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भए) लाई विभागीय कारबाही हुनेछ।
१४२. तलबको उल्लेखः (१) यस परिच्छेद र परिच्छेद–१२ मा जहाँ–जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित प्रहरी कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ।
(२) नियम १३० र १३१ को प्रयोजनको लागि “आखिरी तलब” भन्नाले प्रहरी कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै प्रहरी कर्मचारी निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पुरै तलबको हिसाब गरिनेछ।
१४३. सेवा सर्त तथा सुविधा परिवर्तनः कुनै पनि प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाका बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सम्बन्धी सेवाका सर्तहरुमा निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन।
१४४. बिमा सम्बन्धी व्यवस्थाः प्रहरी कर्मचारीको बिमा सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ।
परिरिच्छेद–१२ तलब भत्ता
१४५. तलब पाउने मितिः प्रहरी कर्मचारीले नियुक्ति पाएको वा बढुवा भएको मितिदेखि तलब, भत्ता र राशन पाउने छ।
१४६. टाइम स्केलः (१) टाइम स्केल अनुसार तलब पाउने पदमा नयाँ नियुक्ति पाउने व्यक्तिले सामान्यतयाः स्केलमा लेखिएको न्यूनतम तलब पाउने छ।
तर अख्तियारवालाले कारणसमेत जनाई लिखित अनुरोध गरेमा असाधारण योग्यता वा क्षमता प्रदर्शित गरेका व्यक्तिहरूको हकमा मात्र नेपाल सरकारले निजको प्रारम्भिक तलबलाई टाइम स्केलभित्रको कुनै माथिल्लो स्थानमा तोक्न सक्नेछ।
(२) माथिल्लो तलबको कुनै पदमा बढुवा पाउने प्रहरी कर्मचारीले बढुवा भएको पदको सुरु तलब पाउनेछ।
तर निजले हाल पाइरहेको तलब माथिल्लो तलबको न्यूनतम तलब बराबर वा सो भन्दा बढी भएमा माथिल्लो तलबमा निजको तलब निर्धारण गर्दा देहाय बमोजिम निर्धारण गरिनेछ-:
(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबको सुरु तलब बराबर मात्र भएमा सो तलबमा माथिल्लो पदको एक तलब वृद्धि थप गरेर,
(ख) साविक पदमा पाइरहेको तलब बढु भएको पदको सुरु तलब भन्दा बढी भएमा माथिल्लो पदको तलब निर्धारण गर्दा हाल पाइएको तलब नपुग सम्मको तलब वृद्धि थप गरि माथिल्लो पदको एक तलब वृद्धि समेत थप गरेर।
१४७. तलब वृद्धिः देहायको अवस्थामा बाहेक प्रत्येक प्रहरी कर्मचारीले एक वर्ष सेवा पूरा गरेपछि एउटा तलब वृद्धि पाउनेछः–
(क) परीक्षणकाल, (ख) कायम मुकायम र (ग) तलब वृद्धि रोक्का।
र परीक्षणकालमा रहेको प्रहरी कर्मचारीको नियुक्ति सदर भएपछि प्रहरी कर्मचारीहरूको परीक्षणकालमा रहेको अवधि समेत तलब वृद्धिको निमित्त जोडिने छ।
१४८. कायम मुकायम भई काम गरेको तलब भत्ताः कुनै प्रहरी कर्मचारीले कुनै माथिल्लो पदमा कायम मुकायम भई काम गरेमा काम गर्ने मितिदेखि निजले माथिल्लो पदको तलब भत्ता पाउने छ।
१४९. अवकाश पाउने कर्मचारीले पाउने तलब र रासनः प्रहरी कर्मचारीले राजीनामा दिई वा अनिवार्य अवकाश पाई सेवा निवृत्त भएमा सोको सूचना पाएको मितिसम्म निजले खाइपाई आएको तलब, भत्ता, रासन र अन्य सुविधाहरू समेत पाउनेछ।
तर कार्यालयमा गैरहाजिर रही विभागीय कारबाही सुरु गरिएको वा कारबाहीको क्रममा कार्यालयमा अनुपस्थित रहेको प्रहरी कर्मचारीले भने अनुपस्थित रहेको मितिदेखिको तलब, भत्ता र रासन पाउने छैन।
परिच्छेद–१३ तालीम
१५०. तालीमको व्यवस्थाः (१) प्रहरी कर्मचारीलाई कार्यकुशल एवं दक्ष तुल्याउन अनुसूची– १० मा उल्लेख भएका तालीमहरूको अतिरिक्त प्रहरी प्रधान कार्यालयले तोके बमोजिमका अन्य तालीमहरू समेत दिन सकिनेछ।
(२) विदेशमा सञ्चालन हुने तालीममा प्रहरी कर्मचारीको छनौट गर्दा प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्ड बमोजिम छनौट गरी मन्त्रालयको सहमति लिई पठाउनु पर्नेछ।
तर नेपाल सरकारलाई आर्थिक व्ययभार हुने वैदेशिक तालीमको हकमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
१५१. तालीम सञ्चालन हुने स्थानः (१) प्रहरी कर्मचारीको लागि प्रदान गरिने तालीम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, प्रहरी युक्त तालीम महाविद्यालय, महानगरीय प्रहरी प्रशिक्षणालय, क्षेत्रीय प्रहरी तालीम केन्द्र र आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको प्रहरी कार्यालयमा सञ्चालन हुनेछ।
(२) सामान्यतया राजपत्रइँतस्तरको तालीम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र राजपत्र अधिनस्तस्तरको तालीम क्षेत्रीय तालीम केन्द्रहरूमा सञ्चालन हुनेछ।
(३) उपनियम (२) मा उल्लेख भएको अवस्था बाहेक अन्य स्थानमा तालीम सञ्चालन गर्नु परेमा वा कुनै तालीम खास स्थानमा सञ्चालन हुने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएमा सोही बमोजिम हुनेछ।
१५२. तालीमको अवधिः सेवाका प्रहरी कर्मचारीहरुलाई दिइने तालीमको अवधि प्रहरी प्रधान कार्यालयले तोके बमोजिम हुनेछ।
१५३. तालीम लिनु अनिवार्य हुनेः (१) प्रहरी सेवामा रहेका सबै प्रहरी कर्मचारीहरूले आवश्यकता अनुसार तालीम लिन अनिवार्य हुनेछ। यस्तो तालीममा सम्मिलित गराइएको प्रहरी कर्मचारीहरूले लापरवाही गरी आफ्नो व्यावसायिक ज्ञानप्रति उदासीनता तथा गैरजिम्मेवारी देखाएमा सो व्यहोरा अभिलेखमा जनाइनेछ।
(२) व्यावसायिक तालीम हासिल गर्दा उदासीनता तथा गैरजिम्मेवारी देखाएको व्यहोरा अभिलेखमा जनाई सकेपछि निजहरूलाई पुनः एकपटक तालीमको मौका दिइनेछ। यसरी मौका दिँदा समेत उदासीनता र गैर जिम्मेवारी देखाउने प्रशिक्षार्थीलाई प्रहरी नियमावली बमोजिम विभागीय कारबाही गर्न सकिनेछ।
१५४. तालीमको पाठ्यक्रमः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग तालीम निदेशनालयले आवश्यकता अनुसार प्रहरी कर्मचारीहरूको लागि दिइने विभिन्न तालीमहरूको पाठ्यक्रम तयार तथा परिमार्जन गर्नेछ।
तर त्यस्तो पाठ्यक्रम तयार तथा परिमार्जन गर्न मानवस्रोत विकास विभागले आवश्यकता अनुसार एक छुट्टै समिति गठन गर्न सक्नेछ र त्यस्तो समितिका सदस्यहरूको पारिश्रमिक तोकिए बमोजिम हुनेछ।
१५५. प्रशिक्षक प्रशिक्षण तालीम: (१) प्रहरी कर्मचारीहरूको तालीम, प्रशिक्षण क्षमता, शैक्षिक योग्यता, शारीरिक तन्दुरुस्ती, अनुशासन, आचरण एवं नैतिकता र सम्बन्धित प्रहरी कर्मचारीको इच्छा तथा तत्परता समेतलाई ध्यानमा राखी प्रशिक्षक हुन योग्य प्रहरी कर्मचारीहरूको अभिलेख खडा गरी त्यस्ता प्रहरी कर्मचारीहरूलाई प्रशिक्षक प्रशिक्षण तालीम प्रदान गरिनेछ।
तर यो नियमको व्यवस्था लागू हुनुअघि प्रशिक्षक प्रशिक्षण तालीम प्राप्त गरी प्रशिक्षक रूपमा प्रशिक्षण दिइरहेका प्रहरी कर्मचारीलाई पुनः प्रशिक्षक प्रशिक्षण तालीम दिन आवश्यक हुने छैन।
(२) प्रशिक्षक प्रशिक्षण तालीममा सफल प्रहरी कर्मचारीलाई प्रशिक्षक प्रमाणपत्र प्रदान गरी प्रहरी प्रशिक्षकको मान्यता प्रदान गरिनेछ र त्यस्तो मान्यताप्राप्त प्रहरी कर्मचारीहरूको एउटा छुट्टै प्रशिक्षक सूची (ट्रान्स फर् पूल) खडा गरी राखिनेछ।
(३) प्रशिक्षक सूचीमा नामावली समावेश गरिएका प्रहरी कर्मचारीहरूलाई प्राथमिकता दिई प्रशिक्षण संस्था तथा तालीम केन्द्रमा प्रशिक्षकको रूपमा खटाइनेछ।
(४) खुला प्रतियोगिताबाट नियुक्ति पाई आफ्नो दर्जाथ अनुसारको प्रहरी आधारभूत तालीम समाप्त गरे लगत्तै प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशिक्षण केन्द्रमा सरुवा वा पदस्थापना गरिएको वा प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा कार्यरत कुनै प्रहरी कर्मचारीले प्रहरी प्रशिक्षक प्रशिक्षण तालीम नलिएको भए निजलाई छ महिनाभित्र अनिवार्यरूपमा त्यस्तो तालीम दिइनेछ।
(५) प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी तालीम केन्द्रमा प्रहरी कर्मचारीको सरुवा वा पदस्थापना वा काज खटाउँदा वा त्यस्तो एकाइहरूबाट अन्यत्र खटाउँदा तालीम निर्देशनालयको सिफारिसमा गरिनेछ। तालीम निर्देशनालयले त्यस्तो सिफारिस गर्दाथ सम्भव भएसम्म प्रशिक्षक समूह (ट्रान्स फर् पूल) मा अभिलेख भएका प्रहरी कर्मचारीलाई मात्र सिफारिस गर्नु पर्नेछ।
(६) प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा कार्यरत प्रहरी कर्मचारीलाई अन्यत्र सरुवा वा पदस्थापना गर्दाथ वा काजमा खटाउँदा
तालीम निर्देशनालयसँग समन्वय गरी तालीम कार्यक्रम तथा क्यालेण्डरमा असर नपर्ने गरी गर्नु पर्नेछ।
(७) स्वदेश तथा विदेश तालीममा पठाउँदा प्रहरी प्रशिक्षण प्रतिष्ठान वा प्रहरी तालीम केन्द्रमा वा प्रशिक्षकको रूपमा कार्यरत प्रहरी कर्मचारीलाई प्राथमिकता दिइनेछ।
१५६. चरित्रको अभिलेखः (१) तालीम अवधिभित्र प्रशिक्षार्थीहरूको आचरण र चरित्रसम्बन्धी अभिलेख तयार गरिनेछ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको अभिलेख राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्रका समादेशक तथा अन्य प्रशिक्षण केन्द्रहरूले तालीम समाप्त भएपछि प्रशिक्षार्थीहरू पदस्थापित भएको कार्यालयमा पठाउनेछ। अभिलेख व्यवस्थापनको लागि सोको एक प्रति प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखामा समेत पठाउनु पर्नेछ।
१५७. प्रशिक्षार्थीहरूले पाउने सुविधाः (१) प्रशिक्षार्थीहरूलाई तालीम लिन आउँदा जाँदाको दैनिक भ्रमण भत्ता प्रचलित नियम अनुसार ठेकेिएको कार्यालयबाट दिइनेछ।
(२) रासन पाउने प्रहरी कर्मचारीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट नै प्रचलित स्केल बमोजिमको रासन र भत्ता प्रशिक्षार्थीले पाउने छन्।
(३) प्रशिक्षार्थीहरु तीन महिनासम्मको तालीममा जाँदा सो अवधिको तलब भत्ता सम्बन्धित कार्यालयबाट एकमुष्ट पेश्की दिने र तीन महिनाभन्दा बढी अवधिको तालीममा जाँदा तीन महिनाको एकमुष्ट पेश्की दिई बाँकी अवधिका लागि पटकपटक गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्र मार्फत पाउने गरी पठाइनेछ।
(४) कडा शारीरिक अभ्यास गर्नुपर्ने प्रकृतिका तालीमका प्रशिक्षार्थीहरूलाई नेपाल सरकारले तोकेबमोजिम थप रासन प्रदान गर्न सकिनेछ।
१५८. परीक्षा सञ्चालनः (१) यस नियमावली बमोजिम दिइएको तालीम समाप्त भएपछि परीक्षा लिनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भए प्रतिष्ठान प्रमुखले र क्षेत्रीय प्रहरी तालीम केन्द्रमा भए क्षेत्रीय प्रहरी कार्यालय प्रमुखले परीक्षा सञ्चालन समिति गठन गर्नेछन्।
(२) उपनियम (१) बमोजिम गठित समितिलाई परीक्षा सञ्चालन सम्बन्धी सम्पूर्ण अधिकार हुनेछ।
(३) उपनियम (१) बमोजिमको समिति तालीम केन्द्रका अधिकृतहरूलाई जुनसुकै इलाकामा गई परीक्षा लिनका लागि खटाउन सक्नेछ।
१५९. तालीममा सफल हुँदाको परिणामः देहायका तालीममा सफल हुने प्रहरी कर्मचारीहरूको हकमा देहाय बमोजिम हुनेछः–
(क) प्रहरी अधिकृत तालीम (आधारभूत) मा सफल भएका र प्रशिक्षणकालमा रहेका अधिकृतहरू स्थायी नियुक्तिका लागि सामान्यतया योग्य हुनेछन्।
(ख) प्रहरी जवान आधारभूत तालीममा सफल प्रहरी जवान प्रशिक्षार्थीहरू प्रहरी जवान पदमा स्थायी नियुक्तिका लागि योग्य हुनेछन्।
१६०. तालीममा असफल हुँदाको परिणामः देहाय बमोजिमको तालीममा असफल हुने प्रहरी कर्मचारीहरूको हकमा देहाय बमोजिम हुनेछः–
(क) प्रहरी जवान, प्रहरी सहायक निरीक्षक, प्रहरी निरीक्षक र प्राविधिक प्रहरी आधारभूत तालीम (जवान तथा अधिकृत तह) मा तालीमरत कुनै प्रशिक्षार्थी आफ्नो काबू विन्दा बाहिरको परिस्थिति परी वा अन्य कारणले असफल भएमा सम्बन्धित परीक्षा समितिको सिफारिसमा त्यस्तो प्रशिक्षार्थीलाई पुनः एको सोही प्रकृतिको तालीममा समावेश गराउन सकिनेछ।
तर संवत् २०६२ सालदेखि पोष्ट ग्रेजुयट डिप्लोमा इन पुलिस साइन्स (पीजीडिपिएस) समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालीमको हकमा क्रेडिट कोर्सका लागि यसै नियमानुसार र विश्वविद्यालय सम्बद्ध क्रेडिट कोर्सका लागि विश्वविद्यालयको नियमानुसार पुनः मौका प्रदान गरिनेछ।
(ख) उपनियम (१) बमोजिम पुनः तालीममा समावेश भएका प्रहरी कर्मचारीको अभिलेखलाई निजको व्यक्तिगत विवरण अभिलेख (डोसीयर) मा जनाउनु पर्नेछ।
१६१. समिति गठन हुनेः नियम १५९ र १६० मा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकले तोके बमोजिमका अधिकृतहरू रहने गरी एक समिति गठन
गरिनेछ र सो समितिले गरेको सिफारिस बमोजिम नियुक्ति गर्ने अधिकारीले निर्णय गर्नेछ।
१६२. प्रशिक्षण भत्ताः राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तालीम केन्द्रहरूमा सञ्चालन भएको तालीममा प्रशिक्षकको रूपमा खट्ने प्रहरी कर्मचारी, स्वदेशी वा विदेशी अतिथि प्रशिक्षकलाई प्रत्येक प्रवचनका लागि नियमानुसार प्रवचन भत्ता दिइनेछ। उपर्युक्त तालीममा बाह्य प्रशिक्षकको रूपमा खट्ने प्रशिक्षकलाई पनि सोही अनुसारको भत्ता दिइनेछ।
१६३. तालीम भत्ताः अनिवार्य आधारभूत र विशिष्टीकृत सेवाकालीन तालीमका प्रशिक्षार्थीहरूलाई तालीमको अवधिमा मासिक पाँच सय रूपैयाँमा नबढाई तालीम भत्ता दिइनेछ। यस्तो तालीम एक महिनाभन्दा कम अवधिको भएमा दामासाहीले उपलब्ध गराइनेछ।
१६४. वैदेशिक तालीममा पठाउनेः प्रहरी कर्मचारीलाई वैदेशिक तालीमका लागि मनोनयन गर्दा सङ्गठको आवश्यकता, सेवा विशिष्टीकरण, जेष्ठता, अनुभव, शैक्षिक योग्यता, कार्यसम्पादन क्षमता र दक्षताका आधारमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागको प्रहरी अतिरिक्त महानिरीक्षकको अध्यक्षतामा गठित समितिले सम्भाव्य उमेदवारको नाम प्रहरी महानिरीक्षकसमक्ष सिफारिस गरी प्रहरी महानिरीक्षकले नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ। यसरी विदेश तालीममा छनौट गर्दा योग्य प्रहरी कर्मचारीहरूमध्येबाट कसैलाई भेदभाव नगरी सहभागी हुने समान अवसर पाउने गरी छनौट गरिनेछ।
१६५. स्वदेश तालीमः एकै पटक नियुक्त भएका वा बढुवा भएका प्रहरी कर्मचारीलाई स्वदेश तालीममा पठाउँदा साधारणतया समान अवसर प्राप्त हुने गरी तालीमको व्यवस्था मिलाउनु पर्नेछ।
१६६. प्रशिक्षकलाई दिइने विशेष सुविधाः प्रशिक्षण संस्थामा कार्यरत प्रहरी कर्मचारीको मनोबललाई उच्च बनाई राख्न स्वदेश तथा विदेशमा तालीम, संयुक्त राष्ट्र संघीय मिसन पठाउने अवधि वा पटकको सीमामा छुट, प्रशिक्षण तथा प्रवचन भत्ता, अध्ययन विदा वा अन्य थप सुविधाहरू उपलब्ध गराइनेछ। तर यस्तो तालीम केन्द्रमा कार्यरत रहँदा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई यस्तो सुविधाबाट निश्चित समयसम्म वञ्चित गरिनेछ।
परिच्छेद–१४ पोसाक
१६७. प्रहरी पोसाकः (१) प्रहरीको पोसाकको रङ, किसिम र अन्य विवरणहरू प्रहरी महानिरीक्षकले मन्त्रालयको स्वीकृति लिई निर्धारण गरे बमोजिमको हुनेछ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कामको प्रकृतिको आधारमा सादा पोसाक वा अन्य काममा खट्ने प्रहरी कर्मचारीका लागि आवश्यक पर्ने पोसाक यसै परिच्छेद बमोजिम दोहोरो नपर्ने गरी उपलब्ध गराइनेछ।
१६८. प्रारम्भिक पोसाक र सामानः (१) प्रत्येक प्रहरी कर्मचारीलाई अनुसूची–१६ मा उल्लेख भए बमोजिमका प्रारम्भिक पोसाक र सामान दिइनेछ।
(२) सबै तालीम केन्द्रहरूका नयाँ भर्ना हुने अधिकृत तथा जवानहरूलाई तालीम केन्द्रबाट स्केल बमोजिम प्रारम्भिक पोसाक वितरण गरिनेछ।
१६९. जाडो मौसमका लागि दिइने पोसाकः प्रत्येक प्रहरी कर्मचारीलाई जाडो मौसमका लागि अनुसूची–१७ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ।
१७०. ट्राफिक प्रहरीलाई दिइने पोसाकः ट्राफिक प्रहरीलाई अनुसूची–१८ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ।
१७१. प्राविधिक प्रहरीलाई दिइने पोसाकः प्राविधिक प्रहरीलाई अनुसूची–१९ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ।
१७२. श्रेणीविहीन प्रहरी कर्मचारीलाई दिइने सामान तथा पोसाकः श्रेणीविहीन प्रहरी कर्मचारीलाई अनुसूची–२० मा उल्लेख भए बमोजिमका सामान तथा पोसाक दिइनेछ।
१७३. सशस्त्र प्रहरी, सुरक्षा प्रहरी, प्रहरी चेकपोष्टको प्रहरी कर्मचारीलाई दिइने सामान तथा पोसाकः सशस्त्र प्रहरी, सुरक्षा प्रहरी र प्रहरी चेकपोष्टका प्रहरी कर्मचारीहरूलाई अनुसूची–२१ बमोजिमका सामान तथा पोसाक दिइनेछ।
१७४. ट्युनिक तथा सेरेमोनियल पोसाकः प्रत्येक राजपत्राहङ्कित प्रहरी कर्मचारीलाई सेरेमोनियल पोसाकको लागि एकमुष्ठ एक हजार रुपैयाँ दिइनेछ। यसरी दिइने सुविधा आवश्यकता अनुसार नेपाल सरकारको निर्णय बमोजिम फेरबदल गर्न सकिनेछ।
१७५. पर्यटक प्रहरीलाई दिइने पोसाकः पर्यटक प्रहरीलाई थप आवश्यक पर्ने पोसाकका सम्बन्धमा नेपाल सरकारबाट निर्णय भए बमोजिम दिइनेछ।
१७६. तयारी पोसाक वितरण गर्न नसकिएमा दिने सुविधाः प्रहरी कर्मचारीलाई अनुसूचीहरूमा उल्लेख भए बमोजिमका तयारी पोसाक वितरण गर्न नसकिएको अवस्थामा स्थानीय दर रेट बमोजिम सिलाई ज्याला दिइनेछ।
१७७. प्रहरीको पोसाक सट्टा बदल्नेः प्रहरी कर्मचारीहरूको मालसामान र पोसाक निश्चित अवधि पुगी वा सरकारी काम विशेषले फाटी, टुटी गएमा नियम १७८ बमोजिमको कण्डेमनेसन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयबाट सट्टा गरी नयाँ दिइनेछ।
१७८. कण्डेमनेसन समितिः (१) प्रहरी सेवाका कर्मचारीहरूको प्रयोजिका लागि वितरण गरिने मालसामान तथा पोसाकहरू फाटी, टुटी गएमा बदली दिनुपर्ने हुँदा त्यस्ता मालसामानहरू समय पुगी मनासिब कारणले फाटे टुटेको साँचो हो वा होइन ठहर गर्न प्रहरी प्रधान कार्यालयले एक कण्डेमनेसन समितिको गठन गर्नेछ। सो समितिले जाँची ठहर गरी पेश गरेको प्रतिवेदनको आधारमा प्रहरी प्रधान कार्यालयले र क्षेत्रीय भण्डारेले सट्टा बदल्न गरी दिनेछ।
(२) कण्डेमनेसन समितिमा कम्तीमा तीन जना सदस्य रहनेछन्। कण्डेमनेसन समितिको अध्यक्ष पदमा प्रहरी सेवाको एक जना राजपत्राहङ्कित अधिकृत हुनेछ।
(३) प्रहरी प्रधान कार्यालयले केन्द्रीय कण्डेमनेसन समितिले गरी आएको काम गर्न क्षेत्रीय वा अन्य कुनै प्रहरी कार्यालयलाई सुम्पि सक्नेछ।
(४) उपनियम (३) बमोजिमको कामको सम्बन्धमा क्षेत्रीय वा अन्य कुनै प्रहरी कार्यालयले गरेको प्रतिवेदनको आधारमा प्रहरी प्रधान कार्यालयले अन्तिम निर्णय दिनेछ।
(५) नियम १७९ बमोजिम कण्डेमनेसन समितिले गर्नुपर्ने कामबाहेक त्यसको अन्य काम कर्तव्यबारे प्रहरी प्रधान कार्यालयले मन्त्रालयको स्वीकृति लिई व्यवस्था गर्न सक्नेछ।
१७९. कण्डेमनेसन समितिको कामः कण्डेमनेसन समितिले देहायका सामानहरु सरकारी कामको सिलसिलामा फाटी, टुटी गएमा वा निश्चित अवधि नाघी गएको प्रतिवेदन प्राप्त भएमा सो सम्बन्धी विषयमा जाँचबुझन गरी नयाँ निकासा वा सट्टाबदलको लागी सिफारिस गर्नुपर्नेछ।
(क) हिमाली प्रदेशमा रहेका प्रहरीका लागि वितरण भएको गरम लत्ताकपडा पोसाक र अन्य मालसामानहरू,
(ख) ग्रेटकोट,
(ग) बर्पादी,
(घ) झुल,
(ङ) व्यक्तिगत असबाब,
(च) जाडो मौसममा वितरण गरिने पोसाकहरू,
(छ) युनिट इक्वीपमेण्ट।
१८०. नियन्त्रित सामानको सम्बन्धमाः प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल प्रहरीमा रहेका नियन्त्रित सामानमध्ये प्रहरी कारबाहीका समयमा लुटेमा वा काम नलाग्ने वा चलनमा नआउने भएमा देहाय बमोजिमको समितिको सिफारिसमा पाँचलाख रुपैयाँसम्मको भए प्रहरी महानिरीक्षक, पाँच लाख रुपैयाँभन्दा माथि सात लाख रुपैयाँसम्मको भए मन्त्रालयका सचिव, सात लाख रुपैयाँभन्दा माथि दश लाख रुपैयाँसम्म भए गृहमन्त्री र सोभन्दा माथिको भए नेपाल सरकार, मन्त्रिपरिषद्ले मिन्हा दिने, सडाउने, गलाउने, धुल्याउने वा लिलाम गर्ने आदेश दिन सक्नेछः–
(क) प्रहरी नायब महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, कार्य विभाग – अध्यक्ष
(ख) प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन महाशाखा प्रमुख – सदस्य
(ग) मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारी – सदस्य
(घ) महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारी – सदस्य
(ङ) प्रहरी प्रधान कार्यालयले तोकेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
(च) प्रहरी प्रधान कार्यालय, प्रबन्ध शाखा प्रमुख – सदस्य
(छ) प्रहरी प्रधान कार्यालय, भण्डार शाखा प्रमुख – सदस्य-सचिव
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नियन्त्रित सामान” भन्नाले नेपाल प्रहरीको हातहतियार, खरखजाना र प्रहरी प्रधान कार्यालयले समयसमयमा नियन्त्रित सामान भनी तोकिदिएको सामानलाई सम्झनु पर्छ।
परिच्छेद–१५ विविध
१८१. जनपद प्रहरी समूहमा समुहकृत हुने: (१) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत गठन भएको प्रहरी पहरा गण यो नियमावली प्रारम्भ भएपछि जनपद प्रहरी समूहमा समुहकृत हुनेछ।
(२) उपनियम (१) बमोजिम समुहकृत भएका प्रहरी कर्मचारीहरूलाई सेवा विशिष्टीकृत कार्यक्षेत्र अन्तर्गतको सुरक्षा व्यवस्थापन तथा नियन्त्रणको काममा लगाइनेछ।
(*३) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) नियमावली, २०४२ बमोजिम नियुक्ति भएको प्रहरी केटाको दरबन्दी यो नियमावली प्रारम्भ भएपछि प्रहरी कार्यालय सहयोगी वा सो सरहको पदमा स्वतः कायम हुनेछ।
१८२. पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको सम्बन्धमा: यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भई कार्यरत रहेको प्रहरी कर्मचारीमध्ये एकपटक सरकारी सेवाबाट अलग भई पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा देहायको व्यवस्था लागू हुनेछ:–
(क) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भएका प्रहरी कर्मचारीमध्ये एक पटक सरकारी सेवाबाट अलग भई पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा पुनः नियुक्ति भई आएका मितिबाट जेष्ठता कायम गरिनेछ।
(ख) एक पटक प्रहरी सेवाबाट अलग भई पुनः नेपाल प्रहरी सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको पुन:स्थापना तालीम अनिवार्य रूपमा लिनु पर्नेछ। अन्य सेवाबाट अलग भई नेपाल प्रहरी सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको आधारभूत तालीम अनिवार्य रूपमा लिनु पर्नेछ।
१८३. दर्जायानी चिन्ह सम्बन्धी व्यवस्था: प्रहरी सेवामा रहने पदहरूको दर्जायानी चिन्ह अनुसूची-२२ मा उल्लेख भए बमोजिम हुनेछ।
१८४. प्रहरी कर्मचारीको बचाउः (१) कुनै प्रहरी कर्मचारीले ऐन वा यस नियमावली वा अरु प्रचलित कानुन बमोजिम गर्नु पर्ने आफ्नो ओहोदाको कर्तव्यपालन सम्बन्धी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर उपनियम (२) बमोजिमको कार्यविधि नपुर्याई मुद्दा चल्न सक्दैन।
(२) उपनियम (१) बमोजिम कुनै पनि प्रहरी उपर मुद्दा चलाउनका लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम प्रक्रिया अवलम्बन गरेको हुनु पर्नेछः–
(क) मुद्दा चलाउने कारण तथा वादीको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवालालाई वा सम्बन्धित प्रहरीलाई बुझाएको वा हुलाकिदारा रजिष्ट्री गरी पठाएको र त्यसको एक प्रति नक्कल नेपाल सरकारमा पेश गरिएको दुई महिना नाघेको, र
(ख) मुद्दा चलाउने कारण भएको तीन महिनाभित्र मुद्दा दायर गरिसकेको।
(३) कुनै प्रहरी बहाल छँदा आफ्नो ओहदाको कर्तव्यपालनोको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटिसके पछि पनि नेपाल सरकारको स्वीकृति नभई निजउपर मुद्दा चल्न सक्दैन।
(४) उपनियम (३) बमोजिम मुद्दा चलाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएमा निजको प्रतिरक्षा नेपाल सरकारले गर्नेछ।
१८५. महान्यायाधिवक्ताबाट प्राप्त निर्देशनको कार्यान्वयनः प्रहरी हिरासतमा रहेको व्यक्तिलाई संविधान र प्रचलित कानुनको अधिनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानुन व्यवसायीसँग भेटघाट गर्न नदिएको सम्बन्धमा महान्यायाधिवक्ताबाट प्राप्त निर्देशन कार्यान्वयन गर्नु गराउनु सम्बन्धित प्रहरी कर्मचारीको कर्तव्य हुनेछ।
१८६. वैयक्तिक नोकरी विवरणः (१) प्रहरी नायब निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको वैयक्तिक नोकरी विवरणको अभिलेख मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा तथा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्मको वैयक्तिक नोकरी विवरणको अभिलेख प्रहरी प्रधान कार्यालयमा राखिनेछ।
(२) उपनियम (१) बमोजिमको वैयक्तिक नोकरीको विवरण प्रहरी प्रधान कार्यालयले तोके बमोजिमका फारामहरूमा अभिलेख गर्नेछ।
१८७. लगत किताब खडा गर्नेः कुनै पनि प्रहरी कार्यालयमा नगदी एक, जिन्सीको एक र कागज पत्रको एक गरी कुल तीन लगत किताब खडा गरी राखिनेछ र हाल साविक हुँदा सोही किताबको आधारमा बरबुझारथ गरिनेछ।
१८८. साविक र हालवालाको बरबुझारथः प्रहरी चौकी, इलाका प्रहरी कार्यालयदेखि लिएर प्रहरी प्रधान कार्यालयसम्मको प्रमुखको जिम्मामा रहेको नगदी, जिन्सी, हातहतियार, कागजात इत्यादि जे–जति छ त्यो सबै साविकवालाले हालवालालाई बुझाउनु पर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) हालवालाले बहाली गर्ने दिनको सूचना साविकवालालाई सकेसम्म चाँडो दिनु पर्नेछ र साविकवालाले पनि त्यही दिनदेखि जिम्मा बुझाउन तयार रहनु पर्नेछ।
(ख) बरबुझारथ गर्न चाहिने आवश्यक समय प्रहरी महानिरीक्षकको निमित्त नेपाल सरकारले तोके बमोजिम र अरु प्रहरी कर्मचारीको हकमा सामान्यतया १५ दिनको हुनेछ र सो समयभित्र बरबुझारथ गर्नु पर्नेछ।
(ग) खण्ड (ख) मा तोकिएको समयभित्र कुनै विशेष कारण परी बरबुझारथ गर्न नभ्याएमा एक पटकको लागि एक्काइस दिनमा नबढ्ने गरी एक तह माथिको तालुक कार्यालयले समय थप गर्न सक्नेछ।
१८९. प्रहरी किताबखानाको व्यवस्थाः (१) यस नियमावलीको परिच्छेद–११ अन्तर्गतका देहाय बमोजिमका सुविधाहरू सम्बन्धित कार्यालयको सिफारिसमा प्रहरी किताबखानाबाट उपलब्ध गराइनेछ।
(क) सेवा निवृत्त प्रहरी कर्मचारीहरूको अधिकारपत्र जारी गर्ने,
(ख) उपदानको अङ्क हिसाब गरी सम्बन्धित निकायमा पठाउने,
(ग) पारिवारिक निवृत्तिभरण, अशक्त निवृत्तिभरण, सन्तनतवृत्ति, शैक्षिकवृत्ति आदिको अधिकारपत्र जारी गर्ने,
(घ) पारिवारिक निवृत्तिभरणको नामसारी गर्ने।
(२) उपनियम (१) मा उल्लिखित सेवा उपलब्ध गराउने कार्यका अतिरिक्त प्रहरी किताबखानाबाट देहाय बमोजिमको कार्य समेत हुनेछ:–
(क) पद दर्ता गर्ने,
(ख) पद खालीको लगत सङ्कलन गरी पद पूर्ति प्रयोजनको लागि मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा मासिक रुपमा वा तत्कालै लेखी पठाउने,
(ग) प्रहरी कर्मचारीहरूको भननिदेखि अवकाश सम्मका (नियुक्ति, सरुवा, बढुवा, पुरस्कार, विभागीय सजाय, शैक्षिक योग्यता, तालीम, औषधी उपचार समेत) सम्पूर्ण अभिलेख राख्ने,
(घ) सितरोल दर्ता गर्ने र प्रमाणित गर्ने,
(ङ) नोकरी जोड्ने,
(च) स्केल मिलान गर्ने,
(छ) तलबी प्रतिवेदन पारित गर्ने,
(ज) अभिलेखमा विवरण फरक परेमा जाँचबुझन गरी यकीन गर्ने,
(झ) प्रहरी कर्मचारी बहाल छँदै औषधी उपचार बापत लिएको रकमको अभिलेख राख्ने,
(ञ) सम्पत्ति विवरणको अभिलेख राख्ने।
(३) यहाँ नियुक्तिको हकमा नियुक्ति गर्ने अधिकारीले र सो नियमावली बमोजिम सरुवा गर्ने अधिकारीले यस्तो नियुक्तिको वा सरुवाको सूचना प्रहरी किताबखानामा पठाई आफूभन्दा एक तह माथिल्लो अधिकृत र प्रहरी प्रधान कार्यालयमा त्यसको बोधार्थ दिनु पर्नेछ।
(४) प्रहरी कर्मचारीको उपदान, निवृत्तभरण विभागीय सजाय, पुरस्कार, प्रहरी कर्मचारी पदमा बहाल छँदै औषधी उपचारबापतको रकम लिएको भए सो अभिलेख समेत प्रहरी किताबखानामा पठाउनु पर्नेछ।
(५) यहाँ निवृत्तभरण अधिकारपत्र, पट्टा संशोधन, प्रतिलिपि वा पाना सकिएमा थप पुस्तिका वितरणजस्ता कार्यहरु प्रहरी किताबखानाले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन
कार्यालयलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत उपलब्ध गराउनेछ।
१९०. पाँच वर्षभित्र नोकरी छाड्न नपाउनेः कुनै पनि प्रहरी कर्मचारीले नियुक्ति भएको मितिले पाँच वर्षभित्र नोकरी छाड्न पाउने छैन।
तर कुनै प्रहरी कर्मचारीलाई मानसिक माफिको कारण परी नोकरी नछाडी नहुने अवस्था परेमा निजले कारण खोली अख्तियारवालासमक्ष निवेदन गर्नु पर्नेछ र अख्तियारवालाले मनासब ठानेमा प्रहरी कर्मचारीलाई नोकरी छाड्न अनुमति दिन सक्नेछ।
१९१. तह नाघ्ने नहुनेः कुनै पनि प्रहरी कर्मचारीले कुनै विषयको লেখাপढी गर्दा साधारणतया तह नाघ्ने हुँदैन।
१९२. अक्षत उपचारः सशस्त्र मुठभेडमा वा कर्तव्य पालनोको सिलसिलामा दुर्घटनामा परी शारीरिक वा मानसिक रूपमा अक्षत भएका प्रहरी कर्मचारीको उपचार नेपाल प्रहरी अस्पताल वा आवश्यकता अनुसार अन्य अस्पतालबाट समेत गरिनेछ।
१९३. नीति निर्माण समितिको गठनः (१) प्रहरी सङ्गठनमा बृहत्तर र दीर्घकालिन प्रभाव पार्ने लगायतका नीतिगत विषयमा नेपाल सरकारलाई सुझाव दिन, प्रहरी सङ्गठिको आन्तरिक व्यवस्थापन र यस नियमावली बमोजिम तोकिएका विषयहरुमा समेत आवश्यकता अनुसार निर्णय लिन प्रहरी प्रधान कार्यालयमा देहाय बमोजिमको एक नीति निर्माण समिति रहनेछः– (क) प्रहरी महानिरीक्षक – अध्यक्ष (ख) प्रहरी अतिरिक्त महानिरीक्षकहरू सबै – सदस्य (ग) उपत्यकास्थित प्रहरी नायब महानिरीक्षक सबै – सदस्य (घ) प्रहरी नायब महानिरीक्षक, प्रहरी महानिरीक्षकको सचिवालय – सदस्य–सचिव
(२) प्रहरी महानिरीक्षकले बैठकमा प्रस्तुत हुने विषयवस्तुको गम्भीरता र आवश्यकता अनुसार अन्य प्रहरी कर्मचारीहरू, सरोकारवाला र विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(३) नीति निर्माण समितिको बैठकसम्बन्धी कार्यविधि नीति निर्माण समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
१९४. प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन: (१) प्रहरी कर्मचारी, निजका परिवार तथा निवृत्त प्रहरी कर्मचारीको कल्याणका लागि एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्– (क) प्रहरी सेवाका कर्मचारीहरूको भत्ता वा पारिश्रमिकबाट तोकिए बमोजिम कट्टा गरिएको रकम, (ख) नेपाल सरकार वा मान्यता प्राप्त संगठित संस्था वा व्यक्तिबाट प्राप्त चल, अचल सम्पत्ति, (ग) विदेशी सरकार वा संघसंस्थाबाट अनुदानस्वरूप प्राप्त रकम तथा अन्य सहयोग, (घ) तोकिए बमोजिम कल्याण कोषको चलअचल सम्पत्तिको लगानी र प्रयोगबाट आर्जित रकम, (ङ) कल्याण कोषबाट राष्ट्र संघीय मिशनहरूमा लगानी गरे बापत राष्ट्रसंघबाट शोधभर्ना बापत प्राप्त हुने रकम, (च) अन्य प्रचलित कानूनी स्रोतबाट प्राप्त रकम। (२) उपनियम (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि प्रहरी प्रधान कार्यालयले नेपाल सरकारको स्वीकृत लिनु पर्नेछ।
(३) कल्याण कोषमा रहने रकम नेपाल राज्यनित्र नेपाल राष्ट्र बैंकले “क” श्रेणीको ईजाजत प्रदान गरेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन सञ्चालक समितिले तोके बमोजिम हुनेछ।
(४) कल्याण कोषको रकम बहालवाला तथा निवृत्त प्रहरी कर्मचारी र तिनका परिवारको कल्याणकारी कार्यमा मात्र खर्च गरिनेछ।
(५) यो नियमावली प्रारम्भ हुनुअघि स्थापना भएका कल्याण कोषको चल अचल सम्पत्ति तथा दायित्व यो नियम बमोजिम स्थापना भएको कल्याण कोषमा सर्नेछ।
(६) कल्याण कोषको आय व्यय सहितको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ।
(७) कल्याण कोषको लेखा प्रचलित कानून बमोजिम राखिनेछ। सो कोषको आन्तरिक लेखापरीक्षण सञ्चालक समितिले तोके बमोजिम र अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ। नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि कल्याण कोषको हिसाब किताब जाँच्न वा जाँचाउन सक्नेछ।
(८) कल्याण कोषको योजना, बजेट, प्रगति तथा वार्षिक आयव्यय बारे कल्याण कोषले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।
(९) प्रहरी महानिरीक्षक कल्याण कोषको संरक्षक हुनेछ ।
(१०) कल्याण कोषको सञ्चालन तथा व्यवस्थापना लागि देहाय बमोजिमको कल्याण कोष सञ्चालक समिति रहनेछः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग – अध्यक्ष (ख) मेडिकल डाइरेक्टर, प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी अस्पताल – सदस्य (ग) प्रतिनिधि, मन्त्रालय (राजपत्राहङ्कित द्वितीय श्रेणीको अधिकृत) – सदस्य (घ) प्रतिनिधि, अर्थ मन्त्रालय (राजपत्राहङ्कित द्वितीय श्रेणीको अधिकृत) – सदस्य (ङ) अवकाशप्राप्त र बहालवाला प्रहरी अधिकृत मध्येबाट संरक्षकले मनोनित गरेका दुईजना – सदस्य (च) अवकाशप्राप्त र बहालवाला प्रहरी हवल्दार र प्रहरी जवान मध्येबाट संरक्षकले मनोनित गरेका दुई जना – सदस्य (ज) प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा प्रमुख – सदस्य-सचिव
(११) उपनियम (१०) को खण्ड (ङ) र (च) बमोजिम मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(१२) कल्याण कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कल्याण कोषको आय व्यय र वार्षिक कार्यक्रम स्वीकृत गर्ने, (ख) नेपाल सरकारको स्वीकृतिमा फर्म पुलिस युनिट (एफपियु) मिसनहरूका लागि आवश्यक पर्ने बन्दोबस्ती सामानहरूमा गरिने लगानी सम्बन्धी निर्णय गर्ने,
(ग) कल्याण कोष सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने, (घ) कल्याण कोषका लागि आवश्यक पने जनशक्ति नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, (ङ) कल्याण कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरू छनौट गर्ने, थपघट तथा संशोधन गर्ने, (च) मन्त्रालय तथा कल्याण कोषका संरक्षक समक्ष कल्याण कोषको अवस्था र सञ्चालित कल्याणकारी कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने।
१९५. सूत्र परिचालन सम्बन्धी व्यवस्थाः (१) अपराध नियन्त्रण वा अनुसन्धान सम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीले गोप्य रुपमा सूत्र परिचालन गर्न सक्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि नेपाल सरकारले सूत्र परिचालन सम्बन्धमा छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ।
१९६. प्रहरी महानिरीक्षकले आदेश तथा निर्देशन जारी गर्न सक्नेः (१) ऐन र यस नियमावलीको अधिमना रही देहायका विषयमा प्रहरी महानिरीक्षकले आवश्यक कार्य आदेश वा निर्देशन जारी गर्न सक्नेछ। यसरी जारी गरिएको महत्वपूर्ण कार्य आदेश वा निर्देशनको जानकारी मन्त्रालयमा पठाउनु पर्नेछः–
(क) प्रहरी सङ्गठनको प्रभावकारी रेखदेख, सञ्चालन र नियन्त्रणका विषय, (ख) सेवालाई समयानुसार र जनमुखी बनाउने विषय, (ग) प्रहरीलाई व्यावसायिक र सेवा विशिष्टीकरण गर्ने विषय, (घ) कार्य विवरण र कर्मचारीलाई जवाफदेही बनाउने विषय, (ङ) मातहत कार्यालयहरूको कार्यमा समन्वय कायम ल्याउने विषय, (च) कैद थुुवा तथा तहबील लाने ल्याउने सम्बन्धी विषय, (छ) प्रहरी कर्मचारीको मनोबल, स्वास्थ्य तथा तन्दुरुस्ती र अनुशासन र आचरणसम्बन्धी विषय, (ज) पोसाक, रासन तथा अन्य सुविधा सम्बन्धी विषय, (झ) स्रोतसाधनको समुचित वितरण, रेखदेख र सम्भारसम्बन्धी विषय,
(ञ) यस नियमावलीमा उल्लेख भएका कुराहरू स्पष्ट तथा विस्तृत गर्ने विषय, (ट) प्रहरी क्याम्प, ब्यारेक र कार्यालयको व्यवस्थापन सम्बन्धी विषय, (ठ) अन्य महत्वपूर्ण विषयहरू। (२) प्रहरी महानिरीक्षकले उपनियम (१) बमोजिमको विषयमा कार्य आदेश वा निर्देशन जारी गर्नु पूर्व आवश्यकता अनुसार नियम १९३ बमोजिम गठित नीति निर्माण समितिमा उक्त विषय छलफलका लागि पठाउन सक्नेछ।
१९७. पुरस्कारः देहायका पदानुकारीहरूले आफ्नो र आफ्ना मातहत कार्यालयका प्रहरी कर्मचारीहरूले आफ्नो कर्तव्यपालिको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीहरूलाई पुरस्कार स्वरूप देहाय बमोजिम तलबवृद्धी थप वा एकमुष्ट रकम दिन सक्नेछन्–
(क) प्रहरी महानिरीक्षकले पाँच तलबवृद्धिसम्म थप वा दुई हजार पाँच सय रुपैयाँसम्म। (ख) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी उपरीक्षक र सोदेखि माथिका प्रहरी अतिरिक्त महानिरीक्षकले तीन तलबवृद्धिसम्म थप वा एक हजार पाँच सय रुपैयाँसम्म। (ग) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकले दुई तलबवृद्धिसम्म थप वा एक हजार रुपैयाँसम्म।
१९८. रासन सुविधाः प्रहरी कर्मचारीले नेपाल सरकारले तोकिदिए बमोजिमको रासन सुविधा पाउनेछ।
१९९. चाडपर्व खर्च पाउनेः (१) प्रहरी कर्मचारीले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ । यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ।
(२) निलम्बनमा रहेको प्रहरी कर्मचारीले समेत उपनियम (१) बमोजिमको चाडपर्व खर्च पाउनेछ।
(३) निवृत्तिवरण पाउने गरी अवकाश प्राप्त कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिवरण बराबरको रकम चाडपर्व खर्चको रुपमा दिइनेछ।
२००. वैयक्तिक विवरण फाराम (सिटरोल) तयार गर्नेः (१) नियुक्ति गर्ने अधिकारीले अनुसूची–२३ बमोजिमको ढाँचामा प्रत्येक प्रहरी कर्मचारीको दुई प्रति वैयक्तिक विवरण फाराम (सिटरोल) तयार गर्न लगाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको वैयक्तिक विवरण (सिटरोल) एकप्रति प्रहरी किताबखानामा र अर्को प्रति सो कर्मचारी बहाल रहेको कार्यालयमा राख्न लगाउनु पर्दछ । कर्मचारी बहाल रहेको कार्यालयमा राखिएको वैयक्तिक विवरण सो प्रहरी कर्मचारी अन्यत्र सरुवा भएमा सोही कार्यालयमा पठाउनु पर्नेछ।
(३) कुनै प्रहरी कर्मचारीको नेकीवेदी तयार गर्दा निजको आचरण तथा कार्यसम्पादनको मूल्याङ्कन गरिएका पक्षहरू समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ। उक्त नेकीवेदीको अभिलेख प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा, सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालय र निज कार्यरत प्रहरी कार्यालयमा तीनपुस्ते अभिलेखको रूपमा राखिनेछ।
(४) * उपनियम (३) बमोजिम तयार गरिने नेकीवेदीको ढाँचा र कार्यान्वयन प्रकृया नियम १९३ बमोजिमको प्रहरी नीति निर्माण समितिले निर्धारण गरे बमोजिम हुनेछ।
२०१. कर्मचारी सञ्चय कोषः प्रहरी कर्मचारीको प्रत्येक महिनाको तलबबाट दश प्रतिशत दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले दशप्रतिशत रकम थपगरी कर्मचारी सञ्चयकोषमा जम्मा गरिदिनेछ।
२०१क. सञ्चयकोष र बिमा बाहेक अन्य कुनै सुविधा नपाउनेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ११३ को उपनियम (२) बमोजिम सेवाबाट बर्खास्त भएको प्रहरी कर्मचारीले नियम १४४ बमोजिमको बिमा र नियम २०१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम बाहेक यस नियमावली बमोजिमको कुनै पनि सुविधा पाउने छैन ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम १०१क. को उपनियम (२) बमोजिमको विवरण वा अन्य कुनै स्रोतबाट कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा
स्थायी आवासीय अनुमति लिएको त्यस्तो पति वा पत्नीले नियम १४४ बमोजिमको बिमा र नियम २०१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम बाहेक यस नियमावली बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन।
२०२. प्रहरी सेवाबाट बर्खास्त गरिएका प्रहरी कर्मचारीको अभिलेख राख्ने (१) कुनै प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएमा निजको तीनपुस्ते हुनुसम्मको सूचना लोकसेवा आयोग, प्रहरी किताखाना, प्रहरी चालचलन शाखालाई र सम्पूर्ण जिल्ला प्रहरी कार्यालयलाई पठाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बर्खास्त भएको व्यक्ति पुनः प्रहरी सेवामा नियुक्त भएमा निजले पुनः नियुक्ति भई खाएको तलब फिर्ता गराई निजलाई तुरुन्त बर्खास्त गरिनेछ।
२०३. इजाजत बेगर इलाका छोड्न नहुनेः सरकारी काजमा खटिएका वा बिदामा बसेका अवस्थामा बाहेक कुनै सरकारी कार्यालयमा बहाल रहेका प्रहरी कर्मचारीले बिदा दिने अख्तियारी पाएको व्यक्तिको इजाजत बेगर आफ्नो कार्यालय रहेको जिल्ला वा इलाका छाडी अन्यत्र जान हुँदैन।
तर अपरिहार्यको अवस्था परी कार्यालय छाडी नगई नहुने भएमा सम्बन्धित प्रहरी कर्मचारीले कारण खोली निवेदन दिई आफ्नो कार्यालय प्रमुखको इजाजत लिई वा इजाजत नलिई भ्याएमा जानु परे कारणसमेत खोली सम्बन्धित कार्यालय र विभाग वा सचिवालयमा लिखित प्रतिवेदन दिई देश भित्र वा बाहिर जान हुन्छ। त्यसरी जाँदा कार्यालयको काममा बाधा नपर्ने र सरकारी सम्पत्ति हनमान नहुने प्रबन्ध मिलाई जानुपर्छ।
२०४. अधिकार सुम्पिन सक्नेः (१) नेपाल सरकारले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकारहरु नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ।
(२) यस नियमावलीद्वारा कुनै अधिकारीलाई प्रदान गरिएको अधिकार आफ्नो सामान्य रेखदेखमा काम गर्ने गरी निजले आफूमुनिको कर्मचारीलाई सुम्पिन सक्नेछ।
२०५. मानार्थ बढुवाः (१) यस नियमावली बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार भई बढुवा नहुँदै अवकाश हुने अवस्थामा पुगेका प्रशंसनीय काम गर्ने ⁴ प्रहरी सहायक
निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी वरिष्ठ नायब निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई बढुवा समितिको सिफारिसमा सम्बन्धित अख्तियारवालाले एक तह माथिको दर्जामा मानार्थ बढुवा गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम बढुवा हुने प्रहरी अधिकृतले यसरी बढुवा भएको पदको दज्यार्थी चिन्ह प्रयोग गर्न र सो पदले पाउने सबै सुविधा पाउनेछ।
(३) उपनियम (१) बमोजिमको बढुवा एक वर्षमा बढीमा दुई जनासम्मलाई गर्न सकिने छ।
२०६. परिचय पत्र: अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारीका नाउँमा प्रहरी महानिरीक्षक वा निजबाट अख्तियार प्राप्त अधिकारीले परिचय पत्र जारी गर्न सक्नेछ।
२०७. सम्पत्ति विवरण पेश गर्ने: (१) प्रहरी कर्मचारीले नियुक्ति भएको मितिले साठी दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सबै प्रकारका चलअचल सम्पत्तिको स्रोत सहितको अध्यावधिक विवरण एक प्रति हेरी कार्यालयमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको सम्पत्ति विवरण सम्बन्धित कार्यालयले प्रहरी किताबखानामा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त विवरण प्रहरी किताबखानाले सुरक्षित साथ राख्नु पर्नेछ।
२०८. विद्युतीय अभिलेख राख्न सकिने: यस नियमावली बमोजिम राख्नु पर्ने प्रहरी कर्मचारीहरुको अभिलेख विद्युतीय अभिलेखमा प्रविष्ट गरी राख्न सकिने छ।
२०९. स्वतः परिनत हुने: यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी परिचर पदमा कार्यरत श्रेणीविहीन प्रहरी कर्मचारीहरु यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी पदमा स्वतः परिनत हुनेछन्।
२१०. निर्देशिका र कार्यविधि बनाउन सक्ने: मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा वा आवश्यकता अनुसार यस नियमका व्यवस्थाहरू तथा प्रहरी सङ्गठनको व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।
तर यस्तो कार्यविधि वा निर्देशिका लागू गर्नु पूर्व नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ।
२११. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेः *मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा लेखेको कुराहरूलाई समयसमयमा हेरफेर तथा थपघट गर्न सक्नेछ।
२१२. खारेजी र बचाउः (१) देहायका नियमावलीहरू खारेज गरिएका छन्– (क) प्रहरी कर्मचारीको दैनिक भ्रमण भत्ता नियम, २०२७, (ख) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) नियमावली, २०४२, (ग) प्रहरी नियमावली, २०४९, (घ) प्राविधिक प्रहरी नियमावली, २०५८, (ङ) प्रहरी पहरा गण नियमावली, २०६४। (२) उपनियम (१) बमोजिमका नियमावलीहरू बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।
अनुसूची-१ (नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
प्राविधिक प्रहरी समूह अन्तर्गत रहने उपसमूहहरु
«(क) स्वास्थ्यतर्फ (१) चिकित्सक (क) अप्थाल्मोलोजी (ख) अर्थोपेडिक्स (ग) ई.एन.टी. (घ) एनेस्थेसियोलोजी (ङ) गाइनेकोलोजी तथा अब्सट्रिटिक (च) डर्माटलोजी (छ) डेन्टिस्ट्री (ज) पेडियाट्रिक (झ) प्याथोलोजी (ञ) मेडिसिन (ट) रेडियोलोजी (ठ) साइक्याट्री (ड) सर्जरी (२) नर्सिङ्ग (३) प्यारामेडिक्स (४) अन्य
(ख) कन्साईनतर्फ
« मिति २०७५।११।१३ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित। ‡ पाँचौ संशोधनद्वारा संशोधित।
(१) पशु स्वास्थ्य (२) डग ह्याण्डलर
(ग) विधि विज्ञानतर्फ (१) औंठाछाप (२) भौतिक (३) रसायन (४)बायोलोजी
(घ) इन्जिनियरिङतर्फ (१) आवास तथा भौतिक इन्जिनियरिङ्ग (सिभिल, इलेक्ट्रिकल, स्यानिटरी, सर्भे) $^{९}$(२) सञ्चार (क) सञ्चार टेक्निसियन (ख) सञ्चार अपरेटर (३)$^{}$सूचना प्रविधि/कम्प्युटर (क) सिस्टम नेटवर्क (ख) सफ्टवेयर विकास, प्रशिक्षण तथा कार्य (ग) मर्मत तथा सपोर्ट (घ) अपरेटर $^{}$(४) मेकानिकल, इन्जिनियरिङ्ग तथा सवारी (क) व्यवस्थापन (ख) अटोमेकानिकल (ग) $\square$ ................. (घ) प्रशिक्षण तथा अनुसन्धान (ङ) हातहतियार (आरमर) तर्फ
$^{९}$ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।४।१७ गतेको सूचनाद्वारा हेरफेर। $^{}$ पहिलो संशोधनद्वारा संशोधित। $^{}$ पहिलो संशोधनद्वारा संशोधित। $\square$ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।१।६ गतेको सूचनाद्वारा खनिएको।
(१) व्यवस्थापन (२) मर्मत तथा उत्पादन (३) प्रशिक्षण तथा अनुसन्धान (च) संगीततर्फ (१) रिड ब्रास प्रकषण (२) पाईप ड्रम (३) बिकुल (४) पञ्चे (५) नृत्य तथा गायन
अनुसूची–२ (नियम ८ सँग सम्बन्धित)
कार्यालय र कार्यालय प्रमुख
१. कार्यालय र कार्यालय प्रमुखः देहायका प्रहरी कार्यालयहरूमा देहायका कार्यालय प्रमुखहरू रहनेछन्ः–
(क) प्रहरी प्रधान कार्यालय — प्रहरी महानिरीक्षक (ख) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान — कार्यकारी निर्देशक (प्रहरी अतिरिक्त महानिरीक्षक) (ग) महानगरीय प्रहरी कार्यालय — प्रहरी आयुक्त (प्रहरी अतिरिक्त महानिरीक्षक) (घ) नेपाल प्रहरी अस्पताल — मेडिकल डाइरेक्टर (प्रहरी अतिरिक्त महानिरीक्षक) (ङ) $\diamond$ प्रदेश प्रहरी कार्यालय — प्रहरी अतिरिक्त महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक (च) महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय — प्रहरी नायब महानिरीक्षक (छ) लागूऔषध नियन्त्रण ब्युरो — प्रहरी नायब महानिरीक्षक (ज) महानगरीय ट्राफिक प्रहरी महाशाखा — प्रहरी नायब महानिरीक्षक (झ) केन्द्रीय अनुसन्धान ब्युरो — प्रहरी नायब महानिरीक्षक (ञ) विशेष ब्युरो — प्रहरी नायब महानिरीक्षक (ट) अपराध अनुसन्धान विद्यालय — प्रहरी नायब महानिरीक्षक $\alpha$ (ट१) मानव बेचबिखन अनुसन्धान ब्युरो — प्रहरी वरिष्ठ उपरीक्षक
$\diamond$ नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।०६।३० गतेको सूचनाद्वारा हेरफेर। $\alpha$ सातौँ संशोधनद्वारा थप।
♥(ट२) साइबर ब्यूरो — प्रहरी नायब महानिरीक्षक/प्रहरी वरिष्ठ उपरीक्षक
◊(ठ) संघीय प्रहरी एकाइ कार्यालय — प्रहरी वरिष्ठ उपरीक्षक
(ड) महानगरीय अपराध महाशाखा — सह–आयुक्त (प्रहरी वरिष्ठ उपरीक्षक)
*(ढ) महानगरीय प्रहरी परिसर — प्रहरी वरिष्ठ उपरीक्षक/प्रहरी उपरीक्षक
(ण) महानगरीय प्रहरी शिक्षालय — समादेशक (प्रहरी वरिष्ठ उपरीक्षक/प्रहरी उपरीक्षक)
(त) सशस्त्र प्रहरी गण — गण प्रमुख (प्रहरी उपरीक्षक)
(थ) सशस्त्र प्रहरी तालीम केन्द्र — समादेशक (प्रहरी उपरीक्षक)
(द) प्रहरी पहरा गण — गण प्रमुख (प्रहरी उपरीक्षक)
(ध) जिल्ला प्रहरी कार्यालय — प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक
(न) दङ्गा नियन्त्रण प्रहरी गण — गण प्रमुख (प्रहरी उपरीक्षक)
(प) क्षेत्रीय प्रहरी अस्पताल — प्रहरी उपरीक्षक/प्रहरी नायब उपरीक्षक/प्रहरी निरीक्षक
(फ) क्षेत्रीय प्रहरी तालीम केन्द्र — समादेशक (प्रहरी वरिष्ठ उपरीक्षक)
*(ब) केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला — प्रहरी नायब महानिरीक्षक/प्रहरी वरिष्ठ उपरीक्षक
(भ) महानगरीय ट्राफिक प्रहरी परिसर — प्रहरी नायब उपरीक्षक
(म) महानगरीय पर्यटक प्रहरी — प्रहरी नायब उपरीक्षक
(य) ♣नेपाल प्रहरी संगीत विद्यालय — प्रहरी उपरीक्षक/प्रहरी नायब उपरीक्षक
(र) महानगरीय नगर प्रहरी कार्यालय — प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक
(ल) महानगरीय प्रहरी वृत्त — प्रहरी नायब उपरीक्षक
♥ आठौं संशोधनद्वारा थप। ◊ नेपाल राजपत्रमा प्रकाशित मिति २०७४।६।३० गतेको सूचनाद्वारा हेरफेर।
(व) ट्राफिक प्रहरी कार्यालय — प्रहरी नायब उपरीक्षक/प्रहरी निरीक्षक/ प्रहरी नायब निरीक्षक
(श) विमानस्थल सुरक्षा गार्ड — प्रहरी नायब उपरीक्षक/प्रहरी निरीक्षक/ प्रहरी नायब निरीक्षक
(ष) महानगरीय ट्राफिक प्रहरी वृत्त — प्रहरी निरीक्षक
(स) महानगरीय सामुदायिक प्रहरी — प्रहरी निरीक्षक
(ह) सशस्त्र प्रहरी गुल्म — गुल्म प्रमुख (प्रहरी निरीक्षक)
(क्ष) इलाका प्रहरी कार्यालय — प्रहरी नायब उपरीक्षक/प्रहरी निरीक्षक/ प्रहरी नायब निरीक्षक
(त्र) वडा प्रहरी कार्यालय — प्रहरी निरीक्षक/प्रहरी नायब निरीक्षक
(ज्ञ) महानगरीय प्रहरी प्रभाग — प्रहरी निरीक्षक
(ज्ञक) नगर प्रहरी कार्यालय — प्रहरी निरीक्षक
(ज्ञख) सशस्त्र प्रहरी सेनामुक्ति — प्रहरी नायब निरीक्षक
(ज्ञग) प्रहरी चौकी — प्रहरी नायब निरीक्षक/ प्रहरी सहायक निरीक्षक
२. प्रहरी कार्यालयहरूको आदेशको श्रृंखला (चेन अफ कमाण्ड): (१) प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन्:—
(क) महानगरीय प्रहरी आयुक्तको कार्यालय, (ख) क्षेत्रीय प्रहरी कार्यालय, (ग) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, (घ) सशस्त्र प्रहरी गण नं. १, (ङ) लागू औषध नियन्त्रण ब्यूरो, (च) नेपाल प्रहरी अस्पताल, (छ) केन्द्रीय अनुसन्धान ब्यूरो,
(छ१) मानव बेचबिकन अनुसन्धान ब्युरो, (छ२) साइबर ब्युरो, (ज) विशेष सुरक्षा गण, (झ) केन्द्रीयस्तरका विभागहरू, (ञ) केन्द्रीयस्तरका अन्य प्रहरी कार्यालयहरू।
(२) महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत देहायबमोजिमका प्रहरी कार्यालयहरू रहनेछन्:– (क) महानगरीय प्रहरी परिसर, (ख) महानगरीय प्रहरी शिक्षालय, (ग) महानगरीय सशस्त्र प्रहरी तथा दङ्गा नियन्त्रण प्रहरी गण, (घ) महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, (ङ) महानगरीय ट्राफिक प्रहरी महाशाखा, (च) महानगरीय स्तरका अन्य प्रहरी कार्यालयहरू।
(३) क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन्:– (क) अञ्चल प्रहरी कार्यालय, (ख) क्षेत्रीय सशस्त्र प्रहरी गण, (ग) क्षेत्रीय दङ्गा नियन्त्रण प्रहरी गण, (घ) क्षेत्रीय प्रहरी तालीम केन्द्र, (ङ) क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, (च) क्षेत्रीयस्तरका अन्य प्रहरी कार्यालयहरू।
(४) अञ्चल प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन्:–
(क) जिल्ला प्रहरी कार्यालय,
(ख) अञ्चल सशस्त्र प्रहरी गुल्म,
(ग) अञ्चलस्तरका अन्य प्रहरी कार्यालयहरू।
(५) महानगरीय प्रहरी परिसरको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन्ः–
(क) महानगरीय नगर प्रहरी कार्यालय
(ख) महानगरीय प्रहरी वृत्त,
(ग) महानगरीय प्रहरी प्रभाग,
(घ) प्रहरी चौकी,
(ङ) जिल्लास्तर र मातहतका अन्य प्रहरी कार्यालयहरू ।
(६) जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन्ः–
(क) इलाका प्रहरी कार्यालय,
(ख) नगर प्रहरी कार्यालय,
(ग) वडा प्रहरी कार्यालय,
(घ) जिल्ला ट्राफिक प्रहरी कार्यालय,
(ङ) प्रहरी चौकी,
(च) जिल्लास्तर र मातहतका अन्य प्रहरी कार्यालयहरू ।
अनुसूची–३ (नियम १२ र ४० सँग सम्बन्धित)
न्यूनतम योग्यता
१. प्रहरी निरीक्षक पदका लागिः
(क) दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक, तर खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनंकित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र प्रहरी जवान वा प्रहरी अधिकृत आधारभूत तालीम लिएको हुनु पर्छ ।
(ख) मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।
(ग) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) मानव अधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको,
(ङ) राजनीतिक दलको सदस्य नरहेको,
(च) आतंककारी सङ्गठिको सदस्य नरहेको,
(छ) पुरुषको हकमा घटीमा उचाई ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५ फिट, तौल ४२ के.जी. भएको,
(ज) आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(झ) प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगताको प्रमाणपत्र पाएको,
(ञ) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि कायम रहेको प्राविधिक प्रहरी नियमावली, २०५८ बमोजिम नियुक्ति भएको वा यस नियमावली बमोजिम प्राविधिक प्रहरी समूहमा नियुक्ति पाएको प्रहरी कर्मचारीले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदको उम्मेदवारको लागि तोकेको उमेरको
हदबित्र सेवा प्रवेश गरेको भएमा जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धा गर्न सक्नेछ।
२. प्रहरी सहायक निरीक्षक पदको लागिः
(क) दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघेको, तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनंकित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र प्रहरी जवान आधारभूत तालीम लिएको हुनु पर्नेछ।
(ख) मान्यताप्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको,
(ग) प्रकरण १ मा तोकिए बमोजिमका अन्य योग्यता पूरा भएको ।
३. प्रहरी जवानको लागिः
(क) प्रहरी जवान पदको लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको,
(ख) कम्तीमा आठ कक्षा वा सो सरह उत्तीर्ण भएको तर कुनै विशेष योग्यता चाहिने विशेष पदको लागि एस. एल. सी. वा सो सरह उत्तीर्ण भएको,
(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) राजनीतिक दलको सदस्य नरहेको,
(ङ) आतङ्ककारी सङ्गठिको सदस्य नरहेको,
(च) भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,
(छ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(ज) पुरुषको हकमा घटीमा उचाई ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ५ फिट, तौल ४२ के.जी. भएको,
नमित २०७१।८।८ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा हेरफेर।
४. प्रहरी कार्यालय सहयोगी (पुजारी, माली/बगैंचे, भान्छे, हजाम, सिलाई बुनाई, सयस, कुचिकार, मोची, धोबी, खेलाडी र सहयोगी भूमिकाका अन्य कार्य आदि) पदको लागिः
(क) प्रहरी कार्यालय सहयोगी पदको लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको,
(ख) साधारण लेखपढ गर्न जानेको,
(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको,
(घ) राजनीतिक दलको सदस्य नरहेको,
(ङ) आतङ्ककारी सङ्गठिको सदस्य नरहेको,
(च) भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको,
(छ) आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको,
(ज) पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा उचाई घटीमा ४ फिट १० इन्च, तौल कम्तीमा ४२ के.जी. भएको।
५. प्राविधिक प्रहरी समूहको पदको लागिः
(क) दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म प्राविधिक प्रहरी नायब उपरीक्षक पदको लागि २३ वर्ष उमेर पुगेको र ३५ वर्ष ननाघेको, प्राविधिक प्रहरी निरीक्षक पदको लागि २० वर्ष उमेर पुगेको र ३२ वर्ष ननाघेको, प्राविधिक प्रहरी नायब निरीक्षकको लागि १८ वर्ष उमेर पुगेको र ३० वर्ष ननाघेको, प्राविधिक प्रहरी सहायक निरीक्षकको लागि १८ वर्ष उमेर पुगेको र २८ वर्ष ननाघेको, प्रहरी हवल्दारको लागि १८ वर्ष उमेर पुगेको २४ वर्ष ननाघेको, प्रहरी जवानको लागि १८ वर्ष उमेर पुगेको २३ वर्ष ननाघेको।
तर प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायब निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको
$\text{}$ पाँचौ संशोधनद्वारा संशोधित। $\text{}$ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।४।१७ गतेको सूचनाद्वारा हेरफेर। $\text{}$ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।४।१७ गतेको सूचनाद्वारा थप।
राजपत्र अनंकित प्रहरी कर्मचारीको हकमा ३५ वर्ष ननाघेको र आधारभूत तालीम लिएको हुनु पर्नेछ।
(ख) महिला उम्मेदवारको उचाई कम्तीमा ५ फिट हुनु पर्ने।
(ग) शैक्षिक योग्यता र उमेरको हद बाहेक अन्य योग्यताको हकमा दर्जा अनुसार प्रकरण १, २, ३ र ४ मा उल्लेख भए बमोजिम हुनेछ।
(घ) खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिमको उपसमूहको पदको लागि देहाय बमोजिमको शैक्षिक योग्यता हासिल गरेको हुनु पर्नेछः–
(१) मेकानिकल इन्जिनियरिङ्ग तथा सवारीः
(क) प्रहरी जवानः एस.इ.ई. वा सो सरह उत्तीर्ण गरेको। (ख) प्रहरी हवल्दारः प्रहरी हवल्दार पदमा भर्ना हुनुको निमित्त कम्तीमा एस.एल.सी उत्तीर्ण भई मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा दोश्रो तहको शिप प्रमाण पत्र प्राप्त गरेको। (ग) प्रहरी सहायक निरीक्षकः सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको वा एस.एल.सी. उत्तीर्ण भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा ३ वर्ष तालीम प्राप्त गरेको। (घ) प्रहरी नायब निरीक्षकः सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट सम्बन्धित विषयमा १ वर्ष तालीम प्राप्त गरेको। (ङ) प्रहरी निरीक्षकः नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरीङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी इन्जिनियरीङ्ग परिषद्मा दर्ता भएको।
(२) स्वास्थ्य:
(क) प्रहरी जवान: एस.एल.सी. उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ महिना स्वास्थ्य सम्बन्धी तालीम प्राप्त गरेको।
*(ख) प्रहरी हवल्दार: एस.एल.सी. उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ६ महिना स्वास्थ्य सम्बन्धी तालीम लिई सम्बन्धित परिषदमा दर्ता भएको (जस्तै:– एस.एल.सी. उत्तीर्ण पश्चात नर्सिङ्ग विषयमा अध्ययन (अ.न.मि.) गरी नेपाल नर्सिङ्ग परिषद, स्वास्थ्य सहायक/सि.एम.ए. विषयमा अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी काउन्सिलबाट मान्यता प्राप्त)
*(ग) प्रहरी सहायक निरीक्षक: एस.एल.सी. उत्तीर्ण पश्चात मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १५ महिना स्वास्थ्य सम्बन्धी तालीम लिई सम्बन्धित परिषदमा दर्ता भएको (जस्तै:– एस.एल.सी. उत्तीर्ण पश्चात नर्सिङ्ग विषयमा अध्ययन (अ.न.मि.) गरी नेपाल नर्सिङ्ग परिषद, स्वास्थ्य सहायक/सि.एम.ए. विषयमा अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी काउन्सिलबाट मान्यता प्राप्त)
(घ) प्रहरी नायब निरीक्षक: सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषदमा दर्ता भएको (जस्तै नर्सिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी नर्सिङ्ग काउन्सिल, स्वास्थ्य सहायक/हेल्थ असिस्टेन्ट विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट मान्यता प्राप्त)
(ङ) प्रहरी निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित परिषदमा दर्ता भएको।
(३) सञ्चार:
(क) प्रहरी जवान: एस.इ.ई. वा सो सरह उत्तीर्ण गरेको। *(ख) प्रहरी हवल्दार: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा एक वर्ष तालीम प्राप्त गरेको वा सो सरहको कोर्स पुरा गरेको। *(ग) प्रहरी सहायक निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी सम्बन्धित विषयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सो सरहको संस्थाबाट कम्तीमा १८ महिने कोर्स पुरा गरेको वा सो सरहको उपाधि हासिल गरेको। *(घ) प्रहरी नायब निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा तीन वर्ष कोर्स पूरा गरेको वा प्रमाणपत्र तह उत्तीर्ण गरेको वा सो सरहको उपाधि हासिल गरेको। *(ङ) प्रहरी निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको। *(च) प्रहरी नायब उपरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरीङ्ग विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको।
(४) सङ्गीत:
(क) प्रहरी जवान: कम्तीमा आठ कक्षा वा सो सरह उत्तीर्ण गरेको। (ख) प्रहरी हवल्दार: (१) एस.एल.सि. वा सङ्गीत महाविद्यालयबाट सङ्गीतमा सो सरह उत्तीर्ण गरेको।
(२) कुनै पनि एउटा बाजा म्युजीक हेरी बजाउन सक्ने, आफ्नो बाजामा सम्पूर्ण मेजर, माइनर, क्रोमेटिक स्केलहरू राम्रोसँग बजाउन सक्ने, साइड रिडिङ्ग अनुसार बजाउन सक्ने, फूल ब्याण्डमा आफ्नो कुनै एक स्ट्याण्ड चलाउन सक्ने, कुनै पनि मेलोडी पाठ स्टाफ नोटेशनमा उतार गर्न सक्ने, साधारण म्युजीकलाई कन्डक्ट गर्न सक्ने।
(५) इन्जिनियरिङ्गः
(क) प्रहरी जवानः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा सीप प्रमाण पत्र प्राप्त। *(ख) प्रहरी नायब निरीक्षकः मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाण पत्र तह उत्तीर्ण गरेको। (ग) प्रहरी निरीक्षकः मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरेको। (घ) प्रहरी नायब उपरीक्षकः मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर र सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेको।
*(६) सूचना प्रविधि/कम्प्युटरः
(क) प्रहरी जवानः मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सी.वा सो सरह उत्तीर्ण गरेको तथा मान्यता प्राप्त तालीम संस्थाबाट कम्तीमा एक महिनाको सूचना प्रविधि विषयको तालीम सीप प्रमाणपत्र प्राप्त गरेको। (ख) प्रहरी सहायक निरीक्षकः मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रमाण पत्र तह उत्तीर्ण गरेको र सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट तीन महिनाको तालीम प्राप्त गरेको। (ग) प्रहरी नायब निरीक्षकः मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा इन्जिनियरिङ्ग डिप्लोमा गरेको।
(घ) प्रहरी निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा इन्जिनियरिङ्ग स्नातक तह उत्तीर्ण गरी सम्बन्धित परिषद्मा दर्ता भएको वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा मान्यता प्राप्त संस्थाबाट ६ महिना सर्टिफाइड तालीम प्राप्त गरेको।
(७) केनाईल:
(क) ह्याण्डलर: प्रहरी जवान पदमा कम्तीमा एस.एल.सी. उत्तीर्ण गरेको ।
(ख) भेटेरिनरी:
(१) *प्रहरी सहायक निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा भेटेरिनरी विषयमा जे.टी.ए. उत्तीर्ण।
(२) प्रहरी निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा भेटेरिनरी विषयमा स्नातक तह उत्तीर्ण भई नेपाल भेटेरिनरी परिषद्मा दर्ता भएको।
(८) विधि विज्ञान:
(क) प्रहरी जवान: नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरेको।
(ख) प्रहरी नायब निरीक्षक:
(१) फिंगर प्रिन्ट: मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जीव विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
(२) भौतिक: मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको।
$\Leftrightarrow$ आठौँ संशोधनद्वारा संशोधित।
(३) रसायन: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट जीव विज्ञान वा भौतिक विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको।
(४)बायोलोजी: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट जीव विज्ञान मुख्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको।
(ग) प्रहरी निरीक्षक:
(१) फिंगर प्रिन्ट: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट भौतिक विज्ञान वा रसायन विज्ञान वा जीव विज्ञान वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको।
(२) भौतिक: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट भौतिक विज्ञान वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको।
(३) रसायन: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रसायन विज्ञान वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको।
(४)बायोलोजी: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट बायोलोजी, वा मोलेक्यूलर बायोलोजी वा जेनेटिक्स, वा बायोकेमेस्ट्री, बायोटेक्नोलोजी वा माइक्रोबायोलोजी वा विधि विज्ञान मुख्य विषय लिई स्नातक तह उत्तीर्ण गरेको।
(९) हातहतियार (आरमर)
(क) प्रहरी जवान: एस.इ.ई. वा सो सरह उत्तीर्ण गरेको।
(ख) प्रहरी सहायक निरीक्षक: मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी जनरल मेकानिक्स विषयमा कम्तीमा १८ महिनाको कोर्स पूरा गरी प्रमाणपत्र तह उत्तीर्ण गरेको वा सो सरहको उपाधि हासिल गरेको।
⁶ नेपाल राजपत्रमा प्रकाशित मिति २०७५।९।२३ गतेको सूचनादवारा हेरफेर।
(ग) प्रहरी निरीक्षक: मान्यता प्राप्त शिक्षण संस्थाबाट जेनेरल मेकानिक्स विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको।
(१०) अन्य:
(क) छापाखाना: छापाखाना सम्बन्धी तोकिए बमोजिमको दजिलगत योग्यता।
(ख) फोटोग्राफी: फोटोग्राफी सम्बन्धी तोकिए बमोजिमको दजिलगत योग्यता।
नोट: माथि उल्लिखित योग्यताका अतिरिक्त प्राविधिक प्रहरी समूह अन्तर्गतका पदहरुको लागि आवश्यक पर्ने योग्यता पदपूर्ति समितिले निर्धारण गरे बमोजिम हुनेछ।
अनुसूची–४ (नियम १४ को उपनियम (१) सँग सम्बन्धित)
प्रहरी प्रधान कार्यालय प्रहरी कर्मचारीको लागि दरखास्त फाराम
रु. १० को टिकट
नयाँ नियुक्त हुन चाहेको पद:–
विज्ञापन नम्बर:–
आवेदन पेश गरेको कार्यालय:– पासपोट साइजको फोटो
व्यक्तिगत विवरण
नाम, थर नेपालीमा: ............................................................................................. अंग्रेजीमा: ............................................................................................. जन्म मिति: ............................................................................................ जन्म स्थान: ................................................................ देश...................... बाबुको नाम: ....................................... बाजेको नाम: .................................. पेशा:
नागरिकता सम्बन्धी विवरण
नागरिकता नम्बर: ................... नागरिकताको किसिम: ................ औँठाको छाप जारी मिति: ......................... जारी भएको स्थान: ..................... दाँया बाँया जारी गर्ने कार्यालय: ......................................
वतन
स्थायी,– अञ्चल: ....................., जिल्ला: ....................., न.पा. /गा.वि.स: ....................................................
अस्थायी,– अञ्चल: ....................., जिल्ला: ....................., न.पा. /गा.वि.स: ....................................................
सम्पर्क नम्बर: .................................... मोबाइल नम्बर: ....................................
इमेल ठेगाना: .....................................................................................................
शैक्षिक योग्यता
दक्षता वा तालिम (भएमा प्रमाण पत्र संलग्न राख्ने)
अनुभव
माथि उल्लेख भए देखि बाहेक अन्य पेशा भए हालको पेशा:—
वैवाहिक अवस्था — विवाहित/अविवाहित
शारीरिक अवस्था (स्वघोषणा)
१. प्रहरी कर्मचारीमा नयाँ नियुक्त हुनुको लागि मेरो शारीरिक अवस्था पूर्ण रूपमा स्वस्थ छ।
२. मैले कुनै दीर्घकालीन रोग बापत कुनै किसिमको लामो अवधि समयको औषधि सेवन गर्ने गरेको छैन।
३. मलाई कुनै किसिमको मुटु, कलेजो र मृगौला सम्बन्धी रोग लागेको अथवा सो सम्बन्धी शल्यक्रिया गरेको छैन।
४. मैले कुनै किसिमको औषधजन्य (लागू औषध) पदार्थ सेवन गर्ने गरेको छैन।
५. मेरो मानसिक अवस्था ठीक छ। म प्रहरी कर्मचारी हुन योग्य छु। जस्तोसुकै अवस्थामा पनि सन्तुलित रहेर काम गर्न सक्छु।
अन्य घोषणा
१. म कुनै पनि राजनीतिक दलको सदस्य रहेको छैन तथा सो बापत कुनै पद धारण गरेको छैन।
२. हालसम्म म कुनै पनि राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय आतङ्कारी सङ्गठनको सदस्य रहेको छैन र त्यस बापत कुनै सजाय पाएको अथवा खोजीको सूचीमा रहेको छैन।
३. मैले कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको छैन र त्यस्तो किसिमको सजाय पाउने कार्य समेत गरेको छैन।
४. मैले कुनै पनि मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनामा सजाय पाउने कार्य गरेको छैन।
५. मैले देशको कुनै भागमा र विदेशमा समेत कुनै अपराध गरेको छैन र खोजी अथवा फरारको सूचीमा रहेको छैन ।
६. मेरो चरित्र राम्रो रहेको छ र मेरो चरित्र निम्न दुई व्यक्तिहरूबाट समेत बुझ्न सकिन्छ । (नाम, ठेगाना, पद, मोबाइल् नम्बर) (क) (ख)
७. मेरो पछिल्लो समयमा खिचिएको अद्यावधिक पासपोर्ट साइजको दुई प्रति फोटो यसै साथ समावेश राखिएको छ ।
८. मेरो नागरिकता लगायत शैक्षिक योग्यता तथा चारित्रिक र अन्य अनुभवका साथै सम्बन्धित व्यावसायिक परिषद्मा दर्ता भएका यसै साथ संलग्न प्रमाण पत्रहरु निम्नानुसार क्रमबद्ध रूपमा राखिएका छन्– (क) (ख) (ग) (घ) (ङ) (च)
विभागीय उम्मेदवारहरूको प्रयोजनको लागि मात्रः–
१. हालको दर्जाः २. सङ्केत नं.
३. दरबन्दीः ४. कम्प्युटर कोड नं.
माथि लेखिएको विवरण ठीक साँचो छ । जानी बुझी झुट्ठा कुरा लेखी दिएको ठहरे नियम बमोजिम सहुँला बुझाउँला ।
मिति: ……………………………. आवेदकको हस्ताक्षर
द्रष्टव्यः माथि लेखिएको देखि बाहेक अन्य कुरा खुलाउनु परेमा छुट्टै पानामा लेखी आवेदनसाथ राख्नु होला ।
अनुसूची–५ (नियम १४ को उपनियम (१) सँग सम्बन्धित)
प्रहरी प्रधान कार्यालय परीक्षा प्रवेशपत्र (प्रहरी .............................. पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि)
(क) विज्ञापन मिति:– (ख) विज्ञापन नं:– (ग) दर्ता नम्बर:– (घ) नाम, थर:– (ङ) उमेर:– (च) श्रेणी, तह:– (छ) उम्मेदवारको दस्तखत नमूना:–
पासपोट साईजको पूर्ण मुखाकृति देखिने तस्वीर यहाँ टाँस्ने र तस्वीर र फाराममा परे गरी उम्मेदवारले सही गर्ने ।
$\text{}$ भना छनौट महाशाखाका सम्बन्धित कर्मचारीले भर्नुहोस्:–
यस कार्यालयबाट लिइने उक्त पदको परीक्षामा तपाईलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ। विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनसक्ने छ।
परीक्षा केन्द्र:–
द्रष्टव्य: (१) कृपया पछाडी हेर्नुहोला। (२) अनुत्तीर्ण भएका उम्मेदवारको हकमा प्रारम्भिक स्वास्थ्य परिक्षण लगायतका कुन परीक्षामा निज उम्मेदवार अनुत्तीर्ण भएको हो, सो खुलाई प्रमाणित गरी निजलाई दिनु पर्नेछ र सो को अभिलेख राख्नु पर्नेछ।
$\text{}$ पाँचौ संशोधनद्वारा संशोधित।
प्रहरी प्रधान कार्यालय परीक्षा प्रवेशपत्र
(प्रहरी.................................... पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि)
(क) विज्ञापन मिति:— (ख) विज्ञापन नं:— (ग) दर्ता नम्बर:— (घ) नाम, थर:— (ङ) उमेर:— (च) श्रेणी, तह:— (छ) उम्मेदवारको दस्तखत नमूना:—
प्रहरी नियमावली, २०७१ को नियम ९ को उपनियम (५) अनुसारको कुन कुन समूहमा दरखास्त फाराम बुझाइएको हो तल उल्लेख गर्नुहोस् । महिला:—................................................................. आदिवासी जनजाति:—.................................................. मधेसी:—................................................................. दलित:—................................................................. पहिचानिएको क्षेत्र:—...................................................... खुल्ला:—..................................................................
"भनी छनौट महाशाखाका सम्बन्धित कर्मचारीले भने:—
यस कार्यालयबाट लिइने उक्त पदको परीक्षामा तपाईलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ । विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुन सक्नेछ।
परीक्षा केन्द्र:—
द्रष्टव्य: (१) कृपया पछाडी हेर्नुहोला। (२) अनुत्तीर्ण भएका उम्मेदवारको हकमा प्रारम्भिक स्वास्थ्य परीक्षण लगायतका कुन परीक्षामा निज उम्मेदवार अनुत्तीर्ण भएको हो, सो खुलाई प्रमाणित गरी निजलाई दिनु पर्नेछ र सो को अभिलेख राख्नु पर्नेछ।
......................................... अधिकृतको दस्तखत
पाँचौँ संशोधनद्वारा संशोधित।
अनुसूची–६ (नियम २० को उपनियम (२) सँग सम्बन्धित)
शपथ ग्रहण
नेपाल राज्यमा शान्तिसुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने नेपालको संविधान प्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता, ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पक्षपात, लोभ, माया वा द्वेषभाव नराखी पालन गर्नेछु भनी म . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . सत्य, निष्ठा, प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु र देश र जनताको नाममा शपथ लिन्छु ।
शपथग्रहण गर्नेको सही:– शपथग्रहण गराउनेको सही:–
नाम:– मिति:–
मिति:– नाम:–
स्थान:– पद:–
कार्यालय:–
अनुसूची–७ (नियम ३१ को उपनियम (१) सँग सम्बन्धित)
कार्यसम्पादन मूल्याङ्कन फाराम
कम्प्युटर कोडः ........... भाग–१ सङ्केत नम्बरः...............
राजपत्राहङ्कित प्रहरी अधिकृतका लागि
१. अवधि : मिति देखि सम्म २. नाम, थरः- ३. दर्जाः- ४. कार्यरत कार्यालयः- ५. प्रतिवेदन अवधिमा कार्यरत अन्य कार्यालयहरूः- ६. सुरु नियुक्ति मितिः- ७. हालको पदमा नियुक्ति मितिः- ८. कार्य सम्पादन विवरण (उल्लेखनीय कार्यमात्र वस्तुगत आधारसहित उल्लेख गर्नु पर्नेछ):- (१) (२) (३) (४) (५) (६) (७) (८) (९) (१०)
द्रष्टव्यः यस खण्डमा कार्य प्रकृति र जिम्मेवारी अनुसार आफूले सम्पादन गरेका अधिकतम दश उत्कृष्ट कार्य उल्लेख गर्नु पर्नेछ ।
सुपरिवेक्षक समक्ष पेश गरेको मिति – कर्मचारीको दस्तखतः– नाम थरः मितिः
९. आधारभूत मूल्याङ्कन
सुपरिवेक्षकको नाम थरः पुनरालोचनकर्ताको नाम थरः
दस्तखतः दस्तखतः
दर्जाः दर्जाः
सङ्केत नम्बर सङ्केत नम्बर
कार्यालयः कार्यालयः
मितिः मितिः
द्रष्टव्यः
(१) सुपरिवेक्षकले कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा उल्लिखित प्रत्येक आधार बापत अधिकतम १.८ गरी जम्मा १८ र न्यूनतम १.२ गरी जम्मा १२ अङ्क प्रदान गर्नु पर्नेछ। अधिकतम र न्यूनतम सीमा भन्दा बढी वा कम अङ्क प्रदान गर्नु पर्ने भएमा स्पष्ट आधार र कारण उल्लेख गर्नु पर्नेछ।
(२) पुनरालोचनकर्ता र पुनरालोचन समितिले कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा प्रत्येक आधार बापत अति उत्तम ०.९० गरी जम्मा ९, उत्तम ०.८० गरी जम्मा ८, सामान्य ०.७० गरी जम्मा ७ र न्यून ०.६० गरी जम्मा ६ अङ्क प्रदान गर्नु पर्नेछ। समग्रमा ९ भन्दा बढी वा ६ भन्दा कम अङ्क प्रदान गर्नु पर्ने भएमा स्पष्ट आधार र कारण उल्लेख गर्नु पर्नेछ।
(३) सुपरिवेक्षक र पुनरालोचनकर्ताले प्रदान गरेको अङ्क कर्मचारीको कार्यसम्पादनको स्तर अनुरूप नभएमा नियम ३१ को उपनियम (२१) बमोजिम गर्न सकिनेछ।
भाग–२
राजपत्र अनभिहित प्रहरी (जुनियर प्रहरी अधिकृत) को निमित्त
कम्प्युटर कोडः ........... सङ्केत नम्बरः...............
अवधिः मितिः देखि सम्म नाम थरः दर्जाः दरबन्दीः कार्यरत कार्यालयः शुरु नियुक्ति मिति: हालको पदमा नियुक्ति मिति:
पुनरावलोकन समिति:-
द्रष्टव्य:
(१) सुपरिवेक्षकले कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा उल्लेखित प्रत्येक आधार बापत अधिकतम १.८ गरी जम्मा १८ र न्यूनतम १.२ गरी जम्मा १२ अङ्क प्रदान गर्नु पर्नेछ। अधिकतम र न्यूनतम सीमा भन्दा बढी वा कम अङ्क प्रदान गर्नु परेमा स्पष्ट आधार र कारण उल्लेख गर्नु पर्नेछ।
(२) पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा प्रत्येक आधार बापत अति उत्तम ०.९० गरी जम्मा ९, उत्तम ०.८० गरी जम्मा ८, सामान्य ०.७० गरी जम्मा ७ र न्यून ०.६० गरी जम्मा ६ अङ्क प्रदान गर्नु पर्नेछ। समग्रमा ९ भन्दा बढी वा ६ भन्दा कम अङ्क प्रदान गर्नु परेमा स्पष्ट आधार र कारण उल्लेख गर्नु पर्नेछ।
(३) सुपरिवेक्षक र पुनरावलोकनकर्ताले प्रदान गरेको अङ्क कर्मचारीको कार्यसम्पादनको स्तर अनुरूप नभएमा नियम ३१ को उपनियम (२१) बमोजिम गर्न सकिनेछ।
भाग–३
राजपत्रअनङ्कित प्रहरी (प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान) को निमित्त कम्प्यूटर कोडः ........... सङ्केत नम्बरः...............
अवधिः मितिः देखि सम्म
नाम थरः दर्जाथः दरबन्दीः
कार्यरत कार्यालयः
शुरु नियुक्ति मिति हालको पदमा नियुक्ति मिति
नवौँ संशोधनद्वारा संशोधित।
पुनरावलोकन समिति:-
द्रष्टव्यः
(१) सुपरिवेक्षकले कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा उल्लेखित प्रत्येक आधार बापत अधिकतम १.८ गरी जम्मा १८ र न्यूनतम १.२ गरी जम्मा १२ अङ्क प्रदान गर्नु पर्नेछ । अधिकतम र न्यूनतम सीमा भन्दा बढी वा कम अङ्क प्रदान गर्नु पर्ने भएमा स्पष्ट आधार र कारण उल्लेख गर्नु पर्नेछ ।
(२) पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गर्दा प्रत्येक आधार बापत अति उत्तम ०.९० गरी जम्मा ९, उत्तम ०.८० गरी जम्मा ८, सामान्य ०.७० गरी जम्मा ७ र न्यून ०.६० गरी जम्मा ६ अङ्क प्रदान गर्नु पर्नेछ । समग्रमा ९ भन्दा बढी वा ६ भन्दा कम अङ्क प्रदान गर्नु पर्ने भएमा स्पष्ट आधार र कारण उल्लेख गर्नु पर्नेछ ।
(३) सुपरिवेक्षक र पुनरावलोकनकर्ताले प्रदान गरेको अङ्क कर्मचारीको कार्यसम्पादनको स्तर अनुरूप नभएमा नियम ३१ को उपनियम (२१) बमोजिम गर्न सकिनेछ ।
अनुसूची–८ (नियम ३१ को उपनियम (२०) सँग सम्बन्धित)
कार्य सम्पादन मूल्याङ्कन निर्देशिका
कार्य सम्पादन मूल्याङ्कन फाराम भर्दा पालना गर्नुपर्ने निर्देशिकाः
(क) मूल्याङ्कन हुने प्रहरी कर्मचारीका लागिः
झ(१) आफूले सम्पादन गरेको उल्लेखनीय कार्यहरुलाई बुँदागत र वस्तुपरक रुपमा उल्लेख गर्नु पर्नेछ।
(२) सम्पादित कार्य बमोजिम कुनै महत्वपूर्ण उपलब्धि वा प्रगति भएको भए सो को विवरण समेत उल्लेख गर्नु पर्नेछ।
(३) बुँदा नं. (१) र (२) लाई समर्थन गर्ने कुनै आधिकारिक पत्र, लिखत भए सो बारे मा पनि संक्षिप्त रूपमा उल्लेख गर्नु पर्नेछ।
(४) आफूलाई तोकिएको जिम्मेवारी निवाह गर्दा आफूले पाएको पुरस्कार, कदरपत्र, प्रशंसापत्र, न्यूनतम तथा अतिरिक्त शैक्षिक योग्यता तथा विभागीय वा अन्य कारवाही समेतका बारे मा उल्लेख गर्नु पर्नेछ।
ञ(५) ...............
(६) तोकिएको अवधिमा आफूले सम्पादन गरेका मूल्याङ्कन हुनु पर्ने कार्यहरूलाई मात्र उल्लेख गरी फाराम भर्नु पर्नेछ। त्यसरी फाराम भर्दा आफ्नो व्यक्तित्व, कार्य क्षमता र स्तरलाई झल्काउने गरी वस्तुनिष्ठ र तथ्यगत आधारमा भर्नु पर्नेछ।
(ख) सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिमा लागिः
(१) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले पेश गरेको कार्य विवरणलाई निजले सम्पादन गरेको कार्यस्तर, क्षमता, न्यूनतम तथा अतिरिक्त शैक्षिक योग्यता र प्रस्तुतीकरण तथा निजको व्यक्तिगत फायलमा रहेका कागजातहरू र अन्य परिस्थितिलाई समेत विचार गरी मूल्याङ्कन गर्नु पर्नेछ।
झ मिति २०७८/३/२८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित। ञ मिति २०७८/३/२८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा खारेज गरिएको।
(२) साठी प्रतिशत भन्दा कम र नब्बे प्रतिशत भन्दा बढी अङ्क प्रदान गर्दा आधार र कारण खुलाउनु पर्नेछ ।
(३) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले आफ्नो कार्य सम्पादन गर्दा प्रहरी सङ्गठन, कार्यालयको छवी उच्च बनाएको र आम जनतासँग सौहार्दपूर्ण एवं नागरिकमैत्री कार्य र व्यवहार गरेको भएमा सोलाई समेत आधार मानी मूल्याङ्कन गर्नु पर्नेछ ।
(४) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले पाएको पुरस्कार र सजायको कारण र पृष्ठभूमि समेतलाई विचार गरी मूल्याङ्कन गर्नु पर्नेछ । पटक पटक विभागीय कारवाहीमा परेको प्रहरी कर्मचारीको सो बमोजिम मूल्याङ्कन नगर्ने सुपरभाइजर र पुनरावलोकनकर्ताको समेत सोही आधारमा मूल्याङ्कन हुनेछ ।
अनुसूची–९ (नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)
भौगोलिक क्षेत्रको विवरण
“क” वर्ग (१) सदरमुकाम बाहेक ताप्लेजुङ्ग जिल्लाको सबै भाग (२) नुम सहित दक्षिण बाहेक संखुवासभा जिल्लाको सबै भाग (३) सदरमुकाम बाहेक सोलुखुम्बु जिल्लाको सबैभाग (४) दोलखा जिल्लाको लामाबगर र रोल्वालिङ्ग क्षेत्र (५) धादिङ्ग जिल्लाको सेतीबास उत्तरको सिहारक्षेत्र (६) सदरमुकाम बाहेक मनाङ्ग जिल्लाको सबैभाग (७) गोरखा सिदीबास उत्तरको लाके क्षेत्र (८) धौलागिरी अञ्चलको टुकुचे भन्दा दक्षिणी क्षेत्रबाहेक मुस्ताङ्ग जिल्ला र उत्तरी बागलुङ्गको ढोरपाटी क्षेत्र (९) सदरमुकाम बाहेक रोल्पा र रुकुम जिल्लाको सम्पूर्ण भाग (१०) सदरमुकाम बाहेक हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्लाको सम्पूर्ण भाग (११) सदरमुकाम बाहेक जाजरकोट जिल्लाको सम्पूर्ण भाग (१२) सदरमुकाम बाहेक बझाङ्ग र बाजुरा जिल्लाको सम्पूर्ण भाग (१३) सदरमुकाम बाहेक दार्चुला जिल्लाको सम्पूर्ण भाग
“ख” वर्ग (१) सदरमुकाम बाहेक पाँचथर जिल्लाको सम्पूर्ण भाग (२) सदरमुकाम बाहेक भोजपुर, तेह्रथुम जिल्लाको सम्पूर्ण भाग
(३) संखुवासभा जिल्लाका नुम सहित दक्षिणी क्षेत्र
(४) सदरमुकाम बाहेक ओखलढुङ्गा र खोटाङ्ग जिल्लाको सम्पूर्ण भाग
(५) सदरमुकाम बाहेक रामेछाप जिल्लाको सम्पूर्ण भाग
(६) लामेबगर र रोल्वालीङ्ग क्षेत्रबाहेक दोलखा जिल्लाको सम्पूर्णभाग
(७) रसुवा जिल्लाको राम्चे भन्दा उत्तरको क्षेत्र
(८) लमजुङ्ग जिल्लाको खुदी उत्तरी क्षेत्र
(९) सदरमुकाम बाहेक अर्घाखाँची र गुल्मी जिल्लाको सम्पूर्ण भाग
(१०) सदरमुकाम बाहेक म्याग्दी र पर्वत जिल्लाको सम्पूर्ण भाग
(११) मुस्ताङ्ग जिल्लाको मुक्तिनाथकुचे भन्दा दक्षिणी क्षेत्र र उत्तर बागलुङ्ग जिल्लाको ढोरपाटन क्षेत्र र म्याग्दी जिल्लाको निस्कोट पहाडबाट दक्षिण तर्फ बागलुङ्ग जिल्लाको तारागाउँ विकास समितिमा पर्ने रातामाटा हुँदै गुल्मी जिल्ला उत्तर दक्षिण अक्षांश रेखाको पूवी भाग बाहेकको बागलुङ्ग
(१२) सदरमुकाम बाहेक सल्यान र प्युठान जिल्लाको सम्पूर्ण भाग
(१३) सदरमुकाम बाहेक डोटी र अछाम जिल्लाको सम्पूर्ण भाग
(१४) सदरमुकाम बाहेक डडेल्धुरा र बैतडी जिल्लाको सम्पूर्ण भाग
(१५) सदरमुकाम बाहेक दैलेख जिल्लाको सम्पूर्ण भाग
“ग” वर्ग (१) “क” र “ख” मा परेका जिल्लाका सदरमुकाम
(२) सदरमुकाम बाहेक इलाम जिल्लाको सम्पूर्ण भाग
(३) सदरमुकाम बाहेक धनकुटा जिल्लाको सम्पूर्ण भाग
(४) सदरमुकाम बाहेक उदयपुर जिल्लाको सम्पूर्ण भाग
(५) सदरमुकाम बाहेक सिन्धुली जिल्लाको सम्पूर्ण भाग
(६) सदरमुकाम बाहेक सिन्धुपाल्चोक जिल्लाको सम्पूर्ण भाग
(७) सेतीवास उत्तरको सिँहार बाहेक धादिङ्ग जिल्लाको बाँकी सम्पूर्ण भाग
(८) रसुवा जिल्लाको राम्चे सहितको दक्षिणी क्षेत्र
(९) सदरमुकाम बाहेक तनहुँ र स्याङ्गजा जिल्लाको सम्पूर्ण भाग
(१०) सिर्दिबास उत्तरको लाके क्षेत्र बाहेक गोरखा जिल्लाको बाँकी सम्पूर्ण भाग
(११) खुदी उत्तर बाहेक लमजुङ्ग जिल्लाको बाँकी सम्पूर्ण भाग
(१२) सदरमुकाम बाहेक पाल्पा जिल्लाको सम्पूर्ण भाग
(१३) म्याग्दी जिल्लाको निरकोट पहाडबाट दक्षिण तर्फ बाग्लुङ्ग जिल्लाको तारा गाउँ विकास समितिमा परे रातमाटा गाउँ हुँदै गुल्मी जिल्लालाई छुने उत्तर, दक्षिण अंश रेखा देखि पूर्व तर्फ परे बाग्लुङ्ग जिल्लाको बाँकी भाग
(१४) सदरमुकाम बाहेक दाङ्ग जिल्लाको सम्पूर्ण पहाडी भाग
(१५) सदरमुकाम बाहेक बर्दिया र सुुखेत जिल्लाको सम्पूर्ण पहाडी भाग
(१६) नुवाकोट, काभ्रे, ललितपुर (उपत्यका बाहिर) मोरङ्ग, नवलपरासी, चितवन र मकवानपुरका पहाडी गाउँ विकास समितिहरु
“घ” वर्ग
(१) “ग” वर्गमा परेका जिल्लाका सदरमुकाम
(२) सदरमुकाम बाहेक झापा जिल्लाको सम्पूर्ण भाग
(३) सदरमुकाम बाहेक मोरङ्ग, सुनसरी जिल्लाको तराई भाग
(४) सदरमुकाम बाहेक धनुषा, महोत्तरी र सर्लाही जिल्लाको सम्पूर्ण भाग
(५) सदरमुकाम बाहेक सप्तरी र सिरहा जिल्लाको सम्पूर्ण भाग
(६) सदरमुकाम क्षेत्र र मा रहेका पहाडी गा.वि.स. बाहेक नुवाकोट र काभ्रेपलान्चोक जिल्लाको सम्पूर्ण भाग
(७) सदरमुकाम बाहेक बारा, पर्सा, रौतहट र चितवन र मकवानपुर जिल्लाको बाँकी भाग
(८) सदरमुकाम बाहेक कास्की जिल्लाको सम्पूर्ण भाग
(९) सदरमुकाम बाहेक नवलपरासी र कपिलवस्तु जिल्लाको सम्पूर्ण भाग
(१०) सदरमुकाम र नगरपालिका क्षेत्र बाहेक रूपन्देही जिल्लाको सम्पूर्ण भाग
(११) सदरमुकाम बाहेक बाँके जिल्लाको सम्पूर्ण भाग
(१२) सदरमुकाम बाहेक कैलाली जिल्लाको सम्पूर्ण भाग (१३) सदरमुकाम बाहेक कञ्चनपुर जिल्लाको सम्पूर्ण भाग
“ङ” वर्ग
(१) “घ” वर्गमा परेका जिल्लाका सदरमुकाम (२) रूपन्देही जिल्लाको नगरपालिका क्षेत्र (३) काठमाडौँ, ललितपुर र भक्तपुर (४) युएन सेवा वा विदेशस्थित नेपाली कूटनीतिक नियोग
अनुसूची-१० (नियम ३५ को उपनियम (४) र नियम १५० को उपनियम (१) सँग सम्बन्धित) बढुवा हुन आवश्यक पर्ने आधारभूत तथा सेवाकालीिन तालीमहरू
(क) अनिवार्य आधारभूत तालीमः १. प्रहरी जवान आधारभूत तालीम २. प्रहरी सहायक निरीक्षक (आधारभूत अल्पकालीन) तालीम ३. प्रहरी सहायक निरीक्षक आधारभूत तालीम ४. प्रहरी निरीक्षक आधारभूत तालीम (एन्मएक तालीम समेत) ५. प्रहरी निरीक्षक (अल्पकालीन आधारभूत) तालीम ६. प्रहरी प्राविधिक आधारभूत तालीम
(ख) सेवाकालीन तालीमः १. ⁂प्रहरी जवान, प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र प्रहरी वरिष्ठ हवल्दार पदका लागि (क) शारीरिक तन्दुरुस्ती (ख) प्रहरी कार्य (ग) अपराध अनुसन्धान वा नियन्त्रण (घ) सुरक्षा (ङ) प्रशासन तथा कार्यालय सञ्चालन २. ⁂ प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी वरिष्ठ नायब निरीक्षक पदका लागि (क) अपराध अनुसन्धान वा नियन्त्रण (ख) प्रहरी कार्य (ग) सुरक्षा (घ) प्रशासन तथा कार्यालय सञ्चालन ३. प्रहरी निरीक्षक देखि प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि (क) अपराध अनुसन्धान वा नियन्त्रण (ख) सुरक्षा (ग) प्रहरी कार्य (घ) प्रशासन तथा कार्यालय व्यवस्थापन
⁂ नवौँ संशोधनद्वारा संशोधित।
(ग) सेवाकालीन समूहगत तालीमहरुः (१) अपराध अनुसन्धान तथा नियन्त्रण समूह (क) अपराध अनुसन्धान तालीम (ख) लागु औषध नियन्त्रण तालीम (ग) विष्फोटन अनुसन्धान तालीम (घ) काउण्टर फिट सम्बन्धी तालीम (ङ) अपराध नियन्त्रण सम्बन्धी तालीम (च) अपराध समाचार सङ्कलन (छ) घटनास्थल अनुसन्धान तालीम (ज) अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी तालीम (झ) महिला तथा बालबालिकासँग सम्बन्धी अपराध अनुसन्धान तालीम (ञ) इन्टेलिजेन्स तालीम (ट) अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धी अन्य तालीमहरु (२) सुरक्षा (क) विशिष्ट व्यक्तिको सुरक्षा (ख) विमानस्थल सुरक्षा (ग) कार्यालय तथा औद्योगिक प्रतिष्ठानको सुरक्षा (घ) प्रति विद्रोह (ङ) प्रति जासुसी (च) व्यक्तिगत सुरक्षा (छ) राजमार्ग सुरक्षा (ज) सुरक्षा सहायक तालीम (झ) सुरक्षासँग सम्बन्धी अन्य तालीमहरु (३) प्रहरी कार्य (क) विष्फोटक पदार्थ तथा हातहतियार तालीम (ख) सिनियर कमाण्ड (ग) জুনियर कमाण्ड (घ) सेक्सन लिडिङ (ङ) प्रकोप उद्धार तथा व्यवस्थापन तालीम (च) भिड नियन्त्रण
(छ) विशेष कारवाही कला तालीम (ज) हतियार मर्मत तथा संहार तालीम (झ) जुडो, कराँते, तेक्वान्दो लगायत खालीहात लडाई सम्बन्धी आधारभूत तथा उन्नत तालीमहरु (ञ) प्रहरी घोडचढी आधारभूत तालीम (ट) ट्याक्टीक्स सम्बन्धी तालीम (ठ) शारीरिक व्यायाम तथा योग प्रशिक्षण तालीम (ड) UN FPU Pre Deployment तालीम (ढ) प्रहरी विशेष कार्यदल तालीम (ण) नागरिक प्रतिरक्षा (High Risk Operation Course) (त) प्रहरी कार्य सम्बन्धी अन्य तालीमहरु (४) प्रहरी व्यवस्थापन (क) Strategic Management तालीम (ख) प्रहरी व्यवस्थापन तालीम (ग) चौकी कमाण्डर तालीम (घ) आर्थिक प्रशासन तालीम (ङ) जिन्सी तालीम (च) इलाका प्रहरी कार्यालय प्रमुख (छ) सीमा प्रहरी कार्यालय प्रमुख तालीम (ज) प्रहरी सामान्य प्रशासन तालीम (झ) कर्मचारी प्रशासन तालीम (ञ) कार्यालय तथा अभिलेख व्यवस्थापन तालीम (ट) कार्यालय सहायक तालीम (ठ) व्यवस्थापन र योजना सम्बन्धी (ड) ट्राफिक प्रहरी सम्बन्धी तालीम (ढ) प्रशिक्षक प्रशिक्षण तालीम (ण) बाह्य प्रशिक्षक प्रशिक्षण तालीम (त) सामुदायिक प्रहरी तालीम (थ) पर्यटक प्रहरी तालीम (द) ट्राफिक व्यवस्थापन तालीम
(ध) ट्राफिक नियन्त्रण तालीम (न) प्रबन्ध सहायक तालीम (प) प्रहरी व्यवस्थापसँग सम्बन्धित तोकिएका अन्य तालीमहरु
स्पष्टीकरणः (१) माथि उल्लिखित सेवाकाली तालीमका अतिरिक्त विभागीय आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालय तालीम निर्देशनालयको सिफारिसमा तालीमको नाम र पाठ्यक्रम प्रहरी महानिरीक्षकबाट स्वीकृत भए बमोजिम थपघट तथा समूहकृत हुनेछ। (२) प्राविधिक प्रहरी समूहका कर्मचारीको सेवाकाली तालीमको सम्बन्धमा सम्बन्धित उपसमूहको लागि आवश्यक पर्ने तालीमको नाम र पाठ्यक्रम प्रहरी महानिरीक्षकबाट स्वीकृत भए बमोजिम हुनेछ।
अनुसूची–११ (नियम ३६ को उपनियम (२) सँग सम्बन्धित) चुनौतीपूर्ण / विशेष जिम्मेवारी मूल्याङ्कन फाराम
खण्ड–क कम्प्युटर कोडः ........... सङ्केत नम्बरः............... राजपत्राहङ्कित प्रहरी कर्मचारीको लागि
१. नाम थरः २. दर्जाः ३. विशिष्टीकृत कार्य क्षेत्रः ४. कार्यरत कार्यालयः ५. कार्यरत अवधिः मितिः देखि सम्म। ६. सिफारिसकर्ताले बुँदागत रुपमा संक्षेपमा मूल्याङ्कन विषयहरुः (१) आफ्नो पदको जिम्मेवारी अनुसार कार्य सम्पादन गर्न सक्ने स्तरः–
(६) विभिन्न कार्यालय/निकाय/इकाई बीच गर्न सक्ने समन्वयको स्तर:—
सिफारिस गर्ने अधिकृत
नाम, थर:
दर्जा:
सङ्केत नम्बर:
दस्तखत:
कार्यालय:
मिति:
द्रष्टव्य: यस खण्डको प्रयोजनको लागि सिफारिस गर्ने अधिकृतले "क" "ख" "ग" मा प्रदान गरेको सङ्केतको मूल्याङ्कनकर्ताले क्रमशः अति चुनौतीपूर्ण, मध्यमस्तरको चुनौतीपूर्ण र सामान्य चुनौतीपूर्णस्तरको अङ्क प्रदान गर्नु पर्नेछ ।
७. मूल्याङ्कनकर्ताको मूल्याङ्कन:— मूल्याङ्कनकर्ताले चुनौती वा विशेष जिम्मेवारी बापत अङ्क प्रदान गर्दा सम्बन्धित प्रहरी कर्मचारीको कार्य क्षेत्र, सिफारिसकर्ताको सिफारिस र कार्यसम्पादन स्तर समेतलाई मननजगर गर्दै देहायमा उल्लेख भए बमोजिम क्रमशः अति चुनौतीपूर्ण ५, मध्यमस्तरको चुनौतीपूर्ण ३.५ र सामान्य चुनौतीपूर्ण २ अङ्क मध्ये कुनै प्रदान गर्नु पर्नेछ।
मूल्याङ्कन गर्ने अधिकृत
नाम, थर:
दर्जा:
सङ्केत नम्बर:
दस्तखत:
कार्यालय:
मिति:
खण्ड ख
राजपत्र अनंकित प्रहरी कर्मचारीको लागि
कम्प्युटर कोडः ........... सङ्केत नम्बरः...............
१. नाम थरः २. दर्जाः ३. विशिष्टीकृत कार्य क्षेत्रः ४. कार्यरत कार्यालयः ५. कार्यरत अवधिः मिति: देखि सम्म । ६. सिफारिसकर्ताको सिफारिसः कुनै एकमा चिन्ह ($\checkmark$) लगाउनु पर्ने ।
(१) आफ्नो पदको जिम्मेवारी अनुसार कार्य सम्पादन गर्न सक्ने स्तरः– उत्कृष्ट सामान्य अपेक्षाकृत रुपमा न्यून
(२) आफूलाई तोकिएको कार्य/जिम्मेवारी सम्पादन गर्ने क्रममा प्रदर्शित गरिएको स्तरः उत्कृष्ट सामान्य अपेक्षाकृत रुपमा न्यून
(३) आवश्यकता अनुसार आई परेका चुनौती/जोखिम वा विशेष जिम्मेवारी निर्वाह गर्न सक्ने स्तरः– उत्कृष्ट सामान्य अपेक्षाकृत रुपमा न्यून
(४) आफ्नो सेवाग्राही आम जनता वा संगठिकै अन्य सदस्यसँग प्रदर्शित गर्ने व्यवहारको स्तरः– उत्कृष्ट सामान्य अपेक्षाकृत रुपमा न्यून
(५) विभिन्न कार्यालय/निकाय/ईकाई बीच गर्न सक्ने समन्वयको स्तरः– उत्कृष्ट सामान्य अपेक्षाकृत रुपमा न्यून
सिफारिस गर्ने अधिकृत
नाम, थर: दर्जा: संकेत नम्बर: दस्तखत: कार्यालय: मिति:
७. मूल्याङ्कनकर्ताको मूल्याङ्कन:– मूल्याङ्कनकर्ताले चुनौती वा विशेष जिम्मेवारी बापत अङ्क प्रदान गर्दा सम्बन्धित प्रहरी कर्मचारीको कार्य क्षेत्र, सिफारिसकर्ताको सिफारिस र कार्यसम्पादन स्तर समेतलाई मध्यनजर गर्दै देहायमा उल्लेख भए बमोजिम क्रमशः अति चुनौतीपूर्ण ५, मध्यमस्तरको चुनौतीपूर्ण ३.५ र सामान्य चुनौतीपूर्ण २ अङ्क मध्ये कुनै प्रदान गर्नु पर्नेछ।
मूल्याङ्कन गर्ने अधिकृत
नाम, थर: दर्जा: संकेत नम्बर: दस्तखत: कार्यालय: मिति:
अनुसूची–१२ (नियम ३८ को उपनियम (१) सँग सम्बन्धित) बढुवा समितिले अङ्क दिने प्रयोजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम
१. नाम, थर: ................................................................................... कम्प्युटर कोड: ........... २. दर्जा: .......................................................................................... संकेत नम्बर: ............. ३. हालको पदमा नियुक्ति मिति: ४. हाल कार्यरत कार्यालय: ५. प्रतिवेदन अवधिमा कार्यरत रहेका अन्य कार्यालयहरू: ६. प्रतिवेदन अवधि: मिति: .................... देखि .................... सम्म । ७. सम्पादन गरेका कार्यहरू (उल्लेखनीय कार्यमात्र वस्तुगत आधारसहित उल्लेख गर्नु पर्नेछ ।) (१) (२) (३) (४) (५) (६) (७) (८) (९) (१०)
फाराम भर्ने प्रहरी कर्मचारीको नाम, थर: दस्तखत: मिति:
द्रष्टव्यः यस खण्डमा कार्य प्रकृति र जिम्मेवारी अनुसार आफूले सम्पादन गरेका अधिकतम दश उत्कृष्ट कार्य उल्लेख गर्नु पर्नेछ।
सुपरिवेक्षकसमक्ष फाराम प्राप्त मितिः-
८. सुपरिवेक्षकको समग्र मूल्याङ्कन छोटकरीमा:-
सुपरिवेक्षकको दस्तखत:-
नाम, थर:-
दर्जाः-
सङ्केत नम्बरः
कार्यालयः
मितिः
९. बढुवा समितिको अध्यक्ष/सदस्यले प्रदान गरेको अङ्क,-
अङ्कमाः-
अक्षरमाः-
१०. बढुवा समितिका अध्यक्ष/सदस्यको,-
नामः
दर्जाः
सङ्केत नम्बरः
कार्यालयः
मितिः
द्रष्टव्यः
(१) माथि उल्लेख भए बमोजिम अङ्क प्रदान गर्दा ०.२५ र त्यो भन्दा माथि ०.२५ ले भाग जाने हुनु पर्नेछ र औषत निकाल्दा नजिकको ०.२५ मा परिवर्तन गरिनेछ।
(२) २.० भन्दा कम अङ्क प्रदान गर्नु परेमा वस्तुगत आधार र कारण उल्लेख गर्नु पर्नेछ।
(नियम ५१ को खण्ड (ख) सँग सम्बन्धित)
श्रीमान् . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ,
. . . . . . . . . . . . . . . . . .. . . . . . . . . . . . . . . . . . . ।
विषयः– सरूवा/ काज खटाई पाउँ।
प्रस्तुत विषयमा निम्न कारणहरूले गर्दा मलाई सरूवा/काज जान परेकोले श्रीमान् समक्ष विनम्र अनुरोध गर्दछु ।
सम्बन्धित व्यक्तिले भर्नेः–
१. सरूवा/ काज जानु पर्ने कारणः–
२. सरूवा/काज जान चाहको एकाईहरू (प्राथमिकता अनुसार)– (१) (२)
३. हाल कार्यरत एकाईमा रुजु हाजिरः–
४. यस अघि कार्यरत एकाई तथा रुजु हाजिर:
205
मैले जाने बुझेसम्म उपयुक्त विवरण ठिक साँचो छ । झूठो ठहरिएमा कानून बमोजिम सहु"ला भनि सहि छाप गर्नेः
दस्तखतः–
नाम थरः–
दर्जाः–
दरबन्दीः–
हाल कार्यरत एकाईः
प्र. . . . . . श्री . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ले मिति २० / / गते . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . कार्यालयमा पेश गर्नु भएको सरुवा/काज माग फाराम . . . . . . नं. मा दर्ता गरिएको छ ।
फाँटवालाः–
नामः– दर्जाः–
खण्ड (ख)
सिफारिस गर्ने फाराम
श्रीमान् . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ,
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .।
विषय:– सिफारिस गरिएको।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . कार्यालयमा कार्यरत प्र. . . . . . . . . . . . . श्री . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ले पेश गर्नु भएको सरुवा/ काज सम्बन्धी माग फाराम आवश्यक कार्यार्थ मजकुर कार्यालयमा पठाईएको व्यहोरा अनुरोध गरिएको छ ।
विवरण:–
१. सरुवा/ काज माग गर्नेको नाम दर्जा:–
२. दरबन्दी/कार्यरत एकाई:–
३. सरुवा/ काज जान निजले पेश गरेको व्यहोरा:–
४. रूजु हाजिर दिन:–
५. यस अघि कार्यरत एकाईको विवरण:–
यस कार्यालयको अभिलेख बमोजिम उपरोक्त व्यहोरा ठीक छ भनी प्रमाणित गर्ने फा“टवालाको:
दस्तखत:–
नाम:–
दर्जा:–
कार्यालय:–
६. सिफारिस गर्ने कार्यालय प्रमुखको राय:
७. सिफारिस गर्ने कार्यालय प्रमुख भन्दा एक तह माथिको कार्यालय प्रमुखको राय ःः
८. नं. ७ बमोजिम सिफारिस गर्ने भन्दा एक तह माथिको कार्यालय प्रमुखको राय ःः
अनुसूची–१४ (नियम ११५ को उपनियम (२) सँग सम्बन्धित) विभागीय सजायको सूचना सम्बन्धी फारामहरु
भाग–१
........ (दर्जा उल्लेख गर्ने).................... (नाम उल्लेख गर्ने)................... को नाममा.............. (कार्यालयको नाम उल्लेख गर्ने)........ बाट जारी गरिएको हाजिर हुन आउने सम्बन्धी
सूचना
तपाई .................. दरबन्दीको प्र........................ मिति २०............. गते बाट कार्यालयमा गैर हाजिर रहेको पाइएकोले प्रहरी नियमावली, २०७१ को नियम ... बमोजिम तपाईको घरदैलो/सार्वजनिक स्थल/गा.वि.स.को सूचना पाटीमा यो सूचना टाँस गरिएको छ । सूचना टाँस िएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र गैर हाजिर रहनु परेको कारण समेत खुलाई सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ... को देहाय.... को ..........रहेको कसूरमा ऐ. नियमावलीको नियम ... को देहाय ...... बमोजिम नोकरीबाट हटाउने/बर्खास्त गर्ने कारवाही नै जाने व्यहोरा सूचित गरिन्छ।
भाग–२
लिखितम हामी तपसिलमा लेखिएका मानिसहरू आगे, जिल्ला.......... गा.पा./न.पा................. वडा नं....... स्थायी बतन भएका .................को नाति .................... छोरा.............. दरबन्दीको प्र............... मिति २०................ देखि आफूको कार्यालयमा गैर हाजिर रहेकोले बाटोको म्याद बाहेक २४ घण्टाभित्र सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालयमा हाजिर हुन जानु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ..... को देहाय........... को......... रहेको कसूरमा ऐ. नियमावलीको नियम ....... को देहाय ...............बमोजिम नोकरीबाट हटाउने/बर्खास्त गर्ने कारवाही नै जानेछ भन्ने व्यहोराको सूचना हामीहरूको सामुन्नेमा ..............को घरदैलो/सार्वजनिकस्थल/गा.वि.स.को सूचना पाटीमा टाँस गरी दिन्छौ भनी .....................बाट खटाई आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूको चित्त बुझ्यो । निजलाई कार्यालयमा हाजिर हुन जाने भन्ने व्यहोराको सूचना हाम्रो सामुन्नेमा गा.वि.स. अध्यक्ष/सदस्य/सचिवको रोहबरमा................मा टाँस गरेको व्यहोरा ठीक साँचो हो भनी यो मुचुल्कामा हाम्रो राजीखुसीले सहीछाप गरी खटई आएको प्रहरी कर्मचारी मार्फत नेपाल सरकारमा चढायौं।
तपसिल
१. जिल्ला........... गा.पा./न.पा....... वडा नं...... बस्ने वर्ष ...... को ....................१ २. जिल्ला........... गा.पा./न.पा....... वडा नं...... बस्ने वर्ष ...... को ....................१ ३. जिल्ला........... गा.पा./न.पा....... वडा नं...... बस्ने वर्ष ...... को ....................१
रोहवर
१. जिल्ला ...........गा.पा./न.पा....... को अध्यक्ष/सदस्य/सचिव.............................१
काम तामेल गर्ने १. .........दरबन्दीको प्र............................................................................१ २. .........दरबन्दीको प्र............................................................................१ ३. .........दरबन्दीको प्र............................................................................१
इति सम्बत् २०..... साल ........ महिना........ गते ....... रोज .......शुभम....................
भाग–३
श्रीमान् कार्यालय प्रमुखज्यू, .................................।
विषयः– प्रतिवेदन पेश गरिएको।
उपर्युक्त विषयमा जिल्ला ......... गा.पा./न.पा................ वडा नं ..... स्थायी बतन भएको ........... नाती .......... को छोरो ............. दरबन्दीको प्र............... मिति २०........ देखि कार्यालयमा गैर हाजिर रहेकोले निजलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा हाजिर हुन जाने भनी .............. बाट जारी भएको म्याद सूचना सम्बन्धित गा.वि.स.अध्यक्ष/सचिवको रोहवरमा निजको घरदैलो/सार्वजनिकस्थल/गा.वि.स.को सूचना पाटीमा टाँस गरी स्थानीय भद्रलामीबाट सहीछाप गराई रीतपूर्वक मुचुल्का खडा गरी सो मुचुल्का र टाँस गरिएको सूचनाको एक प्रति यसै साथ संलग्न राखी पेश गरेका छौं । मुचुल्कामा सहीछाप गर्ने मानिसहरू सही सत्य हुन्, झुट्ठा तथा फरक ठहरे कानून बमोजिम सजायको भागीदार हुन मञ्जुर छौं भनी यो प्रतिवेदन लेखी पेश गरेको व्यहोरा श्रीमान् समक्ष अनुरोध गरेका छौं।
प्रतिवेदक काम तामेल गर्ने प्र.......................१ ....................प्र.......................१
मिति: २० । गते ।
भाग–४
नेपाल सरकार गृह मन्त्रालय
प्रहरी......................बाट जारी भएको हाजिर हुन आउने बारेको म्याद सूचना
तपाई जिल्ला......... गा.पा./न.पा....... वडा नं...... स्थायी बतन भएको .......... को नाति............. छोरा .......... कार्यालय दरबन्दीको प्र............. मिति २०......... देखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दागराउँदा तथा प्रहरी नियमावली, २०७१ नियम ....... बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउने बारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ... को ....... को कसूरमा ऐ. नियमावलीको नियम ...को ...... बमोजिम सेवाबाट हटाउने/बर्खास्तीको कारवाही हुने हुँदा यसै सूचनाद्वारा तपाइलाई सफाईको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ।
(स्पष्टीकरणः उक्त राष्ट्रिय दैनिक पत्रकामा सूचना प्रकाशित गर्दा सम्बन्धित कार्यालय आफै सूचना प्रकाशित गर्ने वा आवश्यकता अनुसार सम्बन्धित माथिल्लो कार्यालय वा प्रहरी प्रधान कार्यालयलाई सूचना प्रकाशितका लागि अनुरोध गर्न सक्नेछ।)
नवौँ संशोधनद्वारा संशोधित।
अनुसूची–१५ (नियम ११६ को उपनियम (२) सँग सम्बन्धित) नेपाल सरकार गृह मन्त्रालय ........प्रहरी.............बाट जारी भएको
नोकरीबाट हटाएको सजाय आदेशको सूचना
जिल्ला......... गा.पा./न.पा......वडा नं......स्थायी बतन भएको ..........को नाति.............छोरा ..........कार्यालय दरबन्दीको प्र.............मिति २०.........देखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ नियम ... बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले प्रहरी नियमावली, २०७१ को नियम...... बमोजिम तपाईलाई सेवाबाट हटाउने/बखस्त गर्ने निर्णय भएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइएको छ। यो निर्णयमा चित्त नबुझ्नेमा तोकिएको म्यादभित्र पुनरावेदन गर्नु होला।
उल्लेखित नोकरीबाट हटाउने/बखस्त गर्ने गरी अधिकार प्राप्त अधिकारीबाट भएको निर्णय सम्बन्धी सूचना हामीहरूको सामुन्नेमा ..............को घरदैलो/सार्वजनिकस्थल/गा.पा./न.पा.को सूचना पाटीमा टाँस गरी दिन्छौ भनी .....................बाट खटाई आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूको चित्त बुझ्यो। निजलाई सेवाबाट हटाउने/बखस्त गर्ने निर्णयको सूचना हाम्रो सामुन्नेमा गा.पा./न.पा. अध्यक्ष/प्रमुख/सदस्य/सचिवको रोहबरमा................मा टाँस गरेको व्यहोरा ठीक साँचो हो भनी यो मुचुल्कामा हाम्रो राजीखुसीले सहीछाप गरी खटई आएको प्रहरी कर्मचारी मार्फत नेपाल सरकारमा चढायौं।
तपसिल १. जिल्ला...........गा.पा./न.पा..........वडा नं...... बस्ने वर्ष ......को ....................१ २. जिल्ला...........गा.पा./न.पा..........वडा नं...... बस्ने वर्ष ...... को ....................१ ३. जिल्ला...........गा.पा./न.पा.......... वडा नं......बस्ने वर्ष ...... को ....................१
रोहबर १. जिल्ला..................गा.पा./न.पा..................को अध्यक्ष/प्रमुख/सदस्य/सचिव...................................१
काम तामेल गर्ने १. .........दरबन्दीको प्र...................................................................................................१ २. .........दरबन्दीको प्र...................................................................................................१ ३. .........दरबन्दीको प्र...................................................................................................१
इति सम्बत् २०......साल .........महिना.........गते .......रोज .......शुभम्।
अनुसूची–१६ (नियम १६८ कोउपनियम (१) सँग सम्बन्धित)
प्रारम्भिक पोसाक र सामान (व्यक्तिगत)
अनुसूची–१७ (नियम १६९ सँग सम्बन्धित) जाडो मौसमको पोशाक (व्यक्तिगत)
अनुसूची–१८ (नियम १७० सँग सम्बन्धित)
ट्राफिक प्रहरीलाई दिइने पोसाक
प्रारम्भिक पोसाक बाहेक अन्य पोसाक (युनिट इक्वुपमेण्ट)–
अनुसूची–१९ (नियम १७१ सँग सम्बन्धित)
प्राविधिक प्रहरी कर्मचारीलाई दिइने पोसाक (व्यक्तिगत तथा युनिट इक्युपमेण्ट)
(क) फिमेल स्वीप महिला कर्मचारीहरूलाई कमिज, पाइन्ट, र जसीको सट्टामा निम्न अनुसार पोसाक दिइनेछ।
(ख) निम्न कर्मचारीहरूलाई युनिट इक्युपमेण्टको रुपमा रहने गरी निम्न बमोजिमको पोसाक दिइनेछ ।
(ग) प्रहरी उपचारिका (नर्स) हरुलाई अनुसूची-१६ र अनुसूची-१७ मा उल्लेख भए बमोजिमको पोसाक दिइनेछ।
नौौँ संशोधनद्वारा संशोधित।
अनुसूची–२० (नियम १७२ सँग सम्बन्धित)
प्रहरी कार्यालय सहयोगीका लागि दिइने सामान तथा पोसाक
* मिति २०७८।१०।१० को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा संशोधित।
अनुसूची–२१ (नियम १७३ सँग सम्बन्धित)
नेपाल प्रहरीका विभिन्न कार्यालय, सशस्त्र प्रहरी, सुरक्षा प्रहरी तथा प्रहरी चेकपोष्टलाई दिइने युनिट इक्वुपमेण्टका सामान तथा पोसाक
अनुसूची–२२ (नियम १८३ सँग सम्बन्धित) राजपाहङ्कित र राजपत्र अनङ्कित पदहरूको दज्यार्थी चिन्ह
$\text{※}$ नवौँ संशोधनद्वारा संशोधित ।
अनुसूची–२३ (नियम २०० को उपनियम (१) सँग सम्बन्धित) नेपाल सरकार गृह मन्त्रालय नेपाल प्रहरी वैयक्तिक नोकरी विवरण (सिटरोल) फाराम
फाराम नं. ०१ संकेत नं. __________ कम्प्युटर कोड __________ व्यक्तिगत नं. __________ थर: पहिलो __________ दोश्रो __________
$\mu$ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।०४।१७ गतेको सूचनाद्वारा हेरफेर।
३. वतन जिल्ला म.न.पा./उ.म.न.पा./न.पा./गा.वि.स. वडा नं. टोल घर नं. सम्पर्क नं. स्थायी | | | | | | अस्थायी | | | | | |
४. वैवाहिक स्थिति विवाहित भए श्रीमान/श्रीमतीको नामथर, वतन प्रहरी सेवामा प्रवेश गर्नु अघिको पेशा | | |
५. बाबुको नामथर वतन | आमाको नामथर वतन | बाजेको नामथर वतन |
६. भर्ना दर्जा भर्ना मिति भर्ना हुँदाको उमेर शैक्षिक योग्यता जनपद/प्राविधिक खुला/समावेशी भर्ना गर्ने कार्यालय | | | | | |
१०. माथि लेखिएको विवरण ठीक छ, झुठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सही छाप गर्ने:—
११. स्वास्थ्य परीक्षकको,– राय: हस्ताक्षर: नामथर: दर्जा: कार्यालय: मिति:
प्रमाणित गर्ने प्रहरी अधिकृतको,– हस्ताक्षर: नामथर: दर्जा: कार्यालय: मिति:
प्रहरी किताबखानाको प्रयोजनको लागि प्रमाणित गर्नेको,– हस्ताक्षर: नामथर: दर्जा: कार्यालय: मिति:*
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूहभित्र तल्लो पद नहुने पद पूर्ति गर्दा शतप्रतिशत खुला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ। (५) प्रहरी सेवालाई समावेशी बनाउन खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारका बीचमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः– (क) महिला – बीस प्रतिशत (ख) आदिवासी/जनजाति – बत्तीस प्रतिशत (ग) मधेसी – अठ्ठाईस प्रतिशत (घ) दलित – पन्ध्र प्रतिशत (ङ) पछडिएको क्षेत्र – पाँच प्रतिशत स्पष्टीकरणः (१) यस उपनियमको खण्ड (क), (ख), (ग) र (घ) को प्रयोजनका लाग “महिला, आदिवासी/जनजाति, मधेसी र दलित” भन्नाले आर्थिक र सामाजिक रूपमा पछडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलितलाई सम्झनु पर्छ। (२) यस उपनियमको प्रयोजनका लागि “पछडिएको क्षेत्र” भन्नाले अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ। (६) उपनियम (५) बमोजिम पदपूर्ति गर्ने प्रयोजनको लागि आर्थिक तथा तर त्यसरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नतोकेसम्मका लागि जुनसुकै (१) अपराध सम्बन्धी अवस्था, (२) आपराधिक कार्य गर्ने दुरुत्साहन गर्ने व्यक्ति, (३) अपराधमा संलग्न व्यक्तिहरुलाई आश्रय दिने व्यक्ति, (४) खराब व्यक्तिहरु र त्यस्ता व्यक्ति भेला जममा हुने र संवेदनशील ठाउँ, (५) राजनीतिक गतिविधि, (६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय, (४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै प्रहरी कर्मचारीले पेश्कीको रुपमा लिन चाहेमा र सोको कारण मनासिब देखिए यस नियमको अधिनमा रही पछि हिसाब बुझाउने गरी पेश्की रकम दिन सकिनेछ। त्यसरी पेश्की दिएको रकमको हिसाब गर्दा उपचारबापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएको रकम सम्बन्धित प्रहरी कर्मचारीको तलबबाट हकस्ताबन्दीमा कट्टी गरिनेछ। त्यसरी कट्टी गर्नु पर्ने रकम चुक्ता हुँदै सम्बन्धित प्रहरी कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाँकी रहेको रकम मिनाहा हुनेछ। (५) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने प्रहरी कर्मचारीले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लई वा नलिई उपचार खर्च लिन बाँकी भएको भए त्यस्तो बाँकी रकम एकमुष्ठ लिन पाउनेछ। (६) निवृत्तिवरण पाउने गरी सेवाबाट अवकाश पाएको प्रहरी कर्मचारीले उपनियम (५) बमोजिमको रकम र पच्चीस वर्ष सेवा अवधि पुरा गरेको रहेछ भने उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा थप दश प्रतिशत रकम निजले नोकरीबाट अलग हुँदा एकमुष्ट लिन पाउनेछ। (७) कुनै प्रहरी कर्मचारी दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ। (८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक प्रहरी कर्मचारीलाई एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकम भन्दा बढी उपचार खर्च दिइने छैन। (९) यस नियम बमोजिम प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख राखी प्रहरी किताबखानामा समेत पठाउनु पर्नेछ। पुनरालोचन समिति:-सि.नं. नाम, थर दर्जा सङ्केत नम्बर कार्यालय दस्तखत मिति१.२.३. क ख ग (२) आफू कार्यरत ईकाई वा सङ्गठिको छवि उच्च राख्न प्रदर्शन गरेको सिर्जनशील एवं लगनशीलताको स्तरः– क ख ग (३) दिइएको कार्य/जिम्मेवारी सम्पादन गर्ने क्रममा प्रदर्शन गरेको स्तरः– क ख ग (४) आवश्यकता अनुसार आई परेका चुनौती वा विशेष जिम्मेवारी निर्वाह गर्न सक्ने स्तरः– क ख ग (५) आफ्नो सेवाग्राही/ आम जनता वा प्रहरी सङ्गठिका अन्य प्रहरी कर्मचारीसाँग प्रदर्शन गर्ने व्यवहारको स्तरः– क ख ग दस्तखत:– नाम:– दर्जा:– कार्यालय:– दस्तखत:– नाम:– दर्जा:– कार्यालय:– दस्तखत:– नाम:– दर्जा:– कार्यालय:–